मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    लामटाङ-क्यान्जिङ-गोसाइकुण्डतिरको यात्रा

    - दीपक अर्याल

    नेपालको राजनीति जस्तै साँघुरो, मोडै मोड भएको र अप्ठयारो मोटर बाटो (काठमाडौं-त्रिशुली-धुन्चे-स्याप्रुवेशी)हुँदै हामी लामटाङ-क्यान्जिङ र गोसाइँकुण्ड तर्फको पैदल यात्राका लागि अगाडि बढ्छौं।साउन ३१ गते शनिवार हामी काठमाडौं (१३५० मि.)बाट त्रिशुली (५८८ मि.), वेत्रावति, कालीकास्थान (१६०५ मि.), राम्चे (२०१५ मि.), लहरे पौवा (१८२१ मि.) हुँदै धुन्चे (२०१६ मि.) तर्फ लाग्छौं।काठमाडौंबाट विहान ७ बजे छुटेको बस सिधै धुन्चे (रसुवा सदरमुकाम) पुग्न सक्दैन् भन्‍ने कुरा पहिले नै थाहा थियो।विचमा गएको पहिरोको कारण हामीहरूले थप २ वटा बस फेर्नुपर्ने कुरामा कुनै शङ्का थिएन।

    त्रिशुलीमा खाना खाएपछि बस उकालो लाग्छ।अगाडि बसेका दुई जना केटीहरू र ड्राइभरका माझ रमाइलो संवाद चल्छ।पछाडिबाट गुरूजीलाई गीत लगाउने अनुरोध आउँछ।एकजनाले बजारमा किनेको क्यासेट चक्का लगाउनका लागि दिन्छन् तर गुरूजीको म्युजिक प्लेयर निकै आधुनिक परेछ।उनले पुरानो प्रविधीको क्यासेट बजाउन नसकिने जानकारी दिए।त्यसैविच एकजना शिक्षक (मेरो अनुमानमा)ले आफूसँग भएको पेनड्राइभ दिए र गीत बजाउनका लागि अनुरोध गरे तर उनको पेनड्राइभमा गीत भेटिएन र बजेन।गुरूजीलाई के लाग्यो कुन्‍नि उनले “एसडी कार्ड” निकालेर प्लेयरमा राखे र गीत सुनाए।हामीले सबै कुरा चुपचाप हेरिरह्यौं र प्रविधी त्यसमाथि पनि चाइनिज प्रविधीलाई विशेष धन्यवाद दियौं।


    कालीकास्थान नजिकबाट देखिने त्रिशुली

    राम्चेको पहिरोमा ओर्लिएपछि हामी बसको छततर्फ लाग्छौं।छतमा सामान राख्‍ने कि मान्छे?बसका स्टाफहरूलाई अप्ठ्यारो पर्छ।केटा-केटी, बुढ-बुढी जसले सक्छ छतमा गएर बस्न पाउँछ।यहाँ कुनै छेकवार छैन।एकजना बहिनीले शमिकलाई “विदेशी” ठानेकाले होला कुन देशबाट आएको भनेर सोद्धै थिइन्।एकजना भाइले पानी राख्‍नका लागि भन्दै पाटनबाट लिएर आएको तामाको ठूलो भाँडाले ती बहिनीलाई अप्ठेरो पारेछ।पहिले त गाली मात्र गर्दै थिइन् तर पछि भने नदुख्ने नै सही तर रिसाउँदै २-४ पटक हानिन् र आफ्नो रीस शान्त पारिन्।बाटो साँघुरो र घुम्ति त्यसमाथि पहिरो गएकोले होला बस धेरै हदसम्म कोल्टियो।छेउपट्टि बस्ने भाइ वेसरी चिच्याए र माथिल्लो साइडमा हामफाल्नै तयार भए।हाम्रो मन पनि ढुक्क फुल्यो र मानसिक रूपले हाम फाल्नै पर्ने पो हो कि जस्तो लाग्यो।

    आफ्ना गह्रौं सामान बोक्दै हामीहरू पहिरोलाई पार गर्छौं।सबैले त्यसै गर्छन्।माथिबाट साना-तिना ढुङ्गा निरन्तर रूपमा खसिरहेको नै छ।त्यसो त २ वटा बस फेरेर पनि हाम्रो समस्याको समाधान हुँदैन।धुन्चेबाट स्याप्रुवेशी जाने बस भेट्ने हाम्रो सपना चकनाचुर हुन्छ।यसका लागि बसका स्टाफहरू दोषी छन् तर उनीहरूले यो कुरा मान्दैनन्।धुन्चे पुग्दा ४ बजिसकेको हुन्छ र धुन्चेबाट स्याप्रुवेशी जाने बस छुटिसकेको हुन्छ।हामीलाई अप्ठ्यारो पर्छ।साउन ३१ साँझ स्याप्रुवेशी नपुगे हामीले निर्धारित गरेको ८ दिन लामो यात्रा अवधीमा फेरवदल गर्नुपर्छ।


    पहिरो बाटोबाट हिड्ने क्रममा खिचिएको पारी डाँडामा रहेको गाउँको दृश्य

    बसका यात्रुहरू बसले जसरी पनि स्याप्रुवेशी लगिदिनुपर्ने अडान लिन्छन्।हुन पनि उनीहरूका थुप्रै सामान छन् जसलाई बोकेर लग्न गाह्रो छ।बसका स्टाफहरू सामान अर्को कुनै दिन पठाइदिने आश्वासन दिन्छन् र यात्रुलाई पैदल हिड्ने सल्लाह दिन्छन्।यही हल्ली-खल्लीका माझ हामी बसबाट ओर्लन्छौं तर स्थानीयवासी भने ओर्लन मान्दैनन्।हामी ५ जना अमर गुरूङ, संजीव राई, मधुसुदन थापा, शमिक मिश्र र म स्वयं भने जसरी पनि धुन्चेबाट उम्कने प्रयास गर्छौं तर उपाय केही भेटिदैन।केही यात्रुले बसले कम्तिमा आधीबाटो पुर्‍याइदिनुपर्ने माग गर्छन्।हामी भने बस कुर्नु कि हिड्नु भन्‍ने दोधारमै आधा घण्टाको समय खेर फाल्छौं।अन्त्यमा जसरी पनि स्याप्रुवेशी पुग्ने अठोटका साथ गुरूङ सर अगाडि बढ्नुहुन्छ।हामीहरू उहाँलाई पछ्याउँछौं।पानी परिरहेकोले हाम्रा रेनकोट वा प्लाष्टिकले पनि उति साह्रो काम गर्दैन।यो बाटो पहिले नै हिडेकाले राई सरले बाटो लामो भएको जानकारी दिनु भयो र धुन्चेमै बस्दा राम्रो हुने संकेत गर्नुभयो तर भोलिका दु:ख सम्झेर हामी अगाडि बढ्यौं।लगभग आधा घण्टा हिडेपछि स्थानीयवासीको कर-बलले होला बसले हामीलाई बाटोमा भेट्यायो।हामी हतार-हतार आफ्ना झोला बसमा फ्याक्छौं र केही हल्का भएको महशुस गर्दै स्याप्रुवेशी पुग्ने आशमा रमाउँछौं।खुशीलाई राम्रोसँग आत्मसात् नगर्दै हामीले आफूसँग ल्याएको नक्शा (MAP) छुटेको थाहा पाउँछौं।पानी परेको र अन्य धेरै कुराको हतारोको कारण होला हामीले त्यो नक्शालाई कहाँ छाड्यौं भन्‍ने अनुमान पनि गर्न सक्दैनौं।धेरै सोचविचार गरेपछि बसबाट ओर्लदा हामी पसेको पसलमा उक्त नक्शा छाडेको हुन सक्ने निष्कर्षमा हामी पुग्छौं।बसले विच बाटोमा पुर्‍याएर छाडिदियो।

    अझै आधाबाटो हिड्नु छ।घडीमा ६ बजिसकेको छ।अब अँध्यारोमा ओरालो झर्नुबाहेक हामीसँग अन्य कुनै विकल्प छैन।आफुसँग भएका लाइटहरू ठिक्क पार्दै हामीहरू ओरालो झर्छौं।हामीले भन्दा गह्रौं सामान बोकेका स्थानीय वासिन्दाहरू भने हामीलाई पछि पार्दै अगाडि बढिरहन्छन्।ओरालो झर्दा झर्दै झमक्क रात पर्छ।हामीले बोकेका लाइटहरूले खुबै सहयोग पुर्याउँछन्।केही समयको यात्रापछि हामी चिलिमे जलविद्युत् पावर हाउसमा पुग्छौं तर निष्पट अँध्यारोको कारण सेतो खोला मात्र देख्छौं र खोलाको गड्गडाहट सुन्छौं।धेरै कारणले हुन सक्छ मलाई सञ्चो हुँदैन र म बाटोमा नै Vomit गर्न पुग्छु।सबैजना साथीहरू एकैपटक आत्तिनुहुन्छ।कतै मेरो कारणले यो यात्राले लक्ष्य नभेट्ने त होइन?म दुवै कारणले आत्तिन्छु।एकातिर स्वास्थ्य छ भने अर्कोतिर उद्देश्य र लक्ष्य।करिब ९ बजे राति हामी स्याप्रुवेशीको होटलमा पुग्यौं।मलाई अप्ठ्यारो महशुस भइरहेको थियो।शायद भोक र थकाइका कारणले पनि हुन सक्छ। अथवा एसिडिटी वा अन्य कारणले।शमिकसँग हामीलाई आवश्यक सबैखालको औषधीहरू थियो र यस विषयमा धेरै जानेकाले मैले के गर्दा ठीक हुन्छ भनेर सल्लाह मागे।“इनो” खाने सल्लाह दिएपछि “इनो” खाने कोशिस गरें।यहाँ पनि Vomit ले छाडेन र २ पटक गरें।यसपछि मलाई धेरै हदसम्म फ्रेस त भयो तर खाना मिठो भएन।भोलि बिहान फ्रेसमा जति सक्यो खान्छु भन्‍ने वाचा गर्दै दिएको खाना फालें र सुतें।भोलि बिहान उठेर स्याप्रुवेशी देखि लामाहोटलमा बास बस्ने योजना छ।स्वास्थ्यले साथ दिन्छ वा दिँदैन भन्‍न त गाह्रो छ तथापि भोलिको हिडाइका लागि जरूरी ताजगीको जोगाड भने गर्नु नै पर्ने हुन्छ।

    No related posts.

    15 comments to लामटाङ-क्यान्जिङ-गोसाइकुण्डतिरको यात्रा

    • Basanta Thapa,Maryland,USA

      दीपकजी
      तपाईको साहसिलो यात्रा देखेर त खुसी लाग्यो \जीबन संघर्स हो भन्ने कुरा पनि समझना भो तर तपाई लगायत यात्रीहरुले पाएको दुःख सुन्दा दुःख लाग्यो \त्यसमा पनि तस्तो डरलाग्दो डाडामा गाउ देख्दा रुन मन लाग्यो ! हैन यस्ता डाडाहरु माथीबाट कटानी गर्दै समथर बनाउन सकैदैन होला ? देश भर यस्ता डाडाहरुलाई समथर पार्दै बस्ती बसाऊंन,खेती गर्न,उद्योग खोलन सके नेपाल कस्तो हुन्थ्यो होला ? के यो सम्भब छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijaya

      Aryal jee thank you for a nice travel write-up. Would have been better with few more pictures.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tamang

      Oh ho Deepakji, Mero 1992 ko yatrako samjhana garaidinu bhayo. Dherai dhanyabad. Milcha bhane aru photoharu pani rakhnu na, bises garera Kanjing tirako. Kasto bhayecha herna mann lagyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • palpali mgr-Tara

      अर्याल जि तपाईंको श्वासथ्य अनुकुल बन्दै जाओस है , अनी एस्भन्दा अगाडिको यात्राा पनि शेयर गरिनै रहनु होला फोटोका साथमा, हामी प्रतिक्षा मा छौ है त शुभ यात्रा……………………………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      Thanks a lot for this blog. Got nostalgic….Did some unbelievable treks in those days…I think i did syabru-kenjin-syabru in 3 days.. quite unbelievable and was impossible for me when I went this time…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hariram

      Thanks for share.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sayapatri

      thanks so much for the info. i wish to go one day too.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ngandaki

      Thankyou Deepak Jee for your traveling information and nice photos. I have some suggestion you have written ‘Lamtang’ I think that should be ‘Langtang’ So please correct that.

      Thank you

      Ngandaki

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • well expecting lots of pics….k ho yasto??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GORKHE

      Thank you Deepak ji for your effort and nice picture of nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manyata

      more photos r expected….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vandana

      There are many similarity with my trip @2003, MSc Zoology Trip

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalyan

      its nice memory u got there during ur trip…i too had faced all those pbm and i too try to enjoy all that moments with all local people.but after landslide there are few motels where we can take tea n some breakfast but it was so much expencive that all visitors are victimised …this is the problem to all people and every year people in dhunchha had to face this pbm…i really enjoyed those place and all the way to gosaikunda and kanjin gumba …..really a pleasent place….and tatopani and nagthali…really a natural place and evergreen laughing langtang all the day in front …

      i feel all people are really kind over there in dhunche i had been in all the house individually and they are very kind and they treal well, i tryed help all of them and their eye problem during one month stay in dhunche community eye centre .i got a good experience being in remote and days in thuman one vdc of rasuwa a nice place and all the way to bridhim and the system of homestay is really appreciateable and chileme hydro ….

      sabrubensy one of pleasent place and a very scaredful way kills my heart …. i reallhy love the place …i had many good frns there i miss all of them
      its really adventarous place i wish the road pbm will b solved soon permanently and non had to face the pbm of slide every year..
      i alys miss to go dhunchha i never get tired to visit there we can really endoy our holiday too…i wish to b back n go for a eyecamp ….may b my friend binaya is enjoying there …
      im now very far of all those days i wanna b back soon…

      kalyan
      Denmark

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shree krishna adhikari,israel

      Kati sundar hamro des.jatisukai farakilo bato ani bidesi aalisan mahal ma base pani malai tei gau,tei saghura bata ani tei himal ra pahad pyaro 6.thanks dipak ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dherai bhayo…yatra ma niskana napayeko…..tapaiko yatra ko bare ma padhera sarai khulduli bhacha yatra ma niskane…….tapaiko passage padhera bhayepani afna feeling haru atmasat gardai thiye ki bichaima chodnu paryo…….tapaiko yatra pura bhayo ki bhayena ta..?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker