शनिबार साहित्य अन्तर्गत यो साता कविता लेख्नका लागि चुनौति स्वरुप अतुलले खिचेको यो फोटो। अघिल्ला दुई साताका कविताको नतिजा क्रमशः अर्को साता प्रस्तुत गर्नेछौँ।
कृपया शीर्षकसहितको कविता बाहेक अरु कमेन्ट यसमा नगरिदिनुहोला।

No related posts.
|
|||
शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्नुस्शनिबार साहित्य अन्तर्गत यो साता कविता लेख्नका लागि चुनौति स्वरुप अतुलले खिचेको यो फोटो। अघिल्ला दुई साताका कविताको नतिजा क्रमशः अर्को साता प्रस्तुत गर्नेछौँ। No related posts. 8 comments to शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्नुस् |
|||
|
Copyright © 2012 Mysansar - Most Rights Reserved. |
|||
*** मेरी मनमाया लाई***
गहतेरी डाँडामा मकै खादै प्रिती गासेको ,
चिलौनेको फेदमा गट्टा खेल्दै औला भाचेको,
बिर्सिएको छैन मैले |
याद छ? काउराको डालीको कुत्रुकेको जोडीलाई तिमीले लाजौदै देखाएकी?
तर, आजकल त सुन्छु ;
शहरका गौथलीहरु बिजुलीको तारमा यसरी नै प्रीति लाउछन् अरे,
तिमि पनि “मनमाया ” बाट ” मनु” भा’की छौ अरे,
तर, म त अझै त्यहि गहतेरी मा पोल्टाभरि मकै लिएर टोलाई रहेको छु ,
त्यहि चिलाउनेको फेदमा बसी, बौलाई रहेको छु,
आज मलाई त्यहि कुत्रुकेको जोडीले सोधे मनमाया खै भनेर |
जवाफ दिन सकिन मैले,
कसरी भनु म तिमी त “मनु ” भै सकी भनेर |
यो गाउको ” घैंटे ” लाई छोडी शहर गई सकी भनेर …
अस्तु ||
- घैंटे याजेन (दुबाई)
मन परे हरियो, नपरे रातो
0
0
” प्रेम माधुरी —”
~~~~~~~~~~~~~~~~
( शब्दर्थ : प्रेम – माया -प्यार -हार्दिक मेल , माधुरी – मधुरता-मिठास )
~~~~
~~~~
~~~~
~~~~
चखेबा चखेबिको प्रतिबिम्ब माया
राधा कृष्ण को दुरुस्त छाया
°
सातै रङ्ग इन्द्रेणी देखी रुप मोहनि
लेख्दै कबिता कल्पन्छे च् दनी
°
सुन तिमी केही राधाको गीत
लेख्दै छु कबिता प्रेम प्रित
°
‘ हरायौ बनमा ! तडप यो मनमा ! ‘
कृष्ण कि आधा रोइ राधा
°
‘ लहरा तान्न पहरा गए ‘
झुठ बोल्छन कृष्ण राधाको दिल जित्न
°
हरायो राधाको अध्यारो आयो खुशी उज्यालो
कृष्ण ले मुरली बजाए लता-लहराले मित लगाए
°
सिरिसिरी चल्न थालयो पबन पाबन
राधा मुस्कुराइन कृष्ण हासे मन मोहन
°
हासो कृष्ण का मनमोहक निश्चल
रोएकी राधा बनी शा न्त शितल
।
छैन पिर अब राधामा रत्ति-भर
पिर हट्यो सब लाग्न थालयो मनोहर
°
बाबरी चमेली मन्जु मन्जरी
फक्रिन थाले सुबाश छरी
°
जुनेली जुनकिरी सबिता माधुरी
रङ्गिन थाले आहा ! इन्द्रेणि-सरी
°
मिठो धुन बजाउछ्न कृष्ण श्याम
जङ्गल भो मङ्गल आनन्द धाम
°
स्बर्ग उत्रियो धर्ती भरी
आहा ! आनन्दका किरण छरी
°
चरा-चुरुङ्गी कती थरिथरी
जिस्क्याउन था।ले ति राधालाई घरिघरि
°
जूनकिरी जुनेली उज्यालिन्छे च् दनी -सरी
गुनगुनाउदै नाच्छे राधाकै बरिपरी
°
झरना छल्छल छचल्कियो बिजुली बेग -सरी
लजाइ भागदै बग्न थालि नदी उसै गरी
°
इन्द्रेणी पोखियो पुषप्-लता भरी
छर्दै सातै रङ्ग थरिथरी
°
पर कही चखेबा चखेबिको चुम्बन
हेर्दै त्यो नरमाउला कस्को मन !
°
खुसुक्क बोले कृष्ण सुस्तरी
‘ हेर राधा ! ति प्रेमी जोडी कोइली ‘
°
लजाइन राधा गोधुलिमा सूर्य डुबे सरि
हेर्दै चखेबा चखेबिको प्रेम माधुरी
~~
~~~
मन परे हरियो, नपरे रातो
0
0
परेवा का जोड़ी
अहा हेर्दै कती राम्रो कानेखुसी गरेका परेवाका जोड़ी
सान्तिका प्रतीक हुना यिनी एक अरका मा सल्लाह गर्दैछन दिलखोली
यक अ़रकाको माया र साहारा बिनाको जिंदगी कती अन्धकार हुन्छ
सधै झगडा हुने दम्पति माँ परेवा को जोड़ी देख्दा कतिमन रुन्छ
चौरासी जुनी भोगी पायको यो मनुष्य चोला
सधै हासी खुसी बिताउन पाय कती राम्रो होला
माया जस्तो ठुलो संसार माँ अरु कही छैना
हिरामोती भन्नु मात्र माया भन्दा ठुलो अरु केहीहुन्ना
तय साथी भाई होस या दम्पत्यr जीबन जोड़ी होस परेवा को जस्तो
तर सधै बैमनस्य र हत्या हिंसा भैर ह्न्छ किन होला यस्तो
परेवा को माया भै दिय हुन्थ्यो नेता र जनतामा
पौरखी हातले राम्रो काम गरुन नलम्किउन कहिल्यै भास्तचारी i धन्दामा
यी नै जोड़ी परेवा बात याक अर्कामा मिल्न्ने कुरा सिकौ
देसको बिकास गर्न तीर लागौ अन्नाय र अत्याचार लाई रोकौ
चम्पा देवी खड्का
बागलुंग बा न पा २
हाल usa
मन परे हरियो, नपरे रातो
0
0
आखिर के छ जिबनमा
आउ एक पल प्रीती गाँसौं
यात्रा लामो बांकी नै छ
एक अर्काको साथ साटौं
दु:ख र पीडाको कुरा धेरै भयो
आज दुबै संगै हासौं
संसार अती निर्दयी छ
सबैमा प्रेमको सन्देश बाडौं
अजर अमर साथ हाम्रो
टुट्ने छुट्ने कुरै छैन
आज एउटा भोली अर्को
अरू जस्तो हामी होइन
हाहाहाहा
मन परे हरियो, नपरे रातो
0
0
Name kabita bhaye pani kabita lekhna audaina hai. दिन ढल्न थालिसक्यो
पुग्नु छ अब धेरै टाढा
शहर को रमझम, पंक्षि लाई अभाव
बासस्थान पाउन, बिकसे भिडमा
नङै छ शहर, रङिन छु भन्छ
लाचार छ मान्छे, सभ्ये छु भन्छ
प्रकिर्ती मासेर बहादुरि ठान्ने
सर्बश्रेस्ठ प्रणि आँफै हुँ भन्ने
कत्ठै आज्ञानी मान्छे को निएती
आफ्नै बिनाश को पर्खाइ कुरेर
दिन बितेको स्विकार्न सक्ला ?
बिबेक शुन्ये छ, चेतना शुन्ये
मान्छे को स्वोरुप दानब बन्दा
चारो को आस मा बसेका बच्चा
टुहुरा बन्लान, बिचल्ली होला
अब त जानु पर्छ है सङी
चुच्चो मा च्याप बच्चा को चारो
फुकाउ पखेता नगर बेर
जाउ हिड सङी उडेर भुर्
मन परे हरियो, नपरे रातो
0
0
दिन ढल्न थालिसक्यो
पुग्नु छ अब धेरै टाढा
शहर को रमझम, पंक्षि लाई अभाव
बासस्थान पाउन, बिकसे भिडमा
नङै छ शहर, रङिन छु भन्छ
लाचार छ मान्छे, सभ्ये छु भन्छ
प्रकिर्ती मासेर बहादुरि ठान्ने
सर्बश्रेस्ठ प्रणि आँफै हुँ भन्ने
कत्ठै आज्ञानी मान्छे को निएती
आफ्नै बिनाश को पर्खाइ कुरेर
दिन बितेको स्विकार्न सक्ला ?
बिबेक शुन्ये छ, चेतना शुन्ये
मान्छे को स्वोरुप दानब बन्दा
चारो को आस मा बसेका बच्चा
टुहुरा बन्लान, बिचल्ली होला
अब त जानु पर्छ है सङी
चुच्चो मा च्याप बच्चा को चारो
फुकाउ पखेता नगर बेर
जाउ हिड सङी उडेर भुर्
शुशान्त
क्यानाडा
मन परे हरियो, नपरे रातो
0
0
पहिले हामी रुख मा बस्थौ हरियाली बन मा ।
आज बिजुली को तार मा बस्न पर्यो बिरह छ मन मा ।।
बन को बाता बरण् स्वोच्छ हुन्थ्यो छहारी हुन्थ्यो रुख को ।
बन बिनास हुँदै गयो बासस्थान छुट्दा अनुभुती भयो दु:ख को ।।
छल छल गर्ने ढुङे धारा टन्की बनाइ पाइप लगाइ शहर तिर लगे ।
सुन्दर शान्त बन पखेरा मा आवाज दिदै गाडी दौडन थाले ।।
हाम्रो भन्दा सस्तो छ यहाँ मानब जिबन को मान अनी मुल्य ।
सुवास हुन्थ्यो पहिले फुलबारी मा तर अहिले मानव लास को गन्द ।।
बम बारुद गोली चल्छ मानव मानवमै मार्न मर्न ब्यस्तै ।
चारा हामी पनि पार्टी खोलौ कि दुद्धी जिबी मानव जाती जस्तै ।।
आफ्नो हक लिना लाई अरु को हक हनन गर्न हुँदैन भन्ने नारा ।
सिकाउ सभ्यता यि मानव हरु लाई हामी सबै मिली चरा ।।
माया मात्रा पर्याप्त हुदोरहेन छ जीवन भरी मानव लाइ बाँच्न ।
नत हाम्रो घर सम्पत्ति न जागिर बैन्क ब्यालेन्स छ केही साच्न ।।
तिम्रो मेरो प्रेम हुन्छ सधैं भरी अमर अटल बिरस्पती जस्तै ।
दु:ख पिडा असान्ती नहोश हामी मा मानव जाती मा जस्तै ।।
सर्दा का एक थोपा आसु चढाउनु तिमी म मरेर गय पनि ।
ईश्वर सँग गर्नु प्रार्थना अर्को जुनि मा मानव नबाउनु भनी ।।
फुलै फुल को डोली मा तिम्रो तस्बिर सजाउने छु ।
तिम्रै पवित्र माया सम्बन्ध मा सारा जीवन बिताउने छु ।।
हरियाली मा घुम्न पाउ यही माटो को रन् बन भिर पाखा ।
उजाड देख्दा माया मर्यो बिरह चल्यो रसाउन थाले आँखा ।।
बन को मिठो कन्तमुल घर को भन्दा चारा ।
यही कुरा सिके हुन्थ्यो मानव जाती सारा ।।
बिकास को होड चल्दा छुटे आफन्त सारा ।
हाम्रो पनि यस्तै होला मान्छे को जस्तै पारा ।।
धन्यवाद
राम चन्द्र ज्ञवाली
मन परे हरियो, नपरे रातो
0
0
प्रेम
-शिव आचार्य”सौम्य पुष्प”,
आहा! पूर्ण भो जीवन
अदभुत भो यो क्षण /
कती प्रीतपूर्ण रहेछ यो जगत
लौ हेर ! बर्सिन्छ अमृत यही
धारा बग्छ संतोशको /
स्पर्श हो कि सामीप्य तिम्रो
गुन्जिरहेछ पल पल
सितारको धुन यो /
प्रेमको ऋतु हो यो
मायाकै धरती आकाश हाम्रो
बर्शौबर्ष यस्तै रहोस
यत्ति त हो कामना हाम्रो /
मन परे हरियो, नपरे रातो
0
0