नयाँ वर्षदेखि माइसंसारले यो नयाँ स्तम्भ सुरु गरेको हो। हरेक साता अब हामी राष्ट्रियता झल्कने एउटा सामाग्री राख्नेछौँ। भौगोलिक सीमाको बन्धनबाट मुक्त भएर संसारका जुनसुकै स्थानमा बसे पनि हामी सबै नेपालीलाई राष्ट्रियताको एउटै सूत्रले बाँधेर राखेको हुन्छ। यो दिन हामी राष्ट्रियता जगाउने छौँ। देशलाई सम्झनेछौँ। राष्ट्रियता सम्पूर्ण नेपालीको पहिचान हो। कसैकसैले कमेन्टमा झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता देखाउने नाटक गर्यो भन्दै नकारात्मक कमेन्ट पनि गर्ने गरेका छन्। ल मानौँ, नाटक नै गरे रे। के बिग्रियो त ? एक क्षण कै लागि भए पनि नेपाली झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता प्रचार अभियानमा सहभागी भए त कसलाई हानी भयो ? त्यसैले त्यस्ता कमेन्टलाई बेवास्ता गर्दै निर्धक्क आफ्नो फोटो पठाउनुस्। यो स्तम्भमा हामी एउटा राष्ट्रिय भावना जगाउने गीत र फोटोहरु राख्नेछौँ। फोटो तपाईँहरुले पठाउनु पर्नेछ। देशबाट टाढा रहँदा देशको माया झल्काउने कुन चिज तपाईँले आफ्नो कोठामा राख्नुभएको छ ? आफू पढ्ने विश्वविद्यालयमा राख्नुभएको छ। तपाईँको कोठामा झुण्डिएको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा होस् वा तपाईँको नोटबुकमा टाँसिएको नेपाल अंकित स्टिकर वा तपाईँको नेपाल लेखिएको टिसर्ट। pic@mysansar.com मा विवरणसहित पठाउनुस् र राष्ट्रियताको भावना जगाउन सहायक बन्नुस्।
हामी यो स्तम्भबाट ठूलो परिवर्तन हुने आशा राख्दैनौँ। हामी त देशविदेशका नेपालीको मनको कुनामा रहेको राष्ट्रियताको भावनालाई फैलाउने सामान्य माध्यम बन्न खोज्दैछौँ।
तपाईँहरुले पठाएका फोटोहरु क्रमशः राख्दै जानेछौँ, थप फोटोहरु पठाउँदै गर्नुहोला। फोटो साथै राष्ट्रियता जगाउने संस्मरण, अनुभूति पनि लेखेर पठाउन सक्नुहुन्छ। राष्ट्रगान वा राष्ट्रिय गीत गाएर त्यसको भिडियो युट्युबमा अपलोड गरी माथि कै इमेलमा पठाउनु भए पनि हुन्छ।
सुरुमा राजु लामाको स्वरको एउटा म्युजिक भिडियो- मेरो नेपाल, मेरो देश मलाई लाग्छ प्यारो-
यो साताका लागि फोटोहरु-

तीन कक्षामा पढ्दै गरेका दर्शनले स्कूल प्रोजेक्टका लागि बनाएको नेपाली घर। साथमा झण्डासहित उनको फोटो-

साउदी अरबको होटेल ‘लि मेरिदिएनमा काम गर्ने कृष्ण पोखरेलले आफ्नो कोठामा नेपालका चिनोलाई यसरी सजाएका छन्-


नेत्र श्रेष्ठ लेख्छन्- गत जुलाई २६, २००९ मा सिङ्गापुरको राष्ट्रिय रङशालामा लिभरपुल फुटबल क्लब र सिङ्गापुर बेस्ट ११ टिमबिच भएको अन्तरराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल प्रत्यक्ष हेर्न म पनि गएको थिएँ। त्यसैबेला मैले पनि करिब २ बर्ष अगाडि म सिङ्गापुर आउँदा सँगै ल्याएको हाम्रो राष्ट्रिय ध्वजा उचालेर खिचेको फोटो हो यो। विदेशमा बस्दा आफ्नो देशको माया धेरै हुने रहेछ, याद धेरै आउँदो रहेछ।
जापानबाट बबी खत्रीले पठाएको फोटो-

No related posts.









सबै पिक्चर राम्रो लागो !!म मरे पनि मेरो देश बाचिरहोस !!!!!!!जय नेपल
मन परे हरियो, नपरे रातो
0
0
जय NEPAL
मन परे हरियो, नपरे रातो
0
0
Very nice song!
Nepal bhanda bhahira basnu bhaneko euta maasu ko dallo ko matra pratinidhitwo garnu ho.
Malai garba chha nepali bhayera janmiyekoma.
मन परे हरियो, नपरे रातो
0
0
Pakkai pani hamra netaharulai yi sana sana bachchaharu ra hami deshbahira basne nepaliharuko jati deshko maya pakkai lagdaina hola yiniharulai ta tyo kursiko po lagchha natra kasari chunab hareka haru naitiktabata girera pradhanmantri mantri va chhan………….ani Bidesi sanga jhukdai hidchhan…………….
मन परे हरियो, नपरे रातो
0
0
mero nepal, ,mero nepal mero des malai lagchha pyaro
मन परे हरियो, नपरे रातो
0
0
malai pani nepal ko maya lagchha. yo column dherai ramro chha. picture ra lekh dherai ramro chha.
मन परे हरियो, नपरे रातो
0
0
ek dui jana jali phataha haru vaye vandaima deshalai dosh dinu ta vayena ni ke garne desh samjhada kahile kahi runa man lagchha
मन परे हरियो, नपरे रातो
0
0
Jay Desh.Jay Nepal!
मन परे हरियो, नपरे रातो
0
0
mero desh nepal nepalipan dhakaya ko ma nepali janata khusi chann la Thanaka u
मन परे हरियो, नपरे रातो
0
0
Hamro Nepal ramro nepal…..Sabai ramroooo
मन परे हरियो, नपरे रातो
0
0
MERO DESH MALAI LAGCHHA PYARO
मन परे हरियो, नपरे रातो
0
0
jaha gaye pani yo man ta mero Nepali ho.
yo gata barsa Sydney Australia ma bhayeko Nepali Festival ko auta sano jhalak ho jaha das hajar bhanda badhi darsak le pratyakshya rup ma sahabhagita janayeka ra bisau hajar le tyaha upasthiti janayeka thiye.hopefully yaha haru le man paraunu hunchha hola…enjoy it…
http://www.youtube.com/watch?v=6mUeqIDKBtM
मन परे हरियो, नपरे रातो
0
0
khusi lagyo
मन परे हरियो, नपरे रातो
0
0
nice song by Raju and very nice photos. keep it up.
मन परे हरियो, नपरे रातो
0
0
एग्दम राम्रो गीत अनी फोटो पनि
मन परे हरियो, नपरे रातो
0
0