संविधान बनाउनका लागि समय तालिका बनाइएको छ। बनाउने उनीहरु नै हुन् ६०१ सभासदहरु। लाजै पचाएर ५ चोटी संशोधन गरिसके उनीहरुले। आज छैठौँ पटक पनि गर्न भ्याए। अहिलेसम्म उनीहरुले नगरेको भनेको चाहिँ संविधान घोषणा गर्ने मिति हो। संविधान जारी गर्ने २०६७ साल जेठ १४ को मितिलाई यथावत राखिएको छ। तर अहिलेको चालामाला हेर्दा चाहिँ यो मितिलाई पनि तन्काउने छाँट देखिँदैछ।
उनीहरु आफैले बनाएको तालिका अनुसार भदौ २१ गते अर्थात् अस्ति आइतबारसम्ममा सबै संवैधानिक समितिहरुले प्रारम्भिक मस्यौदा तयार पारेर बुझाइसक्नु पर्ने थियो। यो भनेको अर्को वर्षको जेठ १४ गते जुन संविधान जारी हुने हो, त्यसमा यस्तो यस्तो कुरा लेख्ने भनेर अहिले खेस्रा तयार पारिसक्नु पर्ने थियो। तर अझै केही समितिले यस्तो तयार पार्न सकेका छैनन्। समिति भनेको चाहिँ संविधानमा विभिन्न किसिमका विषय हुन्छन्। हरेक विषयमा अलग अलग समिति बनाइएको छ। केही समितिले बुझाइसके। केहीको बाँकी छ। जेठ ९ गतेदेखि उनीहरुले यस्तो काम थालेका थिए। तर अहिलेसम्म सकाएका छैनन्।
आज गरिएको संशोधन अनुसार दशैँ तिहारपछि कात्तिक मसान्तसम्म तयार पारिसक्ने रे।
अब यसरी संशोधन हुँदा जनतालाई बढी मार पारिएको छ। जनताको सुझावसम्बन्धी प्रतिवेदनमाथि पूर्ण बैठकमा छलफल गर्ने समय पहिले १५ दिन थियो फागुन १ देखि १५ गतेसम्म। अब त्यसलाई घटाएर ६ दिनमा सीमित पारिएको छ फागुन १६ देखि २२ सम्म।
त्यसैगरी संविधानको पहिलो मस्यौदा जनताको रायबमोजिम परिमार्जन गरी संविधानको विधेयक सभामा पेस गर्ने समय पनि सात दिन घटाइएको छ। पहिले फागुन १६ देखि चैत ३ गतेसम्मको थियो अब यसको सट्टा फागुन २३ देखि चैत ३ गतेसम्म गर्ने व्यवस्था गरिएको छ।
संशोधित कार्यतालिकामा संविधान जारी गर्ने २०६७ साल जेठ १४ गतेको समयलाई भने परिवर्तन गरिएको छैन। आशा गरौँ, त्यस्तो नहोस् पनि। तर त्यसका लागि दलहरु जिम्मेवार पनि हुनुपर्यो नि। अनि हामीले पनि आफ्नोतर्फबाट दबाब दिइराख्नुपर्यो नि।
No related posts.









समयमै संबिधान बन्ला भन्ने Asha जनताले गुमैसकेका chhan। यी सभासद्हरूले त जनताको आँखामा छारो हाल्ने काम गरिरहेका chhan । नेताहरु सबै मन्त्री बन्ने होडमा छन र राजनीतिक पार्टीहरु कसरी सरकार टिकाउ र सरकार गिराउ भन्नेमा ब्यस्त छन। नेताहरुलाई संम्बिधान समयमा नै बने या नबने के फरक पर्छ र ???? भत्ता त समयमा नै पाइएको छ। फेरी समयमाँ नै संम्बिधान बन्यो भने भत्ता खाने बाटो गुम्छ??
मन परे हरियो, नपरे रातो
0
0
“भत्काउन जान्नेले बनाउन सक्छ नै भन्ने पनि त छैन.!
स्वयम्भू वा पशुपतिका जंगलमा घरहरु कहा छन र ?”
हर्के दाई,
कुरा हसाउनलाई मात्रै हो, जस्तो लगेन। मलाई तितो भयो कालो झन्डा देकाइ दिउ? कच्याक!!!
मन परे हरियो, नपरे रातो
0
0
नया सबिधान बन्ला सबैको अधिकार कागज़मा लेखियेला ! तर त्यों संबिधानको पालना गर्ने को र गर्न लगाउने को ?
हातमा बन्दूक हुनेलाइ संबिधान पढने फुर्सद कहा हुन्छ र ? पढ़े पनि कहा बुझ्छ र ? पहिला पारसेलाई संबिधान लागु हुन्थेन किनकी तेस्को हातमा बन्दूक हुन्थ्यो ! अहिले देश भरी बंदूकवाला पारसे कति कती ?
देशमा नियम कानून मान्ने हरु अल्प संख्यक छन, तिनिहरुलाई हो संबिधान चाहिने !
अल्पसंख्यक को कुरा कहिले पो सुनुवाई भएको छ र ?
मन परे हरियो, नपरे रातो
0
0
All political parties are no serious and never………….
they have no any sences, we don’t want to see any more their dramatically. Nepal is going to poorer, all of them seems to be responsibilities. In fact, political is game of dirty!! don’t play any more dirty!!!
We hope, we must build to “New Nepal” people is power. They
can’t any more deceive to us.
मन परे हरियो, नपरे रातो
0
0
भयो भने पनि अचम्म मान्दिनँ म त । बरु उमेशजी तपाईं पनि तयार पारिराख्नुस् आफुलाई नहोस् भनेको समाचार अलि दिनमा लेख्नुपर्ने हुन सक्छ ।
मन परे हरियो, नपरे रातो
0
0
साथीहरु, माओबादी, कांग्रेस र एमाले नमिलिकन यो देशमा संबिधान बन्नै सक्दैन. संबिधान सभाको चुनाब सकिएको यति लामो समय भैसक्यो तैपनि यी दलहरु मिलेर अगाडी बढ्ने कुनै संकेत देखिएको छैन. हामीहरु एकले अर्कोलाई दोष मात्र दिन्छौं तर आजको नेपालको स्थितिको लागि माओबादी, कांग्रेस, र एमाले बराबर का दोषी छन्. यी तिन दलहरुलाई चाडैनै एउटा समझदारीको बिन्दुमा लेराउन नसके बिदेशी चलखेल बढ्ने मात्र नभई नेपालको अस्थित्वमाथिनै आंच आउने सम्भावना बढ्दै गएको छ. त्यसैले हामीले समयमै बुद्धि पुर्याएर यी दलहरुलाई मिलाएर अघि बढ्न मद्दत गरौँ र आफुआफुमा यसरि हिलो छ्याप्ने बानीपनि कमगरौं.
मन परे हरियो, नपरे रातो
0
0
मित्र हरु लुना तथा महेश जि
नमस्कार
यो सरकारको कार्यसित हामी पूरै सन्तुष्ट छौं भन्ने होइन। हामीले त्यो सरकारलाई समर्थन गर्नुका पछाडि दुईओटा कारणहरू थिए: प्रथम, माओवादीहरूले राजिनामा दिएपछि पैदा भएको सरकार विहीनताको अवस्थालाई अनिश्चित समयसम्म कायम रहन नदिनु। द्वितीय, माओवादीहरूले फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारको गठनका लागि प्रस्ताव राखेपछि त्यस प्रकारको सरकार बन्दा देशको राष्ट्रियतामा पुग्ने खतरलाई रोक्न।संविधान सभाको निर्वाचनमा जनतासंग मत माग्दा माओवादीहरूले राष्ट्रपतिय प्रणालीका पक्षमा मत मागे। चुनाव जितेर आए पछि संवैधानिक समितिमा फ्रेन्च शासन प्रणाली (राष्ट्रपति र प्रधानमन्त्री दुइटै जनताद्वारा निर्वाचित हुने) हुनुपर्ने सुझाव पेश गरे। अहिले आएर पुनः राष्ट्रपतिय प्रणाली ठीक छ भन्दैछन्। यति छोटो समयमा उसले तीन तीन पटक आफ्ना नीति परिवर्तन गरेबाट उसको कार्यप्रणाली कस्तो प्रकारको छ बुझ्न गाह्रो पर्दैन र ??माओवादी जुन प्रकारका नीति र गतिविधि अगाडि बढाइरहेका छन्, ती गम्भीर प्रकारले आपत्तिजनक र गैर जिम्मेवार प्रकारका छन्। त्यस प्रकारका नीति र गतिविधिहरूबाट देश वा गणतन्त्रको भविष्यबारे गम्भीरता पूर्वक वा दुरदर्शीतापूर्वक विचार गरेको पाइन्न।माओवादीहरूका नीतिहरूका कारणले सम्भावित त्यस प्रकारका दुष्परिणामहरूलाई रोक्नका लागि आवश्यक दुरदर्शीता, राजनैतिक परिपक्वता वा दृढता भएको देखिन्न पनि किन भने सबै भन्दा ठुलो दल को हैसियत ले संबिधान बनाउने निस्चित जिम्बेवारि माओ बादी कै काद् मा आउछ उनीहरूको मुख्य चिन्ताको विषय एउटै देखिन्छ: उनीहरू कुनै पनि अवस्थामा सरकारमा हुनुपर्दछ। त्यो उद्देश्य पूरा नभएमा वा त्यसलाई पूरा गर्नका लागि उनीहरू जुनसुकै प्रकारको नीति वा कार्यविधि अपनाउन पनि तयार भएको जस्तो देखिन्छ। यो अत्यन्त गम्भीर चिन्ताको कुरा हो। खास गरेर संविधानसभामा उनीहरूको संगठन सबैभन्दा ठूलो भएकाले, उनीहरूको समर्थन बिना संविधान निर्माण हुन नसक्ने स्थिति छ हाल को ६०१ जना साम्सद सम्भिधान बनाउन को लागि लागि हो। आफ्ना तात्कालिक फाइदा वा पदका लागि जुनसुकै प्रकारका अवसरवादी नीतिहरू अपनाउन वा सम्झौता र सौदावाजी गर्न पक्कै होइन ,,,,, पहिले जन्मको आधारमा नागरिकता वितरण, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्माण, संघीयता, त्यसपछि जातीय, क्षेत्रीय राज्यहरू अनि उनीहरूलाई पृथक वा स्वतन्त्र बन्ने अधिकार। त्यसको अर्थ नेपालमा दर्जनौं स्वतन्त्र राज्यको निर्माण गर्न ढोका खुल्ने छ। त्यसपछि आत्मनिर्णयको अधिकारलाई प्रयोग गर्दै ती राज्यहरूलाई नेपालबाट पृथक र स्वतन्त्र घोषित गर्दै जाने र ती राज्यहरूलाई अन्ततः भारतीय संघमा सामेल गर्दै जाने भारतीय विस्तारवादको योजनालाई मार्ग प्रशस्त हुनेछ।प्रचण्डका छानिएका रचनाहरू भाग १, काठमाडौं, २०६३ पृ.१४०)राष्ट्रिय जनमोर्चालाई छाडेर बाँकी सबै दलहरूले संघीयतालाई स्वीकार गरेका छन्।संविधानसभामा पनि त्यसका पक्षमा अत्याधिक बहुमत छ ।। हाम्रो आवश्यकता सार्वभौमशक्तिको विभाजन होइन, हाम्रो आवश्यकता त अधिकार र कर्तव्यहरूको न्यायोचित बाँडफाँड, राष्ट्रिय साधन र स्रोतमा सबै वर्ग तथा समुदायका मानिसहरूको पहुँच शासन व्यवस्थामा महिला, दलित, जनजाति, मधेशी लगायत सबै पिछडिएका वर्ग र क्षेत्रहरूको समान सहभागिता सबै धर्म, भाषा र संस्कृतिको उचित सम्मान सहितको समावेशी शासन व्यवस्था र बलियो राष्ट्रिय एकता हुनु पर्ने होइन र ???
तपाईं हरु को गहन सुझाब को अपेक्षा गर्दछु
धन्यवाद राम चन्द्र ज्ञवाली
मन परे हरियो, नपरे रातो
0
0
पुष्प, लुना, आदी साथी हरु,
हो त नि
माओबादी शक्तिमा आउनु पर्छ,
अझै २-४ लाख निर्दोष मानिस मर्नु पर्छ
पुल भत्काउनु पर्छ
देशका मिलेर बसेका सबै जात-जाती हरु बीच भाषाको, धर्मंको, पोशाकको, गुन्द्रुकको, मस्यौराको, आलुको अनि चप्पल को तुनाको बीच धरी काटमार हुनु पर्छ
हाम्रो राजा प्रचण्डले चै २-४ करोड़ पर्ने गाडी चड्नु पर्छ, पचासौ दास दासी सहित महल मा टाई ढल्कायेर, भुडी सुम-सुम्यायेर जनताको रगतको पैसाले मासु भात खानु पर्छ, सपरिवार बिदेश भ्रमण गर्नु पर्छ
अनि तपाई हामी ले चै उनकै अन्धो भजन गाउनु पर्छ
कसैले एक शब्द बिरोध गरेमा हात खुट्टा भाच्ने हो की घाटी रेट्ने हो की उसको बच्चा को अपहरण गरेर फिरौती माग्ने हो, राजा प्रचंड ले जे आदेश मर्जी गरिबक्सनु हुन्छ सोही अनुसार गर्नु पर्छ
अनि हुन्छ हाम्रो नया नेपाल
त्यों नेपाल चै हाम्रो साच्चै गणतान्त्रिक न्यायिक स्वतंत्र र प्रचण्डपथिय नेपाल हुनेछ
मन परे हरियो, नपरे रातो
0
0
हालको हाम्रो संबिधान सभा कार्यापालिका र ब्यावास्थापिका को संयुक्त रूप हो. संबिधान सरकार ले बनाउने होइन, एसले त दैनिक कार्य सञ्चालन देखि शासन ब्यबस्था मात्र हेर्ने हो. संबिधान त ब्यावास्थापिका ले नै बनाउने हो, जुन लगातार को माओबादी को अबरोध ले गर्दा बस्न सकेको छैन. त्यों बेला अरु ले संबिधान सभा को सदस्य संख्या घटायेर राखौ भन्दा ६०१ पुर्याउन अडान राखने माओबादी नै हो क्यारे. अबा यहाँ किना माकुने लाई गाली?
मन परे हरियो, नपरे रातो
0
0
६०१ साम्सद लाई नै सम्सोधन गर्नु पर्ने भयेछ !
मन परे हरियो, नपरे रातो
0
0
सदस्यहरु कम भए यसलाई बढॉएर १२०३ गरे कसो होला ?
मन परे हरियो, नपरे रातो
0
0
कुन चाही नेता संविधान लेख्नको लगी गएको रहेछ. उनीहरू त जनताले तिरेको पैसा बाट जतिसक्दो बढी घरमा हुल्न गएको रहेछ. एक अर्कालाई गली गर्दै जनतालाई उल्लू बने रहेको छ.
मन परे हरियो, नपरे रातो
0
0
किन दबाब दिनु हामीले यो टट्टु सरकारलाई ! जनताबाट तिरस्कृतहरूबाट जारी भएको संविधान मान्य पनि हुनेछैन । माओवादीको नेतृत्वमा सरकार नबनी र माओवादीले उठाएको मु्द्दालाई पाखा लगाएर कुनै हालतमा पनि तोकिएको अवधिमा संविधान बन्नेवाला छैन । दिल्लीबाट ल्याए अर्कै कुरा, हुन त यो सरकारबाट यस्तो कार्य नहोला भनेर भन्न पनि सकिँदैन । राष्ट्रिय महत्वको मुद्दालाई थन्को मारेर सुत्केरी उद्धार गरेको समाचारबाट पाएको वाहवाहीमा मक्ख माकुनेबाट के नै पो आशा गर्न सकिन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
त्यत्रो धेरै ६०१ जना सभासद हरुले अहिले सम्म खेस्रा पनि तयार नपार्नु भएको र तर संबिधान जारी गर्ने दिन चाँही परिवर्तन नभएको देख्दा भने शन्कै लाग्यो —–
कतै यो सरकार को लागि दिल्ली मा तयार भई सकेको त छैन संबिधान ! ——
मन परे हरियो, नपरे रातो
0
0
समय मनै संबिधान बन्ला भन्ने आसा हराइ सकेको छ। बस यो त जनताको आँखामा छरो हाल्ने काम हो । नेताहरु सबैलाई मन्त्री बन्ने होडमा छन र राजनीतिक पार्टीहरु कसरी सरकार टिकाउ र सरकार गिराउ भन्नेमा छन।नेताहरुलाई संम्बिधान समयमा नै बने या नबने के फरक पर्छ र ???? भत्ता त समयमा नै पाइएको छ।
मन परे हरियो, नपरे रातो
0
0
लुना जि !
संबिधान राकेश शुदले बनाएर दिल्ली पठाएँ जस्तो छ तपाईंको हिसाबमा त !
मन परे हरियो, नपरे रातो
1
0
Dhanna tapai le Sood le tayar pareko sambhidhan bhannu bhyayana
मन परे हरियो, नपरे रातो
0
0
lunaajee
it is not impossible. india has been willing to see new constitution in nepal to the spirit of that 1950′s treaty
मन परे हरियो, नपरे रातो
0
0
पुष्प जि
बनक्कम!
माओवादीले माओवादी सरकार नबने सम्म र हामीले उठाएका मुद्दालाई पाखा लगाए सँम्बिधान बन्न सक्तैन भन्ने र काङ्रेस र अरु दलले पनि जबसम्म हाम्रो सरकार र हामीले उठाएका मुद्दालाई पाखा लगाए संम्बिधान बन्न सक्तैन भन्ने। अब भन्नुस यो हालत मा संम्बिधान बन्ला त ?????? यसमा सहमतिको बाटो खोज्नु परेयो। बाटो भनेको राष्ट्रिय सरकार! चाहे माओवादीको नेत्रित्वो होस या फिर एमाले या फिर नेपाली काङ्रेश्को। खान पनि खान्न र अरुलाई पनि खान दिन्न भने झै गरे के संम्बिधान एस् महिना त के कहिल्लै पनि बन्न सक्तैन।दुइ बर्स मा संम्बिधान् बनाउने भनेको १० महिनाको समय माओबादिले बरबाद गरेयो। ४ महिनाको गिरिजाले बर्बाद् गरे ४ महिनाको समय एमाले काङ्रेश् र अरु दलले गरे। अब बच्यो ६ महिनाको समय। यसमा सरकार बनाउने र गिराउने खेलमा नै समाप्त होला जस्तो छ।
मन परे हरियो, नपरे रातो
0
0
Pushpa ji
Kati samma Maobadi ko gungan garera basne ho. Tapai jasto bidhwan le ta ahile samma bujhnu parne ho, yo sambhdin Congress, Yemale, Maobadi kasaile pani banauna utsahit chhaina. Sab chor ho chor. Maobadi pani Delhi kai kathputali ho. Jagnus Pushpa hi,, Aba Luna lai ke bhannu,, waha ta dherai janne bujhne …
मन परे हरियो, नपरे रातो
0
0
Ramchandra ji
I doubt that whatever message you wanna convey, they will be able to understand. Non until they see things without Maoist dark glass.
मन परे हरियो, नपरे रातो
0
0
मित्र राम चन्द्र जी,
नमस्कार ! ! !
नेपाल मा प्रधान मन्त्री हुने हरु को इतिहांस हेर्ने हो भने,
माधव कुमार नेपाल जनता ले हरायका ले,
प्रचन्ड १५,००० नेपाली को टाउको काटेका ले,
गिरिजा जहाज अपहरण गरायका ले,
शेर बहादुर देउपा नालायक भयका ले,
लोकेन्द्र बहादुर चन्द बोल्न नसक्ने भयका ले,
सुर्य बहादुर थापा लोक सेवा मा असफल भयकाले,
मन मोहन अधिकारी लुरे भयकाले,
कृष्ण प्रसाद भट्टराई घूश खान नसकेका ले ,
मरिचमान सिंह आमा बाबु ठेगान नभयकाले,
नगेन्द्र रिजाल किसान हुनाले,
किर्तिनिधी बिष्ट सिंह दरबार जलायकाले,
तुलसी गिरी आफ्नै भाई ले श्वासनी लागेकाले,
बि पि कोइराला गण्डकी बेचेका ले,
टंक प्रशाद चारपाटे मुडियकाले,
डा के आइ सिंह कम्पौंडर भयी कन पनि डा लेखेका ले,
मातृका कोशी बेचेका ले,
मोहन शम्शेर पद्म शम्शेर लाई गलहत्यायका ले,
पद्म शम्शेर नेपाल मा पहिलो संबिधान दिनाले,
जुद्द शम्शेर बहिनी लाई गर्बाधारण गरायकाले,
भिम शम्शेर केही गर्न नसक्ना ले,
चन्द्र शम्शेर त्रि-चन्द्र कलेज खुलायका ले,
वीर शम्शेर बिदेश मा पैसा राख्ने भयका ले,
देब शम्शेर गोरखापत्र निकाल्ना ले,
रणोद्दिप सिंह काना भयकाले,
जंग बहादुर धरहरा बाट हाम्फाल्ना ले,
त्यस्तै राजा हरुमा -
ज्ञानेन्द्र संतान सखाप पार्नाले,
बिरेन्द्र सोझा हुनाले,
महेद्र डेढो हुनाले,
त्रिभुबन भारत को बेश्यालय मा घुमी हिंड्नाले,
प्रिथ्बी वीर बोल्नै नसक्ने हुनाले,
सुरेन्द्र पागल हुना ले,
राजेन्द्र जोइटिंग्रे हुनाले,
गिर्वान युद्द बिधवा को छोरा हुनाले,
रण बहादुर स्त्री लम्पट हुनाले,
प्रताप सिंह धेरै राजा हुन नपायका ले,
प्रिथ्बी नारायण शाह ले नेपाल एकिकरण गर्ना ले यो नेपाल को मुहार नै फेरियको हो।
अब हामी आँफै सोचौं को ठीक को बेठिक?
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
1
0
रामचंद्रले चोरी गरे तर भनेन कहा बाट चोरी गरेको यो लेख भनेर |
मन परे हरियो, नपरे रातो
0
0
बाबुरामजी, समयले सबै कुरा प्रष्ट पार्नेछ ।
मन परे हरियो, नपरे रातो
0
0
कुरा गर्यो कुरैको दु:ख । उही कुरा कतिचोटि भन्नु हौ; अनि कतिचोटि प्रष्ट्याउनु !
मन परे हरियो, नपरे रातो
0
0
“भत्काउन जान्नेले बनाउन सक्छ नै भन्ने पनि त छैन.!
स्वयम्भू वा पशुपतिका जंगलमा घरहरु कहा छन र ?”
मन परे हरियो, नपरे रातो
0
0
बनक्कम ? क्या हो यो ?
मन परे हरियो, नपरे रातो
0
0
मन्त्रिमण्डल नै नभए पनि केही समयको लागि सचिवहरुले सरकार चलाऊन सक्छ। राजनीतिक पार्टिहरुको अहिले मुख्य काम भनेकै नयाँ संबिधान बनाउनु हो। मन्त्रिपद भागबण्डामा अलमलिने बेला होइन। संबिधान जस्तो गहन बिषयलाई एकातिर पन्छाएर, राजनीतिक पार्टिहरु केवल सत्तात्तुर मात्र भएको देख्दा, नेपाली जनता “जुन जोगी आएपनि कानै चिरेको” भन्न थालिसकेका छन्। नेता भैखाएकाहरूले बेलैमा चेतेन भने आगामी आम निर्वाचनमा नेपालीहरुले पुष्प कमल दाहालहरुलाई चिप्ल्याएर नानी मैयाँ दाहालहरुलाई जिताउन के बेर? यस्तो आक्रोश काठमाडौलेहरुले एकचोटी पोखिसकेका छन्। चेतना भया।
शशांक लामा
न्युयोर्क
मन परे हरियो, नपरे रातो
0
0
पुष्प जि
बनक्कम नमस्कार नै हो। तमिलमा नमस्कारलाई वनक्कम भन्छन।
मन परे हरियो, नपरे रातो
0
0
ए ! नमस्कार भन्नुभए भइहाल्थ्यो नि !
मन परे हरियो, नपरे रातो
0
0
Samaya samaya bhanera basnu hola dherai dheelo hunechha. Chetnus hai samaya nai
मन परे हरियो, नपरे रातो
0
0
म पूर्ण सही छु भनेर त भन्दिन । तर ३३ वसन्त पारगरिक्दा धेरै कुराको अनुभव भइसक्यो बाबुरामजी । राजनीतिको कखरासम्म त बुझिने भइएछ । यसैको आधारमा मैले आफ्नो कुरा राख्दैआएको हुँ ।
मन परे हरियो, नपरे रातो
0
0
कृष्णजी,
सर्वप्रथम ज्ञानेन्द्रहरू प्रधानमन्त्री थिएनन्, राजा थिए ।
अरु त ठीकै हो, तर गहुँसँगै घुन पनि पिस्न खोज्ने तपाईंको नियत भने राम्रो लागेन । माकुनेको कुरा ठीकै हो । तर फेरि उही पारामा प्रचण्ड र १५ हजारको भड्काउ कुरा मन परेन । जनयुद्धताका भएको मानवीय क्षतिको जिम्मा माओवादीलाई मात्र लगाउनुअघि एकचोटि पुन: त्यसबारेमा विचार गर्नुहुन आग्रह छ । हुनत व्यक्तिगतरूपमा तपाईंलाई विभिन्न साथीहरूले यसबारेमा कुरा बुझाइसक्नुभएको छ ।
अनि मुख्य कुरा । नेपालको राजनीतिक इतिहासका खलनायक गिरीजालाई जहाज अपहरणकै कारण नराम्रो भन्नुभएको रहेछ । तपाईं त कस्तो कुटिल कुरा गर्न खप्पीस हुनुहुँदो रहेछ । त्यसताका गरिएको उनको उक्त कार्य सह्रानीय थियो । तर तपाईंले त कुटिल तरिकाले गिरीजाको महात्म्य गाउनुभयो बा ! उनको निरंकुश र राष्ट्रघाति चरित्र अनि भ्रष्टमति, आदि त पचाउनुभएछ ।
सुबथालाई पनि लोकसेवामा असफल भएकै कारण देखाउनुभएछ । सारा नेपालीलाई उनी निरंकुशताको मतियार रहेको कुरा थाहा छ; तपाईंले कसरी थाहा पाउनुभएनछ । अरु थुप्रै ‘भारदार’हरूको कुकृत्यलाई पनि सजिलै पार लगाउने ‘चेष्टा’ गर्नुभएछ ।
कृष्णजी, यस्ता भ्रामक विश्लेषण गरेर गिरीजाहरूलाई चोख्याउने प्रयत्न नगरेकै राम्रो ।
मन परे हरियो, नपरे रातो
0
0
नागेश भाई, हास्नै मन लाग्या हो र ?
“आएर कहिल्यै, ऋतु सिद्दिदैन!
देखाएर झंडा, डंडा हल्लिदैन…!”
की कसो ?
मन परे हरियो, नपरे रातो
0
0
हर्केजी,
संविधान मिच्नलाई हातमा बन्दुक हुनैपर्छ भन्नेछैन । हातमा बन्दुक लिनुको कारण त्यही संविधान पालना गराउन सहायक होस् भनेरै हो । तर अहिलेको अवस्था फरक छ । प्रचण्डले भनेजस्तै जनताको अधीनमा हतियार (सेना) नभएसम्म जस्तोसुकै संविधान बनेपनि केही हुनेवाला छैन ।
मन परे हरियो, नपरे रातो
0
0
मित्र पुष्प जी,
नमस्कार ! ! !
प्रतिकृयाका लागि धन्यवाद।
३३ बसन्त पार गर्नु भयछ ३४ का लागि शुभकामना। याद गर्नु होला अब यो बोली चाली,बिचार व्यबहार , रातो पिरो भन्ने केवल छ बर्ष बांकी छ। ४० नपुगुन्जेल रगत जत्ती तताय पनि हुन्छ अनी फुर्सद मा पछुताउनु होला ।
देश मा गणतन्त्र ल्यायको मा माओवादी लाई मात्र प्रश्रय दिन खोजेको हो मैले पनि पुष्प जी तर के गरु भगवान ले खान लाई मुख दियर आची गर्न पनि ठाउँ दिय, दुइटै संग संगै चल्ने रहेछ नत्र त १५,००० टाउको को दोष बि पि वा मातृका या गिरिजा लाई नै दिनु हुन्थ्यो।
होइन हो पुष्प जी आज सम्म पनि कस्तो अन्धो हुन मन परेको हो प्रचन्ड पुराण सुनेर , अझै नेपाली जनता (सेना) को हात मा बन्दूक दिने कुरा को समर्थन गर्दै हुनु हुन्छ। १५,००० टाउका हरु मा आफ्नो परिवार को कोही पनि नपरेर हो कि?
मेरो ब्यक्तिगत बिचार मा भन्नु हुन्छ भने गिरिजा जत्ती नराम्रा हुन प्रचन्ड ति भन्दा काम नराम्रा अबश्यै होइनन तर फरक बिषय को छ। गिरिजा ले देश मा आर्थिक भ्रस्टाचार गरे भने प्रचन्ड ले नैतीक र सैद्दान्तिक, गिरिजा ले जहाज अपहरण गरे भने प्रचन्ड ले नेपाली जनता को सुख शान्ती, गिरिजा ले नाताबाद चलाय भने प्रचन्ड पनि त्यस्मा कम छैनन, गिरिजा ले देश को इज्जत को गला रेटे भने प्रचन्ड ले १५,००० नेपाली हरुको, गिरिजा ले आफनो छोरी लाई प्रधानमन्त्री बनाउन कोशीस गर्दै छन भने प्रचन्ड आँफै, गिरिजा देश कै असफल प्रधानमन्त्री हुन भने प्रचन्ड महां असफल, गिरिजा पनि सेना प्रकारण मा नै राजिनामा दियका प्रधानमन्त्री हुन भने प्रचन्ड पनि, गिरिजा पुत्री मोह मा ध्रितरास्त्र हुन भने प्रचन्ड पुत्र मोह मा,
कत्ती गन्ती गरेर देखाउं पुष्प जी,
देश मा संबिधान बनाउने काम छोडेर कम्युनिष्ट अधिनायकबाद लागु गर्ने तिर लागेको प्रस्ट हुंदा हुंदै अझै कत्ती प्रचन्ड को पछी लाग्ने हो?
जागौं हो पुष्प जी जागौं ! ! !
धन्यबाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
पुष्प दाई
नमस्कार।
हजुर गिरिजा वा काङ्रेसको नाम सुन्ने बितिकै अलिक बढी तातिन्नु हुन्छ, लुना नाना, सुदलाई निकालदिदा सबै कुरा ठीक-ठाक हुने जस्तो गरी कड्किन्नु हुन्छ। कृष्ण गोपाल श्रेष्ठ आउने बितिकै एकैचोटी खन्निनु हुन्छ,कतै जय नेपाल भान्ने शब्द प्रतिको नफरत हो कि ?
गिरजाको र प्रचण्डको नराम्रो पक्षलाई हामीले बिरोध गर्नु पाउनु पर्छ । काङ्ग्रेस पार्टि होइन पार्टिमा भयका भ्रष्टचारी प्रबिर्ती, यथार्थस्थितीबादी प्रती हामीले सक्दो बिरोध गर्नै पर्छ र ति सब नेपाली समाज,जनता र नयाँ नेपालकै लागि सचिन अती आवश्यक छ। त्यस्तै माओबादीमा भयका असहमत बिचारप्रतीको हत्या, आतङ्क, जनताप्रती भन्दा नि पार्टीको लागि गरिन्ने हठ या जबर्जस्ती यि कृयाकलाप प्रती ससक्त आवाज उठिन्नै पर्छ। यो बिरोधका लागि मात्रा होइन, यि यावतकुराहरु नसचिकन नयाँ नेपाल बन्नै सक्दैन।
मन परे हरियो, नपरे रातो
0
0