जय, सिड्नी (अष्ट्रेलिया)
सोच्दै थिएँ, कैयौ प्रतिभाशाली र मेहनती संगीतकर्मीहरु,चलचित्रकर्मीहरु, साहित्यकारहरु, अन्य कलाकारहरु, खेलाडीहरु, उद्यमीहरु, किसानहरु, ब्यापारीहरु, लेखकहरु, बैज्ञानीकहरु, प्राज्ञहरु, र अन्य थुप्रै पेशामा लागेका सर्जकहरु रउनीहरुका श्रीजनाहरु छन् नेपालमा। उचित मूल्य र बजार नपाएर कोही ओझेलमा परेका छन् भने कैयौले खानलगाउन समेत गार्हो परेर आफ्नो क्षेत्रमा निरन्तरता दिन नसक्ने बाध्यता आएको छ। द्रुतगतीमा मुलुकको बिकास गर्न रआर्थिक क्रान्ति ल्याउन गरिनुपर्ने बिभिन्न पाटाहरु होलान्, ती मध्य एउटा मुख्य पाटो हो- ‘विश्वसँग नेपालको जोडाइ’ (connection of Nepal with the world)। ‘बिश्वसँग नेपालको जोडाइ’ भनेर के अर्थमा भनेको, पहिला यसलाईसिंहावालोकन गरौ। नेपालमा संचारमाध्यमको बिकास त अन्य क्षेत्रको दाँजोमा धेरै नै राम्रो मानिनुपर्छ। त्यो बाहेक, विश्व बजारमा नेपाली बस्तुको उपस्थिती, विश्वमा नेपालीले र विश्वले नेपालभित्र गर्ने आर्थिक लगानी, नेपाल भित्रिने रनेपालबाट बाहिरिने (पर्यटन, उच्चशिक्षा, बसाइँ-सराइ अथवा अन्य प्रायोजनको लागि) जनसंख्याको आकँडा निकै नै महत्वपूर्ण बिषयहरु हुन्।
जसरी हामी बिकसित मुलुकहरुले बनाएका साधनहरु, दैनिक उपभोग्य वस्तुहरु, आधुनिक र मनोरन्जनका सामाग्रीहरु उपभोग गरिरहेका छौ, त्यसरी नै हाम्रो उत्पादनहरु विश्वसामु पुर्याउनु देशको बिकासको लागि अपरिहार्य छ। ‘तिम्रोराम्रो वस्तु म खरिद गर्छु, मेरो राम्रो वस्तु तिमी खरिद गर’, यही हो आजको विश्व अर्थतन्त्रको ढाँचा। तर भनिरहनु नपर्ला हामी आयातमा जती अगाडि छौ, निर्यातमा त्यती नै पछाडि छौ। तादम्यता मिलिरहेको छैन। कल्पना गर्नुहोस् त,हामीले आयात गरिएको सुन्तलाको जुस खरिद गरेको जस्तै जुम्लाको रसिलो स्याउ बिदेशी बजारमा बेच्न पाए, हामीले अमेरिका र अफ्रिकाको हिप-हप (hip hop) संगीत सुनेको जस्तै, नेपाली लोकगीतलाई बिदेशमा पनि लोकप्रिय बनाउनपाए, नारायण गोपाल जस्ता गायकको स्वर विश्वलाई उपहार दिन पाए, शेक्सपियरको नाटक र टोल्स्टोयको उपन्यास हामीले पढेको जस्तै देवकोटाका नेपाली स्वादका कविताहरु रूस र अमेरिकाका साहित्यप्रेमीहरुलाई पनि चखाउन पाए,हामीले अङ्रेजी र हिन्दी चलचित्रहरु हेरेको जस्तै नेपाली चलचित्रहरु अरुलाई देखाउन पाए, कस्तो हुन्थ्यो होला? हामीकहाँ प्रतिभाको र राम्रो उत्पादनको कमी भएको कहाँ हो र? तर मैले यस्तो कुरा गर्दा अली दिवा स्वप्न जस्तो पनि लाग्नसक्छ। मलाई त सपना देख्न मनपर्छ, तपाईंलाई कस्तो लाग्छ? तर सपनाको त्यो संसारमा पुग्ने कुनै वायु यान हुँदैन, एउटा- एउटा खुड्किलो उक्लदै पुग्नुपर्छ।
विश्वसँग जोड्ने मुख्य पूल भाषा पनि हो। जसरी बिभिन्न भाषा भाषीको बिच नेपालमा नेपाली भाषाले पूलको भूमिका निर्वाह गरेको छ त्यसरी नै अरु भाषा भाषीसँग हामीलाई जोड्ने पूल अङ्रेजी भाषा हो। जसरी नेपाली भाषा बोल्न र पढ्ननजान्दा जीवनको ठुलो भाग उपभोग गर्नबाट बन्चित भईन्छ त्यसरी नै अङ्रेजी नजान्दा हामी अर्को ठुलो हिस्सा उपभोग गर्नबाट बन्चित हुन्छौ। सर्वबिदितै छ, जती धेरै भाषाको ज्ञान भयो उती राम्रो हो। मैले यहाँ अङ्रेजी नजान्दाहिनताबोध गराउन अथवा नेपाली भाषाको महत्व कम गराउने बिकृत कुरा गर्न खोजेको चाँही होइन। हामीले विश्व सभ्यता र अन्य देशको ईतिहास बारे जान्न पाउनु पर्छ कि पर्दैन? अन्य देशका मानिसका रहन-सहन, खाना, बिचार र जनजीवन बारे जान्न पाउनु पर्छ कि पर्दैन? अरु भाषाको संचार माध्यम, साहित्य चलचित्र जस्ता खुराकले हामीले हाम्रो सोचाइको दायरा बढाउन पाउनु पर्छ कि पर्दैन? संसारका सबै खालका मानिससँग साथी बन्न र भावना साटासाट गर्नपाउनु पर्छ कि पर्दैन? यी प्रश्नहरुको जवाफ पाउन अनी ‘बिश्व एक परिवार’ को भावना फूलाउन पनि अङ्रेजी भाषालाई अङ्गिकार गर्न अपरिहार्य छ। तर अहिले नेपालको शहरी क्षेत्रको स्कुलहरुमा नानीहरुले नेपाली चाँही शुद्ध लेखपढ गर्ननजान्ने तर स्कुलभित्र अङ्रेजी बोल्न अनिवार्य गरेको देख्दा, अनी युवाबर्गले आधा अङ्रेजी र आधा नेपाली मिसाएर बोलेको देख्दा दु:ख लाग्छ।
लगानीको कुरा गर्दा, मेरो साधारण हेराइमा आर्थिक चलखेल जतिधेरै हुन सक्यो बिकासको गती उती बढ्छ। चल सम्पत्ती (जस्तै पैसा, गाडी, अन्य मेशिनहरु आदी)लाई एकै ठाउँमा जमाएर राखेर त्यसको मूल्य बढ्दैन। हाम्रो जस्तोमुलुकमा लगानीको भूमिका अग्रपंक्तिमा छ, आर्थिक बिकासमा टेवा पुर्याउन। जती धेरै बिदेशीहरुले नेपालमा लगानी गर्न इच्छुक हुन्छन् उती हामीले स्वागत गर्नुपर्छ। बिदेशी लगानी भनेको हाम्रो लागि आर्थिक सुइ हो। देशभित्र खडाभएका पूर्वाधारहरु देशभित्र नै रहिरहन्छ, स्रोत तथा कच्चापदार्थको उपयोग हुन्छ अनी रोजगारी पनि श्रीजना हुन्छ। अझै पनि शक्तीसम्पन्न राष्ट्रहरु र अन्तराष्ट्रिय समुदाय सामु अनुदानको लागि हामीले हात फैलाएको देख्दा दु:ख लाग्छ।हामीलाई दया चाहिहेको छैन, यसले हामीलाई झनै परजिवी बनाउँछ। हामीलाई अनुदान होइन लगानी चाहिएको छ, शीप र आत्मनिर्भरता बढाउन। लगानीकर्तालाई पनि फाईदा, हामीलाई पनि फाईदा। एकछिनको लागि मानौ, नेपालमागरिवीको रेखामुनी रहेका सबै परिवारलाई विश्वभरीबाट सहयोग आयो रे, रू. ५०-५० हजारको दरले बाँडियो रे। त्यो पैसाले क्षणिक खुशी त ल्याउला, तर कुनै दिगो परिवर्तन ल्याउदैन, त्यो पैसा लामो समय सम्म टिक्न सक्दैन, न त त्यतीसन्तुष्टी दिन्छ जती हामी आफ्नो मेहेनतले कमाएर पाउछौ। अब हिसाब गर्नुहोस् झन्डै एक तिहाइ जनसंख्या गरिवीको रेखामुनी छन्, कूल कती रकम बाँड्नु पर्ला? यती धेरै रकमले त परिवर्तन गर्न सक्दैन भने, अनुदानले गरीवीकोसमाधान होला त? देश बिकासको लक्षण अथवा अर्को मापदण्ड हामीले बिदेशमा गर्ने लगानी र त्यसबाट देशमा भित्रिने मुनाफा पनि हो। एकाध रूपमा नेपाली लगानिकर्ताहरुको उदाहरण सुनिए पनि नगन्य छ भन्दा अत्युक्ती नहोला। हाम्रोआशा रहनेछ कि आगामी दिनहरुमा देश भित्र र बाहिर हामी आँफै लगानी गर्न सबल हुनेछौ। अरुको लगानिलाई आओस् भनेर प्राथना गर्नु नपरोस्।
देश भित्रिने कूल जनसंख्यामा देशबाट बहिरिने कूल जनसंख्या (बसाइँ सराइको लागि) घटाएर आउने संख्यालाई प्रती हजारमा हेर्दा -३.३९ रहेछ र यो अंक जती कम भयो उती नराम्रो मानिदो रहेछ। यो मापदण्डमा नेपाल १५२ औ स्थानमारहेछ। इटालीको मानिस जर्मनमा, जर्मनका मानिस फ्रान्समा, फ्रान्सका मानिस इटालीमा यसरी अन्य मुलुकहरुमा सराबरी बसाइँ सराइ भएको देखिन्छ। होस् यस्तो कि, नेपालमा भित्रिने र नेपालबाट बाहिरिने पनि सराबरी होस्,अमेरिका, बेलायत र अष्ट्रेलियाबाट पनि नेपालमा बसाइँ सराइ गरोस्, बिदेश जान खोज्दा नेपाली पासपोर्टलाई शंका र हेयको दृष्टिले नहेरियोस्, बिदेशको भिसा सामान्य झै लागोस्, लडाईं नै जितेको जसरी फूलमाला लगाएर भोज भतेरखुवाउने दिन देख्न नपरोस्। संसारभरका मानिस एक ठाउँबाट अर्को ठाउँमा बिचरण गर्न रुचाउछन्, बिदेशीहरुको गन्तब्यको रोजाइमा नेपाल पनि पहिलो सुचिमा भएको हेर्न पाइयोस्।
प्राकृतिक र सांस्कृतिक हिसाबले नेपाल स्वर्गको टुक्रा हो। राजनैतीक द्वन्द चर्किनु अगाडि ‘नेपाल भ्रमण बर्ष १९९८’(Visit Nepal 1998) को बर्ष र त्यो पछीको बर्ष पर्यटनको लागि नेपालको सुनौला बर्षहरु थिए। नेपालको झन्डै ७६ प्रतिशतजनसंख्या कृषिमा निर्भर रहेको र कृषिबाट कूल गृहस्त उत्पादनमा मात्र ४० प्रतिशत योगदान रहेको अवस्थामा, पर्यटनले धेरै सम्भावना बोकेको छ। पर्यटन नै नेपालको १ नम्बरको आयस्रोत बन्ने सम्भावना बोकेको क्षेत्र हो। तपाईं हामीजहाँ जहाँ छौ, त्यहाँ त्यहाँबाट नेपालको पर्यटन बिकासमा टेवा पुर्याउन सकिन्छ। देशको राजनैतीक द्वन्द शान्त भएको छ, नेपालीहरु पाहुनालाई भगवानको रूपमा सत्कार गर्छन्, मनका धनीहरु छन्, अबिस्मरणीय रहने हीमश्रीन्खलाछन्। अरु यस्ता कती चिज छन जसले हामीलाई नेपाली भएकोमा गौरभान्वित बनाउँछ। त्यसैले त एकपटक नेपाल पुगेका पर्यटकहरु जिन्दगीभर नेपाल र निश्चल नेपालीहरुलाई स्मरण गरिरहन्छन्। देश बाहिर रहेकाले यस्ता कुराहरुकोचर्चा र प्रचार गरेर अनी नेपाल भित्र रहनेले आफ्नो घर आँगन र टोल सफा राखेर नेपाल पर्यटन बर्ष २०११ को सफलताको स्वागत गरौ।
No related posts.









जयजी
धन्यवाद देशको माया गरेकोमा बिदेश्मा बसेर, तपाईंजस्ता युबाले नै हो देश बनाउने र नेपालीको रगत्मा देश प्रेम्को भाव
पैदा गराउने। तपाईंले जे सिक्नु हुन्छ त्यो ज्ञान नेपालीलाई पनि दिनुस्। नेपालका अधिकारी र नेतालाई सकारात्मक कार्य गर्न दबाब दिय्मा र ज्ञान डियमा केही परिवर्तन गर्ण सकिण्छ। जहाँ रहे पनि नेपालीमा युणिटी अोस। सिड्णिमा रहेक साथीहरुलाई नेपालको कागी एक वयर केही गर्णे जगर लागोस भन्ने शुभकामना छ मेरो। संसारको जुन कुणामा वे पनि हामी नेपाली हौ । नेपालको उण्णटी बिणा हाम्रो पहिचाण राम्रो हुण्ण सक्डैण।
मन परे हरियो, नपरे रातो
0
0
अती उच्च विचार जयजीको। लेख पढुन्जेल रक्तसन्चार त अवष्य हुन्छ तर यो रक्तसन्चारलाई अली दिगो बनाउन के गर्नु पर्ला?
मन परे हरियो, नपरे रातो
0
0
good artical. thanks
मन परे हरियो, नपरे रातो
0
0
very nice i enjoyed a lot to read this. it is reality and true, everyone has to understand this things.
मन परे हरियो, नपरे रातो
0
0
Regarding airport. When we just arrive outside airport and search for taxi, we can see some kids around 14-15 asking money. I dont know how they come inside airport area. So a tourist gets bad impression in the begining of his arrival.
मन परे हरियो, नपरे रातो
0
0
Who makes our infrastructure ? god ?
when are they going to make infrastructure ? 2011?
Everybody talking about tourist, millions of tourist but
we forgot , where is our infrastructure for 2011.
1. Airport ( small )
2. hotel and motel ( small)
3. Airport arriving and departure condition ( passanger baggage stealing)
4. airport mannual working ( no computer in immigration section)
5. toilet ( dirty) only one toilet which is very dirty
6. where is taxi
7. Pollution in kathmandu
8 . Drinking water contaminated
9. kathmandu valley population more than 3 million estimated.
10. where is our good road in kathmandu?
11. Our police should be friendly and well equiped modern communication, weapon, well educated.
At last !!!
Security !! no kidnapping, robbery !!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Thanks bro for ur lovely and encouraging article. i enjoyed it alot. keep on writing and hope to get more…
मन परे हरियो, नपरे रातो
0
0
जय जि तपाईंको देश भक्ती प्रतिको लेखको लागि धन्यवाद । यस्तै सोच सबै मा हुने भए हाम्रो नेपाल कस्तो हुने थियो होला ?
मन परे हरियो, नपरे रातो
0
0
बिचार धेरै राम्रो, एसताई सोचाई को खाचो छ नेपालमा.
तपाई जस्तै हजौरौ ले असतई शोचे भने न देस माथि पुग्ने हो.
मन परे हरियो, नपरे रातो
0
0
Jaya Ji,
your analysis is correct. You should know , when you go to airport then you feel bad. Corrupt immigration officer, corrupt revenune officer, stealing and cutting passanger bag, bad toilet, everywhere garbage, paper, corrupt police.
in this situation!!! how do you expect more tourist come to Nepal. those nepali who immigtrated to other country. they also do not want to come Nepal because corrupttion.
If we go to nepal, corruption begins from airport!!! Until and unless we can not control corrupted immigration or revenue officer at airport……. we can not expect nepali or foreign tourist …
मन परे हरियो, नपरे रातो
0
0
जय जी,
कुरोको चुरो मार्मिक छ। तपाईको देश प्रतिको प्रेम देखेर धेरै खुशीलाग्यो। नेपाललाई विश्वसंग जोड्ने एउटा बलियो पुल बनाएर सबै नेपाली, जो सन्सार भरि फैलियर रहेका छौं, लाई जोडेर नेपाल र नेपालीको परिचय संसारलाइ दिनु पर्छ भन्ने तपाईको बिचार संग दिलैदेखी सहमत छु।
देशभक्ति त मर्दैन, चुथ्यै देश भयपनि…. भनेर स्कुले बेलामा पढेका यी पंतिहरू कति मर्मिक रहेछन् त?
जय देश।।।।
मन परे हरियो, नपरे रातो
0
0
i feel so happy this morning to read such a nice artical that suggested to have positive tinking for develop the country.
मन परे हरियो, नपरे रातो
0
0
मित्र जय जी,
नमस्कार ! ! !
प्रक्रिती ले केही न केही दियकै छ सबै देश हरु लाई र प्राकृतिक सम्पदा पाउनु मा नेपाल आँफै ले गर्ब गर्नु पर्दछ।
‘ दुई ढुङ्गा बिच को तरुल’ नेपाल हाल सम्म जती चेपियर बसेको थियो भौगोलिक आधारमा त्यो अब शायदै नहोला तर देश मा राजनीतिक स्थायित्व भयो भने। कारण के हो भने सन २०१० देखी नेपाल भारत र चाइना को स्वोतन्त्र ब्यापार। हुन त नेपाल बाट खासै निर्यात गर्न सकिने बस्तु हरु धेरै छैनन तर पनि भारत र चाइना लाई चाहिने सामान निर्यात गरेर जती फाईदा लिन सकिन्छ त्यो भन्दा बढी बिच को देश भयको ले लिन सक्नु पर्ने पुर्वाधार तय्यार गर्नु पर्ने देखिन्छ।
सन २००० मा मैले WTO को एउटा राष्ट्रिय सम्मेलन गरेको थिय बनेपा मा र सो कार्यक्रम मा काठमाडौं बिश्वो बिद्यालय का उपकुलपती Dr.Suresh raj sharma का अनुसार जानकारी पाइयको थियो कि एसिया बाट पश्चिमा देश मा निर्यात हुने सामान र पश्चिमा देश बाट एसिया तिर निर्यात हुने सामान हरु प्राय जसो Packed in UAE लेखियको हुन्छ भनेर र UAE ले सामान packing मात्र गरेर प्रशस्त पैसा कमाइ राखेको छ भन्ने कुरा। उहां को सुझाब थियो नेपाल ले पनि यदी त्यस्तो सु-अबसर पाउने हो भने छ अरब मध्य २ अरब जनसङ्ख्या का लागि ब्यापार बेबसाय को काम पाउन सक्छ तर त्यस्तो काम का लागि सरकार ले धेरै Exercise गर्नु पर्दछ।
अर्को कुरा शेर बहादुर देउबा प्रधान मन्त्री हुंदा George Bush सङ्ग नेपाल बाट अमेरिका निर्यात हुने Garment सम्बन्धी कोटा को बेवस्था मा परिवर्तन गर्न अनुरोध गरियको मा ज्ञानेद्र को सरकार भयको समय मा लागु गर्न लागियको त्यो नयाँ बेबस्था लाई खारेज गरियको मा हाल सम्म नेपाल सरकार बाट उपयुक्त कदम चालियको जस्तो देखिदैन र नेपाल बाट निर्यात हुने अधिकान्स सामान को ग्यारेन्टी नभयको कारण ले पनि नेपाली सामान बिदेशी बजार मा बिक्न नसकेको जस्तो लाग्दछ। हुन त बेलायत का महांरानी ले नेपाल को पस्मिना खास्टो वोढेकै कारण ले पनि नेपाल को पस्मिना उध्योग एक पटक चलेकै हो।
तेस्रो कुरा सन २०११ को पर्यटन बर्ष मनाउन सरकार पहिला स्थाई हुनु पर्यो, शान्ती सुरक्षा को ग्यारेन्टी हुनु पर्यो, कहाँ कहाँ के के छ त्यो पत्ता लगाउनु पर्यो र प्रचार प्रसार तिब्र गर्नु पर्यो जस्तो प्राकृतिक रूप मा नेपाल जती धनी छ धार्मिक रूप मा पनि नेपाल अग्रणी मा पर्न आउंछ। सर्ब प्रथमत: भगवान शंकर को आदी लिङ्ग पूर्व २ नं दुम्जा मा छ, चार नाथ मध्य का मुक्ती नाथ मुस्ताङ मा छ, अरु त अरु देवादी देव पशुपती नाथ रहेको नेपाल र भगवान बुद्द को जन्म स्थल नेपाल, राम जानकी मन्दिर, पवित्र तिर्थ स्थल बराह क्षेत्र ( चतरा), स्वोर्ग द्वारि आदी धार्मिक स्थल हरु ले पनी नेपाल मा अत्यधिक भारतीय पर्यटक हरु लाई आकर्शित गर्न सकिन्छ। स्मरण रहोस् नेपाल मा करीब वार्षिक ५ लाख मात्र भारतीय हरु पर्यटक का रूप मा आउंछन। यदी नेपाल ले ध्यान पुर्याउने हो भने धार्मिक स्थल का लागि मात्र पनि बर्सेनी ५० लाख भारतीय हरु लाई नेपाल भ्रमण मा ल्याउन सकिन्छ।
हाल नेपाल मा पर्यटक का रूप मा आउने भारतीय हरु लाई नराम्रो बोली बचन प्रयोग गर्नु का साथै नराम्रो बेबहार गर्ने प्रचलन बढेको पनि पाईन्छ तेसैले सन २०११ सम्म बिदेशी हरु लाई सम्मान गर्न सिकाउने पनि बेबस्था गर्नु पर्ने देखिन्छ।
अन्त मा प्रचिनत्तम देश मध्य नेपाल पनि एक हो र प्रक्रिती को देन भयको देश पनि हो तेसैले,
यदी कसै ले नेपाल मा पाइने चरा चुरूङी र पुतली हरु लाई सङ्कलन गरेर एउटा होटल खोलने हो भने प्रक्रिती प्रेमी हरु संसार घुम्नु को सट्टा नेपाल मा आयर संसार भर का चरा र पुतली हरु हेर्थे,
अर्को बिकसित देश हरु बिकास सकेर प्राचिन युग तिर फर्कदै छन नेपाल हाल सम्म तेही अवस्था मा नै छ भन्दा अत्युक्ती नहोला, जस्तो पानी घट्ट मा पिसेको पिठो को रोटी वा ढिंडो बनाउनु, वोखल मा धान वा चिउरा कुट्नु, चोया को डोको बनाउनु, पराल को गुन्द्री बुन्नु, पराल कै ढक्की बनाउनु, माटा का भांडा बनाउनु, हाते तान चलाऊनु ठेकी मा दुध हाली दही मोही बनाउनु आदी इत्यादी देखाइने गरेर एउटा प्रदर्शनी स्थल बनाउने हो भने पश्चिमी देश का पर्यटक हरु का लागि सङ्ग्रहालय को मज्जा दियको बराबर हुन सक्थ्यो।
मैले यो प्रतिकृया लेख्दा पढ्ने हरु ले तैंले नै किन गरिनस भनेर पनि सोध्नु होला तर पनि यदी कसैलाई यस्तो गर्ने इच्छा छ भने मलाई लागेको मात्र लेखेको हुँ अन्यथा नलिनु होला भन्ने अनुरोध पनि गर्दछु।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
after long time yar nepal ko kehi ramrilo kura padhna paaiyo natra ta apaharan hattya lutera banda ko barema matra padhna paintheu so brainwashin nabhaya ni halka refresh chai bhayo bhannu parla.any way its nice to read,lets hop let read us such typs of news in future
मन परे हरियो, नपरे रातो
0
0
san 2011 ma gorkha ko (sirdibash) ga bi sa ma parne rupinala valley jau jaha bata nepalma paryatan bikasko suruwat hundai cha
bikas
मन परे हरियो, नपरे रातो
0
0
malai ni ramailo lagyoo
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लेखा आजको साँझ ENJOY गरियो पढेर.
मन परे हरियो, नपरे रातो
0
0
krishna Gopal ji
Namaskar. i really appriciate to you about your thinking. lets start something like that .I would like to join such kind of project.Its not only me every single youth who have possitive thinking about their motherland give just 1 hour time between your busy schadule to do something to our nation and think twice in day about our nation before to go to your bed and before you wake up. dont look your mother with your violent eyes. thanks
jyoti
Helsinki, Finland
मन परे हरियो, नपरे रातो
0
0
krishna gopal ji malai dukha lagyo ki hamile sansarlai buddha nepalma janmeko vanera prasta parna sakeka rahenachhau kinaki mero euta taiwani sathilai maile buddha nepalma janmeko vanda hamilai ta sirle india ma janmeko vanera padako chha vannu vo so first of all deshko pahichan gumna lageko tira pani sochne ho ki?
मन परे हरियो, नपरे रातो
0
0
दिपकजीले नेपालभरी नै लाशै लाश देखेछन, जबकी जयजी (सिडनी) ले आशै आशा देख्नु भएको छ। यि दुई नेपालीको आ-आफ्नै सोचाइ हो। कुन चाहिँ सोच सकारात्मक र कुन चाहिँ नकारात्मक हो भन्ने कुरा त माइसंसारका पाठकहरुले आफ्ना प्रतिकृया मार्फत जनाइ सक्नु भएको छ। मेरो बिचारमा कालो बादलमा चांदिको घेरा देख्ने जयजी सुसमाचार छर्न सफल हुनु भएको छ।
शशांक लामा
न्युयोर्क
मन परे हरियो, नपरे रातो
0
0
its a good thing you start….. i am also working out of my country on the tourism sector……you just take one example for thailand, singapore how many Hotels they have…….but Nepal …..?
first of all i wish they have to construct the ful lenth and wide road around nepal then only better to do some thing else ………..
मन परे हरियो, नपरे रातो
0
0
मित्र Kushal जी,
नमस्कार ! ! !
प्रतिकृया का लागि धन्यवाद।
संसार का सबै प्राणी लाई सबै कुरा को ज्ञान हुन असम्भव छ तेसैले आज सम्म भगवान बुद्द लगायत नेपाल देश कै ज्ञान नभयका बेक्ती हरु संसार मा अत्यधिक छन भन्नु मा अत्युक्ती नहोला।
५० लाख बर्ष पहिले अफ्रिका बाट छुट्टीयको भारतीय उप-महांद्वीप लाई मध्य युग मा आयर अफगानिस्तान देखी बर्मा सम्म लाई भारत बर्ष भन्ने गरियो कालान्तर मा आ-आफ्नो देश को सिमाना छुट्ट्याउने क्रम मा नेपाल अत्यन्तै सानो भयी सकेको थियो। जुन बेला भगवान बुद्द को जन्म भयो त्यो बेला नेपाल को मात्र होइन बिश्वो को नकशा नै कोरियको थियन साथै भगवान बुद्द ले भारत मा बुद्दत्वो प्राप्त गरेका, अनी भारत मा मुगल शाशक हरु भन्दा पहिला देखिनै भगवान बुद्द का मुर्ती हरु बनायी अत्यन्तै प्रचार प्रसार गरी राखेको तथ्य फेला पर्दछ। भारत मा रहेका अधिकान्स बुद्द का मुर्ती हरु मुगल शासन मा तोड फोड गरियको ले सो को प्रमाण हो यो।
हाम्रो देश नेपाल लाई नै नचिन्ने मान्छे हरु संसार भरी प्रशस्त पाईन्छन यस्लाई हामीले कसरी बुझ्ने हो ? हामी आँफै मा भर पर्ने कुरा हो किन भने पहिलो कुरा त भु-परिबेस्थीत राज्य, भारत को अर्ध्-उपनिबेश शासन, १०४ बर्से अन्धकार राणा शासन, पहिलो र दोस्रो बिश्वो युद्द मा भाग नलियको राष्ट्र, २०१६ साल सम्म जम्मा जम्मी ४ बिदेशी राष्ट्र हरु सङ्ग सम्बन्ध हुनु आदी इत्यादी कारण हरु का साथै अर्को मुख्य कारण हो त्यो बेला अङ्ग्रेज ले नेपाल मा शासन गर्न नपाउनु। अङ्र्ग्रेज ले नेपाल मा शासन गरेको भय आज बिश्वो मा नेपाल लाई जत्ती ले चिनेका छन त्यो भन्दा धेरै मानिस ले नेपाल लाई सजिलै चिन्दथे। ( यस्को मतलब अङ्ग्रेज शासन चाहिन्थ्यो भन्न खोजेको होइन। )
अरुको त के कुरा आज सम्म पनि नेपाल मा एउटा कुरा प्रचलन मा छ बिकट गाउं का नेपाली हरु काठमाडौं जानु पर्यो भने ‘नेपाल’ जाने भन्दछन तेसैले नेपाल लाई नेपाली ले नै राम्रो सङ्ग चिनेका छैनन।
भौगोलिक सिमाना को आधारमा संसार को ९३ औं स्थान मा रहेको नेपाल जत्ती सानो छ तेत्ती नै बिषम पनि छ। नेपाल लाई चिनाउन हामी सगरमाथा र भगवान बुद्द का साथै हामी सङ्ग अरु कैयन तथ्य हरु छन त्यो हामी ले नै बिर्सेंका छौं जस्तो चरा चुरुङ्गी, पुतली, सेतो काग, समुद्री सतह बाट ५० मिटर उंचाइ देखी संसार को सब भन्दा अग्लो शिखर, छ ॠतु भयको देश, यस्ता कत्ती तथ्य हरु हामी सङ्ग छन हामीलाई नै थाहा छैन।
तेसैले कसैले त्यस्तो कुरा गर्छन् भने हाम्रो चित्त दुख्नु स्वाभाविक हो तर पनि एक हिसाब मा उनिहरुको अज्ञानता सम्झेर हामी आँफै ले सम्झाउने कोशीस गर्नु पर्ने देखिन्छ।
तेसो त हाल सम्म कंचनजंघा हिमाल हाल सम्म पनि नेपाल को हो भन्ने हामीले पढ्नु पर्दछ तेस्तै नेपाल मै पनि भगवान बुद्द भारत मा जन्मियको भन्ने किताब पढाई राखेको तथ्य केही दिन अघी समाचार मा आयको थियो।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
jyotiji garne baye finland ma kina, bahira basera gaaf matra garchu banera. garne baye nepal mai aayera kehi garnus nabaye kehi garnu parcha banera kehi nasochnus, chup lagera tehi vada molera bosnus.
Sagun Nepal
मन परे हरियो, नपरे रातो
0
0