Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

यातायातको यात्रामा यस्तो देखियो

-परी/काठमाडौँ-

मेरो सवारी चालक अनुमति पत्रको मिति सकिएकोले नयाँ बनाउनु पर्ने भएको थियो। दिन त भर्खर आधा मात्र गएको थियो तर कार्यलय पुग्दा राजस्व बुझाउने समय सकिएकोले पहिलो दिन केही पनि काम भएन। अर्को दिन बिहानै गएर निवेदन हालेँ। निवेदन दिनको लागि पनि कति गार्‍हो! न कतै राम्रोसँग सूचना राखिएको छ। राखेकै भए पनि कुन-कुनमा हो आँखाले भेट्नै गार्‍हो। भेटिहाल्यो भने पनि अक्षरहरु केरमेट भएको। लेखापढी गर्नैको लागि बसेकाहरुको सहयोग बिना काम नै नहुने। मैले पनि एकजनालाई समाएँ, रु. २५० दिने सर्तमा।


उनैले मेरो फाराम भरिदिए। दस्तुर तिर्ने ठाउँसम्म गएर दस्तुर तिरिदिए। के के फोटोकपी गर्नु पर्ने हो सबै गरिदिए। म एउटा कुनामा बसेर रमिता हेरिरहेँ। व्यवस्थित भएको भए त्यति जाबो काम जो कसैले पनि गर्न सक्छ। धन्न तिनको कमाइ खाने बाटो भएको छ नै।

सबै काम सकिएपछी मेरा सहयोगीले एउटा रसिद थमाउँदै भनेको दिनमा आउन भने। उनलाई उनको कमाइ दिएर म पनि बाटो लागेँ।

भनेको दिनमा पुगेँ। भीडलाई छिचोल्दै झ्याल नजिकै पुगेर आफ्नो नाम भनेँ। कर्मचारीले नयाँ बनेको परिचय पत्रको बिटो हेर्दै विशेष कारणवश परिचय पत्र बन्न ढिला भएको भने।

कार्यालयले नै भनेको दिन र समयमा आउँदा पनि काम नहुँदा मलाई रिस उठ्नु स्वभाविक हो। कार्यालयभित्र जानलाई पनि प्रहरीको पहरा पार गर्नुपर्ने। एउटा जुक्ति निकालेर भित्र पनि छिरे। फाँटमा गएर आफ्नो निबेदन फाराम खोज्न लगाएँ। कसैले भेट्टाउन सकेनन्। आफैले खोजेँ, तर कतै भेटिएन।

अन्तिममा बनिसकेको परिचय पत्रको बिटो फेरि आफैले हेरेँ। ऊ क्या त, मेरो परिचय पत्र माथि नै रहेछ। भइसकेको कामलाई पनि नभएको भन्दै कर्मचारीले मेरो समय बर्बाद गरेको देख्दा अचम्म लाग्यो। कस्तो मनपरी काम ! भइसकेको कामको लागि कतिचोटी कार्यालय धाउने?

बाहिर निस्किन लाग्दा एउटा ढोकामा एउटा अर्को सूचना देखेँ। मैले भेटेको जस्तै कर्मचारीसँग वाक्क भएर कसैले त्यो सूचनामाथि आफ्नो रिस पोखेका रहेछन्। त्यसको फोटो नखिची रहन सकिनँ।

हेर्नुहोस् फोटो-


Related posts:

  1. चिडियाघरमा यस्तो देखियो
  2. कोपनहेगन सम्मेलनमा यस्तो देखियो
  3. सुन्धारामा यस्तो देखियो
  4. बन्दमा यस्तो पनि देखियो
  5. नारायणहिटीको निषेधित क्षेत्रमा यस्तो देखियो

No comments yet to यातायातको यात्रामा यस्तो देखियो

  • ani arko kura yatyat ma mero pani yastai bhayako 6pokhara ma mahile chalaune mini trak ko rod parmit haro bilbook rino banauna jada ( naya bajar ma theyo teta bela yatyat ko ofice) testai bhayo mero gadi ko huta thulo bhayo bhanera kaam banena pahila 5 barsa dekhai pas bhayako ahile bhayana yar malai sodana man lago mahile sode pani uhale malai thaha 6en ki ta 1500 le nahito huta katera aaeja bhanu bhayo ani mahile 1500 bujayara pas gareko hu
    uhalai kati pani dar lagena ma saga paisa magana mahile ta bil auchha hola ni bhaneko kaha ko hunu ni bill ta sakiyako 6 ara hahahahahahahaha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • झापाली

    वास्तवमा राम्रो नै लेखेका हुन जस्तो मलाई त लग्यो यस्तै त छन नि नेपालका मान्छे हरु

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • anil pandey

    yastai ho nepal ko chalan gus khane banda pani yo desha ka daka haruaa ra samaj ma kunai kam nalagne haru le garda pani yo bhaya ko ho aba jati banda hunna jati lekhe pani sunai hunna aba k hatiyar uthaya matra yas ko samdan ho ho bane hami jasta menchhe le kaha bat tayar garne ho hoina bane gus khori tantra ko samadhan garu ok

    anil pandey gorkha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • nischal

    yastai ho ma ekchoti nagarpalika ma bibah darta ko kam ma gako thiye ani mero marriage date mistake bhayo ani tyaha panjikadhirailai bhaneko application diyera one week pachi aaune bhanyo one week pacchi gako jilla bikas samiti ma janu bhanyo tyaha gayera hakim lai bheteko 15 days lagne kura garyo i was tired pheri ktm pani aaunu parne ani tyaha ekjana officer maile chineko raicha unfortunately bhet bhayo ra usle ekchoti hakim lai kura gareko half an hour ma mero kam nagarpalika bata nai bhayo. yestai ho chor haru le janta lai dukha dina bhanera nai jagir khaye jasto pheri sarkar le pani sarkari office ma sabai chor haru nai khojera pathaune raicha ki kya ho ki ghus khanu parne ki chineko hunu pare hamro desh ko bikas kahile hune bho dikka lagera auncha yar

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prabin bhattarai

    Dear All,
    Tesari karmachari laai ghus diyara hatar hatar maa lisence banaunu bhanda hamile nai licence ko date expire hunu bhanda 1/2 month aghi nai apply gare ma yesto khal ko ghusa diyar liyar kam garnu parne dhudai na ki. Ra hamile developed countryies haru ko kura matra garne tara ramroo kuraa pani adopt garnu parne ho ki. Ho my god NO more corruption in nepal >????????????????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • autoPILOT

    मैले पनि रु. ३,५००/- तिरेर लाइसेंस बनायें गएको जाडोमा. आफ्नु ता २००७ अगस्त देखि रिन्यू भा रैन छ. तर ईमानदारी साथ भन्नु पर्दा यातायातको मूल गेट बात भित्र पस्नु परेन. बाहिर पट्टी सेवा दिनेहरुको राम्रो ब्यबस्था रहेछ.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Chandra Rai "Manab"

    PUNISH ALL CORRUPT AND REWARD HONEST PEOPLE. I mean, we must bring our society under the “RULE OF LAW”. This is the only way forward.

    Many thanks to the Author for sharing a bitter but true story!

    Chandra

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prachanda, girija ani madhap lai sodhnus.yati jabo kam garauna nasakne le kun khalko gati lier muluk ramro banaune hun ra kahile.yiniharuka partika karyakarta hun karmachari,hahahahahh chhi nepaliko kam garne aadat thukka kasto ghin lagdo.garnus netaji himmat chha bhane ramro kanoon banaunus natra bhane janta lai karmacharile jasto nathagnus la. G,P.M & Sahayodda ra sahayogiharu

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • अम्बिका गिरी

    नेपालका सरकारी कर्मचारीले घुस नखानु र बिरालोले मुसा नखानु भनेको एउटै कुरा हो । अहिले वाइस्यालका कार्यकर्ताहरुलाई पनि सोही पेशामा संलग्न छन् । यातयात बिभागमा लाइसेन्स झिक्न अब कुनै परिक्षा दिनु पर्दैन त्यहाँ गएर फोटोकपी गर्ने ठाउँमा सम्पर्क राखे ३ दिनमा लाइसेन्स तपाईकै हातमा पर्छ । मैले पनि मेरो लाईसेन्स हराउँदा बनाईदिन्छु भनेर हैरान पार्ने भेटेको थिएँ । मैले सोधेँ कति लाग्छ ? उसले २,००० भन्यो । त्यसपछि म पैसा नदिईकन कार्यालय पुग्दा त्यहाँ बसेको एक कर्मचारीले मेरो लाईसेन्स अंचलीकरण गरिएको कारणले गर्दा नमिल्ने भन्ने कुरा गर्यो त्यसपछि मैले सिधै यातयात व्यवस्था बिभागका तत्कालीन सचिव अर्जुन पन्तलाई भेटेर आफ्नो कुरा राखेँ उनले पनि हुँदैन भने । त्यसपछि मैले बाहिर २,००० तिरेर मेरो काम यहाँ हुन्छ भने अब जसरी पनि हुनैपर्छ भनेर जिद्धि गरेपछि तपाईलाई मात्र हो अरुलाई त हुँदैन भनेर त काम गरिदिए । त्यसैले त्यहाँ नबोलेदेखि प्रश्न सोधेको पनि पैसा लाग्छ । सबै जनताहरु सचेत भएर भ्रष्टचारको जरोलाई उखेलेर फाल्नुपर्छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Gyan , U.S.A.

    घुस खान पाउने मंत्रालय, बिभाग, कार्यालयका कर्मचारिहरुको जिबनस्तर तथा घुस खान नपाउने कर्मचारीको जीबन स्तर आकाश जमीनको फरक देख्नु हुन्छ / यसको भागबंदा कार्यालय प्रमुख र बिभागीय प्रमुख हुँदै मन्त्रालयको प्रमुख तथा मंत्री मंत्रानी साथै पार्टी कार्यकर्ताको भरण पोषणको लागी पार्टीसम्म पुग्छ / हामी जनता राजनीति दलको खेलौना मात्र हो / खुलेआम भ्रस्टाचार गरी रहन्दा पनि सरकार, यूथ फोर्स, वाई. सि. एल. किन चुप लागेर बस्छ / यस्ता सानोतिनो काम आजको आज्जै तुरुन्त गरी दिने ब्यबस्था मिलाउन सकिन्छ /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dhirrak

    कबिता…कबिता…कबिता…कबिता…कबिता…कबिता…कबिता…कबिता…

    वाह वाह!वाह वाह!वाह वाह!
    वाह वाह!वाह वाह!वाह वाह!वाह वाह!
    वाह वाह!वाह वाह!वाह वाह!वाह वाह!वाह वाह!

    बोल्नै नहुने भो…मैले त केही ….
    उल्लेख गरिएको घटना भई रहन्छ…
    कार्यलय सरकारीमा ….
    नेपालमा बस्ने अड्डा अदालत ….
    धाउने लाई राम्रो थाहा छ यो कुरा….
    यसो भए जसो लाग्छ मलाई ….
    सम्बन्धित निकायमा जवाफदेहीताको कमीले…

    थुइक्क नेपाली कर्मचारी! ….
    आफ्नै चरित्रले गर्दा तिनीहरूको …
    तथानामको गाली खेप्नु पर्‍या हेर्नूस त?….
    एउटा सेवाग्राहीको धन्यवाद …..
    पाउनु त कता हो कता….
    कहिले पो देख्ला र?
    हुन त त्यहाँका कर्मचारीले त्यो सूचना …
    कति घटिया हगि? …नेपाली संस्कार! वाह वाह!…

    वाह वाह!वाह वाह!वाह वाह!
    वाह वाह!वाह वाह!वाह वाह!वाह वाह!वाह वाह!
    वाह वाह!वाह वाह!वाह वाह!वाह वाह!वाह वाह!वाह वाह!

    खाएर टन्न बिदेशिको गुलामी गर्नु भन्दा त!!!
    भोको पेट ले राष्ट्रीय गान गाउदै स्वदेश माँ बस्न राम्रो!!…
    थर्मसमा चिया बेचेर भए पनि….
    बस्नु नै राम्रो आफ्नै देशमा…
    १००००/- कमाउनु भन्दा बिदेशमा…
    स्वदेशमा कमाउनु ३०००/-
    समयमा त मिल्न सकिन्छ…..
    कम्से काम आफ्नो परिवार संग …..

    वाह वाह!वाह वाह!वाह वाह!वाह वाह!
    वाह वाह!….वाह वाह!…वाह वाह!…वाह वाह!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rajan Devkota

    HUh,
    Hello there Pari,
    Why did u gave that so called lekhandas 250 ,unless the people stops bribing the corrupted officials they won’t change.I had some similar situation last time also but I went with all the required procedures and they were compelled to provide the services.
    Comeon you people youself are bribing the officials and later complain that they are taking bribes.
    Oh don’t be hypocritical all I want to say.
    Rajan Devkota

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • upen

    ghus khane ra dine dubai rastraka satru hun. tyesaile timi pani rastra ko satru raichhau kina ki timile pani ghus diyeu. timilai aba jail halnu parchha.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • BHIM YONGHANG

    पारी जि
    त्यो टास गरिएको सुचना मा पनि अर्को सुचना पढ्न पाइयो,की ( मानभाबहरु अफिस टाईममा आउनु नत्र ,,,,,,,,,) भनी लेखेको रहेछ नि ! यदी मानभाब हरु अफिस टाईम मा आएन भने उह आँफै आएर काम गर्ने होला कि क्या हो, कुरो त त्यस्तै बुझिन्छ त ।
    जे होस् यातायातको यात्रा चाँही गजब नै भएछ ।

    उही कामरेड साधुराम सुकुमबासी

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Cesar

    Naya Nepal

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sabai karmachari lai gali nagarau, yestai ho kanun nalagne desh ma, prasasanik departement kchytra khattam cha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dhirrak

    dhikkar chhan ti sara karmachari haru janmaune aamaharulai…dhikkar chhaa…ti aamahaulai

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • थुइक्क नेपाली कर्मचारी! तिनीहरूको आफ्नै चरित्रले गर्दा एउटा सेवाग्राहीको धन्यवाद पाउनु त कता हो कता, तथानामको गाली खेप्नु पर्‍या हेर्नूस त? हुन त त्यहाँका कर्मचारीले त्यो सूचना कहिले पो देख्ला र? नेपाली संस्कार! कति घटिया हगि? वाह वाह!

    k.p.pandey
    IRAQ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मैले त लाईसेन पनि पसलको स्टेस्नरी समान झै किनियो झन । के गर्नु मेरै आँखा अगाडि फेल भएका सबैले लाइसेन लिइसके आफुत कहिल्यै पास नगर्ने. खै, सबै ठिकै गरेको हुन्छु तर जहिले फेल भयो भन्छ । आफु ड्राइभर हुनलाई खलासिको जागिर छाडेर बसेको ३ महिना भैसक्यो अनि खान बस्नै टुट्न थाले पछि त किन्नु परेन लैसेन । म त हेर्नोस् एउटा उदाहरण मात्र हुँ, यस्तो पसले लाईसेन्ले गाडी चलाऊने धेरै कुबेरहरु छन्………. बाद्यता,,,
    पुर्खदेखिको चलन कहिल्यै छोडेन लौन तपाईं हरुले बिदेश बाट केही पहल गर्नु पर्‍यो । हामी जस्ता झिना मसिनको कुरा कसैले खाएन यहाँ….
    हे भगवान !!!!!

    कुबेर

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • purnaz

    थुइक्क नेपाली कर्मचारी! तिनीहरूको आफ्नै चरित्रले गर्दा एउटा सेवाग्राहीको धन्यवाद पाउनु त कता हो कता, तथानामको गाली खेप्नु पर्‍या हेर्नूस त? हुन त त्यहाँका कर्मचारीले त्यो सूचना कहिले पो देख्ला र? नेपाली संस्कार! कति घटिया हगि? वाह वाह!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • lachchu, il, usa

    tara k garnu, fosro rastriyata le pet bharidaina rahechha ta. kosis ta garekai ho, tara anta ma bidesh kai sahara linu paryo.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • rajesh

    k garnu ra sathi khai ta sarbahara bargako govt aayar pani kehi lachhar pato lagaunu sakena ta…..

    aba nepal astai ho….
    rajesh.
    from iraq.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sushil europe

    jab samma nepalma sasak bargako bolhal chalchha tab samma yestai hunchha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • प्रकाश कोयु

    यातायात कार्यालय त एउटा नमुना मात्रै हो । हरेक सरकारी कार्यालयमा सर्वसाधारणले यस्तै दु:ख झेल्नु पर्छ । जब सम्म यस्तो चलन हट्दैन तब सम्म नयाँ नेपाल बन्दैन ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • arjun puri frm sweden

    nepal ko system karmachari ramro vayako vaya hami jasta youba haru bidesinu parne thiyana bidesha ma indian ko hotel ma bhada majnu parne thiyana hola.sathi aba ali naya ramro news chai leknu hos hai la arjun puri sweden

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • binaya shrestha

    kunai samaya ma mailea aafno driving license banau da aati nai dikka bhaye ra akhtiyar durupayoug aayoug ma nibedan nai dida ta kehi huna sakeko thiye na…ulto malai samjhai bujhai akhtiyar ka baristha karmachari lea farkai dinu bhayeko thiyo …aba aahilea k nai hola ra ..mero pani sabari chalak aanumati patra ko samaya saki sakeko chha aba rs 250 ready garnu paryo hoina ta?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Himal

    Dear All

    This is the characteristic of our Nepal.We all are supporters of this systems.No one can change this.We had dream after New Nepal slogan,our political party would be serious with these issues and people could see change but it goes more worse than previous time.We saw big people movements for the Nepal and the Nepalese but we need different strategies changing our systems.First lets change ourself first then reform the whole systems so people can see there is good governance everywhere.Begin to reward honesty and punish corrupted person and right person in right place.

    wish you all the best

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dipika

    hamro Nepal kasto cha bhanne hamilai thahai cha ni,tehi bhayerata hami bidesinu pareko ni yetro dukha sahera, yesto samachar haru narakhe pani huncha,kunai naya kurai hoina, baru yedi kunai din hamro Nepal ma kehi ramro kura bhayo bhane rakhnu hola hai my sansar ma.
    uhi Nepal pidit dipika

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हाम्रो देश को कर्मचारी त जनता लाई सहयोग गर्न बसेको हैन दुःख दिन मात्र बसेको जस्तो लाग्छ
    कुनै पनि काम गर्नु पर्यो भने की हुन पर्यो आफ्नो मान्छे की हुन पर्यो खुस दिने पैसा

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sangram

    Nepal ko yehi dasha le ta sabai yuwa haru bidesinu pareko…. Khai jun Jun tantra ayepani Nepal chahi uhi satya yug ko nai hola jasto cha. Sabai Neta vanuda haru bhasan ma matra thulo thulo kura garchan ani janatalai ufarne kam garchan tara kam vane uhi ho kyare….. Ani kina terosni karmacharile kanunlai…. “Kag karairhancha Pina sukirahancha” vanya jastai…

    Jai Nepal!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jeroen

    Hi everybody,

    Why are you so angry to nepali karmachari? They are doing gud job. I appriciate them. Otherwise how it is possible to live in Europe, UK, US, Japan, Autrilia. He made your document when you were leaving Nepal. Why you people are only bla bla bla from out of Nepal. If you want to see a non-curruption nepal, than go nepal and do there something.

    Bye Jeroen

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • whats the hell in nepal.aba taha bhayo nepal ko fullform. nepal means neta haru ko pale,ghus khane karmachari murdabad,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • D.Pandey

    गत एक वर्षको दौरानमा तिन पटक नेपाल पुगें। मेरो सवारी चालक अनुमति पत्रको म्याद सकिएको अब एक वर्ष भन्दा बढी भईसक्यो । हरेक पटकको नेपाल भ्रमणमा यातायात कार्यलय पुग्छु र बाहिरैबाट फर्कने गरेको छु । हुल र अव्यवस्थित परिस्थिति देखेर । अब को पालामा जाँदा भने परीजीले गर्नुभएको जस्तै २५० मा काम सकाउन लगाउनु पर्ला जस्तो छ । थाहा थिएन middle man हुन्छ भनेर जानकारीको लागि धन्यवाद ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ईतिहास आचार्य

    नेपालको राजनीति देखेर उहिले सुब्बाजीले भनेको कुरा याद आयो र यहाँ पोखौ जस्तो लाग्यो -
    युगौँदेखि उत्तानो आँ…खोलेर बसेको
    कान्तिपुर
    कहिल्यै नअघाउँने खञ्चुवा मुख
    जसको अनुहारबाट सर्वत्र पीपैपीप खस्या’छ
    किनभने पीलोझैँ पाकेर निधारमै
    ढ्याक्क सिंहदरबार बस्या’छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Nagesh

    नयाँ नेपाल बन्नमा यो पनि प्रमुख बाधक हो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Shree krishna adhikari,israel

    Pratek sarkari karyalaye ko hal yestai behal ra manpari 6.janata lai dukha dine ra ghus khana palkeka puranai sasan paddati marfat naya nepal ko aasa garnu bekar hun6.yesta vrasta karyalayeka sab karmachari lai naitik karbahi garnupar6 ani des ban6

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • घुस खिलाएर नोकरी पाएको फेरी घुस खाएर काम नगरे पहिला दिएको घुस काहाबाट असुली गर्ने हो र ?सही समयमा किन आउने तलब त ढिलो आए पनि पाइयो र छिटो आए पनि फेरी घरको पुरा काम सिध्याएर ढिलो आएमा ठीक हुन्छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Nabin Giri

    In last year dec. i went to nepal and i have been to Yatyat office at pardi for made my licensed. which i already lost and i forget number too but i excatly know the month when i got the license but i tried 4 days to search my documents on file but i didnt got. Even i have paid one dalal for 500 Rs to help me to search, finally i realiased that my doc was lost. I complained but they didnt agree on that ……

    Finally i backed with out geting license.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • giriraj

    यो सरकारी कार्यालयहरु मध्य सधैं भिड भाईरहने ठाउँ हो। यस्तो लाग्छ कि कुनै जुलुस र नारा सुरु हुँदैछ। एकदम अस्तब्यस्त र घुस चल्ने ठाउँ हो यो। “सरकारी काम कहिले जाला घाम” भनेर त्यसै भनेका हुन र? काम गरे पनि नगरे पनि तलब आइहाल्छ,झन बर्सै पिच्छे तलब बडेको बडेइ छ। यसपाली पनि बडाउने रे,गैर सरकारी मान्छेलाई पो बजेटको “बेल पाकेर कागलाई हर्स न बिस्मात” हुन्छ त। तर पनि पुग्दैन यिनिहरुलाई, “श्री बखकोला जनोखान काजी मसाखा घटेरा” यिनैको नाम हो। यसको अर्थ चै = श्री बडेबडेमान खल्ती भएको कोट लगाउने, जती नोठ खाए पनि नअघाउने, काठमाडौं जिल्ला, महिनाको सात आठ देखी खाएर घरमा टेलीभिजन राख्ने,(स्रोत:-मह)

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ghus khuwayera JAGIR payeko bhanda pani Ghus KHUWAYERA KAmau KARYALAYA ma Saruwa milayeko bhanda best hunthyo ki sir?!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Lyapche

    जब सम्म लोकसेवा आयोग को स्थाई प्रकृया रहन्छ , अनी कर्मचारीलाई फायर गर्न सकिन्न तब सम्म यो चलन रहिरहन्छ । त्यो चालक अनुमती पत्रको म्याद किन ५ बर्ष सम्मा मात्रा हो बुझ्न सकिएको छैन ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • विस्मृती

    मैले त केही बोल्नै नहुने भो............. तर माथी उल्लेख गरिएको घटना भई रहन्छ सरकारी कार्यलयमा (यो कुरा नेपालमा बस्ने अड्डा अदालत धाउने लाई राम्रो थाहा छ ।) । सम्बन्धित निकायमा जवाफदेहीताको कमीले यसो भए जसो लाग्छ मलाई ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • NuringmaniBinodd

    घुसखोरी र भ्रष्टचारको जड नै कर्मचारीतन्त्र हो!
    पदमा पुगेका नेताहरुले भ्रष्टचार गर्ने माध्यम नै यिनीहरु हुन!!
    अनी यिनीहरुलाई सघाउने नेपाली जनता!!!
    अब परिजी मा अलिकती जांगर भईदिएको भए २५० खुवाउन नै पर्दैनथ्यो कसैलाई तर उहालाई एक्छिनको दु:ख भन्दा २५० सस्तो लागेको मात्र हो नत्र आफ्नो काम आँफै गर्न नसक्ने हैन,यती लेख लेख्न सक्नेले जाबो त्यो कागजी प्रकृया पुर्याउन नसक्ने देखिन्न/
    हामी कती अरुमा निर्भर छौ भन्ने यो एउटा नमुना हो,लेख चाँही यस्तो छ र उस्तो छ लेख्नु भयो तर त्यही काम र कुरालाई प्रोत्साहित गरेर आफ्नो काम बनाउनु भयो,त्यसैले अरुलाई औंला ठड्याउनु भन्दा परिवर्तन चाहन्छौ भने शुरुवात आँफैबाट गरौ न!

    नुरिङ्गमणीविनोद
    धरान

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पुन्टे कान्छा

    दीपिका जी,नसोधौ देश ले हामीलाई के दियो , सोचौ देशलाई हामीले के दियौ ???
    होइन र ? तपाई त समय माँ नै बिदेशिनु भयेछ, राम्रै गर्नु भो !!!
    के गर्नु आफु त भोको पेट ले राष्ट्रीय गान गाउदै स्वदेश माँ बसियेको छ !!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • टन्न खाएर बिदेशिको गुलामी गर्नु भन्दा त भोको पेट ले राष्ट्रीय गान गाउदै स्वदेश माँ बस्न राम्रो । देशमा थर्मसमा चिया बेचेर भए पनि आफ्नै देशमा बस्नु नै राम्रो। बिदेशमा १००००/- कमाउनु भन्दा स्वदेशमा ३०००/- कमाउनु राम्रो कम्से काम आफ्नो परिवार संग समयमा त मिल्न सकिन्छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • spandan

    देश मा बसे भनेर आफ्नो जिन्दगी बाँच्न को लागि चोरि, फटाइ, घुसखोरी, राजनीतिक खिचातानी, भाई भाई बिच मा मराकाट, आफ्नो स्वार्थ पुरा गर्न अरुलाई जतिसुकै घ्रीणित काम गर्न पनि पछी नपर्नु भन्दा त बरु सानो तिनो नै भये पनि बिदेश मै गएर इमान्दारीपुर्बक काम गरेर आफ्नो र आफ्नो सन्तान लाई इमान्दारी र मानबता एस्तो हो भनेर ज्ञान दिएर स्वच्छ जिन्दगी बाच्नु र अरुलाई पनि बाँच्न दिनु नै उत्तम नि हैन र ? र अर्को कुरो देश लाई आर्थिक सहयोग पनि त बिदेश मा बस्ने ले कमाउनाले नै भएको छ ।। remittance ले चलेको छ भन्छन अहिले नेपाल । अरु कुनै आर्थिक गतिबिधी त नेपाल मा देखिदैन खाली फोहोरी राजनीतिक गतिबिधी भन्दा ।

    नोट: येस्को मतलब सबै नेपाल मा बस्ने नेपाली लाई एउटा समुहमा राखेको हैन र सबै बिदेश बस्ने लाई पनि एउटै समुह मा राख्न खोजेको हैन । यो सबै समस्टिगत रुपमा लिएको हो । कसैले अन्यथा बुझ्नु भएमा माफि माग्दछु

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पुन्टेजी,
    पीर नगरनुस् भोको पेटमा रास्ट्रीय गान गाउने तपाईं एक्लै हुनु हुन्न । साथमा हामी लाखौं लाख नेपाली छौ।

    ठुले,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sudip

    Good Point.dipika ji kehi siknus

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • raj

    Kumar Ji Aafno desh chodera bidesinu ta kslai man huncha ra aafno pariwar chodera ke garne nepal ko arthatantra nai remitence le chaleko cha hoina ra remitt aaunu desh chulnu yo thulo kuro pani hoina ani gathi kuro ke bhane tapain hami jasta naya yuba le rastriya gaan geyera matrai pani desh banne hoina , aarthik , samajik kranti garnu paryo yuba haru naya nepal banuna ekjute hune bela yaayo ani marta desh le kanchuli ferna thalch Sakaratmak shonch, samuhik bawana, ko bikas garnu cha tapain hami jasta yuba le, kunai rajnitik party ko matrai jhanda bokera pani desh banne pani ta hoina ni kaso “Bicharle Bastu Janmauch naki Bastu le Bichar”

    Raj
    Doha Qatar

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • anil shrestha(japan)

    kumar ji kura ta tapai ko 100%right ho tara k garnu.nepal ma hune banda ra hartal le tapaihami lai 3000 kamauna din6ra? bides ma bhaye 10000 ta pakka cha ni hoinara.hami haru pani man lagera bidesinu pareko hoina kumar ji badhyeta ho.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • anil shrestha(japan)

    kumar ji tapaile bhannu bhaeko 100%right ho tara nepal ma hune banda ra hartal le k tapai hami lai 3000 kamauna dinchara? bdes ma 10000 kamai hune ta pakka cha ni hoina ra.bidesine haru sayed rahar le bidesiye ko hoina kumar ji yo ta badhe ta po ho ta.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Itihas Acharya

    Sanchalak sathilai sano sujhab dium hola..unicode ma lekhiyeka comment haru ko kasto durgati bhako tyo?? Sathai sathiko lekh haru ni sarhai asudhha dekhiyo font namileka le..Kripaya dhyan puraunu hola ra yeslai yatha sshigra hal garnuhola…dhanyabad..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bhim

    तपाँई सन्चौ हुनु हुन्छ ?
    Same question frm my side too .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • तपाईंको कमेन्टले मध्य मार्गी धार समातेछ । खुशी लाग्यो । सरकारी कार्यालयको हविगत देखेर त दिक्दार लाग्छ । खै के ले गर्दा हो मैले बुझ्नै सकेको छैन । कोही भन्छन नेताले भ्रष्टाचार गरेर देश खत्तम भो । कोही भन्छन कर्मचारीले घुसखोरी गरेर देश डुब्यो । एउटा नेपाली भन्छ ” नेपालीको जहाँ गए नि खुट्टा तान्ने बानीले अघी बढ्न सकेको छैन ” । अर्को नेपाली भन्छ ” नेपालीहरुको विश्वाश गर्नु हुन्न , औंला दिदा डुडुल्को निल्छ ।” कोही भन्छन युवामा राष्ट्रियता नभएर देश डुब्यो । सबैले एक अर्कालाई आरोप मात्र लगाउछन । कोही आफुले आफुलाई परिवर्तन गर्दैन । अरुलाई मात्र गलत देख्छन । फेरी म पनि के भाको होला अरुलाई आरोप लगाउदै छु ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • शशि भुषण थपलिया क्यालिफोनिया U.S.A

    नेपालको सबै ठाऊँमा यस्तै हुन्छ ।
    चोरै चोर यौटै सोर​

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • शशि भुषण थपलिया क्यालिफोनिया USA

    देशै गरिब मान्छे हरिप​

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मलाई साक्ष्यात सुशिलजिको कुरा चित्बुज्यो.
    हामीले सुरुवात आफुबाटनै गर्नुपर्छ-परिबर्तनको लागि।
    आजको यो दु:खत र बिकराल इस्तिथी पनि यही अरुलाई दोश लगाउने प्रबिधिले निम्ताएको हो।
    खै हामीमा किन respect other,mutual understaning,coopreate eachother,भन्ने भाबना नै नभा हो?सबैलाई POWER,SATTA,MONEY चाहिएको छ,समाज,देश र जनता भन्ने कुरा ब्रिसिएका छन.

    भगवानलाई प्रथान गरौ सबैमा सद् ज्ञान आयोश।
    जय नेपाल

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sudip

    Correct comment.These people(most of them are outside) just want to criticize ,they want a secure life.They don’t want to ride in a bus where the part of a bus are rusted and somewhere in a future will be crashed.They don’t want to save a bus , instead they want to leave a bus.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hanumanji

    bhai, timro ta dimag khuskyo ki kya ho?
    wah.. wah… wah… chhya!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Nepal ta pahile dekhi baneko chha ni mitra, aba yesta sarkar ra karmachhari ko chhakhma raako baalna suru garnu parchha kya. Natra tesai ternai wala chainan. Laat ko vut baat le kaha manchha ra….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • GK

    hilarious comment!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • GK

    because you tend to forget the driving skill in each five years, lol!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes