मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फेरि पनि सेना कै कुरा

    सूर्य खड्का
    रक्षामन्त्री विद्या भण्डारीले भारतीय भ्रमणबाट सैन्य सामाग्री सहयोगको याचना गरेकी छन्। खबर नबनेका खबरहरुमा भारतले ग्रीन सिग्नल दिइसकेको छ नेपाललाई सैन्यसहायता जारी गर्ने। गैरघातक सैन्य सामाग्री भन्दै हतियार सहयोगको भारतीय सदिच्छा रहनु अस्वाभाविक हैन। सवैलाई थाहा छ एकपटक आफुले प्रयोग गरिसकेका वा भारतका लागि पुराना र वेकार भैसकेका हतियार कवाडीमा फ्याक्नु भन्दा सानो प्यारो छिमेकी नेपाललाई बेच्नु दुई हातमै लड्डु पाउनु सरह भै गो भारतलाई। आखिर नयाँ अत्याधुनिक हतियार भारतले कहिले पो दियाथ्यो र यसपाला दिन्छ भनेर मख्ख पर्नु त नेपाली। यता प्रधानमन्त्री माकुनेलाई विभिन्न संसदीय समितिहरुले हायल कायल पार्‍या पार्‍यै छन् हतियार खरिदकै विषयमा। राज्य व्यवस्था समितिमा त प्रमले रक्षामन्त्री भण्डारीको भारतयात्रालाई अन्यथा नलिइ दिन सवैसँग अनुनय विनय नै गर्नुपर्‍यो। अवरुद्ध व्यवस्थापिका संसदमा त सफाई नै दिनु पर्‍यो।

    वर्तमान सत्ता समिकरणका भारतीय दिक्षा प्राप्त नेकपा एमाले नेता केपी ओलीको भारतबाट हतियार लिने कुरा कागले कान लग्यो भनेर कानै नछामी पछि दुगर्ुर्नु जस्तो पो हो रे। प्रमुख सत्तारुढ एमालेका ओली न परे माओवादी लडाकुहरु सेनामा समायोजन संभव नहुने तर्क खेती गर्दै जंगिए- हतियार वोक्ने जति कहाँ सेना हुन्छ र उता माओवादीले संसद बैठकमा नै प्रधानमन्त्री माकुनेलाई दुधको दुध पानीको पानी पार्न भ्याए। प्रधानमन्त्री माकुनेले कुरो चपाएरै बिषय तुरे।

    उता कंग्रेसबाट पारापाचुके गरेर मधेशी जनअधिकार फोरमका उपनेता वन्दै त्यहाँबाट पनि नयाँ पार्टीतिर पोइल जान विवश पर्यटन तथा संस्कृति मन्त्री शरदसिंह भण्डारीका शब्दमा सेना योग गरेर बस्ने सुरक्षा अंग परेन्।

    स्मरणीय छ आफ्नो पछिल्लो विराटनगर बर्साईबाट काठमाडौं फिर्दै गर्दा कंग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी सेना समाजमा समायोजन र पुनर्स्थापित गर्नुपर्ने उदघोष गरेका थिए।।

    यसप्रकार माओवादी सेनामा समायोजनको मुद्दा अब फेरि राजनीतिक सौदावाजीको स्पष्ट एजेण्डा वनेको प्रष्ट भो नी भएन त – एकीकृत माओवादीको शव्दमा उसका लडाकु उसले भने वमोजीम अनमीनलाई साक्षी राखेर नेपाली सेनामा माओवादी सिफारिस अनुसार हुनुपर्ने अड्डी छ। माओवादी लडाकुलाई जसो तसो नेपाली सेनामा नमिसाउने रात रहे अग्राख पलाए गर्नेमा एमाले-कंग्रेस गठवन्धनको प्रष्ट संकेत मिलिसक्यो। यसबेला भित्री रुपमा भारतीय सैन्य सहायता लिएर क्यान्टोनमेन्टका लडाकुले शिविर छोड्ने हतियार उठाउने दुस्साहस गरे, फलामले फलाम काट्ने शैलिमा नेपाली सेनाले माओवादी सेनाको टाउँको काट्ने चाजो पाजो मिलाएको होइन होला भनेर विश्वस्त हुने आधार त छैन नी छ र – आखिर प्रम माकुनेले संसद संवोधनमा पनि यसो होइन भनेर बिश्वस्त पार्न सकेका त देखिएन।

    बनमा बाघ कराउनु र खोरबाट बाख्रा हराउनुको संयोग मात्रै होइन सेनालाई हतियार खरिद गर्न रक्षामन्त्री दिल्ली जानु र राष्ट्रपति कार्यालयमा प्रम नेपालले सरकारका मुख्य सचिव सरह प्रमुख सचिवमा मकरर गर्नु। आखिर सरकारका मुख्य सचिव अर्न्तर्गत राष्ट्रपति कार्यालयका सचिव नरहने बरु वरावरी हैसियतमा रहने स्थिर प्रणालीमा प्रम माकुनेले लाहाछाप लगाएपछि भोली देशको कार्यकारी नेतृत्व ऐन मौकामा राष्ट्रपति कार्यालयमा नर्सला भन्न पनि सकिन्न नि सकिन्छ त – हिजो अस्ति त हो नि सेनापति अवकाश प्रकरणमा प्रधानमन्त्री प्रचण्डको कार्यकारी अधिकार मध्यरातमा राष्ट्रपतिको वाहुलीको चिठ्ठीमा स्थानान्तरण भएकै थियो नि, थिएन त र?

    जनजनको खवरदारी हो राष्ट्रिय सेनालाई विवादमा नतान्नु, माओवादी लडाकुलाई खोलो तर्‍यो लौरो विस्र्योको नियतीमा नपार्नु। तर, के यतातिर जसको हातमा ताला साँचो छ उसको मति र गति र व्यवहार केन्द्रित होला त ? हुन सकोस सबको कामना नभए, जे पर्ला सोही टर्ला अरु के भन्नु नी होइन र कि कसो त ?

    No related posts.

    26 comments to फेरि पनि सेना कै कुरा

    • suman

      विद्या भाउजु मन्त्रि भएपछि- मदन दाई को श्रीमती कम दक्षिणपन्थी बडी हुनु भएको छ. वहा को हरेक बक्ताब्य अनि क्रियाकलापहारु हेर्दा मलाई मदन दाई को अझै बढी याद आउछ. आज को परिस्थितिमा मदन दाई भएको भए के विद्या भाउजु ले जस्तै गर्नु हुन्थ्यो होला त अनि विद्या भाउजुले जस्तै सोच्नु हुन्थ्यो होला त. विद्या भाउजुलाई हेर्दा वहाले मदन दाईको मिर्तुको विरासतमा पाएको राजनीतिक रुपको टिठ लगेर आउछ. वहाका अभिबेक्तिहरु केवल अहिले को राजनीतिक तरलतामा ढुंगा हान्ने काम भन्दा बडी केहि हुन सकिरहेको छैन. देसको राजनीतिक अप्ठ्यारोलाई निकास दिलाउने काम भन्दा वहाका क्रियाकलापहरु देसको अवस्थालाई अझ अप्ठ्यारोमा धकेल्ने मनसायबाट मात्र प्रेरित भएको भान हुन्छ. आफू भित्र एक चोटी मात्र पनि वहाले मदन दाईलाई आनुभव गर्नु भयो भने मलाई लाग्छ वहालाई मात्र होइन सिंगो देशलाई नै केहि फाइदा पुग्ने छ. आजको नेपाललाई मदन दाई अनि मदन दाई को सोच को सबै भन्दा बडी आबशेक्ता छ.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shersingh

      कृष्णगोपाल परमधाम भयो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इन्ढ्र पुन रुकुम

      कृष्ण गोपाल सरको
      के भनाई छ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ChandraSurya

      tyo hatiyar seema surchhya ko lagi kaam laagchha. maobaadika sena seema surakchhyako laagi rakhnu parchha..north south dubaitira, ki kaso?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      आफ्नो लघुताभास, अकर्मन्यता र गुमेको जनाधारलाई ढाकछोप गर्न र मावादीलाइ गिराउन कांग्रेस र एमालेहरु सेनालाई ढाल बनाएर बिदेशिको ईशारामा जुन किसिमको राजनीतिक चलखेल गरिरहेका छन्, त्यसबाट नौलो नेपाल बन्दैन र पुरानो नेपालतिरै फर्केर जाने सम्भावना बढी छ। माओवादीलाई नटेर्ने सेनाले एकांग्रेसलाई पनि कुनदिन टेर्न छोडछ। नेपालीमा एउटा भनाइ नै छ: मलाई खाने बाघले,तिमिलाई पनि बाँकी राख्दैन। माओवादी हाम्रै देशको उपज हो, कुनै बिदेशी हस्तक्षेपकारी शक्ति होइन। संक्रमण अवधिमा उसबाट बिभिन्न अराजक कामहरु भएको छ, तैपनि नेपाली शक्ति हुन्। इतिहासै कोट्याउने हो भने “तेरो घरमा कांग्रेस पसोस्” भनेर गाउँघरमा सराप्थे अरे, राजतन्त्रले त कती मान्छे बेपत्ता पारे भन्ने कुराको लेखाजोखा नै छैन, माले-एमालेहरु पनि टाउको गिंडेर नै आएका हुन्। लडाईं हतियारले मात्र जितिन्दैन, लक्ष र आँट भएन भने अत्याधुनिक हतियार पनि बेकम्मा साबित हुन्छ। नेपाली सेना कति सबल छ भन्ने कुरा त मावादी बिद्रोह कालमै देखियो नी! अब त्यही अकर्मन्य जमातलाई मावादी बिरुद्द भारतबाट हतियार झिकाएर तह लगाउने हाउगुजी देखाउनु अत्यन्तै गैरजिम्मेवारी कार्य हो र रक्तपातपूर्ण कार्यतिर देशलाई धकेलेर आफ्नो अभिष्ट पुरा गर्ने निक्रिष्ट सोचाइ हो। आखिर मर्ने र मारिनेमा नेपाली नै पर्छ,चाहे त्यो नेपाली सेना होस् वा जनसेना होस्। नेपालको सन्दर्भमा मावादी एउटा बिशाल यथार्थ हो र यस यथार्थलाई मुलधारमा नसमेटिकन देशले फडको मार्न सक्दैन र हचुवा पाराले भन्ने हो भने मावादी खाए खा,नखाए घिच हो। जसले जस्तोसुकै अर्थ लगाओस, मेरो भन्नु केही छैन।

      शशांक लामा
      न्युयोर्क

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Kasto khaley Naya Nepal ho yo Hamro?? Sabai ley rojeko….

      Cesar
      GUAM
      GU

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      शुसिल जी
      बिजय कुमार संग प्रचंड ले के भने त्यों मलाई थाहा भयेन , तर १ बर्ष अगाडी नै रास्त्रियता को सवाल माँ राजबादी संग मिलेर जान सकिन्छ भनेर प्रचंड ले धेरै चोटी धेरै ठाम माँ भनेका छन र येस्लाई लिएर कांग्रेस एमाले समर्थित छापा माँ माओबादी र ज्ञानेंद्र को साठ्गाठ भन्ने हिसाब ले नकारात्मक रूप ले समाचार को बाढ़ी नै आएको थियो.

      अब पर्यो, सरकार र भारतीय हतियार, नेपाली जनता ले फोहोर को कंटेनर माँ हालेका लाइ भारत ले सत्ता माँ राखिदियो, भारत ले फोहोर को कंटेनर माँ हाल्न पर्ने हतियार “सहूलियत दर ” माँ नेपाल लाइ बेच्ने रे. यो सरकार बनेकई भारत को हित को रक्षा र भारतीय कवादी उठाउन लाइ हो. तेस्कारण नेपाली जनता ले कवाडी मानेका हरु सरकार माँ छन.
      हाम्रो रास्त्रियता को खतरा भनेको भारत बाट हो, बाह्य आक्रमण बाट देश लाइ जोगाउन बनाइएको मानिएको सेना लाइ तेहि भारत को(संभावित शत्रु) काम नलाग्ने हतियार भिडाउने लाइ पनी नेपाली नेता भन्नु पर्ने रे?
      थुक्क !
      बिद्या तलाई त मैले ५० साल माँ ओजस्वी मदन भंडारी को बिरासत मानेर मेरो जिंदगी को पहिलो भोट दिएको थिए, भीमसेन गोला बूथ बाट. आज डेढ़ दशक आइपुग्दा आफ्नो श्रीमान को आदर्श बिर्सेर केपी ओली को मझेउरी माँ नाचने एउटा खेलौना को रूप माँ पतित भई सकिस . जनता ले तेरो काम को एक एक हिसाब राखेको छ.
      कटुवाल गिरिजा र ओली को डिजाइन नै माओबादी लाइ उत्तेजित पारेर जन सेना लाइ शिविर बात बाहिर तानने अनि, लोकतंत्र को मन्त्र जप्दै नर संहार मच्चाउने हो. कांग्रेस एमाले लाइ थाहा छ जनमत बात माओबादी लाइ हराउन पनी सकिदेन र आफु ले सत्ता पनी पाउन सकिदेन भनेर.तेसैले देश माँ असामान्य अबस्था निम्ता गर्ने, टेस्को आड़ माँ चुनाब आफु अनुकूल नाभैन्जेल नगर्ने र पालो पाली संग कठपुतली को रूप माँ सत्ता माँ बसने.कहिले माओबादी सेना समायोजना हुदेन भनेर, कहिले हतियार ल्याएर.

      हामी ले भर्खरै मात्रै अदालत को आदेश नमान्ने चरेशानंद लाइ थुकेऊ, आउनुहोस यो अदालत को फैसला लाइ चुनौती दिने कटुवाल, गिरिजा र ओली को अपराधी ग्यांग लाइ पनी थुक्नु पर्दछ. किन भने केहि अगाडी मात्र सर्बोच्च अदालत ले सेना भर्ना को बिवाद माँ नया भर्ना नगर्ने र श ांति समझौता को प्रतिकूल हुने काम नगर्ने भनेर फैसला गरेको छ र शांति समझौता को १ बुदा दुबै पक्ष ले हतियार नथप्ने पनी हो. अब
      हतियार ल्याए भने यी चोर हरु पनी चरेशानंद जती कै अदालत को फैसला नमान्ने द्रोही हो की होइनन. याद गर ओली ,गिरिजा ग्यांग हो, येदी युद्द भयो भने भाचिने करंग, छेडिने छाती माओबादी का मात्रै होइन की कांग्रेस एमाले को पनी हुन्छ.
      अब आयो सरकार र सेना को सवाल, जून दिन मध्य रात माँ रात माँ कटुवाल को थामौती असम्बैधानिक तवर ले गरियो, तेहि दिन देखि सेना ले नागरिक सरकार लाइ बुट ले कुल्चिने काम को शुरुवात भयो. यो संबिधान सभा बाट सच्च्याउन सकिन्थ्यो, तर केपी ओली को चेला ले छलफल गर्न दिएन, अदालत ले येसको फैसला चाडो गर्ने छैन किन भने कटुवाल को ऊमेर सम्बन्धी फैसला उसको पदावधि सकिने बेला माँ पनी भएको छैन. के गर्छौ त माकुने, अब खुरू खुर सेना को आदेश सिंगान पुछ्दै मान, कारबाही गरु भने गलत काम को नजीर आफै ले बसाएको छौ र फेरी रामबरन ले गिरिजा को आदेश माँ थामौती गरिहाल्छ.ठुक्क
      बिध्ह्या तलाई ता मैले ५० साल माँ ओजस्वी मदन भंडारी को बिरासत मानेर मेरो जिंदगी को पहिलो भोत दिएको थी, भीमसेन गोला बूथ बात. आज डेढ़ दशक आइपुग्दा आफ्नो श्रीमान को आदर्श बिर्सेर केपी ओली को मझयूरी माँ नाचने एउटा खेलौना को रूप माँ पतित भैस. जनता ले तेरो काम को एक एक हिसाब राखेको छ.
      कटुवाल गिरिजा र ओली को डिजाइन नै माओबादी लाइ उत्तेजित पारेर जन सेना लाइ शिविर बात बाहिर तानने अणि, लोकतंत्र को मन्त्र जप्दै नर संहार मच्चाउने हो. कांग्रेस एमाले लाइ थाहा छ जनमत बात माओबादी लाइ हारों पनी सकिदें र आफु ले सत्ता पनी पाऊं सकिदें भनेर.तेसैले देश माँ असामान्य अबस्था निमता गर्ने, टेस्को आड़ माँ चुनाब आफु अनुकूल नाभैन्जेल नगर्ने र पालो पली संग कठपुतली को रूप माँ सत्ता माँ बसने.कहिले माओबादी सेना समायोजना हदें भनेर, कहिले हतियार ल्याएर. हामी ले भर्खरै मात्रै अदालत को आदेश नमान्ने चरेशानंद लाइ ठुकेऊ, औनुहोस यो अदालत को फैसला लाइ चुनौती दिने कटुवाल, गिरिजा र ओली को अपराधी ग्यांग लाइ पानी ठुक्नु पर्दछ. किन भने कही अगाडी मात्र सर्बोच्च अदालत ले सेना भरना को बिवाद माँ नया भरना गर्ने र शांति समझौता को प्रतिकूल हुने काम नगर्ने भनेर फैसला गरेको छ र शांति समझौता को १बुदा दुबई पक्ष ले हतियार नाथापने पनी हो. अब
      हतियार ल्याए भने यी चोर हरु पनी चरेशानंद जाती कई अदालत को फैसला नामाने दोही हो की होइनन. यद् गर ओली गिरिजा ग्यांग हो, एडी युद्द भयो भने भाचिने कारंग, छेदिने छाती माओबादी का मात्रै हों की कांग्रेस एमाले को पनी हुन्छ.
      अब आयो सरकार र सेना को सवाल, जून दिन मध्य रात माँ रात माँ कटुवाल को थामौती असम्बैधानिक टावर ले गरियो, तेहि दिन देखि सेना ले नागरिक सरकार लाइ बुत ले कुल्चिने काम को शुरुवात भयो. यो संबिधान सभा बात सच्च्याउन सकिन्थ्यो, तर केपी ओली को चेला ले छलफल गर्न दिएँ, अदालत ले येसको फैसला चाडो गर्ने छिन किन भने कटुवाल को उमर सम्बन्धी फैसला उसको पदावधि सकिने बेला माँ पनी भएको छिन. के गर्छु ता माकुने, अब खुरू खुर सेना को आदेश सिंगान पुछ्दै बस, कार बाही गरु भने गलत काम को नजीर आफै ले बसाएको छौ अब कटुवाल लाइ बिन्ती नबीसाए के गर्ने त.
      अन्त्य माँ माथी का केहि ठाम माँ बिद्या लाइ मैले त को संबोधन गरेको छू. कसैलाई असभ्य लागला, तर मलाई के लाग्दछ भने उसले अहिले जे गरि, त्यों जनघात, र रास्त्र्घात हो. एस्ता देशद्रोही लाइ केहि दशक अघि सम्म मृत्यु दन्द नै दिएंथ्यो र अहिले पनी संसार को सबै देश माँ देश द्रोही लाइ कठोर सजाय हुन्छ. उक्त प्रसंग माँ उक्त देश द्रोही, जन्घाती लाइ त शब्द को प्रयोग अनुकूल नै छ भन्ने. लाग्दछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raghu

      सूर्य जी रूपांतरण हुनु भएकोमा बधाई छ / यो लेख ठीक छ / आशा गरौ उहा फेरी तलतिर फर्कनु हुन्न / भाबिस्यमा उहा का कलमबाट येस्तै बिस्लेसण आउन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran

      Surya Ji balla Line ma aunu bho jasto chha. Uha ko yo paribartan lai ma swagat garchhu. Balla uha le nepal ko politics bujhna thalnu bhayechha.

      सुर्यजी, बल्ल लाइनमाल आउनु भयेछा उहा कोL यो परिबर्तन लै म हार्दिकn स्वागत गर्दछु . बल्ल उहाले नेपाल को पोलिटिक्स र नेता हरु लाइ चिन्नु भयेछ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शरद- क्षितिज पारिबाट

      ल नवराज जी लगायत सबै साथीहरु बधाई छ है …………… चरेशानंद झा ले नेपाली माँ पुन सपथ लिन तैयार भयो है ….. यो जित हो हामी नेपालीको तर उसले सम्माननीय अदालत र माननीय न्यायधीश प्रति प्रयोग गरेका शब्द अर्थात अवहेलनाको बारेमा के हुन्छ त ??? तर मेरो बिचारमा निज ब्यक्ति त्यों पदको लागि उपर्युक्त छैन कारवाही हुनु पर्ने हो!
      अनि सूर्य जी तपाईको बिचारमा सहमत छू है म त ……….तर सूर्य जी ति १० बर्ष पुराना (तत्कालीन कारगिल युद्दमा प्रयोग गरी भारतीय सेनाले हाल ति हतियार आफ्नो सुरक्षाका लागि उपर्युक्त नठानी थन्क्याएको छ ) लिलामी हतियार वास्तविक मुल्यको ३०% मा दिंदा ७०% अनुदान भन्ने यी सूदका अवैध संतानको कुहिएको मानसिकता हो ! होइन भने ति १० बर्ष पुराना हतियार ३०% तिरेर ल्याउनु कसरी ७०% अनुदान भयो ???? की सरकारी वा दलीय भाषामा लिलामी साकार गर्नु लाइ अनुदान भनिन्छ ??? ति हतियार देशमा भित्रिनु भनेको देश पुन द्वंदमा होमिने निश्चित हो ……. यदि यसो भएमा यसको जिम्मेवारी कसले लिने ??? यथार्थ त त्यही हो “नेपाली सेनाले माओवादी सेनाको टाउँको काट्ने चाजो पाजो मिलाएको होइन होला भनेर विश्वस्त हुने आधार त छैन” यसका प्रमुख बगरे गालि शिरोमणि के.पि.ओली,रक्षा मंत्री हतियार भंडारी हुन भने यस घातक श्रृंखलाका पर्दा पछादिका भयानक रचयिता नेपालीका अभिशाप गिरिजा बाबु हुन…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashish kumar tamang

      नेपालको शान्ती प्रक्रियामा स्थिर नचाहने तत्वहरूको खेल यस्तै हो यो अरास्ट्रियतत्वलाइ हामीले चिन्नु पर्छ,यसमा मुख्य भुमिका भनेको के पी अोलीको छन जसमा हाम्रो रक्षामन्त्री चाँही अगाडी बढिरहेको काठपुतली हो भने कटुवाल चाँही भडुवा को भुमिका निभाइ रहेका छन र कांग्रेस यसको मुख्य दलाली हो।
      एमाले भित्रको अन्तरिक दन्द अाझै खत्तम भएको छैन र यसमा रास्ट्रबादीहरूले बिरोधभास गरेको कारण नै दन्द चालेको हो।
      हाम्रो देशमा अहिले हातियारको अवाश्यत्ता किन? यो माअोबादीको मात्र प्रश्न होइनन हामी सबै नेपालीहरूको प्रश्न छ मा कु ने कवि ज्यू ?
      देशमा भएको सेना समयोजनको कुरालाइ विर्सेर किन हातियार खरिद तिर अगाडी बढेको पहिला सेना समयोजन गर्ने कि?
      हाम्रा कटुवाल पनि किन जहिले पनि राजनेतिक कुराहरू गरेरा हिडछन जहिले पनि यो अति अस्वभाबिक हो जो देशका सुरक्षाका लागि भन्दा पनि राजनेतिक चालखेलमा र विवाद अायने खालका नचाहिदो वाकबास कुरा मात्र गरिहिडने गरिन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      नेपाललाई टुक्रयाउने चटकमा ओलीमण्डलीले आफ्नो खलनायकी भूमिका राम्रैसँग निभाइरहेको छ । अनि थपडी बजाएर उक्साइरहेको छ गिरीजामण्डली । यसबीच माइलामण्डलीले पुन: भूमिकाको खोजी गरिरहेका त छन्, तर उनी फ्लप भइसकेको अवस्थामा उनको भूमिकाको कुनै अर्थ रहन्न । नायकी भूमिका निभाउँदै आएको प्रचण्डमण्डलीको फेरि पालो आएको छ । यसलापाली कस्तो भूमिका निभाउँछन्, हेर्न बाँकी छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman Subedi

      bislesan yo tali chai sahi nai lagyo dherai haad samma.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुनिल

      आजै बिहानको खबर पत्रिका पढ्न पाईयो सहज निकासको लागि सेनापति कटुवाल सँग प्रधानमन्त्री नेपालले हात जोडेर विदामा बस्न याचना गरेछ। मा’वादिसँगको गतिरोध अन्त गर्न सेनापतिको सहज र प्राकृतिक बहिर्गमनले सहजता बनाए पनि सेनाको राष्ट्रिय राजनितिमा राजनितिक शक्तिको रुप स्थापित भइसकेको छ। तर अबको दिनमा सेना राष्ट्रपतिलाई अगाडि राखेर हुने छ। किनकि सेनापति प्रकरणमा राष्ट्रपतिले कार्यकारी सरकारको निर्णयलाई उल्टाइदिएको छ। मान्न गा्र्हो होला तर अबको देशको राजनिति द्वन्द तिर नै जान्छ। यस विच फेरि हतियार प्रकरण सार्वजनिक भएको छ भने के.पी.औलिले मा’वादीसेनालाई नेपाली सेना समायोजन कदापि गर्नु हुँदैन भनेर बखेडाको भनाई आएको छ। यि संकेटमात्र हो अब आउने राजनितिक बाटो को ।
      नेपालको मात्र होईन दक्षिण एसियाको पाकिस्तान, बंगलादेश, थाइलाण्ड फिलिपिन्स, बर्मामा प्रजातन्त्रको स्थायित्व प्राप्त गर्न सकेको छैन। प्रत्यक्षरुपमा सेनाको गहन र राजनितिक भूमिका देखिएको छ। नेपालमा पनि गणतन्त्र त स्थापना गरियो तर यहि अनुसारको चरित्र कुनै पनि राजनितिक पार्टीहरुले प्रदर्शन गरेन वा जाने न। जनताको नाममा पार्टीगत स्वार्थ र व्यक्तिवादि अन्तर पार्टी द्वन्दले देशको राजनिति प्रभावित गर्दै लग्यो। नेपाल नेपाली जनताको स्वार्थलाई केन्द्रविन्दु राख्नु पर्नेमा पुरातान र विचलनवादी सोचले झरो गार्यो। मा’वादीले पनि सरकारबाट हटे लगतै यस्तै चरित्र प्रदर्शित गर्यो। संविधानसभा निष्काम झैं भएको छ। अब संविधान बने पनि संविधान संविधान सभामा नभई कथित वरिष्ठ नेताहरुको कोठे वैठकमा र संविधानसभाले यसलाई पारितमात्र गर्ने छ। यस्तै गर्नु थियो भने किन यो नाटक गरिन्दै छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kaam na paka Surya, timra Pyara Gyane kunai halatma farkane chhaina kyare. Banki thikai ho timile my sansarko side afno dukha pokhna paunchhau.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भारत नेपालको अस्थिर राजनीतिबाट प्रशस्त लाभ लिइरहन चाहन्छ भन्ने कुरा अझै पनि प्रष्ट नभएको त होइन । यो षड्यन्त्रको अन्तिम लाभ नेपालको बिखण्डन वा जातिय द्वन्द नै हो । त्यसकारण सिक्किमीकरण हुनु भन्दा अगाडि के पि ओलीहरु समय मै सुध्रिएर “राष्ट्रबाद” को एउटै सुत्रमा सहमतिको बिन्दु नपहिल्याए हामी जनता त मर्छौ मर्छौ ,ति नेताहरु पनि लेण्डुप दोर्जे मरे झै मर्नेछन, गुमनाम भएर ।

      अनी एउटा कुरा याद आयो । केही समय अगाडि बिजय कुमार पाण्डेले प्रचन्डलाई सोधेका थिए ” राष्ट्रिय एकता र अखण्ड्तामा खलल पर्ने अवस्था आएमा राजासँग सहकार्य गर्न सकिन्छ ?” भनेर सोधेका थिए । प्रचन्डले त्यसको चित्त बुझ्दो जवाफ त दिन सकेका थिएनन । अझै पनि यही कुरा सान्दर्भिक देख्छु । माओवादीले राष्ट्रियताको मुद्दामा राजासँग सहकार्य गर्ने लचकता राख्ला ?

      -साक्ष्यात सुशिल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhiraj

      makunee ko yo ramro example ho for naya nepal!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GP

      पुष्प जी र सुनील जी !!!!

      देश को यस्तो बिसम परिस्थिति छ की कुनै पार्टीको सक्ती ले पनी केही गर्न सकने अबस्ता छैन / फेरी “शाहीसेना” हालको नेपाली शेना “बुट टल्काउने” र “बुट पड्कौने” कामका मात्रै हुन, तिन को यती धेरै संख्या हुनुहुदैन भन्ने मेरा “श्रदेय काका” प्रचंड किन फेरी शेना मानै आफ्ना शेना समायोजन गर्न चाहनुहुन्छ ??? यहाँ नेर कुरा बुज्दैनौ हामी सर्बसादारण ले /

      अर्को कुरा नेपाल आर्मी, जनपथ प्रहरी,सशस्त्र प्रहरी, गुप्तचर बिभाग जस्तै “शीमा शुरकक्ष्या बल” “औधोगिक क्षेत्र शुरकक्ष्या बल” र “रोड शुरकक्ष्या तथा पुननिर्माण बल” नामाकरण गरी देश को बिभिन्न भागमा तैनाथा गरे हुदैन? हद भए देश को अली बड़ी राजस्व खर्च हुने त हो / त्यसको लागी ती नेता का आसे-पासे हरु र सर्कारी कर्मचारी हरु ले भ्रष्टचार नगरे हुदै न ??

      ल नबुजेका कुरा हरु बुजाउनु पारो !!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manisha

      Susil Ji,
      Could you please tell me little bit about लेण्डुप दोर्जे. I have no idea about him.
      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      सूर्य जी
      भारत को पुरानो हात हतिय्रार नेपाली सेनामा डम्पिंग गर्ने र नेपाल सरकार ले तेस्बापत कमीशन खाने |यही हो मूल कुरो|
      यिनिहरू तेसै पनी जनता ले न पत्याएका नेता परे,यिनिहरू लाइ के को दायित्य्व बोध र अनुसासन को कुरा?
      यी शर्ट कट बाट सरकार माँ पुगेका हरुलाई घोक्रेठ्याक लगाउन न सके सम्म नेपाल लाइ राहू केतु ले छोड़ैन ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raman

      माकुने सरकार माफिया को चंगुलमा परेको छ 1

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pranjal bhattarai

      शशांकजीको टिप्पणीमा पूर्ण समर्थन गर्न मन लाग्यो. युद्ध सुरु भयो भने हारजीत सेना वा माओबादी जसको होला नेपाली जनताको भागमा त हार मात्रै पर्नेछ, त्यसैगरी लोकतन्त्र को भागमा पनि. जुनसुकै निहुँ र जोसुकैको समर्थनमा सुरु गरे पनि युद्ध सुरु नै भयो भने सेनाले कांग्रेस वा एमालेलाई नै शिरमा राखेर माओवादीको बिरुद्ध लड्नेछ भन्ने मलाई चाहिं लाग्दैन. हो, रामबरण नेता देखिन सक्छन केहि समयको लागि, तर हामी संग संसद बिनाको सभामुख तारा भाटको दृष्टान्त पनि छदैछ. माओबादी संग लड्न हातहतियार प्रमुख हुदैन भन्ने सेनाले बुझेकै हुनुपर्छ. अहिले हातहतियारको नाउमा माओवादीलाई भड्काउने मात्रै मनसाय हुनुपर्छ यो किनभने LTTE को कथा देखेर मान्छेहरु जोशिएको जस्तो लाग्छ मलाई. तर संभवत नेपाल को परिवेश त्यस्तो छैन. युद्ध सुरु नै भयो भने हतियार मुख्य कुरा हैन. जति नै संख्यामा भएका भए पनि बिगतमा माओवादीले सेनालाई ब्यारेकमा बन्द गरिदिएका हैनन र? युद्ध भयो भने हिजोको १२ बर्ष भन्दा भयावह स्थिति हुनेछ. अनि सेनाले जिते पनि लोकतन्त्र हुने छैन, माओवादीले जिते पनि. हाम्रो भागमा मात्रै नया अफगानिस्तान रहने छ. यो समयमा जुन सुकै बादलाई बिश्वास गरे पनि, जो सुकै लाई भोट दिएको भएको पनि सम्भावित युद्ध हुन नदिनु सबै सचेत हुनु पर्ने जस्तो लाग्छ. अहिलेलाई आर्मी लाई साख्खै ठान्नेहरुलाई मार्टिन निमोलर को यो कविता पढिदिनु हुन आग्रह गर्दछु!
      When the Nazis came for the communists,
      I remained silent;
      I was not a communist.

      When they locked up the social democrats,
      I remained silent;
      I was not a social democrat.

      When they came for the trade unionists,
      I did not speak out;
      I was not a trade unionist.

      When they came for the Jews,
      I remained silent;
      I was not a Jew.

      When they came for me,
      there was no one left to speak out.

      - प्राञ्जल भट्टराई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      जीपीजी,

      सेनाको बारेमा विवाद गर्नु त्यति उचित त हुँदैन र म कुनै त्यस्तो माओवादीको आधिकारित व्यक्ति वा प्रवक्ता पनि हैन । तर प्रश्न गर्नुभो, आफूले जानेको लाटै उत्तर भएपनि दिनै पर्यो ।

      शक्ति भनेको कुरो चिज नै अचम्मको हुँदो रहेछ, देखाउनकै लागि भएपनि सबैलाई चाहिने, नभइ नहुने । जसरी कृषकहरूले खेतमा बुख्याँचा राखेर अन्नबालीको सुरक्षा गर्छन्, त्यस्तै-त्यस्तै प्रकृतिको छ नेपाली सेना । सीमाका शत्रुहरूलाई तर्साउनुपर्नेमा गोरेहरूका विरुद्धको नालापानीको युद्ध र नेपाल एकीकरण इतिहासबाहेक यी शक्ति खुद नेपाली जनतालाई मात्र तर्साउनका लागि बेलाबखत प्रयोग हुँदैआइरहेको यथार्थ कसैबाट छिपेको छैन । यिनको अर्को महत्वपूर्ण काम भनेको शासकहरूलाई बुट बजार्दै सलामी अर्पण गर्नु हो । शायद प्रचण्डले भिडियोमा हालको नेपाली सेनाको काम बुट पड्काउने यस अर्थमा पनि भनेको हुनुपर्छ । प्रचण्डले प्रष्टरूपमा लाखौं बुट बजार्ने सेनाको सट्टा केही हजार सेना भए पुग्ने कुरा गरेका छन् । हुन त यसमा माओवादीको स्वार्थ पक्कै छ, तर त्यो स्वार्थ के र कसका लागि भन्ने कुरो हामीले बुझ्नुपर्छ ।

      तपाईंले गर्नुभएको अन्य शक्तिमा किन समायोजन नगर्ने भन्ने प्रश्न पनि जायज छ । तर सेना र प्रहरीमा फरक छ । माथिकै कुराबाट पनि प्रष्ट हुनुपर्ने हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • laxman subedi

      kishna gopal sujata ko manditakhar ko ghar kurna gako hola girija babu ko chhori tes ma pani congress ma ko mahan nettri khrishna gopal le nai herchah garena vane ta communist le baki rakhdainan ni ta!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • puspaji,

      tapaiko kura ramro lagyo.ani rajnaitik parcha ra pamlet bokera hidne; byaktigat risabi ra farak dharana rakhne lai hatya garnu nai aafno pesa manne ra aafu bahek ka sabailai nakaratmak dristile herne hatiyar dhari jatthalai rastriye sena banayera yekpatak rastra ko bhabisye kalpana garnus ta. malai biswas 6 tapaiko sochai mathiko jasto partygat pakshaposan garne bhanda farak pani 6, yaniki rastriye- antarastriya jagatlai dhyan dindai niyalna sakne durdarsita. puspa ji 2/4 din netako jhola bekeko ra neta sanga kehi aasa gareko bharma tapai-hami jasto buddiman man6ele yetharthata bhulnu hunna, satya birsanu hunna, rastriyetako bhab gumaunu hunna.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabin

      Manisha jee,
      Lendup Dorjee was the last primeminister (KAJI) of the “Kingdom Of Sikkim”. He was the man who is main responsible for the SIKKIM to became become the 22nd state of Unoin of India. He became the first Chief Minister of the state of SIKKIM of India. He was successed by Madan bahadur bhandari.Later, he lived his rest of life somewhere in Kalimpong. he died recently couple of years before, I think, I am not sure. I suggest you to read the book “SMASH AND GRAB”
      -The Annaxession of Sikkim by S. k. Sunnanda Dutta. And The book SIKKIM SAGA.
      Thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker