-सुजित ढकाल/न्यूयोर्क-
उदितनारायण झाले गाएका सम्झना र कुसुमे रूमालका गीतहरूमा अहिले पनि म कुनै बाहुन,क्षत्री गायकहरुले गाएको गीतहरू भन्दा बढी नेपालीपन भेट्छु- मनै छोएर गाएको नेपालीपन!! किन एउटा मधेसी बाहुनको स्वरमा म बढी नेपालीपन अनुभव गर्दछु त ? उत्तर एउटै छ-पवन कुमार चाम्लिङ,अम्बर गुरुङ, कुन्ती मोक्तान र नारायण गोपालले कहिल्यै आफूलाई राई, गुरुङ, तामाङ वा नेवार सोचेनन्,सोचे त केवल एउटै नेपाली भाषी,त्यही नेपाली भाषा जसले हामीलाई बाँधेको छ। हामीहरूबीच एकताको त्यो एकमात्र सूत्र टूट्यो भने हामीहरूबीचको नातानै के रह्यो र? यदि हामी सबैको मनमा नेपाली भाषाप्रतिको सदभाव नरहने हो भने न्यूयोर्कको म्यान्हाट्टनमा अर्को नेपालीलाई भेट्दा मैले किन खुसी मान्ने? म किन जाने शेर्पाले खोलेको रेस्टूरेण्टमा म:म खान? जातले हामी फरक छौ, धर्मले हामी फरक हौलाउँ,राजनीतिक विचारधारा फरक होला, ए बाबा केही त यस्तो चिज हामीबीच समान होस्- जसले हामीलाई नजिक ल्याओस्। त्यो चिज नेपाली भाषाबाहेक अरूमा सम्भव छैन।
सबै नेपालीको साझा भाषा के ? पवन चाम्लिङलाई सोध्नुस !
- सुजित ढकाल/ न्यूयोर्क-
सिक्किमका मुख्यमन्त्री डा. पवनकुमार चाम्लिङ न्यूयोर्क आएका छन् भनी थाहा पाउनासाथ उनलाई भेट्न हतार भइसकेको थियो। साथीहरूलाई तताएँ उनीसँग भेट्न जाने प्रबन्ध मिलाउन। त्यसो त न्यूयोर्कमा भारतीय स्वतन्त्रता दिवसको स्वर्ण महोत्सव मनाउने भारत सरकारको कार्यक्रममा सिक्किम राज्यको प्रतिनिधित्व गर्दै दुई वर्षअघि यहाँ आएका चाम्लिङ राष्ट्रियताको हिसाबले भारतीय थिए तर उनको मनमा नेपाली भाषाको अमॄत भरिएको रहेछ। भेट्न जानेहरूमा हामी बाहुन, क्षत्री,राई, लिम्बू र तामाङ थियौँ- अहिलेको जातीय हिसाबले हेर्ने हो भने। तर, डा.चाम्लिङले हामीलाई एउटा सिंगो नेपाली भाषीको रुपमा हेरेनन् मात्रै, हामीले न्यूयोर्कका नेपालीहरुका तर्फबाट उनलाई अभिनन्दन गर्ने सोचाई बनाइरहेकै बखत उल्टै उनले नै हामीहरूलाई अभिनन्दन गरिदिए। कत्रो ठूलो महानता! नेपाली भाषीहरूप्रतिको कत्रो ठूलो सन्न्निकटता!
विश्वको राजधानी सहरमा हामी १०-१२ जना नेपालीहरूको त्यो समूहलाई उनले न कुनै जनजातिको रूपमा हेरे, न कुनै बाहुन छेत्रीको रूपमा। हामीहरूको अनुहारलाई न उनले अमेरिकी देखे, न हामीले नै उनको अनुहारमा भारतीय नागरिकताको छ्नक पायौं। प्रशान्त तामाङले इण्डियन आइड जितेको बेला थियो त्यो। संसार भरका नेपाली भाषीहरू एकजूट भएको बेला। पवन कुमार चाम्लिङलाई भेट्न पाएकोमा यहाँका नेपाली जति खुशी थिए त्यो भन्दा बढी नै खुशी थिए डा.चाम्लिङ सात समुन्द्रपारी नेपालीहरूसँग नेपाली भाषामै भलाकुसारी गर्न पाएकोमा।
“प्रशान्तको स्वरमा भारतीय नेपालीहरुले आफ्नो अस्तित्व खोजिरहेका छ्न्”- डा. चाम्लिङले भावुक हुँदै त्यतिबेला भनेको यो वाक्य सुन्दा अहिले म आफै भावुक हुन थालेको छु। के भयो नेपालमा यस्तो र एकाएक नेपाली भाषा नेपाली जनजातीहरूको रहेन? उदितनारायण झाले गाएका सम्झना र कुसुमे रूमालका गीतहरूमा अहिले पनि म कुनै बाहुन,क्षत्री गायकहरुले गाएको गीतहरू भन्दा बढी नेपालीपन भेट्छु- मनै छोएर गाएको नेपालीपन!! किन एउटा मधेसी बाहुनको स्वरमा म बढी नेपालीपन अनुभव गर्दछु त ? उत्तर एउटै छ-पवन कुमार चाम्लिङ,अम्बर गुरुङ, कुन्ती मोक्तान र नारायण गोपालले कहिल्यै आफूलाई राई, गुरुङ, तामाङ वा नेवार सोचेनन्,सोचे त केवल एउटै नेपाली भाषी,त्यही नेपाली भाषा जसले हामीलाई बाँधेको छ।
हामीहरूबीच एकताको त्यो एकमात्र सूत्र टूट्यो भने हामीहरूबीचको नातानै के रह्यो र? यदि हामी सबैको मनमा नेपाली भाषाप्रतिको सदभाव नरहने हो भने न्यूयोर्कको म्यान्हाट्टनमा अर्को नेपालीलाई भेट्दा मैले किन खुसी मान्ने? म किन जाने शेर्पाले खोलेको रेस्टूरेण्टमा म:म खान? जातले हामी फरक छौ, धर्मले हामी फरक हौलाउँ,राजनीतिक विचारधारा फरक होला, ए बाबा केही त यस्तो चिज हामीबीच समान होस्- जसले हामीलाई नजिक ल्याओस्। त्यो चिज नेपाली भाषाबाहेक अरूमा सम्भव छैन।
भारतीय नेपालीभाषीहरुले भानु जयन्ती नेपालमा भन्दा बढी धूमधामले मनाउनु स्वभाविक भएको बताउँदै मुख्य मन्त्री चाम्लिङले त्यतिबेला न्यूयोर्कमा भनेका थिए, “जहाँ बसे पनि, जहाँ रहे पनि हामी नेपालीभाषी हौं, हाम्रो रगत नेपाली हो।”
एउटा नेपालीभाषी राईको छोरोले नेपाली भाषाको महिमा बढाउन आजको असहज परिस्थितिमा दिएको योगदान सदा अविस्मणीय रहिरहने छ- हरेक नेपालीहरूको मनमा।
मुगल अतिक्रमणकालमा हिन्दूबाट मुसलमान बनाइएका बंगलादेशीहरू आज कतिका कट्टर मुसलमान छ्न् भन्ने कुरा थाहा पाउन न्यूयोर्कको ज्याक्सन हाइट्स वरपर बस्ने नेपालीहरूलाई सोध्नुस् जहाँ त्यस्ता बंगलादेशीहरू प्रशस्तै छ्न्। बेलायतीहरूले लादेको अंग्रेजी भाषा नै मातॄभाषा बनेको छ कुनै बेलाका हिन्दीभाषी ती गाइनिज\ ट्रिनिडाड र टोबागी इण्डियनको जो न्यूयोर्कको रिच्मण्ड हिलतिर बढी बस्छ्न्।
विगतमा जे भए पनि वर्तमानमा जुन भाषा प्रयोग गर्दा सबैभन्दा सजिलो लाग्छ सबैलाई- त्यही भाषालाई सघाउनुपर्छ, सबै नेपालीहरूले। कुनै जमानामा संस्कृत मात्रै बोल्ने बाहुनहरूले संस्कृतलाई मात्रै पक्रेर राखेको भए आज उनीहरुको नामोनिसान मेटिन्थ्यो होला- संस्कृतजस्तै। नेपाली भाषाले संस्कृत जस्तो बाहुनबादी भाषाको अस्तित्वलाई समाप्त पारेर समावेशी उदार भाषाको परिचय दिएको छ। त्यसैले यसमा बाहुन, क्षत्री,राई, लिम्बू र तामाङ, मगर, मधेसी लगायत सबै जनजातीहरू अटाएका छ्न्। यदि कसैले हामी अटाएका छैनौं भन्छ्न् भने त्यो “अटाउन नचाहेको” हो , नअटाएको चाहीँ हुनै सक्दैन। नेपाली भाषा जस्तो समावेशी भाषा नेपालमा अर्को हुनै सक्दैन। नपत्याए
सिक्किमका मुख्यमन्त्री महान् नेपालीभाषी डा. पवनकुमार चाम्लिङलाई सोध्नोस् जुन राज्यको आधिकारिक भाषा नै “नेपाली” हो। त्यहाँ नेपालमा जस्तो मारमार छैन। सबै नेपाली भाषाभित्रै अटाएका छन्।


ma pani bideshi bhumi ma karyarat chu, yaha malai mero jaat ley kasailay chindai naan, nepali bhanera chinchan.nepali mero matri bhasa bhaney pani, samparka bhasa bhaney pani ya khas, j hos nepali hu nepali bolchu yo nai mero astiva ho.
jai hos
मन परे हरियो, नपरे रातो
2
0
Sabai Nepali Daju Bhai Ra Didi Bahine Haru
Malai Sabai Ko Comment Sune Pachi Yeuta Kura Bhanna Maan Lagyo
Hami Sab Bhanda Pahila NEPALI HAU, Hami Afu Lai NEPALI Bhanna Ma Garba Garchau, Pachi Matra Hami chettri , Bahun,Newar, Madhesi, Gurung, etc etc Hau Bhanne pran Garau
DHANNYABAD
मन परे हरियो, नपरे रातो
2
0
“यदि हामी सबैको मनमा नेपाली भाषाप्रतिको सदभाव नरहने हो भने न्यूयोर्कको म्यान्हाट्टनमा अर्को नेपालीलाई भेट्दा मैले किन खुसी मान्ने? म किन जाने शेर्पाले खोलेको रेस्टूरेण्टमा म:म खान?” touching…
Seems that people are heading in different directions.
मन परे हरियो, नपरे रातो
2
0
म यो ब्लॉग को एउटा नियमित त होइन तर पनी पाठक चाही हूँ ,
जसले जे भने पनी, यो ब्लॉग मा त सबै ले नेपाली मा नै लेख्ने बुझने रहेछ. सबैले नेपालीमा नै जवाब पनी दिने रहेछ, गाली पनी नेपाली मा तारीफ पनी नेपाली मा नै.
येदि यो ब्लॉग एउटा देश भयो भने यो ब्लॉगमा त नेपाली र अंग्रेजी बाहेक अरु भाषा प्रयोग नै नहुने रहेछ. अंग्रेजी त अंतरास्ट्रीय भाषा भयो, यो ब्लॉग को रास्ट्रीय भाषा त नेपाली नै हुने रहेछ.
तेस्तै हो भने नेपाल देशमा चाही यो कुरामा किन बिबाद ??
तर जे भये पनी नेपालीमा पढ़ा जून मज्जा आउने अंग्रेजी मा नआउने.:)
मन परे हरियो, नपरे रातो
3
0
Touching, deep!
मन परे हरियो, नपरे रातो
1
0
Dear All, I have a better idea. Let’s make English as an official language because at this stage, everybody needs to learn it and it’s much beneficial.
Doing so, Nepal will be declared as Native English Speaking country and nobody needs to give Ielts or toefl for going abroad which will is a very good sign for the countries economy. Should be noted everybody wants to go abroad for opportunity rather then stay in nepal and speak their native language.
So what you guys waiting for? Let’s start this by today. “English is Nepal’s National Language”
मन परे हरियो, नपरे रातो
1
2
सारै राम्रो लेख मुतु नै छोयो। यस्तो लाग्यो साँचो लेपाली मन त देउराली भन्दा पारी रहेछ। दुखको कुरा वारी यस्तो मन कहिले पलाउने हो?
मन परे हरियो, नपरे रातो
2
0
I appreciate your initiation Sujit jee ! Ani Dhikkar chha hamra kehi sathiharu jasle bhasha ko bibad lai charkaune prayash my sansar marphat gariranu bha chha. Rastriya bhasha ko niun Nikalera India ko Pranta banauna khojne Desh drohi uparastrapati ka pichhalaggu haru dekhi sabadhan !!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Ma ek newar family ko byakti hun, nadhati vanda malai newari ramro audaina, tara bujchu, ma nepal ma hunda ni yestai thiye ra sathiharun pani dharai atmiyeta bahun chetri sanga vayo, hal london ma hunda maile vogeka tita anuvav harun share garna chahanchu jun malai kahile nepal ma feel vayena, ma chetri jhai dekhinchu boli pani clear vayera hola,
1)Yo thauma dharai asahayog nepali bata vayo. jaba ma afno caste shrestha batauthe, bahun chetri ko anuhar khumchinthyo, jaba ma newari audaina vanthe uniharun ko anuhar chamkinthyo, Yesle mero man ma vayekoo sadvaba ma uthal puthal layo, ra afno vasa ko maya lagyo,sikna parne lagyo.
) kati sathi harun tehi zibro lai nakal garera udauthe.
#) ek bidwan mitra le ma newar vani anjan mitra le malai yeti samma vane , kode ( derogatory word for newar) kt ho yeslai fakaune, ani k k……………., chodine ho jaba phone ma thulo thulo maya ko kura garthe manuvab le, usko soch dekhera dukha ko sathai ra u prati daya jagera ayo.
4) Mero nepali language ko malai dharai maya lagcha tara, hal mero nepali vanda indian sathi harun dharai chan, uniharunko soch dharai mathillo star ko cha, kehi vani hale pani sorry hain vancha ma pani batauchu, kam ko upayeharun channel harun uniharun niswartha batauchan.
Yi ra yesta ghatanale ma vitra ko marisakeko newar jagcha,tara mero chetna murkha ko aushadhi hunna sab samaj ma yesta manche hunchan vane jhai lagcha tara kina jaha pani testai, dharai jasto manche ko soch kasto.
Prachanda ko maithili ko pakshaya ma diyeko baktabya dekhda, durdarshi neta vayeko jhai lagyo, tara ti siankuchit bhawana vayeka praniharun le kokoholo machaye ra usailai murkha banaichode, yesaile, mero murkhata nasamjhinu hola, ma nepali, khas vasa ma bolchu, afno newari vasa newari teti ramro audaina, yedi tapainharun aruko matrivasa ra origin pachauna saknu hunna vane hami hindi ra english pachauna badya hunecha, jasko horizon pani thulo cha.
मन परे हरियो, नपरे रातो
0
0
देश भित्र होस या देश बाहिर होस भिन्न जात,धर्म,बिचार,रंग हुन्छन् यदि आफ्नै मात्र जात,धर्म,बिचार,रंग भन्ने हो भने जसरी अहिले नेपालको खराब स्थिति बनेको छ त्यस्तै स्थिति संसारभर हुनेछ र अशांति,ह्त्या,लूटपाट,लड़ाई भैरहनेछ\ एकले अर्को जात,धर्म,बिचार र रंग प्रति सम्मान गर्नु नै मानब हित हुन्छ होइन भने जंगली जनाबर र मानिसमाँ कुनै फरक हुनेछैन \ अरुको कुभलो नचाहानु,राम्रै होस भन्नु र सहयोग लिनु दिनु नै शान्त संसार र जीबन निर्माण गर्नु हो \मानिसले मानिसलाई हेला गर्नु,शोषण,गर्नु,भेद्भाब गर्नु भनेकै मानब हित बिरोधी कार्य हो \ त्यस्तै भाषा पनि त्यही रुपमा आएको छ र त्यही रुपमा हेरिनु पर्छ \ भिन्न भाषा बोल्ने मानिस बिच एक आपसमा बुझ्न,ब्यबहार गर्न,एक सूत्रको आब्स्यकता पर्छ चाहे त्यों देश भित्र होस या बिदेश बिच होस र राज्य भित्र र राज्य राज्य बिच कामकाजको लागी एउटा सूत्र चाहिन्छ वा भनौ एक भाषा चाहिन्छ जून नेपालमा नेपाली र बिदेशमा अग्रेजी भाषा प्रचलनमाँ छन \ यही रुपमा नेपाली भाषालाइ किन नलिएको कुनै न कुनै भाषा त आखिर जीबनलाइ चाहिन्छ,राज्यलाई चाहिन्छ,राज्यहरुलाई चाहिन्छ भने यो नेपाली भाषा खस हरुको हो हाम्रो होइन किन भनिरहने ? पक्कै हो ब्यक्ति,समाज,राज्यले हर भाषा मात्र होइन धर्म,जातलाइ एकै नजर,एकै ब्यबहार र सहयोग गर्नु पर्छ \ आखिर मानब जीबन बिना भाषा,बिना जात,धर्म,बिचार यो संसारमा आएको थियो नि ! यी सबै मानिस द्वारा निर्मित त हो आखिर मानबको खातिर ! किन यस्मा फोहरी राजनीति र स्वार्थ !
मन परे हरियो, नपरे रातो
0
0
सुजित जी
धेरै धेरै राम्रो र मनछुने लेख लेख्नु भएछ माइ संसारको लागि। नेपाली भाषालाइ अनेकौं नाम दिएर दुत्कार्ने काम भैरहेको बेला सायद तपाईंको लेखले एक पटक टक्क अडिएर सोच्न बाध्य तुल्याउँछ भन्ने लाग्छ मलाइ। खैर सानो देशका धेरैथरीका कुवा छन् र धेरै स्वादका पानी। तर यहाँ सबै पानी समान हुन् र स्वाद फरक भएपनि नेपाली पानी समान हो र एकै हो भन्ने चेतना नयाँ परिचयका साथ राजनीतिक हिस्सा खोज्नेहरूले नबुझेको देख्दा दिक्क लाग्छ। जिवनभर नेपाली भाषामा वकालत गर्दै न्यायधिशका रूपमा नेपाली भाषामै कयौं फैसला गरेका न्यायधिश परमानन्द झाले परमधाम जाने बेलामा आफ्नै मातृभाषालाइ बिर्सेर भारतीय दूतहरूका लहै लहैमा लागेर देशमा बबाल सृजना गरेको देखिनु समस्त नेपालीहरूका लागि लाजको विषय हो। हाम्रा नेताहरू व्यक्तिगत राजनीतिका लागि कति सम्म दिल्लीका दास बन्दा रहेछन् भन्ने उदाहरण हो यो।
अनि धेरै भयो सम्पर्क टुटेको भौगोलिक दूरीका कारण । तर हामी अहिले मात्र ६ घन्टा वरपर अर्थात वारी पारी बस्छौं। म हाल क्यानडाको राजधानी अटोवामा बस्छु र तपाईं संभवत न्यूयोर्क अर्थात मेरो लागि बेशीगाउँमा। एसो लेकतिर उकालो आउँनुहोस न । नभए हाम्रो साझा भन्ज्याङ् नायग्रा फल्स तिरै भेटौं। मलाइ sunkhani@hotmail.com मा लेख्नु भए हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
Dhakalji,
Nobody is disrespecting “NEPALI”. Nepali as a language gets respect and should be honored and promoted. It is the narrow minded ness that you find Mr chamling closer to Nepal because he speaks Nepali, but you find a fellow countryman as alien if he speaks hindi,Avadhi,Bhojpuri or maithili.
I blame all those people who respects Prashant Tamang only because he speaks Nepali though he is an Indian National but can not respect Udit Narayan because he doesn’t naturally speak Nepali. Nobody has got right to decide any of Nepalese citizen’s patriotism only on the basis of what language he or she speaks. Language is just a medium of comunication andf making it such a big issue by forcinng Nepali on all non-nepali speaking people is simply bewing seed for greater conrontation and instability.
मन परे हरियो, नपरे रातो
1
0
we are nepali and so is our language…i really appreciate this writing by sujit dhakal…
मन परे हरियो, नपरे रातो
0
0
I am 100% sure with Mahesh. If you go to Gujarat ,you can see 99% people hate to use Hindi language. They totally hate Bihari people. But still use Hindi language to communicate as little as possible.
If you guys want to be a true Nepali, you can take oath two times in your mother tongue ( as Rastra bhasa) and in Nepali language (as Rastriya bhasa).
If you think if you take oath in Nepali language, it is injustice to your mother language. In the same way if you take oath in your own mother language, it is injustice to 95% people who use Nepali as the common language to each other for the communication. It is injustice to your National language.
If you cannot respect your National language , you cannot be a true Nepali from your heart.
If you think it is still wrong , take oath in three language at the same time, your mother tongue, your National language , your international language in English.
मन परे हरियो, नपरे रातो
1
1
क्या बात सुजित जी …… सारै मन पर्यो
मन परे हरियो, नपरे रातो
0
1
यो कुराले मन छोयो। राम्रो लेख्नु भा रहेछ।
मन परे हरियो, नपरे रातो
1
0
लेख राम्रो छ ! हामी नेपाली को भाषा के हो संसार लाई थाहा छ ! “Proud to be Nepali” “Hamro bhasa hamro bhes pran bhanda pyaro chha”
मन परे हरियो, नपरे रातो
1
0
येदी नेपालमा हिन्दी भाषा लाई लाद्न खोजियो भने, त्यो भन्दा ठुलो दुर्भाग्य नेपाली हरुको लागि केही पनि हुने छैन। नेपाल का मधेशी नेता हरु जस्लाई म बिहारी भन्छु , हरुले नेपाल लाई बिहर बनाउन खोजिरहेका छन। बिहार र युपी बाहेक अन्येत्र ईन्डिया मा पनि हिन्दी भाषा धेरै कम् बोलिन्छ। ईन्डिया का कुनै पनि अलि सम्पन्न राज्य हरुमा हिन्दी बोलिदैन। ईन्डिया मा अली पढेलेखेका र जान्ने सुन्ने मान्छे हरु हिन्दी बोल्न रुचाउदैनन। हिन्दी फिल्म कै कुरा गर्ने हो भने पनि ,फिल्म को पर्दा भित्र acting गर्दा बाहेक , अरु बेला कलाकार हरु हिन्दी मा बोल्दैनन्। अनी हामी नेपाली हरु त्यो बिहार (जो संसारको सबै भन्दा गये गुज्रेको ठाउँ हो )मा बोलिने हिन्दी भाषा लाई किन नेपालमा जबर्जस्ती लाद्न खोज्ने??? धिक्कर छ तिमीहरु बिहारी दलाल नेता हरुलाई।
मन परे हरियो, नपरे रातो
0
0
lidi le bhariye ko dimag le lekhe ko lekh, k aru bolne matri bhasa taile bolnu pardaina?
मन परे हरियो, नपरे रातो
0
0
Jasle jati khokepani..birodh garepani..”Nepali Bhasa” matra esto dori ho jasle sabailai ekai thauma badhera rakhna sakchha….N i m Proud of that.
मन परे हरियो, नपरे रातो
0
0
I am one million percent agree with you Sagar.
मन परे हरियो, नपरे रातो
0
0
It is true that nepali mentality has been badly influenced by panchayat democracy. Now it is time for correction but reading the views expressed here does not represent that. It seems nepali speaking people still has full hang over of panchayati rule.
मन परे हरियो, नपरे रातो
0
0
सर्बप्रथम सुजितजीलाई एउटा उत्कृष्ट ब्लगको लागि धेरै धेरै धन्यवाद ।
हुन त जतीवटा टाउको उतिवटा बिचार , जतीवटा मुख उतिवटा कुरा, भने झै केहीले नकारात्मक प्रतिक्रिया दिएता प्राय सबैको धेरै सकारात्मक प्रतिकृया देखिएको छ साथै यो ब्लग र यसप्रतिको प्रतिकृया पढेर हेर्दा यस्ले प्राय सबैको हृदयलाई छोएको जस्तो देखिन्छ ।
हुन त म पनि न त एउटा बाहुन हुँ, न त एउटा छेत्री । म पनि एक जनजाती हुँ र मेरो पनि आफ्नै मात्री भाषा (खाम मगर) छ, तर पनि म नेपाली भाषालाई आफ्नो राष्ट्रिय भाषा ठान्दछु । किनकी यदी म मेरो गाउँ वा क्षेत्रमा मात्र सिमित हुने हो भने मात्र मलाई नेपाली भाषाको आवश्यकता पर्दैन तर मलाई त मेरो क्षेत्र बाहिर पनि त संपर्क गर्नु पर्छ, जहाँ अरुले मेरो मात्री भाषा बोल्दैनन र बुझ्दैनन, त्यसैले मेरो मात्री भाषाको आफ्नै ठाउँमा आफ्नै बिशेष महत्व भएता पनि सम्पूर्ण नेपालीले बोल्न र बुझ्न सक्ने नेपाली भाषालाई म सगौरब आफ्नो राष्ट्रिय भाषा मान्दछु । भाषा त केबल एउटा संपर्कको माध्यम हो, जस्तै हामी बिदेश जाँदा अङ्रेजी बोल्दछौ । त्यसैले कसैले पनि यो भाषालाई बिबादमा ल्याउनु भनेको महा मुर्खतापूर्ण कार्य हो । होइन भने जस्ले यस्तो पटमुर्ख कुरा गर्छ त्यस्ले यूरोप अमेरिका वा अन्य देश्हरुमा जाँदा त्यहाँ भेटिने संसार भरिका मनिसहरुसँग पनि आफ्नै मात्री भाषामा कुरा गरुन नि त, तिनिहरुसँग पनि आफ्नो भाषाको बखेडा गरुन नि त, के नेपाल मा मात्र बखेडा ? के को नेपालमा मात्रै ठ्याइ ठ्याइ ? जस्ले यस्तो कुरा गर्छन् तिनिहरुले यो कुरा राम्ररी बुझ्नु कि “नेपाल रहे मात्रै तहरु रहन्छस, नेपाल नरहे तहरु पनि रहन्नस” अनी गर्लास तेरो मात्री भाषाको कुरा । तेरो भारत वा चाइनाले देला भन्थानेको छस? खान सक्छस त्यहाँ गएर तेरो मात्री भाषामा सपथ? कही नभएको जात्रा हाडी गाउँमा । हेलाको नेपाललाई कती सारो सबैले हेपेको हो । सक्छौ भने यो देशलाई केही योग्दान गरेर केही राम्रो गर्ने कोशीस गरौ नसके कम्सेकम भत्काउने बिगार्ने काम पनि नगरौ न साथी हो। जय नेपाल ।।।
मन परे हरियो, नपरे रातो
0
0
Poor nepali, always debating on such nonsense topic. Look into your neighbour countries, where are they? poor nepali….
मन परे हरियो, नपरे रातो
0
0
सुजित जी साह्रै मर्मस्पर्शी कुरा लेख्नु भयो । दिपक, कुमार, पुष्प, भक्त, महेश, कृष्ण जी अनी सबै माइ संसार का नियमित कोम्मेन्तेर साथीहरु अनी संसार भरी छरिएर रहेका राष्ट्र, राष्ट्रियता प्रेमी मेरा प्रिय नेपाली बन्धुहरू ! तपाईंहरु सबैको अभिव्यक्तीको लागि धन्यवाद ।
हाम्रो देश नेपाल, सिक्किम, देहरादून, दार्जीलिङ, असम लगयत विश्वको कुना कुनामा रहेका सम्पूर्ण नेपालीहरु बीच नेपाली हुनुको रगतको साईनो गासिएको छ । नेपाली भाषाको डोरिले बाँधेको अनन्त अनन्त कालसम्म नटुटने नाता छ । खुल्ला दिल, सहयोगी हात अनी एक नेपालीको शुखमा हंसो, दु:खमा आँसु अनी गच्छे अनुसारको सहयोग र साथ छ । यही नै हाम्रो नेपाली परम्परा, संस्कार र सँस्क्रिती हो ।
नेपाली मात्र हैन नेपाल भित्र र बहिर हामी नेपालीहरुले बोल्ने सम्पूर्ण भाषा, मनाउने चाड-बाड, रीती-सँस्क्रिती हामी सबै नेपालीको साझा सम्पत्ति हो, हाम्रो चिनारी हो । हाम्रो यती सानो देश तर भाषा र संस्क्रितीको शायद संसार धनी देश भएकोमा गर्व नगर्ने नेपाली को होला ?
यती फरकिलो छाती भएका भनी संसार भर चिनिएका हामी नेपालीहरु किन यो तेरो भाषा, यो मेरो भाषा, यो तेरो चाड, यो मेरो चाड, त त्यो जातको म यो जातको भनेर आफ्नो पुर्व परिचयलाई ओझेलमा पार्ने?
म त भन्छु म छेत्री, बाहुन, नेवार, राइ, गुरुङ, मधेसी, पहाडी, पुर्वली, पश्चिमेली केही पनि हैन । म मात्रा नेपाली हुँ नेपाली । तर नेपाल भित्रबाहिर सम्पूर्ण नेपालीहरुले बोल्ने भाषा, मनाइने सम्पूर्ण सस्क्रिती, चाड-बाड, रिती-थिती सबै मेरा आफ्नै हुन । साच्चै मलाई यि सबैप्रती असिमित गर्व छ अनी हरेक नेपाली प्रती बराबर माया, ममता र स्नेह छ ।
मन परे हरियो, नपरे रातो
0
0
Excellent writing keep it up. Even i think the same, why people in Nepal are simly quarreling to each other since there are no point of doing so. They talked about democracy and want to take Nepal in international arena. In stead of brodening the use of Nepali langauge why some culprits want to shrink their comminication.
मन परे हरियो, नपरे रातो
0
0
afu jaha janmiyo jaha hukiyau tyehi ko ma ya lagcha hamra purana thotra neta bhanauda haru sabai jaso India ma hurkiyeka le yesti isthitibhairaheko cha iniharu sabai lai autai khaldo ma napuri aba desh narahane bhayo.
मन परे हरियो, नपरे रातो
0
0
I love the article.India is involving to break the solidarity of greater Nepal which is sure in future we could proudly say greater Nepal. May be Moaiost are the key to break the solidarity of Nepali into cast followed by the Madeshi jana adhikar forum.
मन परे हरियो, नपरे रातो
0
0
Timiharu Nepali Hoina
pahadiya Ho
pahad ma basne
pahadiya bolne
Bharat Ka pahadiya prati timro prem kati rahech hai..
Tara hare timro buddi ma kira layeko
Nepali madhesi lai nai khub pelchu hai
मन परे हरियो, नपरे रातो
0
0
नेपालीलाई एक सुत्रमा बाध्ने नेपाली भाषा बाहेक अर्को कुनै बलियो धागो छैन, यो सबैले बुझेको कुरा हो, अहिले आएर झा जस्ता २/४ जना दलालले हामी नेपालीबीचको त्यो धागो चुडाउने प्रयास गर्दैछन् तर हामी सबै मिलेर तेस्ता दलालहरुलाई नांगेझार पर्नुपर्छा
मन परे हरियो, नपरे रातो
0
0
South Asiya ma matribhumi ko barema Darjling ka niwasi lai bhanda badhi saayedai arulai thaha hola!
मन परे हरियो, नपरे रातो
0
0
////////
………………………………………नेपालमा बसेर नेपाली जस्तै भएर भारत को लागि लेन्डुप दोर्जे को भूमिका निभाउन नेपाली खास्टो भिरेका भारतीय नेता हरु तछाड र मछाड गर्दै छन्………..सुद ले सिधै अर्को अभियान थालेर झा लाइ नेपाली मा सपथ नखान र हिन्दी भाषा लाइ कायम राख्न लाई आदेश दिएको रहेछ, त्यो नर-पिचास ले,,,,त्यो २ पैसा को मान्छे राजदूत ले…………..अब उसको काम कसरि हुन्छ नेपाल को नेता लाई लेन्डुप दोर्जे ले जस्तै गरि जसरि सिक्किम दुष्ट भारत लाई हस्तान्तरण गर्यो त्यहि अपेक्षा गरिरा छ………तर यो सबै को grand design गर्ने भारत का दुष्ट शासक हरु ;; नेहरु, इन्दिरा गान्धी, राजिब गान्धी, अनि अहिले सम्म का सबै महा-दुष्ट शासक हरु दिन दुइ गुणा रात चौगुणा गरेर नेपाल लाई भारत को प्रान्त बनाउन का लागि सुद जस्ता हतियार हरु पथैराखेका छन्………………. नेपालका कुलान्घर नेता हरु भारत को त्यो कदम लाई सार्थक बनाउन लाई तछाड-मछाड गरि उनीहरु को पाऊ मोल्दै भनेबमोजिम गरिराखेका छन्……………२००७ साल को काण्ड, २०१७ साल को काण्ड, शान्ति-क्षेत्र को प्रस्ताब काण्ड, २०४६ साल को काण्ड, गिरिजा शक्ति मा आउने काण्ड, मदन भण्डारी काण्ड, माओबादी काण्ड, नारायणहिटी काण्ड, गिरिजा ले आधा देश बेचेको काण्ड, नदि-नाला काण्ड, ज्ञानेन्द्र हटाउने काण्ड, जातियता काण्ड, मधेश-काण्ड, पशुपतिनाथ-काण्ड, पारस-काण्ड, सिमाना-काण्ड देखि सबै काण्ड हरु भारत कै चाहना बमोजिम का हुन् जुन भारत को नेपाल गाभ्ने grand design को लागि सरल पार्ने काम हरु नेपाल को नेता को खास्टो भिरेका नेपाल का महा-शत्रु हरु बाट गराइराखेको छ…………………………………
जय पशुपतिनाथ-जय शम्भो,
जय नेपाल/नेपाली जनता-भाषा……………………..
महा-शत्रु भारत—-मुर्दाबाद
भारत को लागि काम गर्ने नेपाल का सबै RAW का agent हरु(चाहे नेता को रुप होस् या अरु कुनै रुप का )————–मुर्दाबाद
.
///////////
मन परे हरियो, नपरे रातो
0
0
भाषा विवादको चुरो कहाँ र के मा छ भन्ने कुरा थाहा पाउन गार्है छ। नेपालको ३०० वर्ष अघिको मात्र इतिहास हेर्यो भने पनि नेपाल मण्डलको सरकारी र सम्पर्क भाषा नेपाल भाषा (चलन चल्तिमा नेवारी) थियो। यो कुरा कतिलाई अच्चभित पनि पार्न सक्ला तर एैतिहासिक प्रमाणले यहि कुरा भन्छ कुनै वेला आज नेपाल भाषा सम्पर्क भाषा थियो। उपत्यका आक्रमण भन्दा पहिले पृथ्वी नारायण शाह भक्तुपुरका राजकुमारलाई मित बनाई नेपाल भाषा सिकेका थिए। आज नेपाल भाषाको स्थिति हेर्नुस। नेवारी समुदायले आफ्ना सन्तानलाई नेपाली वा अंग्रेजी सिकाउँछ। यो कुरा किन उठाइएको भने राज्यले एउटा भाषालाई परिपोषण गर्दा अन्य भाषाको कस्तो दुर्गति हुन्छ। नेपालीलाई भावनात्मक रुपमा एकताबद्द गर्ने वस्तु भाषा मात्र हुन सक्दैन। राज्यले सबै भाषा भाषिलाई सम्मान अवसर र मूल्य दिन सक्यो भने म नेपाली हुँ भन्ने भावना आफैमा जागृत हुन्छ। कुनै एक वर्गले लादिएको भाषा होस या सँस्कृति होस त्यसले सामाजिक तिक्ततामात्र जन्माउँछ। जसरी संस्कृति प्रमुख विशेषता परिवर्तनशिल हुन हो त्यसरी नै समाजका मूल्य मान्यता र सम्पूर्ण एकाईहरु पनि परिवर्तित भइ रहेको हुँन्छ र नेपालीलाई भावनात्मक रुपमा एकतावद्ध रुप बाँड्न एक आपसि भाषा र संस्कृतिलाई सम्मान गर्नुको विकल्प छैन।
मन परे हरियो, नपरे रातो
0
0
ma shanga kunai shabda nai chhaina kashai yo leakh ok bara ma bolu!!!!!!!!!!!!!!great
मन परे हरियो, नपरे रातो
0
0
** Nepali Language – has it been inclusive? **
There is no doubt that the Nepali language has become the common communicating language for all Nepalis in Nepal as well as outside Nepal. This language became the official language only after Gurkhali kings started ruling Nepal. The Devnagari Script was adopted as writing script of this language during Rana’s rule.
At this stage, why this language has become more controversial? This language has been used by the ruling class to suppress other ethnic communities in Nepal. Has it been inclusive in nature and adopted words and idioms from other ethnic languages and enriched this language it would have been extremely popular among ethnic communities as well.
मन परे हरियो, नपरे रातो
0
0
Dhakal bro,
Sabai kavi Hon.Dr. Pawan Rodung (Chamling) & Hon.Dr. Indra Rai hudainan kya. teso bhannu ma uniharuko aafno swartha 6 & afno bhasha milkai sakeka6n uniharule. ra sabai uniharu jastai houn bhanne aagraha galat ho.
feri tapai USA ma nai bhakole bholi tapaika santatile Nepali bhashalai abasse pani milkaune6n. yo “sociology of language” ho tara language policy ko role hun6.
vastabma, Sikkim (SK) ma 11 wota adivasi bhasharuko official status 6 including Kiranti-Kõits.
yaha (SK) English official bhasha ho. tespa6i rajbhasha wa Hindi. Nepalichai lingua franca mattai 6.
SK ma visit garnu bha6 ra officetira dulnu bha6 bhane dekhnu bho hola sano suchana ra nibedan pani English mai ho Hon.Dr. Rodungle jatisukai furti layepani.
मन परे हरियो, नपरे रातो
0
0
All the comments in this thread (and most other threaqd) are either in Nepali or in English. Some folks who are dead against Nepali language are also writing comments either in English or in NEPALI. Am I missing something?
Roshan Chhetri
मन परे हरियो, नपरे रातो
0
0
Kura Satya ho, Nepali bhasa nai hamro Rastriya bhasha ho. yo kura ma kunai 2 mat chaina.
मन परे हरियो, नपरे रातो
0
0
doesn’t matter wherever we are? wherever we go….it’s our emotion which touches heart.
i am proud to be nepalese and proud of my nepalese language…
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो भाषा दार्जिलिंगे दाजु-भाई दिदी-बहिनीले जोगाइदिन्छन !
मन परे हरियो, नपरे रातो
0
0
यो लेख पढे राम्रो लाग्यो। हो हाम्रो भाषा नेपालीनै हो । यो लेख मा मैले बुझे अनुसार पवन चाम्लिङ भन्ने मान्छे भारतको लागि उपेन्द्र यदवनै रहेछ। एस्लाई कसरी लिने ?
मन परे हरियो, नपरे रातो
0
0
नमस्ते सुजित जि
म तपाईं सँग १००% सहमत छु। हामी सारा नेपालीहरुको साझाभाषा हो “नेपाली भाषा” अनी तपाईंले भन्नु भएको जस्ताइ हामी सारालाई एकिक्रित गराउने माध्यम पनि हो।नेपालमा धेरै जात-जाती,सस्कार-सस्क्रिती,भाषा-भाषसीहरुको साझा देश मानिन्छ।र यो पनि सत्य हो हामीमा आ-आफ्नो धर्म सस्कार सस्क्रितीहरु छन। तर पनि हामी नेपाली हौ।
आफ्नो धर्म सस्कार-सस्क्रितीलाई लोप हुन दिनु हुन्न तर जोगाउनेको नाममा देशलाई टुक्रा पार्नु हुन्न जुन अहिलेको अबस्था छ।
धेरै नै मनपरीतन्त्र आएको छ – जस्लाई जे गदा पनि भो।
जब सम्म हामी नेपाली मा केतराइ,केपहाड,केहिमाल”हामी नेपाली एक हौ” भन्ने भाबना हुन्न तब सम्म देश को हालत यस्तै हो।
हे भगवान सबैलाई सदबुधी देउ।
जय नेपाल
मन परे हरियो, नपरे रातो
0
0
“म किन जाने शेर्पाले खोलेको रेस्टूरेण्टमा म:म खान” साह्रै राम्रो लागो। हो साथी हरु हो हामी किन हरेक समान किन्न देसी को मा जाने?
मन परे हरियो, नपरे रातो
0
0
You are just talking about Pahade Nepalis or Gokhalis. What do you think about Madhesi Nepalis?
You respect Pawan Chamling who is an Indian but you do not like to talk about Nepali citizens living in Terai.
Khas language is forcefully used in Southern Terai. They were not allowed to take Nepali citizenship unless they wore Gorkhali Topi in their head.
Ramesh Khanal
Kathmandu
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा बोलिने सबै भाषा नेपाली को साझा भाषा हो यो सबै नेपाली को मन भित्र पलाउनु पर्यो अनि मात्र सबैले नेपाली भाषालाई पनि स्वीकार्ने छ होइन भने लादेको मानिने छ / सबै कुरा नेपाली भाषीले भनेको मात्र मान्नु पर्छा भन्ने होइन / अरुले भने गरेका कुरा नमान्ने हो भने यो कुरा मिल्दैन / उदाहरंको लागि काठमाडौँ को नेवारले मनाउने कुमारी जात्रा लाइ किन इन्द्र जात्रा भनियो ? कुमारी जात्रा भन्नु पर्ने होइन र ? के कुमारी जात्रा सबैले मनाउछ ?
मन परे हरियो, नपरे रातो
0
0
nepali bhasa nai nepali ko saja sampati ho. jun sabai dhani ani garib le nisulka paune gareko chha.
- surex aus
मन परे हरियो, नपरे रातो
0
0
You are exactly right.hami nepali ani nepali nepali bich jodne chij vanekai nepali vasa ho. i love so much our national language ‘nepali’.
मन परे हरियो, नपरे रातो
0
0
डाक्टर पवन कुमार चामलिंगजीले नेपालीभाषीहरुलाई दिएको उदगार पढ्न पाउदा साह्रै खुसि लग्यो. उनीले भनेका कुराहरु तर्कपूर्ण र नेपालको लागि समयसमयिक छ. चाम्लिंग्जीलाई बरु काठमाडौँको खुलामन्चमा लेराएर फेरी एकपटक हाम्रा नेताहरुले पनि सुन्न सक्नेगरि भासण गर्न लगाउने हो कि!!!! होइन भने यिनीहरुको घैटोमा घाम लाग्ला जस्तो छैन.
मन परे हरियो, नपरे रातो
1
0
यो कुराले मन छोयो। राम्रो लेख्नु भा रहेछ।
मन परे हरियो, नपरे रातो
0
0
Great article. I have been feeling the same way. I appreciate u put the feelings out here. Hope these words reach those that want to divide the country. “Lets be one and lets be Nepalese wherever we live.” These words of wisdom have always been a part of the Nepalese living abroad. But to everybody’s blues, the Nepalese at home are fighting over such an issue that is only going to debilitate the Harmonious and Peaceful Family, a “Nepalese Family.” I pray with Lord Shiva that he put some sagaciousness into the Nepalese brains.
I love my country and I Love to see it one.
JAI NEPAL!!
मन परे हरियो, नपरे रातो
0
0
Many many thanks for your good artical which touch heart of all Nepali people who loves to Nepal. Again I thank you from my heart.
मन परे हरियो, नपरे रातो
0
0
वाह् क्या लेख छ सुमित जी । नेपाली भाषी हुनुमा गर्व जाग्यो |
पवन चाम्लिङ बाट नेपाली नेताहरुले कहिले पाठ सिक्लान् खोइ ?
यस्तै उत्कृष्ट लेख पस्किदै गर्नु होला !
सागर , टेक्सास
मन परे हरियो, नपरे रातो
0
0
A great and superb thought,KUDOS.
There had been war in the past due to language,religion and cast,however,as u said nepalese language is set to accomodate people of every walks of life.we neglect what we have and desire for impossibility.
I certainly do agree that hindi language has great impact in our day to day life,from movies,comics,papers, songs dialouge,pilgrimage even purchaisng things ,but it doesn’t mean that we have to accept such language.
A person who chairs such a glorious post,is dying to adopt.I would have saluted him if he had sworn in MAITHILI bhasa which he says his only third language,i think he wants to be a notorios and has no intellectuality coz of bribery money,an act of slavery and blind folded by somebody
Therefore,readers need to unite to wirte in utmost and raised the uproar voices.
मन परे हरियो, नपरे रातो
0
0
dr pawan chamling lai mero salam
मन परे हरियो, नपरे रातो
0
0
You are right. Yedi sabai jat jati nepaliharule yestai sochidine ho vane sayad nepalma pheri santi aauthyo ki…???
मन परे हरियो, नपरे रातो
0
0
कुरो सही हो नेपाली भाषा नै हामी नेपाली हरु लाइ ए़क सूत्र माँ बाधने भाषा हो तेसैले सरकारी तबर माँ नै यो कुरा क्लेअर गर्नु पर्छ की सबै सरकारी काम काज पनि नेपाली भाषा माँ नै हुनु पर्ने छ भनेर
मन परे हरियो, नपरे रातो
1
0
यो शिर्षक मिलेन | पंचायती गन्ध आउछ | एक भाषा, एक भेष, अरु के के ….रे साझा रे | खस भाषा साझा हैन, सम्पर्क मात्रै हो | हेर्दा खेरि जानी बुझी ‘साझा’ शब्द प्रयोग गरे जस्तो देखिन्छ | बढी बाठो हुनु पर्दैन |
अनि तपाई उतै बस्ने बराक ओबामा लै सोधे भै हाल्यो नि, नेपाल को साझा भाषा खस हो कि के हो भनेर |
मन परे हरियो, नपरे रातो
0
1
कुम्हारर्जी, नेपाली भाषाबारे राम्रो कुरा गरयो कि पंचायती ब्यबस्थाको नाम नलिनुस। यो नेपाली भाषाको समर्थन गर्नेहरुको मनोबल गिराउने शब्द्को रुपमा प्रयोग गरिदैछ आजकाल- तपाईहरूजस्ताबाट। साबधान नेपालीहरु, यस्ताको भ्रममा नपर्नूस ! नेपाली भाषाको भलो चाहनेहरूले मन्ड्लेनै हुनुपर्छ भन्ने जरूरी छैन। यो भाषा साच्चै सबैभन्दा उदार भाषा हो।
मन परे हरियो, नपरे रातो
0
0
यो कुमार भन्ने बाट त दलाल को दुर्गान्द आयो नी?
मन परे हरियो, नपरे रातो
0
0
महेशजी,
ओबामालाई बरु उनीहरूकै साझा भाषा के हो भनेर सोधे राम्रो हुन्थ्यो कि ! हामीलाई त प्रष्ट छ; नेपालीबाहेक हाम्रो अर्को साझा भाषा सम्भव छैन भनेर । म नेवार हुँ, तर मलाई नेवारी भाषा बोल्न आउँदैन, बुझ्छुमात्र, तर म गर्वका साथ भन्छु मेरो मातृभाषा नेवारी हो भनेर । त्यस्तै नेपाल भन्ने एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र छ; जसको राष्ट्र भाषा नेपाली हो । नेपाली हुनुमा जति गर्व छ, नेपाली भाषामाथि उति !
मन परे हरियो, नपरे रातो
0
0
oie kumar g, k bhaneko testo, khas bahasa khoje ho bhane khasa tira jau timi, yeha nepal ani nepali ko aastitwako kura chaldaina bujheu
मन परे हरियो, नपरे रातो
0
0
ढकाल जी नमस्कार.
तपाई को लेख पढने मौका पाए अत्यंत खुशी लाग्यो / नेपाली भाषा ले नेपाली लाइ एक सूत्रमा बाधेको छ भन्ने भावना पोख्नु भयो त्यों राम्रो कुरा हो / म एउटा भाषाको बिधार्थीको नाता ले पनि थाहा भयो दोश्रो भाषासिकाई प्रक्रिया अत्यंत कठिन प्रक्रिया हो/ म एउटा गुरुंग परिबेशम पनि हुर्केको हुनाले थाहा छ हामी लाइ यो अवस्था सम्म आउन कति गाह्रो भयो भलै हाम्रो समाज गुरुंग भाषा बाट हामी हुर्कंदा कम प्रभाव थियो /हाम्रो बाजे को पालामा त्यों अतिनै थियो/ नेपालमा कति पय समुदाय ले नेपाली भाषाको माध्यम बाट अभिब्यक्त नै गर्न सक्दैनन/ भने तपाइले पनि महसूस गरेको हुनु पर्छ ती समुदायका केटा केटी ले कसरी उच्च-शिक्षा हासिल गर्ने/ मलाई राम्रै याद छ बाहुन साथी हरुले हामी जस्ता मतवाली जात्तका साथिहरु ले बोल्दा जिस्कौथे/ कुकुर लाइ तपाई हजूर भन्छन जवाई लाइ त भन्छन भन्दथे/ उनी हरु के दोष छ जसले नेपाली भाषा लाइ कर्म भाषा बनाउन संघर्ष गरिरहेका छन/बाहुन क्षेत्री; गुरुंग गाउमा जादा चुपचाप लाटो झै बस्नु पर्दैन र?साथी हरु अहिले को स्थितीमा नेपाली भाषी समुदाय माथि चारै तर्फ बाट धक्काको महसूस भएको छ / डराउनु पर्ने कुरा कही छैन,पछाडी परेका बर्गलाइ सहयोग गर्ने ,अरुको भाषा ,धर्मं संस्कृति लाइ सम्मान गर्ने हो भने देश दिगो बिकाशको बाटो पनि अग्रसर हुन्छ र जातीय र धार्मिक सहिशुनता र सद्भाव पनि कायम रहिरहन्छ / साथ साथै राष्ट्रइयता पनि बालियों हुन्छ जस्तो लाग्छ/
मन परे हरियो, नपरे रातो
0
0
Pahile Rukh (Tree) ani po Hanga (Steams)tyastai, pahile Ghar (Home, not house) ani po Kotha (Rooms). Tyasaile, Pahile Nepali ani po aru Bhasha (Language). Mero matribhasha Maithalee ho. My mother tongue is my Pride TARA first MY NEPAL MY PRIDE. Tyasaile Mero Laagi Phile Nepali ani po Maithalee. Nepali ta maathi bhanya jastai Rukh ra Ghar ho.
Arun Kumar Jha, Lahan, Siraha, Nepal
मन परे हरियो, नपरे रातो
0
0
I have only heard that there are so many senseless people in this World, today I just found one of them.
मन परे हरियो, नपरे रातो
0
0
hello mr cumer !!!!!!!!! tapai jasto soch bhayeko byaktile garda aaja hamro desh nepal ma sankat aayeko cha!! che tapailai alikati pani laj lagdaina kasaile aafno matri bhasalai maya gareko dekhta ultai khilli udaune???? tapai jasto bujhera pani abujh hune harule garda aaja hamro janani janmabhumi ma tandab machiraheko cha.. saknu huncha bhane yesto ku b4 turunta tyag garera nepali bhasa lai maya garna siknus!!!!!!!! jai jai jai nepal!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Khas Bhasa ko birodh garnele kina khas bhasa mai comment gareko ta. Yo tarika milena hai chumarji.
मन परे हरियो, नपरे रातो
0
0
Cumar! Timi Haru jasto desko anikal harule garda aja desko yasto awastha ayako cha.
मन परे हरियो, नपरे रातो
0
0
yee kukur nepali bhasa ma kina lekhya ta teri gurung tamang magar bhasa ma leek na ta comment
मन परे हरियो, नपरे रातो
0
1
किन एउटा मधेसी बाहुनको स्वरमा म बढी नेपालीपन अनुभव गर्दछु त ? उत्तर एउटै छ-पवन कुमार चाम्लिङ,अम्बर गुरुङ, कुन्ती मोक्तान र नारायण गोपालले कहिल्यै आफूलाई राई, गुरुङ, तामाङ वा नेवार सोचेनन्,सोचे त केवल एउटै नेपाली भाषी,त्यही नेपाली भाषा जसले हामीलाई बाँधेको छ। हामीहरूबीच एकताको त्यो एकमात्र सूत्र टूट्यो भने हामीहरूबीचको नातानै के रह्यो र? यदि हामी सबैको मनमा नेपाली भाषाप्रतिको सदभाव नरहने हो भने न्यूयोर्कको म्यान्हाट्टनमा अर्को नेपालीलाई भेट्दा मैले किन खुसी मान्ने? म किन जाने शेर्पाले खोलेको रेस्टूरेण्टमा म:म खान? जातले हामी फरक छौ, धर्मले हामी फरक हौलाउँ,राजनीतिक विचारधारा फरक होला, ए बाबा केही त यस्तो चिज हामीबीच समान होस्- जसले हामीलाई नजिक ल्याओस्। त्यो चिज नेपाली भाषाबाहेक अरूमा सम्भव छैन।
सुजित जि
सलाम छ तपाईंका यि शब्दहरुलाई जस्ले नेपाली मनको भित्री गहिराइमा राष्ट्रियताको तरङ ल्याउछ/
नुरिङ्गमणी बिनोद
धरान
मन परे हरियो, नपरे रातो
0
0
विश्वाभर म नेपाली हुँ भन्दै हिड्छौ! संसारले नेपाली भनेर चिन्छन ! फेरी किन आफ्नो भाषाको लागि लडाईं लड्छौ? किन हामी स्विकार्दैनौ म नेपाली हुँ, मेरो भाषा नेपाली हो भनेर?
मन परे हरियो, नपरे रातो
0
0
@mahesh cumar:
Our country is in this state due to people like you. yestai khaalka “bhrasta sochai” harule aaza hamro desh lai bikhandan ko bato tira dhakeldai chha. Shame on you!
By the way, the सुजित’s article is very very good!
मन परे हरियो, नपरे रातो
0
0
uta ja cumar ho ki kumar ho mula talna betal ko raksi khayera pachauna aaye jasto panchayati gandha aauchha re afnai nak panchayati bhaye pachhi gandha ta aaunenai bhayo ni bhatuwa jasto parmananda jha ko languti ma jhundidai hidirahe jasto lagyo dhoti fuskiyo bhane banaidine bhanera. Jatiya bhasaharu afno thauma chha ra afno bhasalai jagerna garnu parni parchha.Jagerna garnu parchha bhandaima afno rastriya bhasalai nai nirmul parnetira lagnu ta bhayenani hami sabai nepaliko sajha bhasa bhaneko nepali ho.
मन परे हरियो, नपरे रातो
0
0
you cumar bahnne hero ko rahechha…..
yas lai bhete bhane pata kasera dada katauchu…. yestai asamajik tatwo haru le garda nepal ko bikash huna nasakeko ho…. anyways we are all nepalese and nepali is our language….no doubt in that…..
मन परे हरियो, नपरे रातो
0
0
dhoti chor,nepal chod.
मन परे हरियो, नपरे रातो
0
0
ta tapai kun bhasa ma lekha dai hunuhuncha cumhaar jee ahile? nepali bhasa bhaneko tapai jasta anpadh gawar lai thaha hudaina.madhesi bhai tapai le ke bojhanu bhako cha bhane jasle jaha je bolyo tapai ko chitta bujhyo tapai madhesi haru utai lagnu huncha,jasto ek jana madhesi bhai lai maile qatar ma gadi liyera jada bato ma bhete. ani maile soche nepali nai ho ki bhanera chadaye tespachi sodhe nepali ho /? hajur ma nepali ho hajur ok ani maile sampurna kura kani ko kram ma sodhe ahile nepal ma pradhan mantri ko cha hola malai ta thaha bhayena dherai bhayo samachaar here ko chaina bhanda usle bhanyo (uhi ho dai girija koirala) jaba prachanda pradhan mantri thyo nepal ma ho testo manche haru pani kasari tapai haru bibadha ma parnu huncha hajur bhai bhannus ta ?
मन परे हरियो, नपरे रातो
0
0
“Mr. Cumar” aafno parecaye samma pani khulauna laag lagcha kai tapailai. kina nahos tapai aafno rasta hoina just aafulai maya garnu huncha . aafno des kai hoina aafu matra sabthok ho. dhikkar cha yo sochai tpaiko.
Nepal ra nepali hami sab bhanda mathi cha. aajha rajnetiko dikkalagdo khelle garda hami mero vasa thulo ta tero sano bhane heddi chau yo kunni jatiye chuwachut bhanna kamti bhayavaha chaina. so chardou yo bhasako ladai sable bujhnu percha sab nepali ko aafni matri vasa cha sab barabar ho but sab ko sajha bhasa bhaneko Nepali nai ho. yo bhasa lai na ta sherpa le paraiko bhanna sakcha na ta yadav le na ta jha le nata newar le. Yes ma hamro aafnopan cha ra aafno lai maya garna siknus ani matra aafno parichaye dina dar maannu perdina ..
Rameshwor Shrestha
moncasm@hotmail.com
मन परे हरियो, नपरे रातो
0
0
||| आफ्नै लिपि भएका नेपालका पहाडमा बस्ने जनजातिहरूले नेपाली भाषालाई आफ्नो ठान्न सक्छन भने तराईबासीहरूले किन नठान्ने? कि मान्न नचाहेको? बोर्डर खुल्ला छ।अनि के गर्ने ? बिश्वको सामू नेपालीहरुको साझा पहिचान देखाउनु परेन त ।बाहिरी बिश्वले पहडिया मधेसीया भनी चिन्दैन,खाली नेपाली भनेर मात्रै चिन्छ। टोपी त्यसैको एउटा उदाहरण हो। नेपालको नागरिक भएर नेपाली टोपी लगाउदा तपाईलाई जबर्ज्स्त्ती गरेको लाग्छ भन्दैमा राष्ट्रपति रामबरण यादबलाई त्य्स्तो लाग्दैन क्यार? उनी सधै नेपाली टोपीमै सजिएका हुन्छ्न त? सबै पहाडियाको माया पनि पाएका छ्न क्यार ? मन सानो छ- त्यसैले दबिएको महसूस हुन्छ तपाईलाइ।नेपाली भाषाको ईज्ज्त गर्न सिक्नूस- तपाईहरू आफै माथि उठ्नुहुन्छ।बुझ्नुभयो?
मन परे हरियो, नपरे रातो
0
0
रमेशजी, “म गर्छु आग्राको कुरो तपाई गर्नुहुन्छ गाग्राको कुरा” भन्या जस्तो नगर्नुश न. कुरो कतातिर गैराखेको छ तपाई भने मधेस र मधेसीको कुरा, इन्द्रजात्रा र कुमारीजात्राको कुरा गरिराख्नु भा छ. अलि बिषय प्रशंग मिल्ने कुरा गर्नुस न.
मन परे हरियो, नपरे रातो
0
0
Khanal हो कि Kunaal हो तपाईं ?
मन परे हरियो, नपरे रातो
0
0
Nisulka paye je pani garne ho murkha ? afno matri bhasha, matri bhoomi, sanskriti, sanskar, Babu Aama ho ? nisulka payo bhandaima je swikarnu parchha bhanne chhaina. aafno bhaneko afnai hunchha
मन परे हरियो, नपरे रातो
0
0
Puspa Ji, Malai tapai ko kura Chtaa bujyo ma pani aauta newar ko chora hu tara malai pani newari bolna aaudaina ma pani garwa ka satha bhannu Nepali nai mero rasta bhasa ho bhanera.
मन परे हरियो, नपरे रातो
0
0
सुजित ढकालले नेपालीत्वबारे मिठो शैलिमा यसरी कुरा राखिसकेपछि महेश कुमार चाँही किन बटारिएको? ए बाबा! नेपाली भाषा शुरुमा छेत्री बाहुनको भाषा थियो होला, कालान्तरमा यो नेपालीहरुको संपर्क भाषा बन्यो त के भयो र ? पुर्व सोभियत संघका बासिन्दाहरु अहिले पनि रुसी भाषामै एकअर्कासंग संपर्क गर्छन्। मुलुक टुक्रेर १५ वटा देश भैसक्यो। उनिहरुलाई यो भाषाको समस्याले गाँजेको छैन त? हामीलाई चाँही के भा को ? कहीँ नपाएर कण्डोमा हात भनेको यही हो।
मन परे हरियो, नपरे रातो
0
0
एकताको कुरा गर्दा पंचायतको गन्ध आउछ भने यी चुमार (कुमार लेख्या भए मैले बुझीन ) जीको दिमागमा गोबर भरीएको छ भन्न मन लाग्छ ।
मन परे हरियो, नपरे रातो
0
0
सुजितजी,
हजूरको लेखको मूलभाव अनी तर्कहरु हृदयस्पर्षी लाग्यो तर शीर्षक भने चित्तबुझ्दो लागेन, कृपया नरिसाउनु होला ।
नेपालीभाषी सबैलाई माया अनी सम्मान गर्नु ठीक हो तर तिनिहरुको सल्लाहलाई ठुलो प्राथमिकता हैन कि आवश्यक महत्वमात्र दिनु पर्छ । बरु त्यो भन्दा बढी महत्व त हाम्रो देशमै वसोवास गर्ने गैर-नेपालीभाषी नेपालीको भावनालाई दिनु पर्छ ।
mahesh cumar जी,
गैर-नेपालीभाषीहरुले राष्ट्रिय-भाषा र राष्ट्र-भाषा विचको फरक बुझ्नु पर्ने ठुलो आवश्यकता छ । नेपालभित्रका हरेक जातीका नेपालीहरुको मातृभाषालाई राष्ट्र-भाषाको मान्यता त धेरै पहिले देखी नै दिइएकै छ तर सम्पूर्ण राष्ट्र-भाषाहरुलाई राष्ट्रिय-भाषाको स्थान दिन सम्भव नै छैन भन्ने बुझ्नु पर्यो । विशेष गरी “मित्र-राष्ट्र”को राष्ट्रिय-भाषालाई हाम्रो मातृभाषा हो भन्नेहरुले “मातृभाषा र संपर्क भाषा विचको फरक” बुझ्न सक्नु पर्यो ।
itsnabin@yahoo.com
तौलिहवा
मन परे हरियो, नपरे रातो
0
0
Bhutanese Government has impelled Gorkhali Lhotsampas to wear their Goh and Kira forcefully. They say it is their national identity. They also do not like any Gorkhali use their native language.
What do you think about this? Is it right?
मन परे हरियो, नपरे रातो
0
0
Guys you are just arguing ok! look at the statistics find the % of peoples speaking different languages. The language which is spoken by larger % is to be made national language.
This message is to those ethnic language speakers
If you want to save your language then use the medium of arts No Politics. Follow the majority.
If you go to Arab and give them option which language you want to learn Nepali Or English? Then you already know the answer you will get.It happens same in Nepal. Which Language do you want to use.
Manchhe chandra ma ma Pugi sakyo. Nepali haru Kina afnai bejat gareko yar.
मन परे हरियो, नपरे रातो
0
0
What a great reply Sagar jee and it is a fact. Applauds
मन परे हरियो, नपरे रातो
0
0
Sagarji-lai Mero Tarfabatapani: “Thumbs Up!”
We’ve to fight tooth and nail against the wanna-be South Asian Indian imperialist and its evil design.
मन परे हरियो, नपरे रातो
0
0
I really salute the thoughts of Mr. Arun Kumar Jha. Yadi sabai Nepali ko dharana jha ji ko jastai bhaidiyeko bhaye yasto paristhiti nai srijana hune thiyena.
- Sunil Pokharel
मन परे हरियो, नपरे रातो
0
0
Arun Kumar Jha jii! I really proud of you and your attachment toward Nepal and Nepalese make me emotional and I am sure that if we have the civilised citizens like you then no body can split up us in the name of Language and culture. I really appriciate you.
मन परे हरियो, नपरे रातो
0
0
कति राम्रो विचार अरुण जी येसो अरु लै पनि बुद्धि सापट दिनु पर्यो
मन परे हरियो, नपरे रातो
0
0
” यस्तरी माया लाग्छ आफ्नो भए पछी —-”
————————————————–
देश भात्किएर
घाऊ लाग्दा
तिम्लाई दुख्दै छ
मलाई पनि दुखेको छ
देख्दै छु हिजो आज
धेरैलाई चोट लाग्दै छ देश
हाम्रो मुटु मुटुमा —–
°
तिमी रुदै रुदै
देश सम्हाल्न खोजिरहेको देख्दा
म पनि रोइरहेकी छु
सुनिल – लोकेन्द्र सबै रुदै छ न्
देश भत्कदा
हो यसरी रुदै रुदै सम्हाल्नु पर्छ हामीले —-
यस्तरी माया लाग्छ आफ्नो भए पछी —-
यस्तरी माया लाग्छ आफ्नो सोचे पछी —-
°
भत्किन बेर लाग्दइन
तर
बनाउन बेर लाग्छ
भत्काउने यो रिहरसन मै
हामी सजग र सचेत भयौ भने
शूद ! ” हरु ! ” ले
परमानन्द उर्फ भरतानन्द ‘हरु ‘ लाई
परमाणु बनाउन पाउने छैनन —
सबैको मन अरुण को जस्ताइ दुख्नु पर्छ अब बेलाईमा —
मन परे हरियो, नपरे रातो
0
0
GALAT.
Pawan le aphno thauma aphno bhasha ko chhatima hat rakher okalat gareko chha.
K Upendra le tyeso gareko HO?
मन परे हरियो, नपरे रातो
0
0
नेपालको कुभलो सोच्ने केही राष्ट्रघाती तत्बले नेपाली नेपाली बिचमा फुट ल्याउन भाषा बिबाद मार्फत छेप्यास्त्र छेडिरहेको अवस्थामा घाइते भईरहेका नेपाल प्रेमी नेपालीहरुको हिर्दयमा मलम लगाएको छ सुजित ढकाल जि को यो गहन लेखले ।
धन्यवाद ज्बलन्त उदाहरण मार्फत हिर्दय छुने लेख लेख्नु भएकोमा ।
हामी लाई सार्बभौमसत्ता सम्पन्न राष्ट्रको नेपाली हुनुमा जती गर्ब छ , उती नै गर्ब सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाध्ने हाम्रो नेपाली राष्ट्र भाषा प्रती छ —-
मन परे हरियो, नपरे रातो
0
0
Luna jee,सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाध्ने हाम्रो नेपाल राष्ट्र भाषा Ho.United Nations ma kun भाषा ko lipee pesh Garechha,Thaha chha ? नेपाल भाषा(Newari भाषा )
newari le, Madhishe le,sherpa le,Bhote le नेपाली राष्ट्र भाषा bhanera kura garda Aafno भाषा ko TUNE Aaune bhayeko le Khilli Udaune Garchhan.Yehi ho sabbai bhanda Thulo samasya,Bhujnu bhayo?
नेपाली भाषा sajhaa भाषा Hoina samparka भाषा ho.CHANDRA SAMSER ko Pala ma नेपाल भाषा(NEWARI)lai Pachalan (sarkari kam ko lagi) lyaune Banda nagareko bhaye kun भाषा sajha भाषा Hunthiyo?
Ani Pushpa jee,
tapai bhannu Hunchha-”म नेवार हुँ,, बुझ्छुमात्र, तर म गर्वका साथ भन्छु मेरो मातृभाषा नेवारी हो भनेर”
Tapai Newar Sanga sangat nabhayeko le Bolna Na aayeko ho.Bideshi Haru Nepal ma Aayera नेपाल भाषा,Gurung Bhasa,Maithalee Bhasa, Sherpa Bhasa,etc. sikera janchhan,Kati ta Ph.D samet Gari sake. “म गर्वका साथ भन्छु, तर मलाई नेवारी भाषा बोल्न आउँदैन” Kati ko गर्व lageko ho Bhujna Sakina.
मन परे हरियो, नपरे रातो
0
0
Prakash Tuladhar ji,
well i m chhetri and my mother tounge is nepali, but i humble respect all other languages spoken in nepal. well prakash ji world ma tapailai newar bhanera kasaile chindaina, nepali bhannu bho bhanne sabai le chhinchha ki tapai nepal ko ho bhanera, sansar ma tapai ko astitwa newar bhara haina nepali bhara raheko chha. Tapai afno bhasako barema yesari kura gari rahanu bhachha ki tapaiko bachan ma pani tehi shanti bhadne gandha aayi rachha. Malai pushpa ji ko kura chita bujhyo, kehi kura ko proud feel garna lai tyo kura tapai ko najik hunu parchha bhanne chhaina. Tapai afulai newari aunchha bhanera garva garnu hunchha?? mero yesta kati chhetri sathi haru chhan ma bet lagara bhanchhu tapai bhanda fluently newari bolchhan ra bujhchhan. Pushpa ji lai newari aundaina tehi pani waha garwa garnu hunchha, yo farakilo maan bhako manchhe le garne kura ho jun tapai sanga chhaina. Ra maile wahako kura bujhi sake.
Aare tapai murkha haru pahila nepali hun bhanera garva garnus ani afu bahun, chhetri, newar, rai , gurung, etc ho bhanera sochnus. tapailai afu nepali bhako ma ta garva chhaina tara afu newar bhako ma garva garnu hunchha?….sabai nepali lai eutai sutra ma bandhne newar bhasa haina…nepali bhasa nai ho. Ra euta kura koi bideshi le nepali bhasa ma PH.d gareko matlab yo haina ki tyo hami nepali lai bhanda besi nepali aunchha. Teslai nepali language ko barema dherai tha hola tara, ph.d gardai ma nepali bhanda ramrari bujhne ra nepali bhanda fluently bolne chahi hudaina.
Sajha ko matlab ke?? sabai le use garne euta common kura haina? So nepali sabai ko sajha bhasa nai ho, newari newar bahek arule boldaina sathi.
tapai jasta manchhe haru le ke sikna jarrori chha bhane…pahila afu manchhe bhako ma garva garnus, tes pachhi nepali bhako ma garva garnus…ani aaru kura sochnus.
ma newar, ta chhetri, ma bahun ta limbu….bhanera jhagda failaune kaam nagarnus….tapai jasto manchhe le garda nepal ko yo gati bhako chha…tapai haru jasto le manchheharula afno desh ma ni birano banaidinchha…tapai harulai laaj lagnu parne ho.
ek patak tapaiharu birsinus newar, chhetri, bahun etc ho….bas sochnus tapai nepali matra ho……..kati sundar feeling hunchha ki hami eutai desh ko nagarik hau, hami ma eutai relation chha ki hami nepali ho.
मन परे हरियो, नपरे रातो
0
0
Sathiharoo Namaste,
yaha haroo ko lekh ani commentharoo paday khushi pani lagyo ani kehi chintit pani bhayay…malai lagcha hami jati jna yo site ma auchau sixit chau,yedi teso bhanay hami ma esto alag alag dharna cha bhanay…yahaa haroo sachnu hos hamro neta haroo afno rajnatik papad sakna ko lagi gau terai ma bhasnay hamro aama buba haroo sanga kasto garchan hola…pheri unihroo ko ta kamai tyo ho ni…..yo bisyobyapi yathartha ho ki hami sabai jana alag alag janmaiko manishharoo ko soch,adhikar(jasma bachnay ra bolnay adikar bishash)bhinna bhinnay huncha…tara jaha matrityo aucha tya yo sabai kura ko aartha rahanna…hami sayad bahira bashnay haroo afnoo Nepali bhasa bhanda uniharoo ko bhasa besi prayog garchau tara mero lagi Nepali bhasa matra hoina yo ta mero pahichan ho….sathiharoo afno bhannay afnu nai ho hai yslai jogaunu parcha…galat dristi haroo lai parajay gardai afno matt yehi ho ki bhasa ra jaat jaati ko rajnitik no hossss………mo bhanchu mo nepali hoo ani yesma malai ghamand cha…..
मन परे हरियो, नपरे रातो
0
0
Gharti chhetri ki Magar chhetri ki Khdka chhetri ki????????
Mero prashna ko Jawaf matra Dinush?
“United Nations ma kun भाषा ko lipee pesh Garechha,Thaha chha ? नेपाल भाषा(Newari भाषा )
newari le, Madhishe le,sherpa le,Bhote le नेपाली राष्ट्र भाषा bhanera kura garda Aafno भाषा ko TUNE Aaune bhayeko le Khilli Udaune Garchhan.Yehi ho sabbai bhanda Thulo samasya,Bhujnu bhayo?”
मन परे हरियो, नपरे रातो
0
0
Mo Khadka Chhetri hoo
मन परे हरियो, नपरे रातो
0
0
Pushpajee,
I am Khanal, not Kunaal.
Paradoxically, I am a Pahade Gorkhali Nepali with my native language Khas.
(It is not Nepali language, as it is commonly said, because there is no Nepali language in the world. Nepal is a name of a country having over 90 languages.)
I love my native language and at the same time I respect others’ native languages.
I support the struggle of Bhutanese Gorkhali (Lhotsampas) and Darjeelinge Gorkhalis for the existence and dignity of their (ours as well) native language in their countries.
I will fight all my life for the right of ones native language in the world.
Ramesh Khanal
Kathmandu
मन परे हरियो, नपरे रातो
0
0
Well said! Sarthak-Ji, your meaningful comment touched me deeply, I also share the same feelings as of you. And I believe it will touch hundreds of other mysanasr’s visitors.
Indeed, a harmonious society, social well-being and the national prosperity and strength at large that all solely lies in unity. Let’s stay “One and unified” for our own good.
Thank you
मन परे हरियो, नपरे रातो
0
0
खत्री जी अरु भाषा पनि हाम्रै भाषा हुन् तपाइको जस्तो विचार ले गर्दा कुरा बिग्रिन्छ .
मन परे हरियो, नपरे रातो
0
0
khatri ji,aile desh ko situation thik chaina,tesaile bichar purayera kunaipani comment garna hos karan aru basha hamrai kunai nepali ko basha ho,samman garau,hernos arun ji ko comment,i really salute you and hope every nepali should feel like that way so that we are proud to be nepali…………..
मन परे हरियो, नपरे रातो
0
0
आदरणिय मित्र सार्थक जी,
नमस्कार ! ! !
उच्च भाबना को प्रतिकृया का साथै माइ संसार मा सम्झिदिनु भयको मा धन्यवाद।
टुक्रा टुक्रा मा बिभाजित भारत लाई ब्रिटिश साम्राज्य ले एकिकरण गरेको इतिहांस त हामी सबै लाई थाहा नै छ त्यस्तै परमानन्द झा को हिन्दी मा शपथ ग्रहण र पारस को नक्कली नोट को धन्धा प्रकारण ले हामी नेपाली हरु लाई एक जुट हुन प्रोत्साहन गरेको बेला हामी एक हुन सकेनौ भने त्यस्तो मौका फेरी सजिलै नआउन सक्छ।
नेपाल मा प्रजातन्त्र बादी हरु लाई कमजोर बनाउन राजा महेन्द्र ले बामपन्थी हरु लाई प्रयोग गर्नु, प्रजातन्त्रबादी हरु र बामपन्थी हरु कहिल्यै मिल्न नसक्नु, गणतन्त्र को नारा दिने हरु संग पूर्व योजना नहुनु, राजनिती मा लाग्ने हरु एक अर्का मा हिलो छ्याप्ने प्रयास गर्नु, अनाबश्यक रुप मा जनजाती र संघियता को कुरा उठायर देश मा आन्दोलन चलाऊन प्रोत्साहित गर्नु, बन्दूक को भरमा शासन सत्ता हातमा लिन खोज्नु को दुश्परिणाम हुन यि सबै घटना हरु।
सन १९५० को असमान संधी ले नेपाल जती कमजोर भयो बामपन्थी हरुको गाली गलौज र गलत राजनीति ले देश कमजोर मात्रै होइन कहिल्यै बिकास हुन नसक्ने खाडल मा पनि जाकियो तर अहिले सम्म दोष या त नेपाली कांग्रेस लाई या भारत लाई दिंदै छन, अझै समय छ नेपाल लाई बिकास को पथ मा लाने हो भने।
मैले माइ संसार मा ”जय नेपाल ” लेख्दा आपत्ति जनाउने हरु लाई थाहा हुनु पर्ने हो त्यो शब्द को मुल्य मान्यता र अर्थ कती हुन्छ भन्ने कुरा। हिजो का दिन हरु मा ” जय नेपाल ” लेख्दा र बोल्दा भारतीय दलाल भन्ने हरु भोली का दिन मा ”मेरा भारत महान” या ” महान चाइना ” भन्ने होलान, होइन भने ”जय नेपाल” र ”जय नेपाली” बोल्दा लाज मान्नु पर्ने थियन।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
मलाई लाग्छ महेश cumar जस्तै मान्छे हून जसले नेपालीमाँ फूट ल्याउने ठुलो कोसिस गरिरहेका छन. यस्ता धूर्तहरु बाट देसलाइ बचाउनु जरुरत छ.
मन परे हरियो, नपरे रातो
0
0
९५% जनताले बुझ्ने भाषा राष्ट्र भाषा न भय कुन भाषा हुन्छ त ?? भारत र अमेरिकाले पैसा को खोलो बगाएर ९०% जनताले मन्ने धर्म (हिन्दू ) लाई हटाएर धर्म-निरपेक्ष बनाय नेताहरु आपसमा पैसा खाएर । जनतले चु गरेनन धर्मिक शाहीस्नुता बिग्रेला भनेर । अब फेरी तेस्ताइ हुँदै छ ९५% ले बुझ्ने भाषा हटाएर हिन्दी भाषा स्तापित गरिदै छ > साबधान !!!
मन परे हरियो, नपरे रातो
0
0
ठाकुरजी,
“जातले हामी फरक छौ, धर्मले हामी फरक हौलाउँ,राजनीतिक विचारधारा फरक होला, केही त यस्तो चिज हामीबीच समान होस्- जसले हामीलाई नजिक ल्याओस्।” त्यहा भाषा आउछ, त्यसैले नेपाली भाषा कुनै जाती बिशेष भाषा नभएर नेपालीको साझा भाषा भन्ने कुरा बुझ्नु पर्यो। यसले एउटा नेपालीलाई अर्को नेपालीसँग नजिक आउने अवसर दिन्छ।
कोही विदेशीले नेपाली भाषा बोल्ने/सिक्ने इछ्या देखाउछ भने त्यो मान्छेको उदेश्य नेपालीसँग नजिकिनु हो भन्ने त बुझिन्छ नि होइन त? त्यो कुरालाई त स्वागत नै गर्नु पर्यो नि।
उदित नारायणको कथा अर्कै छ, उनले एउटा अन्तर्वातामा आफु नेपाली नभएको कुरा भनेछन, तेसैले उनले त्यती respect पाउन सकेको छैनन।
ठाकुरजी, तपाईंले नेपाली नबुझ्ने हुनु भएको भए तपाईं यस ब्लगमा कमेन्ट लेख्नु हुने थिएन होला, अनी मलाई पनि यत्ती कमेन्ट लेख्ने समय हुँदैन थियो होला, ढकालजीको यो लेखबाट बुझ्नु पर्ने कुरा तेती हो जस्तो लाग्छ।
मन परे हरियो, नपरे रातो
0
0
Danyabad Sunil jee. Solidarity
Madhav Kumar Nepal le Nepal thar lekhe jhai India Bata Aayeko Mushlim Sasak Harule Aafno Bhasa lai Nepali Bhasa Banayeko Ho.
मन परे हरियो, नपरे रातो
0
0
पुअर नेपाली भन्दा तपाईलाई पनि त भनेको हाल नी बिनय जी
आकाश तिर फर्केर थुके पछि आफ्नै अनुहारमा थुक को छिटा पर्छ भनेर सम्झाई रहनु नपर्ला कि ????????????????
मै लाउ मै खाउ, म मात्र जान्ने किन हुन खोजेको होला यसरी ??????????
मन परे हरियो, नपरे रातो
0
0
Dear Mr Binay,
I urge you to think everyone visiting the site and making comments over here are not the ones with no job and stuffs like you think….what is important is we visit read and make our comments thats it however your so written view is a blame,who said we Nepali are poor,if asked to you can you justify…i look forward to hearing from u…
मन परे हरियो, नपरे रातो
0
0
कृष्णजी, नमस्कार ।
धेरै समयपछि आज तपाईंलाई पुन: पढ्न पाउँदा खुशी लागेको छ । हो, हामी नेपाली अब एक ढिक्का हुनैपर्ने बेला आएको छ । हुन त हाम्रो देशको जस्तो भाषिक, सांस्कृतिक, धार्मिक सहिष्णुता शायदै कतै पाइएला । तर केही देशी विदेशी शक्तिहरूले यो अटल सहिष्णुतामाथि प्रहार गर्ने कोशिस गरिरहेका छन् । हामी जनता नै हौं, यो सहिष्णुता खलबलिन नदिने ।
तर मलाई तपाईं वामशक्तिको बर्खिलाफ उत्रेको कुरा पटक्कै मन पर्दैन । व्यक्तिविशेषकै कारण एउटा राम्रो सिद्धान्तक विरुद्धमा विषवमन गर्नु कति उचित छ ? जय नेपाल भन्दैमा तपाईंलाई भारतीय दलाल भनेर कसैले भन्यो भनेर म पत्याउँदिन । किनकि यो त अति नै बेतुकको कुरा हो ।
तपाईंको असललेखनको निरन्तरताको कामना गर्दछु ।
मन परे हरियो, नपरे रातो
0
0
कृष्ण गोपालजी! माइ संसारमा छोटो मिठो लेख्दै गर्नुहोला। तपाईंहरुको प्रिय शब्द “जय नेपाल” लाई कस्ले बिरोध गरेको छ र? त्यो तपाईंको भ्रम हो। सुत्दा, उठ्दा, बस्दा, हिँडदा र हग्दा समेत एकोहोरो “जय नेपाल” जपेर वाक्क दिक्क तुल्याउने एउटा नेपाली जमातको चाँही बिरोध भएको होला। नत्रभने नेपालको जय होस् भन्ने कुरामा कुन नेपालीले बिरोध गर्ला र? यो गीत त्यसै बनेको छैन: “जय नेपालको नाराले,देश डुबायो कांग्रेसले ,,,,,,,
मन परे हरियो, नपरे रातो
0
0
कृष्ण गोपाल जी,
तपाईको लेखाइमा निकै पुर्बाग्रह देखें मैले| इतिहासको सहि बिबेचन गर्न सिक्नु भयो भने कांग्रेस र कम्युनिस्टलाई मिल्न नदिएको केहि नेताहरुको व्यक्तिगत अहंले थियो| साथीहरुलाई चित्त नपर्ला, बी.पी. को मानसिकताले निकै काम गरेको थियो त्यसमा, महेन्द्र वा बीरेन्द्र कसैको चाहना भन्दा ज्यादा| बी.पी.को उचाईको नेता कम्युनिस्ट खेमामा पुष्पलाल मात्रै थिए, जो सधै पंचायतको बिरोधमा कांग्रेस-कम्युनिस्ट मिल्नु पर्ने कुरा उठाउथे| बी.पी. को बिरासत गिरिजामा सरेको तपाईंले देखेको हुनुपर्छ|
दोस्रो कुरा, तपाईले प्रयोग गरेका “प्रजातन्त्रबादी” र “बामपन्थी” शब्दांकन निकै भ्रमपूर्ण छन्| बामपन्थीलाई प्रजातन्त्रबादी भन्न अझै पनि गाह्रो भएको हो तपाईंलाई? नेपालमा बामपन्थीहरु ब्यबहारमा कांग्रेसहरु भन्दा कम प्रजातान्त्रिक छैनन्| अनि अझै पनि “बिरालो बाध्ने” सुर मै हुनुहुन्छ भने के को एकताको कुरा गर्नु हुन्छ?
अरु पनि केहि सच्याउनु जरुरि छ| गणतन्त्रबादीसंग योजना नभएको देख्नु हुन्छ, संघियता र भाषिकताका बिषयलाई उछालेको देख्नुहुन्छ भने तपाईंलाई दया बाहेक केहि गर्न सकिदैन| योजना नभएको हैन, स्वार्थले योजना कार्वान्यन गर्ने बाटोमा भाँजो हालेको हो| संघियतालाई आजिवन संघियताका बिरोधिहरुले गलत अर्थ वा अनर्थ लगाएर विकृत गराएका हुन्| देशको दुर्गति हुनुमा १९५० को सन्धि र गालिगलौजको त्यत्रो हात देख्ने तपाईंले २०५०/२०५१ साल ताकाका चरम अस्थिरता निम्त्याउने घटनाक्रमहरु, भ्रष्टताहरु, र त्यस पछि आज सम्म पनि आफूलाई बाहेक कसैलाई सत्तामा भएको देख्नै नसक्ने मानसिकताको बारेमा के भन्नु हुन्छ नि? संबिधानसभाको चुनाब पछि सरकार बनाउनु पूर्व संबिधान संसोधन गरेको बिर्सिनु भयो? के का लागि गरिएको थियो भन्ने लाग्छ तपाईंलाई त्यो? रास्ट्रपतिको अधिकारको बिषयमा भएका बहसहरु सम्झिनु भएको छ? माओबादीहरु त शक्ति सम्पन्न रास्ट्रपति नै चाहन्थे! त्यतिबेला वेस्टमिनिस्टर प्रणाली भनेको कसले हो? वेस्टमिनिस्टरको जनक बेलायतमा रानीबाट प्रधानमन्त्रीको कुनै प्रस्ताब बदर हुन्छ होला? सोचाइको दायरा अलिक फराकिलो बनाऊँ मित्र| समस्या योजना वा ज्ञान नहुनुको हैन, भएको ज्ञानलाई कुत्सित स्वार्थको बादल ले छोप्नु हो|
मन परे हरियो, नपरे रातो
0
0
कृष्ण गोपाल जी,
नमस्ते अनी जय नेपाल !
यती मिठो अनी गौरवमयी शब्द “जय नेपाल” प्रयोग गर्दा प्रतिकृया जनाउने साथीहरुलाई खै के भन्ने? तर एक दिन त कसो उहाँहरुको बुद्धीको भाडोको बिर्को नउघ्रेला अनी गर्वका साथ “जय नेपाल” भन्न थाल्नु हुनेछ । मलाई विश्वास छ त्यो दिन अबश्य आउने छ । खासमा यो “जय नेपाल भन्ने शब्दलाई काँग्रेसका मित्रहरुले र पुलिसले मात्र प्रायोग गर्ने शब्दको रूपमा लिन्थे बिशेष गरी पंचायती शासन कालमा । तर यती व्यापक र उच्च अर्थ बोकेको यो शब्दलाई यसरी लीइनु हुँदैनथ्यो ।
पहिले पहिले यहाँ दोहामा हाम्रो नेपाली Circle बीच नमस्ते भन्दा पनि बदी जय नेपाल शब्दको प्रयोग गर्थ्यौ, भनौ न एक किसिमले जय नेपाल भन्ने अभियान नै चलाएका थियौ । यो त काँग्रेसले प्रयोग गर्ने अभिबादनसूचक शब्द हो भन्ने साथीहरुलाई यसको व्यापक अर्थको बारेमा बिनम्रतापुर्वक बुझाउने गर्थौ । तर त्यो बेलाका अभियानकर्ता साथीहरु समीर राइ अष्ट्रेलिया, बिनय श्रेष्ठ यू के र कती साथीहरु नेपाल पुगी सके र त्यो अभियानले निरन्तरता पाउन सकेन, यद्धपी बाँकी साथीहरु बीच कम्तिमा अभिबादन गर्दा जय नेपाल भन्ने क्रमको निरन्तरता भने कयमै छ ।
कृष्ण गोपाल जी, हामीले यो अभियान चलाउदा यो देखवटि र राष्ट्रप्रेम देखाउने ढोङ मात्रा हो भन्ने आरोप नसहेको हैन तर हाम्रो समूहको एउटै मान्यता थियो कि “मन, वचन र कर्म तिनै कुरामा राष्ट्रप्रेम हुनु पर्छ ।” त्यस अनुसार नेपालको कुनै पनि कुनाको नेपालीलाई यहाँ कतारमा सारो गाह्रो पर्दा तन, मन र धन जे ले हुन्छ साथ सहयोग गर्ने क्रमलाई अझै छोडेको छैनौ र कहिल्यै छोड्ने पनि छैनौ । हाम्रो त्यो समुहको कुनै पनि औपचारिक संघ/संगठन पनि थिएन ।
यो अभियान सँग सँगै हामीले नेपाली भाषामा प्रयोग हुने खास गरी हिन्दी शब्दलाई बिस्थापित गर्ने अभियान पनि चलाएका थियौ । नेपाली भाषामा प्रायोग हुने हिन्दी शब्दको सट्टामा सुद्ध नेपाली शब्द खोजेर प्रयोग गर्ने नेपाली शब्द नभेटिए हाम्रो नेपालका बिभिन्न जाती जनजाती (नेवार, गुरुङ, मगर, राइ, लिम्बु आदी)ले बोल्ने भाषाको शब्दहरु प्रयोग गर्ने । बिभिन्न करणहरुले गर्दा यो अभियानलाई पनि निरन्तरता दिन सकिएन ।
भारतले हर तरहले नेपाललाई कमजोर बनाएर सिक्किम झै गाझ्ने दाउ हेरी रहेको यो अवस्थामा हामीले भाषा, संस्क्रिती, जात, धर्मको बारेमा अनावश्यक विवाद उठाएर त्यै भारत नामको अतिक्रमणबादी राक्षसलाई सहयोग पुग्छ भन्ने कुरा नभूलौ । अनी एक नेपालिले अर्को नेपालीको भाषा, धर्म र संस्क्रितीलाई आफ्नै ठानी माया, ममता गरौं, त्यसको संरक्षण र बिकास गर्न सहयोग गरौं, किन कि ति सबै हाम्रा आफ्नै सम्पती हुन ।
“बिबिधताले भरिएको एउटा सिङ्गो नेपाल नै हामी संसार भरिका नेपालीको गौरव हो ।”
मन परे हरियो, नपरे रातो
0
0
आदरणिय मित्र हरु,
नमस्कार ! ! !
सारपूर्ण प्रतिकृयाहरुका लागि धन्यवाद।
समय परिस्थिती अनुसार तथा युद्द पछी देशको भौगोलिक सीमाना फेरिन सक्छ भने चलन चल्ती को भाषा र भेष परिवर्तन हुनु र गर्नु मा खासै ठुलो कुरा नहोला तर पनि उक्त कार्यको प्रसंग र नियत के हो प्रस्ट हुनु जरुरी छ। यसै क्रममा करीब ९० बर्ष अगाडि ”नेपाल भाषा” को सट्टा ”खस्” भाषालाई नेपालमा चलन चल्तीको भाषा बनाइयो। संयुक्त राष्ट्र संघमा ”रंजना” लिपी नै यथावत छ नेपालको सदस्यताका लागि एद्देपी राजा महेन्द्र ले २०२२ तिर रेडियो नेपाल बाट नेवारी भाषा मा प्रसारण भयी रहेको समाचार मा प्रतिबन्ध लगायी नेपाली र अंग्रेजी मा मात्र समाचार बाचन गराय। हाल नेपालमा नेपाली भाषा नै बढी चलन चल्तीका रुपमा प्रतिस्ठापित भयी सकेकोले बढी बिबाद गरी रहनु पर्ने देखिंदैन, हुन त काठमाडौं, पाटन र भक्तपुरका सात गाउंका ५०% बासिन्दाहरु पनि नेपाली भाषा बुझ्दैनन। हाल उप-रास्ट्रपती परमानन्द झा ले जे जत्ती गरे त्यो बहु भाषिक आन्दोलन का लागि हो भने उक्त भाबना लोकतन्त्र र गणतन्त्र मा अटाउन सक्छ कि सक्दैन सोच्नु पर्ने बेला आयको छ।
यस्तो बेलामा हामी कसैले पनि एक अर्का मा गाली गलौज को भाषा वोकल्नु भनेको आँफै लाई थुक्नु बराबर हो। हुन त मलाई लागेको कुरा लेख्दा शायद एक पछीय जस्तो देखिन्छ होला तर पनि नेपाल का जनता हरु रैति बाट सर्बोच्च नागरिक भयी सकेको खण्डमा पनि बामपन्थी साथी हरु बाट आन्दोलन र क्रान्ति बांकी नै छ भनेर सधैं नेपाली जनता लाई अनाबश्यक बाद बिबाद मा तानी रहनु र देश लाई अधोगती मा पुर्याउनु मा बामपन्थी हरुको मात्रै दोष हो भन्दा अत्युक्ती नहोला।
अर्को कुरा,अन्यथा नलिनु होला, नेपाली कांग्रेस संग सरकार मा बसेर देश हांक्ने योजना छ भने बामपन्थी हरु कहिल्यै सरकार मा पुग्न सकिन्छ भन्ने सोचाइ नै राख्दैनन त्यसैले पनि बामपन्थी हरु सरकार चलाऊन समर्थ देखिंदैनन साथै आफु बिपक्ष मा बसेर जुन जुन आन्दोलन गराय त्यही आन्दोलन आफ्नै लागि घांडो भयको पनि बिर्सिनु हुन्न। गणतन्त्र ल्याउने कुरा मा नेपाली कांग्रेस अन्तिम घडी मा मात्र समर्थक भयो भने माओवादी ले आफ्नो बहुमत आय सरकार चलाऊन आबश्यक ग्रिह्कार्य गर्न सकेको थियन र अपर्झट सरकार चलाऊन गाहारो परेको बेला बेला मा उनिहरु आँफै ले स्विकारेको तथ्य हो।
अन्त मा, कसै लाई गाली नगरि देश बिकास को बाटो मा अग्रसर हुन सबै नेपाली हरु लाई अनुरोध छ।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
कृष्ण गोपालजी,
देश बिकाश भनेको कुनै यस्तो कुरा हैन कि सरकार र मानसिकताका सबै खाले अन्योलहरुलाई यथावत राखेर छुट्टै गर्न सकियोस| कांग्रेसको दृष्टिकोण भएको जति सुकै जिरह गरे पनि कांग्रेसको साशनबाट अनभिज्ञ छैनन् नेपाली जनता| कांग्रेसले “हाक्दा” कहाँ पुगेको छ देश त्यो तपाईंलाई त उस्तो ख्याल नहोला, हामीलाई चाहिं छ| अनि एमाले र माओबादीका नेतृत्वका सरकारहरु कांग्रेस सरकार भन्दा कुन हिसाबमा असफल ठान्नु हुन्छ? एउटा कुरा याद राख्नुस, यति सारो पुर्बग्रह राखेर न त एकता नै सम्भव छ न त देश विकास नै| ज्यादा पुर्बग्रहले अन्धता निम्त्याउछ|
परमानन्दले गरेको कार्यले कुनै पनि भाषिक, जातीय, वा क्षेत्रीय आन्दोलनलाई सहयोग पुर्याउछ भन्ने मेरो मतलब हैन| वास्तविकतामा त यसले हानी नै पुर्याउने छ| हो, मैथिली वा अवधिमा सपथ लिएको वा अडान देखाएको भए कुरा नितान्त अलग देखिने थियो|
रैतीबाट जनता हुने भनेको सम्पूर्ण रूपमा अधिकार प्रयोग गर्ने वा गर्न सक्ने दिन आए पछि मात्रै हो| कानूनी रूपमा मात्र अधिकार पाएर पुग्दैन| त्यसको लागि कानूनी स्वतन्त्रताको साथ साथै बैचारिक रूपमा आफ्नो अधिकार बुझ्ने अवस्था र आर्थिक रूपमा सक्षम हुनुपर्ने हुन्छ| यी तिनै कुराहरु एकआपसमा जोडिएका छन्: राजनीतिक रूपमा स्वतन्त्र हुनु, अनि बैचारिक र आर्थिक रूपमा सबल हुनु| अन्यथा एउटाले मात्रै रैतीलाई जनता बनाउन सक्दैन| मतलब, बैचारिक रूपमा असक्त भए कसले उपयोग गर्न सक्छ राजनीतिक अधिकार? त्यसैगरी यो आर्थिक पाटोमा पनि लागु हुन्छ| बामपन्थीले भन्ने गरेको आन्दोलन र क्रान्तिको निरन्तरताको अर्थ त्यो हो| स्वतन्त्र भएर बुझ्न खोज्ने हो भने निकै सरल छ, पूर्वाग्रहको दोषी चश्माले हेर्दा तपाईंको चश्माको रंग अनुसारको देखिनेछ|
अन्त्यमा, सार्थक जी, भन्नु पर्दा दुख लाग्छ, कृष्ण गोपालको अघिल्लो कमेन्ट माथि कमेन्ट गर्ने मित्रहरुको आसय तपाईंले बुझ्दै बुझ्नु भएन| पुष्पजी, सशांकजी वा म कोहि पनि जय नेपालको नारा संग असहमत भएको हैन| कमेन्ट गर्ने कुरा अरु नै थिए, सायद तपाईं देख्न सक्नु|
मन परे हरियो, नपरे रातो
0
0
आदरणिय मित्र प्रांजल जी,
नमस्कार ! ! !
प्रतिकृया का लागि धन्यवाद।
हुन त हामी यहाँ सबै नेपाली हरु लाई एक हुन आग्रह गर्न लेख्दै छौं तर यदा कदा देश बिकास को कुरा गर्दा र स्वोतन्त्रता, प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्र अनी नागरिक सर्बोच्चता को कुरा निकाल्दा असान्दर्भिक भय पनि लेख्नै पर्ने हुन्छ। यहाँ लेख्दा शायद अन्य मित्र हरु लाई अप्ठेरो लाग्ला तर पनि क्षमा याचना गर्दै केही लेख्ने प्रयत्न गर्छु।
सर्बप्रथमत: नेपाली जनता लाई मात्र होइन संसार का कुनै पनि जनता लाई बिकास को अन्तिम रुप थाहा छैन र त्यो शब्द नै आँफैमा अपूर्ण छ तथापी नेपाली जनता ले देश बिकास भयन भन्नु ठुलो कुरो होइन। हजूर कै भाषा मा भने हो भने पनि ”देश बिकाश भनेको कुनै यस्तो कुरा हैन कि सरकार र मानसिकताका सबै खाले अन्योलहरुलाई यथावत राखेर छुट्टै गर्न सकियोस|” त्यसो भन्ने हो भने देश बिकास को रुप के र कस्तो हो?
नेपाल को सन्दर्भ मा हेर्ने हो भने २०१६ साल मा त्रिभुबन बिश्वो बिद्यालय स्थापना भयको हो, त्यो समय भन्दा अगाडि शिक्षित ब्यक्ती हरु औंला मा गन्न सम्म पुग्ने थियन। तै अहिले ५० बर्ष पुरा भयो नेपाल मा नै उच्च शिक्षा हासिल गर्न पाउने सुबिधा, अब हामी कुन हिसाब ले भनौं कि देश बिकास भयन भनेर?
कांग्रेस को पाला मा देश कुन धरातल मा पुगेको थियो हजूर हरु लाई थाहा छ त भन्नु भयो तर कुनै तथ्यांक त पेश गर्नु भयन नि किन? हजूर लाई थाहा नै होला कांग्रेस को सिद्दान्त भनेको उत्पादन मुलक र रोजगार मुलक हो के त्यो सिद्दान्त ले देश डुबाउने नै हो त?
२०४७ साल पछी बनेको सरकार हरु ले के गर्यो र गरेन भन्ने हो भने २० बर्ष को अबधी मा नेपाल जती बिकास भयो त्यती नै अमेरिका र बेलायत पनि शायदै बिकास भयको होला हुन सक्छ नैतीक रुप मा नेपाली हरु पछाडि परे र अनुशासनहीन भय तर शिक्षा, संचार, यातायात, रोजगारी र बौदिक बिकास के नेपाल को भौगोलिक हिसाब मा कम हो? हिजो का दिन हरु मा देश मा टेलिविजन नहुंदा संसार को हाल के छ थाहा नपायका जनता हरु ले अहिले एक्कै चोटि अमेरिका र बेलायत को हाराहारी मा देश लाई देख्ने सपना खोज्नु के नेपाली हरु को म्रिगत्रिष्णा होइन? अमेरिका जस्तो संसार कै बिकसित देश मा हाल सम्म मोबाईल फोन को सुबिधा नेपाल को भन्दा कम भन्दा नेपाली हरु आस्चर्य मान्लान के त्यो सत्य होइन?
” रैतीबाट जनता हुने भनेको सम्पूर्ण रूपमा अधिकार प्रयोग गर्ने वा गर्न सक्ने दिन आए पछि मात्रै हो| कानूनी रूपमा मात्र अधिकार पाएर पुग्दैन| त्यसको लागि कानूनी स्वतन्त्रताको साथ साथै बैचारिक रूपमा आफ्नो अधिकार बुझ्ने अवस्था र आर्थिक रूपमा सक्षम हुनुपर्ने हुन्छ| यी तिनै कुराहरु एकआपसमा जोडिएका छन्: राजनीतिक रूपमा स्वतन्त्र हुनु, अनि बैचारिक र आर्थिक रूपमा सबल हुनु| अन्यथा एउटाले मात्रै रैतीलाई जनता बनाउन सक्दैन| मतलब, बैचारिक रूपमा असक्त भए कसले उपयोग गर्न सक्छ राजनीतिक अधिकार? त्यसैगरी यो आर्थिक पाटोमा पनि लागु हुन्छ| बामपन्थीले भन्ने गरेको आन्दोलन र क्रान्तिको निरन्तरताको अर्थ त्यो हो” यो सर्बमान्य सिद्दान्त हो तर आज सम्म संसार को कुन देश छ जहाँ बामपन्थी हरु ले त्यो सुबिधा जनता लाई दियका छन? के अब का दिन हरु मा दिउंसै जस्को शिरच्छेदन गर्ने अधिकार जनता लाई दिय मात्र पूर्ण प्रजातन्त्र भन्ने ? कि कुनै महिला लाई निर्बस्त्र पारेर नगर परीक्रमा गर्न पाउने अधिकार लाई भन्ने ?
आर्थिक रुप मा सबल गर्ने जुन कुरा हजूर ले राख्नु भयो के चाइना मा माओ जिउंदै भय आजको जस्तो हुन्थ्यो चिनिया अर्थतन्त्र? देश का सबै जनता लाई भेंडा बाख्रा सरह खाना दिंदै मा आर्थिक बिकास भन्नु हुन्छ भने मेरो भन्नु केही छैन होइन भने कुन देश छ त्यस्तो जहाँ बाम सरकार भयको मा आर्थिक रुप मा सक्षम भएको?
कम्तिमा कांग्रेस को सरकार भयको बेला मा काम गरेर खाने एउटा पुर्बाधार तय्यार भयको थियो र लुकिराखेको धन सम्पत्ती नेपाल मा नै लगानी भयको थियो के त्यस कार्य ले पनि देश डुबाउने नै थियो?
कांग्रेस को तुलना मा बाम हरु को सरकार कुन हिसाब मा सफल ठान्नु भयो हजूर ले? के सरकारी ढुकुटी रित्त्याउदै मा देश सफल हुन्छ? के औध्योगिक क्षत्र हरु बन्द गरेर देश बिकास हुन्छ? कम्ती मा पनि केही द्विरास्त्रिय उध्योग हरु नेपाल मा आउन लागेका थिय के तिनी हरु फर्काउंदै मा देश स्वाबलम्बी हुन्छ?
अन्त मा हामी कसै लाई कसै को प्रती पूर्बाग्रह राख्नु छैन तर पनि सत्य लाई सत्य नदेख्नु नै नेपाली जनता हरु को महां भूल हो, होइन भने हामी अद्रिश्य रुप मा कुनै न कुनै पार्टी का दास बन्दै छौं त्यसै कारण सबैले देश बिकास संबन्धी Micro Study गर्नु पर्यो अरु को कुरा काटेर हिंड्नु भन्दा।
अर्को कुरा राजनीतिक पार्टी हरु को एकता असंभब होइन एकदम संभब छ तर बामपन्थी हरु ले आफ्नो अन्तिम गन्तब्य कहाँ हो भन्न् सक्नु पर्यो होइन भने ”मेनन्” वा ”सुद्” ले सहयोग गरे राम्रो नत्र ”बिदेशी प्रभु” देख्ने हरु संग कसरी हुन्छ एकता?
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा जति पनि विकासहरु भएका छन्, ती राजा, कांग्रेस, एमाले आदिको जोडबलले भएका होइनन्। त्यो त समयको माग, नेपालीको जनताको चाहना र स्वत: स्फुर्तरुपमा भएका हुन्। जनताको दैनिक जीवनसंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, खानेपानी,बाटोघाटो,सञ्चार आदिको बिकास गर्न तात्कालीन सरकारहरु वाध्य थिए। सरकारै नभए पनि प्राइभेट कम्पनिहरुले बनाउँथे र बिकास गर्थे। नेपालका कुनैपनि मुलङ्खरे पार्टीले देश बिकास गरें भनेर फुइँ नलाए हुन्छ। नेताहरु चाँही पैदलबाट पजेरोमा बिकास भएका छन्, यसमा दुईमत छैन। अनि कृष्ण गोपालजी! बत्तिसै लक्षणले युक्त,चेतनशिल र आदर्शवादी समाज संसारमा कहीँ देख्नु भएको छ? त्यसको प्राप्तिको लागि भर्मग्दुर प्रयास गर्नुपर्छ। आधाउधि प्राप्ती भएपनि उपलब्धी नै मान्नु पर्छ। आखिर कांग्रेस र बामपन्थीको पुग्ने ठाउँ एउटै हो -त्यो हो : साम्यवाद। साम्यवाद शब्दसंग नतर्सिनुहोला। यो भनेको नै सबैजना समान हुने “वाद” हो। अर्को शब्दमा communism अर्थात commune भनेको समुदाय र ism भनेको वाद हो। जवाफ छोटकरीमा पाउँ है।
मन परे हरियो, नपरे रातो
0
0
कृष्ण गोपाल जी,
कमेन्टको लागि धन्यबाद| तपाईं संग सहमतिको कुनै बिन्दुमा पुग्न सकिने आशा त लागेन तर तपाईका केहि प्रस्नको उत्तर दिने वा प्रतिप्रस्न गर्ने प्रयास चाहिं पक्कै पनि गर्छु|
पहिलो कुरा त बिकाशको न्युनतम परिभाषा भनेको हामीले बच्चैमा पढ्ने गरेको “गास, बास र कपास” जस्ता आधारभूत समस्याहरु समाधान भएको समाज, अनि त्यस माथि “शिक्षा, स्वास्थ्य र रोजगारी” जस्ता कुराको प्रत्याभूति भएको समाज भन्ने मेरो बुझाई छ (माफ गर्नु होला सशांकजी, मैले तपाईंले लेखिसक्नु भएको कुरा दोहोर्याए)| त्यसमा अरु कुराहरु थप्दै जान सकिन्छ| मानविय आवस्यकताहरु र भौतिक पुर्बधार पुरा भैसकेको अवस्थामा मानव जीवनको मूल्य र मान्यताको रक्षा भए नभएको नाप्ने सुचाकंकाहरुको समेत बिकाश भएको छ| अब यसबाट तपाईंले हामी बिकाशको कुन चरणमा छौ भन्ने निर्क्यौल गर्नु होला|
त्रिभुवन बिश्वबिध्यालयको उदाहरण भनेको निकै आलोकाचो केटौले उदाहरण हो| त्यति बिकाशले तपाईंलाई मनग्ये पुगेको छ भने बधाई छ, अरुलाई चाहिं पुगेको छैन| आफ्नो दृष्टिलाई अलिक फराकिलो क्षितीज दिनु भयो भने देख्नु हुन्थ्यो, त्यहि समयमा (१६ साल पछिको ५० बर्षमा) नै हो मलेशियाको प्रगति भएको, दक्षिण कोरियाको बिकाश भएको| ७० को दशक सम्म युद्धको भुमरीमा फसाइएको भियतनामको प्रगति पनि देख्नु भएको होला| अनि नेपालको प्रगति कहाँ पुग्यो, मित्र?
नेपाली कांग्रेसले “हाकेको” समयमा भएको प्रगतिको विश्लेषण गरौँ| तपाईंलाई कुन आंकडा चाहिएको हो मलाई थाहा भएन| ४६ पछिको समयलाई मात्रै हेर्नुस, यहि समयमा तियानमेन चोकबाट वेस्टर्न मुलुकबाट अलग्याईएको चीन अहिले विश्वको प्रमुख अर्थतन्त्र भएको छ, बाबरी मस्जीदमा अल्झिएको अहिले भारत कहाँ पुग्यो, अरु प्रबिधि र सुक्ष्म कुराहरुको चर्चै नगरौं| अनि तपाईं चाहिं मोबाइल गन्दै हुनुहुन्छ र ४६ पछिको समयमा नेपालमा अलौकिक बिकाश भएको देख्नुहुन्छ| अस्ति भर्खरै झाडा पखालाले ३०० जना नेपालीको ज्यान गएको बिर्सिनु भयो? संसारका अरु कुन कुन देशमा झाडा पखाला ले मान्छे मर्छन याद गर्नु भएको छ? अरुले फड्को मारेको यहि समयमा भएका उद्योग बेच्ने बाहेक कुनै नीति-नियम, मानव बिकाश, राष्ट्रिय अर्थतन्त्र, र राष्ट्रिय स्वार्थको निर्माण वा बिकाशमा के गरेको देख्नु हुन्छ कांग्रेसको नेतृत्वका सरकारहरुले? बजेट बाडेर नै भए पनि एमालेले गाउँ गाउँमा बाटो बनाउने बाटो त खोले| अनि अर्को पक्ष, स्वतन्त्र रूपमा काम गर्न र केहि गरेर देखाउन न त ५१ सालमा एमालेलाई दिइयो न त अहिले प्रचण्डलाई नै| जसले मौका नै पाएनन उनीहरुलाई के दोष दिनुहुन्छ? मौका त थियो कांग्रेसलाई तर उसले त्यो मौकाको उपयोग नेताको आर्थिक छलांगमा बाहेक प्रयोग गरेन जसले प्रतक्ष्य -अप्रतक्ष्य रूपमा चरम अस्थिरताको सिर्जनामा भूमिका खेल्यो|
माओ जीवित भएका भए चीनले के गर्थ्यो भन्ने एउटा चरम बेतुकको टाउको दुखाइ हो भन्ने लाग्छ मलाई| माओले के गरे भन्ने मुल्यांकनको बिषय हो, अहिलेकाले के गर्दैछन भन्ने अर्को कुरा हो, तर माओ अहिले जीवित भएका भए के गर्थे भन्ने चाहिं वाहियात| तपाईंलाई जानकारी गराऊ, मैले नेपालका बामपन्थी को कुरा गरेको हु| नेपालका बामपन्थीले पनि स्टालिन कै बाटो समाउनु पर्छ भन्नु हुन्छ भने केहि भन्नु छैन, तर याद गर्नुस नेपालमा ६० प्रतिशत भन्दा बढी मान्छेले बामपन्थीलाई भोट दिन्छन| ती सबैलाई अप्रजातान्त्रिक भन्नु हुन्छ भने तपाईंको दृष्टिदोषमा मलाई केहि भन्नु छैन| तर ती साच्चै अप्रजातान्त्रिक भए भने तपाईं के गर्नु हुन्छ कृष्ण गोपाल जी?
अन्त्यमा, पार्टीको दास हुने प्रक्रियाबाट म मुक्त भएको छु| बामपन्थी भएकोमा गर्व गर्छु, तर्क र तथ्यको युद्ध स्वीकार गर्दछु, मौका मिल्यो भने नरहरी जस्ता कांग्रेसलाई बिना हिच्किचाहट भोट पनि दिन्छु| तपाईंको कुरा काटेर बस्ने कुनै रहर पनि छैन, तर आफूले सकेसम्म भ्रमको निवारण गर्नु पनि कर्तव्य भित्रै पर्छ भन्ने सम्झिन्छु|
मन परे हरियो, नपरे रातो
0
0
आदरणिय शशांक जी,
नमस्कार ! ! !
प्रतिकृया का लागि धन्यवाद !!!
हजूर अमेरिका मा बस्नु हुन्छ र साम्यबाद को कुरा उठाउनु हुन्छ, अमेरिका मा कुन ब्यबस्था छ प्रस्ट पारी दिनु हुन्थ्यो कि? साम्यवाद नारा ले आउने होइन न त कुनै बन्द हड्ताल ले, उत्पादन्शिल आर्थिक ब्यबस्था र रोजगारी को श्रीजना तथा काम गरेर खानु पर्ने अनिबार्यता ले आउने हो। के नेपाल का साम्यवादी हरु भनाउंदा हरु संग यो सोचाइ बिकसित भयको छ? नेपाल का कम्युनिष्ट हरु राष्ट्र को संपत्ती बितरण गर्नु मा समानता भन्दछन, के उनी हरु ले जन्मंदा लियर आउने दिमाग को पनि समान बितरण र परिचालन् गर्न सक्छन? होइन भने आज सम्म कुन देश छ कम्युनिष्ट हरु ले शासन गरेर समानता गरी देखायको? ढिलो चांडो मात्र हो चाइना ले जस्तो आर्थिक निती परिवर्तन गर्नै पर्दछ। आफ्नो माउ देश हरु ले नै साम्यवाद को जरा उखेली सके पछी अब हांगो उफ्रिने कत्ती दिन? ताप्के तात्नु पर्यो शशांक जी बिंड होइन।
अर्को कुरा, नेपाल बिकास गरें भनेर फुंयी लाउन सक्ने एउटै पार्टी हो कांग्रेस, अरु कसैको तागत छैन। चाहे २०१६ साल को सरकार लाई हेर्नुस् चाहे २०४८ को। के कम्युनिष्ट हरु को शासन भयको भय आज नेपाल को बिकास को गती यही हुन्थ्यो? आफु ले आफ्नो पाला मा एउटा उध्योग त खोल्न सकेनन सकेनन अरु ले खोलेका उध्योग हरु लाई बन्द गरायर के फुइं लगाउछन कम्युनिष्ट हरु? त्यसै बांदर भनेको होइन कम्युनिष्ट हरु लाई।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
मित्र प्रांजल जी,
नमस्कार ! ! !
प्रतिकृया का लागि धन्यवाद।
टिप्न नसकेको अंगुर लाई हेरेर अमिलो छ भनेर चित्त बुझायको स्याल को कुरा र कम्युनिष्ट हरु लाई काम गर्न दियियन भन्नु एउटै कुरा हो मित्र।
”गांस, बास र कपास” अनी ” शिक्षा, श्वासथ , संचार र यातायात ” नेपाली कांग्रेस को पहिलो प्राथमिकता हो भन्ने कुरा त हजूर लाई भनी रहनु पर्दैन होला तर पनि यदी अन्धो हुन छोड्नु हुन्छ भने २०१६ साल को सरकार को पहिलो निती र २०४८ साल को सरकार को निती पढेर हेर्नु होला। साथै रक्षा र सुरक्षा को कुरा गर्ने हो भने २०४८ साल पछी काठमाडौं उपत्यका मा ६ मिनेट भित्र नेपाल प्रहरी ले चक्र पथ घेरा हाल्न सक्ने संजाल तय्यार भयको थियो। तर दिन भरी नेपाली जनता र रात भरी माओवादी हुने हरु लाई कुन रक्षा कवच ले सुरक्षा गर्नु पर्ने हो बताइदिनु हुन्छ कि?
त्रिभुबन बिश्वो बिद्यालय को उदाहरण यो माने मा दिन उपयुक्त ठानेको थिय कि ५० बर्ष को अबधी मा ३० बर्ष पंचायत् थियो भने बांकी २० बर्ष मा कम्युनिष्ट हरु ले कत्ती दिन संचालन गर्न दिय शिक्षण संस्था? र कती पुस्ता शिक्षित ब्यक्ती तय्यार भय? कत्ती जना ले देश सेवा गर्न पाय? के त्यसै देश बिकास संभब छ? कुन देश कुन युग मा बिकास भयो भनेर प्रश्न गर्नु भन्दा नेपाल मा कम्युनिष्ट हरु ले कत्ती दिन सरकार लाई काम गर्न दिय सोध्नुस् आँफै जवाब पाउनु हुनेछ।
चाइना र भारत को कुरा गर्नु हुन्छ भने ब्रिटिश साम्राज्य का बेला राजधानी सहित सबै सुबिधा भयको कलकत्ता आज मरुभूमी भयको छ कम्युनिष्ट हरु को २५ बर्से शासन ले, देङ शियओ पिङ को आर्थिक निती ले आज चाइना को त्यो बिकास भयको छ भने के त्यो नेपाल का कम्युनिष्ट हरु ले गर्न सक्छन भन्नु हुन्छ?
पोहर साल मात्र अमेरिका मा Caterina ले एउटा राज्य नै ध्वोस्त पारेको बिर्सिनु भयो? त्यो स्थान मा सहयोग र सुबिधा पुर्याउन अमेरिका लाई पनि बर्षउं लाग्यो, Swine Flu र Bird Flu ले संसार भरी मान्छे मरे, के तिनी हरु संग उपचार् नभयर हो? नेपाल जस्तो पहाडै पहाड भयको देश मा घरै पिछे हेलिकोप्टर लगेर उपचार् गर्नु बाहेक अरु उपाय थियन र त्यो गर्न नसकेको सरकार को कमजोरी अबश्यै हो तर अन्य देश मा त घर घर मा Ambulence र चिकित्सक पुग्न सक्थे नि, कसरी मरे तिनी हरु? बिरोध का लागि बिरोध नै मात्र गर्ने हो भने जे कुरा मा पनि बिरोध गरे हुन्छ तर बिरोध गरे जस्तो कम्युनिष्ट हरु ले कुन चै काम राम्रो गरेर देखाउन सके? भन्नु होला काम गर्न दियन , यदी त्यसो हो भने गिरिजा प्रधान मन्त्री भयको २८ सौं दिन देखी लाल्टिन र बाल्टिन को जुलुस ल्यायको कम्युनिष्ट हरु ले बिर्सिनु भयो? सब भन्दा ठुलो कुरो जिम्मेवारी हो आज सम्म कम्युनिष्ट हरु ले कुन कुरा को जिम्मा लियका छन नेपाल मा? २०१७ साल को राष्ट्र घाती कदम को समर्थन गरेर दीपावली मनाउने र २०३६ साल को जनमत संग्रह लाई बहिस्कार गर्ने कम्युनिष्ट हरु लाई कुन राष्ट्रबादी को हैशियत ले हेर्नु हुन्छ?
नेपाल का ६२% जनता ले बामपन्थी हरु लाई भोट् हालेको पक्कै हो, के २०१६ साल मा १०९ सिट मा कांग्रेस ले ७४ सित जितेको बिर्सिनु भयो? ३० बर्ष को पंचायति काल मा पंच बाहेक अरु कोही थियनन भन्दा पनि हुन्थ्यो के उनी हरु सधैं टिके?
तर्क र तथ्य का आधार मा आफु लाई दास हुन बाट बचाउनु भयो बधाई छ तर चाइना मा ३ बर्ष लगातार बिश्वो सुन्दरी प्रतियोगिता गरेको त देख्नु भयको होला नि? अनी नेपाल का भुरे टाकुरे कम्युनिष्ट हरु का छाउरा हरु ले सुन्दरी प्रतियोगिता मा रोक लगायर हिंडेको पनि देख्नु भयो होला नि , के भन्नु हुन्छ तिनी हरु लाई? माओ र लेनिन को फोटो मा तर्पण नगरि कम्युनिष्ट हरुको पूजा चल्दैन के गर्नु हुन्छ त्यो बेला? नेपाली कांग्रेस का कार्यकर्ता र नेपाल प्रहरी ले ” जय नेपाल ” भने भनेर कम्युनिष्ट हरु ले हिन्दी भाषा मा ” लाल सलाम” गर्दा के आफ्नो मुख लुकाउनु हुन्छ? आफ्ना उपल्लो स्तर का कार्यकर्ता हरु लाई बिदेशी भाषा मा ”politbeuro” सदस्य भन्छन कम्युनिष्ट हरु के नेपाली मा त्यस्को शब्द छ?
आफ्नो पार्टी को नाम को पछाडि सधैं माओ र लेनिन को नाम को पुच्छर झुन्ड्याउनु पर्छ कम्युनिष्ट हरु लाई के यिनी हरु को न्वारण गर्न पनि बिदेशी बाबु चाहिने? कम्युनिष्ट पार्टी को बिधान नै हिन्दी मा तय्यार गरी पार्टी दर्ता भयको थियो के यिनी हरु भारत का दलाल हैनन? १९५० को असमान संधी ले नेपाल डुबेको थाहा हुंदा हुंदै १२ बूंदे संझौता गर्न यिनी हरु दिल्ली गय अब भन्नुस को हुन यिनी हरु?
कस्को बिरोध कुन हिसाब मा गर्ने बिद्द्वान मित्र? बिरोध, बन्द, हड्ताल, अनुशासनहिनता, अराजकता र तोड फोड कम्युनिष्ट हरु को संस्कार हो त्यसैले यिनी हरु लाई बांदर भनिन्छ, साथै म त भन्छु नेपाल का कम्युनिष्ट हरु मानब जाती कै लागि कलंक हुन। र म यो पनि भन्दछु कि कम्युनिष्ट हरु ” कांग्रेस चोर् देश छोड् ”भन्छन तर म त भन्छु ” फटाहा कम्युनिष्ट हरु संसारै छोड्”
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
( कसै लाई ब्यक्तिगत रुप मा हानी नोक्सानी वा अपहेलना गर्न का लागि लेखियको प्रतिकृया नभयता पनि कही कतै अन्यथा हुन गयमा क्षमा प्रार्थी छु।)
kishan_shrestha@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
श्रेष्ठ जी,
तपाई यति घटिया मानसिकता लिएर हुर्किनु भएको रहेछ कि तपाई संग बहस गर्नु बेकार छ| राम्रो संग हेर्नु भयो भने तपाईले लेखेका कुराहरु भित्र नै निकै अन्तरविरोधहरु छन् जसले एकले अर्कोको खण्डन गर्छन| त्यसै घनचक्कर भित्र तपाईंको आदर्श पार्टी कांग्रेस पनि रुमल्लिएको छ, तपाईं कम्युनिष्टलाई मात्रै देख्नुहुन्छ| गास बास कपासको कुरा थाहा छ भन्नु हुन्छ, तर हाम्रो प्रगति कहाँ छ सोच्नुहुन्न| हो, कम्युनिष्ट प्रतिको फोबियामा भने निकै नै स्पस्ट हुनुहुदोरहेछ| तपाईं आफ्नो कुनै पनि दृष्टिकोण बनाउन स्वतन्त्र हुनुहुन्छ| मात्र एउटा कुरा, कम्युनिष्टको आचरण प्रति जब त्यति स्पस्ट हुनुहुन्छ भने के को एकता को कुरा गर्नु हुन्छ? छाडे भैहाल्यो नि ६२% लाई| “देश छोड” नै भन्नु भो, ६२% जनतालाई देश निकाला गर्ने सोच (चाहना) बनाउने “नया हिटलर”लाई जनताले कहाँ राख्लान ख्याल गर्नु भएको छ?
मन परे हरियो, नपरे रातो
0
0
मित्र प्रांजल जी,
नमस्कार ! ! !
प्रतिकृया का लागि धन्यवाद।
सर्बप्रथमत: कांग्रेस पार्टी लाई मेरो आदर्श बनाइ दिनु भयो धन्यवाद नदियी रहन सक्दिन एद्देपी म आफु लाई पहिले एक नेपाली नागरिक भन्न मन पराउंछु।
राजनीति मा अन्तर्बिरोध कहाँ र के मा छैन देखाइदिन सक्न हुन्छ? के १५,००० नेपाली हरु को टाउको काटेर नागरिक सर्बोच्चता को दियिने नारा मा अन्तर्बिरोध छैन? दाल भात तरकारी अरु सबै सरकारी वा काम माम गांस बास भनेर ल्याइने साम्यवाद मा के अन्तर्बिरोध छैन? एका तिर काम भन्ने अर्को तिर सबै उध्योग बन्द गर्ने के त्यो समान सिद्दान्त हुन?
मलाई कम्युनिष्ट को फोबिया मा स्पस्ट भयको देखाउन सक्ने ले मेरो कुन कुरा गलत थियो प्रमाणित गर्न सक्न हुन्छ?
एकता को कुरा राजनीति का लागि भन्दा पनि देश बिकास र देश को सार्बभौम सुरक्षा का लागि हो न कि निर्वाचन लड्न, के बामपन्थी हरु त्यस्मा सहमत हुन सक्छन? एक ले अर्का लाई गद्दार बाहेक केही नदेख्ने कम्युनिष्ट हरु कहिले सभ्य हुने? कुनै तर्क छ हजूर संग?
कांग्रेसी हरु लाई ”देशै छोड्” र ”यस् पालिको हैजा गिरिजा लाई लैजा ” भन्ने नारा कम्युनिष्ट हरु को हो तर मेरो मात्र नारा हो ” फटाहा कम्युनिष्ट हरु संसारै छोड् ” भन्ने । हुन पनि कती मात्र फट्ट्याइं गर्न सकेका कम्युनिष्ट हरु ले बा बा माइ संसार ब्लग नै आफ्नो भन्ने भयी सके।
घटिया को हो अब आँफै सोच्नुस्।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
झिङ्गाको सरापले डिङ्गा मर्दैन क्या! कृष्ण गोपालजी। नेपाली कंग्रेसबारे अनेकौँ मिथ्याँक प्रस्तुत गरेर माइसंसारका पाठकहरुको दिमाग भुटनु खोज्नु ब्यर्थ छ। कंग्रेस पार्टी नभएर एउटा भीड हो, गिरिजा कोइरालाको खटन पटनमा चल्ने खेतालाहरुको जमात हो र यसले कुनै पनि “वाद” अंगीकार गरेको छ भन्नु हास्यस्पद छ। अर्को शब्दमा भन्ने हो भने कंग्रेस कोइराला परिवारको विर्त्ता हो। नपत्याए रामचन्द्र र शेर बहादुरहरु सभा समारोहतिर कांग्रेसी धारणा बोली टोपल्छन्, त्यसको लगतै “रामचन्द्रे र शेरेले भनेर हुन्छ, मैले केही भनेकै छैन” भनेर गिरिजाको हुंकार सुनेपछि उनिहरु लुत्रुक्क पर्छन्। एउटा पारिवारीक पार्टीको अमेरिकी पुँजिवादसंग तुलना गरेर जग नहसाऔँ है। जसरी “जय नेपाल” शब्दलाई कांग्रेसले आफ्नो पेवा बनाए, त्यसरी नै “पुंजिवाद” लाई पनि एकलौटी बनाउन खोजेको कि कसो हो? समाज बिकासको क्रमलाई कार्ल मार्क्सले वर्गिकरण गरेर एउटा चरणलाई चाँही “पुँजिवाद” नाम दिएका हुन्। कम्युनिष्ठहरु पनि पुंजिवादकै बाटो भएर साम्यवाद पुग्ने हो। कार्ल मार्क्सको बिश्लेषण ठीक रहेछ भन्ने कुरा त म आँफै देख्दैछु। पुँजिवादको चरम बिकास भएको अमेरिका समाजवादतिर आफसेआफ ढल्किन्दैछ। हामी नदेखौँला, तर भावी पिढिले साम्यवाद देख्न सक्छ।
शशांक लामा
न्युयोर्क
मन परे हरियो, नपरे रातो
0
0
मित्र शशांक जी,
नमस्कार ! ! !
प्रतिकृया का लागि धन्यवाद।
जसरी झिंगा को सराप ले डिंगा मर्दैन भन्नु भयो त्यसै गरी कुक्कुर भुक्दै गर्छ हाती लम्कंदै गर्छ भन्ने उखान पनि नबिर्सनु होला। माइ संसार मा प्रस्तुत गरियका सत्य तथ्य तथ्यांक नेपाल को ईतिहास को एक अध्याए हो जस्लाई मान्नु नमान्नु आफ्नो इच्छा हो र यो पनि नबिर्सनु होला हत्केलाले सुर्य छोपेर आफ्नो आंखा मात्र बन्द हुन्छ सुर्य को प्रकाश सबै तिर नै हुन्छ। हो, नेपाली कांग्रेस कोइराला परिवार हरु को बिर्ता ठाने होलान कसैले तर प्रचन्ड जी पनि १८ बर्ष देखी लगातार बिना अधिबेशन अध्यक्ष छन भने माओ बादी पार्टी चैं कस्को दाईजो हो नि?
कार्ल मार्क्स को कुरा त राम्रै बुझ्नु भयको रहेछ त , अनी कसरी गलत भयो नेपाल मा कांग्रेस? जस्ले चरम पुंजिबाद मा देश लाई पुर्याउन भय भर का संस्थान हरु निजी क्षेत्र लाई बिक्री गरे? अंमेरिका र बेलायत जस्ता देश हरु पुरै साम्यबादी अर्थ ब्यबस्था मा पुगी सकेको यथार्थ किन हजूर जस्तो बिद्द्वान मित्र ले नेपाल का कम्युनिष्ट हरु लाई जाहेर गर्नु हुन्न? कांग्रेस को पाइला ठीक हो भन्न् नसक्नु मा हजूर को केही गलती नहोला तर कम्युनिष्ट हरु लाई सही बाटो मा दोर्याउन नसक्नु कतै हजूर हरु को दोष त हुन्न?
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
श्रेष्ठ जी,
मलाई पूर्ण विश्वास छ तपाई ले मैले लेखेका हरेक कुराको गलत नै अर्थ लगाउनु हुने छ|
माओबादीले मान्छे मारेको संग मैले लेखेको कुराको के ताल्लुक छ? “यसपाली को हैजा ..” भन्ने नारा मैले लगाएको छैन भने यहाँ किन उल्लेख गर्नु हुन्छ? आधा भन्दा ज्यादा नेपाली “संसारै छोड” भन्नेलाई घटिया नभनेर के भन्ने? फोबिया को थप प्रमाण के चाहिन्छ? याद गर्नु होला, तपाईंले लेखे जस्तै नारा र उग्र शब्द मैले पनि पढेको छु, म पनि प्रयोग गर्न सक्छु|
तपाईंको तर्कमा संगति नाभेएको एक दुइ वटा उदाहरण: १६ पछि नेपालमा बिकाश भयो या भएन? या हुनुपर्ने जति भएन? पहिले भयो भन्नु हुन्छ, अनि दोस्रो पटक पंचायतले गर्दा भएन भन्नु हुन्छ| कल्लाई थाहा छैन पंचायत थियो भन्ने? बहुदलकालको २० बर्षमा नेपालले युरोप र अमेरिकालाई उछिन्यो भन्नु हुन्छ, अनि तुरुन्तै कम्युनिस्टले बन्द गरेर बिकाश भएन भन्नुहुन्छ| बन्दको कथा थाहा छ मलाई| तर अमेरिकालाई नै उछिनेको भए त पुगीगो नि| कांग्रेसले विकास गरे पनि मलाई खुशी नै लाग्छ, ज्ञानेन्द्रले गरेको भए पनि म हर्षले पुलकित नै हुने थिएँ, तर दुर्भाग्य भैदियेन|
बी.पी.को “एउटा घर, एउटा गाइ….” भन्ने नारा मलाई थाहा छ, र त्यो अवस्थाको म निकै हार्दिकताका साथ स्वागत गर्छु| कांग्रेसले हरेकलाई त्यो उपलब्ध गराएको भए वा गराउने बाटोमा मात्रै भैदिएको भए म हर्ष बिभोर हुने थिए|
अर्को कुरा(अर्को असंगति), तपाईंको जानकारीको लागि: देंग सियाओ पिंग पनि कम्युनिस्ट नै थिए! अहिलेका हु पनि कम्युनिस्ट नै हुन्| अनि, बाबुरामको पुंजीको बिकाश गर्नु पर्ने तर्क देंग को कार्य संग मिल्दो जुल्दो छैन?
अन्त्यमा तपाईंले भन्न खोजेको कुरा के हो स्पस्ट भएर लेख्नुस| तर्कको बितर्क र बितर्कबाट कुतर्क गर्ने बानि त्याग्नुस| अनि एउटा प्रसङ्ग संग निकै नै असम्बन्धित कुराहरु जोलटेर खिचडी पकाउने काम नगर्नुस| “लाल सलाम” या “पोलिटब्युरो” भन्ने शब्दको उत्पत्ति कुन देशमा भयो भन्ने प्रस्नमा टाउको दुखाउने पक्षमा छैन म, जहाँ भए पनि हुन्छ| कहीं नभएको भए पनि केहि घाटा पर्ने वाला थिएन| टाउको दुखाइ नेपाली जनताले भरपेट खान नपाएकोमा हो, जाबो झाडामा ज्यान गुमाउनु पर्ने अवस्थामा हो| कट्रिनाको कुरामा पनि टाउको नदुखाउनुहोला, म कट्रिना घटेको देशमै छु, तपाईंले भन्दा नजिकबाट हेरेको छु, कट्रिना, पूंजिबाद, खुल्ला अर्थतन्त्र आदि इत्यादीलाई| त्यो अलिक फरक प्रसङ्ग हो|
मन परे हरियो, नपरे रातो
0
0
मित्र प्रांजल जी,
नमस्कार ! ! !
प्रतिकृया का लागि धन्यवाद ।
हजूर कै वाक्यांश बाट शुरु गर्दैछु, ”अन्त्यमा तपाईंले भन्न खोजेको कुरा के हो स्पस्ट भएर लेख्नुस| तर्कको बितर्क र बितर्कबाट कुतर्क गर्ने बानि त्याग्नुस| अनि एउटा प्रसङ्ग संग निकै नै असम्बन्धित कुराहरु जोलटेर खिचडी पकाउने काम नगर्नुस”। कसरी कुरा गरौं यदी उदाहरण र तर्क हरु पेश नगर्ने हो भने ?
कुन उदाहरण यो प्रतिकृया का लागि सुहायन हजूर? के बामपन्थी हरु लाई अप्ठेरो पर्ने भयर हो कि कांग्रेस को राम्रो कुरा हरु निस्केर हो? जान्न पाउंछु होला?
सर्बप्रथमत: हजूर अमेरिका मा हुनु हुंदो रहेछ खुशी लाग्यो, आशा छ नेपाल को बिकास अभियान मा केही सहयोग अबश्यै पुग्ने छ किन भने बिदेश बसेर नेपाल प्रती यत्तिको मांया देखाउनु साधारण कुरा होइन तर यदा कदा अनाबश्यक रुप मा खोक्ने र भुक्ने हरु धेरै नभयका होइनन। र अमेरिका मा भयका राम्रा राम्रा कुरा हरु सिकेर नेपाल सम्म पुर्याउनु हुने नै छ। जस बाट सरकारी रुपमा वा निजी प्रयास मा केही गर्न सकियोस। हुन त मैले धेरै पटक लेखेको थिय कि अमेरिका को Land fill site को योजना एकदम राम्रो छ यदी कोही नेपाली मित्र हरु को फुर्सद भय वा नयाँ शिक्षा योजना अन्तर्गत पर्छ भने सिकेर आउने कोशीस गर्नु होला भनेर तर अन्य कुरा मा खोक्ने हरु ले ध्यान दियको जस्तो लाग्दैन। आशा छ हजूर बाट यो काम संभब हुनेछ।
अर्को कुरा, म नेपाल को एक बिकट गाउं मा हुर्केको हुँ त्यसैले नेपाल को गाउं को बिकास नै देश को बिकास मान्दछु। तर हजूर को अमेरिका बसाइ ले हुन सक्छ नेपाल को बिकास नदेख्नु भयको, के अमेरिका को दांजो मा हामी पुग्न सक्छौं? त्यसैले म भन्छु उच्च शिक्षा प्राप्त गरेका एउटा पुस्ता ले काम गरेको छैन नेपाल मा, कसरी हुन्छ त्यस्तो बिकास?
दोस्रो कुरा, नेपाली जनता लाई बिक्रिती र बिसंगती को पाठ धेरै घोकाइदिय बामपन्थी हरु ले कि चप्पल लगाउने हरु ले पजेरो चढे, महल मा बसे भनेर। के तिनी हरु लाई देश को निती निर्माता को रुप मा लिन सकिन्नथ्यो? हिजै मात्र लेखेको प्रतिकृया मा घर घर मा हेलिकोप्टर नपुगेर मान्छे मरेको भनेको थिय के निती निर्माता हरु लाई गाडी को सुबिधा चाहिंदैन? प्रचन्ड ले डेढ लाख को पलङ किने भने के देश को प्रधान मन्त्री सुत्ने भन्न सकिन्न?
२०५१ सल्ल मा मन मोहन अधिकारी प्रधान मन्त्री हुंदा रु १२,३५,०००। ०० नगद बैंक ब्यालेन्स देखाउनु भयको थियो, के भन्न सक्नु हुन्छ त्यो पैसा कसरी आयो एक सर्बहारा नेता संग? तर याद गर्नुस् जुन सुकै कुरा को पनि दुई पाटो हुन्छ। त्यो समय मा एक जना सांसद को वार्षिक तलब भत्ता करीब रु ४ लाख हुन्थ्यो भने के सांसद ले पजेरो चढ्न सक्दैन?
हुन त सन १९४२ तिर देखी नै भारत मा महात्मा गान्धी लाई ब्रिटिश हरु को दलाल भनी गाली गर्ने कम्युनिष्ट हरु नेपाली कम्युनिष्ट हरु का गुरु भय पछी राम्रो कुरा के नै सिक्न सिकाउन सक्थे र। तै पनि गाली गलौज र अनुशासन हिनता को जुन पाठ नेपाली जनता लाई सिकाइयो त्यस कार्य बाट नेपाली जनता ले सकारात्मक कुरा त जिन्दगी मा सिक्नै नसक्ने भयका छन। यही माइ संसार का लेख र प्रतिकृया हरु उदाहरण का रुप मा छन नि।
धन्यवाद
जय नेपाल
कृष्ण गोपेल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
श्रेष्ठजी,
धन्यबाद !
पहिलो कुरा प्रस्ट पारौ, म अध्ययन गर्न आएको हु अमेरिकामा| “विदेश बसेर नेपालको माया देखाएको” हैन, नेपाल मेरो देश हो र मेरो देशलाई माया गर्ने अधिकार छ मलाई| अध्ययन सकिए पछि फर्किने उद्धेश्य हो, र फर्किन्छु पनि| त्यस पछि मेरो फिल्ड अनुसारको काम गर्ने त छदैछ|
म पनि गाउँ कै हो|
मनमोहनले १२ लाख प्रधानमन्त्रि बन्नु अगाडि कहाँबाट जम्मा गरे भन्ने निकै निच प्रस्न हो| प्रधानमन्त्री र संसद बन्नु अगाडि मनमोहनले कतै सार्बजनीक पद धारण गरेको मलाई थाहा छैन, प्रधानमन्त्रि हुदा रकम बढाएको पनि आज सम्म कसैले लेखेको छैन| यो प्रसङ्गमा मनमोहनको प्रसङ्ग निकै नै तल्लो दर्जा को लाग्छ| कृपया यसलाई फेरी उल्लेख नगर्नु होला| (अन्य एमाले नेता को बिषय मा लागु हुदैन यो कुरा)|
अनि, जुन मान्छेले ६२% जनता मरून भन्ने कामना गर्छ अनुशाशनहिनता र निचताको त्यो भन्दा विकृत रुप के हुन सक्छ? तपाईंले सिमा नाघ्नु भएको छ, मित्र!
बुंदागत रुपमा सुरु गरौँ न त| म मात्रै ४८ देखि ५५ सम्ममा केन्द्रित रहेको छु| बाचा गर्नुस बिषय भन्दा बाहिर निस्कनु हुने छैन|
१. बहुदल आउन साथ यो पंचको पनि जीत हो भन्दै परशुनारायण चौधरीलाई भित्र्याएको प्रति के धारणा छ यहाँको? आजको दिन आउनुमा त्यस प्रसंगको केहि भूमिका छ?
२. बी.पी. का “एउटा घर, एउटा गाइ … ” भन्ने नारा सार्थक गर्न कांग्रेसले के गर्यो ४६ पछि वा अगाडि? हाम्रो बिकाश संग त्यसले केहि साइनो राख्छ?
३. भूमिसुधारको प्रसङ्ग आउन साथ जगन्नाथ आचार्यलाई मन्त्रिबाट हटाएको काण्ड प्रति यहाको दृष्टिकोण के छ? भूमिसुधार, गरिबी,र बिद्रोहको कहिँ कतै संगति छ?
४. टनकपुर प्रसङ्गको पृष्ठभूमिको बारेमा के राय छ यहाँको?
५. भृकुटीकागज, बाँसबारीछालाजुत्ता, लुम्बिनी चिनीमिल, हरिसिद्धि टायल बेच्नु कुन चाहिं समाजबादी कार्यक्रम थियो? तर पनि कांग्रेसले प्रजातान्त्रिक समाजबादको पुच्छर त्यागेको थिएन र छैन, हैन?
६. ११४ जना संसद सहितको सरकार भत्काएर चुनाब जानु आजको अवस्थाको सिर्जनामा प्रमुख कदम भन्ने लाग्छ कि लाग्दैन?
७. शेरबहादुरको पालामा भएका सांसद भत्ताका प्रसङ्ग र पजेरो काण्डको बारेमा के राय छ यहाँको? (पजेरो प्रसंगको बारेमा भ्रम रहे जस्तो लाग्यो| पजेरोको प्रसङ्ग संसदले चढे भनेर रिसाएको हैन, पैसा हुनेले हेलीकप्टर पनि चढ्न पाउँछ, आपत्ति भन्सार फ्रीमा पजेरो ल्याएर ब्यापारीलाई बेचे भन्ने हो)| त्यस्तै, त्यति धेरै मन्त्रि बनाउनु को राजनीतिक बाहेक अन्य कुनै प्रयोजन थियो? थियो भने त्यो प्रयोजन कत्तिको सार्थक भयो? कर्मचारीतन्त्र र मन्त्रीमंडलको अतिरिक्त संसदको भ्रस्टीकरणमा देउवाको केहि देन देख्नु हुन्छ?
८. माओबादी किन बढे जस्तो लाग्छ तपाईंलाई? माओ प्रतिको प्रेमले? या नेपाल भित्रकै असमानता, अन्याय, र बेथितिको कारणले? या चरम दमनको कारणले?
९. मनमोहनको १२ लाखको हिसाब राख्ने तपाईंले कांग्रेसका नेताको सम्पत्तिको पनि हिसाब किताब राख्नु भएको होला| केहि परिवर्तन आएको छ कतै?
१०. लाउडा, धमिजा, आदि इत्यादीको बारेमा सुन्नु भएको छ? नयापत्रिकामा अस्ति भर्खरै बद्रिनरसिंह केसीले अहिले भर्खरैको पुलिस प्रसङ्गको बारेमा पनि लेख्नु भएको थियो, पढ्नु भयो?
कृपया अहिलेलाई यत्तिको जवाफ दिनु होला|
(माफ गर्नु होला उमेश जी, हामी तपाईंको ब्लगको निकै space लिदैछौ|)
मन परे हरियो, नपरे रातो
0
0
मित्र प्रांजल जी,
नमस्कार ! ! !
प्रतिकृया तथा जिज्ञासा का लागि धन्यवाद।
पहिलो कुरो त हामी यहाँ आफु लाई लागेको समसामयिक कुरा हरु राख्न आयका हौं त्यसैले बादबिबाद लाई अन्यथा नलिनु होला।
यस् ब्लग मा लेख्ने क्रम मा मेरो शुरु देखिको प्रयास थियो कि नकारात्मक कुरा हरु लाई हेरी सकारात्मक प्रतिकृया हरु लेख्ने बानी बसाल्ने भन्ने हो। कुनै बेला एक पछीय त कुनै बेला दुई पछीय प्रतिकृया हरु आय। तर माइ संसार ब्लग नै गाली गलौज गर्ने हरु को जमात भन्दा अत्युक्ती नहुने भयी सकेको थियो र माओ बादी र कम्युनिष्ट हरु को समर्थन मा नलेख्ना साथ एक हुल आयर प्रती-प्रतिकृया दिने चलन थियो जुन अहिले केही मत्थर भयको छ। साथै हाम्रो उद्देश्य यो हो कि नराम्रो कुरा हरु लाई मात्र राख्दा राम्रा काम गर्ने ब्यक्ती हरु वोझेल मा पर्न जाने हुंदा यो ब्लग का माध्यम द्वारा केही परिवर्तन होस् भन्ने चाहना हो।
बूंदागत रुप मा जानु भन्दा पहिला, हजूर ले मेरो प्रतिकृया त पढ्नु भयछ तर लेखियको कुरा संझिन सक्नु भयन छ जस्तो मन मोहन अधिकारी ज्यु को जम्मा रकम को जवाब म आँफैले लेखेको थियं।
६२% जनता को मुल्यांकन गर्नु भन्दा एक एक जना नागरिक को मुल्यांकन गर्नु उपयुक्त हुन आउंछ किन भने नेपाली कांग्रेस ले सरकार गठन गर्दा पनि करीब ३२% मात्र मत पायको थियो त्यसैले हरेक जनता को समर्थन नै देश को राज्य ब्यबस्था संचालन गर्ने दायित्त्वो को पहिलो आधार हो र ६२% नेपाली जनता हुन कम्युनिष्ट हैनन। भोट् हाल्दै मा राजनीतिक पार्टी को दास भन्नु हुन्छ भने मेरो भन्नु केही छैन।
बहुदल आउन साथ जो जुन पार्टी मा गय त्यो जाने र लिने पार्टी हरु को जिम्मेवारी को कुरा हो जस्तै अहिले पनि सुर्य बहादुर सेन ओली जस्ता माओवादी मा प्रबेश गरेका छन।
अन्य कुरा हरु मा गिरिजा लाई नेपाल मा कसैले राम्रो नराम्रो जे भने पनि देश का लागि राम्रो नेत्रित्व्वो दिन सक्ने ब्यक्ती उनी होइनन तर उन्लाई गाली गर्ने हरु आफु पनि राम्रो हुनु पर्यो भन्ने मेरो मान्यता हो। होइन भने ए मा ले र माओवादी ले त्यही गलती दोहोर्याउदा गिरिजा ले पनि त्यो गरेका थिय नि भनेर किन चोखिन खोज्ने?
माओवादी बढ्नु को कारण सही गलत जे भय पनि माओवादी जन्मनु नै देश का लागि दुर्भाग्य हो। २०४८ साल को निर्वाचन मा ९ सिट प्राप्त गरी जंगल पसी १५,००० नेपाली को ज्यान लिय पछी फेरी संसदिय ब्यबस्था मा नै आउने हो भने १५,००० टाउका को मुल्य कस्ले चुकाउने? मैले हिजो पनि लेखे असमानता हटाउन प्रयास गर्ने माओवादी ले संसार भर का साम्यवादी सरकार हरु को ब्यबस्था एक चोटि हेरे छर्लंग नै हुन्छ र चरम दमन त माओवादी ले जती गरे शायदै तेती नेपाली सेना ले पनि गरे होला।
प्रजातान्त्रिक समाजवाद को सिद्दान्त त्याग्नु कांग्रेस को लागि हित अहित जे भय पनि देश का लागि हित हुने कुरा थियो त्यसैले पार्टी भन्दा देश ठुलो हो भन्ने सन्देश लिनु बेश होला। अन्य संस्थान हरु निजिकरण गर्नु ति संस्थान हरु लाई संचालन गर्न का लागि हो भ्रस्टाचार गर्न होइन भन्ने बुझ्नु जरुरी छ जसरी हाल नेपाल बैंक र बाणिज्य बैंक पनि अरुको हात मा दिनु पर्यो।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
श्रेष्ठ जी,
खै मेरा प्रस्नको जवाफ दिने प्रयास गर्नु भएन त?
मैले पनि स्वस्थ विवाद नै मन पराउछु| विवादको एक एक गरेर समाधान गर्न सकिन्छ, तर मानिस आफैमा इमान्दार रहे भने मात्रै| इमान्दारी मान्छेको आफ्नै दौलत हो, मतलब म इमान्दार मेरै लागि रहने हो, कसैको अगाडि देखाउन हैन| तपाईले नरेन्द्र दाइ पढ्नु भएको छ? मैले यो प्रेरणा बी.पी. बाट सिकेको, नरेन्द्र दाइबाट|
माओबादी र सरकारका तर्फबाट मारिएका १४००० को जवाफ मैले दिनु पर्दैन, तपाईले पनि पर्दैन| तर एउटा बृहत पृष्ठभूमिमा आर्थिक, सामाजिक, राजनीतिक, ऐतिहासिक परिवेशको मुल्यांकन गरेर कुन कार्य अपरिहार्य थियो वा थिएन भन्ने आकलन गर्न सकिन्छ| त्यस्तै कुन दिशा तर्फ देश, समाज र हामी जादै छौ भन्ने पनि आक्न सकिन्छ| हामी इतिहासको निकै जटील मोडमा छौ यति बेला| एकातिर सबैले भन्ने गरेको नया नेपाल बनाउन सकिने प्रबल सम्भावना छ भने अर्को तिर कहिल्यै अन्त्य नहुने युद्ध, जसले दक्षिण एशियामा अर्को अफगानिस्तान जन्माउन सक्छ| समस्या इमान्दारीको हो, दूरदृष्टिको हो, आजैको लागि त कार्यक्रम सबै संग छन्, आफ्ना व्यक्तिगत वा पार्टीगत स्वार्थमा त सबै निकै स्पस्ट र सचेत छन्| नभएको राष्ट्रिय स्वार्थको चिन्तन हो| कांग्रेस वा कम्युनिस्ट हुनु समस्या हैन| सबै उस्तै हुनु न त सम्भव छ न आवस्यक| खराब मान्छे पनि दुवै वर्गमा छन्, असल पनि| मेरो पाटोमा मैले भनि सके, मिले म नरहरीको लागि रुखमा छाप लगाउन सक्छु, लुकेर हैन खुल्ला! प्रदिप गिरीलाई मिले सम्म पढ्छु| स्वतन्त्र भएर असललाई असल र खराबलाई खराब भन्न सक्ने, र आफ्नो मानिसले गरेको खराबीलाई पनि उत्तिकै आलोचना गर्ने प्रवृत्तिको खाचो छ| बूढाहरुले त्यो पक्कै पनि गर्दैनन, धेरै युवाहरु पनि त्यति गहिराईमा जान नचाहलान| के हामी त्यो गर्न सक्दैनौ? कुनै जमानामा म एमालेको सक्रिय समर्थक थिए, एक नेता पुत्रलाई शहिद सन्तानको कोटामा चीन पठाएको थाहा पाए पछि शुरु भएको मोहभंग पन्चेस्वर पछि सम्पूर्ण रूपमा टुट्यो| माओबादी नबन्नुका पछाडि पनि निकै ठोस कारण छन्, सामान्य डरले माओबादी नबनेको हैन| स्वतन्त्र बनौ मित्र, आफ्नो बिबेकलाई बन्धक बन्न नदिउ|
आशा छ मेरो कुरा तपाईंले बुझ्नु भयो होला| यस पछि मलाई केहि लेख्नु आवस्यक ठान्नु भयो भने वा स्वस्थ विवाद-बहस गर्ने चाहना राख्नु भयो भने अथवा साथी नै बन्न चाहनु भयो भने स्वागत छ, मेरो इमेल b.pranjal@yahoo.com मा लेख्नुहोला| अब यो बहसलाई मेरो तर्फ़बाट चाहिं बिट मार्छु|
धन्यवाद कृष्ण गोपालजी|र बिशेष धन्यबाद उमेशजीलाई!
मन परे हरियो, नपरे रातो
0
0
नमस्ते बिर दाज्यू,
ङाईङ लु रो नसर्के बदाई लिज्या…
मन परे हरियो, नपरे रातो
0
0
Dear khusiji
We are definitely different from each other on different front but we all are on a single front because of the fact that we all belong to a single Nation.
My wisdom doesn’t allow me to believe that one language can make us feel incorporated and united rather feeling of patriotism and belongliness can bind us together.
Currently, the situation in Nepal is very volatile, in the transitional phase all the opportunists are eyeing some spot for getting their share which is weakening the very foundation of a great nation. The language controversy is one of the several factor which is very dangerous for peace and harmony. The moment One language is forced on all, those who don’t speak or understand that particular language well will feel dejected and left alone.The dissatisfaction hence created will be a seed for bigger explosion, are we in a condition to afford such eruption?
Let’s not try to disturb the mutual harmony by forcing one language on all, let’s have everybody to practise their language of choice, let’s everybody feel completely free in this changing environment. Please do not mistake me , I am myself a great admirer of all languages and I have respect for all the languages spoken in Nepal, I do not intend to hurt anybody’s sentiments but my heart is pained to see bigger problems our small country is facing, we should rather concenterate to tackle those hurdles.
मन परे हरियो, नपरे रातो
0
0