मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    लेलान् त अब उपराष्ट्रपतिले नेपालीमा शपथ

    सत्ता साझेदार दलहरुको बैठकले उपराष्ट्रपति परमानन्द झाले नेपाली भाषामा नै शपथ लिनुपर्ने अदालतको निर्णय कार्यान्वयन हुनुपर्ने निर्णय गरेका छन्। आज बसेको उनीहरुको बैठकले यस्तो निर्णय गरेको हो। हिजो सर्वोच्चले उपराष्ट्रपतिले नेपालीमा नै शपथ लिनुपर्ने फैसला गर्दै शपथ लिने हो कि नलिने हो बारे जानकारी दिन सरकारलाई आदेश दिएको थियो। शपथ नलिएसम्म उपराष्ट्रपतिको हैसियतले काम गर्न रोक लगाउन अन्तरिम आदेश भने अहिले नै दिन नपर्ने सर्वोच्चको फैसला थियो।

    २२ दलको यस्तो निर्णयपछि मलाई नेपाली भाषा आउँदैन भनी नेपालीमा नै भन्ने उपराष्ट्रपतिले नेपाली भाषामा शपथ लेलान् कि नलेलान् त्यो निश्चित छैन। तर ‘जनता (वास्तवमा दलहरु भनेको क्या घुमाएर) ले भने बारम्बार नेपालीमा शपथ खान तयार छु’ भनेर उनले पहिले नै भनिसकेका छन्। हेरौँ उनले के निर्णय गर्ने हुन्।

    तर, टुक्रिएको मधेसी जनअधिकार फोरमका एक गुटका अध्यक्ष विजयकुमार गच्छदारले दिएको जानकारी भने फरक छ। यस पटकलाई नेपालीमा नै शपथ लिन लाउने भने पनि सरकारले शपथसम्बन्धी विवाद टु‍ग्याउन संविधान संशोधन गर्ने प्रस्ताव संसदमा लाने निर्णय दलहरुले गरेका रहेछन्। अर्को वर्षसम्म नयाँ संविधान नबनाउने दाउ हो कि क्या हो यिनीहरुको। नत्र किन नयाँ संविधानमा सबै व्यवस्था नगरी यही संविधानलाई फेरि संशोधन गर्न लागेका ?

    जे होस्, संविधान संशोधन पछि भने अब शपथ सम्बन्धी विवाद नआउने भएको छ। किनभने संविधान संशोधन गरियो भने हिन्दी त के, चाइनिज भाषामा पनि शपथ लिन पाइनेछ। जुनसुकै भाषामा शपथ लिए पनि मान्य हुने प्रावधान संविधानमा थप्न लागिएको हो। शपथ अनुसार इमान्दारीले काम गर्‍यो कि गरेन भन्नेलाई प्राथमिकता दिनुको साटो त्यसको भाषालाई महत्त्व दिने काम अब हट्छ र उनीहरुका अनुसार।

    No related posts.

    44 comments to लेलान् त अब उपराष्ट्रपतिले नेपालीमा शपथ

    • sheela

      Mahesh Jee and Krishna Gopal Jee:

      दुबैजना लाई नमस्कार! र एउटा प्रश्न दुबैजनाबाट सटीक उत्तर पाउने आशा मा:

      प्रश्न: चरेसानंद जस्तो खराब इतिहास भाको उल्लू लाइ देश को उपरास्त्रपति जस्तो उचा पदमा निर्बाचित गराउने कांग्रेस, एमाले र फोरम लाइ तपाई कसरी मूल्यांकन गर्नुहुन्छ? र अब ती पार्तीहरूले के गर्नु राम्रो हुन्छ?

      हामी सबै तपाइका बिचार का प्रतिक्ष्यामा……
      शीला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • liya linchan naliya jun bato aaya tehi bato janchan ta.

      dipu_bagale@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shakti

      parmanand jha ta manche nai haina o ta kukur ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजु

      Parmanande does not know Nepali. But he can translate Nepali to Hindi instantly (that is what he did during oath) and he did that even without knowing Nepali. :)

      He is no fit for such position.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yo manchhe phataha ho. Madheshi partika sadasya hunu bhanda pahile uni punarabedan adalatko nyayadhidh bani Nepali bhasama thuprai nirnaya gareka ra sunayeka holan. Sabai bhanda pachhillo patak yeuta lagoo padartha bechne aparadhilai ghoos khaer saphai diekole bibadma rajinama dieko thiyo. Usle tyas bela gareko phaisla kun bhasama thiyo ek choti paltayer hernu abasyak chha. Yesto bhrasta byaktilae Madheshi partile uparastrapati padma uthae ra Maobadi lagayet sabai dalharule pani usko bigat naheri vote dier jitai diye.

      Ke Madhesi partiko tarpha bata uparastrapati banepachhi aphule pahile boldai ayeko Nepali bhasa chatakkai birsyo? Ke yo huna sakchha? Yesta phatahalae uparastrapatiko padma rakhirakhnu sampurna Nepali jantako beijjati ho. Sarkarle uslae turuta Nepali bhasama sapathgrahan garaunu paryo.
      Gardaina bhane samatera jelma kochnu paryo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shanti

      Malai ta haso po uthyo. uparastrapattiko hindima sapath liyako video herera. rastra patti rambaran chahi nepali janatam bhan6 ani charesananda chahi nepali janata mei bhan6. sale kukurlai lattale hanera India ko uttar pradeshma lagera chhodnu parne. yasta gallika kukurlai kina rakheko hola tyatro sammananiya padma?
      sunda ra dekhda pani achhammai 6 ba
      hamro nepalma.

      thukka charesananda taile hamro desh nepalko beijjat garis talai kunai pani janmam shukha ra shanti nahos.

      ta kukurlai Nepal aamale sarap diun

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pitambar joti

      yes ofcourse,vice president le nepali ma sapath linu nai parcha because country ka thula bhanauda leader,president,vice-president,prime minister sabai ani sadhai indian dalal bani rahane ho bhane desh ra janata ko unnati kahile huncha??????? aba uparastrapati mahodaye le kita nepal bhanne desh nai chaina bhanna saknu parcha,ki ta ma indian hun bhanna saknu parcha natra nepali ma sapath linu parcha aru kunai upaya chaina.

      thanx

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • वास्तविक संबिधान कहिले बन्ला भन्ने त बनाउने दायित्व र अधिकार भएका तिनै सभासदहरुलाई नै पनि ढुक्क छैन । फेरी अहिलेको संबिधानमै संशोधन गर्न दुई तिहाई बहुमत नभए पनि हुने र खासै विवादको सामना पनि गर्नु नपर्ने भएरै होला नी “संशोधन” हरुको बाढि नै आईरहेको ।

      राष्ट्रिय महत्वका पदको लागि नेपाली बाहेकको भाषामा “शपथ” को व्यवस्था गर्नु भनेको वास्तवमा नेपाली भाषाको मात्र अपमान हैन कि समग्रमा देशकै ठुलो अपमान हुने कुरा के ति सभासदहरुले बुझ्न नसकेकै हो त ??

      हाम्रा राजनीतिज्ञहरुको राजनीतिक अकर्मन्यता र नैतीकहीनता बढ्दै अधिकतम विन्दुमै पुगी “सिक्किमिकरण” तिरै अग्रसर होलाकी भन्ने आशन्का पो उब्जिन लाग्यो यो मनमा………..

      तसर्थ

      माइसन्सारको टिमले हरेक राजनीतिक दलहरु अनी सरकारसम्म पनि यस व्लगमा प्रकाशित राम्रा र तार्किक “सल्लाह-सुझाव अनी गुनासो” पुर्याउने व्यवस्था गर्नु पर्ने आवश्यकता बढ्दै गएको देख्दै छु म त ।

      अनी कृष्ण गोपालजीको ‘नेपालका बिकास तथा निर्माणका सम्भाब्यताहरु’ चलाऊनु पर्ने सुझाव त एकदमै स्वागत योग्य छ नि हैन र ?? यसबाट हामीहरुमा सकारात्मक सोच अनी सामुहिक छलफल बढ्ने हुँदा देशको र समग्रमा नेपालीकै हीत हुने हैन र ?? अब यहाँ अनुरोध के भने यो प्रस्ताव कसवाट आयो भनेर विवाद गरी समय खेर फाल्नु भन्दा छलफलमै ध्यान केन्द्रित गर्ने कि ??

      itsnabin@yahoo.com
      तौलिहवा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिनय

      यो डाकाले के नेपालिमा सपथ लेला यसले गाजा चरेस काण्डका अभियुक्तलाई समेत सफाई दिएको रे ? यो त तराईको तागाधारी हो निकै बाठो हुन्छ तर बल्ढांग खान्छ। टि भि मा यसको अनुहार आयो भने मत बन्द गरीदिन्छु। यो भारतिय दलाल हो यसलाई देशको केही माया नै छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shantdil

      त्यो अटेरी चरेशनन्दलाई दिने तलब भत्ता जाजरकोटका जनतालाई हैजाको उपचार खर्चमा दिंदा के हुन्छ होला ? झाले ओगटेको उपरास्ट्र पतिको पदको काम छैन जस्तो लाग्छ मलाई.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Despremi

      jajarkot ma mannche haijale mareko thah chhaina chor haru lai sapath ra aru kura garnai thikka chha….pagal neta…janata mareko dekhne koi chhaina bekar ko tensions matra!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAj

      हे नेता भनौदा भारतका दलालहरु हो तिमिहरुको अशली अनुहार अब छर्लंगा भैसक्यो. अर्को चुनाब हुन्छ हुदैना त्यों ता संकाई छ तर भयेछ भने चाही तिमीहरु भोट माग्नाका लगी नाअउनु. तिमिहरुको प्रभूले सबै कुरा गरिदिने भएपछि, तिमिहरुलाई नेपाली जनता चाहिदैना.

      नेताको नाममा नेपालको लागि कलंक, भारतले पाल्दै आएको मानब कुकुरहरु हो सावधान

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्र-kaas

      उप-रास्ट्रपतिले चाडो भन्दा चाडो नेपालिमै सपथ नलिएमा सारा नेपालीको आपमान भएको ठानिने छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hillman

      उपराष्ट्रपती चरेसानन्दको यो हैकमवादी अटेरी शैली, बिहरी मानसिक्ताको द्योतक् बाहेक् केहि होईन। नेपाली नागरीक र् उपराष्ट्रपती जस्तो गरिमामय पदाधिकारीको हैईसियतले यदि उस्मा नेपाल् रष्ट्र र रष्ट्रियता प्रती अलिकती पनि जिम्मेवारी बोध् भये नेपाली नागरीकले नेपाली मा शपथ् लिनु यत्रो माहाभरत् किन।

      नेपाली भयेर नेपालीमा नै शपथ् लिनु त् कताहो कता, अदालत् को आदेश पनि टेर् पुच्छर् न लाउने व्याक्ती, उपराष्ट्रपती जस्तो गरीमामय पदमा बस्नु राष्ट्रघात् हो। यस् कारण् यदि चरेसानन्दमा अलिकती पनि नैतिक्ता बाँकी छ् भने पद् छाड्नुको विकल्प छैन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mountain

      Nepal could be united nation !! Chinese, Urdu, Bengali, spanish, french , german , hindi etc..

      Good job

      संविधान संशोधन गरियो भने हिन्दी त के, चाइनिज भाषामा पनि शपथ लिन पाइनेछ। जुनसुकै भाषामा शपथ लिए पनि मान्य हुने प्रावधान संविधानमा थप्न लागिएको हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil grg

      Parmanand jee.tapai nepal ma hunu hunchha ramro sanga nepali ma boli rakhnu bhachha.pheri bhannu hunchh nepali bhassa bolna aaudain k ho yo natak nepali ma sapath nakhaya natra ghass[grass] khanu ta aauchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अहिलेको संबिधानमै संशोधन गर्न दुई तिहाई बहुमत नभए पनि हुने र खासै विवादको सामना पनि गर्नु नपर्ने भएरै होला नी ।

      तर हाम्रा राजनीतिज्ञहरुमा भएको नैतीकहीनता बढ्दै अधिकतम विन्दुमै पुगी “सिक्किमिकरण” तिरै अग्रसर होलाकी भन्ने नमिठो आशन्का पो उब्जिन लाग्यो यो मनमा………..

      तसर्थ

      माइसन्सारको टिमले हरेक राजनीतिक दलहरु अनी सरकारसम्म पनि यस व्लगमा प्रकाशित राम्रा र तार्किक “सल्लाह-सुझाव अनी गुनासो” पुर्याउने व्यवस्था गर्नु पर्ने आवश्यकता बढ्दै गएको देख्दै छु म त ।

      अनी कृष्ण गोपालजीको ‘नेपालका बिकास तथा निर्माणका सम्भाब्यताहरु’ चलाऊनु पर्ने सुझाव त एकदमै स्वागत योग्य छ नि हैन र ?? यसबाट हामीहरुमा सकारात्मक सोच अनी सामुहिक छलफल बढ्ने हुँदा देशको हीत र समग्रमा नेपालीकै हीत हुने हैन र ?? अब यहाँ अनुरोध के भने यो प्रस्ताव कुन समूहवाट आयो भनेर विवाद गरी समय खेर फाल्नु भन्दा छलफलमै ध्यान केन्द्रित गर्ने कि ??

      itsnabin@yahoo.com
      तौलिहवा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      यस्ता भारतीय दलालले के लेला नेपालीमा शपथ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biswaraj sharma

      sapath junai bhasa ma khaye pani sapath anusar kam gare po.euta bhasa ko lagi yetro jhagada garne manchhe le ke aafno pad ko dayotto pura garla ra kahe?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      परमानंदा झा येदी नेपाली को छोरो हो र उ संग नेपाल को नेपाली नागरिकता को परमाण पत्र छ भने अबश्ये उसले नेपाली भाषा लेखन अनी बोल्न जानेको हुनु पर्छ , येसै को अधार माँ उनले नेपाली माँ सपथ लिने पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram bd lama tamang

      Yesle Nepali ma sapath linaiparcha, nabhaye jancha India tira…….. tara afsoch, Nepal ka sabai thula bhanine dal haru India ko pichalaggu bhaye…………………..है देशभक्त साथीहरु.!!!!!!!……..माओबादी हरुले देश तुक्र्युना पर्छ भन्ने तराई का इन्डियन दलाल दल हरु संग मिलेर सरकार बिरोधि आन्दोलन गर्ने रे..कान्तिपुर को समाचार अनुसार………. थुक्क मोर हो ……… सत्ता को लागि तिमीहरु एती सम्म गिर्र्यो है….सत्ता को लागि देश लाई बन्धकी राख्ने ??????……… ४० लाख इन्डियन आप्रबासी लाई नागरिकता बढ्ने यी माओबादी र कथित ७ इन्डियन दलाल हरु ले चाडैनै देश लाई इंडिया को प्रान्त बनाउदै छन्……………. होसियार !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
      फेरी येही बेलामा..२२ दल को बैठक ले संबिधान संसोधन गरेर भएपनि उपरस्त्रपति लै बचाउने निर्णये गरेरे……… त्यो हुन दिनु हुदै हुदैन………नेपाली भाषा को बिरोध गरेर हिन्दी लाई रास्ट्रवासा बनाउने धेरै ठुलो सदेंत्र हुदै छ. यो योजना अनुसार संबिधान संसोधन गर्नेले भोलि नेपाल लाई सिक्किम बनाउनको लागि पनि संबिधान संसोधन गर्दैनन भन्ने के छ????????? यो कुरामा माओबादी चाही किन चरेसानन्द लाई राजिनामा दे भन्न सक्दैन?????? तर उसलाई पनि मदिसे भोट गुम्ला, अरु इन्डियन दलाल तराई का उसको साथि फोरम रिसौला, त्यो भन्दा पनि बढी इंडिया रिसौला भन्ने छ……………… यी नेपाल का ९५ % पार्टी हरु नै इन्डियन दलाल हरु हुन्……….. यिनीहरु ले इंडिया रिसाउने केहि काम गर्न सक्दैनन…….. आखिर मालिक न पर्यो…………थुक्क हामि नेपाली हरुको भाग्य!!!!!!!!!!!! जाति-भाषा-धर्म मा राजनीति गर्ने इन्डियन दलाल हरु मुर्दाबाद!!!!!!!!!!!!!!! एस्तो कुरामा राजनीति गर्ने दलाल हरु लाई कडा भन्दा कडा कारबाही गर्न पर्छ……….. चाहे ति माओबादी, एमाले , काँग्रेस हुन् या अरु इन्डियन दलाल पार्टी हरु……………….. जय नेपाल…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाली भाषालाई लात मारेर बिदेशी भाषा हिन्दीमा सपथ लिने राष्ट्रपती उप
      परमानन्द झा र हिन्दीमा सपथ ख्वाउने यि देशका दुश्मन हुन। आज नेपाल लाई एक भारतीय स्टेट को रुपमा देखेको छ । तराइका राजनीतिक पार्टी को बिरोध गरेमा आफ्नो सरकारलाई खतरा हुने देखेका छन ( नेका, एमाले)नेताहरुले खाली भोट बैक को राजनीति गर्छन् देश भाडमा जवोस यि नेताहरुलाई के को मतलब!पहिला देश रहे न सरकार रहने हो.” बिनास काले बिपरित बुद्दी”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pramod

      परमानन्द झाले “मलाई नेपाली आउँदैन” भनीसके| झाको नोउटण्की के हो भन्ने सबैलाई राम्ररी थाहा भएको कुरो हो|यस्तालाई उपराष्ट्रपती जस्तो गरिमामय पदमा बसिरहन ठीक छैन| माओवादीको रिसले र आफु राष्ट्रपती हुन नपाएको झोकमा गिरिजाले रामबरन र झालाई जिताएका हुन | गिरिजाको जैलेपनी आफु र परिवारको मात्र पहिले हेर्ने अदुरदर्शी नीतिले देश डुबायो|एमालेको झाले माले नीतीले गर्दा यो सब हुन गएको हो| सर्बोच्चले पनि अहिले नगरे पनि हुन्छ भनेर के सन्देश दिन खोजेको होला त!

      झामा अलिकता पनि नैतीकता बाकी छ भने राजी नामा दिनपर्छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुनिल

      अब यो शपथको विवाद उपराष्ट्रपति परमानन्द झाको मात्र विषय रहेन र आजको २२ दलको उपराष्ट्रपतिलाई नेपालीमा शपथकोलाई आग्रह गरिने भन्ने निर्णयलाई पहाडिया हेपाहा प्रवृतिको रुपमा मदेशी समुदाय र दल लिने छ। नेपालमा हिन्दी भाषालाई राष्ट्रिय भाषा वा सम्पर्क भाषाको रुपमा स्थापित गर्नु पर्छ भन्ने एक खेमा २००७ साल देखि नै सकृय रहि आएको छ। पछिलो शपथ प्रकरण यस्लाई अझ वैधता प्रधान गर्न चालिएको पूर्व नियोजित घटनामात्र हो र यो सवालाई मदेशिकरण गरेर नेपाली भाषी र अन्य भाषीहरु विच कटुता ल्याउन बाट प्रेरित पनि छ। तराईमा विभिन्न भाषा भाषीहरु भए पनि हिन्दि भाषालाई नै किन सम्पर्क भाषाको रुपमा स्थापित गर्ने चाहन्छ भन्ने विषयमा विभिन्न तर्क गर्न सकिएला तर बलियो तर्क के हुन सक्छ भने मदेशवादि दलहरु दिल्ली सँगको नजिकिन चाहन्छ। उपराष्ट्रपति परमानन्द झाले नेपालीमा शपथलिइ भने सम्पर्ण मदेशले हारको रुपमा लिन सक्छ र यसको परिणाम अन्तन प्रत्युकपादक नै हुन्छ।
      पहाडियाहरुले हिन्दि भाषाको विरोध गर्नु भनेको सांकेटिकरुपमा भारतिय हैकमवादको विरुद्द पनि हो भन्ने अलांकारिता बोकेको देखिन्छ तर वास्तवमा यो हिन्दीभाषा हाम्रो घर आँगन र चुलो सम्म पुगेको कुरालाई बिर्सिदिन्छौं। आधुनिकरण सँगै भित्रिएको भारतिय टिभि र हिन्दी सिनेमाले गरेको साँस्कृतिक अतिक्रमणलाई हामी जानि जानि वैधता दिइ आएका छौं र केहि वर्ष अगाडि सम्म सुन्दै नसुनिएका भारितिय संस्कृति आज नेपालीहरुको अपरिहार्य अंग बनि सकेको छ् र यो संस्कृति अतिक्रमण भाषिक भन्दा भयंकर हुन सक्छ र विस्तारै मन्द विष झैं फैलिन्दो छ। यसमा नेपालीहरु बेलैमा सचेत नभए हाम्रो स्वतन्त्र साँस्कृतिक अस्तित्व विलिन हुने अवस्थामा पुग्ने वाला छ र त्यस वेला भारतले हामीलाई निल्नै पर्दैन हामी नै मुखमा पुगि सकेको हुने छौं।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhandari kanchho Germany

      आफुले मान पाउन अरुको सम्मान गर्न सक्नु पर्छ भन्ने नजान्नुले हाम्रा उप यती बिघ्न बिबादित हुन पुगे! हुनत सिमा पारी दक्षिण का लाई सम्मान टक्र्याएका होलान । आखिर तिनको बास्तविक् धरातल पनि समग्र नेपाली राजनीतिग्य हरु सँग मेल खाएको छ। दिल्लिको बिल्ली ले म्याउ गर्दा सातो जाने हरुको जमात न पर्‍यो। अब नेपाली मा सपथ खाए का नखाए घीच भन्या जस्तै होला यिन लाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxman subedi

      भारतले कस्तो संकेत गर्छ तेसैमा भर पर्छ सुन्नमा आएको अनुसार माधव नेपाललाई भारतले उपरास्त्रपतिलाई नेपालीमाँ सफद गर्न लगायो भने सरकार ढालने चेतावोनी दिएको छ रे तैपनी भारतले के भन्छ तेहि अनुसार २२ पार्टी चल्छ किनभने यिनीहरू सदिऔ देखि भारतले पाल्दै आएको कुकुरहरु हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुनिलजी, अती डरलाग्दो सम्भावनालाई एकदमै प्रस्ट रुपमा प्रस्तुत गर्नु भएकोमा हार्दिक धन्यवाद ।

      वास्तवमा यो “हिन्दी” समस्या अब भाषा मै सिमित छैन । त्यसैले नेपालीलाई माया अनी सम्मान गर्ने हामी सबै नेपालीले व्यक्तिगत रुपमै प्रयास थाल्न अबेर नगरु भन्ने अनुरोध अप्नी ।

      itsnabin@yahoo.com
      तौलिहवा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subechha Malla

      Mr Sunil…hindi language boldei ke manchhe atikarmak bhashik bhanda bhanyankar pani huna sakcha? hajjur ko soch katiko gahiro hundei gako? nepal ma bhasa ta english pani bolni chalan chha, teso bhaye usko parinaam ko lagi pani hami le ready huna paryo. yaha manchhe le bhashik nabhayera samajik banyo bhane thik hola ki?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      नेपाली भइकन नेपाली सिक्न नखोज्ने, नेपाली बोल्न नखोज्ने, नेपालीमा टाइप गर्न नसिकेर रोमन नेपालीमा कमेन्ट लेख्ने माइसंसारका कमेन्टदाताहरु झैँ चरेशानन्दले पनि रोमन नेपालीमा लेखेर शपथ खानेछ। बिचरालाई के को दोष? न्याधिश पद खुस्केपछि उत्तै दरभंगा तिरै धेरै बसे होलान्, नेपाली भुले होलान्!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      ताइँ न तुइँका प्रतिक्रिया लेख्न उक्साउनेहरू कता हराउनुभयो ? भारतको कुरा आयो कि खै हाम्रा मित्रहरू लैनचौरतिर घाँस चर्न जानुहुन्छ कि के हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Gopal Shrestha

      मित्र पुष्प जी,
      नमस्कार ! ! !

      ”मै खाउं मै लाउं सुख सयल वा मोज मै गरुं
      मै हांसु मै बांचु अरु सब मरुन दुर्जन हरु”

      संसार का सबै प्राणी स्वार्थी भयको प्रमाण त फेरी लेखी रहनु पर्दैन होला तर पनि मैले बोल्ना साथ पुष्प जी हरु ब्यापार को बहाना मा खासा तिर पस्नु हुन्छ कि भनेर चुप लाग्या हो।
      अब बोलाउनै भयो त केही बोल्नै पर्‍यो।
      घुश खाने जत्ती दोशी छ घुश दिने त्यो भन्दा बढी दोशी हुन्छ।
      चोरी गर्ने जत्ती दोशी हुन्छ चोरी गर्न उक्साउने त्यो भन्दा बढी दोशी हुन्छ।
      अपराध गर्ने त दोशी छंदैछ त्यो अपराधी लाई जोगाउने अपराधी भन्दा १०० गुणा बढी दोशी हुन्छ।
      उप-रास्त्रपती परमानन्द झा ले नेपाल र नेपाली को अपमान गरेकै हुन , त्यस्को सजाय त उन्ले पाउलान नै तर नेपाल र नेपाली जनता को अपमान गर्ने राष्ट्रघाती ब्यक्ती लाई सही हो भनी लाल छाप लगाइदिने महांमहिम प्रचन्ड हुन राष्ट्रिय पोशाक को मान मर्यादा तोडी। परमानद झा को बिरुद्द मा देश नै जली रहेको बेला मा प्रचन्ड को शपथ ग्रहण ले त्यो आगो मत्थर पारेको हो , हुन त त्यो सवाल मा प्रचन्ड लाई देशभक्त नै भन्नु पर्दछ नत्र देश पुरै जल्न सक्थ्यो।
      अर्को कुरा, प्रचन्ड प्रधान मन्त्री भय पछी सबै कुरा मा क्रम भङ्ग भयकै छ। नेपाल कहिल्यै अरु बाट शाशित नभयको देश। अब प्रचन्ड को हात बाट भारत लाई नै सुम्पने हो कि? त्यो पनि महान क्रम भङ्ग मा पर्छ।
      वाह ! २१सौं शताब्दी का क्या सफल प्रधान मन्त्री।
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash Tuladhar,New York

      Krishna Gopal jee lai Dosh nadinush hai ,krishna Gopal jee Ta Krishnaa Janmaastami manauna patan Janu Bhayechha ra ma,prakash Tuladhar Sanga Phone ma Barta garirakhnu Bhayechha.
      Krishna Gopal jee लैनचौरतिर घाँस चर्न जानुहुन्छ कि के हो ? Nabhannush hai,KG jee Ta लैनचौर le Banayeko Maiti ko Saashu ko Birodhi Hun.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Gopal Shrestha

      मित्र पुष्प जी,
      नमस्कार ! ! !

      अरु त भारतीय दलाल मात्र परे प्रचण्ड त भारत र चाइना का पनि दलाल परेर पो त समस्या।
      नेवारी मा एउटा उखान छ ‘ पराल चोर् लाई निकालेको त धुसुन चोर् को फेला पर्‍यो’

      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      कृष्णजी,
      तपाईंको कुरा पढेर आज मज्जाले हाँसे । धन्यवाद । यस्तै ठट्टा गर्दै गर्नुहोला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kukur ra biralo khojna aba kahi jana naparney bhayo. My sansar ko comment box ma gayera Krishna Gopal ra Puspa ji ko comment herda, kukoor ra biralo ko jhagada jastai huney raicha. Hoina ko chai kukoor ra ko chai biralo raicha??????

      2 jana ko guf padna dherai majja audo raicha.

      Thanks ajhai ladi rakha !!!!!! kahi yo jhagada pani sambidaan ko lagi ta hoina???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Gopal Shrestha

      मित्र पुष्प जी,
      नमस्कार! ! !
      कस्तो मन को कुरा बुझ्नु भयो तपाईं ले। म पनि आज निक्कै हांसे तपाईंको यो प्रतिकृया ले।
      धन्यवाद
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      कुरै नबुझी पागलहरूमात्र अरु हाँसेको देखेर हाँस्छन् । चाँडै लगनखेल जानुस् कृष्णजी ।

      (मेरोसंसारका मित्रहरू, माफ गर्नुहोला यस्ता प्रतिक्रियाहरू पनि दिने दिन आए ।)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      कृष्ण गोपाल जी चाहि दलाल को पनी दलाल, जस्तै:
      भारत को दलाल सुजाता, सुजाता को दलाल धमाला, धमाला को दलाल कृष्ण गोपाल जी. अंग्रेजी माँ great grand son भने जस्तै great grand broker.

      कृष्ण गोपाल को बौद्दिक दरिद्रता को example:
      “प्रचंड भारत को पनी दलाल, चाइना को पनी दलाल” रे. भारत र चाइना को राजनितिक ध्रूब, कुटनीतिक दाउपेच एक अर्का को बिपरीत हुदा हुदै पनी यी दुबै को दलाल हुन संभव छ? आखिर “टेप recorder माँ जे rrecord गर्यो तेहि बज्ने न हो”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      कृष्ण गोपालजी सप्रेछ भनेको त जस्ताको तस्तै रहेछ। तरकारी, फलफुल, मासु र दुग्ध पदार्थहरुको उत्पादन र बजार ब्यवस्थापनबारे भटाभट ज्ञान दिन थालेका कृष्णजी एक्कासी प्रचन्डलाई सन्दर्भहीन गाली गर्न थाल्नु भयो। काँग्रेस हाइ कमाण्डबाट गाली गर्नु भनेर उर्दी आयो की? जो चोर, उसैको ठुलो स्वर! लघुताभासले पीडित भएर काँग्रेस बडबडाउनु थालेको यो लक्षण हो। धेरै कुरा किन गर्नु,पशुपतिको भारतीय भटट निकाल्न खोज्ने प्रचन्ड भारतभक्त्त की त्यो भटट निकाल्न पाइन्दैन भन्ने गिरिजा? नेपाली जनताले को भारतभक्त भन्ने कुरा त जमानामै खुटट्याइ सकेका छन्। कृष्ण गोपालले हजारै कमेन्ट लेखेर माइसंसार ढाकेपनि झुठो टिक्दैन र साँचो डग्दैन—–

      शशांक लामा
      न्युयोर्क

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      sasang jee

      आखिर tep recorder माँ जे record गर्यो तेहि बज्ने हो नि? स्याल ले जति निलो पोते पनी एकदिन आफ्नो रूप देखाएको कथा पढ्नु भएको छैन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nawin

      चरेसनंद ले सफाई दिएको ब्याक्ति को हो?
      तनहू को सुन्दर ठाम बन्दीपुर नेर बाहुन्भंज्यांग भन्ने ठाम छ. त्यों ठाम को एक गुरुंग केटा दिल बहादुर गुरुंग काठमांडू आएपछि दरबार माँ समेत लिंक भएको मेहर सिंग गुरुंग को छोरी( सामाखुसी) निवासी को छोरी बिबाह गर्यो र पंचायत काल भरी दरबार को आड़ माँ लागू पदार्थ को कारोबार गर्यो. बहुदल आएपछि, अंतरिम काल माँ नै यो दिल गुरुंग हांगकांग बिमान्स्थल माँ ठुलो लागू परिमाण को लागू पदार्थ सहित पक्राऊ पर्यो र लामो समय जेल जीवन बितायो तर के कसरी हो उसको सजाय नेपाल माँ काटने गरेर नेपाल माँ पठैएयो. उक्त दिल गुरुंग को बहिनी ज्वाई प्रीतम बहादुर गुरुंग तनहू नेपाली कांग्रेस को कार्यकर्ता र २०४९ साल को स्थानीय निर्बाचन माँ नेपाली कांग्रेस को तर्फ बाट आबू खैरेनी गाबिस को निर्बाचित उप अध्यक्ष हो र उसको रामचंद्र पौडेल र गोविन्द राज जोशी संग राम्रो सम्बन्ध भएको र नेपाली कांग्रेस को सरकार भएको मौका पारेर उक्त दिल गुरुंग को सजाय मिनाह गरियो. काठमांडू को चरेश किंग भनेर चिनिने दिल गुरुंग अहिले रिंगरोड बाहिर धापासी को गोरखापत्र ले अधिग्रहण गरेको जग्गा नेर भब्य घर बनाएर बसेको छ, उक्त दिल गुरुंग नै ३५ करोड़ बराबर को चरेश क्यानाडा पठाउने क्रम माँ समातिएको हो र ९ लाख धरौती माँ रिहा भएको हो. ३५ करोड़ को चरेश सहित समातिएको बयाक्ती ९ लाख धरौती माँ छूटिएको छ र त्यों फैसला गरें बयाक्ती यिनी परमानन्द झा हुन. उक्त चरेश किंग दिल गुरुंग रामचंद्र पौडेल र गोविन्द राज जोशी को राम्रो चंदादाता पनी हो. एमाले बिद्यार्थी नेता भाबिश्वर गुरुंग ले उक्त दिल गुरुंग को साली लाइ बिबाह गरेका थिएय शायद अहिले सम्बन्ध बिच्छेद भैसक्यो. म उ दिल गुरुंग को गाउले (बन्दीपुर ) को बासिन्दा भएको ले माथी का कुरा गरेको हो र समाचार सत्यता को लागी भाबिश्वर गुरुंग संग संपर्क राख्न सकिन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      धन्यबाद नवीन जी
      जानकारी दिनु भयो. चरेश बोक्ने, मूर्ति चोरने, ठूला ठूला भ्रस्तचार गर्ने, रास्त्र्घात, जन्घात गर्ने कांग्रेस र उसका आसे पासे मात्र हुन्छन् ९९%. यो दिल गुरुंग र उसको जवाई जस्तै. सत्ता को आड़ माँ गैर्ह कानूनी काम गर्नु कांग्रेस को आम चरित्र नै हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman Subedi

      कृष्णगोपाल जी कुन आधारमा भन्नु हुन्छ की प्रचंडको हातबाट नेपाल भारतलाई सुम्पिनेवाला छ भनेर जो चोर उसैको ठूलो स्वोर नेपालको इतिहासमा कलंकित र भ्रस्ट्र भनेर कहलीयेकाहरु मिलेर बनेको पार्टी लाई समर्थन गर्ने तपाईको बुद्दिको के कुरा गर्नु? येता कमेंट्सहरुमा पडेकै जस्तो तपाई साचै लैनचौर तीर दिनमाँ दुई तिन पटक चर्न गएको हुनुपर्छ सामाजिक रुपमा केही राम्रो नै सोचने हो तपाई तर राजनैतिक रुपमा तपाई घास चरने खाल्कै पाये महिले.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Gopal Shrestha

      आदरणिय Sheela जी,
      नमस्कार ! ! !

      जिज्ञासा का लागि धन्यवाद।
      हाम्रो प्रश्न उत्तर को सिल्सिला चल्दैछ र चल्नु पनि पर्छ यो एउटा बादबिबाद जस्तो पनि हो एद्देपी mahesh जी ले जवाब नदियता पनि म जवाब दिन चाहन्छु र अन्तिम निष्कर्श का लागि हजूर नै हुनु हुन्छ।
      मानिस चेतनशिल प्राणी हो र बिबेकी भयर काम गर्ने उस्को दायित्वो हो। यदा कदा कुनै ब्यक्ती ले गलत काम गर्दै मा संपूर्ण मनुश्य जगत लाई नै खराब भन्नु उचित जस्तो लागदैन तर पनि हामी प्रतिशत कै हिसाब मा असल र खराब छुट्ट्याउछौं। गलती हुनु र गलती गर्नु मा आकाश पाताल को फरक छ भन्ने कुरा पनि म निबेदन गर्न चाहन्छु।
      समय चक्र कसैले पनि रोक्न सक्दैन यो अबिरल छ साथै समय अनुसार नचल्ने हरु कती धुलो मा मिस्सिय कती नास्सिय। भुत काल लाई हामी शिक्षा र अनुभब को रुप मा हेर्छौं भने भबिश्य लाई सन्तती का लागि।
      हिजो का दिन हरु मा कस्ले कती गलती गरे भनेर मुल्याङ्कन मा दिन बिताउनु भन्दा भोली का दिन मा त्यो गलती नदोहोरियोस भन्ने गृह कार्य गर्दा सफल हुन सकिन्छ।
      संसदिय निर्वाचन पद्दति मा ”जनता द्वारा, जनता का लागि र जनता ले” नै प्रतिनिधि छान्ने प्रकृया भयको ले जो जस्तो ब्यक्ती निर्बाचित भयर आय पनि उस्को क्षमता को उपयोग गर्नु राज्य को कर्तब्य र उस्को दायित्त्वो हुन आउंछ तर कस्ले कुन आधार मा कसरी निर्बाचित गरायो भन्नु मुर्खता देखाउनु मात्र हो।
      यहाँ सवाल छ परमानन्द झा जी को। आज का मिती मा उप-रास्त्रपती जस्तो सम्मानित पद मा बस्नेले राष्ट्र बिखण्डन हुन सक्ने गैर कार्य गर्नु निस्चय पनि निन्दनिय छ साथै सजाय को भागीदार पनि हुनु पर्दछ तर त्यही ब्यक्ती लाई निर्वाचन मा उम्मेद्वार बनाउने MJF लाई साथ लियर सरकार चलाऊन्जेल प्रचन्ड जी कसरी चोखो भय? के समर्थन हुनु मा र नहुनु मा पद को फरकता भेट्टिन्छ? बर्तमान नेपाल मा जे जती राजनीतिक घटना हरु भय ति सबै मा प्रचन्ड जी को शतप्रतिशत हात रहेको त कसैले लुकाउन सक्दैन तर किन यो काण्ड मा एक जना उप-रास्त्रपती, गिरिजा र ए मा ले अनी पुरा मधेश लाई उक्सायर अस्थिरता नित्याउने कोशीस गरियको छ? के नेपाली हरु लाई सुख शान्ती संग बस्न दिने प्रच्ण्ड जी को मन मा छैन?
      जनता को नागरिक सर्बोच्चता का लागि लड्ने हरु किन एक भाषा भाषी का बिरुद्द मा खनियका छन? के गणतन्त्र को मुल मन्त्र त्यही हो?
      स्मरण रहोस् हाल को अवस्था मा चाइना मा अङ्ग्रेजी भाषा समस्या ले गर्दा ब्यापार ब्यवसाय मा कती पछाडि रहनु पर्‍यो त्यो पनि मनन योग्य नै छ किन भने भारत मा अङ्ग्रेजी दोस्रो भाषा भयकै नाता ले Computer Software लगायत अन्य बस्तु मा भारत को बिदेश ब्यापार ले संसार ढाकी सक्यो, के हामी देश भित्र कै बिबाद मा कती अल्झिने?
      होइन अब अर्को जन क्रान्ति नै गर्ने हो भने माओवादी ले छिट्टै घोषणा गर्न सक्नु पर्‍यो वार कि पार !
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker