मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    यस्तो तालले के बन्ला समय मै संविधान

    संविधानसभाको बैठकले कार्यतालिकामा फेरि परिवर्तन गरेको छ। यो सहित चार पटक भइसक्यो परिवर्तन गरेको। संविधानसभाले २०६७ साल जेठ १५ गतेभित्र संविधान निर्माण गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था छ। तर यसरी बारम्बार समय तालिका पर पर सार्दै जाने हो भने बन्ला त समय मै संविधान ?

    संशोधित कार्यतालिकाअनुसार अवधारणापत्रका आधारमा विषयगत समितिहरूले संविधानको प्रारम्भिक मस्यौदा तयार गर्ने यसअघि यही वैशाख १० गतेभित्र तयार गर्ने भनिएकोमा अब त्यसको समयसीमा बढाएर जेठ ८ गतेसम्म पु¬र्‍याइएको छ। व्यवस्थापिका-संसदको पाँचौं अधिवेशनसमेत यसै अवधिमा आह्वान गरिनेछ।अहिलेको अधिवेशन कांग्रेसलगायतका दलहरुको विरोधका कारण सुचारु हुन सकेको छैन।

    यसैगरी विषयगत समितिहरूले तयार पारेको अवधारणापत्र र प्रारम्भिक मस्यौदा संविधानसभामा पेस गरी वैशाख ११ देखि जेठ महिनाभर छलफल गरिने निर्धारित भएपनि अब त्यस विषयमा जेठ ९ गतेदेखि असार महिनाभर छलफल हुनेछ। व्यवस्थापिका-संसदको छैटौं अधिवेशनसमेत यसै अवधिमा आह्वान गरिनेछ।

    संवैधानिक समितिले सभाले दिएको सुझाव र विषयगत समितिबाट पेस भएका मस्यौदालाई एकीतृत गरी नयाँ संविधानको पहिलो मस्यौदामा साउन २५ गतेसम्ममा तयार गर्नेगरी तोकिएकोमा अब त्यस्तो मस्यौदा भदौ २५ गतेसम्ममा तयार गरिनेछ।

    संवैधानिक समितिले तयार गरेको संविधानको पहिलो मस्यौदा पूर्ण बैठकमा पेस गर्ने र छलफल गर्ने पुरानो कार्यतालिकालाई परिवर्तन गरी असोज २५ गतेसम्म पुर्याइएको छ। त्यस्तै, संविधानको पहिलो मस्यौदालाई अन्तिम रुप दिई जनताका राय-प्रतिक्रियाका लागि नेपाल राजपत्रमा असोज मसान्तसम्ममा प्रकाशन गरिनेछ।

    संशोधित कार्यतालिकाअनुसार असोज १ बाट सुरु हुने भनिएको संविधानको पहिलो मस्यौदामाथि व्यापक सुनुवाई, गोष्ठी, अन्तरक्रिया गराउने समयलाई परिवर्तन गरी कात्तिकदेखि मङ्सीर २५ गतेसम्म बढाइएको छ।

    No related posts.

    No comments yet to यस्तो तालले के बन्ला समय मै संविधान

    • Ganesh

      Nepal: ‘The changes don’t belong to a party, but to the poor’

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yadu

      उमेश जी एउटा प्रश्न सोधना मन लाग्यो ६०१ जना दलालाहरू मध्ये कती जना ल्याप्चे छाप छन तपाँइलाइ थाहा छ की? यसो जानकारी गराउनु भय राम्रै हुन्थ्यो अब रहयो संबिधानको कुरा संबिधान नै लेखना का लागी ता किन यत्रा भेंडाका हूल चहिन्थे र १०० जना राम्रा र देशभक्त भय पनि संबिधान तयार हुनेथियनन र हुनत नेपाली जनता को रगत चुस्न पल्केका रक्त पिपासुहरूले कार्यकर्ता भर्ना गरेका होलन, कोही हरुवाहरुलाई पनी मुन्तरी बनाए का छन बांकी रहेकलाई पनि त जनताको रगत चुसौन परयो अनी तेसैकारण यो नाटक मंचन भैरहेको छ, संबिधान र समयको के को मतलब त्यों पनि संसोधन हुन्छ २०२६७ जेष्ठ हैंना २०७७ सम्मा को समयाबदी बनाउछन, पैसा खाना पलकेकाहरुलाई के को मतलब लाज भन्ने शब्द थाहा भएका भयपो , अनी लीला जी अर्को शब्द पनि थाप्नु भएको भय अझ राम्रो हुन्थ्यो होला गुंडागर्दी मुर्दाबाद, भ्रस्ट नेता मुर्दा बाद

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kamini Shrestha

      “खुरू खुरू सम्बिधान बनाउने काम गर”

      अहिले को सरकार जनता ले शाशन गर्न पठाएको सरकार होइन
      जनता ले सम्बिधान बनाउन पठाएको सरकार हो

      अहिले को अवस्था मा नेपाल आर्मी ले क्याम्प बाहिर गई मान्छे मार्दै हिडेका थिएनन
      क्यान्टोन्मेन्ट मा बसेका जनसेना लाइ चलौन गएका पनि थियेनन
      “गणतंत्र लाइ वा जनताको निर्णयलाइ मान्दिन” भन्दै

      “अब हामी सत्ता क्याप्चर गर्छौ” भन्दै हिडेका थियेनन

      हैन, अहिले खुरू खुरू सम्बिधान बनाउने काम नगरेर किन आर्मी लाइ चलाउन गएको??????????

      हे माथी “पुकदा” मने छाबिलाल लाइ अँध समर्थन गर्ने नंदी भ्रिंगी प्रमथगण साथी हरु

      एक चोटी ठंडा दिमाग ले सोचौ न
      “पुकदा” (मने छबीलाल नाम गरेका ब्राह्मण) को सुगा रटाई लाइ

      एक छीन स्थगित गरेर
      देश को अस्तित्व को द्रिस्टी ले पनि सोचौ न

      आंदोलन को शुरू मा मैले पनि पुकदा लाइ समर्थान गरेको थिए
      तर मेरो समर्थन अँध समर्थान कहिले भयेन

      अहिले “पुकदा” को सरकार को एक नम्बर काम के हो?

      त्यों हो सम्बिधान बनाउने

      प्रस्ट छ “पुकदा” सम्बिधान बनाउन चाहदैनन
      “पुकदा” ले प्रस्टै भनेका छन
      बारम्बार भनेका छन
      हामी “सत्ता कब्जा गर्छौ र सैनिक तंत्र चलाउछौ” भनेर

      “पुकदा” को उद्देश्य अझै प्रस्ट छैन र?

      एक चोटी मेरो प्रश्न को जवाफ ठंडा सोचाई ले दिउ न

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुर्य

      संविधान बनाउने जस्तो कुरा अलि समय त लागिहाल्छ नि । कहाँ सजिलो छ र । नेपालीहरू धैर्य गर्नुहोस् । यहाँ कसैले पनि केही गर्न सक्ने स्थिति छैन । संविधान नबनाई त सुखै छैन नि । केही गरी संविधान बनेन भने त देशको अस्तित्व नै धरापमा परिहाल्छ नि । त्यस्तो धराप स्थितिको कुन चाहिँ पार्टीले कामना गरेको होला र । यदि देश नै नरहे कहाँ राजनिती गर्ने यिनीहरूले, अनि कुन सेनाको सेनापति भनेर बस्ने । त्यसैले मलाई लाग्छ आत्तिहाल्नु पर्ने स्थिति चाहिँ छैन । अर्को कुरा देशको विकासको मामलामा चाहिँ यिनीहरू अझै पनि चुकिरहेका देखिन्छन् । हरेक विकास योजनाहरूमा पार्टीकरणले गर्दा योजना कार्यान्वयन सही ढङ्गबाट हुन सकिरहेको छैन । अहिले जुनसुकै विकास योजनामा पनि पार्टीहरूबिच आफ्नो मान्छेलाई पार्ने होडबाजी चलिरहेको छ, यसले गाउँस्तरीय कार्यक्रमहरू नराम्ररी प्रभावित भएको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mani

      मलाई लाग्छ यही ताल हो भने दुई बर्स होइन चार बर्स माँ पनि संबिधान बन्दैन. र यो संबिधान न बन्नू को अपजस ४०% माओवादी को किन की आफ्नै सरकार भएर पनि आफ्ना कार्यकर्ता लाइ नियंत्रण माँ रखन न सक्नु र सबै पार्टीलाई सहमति ल्याओंन न सक्नु, ४०% कांग्रेस को किन की सधै बिरोध मात्र कहिले त सरकार लाइ सहयोग गरेर संबिधान बनाउन मदत गारोस? अनी २०% एमाले को सधै ढुलमुल प्रविती कहिले ठोस भएर संबिधान बनाउन मदत गारोस. यसैले नै हो सबै जनता हरु यी पार्टी र नेताहरु पर्ती निरास भएका (मैले पार्टी का कार्यकर्ता को कुरा गरेको होइन) यो कुरा ती पार्टी अथवा नेताहरु ले कहिले बुझने? उनिहरु त भन्दा म ठुलो को राजनीति लागेका छन. ए नेताहरु एक चोटी छाती माँ हात राखेर भन के तिमीहरूले देस को लागी के साचै राम्रो गर्न खोजेको हो? हो भने किन त हाम्रो देस यस्तो भयो? छ यसको उत्तर तिमीहरु संग?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddha

      वास्तवमा सर्प पनि मर्ने लट्ठी पनि नभाचिने तरिका हुन लाग्या जस्तो छ। केही महिनामै कुल बहादुर खड्काको अबकाश हुन्छ अनी मात्र कटुवाललाई कारवाही हुन्छ जस्तो छ। यसो गरेमा कारवाही पनि गरेको ठहर्ने अनी कटुवाल पनि केही समय अगाडि स्वेक्षिक आबकाश लिएको जस्तो पनि देखिने,गुरुङ पनि खुशी हुने र बाँकी दलहरुको पनि चित्त बुझाउन सकिने(काङ्रेस बाहेक)। यो मुद्दा खड्काको अबकाश नभए सम्म यस्तै हो। आ! केही हुनेवाला छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विश्वाश,

      वास्तव मा भन्ने हो भने, प्रधान सेनापती लाई हटाउने हो भने भनेको समय मा संबिधान बन्ने कुरा मा सँका नै छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipu

      नेपाल

      रुख को मुनी बसे को थीयो एउटा बुडो धेरै नै लाचार र निरास…
      अगाडी उसको राखे को थीयो कात्रों मा बेरीएको एउटा लास.

      आंदा जांदा नेता हरुले फालेको हेंरें दुई चार पैसा…
      मैले सोधें कोहो यो, र कसरी मर्यो ?
      बुडो ले भन्यो हजूर यो मेरो छोरा ‘नेपाल’ हो…
      यसलाई त ‘नया नेपाल’ ले मार्यो.

      ,नेपाल’ शब्द सुनेर मेरो आँखा बाट आंसू आयो…
      भगवान लाई मैले सरापे ‘तिमीले कीन नेपाल र नेपाली बनायो’.

      मेरो आत्मा चीच्यायो ‘तं जस्ता नेता र नयाँ नेपाल लाई छ
      हजारूं हजार छ धीक्कार’…
      फेरी बुडो लाई भने ‘ भगवान को अगाडी कसै को कही चल्दैन…
      आऊ गरम एस्को अब अंतीम संस्कार’

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BG

      होइना के संबिधान बनाउने नै हो रा यिनिहरूले ? केबल पैसाको बर्बाद !!!
      ६०१ * ५०,००० प्रति महिना = रु ३००५०००० ( तिन करोड़ )|
      अझ अरु ……………………धिक्कार नेपाली ! सतिले सरपेको देश !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
      !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biraj

      संबिधान समयमा बन्छ भनेर अब नसोचे हुन्छ.
      यी ६०१ जना सभासदहरुले संबिधान बनाउन “टेण्डर” जितेका थिए जनताबाट, यस हिसाबले ती ६०१ सभासद ठेकेदार भए संबिधान निर्माण को लागि. जब कुनै ठेकेदारले आफुले पाएको ठेक्का समयमा पूरा गर्न सकेन भने जरिवाना तिर्नु पर्छ. त्यसैले यदि संबिधान समयमा बन्न सकेन भने सभासदहरुले आफुले पाएको संपूर्ण तलब भत्तामा व्याज जोडेर राज्यलाई तिर्नु पर्छ र जनताले पनि त्यो रकम असुल्न हिम्मत गर्नु पर्छ. कि कसो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      जनताले रगत र पशिना गरी तिरेको करबाट भत्ता मात्र खाने हुन, यी परजीबी शभासदहरुले, यीन ले के संबिधान लेख्नने। संबिधान उतै बाट आउछ, जता बाट १२ बुदे आएको थियो।
      प्रीती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lyapche

      के मतलब संबिधानको कटुवाल हटाए देखी जनताको सर्बोच्चता भैहाल्छ , संघियताको लागि आयोग बनाइहाल्यो , देखाउनको लागि २-४ सय बोरा सुझाब संकलन छदै छ । किन चाहियो न्यायालय , सिधै मार्दिने हो । पहिला देश स्विजरल्यण्ड जस्तो भयो अब संबिधान नलेखेर बेलायत जस्तो बनाउने । अनी के चाहियो नेपाली लाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kim Aryal

      गफाडी संस्कृतिबीच समय चेतना
      हरिबहादुर थापा
      जनताको भविष्य कोर्न भेला भएका ६ सय १ सभासद, कतिलाई ‘समय’को चेतना छ ? तिनमा समयको चेतना देखिएको भए भविष्य कोर्न बस्नेहरू रोष्ट्रम घेर्ने, राजनीतिक किचलो गर्ने, बहिष्कार गर्ने र सडक घेर्नेमा सायद व्यस्त हुने थिएनन् । ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने यो अमूल्य समय पनि खेर जाने थिएन । तिनै सभासदमध्येका एक राजनीतिक चिन्तक नीलाम्बर आचार्यलाई भने ‘समयको अपहेलना’ले पीडा दिएको छ । जब उनी संविधानसभा या व्यवस्थापिका-संसद छिर्थे, घन्टौं पर्खाइ हुन्थ्यो । बैठक समयमै सुरु हुँदैनथ्यो । बैठक सुरु भइहाले पनि घेराउ या बहिष्कार हुन्थ्यो । कुनै बेला त सूचना टाँसेर बैठक स्थगन हुन्थ्यो । त्यसले उनको मन कुडाउँथ्यो- अकारण समय खेर फालिएकोमा । पटयारलाग्दो पर्खाइले नेपालीमा ‘समय चेतना’ नभएको चेत उनलाई दिलायो । तिनै दिनमध्ये ३३ दिन उनले उपयोगमा लगाए । ३३ दिन उपयोगमा लाग्दा झन्डै दुई सय पृष्ठको पुस्तक जन्म्यो- ‘समय चेतना’ । पलपल मनन गरी चुस्त संविधान, जसमा सबैका भावना खोज्नुपर्ने समय थियो । संविधानसभाका बैठकहरू कहिले बस्लान्, संविधान निर्माण प्रक्रिया सुरु गर्लान् भनेर दिन, हप्ता, महिनाको पर्खाइ, देश निर्माण गर्ने वचन दिनेहरूको पर्खाइ । समय चेतना अभावमा पटयारलाग्दा दिन बन्दै थिए । आचार्य लेख्छन्- ‘काम गर्ने म्याद सार्दै जाँदाको पर्खाइ, दिक्कलाग्दा पर्खाइका दिनहरूमा समय चेतना लेखन सुरु गर्ने विचार आयो ।’
      उनले ३३ दिनमा ३३ शीर्षकमा लेखन केन्दि्रत गरेका छन् । पुस्तकको ‘थिम’ हो- ‘समयलाई स्रोतको रूपमा लिन सकियो भनेमात्र त्यो लक्ष्य प्राप्ति हुन्छ ।×’ समय चेतना फैलाउनु जरुरी रहेको ठान्दै समय चेतनाको स्तर र प्रगतिको रफ्तार जोडिएको हुन्छ भन्ने निष्कर्ष उनको छ- ‘त्यो मानिसको जीवनमा पनि, मुलुकका जीवन पनि ।’
      पुस्तकभित्र लोकतान्त्रिक गणतन्त्र, प्रजातन्त्र र समस्या, हतियारधारी माओवादीसँग असमान चुनावी प्रतिस्पर्धा केलाउनेदेखि मानिसका स्वतन्त्रतासम्म दार्शनिक व्याख्या छन् । राजनीतिक चिन्तकका नाताले पुस्तकका धेरै अंश राजनीति चिरफारमै केन्दि्रत छ- लोकतन्त्रदेखि जनगणतन्त्रसम्म । मुलुकमा प्रजातन्त्र स्थापना हुने र अवसान हुने क्रम छ । लेखकको विश्लेषण छ- ‘प्रजातन्त्रका कारणले मुलुकमा समस्या समाधान गर्न नसकिएको होइन, प्रजातन्त्र कमजोर भएकाले मुलुकका समस्या समाधान गर्न नसकिएको हो । प्रजातान्त्रिक शक्तिहरू कमजोर भएकाले मुलुक चाहिँदो दिशा र गतिमा अघि बढ्न नसकेको हो । अनि त्यसको फाइदा मुलुकका प्रजातन्त्र विरोधी र प्रजातन्त्रवाद इतर उग्रवादी शक्ति र तत्त्वहरूले लिए ।’
      राजनीतिले सही बाटो लिन नसक्नुमा सबैमा समय चेतनाको अभाव हो भन्ने ठम्याइ छ । उनी लेख्छन्- ‘हाम्रो राजनीति जेजति बिग्रेको छ, आधा गफको कारण हो, अर्काे आधा अकर्मण्यताले हो । तीन पुस्तासम्म पनि, अहिलेसम्म पनि प्रजातन्त्रले स्थायित्व पाउनसकेको छैन । हामी पछाडि पर्नुमा समय चेतनाको न्यूनता दोषी छ ।’
      प्रजातन्त्रकालमा अनावश्यक तत्त्वलाई रिझाउन, फुर्काउन र पुलपुल्याउन ‘समय खेर’ गएको उनको विश्लेषण छ । अनावश्यक तत्त्व राजतन्त्र थियो । त्यही तत्त्वको खेलौना प्रजातन्त्रवादी शक्ति बन्न पुगे । प्रजातन्त्रभित्र राजतन्त्रलाई अटाउने प्रयास गलत सावित भयो । उनको जिज्ञासा छ- ‘अब माओवादीलाई प्रजातन्त्रभित्र अटाउने प्रयास भइरहेको छ, के माओवादीहरू प्रजातन्त्रभित्र अट्लान् ?’ उनलाई चाहिँ गम्भीर शंका छ ।
      उनी एकताका कम्युनिष्टका भक्त थिए । त्यसमा उनको मोहभंग भएको देखिन्छ । जबकि उनले १९ वर्षदेखि ४८ वर्षसम्म कम्युनिष्ट चिन्तनमा बिताए । ‘कम्युनिष्ट पार्टीहरूको जनवादी क्रान्तिको युग बीसौं शताब्दीमा आयो, त्यही शताब्दीमा गयो×’, उनी लेख्छन्- ‘सुन्दर सपना थियो, कम्युनिष्ट सपना, विपनामा त्यो कुरूप देखिन गयो । छिटै थोत्रियो, त्यो युग ।’
      दार्शनिक बेट्रन्ड रस्सेलले जसरी कम्युनिज्मलाई ‘कुरूप’ देखे, त्यही निष्कर्षमा आचार्य पुगेको देखिन्छ । ‘म किन कम्युनिष्ट हुन सकिन’ भन्ने एउटा आलेखमा रस्सेलले कम्युनिजमबाट विश्वव्यापी समाजमा धेरै भ्रम, द्वेष र घृणा उत्पादन भएको जिकिर गरेका थिए । उनले लेखेका थिए- ‘मानवजीवनमा अनगिन्ती दुःखको उत्पादन गर्‍यो कम्युनिजमले ।’
      अनि ‘लोकतान्त्रिक गणतन्त्र नि ?’ लेखक आचार्यको दृष्टिकोणमा यसको भविष्य छ । उनी लेख्छन्- ‘लोकतान्त्रिक गणतन्त्र अठारौं शताब्दीमा जन्म्यो, निरन्तर हुकर्ंदै विकसित भयो, जुन दीर्घजीवी र विकास सम्भव देखियो ।’
      माओवादीप्रति पनि उनको आक्रामक टिप्पणी पुस्तकमा सामेल छ । सैन्य चिन्तनधारी माओवादीमाथि तथ्यगत रूपमा तिखो प्रहार गरेका छन् । त्यतिमात्र होइन, सुन्दरी प्रतियोगिता रोक्ने माओवादी व्यवहार निरंकुश र स्वतन्त्रता विरोधी व्यवहारको रूपमा उनले चित्रण गरेका छन् । त्यही सवालमा उनले लेखेका छन्- ‘तिमीलाई म सुखी बनाउँछु, तर तिम्रो सुखको परिभाषा भने तिमीले गर्ने होइन, मैले गर्ने हो भन्ने व्यवहारले मानिसको सम्मान गर्दैन । मानिसमाथि आधिपत्य थोपर्न खोज्छ ।’
      किताबको गुरुमन्त्र हो- ‘पहिले सोच ठीक पार र अनि काम ठीक हुन्छ ।’ त्यसका निम्ति लेखकले उपनिषद, बाइबल, बौद्ध धर्मग्रन्थका सहारा लिएका छन् । धेरै मानिसले त्यतिकै समय खेर फालिरहेका छन् । पुस्तकले सचेत गराउँछ- ‘कतै त्यत्तिकै समय खेर गइरहेको त छैन ?’ मानिसलाई समयको चेतना दिलाउनसके बाँकी समय उपयोगी बन्छ नै । बलियो मस्तिष्क पार्न यो पुस्तक प्रेरणास्रोत बन्न सक्छ ।
      त्यसो त यो पुस्तकलाई न निबन्ध संग्रह भन्न मिल्छ, न आत्मवृत्तान्त । दिनहुँ लेखिएको हुँदा डायरीजस्तो लाग्छ, तर डायरी होइन । ऐतिहासिक र विश्वको सेरोफेरो समातेर गहकिलो राजनीतिक विश्लेषण भरपुर गरिएको छ । इतिहास, धर्म, दर्शन, साहित्य, प्रेमलाई मानवीय पक्षमा ढाल्न कुनै कसर छाडिएको छैन । त्यसो हुँदा यो पुस्तकलाई ठयाक्कै यही विधा समातेर लेखिएको हो भन्न सकिँदैन । लेखककै शब्दमा, ‘यो नयाँ प्रयोग हो । विधामा बाधिँदा धेरै कुरा बाहिर पर्छ, त्यसकारण यो फुक्का लेखन हो ।’ उनले ‘चेतनालेखन’ पदावली प्रयोग गरेका छन्, अर्थात् ‘जस्तो सोचाइ आउँछ, त्यस्तै लेख्ने ।’
      स्वतन्त्र लेखनले पुस्तक पठनीयमात्र छैन, रोचक पनि छ । ‘३३ दिनमा लेखिए पनि ती दिनका मात्र डायरीचाहिँ होइन’, उनी भन्छन्- ‘३३ दिनभित्र लिपिबद्ध ५० वर्षे सक्रिय अनुभवको निष्कर्ष हो- समय चेतना ।’

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddha

      सत्ता प्यारो भए पछी यस्तै त हो नि। सबलाई सत्ता चाहिएको छ। मन्त्री मण्डल बढाएमा सबैको पालो पनि आउछ अनी चुप चाप लागेर संबिधान बनाउन थाल्छन। बरु सबै सभासदलाई नै मन्त्री बनाए कसो होला?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amit

      संबिधान बनी सक्यो यो खली नाटक मात्र हो, सबिधान त भारत र अमेरिकाले कुन जमाना लेखिदेसक्यो, चिंता लिनु पर्ने कुरा कही छैन, प्रचन्दले काम नभयर देशमाँ पशुपतिको पुजारी आथवा प्रधान सेनापति संग कीच कीच गारी र को नि;

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      भारतीय राजदूतलाई खुलापत्र

      भारतीय राजदूत राकेश सूदज्यू,
      आमनेपालीलाई सोध्नुभए थाहा पाउनुहुनेछ कि तपाईंलाई यसरी सम्वोधन गर्न कति अफ्ठ्यारो महशूस हुन्छ । तरपनि, तपाईं हाम्रो देशमा ‘असल’ छिमेकी राष्ट्रको राजदूतको हैसियत राख्नुहुनेभएकोले यसरी सम्वोधन गर्न ‘बाध्य’ हुनैपर्यो । कुनै देशका राजदूतलाई यसरी खुलापत्र लेखिनुहुन्छ कि हुन्न भन्ने कुराको ज्ञान त भएन; यदि लेखिनुहुँदैन भन्ने हो भने पनि तपाईंचाहिँ अपवादमा पर्नुहुन्छ है । तपाईंजस्तो भारतीय पदधारी त हाम्रो देशका पूर्वराजाहरूभन्दा पनि माथि रहिसक्नुभएको छ । के पञ्चालत, के प्रजातन्त्र, के लोकतान्त्र, तपाईंजस्ताको स्थान त हाम्रा पूर्वराजा, वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको भन्दा उच्च रहेको कुराबाट हामी नेपाली ‘सु’सूचित नै छौं । यस हिसाबले तपाईंलाई खुलापत्र लेख्नुमा अनुचित नहोला भन्ने ठम्याइका साथ लेखिएको हो ।

      राजदूत महाशय,
      ‘स्वतन्त्रता’ भन्ने शब्द कहिल्यै सुन्नुभएको छ ? तपाईंहरूले १५ अगष्तमा मनाउने गरेको स्वतन्त्रता दिवस क्या ! अंग्रेजहरूको गुलामीबाट आजित भएर करमचन्द गान्धीको नेतृत्वमा तपाईंको देशले स्वतन्त्रता पाएको कुरा बिर्सिनुभएको त छैन होला नि । हो, त्यस्तै स्वतन्त्रताको कुरा गरेको । तपाईंहरूलाई स्वतन्त्रता यति प्यारो रहेको छ कि प्रत्येक वर्ष हाम्रो देशका प्रमुख पत्रिकाहरूमा समेत पूर्णपृष्ठको शुभकामना विज्ञापन निकाल्न कञ्जुस्याइँ गर्नुहुन्न । यति साह्रो स्वतन्त्रताप्रेमी तपाईंहरूले अरुको स्वतन्त्रतामा खेलवाड गर्न सुहाउँछ ? तपाईंको देशको एउटा प्रान्तभन्दा पनि सानो हाम्रो प्यारो देशको आकार, भौगोलिक अवस्थिति, सामाजिक धरातल र आर्थिक अवस्थाको फाइदा उठाएर नेपाल र नेपाली राजनीति माथि अंग्रेजहरूले गरेजस्तो व्यवहार गर्न तपाईंहरूलाई अलिकति पनि अफ्ठ्यारो लाग्दैन ? तपाईंहरूलाई यति सानो देशको सीमा मिच्न लाज लाग्दैन ? तपाईंहरूलाई मन नपर्ने कुरो के अरुलाई मनपर्ला ? अहिलेसम्म नेपाली जनताले तपाईंका महान् नेता गान्धीको तीन बाँदरको उदाहरणलाई आत्मसात गर्दै आइरहेका छन् । नेपाली जनता पनि गान्धीगिरीबाट प्रेरित रहँदै आएको कुरा तपाईंले पनि महशूस गर्नुभएको हुनुपर्छ, त्यसैले त तपाईं र तपाईंजस्ता राजदूतले अहिलेसम्म खुलारूपमा हाम्रो देशको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गरी हाम्रो देशको राजनीतिमा किचलो ल्याउन सक्षम हुनुभएको हो । तर जतिसुकै ‘गान्धीगिरी’ले तपाईंको देशले स्वतन्त्रता पाएको हौवा पिटेर रमाउनुभएतापनि हजारौं योद्धाहरूको रगतबाट मात्र तपाईंहरूले स्वतन्त्रताको स्वाद चाख्न पाइरहनुभएको कुरा तपाईंले शायद सोच्न पनि चाहुनुहुन्न ।

      तपाईंहरूलाई जति स्वतन्त्रता प्यारो छ हामी नेपाली जनतालाई पनि छ । तपाईंहरूले जसरी विभिन्न बहाना र उद्देश्यका साथ हाम्रो देशको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गरेर भाँडभैलो गरिरहनुभएको छ, हामी नेपालीले कतिञ्जेल सहने ? तपाईंहरूले ‘गान्धीगिरी’ र जनविद्रोहले अंग्रेजहरूलाई धपाउनुभयो; हामी नेपालीले त ‘गान्धीगिरी’मात्र अपनाइरहेका छौं …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Amit Jee, wow kya dami bhanu bhayoo. Mero pani dharana yehi ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Gopal Shrestha

      प्रिय मित्र हरु ,
      नमस्कार ! ! !
      संबिधान सभा को निर्बाचन पछि १ बर्ष सम्म केही नभएको देख्दा संपूर्ण नेपाली हरु लाई दुख तथा संकोच लाग्नु स्वाभाबिक हो/ संबिधान अछेरश पालना गर्ने गराउने निकाय हरु माथि माओबादी सर्कार तथा अन्य निकाय एबम स्वोयेम जनता हरु तयार छैनन/ हत्या, लूट , दादागिरी , अपहरण , गोली चलाउने देखि संपूर्ण दन्दहीनता र अनुशाशन हीनता बंद गर्न सरकार मा बसेका हरु बाट शुरू नगरे सम्म संबिधान आएर मात्रै के होला र ? अब त नियम कानून र संबिधान मानने मान्छे को खोजी गर्नु पर्ने बेला आएको छ नेपाल मा /
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      पुष्प जी,

      सूदलाई नेपालीहरु भाडाका टट्टु हुन भन्ने राम्ररी थाहा छ। के गर्ने हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Gopal Shrestha

      प्रिय पुष्प जी,
      नमस्कार ! ! !
      सधै जसो तपाईको कमेंट्स पढने गर्छु तर पहिलो पटक केही लेख्दै छु तपाई प्रति/ कृपया हल्का रूप मा लिनु होला/
      के तपाई को गोरु ले धान बाली खायो भने खेत मालिक लाई गाली दिन मिल्छ? १९५० को दिल्ली समझौता देखि १२ बूंदे समझौता सम्म तेहि स्थान मा हुने गर्छ के १२ बूंदे समझौता हुन लाग्दा पनि माओबादी र उनका समर्थक हरुले बिरोध वा जुलुस गरेका थिय? अंतर्राष्ट्रीय सल्लाह र सहयोग सबै देश ले लिने र दिने गरेका छन आफ्नो उपयुक्तता हेर्ने कोशिश गर्नु पर्यो अरु लाई गाली गरेर समय बर्बाद नगर्दा नै राम्रो होला की?
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      पुष्प जी अनी माइ संसारका पाठक साथीहरु,

      तर मलाई त अझ यस्तो पो लाग्छ:

      “काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर” संविधान बनाउने जनादेशका साथ सत्तारोहण गरेको नेकपा (माओवादी) मूल एजेन्डालाई पाखा लगाएर आफ्नो अभिष्ठ र अहंको लागि एकोहोरो रूपमा नेपाली सेनाको पछाडि लागेको लाग्यै छ, लाग्छ यो नै उसले पाएको जनादेश हो । बन्दले जनताहरु भोकै-तिर्खै बाटोमा अलपत्र छन । जताततै अराजक्ता, अशान्ती छ । अनियन्त्रित रूपमा महंगी बड्दो छ । समग्रमा भन्नु पर्दा चारैतिर लथालिङ्ग र भाताभुङ्ग छ । तर ति बिषयहरुप्रती सरकार अन्धा, बहिरो र लाटो जस्तै अभिनय गरेर बसेको छ । मानौं कि जनताप्रती उसको कुनै उत्तरदायित्व नै छैन । हामी नेपाली जनता बिना आमा-बाबुका लावारीस सन्तान जस्तो गरी अलपत्र छाडेको छ हाम्रो सरकारले ।

      संसारका कुनै पनि निरङ्कुश भन्दा निरङ्कुश सरकारले पनि बाँकी दुनियाँलाई देखाउन कै लागि मात्र भए पनि जनताको पक्षमा केही न केही गर्छन् तर हेरौं त हाम्रो विडम्वना उफ !!! यसले पो गर्छ कि वा त्यसले पो गर्छ कि भन्दै हामी नेपाली जनता युगौदेखी पर्खि रहयौं तर जो जो सरकारमा आए पनि देश र जनताको अवस्थामा कुनै तात्विक अन्तर परेन । बरु जती बढी क्रान्तिकारी र त्यागको पृष्‍ठभूमी बोकेकाहरुको राज चल्यो जनता र राष्ट्रले त्यती नै बडी सास्ती र हैरानी बेहोर्नु पर्‍यो, यो कुराको तपाईं हामी सबै भुक्तभोगी हौं ।

      मैले त पहिले पनि भनेको हो र अहिले त म झन त्यो मेरो निश्कर्षको झन नजिक पुगेको छु (हुन त म सामान्य भन्दा सामान्य नेपाली नागरिक मात्रै हुं)की, नेपालका मूल पार्टीहरु (माओबादी, एमाले, काँग्रेस (सबै), फोरम र सद्द्भावनाको त के कुरा गर्नु र ?) सबै कुनै न कुनै रूपमा भारतको इशारामा चलेका छन । भारतको पैसामा बिकेका यिनिहरु जनाजान देशमा अराजक्ता ल्याउन चाहन्छन र भारतको स्वार्थ पुरा गर्न लागेका छन । आफ्नो व्यक्तिगत स्वार्थको लागि हाम्रो मातृभूमीको अस्मिता र अस्तित्वलाई यिनिहरुले बेची सके भित्र भित्रै । यो मैले कुनै पुर्वाग्रह वा कसैलाई आरोप मात्र लगाउनको लागि भनेको हैन र त्यसो गर्नु पर्ने कुनै कारण पनि छैन तर यिनिहरुको प्रत्येक गतिबिधिले यही देखाउंछ ।

      प्रिय माइ संसारका पाठक साथीहरु ! तपाईंहरु सबै सचेत र देशलाई माया गर्नेमा पर्नु हुन्छ । त्यसैले साच्चै गम्भिर भएर चिन्तन मनन गर्नुस् त तपाईंहरुलाई पनि मलाई लागे जस्तै लाग्छ कि लाग्दैन ? यिनि(तथाकथित पार्टी र नेता) हरुले जे गर्छन त्यो टुलुटुलु हेरी बस्ने कि केही गर्ने ? बेला बित्न लागि सक्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      पुष्प जि !
      मार्मिक कमेन्ट लेख्नु भो ।
      नमिठो ( के नमिठो भन्नु ! घिन लाग्दो नै ) वास्तविकता यही नै हो शूद हरु को हस्तछेप ।
      हाम्रा हरेक आन्तरिक मामालामा यि शूद हरुले सधैं ठाडै हस्तछेप गर्दै आएका छन । सरकार लाई मुलुकको हितको लागि अघी बढ्नै दिदैन यो शूद हरु ।
      संबिधान बनाउन तल्लिन हुनु पर्ने बेलामा सरकार अगाडि बढ न् सकिराख्या छैन शूद हरुको डिस्टर्ब को कारण ले ।
      भारतीय दूताबास त काठमान्डौ बाट टाढा सार्नु पर्ने हो ! घ रि घ रि शूद बालुबाटार मै पुगेर थर्काउछ ।
      तर कस्तो बिडम्बना ! यि शूद हरु को थर्काइ बाट हाम्रा नेताजी हरु थर्किनु पर्ने !
      बुझ्नै गार्हो भो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddha

      तपाईं कृतिपुरबासी अनी काठमाडौं क्षेत्र न ७ हालको १० को भु पु एमाले सान्सद जस्तो लाग्यो नि हो त? तपाईंको नाम मिलेकोले मात्र सोदेको ल अन्यथा नलिनु होला किनकी बोलाई पनि उस्तै लाग्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लीला

      लुना जि
      हैन कैले हट्छ तपाईंको कमेन्ट मा यो सुद भन्ने शब्द ? धारा मा पानी आएन सुद , बत्ती बलेन सुद , खडेरी लाग्यो सुद , बाटो बन्द भयो सुद , टायर् बल्यो सुद , गिरिजा ले ओली लाई भेट्यो सुद , हुँदा हुँदै माइ संसारडट्कम् भरी सुद नै सुद । हैन यो सुद भन्ने शब्द नै कोमन शब्द हो कि जुन नेपाली शब्द कोस मा जहाँ जसरी प्रयोग गर्दा हुने । हामीले विश्वाश गरेर पठाएका नेता हरु को जग्जगी ले नै सुद हरु को जग्जगी बडेको होला जस्तो लाग्छ मलाई त । पार्टी बाट जातीमा अल्जेको छ नेपाली दिमाक । जमानामा अरिङ्गाल को गोलामा ढुङ्गा हानेर हुन्छ या सिस्नु घारि घारि लखट्दै अङ्रेज लाई धपाएको ईतिहास हामी सँग ताजा नै छ । तेसैले त अङ्रेज ले भन्छन रे नेपाली फौज मात्रै हैनन नेपाल का झार पात किरा फटेग्ग्रा पनी खतरनाक हुन्छन भनेर । तेती खेर दमै ,कामी,पोदे , बाहुन छेत्री गुरुङ राइ लिम्बु नभनी एक जुट भएर लडेका हुनाले GURKHAS नाम त रहेको छ नि । आजा पनि पार्टी अनी जाती मा नलागि सबै नेपाली एक जुट हुने हो भने तपाईंको कमेन्ट बाट यि सुद भन्ने शब्द हट्छ नि तुरुन्तै । नेता गण लाई कुर्ची को मोह छ देस को बाल मत्लब । हुँदा हुँदै सेना लाई पनि राजनीति को गेस पेपर र गाईड बाडेर एक्जाम लिदैछन अनी तेही एक्जाम को सुपर्तेन्देन्ट हुन सुद । अनी दिएको काम लाई फत्ते गर्न लाई बिजी हुँदैनन त ? कैले भित्र कैले बाहिर । तेसै ले त हामी सबै को एउटै अवाज भारतीय बिस्तार्बाद मुर्दबाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kg

      मित्रहरु नेपालका लाउके,बाउके,खाउके,भनाउदा भ्रष्ट,दलाल डर छेरुवा भाते नेताहरूलाई खाल्डोमा हालेर,यी नरपशु सूदहरुको बिरुद्द दुई करोड़ पचास लाख नेपाली सब शैनिक बन्नू पर्छ.ज्ञान सिप बुद्दी हुनेहरुले बैज्ञानिक,आणाबिक हात हतियारको आविष्कार निर्माण गर्ने तर्फ़ लाग्नु पर्छ. आफ्नो घरको सुरक्ष आफैले नगरे कसैको आशिर्बाद बाट सुरक्ष हुनेवाला छैन.यदि नेपाल र नेपाली हूँ भनी गौरव गर्ने र गर्छौ भने आफ्नो अस्तित्व जोगाउने बाटो तिर लागौ.बढ़ी बकबास गरेर मात्र केही हुनेवाला छैन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      लीला जि !
      भारतीय बि स्तार बा द् मुर्दाबाद !
      हाम्रो कुरा त मिल्यो है ।
      तपाईंको कमेन्ट मा दम छ लीला जि । झन अन्तिम हरफ ले त सम्पूर्ण देश भक्त नेपालीको हिर्दय छुन्छ ।
      धन्यवाद है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Gopal Shrestha

      प्रिय बुद्ध जी
      नमस्कार ! ! !
      मेरो नाम संग जोडिएको प्रश्न ले गर्दा जवाफ दिनु पर्यो/
      म तथा हामी नेपाली सर्ब साधारण जनता हरु सांसद भन्दा धेरै तह माथी नै छौं/ माफ़ गर्नु होला म त्यों सांसद होइन जसले ‘ जय नेपाल ‘ पनि भन्न लाज मान्छ/
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kg

      ओ कृष्ण गोपाल जी,जय नेपाल होईन,गए नेपाल.भन्दा बेस होला हैन र.मातृ भूमि प्रति आस्था माया ममता नभएको अथव नजागिने जय नेपालको के काम.नाम मात्र जय नेपाल,काम भने गए हुन्थ्यो नेपाल भन्ने सोच ले नेपाल प्रति माया गर्ने र देखाउने नाटक कतिन्जेल सम्म टिक्न सकिन्छ र,जय नेपाल हैन सिधै जय हिन्द भने भै हाल्छ नि. किन नाटक ………….!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Gopal Shrestha

      priya KG jyu,
      namaskar ! ! !
      dhanyabad chha hazoor lai aafno mann ko kura pokhnu bhayeko maa. Aafno kotha maa aamaa baabu ko photo naraakhikana saasu sasuraa ko photo jhundyauna laagnu bhayeko maa SHUBHAKAAMANA ! ! !
      jaya NEPAL
      krishna gopal shrestha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kg

      मित्र के.जि.एस.तपाईले जानेरै भन्नु भो.त्यसरी न झुंडाएको भए, छ्यायालिस सालमा ल्याएको प्रजातंत्र किन तुइन्थ्यो होला र हैन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nishchit

      Priti ji,
      Tapai gaera kam garnus tyo tapaiko malik sood saga……………ke hisab le tapai khali bharat ko support garirahanu hunchha??????????je hos tapai nepal premi pani hoina na ta nepali nai ho…………tapai india ko agent ho ani ta tapai lai thaha chha sood le ke bhanthaneko chha bhanera kina ki tapai uslai nai help garera nepal ra nepali lai jahile pani thichera,,,ani india lai support garera napal lai india ma gabhnuparchha bhanne aashaya ko kuro lyaeko lyai garnu hunchha………tapai ko natake kuro le kasailai nepal premi ko man bhadkaera bharat-premi kahile pani parna sakdaina bujhnu bhayo……kahile pani try nagarnu hola garema prayas byarth hune chha…………..tapai yaha mysansar ko blog ma comment gardai hunu hunchha………..yo kunai nepali congress party ya aru kunai bharat mukhe party hoina……….real swatantra blog site ho…………..yaha tapai ko bharat-niti/sood ko order mysansar ko blogger lai kahile pani nadinu hola…….aaphai le rakhnus………kasle bhanyo nepali haru bhada ka tattu bhanera……………..khali nathe kuro lekhyo comment……….achamma chha…………priti indian.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nishchit

      ……………………..पुष्प जी,,,,,,,,,,,,,,,,,,,,,एकदम मन पर्यो तपाइले सूद लाई लेखेको पत्र……………………………………..होइन, भारत लाई स्वतंत्रता प्यारो लग्छा भने किना अरु लाई पनि आफू जस्तै सोच्न, अरु को आदर, कदर गर्न सक्दैना ??(फलेको बृक्ष को हागो नाझुकेको कहा छ र ? होइन परेरा जान्छा भन्थे होइन रहेछा की क्या हो खोई त उनिहरु ले आफुलाई परेरा जानेको की अरु लाई त्यसो गर्नु हुन्न भनेर?)………………….अनि तपाईलाई कमेन्ट गर्ने प्रिती,,,जो एक भारतीय मानसिकता को नेपाल/नेपालप्रेमी को लागि एकदम नीच मान्छे हो…………………….यस्तै मान्छे हरु ले गर्दा नेपाल लाई भारत ले जहिले पनि हेपेरा हस्तक्षेप गर्छ,,,,,,,,,,,,,,,सूद मात्र होइन पूरा भारत सरकार नै त्याही मानसिकता को छ की नेपाल माँ पूर्ण रूप ले हस्तक्षेप गर्नु पर्छ र नेपाल लाई उसको आफ्नो स्वतंत्रता माँ चलना दिनु हुन्न, सधे आफ्नो पकड़माँ राख्नु पर्छ, – पशुपतिनाथ को मंदिर माँ उनिहरुको मान्छे राख्नु पर्ने(भगवान शिवजी को मंदिर लाई भारत ले आफ्नो दास बनाको छ),
      -नेपाल सरकार उनिहरु को मातहत माँ चल्नुपर्ने, (भनेको कुरा नोकर ले जस्तै मानने गरि )
      -नेपाल को सेनापतिलाई आफ्नै कब्जा माँ राख्नु पर्ने,(भनेको कुरा नोकर ले जस्तै मानने गरि )
      -नेपाल का नदी नाला हरु को अपार जलश्रोत लाई उनीहरूले अहिले सम्मा १ पैसा पनि नतिरी काना (खोई त्यात्रो पनि को महिना वारी को रोयल्टी ??,,,,अहिले सम्मा हिसाब गर्ने हो भने कटी हुन्छ)
      -नेपाल का बन जंगल जडीबुटी देखि लिएर,,,,,,भगवान गौतम बुध्द भारत माँ जन्मेको भन्ने हाबी संसार भरी अनौपचारिक तरीका ले फैलाउने देखि लिएर, ,नेपाल का सबै आतंरिक सम्पदा हरु माँ बर्चस्व कायम राखेको छ…………….नेपाल को अन्तराष्ट्रीय सिमाना को डाढे असंतोषी लाई जति भएपनि नपुग्ने…………….लाई आफ्नो बिस्तार्बाद कार्यक्रम लाई दिन रात अझ दृढ रूप माँ चलाको छ…………………..अहिले यहाँ कति लेख्नु???? प्राय जसो नेपाल का पार्टी का धेरै जसो नेता भनाउदा देशद्रोही,कुर्सी र पैसा को लागि भारत को गोडा मोल्ने नेपाल को १ रत्ती माया नभएका गन्हएका कुहिएका भ्रस्ता नेता भनाउदा नेपाल का शत्रु को के कुरा गर्नु ………………………… कुलान्घार भारत को कर्मचारी गिरिजा अनि अरु नेपाली नेता को मुखुन्दो लगाएका पशु गोरु कुकुर,,आफु लाई नेपाल प्रेमी भनेर सोझा जनतालाई दिउसै राति पार्ने भाते हरु को के कुरा गर्नु………………..गाली गलौज का शब्द हरु प्रयोग गरेको माँ सॉरी,,के गर्नु समाचार हेर्ने हुन्न त्यसै कन्सिरीको रोऊ ठाडो भएर आउछ………………………………………यहाँ mysansar माँ मेरो comment पढेर मेरो कंसिरी को रोऊ ठाडो भए जस्तै प्रिती, निक अनि अरु हरु पनि भारतीय पाठक साथी हरु हुनुहुन्छा होला उहा हरु को कंसिरी को रौ पनि ठाडा ठाडा भएका होलान, रिसानी माफ़ होस….उहा जस्ता पाठकको सधै को मुख्या सन्देश (comment) चाहि mysansar का नेपाल प्रेमी पाठक लाई भारत प्रेमी माँ परिणत गर्ने हो …………… उहा जस्ता पाठक चाहानु हुन्छ की तपाई सबैजाना नेपाल का नेता जस्तै नै हुनुपर्यो…भारत मुखी…भारत ले भनेको मानने…भारत लाई हर हमेशा मानने…भारत को गुण गान रात दिन गाउने…जस्ता कुरा हरु माँ तपाई सबै mysansar का पाठक को साथ चाहानुहुन्छ,,,निर्णय आ-आफ्नो हो ………………….उहा हरु भारत को लागि काम गर्नु हुन्छ भन्ने लागेको छ,,अब किना गर्नु हुन्छ भन्ने कुरा थाहा छैन,,पैसा,कुर्सी कही होला नि त केहि नेपाल का देशद्रोही नेता हरु को जस्तै, के थाहा उहा हरु को पेट को कुरो त………………….संबिधान बन्ने, कस्तो बन्ने, कसले लेख्ने, कसैले पहिले नै लेखिसकेको छ की खाली सोझा जनता लाई सबै कुरा माँ झुक्याजस्तै हो की ता कुरा पनि,………………………………………………तर बन्नुपर्ने संबिधान चाही सबै नेपाली लाई १ मूलधार माँ ल्याउन सकने हुनुपर्छा, च्याउ उम्रे जस्तरी पार्टी नऊमारने हुनुपर्छा,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,यी कुरा यहाँ लेखेर केहि काम पनि छैन………………….खाली एउटा मन को बह त हो नि के गर्नु?????????????????????????
      जय पशुपतिनाथ….
      जय नेपाल…………
      जय नेपाली………….
      भारतीय बिस्तारबाद—————-(सधै नै ठुलो ठुलो स्वर माँ) मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद…………………
      नेपाल माँ भारत को सबै प्रकार को हस्तक्षेप —————————– (सधै नै ठुलो चर्को स्वर माँ ) मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद……………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker