लुना
समाजको लागि गरिने कार्य हामी सबैको लागि महत्वपूर्ण हुन्छ प्रत्यक्ष-अप्रत्यक्ष दुवै रुपले। सामाजिक कार्यमा सहभागी हुन साहस, समय,साइतको प्रतीक्षा गरिरहनु जरुरी छैन। मान्छेहरुको अन्तस्करणबाट प्रस्फुटित हुने अनमोल उपहार हो सामाजिक कार्य समाजको लागि।
पानीका थोपा थोपा मिलेर गाग्री, पोखरी, तलाउ, सागर, समुद्र बनेको हुन्छ। हाम्रो समाजको रुप पनि यही हो। हामी हामी मिलेर नै हाम्रो समाज बनेको छ। हाम्रो समाज को उत्थानमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका हामी सबैको हुन्छ। त्यसैले आउनुहोस् ! हातेमालो गर्दै माइसन्सार मा आ- आफ्नो अनुभव, सल्लाह, सुझाव, विचार राखौँ।
“सानाहरुको ठूलो प्रयास”
उदाहरण हेर्नुहोस् तलको फोटोमा।

बेल्जियमको समर छुट्टीमा १५ वर्ष माथिका विद्यार्थीहरुले यहाँको कम्युन (गाविस कार्यालय) मार्फत् सडकगल्ली तथा सार्वजनिक स्थलहरु बढार्दै सफा गर्छन् यसरी।
हाम्रो काठमाडौँ महानगरपालिका साथै अन्य नगरपालिका वा गाविसहरुले पनि फोहोर व्यवस्थापना गर्न र जनचेतना जगाउन यस्तै खालका कार्यक्रम गर्ने जमर्को गरे -पहल गरे कति सुन्दर हुँदो हो हाम्रा शहरहरु!
‘माइसंसार ‘ का पाठक साथीहरुले पनि आफ्नो अनुभव – सल्लाह – सुझाव -विचार लेख्नु नै हुने छ भन्ने आशा गरेकी छु। र त्यस्ता सल्लाह -सुझाव – विचारहरु माइसन्सारका उमेश जी वा पाठक साथीहरुले प्रिन्ट गरेर वा ईमेलमार्फत् हाम्रो नगरपालिकाका मेयर – उपमेयर वा सम्बन्धित ठाउँमा पुर्याउने व्यवस्था गर्न पाए राम्रो हुने थियो।
हाम्रो देशमा पनि वर्षेनी लामो छुट्टी साथै अन्य चाडपर्वहरुमा पनि छुट्टी भइरहन्छ। यस्तो छुट्टीको मौकामा १५ वर्षमाथिका विद्यार्थीहरुले कम्तिमा एक हप्ता र सके त दुई हप्ता नै यसरी फोहोर ब्यवस्थापना मा मद्घत गर्ने हो भने एकातिर हाम्रो गाउँशहरको वातावरण सफा राख्न ठूलो मद्घत पुग्ने थियो भने अर्कोतिर विद्यार्थी वर्गबाट नै यसरी फोहोर सफा गरिरहेको देख्दा अन्य सर्वसाधारणहरुको मनमा “जथाभावी फोहोर फाल्नु हुँदैन” भनेर अत्यन्तै सकारात्मक प्रभाव पर्ने थियो।
” कार्यन्वयनमार्फत नै जनचेतना जगाउनको लागि ” हाम्रा विद्यार्थी वर्गमार्फत् महत्वपूर्ण भूमिका निभाउन हाम्रो महानगरपालिकाले यस किसिमको पहल गर्ने जमर्को गरिदिए कति सुन्दर हुँदो हो हाम्रो काठमाडौँ ! हाम्रा गाउँशहरहरु !

No related posts.









definately nabinji
मन परे हरियो, नपरे रातो
2
0
लुनाजी,
आफ्नो मनमा उठेको राम्रो अनी सकारात्मक विचार-सुझाव दिनु भएकोमा हार्दिक धन्यवाद ।
तर मेरो विचारमा त हाम्रा प्यारा सर्व-साधारणहरुमा “जनचेतना” नै जगाउनु पर्ने आवश्यकता बढी छ । अशिक्षित त त्यसै पनि अज्ञान नै भए तर मुख्य समस्या त शिक्षितहरुको लापरवाही र गैर-जिम्मेवारीपना नै हो कि जस्तो लाग्छ मलाई त ।
itsnabin@yahoo.com
तौलिहवा
मन परे हरियो, नपरे रातो
2
0
लुना जि के छ हालखबर सञ्चै हुनु हुन्छ हो
लुना जि तपाईं को कुरा त ठिकै हो तर तपाईं को कुरा सबै म शह मती रहन छ त मलाई त लाग्छ सबै जान तपाईं को कुरा १ कान सुन्दै
अर्को कान बाट फाल्दै छन किन भने तपाईं को कुरा नै यस्तो छ कि जुन कुरा तपाईं गर्दै हुनु हुन्छ त्यस्तो कुरा नेपाल म कत बाट हुन सक्छ
भन्नु त मेरो मत्लब यो हो कि नेपाली हरु आफ्नो घर नै आगन नै सफा गर्न सक्दैन्न भने तेस्ता हरु ले नेपाल लाई कत बाट सफा
गर्छन् कुनै पनि मान्छे रक्सी खाँदै हिन्छ र तो मान्छे घर जान्छ जुन खय को रक्सी को बोतल हुन्छ तेस्लाई तो मान्छे ले साथ् म
घर म लियर जान्छ उस्को बाब आमा य सिर्मती लाई थ हुन्छ कि उस्ले रक्की खय र आय को छ जो मान्छे ले रक्की को बोतल बाटो म
न फली कन घर म लियर जान्छ उस्लाई थ हुँदैन कि यो बोतल बाटो म फल्नु पर्छ य घर म तर पनि उस्ले घर म लियर जान्छ
जब घर जान्छ त उस्को हालत त्यस्तो देखद घर को सबै परिवार लाई तेन्सन हुन्छ र कुनै पनि उस्को घर को मान्छे गय त
रक्सी को बोतल आगन य बाटो म फल्दिन्छ भने जो मान्छे पिय र आय को हुन्छ तेस्लाई त थ न हुँदैन र घर म लैजान्छ
तर घर को मान्छे लाई त थ हुन्छ नि यो बोतल लाई कुनै फोर फल्ने भदो म फल्नु पर्छ तर उनी हरु ले जनी जनी पनि फाल्न सक्दैनन
अनी भोली बाट उनी हरु को बच्चा ले पनि तेस्ताइ गर्छ अनी कसरी हुन्छ त नेपाल सफा subas
मन परे हरियो, नपरे रातो
2
0
Thank u LUna jee
malai tapaiko article ramro lagyo. tara aru dherai sathiharuko naramro comment dekhera sarai naramro lagyo. sathi haru ho, student life vaneko nai dherai kura sikne time ho. hami manab jun society ma hurkyo tehi kura pachhiko santatilai pani sikaune ho. luna jee le ta bidhyarthi bargalai bibhinna program organize garera yasto kaamma sarik garai rakhda tehi dekhera arule pani sikchha ani society ma bikaash hunchha vanna khojnu vayako jasto lagyo. tapaiharulai sidhai kucho ra baltin liyana sadak badhalna janu vaneko ho ra.
yaso dimag lagayara sochnus na sathiharu ho………
mero comment naramro lage maaf garnu hai????????
मन परे हरियो, नपरे रातो
1
0
नेपालमा भाषण गर्ने नेताहरु धेरै आए गए तर काम गर्ने राजनेता अहिले संम जन्मेका छैनन,काम गर्ने राजनेता आएभने तिनिहरु जानु पर्दैन जनताले सधै काधमा चढाएर राखिरहन्छन।
मन परे हरियो, नपरे रातो
1
0
लुना जि लेख्न सजिलो छ ,काम गर्न गारो छ,हामिहरु सबै जना तपाइले काठमाण्डु एक हप्तासंम सफा गरेको तस्बिर हेर्न चाहन्छौ,हाम्रो इच्छा पुरा गरिदिनुस।
मन परे हरियो, नपरे रातो
1
0
लुना जि,
नमस्कार
लुना जि तपाईंको सोच राम्रो लाग्यो। सकारात्मक लेखको लागि धन्यबाद |
मन परे हरियो, नपरे रातो
1
0
सुरु आफै बाट गर्ने हो कि !!!! लुना जी आर्टिकल राम्रो लग्यो देश को माया जो हामी विदेश मा बस्छौ हामीलाई धेरै माया लाग्छ बाहिर हामी जे देख छौ राम्रा कुरा हरु त्यो हाम्रै देश मा पनि तेस्तै भै दिए को भए हुन्थ्यो जस्तो लाग्छ तर क गर्ने जो नेपाल मा छन् तिनी हरु लाई के थाहा अरु को देश मा तेस्तो हुन्छ भनेर ! तेसै ले बरु हामी जो बाहिर छौ पकै पनि १ पटक देश त फर्कंचौ बरु टी ओहाम्रो वचशन समयलाई चै तेस्तै समाज सेवा को काम मा खर्च गरौ न कसो होला जो हामीले विदेश मा देखे को छौ सिके को छौ त्यो हाम्रो देश गएर अरुलाई पनि सिकौ न कसो होला जस्तै लुना जी ले भने जस्तै सडक सरसफाई को कम अनि देश मा अर्को मैले देखे को ठुलो समस्या हो ट्राफिक जम हामी छुटी मा नेपाल गको बेला वोलिन्तिअर को रुपमा केहि गरुन कसो होला अरुले केहि गरे को हेर्नु छ भने आफुले पहिला गरे र देखाउनु पर्चा अनि मात्र अरुले सिक्छ समाज परि वर्तन भाको देख्नु छ भने सुरुवात आफै बाट गर्नु पर्छ भने को मतलब परिबर्तन आफै पहिला हुनु पर्छ ….लुना जी कुनै सुझाब वा सलाह भए तल मेरो इमेल मा सम्पर्क गर्नु होला तपाई हामी मिले र मात्र समाज लाई परि वर्तन गर्न सक्छौ र समाज परि वर्तन हुनु भने को नै देश परि वर्तन हुनु हो !
सुझाब वा सम्पर्क को लागि
rmanish_1@yahoo.com
मन परे हरियो, नपरे रातो
2
0
बिचार नभै कामै त हुन्न
तेसैले कामको जननी बिचार हो
लुनाजी तपाईंका लेख नेपालको मुटुबाट
निस्केको जस्तो लाग्छ
जहाँ बसेर लेख्ननोस !
मन परे हरियो, नपरे रातो
0
0
Luna Jee greetings!
You really do have ways to put thses points out there. I hope People will understand what You trying to say> I agree with You Luna jee, we have to learn from all those aspirations that You have put in picture. thanks for the article Luna jee.
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद लुनाजी
नेपाली हरु सभ्य नै छन् तर हाम्रा नेता भनाउदा हरुको देखासिकि गर्दा असभ्य भएका हुन्
मन परे हरियो, नपरे रातो
0
0
लुना नाना
सेवारो .
राम्रो कुरा कुरा उठाउदा उठाउदै पनि यस्ता कमेन्टसहरु आउछन कि लुना नाना नै नेपाल आएर पनि फोहर उठाउनु पर्ने ( मेरो मतलब गरेर देखौनु पर्ने) तर नेपालमा बसेर हरेक कुरा नेताहरुसग जोडेर नेपालका नेताहरुलाई असक्क्षम भन्दै गाली गरेर नथाकने दाजुहरु शायद फोहर बनाउन मै सन्तोष मान्छन। जो साइबर बस्दा एक रुपैको चुइगम किनेर ढोकानेर खोल फालेर भित्र पस्छ र निस्किन्दा साइबरका कुर्सिमा चुइगम टासिराको हुन्छ। जब रोडमा पुग्छ रोडमा एउटा पनी फालेकै हुन्छ भने पछी सफा गर्नुमा भन्दा पनि फोहर बनाउनै हामी बढी सम्बेदनशील छौ भनेपछी हामी जनता मै कम्जोरी छ कि ?
Nagesh Kulung
मन परे हरियो, नपरे रातो
0
0
Good job,Luna jee. ramro bichhar rakhnu bhayeko chha.kunai pani maanish bidesh ma janchhan ta tyo desh bikasit nai hunchha.sabai ko a aafno udessy hunchh.bidesh janu.tar bideshi sake pachhi tyaha ko ramra kura aafule sikknu ra aru lai sikaun aaosyak[jaruri] chha.garekaam asambhaw ke chha ra. tar saathi Tej jee le bhannu bhayo ki pujjaniya neta haru le mayer ko pad chhod ya jyan chhod bhanyo re keshab lai. bhanepachhi tyeskaaran po raajinama diye pachhi tysto phohar ko dangur bhayechha.tyo bhanda phahile keshab le garda nai phohar bhanne katai dekhidaina thiyo.jhan sundhara chheu chhau ma ta jhan ekdhamai ramro gareko thiyo keshab mayer le.dharhara ko chheu ma basda ta jhan kasto mittho sur..gadha aayer aanandha banauthyo.ki kaso Tej jee…
मन परे हरियो, नपरे रातो
0
0
प्रयास
लुना तिमी कुचो लियर निस्क
म बाल्टि लिएर अाउनेछु!
तिमी फोहोर बढार्दै जाउ
म सबै एक ठाउँमा जम्मा गर्दै जानेछु!!
अहिले कोहि हासिरहेको हामी देख्दै छौं
तर राम्रो कामको अनुसरण गर्न पक्कै पनि कोहि निस्कनेछ!!!
तिमी कुचो लिएर सडकमा अाउ
म फोहोर राख्ने कनटेनर लियर अाउनेछु!
तिमी त्यो फोहोरको थुप्रोमा Bio फोहोर एक तर्फ रास लगाउ
म त्यहाँ भएका कागज, प्लास्टिक र बोतलहरुको अलग अलग रास गर्दै जाउँला!!
मैले सुनेको छु
केहि बिद्ववान साथिहरुले युरोप अमेरिका तिर waste management पनि पढदै छन रे
तिमी एकपटक हुन्छ मात्र भन!!
हामी केहि बिद्ववान मित्रहरुलाइ नेपाल तिर नै डाकौंला
यसरी फोहोरको राम्रो सँग सदुपयोग गरौला!!!
Bio फोहरको मल बनाइ
नेपालका सबै भागका करेसाबारीमा तरकारी खेति हुर्काउला!
कागज, बोतल र पेपरलाइ पुनप्रसोधन गर्न पुन: कम्पनी तिर पठाउँला!!
लुना तिमी कुचो लियर निस्क
म बाल्टिन लियर अाउनेछु!
हामीले नेपालको सबै फोहर सफागर्नु छ!
तिमीले लेखमा भने जस्तै सबैलाइ फोरहर सफागर्न जगाउनु छ!
चिन्न सके त्यो फोहरमा पनि धेरै मोहर छ
अब हामी उठनु पर्छ, हाम्रो करेसाबारी रुखो पनि भइसकेको छ!
लुना तिमी कुचो लियर अाउ
म फोहर राख्ने बोरा लियर अाउदै छु!!
मन परे हरियो, नपरे रातो
0
0
ल यो काम को लागि म मेरो ठाउ बाट खाइरहेको भात छोडेर उट्न सक्छु म, सबै जना बास्केट ढाकर प्लास्टिक लिएर उठौ। हप्ता को एक दिन यो फोहोर उठाउने अभियान चलाऊ। बिस्तारै सहर-बजारको बातावरण सफा बन्दै गएपछी हाम्रो मनस्थिती र सोचाइ पनि सफा हुँदै जाने छ। के नेता प्रमुख कै मुख ताकिरहनु पर्छ र जाबो यो काम का लागि, अब स्फुर्त जागौ हे राजाधानी बसिन्दाहरु अरु कुरा मा सामान्य बजेट चाहिन्छ भने एस्मा मात्र समाज र हामी नागरिक एक भयो भने केही चाहिदैन, ओहो यो बिपना मै भाईदिएको भए कत्ती राम्रो हुने थियो नि ………
खै क् गर्नु र ………….
मन परे हरियो, नपरे रातो
0
0
म केहि बर्ष अघि स्याङ्जा जिल्लाको बानेथोक भन्ज्याङ भन्दा अलिकति माथिको गुरुङ गाउँ माझकोट गएको थिएँ। बिहान हामी शहरी भनाउँदा धेरै सुत्ने, उठेर हेर्दा गाउँका फुच्चा फुच्चीहरु सबै मिलेर बाटो वरपर अनि स्कुल, खेल मैदान तिर भएका प्लास्टिक, कागज मात्रै हैन रुखबाट झरेका पात समेत टिपेर सफा गर्दै थिए। दिँउसो तिर एकहुल खच्चर आए, एकजना गुरुङसेनी दिदी एउटा कतारो बोकेर पछि लागिन्, किन रैछ भनेको त खच्चरले फोहर गर्यो भने तुरुन्तै उठाउन रैछ, अरु आफ्ना गाइवस्तु चरन जाँदा र फर्कँदा पनि त्यसै गर्ने रैछन उनीहरु। ठुलो हल्ला अनि अनेक थरी योजना बेगर नै गाँउलेको त्यो दिनचर्या देख्दा ती कलिला हुर्केर काठमान्डु आए हामीलाई के भन्लान् भनेर मलाई त लाजै पो लाग्यो त। अहिले त्यो चलन त्यो गाउँमा बाँकी छ कि छैन तर मैले चैं बदामको वा केराको बोक्रा जथाभावी फाल्दै हिड्न त्यसै बेला देखी छोडेँ।
मन परे हरियो, नपरे रातो
0
0
Luna ji le leknu bhayeko article edkam ramro chha. Tara hamro desh ma safa garne matra hoina tyo waste lai taara lagaune idea na bhaykeo ho.. I still dont know does each and every nagarpalika have environment engineer ..till my knowledge i think no. Waste management is a big problem and need some specialist in these fields so that people can follow. Cleaning is not only the problem in kathmandu or any other big city Waste managemet is a problem. Proper use of waste can help farmer and other group of society… This is the similar case in Traffic. We really need some specilist in traffic management specially in capital.
मन परे हरियो, नपरे रातो
0
0
लुना जि को लेख ले धेरै लाई आफ्नो गाउँ र टोल मा केही गरौ भनेर जुर्मुराउन उक्सएको हुनु पर्छ। तेस्को उदाहरण निम्न कमेन्ट हरु हुन :
१ लुना जी को कुरालाई सकारात्मक रुपमा लिएर भोली देखि नै नेपालमाँ बस्ने साथीहरुले दुई चार ओटा ग्रुप बनाई आफ्नो आफ्नो टोल सफा गर्ने हो भने…………..
२ यहाँ धेरैले आदर्शका र क्रान्तिकारी कुरा गर्छन्……………..“Practise What You Preach”.
३ If we will be together and try to do something everything is possible
४ क्रांतिकारी नेता होइन, उन्नतिकारी जनता बनौ !
बंदगर्ने होइन नेपाल-बनाउने काममा अघि बढौ !!
५ हामी आफुले आफ्नो वर पर सफा राख्नु पर्यो अनी अर्को ले पनि गर्नु पर्यो नि
6 आँफु लाई मन नपर्ने राजनीतिक ब्यक्ती र पर्टी माथि रिस पोखेर साकारत्मक कुरा को पनि खिल्ली उडाउन खप्पिस मित्र हरु लाई सबै भन्दा पहिले आफ्नो दिमाग मा भरिएको फोहोर मैला सफा गर्नु हुन अनुरोध
7 सबैले मिलेर हाम्रो टाउन सफा गर्ने हो भने त एक महिना भित्र मा हाम्रो काठमाडौं मात्रै होइन पुरै देश्नै हरा भरा र सुन्दर हुनेथियो
८ we have to do ourselves to bring change. Spoken words may rouse our feelings and fill us with enthusiasm but it amounts to nothing until and unless we come together, cooperate and act.
९ तपाईंको हृदय देखी नै समाजसेवाको भाव आएको हो भने म लगायत अन्य मेरा केही जागरुक साथीहरु सहित माइसंसारका सच्चा पाठक र सामाजिक चिन्तक मिलेर कुनै सस्थाको निर्माण गरौ ।
१० तेसैले हामीले सुरुवात गर्नेहो भने नराम्रो कामको देखासिकी गर्ने देशमा राम्रो कामको देखासिकी
पनी पक्कै हुन्छ !आऊ हामी सबै मिली आजै देखि आफ्नो घर वरपर बाट नै येसको शुरुवात गरौ!!!!!!!!!!!!!
कमेन्ट पढ्दा लाग्छ, माइ संसार का पाठक हरुमा या त हाम्रा नेता हरुको रोग सल्केको हो या त देश बनाउन को लागि एकदम जागरुक भाईसके। यदी जागरुक नै हुनुहुन्छ भने, लौ त आफ्नो आफ्नो टोल मा एउटा एउटा उदाहरणिय काम गरेर यस् ब्लग मा पोस्ट गर्नुस् त हेरम।
मन परे हरियो, नपरे रातो
0
0
शानिबारको दिन थियो म काम बाट आउदै थिए बाटोमा एउटा डेनिश ले आफ्नो एउटा ३ बर्षको र एउटा २ बर्षको
बच्चाहरु लिएर हिडेको थियो र उनिहरुको हातमा एक एक बटा पोलीथिन थियो! बस स्टाप को नजिक एउटा सानो
पार्क थियो ,त्यों डेनिश तेहि बस्यो र ती साना बच्चाहरु पार्क मा फ्याकियेका कागज़ का टुक्राहरु टिप्न थाले
शनिबार उनिहरुको स्कूल (किन्डर गार्डन )बंद हुने हुनाले उसले त्यों दिन देशको लागी समर्पित हुनु पर्ने पथ सिकाएको थियो ! त्येसो त येहा हरेक ३०० मीटर को दूरिमा डस्ट बिन राखिएको हुन्छ येदी कसैले फोहोर डस्ट
बिन बाहिर फ़ाल्छ भने अर्को जो कुनै ब्येक्ति ले पनी तेस्लाई उठाएर फोहोर फालने भाडोमा हालिदिन्छ ! येदी हाम्रो
देश मा पनी बाटोमा हिड्दा चटपट खाएको कागज ,प्रयोग गरिएका टिस्यू पेपर ,पोलीथिन साथै अन्य कुनै पनी चीज
बाटो मा नफ़्यक्ने हो भने केही हद सम्मा सफा हुना सक्छ र अर्को कुरा लिखित रुपमा एक अर्का लाई गालि गरी
नेपाली हुनुको पहिचान दिनु भन्दा आफ्ना (हरेक पढेलेखेका बाबु आमाले) नानिहरुलाई सानै देखि राम्रा कुराहरु सिकाऊन सक्नु पर्छ तब मात्र अहिलेका नेता हरु जस्तोको सिर्जना हुन सक्दैन!उनिहरुका बाबु आमा अनपढ़ हुनालेनै
उनिहरुमा सभ्येताको बिकास हुन नसकेको हो !र अरुलाई चीनी नखा भन्ना का लागी महात्मा गान्धिले आफुले चीनी छोड़ेका थिए तेसैले हामीले सुरुवात गर्नेहो भने नराम्रो कामको देखासिकी गर्ने देशमा राम्रो कामको देखासिकी
पनी पक्कै हुन्छ !आऊ हामी सबै मिली आजै देखि आफ्नो घर वरपर बाट नै येसको शुरुवात गरौ!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Luna ji, wonderful thought, why don’t you go back to Nepal and be a role model yourself, then other people will follow you. Otherwise you are living in Europe and giving lessons to others. How justifiable is it?
Gaurav
मन परे हरियो, नपरे रातो
0
0
lau luna g, nepal aaunus, tapai ra ma milera suru garula.
मन परे हरियो, नपरे रातो
0
0
Luna jee, sachhi hami yasto programme banau, sake samma hami bidesh ma basne haru sabai yakai patak nepal jane programme banau ra yasta suva kam haru ko thalani hami batai garera dekhau ……nattra kehi hune wala chhaina………garib harulai lai bichara chhak tarne dhan 6, dhani haru lai yasto kam garna lag lagchha ani kasle garchha sapha…………?
hami nai jau yak patak milayara all camiti of may sansar kasto lago mero bichar …….? waiting answer
Narayani from italy
मन परे हरियो, नपरे रातो
0
0
लुना जि
नमस्कार
तपाईंको लेख र त्यसमा लुकेको प्रस्तावको समर्थनको निम्ती मैले फेरी शब्द खर्चिन चाहन्न किन भने ‘अती राम्रो’ बाहेक थप शब्द आवश्यक पर्ने छैन । तर तपाईंको प्रस्तावको लगतै एक किसिमको कमेण्टको बर्षा हुन सक्छ – ” भाषण ठोक्न सजिलो हुन्छ लुना । आएर आफु गर्नु अनी बल्ल भन्नु ” हुन पनि हो । हाम्रो देशमा गर्ने काम र बोल्ने धेरै भएर अब त कसको विश्वाश गर्ने कसको नगर्ने भन्ने द्विबिधा भएको छ ।
मलाई पनि यस्ता धेरै कमेण्ट आएका छन । अब यस्ता कमेण्टलाई सहि नियत राखेर सिद्धान्तलाई ब्यवहारमा रुपान्तरणको प्रयास भन्ने कि खुट्टा तान्ने अभ्यास । यो बुझीनसक्नु छ । खै छोडौ यो कुरा ।
तपाईंको हृदय देखी नै समाजसेवाको भाव आएको हो भने म लगायत अन्य मेरा केही जागरुक साथीहरु सहित माइसंसारका सच्चा पाठक र सामाजिक चिन्तक मिलेर कुनै सस्थाको निर्माण गरौ । जहाँ खाली समाजसेवाको नाममा पैसा फाल्ने प्रब्रिती भन्दा माथि उठेर स्वयम सहभागि भईयोस । उदाहरणको लागि बेल्जियमका विद्यार्थी जस्तै सरसफाइमा हामी पनि लागौ । म डिसेम्बरमा नेपाल आउँदै छु । एक हप्ता फोहोर उठाउने जिम्मा मेरो भयो । त्यो बाहेक पनि समाजसेवार्थ अरु केही गर्न सक्छु भने मिलेर योजना बनाउ । म तयार छु ।
हामी नेपालीको सोचाई र अल्छिपनालाई यो भन्दा ठुलो ब्यङ्य के हुन सक्छ ? ” हामी भोकाउछौ । खान देउ भनेर बिदेशीको सहयोग माग्छौ । खाध्यान्न आउछ । पटस्स भुँडी पड्काउछौ । अनी जथाभाबी दिसा गर्दै हिड्छौ । अनी फेरी जथाभाबी दिसा नगर भनेर सिकाउन फेरी बिदेशी बोलाउछौ । खाएर बचेँखुछेको फोहोरले गल्ली सडक ढपक्क ढाक्छ । अनी फेरी बिदेशी बोलाउछौ फोहोर ब्यवस्थापना गरिदे भनेर । ” बाबा यती सानो सानो कुरामा चेतना जगाउन त भर्खर एस् एल सि दिएर फुर्सदमा बसेकाले पनि सक्छन नि होइन र ?
-साक्ष्यात सुशिल
मन परे हरियो, नपरे रातो
0
0
फोहर सफा गर्ने भन्दा पनि नेपालीहरूको फोहर जथाभावी फ्याक्ने बानी सुधार्न जरुरी छ । साथै साना साना केटाकेटीलाई नैतिक शिक्षाको लागी गाउ टोल शहर सफा गर्न सिकाउनु पनि राम्रै काम हो । तर नेपालमा कसले यस्तो शह्रानिय कार्यको शुरुआत गर्ने ?
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा यस्तो सरु भयो भने कुनै न कुनै समुहले बालअधिकार को कुरा उठाउथे होला र बाल बालिका लाई छुट्टि को दिन खेल्नु पाउनु पर्ने कुरा उठाउथे होला । यस्ता कुरा हरु यदा कदा शुरुबाट न भएका होईनन । निरन्तरता नपाएको मात्रै हो । हा ०००० फुच्चेहरुले उठाई हाल्छनी भनेर पाका हरुले झन फोहर गर्न थालेको ले पो हो कि निरन्तरता नपाएको ।
मन परे हरियो, नपरे रातो
0
0
Ma Nepalmaa pharkera gayepachhi arule nagarepani ma aafu chaahi naraamro gardina bhanera gayeko thiye. KTM Sundhara Overbridgeko chheuma suntala ra kera bechdai gareko aamaaharu hunuhunthyo. Ani maile kehi kinera khana thaale. Arule pani kine ani bhakaabhak bokraa chhilera tehi phaale tara mero manle chaahi taha phaalna maandai maanena. teso ta yatratatra keraa ra suntalaka bokraaharu chhariyekaa thiye. Manle namaane pachhi bokraa chhildai plastikkai jholaamaa haale. Tara tyo phohorko jholaa phaalne thaau napaayera dinbhari haatmai jhundaai gharamaa lyaayera aayeko kuraa malaai ajhai pani jhaljhali yaad aairahanchha.
Haami bideshmaa rahadaa kehi yestaa kuraaharu dekhchhau jun nepaldeshko laagi yekdam khaacho chha. tara yo yek byaaktile suru gare hunekuraa chaahi hoina jastochha. kina bhane sabaile thukepo nadibanchha nathukesi sukihaalchhanee. Tesaile lunajee, deshlaai saphaa raakhne ho bhane abhiyaan chalaaunu parchha jasmaa main leader chaahi pradhaanmantrilaai sunpiyera jhaaduliyera agaadi lagaaunu parchha ra leader le maanemaa safaa hundaina bhanna sakinna. awasya hunchha. Yo kura chaahi thokkuwaanai dina sakchhu ma.
मन परे हरियो, नपरे रातो
0
0
Nepalese minor are taught to carry and fight with guns so how can we expect such a great and examplorary contribution.
मन परे हरियो, नपरे रातो
0
0
Luna ji, tapaile ekdamai thik kura garnu bho. I am ready to do it. Lets make campaign…
मन परे हरियो, नपरे रातो
0
0
mukha le bhane jasto byawahar ma utarna gharo huncha luna ji!!
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो सफा होइन फोहोर गर्ने बानी छ ,अब सफा गर्ने बानी बसल्याऊ भने राम्रो नै हो , तर हामी संग कम थोरै कुरो धेरै गर्ने अर्को बानी पानी छ
मन परे हरियो, नपरे रातो
0
0
लुनाजी
एक चोटी नेपाल आएर गरेर देखाउने होकी । त्यसपछि सबैले भन्नेछन बेलजियम बसेर पनि नेपाललाइ सफा गर्नै कत्रो ठुलो ह्रदय ।
जयदेश ।
मन परे हरियो, नपरे रातो
0
0
सबैभन्दा पहिले नेपालको राजनीतिमा रहेको फोहोरी नेताहरुलाई विष्णुमतिमा फालेर सफा गरयो भने नेपालको सडक देखि गल्लीहरु स्वत सफा हुन्छ .
मन परे हरियो, नपरे रातो
0
0
Luna ji,
First of all I would like to warmly welcome to the streets of Kathmandu but don’t worry you don’t have to be first I will be in the first in the working line what you have suggested. You (we) cannot do that living in Belgium or USA or UK. We have to be here in Kathmandu itself. You know why I cannot do that what you have suggested (cleaning the streets or whole city) even I want heartly to clean the city because I need to work for my day to day foods even if it is holiday.
So if you all who are suggesting to do the same as the guys (boys) are doing in Belgium in Kathmandu (Nepal) as well, come to Kathmandu committing to do the work, then I will be in the first place to take the Kucho (jhadoo) to clean the city.
Tell me guys when you are coming to Nepal/Kathmandu to clean the city so that I can also manage the time.
Thanking you.
Raju Gautam,
Kathmandu, Nepal
मन परे हरियो, नपरे रातो
0
0
hi Luna
so nice,as always u have shown your beautiful mind.Thanks a lot.its the way that surely works to make our uglfying society a beautiful and inspiring to live.keep it up.
मन परे हरियो, नपरे रातो
0
0
लुना जि तपाईंको सोच राम्रो लाग्यो। यस्तो कार्य हामीले बर्सौ पहिल्यै हाम्रो (मेरो) गाउ म गरिसकेका छौ भनौ गरिरहेका छौ यक पटक हाम्रो गाउ (मेरो) मा आयर त हेर्नुस् अनी थाहा पाउनु हुन्छ परीस्रम गरे सबैलाई बदल्न सकिन्छ भन्ने। अहिले हाम्रो(मेरो) गाउ मा एउटा नयाँ नियम लागु गरियको छ प्रत्यक महिनको २ पटक प्रत्यक घर बाट यक जना बाटो बढर्न खल्डा खुल्टी पुर्न र सर्सफाइ गर्न अनिबार्य आऊनै पर्ने नाआउने लाई ५०० rs जरिवना गर्ने समाज मिलेर र त्यो जरिवना गरियको पैसा ले बाटो घाटो मा बत्ती लगाइदिने पानी को धारो रखिदिने जस्ता काम गर्ने जस्ले गर्दा बाटो हिंड्ने मात्रै हैन तेही बस्ने लाई पनि सुबिधा होस्। एउटा अचम्म को कुरा चै यो जरिवना भन्ने कुरा लागु भयपछी मान्छे हरुमा पैसा जान्छ भन्ने डर ले काम गर्न आउने रहेछन भने सबै जाना काम गरेको देखेपछी जस्तो सुकै मै हुँ भन्ने ले पनि यक टुक्रा इट र यक मुठी बलुवा बोकेर खाल्टो पुर्न तम्सिने रहेछ यसै लाई त बिकास भन्छन नि होइनर। हामीले त हामी सबै मिलेर हाम्रो गाउ लाइ सुन्दर बनायका छौ अब हजुर हरु पनि आफ्नो गाउ सुन्दर बनाउने कोशीस मा लाग्नुस् यक दिन पक्कै पुरै नेपाल सुन्दर हुनेछ।
मन परे हरियो, नपरे रातो
0
0
very inspiring.thanks.
मन परे हरियो, नपरे रातो
0
0
Luna ji
Hope that all nepali think like you. Our contry our people grater .
punam
मन परे हरियो, नपरे रातो
0
0
sabai jana samajik karya ma lagne ho bhane nepal ma hadtal ra julus ma chai ko jancha ni ani naya nepal kasle banaunchan ni …………..?
मन परे हरियो, नपरे रातो
0
0
dherai ramro udaharana dinu bhayo . Dherai kholaharuma asthai pul ra phatke banauneka sathai Dashain agadi bato marmata jasta amajik karya hamro samajma pani thiyo ra chhapani hola. adhunikta sangai gaunma bikaska paisa aauna thalna sath yasto purana ramra chalan pani ojhelma paryo. yo hamro shichhako kamajori ho. kunai pani naya chalana chalauda hos wa purano chalana chhodhda hos tyasabat hune phaida bephaidako bishleshna garnu parne sikai bhayana khali andha anusharana matra.
मन परे हरियो, नपरे रातो
0
0
सबैले मिलेर हाम्रो टाउन सफा गर्ने हो भने त एक महिना भित्र मा हाम्रो काठमाडौं मात्रै होइन पुरै देश्नै हरा भरा र सुन्दर हुनेथियो अँ अर्को एउटा कुरा भने सरकारले फोहोर उचित ठाउमा फाल्ने व्यबस्था भने गर्नै पर्छ , विद्यार्थी र डाक्टर देखी भद्र भलाद्मी सबैले यस्मा सहयोग गर्छन् किनभने आफु वरिपरी को बातावरण सफा नभोइ कन हामी कसरी सफा रहन्छौ ? यो हाम्रो लुना को टाउन हराभरा राख्ने चिन्तन देखेर मलाई आशु आयो सबैको यस्तो मन भए कस्तो हुन्थ्यो होला ? हाम्रा मन्त्री हरु र ठुला बडा भनाउदाहरु तेही फोहोर मा खेल्न मन पराउछन यानेकी हामीले देखेको छ तेही फोहोर्को डङ्गुरबाट सुइय कालो गाडीमा हिन्छन गन्द आए नाक थुन्छन अनी महल मा जान्छन माथि महल मा बस्छन तल फोहोर को डन्ङ्गुर छ कसरी कमिसन लिने भन्ने तिर ध्यान जान्छ तर यस्तो राम्रो पवित्र काम्को लागि ध्यान जादैन यिनिहरुको मुख्मा फोहोर परेपनी कुला गरेर बिर्सिदिन्छन , नपरेको पनि त छैन नि ।
मलाई एउटा याद घटना याद आयो म दुई बर्ष अगाडी नेपाल गएको थिएं , र टिचिङ्ग हस्पिटल मा एउटा आफन्तको बच्चा सिकिस्त बिरामी भएर ल्याएको थियो र म तेही बच्चाको लागि सहानुभुती बोकेर त्यता तिर गएँ । त्यो हस्पिटल बच्चाको लागि काठमाडौंमा बर्दान नै मानिन्छ , बक्च्चालाई भेटेर म मास्लो तला अनुगमन गरिहालौ न भनेर माथि तिर गएको त फोहोर गनाएर एक मिनेट पनि टिक्न सकिन अनी केहीबेर पछी रेस्टरूम कता छ भनेर त्यातिर जाने बिचार गरेको थिँए त्यो बिमारी बच्चा को आमा बोल्नु भयो” बाबु त्यो रेस्टरूम (टोइलेट ) मा त नजानु बाफ्रे बा उल्टी नै आउछ म नगएको पनि दुई दिन भइसक्यो ” कोही पालो दिने आए भने बाहिरै जान्छु होटेल तिरै नभए जान्न ” अनी कसरी बस्नु हुन्छत टोइलेट यती लामो समय सम्म नगएर ? मेरो प्रश्न पल्टियो ” गयो भने पनि दिशा पिशाब नै हराउछ अनी के गर्ने त्यो टोइलेट्मा ” उत्तर यस्तो थियो । अब मैले यहाँको डाक्टर को त छुट्टै ब्यबस्था होला बिमारी कुरुवा र कर्मचारी अनी बिमारी भने के गर्छन् त मन मा कौतुहर्ल्ता पलायो । अनी एउटा कर्मचारी लाई सोधे ‘ सर यहाँ कही ब्यबस्थित टोइलेट होला ? उस्ले मुन्टो हल्लाएर उत्तर दियो “छैन “अनी मैले सोधिहाले अनी तपाईं कहाँ जानु हुन्छत ” कहाँ जानु तिहीँ नि ” अनी जानु हुन्छ सफा गर्नु हुन्न त ? मेरो प्रश्न खस्न नपाउदै उन्ले मलाई कुटुला जस्तो गरेर जङ्गिए ” मलाई टोइलेट सफा गर्ने मेतर देख्नु भो ? ” मैले केही जबाफ फर्काइन र बाहिर आएर केहीबेर त्यो टोइलेटको अनुगमन गरेँ केही बेरमा नर्स त्यो टोइलेट मा पसिन र एक मिनेट पछी नाक थुन्दै निस्किन , मैले बिचार गरेँ ए यिनिहरुपनी यही टोइलेट युज गर्दा रहेछन , तेही बेला टेही टोइलेट को नजिक भएकी एक अध बैसे महिला ले भनेको सुने ” नर्स पनि ख्वाक्क खकारेर निस्किन्छन कस्तो बेहोरा ” ति नर्स ले त खकारेर पो निस्किके रहेछिन कुन्ताको गनाउने तेहिमाथी उन्ले त खकारेर फुत्त निस्किन मैले पनि युज नगरि नभएको थियो . एक घण्टा अगाडि पानी पिएर त्याहा आएको थिएँ toilet nagae डान्सिङ्ग गरिरहनु पर्ने भयो । मन नलागी नलागी पसेँ त्यो नर्क भित्र सास फेर्न गाह्रो भो भर्खर थुकेको आलो खकार ले नर्स लाई गिज्जियाइ रहेको थियो ,अनी अर्को कुना मा एउटा धारा मा पानी अटुट रुप्मा बर्षाको भेल जस्तो बाहिर बगिरहेको थियो । त्यो पानी को सदुपयोग यस्तो फोहोर सफा गर्न मा गरे कस्तो हुदो हो ? मन मा कौतहल आयो । पानी नभएर सारा हाहाकार छ ,याहा भने यसरी पानी खेर गैरहेको छ पिउने ले यो पानी कती पिउथे होलान ? अनी कती सदुपयोग हुन्थ्यो होला ? कती प्राण भरिन्थे होलान ? मैले नर्स लाई सम्झे उनी जस्तै राम्री यि यहाँकी बातावरण र प्रक्रिती लाई बनाउन पाए कस्तो हुन्थ्यो होला ? कती सुन्मा सुगन्ध हुन्थ्योहोला अनी उनी (ति नर्स )झन कती राम्री देखिन्थिन होला ? उनी त थुकेर एउटा कारमा चडेर गइन पर सम्म उनी गएको अरुले पनि हेरिरहेका थिए देख्न मा साह्रै राम्री पनि थियिन ।
यो माथि को जस्ताइ घटना ऐले तपाईं गएर न्याल्नु भो भने पनि देख्न सक्नुहुन्छ होला किनभने परिवर्तन त के पो भयो होला र ? टोइलेट भन्ने हामीले त गन्दा गर्ने हो सफा गर्ने त मेतर्ले हो भनेर डाक्टर देखी नर्स अनी कर्मचारी सम्म सबै मा छ । खुलम खुल्ला थुकेर र गन्दा गरेर भलाद्मी हरु जान्छन तर हामीले सफा गर्नु पर्छ भन्ने मान्यता कसैलाई छैन । अब मेरो प्रश्न छ यहाँ को मेतर हो ? र को सद्दे ? ति जस्लाई उनिहरु मेतर भन्छन तिनिहरुको पनित उस्तै मन छन नि । उनीहरुलाई पनि दिल दुख्छनी होइन र ? मान्छे आखीर मान्छे नै त हो नि के फरक छ र ? सबै मान्छेमा ? सबैको बनोट एउटै हुन्छ मन एउटै हो खाली गरीबी र अशिक्षाले त फरक होलानी तर हामी बीच व्यबहार किन यस्तो ? जान्ने बुझ्ने ले नै यस्तो गरेपछी ति गरीबी ले पिसल्टिएका हजारौं जनता कसरी माथि उठ्ने ? र कहिले उठ्ने ? अनी नयाँ नेपाल कसरी बनाउने ? लुनाले भनेजस्तै सबै विद्यार्थी मात्र होइन डाक्टर शिक्षक देखी सबैले यो अभियान मा सहभागी हुनु पर्छ र आफु चोखो छु राम्रो छु मैले सफा गर्दा इज्जत जान्छ भन्ने कुभाबना त्याग्नु पर्छ र सबै हराभरा हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
के गर्ने लुनाजी , केही गर्न खोजेको मान्छे (केशव स्थापित )लाई , हजुरका पूजनीय नेताहरूले के त मेयेर पद छोड़ की त ज्यांन छोड़ भने I
मन परे हरियो, नपरे रातो
0
0
लुना जि बिचार राम्रो हो । यो बिचार नेपालमा लागु होला भनेर म विश्वाश त गर्दिन तर पनि केही खतिएका कुरा राख्छु
१) सडक पेटिमा फोहोर कस्ले फाल्छ ???? वा सडक पेटी गाउ घरमा फोहोर कस्ले बनाउछ ???
२) फोहोर बनाउने कोही अनी सफा गर्ने अरु कोही ???
३) हामी आफुले आफ्नो वर पर सफा राख्नु पर्यो अनी अर्को ले पनि गर्नु पर्यो नि
४) हामी नेपाली नाक छोपेर हिंड्नु पर्ने हामी आँफैले गर्दा हो जहाँ पायो तेही फोहोर फाल्यो
५) निस्चित स्थानमा फोहोर को भाडो राख्नु पर्यो सबैले फोहोर निधारित भएको ठाउमा फ्याक्नु पर्यो
(६) टोल समिती वा फोहोर ब्याबस्थापन समितिले फोहोर ब्याबस्थित ठाउमा फाल्नु पर्यो
मन परे हरियो, नपरे रातो
0
0
Good article Luna ji,,,Finally you came up with something which is more relevant,,, I was fed up with your continuos ranting of Sood Sood Sood,,,, I beleive your hangover is over… Good for you and Good for us who always appreciated your writing
मन परे हरियो, नपरे रातो
0
0
भत्काउनको पालो पुग्यो, बनाउनेको पालो अब !
काठमांडू पनि सफा हुन्छ, गरिन्छ सफाई जब !!
क्रांतिकारी नेता होइन, उन्नतिकारी जनता बनौ !
बंदगर्ने होइन नेपाल-बनाउने काममा अघि बढौ !!
मन परे हरियो, नपरे रातो
0
0
Luna Ji
Kina Tapai Batai Suru nagarne aaunus na melera suru garau arulai bhana ra aafule garna ma farak hun6 lunaa jiiiiiiiiiiiiiiii
मन परे हरियो, नपरे रातो
0
0
luna jee
your are right. thanks
मन परे हरियो, नपरे रातो
0
0
hami nepali haru “jyadai sokhin manchey” haru ho. !! yesto garna thalyo bhaney ta din mai raat hola/ jaat nai jala jasto garchan !! kehi nagarey ni kaam se kaam afno ghar aangan matra safa garey ni dherai hunthiyo. !!
NIJU
मन परे हरियो, नपरे रातो
0
0
Luna jee:
Thanks for bringing positive thoughts!
मन परे हरियो, नपरे रातो
1
0
Hi Luna Ji,
1st of all I would like to say to you thanks,
I’m also with you. If we will be together and try to do something everything is possible here. But we need to focus and I think let’s make one team or organization or whatever we need to start now so we will be success right friends? Just make plane how we can do like Luna says for our country for our town please friends think about that.
Thank you,
RAJ, Fluor US Co.
मन परे हरियो, नपरे रातो
0
0
ठिक कुरा तर के गर्नु हाम्रो मा यहाँ काम गर्न्दा सानो भईला भनी सोच राख्ने हरु धेरै छन्
कामलाई सानो ठानेर हामी ठुलो भूल गर्दै छौ
मन परे हरियो, नपरे रातो
0
0
हा… हा….. हा…. लुना जी, धेरै राम्रो कुरा उठाउनु भयो. तर यहा केहि समस्या छ.
1. काठमांडौ को सडक नै खल्डा खुल्डि छ.
2. यही फोहरमा नेताहरु लाइ राजनिति गर्नु छ.
3. नेपालि (म पनि नि) हरुमा अनुशासनको को कमि छ न भनौ अनुशासन नै छैन. अनि चेतना त …. भो न भनौ.
4.फोहरलाइ हामि फोहरनै ठानछौ.
मन परे हरियो, नपरे रातो
0
0
राज जी , भन्न धेरै सजिलो छ।
यहाँ आएर (नेपाल) केही गर्नुस अणि थाहा हुन्छ।
बाहिर बसेर भाषण दिन धेरै सजिलो छ।
सतिले सरापेको देश, राम्रो गर्नुस अनी दु:ख पाउनूस ।
मन परे हरियो, नपरे रातो
0
0
!!!!
If Nepalis can make plane, all the problem will be resolved
मन परे हरियो, नपरे रातो
0
0
लुना जी तपाई को बिचार संग सायद नै कोही असहमत होला/ तर दुर्भाग्य अगाडी आएर उदारण हुने कोही भएन/
मन परे हरियो, नपरे रातो
0
0
You are not getting it,dear lunaji;You are just seeing from the surface not going deep inside the problem. KM (Katmandu municipality) has plenty of cleaners. The real problem is our so called “neta” If they stop to play political game on garbage issue then half of the problem is gone. The other half problem lies on us. E.g., we the people throw our garbage everywhere and keep our house clean but don’t care about the public places. Still, any one can do voluntary work with their free will for KM, there is no objection. But it is against personal liberty if we impose or pressure on any demography.
Every country has different values, belief, environment and tradition. “उनीहरूले घोड़ा चढे भने हामीले मूल कुरै नबुझी धुरी चढन त जानु भएन नि” .
मन परे हरियो, नपरे रातो
0
0
लुना जी ले सामूहिक प्रयास को कुरा उठाउनु भएको छ, तेज को काम चाहि नेता को मुख(मेयर) को ताकने मात्रै छ. लुना जी को कमेन्ट आशय नेता, मेयर, वडा अध्यक्ष भन्दा माथी उठेर जनता ले सामूहिक प्रयास गर्ने भन्ने हो. तेज को दिमाग भने फोहोर माँ पनी राजनीति गर्ने भन्ने छ.
मन परे हरियो, नपरे रातो
0
0
Dinesh ji, 3 number ko point chahin ekdum sahi lagyo. K garne ma nepali bhayera pani swikarnu pareko chha!! Kahile aaune hola nepali haruma chetana…!!!
मन परे हरियो, नपरे रातो
0
0
लुनाजी, तपाईंले कहिले यस्तो गर्नुभएको छ त? धेरै अघि जब पेट्रोलको अभाव भएको थियो, धेरैले साइकल चढ्ने कुरा गरे, तर कतिले साइकल चढे? म यहाँ माइसंसारका साथीहरुलाई एउटै कुरा मात्र भन्न चाहन्छु “Practise What You Preach”. यहाँका साथीहरुले जे भन्नु हुन्छ, त्यो पढ्दा त मलाई देश सप्रिसक्यो भन्ने लाग्छ।
मन परे हरियो, नपरे रातो
0
0
राजधानी कै फोहोर उठाऊन न सक्ने नेताहरुले देश हाँक्लन भनेर के विश्वाश गर्नु र लुनजी
मन परे हरियो, नपरे रातो
0
0
Luna jee your idea sounds good but appears very difficult to follow in practice in present situation of Nepal where people have no sense of personal responsibility towards society and the public concern. So in my opinion, it’s practical to convince general public at this time to stop littering the public areas campeigning with pamphlets posters and other medias as well. This will be more effective than expecting anyone for voluntary work. What do u think my friends?
मन परे हरियो, नपरे रातो
0
0
Luna ji,
Tapaiko kura ta thikai ho!
Hamro sahar pani yesarinai sapha garne ho bhane ta 15 barshe thitaharule hami sahar bashi ra netaharulai pani “WAKHARPAUWA”(dumping site) puryai dinchhan ni.
Hunna tapaiko kura, hamrolagi?
मन परे हरियो, नपरे रातो
0
0
” मनको लड्डु घ्यु सङ्ग ” लुना जि तपाईंलाई थाहा छैन त्यो बेलजियम हो र यो नेपाल हो । भनाई र गराईमा जमिन आकाशको फरक हुन्छ । भन्नु त सबै नेताहरुले सधैं भनिरहेका नै हुन्छन स्विटजरल्यान्ड बनाउछु भनेर तर कहिले हुँदैन । र तपाईं यस्ता बक्कमफुस कुराहरु लिएर आउनु हुँदै छ । मलाई चाँही हास्नु मन लाग्यो उफ !!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
लुना जि
तपाईंको सोच सग सहमत
असहमत
१न.फोटोमा कलिलो स्कुले विद्यार्थी( बालश्रमको नमुना)२ न हेर्न पाइन/
स्कुले बिध्यार्थी(१५ बर्ष)छोडेर,कलेजमा राजनीति गर्ने (१८ बर्ष)माथीका लाई यो कार्य गराउनु सही होला कि !
नुरिङ्ग मणी बिनोद
धरान
मन परे हरियो, नपरे रातो
0
0
Purushottam Babu,
Yesma Luna ji le uthaunu bhayeko kura kati fohor chha bhanne hoina. Tapai le bhaneko jasto kura ta sab lai tha chha ni. Yeha ta kasari hamro sahabhagita ra sakriyeta ma safa garne bhanne po ta. Badta Janne Paltine Yaar.
मन परे हरियो, नपरे रातो
0
0
I am agree with Many friends….who gave positive thought about Luna,s Article.
she is 100% right and government should give a place to dispose the garbage.
that’s all..
surendra from Nuwakot, Belkot-1,
मन परे हरियो, नपरे रातो
0
0
आ Purusottom जी, तेती सानो कुरालाई पनी यती लामो गन्थन, यती समयमा त,त्यों पुरै टॉयलेट सफा हुन्त्यो, यदि तपैले लुनाजीको कुरालाई मन भित्रैबाट समर्थन गरेको हो भने ……..नारिसौनुस, नि ? यो पनि यौता कुरै हो !
मन परे हरियो, नपरे रातो
0
0
Dear Purusottamji,
You have a good thought and expressed well about real situation in Nepal. I found out this that any time people talk about awareness and responsibility, it irritates them. Since majority of Nepalis mind is in dormant state, all they know is 3 points. I don’t know, I don’t care, I cannot do it, “Chaina, sakdaina, malai ke matlab”. These kind of negative impacts are deeply ingrained in top to bottom level of society. Specially, all those government officials have arrogannce, cold, irresponsible and self-degraded rotten attitude. And this kind of attitude is dampening the whole society.
Unless, we’re able to appoint fresh and young generational, energetic, newly educated who wants to move forward and serve the public like in developed country, we won’t see the horizon that soon as we wish.
Anyway, I appreciate for your short narration as well as Luna’s encouragement and suggestion for all walks of Nepali brothers and sisters. Thanks!
Sonam
मन परे हरियो, नपरे रातो
0
0
महेश जी को कुरा सँग म पनि सहमत छु। यहाँ कुरा स्वबिबेक को हुँदैछ तर बिबेक को प्रयोग सधैं फोहोरी राजनीति मात्र मन्ने मित्र लाई स्वाबलम्बन को पाठ कस्ले पढाउने? यो ब्लग मा प्रकाशन भएका हरेक बिचार लाई आँफु लाई मन नपर्ने राजनीतिक ब्यक्ती र पर्टी माथि रिस पोखेर साकारत्मक कुरा को पनि खिल्ली उडाउन खप्पिस मित्र हरु लाई सबै भन्दा पहिले आफ्नो दिमाग मा भरिएको फोहोर मैला सफा गर्नु हुन अनुरोध गर्द्छु। सफा मस्तिस्क ले मन सफा बनाउछ सफा मन ले संसार सफा भएको देख्न चाहन्छ, लुना जी को जस्तो। किन कि “फूलको आँखा मा फूलै संसार, काँडा को आँखामा काँडै संसार”।
Good job Luna jee, keep it up..
तेज प्रसाद अधिकारी
बुटवल
teju4you@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
namaskar sathi haru
luna ji ko bichar ramro chha.gare je pani hunchha tar ke garnu hamra neta ji haru lai sadhai ko julus nara ani dharna mai basta chhan kamse kam julus hadtal ko samye sadupayek gare aadhi kam hune thiyo ki
मन परे हरियो, नपरे रातो
0
0
thanka Tej jee
when you write some thing pls use your nike name also coz me also Tej and my friends say me you give a comment like ………… so take your benifit your self
thanks
Tej “niras”
मन परे हरियो, नपरे रातो
0
0
You are An idiot completely….
मन परे हरियो, नपरे रातो
0
0
G9ji (Wow, what an ID?),
Thank you for sharing your experience in keeping your village clean. I want to add some more inspiring stories.
You reminded me of my visit to Sirubari of Syangja, a model village, back in the fifties. I was totally taken by surprise to find stone paved road all over the village; water tap, bathroom, toilet, clean front yard in all the houses and much much more. The villagers did all that and their cooperation was instrumental in implementing the concept of model village. Inspiring!
Another incident I remember is that of my visit to Dhampus. On the way, I saw a backpacker a few metres in front of me stopping and picking tidbits of paper/plastic wrappings of sweets/noodles etc. whenever he saw such trash along the foot trail. My curiosity got the better of me; I walked up to the backpacker and asked him why he was doing so. He told me flatly if we did not do that then how could we expect a clean village. A few minutes later, we came to a trash bin placed by the side of the foot trail where he dumped the trash he had collected on the way. Impressive!
To cut the story short, we have to do ourselves to bring change. Spoken words may rouse our feelings and fill us with enthusiasm but it amounts to nothing until and unless we come together, cooperate and act.
Lunaji,
The concept of utilizing school/college/university holidays to serve community is well entrenched in the western society. It is a good practice as it provides opportunity to students to learn and respect work. Also, it helps students to earn some money.
The example you have cited above on the possibility of persuading students to help keep a community clean needs to be deeply pondered upon. In case of Kathmandu, I doubt if such concept is worth emulating. This is because of the amount of garbage that has to be handled. Another reason is that too many bandhs in Nepal leave very little time for our children/students to go for volunteer or social work. The situation in other cities are not that too different. However, in the villages this concept is implementable and that too without much effort. In the cities, we can think of other options such as providing a helping hand to the needy – orphans, the aged, and the sick.
Dhanyabad!
मन परे हरियो, नपरे रातो
0
0
र फोहोर उठायेर तोकिएको ठाउमा फाल्न दिनु पर्यो । जथा भाबी फोहोर फल्नेलाई दन्ड्को ब्यवस्थ हुनु पर्यो । फोहोर उठाउने ब्यवस्थमा नेपाल प्रहरिले प्रत्यक्ष्य निगरनी राख्नु पर्यो । फोहोर फल्ने ठाउँमा फोहोर अटाउने किसिमको पेटीपनी हुनु पर्यो । यो सबै दाईत्व उठऊन सक्ने सरकारपनी नेपालमा हुनु पर्यो ।
मन परे हरियो, नपरे रातो
0
0
ani tapain ma ni ! suman ji ? kaile samma achet bhayeko ma swikarera basnu hunchha,kaile samma hami le hamilai nai dhikkarera basne, nichodma aaunus,harek kura lai swikarera na basnus,paila hami le aa~afno chhetra ma ta heraun , tyahan ke garna sakin6a ?
मन परे हरियो, नपरे रातो
0
0
लुना जी
अरुलाई मात्र गरौ नभनी तपाईले पहिले एक हप्ता होइना ३ दिन मात्र एस्तो काम गरेको बिस्तृत बिबरण सहित फोटो खिचेरा पठौनोस न, अनि बोल्ना मिल्छा, फोटो खिचेरा एसो अर्ति उपदेश दिना त सबैलाई सजिलो हुन्छा के,
काम गर्न गार्हो पो हुन्छा,
तपाई पहिले अघि सर्नोस अनि अरुलाई भन्नोस,
मन परे हरियो, नपरे रातो
0
0
लुना जी को यो लेखको लागि धन्यबाद तर कमेंट्स हेर्दा धेरै साथीहरु मुर्ख र फोहोरमाँ पनि राजनीति गर्ने खालको देखियो आफै दैनिक नेता र राजनितिलाई गाली गर्ने अनि जाबो फोहोरको कुरा आउदा पनि राजनीतिसंग जोड़ने हाम्रो यो प्रब्रिती पनि परिवर्तन हुनु जरुरी छ. रोजगारको समस्या छ धेरै नेपाली बिदेसियेका छन धेरैले क्याम्पस गएर बाकी समय तेसै फालेका छन ल ठीक छ लुना जी बिदेसमा हुनुहुन्छ जो बिदेसमा हुनुहुन्छ उनीहरूले गर्न सक्ने भनेको अली कति आर्थिक सेवा हो अनि अर्को कुरा बिदेस तीर आफ्नो टोल समाज कसरी सफा राख्छन सामाजिक कार्यमा तेताको जनता कति जागरूक छन र सामाजिक जनचेतानाको लागि के गर्छन? बिदेस माँ बसने एउटा नेपालीले सिकने कुरा हो त्यों लुना जी ले त्यों सिक्नु भो र आफु अहिले नै देसमाँ फ़र्कन नसके पनि माई संसार मार्फ़त आफ्ना युवा साथिहरु संग येसो गरौन भनेर आफ्नो कुरा राख्दा पनि बिरोध गर्न खोज्नु त मुर्खता हैन के लुना जी ले लेखेको कुरा राम्रो छैन र? हामी बेरोजगार भएर देसमा बसेको युवाहरुले समूह बनाएर सफा गर्दा के बिग्रंछा र? नेपालमाँ बसने युवाहरुमा जागर हरायेकै हो त के तिनिहरू आफ्नो टोल समाज सफा राख्न किन हिच्किच्चाउछन र बिदेसबाट कसैले सुझाब दियो भने के त्यों बेक्तिनै उपस्थित भएर काम गर्यो भने गर्यो नत्त्र सामाजिक काम र सफा सुग्घरको काम पनि नेपालमाँ बस्नेले चै गर्न नहुने किन?
लुना जी को कुरालाई सकारात्मक रुपमा लिएर भोली देखि नै नेपालमाँ बस्ने साथीहरुले दुई चार ओटा ग्रुप बनाई आफ्नो आफ्नो टोल सफा गर्ने हो भने समाजलाई धेरै कुरा सिकौन सकिंछा फेरि पनि सकारात्मक कुराको लागि लुना जी लाई धन्यबाद.
मन परे हरियो, नपरे रातो
0
0
will u turn the other cheek
मन परे हरियो, नपरे रातो
0
0
लक्ष्मण सुवेदीजी,
मेरो लागि लुनाजी एक प्रतिनिधि पात्र मात्र हुन्। मैले भन्न खोजेको र तपाईंले बुझ्नु भएको कुरामा कुनै मेल नखाएको जस्तो लाग्यो। मैले लुनाजीले फोहोर उठाउने कुरामा विरोध गरेकै होइन, मैले यति मात्र भनेको हो कि आफूले भने जस्तो गर्नुभएको छ कि छैन? यहाँ धेरैले आदर्शका र क्रान्तिकारी कुरा गर्छन्। भ्रष्टचारीको खोइरो नै खन्छन्, गोविन्द राज जोशी, खुम बहादुर खड्का, चिरञ्जीवी वाग्लेका नाम सुन्ने बित्तिकै कतिलाई त एलर्जी नै होला जस्तो लाग्छ। त्यो देख्दा म त उहाँहरु सामाजिक बहिस्करणमा पर्नुहोला जस्तो लाग्थ्यो, तर त्यसको ठीक बिपरीत उहाँहरु कसैको भोजमा ‘पाउ कष्ट’ गर्नु भो भने ‘धन्य हो प्रभु’ भन्या जस्तो हुन्छ। अरिङ्गालको गोला झैं वरिपरि ‘त्वमेव माता, त्वमेव पिता’ भन्ने झुण्डको कमी मैले कहिले देखिन। म जहिले पनि कल्पना गर्ने गर्छु, नेपालमा कहलिएका भ्रष्टचारीका छोरा-छोरीको बिहेको कुरो चलेको खण्डमा बाबु भ्रष्टचारी भएकै कारणले नै अस्वीकार गर्ने परिवार साँच्चै यो मुलुकमा कति होलान् त? यस ब्लगमा धेरै साथीहरु भ्रष्टचारको सजाय ‘फाँसी’ भन्दा तलकोलाई क्रान्तिकारी मान्नुहुन्न। के उहाँहरुको नातेदार नै भ्रष्ट भए त्यस्तै ‘क्रान्तिकारी’ बन्न सक्नुहोला? हाम्रा नेपालका एक पत्रकार विजय कुमार पटक पटक भन्ने गर्नुहुन्छ, ‘शब्द’ र ‘जिन्दगी’ मा धेरै फरक छ। यो हाम्रो देशको धरातलीय यथार्थ हो, लक्ष्मणजी। That’s why I’m saying “Practise What You Preach”.
मन परे हरियो, नपरे रातो
0
0
राइ जी महिले तपाईलाई मात्र भन्न खोजेको चै थियेन तर तपाई कै मुनि कमेंट्स लेख्न गएकोले तेस्तो भएको होला तेस्मा तपाई लागायेत सबैको answer छ तपाईलाई भन्दा पनि अरु थुप्रैलाई भन्नु पर्ने कुराहरु हो त्यों. समग्रमाँ तपाईको बिचार राम्रो नै छ मेरो पनि समर्थन नै छ तपाईको बिचारमा तर लुना जी लाई बेक्तिगत रुपमा त म चिन्दिन तैपनी माई संसारकै माध्यम बाट कमेंट्सहरु पडदा सुने अनुसार वाहा सामाजीक सेवाको छेत्रमा आफुले सकेसम्म आर्थिक र अन्य रुपमा सहयोग गर्न सक्रिय नै हुनुहुन्छ रे अनि कमेंट्सहरु पनि राम्रो नै गर्नु हुन्छ अनि वाहाको बिचार राम्रो पनि लाग्छ तपाईको भनाई अनुसार त सबै जना चुपचाप बस्नु पर्ने भो की देखेको कुरा अरुलाई भन्नुभन्दा पहिला आफुले गरि हाल्नु पर्ने भो. लुना जी बिदेसमाँ हुनुहुन्छ तेहा देखेको कुरा युवा साथीहरु बिचमा राख्दा सकारात्मक प्रभाब पर्ला भन्ने सोचले नै वाहाले यो लेखेको हुहुपर्छा अरुलाई भन्ने मात्र हैन आफुले पनि जिन्दगीमा लागु गर्न सक्नु पर्छा भन्ने तपाई को कुराचै सही हो मित्र तर येस्तै प्रश्न त तपाईलाई पनि लागू हुन्छ नि लुना जी ले आफ्नो ठाउबाट समाज सेवा गर्दै हुनुहुन्छ अनि बहिर बसेर समाजको लागि राम्रो हुने काम देख्नु भो र तत्काल युवा साथीहरु माझ बहसको लागी लिएर आउनु भो त्यों सकारात्मक हो तर मलाई आशा छ तपाईले पनि आफ्नो समाज टोल तीर केही राम्रो काम गर्दै हुनुहुन्छ होला तपाईको बिचार हेर्दा देस्भक्त्त सामजिक मान्छे जस्तो नै महसूस हुन्छ र अन्तमा अरुले के गरे नेताले के गरे भन्नुभन्दा पनि हामी युवाहरुले सकारात्मक काम लाई आफ्नो आफ्नो ठाउबाट लागु गर्ने कोसिस गरि हाल्नु पर्छ जस्तो मलाई लाग्छ. धेरै कुरा गर्नुभन्दा लुना जीको सीर्सकलाई हेरौन वाहाले अरुले मात्र गर्नु पर्छ भनेको छैन सबैलाई भन्नु भाको छ हामी पनि येस्तई गरौन भनेर.
मन परे हरियो, नपरे रातो
0
0
सुवेदीजी,
मैले अघि नै भनिसकें कि लुनाजी मेरो निम्ति एक प्रतिनिधि पात्र हुनुहुन्छ भनेर| चुपचाप बस्नु पर्ने वा आफूले पहिला गरिहाल्नु पर्ने भन्दा पनि मेरो भनाइ यति मात्र हो “काम जस्तो कुरा गर, कुरा जस्तो काम गर”|
मन परे हरियो, नपरे रातो
0
0
Dhakal ji…
Sarai man paryo tapaiko Analysis and last logic recommendation.
aaba Mysansar ma bistarai testa kura padhna paine bhayo.. jun Luna ji ko lekh le prerit bhayera samuhik bikas ma yogdan pugne chhan.
ani tapaile ni Dhakal ji? kehi suru garne yojana garnu bhayeko chha ki?
Shree
मन परे हरियो, नपरे रातो
0
0
ढकालजी,
म अहिले मोटरसाइकल-मोटर केही चलाउँदिन, साइकल चलाउँछु, अफिस जाँदा-आउँदा। मेरो सानो प्रयास – वातावरण र इन्धनप्रति।
मन परे हरियो, नपरे रातो
0
0
ढकालजी,
It is good to see the summary of the comments posted by you. Thank you for your effort.
You have rightly voiced your concern on whether the commentators have contributed in the past or have been contributing now or will be contributing in the near future physically, mentally, and/or financially to improve the condition of their locality or elsewhere. I am positive that you can rest assured that not all the commentators are empty vessels. If my memory does not fail me, I remember reading the valiant act of Madan Bajracharya in helping a Nepali woman escape from a brothel. Similarly, I relished Krishna Gopal Shrestha’s sharing of his experience in keeping his locality (?) clean.
As for myself, I have not done much along those lines where one directly interacts with the stakeholders and participants. However, I have contributed text books, books on literature and magazines to my village schools and to local NGOs who run adult literacy class in the villages for a couple of years. Of course, I have not inquired how the reading materials have helped the students and adults.
I am sure you would agree that not all of us can be Mahabir Pun. However, this does not stop us from thinking along his lines of thought or similar thoughts to uplift our society and probably act accordingly to fulfill, at the least partially, what we think is good for us and our society.
धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
अरुलाई अर्ती उपदेश दिन त सबका सब माहिर छन यार ।।। नेता बन्ने पहिलो खुट्किलो ।।।।।।।।।।।।।
मन परे हरियो, नपरे रातो
0
0
राजजी,
सल्लाह वा योजनालाई तपाईं अर्ति-उपदेशको संज्ञा दिनुहुन्न । योजना कार्यान्वयनबाटै सफलता प्राप्त हुन्छ । र कसैले दिएको सल्लाहलाई उल्टै तैं गरी देखा भनेर केटाकेटीले जस्तो मुख फर्काउनु कहाँसम्म उचित छ ?
यस्ता कुराहरू एक्लै सम्भव हुने पनि हैन ? यसका लागि सामुहिक प्रयासको खाँचो छ र यस्तो कार्य स्थानीय क्लब, सामाजिक सस्था, नगरपालिका, गाविस आदि सम्बन्धित संस्थाको पहलमा गर्न सकिन्छ ।
हुन त यस्ता कुरा स्वयम्मा समाधानका उपाय हैनन्; मुख्य कुरो यसको प्रभाव हो । अर्को कुरा फोहोर व्यवस्थापन भन्दा पनि फोहोर न्यूनीकरणतर्फ लाग्नु राम्रो हो । यसका लागि लुनाजीको जस्तै सबैको सहयोग, सल्लाह, सुझावको आवश्यकता छ ।
मन परे हरियो, नपरे रातो
0
0
i like your inspiring stories.. thank u for sharing it… may i know pls where r u form??
मन परे हरियो, नपरे रातो
0
0
Keshavji,
If I am to make a calculated guess, then I would say you are from Bhojpur given the title (or surname?) you are using in your ID. Well, if it is true then I must say my ancestral village is not very far from your village. Unfortunately, I have not visited Bhojpur.
उही छिमेकी गाउँले,
मन परे हरियो, नपरे रातो
0
0
तारा जी उठ्नु पर्छ आफ्नो थू बात देश बनू न को लगी अबा हामी नौथी कही हुदैना त्यों भने को एक्लो प्रयास ले केहि हुन सबै मिलेर लाग्यो भने असम्भब केहि हुदैन ! तपी हामी जस्तो १/२ मिलेर हजार बांचा हजार बने पची मात्रै केहि हुंचा तर सुरुवात भने को १ बट नै हुन्छ
सम्पर्क को व सुझाब सलाह को लगी
rmanish_1@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
सानो जि फोहोर नभए त कुरै नै उठ्ने थिएननी होइनर ? पुरुशोत्तम जि ले दिएको उदाहरण तपाईंले फेरी राम्रो गरी पढ्नु भन्ने सल्लाहा दिन्छु म त किन कुरै नबुझी बोल्नु भएको तपाईं ? अनी यस्तो कुरा त सबैलाई थाहा छ भनेको के हो ? थाहा भए किन चेतना हाराएको सबैको र सबै मिलेर त्यो फोहोर को उचित ब्यबस्था किन नगरेको नि ? अनी तपाईं ले भनेको सक्रिएता भन्दा त पुरुशोत्तम जि को अझ बढी छ जस्तो लाग्यो मलाई अनी पुरुशोत्तम जि ले भनेजस्तो सबै मिलेर सफाइ नगरे कसरी सफाइ हुन्छ त सानु जि ? नर्स ले सिक्षक ले र भद्र भलाद्मिले फोहोर गर्दै हिंड्ने अनी सफाइ कस्ले गर्ने त ? कुरै नबुझी किन कमेन्त लेख्नु सानो जि ? सबैलाई बल को भर्मा र कानुन को भर्मा नियम मा नबाधी हुँदैन जस्तो लाग्छ मलाई त है भनेर मात्रै केही हुँदैन । बाटो मा फोहोर फाल्ने लाई मात्रा पाँच सय जरिबाना गर्नु पर्छ अनी मात्रा शहर बजार सफा हुन्छ नबए त सबै सानो जस्ताइ कुरो नबुझ्ने हुन्छन है ।
मन परे हरियो, नपरे रातो
0
0
पुरुशोत्तम बाबु ले त हाम्रो समाज कस्तो छ भन्ने उदाहरण मात्रै दिनु भएको हो उहालेनै त्यो अस्पातल सबै सफा गर्ने स्थितिनै त्यो उहाको भनाइमा छैन किनभने त्यो अस्पातलको माथ्लो तला देखी टोइलेट अनी पुरै अस्पातल दुर्गान्धित भएको कुरा उहाले गर्नु भएको छ । उहाको कुरा त आफुले गरेको फोहोर आँफैले सफा गर्ने भन्ने कुरा हो नि । जस्ले फोहोर गर्छ तेसैले तेही समय मा तुरुन्तै सफा गरेत फोहोर नै हुँदैन नि होइन र ? अनी अरु सानो तिनो अन्जान मा भएको फोहोर सफा गर्न त तेती समय नै चाहिदैन नि होइन र ? फोहोर नगरनु भनेको सफा गर्नु हो र फोहोर लाई उचित ठाउमा फाल्नु हो तेती गरे पुरुशोत्तम बाबुले भने जस्तो हरा भरा नै हुन्छ नि कि कसो ? सानो र तपाईं को उस्तै अबुझ चिन्तन देखेर र कुरो नबुझी कोम्मेट गरेको देखेर मैले पनि कोमेन्त लेख्ने बाध्यता भएको हो । कृपया अरुको कमेन्ट राम्ररी पढेर कोमेन्त गर्ने बानी गर्नु हुन अनुरोध गर्दछु म अनी कुरो नबुझी यसरी कोमेन्ट लेख्दा पढ्नेलाई पनि खल्लो लाग्छ र माइ संसारको पनि महत्त्व रहदैन जङ्गे जि । माइ संसार लाई जिबित राख्न सुद्द बिचार र सहयोग को आयस्क्ता पर्छ कुरै नबुझी कसैलाई गाली गरेर के फाईदा र होइन र ? नेपालीमा लेखेको पनि बिस्लेसन गर्न नसक्ने नबुझ्ने ले के कोमेन्ट लेख्नु नि होइन र ? त्यो नर्स जस्ता हजारौ नर्स हुन सक्छन जस्ले यो समाज नै बिग्रेको छ तिनिहरुलाई सही बाटो देखाउने बनाउने हाम्रो कर्तब्ब्य हो र हामीले सिरियसली लिनु पर्छ है यस्तो कुरा लाई हजारौ ले थुक्ता नर्क हुन्छ र हजारौले सफा गर्दा सबै सिसा जस्तो सफा हुन्छ हामीले अब किन यस्तो पवित्र काम्मा सहयोग नगरने ? यो हाम्रै लागि हो र हाम्राइ देश को लागि हो हाम्रै इज्जत को लागि हो , काम सानो हुँदैन भन्ने सोच को बिकास गर्नु आयस्यक छ । प्रतेक ब्यक्ती सुध्रिए समाज र देश सुध्रन्छ र हाम्रो देश पनि अरुको देश भन्दा कम हुँदैन । हामी सबै मिले के हुँदैन ?
निरु खरेल
मन परे हरियो, नपरे रातो
0
0
लुना ले गर्नु नगरनु सङ्ग मत्लब राख्दैन किनभने उहा त बिदेश्मा हुनुहुन्छ जो बिदेश्मा छ केही न केही गरेकै हुन्छ बिदेश मै पनि किनभने बिदेश्मा हाम्रो मुलुक मा जस्तो चेतना सुन्य हुँदैन अनी कानुन्को पालना पनि १०० पर्सेन्ट हुन्छ । लुनाले त मिलेर गरौं भन्न खोज्नु भएको हो मिलेर गर्दा के हुँदैन भन्नुहोस्त कन्माङ्ग जि ? किन यस्तो उल्टो मात्रा सोच्ने ? कि माथि को ब्लग नपढी तपाईंले कमेन्ट लेख्नु भएको यदी हो भने एक पल्ट पढ्न सुझाब दिन्छु म यसरी नबुझी कोमेन्त लेख्नु बुद्दिमान होइन कमाङ सिंह जि गलत प्रकृया हो । हजारौ मिले पहाड पनि मैदान बनाउन सकिन्छ भने जस्तो हामी मिलेर गरे त्यो फोहोर अनी बिग्रेको बाटो घाटो पुल पुलेशा मर्मत आदी कती बेर लाग्छ होला र ? होइन र ? तर हामीले आँफै बिगारने काम गर्नु भएन जथा भाबी फोहोर गर्नु भएन समय को सदुपयोग गर्नु पर्यो ।
मन परे हरियो, नपरे रातो
0
0
nobody can do nothing in nepal because there are many khalids looking other people face and they are only sitting and dirtying around them because they like dirty and will finsh them life with it .
मन परे हरियो, नपरे रातो
0
0