ब्रजेश
केही दिन अघि सुनकोशीमा एउटा यात्रुबाहक बस खस्यो। बीसौं निर्दोष यात्रुहरूले ज्यान गुमाए। यो दुर्घटनाको पछाडि चालकहरूको खराब मानसिकता प्रमुख कारण थियो। अघिल्लो बस आफूलाई उछिन्न खोज्ने अर्को बसलाई साइड दिन नचाहने अनि पछिल्लो बस जसरी भए पनि अघिल्लो बसलाई उछिनेरै छाड्ने होडबाजीमा एउटा बस अन्तत: खोलामा खस्यो। यो एउटा सामान्य दुर्घटना मात्र हैन, अहिलेको हाम्रो सिंगो देशको यथार्थ पनि हो। यो घटनाबाट अहिलेका हाम्रा राजनैतिक दलहरूले पाठ सिक्न सक्नुपर्छ। यी दलरूपी बसका चालकहरूमा पनि हामी जनतारूपी यात्रुहरूको जिम्मेवारी छ। हामीलाई गन्तव्यमा पुर्याउने कर्त्तब्य यी चालकहरूको हो।
तर एकआर्कालाई उछिन्ने अन्धो होडबाजीमा लागेका यी नेताहरूलाई शायद अरू कुनै कुराको हेक्का नै छैन। सदन राम्री चल्न नसकेको कति लामो समय भैसक्यो, सानातिना कुरामा साहमति हुन सकेको छैन। सडक पनि अवरूद्ध छ, हरेक दिन नयाँनयाँ बिरोधहरू भैरहेका छन्। सामान्य जनताको त के कुरा गर्नु, राष्ट्रपति र प्रधानमन्त्रीका कार्यक्रमहरू समेत बिथोलिएका छन्। दीक्षान्त समारोहहरू भाँडिएका छन्, डक्टर र नर्सहरू समेत हडतानलमा उत्रेका छन्, बजेट पास हुने हो कि हैन थाहा छैन, संबिधान लेख्ने भन्ने कुरा पाखा लागिरहेको छ। तर हाम्रा यी महान राजनीतिकर्मीहरू एउटा सरकार बन्न नपाउँदै त्यसलाई ढाल्ने दाउपेचमा लाग्ने गरेका छन्।
नयाँ ईतिहास लेख्ने जिम्मा पाएका हाम्रा नेताहरूले यो जिम्मेवारी कति मह्त्वपूर्ण हो भन्ने पटक्कै बुझेका जस्तो लाग्दैन। उनीहरू त आआफ्नो गाडीलाई हुँइक्याउन र उछिन्नमा नै आफ्ना भएभरका ऊर्जा सकाइरहेका छन्। यही गतिमा होडबाजी चलिरहने हो भने भोलि यो सिंगो देश र जनताहरूलाई कतै कुनै सुनकोशीमा नहालुन् यिनीहरूले।
ब्रजेश आफ्नो ब्लग brazesh.wordpress.com मा पनि लेख्छन्
No related posts.









बज्रेश्जी,
नेपाल को द्रिवर बिषयमा गर्नु भएको कुरो यो साचो हो. यसमा मलाई पनि चित्त बुझ्यो. वहाँहरुलाई म नराम्रो द्रिवर भन्दिन तर होस् बिना को जोश भएको भन्दा फरक नपर्ला जस्तो लाग्छा.
नेपालको द्रिवर संग एक दम राम्रो स्किल छ, तर कस्तो ठाउँमा कसरि हाक्नु पर्छा,बाटो को कोन्दिशन घुम्ती,ओरालो,उकालो आफ्नो गरिको load र आफ्नो गारीमा कति जना पस्सेंगेर छ, यो जिम्मेवारी चाही वहाँहरुलाई धेरै नै ज्ञान नभएको जस्तो लग्यो. कि कसो ?
वहाहरुलाई जसरि हुन्छा स्पीड हाक्नु पाए आफुलाई dherai गर्ब र यसो गरे छिटो छिटो पैसा कमाउने तिर मात्र ध्यान गएको जस्तो लाग्छा.
त्यत्रो गारी भित्र भएको चालिस पचास जनाको ज्यान को वास्ता छैन/ यो हामी सबै द्रिवेरहरुले
बाटोको कानुन लाई बुझेर आफ्नो र अरु पस्सेंगेर को ज्यान लाई जोखिम मा नपरौ. यो मेरो बिनम्र छ .
विशेषगरी नेपाल मा द्रैविंग टेस्ट लिने प्रबिधि नै ठिक छैन. एक पल्ट रेवेर्स
र फार्वर्ड गरेर कसरि त्यो द्रैवर ठिक छ भन्ने,यो त पटकै भएन नि.
टेस्ट नै लिने हो भने त एक दुइ किलोमीटर driving गराउने उसको स्किल हेर्ने,यस्तै यस्तै धेरै धेरै छन्,यहाँ लेखेर साध्य नै छैन.
बुझी लिनुहोस आफै.
मन परे हरियो, नपरे रातो
0
0
नेताहरू भनेका लगाम बिनाका घोडा हुन्!
मन परे हरियो, नपरे रातो
0
0
अब बस को चार पांगरा नै एउतै छैनन . माओबादी पांगरा को हावा दस दस मिनट माँ खुस्कंछा. कंग्रेस्सी पांगरा अगाडी नै चल्दैन पछाडी मात्र घुम्छ. एमाले पांगरा दस ठाममाँ टालेको छ कुन बेला पंचर हुने हो ठेगान छैन. फोरम त टाटा मार्का को जगेडा पांगरा हो काम चलाऊ मात्र हो. अबा एस्तो बस मा सफ़र गरे पछि कता पुग्ने हो ?
मन परे हरियो, नपरे रातो
0
0
ब्रजेशजी,
सतहीरूपमा तपाईंको विश्लेषण राम्रो छ । तर अहिलेको राजनीतिलाई बुझ्ने प्रयाससमेत नगरी लेख्नुभएछ । जनयुद्ध जनआन्दोलन र तानाशाही राजसंस्थालाई मिल्कायो । तर राजतन्त्रका पक्षधरहरूले अर्को राजा रामवरण जन्माएर आफ्नो सक्कली अनुहार देखायो । के लोकतन्त्रको जलप लगाइएको अब उही पुरानो राज्यव्यवस्थामा हामी बाँचिरहने ?
मन परे हरियो, नपरे रातो
0
0
आजकै कुनै समाचारमा काठमाडौँमा सत्तरी हजार नक्कली लाईसेन्स भएको अनुमान गरिएको छ. त्यसैले दुर्घटना बाट ज्यानजाने कुरामा सरकार किन गम्भीर हुन्थ्यो. नक्कली लाइसेन्सको आम्दानी कति ठुलाबडाको घरमा पुगेको होला. ज्यान त सर्बसाधारणको पो जान्छ उनीहरुको जाने होइन.
मन परे हरियो, नपरे रातो
0
0
BRAJESH JEE,ABA AUNEY ELECTION MAA E SABAI DRIVER HARUKO LICENCE JANATA LAY FIRTA LINEY CHAN – YIN LAI PHERI BISWAS GERNA LAYAK DEKHIYANAN.BASTAV MAA BHANNE HOO BHANEY – HAMILAY NEPAL LAI MAYA GERNEY LEADER NAI PAYANAU !!!
मन परे हरियो, नपरे रातो
0
0
lau garun yi ramro talim napayak neta harule. malai nepalima comment leknhna man lag6 yahi siteko roman to unicodema comment ta lekhe but copy peste garera mysansarma rakhna ayana. if anyone u know how to do copy paste and keep in mysansar. plz suggest me,
मन परे हरियो, नपरे रातो
0
0
“यी दलरूपी बसका चालकहरूमा पनि हामी जनतारूपी यात्रुहरूको जिम्मेवारी छ। हामीलाई गन्तव्यमा पुर्याउने कर्त्तब्य यी चालकहरूको हो।”
तर
जिम्बेबारी नबुझेको भए बुझाउन सकिन्थ्यो तर बुझेर पनि बुझ पचाए पछि……… दुर्घटना हुने निश्चित भएको गाडीमा चडेर गन्तब्य मा पुग्ने झिनो आशा बाहेक के नै छ र बाकी अब!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
ATI RAMRO SUJHAB HO YADI NETA JI HARU LE AFNO HRIDAYA BATA SAMJHE TA GOJI BHARNEOK
मन परे हरियो, नपरे रातो
0
0
Nice but kasle bag ko ghati ma ghanti jhundai chai
desh ka driverharu lai padna lagaune ni..
feri yesto knowledge ta dherai cha uniharu saga..
dikka lagyo yesto kura ko lekh haru herda mysansar ma.
मन परे हरियो, नपरे रातो
0
0
my too…………………….
मन परे हरियो, नपरे रातो
0
0
ब्रजेश जी , जोक पोस्ट नगर्नुसन मलाई हास्नै मन छैन भन्या. कति पाठ सिक्न भन्ने, अस्ति भखरै (४ दिन अगाडी) म्यसेडोनियामा एउटा डुंगा डुबेर २ जना मर्यो. तुरुन्तै त्यहाँ का यातायात मन्त्रीले नैतिकताको आधारमा राजिनामा दियो. पहिले त्यस्तो नैतिकता (नैतिकतानै न भएको लाई भोट दिएर जिताएर पठाएपछि के नै गर्न सकिन्छ र) नेताहरुमा आउनु पर्यो अनि आफसेआफ पाठ सिकिन्छा हैन त.
“जय देश, जय नरेश”
मन परे हरियो, नपरे रातो
0
0
my comment never appears in mysansar.
मन परे हरियो, नपरे रातो
0
0
अनकन्टार खाल्डो तिरको यात्रा प्रारम्भ हुदैछ मेरो देशको कठै ….
आत्म निर्णयको अधिकार वा आत्मघाती कदम ? संघीयता पछाडी चालिएको एउटा प्रतिगामी कदम थियो नै त्यसमा पनि आत्मनिर्णयको अधिकार दिएर आत्मघाती कदम चालिदै छ । रोम जलिरहेको छ र हामी रमाइ रहेका छौं । वर्तमानका नीरोहरु । एउटा पागलपन पुर्ण प्रहसन अनि अट्टहास…… हाहाहाहाहा
मन परे हरियो, नपरे रातो
0
0
Very nice article.
मन परे हरियो, नपरे रातो
0
0
tapai ko name ra mero name ustai chha…. ani hamro samasya pani tyastai chha …. sayad maile 100 comments pathaye hola tara post nai hundaina……….. akhir ma sabai nepali ko bani ustain ???????
मन परे हरियो, नपरे रातो
0
0
महत्व बुझ्नुपर्यो नि!
मन परे हरियो, नपरे रातो
0
0
fuck !! it does !!i wrote lots of comments before but they didnt appear but post above then it posted …
मन परे हरियो, नपरे रातो
0
0
why my comments doesnt appear here?
मन परे हरियो, नपरे रातो
0
0
anything can happen without sharp rules n good leader who love n develop this country among the saarc country.
मन परे हरियो, नपरे रातो
0
0
Hamra ma driver chhainan yaha kit a India ka Khalasi chhan ki ta America, chaina ka khalasi haru chhan, tyasaile har din hamro desh Trishuli ma dubne khatara chha. Koi aath pass khalasi, koi PHD khalasi, koi khandani khalasi, koi dai chiure khalasi, koi koi ke koi ke.. hami sabai khalasi kin bhane driver chhann nasane khalasi.
मन परे हरियो, नपरे रातो
0
0
चालक बिना को गाड़ी नेत्रेतो बिना को देस जता पनि जान सक्छ, ठुलो दुर्घटना नहोला भन्न सकिन्न !!
मन परे हरियो, नपरे रातो
0
0
घतलाग्दो कुरा गर्नु भो.. सारै मन पर्यो मलाई. हाम्रा नेताहरु लाई के भएको हो कुन्नी!
देस यस्तो संक्रमण कालमा हुंदा पनि किन सचेत नभएको होला! कहिं नभाको जात्रा हांडी गाऊंमा भने जस्तो!
सब कुर्सीकै पछि लाग्याछन… नेपाल र नेपाली जनताको मतलब छदैछैन यिनीहरुलाई!
मन परे हरियो, नपरे रातो
0
0
मदन पुरस्कार विजेता युवराज नयाँघरेको ‘एक हातको ताली’ निबन्ध संग्रहमा ‘पाइलै पिच्छे’ 1८ हजार’ भन्ने निबन्धले अहिले नेपालका ड्रार्इभरहरु कतिसम्मका छन्, स्पष्ट पार्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Another major culprit is drinking and driving. Once I was coming from Birjung to Katmandu. Our Bus driver was so drunk in Mungling after dinner. He recklessly drove the bus and I feared for my life. Nepal government needs to place checkpoint for drink driving or random checks on highways. Once found hefty fine, second offence, revoke of license forever for Public transport driver. If not people die on the road and driver getaway with fine and few years jail term.
मन परे हरियो, नपरे रातो
0
0
drivers lai ramro time table ra punctuality sikainu parchha. harek station ma kati bajera kati minute samma pugnai parne bhanne guideline hunu parne. ani kehi gari pugiena bhane tyasko jayaj jawaf dinai parne banaiene hunu parne.
ani public gadi drive garda anya gadi license liyi chalayeko 5 barsako experience hunu parne.
मन परे हरियो, नपरे रातो
0
0
Correction:
ब्रजेशजी,
सतहीरूपमा तपाईंको विश्लेषण राम्रो छ । तर अहिलेको राजनीतिलाई बुझ्ने प्रयाससमेत नगरी लेख्नुभएछ । जनयुद्ध र जनआन्दोलनले तानाशाही राजसंस्थालाई मिल्कायो । तर राजतन्त्रका पक्षधरहरूले अर्को राजा रामवरण जन्माएर आफ्नो सक्कली अनुहार देखायो । के लोकतन्त्रको जलप लगाइएको अब उही पुरानो राज्यव्यवस्थामा हामी बाँचिरहने ?
मन परे हरियो, नपरे रातो
0
0