मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अनुहारको परिवर्तन

    - दीपक अर्याल-

    प्रचण्डले गिरिजाप्रसादलाई भेटेको समाचार आयो।अस्तिसम्म सञ्चो नभएर माधव कुमार नेपाललाई भेट्न नसकेका गिरिजाले प्रचण्डलाई भेट्नुले धेरै कुराको संकेत गर्छ।यदि प्रचण्ड र गिरिजाको पुनर्मिलन भयो र नयाँ सरकारको गर्भधारण रहन गयो भने त्यो राजनीतिमा स्थायी शक्ति र मित्र हुँदैन भन्‍ने प्रचलित भनाइको सबैभन्दा उपयुक्त उदाहरण हुन सक्छ र यो भेटघाटले यसतर्फ पनि केही हदसम्म सङ्केत गर्छ।

    देश कसको हातमा छ, कसले, कसको लागि चलाइरहेको छ भन्‍ने कुरा बुझिदैन।संविधान बन्‍ने हो वा होइन भन्दा पनि संविधान बनाउने इच्छा छ वा छैन र बनाउन खोजेको हो वा होइन भन्‍ने चिन्ताले सताउने बेला भएको छ।संविधान निर्माण तालिकामा छैठौं पटक परिवर्तन भएको छ।६ वटा समितिले आफ्ना अवधारणा पत्रहरू पेश गर्न सकेका छैनन्।संविधान तयार गरेपछि छलफलका लागि जनतामा लग्नुपर्ने समयलाई विस्तारै घटाइदैछ र पार्टी वा सभासदले जे संविधान लेखे त्यसैलाई जनताले नपढिकन तथा छलफल नगरि मानिदिनुपर्ने स्थिति निम्त्याइँदैछ।संविधान सभा विघटन गर्ने, २०४७ साल वा अंतरिम संविधान नै लागू गर्ने, फेरि हिंसा-भिडन्त हुने जस्ता आशंकाहरू कायम रहिरहेका छन्।सेना समायोजन, शान्ति प्रकृयाको टुङ्गो, भाषिक विवादको टुङ्गो, संघात्मक व्यवस्था र साधन श्रोतको बाँडफाँडमा देखिने विवादले निम्त्याउने समस्याहरूका वारेमा गहन छलफल र सहमतिको प्रयास कतै गरिएको छैन।हिजोको स्थिति भन्दा आजको स्थितिमा धेरै फरक देखिंदैन।माओवादीहरू भुमिगत छैनन् र देशमा राजा छैनन् भन्‍ने बाहेकका कुनै महत्त्वपूर्ण परिवर्तनहरू देखिदैनन्।महङ्गीले सीमा नाघेको छ।काठमाडौंमा बस्नेहरूलाई पानी खुवाउन भनेर मेलम्चीका लागि करोडौं खर्च गर्न तयार सरकार झाडा-पखालाले मरेका नेपालीहरूलाई सम्झन पनि चाहन्‍न र उनीहरूका विषयमा तथा झाडापखालाको कारणका वारेमा सोच्न पनि चाहन्न र सक्दैन।

    देउवा कार्यकाल पछिको दोस्रो ठूलो मन्त्रीमण्डलमा अझ मन्त्रीहरू थप्ने छाँटकाँट देखिदैछ।उपप्रधानमन्त्री नपाएको झोंकमा विदेश भ्रमण रद्द गरेर कुटनीतिक मर्यादाको उल्लंघन गर्ने सुजाता कांग्रेस अध्यक्ष बन्‍ने दाउ-पेज गर्दैछिन् र त्यसलाई उनका पिता गिरिजा कोइरालाले सघाइरहेका छन्।सन्तान मोहको यस्ता उदाहरण इतिहासमा विरलै भेटिन्छन्।पत्रपत्रिका र गिरिजाका विरोधीहरूले उनलाई धृतराष्ट्रका रूपमा बुझ्दा र उदाहरण दिंदा पनि काङग्रेसी वृत्त मौन नै छ र कोइराला खेमा यसबाट गौरवको महशुस गर्छ।कार्यकर्ताका लागि आचारसंहिता बनाउने प्रचण्डका श्रीमती र छोराका लागि उक्त आचारसंहिता लागू हुँदैन।सुख-सुविधा छोडेर सर्वहाराकरण गर्ने पार्टी निर्णयले पनि तल्ला कार्यकर्तालाई मात्र छुन्छ प्रचण्ड लगायतका माथिल्ला नेतालाई छुँदैन।कांग्रेस सभापति र माओवादी अध्यक्षमा कहाँ, कसरी र के फरक छ? मैले बुझ्न सकेको छैन।सिद्धान्तकै कुरामा पनि माओवादीले गर्ने गरेको हिंसालाई छाडिदिने हो भने कहाँ के फरक छ?यस्ता हिंसा त कांग्रेसले पनि क्रान्ति सकिएको केही वर्षसम्म जारी राखेकै थियो।एमालेले पनि हिंसा गरेकै थियो।माओवादीले पनि अझ १-२ वर्ष यो तुज्जुक देखाउला र त्यसपछि थन्किएला।

    केपी ओली र झलनाथको विवाद महाधिवेशनले घटाएको होइन बढाएको छ।तेस्रो लिङ्गीका रूपमा रहेको एमालेमा पार्टीभित्र पनि तेस्रो पक्षको आवाज उठ्न थालेको छ र त्यस पक्षको नेतृत्व स्वयं माधव कुमार नेपालले गर्ने सम्भावना छ।झलनाथ र बामदेव समूह माओवादी नजिक भएको र ओली तथा उनका सहयोगी कांग्रेस नजिक भएको परिदृश्यले एमाले बाहेक अन्यलाई त्यति आश्चर्य लाग्दैन।यो एमालेको विशेषता हो।मन्त्री बन्‍ने लोभमा पार्टी फोरेका फोरमका सांसदहरू मन्त्री बन्‍न नपाएपछि सरकारलाई समर्थन नगर्ने भनेर उफ्रिरहेका छन्।उपराष्ट्रपतिको हिन्दी भाषाको सपथ त बहाना मात्र हो, मन्त्री बनाउने वाचा सहित यादव समूहबाट बाहिर निकालिएका सांसदले मन्त्री पद नपाएपछि त्यो गर्नु स्वाभाविक नै थियो।

    धन्‍न नेपाली राजनीतिमा अडान र सिद्धान्त भएका पार्टीहरू छैनन् जसले गर्दा सम्झौता माथि सम्झौता गर्न सजिलो भएको छ।माओवादी अध्यक्ष प्रचण्ड र गिरिजाप्रसादमा कुनै ठूलो भिन्नता छैन।न त उनीहरूका पार्टीमा नै भिन्‍नता छ।उनीहरूका व्यवहारका हिसाबले, सिद्धान्तका हिसाबले र दैनिक कृयाकलापका हिसाबले पनि उनीहरू विच कुनै फरक भेटिदैन।गिरिजाप्रसाद, प्रचण्ड, माधव कुमार नेपाल वा झलनाथ खनाल र यिनका पार्टीहरू कहाँ, कसरी के अर्थमा फरक छन्?के अर्थमा उनीहरूले फरक वर्गको प्रतिनिधित्व गर्छन्?के अर्थमा उनीहरूको राजनीतिक सिद्धान्त फरक छ?मैले बुझ्न सकेको छैन।शायद पार्टीका कार्यकर्ताहरूले पनि बुझेका होलान्।

    वास्तवमा भन्‍ने हो भने नेपाली राजनीति र राजनीतिज्ञ आफ्नो अडान, सिद्धान्त र मान्यतामा अड्ने भए अन्तिम बेलामा आएर सम्झौता हुने र समस्याको गाँठो फुक्‍ने परम्परामा असर पर्न सक्थ्यो।त्यसैले नेपालको राजनीति धेरै अर्थमा सजिलो भएको छ र सम्झौता परस्त भएको छ।भारतमा कांग्रेस सरकारले अमेरिकासँग परमाणु सन्धीमा हस्ताक्षर गर्ने कुराको विरोध गर्दै कम्युनिष्ट घटकहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिए।नेपालमा मधेशवादी दलले उपराष्ट्रपतिको सुविधा खोसेको विरोधमा खेद प्रस्ताव पारित गर्दै सरकारलाई अझ दरिलो समर्थन गर्ने विज्ञप्ति निकाले। यो नै नेपाली र नेपालका राजनीतिक दलको असली अनुहार हो।भोलिका दिनमा सुजातालाई उपप्रधानमन्त्री बनाउने शर्तमा माओवादीको सरकार बन्‍यो भने त्यसमा पनि अचम्म नमाने हुन्छ अथवा भोलिका दिनमा एमालेलाई कांग्रेसले धोका दियो र एमाले माओवादीसँग मिलेर संसदमा संकल्प प्रस्तावमा छलफल गर्न राजी भयो भने आज हरूवा, कठपुतली भनिने र विदेशी दलालहरूले बनाइदिएको माधव नेपालको सरकारमा माओवादीहरू पनि सामेल भए भने त्यो पनि “देश र जनता”का लागि नै हुनेछ।कुनै आश्चर्य र नयाँ कुरा हुनेछैन।

    त्यसैले हामीले माने पनि नमाने पनि नेपालका राजनीतिज्ञ र राजनीतिक पार्टीमा सिद्धान्त, विचार तथा अडान नभएका कारणले नै नेपाली राजनीतिक सहज बनेको छ र जुनसुकै वेला जे का लागि जोसँग पनि सम्झौता हुन सक्ने कुरामा आशावादी हुन सकिन्छ।कहिलेकाँही गिरिजाले देखाउने हठ र माओवादीले दिने धम्कीलाई छाडिदिने हो भने कांग्रेस माओवादी र माओवादी कांग्रेस बन्‍नका लागि (पार्टीको नाम र झण्डा नफेरिने शर्तमा) सदा तयार थिए, छन् र हुनेछन्।यहाँ हिजोका राजा, आजका राष्ट्रपति, सर्वहाराका नेता प्रचण्ड र प्रजातन्त्रका नायक गिरिजा प्रसाद कोइरालामा कुनै कुरामा फरक छैन।उनीहरूका माझ कुनै विचारमा, कुनै अडानमा, कुनै मतमा बाझा-बाझ छैन।सबै एउटै लक्ष्य र सिद्धान्तमा हिडेका एउटै जन्तु भएकाले मात्र उनीहरूका माझ झगडा भएजस्तो देखिएको हो, विवाद भए जस्तो देखिएको हो।शायद एउटै म्यानमा दुई तरवार नअट्ने भएकाले गिरिजा आउनका लागि राजा जान जरूरी थियो र अब प्रचण्ड आउनका लागि गिरिजा जान जरूरी छ।सिद्धान्त, आदर्शन, नैतिकता, अडान र आफ्ना मान्यतामा आधारित राजनीतिको शुरूवात नहुँदासम्म यहाँ जङ्गलका राजाको अनुहार मात्र फेरिने छन्, अन्य कुनै कुरा फेरिने छैन।

    deepakaryal@gmail.com

    No related posts.

    31 comments to अनुहारको परिवर्तन

    • satanjeeb

      They are stupid.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sudarshan

      धन्‍न नेपाली राजनीतिमा अडान र सिद्धान्त भएका पार्टीहरू छैनन् जसले गर्दा सम्झौता माथि सम्झौता गर्न सजिलो भएको छ।माओवादी अध्यक्ष प्रचण्ड र गिरिजाप्रसादमा कुनै ठूलो भिन्नता छैन।न त उनीहरूका पार्टीमा नै भिन्‍नता छ।उनीहरूका व्यवहारका हिसाबले, सिद्धान्तका हिसाबले र दैनिक कृयाकलापका हिसाबले पनि उनीहरू विच कुनै फरक भेटिदैन।गिरिजाप्रसाद, प्रचण्ड, माधव कुमार नेपाल वा झलनाथ खनाल र यिनका पार्टीहरू कहाँ, कसरी के अर्थमा फरक छन्?के अर्थमा उनीहरूले फरक वर्गको प्रतिनिधित्व गर्छन्?के अर्थमा उनीहरूको राजनीतिक सिद्धान्त फरक छ?मैले बुझ्न सकेको छैन।शायद पार्टीका कार्यकर्ताहरूले पनि बुझेका होलान्।
      yi mathi ka haraf sarai chitta bujyo! siddanta kitab haru ma simit vaeka chan, je sukai hos, sabai Milera sambidhan banau r shanti lyau ani balla bikas gara, partispardha ko rajniti gara.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • raj, Sydney

      dear deepak aryal ji, tapainko article ekdam ramro lagyo, hamro deshma neta bhaneko janme kai chhaina jasle deshlai ramro pragati tira lagos, hamro deshma ta sabai jantu janawar haru janmeka rahechhan ,ani deshko bikash kahan bata hos ta? yo sabai saala harulai line ma rakhera bhutnuparchha.. jhan yo girija bhaneko ta giddha ho bhane tyo chor prachande ta danav ho …………desh bhakta nepali haru ho aba iniharulai jhundyaune bela bhaeko chhaaaaaaaaa

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • carkey

      गिरजालाई चोख्याउने र प्रचण्डलाई जुठ्याउने काम वाहेक केहि हैन। यस्तो काम वेला-वेला मा भई रहन्छ तर सवै जनता सचेत भएको र अरुको कुविचारले प्रभाव नपार्ने हुनाले फटाहाहरुको जित हुन मुस्किल हुन्छ। दिपकजीहरुले लाखौ कोशीस गरेपनि मुठ्ठीभरका तत्वहरूको मनमा वाहेक आम जनताको मनमा न त प्रचण्ड नै जुठो हुन सक्छ न त गिरिजा नै चोखो हुन सक्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • srthapa

      यो लेख हेर्दा त मलाई के लाग्यो भने साथी -बाँदरको खेल जस्त्यो लाग्यो,नरिबलको लागि अफुअफु लुशलुस गरेका इ नेत हरु,साथी हो एसरीहमी तुलुटुलु हेर्नेहो भने ई नेताहरुले नेपाललाई एकदिन बेचिदेनेछ, अनी हामी नेपाली नभै बिदेशी हुनेछौ ,के तपाईं आफ्नैशामु आफ्नो आमालाई बेचिएको हेर्नसक्नुहुन्छ???

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सुनिल

      गिरिजालाई सन्चो भएन प्रचण्डले भेटे र प्रधानमन्त्रीलाई बिसन्चो खबर बन्यो। पार्टी पार्टी विचको अविस्वास र घाट प्रतिघाट साथै अन्तर पार्टी कलहको परिणाम नै आजको राजनितिक विषमता हो। भाषा विवाद र पुजारी काण्ड जस्तो स-सानो कुरामा देशका प्रमुख दल अलझेको देखिन्छ।आफ्नो हातमा हतियार भए मात्र नागरिक सर्वोचत्ता हुने मा’मादि मनसाय र अरु पार्टीले राम्रै कुरा गरे पनि बिरोध गर्नु पर्ने कु-संस्कृतिले यो देश दिशा बिहिन जस्तो भएको छ। निर्धारित समयमा संविधान नबन्ने निश्चित प्राय: छ भने अब आउने संविधान पनि अन्तरिम संविधान झैं अपाङ्ग हुने निश्चित छ। प्रमुख बुँदा प्रमुख दलका नेताहरुको कोठे बैठकले निर्क्योल गरिने छ भनेर लेखेर यो संविधान सभाको हु्र्मत त लिने नै छ। नयाँ नेपालको कल्पना जनतालाई गराएर यस्तो बेथिति संस्कृतिलाई सामाजिकरण गरिन्दै छ। दश वर्षे युध्दको चपेटाबाट त्राण पाएको यो देश अब हाम्रा नेताका बुध्दि पनि फेरि यो साँचै सम्मुनत र स्वश्थ नेपालको निर्माण हुने भयो भनि आशा लिने हरुमा नेपाल कै राजनितिक ईतिहासम यति निराश हुने परेको थिएन होला। राजनितिक विचलनको उपचार होला तर सामाजिक विचलनको लागि समाधान गर्न मुस्किल पर्छ र हाम्रो समाज राजनितिक कारणले यहि सामाजिल विचलन तिर उन्मुख छ। दोष मात्र अर्काको थाप्लोमा राख्ने प्रवृतिले गाँजेको हाम्रो राजनितिक संस्कृतिले अझ जटिल परिस्थितिको सृजना गरिन्दै छ।
      हाम्रा नेताहरुले मण्देला जस्तो परिस्कृत राजनिति कहिले गर्ने सकेन न त गान्धीको जस्तो त्यागको राजनिति। जब सम्म नेताहरुले देश र जनतालाइ केन्द्र विन्दुमा राख्नुको सत्ता आफू आफ्नो परिवार र आफ्नो पार्टीको केन्द्रमा राखेर राजनिति गरिन्छ त्यस बेला सम्म यो देश अौ रालो लाग्न कसैले रोक्न सक्दैन।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • नेपाल अनी नेपाली को भार नेता हरु हो तिमीहरू जस्तो देशद्रोही नेता हरुको नेपालमा केही काम छैन त्यसैले तिमीहरु जस्तो बिग्रियको भूसा नेता हरु कोशी माँ हामफालेयर नयाँ क्रितिमान राखेर धर्मं कम्हाउनु देश आफै चल्छ अमर मेरो नेपाल धन्यबाद ( सागर )

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kumar Rana "Suraj"

      You’re right Deepak Aryal Ji, Nepal’s political as drama to
      show, to the public.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kumar Rana "Suraj"

      Dogs are fighting, cause of bones( Post, easy money, comfrtable life & considering own family, realatives & friends etc.) Politician are so dirty! They never love own country(Mtherland) we Nepalese people are so sad, corrupted
      leaders handling to our country. We don’t believe anybody.

      Jaya Pashupatinath! Jaya Nepal!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • RAJBARSINGHA / DRUMHELLER CANADA

      congress pani party hora ?? yo ta girija ko ghar ho.,…..yetsa haruko kura garera kina time barbad parnu ….hutihara desh lai lutera gariv janata lai marna palkeka chor haru….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • asim d panta

      yo nai nepal ko rajnilijast lagchha malai ta. nice article

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bhamir Thapa, swiss

      जसले जे भनेपनि, जोसुकै आएपनि नेपाल टुकुचाको भिरमा गएर अल्झेको छ, बचाउनु पर्छ भन्ने खालको नेता कोहि पनि छैनन् कुर्शीमा बसेर धकेल्ने खालको मात्र छन् !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Narayan Neupane

      Thanks for nice article, i like it.Please try to publish it on national daily newspaper.We nepali people has been supporting blindly to own poltical parties by considering everything, it is not good practic. We must suppoty to nepal and nepali . We should choose the parties only on vooting day.
      Thanks!

      Narayan Neupane
      Rasuwa, now in Nepalgunj

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • raj

      yo lekha ekdamai mildo cha aahileko samaye sapecha cha. i like this lekh. desh da khatam nai banayera chode ni aba ke garne kaso garne? koi chaina sadde sabai chor hun kasaile desma ramro garna aayeka chainan matra afno lagi aayeka chan. yeti bela nepal aama rohiraheki chan? kasle udar garcha nepal aamako khai? aauta yesto condition ma pugeki chan nepal aama jaslai uddar garna aahileka neta vanauda harule kai garna sakdainan. ulto jhan tehi khaldo ma jaki raheka chan. tehi vayera aba janata ko palo aayeko cha aaba herne haina janatale aba samadai nepal ko tundikhel ma lerayera jhundayera marnu parcha ani matra kai huncha natra jati janatale sahera baso tetinai eniharule peldai janchan. 1 2 jana neta lai janatale nai marepachi matra eni haru thauma aauchan natra kahilai aaudainan?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • पुष्प

      दीपकजीले त ठूलै मुठभेडको राजनीतिको कल्पना गर्नुभएको रहेछ । एकअर्थमा यसले पनि अर्थ राख्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • रवि

      दिपकजी लेख मन पर्‍यो , नेताहरु यस्तै छन । आफ्नो स्वार्थ अनुकुल बोल्छन र सत्ताको लागि जस्तो सम्झौता गर्न पनि तयार हुन्छन । आफुले गरेको सबै राम्रो र जनताको लागि गरेको , अरुले गरेको नराम्रो र जनता बिरोधि कार्य भन्छन। हिजो लोकेन्द्र र सुर्यबहादुरलाई प्र म बनाउने कङ्रेस र एमाले यि सब जनताको लागि पज्रातान्त्रिक् गठबन्दन गरेको भन्थे । माओवादीले मुला काटे सरि मान्छे मार्दा र फासी दिदा पनि जनताको लागि सामन्त मारेको भन्थे , माओवादीको नाउमा कङ्रेस, एमाले , राजाका सरकारले मान्छे मार्दा आतंकरी मारेको भन्थे। हिजो चप्पल लगाउने, एक कट्ठा जग्गा नहुने कङ्रेस्स एमाले नेताको आज महल छ तर भस्त्रचार गरिन भन्छन। आज सर्बहरा भन्ने माओवादीका नेता पजेरो र प्राडो बिना हिंड्न सक्दैनन र सबै सम्पत्ति पार्टीको नाऊमा छ भन्छन तर २०, ३० हजार भन्दा बडि भाडा तिरेर महलमा बस्छन र छोराछोरी बोर्डिङ् र बिदेश पढाउछन आज माकुनेको सरकार कठपुतली र भारतले बनायको भन्छन माओवादी तर हिजो गद्दार र भारतिय् दलाल भनेको उपेन्द्र यदव सबभन्दा नजिकको र भर्पर्दो पार्टी बन्छ। माकुनेलाई प्र म बन्न नदिन उपेन्द्रलाई प्र म बनाउछु भन्ने पनि माओवादीनै हो। भारतलाई गालिगरे जस्तो गर्ने माओवादी राष्ट्रपती चुनावमा हार्दा सरकार बनाउन ७,८ चोटि सुदलाई भेटर प्रचन्ड प्र म बनेकोनै हो, चाइना गएपनि पहिलो उच्चस्तरिय बिदेश ब्राह्मण भारत हो भनेकोनै हो। वास्तवमा भन्ने हो भने जतिसुकै सिदान्त र दर्शनको कुरा गरेपनि नेता र पार्टी आँफ्नो स्वार्थ अनुसार जे र जोसँग जस्तो सम्झौता गर्न तयार हुन्छन। आज नेपाली जनतलाई हिजो पर्जतान्त्र,पार्टी र राजाको शासन हुँदा र आज लोकतन्त्र गणतन्त्र आउँदा के फरक छ र? हत्या हिम्सा लुट्पाट , बन्द, हडताल् र महंगि उस्तै छ। शासन गर्ने सैली र आफु सरकारमा हुँदा राम्रो गरेको भन्ने र सधैं सत्ताको लागि सरकार बनाउने र गिराउने खेल बाहेक अरु के न देखन पाइयको छ र ? आखिर सबै कान चिरेका जोगिलाई देखियो, जनताको नाम भजाएर आफ्नो स्वार्थ पुर्ती गर्ने बाहेक निस्वार्थ भाबले देश र जनताको लागि सोचेको देखिएन । सधैंभरी बन्द , हडताल , असान्ती र सरकार बनाउने र जोगाउने खेल बाहेक केहि देखिएन र देखन पाउने लक्षण पनि छैन। कुनै पार्टी र नेताको सपोर्ट गरेर हनुमान बन्नु बेकार छ। भेडो बनेर अन्धो हुनु बेकार छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Tara

      nice article…i like it.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • रबिन्द्र राज गिरी

      मेरै मनको कुरा लेखिदिनु भएको जस्तो लाग्यो | मेरो बिश्लेषण पनि शतप्रतिशत यस्तै छ | नेपालका नेता भनाउदा प्राणीहरुको भिजन भनेको उनीहरुलाई सत्ताको पालो पुरयाउने मात्र हो चाहे जेसुकै उपाए गरेर भएपनि | लाज, शर्म केही छैन उनीहरुलाई | धन्य रहेछौ नेपाल आमाका कपूतहरु |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • NaBeEn@S'pore

      “बोका को मुखमा कुबीन्डो नआटेको हो यस्तै हो भने अब गोरु ले नखाला भन्न सकिन्न” !!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • robei

      गिरिजा लोभि प्रच्ण्ड पापि अब के चाहियो?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • cRIS

      u have potrayed a mirror image.

      oneday soon, “some” saviours amidst general mass will raise and “put” back the “fear” into these “players’ minds”, by scanning and elliminating the stale elements ~my belief.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • राम चन्द्र ज्ञवाली

      दिपक अर्याल जि
      तपाईं को लेख गहन अोज पूर्ण छ धन्यवाद यथार्त मुखी भयर लेख लेख्नु भयकोमा ,,
      जहाँ सुखसयलका सम्पूर्ण साधन उपलब्ध छन् त्यहा नेता जि हरु को मन मिल्ने गरेकै छ सिद्धान्ततः कम्युनिस्टहरू कुनै पनि प्रकारको (समाज स्वयम्को बाहेक) सत्ताको विरोधी हुन् लेलिन ले भन्नु भयको छ जब नेता लाई सत्ता को स्वाद लाग्छ निती नियम सबै भुल्ने डर हुन्छ अनी क्रान्ति गर्न जती काठइन हुन्छ त्यो भन्दा हजार गुणा काठइन क्रान्ति पस्चात त्यसलाई समाल्न …
      धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prakash Gurung

      नहुने बेलामा गनौने मुख भनेको एही होला! नेपालमा गिरीजा र प्रचन्ड ले देश बिगारेको! मलाई त २०४५ सम्मको नेपालनै राम्रो लाग्थ्हियो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • कृष्ण (...)

      सबै कुरा चित्त नबुझेपनि यि दुई कुरा चाँही मलाई साह्रै चित्त बुझ्यो है।

      1. “झलनाथ र बामदेव समूह माओवादी नजिक भएको र ओली तथा उनका सहयोगी कांग्रेस नजिक भएको परिदृश्यले एमाले बाहेक अन्यलाई त्यति आश्चर्य लाग्दैन।”

      2. “भोलिका दिनमा सुजातालाई उपप्रधानमन्त्री बनाउने शर्तमा माओवादीको सरकार बन्‍यो भने त्यसमा पनि अचम्म नमाने हुन्छ अथवा भोलिका दिनमा एमालेलाई कांग्रेसले धोका दियो र एमाले माओवादीसँग मिलेर संसदमा संकल्प प्रस्तावमा छलफल गर्न राजी भयो भने आज हरूवा, कठपुतली भनिने र विदेशी दलालहरूले बनाइदिएको माधव नेपालको सरकारमा माओवादीहरू पनि सामेल भए भने त्यो पनि “देश र जनता”का लागि नै हुनेछ।”

      What a great analysis!!

      कृष्ण (…)

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • टिका

      यो मलाई त तुक न बेतुकको लेख लाग्यो। गिरिजा ले भनेको भरमा काङ्रेस चलेको छ तर माओवादी पार्टी कमाण्डले भनेको भरमा प्रचण्ड चलेको छ भन्ने त थाहा हुनु पर्ने हो नि। गिरिजा र प्रचण्ड मिलेपछि तेस्रो लिङ्गी एमाले त आईहाल्छ नि मिल्न अनि देशले केहि भने पनि निकास पाउथो कि!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • बिस्मृती

      ……….कहिलेकाँही गिरिजाले देखाउने हठ र माओवादीले दिने धम्कीलाई छाडिदिने हो भने कांग्रेस माओवादी र माओवादी कांग्रेस बन्‍नका लागि (पार्टीको नाम र झण्डा नफेरिने शर्तमा) सदा तयार थिए, छन् र हुनेछन्।…………

      यहाँ चाँही तपाई चुक्नु भो मित्र ! नेपालमा मात्र दुई वटा पार्टी छन कि काँग्रेस कि कम्निष्ट । त्यसैले कुनै नेता विशेशको चोचोमोचो मिल्यो भन्दैमा काँग्रेन न कम्निष्ट बन्न सक्छ नि कम्निष्ट काँग्रेस ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hemanta

      कुकुरको पुच्छर कहिले पो सीधा हुन्छ र ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • रबिन

      bismit ji,
      kura ustai ho,congres bhanau wa comunist sabai jukkaharu hun kun din tapai hamro ragat bhetchha tyo bela chuschha

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • September 11, 2009 USA
      Dipak aryal ji before some days ago you have written some articles in this page.I think the analysis of that article is going true in this circumstance.Beasuse now in the media the news has come as.” सुजाता प्रधानमन्त्री ? राम,राम के सुन्नुपर्‍यो ! We Nepalise can say only,”Looking go on, the Nepalise top leaders charactors.WOW!!!” Kursi baliyo ki Sidanta(Party ko menifesto).How shame !! for both party.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • हेमे

      नेपालको सरकार गठन का लागि सामान्य बहुमत काफी नहुने नियमको परिणति हो यो । जब सम्म यो साठ -गाठ को नियम रहन्छ तबसम्म यस्तै गुट्बन्दी चली नै रहनेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • nutan

      कार्किजिको टिप्प्णी एकदम ठीक लाग्यो। नेपालमा प्रजातन्त्र पूनरस्थान पछी गिरिजाको असफ्लता बाब्जूद पनि जन आन्दोलन पछी पनि मावोबादी लगायत सबैले उसैको नेत्रितो स्विकार गरेको थियो, संसारलाई अच्म्ब तुल्याउने मौका दिएको थियो, तर He is a Man of Destruction, not of Construction यस्तो नेता पाउनु नेपालकै दूर्भाग्य हो।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker