Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

सबैभन्दा माथि मेरो देश

नयाँ वर्षदेखि माइसंसारले यो नयाँ स्तम्भ सुरु गरेको हो। हरेक साता अब हामी राष्ट्रियता झल्कने एउटा सामाग्री राख्‍नेछौँ। भौगोलिक सीमाको बन्धनबाट मुक्त भएर संसारका जुनसुकै स्थानमा बसे पनि हामी सबै नेपालीलाई राष्ट्रियताको एउटै सूत्रले बाँधेर राखेको हुन्छ। यो दिन हामी राष्ट्रियता जगाउने छौँ। देशलाई सम्झनेछौँ। राष्ट्रियता सम्पूर्ण नेपालीको पहिचान हो। कसैकसैले कमेन्टमा झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता देखाउने नाटक गर्‍यो भन्दै नकारात्मक कमेन्ट पनि गर्ने गरेका छन्। ल मानौँ, नाटक नै गरे रे। के बिग्रियो त ? एक क्षण कै लागि भए पनि नेपाली झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता प्रचार अभियानमा सहभागी भए त कसलाई हानी भयो ? त्यसैले त्यस्ता कमेन्टलाई बेवास्ता गर्दै निर्धक्क आफ्नो फोटो पठाउनुस्। यो स्तम्भमा हामी एउटा राष्ट्रिय भावना जगाउने गीत र फोटोहरु राख्‍नेछौँ। फोटो तपाईँहरुले पठाउनु पर्नेछ। देशबाट टाढा रहँदा देशको माया झल्काउने कुन चिज तपाईँले आफ्नो कोठामा राख्‍नुभएको छ ? आफू पढ्ने विश्वविद्यालयमा राख्‍नुभएको छ। तपाईँको कोठामा झुण्डिएको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा होस् वा तपाईँको नोटबुकमा टाँसिएको नेपाल अंकित स्टिकर वा तपाईँको नेपाल लेखिएको टिसर्ट। pic@mysansar.com मा विवरणसहित पठाउनुस् र राष्ट्रियताको भावना जगाउन सहायक बन्नुस्।

हामी यो स्तम्भबाट ठूलो परिवर्तन हुने आशा राख्दैनौँ। हामी त देशविदेशका नेपालीको मनको कुनामा रहेको राष्ट्रियताको भावनालाई फैलाउने सामान्य माध्यम बन्न खोज्दैछौँ।

तपाईँहरुले पठाएका फोटोहरु क्रमशः राख्‍दै जानेछौँ, थप फोटोहरु पठाउँदै गर्नुहोला। फोटो साथै राष्ट्रियता जगाउने संस्मरण, अनुभूति पनि लेखेर पठाउन सक्नुहुन्छ। राष्ट्रगान वा राष्ट्रिय गीत गाएर त्यसको भिडियो युट्युबमा अपलोड गरी माथि कै इमेलमा पठाउनु भए पनि हुन्छ।

सुरुमा दीपक बस्यालले पठाएको एउटा खबर-

अमेरिकामा बसेका नेपाली बालबालिका पनि नेपाली सिक्न लालायित हुन्छन र ? अझ त्यसमाथि Globalization को हावाले छोएर आफ्ना छोराछोरीलाई सानैदेखि अंग्रेजी बोल्न सिकाउनु पर्छ भन्ने मानसिकताले जकडिएको नेपाली अभिभावकहरुको मनले के आफ्ना सन्तानलाई नेपाली बोल्न सिकाउनु पर्छ भन्छ होला र ? तर अचम्म , तेस्तै भयो अमेरिकाको न्यु मेक्सिको स्टेटमा। July को २६ तारिखमा बसेको अभिभावक तथा शिक्षकहरुको संयुक्त बैठक ले यस्तै निणय गर्‍यो। बालबालिकालाई नेपाली वर्ण लेख्न र पढ्न सिकाउने अभिप्रायले ६ हप्तासम्म सञ्चालित ग्रीस्मकालीन स्कुललाई कसरी समापन गर्ने भन्ने बिषयमा छलफलको लागि डाकिएको बैठकमा अभिभावकहरुले एकै आवाजमा भने ” हामी यो स्कुललाई कुनै हालतमा बन्द गर्ने पक्षमा छैनौँ। ” न्यु मेक्सिको स्टेट युनिभर्सिटी मा Graduate तथा Undergraduate तह मा पढ्ने विद्यार्थीहरुको संगठन Nepalese Students Association (NESA) को July २६ को निर्णयले अब यो ग्रिस्मकालिन स्कुललाई वर्ष दिन भरि नै संचालन गर्ने निर्णय गरेको छ। हप्ताको एकदिन शनिबार साँझपख ५ बजे देखि ७ बजेसम्म संचालन हुने यो स्कुलमा ३ देखि ८ वर्षसम्मका बालबालिकाहरु छन् भने यस बिद्यालयका गुरुहरु भनेका स‍स्थाका सदस्यहरु नै हुन्। यस स्कुलमा पढ्न सुरु गरेदेखि नै बालबालिकाहरु घरमा पनि नेपाली नै बोल्न लालायीत भएको अभिभावकहरुको अनुभव छ भने उता शिक्षकहरुको पनि बालबालिकाहरुसँग नेपालीमा गरिएको अन्तरंग कुराकानीले नेपालीपनमा नौलो आयाम थपिएको ठहर छ।

यो साताका लागि फोटोहरु-

Edmonton, Canada मा आयोजित “Heritage Festival 2009″ मा नेपालको पभेलियन। फोटोः श्रीराम सिग्देल


हाल अमेरिकामा रहेका विनया अर्यालका छोरा।


जापानबाट प्रदिप्ती पाण्डे।


विदेशी नागरिक Richard Zabovnik नेपालको झण्डा फहराउँदै।

इन्द्रराज पन्त चन्द्रसूर्य झण्डाका साथ।

Related posts:

  1. सबैभन्दा माथि मेरो देश
  2. मभन्दा पहिले मेरो देश
  3. मभन्दा पहिले मेरो देश
  4. मभन्दा पहिले मेरो देश
  5. मेरो देश मलाई लाग्छ प्यारो

30 comments to सबैभन्दा माथि मेरो देश

  • Bharat

    Indra Dai, Jhanda yeti pyaro bhayeko manchhe kina bides palayan?? PM jastai lagyo, rastra ko nam ma sambodhan ko tayari ho ki? La la GT

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • नेपाल आमाको मन कती रुन्दो हो
    कुनै वीर सन्तान यहाँ जन्मेनन
    यहाँ आँखा भरी आसुँ भरिदा
    आसुँ पुछिदिने कोही बचेँनन

    अली अली माया गर्ने छोरो सम्जी रुनदै बस्छिन
    बिदेश बाट औंला भनी दिन रात बाटो कुर्दै बस्छिन

    सयौ बर्ष साथ् रहेको साथी आज टाढा भो
    यो मन को माया बुज्ने वीर आज खाचो भो
    कसरी भनु कस्लाई भनु यो रात आज एक्लो भो
    बिरता को दिन सम्जी जीवन कट्न वाध्य भो

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sani,Japan

    धेरै धेरै धन्यवाद जस्ले नेपालको माया दर्शाउदै फोटोहरु राख्नु भयकोमा !!
    धिक्कार छ तपाईंहरुलाई जो जो नकारात्मक् प्रतिकृया गर्नमा नै रमाउनु हुन्छ ।येहि मेरो संसारमा कर्ण शाक्यजीको सकारात्मक सोच भन्ने पनि त समाचार अाइरछ । कहिले ,कुन कुराबाट तपाईंहरुको सोच सकारात्मक् तिर लाग्छ ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sourab

    नेपाली कांग्रेस का घोडा कृष्ण गोपाल|,
    यो ब्लग मा जस्तो समाचार आयपनि तेस्लाइ राजनैतीक पक्क्षसन्ग जोडी आफु सम्बद्ध समूह र सदस्य बाहेक अरु पार्टी र कार्यकर्ता लाइ मानब जातीकै कलङ्क ठान्ने तँ जस्ता ब्यक्तीले
    कहीले आफ्नो मुल्यांकन गरेको छस? अरु ले एउटा सब्द नराम्रो लेख्दा तँ बाट ५ ओटा अती तल्लोस्तरको सब्द
    लेखीयको अनुभव न गर्ने, तैले आफु ले आफुलाइ नीकै सभ्य र शीस्ठ भाषाको ज्ञाता सम्झनुनै तेरो कांग्रेसी सैली हो|
    एदी तैले ‘नेपाल का कम्युनिष्ट हरु मानब जाती कै लागि कलङ्क हुन’ भन्छस भने तेरो प्याओ नेपाली कांग्रेस लाइ कुन लुटेरा को रुप मा मुल्यांकन गर्छस????????????????????????????????????
    मेरो अनुभव मा नेपाली कांग्रेस भनेको यस्तो सस्था हो जसमा,भ्रस्ट,लुटेरा,बापती,पातकी,गुन्डा,बलात्कारी,सोसक,देसद्रोही जस्ता बेक्तीहरु को बाहुल्यता रहेको छ| त्यो सस्था मा राम्रा बेक्ती नभयका होइनन,तर तीनले कहीले पनि ठाउँ पायनन,यो त तँ जस्ता मालीक को तलुवा चाट्ने बफादार
    कुकुर हरुको मात्र थलो बन्यो|
    तेरो तार्किक गर्ने क्षमता होला तर त्यो मान्छे को पिसाब गर्ने ठाउँ भन्दा माथील्लो स्तर को हुन सक्दैन,तेरो र तेरो सस्था मा आबद पसुहरु को स्तर नै तेतिमत्र हो|
    तेसैले एउटा कुरा याद गर, अरुलाई जथानाम भन्नसक्नेले अरुले पनि भन्न सक्छन भनी सोच्नु पर्यो|

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आदर्णीय कृष्ण गोपाल जि रक्तिम जयनेपाल
    हजुर को कमेन्ट पर्ती मेरा केही तर्क हरु छन कृपया स्पस्ट पार्ने कोशीस गर्नु भयमा आभारी हुने थिय
    नेपालीकम्युनिस्ट पार्टी का नेता हरु सबै लाई जेल हुनु पर्ने तर्क पर्ती तपाईं का तर्क हरु सहि हुन कक्छन किन भने कुन्ड कुन्ड को पानी मुन्ड मुन्ड को बुद्धी भन्छन सर्बहारा मुक्ती को कुरा गर्ने गास बास कपास स्वास्थ्य शिक्क्षा रोजगार का कुरा गर्ने बर्गिय मुक्ती का कुरा गर्ने देश र जनता पर्ती सत्भाब देखाउदै बलिदान हुन उस्काउने तर सत्ता मा पुगेपछी त्यही जनता लाई महङि दमन गर्ने नाताबाद चम्चाबाद र कमाउबाद र सर्बसत्ता बाद लागु गर्ने नेता लाई सजाय हुनु पर्ने कुरा तर्क योग्य नै छ तर जहाज अपहरण गर्ने बैंक लुट्ने चेलिबेटि माथि गिद्दे दृष्‍टि राख्ने निजिकरण का नाममा देश को उध्योग लाई धरासाही पार्ने र कमिसन ले नेता मोटाउने काङ्रेश हरु लाई कहाँ राख्न हुन्छ कृपया इस्पस्ट पारीदिनु होला कि नियम कमुनिस्ट लाई मात्रा लागु गर्ने हो
    जहाँ सम्मन माओवादी पर्ती को तपाईं को असहमती छ त्यो जाहेज छ किन भने मदन भण्डारी ले जनताको बहुदलिय जनबाद भन्दा कम्रेड पर्चन्ड ले सम्सोधन बादी खुस्चेव बादी गद्धार मदन भनेर लेखेको लेख मसँग अझै सुरक्क्षित छ तर १५००० नेपालीको बलिदान बाट आज त्यही ठौमा आउनु पर्छ भने यदी नैतीकअता छ भने राजनीतिक सन्यास लिनु पर्छ फेरी आफ्नै पार्टी भित्र यहाँसम्मन निती निर्माण सैधान्तिक बहस गरी देश बिदेश मा ख्याती कमायाका नेता बाबुराम लाई नारायणकाजी भन्दा पछाडि पर्न खोज्नु पर्चन्ड को मती भर्स्ट नै हो बाबुराम कै निती मा टेकेर उनै को यात्रा गर्ने अनी अब गन्त्ब्य आउन लाग्यो भनेर उनै लाई गद्धार बनाउन खोज्नु मुर्खता बाहेक केही पनि होइन माओबाद को नाम मा सयौ फुल फुल्न देउ सयौ बिचार लाई पर्तिस्पर्दा गर्ने देउ भन्ने माओको अगाडि पर्चन्ड पथ नसुइकार्ने लाई अङभङ गर्ने मार्ने काम लाई कसरी राम्रो भन्ने त्यस्को बिरोध गर्ने सहकर्मि लाई भारतीय यजेन्ट को आरोप लगाउने कुरा को बिरोध गर्नु नै पर्छ अमेरिकि साम्राज्यबाद र भारतीय बिस्तार्बाद् भन्ने तर सत्ता मा पुगेपछी चाकरी गर्ने हरु नै खुस्चेब हुन भन्ने मेरो तर्क छ यदी बाबुराम को मन्त्रालय बाहेक कुन मन्त्रालय ले राम्रो छाप जनता मा छोड्यो बुझ्नेलाई ईशाराकाफी भन्छन माधव नेपाल को बिरोध गर्ने पनि नैतीक आधार पर्चन्ड सँग छैन किन भने उनलाई संबिधान सभा को पर्मुख मा ल्याउन मुख्य भूमिका पर्चन्ड कै छ २ ठाउँ बाट हारेको भन्ने कुरा के पर्चन्ड लाई थाहा थियन अहिले हरुवा हारेको जनता ले नरुचायको जस्ता कुरा असोभनिय छन ताकपरे तिवारी नत्र गोतामे हुनु दु:ख को कुरा हो तर धमिजा लाउडा कान्ड लाई सहि भन्न मिल्छ जडसुत्रबाद नै आजको नेपाली रोग हो कि ????
    धन्यवाद
    राम चन्द्र ज्ञवाली

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • काल नागिन

    माहिला तथा सज्जनहरु
    मेरो कमेन्ट पढेर नजंगीनु होला – मलाई खट्किएको कुरो – हामीले देश छोडे पछि झेल्नु पर्ने वा अनुभुति गर्ने “आइडेन्टिटि क्राइसिस” कै कारण हो नेपालीप्रति प्रगाण माया छ भनेर देखाउनु पर्ने? यो श्रृंखलामा किन नेपालमै बसिरहेका नेपालीले नेपालप्रति दर्शाएको तस्वीर प्रकाशित गरिदैन? मैले विदेशमा त्यति धेरै नेपालीहरु भेटेको त छैन तर भ्याए जति ठाँउमा नेपालीहरुको नेपालप्रतिको माया देख्दा अचच्म लाग्छ। त्यसमा, नेपालमा हुदाँ नेपाल छाडेर कहिले जाम भन्ने मनयाशका नेपालीहरु पनि भेटेको छु, तर तिनका कोठामा मिनी नेपाल देख्दा खुशीभन्दा बढी हासे उठ्यो। नेपालप्रति जेनुयिन माया भएकाहरु कोट्टाउन खोजेको होइन। मैले अनुभुति गरेको कुरामात्र राख्न खोजिको हुँ। कहिलेकाहि हामी हुनसम्मको हिपोक्रिटी भाए जस्तो लाग्छ।

    अर्को कुरा – सालोक्यजीलाई निवेदन। सक्नु हुन्छ भने एउटा श्रृंखलाको शुरुवात गर्नुस न। “नेपाली हुनुमा मालाई गर्व छ किनकि…” जम्मा ५ वुदाँमा जवाफ दिनु पर्ने प्रावधान राख्नु हेरम्न हामीहरु कुन कुन कुरा गर्व गर्दा रहेछम् हेरौन। सगरमाथा र वुद्धको नामलाई अपवाद राखेर – सगरमाथा नेपालको मात्र होइन, यो त चीन (पोलिटिकली करेक्ट हुन) र नेपालको सिमाना पर्छ। अनि बुद्ध नेपालमा होइन, हाल नेपालमा पर्ने उहिलेको कपिलवस्तु राज्य वा हालको नेपालभित्र पर्ने कपिलवस्तु जन्मेका थियो। २५०० वर्षअघि के को नेपाल (अनि के को भारत)!

    मेरो विषयाश्रित यहाँ भड्काउ गफ वा विवादास्पद विषय उठाउनु होइन एउटा वौद्धिक छलफलको सुरुवात गर्नु हो।

    नेपालको जय!
    kaalnaagin@gmail.com

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • mani

    maile pani send garne bhaneko k garnu samaya nai mildaina
    tara chittai tayari ma chu ani pharak khalko hune cha ..
    pratikshya garnuhos …

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • lakhe

    Hi everybody
    The photos are excellent and thanks to mysansars and those who sent photos.
    lakhe
    USA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prakash Tuladhar,New York

    Aafno pariwar ko photo dekhauna ko lagi matra pathauna bhayena.Nepali koi sathi chhaina,Bideshi Haru matra Mero Sathi chhan Bhanera Nepali lai Hepera Bolne Haru Nepali jhanda Bokera kehi Ramro Kam Gareko Thaharindaina.Bideshma Bashe Pani Nepal Desh ko Lagi Kunnai na kunai yogdan Dinai parchha.Na ki citizenship Liye Bhanera Gaurav Thannu & Aafno Desh ma Basna sakena Bhanera sarnarthi Bannu.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • takdir maharjan

    all the pictures are marvellous, thx to al the friends bro-sis who sent all these nation walefare photoes.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Shree

    he he he he

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • krishna gopal shrestha

    आदरणिय काल नागिन ज्यु,
    नमस्कार ! ! !

    बल्ल पर्‍यो माकुरी जालैमा भन्ने गीत याद गरायो हजूर को प्रतिकृया ले।
    म संग एउटा कुरा को गर्ब छ त्यो हो ‘नेपाल नामाकरण गरिसके पछी कुनै पनि बिदेशी राष्ट्र ले शासन नगरेको देश’। ( तर बिदेशी ब्यक्ती होइन) कारण के हो भने मल्ल हरु र शाह हरु भारतीय हुन।
    सगरमाथा प्रक्रिती को देन हो। हरेक देश मा प्रक्रिती को केही न केही देन हुन्छ।
    भगवान बुद्द नेपालमा नै जन्मेका हुन , किन भने तथ्याङ्क र मानचित्र ले हाल नेपाल भन्छ। बुद्द धर्म को प्रचार प्रसार जे जत्ती छन सम्राट अशोक ले गरे , तेही कारण ले भारतीय हरु भगवान बुद्द भारत मा जन्मेका हुन भनी झूट बोलेर हिड्छन।

    तर, नकारात्मक चै धेरै छन। त्यो नलेखौं।
    धन्यवाद
    जय नेपाल
    कृष्ण गोपाल श्रेष्ठ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जय, सिड्नी (अष्ट्रेलिया)

    काल नागिन ज्यू, गहकिलो तर्क राख्नुभयो, त्यसको लागि धन्यवाद! हुन त ‘यो स्तम्भले खासै ठूलो परिवर्तन ल्याउने आशा नगरेको’ कुरा उमेश ज्यूले उल्लेख गर्नुभएको थियो। “ए! बिदेश गए पनि नेपालीहरुमा देशप्रेमको भावना चाँही रहेछ है” भन्ने भावना संचार गरिएको छ। आफ्नो संस्कार र परम्पराको मौलिकता कायम राख्नु जरुरी छ भन्ने कुराको पक्षधर हुँ म पनि। यो कदम पक्कै पनि राम्रो हो, तर यो भन्दा राम्रो गर्न सक्ने ठाउँ नभएको पनि होइन।

    मलाई के लाग्छ भने जब जब राष्ट्रियताको कुरा आउँछ, हामी नेपालीमा जती राष्ट्रियताको भावना अरुमा कमै हुन्छ। तर बर्षे भेल आएको जस्तो छ हाम्रो राष्ट्रियताको भावना। स्व-सकृय (proactive) भन्दा पनि प्रतिकृयाबादी (Reactive) छ, मेरो यो हेराइ सालाखाला हो सबैलाई मुछ्न खोजेको होइन। जब कुनै बिदेशीले नेपालको बारे नराम्रो बोल्दा, कुनै हत्याकाण्ड हुँदा, कुनै अन्तराष्ट्रिय खेलकुदमा नेपालको हार जित हुँदा, यस्ता सयौ उदाहरणहरु छन् जतिबेला हामी जोशिन्छौ। तर बर्षे भेलको पानी पनि उपयोग गर्न नसकिएको अनी उल्टै बालीनाली पनि नाश गरेर लगेको जस्तो भयो हाम्रो राष्ट्रियताको भावना।

    सडकमा ओर्लिएर नारा लगाउदै, आक्रामक बन्दै राष्ट्रियता र न्याय खोज्ने भन्दा, चुपचाप आफ्नो काम गरिरहने पौरखीहरु महान लाग्छ मलाई। मेरो राष्ट्रियताको भावनाले यो ‘गरिबी र अभावको घरमा सधैं झगडा’ भएको जस्तो राष्ट्रियता देखाउने परम्पराको अन्त्य चाहन्छ। हामी यती पछाडि परिसकेको सबैलाई थाहा छ, अब पनि पछाडि नै परिरहने हो कि अगाडि बढ्न योगदान दिने हो? नेपालको ईतिहास र प्रकृतिको उपहारमा त हामी गर्व गर्छौ नै, अब गरीबी र अभाव होइन हामी सम्पन्न छौ, झगडालु होइन मिलनसार छौ, मुर्ख होइन बिबेकी छौ भन्ने किसिमको नेपाल प्रतिको धारणा परिवर्तन गर्न योगदान गर्न सक्यौ भने त्यही हुनेछ सबभन्दा ठूलो राष्ट्रियता।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हान्गू लामा

    काल नागिन, गज्जबको कुरा उठेकै हो कोही जंगिँदै गर्छन् भने त्यसबारेमा सोच्नु बेकार छ । राष्ट्रप्रेम भनेको टी-सर्टमा नेपालको झण्डा या कारमा स्टीकर वा कोठामा झण्डा बोकाएर भुर्राभुर्रीलाई खिचाएको फोटाहरुमामात्र सिमित हुँदैन । यो तपाईंले भनेनुसार आफ्नो identity crisis मात्र हो ।

    नेपालको माया नभएका नेपालीहरु बिरलै होलान, तर फोटाले होइन कामले देखाउनुपर्‍यो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prakash Tuladhar,New York

    काल नागिन jee,
    Nam sunda ta Naag panchami ma Tapai ko comment Aaunuparne ho.Tara 12 Din pachhi bhayo.
    Buddha janmeko thaun Nepal Bhaneko Hoina Nepal simana bhitra Buddha janmeko ho (kapilbastu).Nationalistic comments ma Ekjut huna Sikaun.Dhanyabad
    Ani Kishna Gopal jee,बल्ल पर्‍यो माकुरी जालैमा भन्ने गीत याद गरायो हजूर को प्रतिकृया ले।
    Ke Bhaneko yo?Sud ko dhoti milaune Manchhen Bhanera Tyeshai Bhanchha?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ABin

    यो श्रृंखलामा किन नेपालमै बसिरहेका नेपालीले नेपालप्रति दर्शाएको तस्वीर प्रकाशित गरिदैन?

    सँधै हेर्ने गरे पो थाहा हुन्थ्यो छापिन्छ कि छापिन्न
    कुरा बढी गर्ने बानीले बिगार्यो नेपालीलाई
    सत्य तथ्य के हो बुझ्दै नबुझी आफ्नो बौद्धिकता छाँट्न हतार

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Harke

    काल नागिन जी,
    फरक र रचनात्मक बिचार लागी साधुबाद ! आशा छ, उमेश (सालोक्य) जी ले
    “नेपाली हुनुमा मालाई गर्व छ किनकि…” जम्मा ५ वुदाँमा जवाफ दिनु पर्ने प्रावधान भन्ने पोस्ट छिट्टै राख्नु हुनेछ ! म भने पाच वटा मात्रै होइना ५० वटा सम्मा पुर्याउने सोच मा छू !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prakash Tuladhar,New York

    sourab Bhai,
    ali Thanda bhayera sochauna.Sabai ko sallaha pachhi Krishna Gopal jee le Galti Mahasush garnu hunchha.Congress Bata communist huna dherai samaye lagdaina.Nationalistic ko path siki saknu bhayechha.YCL PARA NANIKALNU BHANCHHAN,SABHYE BANAUN. DHANYABAD

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • gayetri

    माइ संसार का पाठक मध्यमा सबैभन्दा तल्लो स्तरको पाठक सौरब जि नै होला सायद। धेरै पहिला एक जना “आशा” भन्ने थियो।यस्तै पढ्नै नसकिने गरि घिणित शब्द लेख्ने। अहिले तपाइँ आउनुभएछ। चित्त नबुझेको कुरा सालिन रुपमा राख्न पनि त सकिन्थ्यो!पार्टि भनेको संस्था हो भने पार्टिलाइ गालि गर्ने लाइ किन ब्यक्तिगत रुपमा आफ़्नो स्तर नै पाइतालामुनि पुर्याएर गालि गलौज मा उत्रिनु। हुनत तपाइँलाइ मुख फर्काउँदाको परिणाम सायद ‘रछ्यान चलाइ मुखमा छिटा’ जस्तो होला। त्यहि पनि तपाइँको कमेन्ट पढ्दा सार्है नराम्रो लागेर यति मुख फर्काउने कोशिस गरेकि हुँ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सौरव जि नमस्कार।
    गाली पनि एक थर्ड क्लासको दिनु भएको छ। के यो तपाईंको खान्दनी पर्म्परालाई भुल्न सक्नु हुन्न । तपाईं जस्तो पढे लेखेको मान्छेले यो भाषाको प्रयोग गर्न सुहाउछ त?????? आज तपाईंके जो काग्रेशलाई “मेरो अनुभव मा नेपाली कांग्रेस भनेको यस्तो सस्था हो जसमा,भ्रस्ट,लुटेरा,बापती,पातकी,गुन्डा,बलात्कारी,सोसक,देसद्रोही जस्ता बेक्तीहरु को बाहुल्यता रहेको छ”
    म भन्छु माओवादी पनि त्यो भन्दा तल्लो स्तरका मान्छेहरु ९५ % छन्।त्यसमा तपाईं पनि छुटनु हुन्न। आज देशको यो हालत हुनुमा माओवादीको १००% हात छ। देशलाई ५० बर्ष पछाडि लगेको छ। आज इथियोपिया भन्दा पनि गरीब हुन केही % नै बाँकी छ।यो सब माओवादीको कारण।जो कि तपाईं जस्ता बुद्दिमान हरु बिराजमान छन त्यो पार्टीमा।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bishnu bhatta

    saurav ji,
    lugha laghaudai maa, bolna sakhdai maa kohai pane manchhe hudaina.
    sayad tapai ko mathi ko daath haru chhainan holaa kina ki tapai le pakki ghass nai khanu huncha holaa manchhe ko rup mathrai holaa
    sayad bhaghbhan lai pane tapai lai banauni belaa maa pane lagh laghara sworup manche ko deyako hunu parcha.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • krishna gopal shrestha

    आदरणिय मित्र sourab ज्यु,
    नमस्कार ! ! !

    प्रतिकृया का लागि धन्यवाद।
    मोहन दास करमचन्द गान्धी (महात्मा गान्धी) लाई एक थप्पड कसैले हाने अर्को गाला पनि थापथे रे भन्ने सुनेको थियं, त्यस्तै तत्कालिन गृह मन्त्री बि पि कोइराला लाई २००८ साल मा मैतिदेबी तिर कसैले ढुंगा हान्दा नाम थर ठेगाना पत्ता लगाइ इज्जत साथ बोलाउन पठायका थिय, यि भय इतिहांस मा पढेका कुरा हरु।
    हुन त सबै मान्छे हरु पढेर नै केही जानेको हुन्छन र जे पढेका छन त्यही गर्ने त हो नि कसो? हजूर को रिस केही दिन पछी आँफै शान्त हुन्छ जब देश मा ‘नव जन गणतन्त्र ‘ मात्रै होइन माओवादीका हरेक Politbeauro सदस्य का नाम बाट जन आन्दोलन घोषणा भयी रहन्छ । हजूर तय्यार हुनु होला।
    धन्यवाद
    जय नेपाल
    कृष्ण गोपाल श्रेष्ठ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Luna

    गहन लाग्यो राज जि को प्रतिकृया । धन्यवाद ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जय, सिड्नी (अष्ट्रेलिया)

    नाम नै भुलिदिनु भयो नि लूना ज्यू (प्रतिकृया मलाई हो भने), तर केही छैन। यसै बहानामा बोल्ने मौका त जुर्‍यो!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Luna

    जय जि ! मैले तपाईंको प्रतिकृया नै पढेर लेखेकी थिए , नाम पो अर्कै टाइप गर्न पुगेछु !
    ( कतै अगाडि राज जि र साथी हरु को कमेन्ट पढ्दै थिए , अनी तपाईंको पढे , तपाईंको कमेन्ट ले मन छोयो ; प्रतिकृया लेख्न बसेकी थिए , नाम त भुलेरपो टाइप गरेछु ! )

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • krishna gopal shrestha

    आदरणिय काल नागिन ज्यु,
    नमस्कार ! ! !

    प्रतिकृया का लागि धन्यवाद।

    हुन त मैले लेखेको गीत को बोल त्यही हो तर ‘पर्यौ’ को सट्टा ‘पार्यौ’ हुनु पर्ने रहेछ।
    प्रबास मा बसेका नेपाली हरु ले आ-आफ्नो कोठा देखी लियर गाडी सम्म मा नेपाल को झन्डा दर्शाउनु आफ्नो मातृभूमी प्रती को गौरब प्रदर्शन गर्नु हो यो ध्रुब सत्य हो र उहां हरु लाई संपूर्ण नेपाली हरु ले सम्मान का साथ हेर्नु पनि पर्दछ यस्मा कसैको दुई मत हुन सक्दैन।
    सन १८१६ को सुगौली सन्धी पछी नेपाल ले उत्तर र दक्षिणी भेग बाट जुन अतिक्रमण सहनु पर्‍यो त्यस्को बिरुद्द को आवाज हो यो। जब जब देश मा संकट आउंछ तब तब नेपाली हरु ले आफ्नो जिउ ज्यान को पर्बाह नगरेको तथ्य पनि हामी सामु छ। २००७ साल को क्रान्ति सफल पार्न दिल्ली मा गरियको १९५० को सन्धी होस् चाहे पंचायत् टिकाउने बहाना मा राजा महेन्द्र ले सगरमाथा भन्दा उत्तर २२५ मिल सम्म को भु भाग चाइना लाई सुम्पेको होस् आखिर दु:खाइ त नेपाल र नेपाली को नै हो तर पनि यदा कदा राष्ट्रिय हित को सवाल मा बिरोध जनाउन आफ्नो पार्टी को मात्र ( राष्ट्रिय झन्डा गौण गरी) झन्डा बोकेर हिंड्ने हरु को जमात पनि नेपाल मा कम छैन। हुन त जस्को सुकै झन्डा बोकेर बिरोध जनाय पनि नेपाल र नेपाली भुमी कै लागि गरियको भन्ने पनि हामीले बिर्सिनु हुन्न तर झन्डा बोकेकै भर मा आफु लाई मात्र राष्ट्रबादी हौं भनी देखाउन खोज्ने बुद्दिजिबी हरु लाई हामी ले के नै भन्न सक्छौं र?
    यही ब्लग मा ‘प्रचन्ड’ जि को कुरा राख्ने हो भने ५०० सम्म प्रतिकृया वोइरिन्छन जुन जायज पनि हो हाल को अवस्थामा, तर महांबिर पुन र कर्ण शाक्य को लेख मा मुश्किल ले प्रतिकृया पढ्न पाईन्छ, हुन त कसैलाई जबर्जस्ती गर्न सकिन्न तै पनि हिजो परमानन्द को बिरोध मा र राष्ट्रपती को बिरोध मा ‘पुतला’ जलाउने हरु ‘प्रचन्ड’ ले सुट टाइ मा सजियर आफु अनुकुल शपथ ग्रहण गर्दै हिड्दा मुख मा दही जमायार बसेको सम्म हामी ले सह्योउं तर ‘देश घाती’ ‘देश द्रोही’ भनी आँफैले जेल मा कोचेको धमला लाई ‘फूल माला का साथ अभिनन्दन’ गर्दा सम्म प्रचन्ड जी को साधारण गलती हो भनी एक बित्ता टालो ले इज्जत छोप्ने हरु को कमी छैन।
    मलाई लाग्छ त्यस्ता बेक्ती हरु जो बिदेश मा बसी १८०० कि मि को पर्खाल लगाउनु पर्छ, Work Permit लागु गर्नु पर्छ, यस्तै यस्तै बहाना बाजी गर्ने हरु को मुख मा झापड लागेको सम्झेर मैले त्यो गीत को बोल याद आयो भनी लेखेको हुं। अझ १९५० को असमान सन्धी र British Gurkhaa Camp खारेज गर्नु पर्छ भन्ने महानुभाब हरु संग सोध्न मन लाग्छ कि सन १९९७ सम्म चाइना सामरिक रुप मा तथा आर्थिक रुप मा बिश्वो को चौथो स्थान मा आइ सकेको थियो, त के चाइना ले ९९ बर्ष का लागि बेचेको Hongkong समय अगावै बेलायत संग फिर्ता लिने कोशीश गर्‍यो? ईराक लाई आक्रमण गर्‍यो भनी नारा जुलुस लगाउने हरु के सद्दाम ले कुवेत कांचै निल्दा निद्रा को औषधी खायर सुती रहेका थिय? सिक्किम को बिलय को बिरोध गर्ने हरु तिब्बत को नाम लिना साथ किन तर्सिन्छन?
    राष्ट्रियता को कुरा गर्दा अन्तरराष्ट्रिय समुदाय लाई पनि हेर्ने कोशीस गर्नु पर्दछ जस्तो लाग्छ। सन १९९८ मा म Canada को Qubec शहर घुम्न गयको थियं। मैले त्यहाँ देखेको मा सब भन्दा अचम्म लागेको मा देश Canada, शासन Elizabeth को र भाषा French. के अब उनी हरु संग कुनै राष्ट्रियता नै छैन भन्ने? बेलायत कै कुरा गर्ने हो भने ४ राज्य मिलेर बनेको संयुक्त अधिराज्य मा महांरानी Elijabeth का साथै राजतन्त्र नै हटाउने कोशीस नगरेको होइन तर राजतन्त्र हटायर ४ राज्य स्वोतन्त्र गर्ना साथ अन्य ३ राज्य बाट असुली भयी रहेको राजस्वो राज प्रशाद सेवा मा गरिराखेको खर्च भन्दा कैयोउं गुणा बढी देखिन आयको ले राष्ट्र का लागि राजतन्त्र भन्दा राजस्वो महत्वोपूर्ण ठानी राजतन्त्र नहटाउने निर्णय गरेको छ, के अब ब्रिटिश हरु लाई महांरानी का दास संझने?
    यस्ता यस्ता कैयोउं प्रश्न र उदाहरण हरु छन तिनी हरु का लागि जो अब माओ र लेनीन ले पुनर्जन्म लिय पनि जवाब दिन सक्दैनन त्यस्ता बुद्दिजिबी हरु माकुरी जालै मा परे भन्ने मेरो सोचाइ हो।
    प्रसिद्द चिन्तक सि के प्रसाइ का शब्द मा भन्ने हो भने ‘बाटो मा फालियको एउटा ढुंगा पनि उचित स्थान मा राखी दिने हो भने त्यस बाट बचत हुन सक्ने संपूर्ण चिज हरु लाई एउटा राष्ट्रियता को स्वोरुप मा लिनु पर्दछ।’
    धन्यवाद
    जय नेपाल
    कृष्ण गोपाल श्रेष्ठ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prakash tuladhar

    Saurav jee,
    Krishna Gopal jee Lai yeshari Prashna Sodhauna
    Krishna Gopal jee,
    2047 salma Girija le Yo geet Pancha ko pani ho bhanera Baulah jasto Bakda Kasle Girija Lai Bachayo,thaha chha ? Uhi Tapai le Birodh garne Bampanthi Neta “PADMA RATNA TULADHAR” LE
    MY SANSAR.COM LAI MY KRISHNEDHAMALA.COM Banauna Koshish Nagarnu Hola.
    “HARE GIRIJA HARE KRISHNA
    GIRIJA GIRIJA HARE KRISHNA”
    Krishna Astami Aauna 4 days baki chha,Andha bakta ka sath Pratharna Garna Nabhulnu Hola.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prakash tuladhar

    Tapai Pani Krishna Gopal jastai Mao-badi nam japnai parne?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • प्रकाश् तुलाधर् जि वेरी गूड् मोर्निङ् !
    “अर्काको जरो खन्ने बाउबाजे देखी आएको चलनको बिडो थामेकोमा तपाइलाइ मूरि मूरि धन्यबाद्”
    मलाइ माओबादिको नाम् जप्ने भन्नु हुन्छ तपाइले त कृष्ण गोपाल श्रेष्ठ जी र गिरीजा बाबुको त मन्त्र तयार् पर्नु भएछ।
    “हरे गिरिजा हरे कृष्ण।
    गिरिजा गिरिजा हरे कृष्ण।। ”
    नुहाउने बेला यही मन्त्र जप्नु हुन्छ होइनर्।नत्र शुद्धिकरण कहाबाट हुने!
    कि कहि यहि मन्त्र प्रकाशन गरेर पैसा कमाउने चाल् त होइन तपाइको ??? ल ल गर्नुस यहि काम् भय पनि!पैसा कमाउने बाटो !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • gyanu

    य़ो माइसन्सर मा तथाकथित् बुद्धिजिबि हरुको यति बिग्बिगि च्ह कि काम्कुरो एकातिर कुम्लो बोकि थिमि तिर भने ज्ह्हैन यहा रस्त्रियता को कुरा भा बेलामा क्रिश्न गोपल श्रेस्थ लाए गालि मात्र बर्से को च्ह के यसरि रास्त्र र रस्त्रियता माथि उथ्ने हो र?कुरो को चुरो बुज्हेर मात्र कमेन्त गरे कसो होला?
    पुनस्च् मित्र हरु मलाइ नेपलि ताईप गर्न औदैन माई सन्सार मा नेपलि फ्न्त हुदो रहेच्ह् त्यसैले प्रयास गरेको हो सुधारेर पध्नु होला है

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes