मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मभन्दा पहिले मेरो देश

    नयाँ वर्षदेखि माइसंसारले यो नयाँ स्तम्भ सुरु गरेको हो। हरेक साता अब हामी राष्ट्रियता झल्कने एउटा सामाग्री राख्‍नेछौँ। भौगोलिक सीमाको बन्धनबाट मुक्त भएर संसारका जुनसुकै स्थानमा बसे पनि हामी सबै नेपालीलाई राष्ट्रियताको एउटै सूत्रले बाँधेर राखेको हुन्छ। यो दिन हामी राष्ट्रियता जगाउने छौँ। देशलाई सम्झनेछौँ। राष्ट्रियता सम्पूर्ण नेपालीको पहिचान हो। कसैकसैले कमेन्टमा झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता देखाउने नाटक गर्‍यो भन्दै नकारात्मक कमेन्ट पनि गर्ने गरेका छन्। ल मानौँ, नाटक नै गरे रे। के बिग्रियो त ? एक क्षण कै लागि भए पनि नेपाली झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता प्रचार अभियानमा सहभागी भए त कसलाई हानी भयो ? त्यसैले त्यस्ता कमेन्टलाई बेवास्ता गर्दै निर्धक्क आफ्नो फोटो पठाउनुस्। यो स्तम्भमा हामी एउटा राष्ट्रिय भावना जगाउने गीत र फोटोहरु राख्‍नेछौँ। फोटो तपाईँहरुले पठाउनु पर्नेछ। देशबाट टाढा रहँदा देशको माया झल्काउने कुन चिज तपाईँले आफ्नो कोठामा राख्‍नुभएको छ ? आफू पढ्ने विश्वविद्यालयमा राख्‍नुभएको छ। तपाईँको कोठामा झुण्डिएको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा होस् वा तपाईँको नोटबुकमा टाँसिएको नेपाल अंकित स्टिकर वा तपाईँको नेपाल लेखिएको टिसर्ट। pic@mysansar.com मा विवरणसहित पठाउनुस् र राष्ट्रियताको भावना जगाउन सहायक बन्नुस्।

    हामी यो स्तम्भबाट ठूलो परिवर्तन हुने आशा राख्दैनौँ। हामी त देशविदेशका नेपालीको मनको कुनामा रहेको राष्ट्रियताको भावनालाई फैलाउने सामान्य माध्यम बन्न खोज्दैछौँ।

    तपाईँहरुले पठाएका फोटोहरु क्रमशः राख्‍दै जानेछौँ, थप फोटोहरु पठाउँदै गर्नुहोला। फोटो साथै राष्ट्रियता जगाउने संस्मरण, अनुभूति पनि लेखेर पठाउन सक्नुहुन्छ। राष्ट्रगान वा राष्ट्रिय गीत गाएर त्यसको भिडियो युट्युबमा अपलोड गरी माथि कै इमेलमा पठाउनु भए पनि हुन्छ।

    सुरुमा योगेश्वर अमात्यको स्वरको एउटा गीतको भिडियो, यसलाई बनाएर पठाएका हुन् बेल्जियमको Gent University मा अध्ययनरत विद्यार्थी चिन्तन मानन्धरले-

    यो साताका लागि फोटोहरु-


    Riihimäki, Finland को HAMK University of Applied Sciences मा Bachelor in Mechanical Engineering अध्ययन गरिरहेका गोविन्द आचार्य लेख्छन्, यी फोटो हामीले अप्रिल १५, २००९ मा भएको International Day Program मा खिचेका हौँ। हामीले अन्य अन्तर्राष्ट्रिय विद्यार्थी र दर्शकहरुलाई नेपालको बारेमा जानकारी दिन सक्दो प्रयास गरेका थियौँ।


    Berea College, Kentucky, USA मा अध्ययनरत विद्यार्थी रमेश अधिकारीले आफ्ना host dad लाई उपहारस्वरुप दिएको भादगाउँले टोपी। नेपाली झण्डासहितको त्यो टोपी Dan Cain ले रमाउँदै लाउँछन् रे।

    जापानको कोबेमा ५ वर्षदेखि बस्दै आएका प्रकाश आचार्यको ब्यागमा नेपालको झण्डा-

    र, अन्त्यमा इराकको बग्दादबाट कुमार श्रेष्ठले यो स्तम्भका लागि फोटोसपबाट राष्ट्रिय झण्डा र सगरमाथाको फोटो कपि पेस्ट गरेरै भए पनि प्रकट गर्नुभएको राष्ट्रप्रेमको सम्मान गर्दै यो फोटो-

    No related posts.

    No comments yet to मभन्दा पहिले मेरो देश

    • :Punya

      really great job done by hamro nepali daju chintan manandar yasari hami nepalile afu vitra vaeko mayalai prakat garera harek desko kuna kunama chinaune ho vane hami nepaliko swaviman ra hami nepali hunuko garva afnai hunthyo hola sachai vane ho vane hamro des chinaune prasata chij haru chan jastai Sagarmatha, Gautam buudha, Sita prakritiko namuna bhayeko des tara katai hami afai nepali ra mero des nepal bhanna chukirahekachau tyasaile hami le k bujnu paryo vane hami nepali hunuko garva garne e mahan chij harulai samji afno des ra afulai chinaunu paryo
      once again thnx to guys of HAMK University Finland and Ramesh Adhikari
      Punya sydney

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रिहिमाकीको मित्रहरुलाई बधाई छ । स्टल दामी लाग्यो ।
      कुमार श्रेष्ठ जिको “फोटोसप राष्ट्रियता” को निम्ती पनि बधाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prasanna

      यो भिडियो त सार्है राम्रो बनाउनुभएको रहेछ । यसको पहिलेको भिडियो भन्दा त यो धेरै राम्रो लाग्यो । चिन्तन जि लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।

      यो शिर्शकमा आ-आफ्नो फोटो प्रचार गर्ने उद्देस्यले मात्रै फोटो नपठाएर अली देशलाई फोकस गरिएका फोटो हरु राखिदिनुभएमा सबै पाठकहरुलाइ देश प्रतिको माया बढाउन अझै सहयोगी हुनेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kshitij shrestha

      great job chintan. I really appreciate the job done by chintan, its one of favourite video clip i have ever watched. Nice to see this in mysansar to share with all other nepali freiends. Hatts off for you again for such a nice creation. hope to see you some more in near future.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar.

      gurung jee…
      first of all thanks for the comment..for my pic….
      ani nepal ko flag jasari rakhe pani bhaihalyo ni haina ra… ki kasro..

      bye see u.
      have a good day all.
      from baghdad.
      kumar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gurung, Jamon

      kumr dai, tahi nai ho afnu nepali pan dhekhaune.
      ani tiyo takdir maharjan la comments ma k lekhe ko. nepali vane ko nepali nai ho. jasari rakhe pani kumar la afu nepali ho vane r china ko ta cha.
      ani kumar dai nepali ko flag ta hand ma linu parcha ni ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nice pics……Maile pathauchhu hai kehi dinma aba…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shakti

      चिन्तन जी !
      तपाईंले राम्रो गीत र अती नै लोभ लाग्दा तस्बिरहरु मिलाएर एल्बम बनाउनुभएकोमा मुरी मुरी धन्यवाद !!!
      शक्ति

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अबोध

      विदेशमा बस्दा नै बढी देशप्रेम जाग्दोरहेछ भन्थे केही साथीहरु, हो जस्तो पनि लाग्यो यो ब्लग पढ्दा र हेर्दा। बरु हामी नेपालमा बस्नेले त्यती ध्यान दिएका हुँदैनौ होला, राष्ट्रियता झल्काउने कुराहरुमा … किप इट अप प्रवासियन्स्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इन्ढ्र पुन

      रगत र पसीना शुपथ मुल्यमा बेची
      यन्त्र झै रातदिन चलीरहदा
      यती धेरै चलेर पनी
      आफनो केही नहुँदा
      अनी यो बिरानो मरुभुमीमा
      गोर्खाली शिर झुकाएर
      र स्वाभिमान बेचेर हिड्दा
      मलाई मेरो देशको
      हृदय देखी माया लाग्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khalid

      म मरे पनि मेरो देश बाची रहोस ।

      जयदेश ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hemanta Sharan Bagale

      चिन्तन जी को उत्क्रिस्ठ चिन्तन । बधाई छ सम्पूर्ण घटनाक्रम लाई समेटेर एउटा सुन्दर भिडिओ बनाउनु भएकोमा । वस्तबमै प्रससा गर्न लायक छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vikram gaire

      this is really a appreciable step to bring all the nepalese’ feelings together. we cant be sure, it will bring a big change, but at least they tried to combine all the nepalese in a bond. and who knows may be journey to thousand miles start from this small step. and for this effort, i’d like to salute my sansar and chintan manandhar from my heart.

      vikram
      sydney, australia

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • roman karki

      mera mitra chintan manandhar le jun mehanat le yo video banaunu bho tes ko ma sachi chu.Uha ko athak prasak ko sahi pratifal le desh basi haruma josh thapla ra naya nepal ko shrijana ma kosedhunja savit hunecha bhanne asha gardachu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PRADIUMNA

      Hats off to Mr. Chintan, thank you for giving us such a nice vedio, in a very heart touching song. You have done full justice to every words and feelings of the song, I think you put your heart in the work…..a very nice piece of pictures and sequences, I liked it very much and I watched it many times, Thank you a lot Mr. Chintan, you deserve immense appreciation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajendra hyoju

      This way we will able to get lots of opinions who loves and feels great Nepal and Nepali…….Thanks to My sansar and Chintan Manandhar……great job keep it up
      Rajendra hyoju
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash tuladhar

      yeutai matra comment aayeko ma maile pani thapen.maile pahila dekhi bhandai thiye aafno picture prachaar garna yo used garnu bhayena.Bhitri man(open heart)dekhi desh ko sewa gareko hunu paryo ,sayed tyo afno nam prachar na-aawas.
      Ma pani New York ma hune Boxing Tournaments ma jane gardachhu.referee & Judge basda announced garchha-He(Tuladhar)is from Kathmandu,Nepal,International official.
      Malai gaurav Lagchha ki Nepal Bahira pani afno perfomance le desh ko nam lina ta badhye garayen.Tara yeha chyau umre jasto nepali patrika,web sites chhan Kashaile dhyan diye chhaina.Baru Kashai ko Birth day,Pasni gareko,sweet 16,marriege ceremony,etc. ko NEWS chahi chhuteko hundaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • takdir maharjan

      aru ta sabai thik cha tara last ko kumar shrestha ko picture ma cutting garera sagarmatha ra nepal ko jhanda rakheko , hu-bahu nakkali dekhinchha.
      takdir maharjan
      bxl, belgium

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker