कस्तो हुने भन्ने निश्चित नभए पनि नेपाल संघीय संरचनामा जाने निश्चित भइसक्यो। अन्तरिम संविधानमा समेत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख भइसकेको छ। अहिले संविधान सभामा दलहरुले कस्तो खालको संघीय संरचना अपनाउने भन्ने सम्बन्धमा बहस गर्नका लागि आआफ्ना खाका तयार पारेका छन्। यसै क्रममा काँग्रेसले यस्तो संरचनाका लागि दुई वटा विकल्प प्रस्ताव गरेको छ। एउटा विकल्पमा पाँच वटा प्रदेश हुने व्यवस्था छ भने अर्कोमा सात वटा। कुन प्रदेशमा कुन जिल्ला पर्छन्, त्यो हेर्न भित्र आउनुस्। कांग्रेसले प्रदेशको नाम भने किटेको छैन।

ग्राफिक्स/नक्सा: उत्तम बाबु श्रेष्ठ
पहिलो मोडल
प्रदेश १ ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, झापा, मोरङ र सुनसरी
प्रदेश २ सोलुखुम्वु, ओखलढुङगा, खोटाङ, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सिराह र सप्तरी
प्रदेश ३ रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट र रसुवा
प्रदेश ४ चितवन, मकवानपुर, पर्सा, बारा र रौतहट
प्रदेश ५ मनाङ, मुस्ताङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ, स्याङजा, म्याग्दी, पर्वत, बाग्लुङ, अर्घाखाची, गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही र कपिल्वस्तु
प्रदेश ६ हुम्ला, जुम्ला, कालिकोट, मुगु डोल्पा, जाजरकोट, सुर्खेत, दैलेख, रुकुम, प्युठान, रौलपा, सल्यान, दाङ, वाँके र वर्दिया
प्रदेश ७ बझाङ, वाजुरा, अछाम, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलालीदोस्रो मोडल
प्रदेश १ ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, झापा, मोरङ, सुनसरी, सोलुखुम्वु, ओखलढुङगा, खोटाङ, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी
प्रदेश २ रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोर्खा, लम्जुङ, तनहुँ, कास्की, स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी, मनाङ र मुस्ताङ
प्रदेश ३ चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, अर्घाखाची, गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिल्वस्तु
प्रदेश ४ डोल्पा, जाजरकोट, सुर्खेत, दैलेख, रुकुम, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके र बर्दिया
प्रदेश ५ हुम्ला, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, अछाम, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलाली
अरु के के प्रस्ताव काँग्रेसले गरेको छ त ?
- प्रदेश र केन्द्र दुवैमा प्रत्यक्ष र समानुपातिक दुवै अर्थात् मिश्रित निर्वाचन प्रणाली लागु गर्ने
- केन्द्रीय व्यवस्थापिकाका लागि प्रत्यक्ष निर्वाचनतर्फ ३ लाख जनसंख्याबाट एक प्रतिनिधि हुनेगरी १ सय १२ जनप्रतिनिधि हुने
- समानुपातिक निर्वाचन मार्फत १ सय १३ जनप्रतिनिधि
-केन्द्रीय व्यवस्थापिकामा कुल २ सय २५ सदस्य रहने
- प्रादेशिक व्यवस्थापिकाका लागि प्रत्यक्ष तर्फ ७५ हजार जनसंख्याबाट एक प्रतिनिधि गरी कुल ३ सय १४ जनप्रतिनिधि
समानुपातिक तर्फ भने पहिलो मोडलमा ३ सय २१ र दोस्रोमा ३ सय १९ को जनप्रतिनिधि चुनिने
- कुल प्रदेशबाट पहिलो मोडल अनुसार ६ सय ३५ र दोस्रो मोडल अनुसार ६ सय ३३ जना जनप्रतिनिधिको व्यवस्थापिका
- सरकारको संरचना केन्द्रीय, प्रादेशिक र स्थानीय निकाय तीन तहको हुने
-आर्थिक स्रोतको बाँडफाँडमा कमजोर प्रदेश र सक्षम प्रदेशबीच सन्तुलन कायम गर्न आर्थिक समानता कोषको व्यवस्था गर्ने
-जर्मनीको अभ्यासका आधारमा आर्थिक रुपमा कमजोर प्रदेशलाई कोषबाट बजेट बाँड्ने
-न्यायालय केन्द्रमा सर्वोच्च अदालत र प्रदेशमा आवश्यकता अनुसार पुनरावेदन र अन्य अदालतको व्यवस्था संघीय संरचना अनुसार हुने
-प्रदेशलाई आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन केन्द्रीय स्तरमा रहेको लोकसेवा आयोगले नै गर्ने
-प्रत्येक प्रदेशमा १० हजारको हाराहारीमा कर्मचारी चाहिने भएकाले प्रदेश अनुसार छुट्टै लोकसेवा आयोग आवस्यक नपर्ने बरु प्रत्यक प्रदेशबाट दुई जना प्रतिनिधि केन्द्रीय लोकसेवा आयोगमा अनिवार्य हुने
-केन्द्र र प्रदेशबीच द्वन्द्वको समाधानका लागि जर्मनी र स्विजरल्यान्डमा जस्तै सहमति संयन्त्रको व्यवस्था गर्ने
- जलस्रोत उपयोग एक सय मेघावाट भन्दा माथिका आयोजनाहरु केन्द्रीय सरकारले, १० देखि ९९ मेघावाटसम्मको मझौला आयोजना प्रादेशिक सरकारले र १० मेघावाट भन्दा साना आयोजना स्थानीय सरकारले व्यवस्था गर्ने
No related posts.









तिमीहरु छेत्री र् राइ बाझ्दै गर । हामीले बेलायतमा आसन र रासन पाइहाल्योऊ । एक स्वाधिन राज्य भएको पनि जात जातमा बिभजन ल्याएर झगडा गरेर अब अर्काको अधिनमा हुन लाग्या छ । हाम्रो नेपालीले त् सानो कुरै पाउनै नहुने बाझा बाझ गरी हाल्छ, जारहरु जस्ता । माथि नेता नेता बाझ्छ्न, पार्टी पार्टी बाझ्छ्न, दाजु-भाइ बाझ्छ्न । खै के खाल्को यो नेपाली जात हो ? मिलेर एक क्षण बस्नु नसक्ने । अंश बन्डा मात्रै सुनेको अब वंश नै बन्डा हुन लाग्या छ । जातीको आधारमा देश बाट्नु नै वंश बन्डा हो । हो नेपालीहरु बहादुर मात्र हैनन मुर्खमा पनि अब्बल रहेछ्न भनी विश्वले बुझ्ने भयो । देशको बिभाजन्मा म एक्लो नेपाली टुहुरुको हार्दिक बधाई छ sabai नेताहरुमा । राजधानी सर्ने पनि साह्रै बुद्धिमानी कुरा हो । नयाँ नेपालमा केही नौलो कुरो त् गरेर देखौनु नै परयो । अरु प्रगतिको केही कुरो न्पाएपछी राजधानी सर्ने रे । लौ जन-साधारणलाई फेरी गतिलो दु:ख देउ ।
मन परे हरियो, नपरे रातो
2
0
we are concern with development of country what ever they are doing should eliminate discrimination that have been existed since our country nepal was formed .
मन परे हरियो, नपरे रातो
1
0
1. The country is in the verge of collapse due to one language and
one dress policy.
2. Had this model worked then neither the revolution of Maoist nor that
of Madhesi would have become successful.
3. The people who looted the country in the name of caste are now
crying because with federalism other will have their share.
4. Federalism binds the country.
5. If no federalism is given then Nepal will
collapse the day it adopts new constitution
6. The above proposal does not represent the model of any agitating
groups. So this model serves the purpose of non-agitating
(Bahun badi) only.
मन परे हरियो, नपरे रातो
0
0
ओ छेत्री ,लाहुर पठाउने जाल कस्ले रच्यो। किन लाहुर पठ्हैयो याद छ तलाई ।
मन परे हरियो, नपरे रातो
0
0
o rai,deshako thekaa bahuna chhetri le lieko chhina, timro pani yogita6 bhane, kehi garana.8pass hudaanai bharti huna dagur6u ani bahuun chhetri laai dosha din6u.
मन परे हरियो, नपरे रातो
0
0
यो मुलुक बाहुन छेत्रीले नै बिगारेको हो।अहिले पनि लाजै बिना बद्री मन्डल, बुद्दिमान तमाङ,पद्मा सुन्दर लावतिको कुरा गरेर सिधा सोजाह आदिबसी जनजतिलाई झुक्यौनु खोज्दै छ। आज सम्मको नेपालको ईतिहासमा मरीच मान सिंह बाहेक कुनै मतुवाली प्रधानमन्त्री पद्मा पुग्न सकेका छैन।किन कि जन जातिमा त्यो क्षमता नभएर होइन यो त बाहुन् छेत्रीको जाल्झेल चाकारी,चाप्लुसि,भाइबन्दुले गर्दा हो।ाजको गनतान्त्रिक युग्मा पनि जातिय ,भाषिक स्वयत्त नदिए आदिबासी जनजतिहुरु पहिले जस्तो सहेर् हेपिएर बस्न तयार छैनन्।बल्लाई जती दबए त्यती नै उफ्रिन्छ। यदी जातिय ,भाषिक स्वयट्ता नदिए आदिबसी जनजतिको आन्दोलनले अर्को रुप लिने छ। त्यस बेला को कहाँ पुग्छ त्यो कल्पना सम्मा पनि गर्न सकिन्न। त्यसैले अहिले दबौने पत्ती होइन स्वक्यत्तता दिने पत्ती लग्नु उत्तम हुनेछ। नेपाल सबै जात जाती जनजातिको साझा फुल्बारी हो भन्नु सक्नु पर्द छ। समयमा चेतना भया!
मन परे हरियो, नपरे रातो
0
0
पञ्चायत कालमा जबर्जस्ती लादेको एक भाषा एक भेष को व्यवस्थाको कारण अहिले नेपाली भाषा र नेपाली राष्ट्रिय पोसाक प्रती नै नेपाली मात्रिभाषी बाहेक अरुलाई बित्रीष्ना जागिरहेको छ । हिन्दू हरुको चाड दशै लाई जबर्जस्ती सबै जातजाती लाई मान्न वाध्य बनाइयो । टोपी लागएको लाई मात्रै नेपाली चिनाउने त्यो शाही राष्ट्रबाद सम्पूर्ण नेपाली हरुलाई स्वीकर्य थिएन र अहिले पनि छैन । पहाडीया मुलका व्यक्तिहरुले आफुहरु मात्रै अब्बल दर्जाका राष्ट्रबादी भएको र बाँकी सबैलाई नेपालको माया छैन भनेर गरिने अभिव्यक्तिहरुले नै अन्य जन्जाती तथा आदिबासी र मधेसी हरुलाई राज्य सत्तामा धेरै बसेका कारण पनि क्षत्री बाहुन प्रती जातिगत बैमनस्यता उबजाउनका लागि थप मलजल गरिरहेको छ । यदी नेपाली मात्रै भनेर वा एउटै भाषा अनी एउटै भेष लाई लागु गर्दा देशको बिकास हुने भए अहिले सम्म भएन किन ? प्रतेक सम्प्रदायको उत्थान भएन किन ? समाजमा किन बर्गिय खाडल झन बढ्दै गयो ?
भारतले सिमामा बाधेका बाँधहरुले गर्दा तराइ डुब्दा सबैभन्दा बढी पीडित त्यहीका बासिन्दा हुन्छन र भारत प्रती उनिहरुकै बढी गुनासो हुन्छ । तर मधेसी हरुलाई भारतीयकै आँखाले हेर्दै उनिहरुलाई भन्दा बढी आफुलाई चित्त दुखेको देखाउनु पहाडीयाहरुको पुर्वाग्रही मानसिकताको उपज मात्र हो । भारतले सिमा मिच्दा कसैको घर उखेलिन्छ भने त्यो त्यही बस्ने मधेसी को हुन्छ । घरबार बिहिन भएर हिंड्नुपर्दाको पिडामा अझ चोट थप्दै पहाडीयहरुले मधेसी भनेको भारतिय मुलका हुन र यिनिहरुले नेपालको तराइ लाई भारतमा मिलाउन चाहन्छन भन्ने जस्ता आरोप लागाउदा उनिहरु किन र कसरी पहाडीयासित साकारत्मक हुनसक्लान ? यस्ता गतिबिधिहरुले नै बिगतमा गैह्र क्षत्री बाहुन हरुले आफु हेपिएको महसुस गरे र राज्य सत्तामा धेरै बसेका कारण ती क्षत्री बाहुन लागयत सम्पूर्ण क्षत्री बाहुन लाई नै पिडकको रूपमा देख्न थाले ।
अहिले को आवश्यकता भनेको नेपालमा जातिय होइन बर्गिय असमानता छ भनेर सबैलाई स्पस्ट पार्नुपर्ने बेला भएको छ । केही मुठ्ठी भरका सासकहरुको वारीपरी सत्ता घुमिरहेको हुन्छ । त्यहा क्षत्री बाहुन मात्रै होइन अरु जाती तथा सम्प्रदाय का मान्छे पनि छन । जसरी बिगत देखी नै सधैं सत्ताको नगिच रहेका र सामन्ती राज्य सत्ताको मतियारका रूपमा काम गरिरहेका बद्री मन्डल, परसुनारायण चौधरी , बुद्दिमान तमाङ, पद्मसुन्दर लावती जस्ताले उनिहरुको जातिलाई प्रतिनिधित्व गर्न सक्दैनन, त्यसै गरी सुर्यबहादुर थापा, कमल थापा, तुलसी गिरी, गिरिजा, माधव नेपाल जस्ता हरुले पनि सम्पूर्ण क्षत्री बाहुन हरुको प्रतिनिधित्व गर्न सक्दैनन। यीनिहरुले टन्न खाँदैमा नेपालका सबै क्षत्री बाहुन हरुको पेट भरिएको हुँदैन । २४० बर्ष सम्म नेपालमा शासन गर्ने शाह बंस थिए भन्दैमा नेपालमा रहेका सबै ठकुरिहरुको जीवन स्तर माथि उठेको त छैन नि । अब हामीले जातिगत भन्दा पनि बर्गिय कुरालाई ससक्त रुपमा उठाउनु पर्छ र यो जातिगत या साम्प्रदायीक रुपमा अरुलाई चोट पुर्याउने अभिव्यक्ती हरु (खास गरी पहाडीया क्षत्री बहुन हरुले) दिने काम अब रोक्नु पर्छ । अन्यथा अन्य जातिहरुको क्षत्री बहुन प्रती अझ बढी नकरात्मक सोच बढाउछ र अन्त्यमा यो समग्र नेपाल र नेपाली का लागि प्रत्युत्पादक मात्र हुनेछ ।
मन परे हरियो, नपरे रातो
0
0
Dear all
यो जातिय प्रदेश भन्ने कुरामा त्यस्तो कुनै बैज्ञानीकता देखिदैन। जातिय प्रदेश गर्दैमा नेपालले बिकास मा फड्को मार्ने छ भनेर विश्वाश गरिहाल्न
सक्ने अवस्था देखिदैन। कुनै पार्टी अथवा सम्प्रादयका केही सद्स्यलाई फाईदा होला तर नेपाल र नेपालीको पक्षमा हुने छैन। हरेक जाती समुदायमा
बिबिध जात जातीहरु बसोबस गर्दै आएको छन। जसको जलन्त उदाहरण थरुहट्को आन्दोलनलाई लिन् सकिन्छ। नाराले हाम्रो देशमा निकै ठुलो ठाउँ बोकी रहेको छ। कति जना खेलाडीले त तेही जातीय नाराले खुडकिलाहरु पनि चढि सक्नु भएको छ। यो त केबल केही भलादमीको लागि राम्रो हुन सक्छ तर समग्र नेपालीको पक्षमा छैन भन्ने लाग्छ।
कमरेड् चित्र बहादुर केसी ले भने जस्तै जातीय प्रदेश गर्नु भन्दा पनि संघियताको नै बिरोध गर्नु भएको छ त्यही नै सत्य हो जस्तो लागेको छ।
संघियतामा जादा राज्यले धन्नु पर्ने आर्थिक भारको पनि सबैले अध्यन गर्नु जरुरी छ भन्ने लागेको छ। साथीहरु कमेन्टमा बाहुनले सबै जात जातीलाई लुट्यो अब त जातीय प्रदेशमा जादा त्यस्तो नहोला भन्ने लागेको होला तर हरेक जातीमा बाहुन त्यही देख्नु हुनेछ, पाउनु हुनेछ।
बाहुन नाक लामो हुँदैमा मात्र हुँदैन, नाक थेप्चो मा पनि पाउनु हुने छ। सबै भन्दा ठुलो त सबैले बराबर अधिकारको महसुस गराउनु पर्छ। जातले कोही पनि ठुलो छैन भन्ने भावना सबैमा हुनु पर्यो। शिक्षाको बिकास सबैमा समान हुनु पर्यो। शिक्षाले नै सबैको स्तरलाई उकास्ने छ भन्ने लागेको छ। धनी र गरीब बिचमा हुने शिक्षा नितिलाई सुधारनु पर्छ। अहिले भाईरहेको ५ बिकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला मा पनि राम्रो सँग कार्यनयन पक्ष सबल बनाउन सक्यो भने राज्य ले आमुल परिवर्तन गर्न सक्नेछ जस्तो लाग्छ। bottle मात्र नयाँ भएर परिवर्तन हुने वाला छैन रक्सी पनि फरक नै दिन सक्नु पर्छ। अबको नेपाल भनेको सबैले नेपाल र नेपालीको लागि काम गर्ने हो भने नेपाललाई सरकार ले प्रस्तुत गरेको निती र कार्यक्रममा जस्तै सम्मुनत शान्ता बिकासमा परिणत गर्न सकिने छ। जातले मात्र जातियताको उत्थान गर्दैन केही भलदमी हरु लाई मागी खाने नारा भने हुनेछ तपाईं हामीलाई त्यही नाराको सिकार सिबाये केही हुने छैन।
हाम्रो पार्टीको नेता कार्यकर्ताले आफु र पार्टी भन्दा माथि उठेर काम नगरे सम्म निती तथा कार्यकर्म जस्तो सुकै नाराको बनाये पनि कार्यनयनमा सुन्यता नै हात लाग्ने छ। नेपालले कनुनी राज्यको स्थापना खोजेको छ भर्स्टचर मुक्त समाजको अबधारणा पर्खिएको छ। राष्ट्रिय एकताको नारा मागेको छ।
I love my country
himalkanchha008@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
१नम्बर,२ नम्बर प्रदेश होइन। जातिय, भाषिक प्रदेश कायम गर। जातिय ,भाषिक स्वयतता प्रदान गर ।काङ्रेसि अधिनायकबाद -मुर्दाबाद्! कङ्रेसि-baahunbad-murdaabad। काङ्रेसी -pariwarbad-murdabad। कङ्रेसि-भ्रस्थबद्-मुर्दबद।
मन परे हरियो, नपरे रातो
0
1
यो ता नमूना मात्रै हो नेपालमा अब वास्ताबिक रुपमा सक्रिए भएर कुनै पार्टीले पनि काम गर्दैनन !!! यदि काम हुन आट्यो भने पनि खुट्टा तान्दै फुर्सद हुन्दैन यसकारण चिन्ता गर्नु पर्दैन केही हुने वाला छैन !!!
मन परे हरियो, नपरे रातो
0
0
This is what Nc brings, Nc has a good think tank with longterm vision. See water resource, if we seperate Madhes than madhes will be poor because of not having owned hydropower and tourism income. so this model is good. But lets reduce number of money sucking politicians. 4 Lakh voters = 1 MP at central level and 1.5 Lakh voters = 1 Mp at provincial level and 7 representatives in each district. 5 in each VDc . one seat for women and one for dalit/janjati/backward in VDC and DDC.
Minister’s number has also to be fixed in constitution.
bye
मन परे हरियो, नपरे रातो
0
0
sima kune sarkarle deslai 7 thauma badne bho. ani 2 month pachhi sere sarkarle 5 ota banaula. baburam sarkarle 4/36 ota ani jhakku sarkarle pahilako lai nai thik manera 3 ota. anikamal sarkarle 2 ota. sarkar le yestai waiyat kam jj gare ni hunchha. bikas, samrachana ko kurai nagare ni bhayo. waiyat gaf garyo bhatta khayo. motayo.
मन परे हरियो, नपरे रातो
0
0
Small country
so many pradesh-will be confusing afterward.
If principle, policies and obligations are not obivious and clearly understandable by each poor and even uneducated family , if things are not easily accessible to ethinic poor and minority community in each state.
The model may be not so effective for the people. May be for a while but definately not for long run.
What about the demarcation strategy among each states?
Thorough analysis on this model from experts is inevitable, just jumping to the conclusion will not help anyone. This is they are talking about the Nation not some kind of community-project.
just a random thought
मन परे हरियो, नपरे रातो
0
0
But what is the proposal for the executive. Our current model of prime minister selection creates lots of intra-party rivelry during a government’s tenure, and ends up changing prime ministers too often. I think it would be better to consider a directly elected prime minister at the center and directly elected governers in the states. A ceremonial president at the center would be a good idea for check and balance. Indian model of ceremonial governers in the states will mean nothing but more expenses. In any case, the central government or parliament will have the authority to dismiss a state government if required.
मन परे हरियो, नपरे रातो
0
0
All proposals for Federal restructuring of Nepal based on anything other than nationality/ethnicity is to maintain the status quo and dominance of victorious Khas people over the rest of people of Nepal. A country with a long history is about its people and heritage, unlike countries with no people or history which can be about land and geography. Nepal is about the people, their aspiration and dreams, and it is not a piece of land and geography that can be sliced and diced arbitarily as a loaf of bread. This is the easiest thing to do. Think deeper and one can see that it the wishes and aspiration of all the people has to be taken into consideration and their identity, cultures and languages respected. This is as complex as it can get but not un-solvable. We the people of Nepal has to solve it and not take the easy path proposed bythe NC. NC is a not a people represented polical party. Rather it is a lop-sided intellectually bankrupt party with no vision or idea of waht the country needs or the people want. This proposal is testimony to that.
मन परे हरियो, नपरे रातो
0
0
जातियताले देश टुक्रिन्छ देश बिकास हुन्न भन्ने सोच पुरतनबादी ,बाहुन्बादि सोच हो। नेपालमा २४० बर्ष एक छत्र एक जाती ,एक भाषा ,एक धर्मले शासन गरी अन्य जात्जातिलाई ऊत्पिडान्मा पारेको हुनाले अहिले सङ्घिय शासन व्यवस्था चाहिएको हो। जातियताको समस्या अहिलेको होइन माओवादीले त हतियार मात्र प्रयोग गरेका हुन। अहिलेको सङ्घियतामा जानु भनेको जातिय उन्मुक्ती पनि हो।यदी जातिय,भाषिक स्वयत्तता भएन भने मुलुक टुक्रने सम्बहना रहन्छ्।mathi ऊल्लेखित कमेन्ट कर्ता मणी जि जस्ताको सोच रहेमा ,फेरी अन्य जनजाति,मधिसे ,दलित्,महिलहरुलाई दबौन खोजेमा ,त्यही पुरतन्बादि सोच राखेमा मुलुक टुक्रने सम्बहना रहन्छ।यदी कन्ङ्रेस्स लगायत मणी जि जस्ताको सोच रही रहेमा नेपालमा अर्को यद्द सुरु हुन्छ।त्य्स युद्द माओवादीको १० बर्से युद्द भन्दा भिन्न रुप्को हुन्छ जस्ले नेपाललाई ३० बर्ष पछी धकेल्ने छ। यो कुरा नोट् गरी रखे हुन्छ। त्य्स्को लागि पुरातन बादी सोच्,रुधिबदी सोच बेलैमा हटौन आवश्यक छ।जस्ले नेपालको भलो गर्न सकोस । जय् नेपाल।
मन परे हरियो, नपरे रातो
0
0
yo k gareko bhanera mailay chai khi bujina hai, hope neta haru le chai ramrari bujeka 6an uni haru k gardai 6an bhanera. Feri arko aandolan hunay ho ki k tha???
मन परे हरियो, नपरे रातो
0
0
Maobadi ra Yemale ko pani herauna. Congress ko ho ra ? yesle banayeko jasto kaha hunchha? Thulo dal ko hernu paryo ni. Tara je bhayepani congress le yeti garna sakyo tyo pani thulai kuro ho.
मन परे हरियो, नपरे रातो
0
0
des bibhajan garnai ho bhana partak district garna ki 5 -6 ma bibhajan garna kamila ko mashina balama pukh palauncha bahamtha tastai ho kangres pani aba lop huna bala bhayako le bichara aphno antim mag magdai cha k garaos bahumat bata khasara ahila sadak ko khata jasto bhayako cha tasaila k boldai cha u aphailai tha chaina kukur ho yasto pani bichar rakhna ho baru des chalauna sakdainau bhana bides lai sumpinu ni
मन परे हरियो, नपरे रातो
0
0
Agree with Mote Karki
मन परे हरियो, नपरे रातो
0
0
kaya desh
मन परे हरियो, नपरे रातो
0
0
यो कांग्रेसको मात्र प्रदेश विभाजन हो हामीले अरू पार्टीको हेर्नु बांकी नै छन तर यो प्रस्ताव पनि राम्रो नै लाग्यो र जुन कुरा छन नि ११२ जना जनप्रतिनिधि त्यो चाही भोलि कांग्रेस ले नै लागु गर्नु सकिदैनन किनकी सबै भाग गर्दै जाँदा सिट नै नपुगेर कांग्रेस भित्र नै मारमार ह्रन्छन है
मन परे हरियो, नपरे रातो
2
0
I like it! country should not be divided on etinicity.
Milan Poudel. Texas
मन परे हरियो, नपरे रातो
0
0
nepali congress bharatiya dalal ho vanne sabai thaha cha ra yesko model pani same dhoti kai jasto chha….
मन परे हरियो, नपरे रातो
0
0
jun goruko sing chhaina tyashaiko furti.kin chhahi yo nepalma pardesh. Hami nepali houa vane matra puga chha.
मन परे हरियो, नपरे रातो
0
0
Bikas chai kasley garene ho????? Model ley khye napdaina…..Kam garera dekhaunu paro …..
मन परे हरियो, नपरे रातो
0
0
७५ जिल्ला लाई पॉँच र सात भाग लगायर संघियता बन्छ र ? यस्तो तरीकाले बिभाजन गरेर जनताको अपेक्षा पूरा हुन्छ जस्तो त लाग्दैन / सायद नेपाली कांग्रेस संग देश बिकाश गर्ने राम्रो भिजन भयको भये नेपाल को हालत यस्तो हुने थियन
मन परे हरियो, नपरे रातो
1
0
K garnu ahileka GANDATANTRIK hamra neta haruko soch nai kasari huncha INDIA lai euta-euta garera puraskar dinu ho.Natra MANTRI banaedinu ko artha nai k rahancha ra?
मन परे हरियो, नपरे रातो
0
0
काँग्रेस्स्ले भने जस्तो गरी राज्यको पून सम्रचना भयो भने त्यो नेपाली जनतालाई सैइय हुँदैन । प्रथम कुरा काङ्रेस्स्ले बुज्नु पर्यो कि मुलुक्मा किन युद्द हुँदैछ। समस्याको चुरो के हो। त्यो समस्या पत्ता लगाएर त्यस्को समाधान तिर लाग्नु आवश्यक हुन्छ। काङ्रेस्स्को जस्तो प्रदेश बिभाजन्ले साच्चै नेपालको जातिय समस्या ,मधिसे समस्या पुरा हुन्छ त? हुँदैन भने त्यस्तो संबिधान भोली नै जनताले च्यातेर फाली दिन्छ। कङ्रेस्स्को यस्तो प्रस्ताव्ले जातिय,मधिसेको समस्या समाधान नहुने भएकोले कङ्रेस्स्को पछाडि आदिबसी जनजाति,मधिसे,उत्पीडित दलितहरु लाग्नु बेकार छ।कङ्रेस्स्को पछी लाग्नु भनेको परिवारबद्,रुधिबद्को पछी लाग्नु हो। हेर्दाइ जानुहोस् , नयाँ संबिधान पछीको कङ्रेस्स्को अवस्था अत्यंतै नाजुक कार्यकर्ता नभएको १,२ जन नेता मात्र भएको थोत्रो पार्टी नेपाल प्रजा परिषद जस्तो हुने छ।यस्तो प्रदेश बिभाजन्ले गृह युद्द निम्त्यौछ। यो नेपाली जनतालाई सैइय हुँदैन। नेपालमा अहिले जातिय , एतिहसिक, भाषिक आधारमा प्रदेश बिभाजन नभए नेपालको स्थिती राम्रो हुने छैन। त्यसैले अहिलेको अवस्थामा नेपाललाई जातिय,एेतिहसिक्,भाषिक आधारमा लैजानु बुद्दिमानी हुने छ। दिल सेनेहाङ ,यु एस् ए ।
मन परे हरियो, नपरे रातो
0
1
100 jana vanda badhi sansad chahindaina.
मन परे हरियो, नपरे रातो
0
0
जातीयताको हिसाबले देस माँ फूट ल्याउनु भन्दा यो प्रस्ताब राम्रो छ
मन परे हरियो, नपरे रातो
1
0
Buddi na bhaya pachi k garnu.Balla balla purkha la akikeran garako rajya lai feri tukra tukra parna bhay,hara bhagawan.Aba ko janmana ho prithivi narayan shah banara.
मन परे हरियो, नपरे रातो
0
0
I like the model but i didnot like the number of members in the regional parliament.i think if there will be too much members then our country had to spend many funds for the members.I think less number of members is good for a small country like our country.
मन परे हरियो, नपरे रातो
0
0
The total number of representatives is too large. It will be economically advisable to keep a thousand good-for-nothing MPs in our small country.
मन परे हरियो, नपरे रातो
0
0
No comment.
But dear frieds Sanghiye Pranali bhaneko Desh tukrinu hoina,Sansarkai saana thula sabai deshma yo pranali hunchha, yo ramroko lagi ho positively bujhaun.
मन परे हरियो, नपरे रातो
0
0
well done congress
thanks alot
मन परे हरियो, नपरे रातो
1
0
It seems plausible to have 7 states as suggested by NC because it wiil integrate different ethnic groups in the state and maintain communal harmony and will ease to utilize natural resources I think. States based solely on caste and ethnic groups will disintegrate Nepal and there will always be conflict on use of resources.
Ashish
kathmandu
मन परे हरियो, नपरे रातो
0
0
के को प्रस्ताव मान्ने हो र माथिल्लो प्रस्ताव नं. १ मा मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रका जिल्ला टसको मस भएका छैनन । मध्यपश्चिमका १५ जिल्लालाई जस्ताको तस्तै राखिएको छ त्यसैगरी सुदूरपश्चिमका ९ जिल्लालाई हल्ली नदिई बनाइएको छ । अनि के को संघीयताको खाका हो र। हदै भए पूर्वाञ्चलतिरका दुई/चार जिल्लालाई यता उती हालेर ५ विकास क्षेत्रजस्तै ७ विकास क्षेत्रको अवधारणा अघि सारिएको रहेछ । वास्तवमा भन्ने हो भने संघीयताको आधार अहिलेकै पाँच वटा विकास क्षेत्रलाई बनाउन सकिन्छ । बरु नामको बारेमा भने बहस हुनसक्ला । नत्र जुन हिसावले पहिलेदेखि नै हिमाल पहाड र तराईलाई जोडेर विकास क्षेत्र बनाइएको छ यहि मोडेल नै उपयुक्त छ जस्तो लाग्यो मलाई त । बरु दुर्गम र अविकसित जिल्लालाई विशेष प्राथमिकता दिने नीति बनाइयो भने संघीयताको सबैभन्दा उच्चस्तरीय मोडेल नै यहि हुनसक्छ ।
मन परे हरियो, नपरे रातो
1
0
Nepali Congress ko vaar lagna chadi sakyo… uhi mero uncle le vaneko jasto ‘remote conrol’ bata chaleka haru ko kaaran le garda Nepal ko halat yesto vayeko chha…
मन परे हरियो, नपरे रातो
0
0
Vane pachhi yo limbuwan, khambuwan, madhesi sabai ko aawaj ra chhutta chhuttai rajyako mag tuhine prastab adadi sare jasto chha. k yo samvab chha ? ma mahal ma baser yo yojanako planing garne netaharu lai yek patak sodhna man lagyo ki neta jyu tapai mahal ko parda ugharer bahir ko sansar hernu hos aba 07 sal 17 sal ra 46 sal rahen aba ta naya yugle kachuli pheri sakeko chha
tapaiharu ka kothe meeting choder jantako ghar dailo ma janu hos ra rajyako pun samrachanako khaka korne yojana banaunu hos.
hijo din ma tapaiharu bat dherai galti vayeka chha. sarkarma chunab hareko neta lai, chori lai samabesh garer pheri arko galti garnu vayeko chha. kangresh ma chunab jiteka neta thiyen ? prashna tapai haru lai ajha pani kangresko thorai astitwa chha jaha Narhari, Gagan jasta neta haru raheka chha. tar yahi para ho vane huttityaule
kahile samma aakash thegne ?
Belai ma bichar garnu hola…………………..
मन परे हरियो, नपरे रातो
0
1
K garnu uhile prithivi narayan shaha le balla talla akikaran gari 6ade.ahileka neta haru le feri purano nai abastha ma lyaudai6n.autai rajya huda ta yo gati banayo shanta nepal lai.herdai jau
मन परे हरियो, नपरे रातो
0
1
sabai pradesh lai uttikai mahatwa delan bhanney asha gareka chow.
मन परे हरियो, नपरे रातो
0
1
अहिले ६०१ सदस्यले जागिर पाएका थए। अब राजनिति मा लाग्ने को झनै धेरै स्थान बन्ने भयो। संघिय मन्त्रिपरिसदको सँख्या र संघिय संसद को संख्या पनि संबिधानमा नै तोकेर अलि कम गर्नु पर्ला। नत्र फेरी ४६ सदस्यीय अहिलेको मन्त्रीपरिषद जस्तै होला। सबै पैसा मन्त्री र सांसदको तलब सुबिधामै सक्किने। नपाउनेले केरा पायो बोक्रा समेत चपायो।
मन परे हरियो, नपरे रातो
0
1
pahile ko anchal bata cut ra paste gareko rahechha…hahahaha
मन परे हरियो, नपरे रातो
0
1
Neeshulka sallaha: jati jhagada garnu ahilei garnu nirnaya gare pachhi lagu matra garnu jhagada nagarnu.
मन परे हरियो, नपरे रातो
0
1
this is one proposal, let`s wait for others and if they choose the best, that would be so nice for our country.
मन परे हरियो, नपरे रातो
0
1
पूर्ण समानुपातिक हुनु पर्छ
प्रदेश बिभाजान माँ अरु पार्टी को पानी राय भुज्नु पर्छ
मन परे हरियो, नपरे रातो
0
1
नया बोतल माँ पुरानै रक्सी bhanya यो प्रस्ताव हो तराई पहाड़ पहिला जस्तै !! जस्त्ता को तस्तै
हा हा हा हा हा हा
मन परे हरियो, नपरे रातो
0
2
Please let’s not divide a beautiful garland into pieces, give priority to the ex-five regions but set up new plans & policies on how to develop them on equal priorities.
मन परे हरियो, नपरे रातो
1
0
hi
its ok but let see about other parties also…..
मन परे हरियो, नपरे रातो
3
0
Thukka buddi des dubau khau?
मन परे हरियो, नपरे रातो
2
0
aru bampanthi haru ko natak sakiyechha aba suru bhayechha kangresi haru ko nautanki . bikash garne barema sochdainana pradesh chhuttayera aba yek yek pradesh garera bechneholan .
मन परे हरियो, नपरे रातो
0
0
Right.ma kargress samarthak ta haina tara pani pahilo model man paryo.jatiyeta ko aadhar ma vanda pani vaugolik abastha,janasankhya ko aadhar ma prades 6uttyainu par6 vanne mero manyata ho.
मन परे हरियो, नपरे रातो
0
0
khate indreni ? baru marnu ni . kina nepali vayara bacheka chhau
मन परे हरियो, नपरे रातो
0
0
ma yesko birodh gardachhu.
mero ghar yeuta alagai pradesh hunuparchha.
Kina bhane mero bhasha, jati, bichar, arthik awostha sanga milne kohi pani mero chhimekma chhaina.
मन परे हरियो, नपरे रातो
0
0
हिमाल तिरको चीन लाई अनि तराई तिरको भारतलाई बांकी बिचको गिरिजा र सुजाता लाई दिय कुरै खत्तम ! नत्र देशको बिकाश गर्ने नै हो भने एती सानो देश लाई पनि फेरी टुक्रा टुक्रा पार्नु पर्छ त ?
मर्ने बेलामा कमिलाको प्वांख उम्रन्छ भनेको येही नै हो !
यो खली नेपाल सिध्याउनि उपाय हो अरु केही होईन !
दीपक अधिकारी
जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
तेसो भये पुरानो बोतलमा पुरानै रक्सी ठीक छ त. जातियाताको हिसाबले देसको बिभाजन गर्नु पुरानो बोतलमा पुरानो रक्सी भएँन र? येही जातियाताको कुराले इंडिया लाइ अँगरेज़ले १९४७ माँ तुक्राएको र तेस्को असर अहिलेसम्म इन्दिआले भोगी रहेको छ भने हालै चीनमा पनि जातियाताको दंगा फैलियेर सैयौको ज्यान गएको छ. यही जातियाताको राजनीति ब्यापार नेपालमाँ भैरहेको छ के यो ठीक छ त? एक नेपालीलाइ त यो जातको म उ जातको भनेर बिभेद गर्नु भन्दा हामी सबै एक नेपाली हो भन्ने कुराको बिकास किन गरिदैन? यो प्रश्न सोच्नु पर्ने बेला भएको छ?
मन परे हरियो, नपरे रातो
0
0
ho ma khate nai ho des tukra hunu bhanda ta marnu nai bes haina ra sarbagun sampannna mahashaya?
मन परे हरियो, नपरे रातो
0
0
tapaile lekheko yekdam thik chha mote ji, himal pahad ra tarai lai pradeshik chhetra banai gramin tatha abikasit chhetra lai kasari aatmanirbharata banaune bhanne bare sochnu nai ramro hunechha. aru duniya nautanki garnubhanda ta .
मन परे हरियो, नपरे रातो
0
0
601 le pugena yi neta lai teshaile badi shita banauna khojuko chha ni
मन परे हरियो, नपरे रातो
0
0
WHAT R U SAYING DIL JEE, MANY OF THE EXAMPLES YOU HAVE, BECAUSE OF JATIYATA INDIA STILL FACING TROUBLE, CHINA & RUSSIA SO WHY YOU ARE THINKING IN NEAGTIVE SENSE, WE ARE NEPALESE AND DESIRE TO CONTINUE IT….. OUR JAAT IS ONLY NEPALESE NOT MADESI, PAHADE & HIMALI WE ARE,
जातीयता को नाराले माओबादीले एक पटक भोट बटुल्यो तर त्यो राष्ट्र घाती थियो अब त्यो सच्येअर जानु पर्छ, १०० भन्दा धेरै जात जाति र भासा भासी भएको देशमा थोरै राज्य बनाएर सबैलाई गोलबद्ध बनाउनुनै हालको आवस्कता हो
मन परे हरियो, नपरे रातो
0
0
जातीय हिसाबले देस टुक्रायेर देस को बिकास हुन्छ भन्ने सोच्नु त यो अतिनै अल्प बुद्धिको परिचय हो. जबकी हामीहरूले यो जातियाताको बिभाजन नै समाप्त पार्नु पर्छ न की पुराना राजा हरुले आफ्नो स्वार्थको लागी जातहरुको अविष्कार गरेर जून बिभाजन ल्याए तेस्को निरंतरता दिनु कति बैज्ञानिक छ एक छीन सोच्नु पर्छ. जातीय हिसाब को बिभाजन ले विश्वमाँ जसरी एक जातकोले अर्को जातको माथी ह्त्या हिंसाका घटनाहरु दोहिरयेका छन तेहि कुरा नेपाल माँ न दोहरिउन भन्ने कुराको कसैलाई ख्याल छ. यही जातियाता को कुराले एक नेपालीलाई अर्को नेपालीलाई संकाको दृष्टी हेरिरहेका छन, त्यों कुराको पो अंत गर्नु पर्छ. न की जात ले उनिहरुको बिचमा सदैको लागी बिभाजन कोर्नु ठीक छ त?
मन परे हरियो, नपरे रातो
0
0
DIl senehaNG JI , FIRST U COME TO NEPAL , see wat’;s happening here and say ,, its easy to say from USA , to divide the pradesh by jatiyata,, it doesn’t effect to people living outside NEpal but it directly effects the people living here in nepal. Yo ta neta haru le desh tukra -tukra parera janta ladaune idea matra ho ,,..
मन परे हरियो, नपरे रातो
0
0
GOKARNA JEE WE HAVE JUST 75 DISTRICT WHERE FROM WE BRING 76TH DISTRICT, ABSOLUTLY WE PREPARE STATE FROM 75 DISTRICT, I THINK GOKRNA HAVE TO GOOD VISION MAKE STATE AND DEVELOP NATION, WHY DONT YOU SHARE IN MY SANSAR THEN WE COMMENTS
मन परे हरियो, नपरे रातो
0
0
जे जसरी गरे पनि जातीयताको आधारमा बिभाजन हुनु हुँदैन/
जातियताको बिभाजन भनेको क्यान्सर हो, आत्मघात हो, देशलाई बिखंडन तीर धकेंल्नु हो/ जातियताको आगो सल्क्यो भने कहिले निभने वाला छैन!!
पिछडिएका क्षेत्रलाई बढ़ी बजेट दिने र गरिबिको रेखामुनिका जनतालाई माथि उकास्न सोही अनुसार बजेट र कार्यक्रमहरूका प्राबधानहरु संविधानमा राखिनु पर्छ/
के दुई छाक खाना जुटाउन संघर्ष गरिरहेका बाहुन, क्षेत्री परिवारले सरकारबाट कुनै राहत कार्यक्रम नपाउने? के बाहुन, क्षेत्री भएर जन्मिनु नै उनीहरुको गल्ती थियो? अर्को तिर, पिछडिएका जातिका नाममा काठ्मान्डौमा घर, गाडी हुने हरुलाई कुनै पदमा लगेर राखेर मात्रै गाऊं घरका गरीब जनताको घरमा भात पाक्छ त? काठ्मान्डौमा २/४ जाना राइ, लिम्बू, यादब, विश्वकर्मा, थारू, पोडे जस्ता व्यक्तिहरू मोटाउदैमा, तलो थप्दैमा गाउँका गरिबहरूलाइ भरिपूर्ण हुन्छ? यो त झन असामानताको खाडल फराकने तरिका मात्र हो/
त्यसैले कार्यक्रमहरु जातियताको आधारमा होइन, जनताको आर्थिक स्तरको आधारमा हुनु पर्छ/ गरीब जनताहरुले निसुल्क पढ़न पाउने, औसधोपचार पाउने, सिपमुलक तालीम पाउने, घरेलु उद्योग गर्न सस्तो ब्याजमा ऋण पाउने, आदि/
धनि बर्गले अलिक बढि % कर तिर्नु पर्ने ब्यवस्था हुनु पर्छ/
मन परे हरियो, नपरे रातो
0
0
My comment above was just a precautionary note. I do not have any problem in the above partitions either.
However, I am wondering why “Pradesh 6″ is so huge while “Pradesh 4″ is relatively very small.
मन परे हरियो, नपरे रातो
0
0
मलाई त टीठ लाग्छ कुनै नेपालीहरुको बुद्धिमाथी. दिलीप राई जी तपाई कुन युग माँ हुनुहुन्छ, के इंडिया माँ अँगरेज़ जातीयता लाइ प्रसय दिएर देस तुक्राउने कुरा त छोड़ी दिऊ, हिन्दू र मुस्लिम को जून खाडल बनाएको छ तेस्को ऋण हिन्दू र मुस्लिम हरुले कसरी तिरी रहेका छन अहिलेसम्म था छ, कहिले जिउदै जलेर, कहिले छोरी बुहारीको इज्जत लुटेर त कहिले आफैलाई अपराध होमेर. मदेस पहाडी थारु र अरु के के हो के के भनेर कति नेपाली लड़न थाली सके, अहिले देस को बिकास को कुरा कम जात को कुरा पो बढ़ी उठन थालेको छ. मानौ देसको बिकास सम्पूर्ण नेपाली को बिकास होइन, देस को बिकास सम्पूर्ण जाती को बिकास होइन. अहिले जातिको नाममाँ ब्यापार गरेर आफ्नो भोट बैंक बढाउने र एक जातिलाई अर्को जाती संग लडाउने काम भैरहा छ यो कदापि राम्रो होइन. अहिले त अलिकता बैज्ञानिक ढंगले सोचने बेला आएको छ. मेरो भनाई यो कांग्रेस को मॉडल पनी बैज्ञानिक छैन तर जातीय हिसाबले देस को, नेपाली को बिभाजन किमर्थ स्वीकार्य छैन र यसले देस माँ, नेपालीको मन माँ सदैको लागी बिभाजन को रेखा कोरने छ. सबै भन्दा पहिला हामी एक नेपाली हौ भन्ने सोचको बिकास बनाये भने मात्र देस रहन्छ. देस नै रहेन कहा खोज्न जाने हो छुट्टै जातिको परदेस?
मन परे हरियो, नपरे रातो
0
0
Ke garnu, dhoti ko jasto jatiayata ra chetriata ma pradesh ta maobadi le chuttai raheko chha mitra.
मन परे हरियो, नपरे रातो
0
0
nonsense what are u saying
मन परे हरियो, नपरे रातो
0
0
जातियाताले देस टुक्राउने अधिकार कसैलैपनी छैन.
मन परे हरियो, नपरे रातो
0
0
Jatiya, bhasik pradesh kayam garna paidiana.baru jatiyata ra bhasa lai uthauna kaam gar.
Jatiya rajniti murdabad
bhsasik rajniti murdabad.
मन परे हरियो, नपरे रातो
0
0
(i am not supporting any parties) what the hell are you talking db rai ji?
It is time to create harmony and unity, not to splitting the country. We must respect each other, one caste to another, all Nepali have same right over Nepal. We shouldn’t make the rules that somebody feel discriminates and …………………..
मन परे हरियो, नपरे रातो
0
0
yasto budhi ho bhane timi kahile mathi aaunau.aru lai murdamad bhane timilai bhane k hunchha.murkha manchhe.
मन परे हरियो, नपरे रातो
0
0
बर्गीय हिसाबले देसको बिभाजन हुनुपर्छ भनेर र गिरिजा, माकुने, सूर्य बा. थापा ले खादैमा सम्पूर्ण बाहून र छेत्रीले खाएको हुदैन र बद्री मंडल, परसु नारायण चौधरी आदि हरु खादैमाँ सम्पूर्ण मधेसीले खान पाएको हुदैन भने पनि, प्रसन्नजी ले अजै जातिको पुराग्रहीको चस्मा न खोलेको नै भान हुन्छ. बाहून छेत्री को बिकास को कुरा हेर्नु हुन्छ भने जानुस जुम्ला, हुम्ला, रुकुम, रोल्पा अणि था पाउनु हुने छ यो देस माँ बाहून छेत्री ठकुरी भनेर जातीले राज गरेका हुन की कुनै जात नै न भएका सोसकले. यी भ्रस्ट, सोसकको कुनै जात हुदैन यी फगत परजीवी हुन, के बद्री मंडल सरकारमाँ बस्दै माँ सबै मदेसी को घरमाँ चुलो बल्छ बल्दैन. तेसैले पहिलो कुरा एक आपसमाँ लड़नू जात र पात कुरा लियर लड़नू भन्दा देसलाइ बनाउन तीर लाग्दा कस्तो होला?
मन परे हरियो, नपरे रातो
0
0
बहादुर भएर र लड़न सिपालु भएर नि, तेहि भएर त अहिले UK माँ बस्न पाए नेपलीहरूले. यो db rai लाइ त केही था नै छैन. अहिले धेरै न कराउ, उनिहरुको बीरता को अपमान न गर, गोरखा सैनिकले बजराल यस्ता बहुलाठी कुरा गर्नेलाई.
मन परे हरियो, नपरे रातो
0
0
Sundarey
Thikai banyo. Mero Solu Khumbu Pani chuttai pradesh hunbu parcha. natra naya nepal bayeko k kaam. Hami kunai Kirati,limbuwan ko muni basne wala chainau.
Hamilai Himali Swayatta hunai parcha
मन परे हरियो, नपरे रातो
0
0
Mr Db Rai..
Timi aile nepal ko kura garchhau.. ek palta Nepal ko history pani herne gara… Nepal ko History ma chhetri haru ko kati yogdan chha.. timi aile saan le nepali hu bhanera garba garchhau… yedi tyo bela Amarsingh Thapa, Bhakti Thapa, Abhimansingh Basnyat jasta Chhetri haru le desh nabachayeko bhaye kaha bata furti lauthyau Nepali hu bhanera garba garna… ???? Hunata timi haru jastalai Bahadur ra kanchha bannu ma nai rahar chha.. Nepali hunu ma haina…!!!!
मन परे हरियो, नपरे रातो
0
0
sathi nepal lai fulbari ni bhanne ani tyo fulbari ko malik chai ma athawa mero jati ko matrai huna paunu parcha bhanne….kura ta ali milena ni??
मन परे हरियो, नपरे रातो
0
0