-घिमिरे युवराज-
कन्टेक्टर भाइको ढ्यापढ्याप आवाजले चालकलाई अझै अर्को गाडीलाई उछिन्न प्रेरित गर्यो। गाडीको तिब्र गतिले यात्रुहरु असन्तुलित भयौं। हामी धनकुटाबाट सिंधुवातर्फ उकालिंदै थियो। गाडीको गियर सहित चालक र कन्टेक्टरको कुराकानी पनि बढ्दो थियो। घरिघरि आफूसंगै टाँसिएर बसेकी मोटी दिदीसँग लालुपाते गफ चुट्दै मस्तराम थिए गुरुजी। म एउटै कुराको प्रतीक्षामा थिएँ, कुनै अपरिचित परुष त्यस्तरी जिस्कँदा ती महिलाको प्रतिक्रिया खतरै हुने हो कि! त्यस्तो केही भएन।
गन्तव्य स्थानमा सकुसल पुगियो भने पहाडी बाटोहरुमा गाडी चलाउनेहरु देउतै हुन् कि जस्तो पनि लाग्छ। विन्दास गाडी हांकिरहेका ती अधबैंसे चालक ठूलो घुम्तीमा स्टेरिङ घुमाउंदै चिन्ता सहितको जिज्ञासा बोले-”हिजो हामीले पुरयाएकी सुत्केरी बाँचिन् कि बाँचिनन् होला ! तिनी बाँचेदेखि मेरो दुःख त खेर जाँदैनथ्यो !” अचानक उट्पट्याङ गफबाट गम्भिरतातिर मोडिएका गुरुजीको कुराप्रति मेरो चास झन बढ्यो। “सिंधुवाबाट कि त झगडामा काटिएका मान्छे ल्याउनु पर्छ कि त बेथा लागेकी महिला। दुवैथरीलाई बचाउन उत्तिकै जोखिम हुन्छ। कति त बाटैमा चिम्लिन्छन्”-मोनोलग शैलीमा गुरुजी बोले। धनकुटादेखि उँभो लागेपछि गम्भिर विरामीले उपचार पाउन हम्मे छ। एम्बुलेन्स पाउन पनि गाह्रो। आपत्कालिन क्षणमा एम्बुलेन्स धनकुटाबाटै जाने रहेछन्। गाडीको गती अझै बढाउँदै उनले भने¬-”धनकुटाको एम्बुलेन्स सिंधुवा आइपुग्दा त म विरामीलाई धरान पुर्याई सक्छु।”
मेरो नजिकै बसेका ती चालकका गफ गर्ने साथीले मतिर मुन्टो बटारेर विश्वास दिलाउंदै भने-”गाउंलेको लागि एम्बुलेन्स उहांकै माइक्रो हो। दिनभरि यात्रु बोक्यो रातभरि विरामी।” पहाडी इलाकामा तिनको माइक्रोले एम्बुलेन्सको काम गर्दोरहेछ। गुरुजीको मोनोलग चलिरहको थियो-”हिजो त मैले सिंधुवाबाट धरान डेढ घण्टामै पुर्याई दिएँ। यस्तो तुफान हाँकेछु कि गाडी सिधै धरान अस्पतालमा छिरेपछि मात्रै रोकियो।” यस्ता समस्याहरुका विषयमा गुरुजी निकै सचेत झैं देखिए। अरुको दुःखसुखमा आफ्नो गाडीको काम आओस् भन्ने उनको धारणा थियो। “मैले पुर्याएका धेरै विरामी त बाँचेका छन् तर अस्ति एउटीलाई मरेर अस्पताल पुर्याएँ। हात छिराउने बित्तिकै गइछ।” हिलेभन्दा माथि जोरपाटीमा माइक्रो बस रोकियो। गुरुजीको मोनोलग पुरा सुन्न नपाई म ओर्लिनु पर्यो। मलाई ताम्लिङ पुग्नु थियो। बस विसौनीबाट करिव ३ घण्टा हिंडाई चम्किने भयो। एकछिनसम्म त्यही कुराले मनलाई ओगटिरह्यो-”हात छिराउने बित्तिकै गइछ।” बच्चा जन्माउन नसकेर बितेकी एउटी महिलाको कथा थियो त्यो।
हिंडाई मच्चियो। बाटोमा जंगल फडानीको प्रत्यक्ष दृश्य देख्न पाइयो। तराईका काठ ठेकेटारहरु पहाडका जंगलमा पसेका रहेछन्। पहाडका किसानहरुको खेतमा भएका रुखहरु जम्मै ठेक्कामा किन्दै उठाउँदै रहेछन्। हिलेदेखि माथि लागेपछि धनकुटाका भित्री गाउँहरु चुलाचुली, ताम्खवाका धेरै जंगलमा ठेकेदारहरुको प्रवेश भेटियो। बढेका रुख किसानले बेच्नु स्वभाविक थियो तर त्यहाँ वृक्षारोपणको कुनै छनक थिएन। ती रुखहरु काटिएका ठाउँमा किसानहरु खेती गर्ने योजनामा थिए। धनकुटाका डाँडा उजाड हुँदै थिए। वातावरण संरक्षण र वृक्षारोपण सम्बन्धी जनचेतनाका लागि सरकार, एनजिओ र आइएनजिओले प्रसस्त लगानी गरेका छन्। तिनले छापेका भित्ते क्यालेण्डर सम्भिmदै ती खुइले डाँडैडाँडा हिँडिरहेँ।
म यतिखेर बाजेहरुको कर्म थलो हेर्न निस्किएको। लिम्बुवानहरुले बसीखान नदिएपछि ९ सालमै मेरा हजुरबाले ताम्खवा छोडेका रहेछन्। मेरा बुबाको जन्म पनि तराईमै भएको रहेछ। आज हाम्रो परिवार तराईमा सबेको ५६ वर्ष भएछ। त्यही पनि केही मानिसहरु हामीलाई “सार पहाडीया” भनेर गाली गर्छन्। विश्वेश्वरप्रसाद कोइरालाले राजा, राष्ट्रियता र प्रजातन्त्र किताबमा लेखेको सम्झन्छु-”हामी ५० औं वर्षदेखि मधेसमा बसेको नागरिकले चाहिँ मधेसी राजनीतिको नेतृत्व गर्न नपाउने, भारतबाट १० वर्षअघि आएर नेपालको अंगिकृत नागरिकता पाउने मानिस चाहिं मधेसको आधिकारिक राजनैतिक व्यक्तित्व हुने !” भर्खरै सरकारले कुन कुन जाती मधेसी हुन् भनेर आफ्नो धारणा सार्वजनिक गरेछ। फेरि पनि हामी मधेसीमा परेनछौं। राज्यको नयाँ संरचना र संघियताको कुरा उठिरहेको बेला संयोगबस म मेरा बाजेहरुको थलो, घुम्न निस्किएको थिएँ। जताततै लिम्बुवान राज्य जिन्दावाद नारा पढ्दै म निरिह बाहुन घुम्दो भएँ।
परेवादिन गाविसमा पर्ने त्यो गाउंको जीवन अझैपनि बिकटनै रहेछ। गाउंका महिला किसानहरु ३ घण्टा हिंडेर आलुबेच्न बजारतिर लाग्दै थिए। खानेपानीको समस्या छ। विजुलीका तार छन् विद्युत छैन। बालबालिका पढ्ने राम्रो विद्यालय छैन। उपचार गर्न राम्रो स्वास्थ्य चौकी छैन। त्यही पनि केही परिवर्तन भैहाल्ला कि भन्ने आशमा छन् जनता। “आच्चै तपाई गोविन्द मास्टरका नाती हौ !” वि.सं. १९९३ मा जन्मिएका स्थानीय वीरबहादुर लिम्बु भन्छन्-”सातसालमा गोविन्द मास्टरसंगै प्रजातन्त्रको पक्षमा म पनि कुदेको। निरंकुसतालाई फाल्न कम्ता दुःख गरियो ? अझै उस्ताकोउस्तै छ।” वीरबहादुर धेरै अघिदेखि राजनीतिमा चासो राख्दा रहेछन्। “सानो देश छ कति लुछाचुडी गर्नु हौ। मिलेर बस्नु पर्ने”-मुख खुम्च्याउंदै भन्छन्-”पार्टीहरुको पनि कहिल्यै बुद्धि आएन।” तर ताम्खवामा उनमा जस्तै देश र राजनीतिको चासो सबैलाई छैन। त्यहाँका धेरै घरमा दिउँसो मान्छे भेटिंदैनन्। विहान सखारै गोठ झर्दारहेछन् दिनभरि उतै काम गर्यो, रात परेपछि घर पस्यो। वर्षौंदेखि धेरै मानिसहरुको जीवन यसरी नै चलिरहेको छ। हाम्रा धेरै घिमिरे दाजुभाइको दिनचर्या यस्तै रहेछ त्यहां।
प्राय वडामा एउटा विद्यालय भेटियो तर भौतिक पूर्वाधार खत्तम छ। कक्षा कोठाभित्र पनि धुलो उढ्छ। विद्यार्थी बस्ने बेन्च छैनन्। ८ कक्षासम्मको विद्यालयमा जम्मा ६ जना शिक्षकले पढाएर भ्याउनु परेको छ, त्यही पनि शिक्षक विदामा बस्छन्। एउटा विद्यालयको कथा यस्तो छ। महाकाली निमाविका प्रधानाध्यापक बासुदेव घिमिरेले एकपटक विद्यालयमा धेरै धुलो भयो भनेर डांडाबाट ल्याएको पानी स्कुल परिसरमा छम्किएछन्। “हाम्रा केटाकेटीलाई पढाउन छाडेर यी मास्टरहरुले समय खेर फाले। उल्टै खानेपानी पनि पोखेर सके”- भनेर झम्टिएछन्।
विद्यालयका सबै शिक्षकको ठहर छ, अविभावकलाई कुरा बुझाउनै गाह्रो। अनावश्यक कुरामा पनि सातो लिन्छन्। छोराछोरीको पढाइमा चाहिं चासो छैन। अविभावकसंग सम्बन्ध नबिगि्रयोस् भनेर कक्षा छोडीछोडी प्रअ घिमिरे १ घण्टा पर घर भएका तेजबहादुर लिम्बुको विहेमा पुगेर बाटोमा आउंदै थिए। २ कक्षामा पढ्ने केशव लिम्बु घरतिर दगुर्दै गरेको देखेर सोधे¬-”हैन स्कुल छुट्टी गरे कि क्या हो अरु सरहरुले ?” न्याउरो मुख लाएर केशवले भन्यो-”विहान भात खाको थिन अनि षडानन्द सरसंग छुट्टी मागेर हिंडेको।” शिक्षकहरुका अनुसार विद्यार्थीहरु यसरी बीचैमा हिड्नु सामान्य हो। अनि शिक्षकहरु नि ! भोली पल्ट ११ बजे विद्यालयतिर लम्किदै गरेका शिक्षक षडानन्द दाहाल बाटामा भेट भए। लजालु हांसो सहित भने-”गाउंमा खसी काट्न थालेको उतै ढिलो भयो।” स्थानीय राधा अधिकारी हाँस्दै भनिन्-”यी सरको ताल सधैं यस्तै हो। जहिल्यै एउटा बहाना बनाउंछन्।” त्यहांका विद्यालयका कक्षाहरुमा समयको कुनै पावन्दी वा नियन्त्रण छैन। शिक्षक र विद्यार्थी कक्षाकोठामा भेट हुनु ठूलै संयोग रहेछ।
पुरै गाविसमा घरहरु पातला छन्। म बसेको गाउं बाँझ बिसौनामा जम्मा १५ धुरी घर रहेछन्। हरेक धुरि परिवारका आफ्नै कथाव्यथा छन्। म बास बसेको घर अधिकारीको हो। घर मुली रमेश अधिकारी (४०) पैसा कमाउने सपना बोकेर कतार र साउदीअरबमा जम्मा ६ वर्ष बसेका रहेछन्। पाउनुसम्मको दुःख पाएर पुर्रपुरोलाई दोष दिंदै घर फर्किए रमेश दाइ। विदेशमा उनले गरेको दुःख सुन्ने जोकोही मान्छेका मन रुन्छ। उनी पनि रोएका छन् तर फेरि पनि उनी विदेश जाने योजनामा दलालको पछि कुदिरहेका छन्, भन्छन्-”भाग्य छ भने त राम्रै कमाई हुन सक्छ।” अलिक पर खड्काको घर छ। ४५ उमेरका गंगबहादुर खड्का गाउंभरीका पशुहरु बटुलेर हिंड्दै ४ दिन लाएर झापाको दमक बजार पुग्दा रहेछन्। श्रीमती हिरादेवीले भनिन्-”आइतबार विहानै हिंड्नु भो, अब बुधवार दिउंसोसम्ममा पुग्नु हुन्छ।” गंगबहादुरको जीन्दगी वर्षौंदेखि यसरी नै चलेको छ। “अहिले त जेठो दाजु पनि बासंगै जान थालेको छ”-एक घण्टा परको डेरीमा दुध पुर्याएर आएकी कान्छी छोरी (१३)ले भनिन्-”आमा स्कुल जान ढिलो भैसको, खै त भात”।
गाउं छोड्ने बेलामा एकजना ७७ वर्षीय बृद्धासंग भेट भयो। “घिमिरेका नाती आएका छन् भन्ने सुनेको थिएं। हेर्ने मन थियो। आउनै सकिन।” उनले आर्शिवाद दिंदै भनिन्-”लौ नानी आफ्ना बाजेको थलो हेर्न आउनु भएछ। खुशी लाग्यो। सबैले मान्ने हुनु, बढा हाकिम हुनु।” तिनै हजुरआमाको बढा हाकिम हुने आशिर्वाद् बोकेर ओरालो झरें। बाटामा गुरासका फूल बोकेर उभिएका कलिला नानीहरु भेटिए। तिनका कलिला मुस्कानले मन प्रसन्न बनायो। सोचें-”तिनको भविष्यको जिम्मा कुन सासक, कुन व्यवस्था वा कुन अभिभावकको चंगुलमा फसेको छ कुन्नि ?”
तल धनकुटा बजारमा लेखक कविहरु भेटिए। रमेशचन्द्र अधिकारी, राजेश राई, भेषराज कट्टेल, प्रकाश घिमिरे, किरणचन्द्र कार्की, सुमित्रा थुलुङ, भिषा काफ्ले, मणि कुमार श्रेष्ठ,मुकुन्द प्रयास, सन्तवीर लामा सन्देश विहानी आदि कविहरु कविता भट्याउंदै रहेछन्। प्रतिभा प्रक्षिप्तले प्रेमरस भरिएको गजल सुनाईन्
दुवै थुंगा आश गर्छन् चुम्बन कसलाई दिउँ
मेरो एउटै अंगालोको बन्धन कसलाई दिउँ
No related posts.









Ghimire Yuba Raj Ji tapai ko lekh kati mitho nibandhatmak rahechha. nice aticle. Derai ramro ati ramro
मन परे हरियो, नपरे रातो
0
0
दुवै थुंगा आश गर्छन् चुम्बन कसलाई दिउँ
मेरो एउटै अंगालोको बन्धन कसलाई दिउँ
प्रतिभाको गजल मिठो तिम्रो यात्रा झनै
शुभ यो कामनाको चन्दन कसलाई दिउँ ?
मन परे हरियो, नपरे रातो
0
0
hii
yuvraj ji
infact i havent stusy ur artical before this ,but it was really a touchy and very natural ,i want to thanks for writing reality of nepal thanks again
मन परे हरियो, नपरे रातो
0
0
yubaraj sir ma sanga kunai sabda rahena comment ko lagi/
ma ekohoro bhaye
really ekdum ekohoro
padhirahe
bas ma sanga yeti matra sabda cha
maiel kehi garna sakina mero desh ko lagi mero sickchya bayrtha cha, haatma certificate ko khosto liyera ma gareeb desh ma kaam khojna niskanchu
malai tehi para ki hali ba ki chori didile pant launubhako bhandai jiskyauche
abodh ichhya, ma jadauri dina pani hichkichauchu
ma thulo manche
ti hali ba ko gharma khar ko chano chuhida pani thapne bhada ekchinlai lina aauda meri aama ke sampati cha ra bhandai gali garchin
yo mero desh ho yubaraj sir
ani yehi kura uthcha, paribartan ko
dherai bolchan manche haru
sanghiya rajya ko mag
jaha ghar milauna sakdainan, eutai ghar ka manche milna sakdainan ani aatma nirnaya khojne rajya ko kura
meri eutai desh ki didi huna sakcha bahini sutkeri byethama aspataal ko mukh dekhna napayera marchin ma tehi desh ma sarkari ma kehi hudaina bhandai mahango fee tirera tauko dukhda nurshing home takchu
yo mero desh ho yubaraj sir
ma yehi bachchu
niriha ma bichara samma bhanna sakdina
yo mero desh ho yubaraj sir
मन परे हरियो, नपरे रातो
0
0
nice article!
मन परे हरियो, नपरे रातो
0
0
युवराज जी,
साह्रै राम्रो लेख्न्नु भएको रहेछ,एकदम मन पर्यो/
सरल र मीठो भाषा शैलीमा लेख्न्नु भएको रहेछ,साथै रोचक प्रसङगहरु प्रस्तुत गर्नु भएकोले मलाई त धनकुटा नै पुगे जस्तो लाग्यो/
यसरी नै भविष्यमा पनि आफ्ना रोचक कथा र घटनाहरुलाई समेट्नु हुनलाई म बिनम्र अनुरोध गर्द्छु/
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो लेख
मन परे हरियो, नपरे रातो
0
0
मेरो जन्मभूमी र पैत्रिक थलो हो धनकुटा तर आफू स्कुल पढ्ने बेला हुंदा नहुँदै तराइ (मोरङ्ग) झरियो । पछीसम्म पनि कम्तिमा बर्षमा एक पटक आफ्नो थात थालो आइन्थ्यो, मुग्लान भसिए पछी भने पाइएको छैन फर्केर जानलाई ।
पढाई सकेर एउटा स्यास्थ्य संस्थामा काम गर्ने क्रममा हिले, सिन्धुवा, जोरपाटी, तान्खुवा, हातिखर्क, घोर्लीखर्क र वारी भोजपुर अनी पारी तेह्रथुमका डांडा-पाखा, उकाली-ओराली, गाउँ-घर चाहरियो । त्यो बेला नै वास्तवमा त्याहाँको जनजीवन र स्थानिय बसिन्दाहरुको दु:ख, पीडाहरुलाई नजिकबाट अवलोकन गर्ने र बुझ्ने मौका पाइयो ।
हो युवराज जी, तपाईंले लेखे जस्तै छन त्यहांका मनिसहरुको दिनचर्याहरु । आफ्ना समस्याहरुलाई जनताहरुले स्थानिय स्तरबाटै जतीसम्म समाधान र व्यवस्थापन गर्न सकेका छन त्यो मात्रै हो नत्र सरकार नहुनुको अनुभूती उनिहरुले वा त्यहा जाने जोसुकैले गर्छ, चाहे त्यो स्वास्थ्य क्षेत्रमा होस् वा शिक्षा क्षेत्रमा होस् वा शान्ती-सुरक्षा वा अन्य कुनै क्षेत्रमा । तै पनि त्यहाका मनिसहरुमा अझै आत्मित्यता छ, अथिती सत्कारको भाव छ, एक अर्काप्रती आदर र सम्मान अनी सहयोग कायमै छ तर जतिय/धार्मिक सद्भाव भने बिस्तारै क्षयिक्रित हुने क्रममा छ । जान्ने सुन्ने अनी पढे-लेखेका सबैले एक पछी अर्को गर्दै गाउँ छाडदै गए पनि, शासकहरु पदको लुछाछुडिको घिनलाग्दो खेलमा लिप्त भएर उनिहरुप्रतीको दायित्व चट्टकै बिर्सिए पनि त्यसको गुनासो मात्र छ उनिहरुसँग तर त्यती आकोश भने छैन ।
यो मैले ३-४ बर्ष अगाडी देखेको गाउँ-घर हो तर अहिले सोध्न मन लाग्यो,
“फेरियो कि मेरो गाउँ अझ उस्तै होला ?”
मन परे हरियो, नपरे रातो
0
0
२००७ साल को परिबर्तन पछि, २००८/९ साल तिर पुर्बी पहाडी भेगमा लिम्बुहरुले क्षेत्री बाहुन माथी गरेका गरेका ब्याबहारहरु दर्दनाक र अशोभनिय छन। जति खेर उनीहरुलाइ घरघरमा गएर खेदाउने, कुटपिट गर्ने ,धनमाल खोस्ने सम्मका दुष्क्रीयाहरु भएको, एक त्यो बेलामा संलग्न बयोबृद्धा बाट आफै+mले सुन्ने अबसर पाएँ मैले, त्यो बेलाको शिकार युबराज घिमिरेका पुर्बज पनि परेछन। त्यसैले नै आज युबराज धिमीरेको कद यहाँ समम पुग्न सकेकोमा , धन्यबाद दिंदाहुन यबराज। होइन भने त्यो पहाडो कुना बाट यहाँ सम्मको संर्घष्ा निक्कै नै कठिन हुन्थ्यो उनको। गाउँका एक हजुरबाले भन्नु हुन्थ्यो … “बज्या मधेशमा खेदाइएका क्षेत्री बाहुनहरु खुशी पो छन हौ अहिले त, तिमी लिम्बुहरुले पहाडबाट खेदाएर राम्रो पो गर्यौ भन्छन….” (हुन पनि सबै सुबिधा मधेशमा नै छ क्यारे ) अनि अर्काले कुरा थप्थे … -”त्यै भएर त हामी लिम्बुहरु लाटा छौं भनेको, क्षेत्री बाहुनलाइ चाहि राम्रो ठाउँमा खेदाइ पठाउने, आफु चाहिं पहाडको कुनामा बस्ने” | उतिबेला देखि नै हुने खाने शोसक सामन्त परिवारका मान्छे हुन भर्खरै गिरिजा द्धारा अघि ल्याईएका मन्त्री पुर्ण कुमार सेर्मा। जतिखेर पहाडबाट भाग्नु पर्दा आफु निकटका क्षेत्रीबाहुनहरुले आफ्नो धनमाल सुन चाँदि हरु उनीहरुलाइ लुकाउन दिएका थिए रे पछि सम्ममा यतिकै खाइ दिए रे यसरि महाजन बनेका हुन उनीहरु
मन परे हरियो, नपरे रातो
0
0
तिब्र गति लाइ नियन्त्रण मा राख्नु है गुरु जि
मन परे हरियो, नपरे रातो
0
0
लेख रचनात्मक छ
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो लाग्यो
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो देस नेपाल हामि नेपालि किन एक आर्का मा य्स्तो तानातान हानाहान हे भग्वान मेरो देस नेपाल को raksha गर्नुहोस र सबै नेपालि हरुलाइ सदद्बुधि दिनुहोस कि यो हाम्रो देस नेपाल को मुहार फेर्न लाइ सबै एक् भयर लागुन जय पसुपतिनाथ/
मन परे हरियो, नपरे रातो
0
0
good one,
I used in live in dhankuta and had been to tankhua once,
I can still remember those names around dhankuta when i read this…
मन परे हरियो, नपरे रातो
0
0
जनता लाई सस्ति नेत्ता लै मस्ति
मन परे हरियो, नपरे रातो
0
0
भलै पहाडि उनका पुर्खा जस्ता भने भएनन यो अपबाद हो.
मन परे हरियो, नपरे रातो
0
0
लेख सर्है राम्रो लग्यो . धन्यबाद घिमिरे जि,
बिरमि हरु प्रति गुरुजि को चसो, विध्यलय का teacher हरु को बानि, अनि बुदा बा को अशिर्बाद, बत म भेत्तियका कलिला मुस्कन भयका बालबालिका को भबिशय
साचै येस्त कुर हेरु प्रति अहिले कुन साशक को चसो होला र??
४ years पहिले म पनि मेरा पुर्ख बसेको थौ हेर्न लै पुगेको थिये, बस्तव मा नै कति रमैलो लाग्यो . अनि त्यहाका मानिसहरु कत्ति बेदान लियेर बचेका च्हन भन्ने कुरा थाहा भो.
तर तिनि हेरुका समस्या लाइ कस्ले देख्च्ह र जति नै सुकै नया नेपाल बनय पनि त्याहा कहिले परिबर्तन औने होला.
हाम्रो बस्तविकत लाइ सफल चित्रन गर्नु भो घिमिरे जि ले राम्रो लग्यो read गर्दा अनि कता कता दुख लागेर आयो त्यहाका बाल बालिक को future लाइ सम्ज्हेर.
मन परे हरियो, नपरे रातो
0
0
म पनि युबराज जेी कै छिमेकि जिल्ला को हो, बाहुन बाजेहरु पहिले देखिनै निकै काइते गर्थे तेसैले लिम्बुहरुले लखेटेको होला बाबु बाजेहरुलाई ,किन मैले यो कुरा भनिरहे को छु भने हाम्रो जिल्लाको पनि धन्कुटा सग सिमाना जोडिए को केहि भाग मा बाहुन हरु को बसोबास छ जहा का बाहुन हरु जिल्लाकै नामुद सामन्तिहरु मा चिनिन्छन् त्यै सामन्ति परिवार कै हुन अहिले का नामुद मानव अधिकारकर्मि पहाडि पनि.
मन परे हरियो, नपरे रातो
1
0
युव राज जि
लेख धेरै राम्रो हो
ध्न्य्वाद्
यो नेपाल को वास्तविकता हो
यो हामि नेपालि को वास्तविकता हो
यो हाम्रो वाध्यता हो
हो हाम्रो यथार्थ हो
लेखमा उतार्नु भो मन चस्स छेयो
मन परे हरियो, नपरे रातो
0
0
नुवाकोटमा तीन दिनदेखि अचम्मको बन्द भएको छ । १८ बर्षकी छोरीकी आमालाई २८ बर्षिय युवाले गर्भवती बनाएको तर अस्वीकार गरेपछि जिल्लाको केही भाग बन्द गरिएको छ ।
नुवाकोटकी वृन्दा थापाले बोकेको गर्भ बागेश्वरी ८ का लक्ष्मण अधिकारीले अस्वीकार गरेपछि स्थानीयवासीले सोमबार र मंगलबार नुवाकोट क्षेत्र न २ बन्द गराएका छन् । बन्दका कारण गँगटेबाट माछापाखेरी, खरानीटार, सातबिसेमा चल्ने कुनै पनि सावरीसाधन चल्न सकेनन् । वृन्दालाई लक्ष्मणले नै गर्भवती बनाएको आरोप लगाउदैं जिम्मा लगाउन गएको बृन्दा थापा न्यायिक पिडित सरोकार संघर्ष समितिले न्याय नपाए सिंगो जिल्ला बन्द गर्ने चेतावनीसमेत दिएको छ।
लक्ष्मणलाई जिम्मा लगाउन गएका बृन्दा पक्षका व्यक्ति र लक्ष्मणका आफन्तबीच गत बिहीबारदेखि नै विवाद भएको थियो । लक्ष्मणलाई भगाएको आरोपमा महिला पक्षधरले उनका काका गणनाथ अधकारीलाई कुटपिटसमेत गरेका थिए ।
मन परे हरियो, नपरे रातो
0
0
समस्याग्रस्त मेरो देश नेपालको चित्रण गर्नु भएको रहेछ । दु:ख लाग्यो पढेर । बिदेशिएर दु:ख पाएका रमेश अधिकारीहरुसँग जोडीएका महिलाको पिडा फेरी अर्कै छ । मेरो प्रस्तुती पनि हेर्नु होला ।
कक्षा ११ को एउटा अङ्रेजी किताबमा एक बिदेशी लेखकले कर्णाली भेगको यात्राको क्रममा देखेका द्दृश्यहरुको बर्णन गरेका थिए । जस मध्ये मलाई सबै भन्दा हृदय छुने एउटा अर्धबैसे आईमाईको कथा छ । एउटी सुन्दर जिउडाल भएकी महिलाको श्रीमान कामको सिलसिलामा मुग्लान पसेको १० बर्ष बितेको हुन्छ, तैपनी उनी पर्खि रहेकी हुन्छिन । र उनी बिदेशी पर्यटकलाई ” मेरो बुढोलाई भेट्नु भयो भने चाडै घर जानु भन्नु ” भनेर आग्रह गर्छिन । यो घटना सहि हो वा काल्पनिक या लेखक जानुन या भगवान । तर अहिलेको नेपालको परिस्थिती नियाल्दा यो घटना सहि झै लाग्छ ।
नेपाली समाजमा विवाहको कस्तो महत्व छ । उमेर पुग्यो अब विवाह गर्ने । छोरो बिग्रिने भयो , अब विवाह गरिदिने । छोरी ठुलि भई , अब विवाह गरिदिने । आमा एक्लै हुनु भयो अब विवाह गर्ने । घरमा काम गर्ने कोही भएन अब विवाह गर्ने । इत्यादी प्रसँगहरु समय र ब्यक्तीको आधारमा प्रशस्त सुन्न पाईन्छ । विवाह एक सामाजिक बन्धनका अलावा दुई हृदय बीचको भावनात्मक मिलन , दुई बिपरित लिङ्गी बीचको स्वतन्त्र यौन बन्धन पनि हो । यौन प्रति उदार सोच नराख्ने नेपाल जस्तो हिन्दू दर्शन समाजमा विवाहको महत्व झनै उच्च छ । प्राय हरेक युवा युवतीले विवाह पश्चातको यौन सुखको कल्पना अवश्य गरेका हुन्छन । हुन पनि मानिसको आधारभुत आवश्यकता गास, बास र कपास पछी यौन नै लिइन्छ । यो प्राकृतिक सुख हो , जसको बितरण बिल गेट्स पनि उतिनै हुन्छ र घरबार बिहिनमा पनि उतिनै हुन्छ ।
समाजले विवाह अगाडि यौनलाई बर्जित गरेको छ । कथमा कदाचित यौन सम्बन्ध भए पनि त्यसले चरित्र मै दाग लगाउने सम्भावना । बल्ल बल्ल विवाह गरेर आफ्नो यौन कुण्ठा फुकाउन नपाउदै फेरी कस्नु पर्ने बाध्यता – हो म कुरा गरिरहेको छु त्यही महान नेपाली चेलीहरु जसले आफ्नो श्रीमान घर फर्किने बाटो हेरिरहेका छन । नेपालको आर्थिक अवस्था अत्यन्त नाजुक छ । बाबु आमाको करले अथवा आफ्नै रहरले विवाह गरिन्छ । आफ्नो जिउ पल्न नसक्ने डामाडोल आर्थिक मन्दीमा श्रीमतीको बोझ थपिन्छ । पहिलो महिना नयाँ दुलहीसँग सम्बन्ध अगाडि बढाउदै बित्छ । दोश्रो महिना श्रीमती परिवारमा रतिदै ठीक्क हुन्छ । तेस्रो महिना देखी चुलोमा आगो बल्न छोड्छ । स्वदेशमा काम पाउने आशा कमै गर्न सकिन्छ । अन्तत श्रीमान बिदेशिनु पर्छ ।
अब कल्पना गरौ एकदम भोकाएको मानिसलाई अलिकती खिर चखाएर छोडियो भने के हुन्छ ?एक अङ्गालो श्रीमती छोड्नुको पिडा पुरुषलाई मात्र हुँदैन , बल्ल निस्फिक्री भएर फुक्न लागेको यौन कुन्ठा पुन: कसेर बाँधिदा महिला कती पीडित हुन्छिन शायद महिलालाई नै थाहा होला । उनको श्रीमानसँग बिताएका पलको केवल याद बाँकी रहन्छ दुई बर्षको लागि । श्रीमानले बोकेको पोको पोन्तेरोमा श्रीमतीको प्रेम र बासना गएको हुन्छ । त्यसपछीको श्रीमतीको जिबन कती कष्ट कर हुन्छ होला हामी सहजै अनुमान लगाउन सक्छौ । उनलाई जिस्काउने मान्छे रहदैन । उनको सुन्दरताको लक्ष्य रहदैन । उनको दिनको साथी र रातको सिरानी हराउछ । उनको हरेक रात चिसै बित्छ । आज होइन , भोली हैन । दुई बर्ष (प्राय करार अवधी २ बर्षको हुन्छ ) सम्म कसरी पिडा भोगेर बस्नु ? तर अफसोच उनी गर्न पनि के नै सक्छिन र ? उनी बिवाहित हुन । अन्य पुरुषबाट यौन सन्तुष्टीको कल्पना पनि गर्नु महाकलंक हुन जान्छ । उनको चरित्रमा दाग लाग्न सक्छ । यदी यौन आवेगलाई रोक्न नसकेर त्यस्तो कुनै सम्बन्ध बनेर त्यसको पर्दा फास भएमा सम्बन्ध बिच्छेद हुन पुग्छ । साथै जिबन भर चरित्रहिन आईमाईको सज्ञा पाईन्छ । दिन रातको पिडा खप्नु बाहेक उनीसँग कुनै उपाय नै छैन । समय बित्दै जान्छ , पहिलो सन्तान हुन्छ । सन्तानले बाबुको मुख हेर्न पाउदैन । पहिलो सन्तान पछी उनमा यौन चाहना तिब्र बढेर आउंछ तर त्यो चाहना दबाउनु बाहेक उनमा कुनै उपाय नै हुँदैन ।
उनी पर्खिन्छिन दुई बर्ष , श्रीमान दुई बर्ष पछी दुई महिनाको लागि छुट्टी लिएर आउछन । बर्ष भरी दबाएर राखेको यौन चाहना दुई महिना मै पुर गरीसक्नु पर्ने हुन्छ किन भने दुई महिना पछी श्रीमान पुन फर्किने गरी आएका हुन्छन । उनीसँग फेरी दुई बर्षको लागि पर्खनु बाहेक कुनै उपाय छैन । कस्तो बिडम्बना, नगरौ त शरीरिक आवश्यकता गरौ त सामाजिक बाध्यता । यौन कुन्ठा दबाएर बरु मानसिक रोग स्वीकार्न वाध्य छन त्यस्ता महिलाहरु ।
दुई बर्ष पछी आउने श्रीमानको प्रतिक्षा गर्दा गर्दै जवानी बितेको पत्तो हुँदैन ।
- साक्ष्यात सुशिल
मन परे हरियो, नपरे रातो
1
0
सत्यपरक . राम्रो लाग्यो.
मन परे हरियो, नपरे रातो
0
0
घिमिरे सर को बिचार उचित छ .
मन परे हरियो, नपरे रातो
0
0
nice article , it present the present sinario of nepal , but u b gi , u should to give some suggestion through the article for a unity of nepaliese people, “म यतिखेर बाजेहरुको कर्म थलो हेर्न निस्किएको। लिम्बुवानहरुले बसीखान नदिएपछि ९ सालमै मेरा हजुरबाले ताम्खवा छोडेका रहेछन्। … जताततै लिम्बुवान राज्य जिन्दावाद नारा पढ्दै म निरिह बाहुन घुम्दो भएँ।” but this word doesn’t see the unity it’s rift or fraction between us and it sesms that tyo chetri , tyo baun , tyo limbu etc .like that how can we be nepali , we r not a baun , we r not limbu n we r not other cast etc. we r only one nepali , that’s all, so i want to suggest that u
u r the gentaleman , this word doesn’t feet to u …, u can be the way of the unity,because i know u. and i hope that ..
thank u ..
मन परे हरियो, नपरे रातो
0
0
thanks dherai ramro 6 aru pani lekhadai janu hola
मन परे हरियो, नपरे रातो
0
0
रम्रो लग्यो यो लेख तर एउटा साथिको कुरा आलि पचॅन किन चाहियो ज्न्गल !!!! खेति गर्नुहोस अनि भोको पेट भर्नुहोस!!! भनेको
मन परे हरियो, नपरे रातो
0
0
Dear Ghimire Yubaraj,
Thanks for picturing socio-economic reality of Nepal. Though we have more leaders than followers. But we lack statesman for the country. We are giving political identify as solution to these problems. But this will not bring change except putting us in more troubles. This is a pertinent issue, I suggest besides publishing this in a National Daily for wider discussion. This issue should be forwarded to State restructuring Committee for consideration.
Thanks once again,
Gyani Bahadur Niraula, Kalankichwok, Kathmandu
मन परे हरियो, नपरे रातो
0
0
जे होस युवाराज जी ले राम्रो लेख लेख्न्नुभाको छ
मन परे हरियो, नपरे रातो
0
0
k garnu, nepal gau nai gau le baneko desh cha, tai pani gaule jiwan ko dukha pida lai bujhera kahile ni kunai kaam bhako cha jasto lagdaina, bisesh gari yo dashak ma.
krantikari soch rakhna ta sikey janata le, tara kati bela ra kstokhal ko rakhney bahnera sikna payenan ki k ho kunni, jhanai dukha pauney tarkhar ma chan jasto lagcha
jasto sukai bhayepani,mero kamana yehi cha ki,nirdosh balbalika le fataha neta haru ko karan le dukha paunu naparosh, natra ta bhawisya jhanai andhakar hunecha……
मन परे हरियो, नपरे रातो
0
0
म यतिखेर बाजेहरुको कर्म थलो हेर्न निस्किएको। लिम्बुवानहरुले बसीखान नदिएपछि ९ सालमै मेरा हजुरबाले ताम्खवा छोडेका रहेछन्। … जताततै लिम्बुवान राज्य जिन्दावाद नारा पढ्दै म निरिह बाहुन घुम्दो भएँ।
…..
घिमिरेको माथिको कुरा चाहिं मैले पत्याइन । मेरो घर परेवादिन देखि अलिक पर शुक्रबारे हो । हामी त्यहां बसेको ३ पुस्ता भयो र कतै बसाइं पनि सरेको छैन । घिमिरेले भने जस्तो कुनै पनि क्षेत्रि वा बाहुन त्यसरी लखेटिएको मलाइ याद छैन । म घर पुगेर आएको ६ महिना पुगेको छैन । लिम्बुवान राज्य जिन्दावाद नारा मैले पनि पढें । तर यो क्षेत्रिको छोरोलाइ त्यस्तो निरिहता महसुस भएन । कवि दुर्गालाल श्रेष्ठले लेखेका छन – पूलको आंखामा फूले संसार, कांडाको आंखामा कांडै संसार ।
मन परे हरियो, नपरे रातो
0
0
very good article. this article compelle us to think about our purkhauli ghar and the reality behind the new nepal
मन परे हरियो, नपरे रातो
0
0
मारमिक छ. तर बिकटमा रहेका नेपालीले त यो भन्दा धरै दुख पाका छन्.
मन परे हरियो, नपरे रातो
0
0
Excellent,
I agree with the writer,yes we are living there since more than 50 years and out parents and us born there. But still they discriminate in the name of “pahadia”. Its the stupidity of the madeshbadi(supporting black skin only) people.
I would like to hear more from the writer.
मन परे हरियो, नपरे रातो
0
0
यो ब्रितान्त सुनेर मैले मेरो मन थाम्न सकिन. हाम्रो एउटा साथिले माथि comment मा भन्नु भएको छ कि यो त सहरिया हरुले गाऊको खिल्लि उडाऊन यस्तो लेख लेख्नु भएको भन्नु भएको छ कस्तो नराम्रो बिचार्.anyway एक्दम राम्रो चित्रन गर्नु भएको छ.एक्दम मार्मिक लेख छ.this is real nepal…and life style of nepali..
मन परे हरियो, नपरे रातो
0
0
मैले पनि आफनो पुर्खौलि स्थान समझै,एक पल्त आवसय जाने बिचार गरे .
मन परे हरियो, नपरे रातो
0
0
गज्जब लेखन! सार्थक लेखन। खुब मन पर्यो मलाई त। कसैले बुझेनन र जँगल किन चाहियो भन्छन भने मेरो भन्नु केहि छैन।
मन परे हरियो, नपरे रातो
0
0
Yekdam ramro ani garib ra pi6adiyeko gauko bastabikata ani sasanka lama ji ko ramro coment.
मन परे हरियो, नपरे रातो
0
0
kasto ramro lekh.
मन परे हरियो, नपरे रातो
0
0
म यतिखेर बाजेहरुको कर्म थलो हेर्न निस्किएको। लिम्बुवानहरुले बसीखान नदिएपछि ९ सालमै मेरा हजुरबाले ताम्खवा छोडेका रहेछन्। मेरा बुबाको जन्म पनि तराईमै भएको रहेछ। आज हाम्रो परिवार तराईमा सबेको ५६ वर्ष भएछ। त्यही पनि केही मानिसहरु हामीलाई “सार पहाडीया” भनेर गाली गर्छन्। विश्वेश्वरप्रसाद कोइरालाले राजा, राष्ट्रियता र प्रजातन्त्र किताबमा लेखेको सम्झन्छु-”हामी ५० औं वर्षदेखि मधेसमा बसेको नागरिकले चाहिँ मधेसी राजनीतिको नेतृत्व गर्न नपाउने, भारतबाट १० वर्षअघि आएर नेपालको अंगिकृत नागरिकता पाउने मानिस चाहिं मधेसको आधिकारिक राजनैतिक व्यक्तित्व हुने !” भर्खरै सरकारले कुन कुन जाती मधेसी हुन् भनेर आफ्नो धारणा सार्वजनिक गरेछ। फेरि पनि हामी मधेसीमा परेनछौं। राज्यको नयाँ संरचना र संघियताको कुरा उठिरहेको बेला संयोगबस म मेरा बाजेहरुको थलो, घुम्न निस्किएको थिएँ। जताततै लिम्बुवान राज्य जिन्दावाद नारा पढ्दै म निरिह बाहुन घुम्दो भएँ।
म यतिखेर बाजेहरुको कर्म थलो हेर्न निस्किएको। लिम्बुवानहरुले बसीखान नदिएपछि ९ सालमै मेरा हजुरबाले ताम्खवा छोडेका रहेछन्। मेरा बुबाको जन्म पनि तराईमै भएको रहेछ। आज हाम्रो परिवार तराईमा सबेको ५६ वर्ष भएछ। त्यही पनि केही मानिसहरु हामीलाई “सार पहाडीया” भनेर गाली गर्छन्। विश्वेश्वरप्रसाद कोइरालाले राजा, राष्ट्रियता र प्रजातन्त्र किताबमा लेखेको सम्झन्छु-”हामी ५० औं वर्षदेखि मधेसमा बसेको नागरिकले चाहिँ मधेसी राजनीतिको नेतृत्व गर्न नपाउने, भारतबाट १० वर्षअघि आएर नेपालको अंगिकृत नागरिकता पाउने मानिस चाहिं मधेसको आधिकारिक राजनैतिक व्यक्तित्व हुने !” भर्खरै सरकारले कुन कुन जाती मधेसी हुन् भनेर आफ्नो धारणा सार्वजनिक गरेछ। फेरि पनि हामी मधेसीमा परेनछौं। राज्यको नयाँ संरचना र संघियताको कुरा उठिरहेको बेला संयोगबस म मेरा बाजेहरुको थलो, घुम्न निस्किएको थिएँ। जताततै लिम्बुवान राज्य जिन्दावाद नारा पढ्दै म निरिह बाहुन घुम्दो भएँ। मलाई पनि कता कता अन्याय भएको अनुभूति भैरहेको छ ।
मन परे हरियो, नपरे रातो
0
0
Ghimire Sir tapaiko lekha padhepachhi aananda aayo. Gaauleko marma bujhne maanchhe ta baaki rahechhan. Yatharthabadi article rahechha.
But kehi manche achammakaa hundaa rahechaan. gali martai garne!!
maile tapaiko lekha ra aruko pratikriyaa sabai pathe. kehi maanchhe kati tala girera comment garna sakeko holaa?
derai ramro article keep it up
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो लेख ( यो गाउ घर को अथार्त लाइ समेti यर लेखेको मा धेरै धेरै धन्यबाद )
मन परे हरियो, नपरे रातो
0
0
भारतले दिएको गाडी चढेर अतिक्रमण क्षेत्र अनुगमन नयाँ पत्रिका
भारतले अतिक्रमण गरेका भूमिको स्थलगत अवलोकन गर्न भारतले नै उपहारस्वरुप दिएको गाडी चढेर सभासदहरु गएका छन् ।
सभासदहरुको टोली भारतले उपहार दिएको बस चढेर सोमबार साँझ दाङ पुगेको छ। प्रमुख दलसहित संविधानसभामा प्रतिनिधित्व गर्ने १८ दलका नेता टोलीमा छन् ।
संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिको नेतृत्वमा सर्वदीय टोली सोमबार विहान काठमाडौंबाट हिडेको हो । भारतीय दुतावासले उपहारमा दिएको बा १ गत २२४२ नम्बरको मिनबिस चढेर सर्वदलीय टोली मंगलबार साँझ नै दाङ पुगेको थियो। टोलीको नेतृत्व समितिका सभापति अमिक शेरचनले गरेका छन् ।
भारतीय सीमा सुरक्षाबले दाङको राजपूर र बेला गाविसका करिब २२ नाकाका हजारौ नेपालीलाई विस्थापित गरेपछि पीडितहरु देउखुरी क्षेत्रमा शरण लिइरहेका छन् । विस्तापित र अतिक्रमित भूमिको स्थलगत अवलोकन गर्न सर्वदलीय टोली त्यसतर्फ गएको हो।
सभासद्हरुलाई संविधानसभा तथा संसद्को बैठकमा जान र र्फकन भारतीय दूतावासले करिब एक वर्षअघि पाँचवटा मिनीबस संविधानसभा सचिवालयलाई उपहार दिएको थियो । बसमा भारतको झन्डासमेत राखेर भारत सरकारको सहयोग लेखिएको थियो ।
UMESH
SYDNEY
मन परे हरियो, नपरे रातो
0
0
बिदेश को पिदा घर परिवार को भबिस्य को लागि
र साज बिहान हात मुख जोर्न तर सपना र जिन्दकि मा
धेरै फरक हुदोरहेछ…………
साऊडी
मन परे हरियो, नपरे रातो
0
0
Thanks for presenting the reality of Nepli life. This is the truth and no goverment has done anything to address their problem.
मन परे हरियो, नपरे रातो
0
0
घिमिरे युवराज जी , सर्बप्रथम तपाई लाई धेरै धेरै धन्देबाद / मेरो पुरखा को अझ भन्नु पर्दा मेरो बल्येकल को ठौ जसलाई तपी ले आफ्नो लेख माँ देखाउनु भयो , मन नै हर्षित भयो / जोरपार्टी , चुलाचुली , थान्कुह्वा , ओखरे , तेलिया, यी ठाउ हरु माँ मेरो धेरै समझाना हरु जोडीये का छन / धेरै बर्स भये छ यी थाउ छोडे को आज बिगत का याद हरु तजा भये र आयो /
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लाग्यो/
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो लाग्यो
मन परे हरियो, नपरे रातो
0
0
सारै राम्रो लग्यो
मन परे हरियो, नपरे रातो
0
0
Thanks purbeli katha. I am also from eastern Nepal. Could you pls write correct word in Nepali, as conductor not as a contactor?
मन परे हरियो, नपरे रातो
0
0
कस्तो सुन्दर लेख रहे६ / अति खुसि लग्यो / सबै नेपलिहरु बिदेश देखि गएर मात्र भए पनि अफ्नो बाजे बराजु को थला किल्लामा गएर त्यहा भएका समस्या हरु बुज्ह्ने अनि दुखि गरिब किसान हरुला इ केहि हद सम्म आर्थिक सहहयोग अनि केहि चेतना दिएम कति बेश हुन्थ्यो होला/हामि देश गए पच्हि गा उ फर्कन पनि चाहदैनौ तर disco र casino मा गएर पैसा खर्च गर्च्हौ / तेस्करन क्रिपया आफ्नो देश,गा उ को माया गरौ/ My dear friends so plz think once to go back to Nepal and utilise your specific skills, experience and education in your own motherland .If we make( develope) our country,we can’t be home less in foreign country .thanks for the nice article and keep it up.
मन परे हरियो, नपरे रातो
0
0
It is very impressive article. It is true daily life of village all over the country. Grandfather to grandson nothing or little change. It is sad to see………….
मन परे हरियो, नपरे रातो
0
0
यो लेख हैन, यो त हुनेखानेहरुले दुख पाएकाहरुको जिबनस्तरको बयान गर्न खोजे जस्तो गरेर मजाक लिने शैलिमात्र हो अफुहरुलाइ सुबिधा सम्पन्न ठान्ने बर्गहरुको/
नत्र लेखक साच्चै त्यो जिबन स्तर देखि दुखि भएका भए अरु केहि गर्न नसके पनि त्यो बिद्द्यालयलाइ २/४ जोर फर्निचर बनाउन सहयोग गरेर हिड्ने थिए/
यस्तै छ हाम्रो देशको कथा, जहा गरिब दुखि को नाम बेचेर कोहि नेता बन्छन, कोहि पत्रकार,कोहि समाजसेबि बन्छन त कोहि नाम लिन्छन मानब अधिकार!
मन परे हरियो, नपरे रातो
0
0
ठिकै लग्यो
मन परे हरियो, नपरे रातो
0
0
नेपालि को बेहाल भो
मन परे हरियो, नपरे रातो
0
0
जिवन एऊटा खेलौना होईन
मन परे हरियो, नपरे रातो
0
0
राम्रो
मन परे हरियो, नपरे रातो
0
0
आर्तिकल अति राम्रो लाग्यो घिमिरे जि,
राम्रो सन्ग लेख्नु भयको …Very well done…and keep it up..
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो लेख| धन्यबाद|
मन परे हरियो, नपरे रातो
0
0
लेखक महोदयको यो भमण अनुभव पढे पछि म हाम्रो देशको धेरै समस्याहरुसित पो पून्ः रुमल्लिन पुगे जस्तो लाग्यो -
- सुरक्षित सुत्केरी सुबिधाको कमि
- यातायातको असुबिधा
- शैक्षिक अवस्था
- राजनैतिक चेतनाको कमी
- शहर-केन्द्रित वसाई-सराई
- स्वदेशमा रोजगारीको अनाकर्षण प्रतिफल वैदेशिक रोजगारको आकर्षण
- नागरिकता समस्या
- मधेश समस्या
- सघिय / प्रादेशिक समस्या
र सबै भन्दा महन्त्वपूर्ण “हरियो वन, नेपालको धन” जुन भनाई अब एकादेशको कथामा सीमित भै सकेको छ
तर पनि साधारण किसिमले हाम्रो देशको वर्तमान वास्तविक अनुहार देखाईद्निनु भएको साथै जस्तो सुकै परिस्थितीमा पन जीवन चलिरहनु पर्छ भन्ने बोध गराउनु भएकोमा घिमिरे युवराजज्यूलाई धन्यावाद
तौलीहवा
मन परे हरियो, नपरे रातो
0
0
Please try to post some pictures as well it gives more informations. I have worked in those place once upon a time and this article was good refreshmnet. Life style in the hills are little changed due to the transport facilities. Nice article and thanks to Youvraj Ji.
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो
मन परे हरियो, नपरे रातो
0
0
सबै कुरा राम्रो लाग्यो तर एउटा कुरा मन परेन !! शहरिया हरुले बिगारेको बाताबरण गाउले हरुले भोको पेट बसि बसि जोगाइदिने किन ? जन्गल पाल्ने कि खेति गरेर भोको पेट्मा अन्न हाल्ने लेखक ज्यु ? किन चाहियो ज्न्गल !!!! खेति गर्नुहोस अनि भोको पेट भर्नुहोस!!!
मन परे हरियो, नपरे रातो
0
0
युवराजजीले गर्नु भएको ब्रित्तान्त सिंगो नेपालको चित्रण हो। शहरमा बसेर कोठे राजनीति गर्ने र पांचतारे होटेलमा मार्क्सवादको बखान गर्नेहरुले बिर्सेंको नेपालको बयान हो। युवराजजी! लिम्बुहरु जतिनै उफ्रेपनि सिंहदरवारभित्र छिर्ने त बाहुनै हो क्यार! यि जती नै मच्चिए पनि,यिनलाई टुक्रा टुक्रा पारेर फुटाएर राजा गर्ने शैली त खैरेहरुले सिकाएर गएका छन् नै! बरु भन्नुहोस न! हिलेको तोङबा चाख्नु भयो की भएन? युवराजजी! थाप्लोमा नाम्लोको डाम हुनेहरुको बारेमा चासो राख्नु भएकोमा धन्यवाद !
शशांक लामा
न्युयोर्क
मन परे हरियो, नपरे रातो
0
0
माओबादेीको बुद्देी र बिचार नै महान हुन्च् नि !
मन परे हरियो, नपरे रातो
0
0
साथिहरु म जन्गल बिरोधि होइन तर जन्गल जोगाउन लागि भनेर नेपालमा आउने जति पनि बिदेशि प्रोजेक्ट छन इनिहरु आफ्नो देशमा जन्गल फडानि गरि उधोग धन्दा सन्चालन गर्छन अनि गरिब देशमा गयेर डलर देखायेर हाम्रा सोजा नेपालि हरु बिच जन्गल जोगाऊनु पर्छ भन्ने गर्छन किनकि आकाश एउटै हो! युरोप मा आयेर हेर्नुहोस सथिहरु म यि देशमा घुमेको १० बर्श भयो! हाम्रो देश मा ३७% जन्गल छ ६०% नेपालि हरु balence diet को अभाब मा कुपोशण छ !!!!!
मन परे हरियो, नपरे रातो
0
0
नेपाल यसरी नै चलिरहेछ!
सिंहदरबारले कहिल्यै देखेन!!
मन परे हरियो, नपरे रातो
0
0
बोल्ड पछिको लाईन मात्र मैले थपेको हो ।
मन परे हरियो, नपरे रातो
0
0
सभासद्बीच हिन्दी भाषालाई लिएर चर्काचर्की
काठमाडौं, (नेस) हिन्दी भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिने नदिने विषयमा संविधानसभाको सांस्कृतिक सामाजिक ऐक्यबद्धता समितिमा विवाद उत्पन्न भएको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा हिन्दी भाषालाई पनि नेपालीसरह मान्यता दिनुपर्ने माग आएपछि विवाद उत्पन्न भएको हो। हिन्दी भाषालाई मान्यता दिनैपर्ने विषयमा मधेसी जनअधिकार फोरमकै सभासद्बीच मत बाझिएपछि समितितिकी सभापति नवोदिता चौधरीले सबै भाषालाई उचित सम्मान दिनुपर्छ भन्नेमा आफूहरू रहेको र यो वा त्यो भाषा नभनी सबैलाई उति नै सम्मान दिने जानकारी दिँदै यस विषयलाई टुङ्याउन भोटिङमै जान पनि तयार रहेको बताउनुभयो।
यसअघि नेकपा एमालेका सभासद नेत्र पन्थीले भाषाबारे समितिकै भाषा उपसमितिले छलफल गरिसकेको र अव भाषा आयोगले निर्धारण गर्ने जानकारी दिनुभएको थियो। बहुभाषा रहनुपर्ने कुरामा दुई मत नरहकाले भाषामा विवाद नझिक्न पन्थीले आग्रह गर्नुभयो।
फोरम सभासद् जयराम यादवले हिन्दी भाषा भएकाले अनावश्यक विवाद झिकिएको जिकिर गर्दै अग्रेजी वोले वेलायती भइन्छ। भनने प्रश्न गर्नुभयो। नेपालको सबैजसो क्षेत्रका जनताले हिन्दी भाषा बोल्ने र सबैले बुझ्ने भएकाले उक्त भाषालाई राष्ट्रिय भाषाका रुपमा मान्यता दिनुपर्ने भनाइ यादवको थियो।
यादवको भनाइपति असहमति जनाउँदै फोरम सभासद् कुगालाल महतोले भने हिन्दी भाषालाई मान्यता दिए आफूले नोट अफ डिसेन्ट लेख्ने बताउनुभयो। नेपाली कांग्रेसी उषा गुरुङले कुनै पनि विषयमा फरक विचार राख्न पाइन्छ तर त्यसै विषयलाई लिएर फेरि आन्दोलन चर्काउने कुरा गलत भएको टिप्पणी गर्नुभयो। विवादकै कारण बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ।
स्रोत : नेपाल समाचारपत्र, (जेठ २७ २०६६)
+++++++
माथिको समाचार एउटा उदाहरणमात्र हो, माकुनेमण्डली सरकारमा आएलगत्तै अनेकथरि जनघाति निर्णयहरू गर्दै आइरहेको छ ।
- नारायणहिटिमा गरिने भनिएकव गणतन्त्र स्तम्म रत्नपार्कमा निर्माण गर्ने । यस्तो कार्यले बेबीकिंग ब्यूँताउने षडयन्त्र भइरहेको कुरा प्रष्ट हुन्छ ।
- माओवादी जनसेनालाई लडाकु भन्ने । देउवाले माओवादीलाई आतंककारी घोषित गरेजस्तै अहिले फेरि अर्को गल्ती गरेको छ यो सरकारले ।
- सांस्कृतिक सामाजिक ऐक्यबद्धता समितिको आडमा मतदानको ढोंग रचेर ‘जनयुद्ध’लाई ‘सशस्त्र द्वन्द्व भन्ने निर्णय गरियो । देउवाकै गल्ती पछ्याइँदैछ यहाँ पनि । ४२ जना सदस्य रहेको समितिमा ३२ जनाद्वारा मतदान ‘गराइएर’ १९ जनाको मतका आधारमा स्तो निर्णय गराइयो । कस्तो षड्यन्त्री !
- फेरि त्यही सांस्कृतिक सामाजिक ऐक्यबद्धता समितिको आडमा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने तर्फ लागिपरेको छ । भोलि शायद यसमा पनि मतदानको ढोंग रचेर यसलाई पारित गरिने होला । राष्ट्रिय भाषा सम्बन्धमा के ती ४२ जनाले निर्णय गर्न मिल्छ ?
यस्ता धरै उदाहरण छन्, जसले भारतीय विस्वारवादलाई मलजल गर्ने काम भइरहेको छ । यसले नेपाल अनि नेपालीको अस्तित्व खतरामा परिरहेको कुरा हामी किन बुझ्पचाइरहेका छौं ? हामी जनता किन चुप लागेर बसेका छौं ? के नेपालीहरूले हि्न्दी भाषा बुझ्छन् भन्दैमा यसलाई राष्ट्रिय भाषा मान्न मिल्छ ? कति संख्याले बुझ्ने हुँदैमा राष्ट्रिय भाषा मान्ने हो ? हिन्दी सिरियल, सिनेता संगीत हेर्ने, सुन्ने जमात हुँदैमा हिन्दीलाई राष्ट्रिय भाषा मान्न मिल्छ ? भारतमा आउजाउ गर्ने, भारतमा पढेर फर्केका तराईका बासिन्दाहरूबाहेक मधेशी जनताहरूले पनि हिन्दी भाषा बोल्दैनन र राम्ररी बुझ्दैनन् । नेपालमा हिन्दीभाषीभ्दा अरू भाषीहरू धेरै रहेको जातजातिहरू छन्, उनीहरूको भाषाको कुरा किनु उठाइन्न ? हचुवाका भरमा हिन्दीलाई राष्ट्रिय भाषा मान्ने हो भने यो भन्दा ठूलो गल्ती अरु केही हुनेछैन । यो पूरापूर भारतीयहरूको चालबाजी हो । धिक्कार छ नेपालीको खोल ओढेका यी भारतीय टट्टुहरूलाई । हैन यो अति नै भइरहेको छैन न भन्या ? के हामी जनता अझै पनि चुप लागेर बस्ने ? त्यत्रो सीमा मिचिएको छ, नेपाली छोरीचेलीको अस्मिता लुटिएको छ, तैपनि हामी किन चुप ? के हामी नेपालीहरूको मन पोल्दैन यस्ता कुराहरूले ? हाम्रो राष्ट्रियता हि्न्दी सिरियल, सिनेमा र संगीतले बन्धक भएकै हो ? के हाम्रो नैतिकता पैसा तिरेर किनेको पेट्रोलमा चोपिएको छ ? के हाम्रो पहिचान केवल एकअर्कामा हिलो छ्यापाछाप गर्ने मात्रै हो ? खै यस्ता विस्तारवादी क्रियाकलापहरूका चर्का नाराहरू ? खै ब्लग अनि प्रतिक्रियाहरू ? खै यसविरुद्धमा सशक्त आन्दोलन ?
मन परे हरियो, नपरे रातो
0
0
रमेश बंधू,
गाउले र सहरिया दुबैको आकाश त एउटै हो ! माथि फर्केर हेर्नुस त !
मन परे हरियो, नपरे रातो
0
0
जङल नचाहिने हैन यो त अत्यन्त महत्त्वोपूर्ण छ। तर पुराना जङललाई परिवर्तन गरी प्रसस्त आम्दानी हुने गरी उपभोग पनि त गर्न सकिन्छ नि।सबैलाई थाहा भएकै कुरा हो कि इन्धन मानब जिबनको एकदमै महत्त्वोपूर्ण पक्ष हो। बिश्वोमा खनिज इन्धन रित्तिने क्रम जारी छ तसर्थ हाल निकै देशहरुले बनस्पतीबाट डिजल निकाल्न सकिने रुखहरुको खेती सुरु गरिसकेका छन। नेपालमा उपभोक्ता बन समिती,निजी बन र सरकारी बन गरेर छुट्याइएको छ। सरकारले राम्रो निती नियम,कर्जा,प्रबिधीहरुको बिकास गरी जनतालाई प्रतक्ष्य लाभ हुने गरी त्यसको खेतिमा ध्यान दिएमा देश र जनता सम्रिद्द बनाउन सकिन्छ। सयौ बर्ष सम्म आम्दानी हुने अनी बातावरण पनि जोगिने। खेती भनेर किन हलो जुवामा मात्र सिमित हुने?किन मकै,धान आदिमा मात्रै अल्मली रहने। अब त केही गर्नै पर्ने दिन आइसकेको छ। सरकारको ध्यान छिट्टै यस तर्फ पनि जावोस।
मन परे हरियो, नपरे रातो
0
0
कुरा अलि पचेन रेशमजी । यसलाई वैचारिकपतन भन्छन् ।
मन परे हरियो, नपरे रातो
0
0
रमेश जि, सधै राम्रै राम्रै कामेन्ट लेख्नु हुन्थो, हैन अज के भो तपाईलाई??? तपाईजस्तो (Greece) मा बस्ने मान्छेले यस्तो कुरा गर्न सुहाएन है।
धिमीरे जि, लेख साह्रै मन पर्यो। लेख्दै गर्नु होला।
मन परे हरियो, नपरे रातो
0
0
हो त नि जन्गल सहर मा लाये हुन्न र गाउले र गरिब ले मात्र लगऔनु पर्ने
वरिपरि जन्गल बिच मा सहर हेर्न लाई नि राम्रो बस्न पनि राम्रो
लेखक अलि घमन्डि जस्तो लाग्यो आफु मत्रै राम्रो भन्ने आसय को लेख
मन परे हरियो, नपरे रातो
0
0
My sansar kaa editor euta prasna. yo Ramesh Kuwar bhanne jantu ko rahechha…? Sabaiko lekh maa ANTASANTA comment gareko hunchha.
Ghimire Yuba Raj lai maile padheko dherai bho. tara Yo Ramesh Kumar le ta khali Ghimire lai gaali marai garchha. kina chuttho bhaeko holaa yo?
मन परे हरियो, नपरे रातो
0
0
रमेश कुमार जि को कुरा ठिकै लाग्यो /
नारा लगाउनु,भिता लेख्नु आलग्गै कुरा हो तर लिम्बुवान हरु को बाहुल्यता भएको ताप्लेजुङ्,तेह्रथुम र सँगै को जिल्ला धनकुटा बाट वान हरुले छेत्री,बाहुन हरु लाई लखेटे भन्ने कुरा चै म पनि आजै सुन्दै छु
लेख को आर्को पाटो त धनकुटा मात्र हैन सबै जिल्ला हरु उस्तै नै होलान ,
मन परे हरियो, नपरे रातो
0
0
क़ुरो भने को गरिब को पसिना को हो र प्रशन्ग पनि थाप्ळो मा नाम्लो को डाम नमेटिएका हरु को हो ‘कथा हिले को जाड को होइन है लामा जि.कथा नेपाल का चोर नेताहरु र केही फटाहाहरु को बाहेक ९९% अन्योल भबिश्य लिएर बाच्न बाध्य पारिएका आम नेपालीहरु को हो.
मन परे हरियो, नपरे रातो
0
0
पुष्प जि
म तपाईंको कुरामा सहमत छु। जुन सभासदले हिन्दी भाषालाई राष्ट्रिय भाषाको लागि सिफारिस गर्छ, त्यसलाई पहाडी र हिमाली जिल्ला घुम्नको लागि अनुरोध गर्न पर्यो मानेन भने घोक्रेठ्याक लगाएर पहाडी दुर्गम जिल्लामा लगेर छोड्न पर्यो। भन्छन नि भादौमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ।सम्म ठाउँमा बस्नेले उकाली ओराली थाहापाउदैन। अनी देशको भाषिक,भौगोलिक,जातिय सबैको तथ्यान्क त्यो दलालको हातमा दिनु पर्यो। अनी थाहा हुन्छ कि कत्तिको चेतनशिल नेता चुनेका रहेछन त तराइबासी ले। मलाई त यस्तो कुरा सुन्यो कि दिमाग तातेर आउछ भन्या।
मन परे हरियो, नपरे रातो
0
0
पुष्पजी,
कति उद्वेलित हुनु? यो सरकार आफ्नै आकार अनि आयुमै व्यस्त होला जस्तो पो देख्न थालेँ म त। भाषण र सम्बोधन अनि अहिलेसम्मको व्यवहार देख्ता खै के भन्ने, के नभन्ने। आम प्रचलन अनुसार सरकारलाई सय दिने मधुमासको छुट छ, त्यसैमा तपाईं हामीले मन अडाउनु पर्ला कि? बेलाबेलामा आय्या, आथ्था भन्यो, बस्यो, बस्।
बल्लतल्ल ए.मा.ले र ने.काँ.ले झ48डै दुई दर्जन दलहरूको साथ पाएपछि बहुमतको आडमा निर्णय त गर्ने नै भयो नि होइन र? माओवादी पार्टीलाई लगभग तीस प्रतिशत मत गएको थियो भने अहिलेको पूर्णाकार लिन बाँकी सरकारलाई त सोझो हिसाब गर्ने हो भने सत्तरी प्रतिशत मत छ नि। किन हो कुन्नि, मलाई सरकारले नयाँ काम नदेखेर हो वा पुराना अनुचित/अपमानजनक/आपत्तिजनक निर्णयहरूमा मात्र ध्यान केन्द्रित भएर हो, हालसम्म विगतका निर्णयहरू भटाभट् उल्ट्याइँदै छ। विवाद त त्यसै थियो अब झन् लम्बिने भयो।
तराई–मधेशमा उदय भएको नेतृत्व तहलाई हिन्दी भाषा प्रति मोह छ त के गर्ने? त्यहाँ बोलिने स्थानीय भाषाभाषीको त कुरै निस्किन्न, सुनिन्न, अचम्म। यो प्रयास, कार्यबाट पनि नेतृत्व तहलाई उचित लागेका नीति, नियम भलै ती तल जगैदेखि नआएका हुन्, परिवेश प्रतिबिम्वित नगर्ने हुन्, अघि ल्याई पारित समेत गर्न सकिने डर लाग्दो अवस्था देखिन गएको छ। मैले देखेको लोकतन्त्रमा यो सबभन्दा ठूलो कमीकमजोरी हो।
यता सीमा मिचिने क्रम जारी छ, हाम्रा दाजुभाइ–दिदीबहिनी प्रताडित छन् भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूद्वारा। कि त कान्तिपुरले ढाँटेको हुनुपर्यो, जुन मलाई पत्यार लाग्दैन विगतका सीमा मिच्याइँका घट्नाहरूलाई सम्झँदा, कि त सरकार काठमाडौं उपत्यकामा सीमित भइसकेको छ, उपत्यका बाहिर भर्सेला होस्, यस्तो सोच सरकारले पालेको छ।
विरोध गरौं नारा, जुलुस, पर्चाबाची गरेर वा मन्त्रालय आदिमा धर्ना दिएर भनौं भने ती कार्यहरू कति परिणाममुखी होलान् भन्नेमा शंका लाग्छ – बन्दले त सरकार टसको मस हुँदैन भने जाबो नारा जुलुस …।
लौ, म त थाकेँ, यति मात्रै टिप्पणी गरेँ है।
धन्यवाद।।
मन परे हरियो, नपरे रातो
0
0
यथार्त लेख्नु भो पुष्प जि । भारतीय हस्तछेप बाट चिन्तित सम्पूर्ण देश भक्त नेपाली को मनको आबाज लाई शब्द शब्द मा उतार्नु भएको छ । सचेत नेपाली जनता अत्यन्तै चिन्तित छन भारतीय हरु को यो घातक सड्यन्त्र बाट —–
मन परे हरियो, नपरे रातो
0
0
हर्के जि !
तपाईंको कमेन्ट एकदम धेरै मन पर्यो । अनी आर्टिकल पनि ।
मन परे हरियो, नपरे रातो
0
0
पुर्वेली कान्छो! हिलेको तोङ्वावारे त्यतिकै मज्जा गर्न लेखेको ! कति सिरियस हुनु त ?
शशांक लामा
मन परे हरियो, नपरे रातो
0
0
तपै राम्रो समचार लेख्नु हुदो रच्ह तेसैले तपै पत्रकार हुनुस होइन भने येस्त तै न तुइ को कमेन्त नगर्नुस . काम कुरो एका तिर कुम्लो बोकि थिमि तिर भने जस्तो.
येता उता गरो बन्द को कुरो. नेपाल सधै जस्तो बन्द हुन्च्ह भन्ने कुरो अब अन्तरास्त्रिय स्तर मा पुगि सको तेसैले बन्द हुन्च्ह भन्ने कुरो यो ब्लोग म न लेख्नु होला
मन परे हरियो, नपरे रातो
0
0
खुल्दुलि लाग्यो ? बाउ नै माने भइ हाल्यो नि त ।
तिमिहरु जस्ता “जन्तु”कै बिचार बोक्ने हो भने त बहुजातिय नेपालको हालत के होला ? हुंदै नभएको कन्फ्लिक्ट लेखमा मिसाएर घिमिरे युबराजले के गर्न खोज्या हो, मेरो प्रश्न यति हो ।
मन परे हरियो, नपरे रातो
0
0
प्रकाशजि, म पनि घिमिरेले उल्लेख गरेको गाउं नजिकैको बासिन्दा हुं । तर कुनै पनि लिम्बुले कुनै पनि क्षेत्रि वा बाहुनलाइ गाउंबाट लखेटेर बसाइं नै सर्नु परेको कुरा चैं घिमिेरेको यस लेखबाट पहिलापल्ट थाहा पाएं । कस्तो अचम्म ?
बास्तबमा यो तथ्य नभएर घिमिरेको दिमागको भुत हो । दिमागमा यस्ता भुत भएकाहरुको बिचारलाइ संचारमाद्यमहरुले ठाउं दिनु हुन्न । किनभने यस्तो भुतले असान्तिको बिउ मात्रै रोप्छ ।
मन परे हरियो, नपरे रातो
0
0
what nice comment, why not we keep english as well if they want to keep Hindi,Why not we keep other language Newari language, …………….
Nepali is national language and we have to accept it in however we have different language with in there caste and society.
मन परे हरियो, नपरे रातो
0
0
जातको कारण कोहि असल वा खराब हुन्न । कृस्न पहाडिका बाउ बाजे भलै सामन्ति थिए होलान तर उनले सामन्तिको नाइके राजतन्त्रको जरा उखेल्न जुन भुमिका खेले त्यसको प्रसंसा गर्नु पर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
नोगेन हांगजि तपाइलाइ थाहा हुनु पर्छ कि ०७ सालको क्रान्तिमा बिपि कोइरालाले लिम्बुहरुलाइ उनिहरुको लिम्बुवान राज्य र किपट िफर्ता दिलाउने झुटो आस्वासन दिएर राणाका मानिस लखेट्न लगाएका थिए । त्यसमा केहि क्षेत्रि बाहुन परेको सांचो हो । यसमा आठराइ क्षेत्र बिसेस प्रभाबित थियो । कुरा यहांनेर के बुझ्नु पर्छ भने हिजो बाहुनहरुले जनजातिलाइ प्रयोग गरेका थिए । र आज पनि त्यहि भइरहेको छ ।
इतिहासको कुरा गर्ने हो भने ज्ञानेन्द्रले ८ बर्ष अघिमात्रै बिरेन्द्रको बंस सखाप पारेका थिए । एमालेका नेताहरुले ०२८ सालमा सुबास नेम्बांको बाउसहित दर्जनौं झापालि किसानको घांटि रेटेका थिए । माओबादि जनयुद्धमा १३ हजारको मृत्यु भयो । अहिलेको सरकार हेर्नुस कति गैर बाहुन मन्त्रि छन । हांगजि चैं बुद्धिको बिर्को बन्द गरेर १ जना पूर्ण कुमार लाइ गालि गरेर बस्नुस ।
मन परे हरियो, नपरे रातो
0
0
सिड्नि मा बसेर नेपाल मा पत्रकरिता
मन परे हरियो, नपरे रातो
0
0
केहि कमेन्टहरु कस्ता देखिए भने गाँऊँमा नै किन वन जंगल बनाउनु पर्ने वा बृक्ष रोपण गर्नु पर्ने शहरमा किन गर्न नहुने भन्ने तर्क हरु देखियो हुन त यस्मा बिचार आ-आफ्नै हुन तर मलाई के लाग्छ भने हाम्रो देश बिकासमा असजिलो पर्नुमा यो भौगोलिक जटिलता पनी मुख्य हो जसको कारण हामी थुप्रै कुराहरुमा प्रकृतिलाइ लौ प्रभु तं शरणम भन्न वाध्य छौं अनि प्रकृतिका थुप्रै निरंतरता वन-जँगल संग अत्यंत संवंधित छन ! अनि अर्को कुरा त आखिर वन-जँगल भनेको कुनै नेता वा पार्टी बिशेषको सिट बढ़ाऊन चाहिने पनी त होइन त्यसले त हाम्रै दैनिक जीवनलाइ नै प्रतक्ष रुपमा राम्रो असर पार्ने हो अपवाद छाडेर ! शहरका मानिसमा प्रदुषणको कारण दैनिक नयाँ-नयाँ रोग हरुले अभिनन्दन पाइरहेका छन,गल्ली-गल्लीमा नर्शिंगहोमहरु मौलाई रहेका छन यस्तो अवस्थामा निम्न आय भएका कैयन परिवारहरु जीवनलाइ एउटा बोझको नाम दिएर सामूहिक आत्म ह्त्या गरिरहेका छन भने हामी त्यो गल्ली-गल्लीमा नर्शिंगहोमहरु खोल्ने-खोलाउने होड़ भन्दा त पाखा पखेरालाइ आयमुलक रुखहरु रोपर जीवन स्तर उकास्ने तिर लाग्नु राम्रो होइन र ? ( मेरो आशय जति रोगिहरू बढ़दै जान्छन त्यति नै अस्पताल हरु मौलाऊंछन भन्ने हो है यसलाई गाँऊँमा स्वास्थ्य सेवा नै चाहिन्न भन्न खोजेको भनेर नबुझिदिनु होला )
अनि नबिन जी तपाईको कमेन्टको पुछारमा लेखिएको ‘तौलिहवा’ भन्ने नामले मलाई चन्द्रौटा देखि पूर्व बनगाई देखि पश्चिम,गोरुसिंगे देखि उत्तर पत्थरकोट अनि गोरुसिंगे देखि दक्षिण रामघाट खोला सम्मको वन विनाशको गति नेपालका द्रुत गतिमा भएका वन विनाश मध्ये एक हो जस्तो लाग्यो ! केहि बर्ष पहिले त्यो जंगलको बिचबाट गएको पिच सड़क हुँदै एक्लै गाडी लिएर हिंडन सम्म डर लाग्ने घना जँगलको स्वरुप आज त पहिलाकि गाँऊँकी लामो कपाल भएकी सुन्तली राजधानी पुगेर ब्वायज कट कपालमा हराएकी सोनिया भए जस्तो लाग्यो !
जे होस पूर्व बारा-पर्सा देखि सुदूर पश्चिमको शुक्ला फांटा सम्मका जँगलहरु मध्ये यो भेगको जँगल मानवीय बस्तीलाइ अत्यंत सिधा सपोट गरेको जँगलको रुपमा मैले महशुस गरेको थिएँ,अन्य ठाऊँका जंगलको कारण मानवीय बस्तिमा परेको जनावर अनि आरक्ष वा ब्यारेकमा रहने सैनिक हरुको दुर्ब्यवहार लगायतको असरको तुलनामा ! यो जँगलमा थुप्रै बिविधता थिए रुखहरु देखि जनावर अनि पंक्षी सम्म ! जहां अत्यंत उपयोगी लोपोन्मुख प्रजातिको साल पनी पाइन्थ्यो !
मन परे हरियो, नपरे रातो
0
0
Dear, Remesh Kumaar ji, Kasaiko jiwanlai HOLSEL maa rakhera herne Garnu galat holaa…B.P. le k gare? Mahendrale k gare? Ti dur daraaj kaa janatalai political history ko kaaran diyera Khadal maa najaknus. B.p.le galti gare bhanera Kunai pahadko BAHUN hepinu samanya ho bhanera KAAETE tarka garna mil6?
Nepal maa jatiya bibhet 6. Tara Hijo Limbuwaan, Khumbuwaan le gareko Jyadatilai kam aalochya chhaina…hamilai Itihaas ko path Napadhaunus…Aru beetuk ko tarka garera purna kumaar lai bachaune THEKKAA tapaile lieko ho??????????
मन परे हरियो, नपरे रातो
0
0
ma chahi Nogen Hang ko tarka sanga sahamat chhu. Teti bela sayed bahun chhetru haru badhi rana sanga najik thiye. Ani politician le jahile pani matwaali lai prayog matrai gareko paiyeko chha. So, Ramesh ji, Nogen ko kura sanga possitive bhayera sochda ramrai hola.
मन परे हरियो, नपरे रातो
0
0
Write in either Nepali or in English. And grow up before embarking for discussions on such complicated socio-political issues.
मन परे हरियो, नपरे रातो
0
0