मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    गोसाइँकुण्डको यात्रा

    - दीपक अर्याल

    गोसाइँकुण्ड

    गोसाइँकुण्ड

    स्याप्रुवेशीदेखि रसुवागढी वा तिब्बतको बोर्डरसम्म करिब २५ कि.मि. लामो बाटो बनेको छ जसले गर्दा यताका बासिन्दालाई धेरैकुराका लागि काठमाडौंसँग मात्र भर पर्नुपर्दैन।त्यसो त स्याप्रुवेशीदेखि धुन्चे हुँदै काठमाडौंसम्म पनि सवारी साधन चल्ने गर्छ तर वर्षैपिच्छे आउने पहिरोले यो बाटोलाई नियमित चल्न दिंदैन।सर-सामानहरू तिब्बततिरबाट स्याप्रुवेशी आइपुग्छन् र खच्चडको सहाराले उकालो लाग्छन्- लाङटाङ, क्यान्जिङ वा ठुलो श्याप्रुतिर।

    हामी ५ जनाको समूह स्याप्रुवेशी (१४६२ मि.)को लाङटाङ भ्यू होटलदेखि हिड्न शुरू गर्छौं। झम-झम पानी परिरहेको छ। रेनकोटले माथिको भाग ढाक्छ तर ठूलो झोला भएका कारणले सबैकुरा ढाक्न सम्भव छैन।लाङटाङ खोलालाई पछ्याउँदै हामी उकालो चढ्न शुरू गर्छौं।हिडाइको गति सन्तोषजनक छैन।बाटोमा जुका लाग्ला भन्‍ने अनुमान थियो तर त्यति धेरै जुका भेटिएन।केही उकालो चढेर आराम गर्दा ठूलो स्याप्रुबाट झरेका ७० वर्षीय वृद्ध देखा परे। कम्मरमा खुकुरी भिरेका तथा परम्परागत हिमाली पोशाकमा सजिएका उनीसँग हामी केही समय भलाकुसारी गर्छौं। हामीले हामीसँग भएको चुरोट त दिन्छौं तर चुरोट सल्काउने साधन दिन सक्दैनौं।हामीले उनको खुट्टामा जुका रहेको जानकारी दिन्छौं; उनी दापबाट खुकुरी निकालेर खुकुरीका सहाराले रगत र जुका दुवै सोहोर्छन् र फाल्छन्।केही समय गफ गरेपछि हामी विदा हुन्छौं।हामी उभो लाग्छौं भने उनी उदो।

    लाङटाङ हिमाल

    लाङटाङ हिमाल

    विहान ७ बजे हिड्न शुरू गरेका हामीहरू १०.३७मा ल्याण्ड स्लाइड मा पुग्छौं।पहिले नै यो क्षेत्रमा पुगेका साथीहरूका अनुसार यहाँ पुग्नुभन्दा अगाडि ठूलो पहिरो थियो जहाँ माथिबाट आएको झरनाको पानीबाट हिड्नु पर्थ्यो र सबै कुराहरू भिज्ने गर्थ्यो तर यसपाली भने त्यस्तो केही देखिएन।ल्याण्ड स्लाइड (१६८८ मि.) मा हामीले खाना खान्छौं र आराम गर्छौं।

    उकालो चढ्ने क्रम जारी छ। करिब १ बजे हामी ब्याम्बो (१९७७ मि.) पुग्छौं भने २ बजे ब्रिज (२१२३ मि.) पुग्छौं।राई सर जिपिएस’ (GPS Receiver) मा समय, बाटो र उचाइको रेकर्ड गर्दै हुनुहुन्छ।त्यसैले हामी कति किलोमिटर हिड्यौं, कुन समयमा र कुन उचाइमा आइपुग्यौं भन्‍ने कुराको पुरै जानकारी राख्छौं।ठाउँ-ठाउँमा बसेर चिया खाने ठाउँहरू छन् तर सिजनमा जस्तो सबै होटलहरू खुला छैनन्।समितिले खास होटललाई मात्र सेवा सञ्चालन गर्ने अनुमति दिने कारणले अन्य होटलहरू बन्द हुने रहेछन्।हामीहरू ३ बजे रिम्चे (२१२३ मि.) र ४.४५ बजे लामा होटल (२४७५ मि.) पुग्छौं र बास बस्छौं।भिजेका कपडाहरू सुकाउन जरूरी भएकाले सबैजना आगोको छेउमा भिजेका कपडा लिएर बस्छौं।भाग्य वा दुर्भाग्य हामीहरू मात्र त्यहाँ छैनौं।विदेशीहरूको आगमन भएपछि हामीलाई अर्को घरको अगेनामा सारिन्छ।यो सामान्य हिसाबले मान्छे धेरै भएका कारणले सारिएको थियो वा विदेशीहरूका लागि हामीलाई मात्र सारिएको थियो, त्यो बुझ्न सकिएन।जे होस् हामीलाई पनि हामीहरू मात्र बस्न मिल्ने भएकाले अर्को ठाउँमा सर्न हामीलाई आपत्ति हुने कुरा भएन र हामीहरू भिजेका सबै सामान लिएर अर्को होटलतिर लाग्यौं।

    लामा होटलबाट बिहान ७.१५मा हाम्रो यात्रा शुरू हुन्छ।यो पुरै उकालो बाटो हो।हामीले हाम्रो लक्ष्य क्यान्जिङ बताएका छौं।दुई जर्मन नागरिक र आङछिरिङ भाइलाई पनि हामी क्यान्जिङ पुग्ने बतायौं।उनीहरू भने लाङटाङमै बास बस्ने भन्दै थिए तर कुरो उल्टो परेछ।हामीहरू लाङटाङ बास बस्यौं भने उनीहरू क्यान्जिङ पुगे।उनीहरूको हिडाइ हाम्रो भन्दा राम्रो छ र छिटो पनि छ।हामी लामा होटल (२४७५ मि.) देखि घोडा तबेला (२९९१ मि.) पुग्दा १० बजिसकेको थियो।त्यसपछिको यात्रा पनि उकालो नै थियो।लामा होटलबाट हामी भन्दा पछाडि हिडेका धेरैले हामीलाई छाडिसकेका थिए। हामी १२.४४ मा थाङसाप (३१५९मि.), १.३० मा चम्की (३२५८मि.), र ३ बजे लाङटाङ (३४१४ मि.) पुग्छौं।यहाँबाट अगाडि जाने वा नजाने भन्‍ने विषयमा सामान्य मतभेद हुन्छ।मधुसुदन सर अगाडि जाने पक्षमा हुनुहुन्छ भने म र अमर सर अगाडि नजाने पक्षमा छौं।शमीक सर र राई सर दुवैका लागि तयार देखिनुहुन्छ। पानी परिरहेको कारण र अझ उचाइ चढ्नुपर्ने कारणले अगाडि नजाँदा नै राम्रो होला भन्‍ने राय राई सरबाट पनि आएपछि हामी लाङटाङमा बास बस्छौं। यसले गर्दा हामीले छुट्याएको समयमा हामीले भनेका सबै ठाउँ पुग्दैनौं कि भन्‍ने आशंका भनेर बढेर गयो।

    लाङटाङ उपत्यका

    लाङटाङ उपत्यका

    सबै ठाउँहरूको होटलका तुलनामा लाङटाङ सबै हिसाबले महङ्गो ठहरियो।जे होस् अर्को दिन बिहान हामी क्यान्जिङ तर्फ लाग्छौं। झोला सोही होटलमा छाडेर क्यान्जिङ भ्याली हिडेकाले हाम्रो यात्रा केही सहज हुन्छ।लाङटाङ हाइट (३४५६मि.), मुण्डु (३४७१ मि.), याम्दु, (३६२४ मि.) र क्यान्जिङ (३८५५ मि.) तथा क्यान्जिङ गुम्बा (३८५८ मि.) हुँदै हामी बिहान ९ बजे क्यान्जिङ पुग्छौं।क्यान्जिङबाट वरिपरि देखिने हिमाल र ग्लेशियरहरू केही देखिँदैनन्। बादलले सबै आकाश र हिमालहरू ढाकेको छ।हामीले क्यान्जिङ वरिपरि हिउँको पहाडको कल्पना मात्र गर्यौं।

    क्यान्जिङबाट खाना खाएर हामीहरू ल्याण्ड स्लाइड पुग्ने बताउँदा होटलकी बहिनी हाँस्छिन् र हाम्रो कुरा पत्याउँदिनन्। हाम्रो हिजोको हिडाइका आधारमा हामीहरू ल्याण्डस्लाइड कुनै हालत नपुग्ने ठोकुवा उनीले गरिदिन्छिन्।लिटिल एन्जेल्समा पढेकी बहिनीले रविभवनबाट BTTM गरिरहेको जानकारी पाइयो।तिब्बती, नेपाली, अङ्ग्रेजी, नेवारी र तामाङ भाषा आउने यी बहिनीको लगनशिलता र आफ्नो पेशाप्रतिको प्रतिबद्धताले हामी सबैलाई प्रभावित पार्‍यो।यिनकी फुपु भने हामीलाई मात्र होइन बहिनीलाई पनि जिस्क्याउँदै थिइन् र छिटो बिहे गरिदिने कुरा गर्दै थिइन्।खाना खाएपछि हामीहरू ओरालो झर्न शुरू गर्छौं।फर्केर लाङटाङबाट हामीले हाम्रा झोलाहरू टिप्छौं र पानीमा भिज्दै-भिज्दै लामा होटलमा बास बस्न पुग्छौं।

    अर्को दिन बिहान लामा होटलबाट हिड्छौं।आजको हाम्रो लक्ष्य चन्दनवारी हो।आज ओरालो झर्ने र उकालो चढ्ने दुवै काम गर्नु पर्ने हुन्छ।यो बाटो साह्रै उकालो, लामो र कठिन पनि छ।लामा होटल (२४७५ मि.) देखि ल्याण्ड स्लाइड (१६८८ मि.) तर्फ ओर्लन्छौं र खाना खाएपछि पुन: २२३२ मि. मा रहेको ठूलो स्याप्रु पुगेर आराम गर्छौं।चिया खाएपछि पुन: उकालो चढ्छौं।एक स्थानीय वासिन्दाले हामीलाई साथ दिन्छन् र आफ्ना कथा-व्यथा सुनाउँछन्।

    ठूलो श्याप्रुको यही अजङ्गको पहाड गोसाइँकुण्डमा गएर टुङ्गिन्छ।हामीहरू निरन्तर अगाडि बढ्ने प्रयास त गर्छौं तर थकाईका कारणले हिडाई झन्‍ ढिलो हुन्छ।घुर्साङ (२६६८ मि.) कटेपछि जङ्गलको बाटो शुरू हुन्छ।अब त झन् उकालो नचढी सुख नै छैन।कि त फर्केर ठूलो श्याप्रु बस्‍नु पर्यो होइन भने उकालो काट्नु पर्यो। बल्ल-तल्ल साझँ ५.३० बजे खोप्राङ (३२१८ मि.) पुगेपछि लगभग बाँचेको महशुस गर्छौं। त्यसो त उकालोको यो समस्या अमर जी र मलाई मात्र थियो। अन्य साथीहरूलाई कुनै समस्या थिएन।मधुसुदनजीलाई त हामीहरू त्यहीँ शर्ट लगाएर अफिस गए पनि केही फरक पर्दैन भनिरहेका थियौं।त्यत्रो उकालो चढ्दा पनि उहाँलाई पसीनाले कुनै समस्या दिएन।साँझ कोठामा गएर हामीले थप्यौं,- तपाईँले लगाएको शर्टको त क्रिज पनि गएको छैन, यत्तिकै अफिस गए पनि तपाईँ घुमेर आएको कुरा कसैले पत्याउँदैन।

    राति चन्दनवारी (सिङ्गम्पा अथवा छ्यान-छ्यानवारी)मा हाम्रो वास हुन्छ।याकको सुकुटी र फापरको रक्सीले दिनभरको पीडा भुलाइ दिन्छ र सुत्‍नका लागि सहज बनाउँछ।एकातिर हामी क्यान्जिङमा चौरीको दुध खानका लागि मरिहत्ते गर्छौं भने अर्कोतिर यहाँ सिङ्गम्पमा याकको सुकुटीका लागि।

    चन्दनवारीमा सर्भ गरिएको फापरको रक्सी र याकको सुकुटी

    चन्दनवारीमा 'सर्भ' गरिएको फापरको रक्सी र याकको सुकुटी

    अर्कोदिन विहान ५ बजे नै गोसाइकुण्डतिर लाग्ने र त्यसलाई क्रस गर्दै सुन्दरीजलतर्फ अगाडि बढ्ने हाम्रो योजनालाई विहानपख परेको मुसलधारे पानीले वाधा पुर्याउँछ।त्यो पानीमा हामीहरूले सोचेजस्तै हिड्न सक्दैनौं भन्‍ने ठान्छौं र अल्छि गर्दै ७ बजेसम्म सुतिदिन्छौं।पानी पर्न रोकिएको छैन। हामीहरूले खाना त्यहीँ खाएर पानीमै भएपनि अगाडि बढ्ने सोच्छौं।

    चन्दनवारीबाट विहान ११.३०मा चोलाङपाती (३५५५ मि.) पुग्छौं।चोलाङपाती पुग्दासम्म हामीहरू मध्ये धेरैको कपडा भिजिसकेको थियो।त्यहाँबाट त्यो चिसोमा झोलासहित गोसाइकुण्ड पुग्न नसकिने निष्कर्ष निकाल्दै र सुन्दरीजल तर्फको यात्रालाई उल्ट्याउँदै हामी धुन्चे पुग्ने सल्लाह गर्छौं र लौरी विना याक (३९२५ मि.)मा झोला राखेर गोसाइकुण्डका लागि उकालो चढ्छौं।यो क्षेत्र र क्यान्जिङ क्षेत्र बोटनिस्टहरूका लागि स्वर्ग रहेछ।ग्रुपमा ३-३ जना बोटनिस्टहरू परेको कारण यात्रा रमाइलो रह्यो र नयाँ-नयाँ कुराहरू थाहा लाग्यो।साँझ ४.३० मा हामी गोसाइकुण्ड (४४०० मि.) पुगियो।

    गोसाइँकुण्ड

    गोसाइँकुण्ड

    करिब १ घण्टा त्यहाँ बस्दा सेन्ट जेभियर्समा बिएस्सीमा पढ्दै गरेका गुल्मी घर बताउने हाइकर सुभाष पन्थी भेटिए।उनको कुरा सुनेपछि हामीले जिव्रो टेक्यौं।उनी सामान्य २ जोर लुगामा हिडेका रहेछन्।एकैदिनमा स्याप्रुवेशीदेखि क्यान्जिङ, अर्कोदिन क्यान्जिङ देखि ठूलो श्याप्रुमाथिको गाउँ र तेस्रो दिनमा त्यहाँबाट गोसाइकुण्ड पुगेका रहेछन्।यस भन्दा पहिले पनि यसरी नै एक्लै हिड्ने यिनलाई देख्दा यिनको दुस्साहससँग डर लाग्यो र कम्तिमा साथीहरूसँग हिड्ने वा साथमा अलि धेरै कपडाहरू लिएर हिड्ने सल्लाह दियौं।गोसाइकुण्डबाट फर्किएर त्यो दिन हामी लौरी विना याक बस्यौं भने अर्को दिन धुन्चे झरेर बस्यौं र काठमाडौं फर्कियौं।

    deepakaryal@gmail.com

    No related posts.

    48 comments to गोसाइँकुण्डको यात्रा

    • manoj

      helo deepak ji sarai ramilo thau ma pugnu bayeko rahecha ma pani tyaha hidda ko dukha ra mathi kunda ma puge paachi ko aananda le sarai ramayeko thiye nikai ramilo thau cha tyo thau malai t aaak patak feri jaana maan lageko ch atyo thau ma heru kunai na kunai din ta feri lekheko hola hoina ta …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बूढापाकाले भन्ने गरेको उखान चरितार्थ पारेछन यस यात्रा संस्मरणमा प्रतिक्रिया दिने विद्वानहरूले “काम कुरो एकातिर कुम्लो बोकी ठीमीतिर”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      गज्जबकै दुस्साहसी हुनुहुँदो रहेछ सुभाषजी । डिस्कभरी च्यानलबाट प्रशारण हुने Man vs Wild कार्यक्रमका Bear Grylls को सम्झना आयो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • carkey

      ए विस्मृती! तिम्लाई रक्सी खान नहुने रोग लागेको छ हो?? किन रिसाउछौ त्यसरी खान देउ न त खानेलाई। तिम फेरी एस्तै गर्दै राति राति भट्टी तिर कराउना जाउला र सवै रक्सिखाने र वेच्ने मिलेर रक्सिको ड्रममा डुवाईदेलान। होस् गर है होस् गर।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • diwakar

      Actually, alcoholic person means persons engaged with alcohol(drinking)irrespective of time and situation. Bishmiriti is referring to such people. Its explicit comment made by her. Rasuwa/gosaikunda photo are excellent eventhough i haven’t reach there. Excellent photo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम चन्द्र ज्ञवाली

      पहिले पहिले बाहुन ले रक्सी खान हुँदैन जात जान्छ भन्थे पछी त्यही कुरा माओवादी ले रक्सी खान नहुने बतायर गाउघर मा भाटा कारबाही गरे अनी अहिले तिनै माओवादी नेता बिना रक्सी जिउन नसक्ने भय अनी दोश जती काङ्रेश र एमाले लाई मुख ले त जात भात नमान्ने धेरै छन तर व्यबहार मा त ज्यादै कम् ..
      माधव भन्दा ज्ञानेन्द्र उत्तम देख्ने भनेका मन्डले वाइसियल को समिस्रण हो भोली निर्मल निवास नै उत्तम भने मा अनौठो नमाने हुन्छ ।।ाखिर मा सबै पञ्च माओवादी सबै माओवादी पञ्च हुने लक्षेण त देखियो नि होइन र ???????
      राम चन्द्र ज्ञवाली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manyata

      no photos of trekkers???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aha nikai sundra Photo raichha Malai pani jana maan lagyo hai teha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      बिस्मृति needs aesculapian advices.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Thanks a ton. Awesome Photographs. I really enjoyed.
      Thanks millions.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • je hos yo paddha kheri chain, karib 9 barsa agi mero yastai yatra yaad ayako cha…kubai ramailo bhayko thiyo…tara deepak ji ko jasto lekne kala nahunale khoi share garna chain sakiyana….aru ali picture rakhnu hola ni sathi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chandra, UK

      Dipak Ji

      We are going there this October 3rd week.
      Any idea where we can find guide cum porter in Dhunche ?

      Should have put up more pics of Gosaikunda & Some tips on what to do & what not to do during the trip.
      Any special place / people to visit / meet on the way up or down.

      Thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्मृतिजी ले त त्यो फापार को भन्दा नि कडा धोकेको जस्तो छ नि!!!!!!!! यस्तो अवस्थामा प्रतिकृया नलेखेको नै बेस होला कि ? हामी पड्ने लाई पनि अलि राम्रो हुन्थ्यो जस्तो लाग्छ, कि कसो बिस्मृतिजी ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aashish from aus

      Nepal hudata ma pani teotham ma pugeko thiya.teo ramailo yatra ani ramailo thaun ko sarai yad aayeko thiyo aaja lekh padhda pheri tehi pugejasto lagyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gemmi

      That was a really wonderful account. Thanks for sharing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्मृती

      बाहुन हरुलाई रक्सी नखाई त कहाँ चित्त वुझ्थ्यो र । सके भ्रमणको योजना नै त्यहाँ जाने अनि रक्सी खाने थियो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • carkey

      ब्राह्मनपुत्र भएर फापरको रक्सी र याकको सुकुटीलाई हाइलाइट गर्नु पनि एउटा क्रान्तिकारी कदम हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mayagrg

      दीपक जि, सार्है इर्ष्या जागेर आयो। मलाई पनि यसरी नै घुम्न मन छ नेपाल।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nilu

      so where is this located???? can u tell us that ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kale Damai

      देश राम्रो भएर के गर्ने मान्छे नराम्रा भ्एपछी

      kale

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्मृती

      रक्सी अनी बाहुन (आजकलका) !! उस्तै उस्तै हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mayagrg

      कती राम्रो लेख छ, कती राम्रा फोटोहरु छन, यि कुरा हरुलाई छोडेर उही घिसा-पिटा जातिय र राजनीतिमै किन लागेको होला? हैन हाम्रो मती के भा हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      क्या ग्रशित मानासिकता ? ? ?
      कहिले तपाईं हरु नै कुनै जात्-भात हुँदैन भन्दै डम्फु र मादल बजाउँदै गल्ली गल्ली भुक्नु हुन्छ, कहिले फेरी आफ्नै कमेन्ट्मा जात्-भात का कुराहरु छर्लङ हुनेगरी लेख्नु हुन्छ । के हो यो नेपाली नेतापन्, जता हावा चल्यो उतै ढल्कने ?
      अर्को कुरा – कुन रक्सिको बोत्तल मा लेखेको छ कि, कुन जाती बिसेस ले मात्र पिउन हुन्छ भनेर ? कृपया मलाई बताई दिनु हुन्थियो कि ?
      दिपक अधिकारी
      जर्मनी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mayagrg

      कठै बिस्मृती, कुन स्तरमा लेख्नु भयो नि । त्यात्राो गजब को यात्रा गरेर यात्रा-स्मरण सुनाउनेको योजना त्यही थियो होला त? लाज लागेन भन्न?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ravi

      je vayapani gosaikunda ko yatra ramro lagyo ma pani 2 choti puge ko chu feri 1 choti jane plan 6 khoi heru teti khera hmi haru hedera sundri jal bata nikleko 3 din lagatar hedeko ra malie pani ali ali anubhab cha. ani khayako bisayma bhanu parda ke bhanu jasle tehako yatra gar6 teslai matra thaha hun6 jadko kura tyo ta tehako jivanjal ho jasle khan6 tesla matra chal paucha ..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binodd

      ल बाहुनले रक्सी खाए रे तिम्रा बाउको खाएनन होला त?खाए आ-आफ्नै बाउको खाए,तिम्रो टाउको किन दुखेको?

      नुरिङ्गमणी बिनोद
      धरान

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      क्या ग्रशित मानासिकता ? ? ?

      कहिले तपाईं हरु नै कुनै जात्-भात हुँदैन भन्दै डम्फु र मादल बजाउँदै गल्ली गल्ली भुक्नु हुन्छ, कहिले फेरी आफ्नै कमेन्ट्मा जात्-भात का कुराहरु छर्लङ हुनेगरी लेख्नु हुन्छ । के हो यो नेपाली नेतापन्, जता हावा चल्यो उतै ढल्कने ?

      अर्को कुरा – कुन रक्सिको बोत्तल मा लेखेको छ कि, कुन जाती बिसेस ले मात्र पिउन हुन्छ भनेर ? कृपया मलाई बताई दिनु हुन्थियो कि ?

      दिपक अधिकारी
      जर्मनी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ishwar Subedi

      Bismriti Jee,better to stop comments on castism unless you better analyze the feelings of write up.
      Respect others to be self respected.

      Ishwar subedi
      Ireland

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      राजनीतिका जाली झेली कुरा सुन्दा सुन्दा कानै पाक्यो। आज चाँही रक्सी कै कुरा गरौँ न त: मेरा एकजना साथी छन्, नाम उनको डा,बिनोद बराल हो। एकदिन हामी साथीहरु उनको घरमा हुँदा “बिनोदजी बिजुली पानी छैन भनेर सोध्दा उनले जंगिएर भनेका थिए: “लामाजी तपाईंले के कुरा गर्नु भएको? बाहुनको घरमा रक्सी नभएर कस्काँ हुन्छ? बाहुनहरुले अन्य जनजातीलाई सबै कुरामा पछारेकै हो, अब त रक्सी खानमा पनि पछारे। दिपकजीको गोसाइँकुण्डको बर्णनमा रौनकता दिन याकको सुकुटी र रक्सीको चर्चा भएको हो। ब्रिस्मिती चाँही के साह्रो सिरियस हौ ? वास्तवमा पहिले पहिले मतवालीले मात्र रक्सी खान्थे, अरु अमतवालीहरुले छि छि दुर दुर गर्थे, अब सबैले खाने भएपछि रक्सीले अलिकती भएपनि वर्गसमन्वय ल्याएको छ। अर्को कुरो, नखाने जातले बढी रक्सी खाइदिनाले रक्सीको भाउ पनि बढन गयो।
      (मुलङखरे राजनीतिक नेताहरुका पाङदुरे कुराहरु केलाउँदा केलाउँदा वाक्क दिक्क भएर आज नौलो खाले बिनोदी कमेन्ट गरेको हुँ, कुनै जातीबिशेषलाइ होच्याउने वा बदख्वाइँ गर्ने मेरो नियत होइन)

      शशांक लामा
      न्युयोर्क

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्मृती

      म रक्सी र रक्स्याहा लाई घृणा गर्छु । मलाई मन पर्दैन । मलाई मन नपर्न पनि तपाईलाई सोध्नु पर्छ ? त्यत्रो लामो यात्रामा रक्सी को बोतल भन्दा राम्रो केही थिएन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      यहाँ कुरा रक्सी र रक्स्याहा को होईन । तपाईंले माथि म रक्सी र रक्स्याहालाई घृणा गर्छु भनेको भय कुरा अर्कै हुन्थियो । यकपल्ट आफ्नै कमेन्ट पढ्नुस अनि जवाफ पठाउनुहोस ।

      अर्को कुरा पनि सम्झी राख्नुस्: तपाईले लिने औषधीमा पनि प्राय सधैँ केहि मात्रमा रक्सी (अल्कोहोल्) मिसायको हुन्छ । जँडया बन्दिन भनेर कतै जिबनमा नै औषधी प्रयोग पो गर्नु हुन्न कि ? :-)

      दिपक अधिकारी
      जर्मनी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mayagrg

      वाह क्या उत्तम बिचार ! तपाईं त महान ब्यक्तित्व हुनुहुदो रहेछ, लौन यसो किताब निकाल्नुस् पढौला।

      हो र? कहाँ हुनु।

      रक्सी को बारेमा थाहा छ केही? नेपाली समाजकै धेरै ethnic group मा रक्सी को प्रयोग हुन्छ, यि देखी धेरै देशि-बिदेशी सन्स्कृतिमा यस्को महत्व निकै छ, पूजामा भागवानलाई समेत चढाईन्छ।

      Wikipedia बाट पहिलो दुई लाइन तल पढ्नुस्।
      The purposeful production of alcoholic beverages is common in many cultures and often reflects their cultural and religious peculiarities as much as their geographical and sociological conditions.

      The discovery of late Stone Age beer jugs has established the fact that purposely fermented beverages existed at least as early as c. 10,000 BC. It has been suggested that beer may have preceded bread as a staple.

      अनी तपाईंलाई रक्सी खाने जती सबै रक्स्याहा भन्ने लाग्या रहेछ। alcohol खाने सबै alcoholic हुन्नन। अरुलाई घ्रिणा गर्न भन्दा पहिला सोच्नुहोस्।


      अन्तमा बिषय-बस्तु भन्दा बाहिरको बढी कमेन्ट होला भनेर जवाफ शुरु गरेको, मेरै बढी कमेण्ट भएछ sorry। प्लिज अब यस्लाई नबढाउँ, गोसाइकुण्ड को बारेमा कमेन्ट गरौं।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्मृती

      एउटा कथा : – एउटा बाहुन जर्मनी पुगे पछी रक्सीको पक्षमा आईमाई जस्तो बाझ्न थालेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      बिस्मृती बजु,
      म त छोरा मान्छे र छोरी मान्छे सबैलाई समान देख्छु । म अझैपनी छोरा र छोरीलाई भेदभाब गर्ने त्यो पुरानो ग्रशित मानसिकतामा छैन । तपाई जस्तो मान्छेले आज यहाँ यस्ता कमेन्टहरु लेख्दा पढ्नेलाई पनि लाज लाग्न थाल्यो । अरु साथीहरुबाट तपाईंलाई आयका कमेन्टहरु पनि त हेर्नुस ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्मृती

      त्यत्रो यात्रा त्यो रक्सी बाहेक देखाउने कुरा केही रहेन छ र मित्र !! तपाई के स्तरको कुरा गर्नु हुन्छ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्मृती

      अधिकारी बाजेको नातीलाई के भा हो कुन्नी रक्सी र रक्स्याहाको कुरा गरेको आफैलाई भन्यो भने जसरी विलाप गर्दै छन । नेपालमा चाँही बाहुनले रक्सी खाको निको मान्दैनन । जर्मन पुगे पछी जे गरे नि हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्मृती

      यहाँ लाई त सबभन्दा राम्रो **फापरको रक्सी र याकको सुकुटी** नै लाग्यो होला हैन मित्र ! समाग्रमा रक्सी को फोटो बाहेक अरु कुरा राम्रो छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bismriti r u sick ,,plz grow up..u r no more kid

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anjan/ Germany

      Bismriti kee ko comment herera ta malai pani laj nai lagera aayo. Alkohal khane sabai manchhe kharab hunchha bhanne pani chhaina ni.Yeso bichar garda raksi khane manchhe le uha lai thulai dhoka diyeko jasto chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृति जी, दुख लग्यो तपाइको ग्रसित मानसिकता देखि |
      जात भात अनि छोरा र छोरी प्रति को तपाइको विचार देखेर |

      त्यो रक्सि देखि बाहेक अरु कुरा हरु कति धेरै छन् त्यो सबै देख्नु भयनछ | हुनत तपाई पनि उही Dyang को मुला त पर्नु भयो नराम्रो मात्रै देख्नेहरु मध्धेको |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      बिस्मृती बजु,

      म त छोरा मान्छे र छोरी मान्छे सबैलाई समान देख्छु । म अझैपनी छोरा र छोरीलाई भेदभाब गर्ने त्यो पुरानो ग्रशित मानसिकतामा छैन । तपाई जस्तो मान्छेले आज यहाँ यस्ता कमेन्टहरु लेख्दा पढ्नेलाई पनि लाज लाग्न थाल्यो । अरु साथीहरुबाट तपाईंलाई आयका कमेन्टहरु पनि त हेर्नुस ।

      म आफुलाई परेपछी मात्रै नियम खोज्ने मान्छे परिन । अरुलाई परुन्जेल खुचिङ भन्ने अनि आफुलाई परेपछी रुने तपाईं जस्तै मान्छेले गर्दा त हो नि आज देश्को यो हालत भयको । म त सत्यको सँधै सपोर्ट गर्छु, सायद त्यो मलाई नै भनेको होस वा अरु कसैलाई ।
      रक्सी खा नै नहुने भन्ने होईन, खाली रक्सिले मान्छे लाई नखावोस भन्ने मेरो भावना हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्मृती

      अधिकारी बाजेको नाती, मास ले सधै राम्रो कुराको पक्ष लिन्छ भन्ने हुन्न क्यारे । त्यसो हुने भए हिजो ज्ञानेन्द्रको अभिन्नदन गर्ने मान्छेहरुको हुल देख्दा कसैले सोचेको थियो ज्ञानेन्द्र एक्लै त्यती सजिलै बाहिरिन्छन भनेर !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      मलाई त माकुने भन्दा ज्ञाने नै राम्रो लाग्यो । ज्ञाने त यौटा मात्रै थियो, देश रित्त्याउने, अहिले त पालो गरी – गरी , देश खत्तम गरी सके, थाहा छैन ? ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      हैन के झगडा गरेको भन्या बिनाबित्थामा ? बिस्मृतीले सुकुटी चपाए भयो नि रक्सी हामी पिउँला । ल कुरा खत्तम !

      आ ! यति सानो कुरामा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar

      ha,ha,ha,Mandale karaayo,go back to see your histry or history,now you guys sick and like suffering from historia,Anyway Baje’s are without RAKsi and raxxi noway to survive.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SG

      Keta haru ho… Rakshi khayera timi haru baseka bidesh ko prime minister/president bhayau bhane… I will also start drinking it hunna? :P
      Natra bhane don’t forget your culture. bahun ko chora le matra haina Bahun ko chori le bar or disko ma gayera khaire or nepali sanga moi khandai beer or tequila khandai dance garchhan ye baba,,, RAM RAM

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan

      this lies border between nepal and china in rasuwa district.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      रामचन्द्रजी,

      कुनचाहिँ माओवादी नेता रहेछन् रक्सीबिना जिउन नसक्ने ? हावागफ गर्न अलि कम गरौं कि !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker