अब परमानन्द झाको हैसियत उपराष्ट्रपति रहेन। उनी अब उपराष्ट्रपति निर्वाचित व्यक्ति मात्र भए। उपराष्ट्रपति निर्वाचित तर शपथ लिन बाँकी। शपथ नलिएसम्म पद निस्क्रिय रहन्छ। त्यसो त उपराष्ट्रपतिको काम पनि छैन खास भन्ने हो भने। राष्ट्रपति मरेमा, राष्ट्रपतिले राजीनामा दिएमा वा विदेश भ्रमण गएमा हो उनले कार्यवाहक जिम्मा पाउने। त्यसैले शपथ नलिएर उपराष्ट्रपति पद निस्क्रिय भए पनि खासै केही हुनेवाला छैन।
यहाँ उल्लेख गर्न लागेको विषय भने शपथ लिन अस्वीकार गर्दै उनले दिएको वक्तव्यको हो। कानुनी राज्यमा संविधानको व्याख्या सर्वोच्च अदालतले गर्छ। तर यहाँ त उनले सर्वोच्च अदालतको फैसलालाई नै गैरसंवैधानिक ठहर गरेका छन्। उनको वक्तव्य पढ्नुस्, त्यहाँ उनले संविधानको व्याख्या आफूखुशी गरेका छन्। त्यसैले उनी सर्वोच्चभन्दा माथिका हुँदै नभएको पद महान्यायाधीश जस्ता देखिँदैनन् र ? उनको वक्तव्यको पूर्ण पाठ पढ्न भित्र आउनुस्।
श्री सर्वोच्च अदालतको मिति २०६६।४।९ र मिति २०६६।५।७ को आदेश विरुद्ध श्री सर्वोच्च अदालतमा मिति ०६६।५।१२ गते पुनरावलोकनको निवेदन दर्ता गर्न पठाउँदा २०६६।४।९ को आदेशको हकमा दर्ता भई २०६६।५।७ को आदेशको हकमा दरपीठ आदेश भएको हुँदा त्यस अर्थमा सम्पूर्ण शपथ प्रकरण अदालत समक्ष विचाराधीन हुँदा (subjudice) पनि सम्पूर्ण नेपालका चासोको विषय भएकोले यो प्रेस रिलीज राष्ट्र र जनताका नाउँमा प्रेषित गर्दछु। २०६२–६३ को महान जनआन्दोलन एवम् महान मधेश आन्दोलनमा शहिदहरुको बगेका रगतबाट सिंचिएर स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्वाचित उपराष्ट्रपतिको गरिमामय पदमा बसी देश र जनताको सेवा गर्ने मौका पाएकोमा आफूलाई गौरवान्वित महशुस गर्दछु र निर्वाचनमा समर्थन गर्ने सबै माननीय सभासदज्यूहरुलाई हृदयदेखि कृतज्ञता ज्ञापन गर्दछु।
मेरो चाहना संक्रमण सकस र समस्यामा परेको मुलुकलाई झनझन समस्या र अपठ्यारोमा पार्नु कदापी होइन। म एउटा जिम्मेवार नागरिक पनि हुँ र समग्र राष्ट्रको प्रतिनिधि पनि। मेरो व्यक्तिगत समस्या, मान, अपमान, प्रहार, आघात ठूलो कुरा होइन। मलाई यो राष्ट्रको एकता, अखण्डता, सार्वभौमिकतामा अक्षुण आस्था छ, रहिरहन्छ। तर मेरो शपथग्रहणको परिप्रेक्ष्यलाई यो मुलुकमा जसरी संङ्कीर्ण स्वार्थसाधनको माध्यम बनाइएको छ र ममाथि जसरी व्यक्तिगत प्रहार पनि भएको र भइरहेका छन् त्यसले मलाई गहनरुपमा मर्माहत तुल्याएको छ। भाषाका कुरा, जाति, धर्म र सांस्कृतिका कुरा यो मुलुकका अत्यन्तै सम्वेदनशील कुरा हुन। अतीतमा जे भएपनि सबै भाषा, सबै धर्म, सबै जाति र हामी सबैसमेत एक अर्काका परिपूरक हौं र हुनुपर्छ। तर अझ सारा राष्ट्र कठिन परीक्षाको बेलामा रहेको अवस्थामा न्याय दिने निकायका महत्वपूर्ण व्यक्तिहरुले समेत आफनो ओहदाको अहंकारमा अन्तरिम संविधानको अपब्याख्या गरि र न्यायको मर्म बिर्सेर घोर अन्याय गरेका छन्।
मेरो लागि सर्वोच्च अदालतको असम्बैधानिक फैसलालाई स्वीकारी पदमा बसिरहन सरल थियो। तर महान नेपाली जनताको समावेशी, शान्त, सुन्दर र समृद्ध नेपालको जुन आकांक्षा छ त्यो पुरातनवादी, संङ्कीर्णतावादी, र एकाङ्गी सोचले कदापि पूर्ण हुनसक्दैन। सर्वोच्चको फैसलाले अन्तरीम संविधान र स्वयम् सर्वोच्चको गरिमा र महिमाको तेजोबध गरेको छ।
नेपालको अन्तरिम संविधान २०६३ सोही सालको फाल्गुन ३० गतेदेखि लागू भई राष्ट्र्पति र उपराष्ट्रपतिको व्यवस्था २०६५/२/०६ को चौथो संशोधनबाट संविधानमा थपिएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था हुनुभन्दा अघिबाट नै अन्तरिम संविधानको भाग ४मा राज्यको दायित्व निर्देशक सिद्धान्त तथा नीतिहरुको धारा (३३)घ, धारा (३४) ५, धारा (३५)३ मा उल्लेखित व्यवस्थाले विभिन्न भाषाभाषीहरु बीचको भेदभाव असमानतालाई अन्त्य गरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने र राज्यको पुर्नसंरचना गरिने दायित्व र नीति राज्यले अवलम्बन गरिने भनिएको छ। धारा ३ ले “बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक समेतका विषयमा आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिगत रुपमा राष्ट्र हो”, लेखिएको छ। यसै प्रकार नागरिकको मौलिक हकको सन्दर्भमा “कुनै भाषा वा वैचारिकताको आधारमा नागरिकमाथि भेदभाव गरिने छैन”–भनिएको छ।
यस प्रकार राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था हुनुभन्दा अगावै संविधान लागू हुँदाको अवस्थादेखि संविधानले स्वीकारेको मर्म, सिद्धान्त र नीतिहरुको विपरीत पछि थपिएका “अनुसूचि– १ क अनुसार नेपाली भाषामा दिएको सपथको ढाँचाअनुसार नै नेपाली भाषा मै म उपराष्ट्रपतिले पद र गोपनियताको सपथ लिनु पर्छ भनि मैले २०६५/४/८ मा लिएको सपथ असंवैधानिक ठहराई अदालतको निर्णय संविधानको मर्म, लोकतन्त्रको मान्यता तथा प्रजातन्त्रको भावनाको विपरीत, समग्र नेपाली जनताको मातृभाषा प्रयोग गर्ने मौलिक हक विरोधी रहेको छ। सर्वोच्चको संविधान विपरीत यो फैसलालाई सरकारी र केही राजनैतिक दलको मौनताले समर्थन गरेको पाइयो। संवैधानिक मर्म र मान्यता विपरीत रहेको यस फैसलालाई मान्न मेरो आत्माले स्विकार नगरेको अवस्था एकातिर छ भने अर्कोतर्फ धारा ३६झ (२) अनुसार राष्ट्रपतिवाट म उपराष्ट्रपतिले २०६५/४/८ मा लिएका पद तथा गोपनियताको सपथलाई राष्ट्रपतिले विगत एक वर्षदेखि आत्मसात र स्वीकार गरिएको अवस्थामा सर्वोच्च अदालतको न्यायाधीशज्यूहरुबाट भएको २०६६/४/९ को आदेशमा उपराष्ट्रपतिलाई पुनः सपथ गराउन अदालतबाट राष्ट्रपतिलाई निर्देशन वा आदेश नभएको अवस्थामा राष्ट्रपतिले पुनः सपथ गराउनु पर्ने विषयले आफैमा गंभीर संवैधानिक संकट उत्पन्न गरेको छ।
सपथ भाषाको लागि पनि लिइदैन देशको हित र जनता प्रतिको समर्पणको लागि लिइने हो। राष्ट्रियता भावनावाट प्रतिविम्वित हुन्छ भाषाबाट होइन । २०६५/४/८ मा सपथ लिंदा यो मुलुकका पूर्व सरकार र राष्ट्रप्रमुख श्री गिरिजाप्रसाद कोईराला, हालका राष्ट्रपति डा. रामवरण यादव, तत्कालीन प्रधानन्यायाधीश श्री केदारप्रसाद गिरी, तत्कालीन सभामुख, वैदेशीक कूटनितीक निकायका प्रमुखहरु, माननीय मंत्री एवं सभासदहरु, नेपाल सरकारका संवैधानिक अंगका पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु तथा स्वदेशी र विदेशी पत्रकार, नागरिक समाज र नेपाली जनता समक्ष लिइसकेको सपथलाई कानूनी दायराभित्र पारी पूर्वाग्रही रुपमा मुद्दा दिई तत्कालका प्रधानन्यायाधीशले स्वीकारेको सपथलाई पूर्वाग्रहीकै रुपमा सर्वोच्च न्यायालयका पछि आउने प्रधानन्यायाधीशकै बेन्चबाट बदर गर्ने आदेश समेत भएको र सो आदेश मबाट २०६५/४/८ को हस्ताक्षरित नेपाली भाषाको सरकारी अभिलेखमा रहेको सपथपत्र सो आदेशबाट बदर नभई कायमै रहेको अवस्थामा मैले पुनः सपथ लिँदा अब कुन भाषाको सपथपत्रलाई सरकारी अभिलेखका लागि प्रमाणित गरी दिने हो? यसै सम्बन्धमा अदालत समक्ष राखिएको जिज्ञासाको कुनै जवाफ नपाइएकोले यी विषयहरु आफैमा अन्यौलको वातावरण सृजना गरेको छ तसर्थ पुनः शपथ लिने आदेशको औचित्य छैन।
नेपाली भाषाको सपथ पत्रलाई मैले हस्ताक्षर गरी नेपाली भाषा प्रतिको सम्मान र सरकारी कामकाजको भाषाको औपचारिकता पूरा गरैकै थिएँ। संघियतातर्फ उन्मुख रहेको यस मुलुकमा भावना भन्दा पनि ढाँचासंग भाषालाई जोडी अपव्याख्या गरि राष्ट्रियताको व्याख्या गर्ने जडसूत्रवादी चिन्तन र शाव्दिक समावेशीको नारा एवं मातृभाषाको अनादर ले राष्ट्रलाई हानी नै पुर्याउँछ।
२०६६/४/९ मा नेपाली भाषा मै शपथ लिनु पर्छ भनी सर्वोच्च अदालतको पूर्वाग्रही आदेशको विधिवत् जानकारी म उपराष्ट्रपतिलाई आउनुभन्दा अगाडि नै उपराष्ट्रपतिलाई आफनो पदबाट मुक्त गर्नु भनी अधिकारपृच्छाको अर्को रीट सर्वोच्च अदालतले २०६६।४।१३ मा स्वीकार गरेको छ। फैसला वा आदेश अन्तिम भए पश्चात् सोको कार्यान्वयनको पक्ष शुरु हुने न्यायायिक सिद्धान्त र कानूनी व्यवस्थालाई पनि शपथ प्रकरणमा सर्वोच्चको आदेशले लत्याई मूढे अहंकारको प्रदर्शन गरेको छ।
वर्तमान संविधान अन्तरीम संविधान हो। अन्तरीमको अर्थनै तत्कालिक (stop gap arrangement) हुन्छ। यस संविधानलाई भारत वा अमेरिकी संविधानको समकक्ष राख्न मिल्दैन। बंगलादेशको संविधानमा मातृभाषा बंगला हो तर देशको कामकाज अधिकांश अंग्रेजीमा हुन्छ। भारतीय संविधानको आठौं अनुसूचीमा आसामीदेखि उर्दू भाषासम्मको उल्लेख छ तर अंग्रेजीको कही उल्लेख छैन तर देशको सम्पूर्ण काज अंग्रेजीमानै हुन्छ र सो अनुसूचिमा नेपाली भाषाको स्थान मैथिलीभन्दा माथि छ। गत जनगणनाबाट (जस्को आधारमा वर्तमान संविधानसभाको चूनाव भएको छ) पनि नेपालमा बोलिने भाषाको स्थान क्रममा १६ औं स्थान हिन्दीको छ र हाम्रा संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाका स्थान दिएको छ। अतः महज भाषिक विवादको श्रृजना गर्ने उद्देश्य वाहेक सर्वोच्च अदालतको आदेशको अर्को अर्थ छैन। उत्प्रेषण र परमादेश निमित्त संयुक्त इजलाश र त्यस्को By product को रुपमा परेको पछिल्ला अधिकारपृच्छाको रीट सुनुवाईकालागि ५जनाको फूल वेन्च गठन हुनु आफैमा अनौठा छ। अधिकारपृच्छावाट शपथ ग्रहण गराउने आदेश हुन रीट सिद्धान्त विपरीत छ। शपथ गर्न शुरुको आदेशमा परमादेश जारी नहुने तर पछिको अधिकारपृच्छावाट शपथ गराउने भनि भएको आदेश पूर्णरुपेण हस्यास्पद र गलत हो।
सर्वोच्च अदालतको शपथ प्रकरण सम्बन्धी अधिकार पृच्छा रीटमा भएको ०६६/५/७ को अन्तरीम आदेशमा ७ दिन भित्र शपथ लिनु वा उपराष्ट्रपति निष्कृय भई रहनु भन्ने रहेकोमा यी दुई मध्ये मैले जे रोजे पनि सर्वोच्चको फैसलालाई सम्मान नै हुन्छ भन्ने ठानेको छु।
नेपाली जनताको मातृभाषाको सम्मान सरकारी स्तर र सर्वोच्च अदालत कै पूर्व फैसलाहरुबाट हालसम्म हुन नसकेको अवस्था छ अतः सरकार र संविधान सभाले मातृभाषाहरुलाई सम्मान गरेपश्चात मात्र मैले शपथ लिने विषयमा सोच्न सक्छु।
नेपालमा वास्तविक गणतन्त्र स्थापना होस्। भाषा, लिंग, वर्ण, जात र क्षेत्रका आधारमा कसैसंग भेदभाव नहोस्। प्रत्येक नेपाली आ–आफनो भाषा, संस्कृति, सभ्यता र आत्मसम्मान रक्षार्थ सार्थक पहल गर्न पाऊन् यही मेरो भावना हो। सम्मान पाउनलाई अरुलाई सम्मान पनि गर्नु पर्छ। सबै मातृभाषाको सम्मान भएमा मात्र नेपाली भाषा पनि सम्मानित हुन सक्छ। बहुभाषिक यस मुलुकमा भावना, भाषा र राष्ट्रियता माथि गरिएको प्रहारका विपक्षमा रही सघाउनु हुने भएका सवै धन्यवादका पात्र छन्।
धन्यवाद।
No related posts.









This is really rediculous discussion. Before complaining to Mr. Jha, you should not forget that language is not a criteria for nepali nationality. feeling makes the nationalist not langauge at all. Language is the medium for flowing your message. and Mahesh jee is absolutely right..Hindi is the major language for south asians…be honest..i think more than 70% nepali can understand Hindi without any difficulties.however official data is not more than 35-40% (not speaker,,i am talking just abt understanding hindi)..
By any means, langauge is not a matter for discussion..and never compare india…india is doing excellent that alll world knows…so think of urself where u r standing in the globe..
मन परे हरियो, नपरे रातो
0
0
यो नबिन ,हर्के राजामाहाराजाको तलुवा नचाटी नहुने जन्तुहरु रहेछन जे बानी पर्यो तेही चाँहीन्छ भन्छन साच्चै रहेछ मरिगय यिनिहरु दासबाट मुक्तिपाउनै चाहदैनन ! २४० बर्ष सम्म जनताको रगत खाएर शारा राष्ट्रको सम्पत्ति आफ्नो बनाएर नपुगी मुर्ती समेत बेचेर अथा सम्पत्ति बिदेसमा थुपारेर नागरिकहरुलाइ कङाल बनाएर मात्र नपुगेर हत्या बलात्कार गर्ने राजा नभै नहुने यि पशुहरुलाइ मै राजा भएर यि टटटुहरुलाइ दास बनाउनु पर्छ कि क्या हो ? परिबर्तनलाई स्विकार गर्नु पर्छ परिवर्तन हुँदा सन्क्रमनकालीन अवस्थामा केही तलमाथि त हुन्छ नै तेसमा जनताले पनि परिबर्तनकारी पार्टिलाई सहयोग गरेर अघी बडने काम भने छैन खाली राजाको तलुवा चाट्ने कुरा गरेर देस बन्छ ?
मन परे हरियो, नपरे रातो
0
0
उपराष्ट्रपतिको पद खाली रैछ, साथिहरु हो , निबेदन हालौं, कमसेकम हाम्रो कालो नपोतिएको दिमाग त छ
मन परे हरियो, नपरे रातो
0
0
पृथ्बी मा मानब मात्र को सम्पर्क भाषा भनेको अंग्रेजी हो, दक्षिण एशिया को हिन्दी | त्यस्तै यो देश मा पहाड को सम्पर्क भाषा भनेको खस हो भने तराई को हिन्दी | अब यो त सबै ले बुझ्नु पर्यो नि | तर या त अंग्रेजी मा बात नै गर्न नपाइने | अनि हिजो टिवी मा वकिल हरु को भाषण सुन्दा त मैथली, नेपालभाषा अनि अरु जनजाती को भोलि मा त कुरै गर्न नहुने जस्तो पो गर्छा बा | यो त खस हठ, अहंकार हो नि |
मन परे हरियो, नपरे रातो
0
0
Dear all readers friend,
Mr. Pramanand Jha is right because he is from india. And of course, indian take a woath in hindi. Can anybody ask him? where his grand father was from ? I am sure he was from India.Because hundred of years ago, only tharu were staying at terai and at that time they were… i mean jha, shah and other madhesi were coming for business to terai and our tharu had given them shelter. that’s why they want use hindi language in nepal.
मन परे हरियो, नपरे रातो
0
0
१ ग़्याने हटाइयो दर्जन ग्याने जन्माइयो . बधाइ ६ हामि नेपालि लाई .
मन परे हरियो, नपरे रातो
0
0
हैन अनी यो बक्तब्य झा ले नै निकलेको हो र? कि तपाईंहरु ले translate गरेर नेपाली मा लेख्नु भयको हो? नेपाली बोल्न र बुझ्न नजान्ने बक्तिलाई कसरी यस्त गहन कुर हरु गर्न आयो? म त छक्क परेत। यस्को बिषयमा यात्रा कुर हरु गरेर देश को बिकास गर्ने समय बर्बाद गर्नु भन्दा कनुनी नियम उल्लङ्हन गरेको र चरेश कन्द माछायको भनेर file open गरे jail मा नजाकेर के हेरी राख्या हो नेपाल को अदालत र पुलिश। अनी यि पटमुर्ख हरुको कुरा को पछी लाग्ने चै पैसा खान पायका २ ४ जन भरौटे बाटमा उफ्रिय भन्दैमा सबैलाई किन जान पर्या हो चिर्पत ले हानेर नेता सेतको टाउको फुटैदिनु नि।
मन परे हरियो, नपरे रातो
0
0
एउता मर्या धोति ले १० जना जिउदो नेपालि लाइ थग्च भन्या यहि हो /
मन परे हरियो, नपरे रातो
0
0
दोति, साले, गद्दा, भारतिय्….जस्ता अपमान जनक सब्द ले आम् मधेसि लाए कस्तो अनुभब हुन्च? एक पतक सोच्ने हो कि माए सन्सार्
मन परे हरियो, नपरे रातो
0
0
Congratulation Vice Precident.
You have done good job against Khas-Bahun Badies.
We should not accept Khas-Bahun badi in any cost.
You are good leader. We remember you all the time.
Parmanda Jha ji you should not say Khas language as Nepali. All language spoken in Nepal is Nepali. How can only Khas language could be Nepali????????????
I appreciate your steps.
You will be remembered by all Nepalese in New Nepal for fighting against unequal language system in Nepal.
Subhaye, Thank you, Dhanebad PARMANANDA JHA
SHRESTHA
मन परे हरियो, नपरे रातो
0
0
हैन यो बिग्यप्ति चाहि किन नेपालि मा हो कुन्नि, तेत्रो सपथ चाहि हिन्दि मा खाने, अनि यो बिग्यप्ति चाहि नेपालीमा यो त भयेन नी .
मन परे हरियो, नपरे रातो
0
0
The current response of VP Jha shows the weak structure of current government. The current government headed by Mr. Madhav Kumar Nepal should do something that motivates all Nepalese to abide by rules. If this government cann’t do anything and continues its term even for a next day, why we Nepalies should abide by rules and follow any court decisions? Why should we Nepalese pay tax to current government who is spending significant money to the VP. We all know the “chares kand” and the corruption of such people. From my heart, I humbly request the current government to withdraw the security of VP; stop him going his office; stop paying any money and dispatching a letter to vacate the VP’s residence immediately irrespective of the fear of exit from the government. Defending VP Jha or amendment of constitution to safeguard VP Jha in any way in unacceptable for we people. If the government cann’t implement the Supreme Court decision, shame to the government and shame to Madhav Kumar Nepal !
मन परे हरियो, नपरे रातो
0
0
मुख त फर्कौने पर्यो !
हो जनता ले चुनेएर बहुमत ले ल्याएको कानून मान्नि पर६ अनी मात्र समाज बन६ र तेस्को कदर गर्न सबै ले सकने पर६. तिमी ले ब्याख्या गरेको कानून कुनै बहुमत जनता ले चुनेर ल्याएको कानून थिएन र हो तेस्को बिरोध गर्नु ठीक हो तर बहुमत जनता ले चुनेर ल्याएको कानून सबै ले कदर गर्नु नै पर६. अबा तिम्रो र झा को कानून चाई नेपाल को .००१ % ले पानी कदर गर्ने न भएको ले तिमी हरु दुबई लाइ या अर्को दुई चार जाना लाइ कानून को दाएरा भित्र राखेर सबक सिकाउनै पर६.
मन परे हरियो, नपरे रातो
0
0
साले भारती गुण्डा झालाई सर्बस्वो हरण सहित देस निकला गरेमा म लगायत संपूर्ण नेपालीहरु आभारी हुने थियौ|
मन परे हरियो, नपरे रातो
0
0
सर्वोच्चमा मुद्दा हालेरै मात्र राष्ट्रियता जोगिने भए उहिले पृथ्वीनारायण शाहले राजकाज छोडेर कानून पढ्दा हुन् । नेपाल एकीकरण किन गर्नु परेको भन्दा यस्तै यस्तै कारणले हो । अब हामी प्रत्येक नेपाली पृथ्वीनारायण शाह हुन सक्यौँ भने मात्र देश बलियो हुन्छ नत्र भने सीताराम । प्रजा मोटा भया दरबार (सिँहदरबार) बलीयो रहन्छ । प्रजा सुईँटे भया विदेशी बलीयो रहन्छ । हेहेहे
मन परे हरियो, नपरे रातो
0
0
धोति को समाचार पढदा र सुन्दा leptop पनि हेर्न पनि मन लाग्न छाडि सक्यो हेर्दै नहेरे आनन्द .
मन परे हरियो, नपरे रातो
0
0
ल बल्ल पर्यौ माकुने र गिरिजाको २२ से दल, मधेसीको माकुरी जालै मा !
मन परे हरियो, नपरे रातो
0
0
कस्तो मान्छे रहेछ भने !!!! पागल हो कि के हो ?? येस्तो मान्छे ले के देश लाई राम्रो गर्न भनेर पद म रखि राको होला खै??नेपाल लाई बचाऔ!!
मन परे हरियो, नपरे रातो
0
0
माधव नेपाल जि कि त अब यो झा जि लाई महाअभियोग लगाउनुस् कि त रजिनामा दिनुस् किन एमाले सधैं दोधारे निती मा रहन्छ ???
गिरिजा कोइराला जि तपाईं को छोरी ले भर्मण मा अटेरि गर्दा करबाही भयन त्यस्तै कुन नैतीकता मा कुरा गर्नुहोला खै राजनीति सन्यास लिनु होस् अरु कोही छन कि नैतीकता भयका नेता ????
पुष्पकमल दाहाल प्रचन्ड जि तपाईं हरु ले नै भाषा क्षेत्र पर्देश मुक्ती हुनु पर्ने कुरा उठाउनु भयको हो जस्तो बिउ रोप्नुभयो त्यस्तै नै फल्ने रहेछ अब महाअभियोग कुन नैतीक धरातल मा उभियर लगाउने आत्माअलोचना सहित् सुधार गर्नुहोस् ..
उपेन्द्र जि तपाईं फोरम भनेकै भारत को दलाली पार्टी हो कि नेपाली जातिय पार्टी हो हरेक कुरा नेपाली मा गर्ने तर सफथ नेपाली मा नखाने तिमी कमन्डलु लियर भैंसी चराआउन जाउ तिम्रो योग्यता यो भन्दा अरु रहेनछ ,,
बोलौ त भारत रिसाउने नबोलौ त जनता रिसाउने धर्म संकट मा परेका नेपाली नेता एक पटक महाअभियोग लगाउन एकजुट हुनुहोस् भारत पनि नेपाल मा अप्ठारो पार्दा सबै देश भक्ती एक हुँदा रहेछन भन्ने सन्देश जावस
धन्यवाद
राम चन्द्र ज्ञवाली
मन परे हरियो, नपरे रातो
0
0
बडो कानून को परिभासा दिदो रहेच , एउटा सामान्ये कानूनी प्रश्न नै सोधम न ल , हिंदी मा बोलेरा नेपाली भासा को सपथ पत्र मा सही गर्नु के कानून सम्मत हो ?? बोलाई र लिखाई मा फरक नहोस भनेर अमुन्ने सामुन्ने सपथ गराइन्छ , र जहाँ सम्मा भासा को कुरा छ , नेपाली हाम्रो रास्ट्र भासा हो हामी सबै ले येसको सम्मान गर्नु पर्छ , येही भासा मा नेपाली लाई गाली दिने , येही भासा मा मधेस आन्दोलन को धम्की दिने, येही नेपाली भासा बोलिने अनी लेखिने सरकारी कार्यालये मा जागीर गर्ने , बीबीसी को अन्तर्बार्ता मा मलाई नेपाली औदैना भनी नेपाली मा नै अन्तर्बार्ता दिने , येत्रो नेपाली जनता हरु को श्रम पशीना खाने , अनी नेपाली भासा मा सपथ कीन नालिने ??
मन परे हरियो, नपरे रातो
0
0
यो राम्रो काम भयेन नियम सबै ले मन्नु परने हो,
मन परे हरियो, नपरे रातो
0
0
यो चरेसआनन्द झा (कुहेको आलू) र मात्रिका यादब उस्ता उस्तै हुन, यी पागल हरु को समाचार नै सुन्नु नपरे हुन्थ्यो नि !
मन परे हरियो, नपरे रातो
0
0
हो त सालेलै , सेन्तर जेल मा हल्नु पर्च्ह होइन भने, देसको स्थिति दमादोल हुने भयो बा के गर्र्नु. यस्तै नेताहरुले गर्दा नै नेपाल बिग्रेको हो.
मन परे हरियो, नपरे रातो
0
0
येस्तो हुनु पर्ने थियो, भयो ! सबैले सोच्नु पर्ने कुरा के हो भने न्यय भनेको मनिश लै लगु हुने हो ! पशु हरुलइ के को कनुन् न्यय अनि कर्म !
मन परे हरियो, नपरे रातो
0
0
यो गधा झाले माथि भनेका छन् नि सबै भाषालाइ सम्मान गर्नुपर्छ भनेर तर यिनले नेपालको राष्ट्रिय भाषालाइ नै किन सम्मान नगरेका नि? नेपालीमा खुवाइएको शपथलाइ हिन्दीमा जानी नजानी किन लिने? के यो दुश्चरित्र होइन त ? सावधान राष्ट्रप्रेमीहरू हो, यस्ता देश भडाउने गोठाले नेतालाइ लात हान्नैपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
अहिलेको संक्रमणकालिन अवस्थामा संविधानलाइ लत्याएर उपराष्ट्रपति झाले आफुलाइ देशको नियम कानुन भन्दा माथि राख्ने अकल्पनीय प्रयास गरिएको छ । कुनै पनि राष्ट्रमा कुनै पनि व्यक्ति संविधान भन्दा माथि रहन सक्दैन र सर्वोच्चको आदेश पनि संविधान संगत नै छ । यदि झा नेपाली नागरिक हो भने भाषिक अर्थमा भन्दा नेपाली हुनुमा आफुलाइ गर्व गर्न सक्नुपर्छ । राष्टप्रेमीहरूको हकमा राष्ट्र र राष्ट्रियता भन्दा माथि उठेर कुनै पनि जातिय भाषा ठूलो हुन कदापि सक्दैन । यदि राष्ट्रको हित चहाने हो भने नेपाली भाषा राष्ट्रिय भाषा भएको हैसियतले जातिय भाषा भन्दा अवस्य पनि माथि नै हुनुपर्ने हुन्छ । नेपाल र नेपाली हुनुको अर्थमा कुनै पनि व्यक्तिले आफु नेपाली भन्दा उच्च रहेकोमा गर्व गर्नुपर्ने ठाउँ नै छैन । यद्यपि झा पनि यो देशको कुनै कानुन भन्दा माथि छैनन् र कदापि हुदैनन् पनि । त्यसैले यदि झाले कानुन विपरित आफुखुशी गर्ने हो भने निज नेपाल र नेपालीका लागि एक अहितयोग्य प्रदर्शन गर्दैछन् । अतः निज झा लाइ तुरून्त कडा भन्दा कडा कारवाही गरिनुपर्छ ता कि भोलिका दिनमा कुनै पनि व्यक्ति फेरि कानुन भन्दा माथि हुँ भन्न नपाउन् । निज झालाइ तुरून्त पुलिस प्रशासन लगाएर समातेर खोर मा थुन्ने काम गरिन अति जरूरी छ । यदि यस्तो नभएमा फेरि भोलिका दिनमा अरू यस्ता मुढेबल देखाएर कानुनलाइ आफ्नो कव्जामा लिने अर्मा गैर नेपालीको आगमन हुन सक्छ । तुरून्त कारवाही गर्नका लागि नेपाल र नेपाली सम्पूर्णले अगाडि बढ्नु जरूरी छ । किनकी जातिय तथा क्षेत्रिय भाषाको पालना गर्नुपर्छ तर नेपाली भाषालाइ सदैव प्राथमिकता दिनु अति जरूरी छ ।
मन परे हरियो, नपरे रातो
0
0
Agent of RAW!
History of corruption and even more dangerous actions recently!
He needs to be punished!
मन परे हरियो, नपरे रातो
0
0
राष्ट्रपती ले भन्दा पनि उप्-रास्ट्रपतिको कारण बाट गणतान्त्रिक नेपाल को पहिलो गासमा ढुंगा लागेको कुरा स्पस्टिन्छ। राष्ट्रपती त आफ्नो अधिकार भन्दा बाहिर गयर क्षेत्र नाघेको हो (हो र होइन भन्ने कुरा छुट्टीदै गर्ला) तर उप्-रास्ट्रपती भने यात्त्रो सौभाग्य पायर पनि नेपालीको उप्-रास्ट्र पती बन्न सकेको छैन। बरु अतिबादी र बिखन्डनकारी अनी बिदेशी चलखेलको तुरुप बन्न पुगेको छ भने यो सभासद ले उप्-रास्त्र पती बन्ने हैसियत र सोंच भयको ब्यक्तित्वो लाई चुनेर जितायको होइन रहेछ भन्ने कुरालाई नंग्याइ देखायको छ। यहाँ नेपाली नेता हरु र बिशेष गरी मधेसको कुरा लियर मधेसी माथि राजनीति गर्ने मधेसी नेताहरु ले देशको र समाजको लागि भन्दा आफ्नो निजीं ब्यक्तिगत स्वार्थ्पुर्तिको उद्धत राजनीति गरेको कुरा स्पस्ट अगाडि आउँदाछ।
धिक्कार छ तिनिहरुलाई !!!
- नेपाल आमाको श्राप ले तिनिहरुलाई पक्कै छोड्ने छैन।
परमा नन्दलाई कानुनी कारबाही गर्नु पर्दछ। राष्ट्रपतिलाई ढाट्नु र ढोका दिनु भनेको नेपाल लाई ढाट्नु र ढोका दिनु हो। यस्मा देश द्रोही को राज्य बिरुद्द अपराध को कारबाही गरीनु पर्छ।
यस्को नागरिकता सस्पेन्ड गरी नागरिक बाटै बर्खास्त गर्नु पर्दछ।
मन परे हरियो, नपरे रातो
0
0
भने पछी अब पदमा निस्कृया रुपमा रहने झालाई कुनै पनि सरकारी सुबिधा र तलबबाट पनि बन्चित गर्न सकिदैन र ?
मुर्दारले हामीहरुको पसिनाको कमाइ पो खाइरहेको छ नि बिना कामको मान्छे लाई किन दिनु त पेरिसरमिक र सुबिधा
मन परे हरियो, नपरे रातो
0
0
why don’t you understand, this is not his stand. he is back up by south border.
मन परे हरियो, नपरे रातो
0
0
sapath khanus sir. pad ko lagi bhaye pani
मन परे हरियो, नपरे रातो
0
0
नेपाली कांग्रेस र एमाले ले बल्ल थाहा पाए होला हन्थाप गरेर माओबादी लाई पखा लगा उन खोज्दा परिणाम के भो भनेर
DN KHANAL
USA
मन परे हरियो, नपरे रातो
0
0
अधेरी नगरी चौपट राजा ! उपरास्ट्रपतिले कानुन्को अभेलना गरेक छन्। सिधा उनलाइ जेलमा जाक्नु पछ।अथवा उपरास्ट्रपती बिरुद्द महा अभियोग लगाउनु पर्छ। तर के गर्ने हाम्रो देशको कानुन भन्दा माथि नेताहरु छन। नेताले जे भन्यो त्यही हुन्छ। फाल्तुमा सरकारी खर्चमा न्यायधिस पालेका छन हाम्रो नेपाल सरकारले। सर्बोच्च अदालत् रे के सर्बोच्च हो।यो त दोसिलाइ कारबाहि हैन् दोशिलाइ अझ् हौसला दिने सस्था जस्तो छ।
मन परे हरियो, नपरे रातो
0
0
पुज्य बाजे झा
सेवारो .
तपाईं सचेत नेपाली नागरिकता हुँ, भान्ने कुराको कुनै तुक छैन । तपाईंको व्यबहार देखी नि वाकै लागिसके। सर्बोच्च अदालतको फैसला बिरुद अटेर गरेर आफ्नो नाप घटाऊनु भयो । हुन त तपाईंको नापको लम्बाइ नै कती पो थियो र ?
मन परे हरियो, नपरे रातो
0
0
कॉग्रेस र एमाले ले सहि बिचार लिन्थ्यो भने त आज यो दिन नै आउने थियन नी खनालजी! कहिल्यै चेत्दैनन यी ब्वॉसाहरु! त्यसो त ईनीहरुले चेत्नु पर्ने के नै हो र? देश र जनतालाई चुस्ने उद्देश्यनै भए पछि!
मन परे हरियो, नपरे रातो
0
0
तपाईहरु ले के बुज्नु जरुरि छ भने कानुन मानीराख्ने हो भने र तेस्को खिलाप न जाने हो भने परिबर्तन असम्भब छ ! राणा को कानुन मानेको भए २००७ साल आउने थिएन कि ? पंचायेत को कानुन सबैले मानेको भए २०४७ साल आउथ्यो होला र ? विद्रोहको को सुरवात हो यो ! संसारमै बिचित्र नेपाली समाज ४ जात छत्तिस बर्ण अनि सय भन्दा बडी भाषा भासी जसलाई संमान गर्न नसक्नु को यो परिणाम हो !! सत्ताका लागि जसको पनि गुलाम गर्ने हरु भन्दा भासिक स्वतन्त्रता लागि उप-रास्त्रपतिले गरेको बिद्रोह लाई हामी नेपालीले सहज रुपमा लिनु पर्ने हुन्छ!!! I’M PROUD OF JHA!!!
मन परे हरियो, नपरे रातो
0
0
Resham Greece ji,
हेर कुबुद्धि! “नेपाल राष्ट्रको सिमा र सार्बभौमसत्ता मानीराख्ने हो भने र तेस्को खिलाप न जाने हो भने नेपाल अब भारत हुन सम्भव छैन।” यो कुरा चाँही लेख्न छुटे जस्तो लाग्यो तपाईं को कमेन्ट मा। २००७ सालको बिद्रोह र २०४६ साल को आन्दोलन के का लागि भएको थियो, अलिकती हेक्का छ तपाईं लाई? अटेरी चरेसानन्द झा ले गरेको अटेर्याइँ तपाईंलाई २०४६ सालको क्रान्ति सरह लागेछ। कुण्डे कुण्डे पानी, मुण्डे मुण्डे बुद्धी। ग्रीस गएर २, ४ वटा भये पनि ज्ञान गुन का कुरा सिक्नु भएको होला भनेको त आची खान पो सिक्नु भएछ रेशम जि ले।
मन परे हरियो, नपरे रातो
0
0
“I am puoud of India” लेख्न पर्ने इन्डियाको गुलामि ग्रिसमा गएर भुकेको छ.
मन परे हरियो, नपरे रातो
0
0
हैन हो रेशम भन्ने धोती को दलल हो जस्तो लाग्यो मलाई। भारत मा अङ्रेज ले शासन गरेर छोडे भारत मा नेपाल मा भन्दा धेरै जत जती र भाषा भसी हरु छन खै त त्यहाँ त हिन्दी नै चल्छ त । स्टेट गोवेर्मेन्त मा आफ्नो भाषा चल्छ त्यो भनेको स्टेट मा बस्ने जनाटकओ सुभिधको लागि हो तर मैन ठाउँ मा त हिन्दी चल्छ नि। झा ले पनि तेसो भन्न सक्थ्यो तर deputy prisident बन्न पनि खोज्ने अनी हिन्दी मै बोल्ने कि मैथली मा बोलेको भय हुन्थ्यो हिन्दी नेपाली को सम्पत्ति हैन यो भारत को national language हो
मन परे हरियो, नपरे रातो
0
0
oe mrs. Greece
I have no problem that you are Jha….I have problem with your uncle parmananda jha.
Just try and learn to be an good citizen of Nepal.
And learn to know what is good and what is bad.
If your uncle Jha is bad and you should not be a bad jha.
You can be a good Jha in the future.
Speak your “Maithali”like everybody has their language…but you live in Nepal and holding a Nepali nagrita and you speak and take oath in Indian language that is not tolerable to me and rest.
Because this country is not own by your uncle Jha.
Be a good and wise Jha in the future.
मन परे हरियो, नपरे रातो
0
0
ये दलाल त चोर ले के भ्नन खोजेको ह ?
मन परे हरियो, नपरे रातो
0
0
राष्ट्रघाति परमानन्द देश छोड ।
मन परे हरियो, नपरे रातो
0
0
तपाईंले ठीक भन्नु भो हृदय जि
मन परे हरियो, नपरे रातो
0
0
चरेशनन्द झा पागल, दहि चिउरे सिदान्त भयको अवसर् बादि हुन्
यदि उनि एउटै सिदन्तमा उभिने मान्छे हो भने उनले किन हिन्दि मै वक्तब्य निकालेन त?
बरुन्
मन परे हरियो, नपरे रातो
0
0
तपाइले ठिक भन्नु भो
मन परे हरियो, नपरे रातो
0
0
महेशजी,
पृथ्वीको मानवमात्रको सम्पर्क भाषा अंग्रेजी हो, दक्षिण एशियाको हिन्दी भनेर आफ्नो उपहास नगर्नुस् । हो, प्रविधिको विकासले गर्दा अंग्रेजीलाई प्रयोगमा ल्याउनु बाध्यता हो । अन्यथा कसैले पनि आफ्नो राष्ट्रभाषाको विकल्प चाहँदैनन् । हिन्दी नबोल्ने र विरोध गर्नुहरू भारतमै थुप्रै छन्; त्यहाँ राष्ट्रभाषामा समेत विवाद छ । अन्यथा त्यहाँ पनि हिन्दीलाई राष्ट्रभाषा मान्नैपर्छ भन्नेहरू पनि छन् । अहिले पनि त्यहाँ राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले शपथ खाँजा हि्न्दीमै खान्छन् । हिन्दीको जतिसुकै विरोध भएपनि अन्तत: हि्न्दी भाषाले भारतको राष्ट्रिय एकतालाई मजबूत पार्ने मद्द पुर्याएको छ ।
नेपालको कुरा गर्ने हो भने यहाँ सयौं भाषाभाषीहरू छन् । मधेशको सम्पर्क भाषा हिन्दी हो भनेर अन्य भाषी को अपमान गर्न पाइँदैन । कहाँ छ तथ्यांक हिन्दी भाषा तराईको सम्पर्क भाषा हो भनेर ? यो सेतो झूठ हो । तराईमा अधिकांश मधेशीमूलका मानिसहरू कि त आफ्नो मातृभाषा बोल्छन् कि त भोजपुरी । धेरै नगण्यमात्रा हिन्दी प्रयोग हुन्छ । बरु अहिले मधेशीका नेता भनाउँदाहरूले आफ्नो मातृभाषालाई समेत लत्याएर हि्न्दीलाई आफ्नो सम्पर्क भाषा बनाउने प्रयत्न गरिरहेका छन् । यसले उनीहरूको चरित्र र राष्ट्रियता उदांगिएको छ ।
अमेरिकाको विभिन्न राज्यमा विभिन्न भाषाहरूलाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गरिन्छन् । तर आजका मितिसम्म त्यो देशको राष्ट्रपतिले अंग्रेजीबाहेक अरु भाषामा शपथ लिएका छैनन् । फ्रान्सेलीहरू अंग्रेजी वा अन्य भाषा जानेपनि आफ्नो राष्ट्रभाषामै कुरा गर्न रुचाउँछन् ।
हिन्दी वा अन्य भाषा बोल्नै नहुने भनेको कहाँ छ र ? ठाउँ पनि हेर्नुपर्यो नि ! के उपराष्ट्रपतिजस्तो पद १ प्रतिशत जनताका लागि मात्रै हो ? अनि संविधानमा प्रष्ट व्यवस्था हुँदाहुँदै उक्त पदमा बस्नेले त्यस्को पालना गर्नुपर्दैन ? सभासद्हरूले संविधान सभामा हिन्दी भाषामा बोल्दा विरोध भएको छैन । तर भोलि नेवार सभासद्हरूले नेवारी भाषामा, गुरुङ सभासद्हरूले गुरुङ भाषामा बोले के हालत होला ! कि त सबै भाषाको अनुवादक राख्नुपर्यो ।
यो त अति नै लेडेढिपी भो महेशजी !
मन परे हरियो, नपरे रातो
0
0
HEY WHO IS THIS KOMAL. I THINK YOU SHOULD HAVE BEEN VANISHED IN INDIA. WHY ARE YOU BARKING IN NEPAL ?
I dont think you are pahadi nepalese, seems like you have chnged your name just to influnce other nepalese. whatever is it, this jha & yadav both are to be hanged in front of tudi khel.
Jay desh jay Gyanendra sarkar
Raja aau nepal bachau.
KING COME & SAVE NEPAL.
मन परे हरियो, नपरे रातो
0
0