मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माधव नेपालका सफलताका सम्भावनाहरू

    - सुबोध बस्नेत

    एउटा असफल विगतको भारी बोकेर रौतहटका कम्युनिष्ट नेता माधवकुमार नेपाल गणतंत्र नेपालका दोस्रा प्रधानमंत्री भएका छन | जतिसुकै मंदमुस्कानका साथ बालुवाटार प्रवेश गरेपनि स्थितिको गाम्भिर्यबारे उनी राम्रैसँग अवगत हुनुपर्छ र होलान पनि |

    माधवकुमार नेपालका अगाडी समस्याहरूको चाङ्ग होइन थुप्रो छ | राजनीतिक रूपमा उनी आफ्नै पार्टीका सर्वशक्तिमान नेता होइनन; पार्टीको नेतृत्व उनका प्रतिद्वन्द्वीको हातमा छ | नेपाली कांग्रेसका वयोवृद्ध सभापति कोइराला सिद्धान्तनिष्ठ र असल नेताका रूपमा चिनिँदैनन | उनको अहिलेको रणनीति देशलाई राजनीतिक निकास दिनु होइन, बरू यो जटिल परिस्थिथिमा धमिलो पानीमा माछा मार्दै आफ्नी बेरोजगार छोरीलाई कांग्रेस र देशको विर्ता सुम्पिनु हो | कोइरालापछिका देउवा, पौडेल र अर्का कोइराला माधव नेपालकै पुस्ताका नेताहरू प्रधानमंत्रीका सहयोगी हैन प्रतिस्पर्धि रूपमा प्रस्तुत हुन सक्छन | गठबन्धनको तेस्रो घटक फोरम पनि विवादको घेरामा छ | गच्छदार-यादवको मनमुटावले यो पार्टीको स्थावित्वमा थुप्रै प्रश्नहरू खडा गरेको छ | देशको धरातलीय यथार्थबाट धेरै टाढा साना पार्टीहरूको त कुरै छोढौँ |

    आफ्नी गठबंधनबाहेक प्रम नेपालको अर्को टाउकोदुखाई हो; प्रतिपक्षी नेकपा (माओवादी) को राजनीतिक पंक्ति र त्यसको सेना | विश्व इतिहासले देखाइसकेको र नेपालमा पनि हालसालै चरितार्थ भएको सत्य हो; उग्रधारका वामपन्थीहरू संस्थापना चलाउनु भन्दा विरोध गर्न, विद्रोह गर्न र भत्काउन धेरै सफल देखिन्छन | उनीहरूको राजनीतिक पूँजी र परिचय नै विद्रोह अथवा त्यसको धम्की हो | विद्रोह र क्रान्तिका कुरा नगरी माओवादी नेतृत्वले आफ्ना कार्यकर्ता वशमा राख्न सक्दैन | अनि आफु तल परेका बेला माओवादीले सेना समायोजन हुन दिँदैन | समायोजनको जस्तो सहमति जुटाए पनि प्यालेस्टाइनी नेता यासेर अराफात जस्तै एउटा न एउटा बखेडा निकालेर उ त्यसमा समेल हुँदैन |

    यस्तो अवस्थामा माधव नेपालका वरिपरि समस्या र समस्याबाहेक केही पनि देखिँदैन | तर समस्याहरूसँगै सम्भावनाहरू हुन्छन् र समस्याहरूले नै सापेक्ष नेतृत्व र नेता जन्माउँछ भन्ने कुरा बिर्सनु हुँदैन | यिनै समस्याहरूको आँधीले उद्वेलित समुद्रमा सहमति र सहकार्यको नाऊ खियाएर नयाँ प्रधानमन्त्रीले किनारासम्मा हामीलाई ल्याएभने उनको थर वास्तवमा नै देशको पर्यायवाची शब्द बन्नेछ | र, माधव नेपालले देशको इतिहासमा राम्रो छाप छोड़ने केही सम्भावनाहरू छन |

    पहिलो, माधवकुमार नेपाल कुनै सिद्धान्तनिष्ठ र जनमत बनाउने खुबी भएका नेता होइनन | यसका लागी बाबुराम भट्टराई र पुष्पकमल दाहाल नै काफी छन् | विभिन्न नेता-कार्यकर्ताहरूसँग भेटघाट गर्ने, कुरा गर्ने अनि सहमतिमा ल्याउने उनको वेग हेर्दा उनी राम्रो राजनीतिक व्यवस्थापक हुन् भन्ने देख्न सकिन्छ | र, देश नराम्ररी चिरा-चिरा परेको बेलामा चाहिने नेतृत्व नै यस्तै हो | साथै, प्रम नेपालको राजनीतिक पोजिसन यसको लागि एउटा राम्रो पक्ष हुन सक्छ | उनी उग्र वामपन्थी पनि होइनन र कहलिएका दक्षिणपन्थी पनि होइनन | अनि उनीसंग राजनीतिक व्यवस्थापनको लामो अनुभव छ | उनकै पालामा एमाले फुटेको र जुटेको हामीले बिर्सनु हुँदैन |

    दोस्रो, माधव नेपाल अन्तराष्ट्रिय समुदायका लागि राम्रो बच्चा (good kid) ठहरिन सक्छन | भारत लगयत अरू मुलुकहरू माओवादीहरूको उग्र वामपन्थी चिन्तनबाट वाक्क भएको सहजै अनुमान लगाउन सकिन्छ | साथसाथै, जनस्तरको राजनीतिमा राम्रो पकड भएपनि सभ्रान्त राजनीति (white colour politics) मा उनीहरुले मित्रहरु कम र शत्रुहरू ज्यादा बनाए | सैद्धान्तिक रूपमा अमेरिका र युरोप उग्र वामपन्थलाई पटक्कै मन पराउँदैनन र भारतको पनि आफ्नै माओवादी समस्या छ | यसका अलावा यसपटकको लोकसभाको निर्वाचनको लज्जास्पद पराजयपछि भारतीय वामपन्थीहरू अत्यन्त कम्जोर बन्न पुगेका छन् | यिनै कारणहरूले यी विदेशी “प्रभु”हरू माओवादीको राम्रो भविष्य हेर्न चाहँदैनन |

    अब रमाइलो कुरा के छ भने, माओवादी र एमालेको राजनीतिक जनाधार एउटै हो | कांग्रेस समर्थक माओवादीमा जाने र माओवादीका कार्यकर्ता कांग्रेस मा प्रवेश गर्ने कुरा असम्भवप्राय नै हो | पुच्छर जेसुकै झुण्ड्याएपनि माओवादी र एमाले पार्टीको नाम एउटै शब्दसमूहबाट शुरु हुन्छ : नेपाल कम्युनिष्ट पार्टी | तात्पर्य के हो भने एउटा पार्टी बलियो भयो भने अर्को कमजोर हुन्छ | यो तथ्यलाई विदेशी शक्तिहरू, खासगरी भारतीय राजनीतिज्ञहरू र कर्मचारीतन्त्रले राम्रोसँग बुझेका छन् | बलियो माधव नेपाल नेपाल भनेको कमजोर पुष्पकमल दाहाल भन्ने तथ्यलाई मध्यनजर गर्दै राकेश सुद र उनको सरकारले अहिलेकै प्रधानमन्त्रीलाई सघाउने देखिन्छ |

    तेस्रो, माधव नेपालले शुरुवात पनि राम्रै गरेका छन् | खासगरी उनको सम्बोधन माओवादी नेताहरुको कर्कश गाली भन्दा धेरै नरम र सबैलाई समेट्ने किसिमको छ | आफू उभिएको ठाउँबाहेक सबैतिर षड्यन्त्र मात्रै देख्ने माओवादी नेताहरुको एउटा राम्रो विकल्पको रूपमा नेपालले आफूलाई देखाउन खोजेका छन् | समग्रमा भन्नुपर्दा प्रचण्डको गाली, धम्की र आधारहीन चर्को रापभन्दा माधव नेपालको मिलनसार प्रवृत्तिको शीतल सम्बोधन नै यो पंक्तिकारलाई राम्रो लागेको छ | आखिर लोकतन्त्र भनेको उग्रवाद हैन, सडकका बार भत्काउने जोश हैन; यो त शान्त सहमति र सहकार्यको साझा कार्यक्रम हो |

    यिनै समस्याहरू र सम्भावनाहरू बीच माधव नेपालले कस्तो यात्रा तय गर्छन; यो त भविष्यले बताउला | उनको सफलता नै देशको सफलता ठान्दै यो पंक्तिकार उनलाई सुखद यात्राको शुभकामना दिन चाहन्छ |

    जय नेपाल

    No related posts.

    No comments yet to माधव नेपालका सफलताका सम्भावनाहरू

    • madan bajracharya

      के माधव नेपाल ले कही गर्न सकला र?
      ०१. जनाताले नाचुनेकोले जनता प्रति उतरदायी नभएको
      ०२. कांग्रेस को गिरिजाकै प्रस्ताबनामा मधेसी फोरम सिट रास्त्रघाती समझौता गरेर भारतको दवाव बात प्रधान मंत्री भएको कारन जन बिस्वास गुमाएको
      ०३. मात्र अब्सरको निमित कहिले सेर बहादुर कहिले गिरिजा कहिले माओबादी हुँदै अहिले फेरी कंग्रेस्सको पछि लागेको
      ०४.एमाले को सदासे भएर पानी भारत मुखी प्रबिती भएको कुरा महाकाली संधि देखि अहिले प्रधान मंत्री बन्न उसको निति बात प्रस्तिएको
      ०५.संबिधान सभा को को चुनावमा हारेर सबिधन समितिको अध्हेछे बनेको र मधेसी को मग पूरा गर्ने संधि गरेको कारन उसको संबिधान बनाउने कार्ये नै बिस्वास लाग्दो नभएको
      ०६. गिरिजाके जसरी कृष्ण प्रशाद लायी अंतर्घट गरे तेसरिने माधव नेपालले माँवो बादी लायी गरेको कारन माँवो बादी हरुको समर्थन नपाउने
      ०७. एमाले भित्र पनि समर्थक को समस्या भएको
      ०८. मधेसी संग पहिला गिरिजा ले संझौता गरेको कार्ये एमाले बात पूरा गरुन भनेर कांग्रेस को सिपाहीं भएको
      ०९. नेपाली जनताले जस्तो संभिधान चाहे पनि भारत बा मधेसीको स्वार्थ बमोजिम कई संभिधान बनाउने कुरा माँ समझौता गरेको
      १०. उसको नेत्रितो को सर्कार कटी दिन तिकौने भन्ने कुरा एमाले ले रा जनताले भन्दा मधेसीको समर्थन कटी सम्मा रहने माँ रहेको

      अब एस्तो मधाबले के ग़र्ला खै? माधव नेपाल ले के गर्ने भन्दा पनि माधव नेपाल बात के गराउने भन्ने कुरानै पहिलेने निर्धारण गरेरै माधव लायी प्रधान मंत्री बनाएको देखियेकोले राम्रो कुरा को आस तेती गर्न गारो छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Prakash Babu

      Subodh ji!
      tapaile baru sidhai sabdama bhannu bhaya hunthyo ni- ” MADHAV KUMAR NEPAL INCAPABLE CHAN TYASAILE CAPABLE HUNCHAN……” kina tyatro time ko barbadi….. tapaiko lekhne ani hamro padhne….. :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • smile

      Madhav Kumar PM hunu ra Bhusyaha Kukur Kartikma Raja bannu eutai kura ho akhir lutole sukera jyan dhanna garo ta parchha nai ! Hami maddhe kattilai apaar harsha lageko hola bhane kattilai bishmat tara mero anubhavma Dherai Nepaliharu royekachhan yo anarthko khel dekhera.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • M. Nepal

      congress ko bui chadhnelai Jaya nepal (rajako police ko boli) naboler ke bolne ta bharatiya neta bhaiya.

      M. Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajay Shrestha

      नागरिक स्वतन्त्रता की सैनिक स्वतन्त्रता प्रधानमन्त्री तथा नेकपा एमाले का वरिष्ठ नेता श्री माधव कुमार नेपालज्यूले नागरिक स्वतन्त्रताको बारेमा देशवाशीको नाममा दिनु भएको आफ्नो पहिलो सन्देशमा “यो सरकार नागरिक स्वतन्त्रताको प्रतिक” भएको कुरा ब्यक्त गर्नु भएको थियो । नेकपा एमाले कै प्रभावशाली नेता श्री प्रदिप ज्ञवालीले एक रेडियो कार्यक्रममा भन्नु भएको थियो कि “होलेरीमा तात्कालिन प्रधानमन्त्री तथा रक्षा मन्त्री श्री गिरिजा प्रसाद कोइरालाले सेनालाई आक्रमण गर्न आदेश दिंदा सेना नमानेको र त्यस पछी तात्कालिन सेनापति श्री प्रज्ज्वल शमसेर जबरा संग जोरी खोज्दा सत्ताबाट बाहिरिनु परेको थियो, यो यथार्थलाई बिर्सदा निवर्तमान प्रधानमन्त्री श्री पुष्प कमल दाहाल प्रचण्डले सत्ताबाट बाहिरिनु पर्यो ।” अब यो कुरा बुझ्नु जरुरी छ कि नेपालमा नागरिक स्वतन्त्रता छ की सैनिक स्वतन्त्रता । तसर्थ श्री माधव कुमार नेपालले अव रुकमाङ्गतको चाकडी सुरु गरे आफ्नो सरकारको आयु लम्ब्याउन सकिने देखिन्छ । अजय श्रेष्ठ नारायणगढ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madan Basnet

      यो बर्तमान परिप्रेक्षमाँ माकुने प्र म बन्नू भनेको सुके लूतो कन्याउनु जस्तै हो . जो आफु दुई वटै ठाउ बाट हार्यो, एमालेको नमिठो पराजय भयो, सलाहकार जति सबै हरुवा, के पि जस्ताको भरमा पिंथ नाभायका लोटा जस्ता ब्यक्तित्वत नेपाल ले नेपाल हक्नु, सुरुवातको मंत्रिमंडल र भाबिस्यमा हुने मंत्रिमंडल हेर्दा हरुवा नै हरुवाले भारियका हरुले देश चलाउने भायापछि जितिवा नेताले ची के कन्याउने भूत्ला . अब माँ त कामना गर्छु नि मद्हब नेपाल सफल हूँ भनेर तर न जनताको साथ छ ?? न आफ्नै पार्टीको पूर्ण साथ छ ?? उता नेपाली कांग्रेसका लोभी हरु उत्तिकै जुर्मुराई रहेका छन, झन सबैभन्दा ठुलो दल माओबादी प्रतिपक्षमाँ ओहो . खोई माधब दाइले कुनदीन कत्तुमै छोदेरे भनेर यही मई संसार पढ्नु पर्यो भने कुनै अचम न होला . होइना नेपालमा चुनाव जितेका नेताहरुको जिउ लुलो भोकी यी कतै हराय?? की सबै को बिवेक सुन्या भयो .
      जून नेताको जग र सासन चढ़ने खुत्टो नै २० २२ थारीको छ र एउटा मात्र खुत्टो लरबराया मकुनेको राजनीती चिलिम . भानेछी जाबो चार वाटा पार्टीको अघिल्लो समीकरण टिक्न सकेन भने धूर्त गिरिजाउको पछि र २२ घोडे बग्गी चढेर मकुने दाई कहा कसरी पछारिने हून की सूद भैयालाई, की केपी लाइ की गिरिजौलाई नै थाहहोला हामी नेपाली जनतालाई चै थाहा भयन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • navin

      Very good article, we should think positively, please keep writing, We Like it

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      very good positive article, i really appreciate this. keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pukar

      GOOD ANALYSYS!!!!!!!!!!!

      A very neutral writing.

      In this conflicting situation we need a good Transformational Leadership not a Autocratic Leadership.

      I think MA KU NE is highly visible and spend a lot of time communicating with confliting parties.

      So, Good Luck MA KU NE

      ……………………………………..

      Pukar, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • what a sweet comment sukumbasi ji, thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amrita

      8) Although I do not agree with the writer, his presentation is good. Keep it up !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prithvi

      Subodh ji
      Im sorry to write a comment which is totally different from u.I think u are not clear with the real situation of Nepali politics.
      Subodh ji there is only one power that can handle Nepali people thats no other than Maiost. If it can’t then noone can do.
      Departure of maoist from government is not good sign for Nepali politics.Who is Madhav Nepal we all know.Then what should we expect from him yar?Nothing heraula ahilei Indiale Madhav Nepallai Indian originko vanna lagyo.One provision to b of Indian origin is that he or his father or hie grandfather must belong from India after 1945AD. Its clear that yo bideshi pravuko vaktivabbata janmeko sarkar ho.Yo janatako madate prapta government hoina.It has to surrender in front of Forein reactionary powers. So let maiost to hold the key and support them hai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nipesh

      हामी नेपाली को सबै भन्दा ठुलो कमजोरी भनेकै सधै नकारत्मक कुरा गर्नु नै हो/ कसैले केही राम्रो गर्न खोज्यो भने पनी खुट्टा तन्ने बनी छ हाम्रो/ मित्रहरु कहिले त सकारात्मक सोचाई राखनुस/ देश असहज परिश्तिथिबाट गुज्रिँदैछ यस असहज परिस्थतिलाइ नया मोड दिन देशमा नया प्रधानमन्त्रीका रुपमा माधव कुमार नेपाल देखा परेका छन उनको अगाडी चुनौतीहरु को पहाड़ नै खडा छ तर असम्भब केही छैन / आऊ हामी सबै मिलेर उनको सफलता को कामना गरौ उनको सफलताको पछाडी नै देशको सफलता जोडिएको छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      सुबोध जि

      माकुनेको सफलताको सम्भावना होइन बरु असल्फलताको सम्भावना धेरै देख्छु म त ।

      उही कामरेड साधुराम सुकुमबासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ranu

      Subodh ji
      I like your analysis about current political situation in Nepal.Madhab Nepal is the right leader to Nepal for now. we don’t want a extremist leftist leader like Prachanda.In Nepal leadership he will success to write a constituion and logically end peace process.

      We Nepalese don’t want any more people kill by Maoist in the name of Gantrantra. Ram hari shrestha & Prakash thaibe who were killed by YCL & Jansena .

      Ranu/USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh

      Thanks, at least there is somebody to think positively. We, Nepalese should have habit to think this way. Keep it up Subodh.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      अब नेपाली जनता त्यति लाटा छैनन् है! एमाले सरकारमा पुग्नु प्रभु र गिरिजाको ग्राण्ड डिजाइन हो, माओवादी र एमालेमा फाटो ल्याएर उनिहरुलाई मिल्न नदिनु हो। कृष्ण प्रसाद भट्टराई जस्ता सहोदरलाइ सत्ताबाट गलहत्त्याउने गिरिजाले माधव नेपाललाइ त्यतिकै सत्ता के खाएर दिनु नी ? कांग्रेसले एमालेलाई फेरी थाङनामा सुताएको छ। कांग्रेस भित्र नरहरिलाई फाल्टो जोकर बनाए झैँ एमाले भित्र झलनाथ गर्वाचोभ हुन बेर छैन।

      शशांक लामा
      न्युयोर्क

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhrubamitra Neupane

      Mitra Piru
      Nakaratmak soch matra liyera ta pakka hunna, tara dukhdaina tapailai man, madhab Nepal Pm Huda, jasle raja lai dam chadayo.. yehi Pm Hunna lai…ani sambhodhan ma bhanchha, chalkapat and prolobhan pad ka lagi mero chhina bhanthyo…. doura suruwal chyepera durbar dhayeko Birsanu bho..? Ani Ke rambaran ko kasarat tapai lai pachcha ta? Ke Nepali jananirbachit sarkarle diyeko order karmachari le manna pardaina? Desma sainiki KUU bhayeko Mannu hunchha? Hernus ta tyo salute… Hernus ta desh …Khulla mancha ma ganatantra diwas manaudaina ganatantrako sastagat hunchha hola?….. Hami chahnchhau feri ragat Nabagos…. Feri Purna Muktiko khatir balidani aawasyak naparos… tara Hernos.. Des.. Sainik ko aad bharosa ma Sarkar chaldai chha….
      Yo sab kheladi dekhnu hunn Tapai Bharat lai? Dekhnu hUnna GP Koirala lai… marnu bhanda paila Chori lai Pm banaune ouhako sapana najik Pugeko jasto chha…. Dekhnu Bhayana Kangress Baithak ma kolahal… Kina Ganatantrik Pakchyadhar harulai espastikaran Liyenchha.. ke thiyo Tyo lekhama … bichar progressive leader ti kangresska… Kina aauchha nam Sujata ko/? Tapai feri desh Ram sarn.. le luteko herna chahanu hunchha? feri pradip Nepal haru aaune.. feri surya badahur, kamal Thapa….
      Ke dekhnu hunchha Bidhya Bhandari ko Deen… Sriman ko nam ma sadhai haddi khane… Ke chha Nepali Kranti.. rastra ka lagi Rakchya Mantri ko haisat… Bichara Bidhya devi ma.. sab yo Bharat.. KP, Koirala ko khel hoo.. Hosiyar pachi hami pachutauna naparos

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बसन्त राई

      कुरा गर्‍यो कुराकै दुख। मलाई त एउटा कार्टुन बनउन सके हुन्थ्यो भनेजस्तो लाग्छ, जो यस प्रकार होस: एउटा musical chair को खेल। त्यसमा नेताहरुको सहभागिता। भारतको र अमेरिकाको राष्ट्रिय वाद्यवादनबाट एकनासले धुन बजिरहेको। सहभागिहरु र्‍याल काढ्दै कुर्सिको वरिपरि रोकि॒-रोकि दौडिरहेको। एकले अर्कोलाई छिर्के लगाएर केही नेताहरु लम्पसार परेको। केही नेताहरुले शीरमा नेपाली टोपी लगाए पनि तलचाहीँ धोति लाएका। सबै धोतिहरुमा जनमत लेखिएको (अर्थात, जनताको mandate लाई धोति लगाईदिएको)।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nimesh, BKK

      “आखिर लोकतन्त्र भनेको उग्रवाद हैन, सडकका बार भत्काउने जोश हैन; यो त शान्त सहमति र सहकार्यको साझा कार्यक्रम हो |”
      I agree on this point. keep it up, nice analysis ^_^

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      निर्बाचनमा पराजित माकुने प्रधानमंत्री बनाइनु घोर अलोकतांत्रिक पराकाष्ठा हो | यसले माकुनेको नैतिकता र समस्त संशदीय पार्टिहरुको अकर्मन्यतालाई बाद्शाह्को नयाँ लुगा जस्तै बनाई दिएको छ | “कल्पब्रिक्ष” र “बिषब्रिक्ष” जस्ता अलौकिक भावानात्माक शब्दजाल सुनेर आनन्द मान्ने लेखक ज्यूले “गोडो मुती न्यानो” उखानको स्मरण गराइदिनु भयो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sshakya

      गणतंत्र हाईज्याक !
      —————-
      —————-

      जन निर्वाचित सरकारको आदेशको बारम्बार अवज्ञा गर्ने कटुवालको फूली थामिएकोमा उफ्रिने डेमोक्रेट र प्रगतिशील मित्रहरुले त्यस घटना भित्रको राजनितिक अर्थ, आशय र दिशाको हेक्का गर्न सी के लालले recommend गरेको सामुएल हंटिंग्टनको पुस्तक “Political Order in Changing Societies” फुर्सदमा घोत्लिन मौका पाए शायेद स्पस्ट देखिन आउने थियो की ?? काठमांडूको रूलिंग इलाईटहरुले कसरी “प्राइटोरियन गार्डहरुलाइ” अगि सारेर जनताले ल्याएको गणतंत्रलाइ प्राइटोरियेंन गणतंत्रमा परिणत गर्दै छन ! स्मरण रहोस: प्राइटोरियेंन गार्ड १४ औ शताब्दीको रोमन इम्पेररहरुको सेवामा हरदम हाजिर बिशेष सैनिक दस्ता थियो !
      ***********************************************************
      न्यू योर्क टाईम्सको बेस्ट सेल्लिंग लिस्टको पुस्तक “Blink” ले लेखक माल्कम ग्लाडवेललाइ अझै बढ़ी पापुलर बनायो ! Blink को सारांश के हो भने मान्छेमा भएको अवचेतन मन (unconcious mind) को शक्ति यती अदभुत छ की एक झिम्का वा एक Blink मा केही छीनको patern हरु हेरेर भबिश्यको दिशा अनुमान गर्न सक्छ ! गणतंत्र नेपालको रास्त्रपति राम बरण यादवको extra-judicial कामको माओबादी भन्दा पाहिले बिरोध गर्ने नागरिक समाजका प्रतिनिधिहरु हुन ! काठमांडूको परंपरागत शासकिये इलाईटहरुको राजनितिक इच्छा शक्ति र तागतलाइ अवचेतन मन देखि बुझेका यी नागरिक समाजका अगुवा प्रतिनिधिहरुको रास्त्रपतिको कदमको घोर बिरोध, माल्कम ग्लाडवेलले भनेको जस्तै Blink नै थियो !
      ***********************************************************

      “प्राइटोरियन गणतंत्र तीर”–सी के लाल

      http://www.nepalitimes.com.np/issue/2009/05/29/StateOfTheState/15987

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • atul

      Nice article. I appreciate your position and encourage to keep on expressing such positive visions.
      atul

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mirish

      He is saying one thing in the begining, says some other thing in the middle and turns 180 degree at the end. He tried to show that Prachanda and Baburam are good Philosophical leaders. Of course, had they not had such philosophy, they would not have killed 15,000 Nepalese, that too poor Nepalese virtually from every village of the nation just to get power for themselves. Nepalese are really sick of Prachanda and his gangs. So, how roundabout this guy (writer of this article) tries to show his loyality to ‘Murderer of the century’ he is not going to succeed. Because the killings of innocents can never be justified.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Very good and realistic analysis. I agree with you!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • युबराज खतिवडा अष्ट्रेलिया

      हेरौ १५ बर्ष मा नगरेको काम अब गर्छन की

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khusi

      सुबोध जी,
      धेरै राम्रो विचारधारा पस्कनु भयो।
      तर माधव नेपाललाई विश्वास गरे पनि यो गठबंधनलाई कसरी विश्वास गर्ने?
      त्यात्रो बहुमत पाएको माओवादीले त एउटा प्रधानसेनापतिको निहुमा सरकार नै छोड्नु पर्‍यो, विचरा एक्लो माधव नेपालले के नै गर्न सक्छन र? त्यस माथि आफ्नै पार्टीको नेतृत्व उनका प्रतिद्वन्द्वीको हातमा, गठबंधनमा रहेका पार्टीका नेताहरु प्रतिस्पर्धि हुन सक्ने, प्रतिपक्षी नेकपा (माओवादी) को राजनीतिक पंक्ति र त्यसको सेना, राष्ट्रपती यादव अनी भारतीय राज्दूतक रडनिती, प्रधानसेनापति कटवालको शक्ती, आदी।
      तलब खाएर document मा sign गर्ने बाहेक माधव नेपालले केही गर्न सक्छन जस्तो लाग्दैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zhalakachan

      i like your artical mr basnet ji. good goob keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      I liked the analysis. Some quotes:

      “कांग्रेसका वयोवृद्ध सभापति कोइराला … बरू यो जटिल परिस्थिथिमा धमिलो पानीमा माछा मार्दै आफ्नी बेरोजगार छोरीलाई कांग्रेस र देशको विर्ता सुम्पिनु हो |

      ” देश नराम्ररी चिरा-चिरा परेको बेलामा चाहिने नेतृत्व नै यस्तै हो ”

      “पुच्छर जेसुकै झुण्ड्याएपनि माओवादी र एमाले पार्टीको नाम एउटै शब्दसमूहबाट शुरु हुन्छ …….. एउटा पार्टी बलियो भयो भने अर्को कमजोर हुन्छ”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mailaa

      बस्नेत जी माकुनेको चाकडी राम्रै बजाउनु भएको छ / ल ल चाडै कुनै पदमा सिफारिस हुनुहोस / किन हामी स्वतंत्र भएर लेख्न सक्दैनौ / पहिला प्रचंड प्रतापी का जय जय गर्नी हरु अब माकुने तीर लाग्न थाले / जय होश चाकडीतन्त्रको , जय होश माई संसारको /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aringal

      Good analysis!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhrubamitra Neupane

      namaste!!( sathi haru nepali font ma lekhna aaudiana.. kami chha tara aajha bolana man lagyo…
      ramrai lekhna kosis garnu bhayeko dekhinachha. tarapani tapai ma kehi darsan ko kami chha ki jasto lagyo. Madhab nepal kehi Hoina kebal khelauna hoo.. Kp Oli aahile ko pradhan mantri hoo Yemaleko bhane Gp Kangress bata.. bichara yo madhab ko kehi bibek chhina… arkale paryog garchhan.. ma ta yo baburo bhanchhu. ouhako sambhodhan ma khub salin banna khojnu bhako chha… tara.. nagarik le kahilaia pani afno bichar bolna ra lekhana payean… yo madesh ka yadav dosro raja bane ani kp ko salaha ma aahile rakchya mantri Bidhya Bhandari.. sakbhar Girha mantri…. Hernus sujata.. madhab.. Ramchandra… gachhedhar..s erbahadur… so on.. ani raghu ji panta.. raheko… mantri mandal herna bhanda dhikarr chha.. maile ladeko ganatantrako lagi… Madhab Nepal le kamal thapa lai pani lyaeye hunthyo…
      Subod Ji ma tapaiko lekh padhera.. desh samji roi baseko chhu…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • piru

      मित्र, धेरै नकारात्मक मात्रैले समाधान आउँछ र ? सबै कुरा को असल – ख़राब दुबै पाटो हुन्छ / प्रतिकूल परिस्थितिलाई अनुकुलतामा बदल्नु माहान होइन र ? सधै नकारत्मक कुरा गरेर, चर्का चर्का कुरा गरेर, जनतालाई शहीद बनाउन खोज्नु नै दीर्घ समाधान हो र ? एक पटक यता तीर पानी सोचने की ?

      बी. भट्टराई ‘पीरु’
      लन्डन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      तपाईको लेख पढेर होकी होकिजस्तो लागे पनी त्यों हैन|किन भने समस्या को जढ़,येसको अंत बारेमा तपैले ब्याख्या गर्न सक्नै भयेन | टाउको बदल्नु नेपालको समस्या थिएन ,यहाँ त उल्टो टोपी मात्र बदलिएको छ |
      समस्या उठ्यो प्रचंड ले चीन संग नया संधि गर्न खोज्दा,नेपाल को संप्रभुता जोगाउन चीन पट्टी हेर्ने पर्छ,यो मानेमा अहिले प्रचंड जत्तिको देशभक्त नेता अरु छैन,माकुने लाइ च्याखे दाउपरेको मात्र हो|माकुने को काबिलता को चर्चा गर्नु भो,हेर्दैजानुस उसले गर्न सकने केही होइना ?

      तित्रा कोमुख बैरी भने झै,माओबादी नेता जंगली पाराले बदनाम भये|तर तेत्रो राम्रो कार्य गर्न (चीन संग नया मैत्री संधि)लाग्दा देसी र बिदेशी दलाल मिलेर प्रचंड लाइ निकालेको हुनाले प्रचंड नै नेपालको एक मात्र योग्य नेता हो अहिलेको लागी ,तुरुन्त सबैमिलेर प्रचंड लाइ नै ल्याउनु पर्छ,चीन संग नया संधीर समझौता गरिनु पर्छ ,चिनिया लगानी नेपालमा बधाउनु पर्छ,चीन संग हाई वे जोदिनू पर्छ ,नत्र नेपालीले सधे इंडिया को दास बन्नू पर्ने अबस्था औछ |इंडिया को दया र हस्तछेप हामीलाई चाहिदैन,उ हामीलाई मित्रताको नजर ले हेर्दैन |

      यी थोपरियेका नेता ,भाई भारदार सबैलीई सम्पूर्ण नेपाली मिलेर देश बाट लखट्नु पर्छ |

      बाबुरामप्रचंड , मरिच्मन ,बा केसब स्तापित जस्तो लाइ पियम बनाउनु पर्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      हो त । चर्का कुरा गर्नुहुन्न; जनता मर्छन् । प्रभुहरूको पाउ परेर पद पड्काउने अनि जनतालाई विदेशीको गुलाम बनाउँदा पो जनताको उद्धार हुन्छ । यही त हो दीर्घकालीन समाधान ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SP

      उग्रबादी तालिबानी सोचले देशको भलो गर्दैन |यस्ता सोच्ले दक्षिणपन्थीको सेवा गर्छ| त्सैले अहिले नेपालमा सबै पार्टी बिच सहमती अनी सहकार्य हुन गरुरी छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मित्र पुष्प जी….
      सही कुरो लाइ सही भन्न पनी कू तर्क गर्नु पर्छ त ???? अब देस माँ कू कर्म नहोस भनी यो सर्खार लाई भाबनात्मक रूप माँ सहयोग गर्न सकिदैन र ????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      सूबोध जी
      तपाई ले माधव नेपाल को सफलता माँ भारतीय र अंत रास्ट्रीय समर्थन मुख्य कुरा देख्नु भयो, यो नै तपाई को सबै भन्दा ठुलो दृष्टी दोष हो. सरकार टिकाउन लाइ नै सफलता भन्नु भएको हो भने मेरो भन्नु केही छैन, नत भने शक्ति का श्रोत भनेका नेपाली जनता हुन. एमाले र माकुने को जनमत कहा कती छ यो घाम जस्तै छर्लन्ग भएको छ.
      माधव नेपाल को सत्ता रोहन, समस्या समाधान गर्न भन्दा पनी ” यो बुख्याचा ले हाम्रो कही बिगार गर्न सक्देन, तर माओबादी लाइ दबाउन र येसको काध माँ बन्दूक राखन सकिन्छ” भानेर भएको हो. हिजो कुरा चपाउदै भए पनी रास्त्रपति को कदम को बिरोध गर्ने एमाले, आज तेसकै नेता माकुने “रास्त्रपति को अभिभाकीय” कदम भन्दै छ. तेस्कारण माकुने काम गर्न को निम्ति होइन, बुख्याचा को निम्ति थद्याइएको एउटा खल पात्र हो. हिजो प्रति पक्ष माँ हुदा महाकाली मध्य रात माँ बुझाउन उसले गरेको योगदान र कांग्रेस को शब्द माँ कांग्रेस लाई उसले लगाएको गुण तीर्ण थद्याइएको यो बुख्याचा ले तिन महीना पछि इज्जतिलो हिसाब ले राजिनाम गर्नु नै येसको सबै भन्दा ठुलो सफलता हुनेछ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bimal adhikari

      Basanta ji
      You have very interesting idea if any reader please if you can draw a cartoon.

      bimal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pustak. Khotang

      Dear Sshakya,
      I think the “Roman Empire” fall practically in the date of 4 september 476 A.D.when a so-called barbarian named Odoacer (a Germanic leader in the Roman army), deposed the last western Roman emperor, Romulus Augustulus, who was probably partly of Germanic ancestry. Odoacer considered Romulus so paltry a threat he didn’t even bother to assassinate him, but sent him into retirement. Pls. would try to verify once the historical data if you don’t mind. Thank you!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gemmi

      I believe Mr Lal’s displeasure with Mr Yadav dates back to times of Madhesh uprising (or even before that, who knows). No wonder he had rather endorsed VP Jha than President Yadav after their election to the posts. Though Mr Lal’s analyses are rather deep and well researched, I do smell some prejudice reading his series of articles this time around.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      एमाले को ९ महीने काल राम्रो थियो र तेसले जनमत पनी आकर्षण गरेको थियो.एमाले आज जे छ त्यों दिन को सानो अंस हो. जसरी अहिले माओबादी लाइ सत्ता बाट हटाईएयो तेसरी नै एमाले लाइ पनी तेती खेर जाल झेल गरेर हटाईएको हो. र एमाले जन बिरोधी र प्रतिक्रया बादी नबनुन्जेल एमाले लाइ पनी छुवा छूत को ब्यभार गरियो, एमाले ले समाज परिबर्तन को सट्टा यथास्तिथि को पक्ष माँ आफु लाइ परिबर्तन गरे पछि नै शक्ति केंद्र ले एमाले लाइ बिस्वास गरे.
      जब महाकाली बुझाईएयो, लोकेन्द्र को टांग मुनि छिरियो, ज्ञाने लाइ धनुस्त्कार रूप माँ दाम चधाइयो र नारायण हिती वला देउबा सरकार माँ गइयो, तेस पछि शक्ति केंद्र र प्रतिगमन को केंद्र माँ एमाले लाइ बिस्वास गर्न थालियों र जनता माँ भने नान्गिदै गयो एमाले. अहिले को माकुने को सत्ता रोहन ती मध्य सबै भन्दा भद्दा र नांगो रूप हो, तेस्कारण एमाले को आगामी जनमत र चुनाबी नतीजा अत्यंत नाजुक हुने प्रस्ट छ. देश माँ येसै बाम पंथी को बर्चस्व छ र त्यों सेंटिमेंट लाइ माओबादी ले क्याच गर्दछ भने यथास्तिती बादी को प्रतिनिधित्व कांग्रेस ले गर्दछ, भने यो बिच माँ एमाले को पहिचान के हो? बाम पंथी वा यथास्तिती बादी? तेसै भएर एमाले डॉ. बाबुराम ले भने झै तेस्रो लिंगी को परिचय बोक्नु भन्दा अरु बाटो केही छैन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amar

      महेश जी को कुरा मा पूर्ण समर्थन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aamod

      ड्राइभर भनौदो प्रचन्डले दारु पिएर गाडी हाँक्न थाले पछी खलासीको सँग्या पाएका माकुने ले लक्ष्य मा पुर्याउने जिम्मेबारी पाएको कुरा स्प्रस्ट छ । सिदै नक्कली लाइसेन्स देखाएर गाडी हाक्ने ड्राइभर(प्रचन्ड)भन्दा आसा गरौ खलासी को अनुभब सहित को सिकारु ड्राइभर माकुनेले लक्ष्यमा पुर्याउने छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • norwayboy

      tapainlai maobadi le salary nai diyera comment lekhna pale jasto lagchha, sarai lekhnuhunchha ta support ma maobadi ko.hehe

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal yaatri

      निपेशजी तपाईको पबित्र बिचारको म समर्थन गर्दछु . बास्तवमा माधब कुमार नेपालको सफ़लतानै अहिलेको हाम्रो आवस्यकता हो किनकी आज देश जून स्थिति बाट गुज्रिराहेको छ के त्यसमा हाम्रो भूल छैन ? हाम्रो कमी कमजोरी छैन ? सधै हामी गिरिजा चोर त कहिले राजा चोर त कहिले के कहिले के भनेर आफ्नो मुख बिगारछौ तर के हामी चुनावको बेलामा त्यों याद गर्छौ ? हामीले यसरिनै कोठे बिद्वान भएर अरुलाई सराप छौ अनि पत्रिका पढयो चिया पियो अनि सबलाई सरापयो तर आफै भने एउटा नेतासित परिचय हुने बित्तिकै सक्ती प्रदर्सन गर्न पछि हटादैनौ . यहाँ कोही पनि कसैको अस्तित्व स्वीकार गर्न तैयार छैन . के तपाईहरुलाई थाहा छ माधब कुमार नेपालले बिगतमा खेलेका सान्तिको लागी भुमिकाको बारेमा? वहाले खेल्नु भएका जंगली हरुलाई जंगल बाट हातियार बिसाउन लागायेरा आफ्नो ज्यान खतरामा पारेर पनि नेपाललाई सान्तिप्रक्रियाको राजनीतिको थालानी गारायेर आज नेपाली का संतानहरूको अझै ज्यान जाना बाट जोगायेको सर्बबिदितै छ . वहा संग भएको कानून सम्बंधिको ज्ञान र सबैलाई मिलाएर लैजान सकने छ्यमता ले सबै नेपालीको कल्याण हुने आशा गरौ र सधै अरुलाई गाली मात्र गर्ने प्रथाको अनत्या गरौ . वहाको सामुन्ने धेरै ठुलो समस्या को पहाड़ छ तर यो असम्भब त छैन नि मित्रहरु अब हामी सीता एउटा मात्र उपाय छ नेपाल बचाउने त्यों हो सबै मिलेर राजनेताहरुलाई दबाब दिएर संबिधान को निर्माण . – कमल यात्री दोहा , कतार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sshakya

      Dear Pustak,

      Your skepticism is cogent. By mistake (based on a wrong source), I was alluding the date (above) when the “Proeterian Palace” was built in city of Koper in Slovenia in 14th century.

      Now, it turns out to me that the Proeterian Guard was formed by Augustus in around 31 BC.

      Thanks for unleashing the slip-up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      maheshjee
      kura thik ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनीश

      मित्र महेश जी !!!

      म हजुरलाई अनुरोध गर्छु कि कुनै टिप्पणी गर्दा हामी नेपाली को सबै भन्दा ठुलो कमजोरी भनेकै सधै नकारत्मक कुरा गर्नु नै हो/ कसैले केही राम्रो गर्न खोज्यो भने पनी खुट्टा तान्ने बानी छ हाम्रो/ मित्रहरु कहिले त सकारात्मक सोचाई राखनुस । देश असहज परिश्तिथिबाट गुज्रिँदैछ यस असहज परिस्थतिलाइ नया मोड दिन देशमा नया प्रधानमन्त्रीका रुपमा माधव कुमार नेपाल भन्दा अरु दोस्रो प्रचन्ड नै वा जोसुकै नेत्रित्वमा भय पनि टिप्प्णी खाली नकरात्मक भावना भन्दा अरु कहिलेइ केही देख्न सकिएन आफ्नो मातृभूमीमा धेरै किसिमका समस्याहरु देखा परेका छन जो कोही नेत्रित्वमा भएपनि उसको अगाडी चुनौतीहरु को पहाड़ नै खडा छ तर असम्भब केही छैन / आउनुस कमसेकम हामी सबै मिलेर उनको सफलता को कामना गरौ उनको सफलताको पछाडी नै देशको सफलता जोडिएको छ। जुन सफलता हुनु भनेको नै हामी जनताको बिजय हो जुन हाम्रो माग पनि हो ! यसरी जोसुकै नेत्रित्वमा भएपनी बिरोध भयपछी नेताहरुको मनस्थि लाई नै झन उसको मनोबललाई बीकृतीका रुपमा उन्मुख गराएका छौ । देश झन उदोगतिमा जानकोलागी हामी जनता बाट नै प्रेरित गरिरहेका छौ। जुन सफलता हुनु भनेको नै हामी जनताको बिजय हो जुन हाम्रो माग पनि हो केही गर्छु भन्ने लाई सहयोगी हुने बानी बसालौ नभएनी कम्सेकम बिरोध त नगरौ देस मा कयौ राजनीति पार्टी छन सबैले एकअर्कालाई यसरीनै दोषारोपण गरिरहने भने कहिले हुन्छ देसको उन्नती ??? यस्तो हिसाबले त सबै दल लाई एक एक वटा देस दिएनी मिल्देन भने हामी सँग त एउटा मात्र देस छ त्यो हो नेपाल भनेपछी हामीहरु जनता नै साकरात्मक नभय सम्म कहिलेइ हुन सक्देन हामीले खोजेको नेपाल। हो हामीसबैले नेताहरुलाई देसमा गर्नु पर्ने सुधार र बिकास का कुरामा जोडदार माग गर्ने बानी बसाउ न। न की कुनै एउटा पार्टी वा नेताको। यो ब्लग हेर्ने तपाईं हामी साधरण जनताले हो कुनै नेतालाई हेर्न फुर्सद छैन यहाँ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सौरभ

      मित्र मनीश जी….

      I agree you brother all Nepalese need to be agree your opinion. Thanks for your good comment

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker