मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शनिबारको अर्को एउटा बिहानी

    जय, सिड्नी (अष्ट्रेलिया)
    (यस कथामा प्रयोग भएका शब्दहरु कसैलाई असभ्य लागेमा क्षमाप्राथी छु।)

    दिक्क लागिरहेको छ। बिहान बिहान अर्को कोठामा घन्किएको कर्कश गीतले कान खाइसक्यो, उफ! सुन्न मन लागे आफ्नो मात्र कानमा ठोस्नु नि। झन हिजो रातीको डान्स र रक्सिले टाउको फुट्ला जस्तो भएको बेला। आमा कसम! आज त शरीरको एक एक जोर्नी दुखेको छ। एघार बजी सक्यो। आज शनिबार लुगा पनि धेरै नै धुनु छ। ह्या, हिजो राती चुरोटको बट्टा कहाँ राखे मैले। बिहान बेडमा एउटा सल्काउन पाएन भने त मलाई चित्त नै बुझ्दैन। अस्ती एकदिन चुरोट सकिएर पसल जान अल्छि लाग्यो है; अनी अर्को कोठाको उही औतारीसँग एउटा चुरोट माग्न गएको त “एकछिन भित्र नै बसौ न बहिनी” रे, त्यस्को नियत मैले नबुझ्ने जस्तो। पहिला बहीनी पछी के के। त्यही पनि त्योसँग त्यसको कोठामा सँगै बस्ने? दिनको पचास चोटी एउटै गीत बजाउँछ। भित्ता भरी शाहरुखको फोटो टाँसेको छ। आफूले आँफैलाई फेरी शाहरुख नै सम्झन्छ, पाखे!

    हिजो राती जस्तो बबाल कहिले पनि भएको थिएन। बेलुकी छ बजे देखी ड्युटी सुरु गरेकी, राती खोइ कती बजे तिर घर आइपुगे। शिखरले बाइकमा पुर्याइदियो। शिखर ह्यान्ड्सम त छ। मलाई मन पनि पराउँछु भन्छ। तर मलाई बाल बतलब लाग्दैन। यस्ता केटाहरु धेरै देखिसकेकी छु। केटाहरुको फर्मुला एउटै एउटै हुन्छ। शिखर त्यो रेस्टुराँको पुरानो ग्राहक हो। मलाई पट्याउनको लागि “तिमी यहाँको सबभन्दा राम्री हौ, तिम्रो डान्स मलाई असाध्यै मनपर्छ, तिमी त हिरोनी भन्दा पनि राम्री, तिमीलाई बिहा गर्न पाए त मेरो भाग्य खुल्नेथियो।”, झ्याप भए पछी शिखरले सधैं यस्तै भन्छ। बाहिर भेट्यो भने नदेखेको झै गरेर तर्किने होला, इज्जतदार बाउको बिग्रेको छोरो। मलाई पैसाको लोभ लाग्दैन,सत्य! म धनी भएको भए कस्तो पैसा उडाउँथिए होला? एकचोटी के भयो भने मेरो डान्स सकिए पछी शिखरले मलाई उसको टेबलमा बोलाएर महँगो गिफ्ट दियो, त्यो पनि सुनको। मलाई फकाउन खोजेको थियो। मलाई लिन मन लागेन। अरुले दिएको भए भगवान कसम! त्यसैको मुखमा फ्याँकिदिन्थे। मलाई केटाहरुले दिएको टिप्स पनि लिन मन लाग्दैन। तिनिहरु यसरी नै पहिला चारा फ्याँक्छन् शिकारलाई।
    अब उठेर फिका चिया बनाउँछु, अनी चुरोट र चिया पिउँछु। आज दिउँसो निशा आउँछे होली, पुरानो नाम चाँही निर्मला नाम फेरेर निशा। हाम्रो बिजनेशमा यस्तै हो। मसँग काम गर्ने केटीहरुमा निशा मात्र मेरो मिल्ने साथी हो। अरु सब कुकुर कुकुर्नीहरु, मलाई कोही मन पर्दैन। निशा पनि अली बढी उत्ताउली छे। तर त्यसको जिन्दगीको त्यही मालिक, मलाई बाल मतलब। “शर्ट-कट हिड्नु पर्छ बुझिस्? छिटो पैसा कमाउनु पर्छ, की त चोरी नै नगर्नु चोरे पछी अली धेरै चोर्नु”, भनेर सधैं मलाई भाषण छाँट्छे। अस्ती के भयो थाहा छ? त्यसले एउटा अली धनी नै माल फेला पारीछे। राती म नभएको बेला मेरो कोठामा पो ल्याइछे। राती मैले ढोका ढक्ढक्याउँदा बिचरोको सातो पुत्लो उडेछ। सुट लगाएको थियो, हेर्दा खेरी बिहे भइसकेको जस्तो देखिन्थ्यो। मलाई सबभन्दा बढी घीन यस्ता भलाद्मीरूपी भुसिया कुकुरहरु देखेर लाग्छ। बाहिर एउटा अनुहार भित्र अर्कै, पिचासहरु।

    अस्ती भर्खर घरमा दश हजार रुपैया पठाएको, अहिले फेरी आमा बिरामी हुनु भयो रे। अर्को हप्ता आमा र बहिनी काठमाडौं आउने रे। हे भगवान! मैले के गर्ने होला? कोठाबाट बाहिर निस्कन हुँदैन, केटाहरु त के हजुरबाहरुले पनि गिद्धे नजरले हेर्छन्। झन घरको माथि माथिबाट जिब्रो पड्काएको सुन्दा त ढुङ्गा टिपेर हिर्काउन मन लाग्छ। यहाँ सरेको भर्खर तीन-चार महीना भएको छ, फेरी अर्को कोठामा सर्नु पर्ने भईसक्यो। ह्या, यस्तो कुरा सम्झदै गयो भने त झन मलाई अहिले नै मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ। ह्या म पनि के भा, कहिले काही त आँफै देखेर पनि झोक चल्छ। मान्छेहरुको कुरा काट्ने बानी हुन्छ। मलाई जसले जे सुकै भनोस् म वास्ता गर्दिन। मेरो अगाडि बेइज्जत गर्न लाग्यो भने चाँही झगडा गर्छु। एकचोटी के भयो थाहा छ? एउटा केटाले रक्सीको नशामा मलाई जबर्जस्ती समाउन खोजेको थियो, सालेलाई हिर्काइदिए। यती जोडसँग आवाज आयो कि एकैचोटी होशमा आयो त्यो। सोझी भएको भए त के पो गर्थ्यो होला त्यसले? अरु केटीहरुले मेरो पछाडि म साँडी छु भनेर कुरा काट्छन् रे, जसलाई जे मनलाग्छ भनोस्। मलाई डर नै नलाग्ने चाँही होइन। म सानी हुँदा निकै डरछेरुवाइ थिएँ। अहिले पनि साङ्ला र सर्प देख्यो भने कस्तो डर लाग्छ।

    मलाई धेरै टेन्सन लिन मन लाग्दैन। झन शनिबारको दिन बिहान देखी नै कसले टेन्सन लिओस्। तर कहिले काही दिमागमा धेरै कुरा खेल्छ। आमाले मेरो सार्है पिर लिनुहुन्छ त्यसैले बि.ए. पढ्दै छु भनेर भनेकी छु। जहिले पनि यो गर त्यो नगर, त्यो नखा, त्यँहा नजा, यस्तो लुगा नलगा, त्योसँग नहिड, आमा जहिले पनि यस्तै भन्नुहुन्थ्यो। मलाई झ्याउ लाग्थ्यो आमाको कुराले। खुला भएर हिड्न पाउने कहिले होला, काठमाडौं कस्तो होला जस्तो लाग्थ्यो। सत्र बर्षको उमेरमा एस्.एल.सि. दिएर काठमाडौं हिंडेकी थिए। त्यतिबेला नै घरमा बिहेको कुरा चलेको थियो, अहिले कुन चाहीको सेवा गरिरहेकी हुन्थिए होला। टिभीमा देखेको राम्रो राम्रो कुरा लगाउन मनलाग्छ। मेरो सपना भनेको फिलिममा खेल्ने हो। टिभी हेरेर नै डान्स सिक्छु। मलाई सबभन्दा बढी बहिनिको माया लाग्छ। मेरो बहिनिलाई म धेरै पढाउँछु। आमासँग काठमाडौं आएको बेला त्यसलाई धेरै घुमाउँछु। तर धेरै चकचक गरेर त्यसले मेरो दिमाग चाट्छे।
    पर्दा खोल्नु पर्‍यो। ओहो अहिले झ्यालबाट स्वयम्भु प्रस्ट देखिएको छ। हिंडेर यहाँबाट आधा घण्टा पनि छैन, तर म धेरै जाँदिन। मलाई मन्दिर सन्दिर जान त्यती जाँगर आउँदैन। अस्तिनै सरस्वती पूजामा गएकी थिएँ। मानिसहरुको भिड थियो। ए त्यो दिन शोभा दिदी भेट भएको थियो। कस्तो राम्रो राम्रो कुरा गर्ने शोभा दिदीले। मैले धेरै कुरा थाहा पाँए त्यो दिन, दिदी एउटा पत्रीकामा काम गर्नु हुन्छ रे। देश बिदेशको, राजनीतिको कुन्नी के के ठूला-ठूला समाचार सुनाउनु भयो। यस्तो कुराहरु म पटक्कै बुझ्दिन, झन राजनीतिको त ‘र’ पनि बुझ्दिन। आईमाई मान्छेहरुले कसरी राजनीति खेल्छन् होला? “बहिनी यस्तो काममा इज्जत हुँदैन, अर्को काम खोज, क्याम्पस भर्ना होउ, कुनै शिप सिक, अझ पनि ढिलो भएको छैन, शिर ठाडो गरेर बाँच्नुपर्छ।”, शोभा दिदीले भनेको कुराहरुले खोइ किन हो मलाई कस्तो कस्तो बनायो। मोबाईल नम्बर पनि दिएकी छिन्, तर आज सम्म मैले फोन गरेको छैन।

    सबै मान्छे शोभा दिदी जस्ता कहाँ हुन्छन् र? मैले त झन यस्ता यस्ता मान्छे भेटेकी छु कि कुरै नगरौ। मैले डान्स गर्ने रेस्टुराँमा धेरै भि.आइ. पि. भनाउँदाहरु पनि देखे, राम्री केटी देखे पछी कुकुरले जस्तो र्-याल काढ्ने, रक्सी पिए पछी सुङुरले जस्तो गती छाड्ने। अझ हामीलाई त उनिहरुको ईशारामा नाच्ने कठपुतली जस्तो सोच्ने। अनी बाहिर चाँही उनिहरु इज्जतदार रे हामी इज्जत नभएका रे। जसले अरुको इज्जत लुट्दै हिड्छ उही इज्जतको धनी, धन भए पछी चोरको पनि इज्जत बढी, मैले सम्पत्ती कमाए पछी मेरो पनि इज्जतको मिटर चड्छ। कतिले त मोबाईलमा फोन गरेर सुत्न समेत दिदैनन्। आमा कसम! यस्तो कुरा सोच्यो भने मेरो कन्सिरी तातिन्छ। धेरै चोटि नराम्रो घटना घटिसक्यो, झगडा त कती कती। यो भन्दा अगाडि बसेको घरमा त घरबेटीसँग नै झगडा गरेर निस्कनु पर्‍यो। “सधैं राती राती ढिलो आउछेस् तेरो चाला के हो?” भनेर एकदिन झगडा गर्न सुरु गरिन् है; मेरो पालो, “आफ्नो बुढा र छोरो राती राती कहाँ गएर ढिलो फर्किन्छ कहिल्यै चासो लिएकी छौ?” भनेर मुख फर्काएँ। पुलिस नै बोलाउँछु भनेर समेत धम्की दिइन्। धेरै चोटि यो काम छोड्छु भनेर सोचेकी थिएँ तर के गर्ने पैसा नभै जिन्दगी नचल्ने रहेछ। बिस्तारै बानी पर्दै जाने रहेछ, अहिले जसले जे सुकै कुरा काटोस् मेरो रौ पनि हल्लिदैन।

    शनिबार जहिले पनि यस्तै हुन्छ मलाई। ह्याङओभर हुन्छ अनी के के कुरा सम्झिएर खल्लो लाग्दै जान्छ। पहिले काठमाडौं आएको बेला त एक्लै खूब रोएँ पनि। अहिले आफूलाई सम्हाल्न सक्ने भएकी छु। धेरै सोचेर मात्र के गर्नु? हुने चाँही केही होइन। रातभरी चन्द्रमामा घुमेको सपना देखे पनि बिहान उठ्दा आफ्नै खाटमा। भात आफै पाक्दैन क्यारे, कोठा सफा गर्नै पर्‍यो, लुगा धुनै पर्‍यो। हत्तेरी, निशे पनि आउने बेला भयो। फेरी बेलुकी ड्युटीमा जानु नै पर्‍यो।

    No related posts.

    No comments yet to शनिबारको अर्को एउटा बिहानी

    • Umesh, SYDNEY

      Just pick it up from here and put into the bin. It’s rubbish?? What u guys comment about??? Is there any moral lesson from this story?? Ísn’t it like a inspiration for the girls who r involved in these kind of bussiness???? Question mark here??????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yethartha

      This story is written and expressed in a very nice way and reflects the reality too. well done Jay!!
      Fellow redears, just appreciate the story.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subash , sydney

      रेल्ली रेल्ली नाईस एण्ड रियालिस्टिक लेख्या रैच त नि ! आइ रेल्ली लायेक्स के ! मेरो एक्स गल फरेन को झल्को लाग्यो केरे भन्चु म त !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नमस्ते जय जि
      One Salute for you!! :) simply ,you are the great!!
      कथा राम्रो छ साथमा तपाईंको कथाले जिबनको वास्तबिता बोकेको हुन्छ – अती राम्रो , मन छुने।
      यहाँ हाम्रो समाजमा यस्ता बिक्रिती कती छन कती , कतै जिउनको लागि बधयता कतै रगिन जिन्दगी , आफ्नो लागि मात्र सोचने।
      तपाईंको लेख सम्बन्धित अस्ती भर्खर मैले साप्ताहिकमा पनि पढ्न पाएको थिए, ktm को कथा ।
      Anyway I would like to wish you all the very best for your upcoming days.
      Hangma Limbuni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjeev

      राम्रो छ लेख ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • झापाली

      जे भए पनि मुलुक देखी बाहिर गए पछी कसैले धेरै गफ नगरे हुन्छ ! आफ्नो मुलुकमा जस्तो कहिले पनि रामरी श्वास फेर्न पाइन्न । जो मुलुक बाहिर बसेको छ उनिहरु सबैलाई कती गर्हो भएको छ भन्ने कुरा उनिहरुलाई मात्र थाहा हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • पर्शुराम

      After reading this short story, I am once again reminded of the unforgettable statement expressed by one of my teachers; a middle aged plump lady, mother of three children, always donning sari and that too artfully, always exhibiting self-confidence; on the topic of beauty and woman: A woman may be illiterate but she is never ignorant of her beauty.

      The story is in soliloquy form and we are led by the writer into the deep recesses of the protagonist; a young lady struggling to fulfill her dreams by working as a dancer at one of many dance restaurants dotting the capital city, Kathmandu. The thought processes cleary portray the vile intentions harboured by men frequenting the dance bar, the abuses she had to endure not only from them but also from her landlord, and her strong reactions against those who wanted to debase her.

      The meekness within her has gradually withered away as her life gets buffeted by the harsh reality of double standards exercised by the society. Over time, she grows bolder and bolder to stand up against the discriminatory and degrading treatments thrown upon her. Though she acknowledges that her work is considered lowly by the society, she sticks to her guns. This revelation is a sober reminder of what people leading double lives; displaying decency at formal gatherings, exhibiting loathsome motives and actions in spicy environments like a dance restaurant; can do to poor souls such as our protagonist. Such people with double standards are one of the reasons why prostitution stays, sells and expands.

      Another reason, small but I wouldn’t dare to say insignificant, is that women play with beauty as children play with knife and get hurt.

      The story is neatly presented. The expressions are consistent. Still, I think there is room for improvement in the area of punctuations. For example, the word “Hya” is usually emphatically expressed and as such an exclamation would be more suitable. Similarly, a little bit of effort in spelling would be more becoming.

      Regards,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Melbourne

      Katha ta ramrai ho tara ….. lakhakji le katai aafnai anubhab ta lekhnu bhayeko hoina ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aashica

      good and reality

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • aashica

      i like your story.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sammukh

      Very nice and real story…..the real picture of Kathmandu with girls from outside…..neither they study in college nor live a gentle and good life….they are compelled….same like in foreign countries…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lotus,sydney

      निबार जहिले पनि यस्तै हुन्छ मलाई। ह्याङओभर हुन्छ अनी के के कुरा सम्झिएर खल्लो लाग्दै जान्छ। पहिले काठमाडौं आएको बेला त एक्लै खूब रोएँ पनि। अहिले आफूलाई सम्हाल्न सक्ने भएकी छु। धेरै सोचेर मात्र के गर्नु? हुने चाँही केही होइन। रातभरी चन्द्रमामा घुमेको सपना देखे पनि बिहान उठ्दा आफ्नै खाटमा। भात आफै पाक्दैन क्यारे, कोठा सफा गर्नै पर्‍यो, लुगा धुनै पर्‍यो। हत्तेरी, निशे पनि आउने बेला भयो। फेरी बेलुकी ड्युटीमा जानु नै पर्‍यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bharat Pokharel

      nice story.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KATHA SANDARVIK NAI CHHA.MA BIDESH AAUNU BHANDA KEHI SAMAYE AGADI YEUTA CHELI MERO GAUN BATA KTM GAYERA YESTAI PARIBESH MA DIN BITAYEKO TYAKKAI YO KATHA SANGA MEL KHANCHHA.
      UNI LE PANI MA SANGA YESTAI KAM RA KURA GARNE RA BHANNE GARTHIN.

      SANDHYA, GERMANY bata

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dilip

      I liked it !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • स्यानु

      कथाले कसैको पनि चरित्र हत्या नगरोस । यसै कथा लाई आधार बनाएर अष्ट्रेलिया मा यस्तो हुन्छ उस्तो हुन्छ निराधार हल्ला नफिजाउन ।

      (मैले डान्स गर्ने रेस्टुराँमा धेरै भि.आइ. पि. भनाउँदाहरु पनि देखे, राम्री केटी देखे पछी कुकुरले जस्तो र्-याल काढ्ने, रक्सी पिए पछी सुङुरले जस्तो गती छाड्ने।)

      सायद सँगुर र बँगुर लाई हामीले फोहोरी टुच्छ प्राणीको रुपमा उदाहरण बनाउछौ । तर त्यसैको मासु No 1 choice मा पर्छ कति को । सभ्य भनाउने मान्छे ले पेट भरि दाना पानी नै नदिने र छाडा छोड्नाले आची खायो भन्दैमा गती छाडा भन्दिन्छौ ।

      तर सँगुर र बँगुर लाई नजिक बाट नियाल्नुस र मुल्यांकन गर्नुस सुँगुर मा पनि बिकेक छ । सेउला पात ओसारे र न्यानो ओछ्यान बनाउछ र दिशा पिसाब सुत्ने ओछ्यान देखी टाढा गर्छ ।दाना माग्ने र बच्चालाई दुध खुवाउने पनि निश्चित टाईम टेबल हुन्छ । तर पनि आफैले सुगुरको बास्सथान सफा नगर्ने र हिलो / फोहर मा बस्यो भन्ने मान्छे र नै गति छाडा हुन की जस्तो लाग्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सर
      एउटी न्यू रोडमा आईसक्रिम खाँदै
      अङ अङ देखाउछिन,
      पानीमा १०० रुपैया
      छिन् मै उडाउछिन । … Read more
      अर्की हुन्छिन रत्नपार्कमा
      नचाही नचाही अङ देखाउछिन ।
      १०० रुपैया मै अस्मिता लुटाउछिन ।
      यस्तो देखेर बिरक्त लाग्छ,
      अनी
      सोच्छु त्यो आइस क्रिमको पैसा खोसेर
      अर्कीको अस्मिता जोगाउ कि ?
      तर रोकिन्छु,
      यस्तो गर्न के म कम्युनिस्ट हो र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • good story keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुगम

      बुझ्ने लाई श्री खण्ड न बुझ्ने लाई खुर्पा को बिंड . साथी हरु प्लिज कमेन्ट गर्दा अलि विचार पुरयेरा गर्नुस न यार . कथा धेरै राम्रो छ . जय जी बधाई छ राम्रो कथाको लागि .

      सुगम
      पेनांग मलेशिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • थोरै समयमा थोरै मेहेनतले कमाएको आर्जनले आत्मासन्तुस्टी दिदैन त्यो धेरै दिन टिक्दैन पनि। बाटो बिराएको थाहा पाएपछी, असल मान्छे बन्नु पर्छ।
      यो लेख सबैलाई प्रेरक बनोष।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujina, Sydney

      good job
      keep on writing
      best of luck

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purbeli

      कथा राम्रो छ, मार्मिक पनि छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • You r absuletly right Dinesh ji.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जय जी या जया जी जो भयपनि लेख कुनै ग्रुप संग सम्बंधित छ र त्यों ग्रुप को एथार्थाता प्रस्तुत गर्छ मैले धेरै साथी हरु को कमेन्ट पढना पनी थालिन सोझै आफ्नो विचार राख्ने जमर्को गरें.. सबै मान्छे को सोंच हो मजबूरी ले मात्र यो खालको काम गर्नुपर्छा भन्ने होइन. धेरै महिला र पुरुस उधाहरण छन जसले मजबूर भयपनि राम्रो कम गरेरै जीवन जिउन सके. मजबूर भयौ भन्दैमा ख़राब काम कई किन सहारा लिने? हामी आफ्नो मजबूरी बटा प्राप्त त्यों संघर्सा को समय लाई सही काम मा किन उपयोग नगर्ने ? अमेरिकन रास्ट्रपति अब्राहम लिंकन पनी त गरीब थिय किन गलत काम गरेनन?
      सायद हजुरको कथाको सार यही नै होला नेपाली चेलिहरू गरीबी को कारण ले अनैतिक काम गर्न बाध्य छन . तेस्लाई म मन्दिन. यो हमिहरुमा हरौदै गायकों नैतिकता को उपज हो. सबै राम्रो काम गरेर बच्न सकेका छन भने उनिहरु किन नसक्नु? यो उनिहरुको लाचारीपन को नतीजा हो. यदि ध्रीधा इछ्या सकती र अठोत हुन्छ भने कुनै काम असंभव छैन. आफुलाई कमजोर फील गर्नु हुदैन. हामी रास्ट्र को अबस्था र अरु लाई दोस् थोपरेर अफु गलत काम गर्दै छौ तेसैले हामी सबै आफ्नो स्थान बाट राम्रो सोचौ र राम्रो गरौं यी र यस्ता समस्या हराउने छन यदि स्वोइछ्या ले कसैले यस्तो काम गर्छ भने तेस्लाई भन्नु के. मलाई त यस्तो लग्छ हाम्रो ब्लॉग पढने अरुसाथिहरुलाई कस्तो लाग्छा…………………………….?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nice….and reality also. thank you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mani

      waiyat artical jun ijjatdaar maanche lai naramro bhaneko cha ,,, t nai ka karan timro ghar chaleko cha ………
      t ijjatdaar manche bhanda aru jana sakdaiana ……….
      thau ma ……………………………………..
      j payo tyahe ……………. time matra loss bhayo yar…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तमु,द कोरिया

      nice………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepali chhori

      ramro chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash(UAE)

      Great……..
      this is the fact of kathmandu midnight activities & its charectors

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      jay, good , keep it uppppppppppp,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umakanta Sharma

      I have heard there are 18000 Brothels(ADDA in Nepali) in Kathmandu.Slowly kathmandu is replacing Bangkok for Sex Tourism…
      BOMBAY ko Nepali Prostitute Aba KATHMANDU Ma nai……
      Dance Restaurent’s dancers have so many stories..
      Unfortunately Nepalese Politics and Politicians also become Dance Restaurent and Dancers…
      Kathmandu is now fusion of Dirty Politics and Sex Tourism….
      Another strange is that Many Politicians are the clients of these Dancers….
      I strongly suggest all political parties to appoint Profossional Dancer/Prostitutes to CA..
      Anyway Sydney has nice dance Bars/Strip Clubs end Pent House….They charge Tax on these Services and I wish Kathmandu should follow the same things….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam

      In Our Society Many Girls From far away villages have to live the life as mentioned in the story. Very few girls R like the ones as Shova Sis. In fact even the likes of Shova also may have same story but with the bad guys of so called higher Class about whom there won’t be any story written otherwise the writer’ll be shot dead.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनोज Middle,East

      “मैले डान्स गर्ने रेस्टुराँमा धेरै भि.आइ. पि. भनाउँदाहरु पनि देखे, राम्री केटी देखे पछी कुकुरले जस्तो र्-याल काढ्ने, रक्सी पिए पछी सुङुरले जस्तो गती छाड्ने। अझ हामीलाई त उनिहरुको ईशारामा नाच्ने कठपुतली जस्तो सोच्ने। अनी बाहिर चाँही उनिहरु इज्जतदार रे हामी इज्जत नभएका रे। जसले अरुको इज्जत लुट्दै हिड्छ उही इज्जतको धनी, धन भए पछी चोरको पनि इज्जत बढी|”
      A verry good SLAPPED on social vultures.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      hina australiama pani gharbetile nepalko jastai ghar kina dhilo aais vanera vancha ra vanya?maile ta suneko australiama ta manis haru praya rati matrai kam garcha.feri lekhgaklai matrai kina dhamki ni?????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      katha dherai ramro chha aauda din ma pani padhana paiyos thank you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • France Nepal

      J payo tehi Nepal pharkera gari khaya vai halchha bakbas keti. My sansar do not give oppertunity like this artical pls ketiharu bigranchha

      France

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak Luintel,Shanghai

      nice one!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PLS WRITE MORAL ARTICLE

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      बाच्ने नाममा बाध्यताहरु आ- आफ्नै हुन्छ —सबै भाग्य भाग्यमानी हुने भए अभा गि आदी इत्यादी शब्द हरु शब्द कोश मा किन खात लाग्ने थियो र —-
      कथा मार्मिक लाग्यो । लेख्दै जानुहोस् ! निरन्तरताको शुभ कामना हिर्दय देखी नै ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The Aavas

      आजकल सुष्मा मानन्धर चै कता हराउनु भयो कुन्नि ??? उहाको कथा हरु त सारै घत लाग्दो पो हुन्थ्यो त …धेरै भयो नदेखेको …!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tirtha Raj

      Nice…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The Aavas

      जे होस् राम्रो छ …..!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikash

      Jee payo tehi……………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dherai ramro lagyo…….nice creativity and presentation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purus la lekhako story jasto lao tara relity jhulkina sakiko 6n.jaya g siddne basar kasari ktm ko dainiki bolna khujnu vo kunne?
      tara story ramro lagao tara badi 9 atamaparak 6 j hos pragati ko kamana.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sis hajurle too kam chodna hudaina. Manche lai kasaile ni bigarne haina Mancheta afai bigrin6. Tara hajur maile dekhe anusar kaile pani bigrinu hudaina kinaki hajurma confident chha. Kaile pani kam sano thulo hudaina sabai kam kam nai ho. Sis ko sabai pache ramro layo tara too boli chai man parena. Too boli chai sudharna paryo. Hajur bastab ma sahasi maila hunu hudo rai6 kina vane ahuta nari vahera Aama, Sis ra Family lai help garnu gaurab ko kura ho ok keep it up. (Malai tha6 yo story ho tara pani real life ma 100% mil6)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suntali, israel

      Bad seturasion

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suntali, israel

      Yo lakh padar sanibar sahetya harna mn maryo. Paisa ko nam ma Saskar begarna haru ko ghirit babhar, nari ko nam ma kalanka 6ee

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • this is real or only story,but nice ta cha, real life ma ni yesta accident haru ta chan nai..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo nai ak matra satya ho mitra yas bat dherai kura byjna sakinchha tra sabdhan garna muskil matra haina ashmbhav pani chha hamro cheli haru gau bat sahar aaeko pray astai habigatma din gujarei raheka chhan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      राम्रो छ र के वुझीयो भने सप्ताह भरीको मनोभावना कथाको मुल पात्रले सनिवार मात्रै सम्झीदो रहेछ । सोमबार देखी शुक्रबार सम्मको कुरा सम्झीने, ह्याङ्ग हुने दिन शनिवार !

      यो कथालाई राति कोल्टो पर्दै कुरा सम्झेको ( टिपीकल नेपाली ) स्टाईल मा लेखेको भए पनी राम्रै हुने थियो । हुन त नेपालमा पो फुर्सदै फुर्सद अस्ट्रेलिया तिर त शनिवार मात्र फुर्सद हुने भा भएर (नेपाल नछोडेको ले मलाई यस सम्बन्धी ज्ञान भएन है हजुर ) यसो गर्या हो कि ? तर लेखकलाई चेतना भया अघिल्लो कथा जतीको राम्रो लागेन मलाई यो कथा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAJAN KUMAR G.C.CHINA

      Anyway I should apreciate your job.its cause of poverty.If your story girl were in Aus, life would be very different .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan(usa)

      i felt glad to hear all abt this. i always use to wonder abt these things and compulsions these gals hav to face. wat i wanna say is just respect ur job n first of all trust urself. n giv a respect for urself. u will obviously succed

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nonsense article

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BASED ON REAL STORY….!!!!!!!!!!!!!
      EXCELLENT PRESENTATION WZ CRAZY WORDS
      ROMANTIC BUT LOTS OF HIDDEN DISTRESS
      SLAPPED ON SOCIAL VULTURES……

      KEEP IT UP !!
      BEST OF LUCK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • horizon

      Bullshit article…neither this contains any lesson…nor does it make any sense….manche ko dimag bigarne article….editor haru k herera baschan….esto article lai kina rakheko….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mr.Morrison

      yo kunai keta le nai lekha hola…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NIraj

      Its a reality story of dancer lady
      dancerko wastawik ghatana ma lekheko rahechha good

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anti horizon

      Horizon ji, tapai kasto article lekhnu hudo rai6a ek choti post garnu na hai mysansar maa.

      Its true that all our society is not ruined like as said in the article but this article is sucessful in reflecting one of many parts of the society.

      Author has done good job in this article through is creativity.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • विस्मृती

      शिक्षा पाउनलाई कथा हैन मित्र नैतिक शिक्षा भन्ने स्कुले किताव पढनु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनोज Middle,East

      “Bullshit” Your coments and you Mr.Horizon.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kesab

      the girl is great in her character. she is all the way independent. look at her answers like: to her landlord lady, to her daily customer named shikhar, to her so called vip customers, to her alcoholic customers. and again, you can see the responsibility, love, affection towards her family and friends. ITS GREAT ARTICLE…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dev

      kahilyai katha napadeko man6e ho ki kyaho……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lekhak ma khubi hunchha linga hudaina bro

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अस्ट्रेलिया माँ बसेर काठमांडू माँ बिताएका केही मस्ती हरु लाई सम्झी लेखेको लेख रहे छ…… माई संसार ले यस्ता लेख लाइ पनी इस्थान दिएछ… खुसी लागो ……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो भन्दा अगाडि बसेको घरमा त घरबेटीसँग नै झगडा गरेर निस्कनु पर्‍यो। “सधैं राती राती ढिलो आउछेस् तेरो चाला के हो?” भनेर एकदिन झगडा गर्न सुरु गरिन् है; मेरो पालो, “आफ्नो बुढा र छोरो राती राती कहाँ गएर ढिलो फर्किन्छ कहिल्यै चासो लिएकी छौ?” nice words brabo!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनोज Middle,East

      Ma pani long time dekhi unhako waiting ma chhu,plz Susma ji, yo coment herne kasta garnu bho bhane mysansarma aaune koshish garnu na la.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • luna ji tapai chahi kata haraunu bhayo ni?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • luna di thanks for reply
      by d way whats d web add for satalite’s blog..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hem

      Jaya ! kathmandu !!
      Jaya ! ma !! ( Story ki ma)
      Jaya ! Shikhar !! (Nang0 banayera Ratnapark ta ghumainachhas)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Introducing for the very first time, a platform which would not only serve as a stepping stone for the aspiring & established talents but also as a big source to the film makers to search & view our database.

      Bollywoodhunts.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • “शर्ट-कट हिड्नु पर्छ बुझिस्? छिटो पैसा कमाउनु पर्छ, की त चोरी नै नगर्नु चोरे पछी अली धेरै चोर्नु”,”हाम्रो बिजनेशमा यस्तै हो।”
      ‘ तर त्यसको जिन्दगीको त्यही मालिक, मलाई बाल मतलब।
      गर चेली हो गर!!!!! नेपाली चेली हरु ले गर्नेनी यत्ति र छ त बिदेस माँ !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम प्रसाद घिमिरे CA

      धन्यवाद ,
      कथालेख्ने मित्रज्युलाई एउटि नेपालि चेलिलाई
      नगरबधु बनाउने प्रयास गरिएको रहेछ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jay ji ho ki jaya ji ho katha aafnai paryo ki…? tara jasko katha bhaye ni sunera dukha lagyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      Suraj bro !
      i am here . if u want to find little more then click in SateLite’s blog . i try to wrote few story there .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rabin kaale

      luna ji,
      tapai ko lekh padhne thulo aasha gareko chu ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bideshi

      I don’t know what you didnt get in the story there…you said typical Nepali?? did you ever wrote any articles?? giving comments are easy tasks here but making stories are big one…Bismriti..your comments are baseless and cheap…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Catogary same paryo ki kya ho Suntali?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sashi

      kati sahi kura bhannubhayo sushil jee….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • titepaati

      wow sushil ji..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aashica

      very real story . This story has represented the real situation of nepali girls who is coming outside in KTM.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishol

      मलाई पनि यो लाईन पार्ट राम्रो लाग्यो। समग्रमा लेखमा बास्तबिक्ता छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जय, सिड्नीबाट

      Terrific psychoanalysis of the character, exclusive feedbacks, awesome comment! loved it. Thank you kindly for your effort and interest.

      Best Regards

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Adhikary

      Parashuramji,
      you have deep insight to look on a piece of literary composition. I am sure you can make a very good creator yourself. Why not you start writing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Neil

      Hangma, Timro kura sachhai hang ma nai 6. La la comments haru lekhdai gar limbuni kanchhi.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker