मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    देशका लागि स्वयंसेवा गर्ने हैन त ?

    -स्याटेलाइट-

    महावीर पुन तपाइँहरुलाई चिनाइरहनु पर्ने नाम होइन। नेपालको विकट जिल्ला म्याग्दीबाट ‘दुर्गम ठाँउहरुलाई’ इन्टरनेटको सञ्जालसँग जोड्न शुरु भएको थियो महावीरको वायरलेस इन्टरनेट प्रोजेक्ट। अहिले यो बाग्लुङ, गोर्खा, पर्वत, पाल्पा, मकवानपुर लगायत दर्जन बढी जिल्लाहरुमा फैलिसकेको छ। मैले महावीरको ‘नेपाल वायरलेस प्रोजेक्ट’ मा सम्मिलित भएर काम गर्न थालेको केही महिनामात्र भयो। म र मेरो इराकी मूलको अमेरिकी साथी अनेशले प्रोजेक्टलाई आवश्यक पर्ने वायरलेस उपकरणहरु बेलामौकामा पठाइरहेका थियौँ। तर नेपालको झ्याउलाग्दो भन्सार। प्रयोग गरिएका यी उपकरणहरु पठाउँदा पनि थुप्रै झन्झट ब्यहोर्नुपरेको तीतो अनुभव हामीसँग छ।

    हामीले पठाएका केही उपकरणहरुसहित महावीर।

    स्वयंसेवाका रुपमा पठाइएका यी उपकरणहरु छुटाउन मैले एकपल्ट तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईलाई इमेल लेखेको थिएँ। ‘तपाँईका भन्सार कर्मचारीहरु निकै भ्रष्ट र परपीड्क छन्। यी उपकरणहरु प्रयोग भैसकेका हुन्। यिनको प्रयोजन महावीर पुनको नेपाल वायरलेस प्रोजेक्ट अन्तर्गत नेपालका विकट गाउँहरुमा इन्टरनेटको पहुँच पुर्‍याउन गरिनेछ। यसको फाइदा त्यहाँस्थित हाम्रा विद्यालयका विद्यार्थी, स्थानीय व्यापारीलगायत सर्वसाधारण हुनेछन्। त्यसैले हामीले दुःख गरेर पठाएका यी उपकरणहरु भन्सारमा रहेका जुकाहरुबाट जोगाई महावीर पुनसम्म पुग्न हामीलाई सहयोग गर्नुहोस्।

    प्रतिउत्तरका लागि एकसाता पर्खिएँ। आएन। भन्सारका जुकाहरुले छ हजार नेपाली रुपैँयामा बार्गेनिङ गरे। त्यसभन्दा पटक्कै घटेनन्। भन्सार तिर्ने भए त्योभन्दा बढी राजस्व तिर्नुपर्ने रे। लौ त भनेर तिर्न बाध्य भयौँ। नत्र उपकरणहरु म्याग्दीसम्म पुग्ने अवस्था थिएन।

    मसँग IT Networking मा राम्रो दख्खल राख्ने साथी अनेश थियो। मैले महावीरको काम र उद्देश्य उसलाइ बताएको थिएँ। ऊ नेपालका विकट गाउँहरुमा पुगेर इन्टरनेट पुर्याउने काममा हामिलाइ सहयोग गर्न उत्सुक भयो। सयौँ डलर टिकटमा खर्चेर ऊ मसँगै टर्की, मलेसिया हुँदै नेपाल आएको छ। उसले आफूसँग माइक्रोटिक, सिस्को स्विच, वायरलेस कार्डहरुजस्ता हामीलाई ती गाँउहरुमा इन्टरनेट सेट-अप गर्न अत्यावश्यक उपकरणहरु बोकेर आएको छ।

    काठमाडौँ आएपछि हामीले महावीरलाई भेट्यौँ ठमेलस्थित काठमाडौँ गेष्ट हाउस परिसरमा। कसरी नेटवर्क सेट-अप गर्ने भन्नेबारेमा छलफल गर्‍यौँ। आँउदो हप्ता हामी दुई जना अमेरिकी स्वयंसेवकसहित छ जनाको समूह मुस्ताङको जोमसोम जाँदैछौँ। त्यहाँबाट हामी नजिकका गाउँ र विद्यालयहरुलाई इन्टरनेटसँग जोडने काम गर्नेछौँ। महावीर हामीसँगै हुनुहुनेछ। त्यहाँ हामी दुई हप्ता बसेर इन्टरनेट नेटवर्क सेटअप सँगसँगै त्यहाँको शैक्षिकस्तर विद्यालयहरुमा पुगेर बुझ्नेछौँ।

    अमेरिकाको Yale University बाट आफ्नो गर्मी विदामा महावीरको प्रोजेक्टमा सघाउन स्वय‍सेवक बनेर आएका Henry Rudriguez सँग मैले पुतलिसडकस्थित कार्यालयमा भेटेको थिएँ। उनी हामीलाई सहयोग गर्न अमेरिकादेखि आएका छन्। अनेश हाम्रा बालबालिकाहरुसम्म इन्टरनेटको पहुँच पुर्‍याउन उपकरणहरुसहित इराकबाट नेपाल आएको छ। उनीहरु अढाइ दिन हिँडेर जोमसोम परका गाँउहरुमा पुग्नेछन् महावीरको लक्ष्यलाइ आकार दिन। कामहरु धेरै छन्। गोरखामा पनि स्वयंसेवकहरु चाहिएका छन्। पर्वतको कुस्मासम्म इन्टरनेट लिङ्क पुर्‍याइसकिएको छ। फलेबासलगायतका ठाँउहरुबाट माग भैरहेको छ। सीमित जनशक्ति र साधनले गर्दा चाहेजति ठाँउहरुलाई इन्टरनेटसँग जोड्न सकिएको छैन। गाउँले विद्यार्थीहरु र विद्यालयलाई काठमाडौ-पोखरास्थित व्यवसायिक इन्टरनेट प्रदायक कम्पनीहरुले बजार मान्दैनन्।

    अनेश र महावीरको भेट।

    नेपाली युवाहरुसमक्ष मेरो एउटा अनुरोध छ- तपाईँ हामी नलागेसम्म सरकारले विकास गरिदिन्न र यो संभव छैन। हामीलाई नेपाली गाउँहरुमा कम्प्युटर र इन्टरनेटको पहुँच पुर्‍याउन धेरै स्वयंसेवकहरुको खाँचो छ। स्वयंसेवक बन्न सम्बन्धित विषयमा पोख्तै हुनुपर्दैन। समय र मन ठूलो कुरा हो। हामीले वर्षको एक महिना हाम्रा विकट गाँउहरुमा परिवर्तनको लहर ल्याउनका निम्ति छुट्याउन सक्दैनौ र ? शहरमा १०+२ को परिक्षा दिएर बसेकाहरुले समेत गाउँहरुमा पुगेर छोटो कोर्स पढाउन सक्छन्। बेसिक कम्प्युटर सिकाउन सक्छन्। गणित या विज्ञान पढाउन सक्लान्। हामीले स्वंयसेवाको यो अवधारणालाई केही स्तरीय उच्च माविहरुसँगको समन्वयमा पर्वतका केही विद्यालयहरुबाट शुरु गर्ने योजनामा छौँ। यसका लागि गृहकार्य भैरहेको छ। छोटो अवधिका लागि शहरका योग्य विद्यार्थीहरुलाई गाँउहरुमा लगिनेछ स्वयंसेवकका रुपमा। एक या दुई महिनाको छोटो बसाइमा उनीहरुले गाउँका केटाकेटीहरुलाई कम्प्युटर लगायत भाषागत ज्ञानहरु दिनेछन् साथै सडकमा टायर बाल्नु र यातायात बन्द गर्नु सभ्य मानिसहरुले गर्ने काम होइन भन्नेजस्ता सामान्य तर महत्वपूर्ण कुराहरु सिकाउनेछन्। हामीकहाँ डिग्री गरेका विद्यार्थीहरु त भए, तर ती सामान्य ज्ञानसमेत नभएका अराजक भीडमात्र बनिदिए। स-साना परिवर्तनहरुको सामूहिक रुप नै एउटा सिङ्गो सफलता हो।

    हामीलाई मुस्ताङ, गोर्खा, कपिलवस्तु, पाल्पा र भैरहवामा महावीर पुनको प्रोजेक्टमा सहयोग गर्नसक्ने स्वयंसेवकहरुको आवश्यकता छ। केही विदेशी स्वयंसेवकहरुले मात्र गरिदिएर हाम्रा योजनाहरु समयमा सकिने छैनन्। विदेशीहरु हाम्रो लागि केही गरिदिन सात समुद्र पारिदेखि आँउछन् तर हामीहरु कहिले नसकिने राजनीतिक खेलहरुका बारेमा टिप्पणी गर्दै बसेका छौँ।

    देश विकासका यी कामहरुमा सहयोगी हुन फिल्डमै खट्नुपर्छ भन्ने छैन। विदेशमा बस्ने नेपालीहरुले महावीरको लक्ष्यमा सहयोगी बन्न One Dollor a month कार्यक्रम अनुसार पनि सक्दो आर्थिक सहयोग गर्न सक्नुहुन्छ। प्रयोग भैसकेका कम्प्युटर, स्विच लगायतका उपकरण पठाएर पनि स्वयंसेवक बन्न सक्नुहुन्छ। यी सहयोगहरु महत्वपूर्ण योगदान हुनेछन्।

    महावीर पुनसहितको हाम्रो समूह केही दिनमा मुस्ताङमा हुनेछौँ र त्यहाँबाट सम्भव भयमा थप अपडेट गरौँला। थप जानकारीको लागि www.nepalwireless.net मा हेर्नुहोला। मलाई आशा छ, सहयोगी हातहरु उठ्ने नै छन् परिवर्तनका निम्ति। देश हाम्रो हो, बनाउने हामीले नै हो।

    परिवर्तनका निम्ति स्वयंसेवक बन्ने हैन त !

    No related posts.

    No comments yet to देशका लागि स्वयंसेवा गर्ने हैन त ?

    • कालीपारे दाई

      i am interested ………how can i contact u…….i wanna do sth……..voluntarily……….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear team congratulation to taht great view

      It’s nice to know from this site. I’m so glade to read this news.
      Actually i’m student of this field in Russian Polytechnic university and doing diploma course in the field “computer science of calculation machine and networking”. Just in last semester i finished that course about all type of netwroking system and modems like (LAN, WAN and different type of wireless system (WI-FI, bluetooth, Zigbee, and WiMax)). Now i wanna know about this system what you r going to use for wireless networking in Nepal. Please if it’s possible, let me know to me your (Henry Rudriguez, Mahabir Pun(dai), and Anesh(dai)) mail contact. my id is suresubu_pyari@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahabir ji namaskar.mero ghar arghakhachi ho.malai pani internet chahio.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aadarnia Mitra Mahabir pun ji,
      Namaskar,

      tapiko mansik urjale hamile dherai sochna baddye bhayaka chhau. please Rukum Jilla ko lagi pani sochi dinu hola
      hami afno jilla ko lagi tapailai chahine purbadhar tayar garna raji chhau.
      chahine shrot jutauna pani tayar chau

      Hasta Gautam
      Austin, USA
      hastagtm@gmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • i am really impressed with the contribution given by Mahavir Pune and i support him from heart.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      satelite ji,
      thanks a lot for this excellent article.
      i m going to participate from today in ‘ 1 dollar a month’ project of Mahabir dai.
      Thanks satelite…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      I am really agree and support with the views of Sachayat sushil ji.
      Dear friends lets do something to our country!! We can not wait for the leaders to develop our country. We should do ourselves.

      thanks
      Prakash

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ARJUN

      hi

      Mahabi Dai thanks For u.
      hajurle nepal ko lagi kehi garnu huncha hola jasto lagcha hai malai ta ani bhanu na k hami pani easm a saha bhagi huna pahinchha hola ta?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nagesh kulung

      सहयोग गर्नै पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I forget something to tell you Mahabir Dai here is
      आदरणिय महाबिर पुन, स्याटेलाइट, तपाईंको इराकी साथी अनेश अनी Henry Rudriguez लगायत महाबिरजीका सम्पूर्ण सहयोगी हातहरुलाई मेरो नतमस्तक भएर सलाम अनी सफलताको कामना ।

      म पनि महाबिर ज्यूको One Dollor a month मा अहिल्यैदेखी सहयोग गर्न चाहन्छु तर कुन मध्यमबाट कसरी गर्न सकिन्छ कृपया स्पष्टसंग बताइ दिनोस न ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आदरणिय बिकास प्रेमी नेपाली हरु,
      नमस्कार ! ! !

      महाविर पुन ज्यु को सोच र उहाका टीम को लगनशिलता का साथै अन्य मित्र हरुको सहयोग ले नेपाल भरी तार रहित ईन्टरनेट सेवा उपलब्ध हुन सक्ने आधार हरु धेरै देखिन्छन, मात्र खांचो छ सहयोग गर्ने हात हरु को।
      आज नेपाल को मुहार फेर्ने कोशीस गर्ने एउटा समुह लागेका छन नेपाल मा र सहयोग को लागि हात फैलायियका छन यो ब्लग मार्फत। मानिस हरु भागदै छन यो ब्लग बाट किन भने बोल्ना साथ पैसा दिनु पर्छ भनेर। यो कुनै परमानन्द झा को शपथ ग्रहण को समाचार होइन न सुजाता मन्त्री भएको खबर, न नेपाली कोङ्ग्रेस्स को निर्वाचन न माओवादी को निर्वाचन पारीणाम। न कसैलाई अपहरण र न कसैको टाउको काटेको छ न फिरौती मागेको छ, न राजेन्द्र खड्गी को माओवादी दल प्रबेश न हस्त बहादुर के सि को। यहाँ आउन पनि किन? माओवादी को निर्वाचन प्रचार गर्न पायको भय २ छाक को लागि पैसा पाइन्थ्यो कि? कोही भन्दै छन नेपाल का 99% जनता Marxism का सिद्दान्त बाट सन्चालित माओवादी मा छन कोही भन्दै छन अब माओवादी नेपाल को रक्षा कवच रे!
      वाह: नेपाली जनता क्या खुबी छ फोकट को प्रतिकृया लेख्न। कुनै फोकट को समाचार मा २००-४०० सम्म प्रतिकृया आउने ब्लग यही हो। आज देश बिकास गर्ने एउटा योजना ‘ एक महिना को एक डलर’ यो ब्लग मा आउँदा पुच्छर लुकायर भागाभाग। अझ नेपाल भारत को सिमाना को सम्बन्ध मा बिदेश मा बसेर भुक्ने हरु लाई टाउको मा मुङ्ग्रोले नै हानेको जस्तो लागेको होला किन भने प्रबास मा बस्ने हरु को लागि बिशेष अनुरोध जस्तो लाग्छ ‘डलर’ भन्ना ले।
      कहाँ गय माओवादी को निर्वाचन प्रचार जस्तै गर्न सक्ने ति स्वोर हरु? कि मोतिचुड लड्डु मा हिङ्गुर सिन्दुर राखेर खानु भयो?
      कहाँ गय ति लामा लामा लेख लेख्नेहरु जो १३,००० जनता को रगत मा होली खेल्दा पनि माओवादी को समर्थन मा आयका थिय?
      कहाँ गयो त्यो गांउ गांउ बाट उठ बस्ती बस्ती बाट उठ भन्ने आवाज?
      कहाँ गय ति महान commentors जो आँफैलाई यो ब्लग को हर्ता कर्ता सम्झन्थे?
      के उहा हरु को हैशियत एक डलर एक महिना को बराबर छैन ? तर खुशी पनि लाग्यो एक डलर एक महिना को पनि हैशियत नहुने हरु ले भोको पेट लियर पनि नेपाली राष्ट्रियता को बिगुल फुकी रहनु भयको रहेछ तर यो एक डलर प्रदान गर्न शायद प्रचन्ड प्रभु सङ्ग सोध्नु पर्ने होला यदी त्यस्तो हो भने कठै! देश बिकास गर्ने प्रचन्ड पथ को अधिनायकबाद र हजूर हरु को प्रचण्ड्भक्ती।
      भविश्य मा नेपाल भारत को सिमाना मा सुत्न जानु पर्‍यो भने प्रचन्ड को आदेश नपाय सम्म नजाने प्रबुद्द बर्ग हरु आउनुस् उठ्नुस् देश बिकास गर्न प्रचन्ड पथ नै चाहिन्न जस्ले गरे पनि हुन्छ। अन्यथा तपाईं हरु को त्यो मुकुन्डोधारी प्रचण्ड्पथे अनुहार उदाङ्ग हुने छ।
      सहयोग भन्ना साथ आफु खुशी दिने हो कुनै बाध्यता त छैन तर पनि यस्त कुरा मा commentors हरु नदेखियको हुंदा मात्र अली चर्को लेखेको हुं अन्यथा नलिनु होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      आदरणिय महाबिर पुन, स्याटेलाइट, तपाईंको इराकी साथी अनेश अनी Henry Rudriguez लगायत महाबिरजीका सम्पूर्ण सहयोगी हातहरुलाई मेरो नतमस्तक भएर सलाम अनी सफलताको कामना ।

      म पनि महाबिर ज्यूको One Dollor a month मा अहिल्यैदेखी सहयोग गर्न चाहन्छु तर कुन मध्यमबाट कसरी गर्न सकिन्छ कृपया स्पष्टसंग बताइ दिनोस न ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Excellent job my support is always with u

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod

      Excellent my support is with u

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chetan

      Excellent Job !

      I wish I could be the part of the project. But I will definitely contribute when I can.

      I wish you all the best!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dujman sunar

      Hi
      Mahabi Dai thanks For u.Tapai le Nepalko history ma
      many good work garnu bhaeko 6.K Pyuthan ma this Programme
      gar ne hoina?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sharma mahesh

      salam satelite and mahabir dai for your great effort to make a network of wireless internet throught the nepal.im also intrested to you help for this project.im coming back to nepal soon.

      regards
      mahesh
      myagdi,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun qatar

      sabai lai member banaudai garnu abasya
      tapai ko yojana safal hune chha mahabir sir
      safalata ko kamana la hai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear all
      To know more about Mahabir Pun and his project please visit
      http://www.nepalwireless.net/
      and to donate $1 a month please visit
      http://nepalwireless.thamel.com

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shishir lal shrestha

      malai tapai ko lekha maan paryo sir….
      one dolller help garna ma tayar chhu

      malai kaha kasari tapai lai paisa pathaune ho , tesko jankari dinu hola ,

      ya ta mero mail ma shishirkl.shrestha@gmail.com ma , full detail ma lekhi pathai dina anurod gardachhu ,

      thank you
      shishir
      malaysia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nabeen

      Well..

      Nice to know the wireless project in nepal..I am also a IT GUY working Security project in singapore, if u need any kinds of help than let me know

      Kind Regards
      Nabeen

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      I am ready to help 1$ per month program but How to send money please inform me.

      Thanks
      Prakash

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      स्याटेलाइटजी,

      सहयोग त गर्ने तर कसरी र कहाँ गरने ? समय र श्रममात्र खर्च गर्ने हो कि ? एक महिनासम्म लाग्ने खर्च आफै जुटाउने हो वा के हो ? अलि खुलस्त हुनुपर्यो । बरु एउटा निश्चित कार्यक्रम नै बनाउनुभएको भए सजिलो हुनेथियो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narendra

      i am very glad to read this news, why don’t u take this project in Gulmi, i am also in IT industry, i will also try my best contribution in applicable if my knowledge find within in u r project required

      (please do not Neglect this one of the beautiful District of NEPAL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      The aim and desire of Mahabir pun is great, we did also help in his Nepalwireless project during our college days. We were really excited to be part of some of his project.We are looking new opportunities to be associated with his NepalWireless Project.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मित्रहरु यो खालको बिचार धारा अति नै राम्रो लाग्यो हाम्रो जस्तो बिकट मुलुकमा पुनजिले गर्नु भएको काम र कोसिस ! अब यस्तै खालको काम-कुराहरुमा संपूर्ण नेपाली युवा-युवतीहरु एक भएर अगाडी बढेर काम गरेमा जे पनि गर्न सकनेछन ! त्यसैले त होला, बुढा-पाखाहरू भन्ने गर्छन तिमीले आँट भगवानले पुरयाई दिने छ ! यसको मतलब हामीहरु आफैले जून सुकै काम-कुराहरुमा हात नहाले सम्म हुने वाला केही छैन !
      नभएर नेपाली जनताहरुलाई र देशलाई केही होस/गरी दिन्छु भन्ने कुरा त नेपालका चोर नेताहरु र सरकारको निती भए जस्तो लाग्दैन ! भए पनि बोलीमा मात्रै सिमित छ ! यी चोरहरुका बिस्वास अब नेपाली जनताहरूले नगरे हुन्छ ! यिनिहरू ब्यक्तिगत फाईदा र पार्टीको फैदाको लागी जनताहरुलाई जुदाउने/फुटाउने र कुर्सी ओगटने र देशको धनराश सिध्याउने मात्र हुन ! त्यसैले संपूर्ण नेपालीहरूले यो निती( पुनजीको जस्तो बिचार ) लिएमा राम्रो हुने थियोकी ? आफ्नो गाउ आफै बनाऊ, आफ्नो टाउको आफै जोगाऊ !!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आनन्द भण्डारी

      Dear all,

      Great to hear it.

      I’m in Australia as a student and am involved in one of the clubs here.
      If I could be of any help, please feel free to email me.
      Please don’t say Rukum or Chitwan, but say let’s do it in Nepal. Don’t be divided by peety regionalism.Thanks

      Aananda Bhandari

      aananda.bhandari@student.adelaide.edu.au

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      स्वयंसेवाका रुपमा पठाइएका यी उपकरणहरु छुटाउन मैले एकपल्ट तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईलाई इमेल लेखेको थिएँ। ‘तपाँईका भन्सार कर्मचारीहरु निकै भ्रष्ट र परपीड्क छन्। यी उपकरणहरु प्रयोग भैसकेका हुन्। यिनको प्रयोजन महावीर पुनको नेपाल वायरलेस प्रोजेक्ट अन्तर्गत नेपालका विकट गाउँहरुमा इन्टरनेटको पहुँच पुर्‍याउन गरिनेछ। यसको फाइदा त्यहाँस्थित हाम्रा विद्यालयका विद्यार्थी, स्थानीय व्यापारीलगायत सर्वसाधारण हुनेछन्। त्यसैले हामीले दुःख गरेर पठाएका यी उपकरणहरु भन्सारमा रहेका जुकाहरुबाट जोगाई महावीर पुनसम्म पुग्न हामीलाई सहयोग गर्नुहोस्।

      प्रतिउत्तरका लागि एकसाता पर्खिएँ। आएन।
      —————-

      हाम्रा राजनीतिज्ञ नेता हरुको कम्जोरी बहाहरुलाई फूलमाला पहिरिन पर्‍यो भने चाँही फुर्सद नि स्क न्छ जसरी पनि !
      मुलुकको हितको लागि सघाउन ईमेल मार्फत मद्घत मग्दा बहाहरु लाई फुर्सद निकाल्न गाह्रो हुन्छ ! तीन छ क्क पर्नु !——
      धन्न यहाँ महाबिर पुन जस्ता नेपाल आमाका कर्म वीर सन्तान छन जो देशको हित को लागि खटिरहेका छन अनी महाबिर पुन हरु को प्रोजेक्ट लाई सक्दो साथ दिन तत्पर स्याट्लाइट जस्ता सुपुत्र छोराहरु छन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ANjan

      Dear Sankalpa,
      Thank you very much your artical again. I hereby post for you my email address: 372044@edu.rocmn.nl
      Hope that you mail me or contact me as soon as possible.
      Regards
      ANjan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Happy Bikash

      woow, if every nepalese had the same spirit like mahabir dai had done, then surely education level of our nation increases n country will b developed

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh (USA)

      We need more ‘Mahabir Pun, not GP, MK..Bla Bla….for uplifting the lives of poor and disadvantaged people across the country.

      Salute to Mr. Pun and the Team.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manas

      ramro bichar nepali najuti nepal bandaina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रेम पुन, बेल्जियम

      स्याटेलाइट जि तपाईंको देश सेवा गर्ने सोचलाई मेरो सलाम छ! महाबिर पुन र तपाईं जस्तो जन सेवा गर्ने सोच लिएर अगाडि बडे नेपालको बिकट जिल्लामा बसोबास गर्ने बिद्दार्थी र जनताहरुलाई धेरै राहत हुने थियो।
      माईसंसारको सम्पूर्ण पाठकहरुले पनि राजनैतीक गफ गर्न छाडेर महाबिर पुनको one doller one month या अरु भौतिक तथा आर्थिक सहयोग गरेर देश बिकासमा सहयोग पुर्‍याउने कि???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok

      satellite ji
      chitwan ma internet ko ati aabsayekata chha plz chitwan ma jodi halum na la

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khalid

      satellite ji

      I am with you and would like to be a part of the program. I am originally from Terathum and if possible I would like to work on Terathum.

      Waiting to hear from you.

      Jaydesh.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran

      भन्सारको संसार यस्तो रहेछ अब फेरि अख्तियारले चिठ्ठी लेख्ने भयो । ल म नि सहयोग गर्न ईच्छुक छु । म सम्पर्क गरौँला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biraj

      Good work! i’ll be joining your team soon.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikas gurung

      bichar ta ramro cha tara tyo durgum manche haru ko bari ta internet le joddine hoina kya re
      pahilo abasyakta k ho tes lai prathamikta dinu cha
      tesaile volenter huna chai nasakne vayo sorry
      bikas

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      SALAm CHha Mahabir Pun, Anesh ani Satellite lai,

      Yes of course, we have to do ourselves to make Nepal.
      I am also willing to help for this campaign.

      Krishna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pradippna

      to help the rural student on the computer education is my entire desire .i m able to do it but due to the nepali situation it it is great problem for nepies students like me. i m student .my exam is going to be held soon. it should had finished my exam about one n half month before but it is not till.i had planed to teach about computer and new technology on village but due to the study i m unable todays. hope i will be also able to help rurar people like u n ur team. i also request to all to help this team or ur own team or individual to increase the lifestyle of rurar people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narayan

      Dear Writer thanks For View ,
      This wireless project didn`t have at Arghakhanchi District , i am so much glad read this Wireless Project , i want to help this project please make plan also Arghakhanchi .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yudhisthir

      sewa gare mewa milchha mewa khaya vitamin a payinchha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गुल्मेली

      गुल्मी मा प्रोजेक्ट छ कि छैन नभय सुरु गर्नु पर्यो? I will help for that, if need.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna gopal shrestha

      आदरणिय satellite ज्यु,
      नमस्कार ! ! !

      हजूर को टीम का साथै महाबिर जी लाई पनि प्रणाम।
      सर्बप्रथम मेरो एउटा अनुरोध छ कि मलाई स्वार्थी नभनी दिनु होला।
      म मेरो जिल्ला काभ्रे मा सब भन्दा पहिला wireless ईन्टरनेट को बेबस्था गर्न चाहन्छु कारण नसोध्नु होला, तर पनि मैले सके सम्म आँफै भन्ने कोशिस गर्ने छु।
      १) बनेपा मा Polytechnique institute खुल्न लागेको छ।
      २) धुलिखेल मा Kathmandu University छ।
      ३) बनेपा लाई नेपाल सरकार ले Cyber city घोषणा गरेको छ तर केही काम शुरु गर्न सकेनन।
      ४) सन २०१० पछी बनेपा नेपाल को सब भन्दा ब्यस्त शहर बन्दैछ।
      अहिले लाई यि ४ कारण मात्र लेखेको छु तर यि नै सब भन्दा महत्त्वोपूर्ण जस्तो लाग्दछ।
      बनेपा मा प्रत्यक बर्ष १०,००० भन्दा बढी सङ्ख्या मा अन्य जिल्ला बाट बिद्ध्यार्थी हरु आउँने गर्दछन, तेसैले बिद्ध्यार्थी हरुको आवश्यकता लाई ध्यान मा राख्ने हो भने Internet को उपयोग र तेस्का लागि खर्च गरिने रकम पनि प्रत्युत्पादक हुन आउँछ र Cyber City पनि भयको नाता ले छिट्टै नै केही हुन सक्ला जस्तो लाग्दछ।
      दोस्रो कुरा, बनेपा सब भन्दा ब्यस्त सहर हुन सक्ने सम्भावना।
      यो काम गर्न का लागि एक जिल्ला का लागि लगानी गर्नु पर्ने रकम र स्वोयम्सेवी हरु के कती मात्रा मा चाहिने हो मलाई जानकारी भय यहाँ हरुको सेवा मा म सधैं तय्यार छु साथै यो ब्लग मार्फत प्रबास मा रहेका नेपाली हरु सङ्ग सहयोग को अपेक्षा गरियको जस्तै नेपाल मा रहेका नेपाली हरु लाई पनि जानकारी भय अझ राम्रो हुने थियो । नेपाल मा बसेर आदरणिय महाविर जी मार्फत नेपाली जनता को सेवा गर्ने अबसर दिनु हुन्छ होला भन्ने आशा का साथै काभ्रे जिल्ला बाहेक पनि मैले गर्न सक्ने केही काम छन भने कृपया मलाई खबर गर्न नबिर्सनु होला भन्ने अनुरोध गर्न चाहन्छु।
      धन्यवाद
      कृष्ण गोपाल श्रेष्ठ
      kishan_shrestha@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hridaya

      गोबिन्द जि, अर्थ न बर्थ गोबिन्द गाइ भनेको एही हो । तपाईं एक्लैले पुरै नेपाल को सेवा गर्नुस् भनेर त कसैले भनेको छैन नि, आफुले आफ्नो तर्फ बाट जती सकिन्छ त्यती सेवा गर्ने पो भनेको त । कि कसो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Naran

      We are waiting for you… Full support from my side..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rosham

      satellite ji SALUTE you bro.we also help him 1 dollar progrm on hk.
      and he is really great person thnx
      rosham
      chtwn, hk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujeet

      garnu parcha Nepal Desh ko bikash .. i like it… ramro sanga garnu …thanx … tar yastai ho yaha ramro kam garne manche lai pani dukha dine manche bhayko le Nepal bikash hun nasakeko ho ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G Thapa

      tyo pani ho tara pani k hi ta garnu parchha ni ta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ANjan

      Dear writer,
      I am so glad to know about the Mahabir Pun. I heard about him before but i dont know about his project of wireless internet in Nepal. If someboday knows about project of Mahabir Pun, please let me know detailly. Because i am a IT’er, my study and working is as a Networking Administrator. Wireless networking is my interested field. So I become to interested from this artical for support them and i wanna share my knowledge for the project.
      ANjan from Nederlands

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sulab pun

      nepali yeti padeko uti padeko bhaner phue lagauchhan padeko janeko haru pani nepalko lagi banda bidesh kai lagi garna tayar chhan . adi kunai pani nepali le padeko janeko ho bhaner bhanchha bhane nepal ko lagi pani kehi garnu parchha jasto malai lagchha maha bir pun le jhhastai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कस्को पो सेवा गर्ने हो नेपाल मा…….. सबै सेवा पर्खेर बसेका छन ……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna gopal shrestha

      आदरणिय Satellite ज्यु,
      मैले एउटा कुरा त भन्न बिर्सें छु।
      सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद मा दर्ता गरेका समाज सेवा गर्ने कुनै पनि संघ संस्था लाई बिदेश बाट आयात गरियका सामान हरु मा भन्सार निशुल्क भन्ने प्रयोजन थियो क्या रे, अहिले छ कि छैन बुझ्न पाय सजिलो हुन्थ्यो कि?
      धन्यवाद
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sankalpa

      Anjan,
      email me about your interest. I will be in Europe in July. We can discuss about your IT interest. I am also working on bringing projects from the US to Nepal.
      sankalpa
      sstha@hotmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sankalpa

      Anjan,
      Email me sstha@hotmail.com or post your email. I am working on bringing educational project to Nepal from the US.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • grihajilla

      la na ta maile pani sahayog garthe yadi gulmi ma vaye ta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Resham panthi, Sydney

      How selfish u R? Gulmeli bro???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      गोबिन्द जि !
      ‘ सबै सेबा पर्खेर बसेका छन —-’ गलत भन्नु भयो तपाईंले । छैनन । सबै सेबा पर्खेर बसेका छैनन । आधी होलान या त्यो भन्दा धेरै या थोरै तर सबै चाँही कत्ती पनि होइ नन ।
      नेपाल मा धेरै एन जि ओ – आ ई एन जि ओ का प्रोजेक्ट हरु देखिन्छ । ति मध्य धेरै नै चाँही निदाएका हुन्छन अनी जब बिदेश बाट सहयोग को रकम आउछ तब ति ब्युझन्छन जब रकम सिद्दिन्छ फेरी ति निदाउछन —– तर केही यस्ता प्रोजेक्ट हरु छन जस्का सस्थापक देखी स्बयम्सेबी सबै आँफै रातोदिन अहोरात्र खटेर लागिरहेका छन । तिनको मेहेनत को कारण प्रोजेक्ट निदाउन पाउदैन । तिनै ब्युझिएका प्रोजेक्ट मध्य महाबिर पुन जि को प्रोजेक्ट पनि एक हो ।
      गोबिन्द जि ! एक्लैले धेरै सेबा दिन गार्हो होला तर धेरै जना मिलेर थोरै थोरै सेबा ( सहयोग ) हुँदा हुँदै त्यै सेबा – सहयोग को रुप धेरै हुन्च जान्छ – ठुलो हुन जान्छ । सेबा को रुप सानो ठुलो – धेरै थोरै भन्ने हुँदैन , जस्ले जती सक्यो -जसरी सक्यो त्यसरी गर्ने हो ।
      देश को माया लाग्छ भने अनी दुर्गाम – बिकट का सुबिधा बाट बन्चित भाई – बैनी या दाजु भाई – आमा – बा हरुको माया लाग्छ भने – बहाहरुको दिन चर्या मा परिवर्तन आओस भन्ने भाबना पलाउछ भने त्यसरी सेबा भाब ले लागि परेका प्रोजेक्ट को आफूले जती सकिन्छ त्यती सहयोग हामी नेपाली हरुले नै गर्ने हो । थोपा थोपा मिलेरै त गाग्री भरिन्छ नि —- त्यसैले हरेक बूद थोपा को आफ्नै ठाउँ मा महत्ब हुन्छ —– तपाईं हामी सबै त्यो बूद बन्नु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna gopal shrestha

      आदरणिय बिकास प्रेमी नेपाली हरु,
      नमस्कार ! ! !

      महाविर पुन ज्यु को सोच र उहाका टीम को लगनशिलता का साथै अन्य मित्र हरुको सहयोग ले नेपाल भरी तार रहित ईन्टरनेट सेवा उपलब्ध हुन सक्ने आधार हरु धेरै देखिन्छन, मात्र खांचो छ सहयोग गर्ने हात हरु को।
      आज नेपाल को मुहार फेर्ने कोशीस गर्ने एउटा समुह लागेका छन नेपाल मा र सहयोग को लागि हात फैलायियका छन यो ब्लग मार्फत। मानिस हरु भागदै छन यो ब्लग बाट किन भने बोल्ना साथ पैसा दिनु पर्छ भनेर। यो कुनै परमानन्द झा को शपथ ग्रहण को समाचार होइन न सुजाता मन्त्री भएको खबर, न नेपाली कोङ्ग्रेस्स को निर्वाचन न माओवादी को निर्वाचन पारीणाम। न कसैलाई अपहरण र न कसैको टाउको काटेको छ न फिरौती मागेको छ, न राजेन्द्र खड्गी को माओवादी दल प्रबेश न हस्त बहादुर के सि को। यहाँ आउन पनि किन? माओवादी को निर्वाचन प्रचार गर्न पायको भय २ छाक को लागि पैसा पाइन्थ्यो कि? कोही भन्दै छन नेपाल का 99% जनता Marxism का सिद्दान्त बाट सन्चालित माओवादी मा छन कोही भन्दै छन अब माओवादी नेपाल को रक्षा कवच रे!
      वाह: नेपाली जनता क्या खुबी छ फोकट को प्रतिकृया लेख्न। कुनै फोकट को समाचार मा २००-४०० सम्म प्रतिकृया आउने ब्लग यही हो। आज देश बिकास गर्ने एउटा योजना ‘ एक महिना को एक डलर’ यो ब्लग मा आउँदा पुच्छर लुकायर भागाभाग। अझ नेपाल भारत को सिमाना को सम्बन्ध मा बिदेश मा बसेर भुक्ने हरु लाई टाउको मा मुङ्ग्रोले नै हानेको जस्तो लागेको होला किन भने प्रबास मा बस्ने हरु को लागि बिशेष अनुरोध जस्तो लाग्छ ‘डलर’ भन्ना ले।
      कहाँ गय माओवादी को निर्वाचन प्रचार जस्तै गर्न सक्ने ति स्वोर हरु? कि मोतिचुड लड्डु मा हिङ्गुर सिन्दुर राखेर खानु भयो?
      कहाँ गय ति लामा लामा लेख लेख्नेहरु जो १३,००० जनता को रगत मा होली खेल्दा पनि माओवादी को समर्थन मा आयका थिय?
      कहाँ गयो त्यो गांउ गांउ बाट उठ बस्ती बस्ती बाट उठ भन्ने आवाज?
      कहाँ गय ति महान commentors जो आँफैलाई यो ब्लग को हर्ता कर्ता सम्झन्थे?
      के उहा हरु को हैशियत एक डलर एक महिना को बराबर छैन ? तर खुशी पनि लाग्यो एक डलर एक महिना को पनि हैशियत नहुने हरु ले भोको पेट लियर पनि नेपाली राष्ट्रियता को बिगुल फुकी रहनु भयको रहेछ तर यो एक डलर प्रदान गर्न शायद प्रचन्ड प्रभु सङ्ग सोध्नु पर्ने होला यदी त्यस्तो हो भने कठै! देश बिकास गर्ने प्रचन्ड पथ को अधिनायकबाद र हजूर हरु को प्रचण्ड्भक्ती।
      भविश्य मा नेपाल भारत को सिमाना मा सुत्न जानु पर्‍यो भने प्रचन्ड को आदेश नपाय सम्म नजाने प्रबुद्द बर्ग हरु आउनुस् उठ्नुस् देश बिकास गर्न प्रचन्ड पथ नै चाहिन्न जस्ले गरे पनि हुन्छ। अन्यथा तपाईं हरु को त्यो मुकुन्डोधारी प्रचण्ड्पथे अनुहार उदाङ्ग हुने छ।
      सहयोग भन्ना साथ आफु खुशी दिने हो कुनै बाध्यता त छैन तर पनि यस्त कुरा मा commentors हरु नदेखियको हुंदा मात्र अली चर्को लेखेको हुं अन्यथा नलिनु होला।
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • परिक्षित्,

      प्वाक्क मुखा हानु जस्तो !! बोलना पाए भनेर जे पनि बोलिदिने ? सेवा महावीर जी लाइ होइन्, सेवा देश का पिछ्डीएका वर्ग जस्को संचार मा सहज पहुच छैन त्यस्ता को लागी हो . साथी गोविन्द जी पहिला कुरा बुझौ अनि बल्ल बोलौ त्यसो गरे कसो होला ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sunil

      is Nepal is just Gulmi? why can’t you help if it is outside gulmi?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Indra Pun Rukum

      SYATELIGHT SIR,
      RUKUM MA PANI YO PROGRAM
      MILAUNU PARYO 6L PHAL GARNUS NA PLEASE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mani

      hey man how did u evaluate u as yourself, first think what nice project is this, do u think village people dont have right of it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mani

      at this time blocker uploaded good project. I am also ready to help my email id is mani.shrestha@sci.monash.edu.au
      if you need any help, I will try my best from my side to ask some equipment from it section which isnot long use here but useful in Nepal.

      Mani

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कृष्ण गोपाल श्रेष्ठ ज्यु ,
      नमस्कार

      तपाईंले लेख्नु भएको प्रतिकृयाको सार मैले बुझे सम्म ” नेपाली युवा युवतीलाई अनावश्यक प्रतिकृया मात्र लेखेर समय फाल्नु भन्दा बरु कुनै समाज सेवाको ठोस कदम चाल्न सुझाव दिनु भएको हो ” तर तपाईंको प्रतिकृयाको रुप भने अवश्य नै त्यही पुराना २०० – ४०० प्रतिकृयाको दर्जाको भन्न सकिन्न र ? समाज सेवाको यती राम्रो कदमको प्रतिकृया स्वरुप तपाईंले फेरी पनि माओवादी कै कुरा ल्याउनु भयो । मलाई माओवादी भनेर आरोप नलगाउनु होला किन भने म यसको खण्डनमा प्रतिकृयाको शब्द खर्चिन चाहन्न । तपाईंले फेरी अर्को कृया प्रतिकृयाको शाब्दिक द्वन्द सुरु गर्नु भयो । भर्खरै तपाईंले भन्नु भएको जस्तै २००-४०० अनावश्यक प्रतिकृया या तपाईंको समर्थनमा आउनेछन या बिपक्षमा । अनी स्याटेलाइट जि को यती राम्रो लेख चटक्क बिर्सेंर फेरी त्यही दोषारोपणको जन्जालमा प्रबेश गर्छ, माइसन्सार । भयो छोडौ यि कुरा ।
      स्याटेलाइट जि को लेख असाध्य मन पर्‍यो । खाली, कुर्सी तानातान,हत्या,बलात्कार अपहरण र बन्दको समाचारको भिडमा कहिले काही आउने यस्ता लेखले मनमा उर्जा दिदो रहेछ । म आफ्नो तर्फबाट मेरो देशको बिकासको निम्ती केही गर्न चाहन्छु । किन भने मैले बुझेको छु बिदेशमा हामी नेपालीलाई कुकुर-मान्छे गन्दा रहेनछन । ‘आइ एम फ्रम नेपाल’ भन्दा ‘ ह्वेर इज इट ?’ भन्दा कती मन कटक्क खान्छ मैले बुझेको छु । तर हामी नेपाली त आफ्नै देशमा त फुट्यौ फुट्यौ बिदेश आउँदा समेत एउटा नेपालीले अर्को नेपालीलाई गन्दैन । लाजै मर्नु ।
      कुनै फिन्निशले अर्को फिन्निशलाई नराम्रो भन्दो रहेनछ । एउटा अफ्रिकाको काले ले अर्को कालेलाई काले भएको आधारमा पनि कती राम्रो ब्यवहाँर गरेको देखिन्छ । आफ्नो देशको नागरिक भने पछी त झन गर्ने ब्यवहार नै फरक हुदो रहेछ तर हाम्रो नेपाली नेपाली बिच खै कही देख्न पाइदैन । “नेपाली” भन्ने भावना कमैमा छ । केही दिन अघी मेरो जिबनमा यस्तो घटना भयो ।
      कुरा १४ जुन २००९ को हो । ईरानको राष्ट्रपतीको निर्वाचनमा धाधली भएको कुरा सुनेर मेरो अपार्ट्मेन्ट छेउको ईरानी मित्र दिनभरी डिप्रेस्ड भए । उनी जती खेर पनि ” अब ईरान सधैं यस्तै हुन्छ ” भन्थे । म उनी हाम्रो देश नेपालमा कस्तो कस्तो हुँदा त हामीलाई केही पिर हुन्न भनेर जिस्काइरहन्थे । भोली पल्ट मलाई अचानक आफ्नो कोठामा बोलाए । यु टयुबबाट ईरानी प्रदर्शन र झडपको भिडियो देखाउदै थिए । म जिस्किदै थिए ” दिस इज हाउ वि स्पेन्ड आओर लाइफ ” तर हेर्दा हेर्दै उनको आँखा रसिलो हुँदै आयो । एउटा मेडिसिनमा बिद्याबारिधी गर्दै गरेको विद्यार्थी आफ्नो देश भएको निर्वाचनमा भएको धाधलीको कारण आसु झारेको देखेर मलाई पनि मनमा कस्तो कस्तो भयो । उनी भन्थे ” अब ईरानी सधैं यस्तै हुने भयो ”
      मेरा फिन्ल्यान्ड स्थित केही मित्रहरुले बिदेशमा बस्ने नेपाली विद्यार्थी को एउटा कोष निर्माण गर्ने । जसमा प्रत्येक महिना १ घण्टाको कामको पैसा राखेर देशका बिकासका पुर्वाधार निर्माण गर्न आर्थिक मद्घत गर्ने भनेर एउटा संगठन निर्माण गर्ने योजना बनाएका थिए । त्यही दिन यसै बारे कुरा गर्न मेरो अमेरिका स्थित आफ्ना मित्रलाई फोन गरे । नेपाली न हुँ, भलाकुसारी लगतै नेपाली राजनीतिको कुरा सुरु भयो । भारतले गरेको सिमा अतिक्रमण,बलात्कार र थिचो मिचोको कुरा गर्दै, ढिलो चाडो भारतले नेपाल टुक्राउने षड्यन्त्र गर्दै गरेको कुरा गरे । मेरा मित्र प्रतीउत्तर दिदै थिए ” देश तेरो नेताहरुले खत्तम बनाए । जती खेर नि बन्द र हड्ताल बाहेक केही हुन्न । बरु लियोस यार इन्डियाले मलाई यहाँ ग्रीन कार्ड अप्लाई गर्न सजिलो हुन्छ, रेफुजीमा ।”
      म स्तब्ध भए । अघी भर्खर एउटा ईरानी आफ्नो देशमा आन्दोलन हेरेर आसु झार्यो, अहिले हाम्रै देशको विद्यार्थी देश नै अरुले लगे ‘ग्रीन’ कार्ड अप्लाई गर्न सजिलो हुन्छ भनेर बसेको छ । अझ उनी नेतालाई गाली गर्दै थिए, नेताले गरेर देश डुबेको । मैले जे भन्न फोन गरेको थिए, त्यो अधुरै रह्यो । कुरा गर्नुको कुनै औचित्य देखिन ।
      यि घटना हेरेर सबै नेपाली मेरा मित्र जस्तै हुन र इरानी आमिर जस्तै हुन भन्न त मिल्दैन तर यसले बहुसन्ख्यकको प्रतिनिधित्व अवश्य गरेको छ । नेपाल सधैं अबिकसित रहनुको कारण जसले जे देखे पनि मैले देखेको यही हो कि हामी सबै नेपालीहरु “आफु असल बाँकी खराब ” देख्छौ ।
      नेपाली त खाली अर्काको खुट्टा तान्ने मात्र गर्छन् ।
      नेपाली आईमाईको काम हुन्न दिन भरी अर्काको कुरा काटेर बस्छन ।
      नेपालीको बुद्धी घुडामा हुन्छ ।
      यस्ता वाक्यहरु आफु सहि र अरु गलत देखाउन निर्माण भएका हुन । हरेक नेपालीले अरु नेपाली खत्तम आफु सहि देख्छ ।
      यही प्रसँग शायद महाबिर पुनलाई पनि लागु हुनछ । जब उनले नेपालका गाउ गाउलाई तार रहित ईन्टरनेटले जोड्ने प्रयास गरे सुरुमा त उनलाई ‘साइको’ ‘काम नपाको ‘ अनी यस्तै यस्तै उपाधी दिईयो होला । जब उनले अन्तरराष्ट्रिय स्तरको पुरस्कार पाए बल्ल मान्छेले ” यह ठिकै गर्दो रहेछ भन्न थालेका हुन ”
      यसर्थ म लगायत मेरा केही मित्रहरुलाई यस्तै आरोप लागेको छ । जब हामी महिनामा एक घण्टाको तलब मिलाएर देश बिकासमा केही योग्दान गर्ने योजनामा जुटेका छौ । हामी केही गर्न सक्छौ भन्ने आशा गरेका छौ । सकिएछ भने महाबिर पुनको प्रोजेक्टमा हाम्रो संगठनको तर्फबाट पनि केही गर्नेछौ । अनी बिदेश बसेका नेपाली बिद्यार्थीहरुलाई मेरो आग्रह छ । एउटा बर्गरको पैसा अब आफ्नो देशलाई हरेक महिना दिने कि ? धन्यवाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      कस्तो तुच्छ विचार कृष्णजी । जहाँपनि राजनीति जोड्नैपर्ने ? अनि मैले यति सहयोग गरेँ भनेर भन्नैपर्छ ? कुनै लेखमा प्रतिक्रिया धेरै नआउँदैमा मान्छेहरू तर्किएको ठान्नु कतिसम्मको बुद्धिमत्ता हो ? यो लेख पढ्ने कतिका मनहरू खुशीले गद्‌गद‌ भएका होलान् । उनीहरूको मन छाम्ने कोशिस गर्नुस् । तर, कतिपय बाध्यता, समयाभाव वा अन्य थुप्रै कारणहरूले यस्ता कार्यमा चाहेर पनि सलेग्न नसकेको हुनसक्छ । त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।

      भन्नैपरे बरु तपाईंले के-कति, कसरी सहयोग गर्नुभइरहेको छ, अनुभव सुनाउनुस् । अरुलाई पनि प्रेरणा हुनसक्छ । विषवमन गरेको खानेकुरा कसले खान्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      शुसिल जि !
      हिर्दय छोयो तपाईंको कमेन्ट ले । तपाईं हरु जस्ताइ असल सन्तान बाट नेपाल आमालेआफ्नो मुहार फेरिने आश गरेकी छि न् —–

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      गीत को बारेमा तेती त थाहा भएन तर मैले सुनेको गीत हो ।
      “नेपालीले नेपालीको खान्छ है मुटु कलेजो !”
      अरु line चाँही याद भएन !
      एक ले अर्को को खुट्टा तान्ने अनी अरुको कुरालाई सम्मान नदिने !
      एही प्रव्रीती नै हो देशको अधोगती को मुख्य कारक !
      Rajan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna gopal shrestha

      आदरणिय बिकासप्रेमी नेपाली हरु,
      नमस्कार ! ! !
      साक्षात शुसिल जी तथा पुष्प जी,
      प्रतिकृया का लागि धन्यवाद।
      सर्बप्रथम सुशिल जी को लेख प्रती म पूर्ण समर्थन गर्नुका साथै तपाईंको देश प्रेम र भक्ती एबम बिकास प्रतिको सोच लाई म शुभकामना का साथ मैले केही गर्न सक्ने योग्य काम पाय सेवा मा हाजिर छु भन्ने जानकारी गराउन चाहन्छु। म जुन दिन देखी यो ब्लग मा आउन थांले मैले पटक पटक अनुरोध गरेको छु कि कसैलाई गाली गलौज को लेख नलेखौं हुन त कसै को जिम्मा मा कोही छैनन तर पनि करीब ३ महिना अनुरोध गर्दा पनि तेस्ता प्रकार का लेख क्रमबद्द तरिका ले आयी रहने र तेस लेख को समर्थन भन्ने लेख्ने एउटा समुह नै यो ब्लग मा देखियको हुंदा कम्ती मा पनि सिधा साधा नेपाली जनता हरु लाई झुट्ठा आश्वासन दिन नपावोस भन्ने उद्देश्य ले मात्र खन्डन गर्न मैले लेखेको हुँ। तर पनि मैले सके सम्म एउटा Moral Lesson सिकुन भनेर हरेक लेख मा केही न केही राख्ने गरेको छु। हुन सक्छ म अतिबादि हुँला तर एस ब्लग मा गिरिजा लाई गाली गर्ने वा प्रचन्ड को समर्थन गराउने भन्दा पनि देश बिकास का लागि चाहिने पुर्वाधार तय्यार गराउने कोशीस हो। शायद शुसिल जी ले पनि हेर्नु भयको होला एस ब्लग मा तेस्ता स्वोर कती कम भय कती तेस्ता बेक्ती हराय जो एकोहोरो भक्ती गान गांउथे। बिदेश मा बस्ने हरु भनेर लेखेको हुंदा शायद शुसिल जी वा अन्य साथी हरु लाई केही नराम्रो पर्न गयको मा ख्सेमा प्रार्थी छु।

      मित्र पुष्प जी,
      सर्ब प्रथम मैले राजनीति लाई जोडेर लेखेको भन्न सुहाउला जस्तो छैन किन भने दैनिक आउने स्वोर हरु दबियकोले बोलायको मात्र हो।
      दोस्रो, प्रतिकृया धेरै आउनु र थोरै को सवाल भन्दा पनि सधैं आउने स्वोर किन आयन भन्ने हो। अन्य कुरा मा घोक्रो फुट्ला जस्तो गरी प्रतिकृया लेख्ने हरु ले राम्रो कार्य का लागि समर्थन मात्रै जनाइ दिंदा पनि सहयोग भन्दा बढी हुन जान्छ भन्ने हो। बाध्यता को कुरा गर्नु भयो ठिकै छ जस्लाई पनि पर्न सक्छ तर पुष्प जी आँफै सोच्नुस् त माओवादी बिरुद्द को लेख हो भने कती आवाज गुन्जन्थ्यो २४ घण्टा भित्र यो ब्लग मा? के यो प्रस्ट छैन?
      अर्को कुरा पुष्प जी ले मेरो सबै प्रतिकृया नपढिकन आवेश मा मलाई जवाफ दिनु भयो, कृपया शान्त मन ले पढेर मैले के कती सहयोग गर्छु भनेको छु आँफै पत्ता लगाउनु होला।
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      कृष्णजी,
      मैले त्यही पत्ता लगाउनु सोधेको हुँ । कि आफूचाहिँ गफमात्र चुट्‌ने अनि अरुले समर्थन पनि गरेन भनेर विषवमन गर्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna gopal shrestha

      मित्र पुष्प जी,
      नमस्कार ! ! !
      प्रतिकृया तथा जिज्ञासा का लागि धन्यवाद।
      Internet को महत्त्वो लाई ध्यान मा राखी मैले मेरो जिल्ला सम्बन्धी र आवश्यकता सम्बन्धी पनि कारण हरु प्रस्तुत गरेको छु पहिलो Comments मा कृपया हेर्न नभुल्नु होला।
      मेरो जिल्ला को बस्तुस्थिती लाई हेरेर कम्ती मा बनेपा नगर नत्र पुरा काभ्रे जिल्ला को लागि सम्भव भय सम्म सम्पूर्ण ब्यय भार उठाइ दिने प्रयत्न गर्दै छु।
      आशा छ अन्य बिकास प्रेमी नेपाली जनता हरु ले पनि आ-आफ्ना जिल्ला का लागि सकेको योगदान गरुन।
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      prakash ji,
      chck out this site..
      http://www.nepalwireless.net/
      they explain everything how to donate…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker