मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    तिमी पनि महान् कलाकार हौ !

    -घिमिरे युवराज

    ‘मह’जोडी कसैको मलामीमा पशुपति आर्यघाट पुगेका बेला उनीहरुलाई दर्शकले घेरेछन्। ‘अहो मह !’ श्रद्धाञ्जली अर्पण गर्न लाइनमा उभिइरहेका हरिवंश आचार्यलाई ‘फ्यान’ले भनेछन् -’तपाई त कस्तो साह्रो हसाउनु हुन्छ। आज साक्षात भेट्दा खुशी लाग्यो। एकपटक एउटा कमेडी देखाइदिनुन।’ हरिवंश अक्क न बक्क परेछन्,-’मलामी आएको बेला प्रहसन !’ ती महान् दर्शकलाई मह जोडीले थुम्थुम्याएर पठाएछन्।

    अन्य धेरै मानिसहरु अहिले पनि नाटक भनेको यस्तै हसिमजाकको चिज हो भन्ने ठान्छन्। जहाँ, जहिले पनि र जसले भनेपनि कलाकारले मनोरञ्जनका लागि देखाइदिइ हालोस्। ‘तिमी त नाटक गर्र्छौ होइन, एउटा डाइलग सुनाउ न !’ मलामी जाँदा पनि छोड्दैनन्। सामान्य कार्यक्रमहरुमा त झनै हैरान पार्छन्। कर्मचारी, व्यवसायी वा आर्थिक रुपमा हाइफाई गरेर बाँचेका धेरै मानिसहरु नाटक गर्नु, चलचित्रमा कथित हिरोहिरोइनको भूमिका बाहेक अन्य भूमिका निर्वाह गर्नु वा कलाकार हुनु अहिले पनि सम्मानित पेशा ठान्दैनन्। व्यवहारले त्यस्तो देखाउँछ। ‘नाटक गरेर खान पुग्छ -’ चलनचल्तीको प्रश्न हो यो। केही चाहिँ यस्तो भन्छन्-’मैले पनि जमानामा नाटक खेलेको थिएँ, फलानो नाटकको मुख्य भूमिकामा। सबैले मेरो प्रसंसा गर्थे। ऐले त्यस्तो नाटक कसैले गर्न सकेको छैन। कस्ताकस्ता प्रयोग गर्यौं हामीले।’ अब बोल्नु भयो – विशिष्ट जागिर पाएकोले नाटक गर्न छोडेको उनीहरुको धारणा छ।

    कलासम्बन्धी अन्य पेशाकर्मीलाई पनि यो सास्ती होला। एकजना साहित्यकारको छोरी-विवाहको भोजमा फोटोकवि कुमार आले लगायतका व्यक्तिहरु खानाखाने लाइनमा थियौं। ‘ओहो कुमारजी’ एकजना लेखक बुकुर्सी मार्दै आलेको छेऊमा आए। फोटो खिचाउन पो रहेछ। सबै चकित पर्यौं। माथिको हरिवंश किस्सा सुनाएपछि ती लुरुक्क परेर बाटो लागे।

    सेक्सपियरले यो संसारलाई रङ्गमञ्च र सम्पूर्ण प्राणी जगतलाई कलाकार भनेर परिभाषित गरेको ३ सय वर्ष नाघिसकेछ। त्यही पनि नाटक भनेको हँसिमजाक नै हो भन्ने छाप छँदैछ। नराम्रो कुरा, नक्कल र सस्तो मनोरञ्जनलाई सम्बोधन गर्नु पर्यो भने मानिसहरुले ‘नाटक’ भन्न थाले। संसारमा रङ्गकर्म वा नाटकमा लागेका धेरै महान् व्यक्तित्वहरुलाई हामीले स्वीकारीसक्दा पनि नाटक भन्ने शब्द बोलिचालिको भाषामा सम्मानित हुन सकेन। र्सवसाधारण मानिसहरु कुनै घटनालाई उडाउनु पर्यो वा अपत्यारिलो लाग्यो भने अझै ‘नाटक रहेछ’ भन्छन्। जिम्मेबार निकायका मानिसहरु त झन् यो विषयमा संवेदनशील छँदै छैनन्। चलचित्रका कलाकार, पत्रकारहरु वा अन्य सञ्चारकर्मीहरुका लागि पनि नाटक भनेको ‘वाहियात’ चिज नै हो। नाटक खेल्दाखेल्दै चलचित्रमा लागेकाहरु पनि नाटकलाई दुःखी गरिवहरु वा अवसर नपाएकाहरुले गर्ने काम हो भनी ठान्छन्।

    अर्को किस्सा। दुई जना पत्रकारलाई फ्रयाङ्र्फट विमानस्थलमा सुरक्षाकर्मीले अनावश्यक दुःख दिएछन्। नेपाल फर्किएपछि एक जना पत्रकारले सस्मरणमा लेखे, ‘सुरक्षाकर्मीको नाटक देखेर हामी हैरान भयौं’। ती पत्रकारलाई एक फोन मारेपछि उनीले गल्ती स्वीकारे र अबदेखि यस्तो गल्ती नदोहोर्‍याउने वचन दिए। यस्ता अनगिन्ती उदाहरणहरु छन् जो अखवारको पानामा पढ्न, एफएम र टिभीमा सुन्न र हेर्न पाइन्छन्। केही दिन अघिमात्रै एउटा दैनिक पत्रिकाको सम्पादकीयको शीर्षक थियो ‘सुझाव संकलनको नाटक’। फेरि पनि छलछाम, बदमासी, नराम्रो काम, हलुका सन्दर्भहरु नाटक नै हो भन्ने अर्थ राख्छन् पत्रकारहरु पनि। धन्न नेपाली शब्दकोशमा नाटकको अर्थ इज्जतिलो नै रहेछ।

    यी सबै व्यवहारका अगाडि सेक्सपियरकै महान वाणी पनि हाँसिमजाक जस्तो भैदियो। सेक्सपियरकै विचार उधृत गर्दै कलाकारहरुलाई व्यङ्ग्य गर्छन् साथीहरु। तर, अहिले आएर नाटकका धेरै दर्शकहरुमा एउटा प्रश्नले ठाउँ पाएको छ। ‘नाटकजस्तो जीवन हो वा जीवन जस्तो नाटक !’ यही कुरालाई कतिले ठट्यौली पारामा भनेपनि उत्तिक्कै गम्भिर र महत्वका साथ हेर्ने विद्वान तथा दर्शकहरु पनि छन्। यो विरोधाभासलाई चिर्दै सेक्सपियरकै धारणलाई अझै बलियो पार्नेगरी प्रसिद्ध रङ्गकर्मी अगष्टो वोयलले विचार दिए।

    गत चैत १४ गते संसारभरी विश्व रङ्गमञ्च दिवस मनाइयो। यही अवसरमा विश्वप्रसिद्ध रङ्गकर्मी बोयलले आफ्नो रङ्गमञ्च सन्देशमा भने-’सम्पूर्ण मानव समाजको दैनिक जीवन लीलामय छ।’ उनले भने- विवाह, अन्त्येष्टि जस्ता संस्कारहरु पनि नाट्य प्रस्तुति नै हुन्। हाम्रो दैनिक जीवनमा हामीले पत्तै नपाइ भोगेका ससाना क्षणहरु पनि रङ्गमञ्चीय अभिव्यक्तिहरु हुन्। बिभिन्न परिस्थिति र सम्बन्धका हाम्रा क्षणहरु, बिहानको कफी, गुडमर्निंगहरुको आदानप्रदान, सुटुक्क गरिने प्रेमहरु र हाम्रा भावनाका आँधी, सरकारी भेटघाट, संघसंस्थाका सम्मेलन अथवा कुटनीतिक बैठकहरु सबै रङ्गमञ्च हुन्।’ बोयलको यो सन्देश संसारका सयभन्दा बढी देशहरुमा हजारौ मानिसहरुका बीचमा पढेर सुनाइयो। पत्रपत्रिकामा छापियो। रेडियो, टेलिभिजनमा पाठ गरियो। हाम्रा लागि पनि मन्त्र जस्तै भयो। आम मानिसलाई समेटेको हुनाले पनि सन्देश अझै सान्दर्भिक बन्यो। ‘कलाकार’ र ‘नाटक’ भनेर अरुलाई खिल्ली गर्ने संस्कारका बीचमा अगष्टो बोयलले सबै मानिसहरुलाई कलाकार बनाइदिए। बोयलले प्रतिपादन गरेको नाटकको शैली पनि यही हो। उनको ‘थिचिएकाहरुको रङ्गमञ्च’मा कलाकार र दर्शकको दूरी भत्किन्छ। नाटक हेर्दै गरेको दर्शक ऊ आफैले थाहै नपाई कलाकार हुन्छ। ऊ जीवन बारे सोच्दासोच्दै, आफ्नै जीवनका बारेमा अभ्यास गर्दागर्दै नाटकभित्र छिरिसकेको हुन्छ। बोयलले मजदुर, किसान, विरामी, राजनीतिज्ञ, बन्दी वा कर्मचारीहरुका माझमा गएर नाटक गरे र ती सबैलाई कलाकार बनाए। हामीले उनको शैलीलाई आफ्नो परिवेश सुहाउंदो बनाएर हजारौ ठाउँमा अभ्यास गर्यौँ। हाम्रा नाटकमा सयौं मानिसहरुले आफ्ना सुखदुःख बाँडे। आफ्ना जीवनका अफ्ठ्याराहरु कचहरी नाटकभित्र पसेर सुनाए। आफ्नो जीवनका अनुभवहरु साट्दासाट्दै सयौ आदरणीय दर्शकहरु हाम्रा नाटकका कलाकार भए। बोयलले जस्तै हामीले पनि दर्शकदिर्घा महान् कलाकारहरु भेट्टायौं जसको जीवनका ससाना क्षण, सुखदुःख र अनुभवले हामी पनि सिंचित भयौं। तिनका जीवन रङ्गमञ्चका महत्वपूर्ण क्षणहरु सुटुक्क चोरेर हामीले नाटकमा देखाउने कोसिस् गर्न थाल्यौं। तिनका जीवनका खारिएका प्रस्तुतिहरुको नजिक पुग्ने हाम्रो कोसिस सँधैं रहिरह्यो।

    धरानका रङ्गकर्मी दाइ राजेन्द्र रिमालले फेसबुकमा लेखे-’रङ्गमञ्च सन्देश पढाइदेऊ न हौ !’ जनकपुरका रमेशरञ्जन दाइ, झापाका प्रकाश आङ्दाम्बे, पाँचथरका माधव कल्पित, फिक्कलका यादव भट्टर्राई, हिलेका नवराज घिमिरे, धनकुटाका राजेश र्राईले रङ्गमञ्च सन्देश पढाउन आग्रह गरे। आइटिआइ नेपाल सेन्टरले सबैलाई सन्देश सम्प्रेषण गर्यो। धेरै जिल्लाका साथीहरु उसरी नै दर्शकलाई कचहरी नाटकमा कलाकारका रुपमा प्रस्तुत गर्दैछन्। यहीबेला बोयलले सबैलाई महान् कलाकार भने। बोयलले संसारका धेरै देशमा, खासगरी अमेरिकामा सिर्जित आर्थिक मन्दीलाई रोचक ढंगले परिभाति गरे-

    ‘गएको सेप्टेम्वरमा हामीले अचानक एउटा रङ्गमञ्चीय ज्ञान पायौ। त्यसबाट हामी सबै चकित भयौ। युद्ध, नरहत्या, मारकाट, यातना चलिरहेता पनि हामीलाई लाग्थ्यो यस्ता कुरा हामीभन्दा टाढा र निर्जन ठाउँमा छन्। सोच्थ्यौं, हामी एउटा सुरक्षित संसारमा बाँचिरहेका छन्। हामीले जुन पैसा कुनै ठूलो बैंकमा राखेर सुरक्षित अनुभव गर्यौं, वा कुनै सट्टा बजारको वा इमान्दार ब्यापारिका हातमा दिएर आफू ढुक्क भयौ। तर हामीलाई अकस्मात भनियो हाम्रा पैसाको कुनै अस्तित्व छैन। हामीले देख्यौ सबै कुरा एउटा खराव रङ्गमञ्च रहेछ। यस्तो अध्यारो नाट्यदृश्य जहाँ थोरै मान्छेले धेरै जिते र धेरै मानिसले आफूसँग भएको सबै गुमाए। कुनै धनी देशका केही राजनीतिज्ञहरुले गोप्य बैठकहरु गरेर तिलस्मी समाधानहरु निकाले। हामी तिनका निर्णय शिकार भएका त्यस्ता नागरिक जो बाल्कोनीको अन्तिम लहरमा केवल निरिह दर्शक भएर बसेका छौं।’

    अब हामीले गरिरहेको रङ्गमञ्च जीवनसँगै दौतरी भएर गैरहेको रहेछ। थाहै नपाई नाटकलाई गिज्याउने आदरणीयहरु पनि नाटकका पात्र भैरहेका रहेछन् । अब रङ्गमञ्चलाई गिज्याउनु त आफ्नै जीवनलाई गिज्याउनु पो रहेछ। रङ्गमञ्चको सम्मान गर्नु भनेको त आफनै जीवन र सारा मानव जीवनको आदर गर्नु पो रहेछ। बोयलले आर्थिक मन्दीलाई ‘व्याड थिएटर’ भने। नेपालमा पनि अहिले धेरै ठाउँमा खराब रङ्गमञ्च चलिरहेको छ। एकलेअर्कोको सम्मान गर्ने स्थिति हराउँदैछ। यतिखेर हामी रङ्गमञ्च दिवसको अवसरमा एकअर्काको सम्मानको कुरा गर्दैछौं। खराब रङ्गमञ्चको अन्त्यको कुरा गर्दैछौं। रङ्गमञ्च र सबै कलाकारको अपमान नहुने समाजको कुरा गर्दैछौं। अन्त्यमा फेरि अगष्टो बोएल- ‘हामी सबै कलाकार हौँ। नागरिक हुनु भनेको समाजमा बस्नुमात्र होइन, यसलाई परिवर्तन गर्नु हो।’ तर, सामाजिक रुपान्तरणमा ठूलो योगदान दिएका यी बोएल आफ्ना अमूल्य विचार र काम दिएर ७८ वर्षको उमेरमा गत मे १ का दिन स्वर्गे भए। हामी उनको कामलाई सम्झिरहेका छौं।

    No related posts.

    No comments yet to तिमी पनि महान् कलाकार हौ !

    • man thapa

      arko natak!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bishnu hari

      Yubaraj Jee,

      I really was missing your thoughtful analysis for a long time. Really great job !! keep it up !

      Bishnu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yogesh

      i have already read this article in mysansar. why this has been repeated again and again.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran Sharma

      What is your point here. Of course every single moment of our life is part of natak. What do you call “Natak”.

      Its real life scenario. the actor also spent their valuable time to act on “Natak” so natak is nothing but a part of life. Everything we do on daily basis is natak.

      Dear, make your mind little broad.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sammukh

      सगरमाथाको मात्र कती बयान गर्नु
      घण्टाघरको घण्टा खिएर गैसक्यो
      धरहरा जिर्ण बनेको खुल्ला छ
      फैकाको पीपलको रुख भन्दा पनि बुढो
      भित्ता छाम्दै हिड्दा आफ्नो घर छुटेको
      अनी छिडिमा लडेर लठ्ठी भाचिएको
      बुढेसकाल्मा टाउको फुटेको
      मेरो हाल यस्तो छ
      नेपालसङै म पनि जिर्ण अनी
      बुढो भएको छु
      लाखौं धोका खाएको छु
      सन्तान सुख त कता हो कता
      कुनै बेपत्ता, कुनै हर्ताकर्ता
      कुनै बन्दुके जथ्था
      कोही सेतामगुराली
      कोही खुम्बुआन अनी लिम्बुआन
      कोही मन्का:खल
      सबै आत्माबिहिन हिंड्ने लास भइसके
      मेरा लागि त्रास भइसके
      नेपालका बिनास भइसके
      मेरा को छन र यहाँ !!
      सहारा बनेका धरहरा अनी घण्टाघर
      आँफैमा जिर्ण बनिसके
      कतिन्जेल थामिन्छु म आकाश
      कुन दिन घोप्टो खस्छु
      धरहरा र घण्टाघरको खस्काइसङै ।।

      जय देश
      सम्मुख

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NEPAL KO RAJNITI NAUTANKI BHANDA KAM 6 RA.?
      NEPAL GAIJATRE HARU KO LAGI MAGI KHANE BHADO BANE KO 6.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Spike

      why do you publish old rticle again?. It was published earlier also.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • युबराज जी ले रार्मो लेख लेख्नु भयो धन्यबाद छ
      तर मलाई लाग्दैन की कुनै पनि कला कसैसँग छ भने त्यों कसैले मन पराउछ भने त्यों शायद उसलाई होच्याउने हिसाब ले भंदैन होला
      त्यों आर्य घाट को प्रशंग अलग हुनसक्छ
      नाटक त केवल समाज को ऐइना हो, राम्रो छ रार्मो देखिन्छ नराम्रो भए त्यस्तै देखिन्छ भने नाटक शब्द पर्योग गर्न त्यति कठिन जस्तो लाग्दैन मलाई त
      हुन त विचार आफ्नो आफ्नो हुन्छ तर माईसंसार मा धेरै ले नाटक शब्द त प्रयोग गरेको छ, यो नराम्रो जस्तो नि लाग्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chanky shrestha

      sir ramro 6a hai. sometimes i too do this.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      युवराजजी,

      सेक्सपियरले यो संसारलाई रङ्गमञ्च र सम्पूर्ण प्राणी जगतलाई कलाकार भने, तर हामीले अरुलाई होच्याउन ‘नाटक’ गरेको भन्छौं । शायद युवराजजीको दुखेसो यही हुनुपर्छ । तर यो विशाल रङ्गमञ्चभित्र पनि अनेक रङ्गमञ्च छन् र त्यहाँ त्यही ठूलो रङ्गमञ्चमा घटेको घटना देखाइन्छ । यसहिसाबले नाटक शब्दको प्रयोगलाई त्यति असहजरुपमा लिनुपर्छ जस्तो लाग्दैन । जीवन नै नाटक हो भने किन अर्को नाटक गर्नु ? किन महहरूको सम्मान गर्नु ? यो पनि पनि त जीवनरूपी नाटकको अपमान भयो नि हैन र ?

      बरु मह र आर्यघाटको घटना अपवादमात्र हुन् भन्दा फरक नपर्ला । यो घटनालाई जीवनरूपी रङ्गमञ्चमा दुइ फरक पात्रले दुइ फरक चरित्रको भूमिका खेलेको हो भनेर बुझ्दा पनि हुन्छ नि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • meelan

      lekh ramro cha. great job!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nipun

      नाटकको अर्थ नै त्यै भएपछी, तपाईलाई मन नपरेर क गर्ने.. नाटकको दुइवटा अर्थ हुन्छ भनेर स्वीकार्नु पर्यो तपाईले ।
      यो लेखको बारेमा भन्नु पर्दा mysansarको अरु लेख जस्तो उत्क्रीष्ट लागेन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yubaraj ji tapaiko jasto sabaile sochna sakun , rangamanch le samaye sapekchha ,kuriti birudda ladna sakos . mero subhakamana chha .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I respect all of the artist. now people changing day by day. most of the people like aama, jirekhursani,titosatye,
      pahila ra ahile ma dherai parak chha. ahile kalakar lai malamal chha. life programme sadai hunchha bidesh ma. bastab ma ahile kalakar lai paisa pani chha respect pani chha ra darsak ko maya pani chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sammukh

      नेपालमा कलाकारहरुलाई इज्जत गर्ने प्रब्रित्ती छैन । प्राय नेपालीहरु आफु भन्दा ठुलाका आदर गर्ने कुरामा हरेक ठाउमा चुक्छन । आँफै ठुलो हुँ भन्ने सोचाइ नै यस्को कारण हो । बोल्दा पनि आदरार्थी शव्द प्रयोग गर्ने बानी हराउदै गएको छ । हरेक बिषयलाई गम्भिर भएर सोच्ने बानी छैन । लेखक तथा कलाकारका मान मर्यादा रहने गरी व्यबहार गरिदैन । यो कुरा त टि यु को उपकुल्पतीलाई कालो मोसो दलेर प्रमाणित गरी सकेका छौ हामी नेपालीहरुले । यो कुरालाई हरेक देशका बुद्दिजिवीहरुले नेपालीहरुका बानिलाई कस्तो रहेछ भनेर मुल्याङ्कन गरिसकेका छन । जता यो प्रसँग उठ्छ, शिर झुक्छ । मुटु दुख्छ । चाहे मन्त्री हुन, चाँही राजा हुन या चाहे राष्ट्रपती हुन , सबै उमेरका हिसावले ठुला छन भने आदर गर्नु सबैको बुद्धिमानी हो । पदको मुल्य कायम राख्नु पनि हामी सबैको बुद्धिमानी हो । तर तेसो भएको छैन । गाली गलौजमा उत्रेर मान भङ गर्नु नै हाम्रो सबै भन्दा ठुलो मुर्खता हो । हामी यो मुर्खतालाई मन्त्र बनाउने काममा लागेका छौ । यसै कारण नै हाम्रो देशमा शान्ती कायम हुन नसकेको हो । मान्छेमा कलाकारको गुण भएन भने नैतीकता पनि हुँदैन । राम्रो मान्छे बन्नका लागि पहिला कलाकार बन्नु जरुरी छ । कलाकार बन्न अध्ययनशिल हुन सक्नु पर्छ । जो अध्ययनशिल हुन्छ, विद्वान पनि हुन्छ । अध्ययनले मान्छेको बिद्वता तिखार्छ । अनी मान्छे सबैलाई आदर गर्न थालछ । जहाँ आदर हुन्छ , त्यहा कसैको मान भङग हुँदैन । सबैले सबैको कुरा सुन्छन । सहमती बन्छ । काम पनि बन्छ । तर नेपाल अहिले फरक छ यो मामिलामा । खेतमा काम गर्ने अनपढ नेपाली नागरिक बाहेक अरु कसैले पनि कसैको मान गरेको पाइदैन । झन अहिलेका बोर्डिन स्कुलमा पढ्ने युबाहरु त आँफै ‘मपाइ’ भन्ने भएका छन । बिदेश्मा अध्ययन गर्न गएकाहरु जथाभावी बोल्ने, कसैको मान नराख्ने देखिएका छन । बिदेश्मा हप्ताको दुई दिन स्कुल गएर अरु दिन ज्यामी काम गरी रहेका नेपाली युबाहरु आफुलाई निकै ठुलो ठान्छन । गाउमा खेती किसानी गरेर बसेकालाई मुर्ख ठान्छन । तर आँफै भने कसैको आदर गर्ने गर्दैनन । नेपालमा दु:ख गरेर बसेकाहरुलाई, नेपालको राजनीतिको जिम्मा लिएर बसेकालाई, राजा भएर अनन्य सम्पत्ति भएर पनि बिदेश्मा जान मन नगरने ठुला मन भएका विद्वानलाई अनादर गर्नु अहिलेका बिदेश्मा उच्च शिक्षा लिएर बसेकाहरुका फुर्सदका काम भएका छन । आफु भने सिन्को पनि भाच्दैनन । यो मैले अरुलाई भनेको होइन । आफुलाई पनि भनेको हुँ । म पनि नेपाली हुँ । आँफैलाई भन्नुपर्दा दु:ख लाग्छ । तर के गर्नु ? देखेको भोगेको कुरा छर्लङग र सत्य हुन्छ भन्छन । नरिसाउनु होला है ।

      जय देश

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साह्रै गहन विचार राख्नुभयो घिमिरेजी! “कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि” को नियति भोगिरहेछ हाम्रो देश। नाट्यकर्मको मणि पनि यसहि कारणले अपहेलित भईरहेछ।
      तपाईँका अरु लेखहरुको प्रतीक्षामा रहनेछु सधैं।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सबै जना नाटक गर्न खप्पिस छन, नेता देखि तोरी लौरे सम्मा घरमा श्रीमती छाडेर ४, ५ ओटा गर्ल फ्रेंड बनौना समेत नाटक नै गर्छन

      ::जिन्दगी त नाटक हो कुन दिन पुलुता ( प्लुत ) हुन्छ ::

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रकाश

      अति राम्रो लेख।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BIpeen Acharya

      jivan nataknai ho haina ra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sharad

      Yubaraj,
      Timro lekh aaja dherai din pachhi padhna paye. Padhe majja le ra ek chhin haraye rangmanch vitra vitrai. Feri feri pani padhi rahana pau hai. Haal ma brisbane, australia ma chhu. Rangamanchma katti ko kam bhai rahechhan? Anup le kun natak gardai chha? Sheelpi le k k kam gardai chha?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikal Adhikari, Des Moines, Iowa, USA

      Youvaraj Jee ko ramro analysis. I like the article.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      हाँसो ठट्टालाई नाटकको संकेत दिनु त्यति नराम्रो हो जस्तो त लागेन है।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samantee

      नाटक हैन, नौटंकी होला !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • parvati sydney

      ke hunu ni vanne gareko natak ra manch ma khelne natak ta farak nai ho ni nepal ma aaja bholi primeminister banauna ko lagi gareko natak jasko lagi manch nai chahidaina wa deslai nai ranga manch vannu parla vane arko natak vaneko kunai nischit thaun ma garne natak ko .
      dalai pesa vane jasti ho choli bhecne pani dalai share becne pani dalai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal lamjung

      नाटक भन्दात येस्तई बुजिन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aavash

      Yo leka le ke bhana khojeko ho bujhina maile ta…..yo lekh nai natak jasto chha….natak pani tal na tuk ke…..bina aarthako lekh chhapayera ke biddhwan banna khojeka hun kunni lekhak…..hahahahhahahhahahahahhaahaha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मोरंग {इन्द्रपुर-कर्जुना} का मेरा मित्र युबराज घिमिरे को लेख प्रति आभार ब्यक्त गर्दै यस्तो बौदिक स्तर को लेख लाइ सधै स्थान दिए राम्रो हुने थियो की ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subas Rana

      Hi Sammukh

      I sallute your comment. Thanks for heart touching real writting.

      Subas Rana

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      गहन आर्टिकल ।
      अनी सम्मुख जि को कमेन्ट पनि उत्तिकै गहन छ , हिर्दय छोयो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नाटक बाट नाट्य पात्रको नक्कल गर्ने हरु लाइ यस्तै लाग्ने हो / तर नाटक ले देखौन र दिन खोजेको सन्देस को पो कदर गर्ने हो र मिल्ने भए आनुसरण गर्ने हो / की क सो ??? मित्र हरु हो……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nakul Gautam (K.S.A.)

      सम्मुखजी, के गर्ने?? साच्चै नै कहिले काँही वास्तविक कलाकार को हो भन्ने नै छुट्ट्याउन गार्हो हुन्छ, जो कलाकार ठान्छ उ ढोगी भयको हुन्छ, जो कलाकार हुन्छ उस्लाई थाहा नै हुँदैन कि उ कलाकार हो भनेर।

      सानो ३० मिनेट भित्र मिलाउन सकिने प्रमाण पत्रको लागि हुम्लाबाट आयको एउटा एउटा गरीब घण्टौँसम्म टोपी फुकालेर नमस्कार गर्दा न उन्को नमस्कार फर्काइन्छ न काम नै फत्ते हुन्छ भने कहाँ भन्ने यस्तो कुरो ??? जो दु:ख गरी सकिनसकी आफ्नै करतिरोको भोगि(यहा मलाई लागेको कलाकार)लाई अझै महामहिम ठानी जो उनिहरुकै कर्तब्य अन्तर्गतकै कार्य गराउन जाँदा उनिहरुको समयको मुल्याङ्कन हुन्न भने कस्लाई गर्ने सम्म्मान? अनी त्यो महामहिम रुपी के हो त ?? हो यिनी पनि कलाकार, अनी यो पनि नाटक नै हो। हेर्नुस् त धरातलमा आयर, व्यबहार आमुल परिवर्तन हुन जरुरी छ प्रत्येक पाइलामा, अनुशासन अनी नैतीकको। अनी नाटकको सही मुल्याङ्कन तथा अर्थ होला।

      यहाँ कुरा कलाकारीता/नाटकको आयको रहेछ वास्तवमा बिशेष कला भयको ब्यग्ती (जुन कला पूर्ण गराइन्छ/हुन्छ भन्ने बुझिन्छ) कै बारेमा अचम्म लाग्छ को कलाकार/नाटक अनी कस्लाई कसरी सम्मान गर्ने बारे??

      तर मेरो विचारमा ‘मह’ साच्चै नै देसका महान कलाकार हुन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker