प्रधानमन्त्री माधवकुमार नेपालले किस्ताबन्दीमा बनाइरहेको सरकार अन्तर्गत आज सातौँ किस्तामा मन्त्रिमण्डल विस्तार गरेका छन्। यस पटकको विस्तारमा पुर्पुरो बलियो भएर मन्त्री बन्न पाउने भाग्यमानीहरुमा २ जना फूल मन्त्री, ६ जना हाफ मन्त्री र एक जना क्वार्टर मन्त्री छन्। पूरा मन्त्रालयको जिम्मा पाउने मन्त्रीलाई फूल मन्त्री, मन्त्रीले जिम्मेवारी तोकेर यो यो विभाग तँ हेर भनेर जिम्मा दिएर त्यही विभाग मात्र हेर्ने गरी हुने चाहिँ मन्त्रीलाई हाफ मन्त्री अर्थात् राज्यमन्त्री र मन्त्रीलाई सघाउने गरी बन्ने मन्त्रीलाई सहायक मन्त्री अर्थात् क्वार्टर मन्त्री भनिन्छ।
यो विस्तारपछि अहिलेसम्म यो मन्त्रिमण्डलमा अटाउनेहरुको संख्या ४२ पुगेको छ। संसदीय व्यवस्थामा विकृति ल्याएको भनी बदनाम भएको २०५२ सालको शेरबहादुर देउवाको नेतृत्वको मन्त्रिमण्डललाई यो सरकारले पछ्याउने बेला भइसकेको छ। अब सात जना मात्रै मन्त्री थपियो भने इतिहास मै यसले सबैभन्दा ठूलो मन्त्रिमण्डलको कीर्तिमान राख्नेछ। संभव छ त यो ‘गौरव’ पाउन ? माधवकुमार नेपालका अनुसार छ। किनभने आज उनले भनेछन्, अब माओवादीलाई राखेर फेरि मन्त्रिमण्डल विस्तार गर्छु।
यति धेरै मन्त्रीहरु भएपछि टेन्सन त हामीलाई भएको छ। भन्नुस् त कति जना मन्त्रीको नाम मात्र सम्झने ? मन्त्रीहरुले नै मन्त्रीहरुलाई चिन्छन् कि चिन्दैनन् कुन्नि! तपाईँ नढाँटी भन्नुस् त कति जना मन्त्रीको नाम र उनीहरुको जिम्मेवारी तपाईँलाई याद छ ?
फेरि मन्त्री दिँदा दिँदा मन्त्रालय नै सकिसकेछ भन्या। त्यसैले त आजको मन्त्रिमण्डल विस्तारमा एक जना मन्त्रीलाई त जिम्मेवारी नै दिइएको छैन। तमलोपाले त कसलाई मन्त्री बनाउने निश्चित गर्न नसक्दा नाम नै पठाउन सकेन। के गर्ने, सबलाई मन्त्री चाहिने, उल्लाई बनायो उ रिसाउला उल्लाई बनायो उ रिसाउला।
फोरम लोकतान्त्रिक सर्वदेव ओझालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मा दिइएको छ भने सदभावनाका लक्ष्मणलाल कर्ण बिना विभागीय मन्त्री बनेका छन्। शपथ ग्रहणमा चाहिँ ओझाले अवधि भाषामा शपथ लिए भने कर्णले हिन्दीमा। राज्यमन्त्री र सहायक मन्त्रीहरुमा चाहिँ कसले के भाषामा शपथ लिएछन् कुन्नि।
आज मन्त्री बन्ने अन्य भाग्यमानीहरु हुन्-
राज्यमन्त्रीहरु
इन्द्रप्रसाद ढुंगेल (विज्ञान तथा प्रविधि)- यिनी प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीका तर्फबाट मन्त्री बनेका हुन्।
गच्छदारको फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री बन्नेहरु
रामबच्चन ऐर (महिला तथा बालबालिका),
करिमा बेगम (कृषि),
गच्छदारले आफ्नै भौतिक योजना तथा निर्माण मन्त्रालयमा एक राज्यमन्त्री र सहायक मन्त्री थप्न लगाएका छन्।
सञ्जयकुमार साह (राज्यमन्त्री)
कलावतीदेवी दुसाध (सहायकमन्त्री)
शत्रुध्नप्रसाद सिंह खोरी (पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री) र
सरोजकुमार यादव (वाणिज्य राज्यमन्त्री) यिनी चाहिँ सदभावनाका हुन् है।
No related posts.









We know about dirty political in Nepal. So, I hate political parties. No more comments, just energic lose.
मन परे हरियो, नपरे रातो
0
0
साथिहरु
माधव नेपाल ले पर्मानान्द्को हिदी भाषामा लिएको सपथ गैर सम्बिधानिक भनी गरिएको फै़सला लायी अब मंत्रीहरूले अरु भाषामा लिएको सपथ लाई कसरी लिने हो त्यों हेर्नु पर्दछ/ हुनत माधव बात केही आस गर्नु बेकारै छ, कारण उहाँ नेपालको प्रधान मंत्री भन्नु भन्दा गिरिजाको छाया सरकार मंडली प्रमुख जस्तै मात्रै हो; चुनिएको जन-प्रतिनिधि समेत होईन/
पहिले मदन भंदरीको एमालेले महाकाली संधिको बिरोध गर्द्थिये, १९५०को संधिको बिरोध गर्द्थिये, पसुपतिमा भारतीये पुजारीको बिरोध गर्दाथिये, तर माधव नेपाल ठीकै उलटो हो भनेर उ आफैले प्रमाणित गरी सके/ माधव महाकाली भारतलाई सुम्पिने हो/ १९५०को संधि खुकुलो बनाउने होयं अझै नेपाललाई जकड़ने हो भनी उ कसको प्रवाव बात प्रधान मंत्री भये तेसी बाट प्रमाणित हुन्छ/ र अहिले पसुपतिमा उसैको मंत्रिले सिफारिस गर्न लगाई उसले जसरी भारतीये पुजारी पसुपतिमा नियुक्ति गरे तेस्बात अब कसैले रास्त्रबादी कामको आसा गर्छन भने मात्र नेपाल रl नेपाल लायी झुक्यउनु हुनेछ/
भनिन्छ नेपालमा नाम र ब्याक्तिको बास्ताबिकत्त उलटो हुन्छ भनेर/ कानाको नाम नेत्र मान, कातारको नाम युद्ध बहादुर, कुरुपको नाम रूपमती, भारत परस्त ब्यक्तिको उपनाम “नेपाल”.
मन परे हरियो, नपरे रातो
0
0
माधपे आफै हरुवा बल्ल बल्ल पए़को प्रधानमंत्री बन्न अनी जसले जे भन्यो त्यों नमानौ त उतानो हुने दर त्यसैले गर्दा सबै को चित्ता बुझाउनु को लागी संसार मा नभएको जनताले नचाहेको मन नपराएको अनी सधै सहमति खोज्ने भन्यो अनी बुढो गिद्ध गिरिजा ले र इंडिया धोती या सुध गधा ले जे भन्यो त्येही मानेर काम गरी रहेको छ !!! हेरौ कहिले कती दिन सम्मा चल्ला यो सरकार ?????????? कती रित्याउनु बाकी छ धुकुती सके सम्मा रित्या बिकास गर्न त तेरो खोपडिमा नै सोचेको छैन साहित यो मौका चुकाएस भने त अर्को जुनी माँ बादर बन्ने छस है माधापे!!
मन परे हरियो, नपरे रातो
0
0
aba akasma dhunga handa mantriko taukoma lagne vo!
मन परे हरियो, नपरे रातो
0
0
………………………………………नेपालमा बसेर नेपाली जस्तै भएर भारत को लागि लेन्डुप दोर्जे को भूमिका निभाउन नेपाली खास्टो भिरेका भारतीय नेता हरु तछाड र मछाड गर्दै छन्………..सुद ले सिधै अर्को अभियान थालेर झा लाइ नेपाली मा सपथ नखान र हिन्दी भाषा लाइ कायम राख्न लाई आदेश दिएको रहेछ, त्यो नर-पिचास ले,,,,त्यो २ पैसा को मान्छे राजदूत ले…………..अब उसको काम कसरि हुन्छ नेपाल को नेता लाई लेन्डुप दोर्जे ले जस्तै गरि जसरि सिक्किम दुष्ट भारत लाई हस्तान्तरण गर्यो त्यहि अपेक्षा गरिरा छ………तर यो सबै को grand design गर्ने भारत का दुष्ट शासक हरु ;; नेहरु, इन्दिरा गान्धी, राजिब गान्धी, अनि अहिले सम्म का सबै महा-दुष्ट शासक हरु दिन दुइ गुणा रात चौगुणा गरेर नेपाल लाई भारत को प्रान्त बनाउन का लागि सुद जस्ता हतियार हरु पथैराखेका छन्………………. नेपालका कुलान्घर नेता हरु भारत को त्यो कदम लाई सार्थक बनाउन लाई तछाड-मछाड गरि उनीहरु को पाऊ मोल्दै भनेबमोजिम गरिराखेका छन्……………२००७ साल को काण्ड, २०१७ साल को काण्ड, शान्ति-क्षेत्र को प्रस्ताब काण्ड, २०४६ साल को काण्ड, गिरिजा शक्ति मा आउने काण्ड, मदन भण्डारी काण्ड, माओबादी काण्ड, नारायणहिटी काण्ड, गिरिजा ले आधा देश बेचेको काण्ड, नदि-नाला काण्ड, ज्ञानेन्द्र हटाउने काण्ड, जातियता काण्ड, मधेश-काण्ड, पशुपतिनाथ-काण्ड, पारस-काण्ड, सिमाना-काण्ड देखि सबै काण्ड हरु भारत कै चाहना बमोजिम का हुन् जुन भारत को नेपाल गाभ्ने grand design को लागि सरल पार्ने काम हरु नेपाल को नेता को खास्टो भिरेका नेपाल का महा-शत्रु हरु बाट गराइराखेको छ…………………………………….…
जय पशुपतिनाथ-जय शम्भो,
जय नेपाल/नेपाली जनता-भाषा……………………..
महा-शत्रु भारत—-मुर्दाबाद
भारत को लागि काम गर्ने नेपाल का सबै RAW का agent हरु(चाहे नेता को रुप होस् या अरु कुनै रुप का )————–मुर्दाबाद
मन परे हरियो, नपरे रातो
0
0
Aru sabai dekhaune daat ho……bastab ma nepal lai sikkim banaune shadyantra ho yo sab…….
………………………………………नेपालमा बसेर नेपाली जस्तै भएर भारत को लागि लेन्डुप दोर्जे को भूमिका निभाउन नेपाली खास्टो भिरेका भारतीय नेता हरु तछाड र मछाड गर्दै छन्………..सुद ले सिधै अर्को अभियान थालेर झा लाइ नेपाली मा सपथ नखान र हिन्दी भाषा लाइ कायम राख्न लाई आदेश दिएको रहेछ, त्यो नर-पिचास ले,,,,त्यो २ पैसा को मान्छे राजदूत ले…………..अब उसको काम कसरि हुन्छ नेपाल को नेता लाई लेन्डुप दोर्जे ले जस्तै गरि जसरि सिक्किम दुष्ट भारत लाई हस्तान्तरण गर्यो त्यहि अपेक्षा गरिरा छ………तर यो सबै को grand design गर्ने भारत का दुष्ट शासक हरु ;; नेहरु, इन्दिरा गान्धी, राजिब गान्धी, अनि अहिले सम्म का सबै महा-दुष्ट शासक हरु दिन दुइ गुणा रात चौगुणा गरेर नेपाल लाई भारत को प्रान्त बनाउन का लागि सुद जस्ता हतियार हरु पथैराखेका छन्………………. नेपालका कुलान्घर नेता हरु भारत को त्यो कदम लाई सार्थक बनाउन लाई तछाड-मछाड गरि उनीहरु को पाऊ मोल्दै भनेबमोजिम गरिराखेका छन्……………२००७ साल को काण्ड, २०१७ साल को काण्ड, शान्ति-क्षेत्र को प्रस्ताब काण्ड, २०४६ साल को काण्ड, गिरिजा शक्ति मा आउने काण्ड, मदन भण्डारी काण्ड, माओबादी काण्ड, नारायणहिटी काण्ड, गिरिजा ले आधा देश बेचेको काण्ड, नदि-नाला काण्ड, ज्ञानेन्द्र हटाउने काण्ड, जातियता काण्ड, मधेश-काण्ड, पशुपतिनाथ-काण्ड, पारस-काण्ड, सिमाना-काण्ड देखि सबै काण्ड हरु भारत कै चाहना बमोजिम का हुन् जुन भारत को नेपाल गाभ्ने grand design को लागि सरल पार्ने काम हरु नेपाल को नेता को खास्टो भिरेका नेपाल का महा-शत्रु हरु बाट गराइराखेको छ…………………………………
जय पशुपतिनाथ-जय शम्भो,
जय नेपाल/नेपाली जनता-भाषा……………………..
महा-शत्रु भारत—-मुर्दाबाद
भारत को लागि काम गर्ने नेपाल का सबै RAW का agent हरु(चाहे नेता को रुप होस् या अरु कुनै रुप का )————–मुर्दाबाद
मन परे हरियो, नपरे रातो
0
0
यो हामी सबै नेपालिका लागि बडो दुर्भाग्य को कुरा हो. संसारको अरु कुनै देशमाँ भएको भये २-२ थौं बाट चुनाव हारेर आएको मानिस लाई प्रधानमंत्री हुन लाज लाग्दथ्यो तर हाम्रो देशमा जसले जे गरेपनी हुनेभयो. बिश्वको अति गरीब मुलुकमाँ दरीने नेपाल माँ ६०० जना सभासद छन.उनीहरुलाई जनताले कुन काम गर्न भनेर पठाको हो सबै बिर्सेका छन र भागबन्डा, लुछा चुंड, लुट खसोट माँ जिउजयाँ दिएर लागिपरेका छन.
काम को नाम माँ दोस्रो जनांदोलन भयेदेखि एउटा सिंको पानी भाचियको छैन. राजतन्त्रपनी भारतले फालेको रहेछ भन्ने कुरा प्रस्ट भैहाल्यो. अब आएर फेरी ४२ वटा मत्री रे ! के कामको लागि होला कुन्नी ? फेरी यिनिहरुको योग्यता को आधार के ? अलीकटी पढ़े लेखेको र VISION भएको मानिस मंत्री भये पो देश पनी उम्भो लाग्छ. यस्ता VISIONLESS भएको मान्छे लाइ मंत्री बनाउनु भनेको हामी नेपाली जनताले सडकमा भएको भुस्याहा कुकुर पालनू सरह हो. किनकी अन्तात्गोत्वा यिनिहरू को तलब, भत्ता र सुबिधा त हामी जस्तो नेपाली जनताले खाई नखाई तिरेको कर न हो.
अर्को कुरा हामी नेपालीहरु अति नै जान्ने सुन्ने भएर आज देशको यो हालत भएको हो. देश बिगारने हामी सबै नेपाली हौं. नेपालीले नेपालीलाई जन्युद्दाको नाममा मार्ने , भयेभरको भौतिक संरचना भत्कौने , एक अर्काको खुट्टा तान्ने, आफुले जानेको राम्रो कुरा अरुलाई नसिकौने, सिकयेपनी न सिकन खोज्ने, नेपालमा काम गर्न लाज मान्ने , बिदेशमा गएपछि जे काम पनी गर्ने, काम कम गर्ने अनी कुरा अति गर्ने, सेखी गर्ने, डाह गर्ने, ठुलो सानो भन्ने, इत्यादी इत्यादी…………
अब गर्ने के त ???
1) सबैले कुरा कम अनी काम बढ़ी गर्ने !
२) अली अली लाज मान्न पनी सिकने !!
३) नंबर १ र २ कहिले नाबिर्सने !!!
मन परे हरियो, नपरे रातो
0
0
How about all the parliamentarians are made “minister”? The caveat is already out; there can be minister without portfolio too. So it is all about BHATTA. Once they are minister, there will be no one to oppose.
roshan chhetri
मन परे हरियो, नपरे रातो
0
0
यी मन्त्रीहरुको योग्यता चाही के रहेछ अर्थात् यिनीहरुले कुनकुन ठाउमा लुटपाट, अशान्ति, घुसपेठ, चोरफट्याही, चोरी, डकैति, तथा अन्य अराष्ट्रिय काम गरेका रहेछन र आज आएर यो पुरस्कार पायेछन. त्यो पनि जान्न पाए यो मन अझ शान्त हुने थियो कि!!!!
मन परे हरियो, नपरे रातो
0
0
४० -५० जनालाइ मात्र किन मन्त्रीको पद,नाम दिने ?सबै नेपलिहरुलाई मंत्री नै मंत्री दिए देस बलियो अनि राज्यको सम्पतिमा घुन लाग्ने थिएन/की न की सबैले सुघ्न पाएपछि हिनामिना भएको जस्तो पनि नदेखिने सबै ख़ुशी र तं सानो म ठुलो,तेरो पहाड़,मेरो मधेश,मेरो धर्म ठुलो तेरो धर्म सानो भनेर भन्ने अवस्था आउने नै थिएन/हामी सबै नेपाली हो भन्ने भावनाको बिज अंकुराउथ्यो अनि सबैले देसको माया गर्थे होला!तर यो अवस्था कहिले आउने?आफैमा अहंता बढेकोछ/उसले हेर्यो उसलाई निम्छारो,दुप्लो देखने,मेरो जात महान, तेरो जात घटिया,हामीले देस चलाउने बरदान पाएर आएका हौ,हामीहरुको हालिमुहाली जे पनि चल्छ तिमीहरु रैति सरह भएर बस्नुपर्छ./नेपाल कसको हो ? कुन भाषा ठुलो?को दरबरिया,काजी,तालुक,मुखिया,सरदार,कारबारी,सुब्बा,थारी,जिम्मावल,(अरु पनि थिए…)यी यस्ता मानपदवी अलंकार संग तुनामाना जोडेर एक आपसमा बिभक्त हुनुभन्दा पनि एउतै फूलका थुंगा हामी नेपाली…सर्भौम फैलीएको मेची महाकाली ….कसले पुरोत्याई गर्छ?कसले घन पिट्छ?कसले कपडा सिउछ?को मंदिर छिर्न पाउदैन?को पानी चल?को अचल?को लच्छिन,को अलच्छिन?को तागाधरी?को मतवाली?काम,अनुहारको रूपरंग,कालो गोरो ,पुद्को,होचो,गरीबी,अज्ञानता यी यस्ता कुराहरुको आधारमा एक आपसमा सिमाहरू कोरेर भाग लाग्नु भनेको कमिलालाई पखेटा पलाउनु झै हो/कमिलालाई पखेटा लाग्दा के हुन्छ?कुन जाती आदिबासी?आधा बसी,नयाबसी? र को भर्खर नेपाल बासी हुदैछन?त्यस्ता मक्किसकेको इतिहासलाई पुनर्जीवित गर्न खोजेर फेरी उही पुरानो तिरै फर्किन खोज्नु?जो ,जहाबाट ,जहिले ,जसरी,आए,बसे पनि हामी नेपाली हौ/हामी आफुलाई भन्दा नेपाल आमालाई औधी माया गर्द्छौ/…..
मन परे हरियो, नपरे रातो
0
0
प्रधान्मंत्रिलाई कसैले सल्लाह दिनुपर्यो जसरी एउटा मन्त्रालयमा दुई सचिबहरू राखने प्राबधान सुरु भैसक्यो त्यसरिनै अब मंत्रिपनी दुइटा राखने गर्नुपर्यो. बिचरा प्रधान्मंत्रिलाई भागबन्द्दा लगाउन कति गार्हो भैसक्यो. ६०१ जनामा जम्मा ४०/५० जना छानेपछि बाकिलाई कसरी चित्त बुझाउने वहाले!!!
मन परे हरियो, नपरे रातो
0
0
Now our country will surely be in the line of developed nations of the world. It makes sense that if more heads get into work, the work will be done faster. Good job. We need more minister. Dherai bhanda dherai munturi-haru milera desh ko bikash garaun. Ajai das bara jana munturi thapaun,,tyatile pugena bhane..
There should be one minister per ward number.
मन परे हरियो, नपरे रातो
0
0
Ke ko mantri-mandal ni……
Yo sabai dekhaune daat matra ho,,,janata lai aakha ma chharo halera desh lai india le line ra neta le bujhaune kharid-bikri ko karyakram sakinai lageko chha……..achamma……..
………………………………………नेपालमा बसेर नेपाली जस्तै भएर भारत को लागि लेन्डुप दोर्जे को भूमिका निभाउन नेपाली खास्टो भिरेका भारतीय नेता हरु तछाड र मछाड गर्दै छन्………..सुद ले सिधै अर्को अभियान थालेर झा लाइ नेपाली मा सपथ नखान र हिन्दी भाषा लाइ कायम राख्न लाई आदेश दिएको रहेछ, त्यो नर-पिचास ले,,,,त्यो २ पैसा को मान्छे राजदूत ले…………..अब उसको काम कसरि हुन्छ नेपाल को नेता लाई लेन्डुप दोर्जे ले जस्तै गरि जसरि सिक्किम दुष्ट भारत लाई हस्तान्तरण गर्यो त्यहि अपेक्षा गरिरा छ………तर यो सबै को grand design गर्ने भारत का दुष्ट शासक हरु ;; नेहरु, इन्दिरा गान्धी, राजिब गान्धी, अनि अहिले सम्म का सबै महा-दुष्ट शासक हरु दिन दुइ गुणा रात चौगुणा गरेर नेपाल लाई भारत को प्रान्त बनाउन का लागि सुद जस्ता हतियार हरु पथैराखेका छन्………………. नेपालका कुलान्घर नेता हरु भारत को त्यो कदम लाई सार्थक बनाउन लाई तछाड-मछाड गरि उनीहरु को पाऊ मोल्दै भनेबमोजिम गरिराखेका छन्……………२००७ साल को काण्ड, २०१७ साल को काण्ड, शान्ति-क्षेत्र को प्रस्ताब काण्ड, २०४६ साल को काण्ड, गिरिजा शक्ति मा आउने काण्ड, मदन भण्डारी काण्ड, माओबादी काण्ड, नारायणहिटी काण्ड, गिरिजा ले आधा देश बेचेको काण्ड, नदि-नाला काण्ड, ज्ञानेन्द्र हटाउने काण्ड, जातियता काण्ड, मधेश-काण्ड, पशुपतिनाथ-काण्ड, पारस-काण्ड, सिमाना-काण्ड देखि सबै काण्ड हरु भारत कै चाहना बमोजिम का हुन् जुन भारत को नेपाल गाभ्ने grand design को लागि सरल पार्ने काम हरु नेपाल को नेता को खास्टो भिरेका नेपाल का महा-शत्रु हरु बाट गराइराखेको छ…………………………………
जय पशुपतिनाथ-जय शम्भो,
जय नेपाल/नेपाली जनता-भाषा……………………..
महा-शत्रु भारत—-मुर्दाबाद
भारत को लागि काम गर्ने नेपाल का सबै RAW का agent हरु(चाहे नेता को रुप होस् या अरु कुनै रुप का )————–मुर्दाबाद
.
मन परे हरियो, नपरे रातो
0
0
ए जामा लाउने?? हैन यो मा कु ने पनि चोर पो रैछ त बा!! हैन यीनलाई कत्ति जना मंत्री चाहिएको?? देशी उठाएर काधमा लाएर बोक्ने हुन् कि कसो?? कसैले नपाको, कहिँ नभाको!! नपाउनेले केरा पायो बोक्रै सित खायो!! साला हरुलाई कट्टु खोलेर देखाई दिनु पर्ने, आबा न चाबा का मंत्री सन्त्री हरु, सबै जनताको रगत र पसिना मा होलि खेल्ने नर भक्षी जन भक्षी हरु, केनै खुत्याउने हुन् के नै लछार पाटो लाउने हुन्??
मन परे हरियो, नपरे रातो
0
0
भाडाका टट्टुहरू ।
मन परे हरियो, नपरे रातो
0
0
yahi ta ho bela pachhi kyaho kyaho ? aab Maobadi pani 20 jati thapiyer mantrimandal badhaun sake ball bikash hunthyo kee ? “kale kale miler kham bhale”
मन परे हरियो, नपरे रातो
0
0
खाऊ खाऊ तिमि हरु को छ दिन खोइ के हो के हो नेपाल को राजनीतिक देख्दा पनि वाक्क लागेर आयो
मन परे हरियो, नपरे रातो
0
0
हुँदैन हो मित्र अब यो देश को केही हुनेवाला छैन। यहाँ गर्न चाहनेको खुट्टा खिचिन्छ आफ्नो स्वार्थ को निम्ती दुनियाँमा कही नभएको जात्रा मन्चन हुन्छ। जनता ले नरुचाएर चुनाव मा बहिस्कार गरेका प्रधानमन्त्री, मन्त्री, भनौ नायक बनाइन्छ। सत्य निरुपण आयोग बन्छ तर असत्य कै हालिमुहाली हुन्छ। अख्तियार दुरुपायोग अनुसन्धान आयोग बन्दछ तर भश्टाचारी र जनबिरोधी हरुले सजाय त टाढा को कुरा उल्टै पुरस्क्रित हुन्छन। भाषा, भेश, र संस्क्रिती मा ठाडो प्रहार हुन्छ बिरोध त टाढा को कुरा उनिहरुकै ताल मा नाचिन्छ। दिन दहाडै सिमाना मिचिन्छ, लाटाले पापा हेरेर बसेझै हाम्रा नायकहरु बस्छन। बिना कारण बन्द हडताल र तोड फोड हुन्छ प्रशासन मौन हुन्छ। दिउसै मान्छे मारिन्छ, हत्यारा फरार हुन्छ किन कि उनी हरु कुनै पार्टी का होनहार कार्यकर्ता हुन्छन। महंगी ले जनता लाई आटो खाम् कि माटो खाम् जस्तो भएको छ तर नेता हरु मन्त्रालय बिस्तार गर्नुमा आफ्नो गौरब ठान्दछन्। शिप जाँगर र हौसला भएका नेपाली हरु न भएका होइनन् छन् तर कुनै आधार छैन, शान्ती सुरक्षा को ग्यारे न्टी त टाढा को कुरा कुनै आशा लाग्दो लक्षण नै छैन। बिदेश मा बसेर काम गर्ने अनी अर्बौ रुपैया रेमिटेन्स भित्र्याउने प्रबाशी नेपाली लाई चाहना छैन होला र नेपालमै गएर केही गरौ भन्ने?? यहाँ ढकाल जी ले बिदेशमा हुने हो आउ र केही गर भन्नु भएको रहेछ। छोडि दिनुहोस् ढकाल जी यो आशा पनि। कमसेकम तिनिहरु त बिना बन्द, बिना टाय र को धुवाँ बिना कुनै धम्की निर्धक्क काम गर्ने र मिठो निद्रा सुत्न त पाएका छन्। नामर्द पोइ को जोइ हुनु भन्दा मर्द को रखैल हुनु बेश हुन्छ भन्छन्। यस्ता नामर्द, भारतटिङ्रे, लाज पचेका अवसरबादी, भ्रस्टचारी भाईमारा हिजडा कठपुतली हरुले मनपरी तन्त्र चलाएको देशमा कुन बिकास को आशा गर्ने र ?? गाली पनि कत्ती गर्ने? मर्न न सकेका काल ले बिर्सेंका सबै कुजात हरु नेपाल मा जम्मा भएका छन् थाहा छैन नेपाल को अझ कुन दुर्गाती हुने हो। हामी ले चाहेको लोकतन्त्र त एस्तो होइन। के नयाँ नेपाल यही हो? हुन त यो ब्लग ति हुतिहारा हरुले पक्कै हेर्ने होइन। न राम राम भनेर बस्न सकिन्छ नत काँध थाप्न सकिने स्थिती छ। बिदेश पलायन हुन मनले मान्दैन तर नेपाल बसेर मध्यबर्गिय लाई नखाउ भने दिनभरी को सिकार खाउ भने कान्छा बाबु को अनुहार झै भाईसक्यो। हे बुद्धी भ्रस्ट नायक हो तिमीहरु देशको निम्ती खलनायक साबित भयौ। अझै पनि समय छ होस् गर। नत्र तिम्रो टाउको को फूट्बल खेल्न हामीलाई रहर होइन बाध्यता हुने छ।
तेज प्रसाद अधिकारी
बुटवल
मन परे हरियो, नपरे रातो
0
0
looser always likes looser bhanthe aba chai balla thaha bhayo afu jasto testoi man parechha maachik oohhhhh sorry maakune lai mantri ni afu jastoi banaudei chha desh ni afu jastoi banaune bhayo bhanda annya nahola
aba tero deemag ma kirai kira parera mores maakun tetti garda ni janta ko aashu le maaf dinna tolai
hunu ta mo ni UML ho tara aba ta UML ko suporter bhanna ni laaj lagchha yar k garnu
मन परे हरियो, नपरे रातो
0
0
Dear Krishna Gopal jee:
We badely need your ‘logics’ to protect this cabinet expansion, reaching 42 in head-counts (and quality!!). I wonder if you are arround!
I would like to volunteer providing some clues to help you as below:
1. It is still only 42, not like Sher Bahadur’s 49,
2. There are 601 members, not 205 during “Bahudal-kaal”, so it is still small!
3. There are more election-defeted candidates outside, than in the cabinet,that means it is still imbalanced,
4. There are still qualified persons to rightly fit into the Madhav-natured-Cabinet.
5. Sujata still a would-be-deputy-PM, add more!!
6. There are 22 parties to be included in the cabinet.
7. The more the number in the cabinet, the more the country is stronger,
8. Deepak Bohara, Sarat Singh Bhandary, Bijaya Gachhedar are there, but it is still incomplete without Khum Bahadur, Govinda Raj Joshy, Khadga Oli,pashupati S JBR, Surya Bahadur Thapa, Kamal Thapa etc.
If you need more, pls ask me hai.
मन परे हरियो, नपरे रातो
0
0
मित्र हरु तपाईं हरु जहाँ बाट कमेन्ट लेख्दै हुनुहुन्छ तपाईं ईन्टरनेट पत्र पत्रीका टिभी ,रेडियो को समिप हुनुहुन्छ तर करोडौ नेपाली जनता लाई गास बास र कपास को अत्याधिक खाचो छ स्वास्थ्य शिक्षा र रोजगार एउटा सपना भयको छ तपाईं जस्ताइ बिदेश त स्वोगको कुरा समान छ
तपाईं हामी आँफै मा सिक्षित भयको घमन्ड गर्छौ र सरकार ले यो गरेन त्यो गरेन आदी इत्यादी अनी रास्ट प्रेमी कहलाउन चाहन्छौ तर वास्तव मा ति जनता हरु जस्को परिवार रास्ट्को लागि छिन्न भिन्न भयो जस्का परिवार अपाङ्ग घाइते भय जसको शरीर मा गोलिका छररा छन
माधव दाई ले यो गरे पर्चन्ड अंकल ले त्यो गरे गिरिजा बाबु ले यसो गरे तर तपाईं हामी ले के गरौ त >???????कुखुरा मर्दा नेपाल बन्द हुने देश मा उपरास्त पती को कदम मा खै बिरोध ?????हरुवा को सरकार हुँदा खै बिरोध किन कि तपाईं हामी नेपा जिवी (परजिबी) हौ नेता ले भने मात्र आन्दोलन खै आफ्नो चेतना अरु ले सिकायर त पसुले पनि काम गर्छ भस्टाचार हुँदा चुप्प अनी कमेन्ट मात्र मा नैतीक ता एउटा दल हुँदा त २५ -३० जना मन्त्री हुन्छन भने २२ दल को मन्त्री को संख्या खासै ठुलो होइन अर्को कुरा थोरै नै मन्त्री हुँदा पो हाम्रो गाउमा के नै भयको थियो र >>????रकम त सधैं सकियकै छ चाहे मन्त्री को नाम मा होस् चाहे साम्सद …..
धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
यो माकुने को कुबुदृदी..!!
मन परे हरियो, नपरे रातो
0
0
अन्तरिमकालमा यति ठुलो जम्बो मन्त्रिमण्डलको आवश्यकता किन पर्यो? हामीले तिरेको करले भत्ता खाने सरकारमा बस्नेहरुले जवाफ दिनु पर्छ कि पर्दैन? कि यो ६६ साल होईन पचासको दशक हो? लाज मर्दो हुने गरि पनि मन्त्रि मण्डल विस्तार गर्ने भनेको पनि हुन्छ मात्र सत्ता तिकाउनको लागि? कि फेरि बैङ्ककमा साभासदलाई गुमाउने खेल हुँदै छ र होटेलमा राखेर रण्डबाज र रक्सिको खोला नुहाँउने खेल दोरिन्दैछ?
यो अति भयो
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो पक्षको सबै सभासदलाई मंत्री बनाऊ | मंत्रालय फ़ुटाउदा पुगेन | हुक्के मंत्री, ढोके मंत्री, द्वारे मंत्री, माकुनेको जुंगा काटने मंत्री, लुगा धोइदिने मंत्री, हात चुठाइदिने मंत्री, भात ख्वाईदिने मंत्री, बल्खु दरबार रुग्ने मंत्री, गिरिजाको स्याहारमंत्री, ओली सहयोगी मंत्री, सूद सहयोग मंत्री, रास्त्रपतिको कार्यालय हेर्ने मंत्री, चाकरी मंत्री, चाप्लुसी मंत्री, सिंहदरवार कुर्ने मंत्री, बालुवाटार हेरचाहा मंत्री, मन्त्रिपरिशद बैठकमा कुर्सी मिलाउने मंत्री, मन्त्रीको गाडी पार्किंग गर्ने मंत्री, बैठकमा हल्ला नियंत्रण गर्न सिटी फुक्ने मंत्री, मन्त्रीको नाम कंठस्थ मंत्री, माओवादीलाई जंगल लखेट अभियान मंत्री, शान्ति भांड मंत्री, झलु-ओली झगडा हेर्ने मंत्री, युथफ़ोर्स मंत्री, प्ररायु संघ मंत्री, अनेरास्वबियु-नेबिसंघ हेर्ने मंत्री, बिरोधी दमन गर्ने निर्णय कार्यान्वयन मंत्री, भारतको कुरा ल्याउने लाने मंत्रीहरु र राज्यमंत्री/सहाएक मंत्री थपेर आफ्नो पद जोगाउन अनुरोध छ |
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ नेपाल का नेताजिहरुलाई समयमै राम्रो पेसा रोज्नु भएकोमा. चुनाव नजीते पनी हुने पार्लियामेंट माँ बहुमत पुगौना जती वोटा मत्रालय र मंत्री बनौना पानी हुने . राजनीती स्वार्थे को लगी जनताको तिरेको कर र तिनै नीमुखा जनताको नाम लिएको ऋण खर्च गर्न पiईने रा देस्का लगी माखो मार्न नपर्ने , खली आफ्ना मान्छे मंत्री सचिब र कमाऊ ठाउँमा नियुक्ति गर्यो सकुंजेल भ्रस्टाचार गर्यो राजनीती सफल. मजाको छैन ता पेशा i
.माधव नेपाल मात्र ले गरेको चाई हैन है फेरी, शेरबहादुर, सूर्यबहादुर गिरिजबहादुर जून आयेपनी गर्ने चाई तेहि रहेछ . पार्टी फरक नाम फरक अनुहार फरक नियति तेहि . तेसैले अब यिनीहरुको बिरुध्दमाँ जनताले फेरी बन्दूक न उठाई होला जसो छैन , पंचायत कiल देखि का सबै तथाकथित नेताहरु को पैत्रिक सम्पति र राजनीती गरेर कमाएको सम्पति हिसाब गरेर पैत्रिक बाहेक सबै सम्पति कब्जा गरी यीनिहरुलाई जनताको सामू नाग्यौने नया पार्टी ” राजनीति सुध्धिकरण पार्टी” को आवश्यकता परने भो नेपाल माँ
मन परे हरियो, नपरे रातो
0
0
other countries of the world are goin foward hai i think may be nepals name should be in the book of guiness world record as a country who is developing backward…:)
lets try to analyze why is nepal goin backward ..
1) fight for rights among different caste aaile ko century ma aayera caste fight aru katai huncha ta?
2) fight between gender rights..
3) never ending political fuss
4) haruwa haru ko sarkar jitne party kaha cha thha chaina
5) tranis point between economic giants india and china but no economic progress..
6) country ko capital ma loadshedding,water ko tension
7) unemployemet at maxium
education human right sakhap
9)exam ma question paper leak hune desh
10) india ko direction ma chalya desh
11) world ko 2nd biggest fresh water reserviour tara pani chaina
12) jun desh ma ramro road chaina tyo desh ma flyover ko guff
13) unplanned urbanisation
these are some minor problems are pani thaupau na
मन परे हरियो, नपरे रातो
0
0
यो देश मा कसले कसलाई सिकाउने? नेता भनाउदाहरुलाई के गर्ने, के नगर्ने था छैन। फुटेको कौडी गुहुमा देखे दातले टिप्छन। सन्सद लाई गफाडिहरुको गफ गर्ने अखडा बनाएका छन र खसी को टाउको देखाएर कुकुर को मासु बेच्ने थलो बनाएका छन। अनी तिनै नेताका कार्यकर्ताहरु दादागिरी देखाउचन, बन्द गर्छन्, हड्ताल् गर्छन्, मार पिट गर्छन् अनी जनतालाई दु:ख दिन्चन। तिनिहरु लाई देश के हो, बिकास के हो, संघर्ष के हो, बलिदान के हो थाहा छैन। उनिहरु ले कती जना लाई पिते, हात खुट्टा भाचे, कती दिन हड्ताल् र बन्दमा सहभगि भये, कती जना अर्को पार्टिका कार्यकर्तालाई मारे तेसको आधारमा उनिहरुको बायोडाटा बन्दै जान्छ र भोली देश हाक्ने तिनै उदन्डहरु हुन। तिनिहरु आजका उदन्ड सान्सद भन्दा अझै एक कदम अगाडि हुनेछन। अनी जनता? जनता चाँही बाङो रुखलाई बाङो भन्यो भने गर्धन जाला कि भन्ने दरले सोझो भन्न वाध्य छन।
यस्तो भद्रगोल देश मा बिकास को आश कसरी गर्ने? बरु ए बिदेशमा रहने र काम गर्ने नेपालीहरु हो! तिमीहरुलाई देश बिकास गर्न कसरी काम गर्नु पर्छ भन्ने कम्तिमा थाहा त छ। लौ न आउ फर्क, अब तिमीहरुको आशा छ अलिकती भये पनि नेपाल लाई।
मन परे हरियो, नपरे रातो
0
0
यी हिजडा नेता र फोहरी राजनितिक देखी दिक्का लगेर आउछ. ” राजनितिक यी नेता भानौदा हिजडा हरु लाइ दूध दिने गाइ भाको छ”
हे भगवान यी हिजडा हरु लाए साद बुद्दी देऔ,
मन परे हरियो, नपरे रातो
0
0
१२५ जना रापंस हुँद सुबथाले ४२ जनालाई मन्त्री बनाएको थियो। २६५ जना साँसद हुँदा डेउडाले ४८ जनालाई मन्त्री बनाएको थियो। अहिले सभासदहरुको संख्या ६०१ छ र पनि मन्त्रीहरुको संख्या ४२ मात्रै? यो त सरासर अन्याय हो।
मन परे हरियो, नपरे रातो
0
0
Sambidhako palana kasle garaune ho kunni?
Timi chor netaharu lai laaj saram ta chhaina nai tara bideshiko aghadi pani 14 au satabdikai dhunge yug mai raheko pramanit garne nai bhayau? desh timra baule kindeko khasi ho kata bhag lagau khau!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Hijo auta patrikale ta Giri—-ja, Prachanda, Makune ko ta Antarim Sambidhan anushar Sabhsadko rikta rahane bhaneko thiyo tara aaja ta ulto sabhsad nai nabhayako byaktile kasari mantriparishad bistar garna sakeko ho? ke Parmanandalai lagne antarim sambidhan yiniharulai lagdaina? Makunele ta Jhan Eshwor wa Jantako dubaiko naamma sapath khayakai chhaina kasari usko sapath manya bhayo?
मन परे हरियो, नपरे रातो
0
0
यी खाईदेउ हरु मध्य चुनाब हारेर माकुने पथ माँ खान जाने भाडा का टट्टू हरु चै को को रहेछन नि ?
गणेश प्रसाद ढकाल
बर्लिन जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
मन्त्रिमन्डल जतीठुलो बनाउदापनी खासै फरक पर्नेवाला छैन, जतिभन्दा ढेरैले राम्रो जागिर खानु भनेको तपाईंहामीलाई पनि राम्रो हुन्छ। खर्च तथा अन्य ब्यबस्थापन भारत बर्शे नेपाल खन्डेका उपराष्ट्रपती झा र सुद साहेब छदैछन। जय नेपाल खन्डे
मन परे हरियो, नपरे रातो
0
0
la mojgagari halnus katidin ko basai ho ra po. hahahaha
मन परे हरियो, नपरे रातो
0
0
That’s Why,
Jay Desh
Jay Bidesh
मन परे हरियो, नपरे रातो
0
0
नेपाल को इतिहासमा सबै भन्दा घिन्लाग्दो राजनीति अहिलेको सरकारले गरेको छ खाई के भन्ने कस्लाई भन्ने कहा भन्ने सबै कुराको जिम्मेवारी लिने को हो ? खाई नेपाल , खाई नेपाली के गरेको यस्तो समय कहा पुगिसक्यो कहिले हाम्रो देश राम्रो हुने हो किन कुनै कुरामा पनि सामूहिक सहमति हुना सकेको छैन जसले पनि सानो स्वार्थ मात्र हेरेको होला? बिध्वान मुर्ख हरुलाई जनि जनि मुर्ख नबन्नु होला मेरो अनुरोध
जय देश
मन परे हरियो, नपरे रातो
0
0
haree shiva.. ke ho yo chala nepalese politics ko mantri nai mantri
mantri haru lai afai kun mantralaya ko hu ma bhanera thha chaina hola hehe…
kastoo situation aayo nepal ma huna ta 33 koti bhagwan cha nepal ma aba mantri pani 33 koti puryaune ho ki ta ?
मन परे हरियो, नपरे रातो
0
0
पूरा मन्त्रालयको जिम्मा पाउने मन्त्रीलाई फूल मन्त्री, मन्त्रीले जिम्मेवारी तोकेर यो यो विभाग तँ हेर भनेर जिम्मा दिएर त्यही विभाग मात्र हेर्ने गरी हुने चाहिँ मन्त्रीलाई हाफ मन्त्री अर्थात् राज्यमन्त्री र मन्त्रीलाई सघाउने गरी बन्ने मन्त्रीलाई सहायक मन्त्री अर्थात् क्वार्टर मन्त्री भनिन्छ।
मन परे हरियो, नपरे रातो
0
0
sapat khane vanda khuwaune ko dherai dos k tini haru nepali hainan ra parmanamd le sapat khada ni nepal ka sabai thula parti ka neta thiye tyoobela kasai ko atma royena hai. manche vaye po atma hunthiyo pasu pare sabai neta haru atma vaye ni pasu jastai wasta na hune
मन परे हरियो, नपरे रातो
0
0
खानुस् खानुस् मीलेर खानुस् ।
मन परे हरियो, नपरे रातो
0
0
लौ जे जे गरेर भये पनि लुट .. बांडी चुंडी खाउ । मन्त्रालय बढाउ मन्त्री बढाउ देश को खर्छ बढाउ मोज गर । जनता को पीर मर्का कहिल्यै नघटाऊ।
मन परे हरियो, नपरे रातो
0
0
aaba 12 jana mantari rakhana ho ke?????
Madhap Nepal ko bodygard banauna ko lagai….
मन परे हरियो, नपरे रातो
0
0
useless, hopeless people
मन परे हरियो, नपरे रातो
0
0
अनी नयाँ मन्त्रिले पनि सपथ त हिन्दिमै खाए छ नि ? तेत्रो सर्बोच्चको आदेश हुँदा हुँदै पनि प्रधानमत्रीले किन हिन्दिमा सपथ खुवाउनु परेछ ? देशमा, सपथको बिषयमा यत्रो बबन्डर भएको बेलामा पनि प्रधानमत्रिले त्यो सपथ किन बदर गर्न सकेन? अब मन्त्रिको सपथमा सर्बोच्चले नेपालीमै सपथ खानु पर्छ भनेर आदेश दिन्छ कि दिदैन ? सरकारले चै सर्बोचचको आदेशलाई नमानेको हो कि होइन ? निर्णय एउटा हुँदै जाने काम अर्को गर्दै जानुमा कस्को दोश? सपथ खानेको कि खुवाउने को?
मन परे हरियो, नपरे रातो
0
0
maa ku naya ko sarkar maa mawobadi jalana raaaa ?
मन परे हरियो, नपरे रातो
0
0
दिक्क लाग्दो मा पनि हसाइदिनु भो तपाईंले —-
मन परे हरियो, नपरे रातो
0
0
khai ke jawaf lekhne?
Rastriya gaurab, huti ra pratyutpannamati pani ke ta hunu parne ho hamra dau penchka kheladiharuma Khai tyo ta kasttai dekhiyena ni Uparastrapati ko Shapat kanda le mulukma radako machchairakhekai bela punh truti doharyaye makune le . Dosh kaslai dine?Garne garaune dubai apartadhi huna kanunko dristima
Hoina ra ? Janata najage samma yestai ho . Mulukma kanun harayeko bela chha. Fatta futta aparadhi ko shikar prahari samet vai rakheko bela chha .
Je jasto karbahi garnu pare pani garne po kasle ra kasari ho thegan chhaina
मन परे हरियो, नपरे रातो
0
0
Accroding to interim constitution of Nepal, ministers can take oath in their mother language. (but not president and vice president.)
मन परे हरियो, नपरे रातो
0
0
धन्य छ माधव कुमार नेपाल लाई !मौकामा चौका हान्नुस त सायद् इतिहासमा मात्र नाम् हुने होला ! सात बार मन्त्री मण्डल बिस्तार गर्नु भएको र आठौ बार मा सबै सभासद लाई मन्त्री बनाए कस्को बिरोध होला र साँप पनि मर्ने लौरो पनि नभाचिने।
मन परे हरियो, नपरे रातो
0
0
खै कपडा लगाउने गरेको मान्छे लाई पो कतै प्वाल पर्यो वा फस्नर खुल्यो भने लाज लाग्छ, यि नाङ्गै हिंड्ने पशु बराबर का मान्छे हरुलाई जे गरे पनि के को लाज?? त्यसैले त होल नि बिश्वोको नै गरीब मुलुक मा खाली खानको लागि मात्रै भयपनी यती धेरै मन्त्रीहरु बनाएको !!!
नेताहरु को लागि त सरकार र पद भनेको कुकुर लाई हड्डी जस्तो पो भयो त बाँडी-चुँडी खानको लागि मात्रै !!!
दिपक अधिकारी
जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
Manko laddu ghiu sita khanu……
मन परे हरियो, नपरे रातो
0
0
saha pradhan mantri ko pad diyo bhane “dwondabad” ko sidanta bhaneko nai yehi ho bhandai Prachanda pani janchha MaKuNe sarkarma!
मन परे हरियो, नपरे रातो
0
0
शीला जी माओबादि त जालान न जालान तर नेपाल चैं यी मा कु ने मार्काका छट्टु हरूले आफ्नो निजि स्बार्थ मा बेच्न लागि सके। २/२ ठांउ बाट हारेका प्रधाम मन्त्री, १ बाटका मन्त्री हुने हाम्रो देश मा त जनमर नै न भएका राजा कै शासन पो ठोक लाग्न थाल्यो मलाईन त
मन परे हरियो, नपरे रातो
0
0
अरु को बारेमा त थाहा भयेन तर संजय कुमार साह लाई मंत्री बनाई दै छ , यो त गुंडा हो जनकपुर को यस लाई म रामरी चिन्द्छु , मारपीट लडाई झगडा गर्ने , तेहा को जनता पनि कस्तो साला गुंडा लाई संसद बनाउने हुदा हुदा मंत्री पनि बन्दै छ , वाह रे हाम्रो देश हिजो को भरोटे गुंडा अहिले मंत्री
मन परे हरियो, नपरे रातो
0
0
i absolutely agree with you mitra, ma vhitra vhayako ukus-mukus li pani tapai ko bichar bata ani tapai kai words haru saapat liyara bakyata garna chayanchu, nothing more to say
मन परे हरियो, नपरे रातो
0
0
यो चोर दलाल गछ्छ्दार ले गर्नु गरी रहेको छ , यो मधेसी पार्टी हरु लाई किन यती मह्त्व दिएको होला , दुःख त किन लाग्यो भने संजय कुमार साह राज्य मंत्री भएको मा यो चोर लाई जनकपुर मा न चिन्ने को होला र !
दोष त त्यों क्षेत्र को जनता को हो जसले यस्ता समाज का कीडा हरु लाई संसद बनौछ , तेहा का जनता त भेडा नै हुन केही पैसा को लोभ मा यस्तो किरा लाई जितौने , धिक्कार छ तेहा को जनता लाई सब कुरा थाहा हुदा हुदै पनि जिताएको मा अब त झन यसले लाइसेंस नै पायो के हुने यो देश को जहा हत्यारा , बल्त्कारी मंत्री हुन्छ कस्तो चेतना जाने हो जनता माझ मा .
मन परे हरियो, नपरे रातो
0
0
Pahade Haru ko Jamana gayo.
मन परे हरियो, नपरे रातो
0
0
भाडाका टट्टु भनेर अरु साथीले लेख्नु भएको पनि पढे माइसन्सार मा ।
म सँग भएको एउटा नेपाली शब्द्कोश मा पनि खोजे तर भेट्न् सकिन । ” भाडाका टट्टु ” को शाब्दिक के होला ? बहाल को भाडा ( घर भाडामा लिनु भनेको जस्तो ) पो हो कि , कि भाडामा ( पट – पकाउने भाडो ) मा बुट्टा भरेको हो ? टट्टु को अर्थ के हो ? कस्तो टट्टु ! भनेको त सुनेकी थिए जस्तो लाग्छ , खत्तम लाई टट्टु भन्छ ?
( कोही साथीलाई जानकारी छ भने भन्नुस् न है )
मन परे हरियो, नपरे रातो
0
0
GIRIJA-MADAV & OLI Co.
Maharajgunj
Kathmandu, Nepal
Rojgari diyeko kura ho tattu haru lai ra aru tattu haru rojgari ko lagi waiting…….
मन परे हरियो, नपरे रातो
0
0
खच्चडलाइ वा खच्चडजस्तो देखिने सानो घोडालाइ पनि टट्टू भनिन्छ !
मन परे हरियो, नपरे रातो
0
0
खै कति मंत्री छन मलाई त बाल मतलब छैन /राती सुत्दा एउटा मंत्री भोली बिहान उद्त्दा अर्को मंत्री, यो नेता र मंत्री भन्या चाहि पाकेटमार र चोरको पर्याबाची जस्तो लाग्छा मलाई / एउता चोर प्रति जति घृणा छ त्यों भन्दा दुई गुना बड़ी घृणा नेता र मंत्री, प्रम प्रति छ मेरो / तपाईहरुको के धारणा छ कुन्नी ?
देश बिकाशको काममा चाही कुनै रास्ट्रीय सहमति हुन सक्दैन तर भत्ता सुबिधा आदि कुरामा चाहि चोरहरुको राम्रै रास्ट्रीय सहमति हुन्छ /नेपाली आमालाई सामूहिक बलात्कार गर्न त यी चोरहरुलाई कसले सिकाउनु पर्छ र ?
मन परे हरियो, नपरे रातो
0
0