मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शपथ लिने म्याद आजसम्म, के होला त आज?

    अपडेटः मन्त्रिपरिषदको बैठकले उपराष्ट्रपतिलाई शपथ लिन आग्रह गर्दै अपराह्न ४ बजे राष्ट्रपति भवनमा शपथ कार्यक्रम तय गरेको छ। यो निर्णय पछि तलको तेस्रो विकल्प खारेज भएको छ।
    *********
    मूल ब्लगः सर्वोच्च अदालतको फैसला बमोजिम नेपाली भाषामा शपथ लिन उपराष्ट्रपति परमानन्द झालाई आजसम्मको म्याद छ। झाले आइतबार गरिएको फैसलाको प्रति सोमबार बुझेका थिए। बुझेको दिनदेखि गणना हुने भएकोले आज आइतबार सात दिन हो। आजसम्म शपथ नलिए मध्यरात १२ बजेदेखि उनको उपराष्ट्रपति पद क्रियाशील हुने छैन। यस विषयमा छलफल गर्न बिहान बसेको मन्त्रिपरिषद्को बैठक बस्दैछ। उपराष्ट्रपतिले भने दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्दैछन्। आज के होला त ? केही विकल्प-

    १) राजीनामा दिने
    २) नेपालीमा शपथ लिने
    ३) मन्त्रिपरिषद्को बैठकले स‌ंविधानको धारा १५१ बमोजिम सर्वोच्चको फैसलालाई मुल्तबी गर्ने वा उपराष्ट्रपतिलाई माफी दिने
    ४) राजीनामा पनि नदिने, शपथ पनि नलिने, अटेर गर्ने

    चरेश काण्डमा फँस्दा सर्वोच्च अदालतको न्यायाधीशबाट घटुवा गरी विराटनगरको पुनरावेदन अदालतमा सरुवा गर्दा समेत नैतिक आधारमा राजीनामा नगरेका परमानन्द झाले राजीनामा दिने स‌ंभावना देखिँदैन।

    नेपालीमा शपथको संभावनामा विचार गर्दा खाइपाइ आएको तलब सुविधा नगुमाउन यस्तो गर्न सकिने देखिन्छ। तर यसो गर्दा आन्दोलित मधेसवादीहरुको तारो बन्नुपर्ने भएकोले यो स‌ंभावना पनि कमै देखिन्छ। हिजो नेपालीमा शपथ लिन तयार भएको भन्दै केहीले झाको पुत्लासमेत जलाएका थिए।

    धारा १५१ बमोजिम सर्वोच्चको फैसला मन्त्रिपरिषद्ले खारेज गर्ने संभावना पनि छ। तर त्यसो गर्दा न्यायपालिकामाथि कार्यपालिकाले सोझै हस्तक्षेप गरेको देखिन्छ। माधव नेपालको सरकार त्यो जोखिम मोल्न तयार होला त ?

    चौथो विकल्प हो यथास्थितिवादी हो। यसले द्वन्द्व चर्काउने काम गर्छ। राजीनामा पनि नदिने शपथ पनि नलिए के होला ? सर्वोच्चले उनलाई पदमुक्त भने गर्न सक्दैन। उनी पदमुक्त हुने छैनन्। उनको हैसियत उपराष्ट्रपति पदमा निर्वाचित भएको तर शपथ लिन बाँकी हुनेछ।

    हेरौँ, आज के हुने हो ? तपाईँलाई के लाग्छ, आज के होला ?

    No related posts.

    39 comments to शपथ लिने म्याद आजसम्म, के होला त आज?

    • Raj,fairfax

      He have nothing to do.
      Just leave that unnecessary VP post.
      Resign just you black ass hole.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • resham

      कस्तो अतेरि देश निकाला गर्न मिल्दैना???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran

      अब यो नौटंकी कहिलेसम्म चल्ने हो । उमेशजी तपाईँको त्यो “*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ।” भन्ने नोट हटाउन मिल्दैन ? हेहेहे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sheela

      साथी हो;
      उपरास्त्रपति ले राम्रो काम-कुरा गरी रहेकाछन भने पनि तेस्को जस कांग्रेस-एमाले-फोरम लाइ जान्छ र नराम्रो काम-कुरा गरी रहेका छन भने तेस्को अपजस पनि कांग्रेस-एमाले-फोरम ले लिनु पर्छ /

      किनकी उहाहरुलेनै परमानान्दलाई जिताएको हो, !!

      कि कसो साथिहरु हो??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jha ji le Nepali ma sapath linu ko bikalpa nai chhaina yedi uni Nepali hun bhane.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • R P Poudel

      Yedi Jha ji Nepali ho bhane afno galti suikar garera Nepali bhasa ma nai sapath linu parchha. Hoina bhane …………. he is not Nepali. Yesh mamila ma yedi government or political parties sambidhan sangsodhan gari Hindi ma sapath garne environment tayar bhayo bhane tyo jasto durbhagya Nepali ko lagi kehi hune chhaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yogi

      gyane jasto agadi pachhadi kohi nabhayara satta chhodnu parne hora yo charesananda lai

      yasko pachhadi ta sara india chha…………..

      bhusuna nepaliharule ke saktyo hatauna lai
      sataya tito hunchha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • palpali mgr-Tara

      होइन यो के भएको छ ह? यो त लोकतन्त्र पो गाठे फताहाले सपथ लिन नमाने या माथि उल्लेखित ४ कुनै पनि कुरा मानेनन भने एस्तालाई जनताले घोक्रेठ्याक लगाएर निकाली दिन सकिदैन र भन्या ……………………………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narendra prasai

      मेरो बिचारमा यसले खाइ पाइ आएको सुबिधा र पद त छोड्दै छौड्दैन । अनि नेपालीमा पनि सपथ लिन मन गरुँ भने त्यसको पार्टीले नेपालीमा सपथ नले भनेर भनिसक्यो । त्यस हुनाले अब मन्त्रीपरिषदले झा ले सर्बोच्चमा पनि मुद्दा हालेकोले त्यसको किनारा नलागुन्जेल यो मुद्दालाई मुल्तवीमा राख्ने भन्ला । आखिर सहमतीको बाटो चाहिएको छ । धोती हो भन्ने कुरा सबैलाई थाह भएपनि धोतिका अगाडी धेरै र पटक पटक झुकिसकेकाहरुलाई फेरि झुक्न कुनै लाज हुन्न । धोतीका अगाडी नझुके भोलिदेखि नेपालका सडकमा बिहारी दाजुभाइहरुले आगो बाल्छन् । जता बाट पनि धोतिको जय हुनेछ । भारतको धोती नेपाललाई कात्रो बनिराखेको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijaya

      अन्तमा आएर उपरस्त्रपतिले नेपालीमा सपथ लिने जस्तो देखिन्छ. यसो गर्नुनै थियो भने यति लामो समयसम्म किन यत्रो नाटक गरेर बिचरा सोझा जनतालाई अलमलमा राख्नु पर्थ्यो त्यो त उनीलेनै बुझुन. सपथ प्रकरणले अब बिदा लिन लाग्या जस्तो छ नाटकिहरुले अब अर्को कुन प्रकरण निकाल्ने हुन् फेरी!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G9

      उपरास्ट्रपती परमानन्द झा को मलाई एउटा कुरा बुझ्न गाह्रो भयको हो कि अरुलाई पनि हो यदी हाम्रा उपरास्ट्रपती साच्चैमा नेपालका सर्बोच्च अदालतका न्यायधिश् थिय भने के उनिले त्यतीबेला सर्बोच्चमा फैसला गर्दा हिन्दी मा गर्थेरे? के त्यतीबेला अदालतमा बहस नेपाली मा नभयर हिन्दी मा हुन्थ्योरे? यदी नेपाली मै हुन्थ्यो भने त्यतीबेला न्यायधिश् हुँदा नेपाली बुझ्न पनि जान्ने अनी नेपालीमा फैसला पनि गर्न सक्ने अनी अहिले आयर नेपालीमा सफथ लिने बेलामा चै नेपाली बुझ्दिन भन्नुको तात्पर्य के हो? र अर्को प्रश्न पनि छ उनिले के कानुनको बिषय लियर उच्चशिक्षा हासिल गर्दा नेपालको कानुनी किताब हिन्दीमा पढेका थिय रे? कि हाम्रो नेपालको सबै कानुनी किताबहरु हिन्दीमा लेखियका छन रे? नत्र फेरी यो परमानन्द झा ले गर्न खोजेको चै के हो? के साच्चै नेपाललाई ईन्डियाको ईशारामा जातिय र भाषिक युद्ध चर्कायर नेपाललाई टुक्क्रा टुक्क्रा बनाउन खोजियको हो कि म भन्दा ठुलो कानुन हैन मैले कानुन मान्ने हैन कानुनले मैले भनेको मान्ने हो भन्न खोजेको हो हाम्रो उपरास्ट्रपतीलाई जबाफ दिन भनिदिनुस् र सम्पूर्ण नेपालीसग मेरो सबालको जबाफको आशा गर्दछु। मैले त कानुन पढेको छैन र राम्रो सग पनि थाहा छैन थाहा हुनेहरुले भनिदिने कस्ट गरिदिनु हुन्छ कि? र हाम्रो नेपाल मा चरेश कन्द मा मुछियक बेक्ती लाई त्यसइ खुलम्खुल्ल छोडिने कानुन छ रे? छ भने अब देखी हाम्ले पनि चरेश र गान्जा को तस्करी गर्द हुने भयो हैनत? कि हामी लाई चै कानुन लगुहुन्छ अनी नेताको टोपी लगायर हिंड्ने तस्करहरुलाई चै छुट छ? भनिदिन पर्‍यो हाम्रा उच्च दर्ज मा बसेर जनतलाई भात्कायर देश मा आशान्ती र बिखन्डनता निम्त्याउने प्रत्यक नेता तथा कनुनका रक्षकहरुले।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      malai lageko ke chha bhane!uparastapati le rajinam diye hunchha.nepal ma nai padhera badhera hurkeko manchhele nai aafno vasa ke ho bhanne kura pani taha nabhayeko paji lai kursi bata chahi hataunai parne ho!! je hos nirnaye chahi ramrai gareko ho.ki chodnu parne.ki nepali ma sapath linu parne! hahaha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chandra

      कसलाई पत्त्याऊने?

      1) The Himalayan Times: VP JHA TO VACATE OFFICE TODAY

      2) Onlinekhabar.com: उपराष्ट्रपति झाले अपरान्ह चार बजे पुनः सपथ लिने

      3) Myrepublica.com: JHA’s OATH AT 5 PM TODAY: Govt.

      कुंन चाहि ठीक भन्ने ता दिउसो १ बजे, नभए ४ बजे तिर थाहा होला नि!

      यो समाचारहरु पढना तलको लिन्कहरु प्रयोग गर्नुहोस.

      http://www.thehimalayantimes.com/fullNews.php?headline=VP+Jha+to+vacate+office+today&id=Mjk5MTU=

      http://www.onlinekhabar.com/wp/2009/08/30/18850.html

      http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=9196

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      योचाहिँ राम्रो निर्णय गरेछन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पारंगत राई

      संविधानमा जे लेखिएको भए पनि यदि उहाँले आफ्नो मातृभाषा मैथिलीमा शपथ लिएको भए अहिले उहाँको वाहवाही नै हुने थियो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G9

      उपरास्ट्रपती परमानन्द झा को मलाई एउटा कुरा बुझ्न गाह्रो भयको हो कि अरुलाई पनि हो यदी हाम्रा उपरास्ट्रपती साच्चैमा नेपालका सर्बोच्च अदालतका न्याधिश थिय भने के उनिले त्यतीबेला सर्बोच्चमा फैसला गर्दा हिन्दी मा गर्थेरे? के त्यतीबेला अदालतमा बहस नेपाली मा नभयर हिन्दी मा हुन्थ्योरे? यदी नेपाली मै हुन्थ्यो भने त्यतीबेला न्यधिस हुँदा नेपाली बुझ्न पनि जान्ने अनी नेपालीमा फैसला पनि गर्न सक्ने अनी अहिले आयर नेपालीमा सफथ लिने बेलामा चै नेपाली बुझ्दिन भन्नुको तात्पर्य के हो? र अर्को प्रश्न पनि छ उनिले के कानुनको बिषय लियर उच्चशिक्षा हासिल नेपालको कानुनी किताब हिन्दीमा पढेका थिय रे? कि हाम्रो नेपालको सबै कानुनी किताबहरु हिन्दीमा लेखियका छन रे? नत्र फेरी यो परमानन्द झा ले गर्न खोजेको चै के हो? के साच्चै नेपाललाई ईन्डियाको ईशारामा जातिय र भाषिक युद्ध चर्कायर नेपाललाई टुक्क्रा टुक्क्रा बनाउन खोजियको हो कि म भन्दा ठुलो कानुन हैन मैले कानुन मान्ने हैन कानुनले मैले भनेको मान्ने हो भन्न खोजेको हो हाम्रो उपरास्ट्रपतीलाई जबाफ दिन भनिदिनुस् र सम्पूर्ण नेपालीसग मेरो सबालको जबाफको आशा गर्दछु। मैले त कानुन पढेको छैन र राम्रो सग पनि थाहा छैन थाहा हुनेहरुले भनिदिने कस्ट गरिदिनु हुन्छ कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rphuyal

      Malai lagchha nepali ma safat khanchha hola. kinaki tesle kursi chhoddaina……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bima

      jha le rajinama dinu ra kukurle haddi chhodnu ustai ho!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aakash Regmi palpa Tansen

      Testo hudain aabodha ji,
      mind lai positive pani rakhnu na yar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अबोध

      ४ बजे सम्म त कुर्न पर्‍यो, मन्त्रीपरिसद को बैठक बस्छ र ४ बजे सम्म टुङगो लगाउने रे अनी औपचारिक आग्रह गर्ने रे। त्यस्ता आग्रह लाई त सजिलै लत्त्याइदिन्छन होला पर्मुले। तर पनि कुर्न त पर्‍यो नै। शायद लामै समय सीमातोकेर सपथको आग्रह गरिन्छ होला। आखिर जनतालाई मुर्ख बनाउने मुल उद्देश्य त होनी नेताहरुको, बनाइदिन्छन फेरी!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo uparastra pati le sambidhan samsodan khojeko ho? yaha 22 dal vitra only satta chalaunu ko lagi je pani garchan yo rastri yata ko kura ho . voli feri nepali jhanda ko pani kuro aaucha ? napunsak sarkarle tesma pani sambidhan garcha. tesaile aba naya ganendhara ko aabasekta hudai cha yo desama. ganatantra pa dekhiyo parja tantra pani dehikiyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • alex

      बिगत लाई हेर्ने हो भने बज्जिये अटेरी भै बस्ने छ ,नैतिकता लाई खैनी चपाएर थुके सरि फाली सक्यो ,बिहारी लाई के लाज -सरम छ र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      first ma HINDI language after that JANA MANA GANA …………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aakash Regmi palpa Tansen

      MEro bichar ma sahamati janau nu bhayako ma Gitu ji lai thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanu Dubai

      झा ले राजीनामा दिये मेरो सलाम ! तर तेसो हुदैन किनकी खाइ पाइ आएको तलब भत्ता अनी त्यो post ??? कुर्ची बच्चाउ जसरी पनि हुन्छ सके मा कु ने सरकारले साथ देला !!”"” आफ्नो गाउ आँफै बनाउ हाम्रो यथास्थितिवादी सोच हामी हरुवा हरु मिलेर बच्चाउ “”"”"

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gita Gaire, Rampur bat

      Malai Aakash ji kura thikai lagyo.Real bhannu parda hamro Desha Nepal Satile sarapeko nai Desha ho.So yaha jaslai j garna ni chut cha.
      Aakash ji le bhane jastai Chares bahadur jha le Aafno Subidha ko maya le nai garda Nepali mai sapatha linchan.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Aakash Regmi palpa Tansen

      O Bismirti ji ko bichar pani malai thikai lagyo,bismirti ji le bhanejasto nahola bhanna sakinna.satile sarapeko desha ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok

      malai lagcha uparastrapati desko lagi hoena afno swarthako lagi padhma aaeko cha ,nepali bhaepachi nepalima sapath khana najannu lajmardo kura ho ,naitikta janmans ko dharana ausar uparastrapatile rajinama dinu parcha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्मृती

      चरेशानान्द झा ले उल्टै सर्बोच्चमा रिट दायर गरेकोले आज त्यही रिटको सम्बन्धमा हाललाई (त्यस मुद्दाको किनारा नलागुञ्जेल) “नेपाली” मा सपथ लिनु नपर्ने फैसला हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aakash Regmi palpa Tansen

      Malai ta lagcha Aaj chares bahadur jha le aafno subidha lai yathabat rakhdai nepali mai sapatha line chan.
      ARU KURA J BHAYA PANI NEPALI MAI SAPATHA LIYAKO RAMRO SABAILAI.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mukta

      exactly, testai nai hunchha…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दिनेश

      लिन्छ जरुर लिन्छ , अनि जबर्जस्ति सपथ लेको झोक मा पछी के के गर्छ. पछी नै लेखौला.
      “जय देश. जय नरेश”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दिनेश

      कसैले राजीनामा दिन र कसैले नेपाली भाषामा शपथ लिन दबाब दिएका कारण झाले के गर्ने भनी हालसम्म सोच्न नसक्नुभएको सो स्रोतले जानकारी दियो। विशेष गरी राष्ट्रपति, प्रधानमन्त्रीलगायतले झालाई नेपाली भाषामा शपथ खान र मधेसवादी दलले बरु राजीनामा दिन आग्रह गरिरहेका छन्।
      स्रोत: नेपाल समाचारपत्र
      अब भन्नुस आफ्नो बिबेक न हुने बिबेकहिन पशुले उपराष्ट्रपति जस्तो गरिमामय पदमा रहनु र राखनु देश को लागि उचित होला ? भोलि त मधेशबादी दलले या प्रधानमन्त्रि ले नै भनौ जे भने पनि मान्ने होला(राजीनामा नदिएको भएर उपराष्ट्रपति नै हो नि प्रधानमन्त्रि भन्दा सानो त हैन नि.) के यो राजनीतिक पद हो र ? पार्टीले निर्णयगर्ने ? गजब छ बा . जबरजस्ती लिन लगाको झोक मा भोलि के गर्ला थाहा छैन प्रभु…………..
      “जय देश, जय नरेश”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      *****************************************
      एस्तो मख्खिचुस लोभिले पद पाको छोड्छ????????? नेपालीमा मात्र होइन अरु २० वटा भाषामा सफत लिनु परे पनि लिन्छ तर पद छोड्दैन ।।।।।।।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram (Madhesi)

      See you pahade people are thinking, Madhesi will disintegrate nepal that is not true. Madhesi are fighting for their human right in this country. Thats why they are bound to do such type of activity. Why you people did not spoke against Prachand for not wearing national dress?????
      Prachand is Pahade and u people afraid of Maosits.

      In country every people have right to feel as its own but do u think its true for madhesi people.
      Always Madhesi are considered as marginilaised.
      Still you people have time to improve otherwise result will be very bad in future.

      Hope you will take it possitive and write the comment from your mind, not from emotion.
      Thanks

      Jay Madhesj
      Jay Nepal
      Long live Nepal and Nepalese

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tejprasad Adhikari

      मित्र “G9″ जी!
      सबै भन्दा पहिले यो बुझ्नुहोस् कि यी मधेसबादी दल हरु को यत्रो नखराबाजी र नाटक को पूर्ण जिम्मेबार आहिलेको सरकार नै हो। आफ्नो सत्ता टिकाउन माकुने सरकार ले यी बिहारी हरुलाई बेश्यालाई फकाएर काखमा राखेझै उच्चा पदहरु र सम्मानजनक पद हरु दिने अनी उनिहरुका कुनै पनि आदेश र निर्णय को जी हुजुर गर्ने(नगरे भारतले सभासद किन्ने पैसा नै दिन्न) एबम् उनिहरुको निर्णय असंबैधानिक भएमा बिरोध नगरेर बरु संबिधान नै संशोधन ( अझ भनौ भारतले जे भन्यो तेही लेख्ने) एस्ता जोइटिङ्रे श्रीमान जस्ता भारतटिङ्रे माकुने जस्ता हरुवा (तिरस्क्रीत) को सरकार भएको बेला अरु के नै अपेक्षा गर्न सकिन्छ र? जुन पहिले को नियम मा स्थानीय ब्यक्ती हरुको सिफरिसमा जो कोही लाई पनि नागरिकता दिने प्रबधान नै गलत हुनाले यो समस्याले बिकराल रुप लिदै छ। त्यो प्रबधान खरेज गरेर यी बिहारी जत्तिको नागरिकता खारेज नगरेसम्म यी बिहारिले यस्तै दु:ख मात्र दीइ रहने छन्। हैन यो नेपाल लाई कस्को नजर लगेको छ यार? के नेपाल मै नेपालीको रगत चुस्ने जुकाहरुको कमी थियो र भारत बाट पनि गिध्दे नजर यही घाइते नेपाल लाइ??

      तेज प्रसाद अधिकारि
      बुटवल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      सही कुरा गर्नुभो । तर यस्ता व्यक्तिहरूबाट यस्तो अपेक्षा गर्नु भनेको मरुभूमिमा पानी खोज्नुजस्तै हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      बंधू,
      यो ब्लॉगमा त मैले कमेन्ट नै गरेको थियिन त !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashish

      hi madhesi babu!
      jay nepal!! jay madheah!jay pahad!
      its mean pure nepali nationality word.
      frist of all iwould like to thanx for you .
      we are all nepali people think to positive how we gro up the our nepal, how we change the new nepal we thik that but all parties think how we gift the nepal for INDIA its the main problem if you anderstand.in this contry every one have to have loktantra to speak
      but we don have to right any nationality to do wrong for all nepali people,, so u are rite but i think its not cose of the safat prakaran for depoti president PARMANAND JHA hi was x justice of coart of nepal he know abt that how to safat in hi ranking person its not cose of any SAVASAD but he was verry important person of nepal so u dont think pahade madhise himali, we r all nepali no one have to wright to use any langauge in nepal either mother langauge he ues to maithili vojpuri n any mother langauge so u don thik nagetive to nepali vasa nepali vasa nepaliko ho hindi hoina hindi indian ko ho tyeso vaye voli french vasama safat khaye k hunchh?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker