मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सलाम छ बाराका साथीहरुलाई

    गएको साता खोकनाको देय् पुखु जात्राबारे एउटा ब्लग लेखेको थिएँ। एउटा पाठोलाई पोखरीमा फालेर युवाहरुले लुछाचुँडी गरी जात्रा बनाउने क्रुर परम्परालाई कहिलेसम्म परम्पराको नाममा कायम राखिरहने भन्ने प्रश्न त्यसमा गरिएको थियो। यो साता एउटा राम्रो खबर आयो बाराबाट। आखिर गरे के नहुने रहेछ त ? बाराका दलित भनिने साथीहरुको समुदायले केही बुढापाकाहरुको असन्तुष्टिलाई बेवास्ता गर्दै सुँगुरलाई यातना दिएर बलि दिने परम्पराको यो वर्षदेखि अन्त्य गरेका छन्। सुँगुरको बलिको साटो खिर चढाएर अहिंसक पूजा गरे उनीहरुले यो वर्ष।


    त्यहाँ संसारीमाई नामकी एक देवी रहिछिन्। हरेक वर्ष एउटा सुँगुरलाई यातना दिएर बलि दिइन्थ्यो। अनि त्यो सुँगुरको मासुलाई देवीको प्रसाद भन्दै घरघरमा बाँडिँदो रहेछ।

    कान्तिपुरमा प्रकाशित समाचार अनुसार यो क्रुर परम्परा हटाउन १० वर्षदेखि प्रयास भइरहेको रहेछ। तर सफल हुन गार्‍हो भइरहेको रहेछ। हरेक वर्ष बलि रोक्ने सहमति हुँदो रहेछ। तर कार्यान्वयन भने नहुने रहेछ। अन्ततः यस वर्ष भने उनीहरु सफल भएछन्।

    उत्तरझिटकैया ५ र ८ का दलितले हत्याहिंसा रोक्न र धार्मिक सदभाव कायम गर्न यसरी बलि दिने रुढी परम्परा तोडेका हुन्, समाचारमा भनिएको छ। ।

    अरूको देवता मिठाईबाट खुसी हुने हाम्रो संसारीमाई चाहिँ खुसी किन नहुने भन्ने तर्क गर्दै सबै जना परम्परा फेर्न सहमत भएछन्। आखिर गरे के नहुने रहेछ त ?

    अझ पहिले संसारीमाईको प्रसाद महिलाले खान हुन्न भनिँदो रहेछ। यस वर्ष भने खिर प्रसाद महिलाले पनि मज्जाले खाएछन्।

    संसारीमाईलाई बलि दिँदा गाउँका सुत्केरी महिलालाई बच्चा जन्माउन समस्या नहुने, हुरी बतास, दैवी प्रकोप, प्राकृतिक विपत्तिलगायतबाट बचिने विश्वास रहेछ। युवाले प्रशंसायोग्य काम गरे पनि केही वृद्धवृद्धा भने अनिष्ट हुने आशंकामा डराइरहेका रहेछन्।

    भगवान सबको कल्याण चाहन्छन्। आफ्नै सृष्टि कुनै एउटा सुँगुरलाई यातना दिएर मारियोस्‌ भनी भगवानले चाहेका होलान् र। त्यसैले अनिष्ट हुँदैन, नहोस् भन्ने कामना।

    No related posts.

    81 comments to सलाम छ बाराका साथीहरुलाई

    • dhiraj

      sansari mai lai bali dine prachalan nepal ko dherai gau ghar ma cha. tara dherailai thaha nahuna sakcha. well aba aru le pani tehi udaharan follow garun bhanne kamana cha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nischal Pradhan

      sacchikai prasasniya kam ho yo. mero pani salam cha !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • p. gurung

      http://www.nagariknews.com/news-highlights/139-highlights/4012-2009-08-15-03-39-20.html

      lau abo yo samachar pani herne ki

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhagya

      I am just wondering is these all the commentor are vegitarian? If so I have nothing to say and i am agree with them and their views but if not who poop the meat for them?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manas

      happy to read good news

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sharma

      This is a good step and home across the country follow the Bara’s philosophy, so that in the future every animal can live their life better.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khusi

      कुनै पनि गलत परम्परा हटाउन नयाँ विश्वासको जन्म हुनु जरुरी छ। नयाँ विश्वासले पुरानो विश्वासको ठाउँ लिन सक्नु पर्दछ।
      संसारीमाईलाई बलि दिँदा गाउँका सुत्केरी महिलालाई बच्चा जन्माउन समस्या नहुने विश्वासको ठाउमा स्वास्थ्य केन्द्रहरुको विश्वासले जित्नु जरुरी हुन्छ। यस्तै हुरी बतास, दैवी प्रकोप, प्राकृतिक विपत्ति रोक्न विज्ञानको विश्वास गर्नु जरुरी पर्छ।
      उचित शिक्षाले नै हामीलाई वास्तविक्ता देखाउछ, नयाँ विश्वासको सुरुवात गराउछ । शिक्षाको बिकास सगै यस्ता अन्ध-विश्वासको लोप हुनु स्वाभाविक नै हो। काठमाडौं, गडी माइ सबै तिर यस्ता परिवर्तन आउने नै छन, केवल ढिलो, चाडोको कुरा हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GP

      udaharaniya kaam garnu bhayachha bara ka basindale . yastai budhhi haami sabai lai aaosh kuriti haru hatauna lai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santa

      good job

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SANJIV SHARMA

      SARWAPRATHAM MYSANSAR LAI DHANYAWAD. DHERAI PACHHI HAMRO NEPAL MA PANI SAKARATMAK KHABAR PAINCHHA BHANNE UJAYALO DEKHNA PAIYO.DESH SAMAJ BANAUNE NETA HARU TA JANMENAN AB TA JANATA LE NAI KEHI GARNEBELA AAYO…..
      JILLABASI UTTAR JHITKAIYA KA SATHI HARU “BADHAI”. SANSARI MAI HAMANI SAB KE KALYAN KARIHEN….
      SANJIV SHARMA-KALAIYA, BARA, NOW-CANADA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      STOP ANIMAL KILLING! STOPS MANY DISEASE! GO FOR VEG!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिद्रोही

      धेरै सह्रनिय कार्य गर्नुभएछ बाराको मित्रहरुले। बरु काठमाण्डौका भन्दा सभ्य त तिनीहरुपो देखा परेको छन त।

      यो पनि संस्कृतीलाई प्राणीहिंशा गरेर विकृती संस्कार बिरुद्दको बिद्रोह नै हो। यसरी गर्दै जाने हो भने अवश्य पनि भविष्यमा धर्मको नाममा बलीप्रथा हट्दैजानेछ।

      अस्तु!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chudamani

      good start…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tej

      i welcome that good deed!very positive.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      संसारमा जे जति रीती,सस्कार,धर्म,सिदांत(राजनैतिक बिचार र प्रणाली ) देखिएका छन ती सबै मानब द्वारा नै निर्मित हुन\ जे जस्तो परिस्थिति, सोच,ब्यबहार बिच जे जस्तो रीती,सस्कार,धर्म,बिचार,ब्यबहार देखिएका छन आजको समयमा ती सम्पूर्ण कुरा आज हर मानब,समुदायलाइ ठीक हुन्छ भने जीबन संगै लैजाऊ हैंन भने सुधारौ,सुधार गरेर पनी नहुने भए सबैको सहमतिमा बिना बल्जब्थी बन्द गरौ\ सहमतिमा नआउने बिसयमा चेतना मूलक सामाग्री समाज भित्र फिजाऊ \
      हो कहिले काही रिसमा,आबेगमाँ भन्न नहुने कुरा,सब्द ,प्रसंग उठला त्यसलाई आफैले न्रियंत्रण गरौ, अरुको सल्लाह लिऊ तर बारम्बार घोची रहदा,बिना प्रसंग हरुवा,जनताले फ्याकेका, काटेका(१५०००),मारेका,बैक लुटुवा जस्ता शब्द प्रयोग गरि रहदा भाईचारा,सद्भाब को बदला शत्रुता,मुठभेड़ बडन गई रहेको पाईन्छ\ यसले कुनै पनी ब्यक्ति,बिचार ,समाज ,धर्म लाइ फाईदा हुदैन\ मानब चेतना र समय संगै ब्यक्ति,समाज,राज्य,बिचार संग रहेका मानब बिरोधी भाबना,ब्यबहार,रीती रोकौ \
      समाजमा परिबर्तन एउटा शक्ति मार्फत मात्र हुन सक्दैन \जस्तै समाजमा रहेका भेद्भाब,अन्याय,शोषण,दमनमाँ माओबादी लगायत बाम शक्तिको बलमा सुधार भएका छन तर भिन्न बिचार,रीती,सस्कार,आवाज संगठित हुन,हलचल गर्न कांग्रेश लगाएत अन्य सक्तिको आब्स्यकता र सहयोग रहन्छ \ जीबन पूर्ण कहिले हुदैन र एकै रंगको फूल बगैचामा कहिले सुन्दर हुदैन \
      बाराबासी दाजूभाई,दिदिबहिनीले जून परिबर्तन ल्याए ! यो अडिग रहोस,सहयोग र हौसला मिलोस यसको प्रभाब हर समाज,समुदायमाँ परोस \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देवराज जोशी, कैलाली

      Really good job done by Bara people, thanks a lot Mysansar for publishing this good news, may this idea spread through out Nepal and this country become a zero tolerant to superstitions.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chyangba

      a very positive progress. Hope this will be maintained over time.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nanu

      great!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धेरै राम्रो काम !कृष्णेलाइ धेरै पशु हुने चिन्ता रहेछ ,कृष्णेलाइ नै बली दिएर पशु कम गर्ने हो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijaya

      जे भयेपनी यो एउटा राम्रो सुरुवात हो. नेपालमा यस्ता धेरै कुरितिहरू छन जून सिछयाको अभावले गर्दा भएको हो. हामी जस्ता पढे लेखेका भन्ने हरुले यस्तो बन्द गर्न कोशिश गर्नु पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      राम्रो समाचार ।
      राम्रो शुरुबात् ।
      बधाई छ बाराका साथीहरुलाई ।
      समाचारको लागि धन्यवाद माइसन्सारलाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ekdamai ramroo ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      राम्रो शुरुवात । दैवले सबैलाई शाकाहारी हुने शक्ति प्रदान गरुन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Newman

      बाराका साथीहरूले राम्रो कामको थालनी गर्नु त भयो… तर गढीमाइको मेला पनि नजिकै आउंदै छ |
      त्यहि बारा जिल्लाको बरियारपुर भन्ने ठाउंमा प्रत्येक ५-५ वर्षमा लाग्ने गढीमाइको मेलामा विश्व कै सबै भन्दा बढी जनावरहरूको बलि दिइन्छ | यसको हरेक चोटी WWF ले निन्दा गर्दै आएको छ तर त्यसले जनावरहरूको बलि दिने प्रथामा कुनै फरक परेको छैन | यस मेला मुसाको बलिबाट सुरु हुन्छ त्यसपछि बोका, राँगा, हाँस, कुखुरा, सुँगुर, बँदेल र परेवा सम्मको बलि दिइन्छ र यो १-२ वटा हैन, दर्जनौमा मात्र पनि हैन, १००यौ मा पनि हैन हज्जारौमा बलि दिइन्छ | र नेपाल, भारत तथा तेस्रो मुलुकबाट पनि पचाशौ लाख भक्क्तजन र दर्शर्नार्थी त्यो मेला भर्ना आउन्छन |

      साथीहरुलाई यहि ब्लग बाटै खबर दिउँ त्यो महान मेला यहि मंगसिर महिनामा पर्छ | यदि त्यसलाई रोक्न सके ठुलो उपलब्धि हुने छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sudarshan

      sathi haru lets ignore krishna gopal comments in my sansar!!! usle jasto comments lekha pani, hami haru le usko comments ma kehi response nagarayau. he is just a sick person…will u all give company to me?

      with regards
      sudarshan….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • राम चन्द्र ज्ञवाली

      माइसन्सार का मित्र हरु रक्तिम जयनेपाल
      बिशेष गरी कृष्ण गोपाल जि लाई
      किन भने १५००० मान्छे को पर्सँग त देश र जनता को मुक्ती को लागि भयको थियो तर पसु बली लाई कसरी दाज्न सक्नुभयो मैले कुरा बुझिन मेरो बिचर मा जो ब्यक्ती देश र जनता पर्ती आफ्नो जीवन समर्पण गर्छन् वहाँ हरु सहिद् हो सहिद को दाजो मा पसुबली दाज्नु भयन
      बली त अन्धबिश्वास को पर्तिक हो
      बेद मा भनिय को छ
      पसुस्चन्य स्वोर्ग दहिगरियसी स्वो पिता यजमानेन तन्त्रकास्मन्यहिदयते
      अथवा +यदी पूजाआजा गरी बथ गरेको पसु स्वोर्ग मा जान्छ भने यजमान हरु किन आफ्नै बाबु लाई त्यसरी बथ गरी स्वोर्ग पठाउदैनन
      भस्मिस्य देह लोकातर्ण्म्य पढेनस्यक अमरत्स्य भबिन जयन्ती + जसले देश र समाज लाई दु:ख पर्दा आफ्नो शरीर नै चढायो त्यो ब्य्क्ती को मृत्‍यु यो संसार रहुन्जेल हुने छैन
      यसै बाट पूस्टि हिन्छ भिन्नता
      धन्यवाद
      राम चन्द्र ज्ञवाली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva

      राम्रो काम हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रशन्सनीय र स्वागतयोग्य प्रचलनको प्रारम्भ गर्नु भएकोमा बाराका ति अगुवाहरुलाई धन्यवाद र निरन्तरताको लागि अनुरोध पनि ।

      अनी माई संसारको टोलीलाई पनि यस्तो समाचारलाई तुरन्तै स्थान दिएर महत्व दिनु भएकोमा हार्दिक धन्यवाद ।

      वास्तवमा “वलि-प्रथा” अत्यन्त क्रुर चलन हो जुन पक्कै पनि पुरानो समयमा मान्साहारको लागि सामाजिक मान्यता बसाउन समाजका अगुवा पाखण्डिहरुले शुरु गरेको हुनु पर्छ । मासु खानै मन भएकाले खाने, कसैले रोक्या त छैन नि तर धार्मिक सन्सकारको नाममा यसो गर्नु एकदमै निम्नस्तरिय कार्य हो भन्ने मेरो ठम्म्याई छ ।

      itsnabin@yahoo.com
      तौलिहवा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      काठ्मन्डौका सुकिला, पढ़े लेखेका तर बिस्नुमतिका किनारमा जिउदै रागों पोलेर खान रमaउने र kathmandou बहिरकालाई पाखे, अशभ्य भन्ने हरुको पशु प्रतिको ब्याबहर सुन्दा र चित्रको पाठो हेर्दा , अणि तिनीहरुको प्रतिनिधि पत्र कृष्ण नाम गरेको मान्छे को लेख हेर्दा, बहुत दया लगेर आयो.

      बधाई छ बाराका साथिहरु! धेरै प्रशंसनीय काम गर्नुभएको छ!

      Raj

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bastaab

      जय होस सबै को कुशल मंगल होस , तै कमाना छ मेरो !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नम्रता/ जापान

      ठीक चलनको सुरुवात गरेछन् । पशुलाई बली दिनु भनेर कुनै शास्त्रमा भनियको छैन बरु मानिस भित्र भयको पशुत्वको बली दिने भनियको हो । न कि निरिह प्राणिहरुलाइ ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Diwakar

      good work

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आकाश

      राम्रो काम हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mohan

      good start….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो एउटा राम्रो सुरुवात गरेको माँ बाराका साथिहरुलाई बधाई दिनै पर्छ ./ एस धरती का सबई प्रानिहरू इस्वर का शांतान हून, आफ्नै शांतान को बलि इस्वर ले कदापि माग्दैनन / यो सब अन्धबिस्वास हो / माशु खाने एउटा बहाना मात्र हो / येही बलि दिने परम्पराले गर्दा हाम्रो देवी देवता को मंदिर रगत ले दुरगंदित र गानाउने हुदै गएको छ./ साथै ठूला चाढ पर्बमाँ हजारौ पशुको ज्यान जाने गरेको छ / येस्लाई रोक्न येस्तै युबा को खाचो छ./ म एस ब्लॉग बाट नेपाली युबाहरुलाई येही आउदो दशैं माँ हुने बलि प्रथा लाई रोकेर नारिवल चधायेर पूजा गर्ने परंपरा को सुरुवात अगाडी लैजान ससक्त अभियान चलौन अनुरोध गर्दछु /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sampurna Tuladhar

      Good starting for good change.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • good..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan paudel

      सकारात्मक र राम्रो प्रयास, अब सबै युवा हरु ले यसरी नै धर्म र प्रचलन को नाम म रहेक बिक्रिती र कुरिती हरु lai हटाउदै janu पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ale

      Hats off to them
      Tons to learn from this paradiagm of awareness.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • akdam ramo kam garechhan bara ka sathi hahrule.samsari mai le sabai ko kalyad garun.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yadav Sharma, Boston

      A good news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Gopal Shrestha

      मित्र पुष्प जी,
      नमस्कार ! ! !

      अनी के संसार नै पशु ले भर्ने? १५,००० टाउको को महत्त्वो थाहा नहुने हरुले एउटा पाठो को लागि किन गोही को आंसु चुहाउने?

      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      कृष्णजी,

      १३-१५ को कुरा यहाँ प्रसंगहीन नै हुन आउँछ । तर संसार नै पशुले भर्ने जस्ता प्रश्न गर्नेहरूले पशुअधिकारको कुरा गर्नु पाखण्डीपनमात्र हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • simit,koirala

      यो क्रिश्नेको पारा देख्दा एउटा कुरा याद आयो | कसैलाई के धंदा घर ज्वैलाई खानको धंदा |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ABin

      सँधै सकारात्मक सकारात्मक भन्दै चिच्याउँदै हिँड्ने कृष्णगोपालको राक्षसी अनुहार यसमा देखियो कसो साथी हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajendra

      manche pani badi rachan dindinai, teso bhaye talai pani bali dine ho ta murkha manushya?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिद्रोही

      कृष्ण गोपाल जी
      तिम्रो मानिसक अवस्था देखेर सार्है दया लागेर आयो।
      अब उदहरणको लागी त्यो पाठाको सट्टा तिमीलाई नै त्यो पोखरीमा फालेर लुछचुडी गर्यो भने मात्रै थाहा पाउछौ त्यस्तो पिडा। भन्ने गर्छ नी अच्चानोको चोट खुकुरीलाई के को पीर ???
      जहिले पनि प्रसंगहीन शब्दहरु प्रयोग गरिरहनुभएको छ। अब यहा प्राणीहरुलाफ बली दिने प्रथा रोक्नुपर्छ भनेर दुनिया कुर्लिरहेको छ तर तिमी चाही प्रसंगबिनाको १५,००० टाउको कुरा गरिरहनुभएको छ। कहा देखी यो प्रसंग आयो यो लेखमा ???? म त अन्योलमा परे बा!! कि पढ्न पो जानिन की यो लेख???!!!
      अनि यो १५,००० टाउको महत्व हामी पाठकहरुलाई सुनाएर गुहार माग्ने होईन यो त केवल जस्ले गरेको छ उसैलाई गएर सुनाउ हामीलाई सुनाएर के को मतलब???

      अस्तु!!!!!!!!!!!@@@@@@@@@@@@@@@@

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash Tuladhar,New York

      krishna Gopal jee,Krishnaa Astami din ma pani yesto kura garnE bhane Tyo pani Bali ko Sandharva.
      १५,००० टाउको को महत्त्वो ??????????????????????????????????
      १५,००० टाउको Maddhe congress ko Hath ma kati Pare Ta ? Maobadi Bhanera Congrssi sathi haru lai Bhuteko Anubhav chhaina?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash Tuladhar,New York

      Khara ko ghatana Padhnush 15000 madhye kehi congressi haru pani thiye bhanera thaha paaune samartha hunechha ,Tapai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तपाई एती सम्म गिर्न सक्नु हुदो रहिछ तपाई को कारण आज देखि मैले यो माइ संसार ब्लग हेर्न छोड्दै छु जहिले पनि राजनीति जे मा पनि राजनीति आखिर कहिले तपाइँ एउटा नेपाली बन्नु हुन्छ ह? मिस्टर कृष्ण गोपाल जी तपाइँ आफु ले आफु लाइ के सोच्नु हुन्छ ह ?१५००० होइन तपाइँ जस्ता कुकुर ले गर्दा १५ लाख नेपाली मर्दै छन् अब हेर्दै जानुस…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      देखायो स्याल ले रंग!
      को जिम्मेवार हो रे १५००० को कृष्ण गोपाल ?अघिल्लो कमेन्ट लेख्ने र यहाँ पागलपूर्ण बकवास गर्ने कृष्ण गोपाल एउटाई हो? कृष्ण गोपाल १५००० को ९५% हत्यारा राज्य(बिशेष गरेर गिरिजा, शेरे, ज्ञाने) हुन. तिनका हुक्के बैठाके को नाता ले कृष्ण गोपाल ले तिनी हरु को काज क्रिया पनी गरे हुन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • harish

      अजब नेपाल माँ गजब हुन्छ. एकल महिला लाइ ल्याएको बजेट को उनिहरु ले नै बिरोध गर्छन, सुन्गुर बलि नदीने भनेको सुन्गुर को आफन्त ( कृष्णे गोपाल ) नै बेखुसी हुन्छन्. बारा का बंधू हो, सुन्गुर को सत्ता येही कृष्णे लाइ चढाउने की मंदिर माँ? कमसेकम यो संसार माँ एउटा फोहोरी जनवार त कम हुन्थ्यो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tej

      अनी के संसार नै पशु ले भर्ने? १५,००० टाउको को महत्त्वो थाहा नहुने हरुले एउटा पाठो को लागि किन गोही को आंसु चुहाउने?
      Well! I am trying to get Mr. Shrestha’s view from both sides. If, he is really hold the stance of animal cruelty, in the name of culture. Then I also strongly denounce Mr. Shrestha’s standpoint .but if he is satirically telling Maoist sympathizer, that” your idols are responsible for death of 14000 Nepali, and you guys are justifying your leader ‘s crime, in the name of revolution and never saw or realize the suffering of their love once and now all of the sudden you guys are campaigner for animal rights” If he is trying to say this then I have nothing to say. This is his view.

      I have read all comments against Mr.Shrestha and everyone portrait themselves as Holy”Shadu” and gave all kind of names except Puspaji (hat off to you bro, you are one healthy debate persona,and that comment came against you) and Ram gawali ji. I think that’s in our “Gorkhe Blood” huh? Eager to insult, vandalize, anyone or anything, when ever we have opportunity. What a mentality we have!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju

      के हो कृष्णे पक्कै पनि बौलायकै हो त????
      मलाइ पनि तेस्तै लाग्दै छ है/
      एसले त बीना प्रसङ्ग को मात्र कुरा गर्छ| हुनत मानव र पशु मा फरक न देखनेलाइ के को पशु भन्नु हो,एस्लाई त
      पशु भन्दा तल्लो इस्तरमा राख्ने हो की?????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      कृष्ण गोपाल झन झन तल गिर्दैछ। पशु बली र जनयुद्दमा मारिएका ब्यक्तिहरुको अप्रसाङ्गिक तुलना गर्नेको बौद्विक स्तरमा अब चाँही शंका गर्ने ठाउँ छ। त्यो १५००० को दोषी मावादी मात्र नभै ज्ञानेन्द्र र गिरिज पनि उत्तिकै जिम्मेवार छन्। सातसाल देखी सत्रसालसम्म कांग्रेसी गुण्डाहरुले गाउँ गाउँ लुटेको कुराको प्रमाण जनजिब्रोमा यसरी लेखिएको छ : कसैलाई सराप्दा “तेरो घरमा कांग्रेसै पसोस्” भन्थे। कृष्ण गोपाल माइसंसारमा खुब हिरो भएँ भन्ठानेको होला, खिल्ली उडाएको उनलाई पत्तै छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tej

      Namaskar Krishna Gopal jee,
      malai ke bhhana ma lagyo bhane yaha tyo eak wota patho ko matra kura hoina tapai lai thaha chha khokana nepal ko sabai bhanda pahile bijuli pugeko thau tara aaja samma pani kina tysto?……… ho karan yahi ho tysai le bali na dinu ko aartha masu na kanu bhaneko hoina. bujne koshis garnu ho .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash Tuladhar,New York

      बिद्रोही jee,तिम्रो Bhanne sabda Ali Pachena.Tapai ko nam jastai Hamro Bhabana ko shree kishna jee le बिद्रोही Gare tapani तिम्रो sabda Ali suhayena my sansar chautaari Ma.Dhanyabad.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash Tuladhar,New York

      काठमाण्डौका भन्दा सभ्य Bhanna ko Lagi Gadhi Mai ko bali chadhaune Pratha lai Ablokan garne ho ki?-kathmandubashi,Hal lai New York

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash Tuladhar,New York

      50,000 Rango Kateko padhnu bhaye chhaina Jasto chha????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      कृष्ण गोपाल जी
      के भयो त सुन्गुर बलि नदिदा एउटा “कृष्ण गोपाल” को संख्या बढ़ी हुन्छ . तपाई लाइ त खुसी नै लाग्न पर्ने होइना र? तपाई लाइ अघिल्लो कमेन्ट को सम्मान र प्रशंसा पचेन जस्तो छ तेस्कारण ले आफ्नै ठाम माँ आइपुग्नु भयो, आफ्नो ठाम चिन्नू भयो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash Tuladhar,New York

      Mr.Aryan jee,Bahulah Kukur le bhuketapani Aakhir kukur ta ho ni,Tara Mr.krishna Gopal jee Manushye Janma liyera Aaunu bhayeko Bela kukur ko Darja Dina My sansar ka Tapai hami jasto Pathak Haru lai ali napachne Kura Bhayo. tyopa pani Krishnaa aaaashtami Belama.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      कृष्णजी,

      पहिला आफ्नै लागि व्यवस्था गराउनुस् । १५ हजार भन्नासाथ तर्सिएको हैन । यो यथार्थ हो । तर १५ हजारको जिम्मा माओवादीले मात्र लिनुपर्छ भन्ने छैन । त्यसताकाको गिरीजा, देउवा सरकार बढी दोषी छन् । तर ती कुरा यहाँ अप्रासंगिक भएले प्याच्च बोलेको मात्र हो ।

      कुकुरले जस्तो जहिले जहाँ पायो त्यही बिष्टा गर्दै हिँड्न कृष्णजीहरूलाई सुहाउँदैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raman

      यस्तो सोच राख्ने पनि दलित हुन्छन? यी त सुसिल, सव्य, सम्पन्न बुद्दिजिबी हुन्| हामी है बरु दलित, हाम्रो नेतृत्व कृष्ण गोपालजीले गरिरहनु भएको छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxman from uk

      सधै भरी डी सी नेपाल हेरी रहन्थे माई संसार हेर्न र पढ़ना नै मन लग्दैन थियो किन की यहाँ कुनै एक राजनीती पार्टी को वकालत गरेको गंध आउने गर्दथियो मलाई तर गयको २-४ दिन देखी डी सी नेपाल कम र माई संसार बढ़ी हेर्न लागेको छू . किन की सायद कुनै पनि पार्टी को १ तर्फी समाचार संपादन गरेर मात्र हुदैन र हामी पत्रकार हरु निछ्पक्ष हुनु पर्छ भन्ने कुरा माई संसार को संपादक ज्यूँ ले आत्मा मनन गर्न लाग्नु भयछ क्यारे . तेसै ले होला गयको केही दिन देखी माई संसार ले आफु लाई छुट्टै ढंग ले प्रस्तुत गर्न लागेको छ . र निकै ख़ुशी पनि लागेको छ दिन दिनै अरु न्यूज़ वेब हरु भन्दा निकै रोचक र फरक ढंग ले र नया नया न्यूज़ हरु पाठक बृंद हरु लाई पस्कियको देख्दा . हो सन्चिकै हलचल मचाई दियाको छ काठमांडू को पोखरी माँ फालियको पाठो समाचार ले हामी पाठक हरु को मानस पटल माँ. देस बनाउनु छ भने पहिला पत्रकार साथी हरु लाई निच्पक्षे बनाऊ भन्ने आदरणीय बी पि ज्यूँ को महान बाणी लाई यथार्थ माँ चरिचार्थ गर्न खोझेको छ माई संसार ले . बारा का साथी हरु ले जे गर्नु भयो सुन्गुर बलि को सत्ता खीर चडायर त्यों निकै उदहरनिय काम गर्नु भयो मेरो आत्मा देखि नै उहा हरु लाई स्वागत गर्न चाहन्छु . तर काठमांडू जस्तो ठाउमा बसेर पनि आफु लाई शिक्षित मानने नर पिचास हरु बारा का साथी हरु नीर ५ पैसा को बुद्धि किन्न किन न जाने हँ? जय नेपाल .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      कृष्णजी,

      पहिला आफ्नै लागि व्यवस्था गराउनुस् । १५ हजार भन्नासाथ तर्सिएको हैन । यो यथार्थ हो । तर १५ हजारको जिम्मा माओवादीले मात्र लिनुपर्छ भन्ने छैन । त्यसताकाको गिरीजा, देउवा सरकार बढी दोषी छन् । तर ती कुरा यहाँ अप्रासंगिक भएले प्याच्च बोलेको मात्र हो ।

      जहाँ पायो त्यही बिष्टा गर्दै हिँड्न कृष्णजीहरूलाई सुहाउँदैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sonam Pinasha, USA

      ए रामे! हामीलाई त्यो संस्क्रितको श्लोक पढाउने होइन बुझिस! पहिले नेपालीमा राम्ररी टाइप गर्न सिक्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mohan

      MR तुलाधर
      मुख्य बिषय मा केन्द्रित रहेर comment गर्नु राम्रो हो। comment माथि comment गरेर सस्तो लोक्प्रीयता पाउन खोज्नु मुर्खत मात्र हो ।
      by the way comment देवनगरी लीपी मा लेख्न आउँदैन भने मलाई सम्पर्क गर्नु । 023562000

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash Tuladhar,New York

      MR.MOHAN JEE,TAPAI CHAAHI KINA NEPALI RA ENGLISH DUBAI MAA LEKHNU HUNCHHA TA?
      “by the way comment देवनगरी लीपी मा लेख्न आउँदैन भने मलाई सम्पर्क गर्नु । 023562000″
      YO # KAHA KO PARYO NI ADDRESS SAHIT देवनगरी लीपी मा TIPNA PAINCHHA KI?
      SABHYETAA सिक्ने की!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mohan

      SABHYETAA?????????

      Comment by prakash Tuladhar,New York
      2009-08-14 12:57:01

      Mr.Aryan jee,Bahulah Kukur le bhuketapani Aakhir kukur ta ho ni,Tara Mr.krishna Gopal jee Manushye Janma liyera Aaunu bhayeko Bela kukur ko Darja Dina My sansar ka Tapai hami jasto Pathak Haru lai ali napachne Kura Bhayo. tyopa pani Krishnaa aaaashtami Belama.

      ok who is going to teach me
      SABHYETAA?????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • puru

      येस्ता को नाम पनि किन कृष्णगोपालराखेको होला मैशासुर राख्नु नि , अनि पो सुहाउथ्यो हैन र साथी हो,,,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Is Krishna Gopal a human being??? He should himself get checked for mental illness.He is playing his own game. It shows that, he has no human values. Even animals show their emotions and are better than these type of people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      शेरसिंहजी,

      यो अलि बढी भयो । कृपया यस्ता प्रतिक्रिया नगर्नुहुन अनुरोध छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Gopal Shrestha

      प्रिय मित्र हरु,
      नमस्कार ! ! !

      ‘Rome was not built in a day ‘ भने झैं समाज का हरेक कुरा हरु पनि स्वोत निर्मित हैनन। मानिस हरु ले आ-आफ्नो संपत्तिको सुरक्षा गर्न जाने पछी केही नौलो काम गरे बापत का परीणाम हुन यि सबै कुरिती हरु र साथै समाज मा देखासिकी को भाबना ले गर्दा पनि यो प्रचलन बढ्दै गयको हो। जब अती हुन्छ त्यस्को समाप्ती पनि चांडै हुन्छ। बली प्रथा किन र कसरी भयो भन्ने भन्दा पनि ‘बारा’ का युबा साथी हरुले ‘बली’ प्रथा रोक्ने प्रयास मा नौलो काम गरेर देखाउनु भयको साहस र बिबेक लाई सामाजिक सुधार को अग्रिम खुड्किलो को रुप मा लियी हामी सबैले प्रोत्साहन दिनु पर्ने जरुरी छ।
      हामी सबै का तर्फ बाट उहां हरु लाई धन्यवाद दिनु का साथ हामी पनि त्यस्तो प्रथा रोक्ने कार्य को अनुसरण गर्ने गराउने भन्ने विश्वाश दिलाउन चाहन्छु।
      पहिलेको जमानामा मासु खाने एउटा कारक तत्वो हुनु पर्दछ बली प्रथा एद्देपी अहिले को समय मा पनि बर्ष को ३ छाक मात्र मासु पाक्ने घर हरु नेपाल मा धेरै छन। हामीले सामाजिक चेतना जगायर बली प्रथा रोक्ने कोशीस गरेउं भने यो नरोकिने पक्कै होइन। तर धार्मिक रुप मा कर काप गर्नु भन्दा व्याबहारिक रुप मा कुरा बुझाउन सजिलो हुन्छ। हाल नेपाल मा जुन सुकै कुरा लाई पनि राजनीतिक र पक्ष बिपक्ष को रुप मा लियिने भयको ले पनि कुनै कुरा लाई सरकार ले बोली हाल्नु उचित देखिंदैन त्यसैले प्रत्यक क्षत्र का युबा हरु को संयोजकत्वो मा खुलेका बिभिन्न सामाजिक संघ संस्था हरु को रोहबर मा बली प्रथा रोक्ने कार्य गर्नु पर्दछ। तर पहिलो पुषता ले नमान्न सक्छन तैपनी हाम्रो प्रयास खेर जाने छैन साथै यस् कार्य मा लाग्ने युबा हरु लाई पहिले नै केही व्याबहारिक ज्ञान पनि हुनु जरूरी छ र धैर्य साथ कुरा गरी अरु लाई चित्त बुझाउन सकिन्छ।
      यो कार्य संचालन गर्ने कुरा हरु मा हामी अत्यन्तै सकारात्मक रुप मा प्रस्तुत हुनु जरुरी छ पहिलो पुषता हरु संग। यही कुरा हरु हामीले पहिलो लेख मा पनि लेखेका थियौं तर कुनै जवाब आयन। जस्तो बेलुका ऐना नहेर्नु, नङ नकाट्नु , बेलुका बढार कुडार गरेर धुलो बाहिर नफ्याक्नु । हिजो का समय मा यस्ता कुरा हरु लाई पहिलेका बुढा पाका हरु ले भनेका ‘ भनेको भर मा मानिन्थ्यो तर आज तेही काम का लागि त्यो कुरा को बिस्त्रित विवरण दिन सक्ने तरिका ले हामी तालिम प्राप्त भयोउं भने हामी यो कार्य मा सफल हुन सक्दछौं।
      अन्तमा हाम्रो प्रयासले हुन सक्ने कुनै पनि समाज सुधार का कार्य हरुका लागि सम्झी सेवा गर्ने मौका हरेक नेपाली ले पाउन यही मेरो शुभकामना छ।
      धन्यवाद
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Gopal Shrestha

      आदरणिय मित्र बसन्त जी,
      नमस्कार ! ! !

      अत्यन्त सोचपूर्ण प्रतिकृया पढ्न पाउंदा खुशी लाग्यो।
      शोषनरहीत समाज निर्माण गर्ने सिद्दान्त हरेक बाद मा देखिन्छ र अरु लाई मुक्ती दिलाउने व्याख्या पनि हरेक राजनीतिज्ञ ले गरेकै हुन्छ। तर कता कता दबियर जान्छन ति स्वोर हरु हाम्रा जस्ता न्युन बिकशित देश हरु मा।
      सन १९७१ सम्म भारत अमेरिका को सहयोगी थियो, जब बाङ्गलादेश लाई पाकिस्तान संग टुक्र्याइ भारत मा गाभ्ने योजना इन्दिरा गान्धी र शेख मुजिब रहमान ले गरे अमेरिका त्यस्को बिरुद्द मा उत्री पाकिस्तान लाई सहयोग गरे बापत ति दुई को संबन्ध टाढियको सबै लाई थाहा नै छ। त्यस्तै अफगानिस्तान मा रुसी सैनिक हस्तक्षेप को भारत ले कहिल्यै बिरोध गर्न चाहेन, अती पुंजिबादी देश हरु अमेरिका का दास बन्न थाले भने असंलग्न राष्ट्र हरु को शिखर सम्मेलन का जन्मदाता मध्य एक नेहरु पुत्री का पालामा सिक्किम भारत मा बिलय भयो साथै त्यो बिषयमा नेपाल का उत्तर समर्थक हरुले पनि तिब्बत को नाम कहिल्यै लिन चाहेनन हुन त २०१९ साल मा सगरमाथाको टुप्पो मात्र नेपाल को उत्तर बाट देखिने भाग चाइना को भनी २२५ मिल उत्तर को भु-भाग को हाल सम्म कसैले कुरै उठायको देखिन्न।
      २०३६ साल पछी नेपाल मा पनि नजानिंदो तरिका ले नेपाली जनता लाई बिभिन्न पार्टी हरुले दास बनायको कुरा लाई हामीले बिर्सिदै छौं र त्यसैको परणाम हो यो माइ संसार जस्तो ब्लग मा पनि एक ले अर्का लाई कुक्कुर र गधा को संज्ञा दिन थालियको। आखिर सबै बिद्द्वान हुन तर त्यो बेला आफु दास भयको बिर्सिन्छन जब अरु लाई पशु देख्छन र गर्ब साथ भन्ने गर्छन् कि मैले त फलाना लाई यस्तो यस्तो भनेर लेखें जस्तै काठमाडौं मा Traffic Signal रातो बल्दा नियम उल्लङ्घन गरी गाडी चलाऊने हरुले आफ्ना साथी हरु लाई सुनाइन्छ कि Traffic कै अगाडी हुइंकियार ल्यायं नि।
      अहिलेको अवस्थामा हाम्रो प्रयास भनेको सबै लाई शिक्षा अनिवार्य गर्नु हो साथै नैतीक शिक्षा को पाठ त्यो भन्दा बढी जरुरी भयको मह्शूश हुन्छ। हाम्रो देश मा उच्छ्रिङ्गखलता र अराजकता मात्र रोक्न सकियो भने २-४ बर्ष अगाडि पछाडि मात्र हो देश अबश्य नै बिकास हुन्छ। हाल को बिस्वो ब्यापार लाई हेर्ने हो भने WTO को सदस्य राष्ट्र का हिसाब ले राजनीतिक स्थाईत्वो नभय सम्म कुनै पनि बिदेशी ब्यापार फस्टाउने देखिंदैन उदाहरण का लागि अमेरिका र बेलायत मा खपत हुने लत्ता कपडा हरु भारत बाङ्गलादेश श्रीलंका चाइना बाट जती जान्छ तेत्ती नै मात्रा मा ति देश हरु को श्रम किन्ने गरेका छन। कच्चा पदार्थ ति देश हरु मा पठायर त्यहाँ बाट तय्यारी पोशाक निर्यात गर्ने जुन काम तिनी हरु ले गरे त्यस बाट लाखौं रोजगारी श्रीजना भयको देखिन्छ।
      ब्रिटिश राज मा कलकत्ता भारत को राजधानी थियो। तर पछी बामपंथी सरकार ले करीब २५ बर्ष शासन गर्दा हाल त्यहाँ जुट मिल एउटा मात्र बांकी छ सबै उठेर अन्तै गय, कारण थियो अत्यधिक बन्द र हड्ताल। ठीक त्यही अवस्था श्रीजना गरियको छ नेपाल मा। सतही रुप मा हेर्ने हो भने राजनीतिक पार्टी हरुको मांग पनि जायज नै होला तर देश नै रहंदैन , जनता नै सखाप हुन्छन भने त्यो नागरिक सर्बोच्चता वा जन गणतन्त्र को के महत्त्वो?
      हुन त मैले मन मोहन अधिकारी ज्यु को वाक्य पटक पटक दोहोर्‍ययको छु ‘ बिकासशिल देश सम्म्रिद्द्शाली जनता’ हुने हो भने शासन जस्को भय पनि फरक पर्दैन। बिबेक हुनु पर्‍यो , रोजगारी हुनु पर्‍यो।
      धन्यवाद
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhandari kanchho Germany

      कृष्ण गोपाल जि,

      नमस्कार!!!
      कहिले तपाईंका बिचार हरु सँग सहमत हुँदै कहिले नहुँदै पढ्ने गर्छु।
      तपाईंको लेखमा प्रयोग हुने सभ्य नेपाली शब्द हरुको लागि धन्यवाद दिनै पर्छ।
      बिचार आ आफ्नो हो। मान्छेका बुझ्ने तरिका आफ्नै किसिम का हुन्छन।
      आफुलाई केकानै बुध्द्धीजिबी भनाउदा हरु तपाईंको विचारमा असहमती जनाउदै अप शब्द प्रयोग गर्न पुगेका हुन्छन।
      तपाईंले आफ्नो धैर्य धारणा गरी मिठो लेखी रहनुह भएको छ ( बिचार तपाईंको ) लेखी रहनु होस्।
      नेपाली बोल्न लाई फोन नै गर्नु पर्ने ठाउमा बसेको छु,
      कम्तिमा बेलुका माइ संसार खोल्दा शिस्ट नेपाली भाषा पढ्न पाउदा मन आनन्दित हुन्छ।

      सदा नेपाल र नेपाली को जयहोस् !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      कृष्ण गोपालजी
      नमस्कार
      मेरो धाराना मन पराईदिनु भएकोमा धन्यबाद \ र बिचमा जून प्रसंग उठाउनु भयो त्यसमा मेरो केही भन्नु छैन\ यती हो हरेक जिबनमा होस या राजनीति र रास्ट्रमाँ मित्रता र शत्रुता स्थाई हुदैन\ मन,बिचार,ब्यबहार स्वार्थ,आब्स्यकता मिलुन्जेल मित्रता नमिले शत्रुता बस ! हरेक कुरालाई स्थायित्व,स्थिरता,शान्ति,बिकास,अबसर,सद्भाब जस्ता कुराले असर गरिराखेको हुन्छ \ लुटने ले लूटन छाडेमा,लुटिने अबस्था नै नरहेमा र हर जीबन र रास्ट्र आत्म निर्भर र सोतन्त्र भई बाचने बाताबरण बनेमा जून सुकै बिचारको शाशन भए पनी फरक पर्दैन \ तर संसार र हाम्रो देश बिग्रेको कुनै पनी पद्दति र बिचारले होइन गलत नेतृत्व र अनैतिक स्वार्थले हो\ हरेक बिचार राम्रो हुन्छ\ मलाई तपाईको तर्क र समस्याको समाधान मन पर्छ अनि आदर पनी गर्छु \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mohan

      कृष्ण गोपाल जी को कुनै पनि लेख comment अब देखी नछुटाउने भए ।
      thanks for this one

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      सभ्य भैखाएका काठमाँडौलेहरुले बाराका बारेलीहरुबाट अब चाँही सिक्ने की! इश्वरको नाममा बली दिने अचेत समाजको कहिले पो चेत खुल्ने हो? कुरिती र विक्रिती हटाउन बारेली युवाहरुले चालेको कदमलाई मेरो पुर्वेली सलामछ!!!

      शशांक लामा
      न्युयोर्क

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिद्रोही

      रमन जी को कमेन्ट चाही वास्तवमै तार्किक लाग्यो है मलाई त। वास्तवमा हामी हौ दलित त । हो हामी नै हौ दलित पशुको हिंशा गरेर हामी निच भएकै हौ।

      अस्तु!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Roshan

      hana k huu sathi haru ta ramro comment garnu ko sata ta yak arak lai goch pech garna tera po lagechan ta? hu nu ta nepali ko parmuk besesta nii yee ho arkli naramo vanera afu ramro bane. tara j vae pane Bara ko sathi haru yo udarnea kam lai chii mero pane verti bata support cha. ati nii ramro kam ko thalani vako cha hii.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Gopal Shrestha

      मित्र Tej जी,,
      नमस्कार ! ! !

      प्रतिकृया का लागि धन्यवाद।
      मानब समाज का आबश्यक बस्तु हरु बनाउंदै परिमार्जन गर्दै जानु समय को मांग हो तर कुनै कुनै चिज हरु आफु ले भन्ना साथ नहुन सक्छ।
      तै पनि हाम्रो कोशीस जारी नै राख्नु पर्छ।
      कुरा खोकना को जात्रा र पाठो को मात्र होइन परंपरा देखी चल्दै आयको संस्कार को पनि हो तर त्यसो भन्दै मा पुरानो संस्क्रिती अपर्बर्तणिय छ भन्न खोजेको होइन।
      ति संस्कार र परंपरा पहिला कसरी चलाय भन्दा पनि अब कसरी परिमार्जन गर्दै लानु पर्छ भनेर सोचेको खण्ड मा समस्या को समाधान सजिलै निस्कन्छ होला तर मैले १५,००० लेखेको कारण के हो भने जुन देश मा भगवान बुद्द ले जन्म लियका छन त्यही देश मा १५,००० ज्यान को टाउको काटुन्जेल राम्रो भन्ने हरु एउटा पाठो का लागि रुन सक्छन भने त्यो बेला ति जे हेरेर बसेका भयता पनि अहिले त त्यो कार्य गलत हो भनेर भन्न् सक्नु पर्‍यो नि होइन भने समाज सुधार का नाम मा जनता लाई भड्काउन सक्ने खाल का अभिब्यक्ती दियर किन गोही को आंसु चुहाउने भन्ने मेरो प्रश्न हो।
      हिजो का दिन मा प्रचन्ड पथ का नाम मा होस् २००७ साल को मुक्ती मोर्चा को सवाल मा होस् आवश्यकता र यथार्थता लाई बुझ्ने कोशीस गर्न नसक्नु मानब जाती कै लागि भूल हुनेछ किन भने २००७ साल को क्रान्ति रैति लाई नागरिक बनाउन गरियको थियो भने माओवादी जनयुद्द कुर्सी का लागि भयो तै पनि नेपाली जनता ले शन्तिको सांस फेर्न पाउने हो भने त्यस्तो अर्को जन जुद्द फेरी फेरी सहनु पनि पर्ला तर जब कुर्सी अगाडि आयो जन युद्द को मर्म र जनता को सर्बोच्चता लाई बिर्सिदै जाने हो भने अब नेपाली जनता ले सहने छैनन।
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker