मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अन्योलको आकाशमा माधव नेपालको सवारी

    सन्तराम

    पश्चिमी जगत खासगरी अमेरिकामा एउटा लोककथा प्रख्यात छ । कथा अनुसार, एउटा मान्छेले हावामा उड्ने बेलुन कतैबाट पाउँछ । र त्यो हावामा उड्ने बेलुन पाउन साथ त्यसमा चढेर आकाशमा कावा खान थाल्दछ । बेलुनमा चढेर उड्दै तलतिर हेर्दा उसले जमिनमा मस्तसँग काम गरिहेको एउटा किसानलाई देख्छ । किसानलाई देखेपछि उसलाई चिच्याउँदै सोध्छ “ए यहाँबाट न्युयोर्क कति टाढा छ ? ” किसानले आफूलाई थाहा छैन भन्ने जवाफ फर्काउँछ । किसानको जवाफ सुनेपछि बेलुनमा चढ्ने मान्छेले किसानलाई हपार्दै भन्छ “कस्तो मूर्ख त्यति पनि तिमीलाई थाहा छैन ।” किसानलाई बेफ्वाँकमा आफूलाई मूर्ख भनेको सुनेर भन्छ “म मूर्ख हुन सकुँला तर तिमी जस्तो गन्तव्य हराएको यात्री होइन।” लोककथामा न गन्तव्य, न त कुनै नक्सा, न त पूर्व तयारी नै, फगत चिट्ठामा पाएको बेलुन चढेर हिँडेको यात्री जस्तै हालतमा छन् वर्तमान प्रधानमन्त्री माधवकुमार नेपाल। उनीसँग न त स्पष्ट गन्तव्य छ, न त केही गर्ने योजना नै छ, उनले यो पदको चाहना नै मारिसकेर थन्को लागिसकेका थिए। त्यसैले कुनै पूर्व तयारी त झन् हुने कुरै भएन ।

    त्यसो त माधव नेपालबाट जनताले ठूलो चमत्कारिक परिर्वतनको आशा पनि केही राखेका थिएनन् । उनीबाट आशा राखेको हुन्थे भने उनलाई दुई ठाँउमा जनताले अत्याधिक मतले विजयी गराँउदथे। विश्वासको मत दिन्थे । स्वंय उनले पनि यो कुरा घुमाउरो रुपमा स्वीकार गरेका छन् । उनले प्रधानमन्त्री हुने वेलामा भनेका थिए न म त्यस्तो विषवृज्ञ हुँ, न कल्पवृक्ष नै तैपनि जनतालाई छहारी दिने सक्दो प्रयत्न गर्नेछु । जनमतबाट च्युतभएका, र धेरै पहिले जनताबाट तिरस्कृत भएकाहरुको भीडहरु जम्मा पारेर बसेका उनी अर्थात पातहरु निख्रिएर रुखो भएको बुढो रुख भइसकेकाहरु जो आफु नै अस्तित्वको लागि संघर्षशील छ उसले अरुलाई कसरी छहारी देओस् ?

    प्रश्न त्यतिवेला उब्जिएको पनि थियो तै पनि शंकाको लाभ उनलाई प्राप्त भयो । तर प्रम बनेको दोस्रो मास छिचोल्न लाग्दा उनी माथिको शंकाको लाभ अब लगभग समाप्त भइसकेको छ । सायद यो कुरा काठमाडौंका सदावहार स्वतन्त्र भनिने एलिटहरुले बुझि पनि सकेका छन् तैपनि माधव नेपाल सरकारको आलोचनामा कलम चल्न सकेको छैन । माधव नेपालको विरोधमा वोल्नु भनेको माओवादीको समर्थन जस्तो देखिने मनोविज्ञान पालेकाहरु, सरकारले जति नै नकाम गरेपनि तै चुप मै चुपको शैलिमा छन् । तर त्यसको अर्को कारण पनि होला । हिड्ने गोरुको पो पुच्छर निमोठिन्छ, गर्न सन्ने वा खोज्नेलाई पो गर्न सकेनस् यसो गर भनिन्छ ।जो मान्छे आफु नै विरामी भएर ओछ्यानमा परेको छ, त्यसलाई तैले काम गर्न सकिनस भनेर मुर्खता किन प्रदर्शन गर्ने भन्ने पनि ठानिएको हुनसक्छ । तर काठमाडौंका सदावहार स्वतन्त्र भनिन रुचाउने एलिटहरु चुप छन् । किशोर नेपालको शब्दमा भन्दा उनीहरुलाई पिनास लागेको छ ।

    यस्तो लाग्छ, देश यति जर्जर त माओवादीको जनयुद्वकालीन अवस्थामा थिएन । उनी प्रधानमन्त्री बनेदेखी अहिलेसम्म नेपाली जनताले सुखद समाचार सुन्न पाएका छैनन । त्यसो त सुखद समाचारको खडेरी लागेको धेरै भयो नेपालमा । मोफसलदेखि राजधानीसम्मले अभावको गीत गाउन थालेको छन्, कालावजारीयाहरुको विगविगी छ । महंगी उस्तै आकाशिएको छ । बन्द यति धेरै भइसक्यो कि अब मानिसहरुले गन्न छाडिसकेका छन् । जाजरकोटमा सामान्य झाडा पखालाबाट मर्नेहरुको संख्याले दश वर्षो जनयुद्वमा त्यो जिल्लामा मारिएका मान्छेहरुको संख्यालाई उछिनी सकेको छ । काठमाडौंमा फोहरलाई त समस्यामा गनिन छाडिसकिएको छ । कर्मचारीदेखि अदालतसम्म भागवण्डा, तानातान, मोलमोलाइ खुलेयाम छ । लामो खडेरीले कृषकहरुको कृषी उत्पादन घट्ने अनुमान सार्वजनिक भएका छन् । पानी नर्पनाले हिउँदमा हुने भयावह लोडसेडिगको कल्पना गर्न डराउछन मान्छेहरु । सरकारसँग वर्तमान समस्यासँग जुध्ने ल्याकत त छैन भविष्यको योजनाको त कुरै छाडौं ।

    सरकार प्रयोजनहीन असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा हाजिरी जनाउन इजिप्ट पुग्न भ्याँउछ । तर जाजरकोटमा जीवनजल पुराउन भ्याउँदैन् । शान्ति उन्मुख देशमा हतियारको सौदावाजी गर्न दिल्ली पुग्न सक्छ । फोहर समस्या समाधान गर्न शिसडोलवासी कहाँ पुग्न सक्दैन । यतिखेर सिहंदरवारमा जनताका योजना बनेको सुनिदैन् बरु मंत्रीको भाग पुराउनको लागि मन्त्रालय फुटाउने योजना बन्छ । त्यहाँ खाली मन्त्रालयको भागवण्डा, सचिवको भागवण्डा मात्र सुनिन्छ । यतिखेर कुनै एक कुलिन व्यक्तिलाई व्यक्तिगत निहुँमा कसैले कुट्दा झण्डा वोकेर सडकमा आउनेहरु, सयौं मान्छे मर्दा तै चुप मै चुप भएका छन् । माओवादीले सत्ता कब्जा गर्न लागेको भन्दै डंका पिट्नेहरु भद्रकालीको आदेशको अगाडी नतमस्तक छ ।

    दुर्भाग्यबश ! मुलुक यस्तो मान्छेको हातमा आइपरेको छ, जसलाई गुमाउनको लागि अव बाँकी केहि पनि छैन । एउटा नेताले सबैभन्दा ठुलो गुमाउने भनेको जनताको मत अर्थात त्यो जनमत हो जुन उनले दुई ठाँउबाट हारेर गुमाइसकेका छन् । यस्ता शब्द लेख्दै गर्दा मलाई माधव नेपालले एकपल्ट भनेको याद आयो यो सरकारको विरोध गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु हो । सायद लोककथाको पात्रले किसानलाई मुर्ख भने जस्तै लोकतन्त्रको विरोधीको ट्याग मलाई पनि लाग्न सक्छ, तै पनि भन्न सक्छु मैले वाटो विराएको छैन क्यारे ?

    No related posts.

    85 comments to अन्योलको आकाशमा माधव नेपालको सवारी

    • pritam

      la sathi thaha chaina, bharsta haru lai jaagir khuwauna ani
      ramro kamm ultayaunu pardaina ta. yati kaam garna ta aako re khai kasko Issara ma…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • milan

      more than 100 thik vanda pani farak naparne yar……
      fair analysis….
      keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshab, Taiwan

      संतराम जी लाई पाण्डु रोग लाग्यो भने यो हर्केय लाई चाही पकैइ मोतोबिंदु भयको छ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माईसंसारमा कमेन्ट पढ्दा त यस्तो लाग्छ कि कलाकारहरू माओवादीतिर प्रबेश गरे जस्तै जनलहर पनि माओवादीको पक्षमा छ कि । आउने चुनावमा त माओवादीको दुई तिहाई बहुमत आउँछ कि के हो ? 1 sachet nagarik MAT tesma huncha jasle RASTRA ra JANATA ko lagi tan-man-dhan lagayako huncha wa cha. MAWOBADI

      1SACHCHA RASTRABADI

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MADAN BAJRACHARYA

      साथिहरु
      हामीहरूले नेपालमा आजसम्मा देखियेका/भएका गलत कार्ये र गलत सरकार र तेसको कारक तत्वों र जिम्मेवार थानिएको ब्यक्तिहरुको बारेमा धेरै लेखियो, गलत कार्ये हुन नदीन धेरैनै झक्झाकायों तर केही उपलब्धि भयेन/अभाव, अशांति हत्या हिंसा र अहिले आएर रास्त्र बिख्न्दन तर्फनै उन्मुख देखिँदै छ/ जनताले बाटोमा हिदने र बेलुका भोको बाल बच्चा लाई एक छाक खाना को बेबस्था गर्न् मेहनत मजदूरी सम्म गर्न पनि कहीं कुनै पार्टीले बंद को घोसानात गरेको छैन भनि बुझ्नु पर्ने भएको छ/ कतै नेपाली भूमिमा भारतले बनाएको बाँध ठुनियेर बाधी बात हज्जारों जनताको घर बॉस उठि बास भएको छ भने कतिपये जिल्लामा आफु जन्मेको भूमि बात तिनै भारतियेहरूले लुत्दै,बलात्कार गर्दै लखेतेको छ तर आफ्ने देशका नेताहरु उल्टी लुटने मिच्नेकई बिदेसिकई बोली बोल्छान/महामारी फैलियेर उपचार नपाई मर्दै छान/बाटों छैन, बती छैन, पिउने पानि छैन/ काम गर्ने जांगर पानी छ आबस्येकता पानी छ तर नेपाल भीतर नेपालीलाई काम छैन/अन्याय र अन्यायी हरु झंडे उठायी, हल बांधि लुत्छान तर लुतिने लाई न्याय दिनेत परै तिनीहरुको क्रुन्दन सुनने पनि कोही छैन/ एकातिर नेपालको जन्मेका नेपाली नागरिकहरु आपसमा तिमी मधीसे उ पहाडी भनी एकले अर्कालाई लुत्दै लखेत्दै छान भने अर्कोतिर सीमापार का बिदेसिहरुलाई देरादैलो सम्मै नागरिकता बान्दै नेपाल लाइ माया गर्ने नेपाली लाई भन्दा नेपाल बात फायिदालिने लाई नै राज्य ले पोष्दै छन/ जनप्रतिनिधि भनाउदाहरू रास्त्र प्रति आफुलाई भोत दिने जनता प्रति कहिले जिम्मेवार भएँन/ घुस खाएर गलत काम गर्न दिएर, सिफारिस बाद आफन्त बाद लादेर योग्य ब्याक्तिको योग्यता निमोठी अयोग्यता लादेर निजी फायिदाको लागी देशको अर्थतंत्रमै दुलो पार्दै सुबिधा-मुकाम्मै घर बंगला बनायी आफुलाई चुनेर पठाएको जिलामा फर्केर पनि हेरेनन/ गलत तथा रास्त्रघाती संधि को कारण नेपालको नदिहरूको पानि होईन नदिहरुनै सिमा पार बहन्दै गए, सिमा मिचिँदै गए तर परदेशमुखी नेताहरु लाई मात्र देशको होईन कसरी कुर्सी पौने र टिकने मै आफ्नो नैतिकतान बेचे बेचे, रास्त्रको अस्मिता माथी बलात्कार गरिएको कुरा पनि आफ्नो कुर्सीको अबधि संग ब्यापार गरे/ येस्ता चुनियेका नेताहरूलाई नेपालीहरूले सरापे, भोत नदियेर हराए पनि / तर अबत नचुनेका भिडले प्रजातंत्र को उपहास उदाउँदै नचुनेकाको जमातको भिद्लायिनै जनसरकार भन्दै जनाधिकारकै घाट गरे र भने येही प्रजातंत्र हो रे/
      साथिहरु होईन यो प्रजातंत्र होईन उपहासतंत्र हो/ यो बिकेका नेताहरुको को बिकृत तंत्र हो/ सुनको गजुर भएको मंदिरहरुको यो देश, बिस्वोमै जल्स्रोतको दोस्रो धनि, पेट्रोलियम माँ एशिया माँ पहिलो हुन सकने, अनेको अरु खनिज प्रदार्थ हरु को खानी प्रसस्ता भएर पनि उत्पादन गर्न नदियेर नेपाललाई सधे आफ्नो बाजार बनाउने बिदेशिको चाल हो/
      नेपालको २००७ सालको परिबर्तन को लागी राणा सरकार को बिरोध गर्ने रास्त्र बादी नेता हरु लाई ओझेल माँ पारेर आफ्ना तत्तुहरुको हालिमुहलिमा सरकार चालों दिन बिदेशी प्रचारबाजी बात कसते लाई जस्तै जन नाएक, महामानव आदि भनेर दिग्भ्रमित सरकार बनायियेता, आखिर जसरी स्याल लाई बाघ को छाला ओढाई बाघ जस्तै देखाए पनि उ करौने बेलामा बाघ जस्तै गरजिन सक्दैन मात्र “हुयीय्या” भनेर करौन्दछा/ २००७ साल को परिबार्तनको नेत्रित्वो गरेको भनि सिमापारीबात फुक्दै सरकार चलाउने ले २००८ सालमा स्वोतंत्र नेपाल लाई भारत को अर्धउपनिबेश बनाउने १९५० को समर्थन गर्दै सरकार लाई त्यों संधि गराउन बाध्य गरे बात, पहिला कोशी तेस्पछि गण्डकी भारत लाई सुम्पिये पछि, सम्पूर्ण नेपाल्ने भारत माँ मिलों बाकी रहेको भू भाग भन्दै नेपाल लाई रास्त्र संघ माँ समेत सदासे बनना रोकन खोजने त्यों भारत प्रति समर्पित भाई “हामी भारत मुखी हौं” भन्ने त्यों पार्टी ले आज सम्म सबै भन्दा बढ़ी समाये सम्म सरकार चलाये/ त्यों पार्टीले जब तब सरकार चलाये, देश को बधिसे बढ़ी सिमा भारतले मिच्दै लगे, टनकपुर महाकाली जस्ता रास्त्र घाटी संधि गरी देशको जल स्रोत भारत लाई सुम्पँदै गए/ आज सम्म त्यों पार्टीको सरकारले भारतले मिचेको नेपाली भू भाग एक इंच पनि फिरता लिएको छैन/ बरु अरु बढ़ी सिमा मिचियेको छ/ अरुबेला जब जनताले त्यों पार्टीलाई भोत नदियेर अरु पार्टीलाई भोत दिएर सरकार माँ पुर्याए, सूद उफ्राँदै सिंह दरबार जान्छान/ सिमा पारी बात आतंककारिहरू झंडा से लिएर बन्दूक देखोंउन थालछा/ अणि जनताले चुनेका जनप्रतिनिधिका का सरकार उही सिमापारीको निर्देशनमाँ हटाई उनीहरुकै उनिहरु जस्तै पर्देश्मुखिहरुको जमात लाई सरकारमा ठुपारी उहिले १९५०को संधिख़ त गरे जस्तै बस्त्बिक आदिबाशी, रैथाने तराई-बाशीहरुको अधिकार र अभिमत लाई कुल्चँदै बिहार बात आयेकालाई देरादैलोमा नागरिकता दिएर उनिहरु बात “मधेस पहाड़ तराई” को बिखंदन को माग माँ समझौता गर्छन/ त्यों तेहिने पार्टी हो जसले कहिले पनि नेपालमा रास्त्र बादी नेतालाई दबाउन छोदेनन र चुनियेका नेताहरु नेपाल मुखी हुने भएकोले जनता बात चुनियेका पार्टीको सरकार कसी गरी धाल्छान र नचुनेका हरुलाई मात्र सही गराउन, पछाडी बात भारतीये स्वार्थ को लागि आफुजस्तई भारत-मुखीहरु को नाम मात्रको नेपाल सरकार बनायी नेपाल लाई नै आफु जस्तै भारत समर्पिती बनौँदै लागेका स्पस्तई देखिन्छ/ तेसैले
      अब नेपाललाई, नेपाली लाई, हाम्रो स्वोतान्त्रताको रछ्याको लागि “बिकल्प” चाहिएको छ, रास्त्र बड़ी सक्तिको, जनताले चुनेका जनटा तथा देश मुखि पार्टीको सरकार/ तेस्ता नाम को अगाडी “नेपाल’ राखी काम भारतको गर्ने पार्टी लाई भारत मै धकेल्न सके मात्र नेपाल र नेपाली को अस्तोत्वो रहने छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • EXCELLENT !

      WELL SAID !!!

      100% TRUE!

      many thanks………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shishir, Qatar

      you are 100% Right Santa Ram Ji .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गणेश , दोहा, कतार

      सरकार शान्ति उन्मुख देशमा हतियारको सौदावाजी गर्न दिल्ली पुग्न सक्छ तर जाजरकोटमा जीवनजल पुराउन भ्याउँदैन्

      कुरा सत्य हो,यो हास्यस्पद पात्रको नाम माकुने सन्योगबस रहन गएको मात्र हो। यो बिरोध त्यस्ता चरित्रको लागि हो। “माधव नेपालको विरोधमा वोल्नु भनेको माओवादीको समर्थन जस्तो देखिने मनोविज्ञान पालेकाहरु, सरकारले जति नै नकाम गरेपनि तै चुप मै चुपको शैलिमा छन्” यो तर्क मनयोग्य छ।

      न्तराम जि कारीबन सम्पूर्ण सत्यत लेखी सक्नु भयो तेसैले कही भनी रहनु पर्ने जरुरी त देखिन तै पनि भन्नु र लेख्नु पर्दा,
      माधव नेपाल जस्तो मान्छे सभासद मात्र बन्नुलाई पनि धन्न मान्नु पर्ने मा प्रधानमन्त्री भयको छ, वास्तवमा यो भन्दा लाचार नेपाल अर्को के हुन सक्दछ।
      पञ्चायत कालमा नानीमैया दाहाल रापस बन्नु र यो गणतान्त्रिक नेपालमा माकुने प्रधानमन्त्री बन्नुको सार तत्वोमा गगनेले कुनै अन्तर पाउन सकेको छैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nagesh kulung

      Comment by Harke
      2009-07-27 08:18:03
      संतराम जी,
      “पाण्डु रोग लागेकोले जगत नै पहेलो देख्छ…..” माकुने सरकारको गंतब्य छैन भन्नु माँ तपाईको दोष छैन, त्यों (मृत्युबादी) नामक पाण्डुरोगको असर हो !
      “संबिधान सभाको निर्वाचनदेखि संबिधान न बनुन्न्जेल सम्म बन्ने सबै सरकार (जो सुकैको नेतृत्व माँ बनेको होस) को गंतब्य नया-संबिधान हो, त्यों नेपालका बच्चा-बच्चालाइ थाह छ !

      तपाईलाई माओबादी (मृत्युबादी) नामक पाण्डुरोग (जांडिस ) लगेकोले थाहा नभएको हो !

      Ekdam ramro

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxman

      Hajur ko Lekha 100% right 6. desh ma aile estai bhai rakheko 6, mero hajur ko lekha ma 100% samarthn 6. huna ta madhav nepal ka bhakta haru le yo lekha lai narmaro bhanala, gali pani garlan tar bastbikta yehai ho.

      Thank you very much. feri-feri mani yestai lekha lekhadai garnu hola.

      Best of luck

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tilakL

      कुरा सत्य हो,यो हास्यस्पद पात्रको नाम माकुने सन्योगबस रहन गएको मात्र हो। यो बिरोध त्यस्ता चरित्रको लागि हो। “माधव नेपालको विरोधमा वोल्नु भनेको माओवादीको समर्थन जस्तो देखिने मनोविज्ञान पालेकाहरु, सरकारले जति नै नकाम गरेपनि तै चुप मै चुपको शैलिमा छन्” यो तर्क मनयोग्य छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धेरै राम्रो लेख !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Devendra Basnet

      एकदमै राम्रो लेख. यो सरकारले आखिर केहि गर्न सक्दैन. सबै हरुवाहरु मिलेर बनेको सरकारले केहि गर्ला भन्ने आशा नै छैन. जे जे गर्दै छ खाली पद भाग लगाउने र मन्त्रलेया फुटाउने गर्दैछा. मलाई सबभन्दा नराम्रो लागेको चै जाबो झाडा पखाला ले तेत्रा मान्छे मर्दा खेरि चाहिने औसधि समयेमा पुर्युना सकेन. तेती गर्न लै पनि बिदेशिहरुसंगापो हर गुहr गर्छा यार.. यो त अत्ति भो.. एउटा झाडा पखाला कन्ट्रोल गर्न त विदेशीलाई गुहर्छ भने अरु क गर्न सक्छा तेसै थाहा हुन्छा..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देवराज जोशी, कैलाली

      अत्यंत सान्दर्भिक लाग्यो, मेरो मन ले सोचे जस्तै मूल्यांकन गर्नु भएको रहेछ यो सरकारको, सायद आम नेपाली को धारणा पनि यही होला.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari regmi

      धन्यवाद संतराम जी
      वास्तब्मा तपाइले सोर्है आना सही लेखनु भएको chha / यो hamro देशको durbhagya हो ra Nepali को pani.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sheela

      Article साह्रै राम्रो छ, बिस्लेशन ko कोण पनि ठीक ठाउमा छ. /
      ……तर एउटा कुरा, यो सरकारलाई बेलुन्मा हालेर कहा पुरौने भंनेकुरा इंडिया लाइ राम्ररी थाहा छ / इंडिया ले दिएको game प्लान, Agenda र Timetable अनुसार काम हुदै छ, हेर्नुस न माकुने सरकारले भटा-भट हतियारको भित्रौने कुरा, कतुवालको कुरा, सचिब हरुको नियुक्ति, जर्नेलको थामौती, आयोग हरुमा इंडियन दलाल्हरुको भर्ती इत्यादि काम कती छिटो गर्दै छ/ एस्ले के संकेत गर्छ की उ कसैले दिएको कैलेंडर र एजेंडा अनुसार गर्दै छ, कसरी गंतब्य छैन भन्न मिल्छा र, की कसो Mahesh जी !!!

      माकुने सरकार को क्षमता नहुदाहुदै पनि येती धेरै काम येती छोटो समय मा संभव भयो त???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      संतरामजी,
      समय भित्र संबिधान लेख्नु,शान्ति प्रकियालाई लक्ष्यमाँ पुराउनु,जनताका केही मात्र भए पनि राहत दिनु अहिलेको नेपालमा जोसुकैको सरकार बने पनि लक्ष्य एकै हुन\ राजनीति गर्ने कोही पनि ब्यक्ति किन नहोस शरीर खरानी नभए सम्म उसको चहाना मरेको हुदैन,चहाना चाहे निरंकुस होस या बहुलबादी !राजनीति गर्नेले यदि म यो ठाउमा पुगे भने यो यो गर्नेछु भनी अबस्य सोचेको हुन्छ र योजना पनि तयार पारेको हुन्छ \जहा सम्म अहिले माधब नेपाल प्र.म बनेको सन्दर्भ छ यो अकस्मात बोक्नु परेको भारी हो \अर्काले बोक्नु पर्ने भारी अकस्मात बोक्नु पर्दा संतुलन त बिग्री हाल्छ्नी ! देश हाक्छु,क्रान्ति सफल बनाउछु भनी भासन गर्न जती सजिलो छ सरकार बनाउन र चलाउन कति गार्हो हुदोरहेछ,लुकी लुकी मर्निग वाकमा हिडेको शत्रुलाइ गोली हान्न,चलिरहेको बसमा यात्रु मार्न बम राख्न जती सजिलो भयो आफ्ना मित्र,सहयोगी,कार्यकर्तालाइ राज्यको मुख्य ठाउमा राख्न कति गारह्यो हदों रहेछ भन्ने कुरा एक पल्ट आफ्ना बिस्वासिला नेतालाई सोध्ने की ! सरकारमा आफु नहुदा जसरी सरकारको बिरोध जसरी पनि गर्दा र आफु सरकारमा बसेर आफुले बिरोध गरेको,आफैले माग राखेको कुरा पूरा गर्न कति सजिलो हुदोरहेछ भनेर सोध्ने की ! आफ्नो स्वार्थ पूरा गर्न बिदेशिको पाउ मोल्न पटक,पटक जादा क्रान्ति देख्ने, आफ्नो सरकार बचाइरहन बिदेशी गुहार्दा मित्र देख्ने अनी राजनितिमा राजनैतिक संतुलन,स्वोदेशी,बिदेशी शक्ति संतुलन गर्न नजान्ने सरकारमा बसेर पनि सत्ता कब्जा गर्ने,बिरोधी सबैलाई खाल्डोमा पुर्छौ भनी धम्की दिने,अराजनैतिक ब्यबहार गर्ने,सरकारी भवन आफ्ना लडाकू बस्ने आश्राम र किल्ला बनाउने अनी सरकार गिर्दा आकाश खसे झै चिच्चाउने,बिदेशी सहयोगमा क्रान्ति गर्ने,समझौता गर्ने अनी परिबर्तन भए पछि सबै मैले मात्र गरेको हो भनी अरुलाई चिडाउने,हेप्ने यो कस्तो राजनीति हो ? आफु मात्र ठीक अरु सबै बेठीक ? के संसारमा कुनै पनि कुरा एकै रंगको,एकै बिचारको,एकै आकारको,एकै गुनको ,एकै जातको,एकै धर्मको,एकै प्रनालिको हुन्छ ? बिसंगती,अभाब,अशांति के आज मात्र भएको हो? आफु ठीक भन्नेले जात जातमा,क्षेत्रक्षेत्रमा देश टुकराउदा ठीक भएको छ ? राजनीति गर्नेले राज्यको हर अंग, जनताको हर पक्ष्य,राज्यको हर क्षेत्रमाँ राजनीति घुसाउदा आज देशको दुर्गति भएको होइन र ? हरेक समस्याको समधान बंद,हड़ताल,तोड़फोड़,ह्त्या बनाइएकोले आज देश जर्जर अब्स्थामा पुगेको होइन र ? अस्थिरता,अशांति नै देश र जनताको दुर्गतिको कारण हो भने हामी किन तिनै कुरा अन्गाली रहेछौ ? के नेपालको राजनैतिक पार्टी र नेताको अस्तित्व अ स्थिरता र अशान्तिमै मात्र बाचिरहने हो त ? सहयोग ,सद्भाब,मित्रता बिच नेपाली राजनीति र नेता बाचिरहन सक्दैनन त ? कानूनी शाशन, न्याय र सजाय सबैलाई बराबर हुने बाताबरण र परिपाटी के नेपालमा कहिले पनि बनाउन सकिदैन त ? मानब जीबन नकारात्मक होइन सकारात्मक सोचमा मात्र फुल्छ भन्ने कुरा नेपाली जिबनमा लागू गराउन के सकिदैन त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      संतराम जी,
      “पाण्डु रोग लागेकोले जगत नै पहेलो देख्छ…..” माकुने सरकारको गंतब्य छैन भन्नु माँ तपाईको दोष छैन, त्यों (मृत्युबादी) नामक पाण्डुरोगको असर हो !
      “संबिधान सभाको निर्वाचनदेखि संबिधान न बनुन्न्जेल सम्म बन्ने सबै सरकार (जो सुकैको नेतृत्व माँ बनेको होस) को गंतब्य नया-संबिधान हो, त्यों नेपालका बच्चा-बच्चालाइ थाह छ !

      तपाईलाई माओबादी (मृत्युबादी) नामक पाण्डुरोग (जांडिस ) लगेकोले थाहा नभएको हो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • autoPILOT

      dherai ramro samaya sandhrabhik lekh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kushum usa

      दुर्भाग्यबश ! मुलुक यस्तो मान्छेको हातमा आइपरेको छ, जसलाई गुमाउनको लागि अव बाँकी केहि पनि छैन । एउटा नेताले सबैभन्दा ठुलो गुमाउने भनेको जनताको मत अर्थात त्यो जनमत हो जुन उनले दुई ठाँउबाट हारेर गुमाइसकेका छन् । यस्ता शब्द लेख्दै गर्दा मलाई माधव नेपालले एकपल्ट भनेको याद आयो यो सरकारको विरोध गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु हो । सायद लोककथाको पात्रले किसानलाई मुर्ख भने जस्तै लोकतन्त्रको विरोधीको ट्याग मलाई पनि लाग्न सक्छ, तै पनि भन्न सक्छु मैले वाटो विराएको छैन क्यारे ?
      I like it. Here is all if he is a man. This will be last in his life and this is better chance/opportunities….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amrita

      Nice Article,
      I agree with the writer more than 100% .

      Amrita

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hillman, Myagdi

      पि एम् देखी मन्त्री सम्म हरुवा को जमात। त्यस माथि ओली जस्ता बुद्दिमा बिर्को लागेका हरुको धम्की र् भद्रकालीका श्री३ हरुको आदेशमा चल्नु पर्ने मा कु ने को सरकार्। यस्तो सरकार् कुईरोको काग् जस्तो न भयेर कुन् सरकार् हुने।

      चेतना भये।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सरकार शान्ति उन्मुख देशमा हतियारको सौदावाजी गर्न दिल्ली पुग्न सक्छ तर जाजरकोटमा जीवनजल पुराउन भ्याउँदैन् ।
      non responsible goverment for nation

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mountains

      Exellent article, i have ever read it ,

      excellent thanks, keep on writting.

      उनीबाट आशा राखेको हुन्थे भने उनलाई दुई ठाँउमा जनताले अत्याधिक मतले विजयी गराँउदथे। विश्वासको मत दिन्थे ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      यथार्थ परख लेख, गगनेलाई निकै मन पर्‍यो, धन्यवाद लेखक लाई ।
      सन्तराम जि कारीबन सम्पूर्ण सत्यत लेखी सक्नु भयो तेसैले कही भनी रहनु पर्ने जरुरी त देखिन तै पनि भन्नु र लेख्नु पर्दा,
      माधव नेपाल जस्तो मान्छे सभासद मात्र बन्नुलाई पनि धन्न मान्नु पर्ने मा प्रधानमन्त्री भयको छ, वास्तवमा यो भन्दा लाचार नेपाल अर्को के हुन सक्दछ।
      पञ्चायत कालमा नानीमैया दाहाल रापस बन्नु र यो गणतान्त्रिक नेपालमा माकुने प्रधानमन्त्री बन्नुको सार तत्वोमा गगनेले कुनै अन्तर पाउन सकेको छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pariwartan

      Awesome….It really touched me….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chitra

      malai ta kasto lagyo bhane yo santa rum bhanne manchhe prachandako lauro jasto po lagyo.prachandale norwayma gayara hamilai 35 megawatt bidutko lagi sahayo chayo bhane PM le janatalai ta jhan katti po bhikhari banaune ho?ani yesto manchheko lekhma tyo bhanda badhi ke nai po hunchhara?Santa rum can you write 10 points what would you do if you were PM of Nepal at present context?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      I agree to Suman, Korea.

      yo sabai jarjar ko abastha mao badhi le sikayera ko ho..maobadi le garda ni ho…Madhav nepal le ta baru bistarai ramro gardai chhan…kalabajari haru lai thik pardai chhan…keep it up MKN.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • संतराम जी

      धेरै धेरै धन्यवाद लेख राम्रो छ
      माकुने प्रधानमंत्रीले अरु केही गर्न नसके नि अर्का ले लेखेर तयार गरेको पेपर त पढ़ने होला नि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • संतराम जी
      अरु केही गर्न नसके नि अर्का ले लेखेर तयार गरेको पेपर त पढ़ने होला नि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cosmo,

      Very True,,,,MaKuNe must read this article..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Utsav

      Santaram,
      Ma Madhav kumar nepal lai sapport garne manche ta hoina tar pani kehi words nalekhi basna sakina.

      Tyo bharkhar umreko hariyo rukh(Maobadi) le chahi ke garyo ra janata lai bishwashghat garna bahek. Kam se kam ahile kehi sahi nirnaya haru bahir aaudaichan example: Vice president ko hindi ma sapath badar bhayeko jastai.

      Running government is far better than Prachanda’s Government.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajesh lamsal

      excellent आर्टिकल लेख्नु भो सन्तराम जि । धन्यवाद ।उनीसँग न त स्पष्ट गन्तव्य छ, न त केही गर्ने योजना नै छ, उनले यो पदको चाहना नै मारिसकेर थन्को लागिसकेका थिए। त्यसैले कुनै पूर्व तयारी त झन् हुने कुरै भएन ।हामी सबलाई थाहा भयको कुरा त हो नि !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshab, Taiwan

      सन्तराम जि । धेरै धेरै धन्यवाद । एकदम बास्तबिक लेख लेख्नु भयो! यो माकुने प्रधानमंत्री बनको लागि कम्को आस्कुती थियो हामी सबलाई थाहा भयको कुरा त हो नि ! अनि तेस्ले केनई गरोश त!! सरकारी भत्ता माँ मज्जाले बिढेश घूम्यो! ते ही हो माकुने को काम!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DN khanal

      संतराम जी मैले यो ब्लॉग पढ़न थालेको ३ बरसा जती भयो आज सम्म कई सबैभन्दा संदार्विक लेख लागो यो
      मन को कुरा लेखी दिनु भो धन्यवाद यहाँ लाई

      DN KHANAL
      USA
      dnkhanal1981@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karma tamu

      Excellent and factual article. it is unbiased and must read by all sajan nepali.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      कता कता ठीक जस्तो लागो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parashuram Bhantana

      माईसंसारमा कमेन्ट पढ्दा त यस्तो लाग्छ कि कलाकारहरू माओवादीतिर प्रबेश गरे जस्तै जनलहर पनि माओवादीको पक्षमा छ कि । आउने चुनावमा त माओवादीको दुई तिहाई बहुमत आउँछ कि के हो ?

      परशुराम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sayapatri

      sarhai ramro lekh. Bartaman paripekchhya ma yini laj kumar nepal hunu parne ho, bartaman paripekchhya ma.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anjin chhetri, lamjung

      कही कतै खोट लाउन नसकिने लेख्नु भएछ सन्तरम जी ।
      तपाईंको कुरा सँग म १००% सहमत छु । बधाई छ तपाईंलाई!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हेलो

      सार्है राम्रो लाग्यो।।।।।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • palpali mgr-Tara

      प्रजातन्त्र आएपछी र आझ गणतन्त्र आएपछी त देश को हालत jhan jhan बिग्रिदै आएको छ नि मकुने लाई मात्रै किन दोस लाउने…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • debkan

      janatako vote ko kadhar nagarnele hamro comment k sunlan ra.
      madhav should have been reject for that post himself. but he dont have nose at all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman, korea

      अहिले देखियका सम्स्या सबै २ महिनामा आफ्सेआफ जन्मियका होइनना । यो पद्ध्दा मलाई एउटा कुरा को याद अयो।
      few years back when APJ Abdul Kalam was president and Atal Bihari Bajpai was primeminister..those few years tehre was very less rain in India and some hindu atibadi started saying, it was not raining because both the heads of country were unmarried or bachelor..
      so blaming all the things now seen to only Madhab Nepal is same kind of extremisms..

      he shoudl be made PM or not its another issuse. but sadhai yasari nai kyar kyar garera ke nai hucnaha bhuddimani lekhak ji?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • James

      Samasamayek article cha. dherai ramro cha. yestai lekdai janu hola

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khim Thapa

      यस्तो लाग्छ, देश यति जर्जर त माओवादीको जनयुद्वकालीन अवस्थामा थिएन ।
      सरकार प्रयोजनहीन असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा हाजिरी जनाउन इजिप्ट पुग्न भ्याँउछ । तर जाजरकोटमा जीवनजल पुराउन भ्याउँदैन् । शान्ति उन्मुख देशमा हतियारको सौदावाजी गर्न दिल्ली पुग्न सक्छ ।
      Exactly correct lines…!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Haina Prachandale po ke gare ra ?????? Desma Dictatorship ladne bahek aru kehi pani garena …..Afnai arrogant nature le garda satta chhodnu paryo …
      Prachandakai pala Koshi Byarek BHatkiyara kati manchhe mare and Desma Aparadhiharulai pani lukaune kaam gariyo …….. Ra ahileko samasya pani Maobaadi nai jasle Badar Jasto behave (Afu pani Sarkar chalauna nasakne arulai pani chalauna nadine ) gariraheko chha …. CPN(UML) doing his best to move the country forward … God Bless you !!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kale

      सरकार शान्ति उन्मुख देशमा हतियारको सौदावाजी गर्न दिल्ली पुग्न सक्छ तर जाजरकोटमा जीवनजल पुराउन भ्याउँदैन् ।

      दुर्भाग्यबश ! नेपाल यस्तो मान्छेको हातमा आइपरेको छ, जसलाई गुमाउनको लागि अव बाँकी केहि पनि छैन । एउटा नेताले सबैभन्दा ठुलो गुमाउने भनेको जनताको मत अर्थात त्यो जनमत हो जुन उनले दुई ठाँउबाट हारेर गुमाइसकेका छन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kale

      माधव नेपालको विरोधमा वोल्नु भनेको माओवादीको समर्थन जस्तो देखिने मनोविज्ञान पालेकाहरु, सरकारले जति नै नकाम गरेपनि तै चुप मै चुपको शैलिमा छन् ।
      कर्मचारीदेखि अदालतसम्म भागवण्डा, तानातान, मोलमोलाइ खुलेयाम छ ।
      सरकार शान्ति उन्मुख देशमा हतियारको सौदावाजी गर्न दिल्ली पुग्न सक्छ तर जाजरकोटमा जीवनजल पुराउन भ्याउँदैन् ।

      यतिखेर सिहंदरवारमा जनताका योजना बनेको सुनिदैन् बरु मंत्रीको भाग पुराउनको लागि मन्त्रालय फुटाउने योजना बन्छ । त्यहाँ खाली मन्त्रालयको भागवण्डा, सचिवको भागवण्डा मात्र सुनिन्छ । माओवादीले सत्ता कब्जा गर्न लागेको भन्दै डंका पिट्नेहरु भद्रकालीको आदेशको अगाडी नतमस्तक छ ।

      दुर्भाग्यबश ! नेपाल यस्तो मान्छेको हातमा आइपरेको छ, जसलाई गुमाउनको लागि अव बाँकी केहि पनि छैन । एउटा नेताले सबैभन्दा ठुलो गुमाउने भनेको जनताको मत अर्थात त्यो जनमत हो जुन उनले दुई ठाँउबाट हारेर गुमाइसकेका छन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manjo

      सन्तराम ji, sarahi ramro lagyo Dhanaya bad mero man ko kura yeshaina ma nai bekta bhaye chha….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aakhir timiharu le 2 2 thau bata tijayako prachande le ke garer dekhayo ra?
      ma ku ne sarkhar le garer dekhayan bhaner ameriki ukhan sita tulana garnu parne??????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • st.prakasha

      Mr.Madhav Kumar Nepal afno asafalta ko adhyaya lai ajhai badhauna pradhan mantri baneka hun. yo manchhe ma na josh chha, na aant,na palnning ra na nai kunai himmat….desh chalauna mind make up gareko hunuparchha..yinko anuharma, karya saili,boli, harek kura ma confidence 1% pani chhaina.. i am not discouraging him rather challenging him to prove himself his worth for the last and the most valuable chance he’s got.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna prasad kandel

      100 percent correct. sabai parties sattakai mohama aljhieka chhan. des ra janatako hitko lagi kehi garau bhannne bhawana kunai netalai pani chhaina. dhikkar chha sabai Dalaka. netaharulai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran Shrestha

      माधव नेपालको विरोधमा वोल्नु भनेको माओवादीको समर्थन जस्तो देखिने मनोविज्ञान पालेकाहरु, सरकारले जति नै नकाम गरेपनि तै चुप मै चुपको शैलिमा छन् । तर त्यसको अर्को कारण पनि होला । हिड्ने गोरुको पो पुच्छर निमोठिन्छ, गर्न सन्ने वा खोज्नेलाई पो गर्न सकेनस् यसो गर भनिन्छ ।जो मान्छे आफु नै विरामी भएर ओछ्यानमा परेको छ, त्यसलाई तैले काम गर्न सकिनस भनेर मुर्खता किन प्रदर्शन गर्ने भन्ने पनि ठानिएको हुनसक्छ । तर काठमाडौंका सदावहार स्वतन्त्र भनिन रुचाउने एलिटहरु चुप छन् । किशोर नेपालको शब्दमा भन्दा उनीहरुलाई पिनास लागेको छ ।

      यस्तो लाग्छ, देश यति जर्जर त माओवादीको जनयुद्वकालीन अवस्थामा थिएन । जाजरकोटमा सामान्य झाडा पखालाबाट मर्नेहरुको संख्याले दश वर्षो जनयुद्वमा त्यो जिल्लामा मारिएका मान्छेहरुको संख्यालाई उछिनी सकेको छ ।

      यतिखेर कुनै एक कुलिन व्यक्तिलाई व्यक्तिगत निहुँमा कसैले कुट्दा झण्डा वोकेर सडकमा आउनेहरु, सयौं मान्छे मर्दा तै चुप मै चुप भएका छन् । माओवादीले सत्ता कब्जा गर्न लागेको भन्दै डंका पिट्नेहरु भद्रकालीको आदेशको अगाडी नतमस्तक छ ।

      दुर्भाग्यबश ! मुलुक यस्तो मान्छेको हातमा आइपरेको छ, जसलाई गुमाउनको लागि अव बाँकी केहि पनि छैन ।
      सायद यो कुरा काठमाडौंका सदावहार स्वतन्त्र भनिने एलिटहरुले बुझि पनि सकेका छन् तैपनि माधव नेपाल सरकारको आलोचनामा कलम चल्न सकेको छैन ।
      Norway.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nan

      excellent article.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • तितो सत्य

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Shree krishna adhikari,israel

      Yekdam tito yethartha lekhnu vayo ani ujeli ji ko coment yekdam satya ma aadarit yethartha garib ko bedana lagyo.oops aakhir des nai narahala jasto 6 yo para le.ruwanda,sudan hunevayo pyaro nepal.aasu aayo mero .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Naam jastai bi4 raichha tapaiko …..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gopal Sydney

      सन्तराम जी,
      मेरो मनको कुरा पनि त्यस्तै त्यस्तै थियो, तपाईँले लेखी दिनु भयो।
      मलाई त खै किन हो किन माधब नेपाललाई प्रधानमन्त्री भन्न नै गार्‍हो लाग्छ।
      जनताले जिताएर पठाएकाको त त्यो चाल हुने देसमा, यीनका के कुरा गर्ने हो?? म संग त शब्द नै छैन है।।।।
      आशापनि कसरी गर्ने खै???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्तमान जी !!!

      लेख राम्रो छ !!!! हाम्रो नेपाल को राजनीती को बेहाल यस्तै हो /

      नेपाली हरु सबैलाई र “सूत” हुदै “सुतिजा” अनी बिदेशी दात्त्री राष्ट्र हरु लाइ पनी राम्रो सग थाहा छ की यो सर्कार कामचलाऊ मात्र हो भनेर / अब संबिधान बनाउने काम मा चै प्रभाबकरी रूप मा हर क्षेत्र अनी हरेक पेसा,जाती, धर्म हुदै हरेक तह र तप्का माहुने मान्छे ले यो कामचलाऊ सर्कार लाई दबाब चै दिनु जरुरी छ / तोकिएको समयमा संबिधान पूरा हुनै पर्छ भनेर / यो एतिहासिक कार्य सकेर बनौलानी गतिलो बहुमत को सर्कार / हुदैनर ????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      अत्यंत यथार्थ परक लेख. धन्यबाद संतराम जी.
      माकुने सरकार को बारे माँ के कुरा गर्ने? माकुने ले मालिक लाइ नसोधी निर्णय लिन त के कुरा ,राजिनाम पनी दिन सक्देन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pawan

      why only kaju I think you are kaju kancha .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      मार्मिक आर्टिकल लेख्नु भो सन्तराम जि । धन्यवाद ।
      —————————————-
      ” जता जता सूदहरुको हाबाले उडाउछ —–”
      ——————-
      ——————-
      मुलुक हाक्ने नेताहरु
      उड्दै छन
      जता जता सूदहरुको हाबाले उडाउछ
      उतै उतै ——-
      मेरुदन्द तिनको झिकेर
      कठ्पुतली बनाईएको छ
      शूदहरुको ईशारामा नचाउनलाई
      ताता थैया ताता थैया —–
      मेरुदन्द बिहिन नेताहरुले हाकेको मुलुक
      दिन प्रती दिन लल्याकालुलुक हुँदै छ
      शूदहरुले मन परि उपभोग गर्दै छ ——
      मेरुदन्द मात्रै होइन
      बिबेक नै झिकेर
      शूदहरुले सत्ता मोहको जालमा पोको पारेको छ
      बिबेकहिनहरु
      सबार छन रित्तो बेलुन मा
      जता जता शूदहरुको हाबाले उडाउछ
      उतै उतै ——

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxman

      सन्तराम जी,

      निकै सान्धर्भिक लेख लेख्नु भयको छ त्यस को लागी धेरै धेरै धन्यवाद. वास्तब मा भन्ने हो भने प्रचण्ड निकै दुरदर्शी नेता हो. उसले संसद मा भाषण गर्दा उल्टो गंगा नेपाल मा बगाइदै छ भनेको प्रमाणित हुन आएको छ.
      माधव नेपाल, रामबरण यादव , कटुवाल आदि सबै यी पात्रहरु ले नेपाल को राजनीतिक प्रक्रिया लाई बदनाम गर्दै कुसंस्कार को शुरुवात पनि गरे. जसरी उल्टो गंगा बगाईयको छ यहि गंगा ले कटुवाल को कट्टु त बगाउने छ. तर एमाले को त भबिस्य नै बगाईदियो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चर्चित

      प्रचण्ड जी का अनुयायी ज्यु हरु तपाई को आँखा को दोसी चस्मा निकालेर हेर्नु भए थाहा हुन्छ प्रचण्ड जी का चमत्कारी गफ भन्दा माकुने का अहिले का काम धेरै राम्रा छन् हेर्दै जानु… सन्तराम जी हेर्दै जानु दुइ ठाउँ बाट जितेकाले नगरेको काम हारेकाले गर्दै छन्.. हामी नेपाली लाई विकास चाहिएको छ तपाइले र माओबादी पार्टी ले जस्तो राजनीति लाई व्यापार बनाउने काम अब जनताले बुझी सके…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      अत्यंत यथार्थपरक लेख. धन्यबाद संतराम जी.
      माकुने सरकार को बारे माँ के कुरा गर्ने? माकुने ले मालिक लाइ नसोधी निर्णय लिन त के कुरा ,राजिनाम पनी दिन सक्देन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anjin chhetri, lamjung

      Excellent!!! Mrs Luna.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • This Luna is MaoEXtrimist !!!!!! Kahile aula timro Budhdhi ?????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman Subedi

      Tufan ji tapai ko naam ta pakkai yo haina hola luna ko buddi pani chha ra luna sanga tarka garne power pani chha tesaile clearly luna naam rakhera maidan ma hamesa ladchhin tapai ta nakkali naam rakhera tarka dekhi vagdai hunuhunchha yo lekh sarai ramro chha tarka diyera yesko khandan garna saknu hunchha vane garnus.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash Tuladhar,New York

      Yeshma Krishna Gopal Om santi Jai Nepal jee Comment Aayena ni?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anjin chhetri, lamjung

      ‘सन्तराम’ हुनु पर्ने मा ‘सन्तरम’ भएछ माफ गर्नुहोला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kale

      सरकार शान्ति उन्मुख देशमा हतियारको सौदावाजी गर्न दिल्ली पुग्न सक्छ तर जाजरकोटमा जीवनजल पुराउन भ्याउँदैन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hillman, Myagdi

      माओवादीले सत्ता कब्जा गर्न लागेको भन्दै डंका पिट्नेहरु भद्रकालीको आदेशको अगाडी नतमस्तक छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman Subedi

      Tehi ta tufan ji ahile manchhe marekai chhaina shanti surachhya sabai thik vako chha prachanda lai garna nadeko ho tapai ko guru harule taipani ahile vanda dherai thik thiyo kamtima sambhidhan dhilai vaye pani banla jasto vako thiyo, baburam le paisa uthayera bidesi ko pau parnu parne abastha bata bistarai nepal lai bahir nikaldai thiye feri vikhari banayo yo sarkaarle nepal lai 4 arba rin lagi sakyo desko bastabikta kahile padeko chah tesaile congress ra emaalele je je vanyo tehi tehi vandai hunuhunchha aafai sochnu aafai tarka garnus na. cpn uml doing his best re ye varat po puchhar vayera je je vanyo tehi mannne aatamaghati samjhauta garne des ma feri yudhha nimtayaune ramro kaam ho ni hagi katti buddiman tufan re naam ta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • greece from Denmark

      chitra ji tapai santaram ji lai prachanda ko manche vannu hunchha vane tapai chai Madav Nepal ko chora parnu vayo ki k ho ha .janamat nai na payeko neta PM hunchha vane teslai k vanne ta baru 10 wota point Madav nepal le gareko kura haru tapai nai leknus hai ta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • naren

      i agree with santaram. this tufan n charchit r jackass kick them out of nepal they r really cock sucker of makune

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudip

      Laxman ji,Prachanda,Madhave,Girija le kehi garna sakdainan, yo sab janta lai tha chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sheela

      very good comparision thanks!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lambu

      Madhab Kumar PM hunu ra Nani Maiya Dahal Rastripanchayat member hunuma nikai farak chha.Nani maiya lai ta kam se kam janata le bhot diyera jitayeka hun. Tara MaKuNe lai ta sabai thauma janata le dhikkareka hun.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      हर्केजी, ठीकै भन्नुभो । अहिलेको सरकारको गन्तव्य संविधान बनाउने नै हो ।

      तर के जाजरकोटमा झाडापखालाले किरासरह मान्छे मर्दा चुप लागेर बस्नमिल्छ ? ताइँ न तुइँका सभा सम्मेलनमा र गोष्ठीमा भाग लिन जानेहरूले किन सक्दैन त्यहाँ राहत दिन ?

      फोहोरको थुप्रोले काठमाडौंलाई पनि अर्को जाजरकोट बनाउने ? किन सक्दैन त्यहाँका जनताको माग सम्बोधन गर्न । वा किन सक्दैन उनीहरूको अनुचित मागलाई दबाउन ?

      किन झूठो बोल्छन् माकुने, जबकि हरेक सञ्चारमाध्यममा विद्या भण्डारीले भारतसँग हतियारको ‘भीक’ मागिरहेकोबेला ।

      अपार विद्रोहको सामना गरेको र सर्वोच्च अदालतले गरेको फैसला अवैध घोषणा गरिसक्दा पनि किन सक्दैन परमानन्दलाई घोक्रठ्याक लगाउन ।

      के माकुनेको गतिविधिले लाग्छ उनी संविधान बनाउनेतिर आफ्नो ध्यान दिइरहेका छन् ? कि हतियारसँगसँगै भारतबाटै आउने र एकाध वर्ष राइँदाइ पनि गर्न पाउने सुर मक्ख भएका हुन् ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishnmani

      तलाई लाऔदा र धमीजा को जुठो हड्डी को मात लागेछ हरके, तेरो बुद्दी कहिले फरके?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      दैनिकी र गंतब्य को फरक बुझ्नुस, जवाफ पाउनुहुन्छ ! वा आगरा र गाग्रा माँ फरक बुझ्नुस !
      यहाँ गंतब्य को कुरा भैरहेको छ, नियमित क्रियाकलाप को होइन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      हर्केजी, कुरा सही गर्नुभो । त्यसैले मैले शुरुमै “अहिलेको सरकारको गन्तव्य संविधान बनाउने नै हो” भनेको पढ्न छुटाउनुभएछ । राम्ररी पढ्ने बानी बसाल्नुस् पहिला अनि प्रतिक्रिया लेख्नुस् । तर गन्तव्य जेसुकै भएपनि सरकारले गर्नुपर्ने दैनिक कामकारवाही पनि भारतले नै आएर गरिदिनुपर्यो ? कि बुख्याँचा सरकार भएकै कारण नियमित क्रियाकलाप गर्नु नपर्ने हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MADAN BAJRACHARYA

      sheelaajee
      yes you are veri right, all these are being done in nepal under a grand design of india under the supervision of their koirala brigade in Nepal.
      sheelaajee, if we recall the history of revolution against the Rana that has ended in 2007, we find that that revolution was begin long before there was any so said congresses in Nepal.nepali congress was created in India for india for just to prevent any nationalists government in Nepal.like how madhav nepal was made priminister these days, then india had pronounced that mr. nobody; B.P. Koiralaa a leader of that revolution though he was not known to any when that revolution had climaxed in nepal.

      we have been watching that this pro-indian brigade nepali congress has eliminated their own top leader Ganesh man for he was not a pro indian and this nepali congress never let any nationalists and their parties to run the government of Nepal.

      this parmanand jhaa is another no body but made some body by india but through another koiralaa mr. Girijaa all for just creating instability in nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MADAN BAJRACHARYA

      karnaajee
      i think we have now no other choice than what you have noted. yes i too think so.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker