नयाँ वर्षदेखि माइसंसारले यो नयाँ स्तम्भ सुरु गरेको हो। हरेक साता अब हामी राष्ट्रियता झल्कने एउटा सामाग्री राख्नेछौँ। भौगोलिक सीमाको बन्धनबाट मुक्त भएर संसारका जुनसुकै स्थानमा बसे पनि हामी सबै नेपालीलाई राष्ट्रियताको एउटै सूत्रले बाँधेर राखेको हुन्छ। यो दिन हामी राष्ट्रियता जगाउने छौँ। देशलाई सम्झनेछौँ। राष्ट्रियता सम्पूर्ण नेपालीको पहिचान हो। कसैकसैले कमेन्टमा झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता देखाउने नाटक गर्यो भन्दै नकारात्मक कमेन्ट पनि गर्ने गरेका छन्। ल मानौँ, नाटक नै गरे रे। के बिग्रियो त ? एक क्षण कै लागि भए पनि नेपाली झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता प्रचार अभियानमा सहभागी भए त कसलाई हानी भयो ? त्यसैले त्यस्ता कमेन्टलाई बेवास्ता गर्दै निर्धक्क आफ्नो फोटो पठाउनुस्। यो स्तम्भमा हामी एउटा राष्ट्रिय भावना जगाउने गीत र फोटोहरु राख्नेछौँ। फोटो तपाईँहरुले पठाउनु पर्नेछ। देशबाट टाढा रहँदा देशको माया झल्काउने कुन चिज तपाईँले आफ्नो कोठामा राख्नुभएको छ ? आफू पढ्ने विश्वविद्यालयमा राख्नुभएको छ। तपाईँको कोठामा झुण्डिएको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा होस् वा तपाईँको नोटबुकमा टाँसिएको नेपाल अंकित स्टिकर वा तपाईँको नेपाल लेखिएको टिसर्ट। pic@mysansar.com मा विवरणसहित पठाउनुस् र राष्ट्रियताको भावना जगाउन सहायक बन्नुस्।
हामी यो स्तम्भबाट ठूलो परिवर्तन हुने आशा राख्दैनौँ। हामी त देशविदेशका नेपालीको मनको कुनामा रहेको राष्ट्रियताको भावनालाई फैलाउने सामान्य माध्यम बन्न खोज्दैछौँ।
तपाईँहरुले पठाएका फोटोहरु क्रमशः राख्दै जानेछौँ, थप फोटोहरु पठाउँदै गर्नुहोला। फोटो साथै राष्ट्रियता जगाउने संस्मरण, अनुभूति पनि लेखेर पठाउन सक्नुहुन्छ। राष्ट्रगान वा राष्ट्रिय गीत गाएर त्यसको भिडियो युट्युबमा अपलोड गरी माथि कै इमेलमा पठाउनु भए पनि हुन्छ।
मभन्दा पहिले मेरो देश- सुरुमा एउटा गीत राजेन्द्र सलभको शब्द र जेम्स प्रधानको संगीतमा-
यो साताका लागि फोटोहरु-

गत आइतबार भएको एडिनवर्ग मेलामा सहभागी हुँदै रुबिना।

एडिनवर्ग मेलामा नेपाल स्कटल्यान्ड एसोसिएसनको स्टलमा नेपाली टोपीमा सबिना।

शिव श्रेष्ठ लेख्छन्, हामी नेपाली भौगोलिक रुपमा नेपालबाट टाढा यो अलास्कामा रहे पनि नेपाली झण्डाको साथमा नै छौँ।

दीपक कडुवालले यो फोटो स्विजरल्यान्डको बासेलमा रहेको एउटा नेपाली पसलमा खिचेका हुन्।
मस्कोको Anglo American School मा कक्षा २ मा अध्ययनरत कृति महतो स्कूलको कार्यक्रममा नेपालको झण्डा उचाल्दै।

No related posts.









gud songs…
i like it
मन परे हरियो, नपरे रातो
0
0
राम्रो शब्द भएको गीत तर स्वर भने मलाई अलिक उत्श्रृखल किसिमको लाग्यो।
यो भयो मलाई लागेको कुरा अरुलाई त्यस्तो नलाग्न पनि सक्छ।
मन परे हरियो, नपरे रातो
0
0
Great songs !
thanks to mysansar .
मन परे हरियो, नपरे रातो
0
0
ma mare..pani mero desh baanchi rahos……………
मन परे हरियो, नपरे रातो
0
0
Great work guys; Country needs our support at this time.
Its in such a state where all these politicians are nothing but sucking the nation’s all resources; if we don’t support our mother nepal and bring the awareness to each other and to those who are not aware… might bring a serious consequences…
Proud to be Nepali and yes Ma bhanda pahile mero desh Nepal…
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो देश नेपाल
चितवन्,नेपाल
हाल- अमेरिका, डालस
निर्जन चापागाई
एशियाको माँझ हिमालको काख सुन्दर संसार
हिमाल पहाड तराई फाँट क्या राम्रो नेपाल
राइ लिम्बु सेर्पा गुरुङ मगर तराईमा थारु छ
१ सय भाषा १ सय जाती आ-आफ्नै भेष छ
कस्तुरी मिर्ग बाघ र गैंडा त्यो कृष्णसागर
डाँफे र मुनाल त्यो काँडेभ्याकुर संसारमा कहाँ छ र
पढ् लेख गर्ने र नवयुबा बिदेशमा बस्दै छ
त्यो हाम्रो देश नेपालको गती उस्ताको उस्तै छ
विश्वको कुना जहाँ बसे पनि नबिर्स स्वदेश
जन्मेको माटो त्यै देश हाम्रो कर्म हो विदेश
देशको निम्ती केही गर्न हामीले एक पटक सोचौँ त
उठाउँ हात गरौं ल बाचा फर्कन्छौं नेपाल
(भानुजयन्तिको अवसरमा अमेरिकाको डालसमा भएको बाल कबिता प्रतियोगिता प्रथम हुन सफल)
(मुना मदनको लयमा)
मन परे हरियो, नपरे रातो
0
0
हैन साथी हरु मैले आज सम्म नबुझेको नि……
कमेन्ट चाही यो लेख माथि लेख्नु पर्ने हो की कमेन्ट लेख्ने हरु माथी????????
मन परे हरियो, नपरे रातो
0
0
म भन्दा पहिले मेरो देश…… सबै भन्दा माथि मेरो देश !
Now in Copenhagen Denmark.
मन परे हरियो, नपरे रातो
0
0
yo pryaas sarahniye ho….thanx.
मन परे हरियो, नपरे रातो
0
0
Nepal vanda bahira country ma jada pani Nepal ko Maya garne Nepali mathi gaurav garnu parchha kina ki Nepal hamro janma vumi ho tesaile yesto bidesiyeka nepali harule yesto picture haru send garera yo site ma rakhda aru nepali harulai pani prerana huna sakchha.
मन परे हरियो, नपरे रातो
0
0
thanks for ” mysansar”
मन परे हरियो, नपरे रातो
0
0
i want to commend on Asish from Switzerland, Basel, sathee j bhaya panee phots says we are Nepali, it does not matter what place or shop we are…photo is related to topic that all. Yes you are right, this is one shop in Basel, any way there in National flag of Nepal, that’s why we took photo…at last thanks for comment..if you want to contact us please acharya_htd6@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
खै कस्लाई के भन्नु र ? देश को दरदर अवस्था त हामीलाई पो थाहा छ. बिदेशमा रहनेहरु फेशन कै रुपमा भएपनी नेपाली भेस भुसा र कल्चर का फोटो प्रस्तुत गर्दै आउनु भएको छ। खुशी त लाग्छ नै तर यो भन्दा बिदेशिहरुले अहिलेको नेपालको राजनैतीक पारीबेश बाट भाड-भैलो मा गुज्रिरहेको र आपसी कलह बाट नेपालीहरु कती स्वार्थ त धुर्त रहेछन भन्ने मात्रै बुझेका छन जस्तो लागेको छ। अनी तेस्तै देश दुखी र रोइरहेको बेला खुशीले बिदेश मा नेपाली झन्डा बोकेर नाच्नु कत्ती को सार्थक लागेको छ खोइ कुन्नी? तर मलाई भने कत्ती खुशी लागेको छैन मन रोइरहेको छ म पनि बिदेश मै छु, भोलीको नेपाल केही राम्रो होला र खुशीले फर्किन पाम्ला भन्दै, तर झन झन ……………..
मन परे हरियो, नपरे रातो
0
0
mero desh mero nepal garba cha hamilai hamro matri bhumi prati
मन परे हरियो, नपरे रातो
0
0
malai pani maan parcha afno des tara ma kehi bhandina, kinaki tehi des ma afno bhabisya nadekhera nai ahile bides aunu pareko cha, yo bides bata yesto usto bhanera gungan gaunu awasyak thandina ma, testo wa wa garnu parne des ko taal bhayeko bhaye hami sabai jana aja bidesine thiyenau hola, afnai gau ghar ma hunthyaun hola. tesaile malai kehi bhannu chaina.
dhanyabaad
मन परे हरियो, नपरे रातो
0
0
चौथो फोटो माथि केही कमेन्ट(प्रस्ट)गर्न चाहन्छु। म बिगत छ बर्ष देखी स्विट्जरल्याण्ड को बासल शहर मा बसोबास गर्दै आई रहेको छु। फोटो मा देखिय को पसल मेरो जानकार मा आय सम्म नेपाली को होइन यो पसल सेर्पा आउटडोर नाम ले स्विस भरी प्रख्यात छ। यो पसल बासल शहर मा मात्रा नभयर स्विस को बिभिन्न शहर मा छन। जस्तै जुरिक,बेर्न,लुज्जर्न। केही बर्ष म नयाँ नयाँ स्विस मा आयको बेलामा शहर मा घुम्न निस्कदा नेपाली झन्डा र नेपाली नाम सेर्पा आउटडोर देखेर ल यहाँ त नेपाली पसल रहेछ भनेर म भित्र गयर पसले सँग सोघेको थिय अनी उन्ले भनेका थिय यो त स्विस नागरिक को पसल हो तर नेपाल र नेपाली सामाग्री खास गरी ट्रेकिङ सम्बन्धी र माउन्टेन क्लाम्बिङ सँग सम्बन्धित समान हरु बिक्री गरिन्छ।
जे भय पनि ढोका मा नेपाली झन्डा मात्र नभै नेपाल लेखेको स्टिकर समेत लगाइयको ले यसले नेपाल र नेपाली पहिचान चै दियको छ है अनी स्विस नागरिक हरु मा नेपाल लाई चिनाउने काम पनि गरेको छ। कहिले काही त्यो पसल छेउ बाट हिड्दा पनि गौरब ले छाती ठुलो हुन्छ।
फोटो मा हुनु भयका साथी हरु सँग चिन जान नभयपनी उहा हरु को यो काम भने प्रसम्सानीय छ। धन्यवाद।
आशिस
बासल स्विस
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
good job guys ,,,,,i like it,,,,,we,means nepali, must hav nationality after that our country gonna be forward….. i lov my country NEPAL…miss lot
suman
Newyork
मन परे हरियो, नपरे रातो
0
0
good work !! good pics! i like all pics over here…well small things can bring lots of happiness in life,i feel same after seeing on those pics though im far from nepal but My country and my people are always on my heart…jaso gara j gara jata sukai laijau malai …yo man ta mero nepali ho !!!!
मन परे हरियो, नपरे रातो
0
0
gud pics…eyes were filled with tears for my country.
मन परे हरियो, नपरे रातो
0
0
rubina lai edinburg ma jhanda sanga khiceko photo dekhda ekdam ramro lagyo. ma unlai chinchu. sei ko purano fren ho. paila pani desh bhakti kura garthin.
मन परे हरियो, नपरे रातो
0
0
जननी जन्मभुमिस्य स्वोगदहिगरियसी
आफु जन्मेको भुमी स्वोग भन्दा राम्रो र प्यारो हुन्छ
राम चन्द्र ज्ञवाली
मन परे हरियो, नपरे रातो
0
0
good… i like all pic. we never forget our nepal n’ nepali pana..love nepal.
मन परे हरियो, नपरे रातो
0
0
excellent job! really good for rethinking to hometown and country..
मन परे हरियो, नपरे रातो
0
0
aasis nepali ko pasal bhane chhaina ni nepali pasal bhane ko. ali ramro sanga padan yar.
मन परे हरियो, नपरे रातो
0
0
रामचन्द्र जी अलि शुध्द लेख्नु न? म पनि ज्ञाता त होइन !
तर पनि खल्लो लाग्यो ।
जननी जन्मभुमीश्च स्वर्गादपिगरियसी
अन्यथा न लिनु होला।
मन परे हरियो, नपरे रातो
0
0
very true. If that country was good to feed us and make what we want to become, we would not be here in different part of the earth doing what we never even dreamt of doing. If anybody loves their country and really want to help it out, they need to get their ass down to nepal because it is not worth writing in mysansar about tear and all those. this is all about trash.
got it……..
thanks
मन परे हरियो, नपरे रातो
0
0
Hami pani Nepal dekhi tada Alaska mai chhau tara ek jana pani Nepali dekhna sakeko chhaina tyasai le kasta garera hajur haru kaha hunuhunchha malai khabar garnu hunechha bhanne asha liyeko chhu……Dhanyabad…
Saroj Bhattarai
907-374-3026
मन परे हरियो, नपरे रातो
1
0