मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    रमितानगर

    जय, सिड्नी (अष्ट्रेलिया)

    एकादेशमा एउटा रमितानगर भन्ने ठाँउ थियो। त्यहाँ एउटा इँट्टा खसेछ। घटना यती नै हो। भएछ के त भन्दा रमितानगरको एउटा पूरानो कोही नबस्ने बङ्ला रहेछ त्यही बङ्लाको इँट्टा खसेको रहेछ अनी त्यही इँट्टाले नजिकैबाट हिडिरहेको यात्रीको पुर्पुरोमा लागेछ। यात्री दुखाइमा चिच्याउन थालेछन् । “होइन के भयो?” गाँइगुँइ हल्ला फैलिन थालेछ र दुइचार जना जम्मा भएछन्। सबैले “के भयो? के भयो?” भन्दै यात्रीलाई घेर्न थालेछन् । के को भिड रहेछ यो भनेर अरु बटुवाहरु पनि त्यतै तानिएछन्। हेर्दा हेर्दै एउटा भीड जम्मा भएछ।

    “ए भाइ के भयो तिमीलाई कसरी इँट्टाले लाग्यो?” भीडबाट आवाजहरु आउन थालेछ।

    “यत्रो बर्ष भयो अहिलेसम्म यो घरको इँट्टा खसेको सुनेको थिइन, होइन कसैले इँट्टाले हिर्काएको हुनुपर्छ।”

    “राती तर्साउँछ रे भन्ने सुनेको थिँए अब दिउँसै तर्साउन थाल्यो कि के हो यो बङ्लामा?”

    “आँखा हेरेर हिंड्नु पर्दैन? टाउको माथि इँट्टा खसुन्जेल पनि के हेरेर बसेको?”

    “बिचरालाई दशा लागेको रहेछ।”

    “यस्तो पुरानो घर पनि नभत्काएर किन यत्तिकै राखेको होला,यो दोश सरकारको हो।”

    “त्यती टाढाको इट्टा खसेर पनि कँही टाउकोमा लाग्छ? यो सब नाटक हो। यस्तालाई त दुइचार झापड लगाएर लखेट्नुपर्छ।”

    “बिचराको रगत बगिरहेको छ, कसैले छिटो अस्पताल लगिदेउ।”

    “पुलिस बोलाउनुपर्छ, घटनाको छानबिन नभै कही जान पाइँदैन।”

    ” तातो न छारो के के न होला भनेर हेर्न आएको त यस्तो पो रहेछ, रमितानगरबासीहरुले काम नपाएका।”

    “सबैजना अली पछाडि हटिदिनुस् त बिरामीलाई हावा आउन दिनुस्, अली पछाडि पछाडि गैदिनुस्।”

    भीड ठुलै भइसकेकोले सडक पनि अवरुद्ध भएको रहेछ। बोल्नेहरु अगाडि सर्दै बोलिरहेका रहेछन् । कोही ट्वाल्ल परेर, कोही खित खित हाँस्दै, कोही तन्की तन्की झ्यालबाट हेरिरहेका रहेछन्। साना मझौला जे जस्ता घटना भए पनि रमितानगरमा यस्तो रमिता भइरहन्थ्यो। अस्ती स्यालले कुखुरा लगेको हल्ला चल्दा, हिजो मरेको सर्प फेला पर्दा पनि रमितानगरमा यस्तै भएको थियो।

    ***** ***** *****

    रमितानगर भित्र खाल्डोपुर भन्ने ठाउँ थियो। सडकहरुको ब्यस्तताको हिसाबले सिङ्गापुर भन्दा बढी थियो खाल्डोपुर। भएछ के भने एकदिन खाल्डोपुरको ब्यस्त मुख्य सडकमा जुलुस निस्किएछ। सवारी चालकहरुले जुक्ती निकालेर साघुँरो गल्लितिर निकास खोज्न थालेछन्। हेर्दा हेर्दै सबै गल्लीहरुमा पनि सवारीहरु कमिलाका ताँती सरह लागेछन् । जीतबहादुर सार्‍है हतारमा थिए। उनी मुर्मुरिदै भीडलाई उछिनेर फुत्त भाग्ने दाउमा थिए, तर एउटा चौबाटोमा पुगेर अड्किएछन्। चारै दीशाबाट सवारीहरुको लाम आएर त्यही चौबाटोमा अड्किएछ। चौबाटोको बिचमा अघिल्ला सवारीहरु मुखामुख गरिएर रोकिएछन्। पूर्व जानेले पश्चिम जानेलाई पछाडि हटाउन कान खाने गरी हर्न बजाएछ। पश्चिम जाने पनि के कम उसलाई मात्र हतार नभएको हो र! उसले पनि एक मिनट जती हर्नको बटन थिचिराखेछन्। यसरी चारैतिरकाले एकै चोटि सकुन्जेल हर्न बजाएछन्। अली पछाडि हुनेहरुले अगाडि के भएकोछ भन्ने नदेखेर अगाडिको सवारीलाई हर्न बजाएछन्। यसरी त्यो टोल नै हर्नको आवाजले गुन्जाएमान भएछ।

    “खै त म यसो जाउँ”, कोही सडकको बिचमा सवारीहरुको भीड छिचोल्दै हिडिरहेका रहेछन्।

    “मर्न नसकेकाहरु”, कोही झ्यालबाट धारे हात लगाउँदै रहेछन्।

    “के हेरेको? आँखा साँखा फोड्दिउ?”, कोही साइडतिरकोसँग कराउँदै रहेछन्।

    “साला अगाडिको गाडीवाला कस्तो लाटो परेछ।”

    “हे भगवान! अस्पताल पुग्न हतार भइसक्यो मलाई।”

    “आज मेरो फ्लाईट छुट्ने भयो।”

    “थुक्क खाल्डोपुरको साँघुरो सडक!”

    “खाल्डोपुरबासी त भेडा नै हुन्, जहिलेसुकै यस्तै।”

    बल्ल तल्ल ट्राफिक दाई बिचमा पुगेछन् अनी मुखमा सिठी घुसारेर बजाउदै हातको ईशारा गर्न सुरु गरेछन्।

    “यिनिहरुलाई पैसा खान पाए पुग्छ। यही हो आउने टाइम?”

    “पछाडी ठाउँ भए पो सर्ने, टाउकोमा बोकेर लैजाने?”

    “मेरो गाडीलाई छोएर मात्र हेर त! तेरो हो यो सडक?”

    “मान्छे चिनेको छस्?”

    यसरी निकै बेरको हल्लीखल्ली मच्चिएछ खल्डोपुरको त्यो चौबाटोमा।

    खाल्डोपुरको सडकमा मात्र होइन रमितानगरको सबैजसो सार्वजनिक स्थलमा यस्तो तछाँड मछाँड हुन्थ्यो। अस्पातलमा पालो कुर्दा, पधेंरोमा पानी लिना जाँदा, सिनेमा हेर्न जाँदा र मन्दिरमा दर्शन गर्न जाँदा पनि जीतबहादुर यसरी नै अगाडि गएको थियो।

    लौ त यस्तै छ रमितानगरको कथा। कथाको गुदी खानुहोस्, बोक्रा सोक्रा फेला परे ठाउँमा फ्याँकिदिनुहोला।

    No related posts.

    34 comments to रमितानगर

    • khalid

      हेलो साथी

      यसरी यस्तो आलु कथा लेख्नु भन्दा त पार्ट टाइम काम गर्न जाउ यार । अलि अलि पैसा त कमाएछौ । बेकारमा आफ्नु त टाइम बर्बाद पार्यौ नै हाम्रो पनि बर्बाद पारेरै छोडयौ हैन ।

      जयदेश ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran Ggarti

      ya. its a bit satirical..but the words in that story were a bit simpler..i think it could be even much more satirical with a weighty words…
      but overall its good. and cool.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba Raj Baral

      it is funny and reality of Kathmandu……… it makes me very good laugh when i read it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradip

      very very creative work. Jay ji guddi tanna khaye aaba majalay sutchu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yaskumar

      aabodji ra upean thank you manvitrakha aakhala harna ho vana yo lekh yadam marmik ra ramro chha yasoooooooo sochau anna mitraharu………shiva

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ए बाबा यो त रचनात्मक लेख पो हो त , कि हामी लै नेता हरु लै मर्ने गरि गाली गरे को बाहेक को लेख पद्दना मन लाग्दै नि के हो ,
      upean copenhagen

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shaker

      very funny! and satirical!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Bijaya

      जयजी, तपाइले रमितानगर र खIल्डोपुरको कथा हालेर काठमाडौँ उपत्यकाको वास्तविक स्थिति त बर्णन गर्नुभयो तर त्यसपछि तपाइको कथाले कुनै छलफलको बिषय उठाउन सकेको जस्तो लागेन. मैले मात्र नबुझेको हो कि कुन्नि त्यसैले आफुले नबुझेका कुरामा के comment गर्नु.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhruba

      hamro des ko bhadragol tal lai nai byangya hane jasto chha tara lekh ramro chha .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu; the netherlands

      why do we comment negatively for something which we dont understand , better we should try to understand this story . this is a good sataire to our situation and developing culture in our country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • autoPILOT

      यो भूपी शेरचन ले ४५ बर्ष पाहिले लेखेको ” यो हल्लै हल्लाको देश हो ” भन्ने कबिताको निरंतरा हो. जय जी keep it up. thanx a lot.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • palpali mgr-Tara

      जय जि को यो कथाको बोक्रो एसो केलाएर हेर्दा आधुनिक नेपालको बेरोज्गारी जनता अनी अस्तबेस्त काठमान्डु शहरलाई तितो सत्यले बेङ्ग्य हानेको जस्तो लाग्यो है, अब के गर्ने जती बेङ्गय हानेनी, जनता धेरै फुर्सदिला भएकाले तेसै रमिता नगरमा जम्मा हुन्छन, जित बहादुरहरु अरुका खुट्टा तानेर भएपनी अर्काको टाउकोमा तेकेर भएपनी अगाडि पुगिरहेकाछन, यो नेपाल एस्तै हो पहिले पनि तेस्ताइ थियो अहिले पनि तेस्तइ छ भोली झन अझ बढी हुने छ ………………………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biNod,Tonsberg

      “त्यती टाढाको इट्टा खसेर पनि कँही टाउकोमा लाग्छ? यो सब नाटक हो। यस्तालाई त दुइचार झापड लगाएर लखेट्नुपर्छ।” and “यिनिहरुलाई पैसा खान पाए पुग्छ। यही हो आउने टाइम?” ko tarka garne, janne bujne mahanubhab haru ko nagar ho teo RAMITA NAGAR,ani KHALTOPUR ko khalto chain rajneta haruko kateyeko tauko le purna parcha.
      ki kaso….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हो हो, खाल्डोपुर आजकल एस्तै भेकोछ, एक दिन मेरो पोथीले बाटोमा टुप्पो बटारिएको शुली बिष्टाएछ, त्यसलाई देखेर त हो!! वर परका सब मानिस भेला भएर बाटो जाम गरेर ठुलो डिस्कस गरिराखेका थिए, कोहि भादैथिए “एस्तो शुली बिष्टाउने कुखुरा पाल्नेलाई दण्ड जरिमाना हुनुपर्छ”,कोहि भन्दैथिए “यो खवर राजनैतिक पार्टी हरुलाई गरेर आज संसद चल्नुदिनु हुन्न,” कोहि भन्दैथिए “आज खाल्डोपुर बन्द गर्नुपर्छ,” कोहि भन्दैथिए “यो कुखुरा र यसको मालिक बिरुद्ध सर्बोच्चमा मुद्दा हाल्नुपर्छ” आदि आदि, जसले गर्दा डेड घण्टा त बाटोनै ब्लक भाको थियो, २,४ जनालेत नजिकैको ग्यारेज बाट पुरानो टायर ल्याएर बालिपनि सकेका थिए, खै के भा हो यो खाल्डोपुर र रमिता नगरमा??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Safal

      depiction of reality. seems most readers got lost reading this.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajendra

      Nepalese, in general, have more problem pointing others’ problems than suggesting possible solution to them. I guess it is more like a cultural thing.
      fundamental basic things have to be taught from early childhood, like respect and others no matter if he/she is older or younger then yourself, treat your neighbor well, etc

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luguna

      … सडकको अनुसासन पालना नभए जस्तै माय संसारका कतिपय कमेंटहरुमा बिषयबस्तु भन्दा बाहिर गई जथाभाबी अपसब्द्हरू प्रयोग गरि आउने कमेंटहरुको भीड़ भादलाइ पनि यही रमिते खाल्डो भित्र देखेको हो की ?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बसन्त

      भनौन सत्य छ लेख.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      Bujne lai srikhanda nabujhne lai khurpako bid

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अबोध

      :-) रमाइलो प्रस्तुती जयजी,
      एउटा यस्तै कथा थियो भेडाहरुको,
      ब्वासोले मरेको भेडाको छाला ओढेर आएछ र आफ्नो धुर्त्याइले भेडाको मुखिया बनेछ। अनी कैले अरु भेडाहरुलाई यता यता भन्दै जंगल लगेर खान्थ्यो, कहिले बालिनालीमा घुसाएर डन्डा खुवाएर मजा लिन्थ्यो। कुनै भेडाले उसको बारेमा केही थाहा पाएको जस्तो लाग्यो भने भिरमा लगेर पछाडि बाट ठेल्दिन्थ्यो। ति भेडाहरुको मुखिया अझै पनि ब्वासो नै छ, भेडैको रुपमा। कथाको अन्त्य कहिले कहाँ र कसरी हुन्छ रामजाने…
      बुझ्ने लाई श्रीखन्ड, नबुझ्नेलाई रक्तचन्दन…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddhi lal tamang,canada

      malai ta ek dam thiak lagyo hai sathi ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम चन्द्र ज्ञवाली

      आदर्णीय मित्र महानुभाब् हरु
      लथालिंग र मनपरी। अनि, नयाँ नेपाल बनाउँछु भन्ने दानब लुछाचँडी गर्ने नेता लाई ब्यङ हो कि ??
      साघुरा बाटा काठमाडौं को कुरा गर्न खोजेको हो कि ????प्रजातन्त्रको ठेकेदार पिता गिरिजाप्रसाद कोइराला झन पछि झन बढी पुत्री मोहले ग्रस्त बनेका छन् भने संसार हाँक्ने सपना देखेका उग्रवामपन्थी पुष्पकमल दाहाल यो अवधिमा फगत बकबास पुष्टि भएका छन्। एमाले भन्ने अनिर्णयका बन्दीहरु हिजो पनि बोका थिए, आज पनि त्यही छन्, बोकाबाट दाइँ हुने कुरै भएन। अरु मधेसवादी र जातिवादी भनाउँदाहरु नयाँ जोगीहरुको स्वार्थ बिना झन्झट साँझ बिहानको छाक टार्नेभन्दा पर छैन, चाहे देश टुत्र््कयाउँछु भनेर होस् वा रक्तपात मच्चाउँछु भनेर, यिनीहरु भुँडीभन्दा टाढाका होइनन्भनिन्छ धरातल, हावापानी र वातावरण सबैका निमित्त उही एकै हुन्छ। एकै किसिमको प्राकृतिक परिवेश भए पनि बेग्लाबेग्लै बोटमा फल्ने फल उस्तै हुादैन। स्वाद फरकफरक र किसिम फरकफरक हुन्छ त्यसइ ले खाल्टो भनेको होकी??नेपाली युवा जमातले यो नयाँ नेपालको भ्रमको पर्दा च्यात्न ढिला गरिसकेको छ भन्न खोजेको होकी?? देशको भविष्य सुनिश्चित गर्न आफंै जुर्मुराउन ढिला भइसक्यो भन्न खोजेको होकी

      अथवा
      योदेश मा जस्ले जेगर्दा पनि हुन्छ भनेर बकवाश पो लेखेको हो मैले त छुट्टाउनै सकिन
      राम चन्द्र ज्ञवाली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Avas Jee

      I like it. very nice example. of Nepali

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ढकाल

      राम्रो उदाहरण रमिता नगर (काठमाडौं) र खाल्डोपुर (नेपाल खाल्डो) को । अब फुर्सद मा अलकापुरी र कान्तिपुरी नगरि को अली व्यबस्थित अवलोकन पनि गर्न पाये हुन्थ्यो यी सधैं भद्रगोल मात्र देखेका आँखाले ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुनिल खड्का

      खै मैले के के नै होला भनेर पढेको हावाका ताल मा मान्छे को समय खाने लेखक ले मेरो समय को छेती पूर्ति दिनु पर्छ है नत्र सर्बोच्छ मा मुधा हालेर भय पनि लिन्छु पख मात्र

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्मृती

      महाकवी लक्ष्मी प्रसाद देवकोटा ले लेख्न विर्सेको लेख जय जी ले लेख्नु भयो जस्तो लाग्यो । आफ्नु विचारको के कुरा रह्यो र । राम्रो छ । सार्है उत्तम र ब्यङ्गात्म लेख !!! कृ्ष्ण गोपाल जी, लुना , शिला जी, शशाङ्क दाई, साक्ष्यात शुशिल जी, अबोध जी, पुष्प जी, र माई स‌सारका अरु साथी हरु तपाँई हरु पनि केहि बोल्नुस हउ)

      [कृपया कोड प्रयोग नगर्नुस् न ल]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जय जि !यो कथा त आज भन्दाकरीब १० बर्ष पहिले “भरीयाको दु:ख” भन्ने दैनीकी लुम्बिनी जो बुटवल नेपाल बाट प्रकाशैत हुन्छ त्यसको कथा र तपाईंको कथामा 85 % मिल्न गएको छ यो लेख आँफै लेख्नु भएको हो कि कोपी गरेर ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • “रमितानगर” शब्दबाटै लेखको आशय बुझे पनि एक आपसमा बिल्कुलै फरक सम्वाद निकै मन पर्‍यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandhya

      lekh ta satye ho tara afnai muluk lai yeshari byangha hannu bhanda chup lagera bashnu thik huncha
      hami nepali haru afnai gharko jhagada chimeki le chhal paune gari garchau ta kahile hami le naya nepal banaune???
      lekhak je nepali lai jati pani banush lekhnush man lage jati tara nepal ko baremaa waighat nalekhnu huna anurodh gardhachhu
      tapai sayed sidny ko chal pahal maa ramnu bhayera nepal bhulnu bhaye hola tara ajhai pani 2 caror nepali le nepal aama lai maya garchhan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G9

      बुझ्ने लाई स्रिखन्ड नबुझ्ने लाई खुर्पाको बिड भने जस्तो तपाईंलाई पनि यो लेख यस्तै लाग्यो होलानी त अनल शर्मा जि।

      बेङ्यात्मत लेख लेखेने मान्छे ले कता को तपाईंको कट्टुको इजार फुस्क्यो कट्टु को इजार बाध्नुस् भनेर सिधै भन्छ त। जस्को टाउको को गिदी जती छ तेस्ले तेतिनै सम्झिन्छ तपाईंलाई पनि तेस्ताइ भयको जस्तो छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G9

      यो देश बनाउछु भनेर ठेक्का लियर हिंड्ने ठेकेदार देखी लियर तपाईं हामी जस्ता सबै ज्ञान भयका अज्ञानी नेपाली र म नै ठुलो हुन म नै सर्बेसर्बा हुँ मैले भनेको सबैले मन्नु पर्छ म पहिला अनी बाँकी सबै पछी भन्ने दिमाग मा धमिरा लागेका सम्पूर्ण नेपाली को लागि लेखेको बेङ्यात्मत लेख जस्तो लाग्छ मलाई त हुन पनि हो आज आन्दोलन छ रे टाएर बाल्ने र रोड मा खाल्डो खन्ने भन्दा सबै जना जम्मा हुन्छन भोली पल्ट तेही खाल्डो पूर्ण जाउन हो हामी नै हिंड्न पर्छ नि हम्लाई नै गाह्रो हुन्छ नेता आउँदैन क्यारे यहाँ भन्दा आ जे सुकै होस् हाम्रो काम हो र त्यो खाल्टो पुर्ने, त्यो त सरकारको हो भन्ने बनी परेका हरु लाई यस्तो नलेखे केस्तो लेख्ने तरामचन्द्र जि??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G9

      बुझ्ने लाई स्रिखन्ड नबुझ्ने लाई रक्तचन्दन तस्करी गर्न को लागि हैन त मित्र।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G9

      तेसो भय सुत्न जाउन लम्पसर परेर नेपालका गिदी नभयका नेता हरु जस्तो के खान बक बक गरी रहने mysamsar मा हैन त कि कसो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      खालिद ब्रो,
      “यो जमाना नै आलु, प्लास्टिक र कंप्यूटरको हो !” बरिपरी हेर्नुस त !
      आलुलाई तेस्तो अपहेलना गर्नु राम्रो होइन ! कथा मन परेन भने तेसो भन्नुस न, किन आलु र पिडालू भन्नु !!
      जदौ…!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker