मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फोरमको फुटसँगै बढेको चिन्ता र चुनौति

    - दीपक अर्याल
    मधेशी जनाधिकार फोरम औपचारिक रूपमा फुटेको छ। यसले पहाड केन्द्रित पार्टीहरूलाई केही खुशी तुल्याएको हुनुपर्छ त्यसो त यससँग प्रतिस्पर्धा गर्ने मधेश केन्द्रित पार्टीहरू पनि खुशी नै होलान्। कतिपय पहाडीया मानसिकता बोकेर हिडेका सर्वसाधारणले पनि यस फुटलाई आफ्नो जितको रूपमा परिभाषित गर्न सक्लान् तर यस फुटले समग्र देश र विशेषत: मधेश र मधेशी जनता भने पक्कै हार्नेछन्।

    फोरम फुट्नाका धेरै कारणहरू हुन सक्छन्। खुम बहादुर खड्काको सकृयतामा गच्छेदारलाई उप-प्रधानमन्त्री बनाइनु आफैमा रहस्यमय छँदैछ। त्यसबाहेक पनि गच्छेदारलाई उप-प्रधानमन्त्री दिन गिरिजा प्रसादको जोडले अन्य कुराको पनि सङ्केत गर्ला। जसका कारणले वा जे निहुँमा पार्टी फुटे पनि यसले समग्र मुलुकलाई पछाडि धकेल्ने र शान्ति-सुव्यवस्था खल्वल्याउने काम बाहेक अरू कुरा केही गर्ने छैन। यस फुटले गच्छेदारलाई व्यक्तिगत रूपमा त्यति हानी गर्ने छैन। उनी भोलि नेपाली काङ्ग्रेसमा वा थारू आन्दोलनमा छिर्न सक्नेछन्। उनको आफ्नो क्षेत्रमा रहने वर्चश्वले चुनाव जित्न र फेरि पनि सांसद वा मन्त्री हुन पनि गाह्रो हुने छैन। तर, समग्र मधेश आन्दोलनलाई भने यस फुटले घाटा नै पार्नेछ। त्यसो त गच्छेदारसँग थारू समुदायका सांसद वा कार्यकर्ताहरू मात्र गएका छैनन् तर उपेन्द्र यादव वा जेपी गुप्ताले भविष्यमा गच्छेदारलाई कुनै खास जात वा क्षेत्रको मात्र नेताका रूपमा परिभाषित गरिदिनेछन् र यसलाई मधेशी जनताले पत्याउने पनि छन्।

    कुनै पनि राजनीतिक पार्टी फुट्नु वा जुट्नुले समग्रमा लोकतान्त्रिक पारिपाटीलाई असर पारिदिन्छ तर फोरमको फुटले भने नेपालको राजनीतिक द्वन्द्वलाई बढाउने निश्चित छ। वर्षौदेखि उत्पडित र उपेक्षित मधेशी  युवाहरूका माझ लोकप्रिय यस पार्टीको विभाजनले मधेशी युवाहरूलाई थप निराश बनाउनेछ। यो निराशाको फाइदा तराईमा हतियार उठाएर आन्दोलन गरिरहेका शक्तिहरूले लिन सक्नेछन्। चुनाव र प्रजातान्त्रिक धारमा समाहित भइरहेको पार्टी फुट्दा यसका कार्यकर्ताहरूमा छाउने निराशा पक्कै पनि देशको हितमा हुनेछैन। त्यसबाहेक यसले तराई भित्र पनि समस्या पैदा गर्ने नै छ। खास क्षेत्रका पिडित र उपेक्षित जनताले आशा गरिरहेका बेला पार्टीहरू फुट्नाले समग्र पार्टी, सिस्टमप्रति निराशा पलाउनेछ। यसको फाइदा स्वत: हतियारधारी समुहले उठाउनेछ  र मधेशमा पनि यो हुनेछ।

    कुनै बेला एमाले फुट्दा एमालेबाट माओवादीमा जानेहरूको संख्या बढे जस्तै वा माले र एमालेको एकिकरण पछि पनि मालेका कार्यकर्ताहरू एमालेमा समाहित नभएर माओवादीतिर लागेको कुराले पनि यसैलाई इङ्गित गर्छ। युवाहरूमा हुने जोशले क्रान्तिकारिता खोज्ने हुँदा उनीहरूको पलायनलाई रोक्न जरूरी छ। उनीहरूको उर्जालाई देशको समग्र विकास वा देशको मूल धारमा समाहित गर्न सके मात्र विद्रोह वा हतियार मोहलाई कम गर्न सकिन्छ। परन्तु, फोरमको फुटले यसभित्र समाहित युवा वर्गलाई विशेष निराश गराउनेछ र उनीहरू फोरमभन्दा बढी क्रान्तिकारी वा उग्र ठानिने मधेशका अन्य हतियारधारी समूहतिर आकर्षित हुने सम्भावना रहन्छ।

    यदि यो क्रम बढ्यो भने समग्र राज्य व्यवस्थाले पनि दु:ख पाउनेछ र मधेशका जनताले पनि दु:ख पाउनेछन्। त्यसबाहेक यस फुटले कहीँ न कहीँ तराई र मधेश अथवा “थारू” र “मधेशी”का विचमा रहेको विभाजनलाई बढाउने नै छ जुन दुवै समूहका लागि हितकर हुनेछैन। हातमा आउन लागेको अधिकारलाई गुमाउने वा कमजोर पार्ने गरि भएको यस विघटनबाट मधेशी नेतृत्वले पाठ सिक्न जरूरी छ। मधेशी नेतृत्वमाथि लाग्दै आएको सत्तालिप्साको आरोपबाट बच्न पनि मधेशका युवाहरूले राजनीतिमा प्रवेश गरेर पुराना पुस्ताका नेताहरूलाई पाखा लगाउने दिन आएको छ। समग्र मुलुकले नै नयाँ नेतृत्व खोजिरहेको सन्दर्भमा मधेशी नेतृत्व नयाँ भए पनि पाको हुन नसकेको वर्तमान अवस्थामा मधेशी युवाबाट त्यो पाकोपनको आशा गर्न पक्कै सकिएला।
    फोरमको फुटले फोरम नजिकका युवाहरूलाई निराश पारे पनि समग्र मधेशी जनता निराश हुनु पर्ने अवस्था भने पक्कै छैन। मधेशमा बसेका समग्र जनताले केही समय अझ दुख, अन्योल र पीडा भोग्नु पर्ला तर मधेश आन्दोलनले पाएको उपलब्धी खोस्ने तागत अब कसैमा पनि छैन। त्यसैले वर्तमानबाट पाठ सिक्दै सुन्दर भविष्यको लागि जुट्नका लागि जाँगरिला समग्र मधेशी युवासँग अनुरोध।
    अस्तु,
    deepakaryal@gmail.com

    No related posts.

    73 comments to फोरमको फुटसँगै बढेको चिन्ता र चुनौति

    • H Ojha

      Deepakji,
      You are almost right, but you got to study more about madesh, madhesi, tarai, pahad and pahadi before writing. Learn before you write!!! thats all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Garima

      Dherai ramro bhayo name nai phoram bhayepa6i na phori pani ta bhayena ni name anusar ko kam very good phora

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ram Kumar

      रामायणमा उल्लेख गरीएको पंक्ती याद आयो । बिभिशण ले रामलाइ परिचय दिदा एउटा रामको योद्धाले भनेका थिए -बिश्वास नगर्नु रघुनाथ यी त दूष्टपो हुन्) नेपालथर लेखेर पक्का नेपाली देखाउने गीरोहको नाईके लाई देखि हाल्यौ । नेपाली मातृ भाषा भएको नटक पनिर्
      गर्छन् यस्तो भित्री गीरोहको नेपाल र नेपाली प्रति माया छैन भने ,न अनुहार मील्ने नभाषा मिल्ने न रहसहन मिल्ने नेपाली भाषीलाई पहाडीया भनेर भारतीय गन्हाउने मुख को झल्को जस्तो लाग्ने । यीनि हाम्रा नजीकका रिलेटेड होइनन् जस्तो लाग्छ । यीनि फुटुन जुडुन जुन अबस्थामा पनि हामीमाथी गन्हाउने सास फर्ेन छोड्ने छैनन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • K ko Neta? Sarkar? Haruwa, chor.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • autoPILOT

      सप्पैको कमेंटहरु सारै राम्रा छन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sonam

      Forum split due to leadership issue. If Upendra yadav had got DPM then Vijay would have split. These people fight in the party and ask the people to suffer by calling a band.

      What We need now is for the ministers to decleare their property when being appointed ministers and also after they have left the ministry. If they do not do this then they should be blacklisted and debarred from taking part in any political activity. But sadly our politicians will never do this as they only understand one language that is MONEY. For money they will sell Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gagne ji tapaiko yo commentlai sahamat
      गिरिजाको ग्रयान्ड डिजाइन-GGD
      प्रचन्ड र माओवादीलाई देश र समाजको लागि केही गर्न रोक्ने!
      माधव नेपाल लाई एक पटका प्र म बनेरै छोड्ने सपना पुरा गराइ आमाको श्राद्द गर्ने कसम पुर्याइदिने!
      छोरीलाई उप्-प्र म या सरकारमा कांग्रेसको नेत्रित्वो दिलाइदिने!
      फोरम मा फुट ल्याइदिने!
      एमाले मा फुट र अस्तब्यस्त पार्ने अनी जनताको दृष्‍टिमा गिराइदिने!
      आदी आदी कुरामा गिरिजा सफल भयको छ।
      तर यस्ले माओवादीलाई हदै फाईदा गरेको छ।
      पुरातन बादी र लोभि पापी, जनबिरोधी, कुर्चिमोही हरु जनतामाझ सर्बांग नांगियको छ।
      देशलाई माओवादीको आवश्यकता खड्कियको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kale jisangha shamat chhu (अतः जब २/२ ठाउँबाट जनताद्वारा तिरस्कृत माधव नेपाल प्रधानमन्त्री हुन्छन् भने निर्वाचन आयोग र त्यसले गराउने निर्वाचनको औचित्य नै के रह्यो? अब प्रमुख आयुक्तले मात्र होइन आयुक्तहरुले समेत राजीनामा गरेर निर्वाचन आयोग नै खारेजी गरे पनि वर्तमान परिप्रेक्ष्यमा कसैले अन्यथा नलिए हुन्छ।)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ajay

      india ko kura mann suru ma talmatol forum le gareko hunale antat india le forum phutaer chhareko chha. isle ek choti pun savit gareko chha ki india terai-madhesh ra nepal birodhi ho…matra aafno phaida ko lagi nepali neta haru lai use gardo rahechha..badhai chha india ko agents girija, madhav, oli, layait sabai lai….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GK

      अहिले प्रम माधव नेपाल काँग्रेससँग ठूलो ऋणी वन्न पुगे यो ऋण चुक्ता गर्न एमाले नै भएर पाउ लागि गरिरहने कि नेका (प्रजातान्त्रिक) या यस्तै अरु नामको कुनै पार्टी नामाकरण गरी काँग्रेससँग निकट भविष्यमा पार्टी एकिकरण गर्ने भन्ने बारेमा एमालेले पार्टीभित्र छिट्टै वहस चलाउनेछ भन्नेसमेत हामिले अनुमान गरेका छौं । उनले आफ्नो संवोधनमा माओवादी नेतृत्वको सरकारले गरेको संझौता, निती तथा कार्यक्रमहरु लागु गरिने, माओवादीसँगको सहकार्यबाटै अघि बढ्ने प्रतिवद्धता जनाएको भोलीपल्ट एमालेको नेतृत्वमा बसेको २२ दलको बैठकले माओवादी सरकारले अवकास दिएका रुक्माङ्गत कटुवाललाई प्रधानसेनापति कायम गरी उक्त सरकारले नियुक्त गरेका कामु प्रधानलसेनापति कुलवहादुर खड्कालाई अवकाश दिने निर्णय गर्नु र उक्त सरकारले गरेका सबैजसो निर्णयहरु वदर गर्न खोज्नु नयाँ गणतान्त्रिक नेपालको संविधान लेखन र शान्ति प्रक्रिया धरापमा मात्र होइन समुल रुपमा नष्ट भई वि.सं १९०३ को जंगवहादुर फेरी आधुनिक रुपमा दोश्रो कोत पर्व लिएर उदाउन लागेको हो कि भन्ने हामिलाई त्रास वढेको छ

      good comment by kale. i like it!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G raj

      Do you friends? Who are Bijay and Upendra, both are black listed in my view, Bijay is old congress and Upendra is old Moast, why they left their old party ??????? to get HOT chair to earn money, Upendra yadhav you pls try to be like Dr. Upendra Mahato, dont be like as you know,, try to be change and dont fight for chair , it will hamper you,

      all dear youth of nepal , now we have to keep weapen in our home like a youth a weapen for our security then these all crazy politican will be killed,,

      Thanks#

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khusi

      दीपक जी,
      मधेशी जनाधिकार फोरम फुटेकोमा अरु पार्टीहरु पक्कै पनि खुशी भये होलान, तर देशमा स्थिर्ता चाहने कुनै पनि नेपाली खुशी भएको होला जस्तो मलाई लाग्दइन। यो article मा भनिये जस्तो केवल मधेशी युवाहरू निराश हुने कुरा बिल्कुल गलत हो।
      तपाईंले भनेझै मधेशका युवाहरूमात्र होइन सारा नेपालका युवाहरु राजनीतिमा प्रवेश गरेर पुराना पुस्ताका नेताहरूलाई पाखा लगाउन सके देशको बिकास हुने केही सम्भावना देखिन्छ, तर यो फूटबाट निराश भएर फोरमभन्दा बढी क्रान्तिकारी वा उग्र ठानिने मधेशका अन्य हतियारधारी समूहतिर आकर्षित हुने युवाहरुबाट त के देशको बिकासको के आश गर्न सकिन्छ र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुरेन

      फोरम मात्र होइन गिरिजा मरनु पर्छ अनी कांग्रेस पनी फूटन पर्छ अनी मात्र नेपालमाँ सांति आउछ नत्र भने नेपालमा सन्ति सम्वब छइन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yesta neta haru le ta yamlok ma gayera yamrajko kurchi pani chhadne chhainan, kurchi ma basne baani pari sakyo ani k garne?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santos

      Nepali congress ko naam bata “nepali” bhannay word hataunu parla jasto chha .kunai angle bata nepali ko lagi kaam garira chhiana.indian dalal chor haru india lai khusi parchaan ra kukur jasto india lay diya ko roti ma bachhan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hajur

      yo sab kurshiko kamal ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यी धोत्ति हरुको न पहिला बिश्वास थियो न अहिले हुन्छ.यी अपराधीहरु त धमिलो पानीमा माछा मारेर नेपाली जनताहरुको आलो रगत पिउन आएका हुन्.यी ज्यान्मारहरुलाई यो ठाउँमा ल्याउनमा कांग्रेस र एमाले भनाउदा देस्मारा हरुको पनि कम हात छैन.हे नेपाली जनता हरु हो अब त एउतै विकल्प बाँकी छ हामीसंग र त्यो हो -सबै नेता नामका किर्नाहरुलाई आ आफ्नो क्षेत्रमा घसेतेरा ल्याई जिउंदै आगो लगाएर खरानी पारनी .यिनले अतिनै गरिसके.सबैभन्दा पहिला गिरिजा गिद्द लाइ प्र्त्रोल खन्याई जलौनी अनि क्रमस अरु डाँका हरुलाई चोक्टा पारेर काग र गिद्ध हरुलाई खुवाउनी.नत्र हांमी सधै मरिरहिने छौं.बस येही एउटा बाटो छ -कि यी रास्त्रघाती हरुलाई जलाउ कि आफै जलेर मार .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yo sabai Girja ji ko natak ho party lai baiman asafal banahera afno party daro banahune ho tara khai netaharule bujeka?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देवराज जोशी, कैलाली

      राजनैतिक पार्टी तथा नेता हरुले निहित स्वार्थमा डुबेर सिद्धांत र निष्ठां विहीन राजनीति गरेको देख्दा युवाहरुमा चरम निराषा बढेको सहीहो चाहे त्यो मधेश होस वा पहाड, नेपालमा जति धेरै पार्टीहरु छन त्यति विविध समस्याहरु छन जस्तो लाग्दैन, त्यसैले यी पार्टीहरुको कुनै औचित्य यहाँ देखिदैन. राजनीति त यहाँ दुकानदारी भएकोछ यी भ्रष्ट नेताहरूलाई कमाउने भाडो. त्यसैले अब बन्ने संबिधानमाँ जसरी पनि पांच वर्ष टिक्ने सरकार बन्न सक्ने गरी व्यवस्था गर्नु पर्छ, सके सम्म राष्ट्रपति कार्यकारी र जनता बाट प्रत्यक्ष निर्वाचित हुनु पर्छ र महाभियोगको अवस्थामा बाहेक कसैले हल्लाउन नसक्ने बालियों हुनु पर्छ. त्यसो नभए, राष्ट्रपति आलंकारिक र प्रधानमंत्री जनता बाट निर्वाचित र माथि भनेझै शक्तिशाली हुनुपर्दछ. नत्रभने नेपालमा राजनैतिक स्थिरता पनि आउदैन र दीपकजी ले भंन्नुभएझै युवाहरु निराश हुने र अतिवाद तिर आकर्षित हुने निश्चित छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      Girija/Makune/Oli are the Devil’s Ambassadors in this Earth.

      We great citizens of this Nation suffered enough.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      Otherwise, no sense of positive and better development of Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      Furtehr more they have to hanged to death and send to Hell.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      For the multiple crimes what Girija/Makune/Oli gangs did in the past and till to date, they have to be ganged. There is no other choice. As I told you as in Texas.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      We are richer in every aspect than poor, hell begger India.

      We can have free health facilities, better and free Universities to Ph D, better services in ever aspects of Government and private sectors. We all citizens are better than Indains and most of the 90% countries in this World.

      Nepal is bigger and better/richer than 60% of this Worlds other countries. We deserve better, our country deserve better. Not Indians beggers.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      Can you ask progress report of Makune/Girija or Oli what they have done at least one thing fr the benefit of this great nation and its citizen ?. They are the looters, suckers and beggers of India. Nothign else and nothing more than that.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      Can you please tell me how many pages of Constitution has Makune wrote to date being the Chairman of the Constitution writing committee ?.

      Just he was eating the salaries of tax payers your and my money but nothing was doing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      Girija/Makune/Oli gangs are Hidian beggers. came to Nepal as beggers and they made us beggers.

      We must send them to that hell from where they came from.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      All patriotic nepalese must unite as bunch of matches, so that no one can break.

      No more criminal unalphabet suckers rule this great nation Nepal and its honest, polite and diligent citizens.

      Enough is enough. These criminal gangs must go far away to India or make jail at Himalayas to lock them up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhabuk

      फोरम फुत्नु पर्थ्यो फुट्यो यो त ठुलो कुरै भएननी किनकी कांग्रेस बाट आएका गछ्दार र माओबादी बाट आएका उपेन्द्र एकैठाऊ कसरी मिल्नु अब पालो एमाले को छ र मलाई अचम्म लाग्छ ओली र बामदेव वा झलनाथ कसरी एकै थाउ माँ बस्छन होला? बास्तव माँ भंनेहो भने अब एमाले पनि फुत्नु पर्छ किनकी एमाले लाई के पि जस्तै धमिरा ले खाएर आज यो स्थानमा पुर्याएको हो. तसर्थ अब संपूर्ण पार्टी हरुबाट क्रांतिकारी शक्तिहरू एकैठाऊ उभिनु पर्छ र देश द्रोही हरु र भारतीय बिस्तार्बाद को अन्त्य गर्नु पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हे पशुपतिनाथ यस्ता अरुको इशारामा नाचने नेता जन्मनू भन्दा त
      नेपाल आमा को गर्भ मई तुहेको भए जाती हुथ्यो
      कमती माँ देश रोएक्को हेर्न त पर्ने थिएन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      They sucked this great nation and us all excellent citizens so long that they made us beggers like they came from India as beggers. \
      They know only how to beg, not work. So thay know how to make us beggers.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      Girija/makune/Oli illiterate gangs criminals, must go to heel as soon as possible.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hardic

      हे भगवान यि कर्तुत, कुलाङर नेताहरुबाट नेपाल लाई बच्चाउ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भसिर

      नेका नि फुटे हुन्थ्यो… राजतन्त्रमा पनि त्यही चोर-डाँका मन्त्री हुन्थे अहिले ‘गणतन्त्र’मा नि त्यो अझै छ… उपेन्द्र यादव सक्षम नेता हुन् तर उनले चोर-डाँकाहरुसँग दोस्ती गरेर पार्टी बनाए आखिर तिनैले खाईदिए फोरमलाई..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Kumar

      जे कुरामा पनि ब्यक्तीत्व चाहीन्छ । यहाँ मेरो जिल्लामा एमाले र कांगे्रस नेता भनाउदा
      हरुको बुद्धि देख्दा यीनि बाट हाम्रो भबिश्य उज्यालो होला भन्नेत कहीबाट बाटो
      देखीदैन । कोही पढेलेखेको मान्छे त्यो ग्रुपबाट भेटाउन गाह्रो छ । त्यस्तै खरीदार
      माधव नेपालको दिमागको मूल्याङ्कन त्यहींका जनताले जानेका होलान । तब न
      चुनबमा पराजीत भए । दिमागले काम गर्ने खुपी भएकोभए संसारलाई हँसाउने गरी
      प्रधान मन्त्री कीन बन्दो हुन । मासुखान मनलाग्यो भन्दैमा आमाको मासु खानु भनेको यो नसा खाएको दानवले मात्र गर्छ । नैतिकताको ख्यालगर्नेले उनकोबिचारमा चाहेकानुनले देवस् तापनि देशको परर्ीबर्तन गर्ने सम्बाहकको रुपमा माओबादीले जनताबाट जनादेश पाएका थिए । जनाधार नभएर पनि प्रधानमन्त्री भएको देख्दा उनीमासुको लोभीनै भएर मतृभूमिको घाँटीरेटीरहेको दृश्यको झल्को आँउँछ । दर्ुइ दिन प्रधानमन्त्रीबन्नलाई जोकर बन्नपछाडी नपर्ने धन्यहो । अब मधेसी फुट्नाले
      उनि अझै बुद्धू साबित हुनेछन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आकाश रेग्मी पाल्पा तानसेन

      j bo ramrai bho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kale

      yes kiran कुर्सी देखेपछि fataha नेताका तीन नेत्र

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kale

      कुर्सी देखेपछि नेताका तीन नेत्र भनेको यै हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AnilK

      कस्तो मती बिग्रेको दिन प्र म भएछ माकुने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MAKUNE haruwa team resign ASAP to seek the way for consensus GOV. Your government is weakest in the history and you can’t do anything…comon man

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surace, sydney

      chinta linu parne kunai karan chaina sathi ho. forum futyo, desh bachyo. forum jutyo, desh futhyo……. j bho ramro bho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sidhanta Ram

      Deepakji,

      You are right that ultimately the country will suffer because of these petty fractions and frictions within the parties and leaders. There is no question about that.
      However, a straight forward review of the current situation shows that we must hold Girija responsible for all of it what is going on now. It seems GPK is willing to do anything and go to any length in order to ensure a berth for her daughter in the cabinet. Gacchedar is taking benefit of it while Upendra Yadav’s anger may appear later on in one form or the other which will do only harm to the country on the whole. GPK even offered a ministerial berth to Arzoo Deuba just to pacify the Deuba faction in the NC in their opposition to Sujata’s representation to the government. The old man is the root of all causes in the current political situation. We should point finger where there is core of the problems. GPK should have played a role of an elder statesman and an experienced party president. Instead, he chose to be the father of Sujata and nothing else. GPK, with all his political accomplishments, has sunk to the ground level again. We know how he dissolved the parliament without the consent of his own party. We know how he quarelled with KP Bhattarai to dislodge him from getting elected. The fude between GPK and Ganeshman Singh is well known. This is not to say that GPK has no contribution to Nepal and Nepali politics. We also know when GPK and Makune were protesting in Ratna Park against Gyanendra’s direct rule for months with a marathon hunger strike, it was fizzling out until the Maoists came to support them. There are some people who live longer than their utility. I am afraid GPK is one.
      Uttar Shresthaji rightly painted GPK as a blind old man Dhritarashta of Mahabharat. His love for his daughter is far beyond the love of the country and countrymen. May we have Nepali fathers who love their daughters so much, but may those fathers not be put in politics. Otherwise, we will have a disaster after disaster like GPK has created. He is solely responsbile for it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran

      कुर्सी देखेपछि नेताका तीन नेत्र भनेको यै हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Borte shrestha

      दीपक अर्याल जी तपाई मधेश आन्दोलन को समर्थक होकी मधेशी फोरोम को?
      मधेश आन्दोलन के फोरम ले मात्रै नेत्रित्वो गरेका छन त? के देश माँ मधेशी जनताले मात्रै दुख पाएका छन त? अरु नेपाली जनताले दुख पाएका छैन ?
      दीपक जी तपाई त तराई मधेसी जनतालाई भ्रम माँ पार्न खोज्दैहुनुहुन्छ / तपाईको लेख बातै थाहा हुन्छ की तपाई कति भ्रामक प्रचारक हुनुहुन्छ भनेर / हेर्नुश भारतीय बन्दूक बोक्दैमा मधेश शोतंत्र हुने छैन त्यों एक बिखंदन हुने छ , नया नया फोरम जन्मिदैमा बास्तबिक पिछदियका जनताको भलो हुने छैन/ फोरम माँ कोई छ देश लाइ माया गर्ने ? यसका सबै नेता हरु कुनै न कुनै पार्टी छोडेर फ़ुताएर आफ्नो स्वार्थ लुत्न बनेको एक झुन्द पार्टी हो / यिनिहरू फुतेपनी बस्ताबिक सोसिद पीड़ित जनाताहरुलाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै हो / बास्तब मा यिनिहरूले पनी तराई मधेश तथा संपूर्ण जनतालाई भ्रम मा राखेकै छ ,तपाईको भ्रामक लेख जस्तै / अस्तु /
      बोर्ते श्रेष्ठ जापान /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      गिरिजाको ग्रयान्ड डिजाइन-GGD
      प्रचन्ड र माओवादीलाई देश र समाजको लागि केही गर्न रोक्ने!
      माधव नेपाल लाई एक पटका प्र म बनेरै छोड्ने सपना पुरा गराइ आमाको श्राद्द गर्ने कसम पुर्याइदिने!
      छोरीलाई उप्-प्र म या सरकारमा कांग्रेसको नेत्रित्वो दिलाइदिने!
      फोरम मा फुट ल्याइदिने!
      एमाले मा फुट र अस्तब्यस्त पार्ने अनी जनताको दृष्‍टिमा गिराइदिने!
      आदी आदी कुरामा गिरिजा सफल भयको छ।
      तर यस्ले माओवादीलाई हदै फाईदा गरेको छ।
      पुरातन बादी र लोभि पापी, जनबिरोधी, कुर्चिमोही हरु जनतामाझ सर्बांग नांगियको छ।
      देशलाई माओवादीको आवश्यकता खड्कियको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amit

      गिरिजा (गी + रि + जा) बाचुन्जेल नेपालमा शान्ति र नया नेपालको कामना नगरे हुन्छ; हे यमराज गिरिजा संग सुजातालाइ पनि बोलाऊ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuwaa Sharma

      Forum phute COngress and UML lai phaidaa hun6. forum kunai party haina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sujan

      नेपालको राजनीति लाई अपराधिकरण र भ्रस्टिकरणको दिशामा लैजान काङ्रेस र एमालेको ठुलो भूमिका छ एकपटक यसैको पुनराब्रित्ति भएको छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lal Chemjong

      kauwa lai bel pakyo harsha na bismat

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kapil

      deepak aryal ji malai tapaile surumai lekheko maan parena ko pahadi po himali ra ko ho tarai basi tapai patra kaar bhayera surumai aasto impreesion dine lekha lekhane ho ra……….. hami sabai nepali ho nabhulaam kasaile….. asfuut bata aadi tarai basi haru chintit bhako chhan bhane himali ra pahadiya pani chintit bhako chhan………..

      kapil
      sydney australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kale

      अहिले प्रम माधव नेपाल काँग्रेससँग ठूलो ऋणी वन्न पुगे यो ऋण चुक्ता गर्न एमाले नै भएर पाउ लागि गरिरहने कि नेका (प्रजातान्त्रिक) या यस्तै अरु नामको कुनै पार्टी नामाकरण गरी काँग्रेससँग निकट भविष्यमा पार्टी एकिकरण गर्ने भन्ने बारेमा एमालेले पार्टीभित्र छिट्टै वहस चलाउनेछ भन्नेसमेत हामिले अनुमान गरेका छौं । उनले आफ्नो संवोधनमा माओवादी नेतृत्वको सरकारले गरेको संझौता, निती तथा कार्यक्रमहरु लागु गरिने, माओवादीसँगको सहकार्यबाटै अघि बढ्ने प्रतिवद्धता जनाएको भोलीपल्ट एमालेको नेतृत्वमा बसेको २२ दलको बैठकले माओवादी सरकारले अवकास दिएका रुक्माङ्गत कटुवाललाई प्रधानसेनापति कायम गरी उक्त सरकारले नियुक्त गरेका कामु प्रधानलसेनापति कुलवहादुर खड्कालाई अवकाश दिने निर्णय गर्नु र उक्त सरकारले गरेका सबैजसो निर्णयहरु वदर गर्न खोज्नु नयाँ गणतान्त्रिक नेपालको संविधान लेखन र शान्ति प्रक्रिया धरापमा मात्र होइन समुल रुपमा नष्ट भई वि.सं १९०३ को जंगवहादुर फेरी आधुनिक रुपमा दोश्रो कोत पर्व लिएर उदाउन लागेको हो कि भन्ने हामिलाई त्रास वढेको छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kale

      कमरेड मदन, सत्य तथ्य घटनाको आधारमा हामिले तपाँइको मृतात्मालाई यो उजुरी-पत्र पेश गरेका हौं । सर्बोच्च अदालतमा उजुरी गर्दा राष्ट्रका यस्ता संवेदनशील विषयमा कम्तिमा पनि उसलाई १ बर्षको समय लाग्ने हुनाले र जनताको वहुदलीय जनवादको मुद्दा तपाँइसँगै संवन्धित भएकोले यथासिघ्र फैसलाकालागि पेश गरेका छौं ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kale

      अतः जब २/२ ठाउँबाट जनताद्वारा तिरस्कृत माधव नेपाल प्रधानमन्त्री हुन्छन् भने निर्वाचन आयोग र त्यसले गराउने निर्वाचनको औचित्य नै के रह्यो? अब प्रमुख आयुक्तले मात्र होइन आयुक्तहरुले समेत राजीनामा गरेर निर्वाचन आयोग नै खारेजी गरे पनि वर्तमान परिप्रेक्ष्यमा कसैले अन्यथा नलिए हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजनिति गर्न र पार्टि फुटाउन् गिरिजासित् सिक्नु।हत्या गर्न प्रचण्ड सित सिकनु।पाला बदल्ने काम् माधव् नेपाल् सित् सिक्नु अति राम्रो हुन्छ्। बिजय पहिलेका पियोर कट्टर्बादी नेता र गिरिजासित उनको राम्रो सम्बन्ध थियो यही कारण नै उनले देपुटी `प्राइमिनिस्टर को पद पाए अब त्यसको बिरोध फोरममा हुने नै भयो किनकी उपेन्द्र यादवले नै काङ्रेश्बाट फोरममा ल्याएका हुन् त्यो बेला यादवले सपनामा पनि सोचेका थिएनन होला कि पछि म भन्दा यो धेरै पावरफुल् मान्छे बन्ने छ भन्ने।फोरम् फुटेकोमा सरकारलाइ फाइदा छ घाटा छैन् किनकि विजयजि पक्का काङ्रेसि नै हुन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      लेख सँग अलिक फरक भयपनी, यो गितिकथा हाल्न मन लाग्यो है गगनेलाई,

      माओवादीहरु नयाँ नेपाल बनाउने भनेर युद्द देखी शान्तिमा आय !
      जनताहरुलाई आशा अनी भरोशा दिलाय!!
      कोशीस पनि गरे, राष्ट्रियता र नागरिक सर्बोच्चताको नारा लगाय !!
      पुराना नेपालका कमैयाहरु,मालिकको भित्री बैठक देखी,बिदेशिको चर्पिसम्मा धाय!!
      पुरानै नेपाल को असत्ती र बापत्ती मिली उनिहरुलाई जबर्जस्ती घोक्रेठ्याक लाय !!!
      पुरानाले नौलो नेपाल बनाउने गीत गाय!!!!
      अनी, कही नभयको अनौठो नेपाल बनाय !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddha

      अब पनि त सरकार अल्पमतमा पर्‍यो नि। अबिश्वासको प्रस्ताब पारीत पो गर्ने कि? बिदेशीलाई कब्जा गर्न दिनु भन्दा त नेपालीले नै कब्जा गरेको राम्रो। आखिर देशको लागि त सोच्छ। माकुनेलाई सुनामीले डुबाउने भयो जस्तो छ। देशको हरीबोजोग हुँदा समेत आफ्नो आधिकारीक धारणा राख्न नसक्ने काङ्रेस,एमालेले के सरकार चलाउला र। कोइराला एन्ड कम्पनीको शेयर प्रभुले किनेको छदै छ,अली अली झोल पाउने आशामा एमाले पछी पछी लाग्दैछ। नाम मात्र कम्युनिस्ट राखेर कम्युनिस्ट हुइदैन। कि त नाम परिवर्तन गर्नु पर्‍यो कि त कोइराला एन्ड कम्पनीमा मजदुर हुनु पर्‍यो। जनतालाई रुप एक रङ अनेक देखाएर राष्ट्रको अस्मिता,अखण्डता,जनताको भाबना र बहुमुल्य भोट माथि तान्डब गर्न पाइदैन। चाकरीबाद,प्रभुको भक्ती,कुर्सीको मोहले गर्दा यिनिहरुले कहिलै पनि नेपालको प्रगती हुन दिने भएनन अनी जाती,क्षेत्रको आधारमा आएका मुद्दालाई प्राथमिकता नदिदा राम्रो। जब देश छैन भने स्वायत्त राज्यको कुनै अबसेस हुने छैन। पहिला देश बनाउ अनी भागबन्डा गर। पहिले नै भाग लगाएर बेच्ने अनी फेरी अरुको भागमा हकदाबिको मुद्दा नहाल।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      पहिले माओवादीको उपेन्द्र यादव र काङ्रेसको गच्छदार । यि डाँकाहरु देश र जनताको लागि जुटेका हुन र ????????????? कता बाट के गर्‍यो भने मत्री पाईन्छ भनेर हिंड्नेहरुले पद्को लागि पार्टी फुटाउनु के ठुलो कुरा भयो र ?????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जोनाम

      स्याबास गिरिजा बाऊ स्याबास..आखिर तिमी सग अरु को सक्छ/ मई हो भन्ने पर्चंडे त को तागत छैन गिरिजा सग अरु नेता साला मुलासाग,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shil

      yea,
      राम्रो मान्छे कहाँ धेरै वर्ष सम्म बच्छ. पापी,अधर्मी,लोभी,फटा……….. मान्छे मात्र बच्छ.
      सो नेपालीहरुले गिरिजा सासन भोग्नु पर्छ राजा झैँ नहात्य सम्म

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan kshe (sydney-bashi)

      shil ko kurama ma pani sahamat chu.jirga aja 100 barsa bachha ane tesko chori 200 barsa bachhay kena ke tesko buda ta pahela nai 100 barsa age maryo ne ,tha cha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raz

      Amit ko comment ma mero 100% sahamati chha. Ahile des jun abyabastha bata suffer garirakhaeko chha tesko responsible Girija nai ho.
      Girija Rajneta hoina Abhineta( villan) ho
      girija chhito gaya des ko bikash hune bato khulchha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kajumansingh

      raj ji, tapai ko kura ma mero 100% support.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sp

      mero pani support tapai lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • max16

      ke ho sarkar le purnata na pa ko rish pokhnu bhayo ne .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      Girija/makune/Oli illiterate criminal gangs shall be hanged like in Taxas for their criminal activities.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Sarki

      Sidhanta Ram jee,

      We are in 21st Century and not as you said as old dark ages as you have described.

      Nothing such any longer exists that we nepalese can be kept dark as before by such criminals of Girija/Makune/Oli gangs illiterate. You are wrong my dear telling the same old non-sense story again and gain.

      I never thought that you are still so primitive beyond 200 years of black Africans. I admire African citizens become so quick so progressive and doing very well.

      Do not be so primitive any more dear friend.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      हिजो गिरिजाको अर्कमण्यताले नेपाली नागरिकता प्राप्त गरेको नव नेपालीहरुको कारणले पनि मधेश आन्दोलन भएको हो । सच्चा नेपाली भुमीपुत्रहरुको चाहना र आवश्यकता भनेको बाँस गाँस र कपास हो । त्यो भन्दा तपसिलका कुरा प्राप्त गर्नको लागी यस किसिमका क्षेत्रिय मुद्दा उठाउनु आवश्यकता म त देख्दिन । नेपालका राजनैतिक प्रवृतीले जनजाती दलित मधेशी मात्र हैन यि क्राईटेरियामा नपर्ने पनि पिडीत छन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Nepali

      Siddhanta Ram is 100% right. Suresh Karki is the one living in fool’s world. It is because of chamcha person like you Suresh Karki that Nepal is in trouble.
      You must be from the stone age. You should know how to argue or present your views. I think you are more illiterate than Makune, Oli and Girija and it is because of you blind faith on them and not knowing what situation is in country. Do not think that you only know. You sound like a padeko illiterate person.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      तपाईं‍को कुरा चित्त बुझ्यो विस्मृतीजी । सच्चा नेपालीले कहिल्यै एक मधेश एक प्रदेशको नारा लगाउँदैनन् ।

      यो फोरम फुटेको भन्ने हल्ला होइन, एउटा ढ्यांग्रो हो । एउटा राष्ट्रघाति शक्तिलाई अझ ‘हाइलाइट’ गर्ने भारतद्वार रचित नाटक हो । नेपालको राजनीतिमा भाँडभैलो मच्चाउने षड्यन्त्र हो । यता राजनीतिमा अस्तव्यस्त उता सीमा मिच्न मस्त, यही भारती शासकको चाल । अनि अर्को कुरा आज गच्छेदार उपप्रम भए, भोलि उपेन्द्रले यादव प्रम माग गरे अचम्म नमाने हुन्छ । भोलिका दिनमा उपेन्द्र प्रम र ओली उपप्रम भए अचम्म नमाने हुन्छ । अहिले पनि सबै भारतपरस्तहरूले नेपाली राजनीतिको गिदी भरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रम, अहिले उपप्रम । यसको पराकाष्ठा अझै बढ्ने पक्का छ, यदि हामी जनताले र सञ्चारमाध्यमहरूले यी टट्टुहरूको फूटलाई बढाइचढाइ कुरा गर्ने हो भने । यस्तो नाटकलाई महत्व दिनु नेपालको हीतम छैन । होशियार !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • स्मृति जी
      “सच्चा नेपाली भुमीपुत्रहरुको चाहना र आवश्यकता भनेको बाँस गाँस र कपास हो ।”
      तपैका यी बिचार असाद्यै राम्रो छ ….. बास्तब माँ नेपाली लाइ सांति ले अफु ले गरेर खान पाऊ़ने अदीकार पाए भो…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • miltra paudel,uk

      हो साथी त्रास त बढेको छ तर प्राथना गरौं त्यो कु दिन हाम्रो देशमा कुनै पनि रुप्मा न आओस । बरु काल्गती ले भएपनी यो गिरिजा स्वर्ग को कुनै राज्य भये तेतै फाटो बनाउन छिटो लागे हुन्थ्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G Raj I 100 percent support in your words.Bijaya ghachedar want to support congress and Upendra Yadav want to support Maoist(p).Both leaders are selfsh and crazy.They both belive on money(paisa r masal).Kursi ko war ho.Upendra Yadav lahi mantri paye pachi mukhama bujo laagcha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शिखर

      चिरणजी !
      प्रजातन्त्रमा जनताको अभिमतको कदर र सम्मान हुन जरुरी हुन्छ । अन्यथा चुनाव किन गराउनु पर्थ्यो त? २-२ ठाउबाट जनताले नपत्याएका माकुने, चुनाव हारेकी विद्यादेवी, जनताले मात्र हैन कि आफ्नै पार्टीका नेताहरूले समेत नपत्याएकी सुजाता जस्ता फत्तुरहरुले प्रजातंत्रको सम्मान गर्न सिक्नुपर्छ । नागरिक सर्वोच्चताको मर्म भनेको के हो बुझ्नुपर्छ । संबैधानिक भनिएको राष्ट्रपति रामवरण यादवले कार्यकारिणी प्रधानमंत्रीको निर्णय उल्टाएर आफु ख़ुशी गर्ने भनेको प्रजातंत्र हुन सक्दैन । यो त ज्ञानेंद्र कै निरंतरता हो भन्ने लाग्छ ।

      माओवादीले चुनाव जित्यो भन्ने डाहामा रन्थनिएर अन्तरीम संबिधानमा भएको सरकार बनाउने २/३ को प्रावधानलाई जबरजस्ती बदल्न कांग्रेस-एमालेले खेलेको घ्रृणित जाल र षडयंत्र नै अहिलेको बेथितिको लागि जिम्मेवार छ भनी अब तपाईहरु जस्ता, जो अझै पनि भ्रममा हुनुहुन्छ, ले राम्ररी बुझ्नुपर्नेहुन्छ । सबैलाई थाहा छ, भनिरहन पर्दैन कि संभिधानसभाको चुनाव संबिधान बनाउनका लागि नै भएको थियो। तपाईले भने जस्तो यो चुनाव हार्नेलाई मन्त्री र प्रधानमन्त्री बनाउन कै निम्ति त पक्कै थिएन। जनताले आफ्नो अमूल्य भोट दिएर जिताएका जनप्रतिनिधिहरु आज जनताको सम्प्रभूताको लागि सडकमा न्याय माग्न जानुपर्ने स्थितिको सृजना गरी जनताले नपत्याएका फत्तुरहरुले भरीएको विदेशी टट्टू सूद र पुरानो कट्टु कटवालहरु जस्ताको कृपा र आदेशमा चलने यो सरकार सेना र विदेशीको सरकार हुनसक्छ , तर वास्तविक जनताको सरकार यो हुन सक्दैन, तितो सत्य यही नै हो । बिदेशीको इशारामा, सेनाको घेरामा सरकार चल्नु भनेको नेपाली जनताको, राष्ट्रियताको घोर अपमान हो भने कुरा बुझिदिन मित्रलाई अनुरोध छ । हामी सबै नेपाली आफ्नो आत्मसम्मान र गौरवकासाथ बाच्न सिकौ ।

      हरुवाहरुको जमातले सरकारको नेत्रित्व गरेको सुहाउने कुरा हैन । यो त उलटो गंगा बगाउने असफल प्रयास मात्र हो भन्ने लाग्छ । जनताको चाहना एकातिर, सरकारको नेत्रित्व अर्कोतिर भएर देश चल्दैन ! जनताहरु जसले आफ्नो अमूल्य भोट दिएर जनप्रतिनिधिहरु पठाए उनीहरूको प्रतिनिधि बीनाको सरकारले जनताको लागि काम गर्छ भनेर कसरी विश्वाश गर्ने ?

      माकुनेको यो सरकार संविधान बनाउन मात्र बनेको हो रे ! हासो उठने कुरा भयो यो त ! ! समग्र शान्ति प्रक्रिया कतातिर जाने हो अब चिन्ताको विषय हो यो । मन्त्रीमंडल बनाउन नै मुश्किल भैरहेको अवस्थामा अघिल्लो सरकारले गरेका निर्णयहरु एकपछि अर्को गर्दै उल्ताउदै जानू भनेको सेना र विदेशीलाई ख़ुशी पार्ने र सत्ता टिकाउने घृणित चाल भन्दा अरु हुन सक्दैन। माकुने प्रधानमन्त्री २०६७ को चैत्रसम्म हैन कि फोराममा आएको फुटपछि उनका अब दिनगन्ती शुरू गर्दा हुन्छ । दुक्खसाथ भन्नुपर्दा एमालेबाटै घातप्रतिघात शुरू हुदैछ अब । झलनाथले “राजनीतिमा लागेको मान्छे सबैको चाहना त हुन्छ नै” तर… भनेको पक्कै सुन्नु भएकै होला ।
      शिखर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker