युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

तलब त बढ्यो तर…

बजेट भाषणमा तलब बढ्ने आशामा रहेका सरकारी कर्मचारीहरुलाई अर्थमन्त्रीले निराश बनाए। अनि भोलिपल्टैदेखि कामकाज ठप्प गरेर उनीहरु आन्दोलनमा उत्रिए। निषेधित क्षेत्र सिंहदरबारमा समेत आन्दोलन भयो। अन्ततः सरकार झुक्यो र आज राति बसेको मन्त्रिपरिषद्‍को बैठकले तलब बढाउने निर्णय गर्‍यो। वर्तमान तलबमानमा राजपत्र अनङ्कितलाई ६ र राजपत्राङ्कितलाई ४ प्रतिशतका दरले र सबैलाई समानरूपमा मासिक रु. एक हजार २०० का दरले महङ्गी भत्ता दिने भएछ। सरकारलाई रु.छ अर्बको थप व्ययभार बढ्ने भएछ यसबाट।

तलब बढ्नु पर्ने थियो, बढ्यो। तर जुन हिसाबले यो घटना भएको छ, त्यसले भविष्यमा फेरि अर्को अराजकता सिर्जना हुने खतरा बढेको छ। हरेक बजेट भाषणसँगै तलब नबढे आन्दोलनको खतरा अब बढ्ने छ। किनभने आन्दोलन गर्‍यो भने तलब बढ्ने रहेछ भनेर नजिर बसिहाल्यो। तलबसँगै अब बढ्ने निश्चित छ बजार भाउ।

सरकारले कर्मचारीको मागका अगाडि झुकेर तलब त बढायो, तर त्यसका लागि व्यहोर्नुपरेको थप रु.छ अर्बको जोहो कताबाट गर्हाने निश्चित छैन। कार्यान्वयन नहुने विभिन्न शीर्षकका लागि छुटयाइएको बजेटबाट पूर्ति गर्ने प्रयास गरिने रे भन्ने सुनिएको छ।

बढ्दो महँगीका बीच सरकारी कर्मचारीहरुले तलबभत्ता बढाउन माग गर्नु जायजै हो। बाँच्न आवश्यक तलब नभएपछि कर्मचारीहरुलाई वैकल्पिक बाटो रोज्न बाध्य पार्छ- भ्रष्टाचार, घुसखोरी जसले अराजकता निम्त्याउँछ। तर तलबसँगै महँगी पनि बढ्ने हो भने यसको कुनै अर्थ रहँदैन।

फेरि यो देशमा सरकारी कर्मचारीहरु मात्र बस्दैनन्। सरकारी कर्मचारीको तलब बढ्यो भन्दैमा अरुको पनि तलब बढ्छ भन्ने छैन। त्यसैले सरकारले महँगी नियन्त्रणका उपाय पनि अपनाउनु पर्छ। अहिले बजार भाउ आकाशिएको छ। तरकारी र फलफूलको बजार भाउ सुन्ने हो भने बेहोस हुने स्थिति आइसक्यो। तर महँगी नियन्त्रण गर भनेर कसैले आन्दोलन गरेका छैनन्। आन्दोलन नगरी सरकारले सुनेको बुझेको भए पनि हुने। त्यो पनि छैन।

महँगी नियन्त्रण नगर्ने हो भने बढेको तलबले अहिले आएको जति सामान पनि किन्न पाइने छैन। अनि के अर्थ रह्यो र तलब बढेको।

31 comments to तलब त बढ्यो तर…

  • RK sharma USA

    bazar vau ko mulya bridhima kasaile pani nabolema thulo mar ta pari hal6, jasko talab bridhi ko ta k kura jagir samet 6oina vane.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • yagyamurti timilsina palpa

    talab badeko ma karmachari lai khusiyali baddy thikka 6 tara janatako kam ta zero.he parbu aba bazar mullya kaha pug6.babishya bani garna mil6 ra

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ram

    i am agree with you
    hami nepali strike garna fast chau aba naya strike garnu parcha jun hamro corrupt system ra expensive ko.k cha hami nepali bandhu ko bichar?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Lalit Thapa

    Corrupted and greedy employees !!! What’s about poor people who are absolutely deprived from employement????????

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • palpali mgr-Tara

    अब फेरी लौ अर्को आन्दोलक थालीहालौ
    महगी घटाऊ
    बजार बेबस्था र मुल्य नियन्त्रण गर

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • गाउँले ढकाल

    तलव त बढेकै हो
    तर तरकारीको भाउ
    अकासियो
    श्रमिकको एक दिनको तलवले
    एक किलो तरकारी नआउने भो
    बालबच्चाको स्कूल ‌फि के ले तिर्ने हो
    अक्स घरमा विरामी परिरहन्छन्
    अौषधोपचार के ले गर्ने हो
    लुगाफाटा पनित चाहियो
    नयाँ नेपालमा हामी गरिव जनता
    कसरी बाँच्ने हो

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • manoj sharma

    बाह्र मन्त्री तेह्र निती
    गरीब जनता को सधैं यस्तै दुर्गती

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Bhawana Rai

    बजार मुल्य बृदिका कारण सबैलाई जिविका धान्न गाह्रो भैइरहेको छ । त्यसैले सरकारले यथासिघ्र बजार मुल्य नियन्त्रनका लागि नीतिहरु निर्मान गरी कार्यन्वयन गर्नु पर्छ ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Sabina Shrestha

    jaayaj kura ma adolan ta garera talab bridhi gariyo ..tara k yo sahi tarika ho talab bridhi garne?yesle ta rajakta matra badhauchha…!!!bazar vou le aakash chhuna lagisakyo…yesma chai andolan garne ki nagarne???

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Maiya Rai

    सरकारी कर्मचारीहरुको तलब बृदि हुनु जायज हो । तर सधैं कर्मचारीहरुको तलब बृदि सँगै उपभोग्य बस्तुको मुल्य पनि आकासिदै आएको छ । नेपाल सरकारले बजार मुल्य बृदि नियन्त्रण गर्न त्यस्तो कुनै पनि नीतिहरु अपनाउन सकेको छैन । कर्मचारीहरुको तलब बृदि सबै कुराको समाधान भने होइन । अहिले फलफुल, तरकारी, चामल देखी लिएर सबै उपभोग्य बस्तुहरु किनेर प्रयोग गर्न सक्ने अवस्था नै छैन । ब्यापारिहरुले मनमानी तरिकाले बस्तुको मुल्यमा बृदि गरिराखेका छन् । फेरी यो मुलुकको सबै जनताको समान स्तर पनि छैन । त्यसैले सरकारले आफ्नो देशको सबै जनताले सस्तो र सुलभ तरिकाले उपभोग्य बस्तुको प्रयोग गर्न सक्ने अवस्था श्रीजना गर्न बजार मुल्य बृदि नियन्त्रणका नीतिहरु निर्माण गरी कार्यन्वयन गर्नु एकदमै आवश्यक छ ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Cesar

    Hami Sabai Ley Chaheko NAYA NEPAL.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Bikash Raj

    Nonsense move. While inflation is so high and people can not afford food even for the daytime, there is no meaning of raising salary. Stop the price hike that has snatched away the bread from the mouth of the ordinary folks. Government should immediately control the price rise. While there is low price at the time all over the world due to the recession, Nepal is facing double digit price rise. This is intolerable.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • bhagya

    Nepal donot need peon post in nepal. Hakim’s use poor PEON as slave, we need to to delet PEON post. hakim can make their own tea and clean their desk and their office. There is no PEON in developed country like USA,EU COUNTRYS, JAPAN AND ECT.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • NBTANDAN/CANADA

    Jati Talab Badayee pani ghus khanu ra kam bhane garne hoinan kyare, 9 baje office aaune ani chiya piyo guff ladayo ra 12 samma kam suru garna sursar gardainan ani 1 to 2 bajyo bhane break time hunchha aba khaja khanu paryo re 1 hour k khanchhan kunni due bajyo aauchhan room ma ani bhanchhan meeting chhhare k ko meeting ho kunni ani 4 pm hunchha ani ghar jane sursar kam kahie garchhan ni, 1 2 jana ramro holan but 98% karma chari bhane ghus khori ra kam chhor, yo talab badayera kehi hundaina.

    Chor sarkar le karma chari ko talab ani aru faciity dinu parchha ra tiniharu ko kam karbahi pani chek garnu parchha, time ma hire kam nagare mula lai fire garne process garnu parchha.

    Thank you,

    NB Tandan

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Raj adhikari, Birgunj,Bhiswaa

    Nepal sarkar ta Dahi chiure nae ho……………thik samaye maa ek nirnaya garna naskne.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Lekh Rumba

    कर्मचारीको त तलब बढाउनु खुसीको कुरा हो तर यहाँ अरु जनता पनि छन् जसको चै जागिर पनि छैन आयशोर्त पनि छैन अब के गर्ने. यो सराकारको खै बुद्धि तलब को सट्टा दैनिक उपभोक को समानहरुको मूल्यमा कन्ट्रोल गरि दिएको भए यो तलब बृद्दी को कुरै आउदैन्न् थिए होला सायद !

    कागलाई बेल पाक्यो हर्ष न बिस्मात !

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • posan

    Gat barsa inflation 10% bhanda badhi ani talab briddi 4 to 6%; can we expect a better karmacharitantra???

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • madhab dulal

    आज आफ्नु भएरहको तलब काटेर राष्ट्र निर्माणमा लगाउनु पेर्न अवस्थामा हाम्रा देशका कर्मचारीहरु झन आन्दोलन गरेर गैर-जिम्बेबारी पन र नालायकी पनको परकस्था हो।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • raj sharma,birgunj ,Bhiswaa

    nepal maa kunae ek nirnaye line gov.nae chaenaan….sabae dahi chiure ra tiun chakhuwaa matrea chan kursi ko aadhamaa. yesto garnu thiyo bhane pahilay nae kina nabadhaaye ko Salary. aba ta Nepal gov. ko jhan bejhat bhayo…

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • im absolutely agree wid param bir comment.why we need so much peon? just to work for HAKIM ,in differnt way ,sometimes as servant in home and sometime as slave..

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Param Bir

    Resoundingly –I say NO PAY RAISE to government employees at this time. This is the most corrupt and inefficient bunch of the government. They have their own hospital and now they want their own schools and colleges. That is not fair to public who pay taxes in one form or the other.

    What needs to be done first is to conduct a thorough and impartial assessment of the entire bureacracy in terms its effectiveness, staffing needs, accountability, job responsibilities along with a periodic monitoring and evaluation system.

    I would be in favour of the following:

    1. REDUCE THE NUMBER OF EMPLOYEES

    2. OUTSOURCE MANY OF THE ACTIVITIES

    3. PUT A SYSTEM IN PLACE WHEREBY GOOD EMPLOYEES ARE REWARDED, AND LAZY, INCOMPETENT AND CORRUPT EMPLOYEES ARE PUNISHED.

    4. INCLUDE A REPRESENTATIVE FROM PUBLIC, NGOs, PRIVATE SECTOR AS WELL IN THE COMMISSION TO ASSESS THE BUREAUCRACY.
    SEND THEIR RECOMMENDATIONS TO THE PUBLIC SERVICE COMMISSION SO THAT THEY CAN USE THEM FOR RECRUITMENT OF STAFF.

    5. ADD CUSTOMER SERVICE ELEMENT TO THE JOB OF EACH EMPLOYEE AND ON THE WHOLE FOR BUREACRACY

    नाङ्लोमा राम्ररी निफनेर कनिका जत्ती फाल्नु पर्‍यो, चामल मात्र राख्नु पर्छ|
    हालमा कनिका धेरै भयो|सरकारी जागिरे भएर धन कमाउन हैन, सेवा र मान कमाउन तिर लाग्नु प्रेरित गर्न पर्छ|

    Then, give a maximum possible RAISE to government employees to bring them at par with an NGO or INGO level in terms of salary and benefits.

    I am sorry to say that stalwarts like PC Lohani, Ramsharan Mahat, Bhek Bahadur Thapa, Mrinendra Rijal, Narayan Khadka, Mohan Man Saiju, Prakashsharan Mahat, et al, with their western academic background and ample experience of Nepal, have done virtually NOTHING to take a drastic step toward much needed reforms in the burecracy. Talk is cheap and outward look is deceiving. Charity must begin at home.

    In Nepal, the reality is that the BUREACRACY IS RUN BY 34,000 PEONS, just like the health care system at health post and sub-health posts is run by peons.

    You let these 34,000 peons go home and the bureaucracy will fall flat. How much credit can you give to the higher echelon of the bureacracy and political masters?? Zero.

    Until we reform the bureaucracy DRASTICALLY, the vision of NAYA NEPAL will NOT be realized. Truth be told!!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • P.k.shrestha

    Gari khao DES Basi talab bridhi bhandh jayaj kurama aandolan garnus !

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • आर बि घिमिरे, सुडान

    गाइजात्रे सरकार को गाइजात्रे निर्णय. सिंहदरबार आन्दोलन भयो तलब बढ्यो तर के गरने जाजरकोट मा औसधि पुराउन कसले आन्दोलन गरिदिने?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Shiva

    हरेक पटक सम्पुर्ण कर्मचारीहरुको तलब समान रुपले बढाउँदा तल्लो र माथिल्लो तह बिचको अनुपात झन झन कम हुदै जान्छ। अझ आजकल त माथिल्लो तहको भन्दा तल्लो तहका कर्मचारीहरुको तलब झनै बढाएको देखिन्छ । यस्तो कार्यले कर्मचारीहरुलाई प्रमोसन नै किन हुनु पर्यो भन्ने मानसिकता बिकास गराउँदछ । अझ जटिल कुरा त पहिले सुब्बा र खरिदार बिचको खुद तलबमा आएको समस्या फेरि आउँछ। बिश्वका अरु कुनै मुलुकहरुमा नभएको अधिकतम तलब अनुपात (३:१) हाम्रो मै छ। रेकर्ड राख्न माहिर हाम्रा नेताहरुको अर्को रेकर्डको काम हो यो । अहिले समानताको नाममा बराबर तलब बढाएता पनि कालान्तरमा यो हल गर्न नसकिने समस्याको रुपमा प्रकट हुनेछ। हतारमा निर्णय गर्ने तथा दबाबमा निर्णय फिर्ता लिने कुबुदी कहिले सम्म हुने हो ? हाम्रा नेता तथा कथित योजनाकारहरुमा……कमेन्ट गर्ने मित्रहरुले अन्तराष्ट्रिय आँकडा पनि हेरेर कमेन्ट गर्नु होला।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • yudhisthir

    hahaha ekdaam thik bhannu bhayoo

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Shiva

    हरेक पटक सम्पुर्ण कर्मचारीहरुको तलब समान रुपले बढाउँदा तल्लो र माथिल्लो तह बिचको अनुपात झन झन कम हुदै जान्छ। अझ आजकल त माथिल्लो तहको भन्दा तल्लो तहका कर्मचारीहरुको तलब झनै बढाएको देखिन्छ । यस्तो कार्यले कर्मचारीहरुलाई प्रमोसन नै किन हुनु पर्यो भन्ने मानसिकता बिकास गराउँदछ । अझ जटिल कुरा त पहिले सुब्बा र खरिदार बिचको खुद तलबमा आएको समस्या फेरि आउँछ। बिश्वका अरु कुनै मुलुकहरुमा नभएको अधिकतम र न्यूनतम तलबको अनुपात (३:१) हाम्रो मै छ।(भारतमा यो अनुपात 9:1 छ) रेकर्ड राख्न माहिर हाम्रा नेताहरुको अर्को सम्मानजनक काम हो यो । अहिले समानताको नाममा बराबर तलब बढाएता पनि कालान्तरमा यो हल गर्न नसकिने समस्याको रुपमा प्रकट हुनेछ। हतारमा निर्णय गर्ने तथा दबाबमा निर्णय फिर्ता लिने कुबुदी कहिले सम्म हुने हो ? हाम्रा नेता तथा कथित योजनाकारहरुमा……

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • hoina ho every year talab bahdaye ta tallo label ko janata le ke garne ho karmachari ko ta talab badhaune aru le ke garne ni nepal ma jasle je gare pani chut ab ta andolan garne lai sidha goli hanne kannun banauda huncha sala bhate haru

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • पारंगत राई

    म तपाईंको मतसँग सहमत छु। वृद्धि हुन अघिको तलब अनुसारको सेवा पनि कर्मचारीबाट जनताले पाएका छैनन् भन्ने लाग्छ मलाई त। महंगीको कुरा गर्ने हो भने, यसको प्रमुख अंश उहाँहरुलाई टक्र्याइने घुस, उहाँहरुद्वारा गर्नुपर्ने तर नगरिएको अनुगमन, उहाँहरुद्वारा सर्वसुलभ ढंगले सञ्चालन नगरिएको संस्थान (जस्तै: खाद्य संस्थान), उहाँहरुद्वारा दिन नसकिएको शान्ति-सुरक्षा (जसको कारण बन्द-हडतालले गर्दा लागत बढने गर्छ), उहाँहरुद्वारा गरिने ढीलासुस्ती, उहाँहरु र व्यापारीबीचका साँठगाँठ जस्ता कुराहरु नै हुन्। नालायकीपन उहाँहरुको, तर भोग्नुपर्ने सर्वसाधारण जनताहरु।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • पुष्प

    शिवजी,

    न्यूनतम र अधिकतम तलतबको अनुमात १:३ भयो भन्ने जुन कुरा छ त्यो हात्तीको देखाउने दाँतमात्र हो । हाकिमहरूले चढ्ने लाखौंदेखि करोडौंसम्मको गाडी सुविधा, त्यसका लागि तेल खर्च, मर्मत खर्च, चालकलाई तलब-सुविधा; सभा, सम्मेलन, सेमिनार आदिका नाउँमा देश-विदेश ‘सयर’ गर्दा हुने खर्च र सबैभन्दा मुख्य कुरो माथिल्लो तहकाहरूले गर्ने लाखौं, करोडौंको भ्रष्टाचार; कसरी समानता भयो ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • पुष्प

    शिवजी,

    न्यूनतम र अधिकतम तलतबको अनुमात १:३ भयो भन्ने जुन कुरा छ त्यो हात्तीको देखाउने दाँतमात्र हो । हाकिमहरूले चढ्ने लाखौंदेखि करोडौंसम्मको गाडी सुविधा, त्यसका लागि तेल खर्च, मर्मत खर्च, चालकलाई तलब-सुविधा; सभा, सम्मेलन, सेमिनार आदिका नाउँमा देश-विदेश ‘सयर’ गर्दा हुने खर्च र सबैभन्दा मुख्य कुरो माथिल्लो तहकाहरूले गर्ने लाखौं, करोडौंको भ्रष्टाचार; कसरी समानता भयो ?

    भ्रष्टाचार रोक्नुपर्यो, न्यूनतम १० हजार हैन, ३० हजार दिन पनि पुग्छ । के गर्नु जति भ्रष्टाचार सरकारी नोकरहरूले गर्छन्, त्योभन्दा बढी नेता र मन्त्रीहरूले गर्छन् । यस्ता अनुपातको कुरा गर्नु भनेको जनता झुक्याउने दाउमात्र हो ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • असंभव सुशिल

    म पनी पुष्प जी संग सहमत छु ! कर्मचारी हरुले लिने सुविधा लाइ यहाँ क्रमश बर्णन गर्ने हो भने हाम्रो जस्तो मुलुकका कर्मचारीले लिने यो सुविधा बारे पत्याउन सायद निक्कै हिम्मत गर्नु पर्छ ! छिमेकी मुलुक भारतका सभासद हरु देखि कैयन उपल्लो तहका कर्मचारी आज पनी त्यो त्रिपाल बेरे जस्तो महिन्द्रा जिप चढेर निर्धक्क हिन्छन तर हाम्रो देशको न्यूनतम ब्राड भनेकै स्कार्पियो भएको छ अहिले जसको मूल्य ३० लाख भन्दा कम छैन होला ! बांकी गैह्र सरकारी संस्थाले गाडी समेत दिएका चालक (गैह्र सरकारी संस्था बाट नै तलब बुझ्ने गरी) हुंदा-हुँदै १ जना लाइ पनी तलब नखुवाई प्रति गाडी २ जना चालकको तलब त थुप्रै सभासद अनि उच्च पदस्थ हरुले आफ्नो तलब संगे बुझ्दै आएका छन नि जसमा हाम्रा प्र. म. पनी १ हुन ! यसरी तलब बुझ्नेले अन्य सुविधा पनी त त्यसै अनुसार लिन्छन भन्न अरु के आधार खोज्नु पर्ला र ?? मलाई अचम्म लागेको कुरा त के भने तलव नबढदा बजेट भाषणको भोली पल्ट बाट नै आन्दोलन गरियो जे जसरी भए पनी आफ्नो काया पलट गर्न थुप्रै आम नागरिक लाइ बिचल्लीमा पारियो यो त कुनै ठुलो कुरा भएन हामीलाई सर्प पाल्ने बानी भैसकेकोछ ! तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा ‘खल्तीबिनाको पोसाक लगाउने’ आदेश दिएको महिना दिनसम्म पनि यसलाई ब्यवहारमा नल्याउने अनि विमानस्थलमा हुने घटना सूक्ष्म रूपले हेर्न राखिएको सीसीटीभी क्यामराहरु जो बिग्रिएका छन ती त ल बिग्रिए नै तिनिहरूको कुरै नगरौं तर जो ठीक छन तिनिहरू पनी कतै कहिल्यै घटनै नहुने लोकेशन तर्फ फर्केर ढुक्क संग बसेको देखिन्छ भने अब ती आफै त फर्केनन… न त तपाई हामी जस्ता कठैबरा (बिमान स्थलमा तीकथित राष्ट्र सेवक सामू हाम्रो हैसियत) ले नै त्यो हुर्मत गर्न सक्नु …… भने अब तलब खान र बढाउन यती बिधि गर्न सक्ने यी कथित राष्ट्र सेवकको आफ्नो जिम्मेवारी बोध कहिले हुने र कसले कसरी गराउने ?????? आन्दोलनको अवैध तरिकाको लागी कसूरवार ठहर गर्नुको सट्टा घुंडा टेकेर तं शरणम भन्ने सरकारले आफ्नो निकायले गरेको निर्णय पालन नगर्ने लाइ कारवाही कहिले गर्ने त ????
    अनि यो ब्लगको समाचारमा लेखिएको यो अंशपढेर पाठक हरुले के बुझ्ने ????? “वर्तमान तलबमानमा राजपत्र अनङ्कितलाई ६ र राजपत्राङ्कितलाई ४ प्रतिशतका दरले र सबैलाई समानरूपमा मासिक रु. एक हजार २०० का दरले महङ्गी भत्ता दिने भएछ। सरकारलाई रु.छ अर्बको थप व्ययभार बढ्ने भएछ यसबाट।
    र दैनिकीमा लेखिएको यो अंशमा “१२ ३० करोड (१२ अर्व ३० करोड़ )थप व्ययभार खेप्दै सरकारले कर्मचारीको तलव बढाएको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले तल्लो तहका कर्मचारीलाई ६ प्रतिशत र माथिल्लो तहका कर्मचारीलाई ४ प्रतिशत तलव बढाउने निर्णय गरेको छ ।महंगी भत्तावापत सरकारले सबै कर्मचारीलाई थप मासिक १२ सय रुपैया भत्ता दिने निर्णय गरेको छ । नायब सुब्बासम्मको तलव ६ प्रतिशतले बढन्े छ भने शाखा अधिकृतदेखि माथि सचिवसम्मको तलवमा ४ प्रतिशत बढ्ने छ ।

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

eXTReMe Tracker