जय, सिड्नी(अष्ट्रेलिया)
इन्टरनेटको ब्यापक बिस्तारसँगै अहिले नेपाली समाजमा पनि ब्यक्तिगत यौन कृयाकलापका भिडियोहरु इन्टरनेटमा फैलाउने लहड फैलिएको छ। शहरी क्षेत्रमा इन्टरनेटको पहुँच घरघरमा फैलिएको छ र जसले जहाँबाट पनि यस्ता भिडियोहरु विभिन्न वेबसाइटहरुमा राख्न सक्छ्न्। यो विकृति र उद्दण्डता नै भएता पनि अब यो भेललाई कसैले अनुशासित राख्न र पकडमा लिन असम्भवप्राय: भएको छ। यो विषयले धेरै मुद्दाहरु उठ्न सक्छ जस्तो कि साइबर कानूनको कुरा, प्राइभेसीको कुरा, सामाजिक संरचना र दृष्टिकोणको कुरा, यौनको कुरामा मानिसको कौतुहलताको कुरा आदि। मैले यो विषय उठान गर्नुको कारण चाँही किन यस्तो लहड फैलिँदै छ र यसमा हाम्रो दायित्व के छ भन्ने विषयमा चर्चा गर्न मन लागेर हो।
तपाईंहरुलाई थाहा नै होला अहिले यौनजन्य विषयवस्तु हेर्ने सबभन्दा सजिलो माध्यम नै इन्टरनेट बनेको छ। मलाई आकँडा र प्रतिशतमा त जानकारी छैन तर यति चाँही भन्न सक्छु कि हामी मध्य सबैले पक्कै झुक्किएर अथवा जानाजानी यस्ता वेबसाइटहरु खोल्न पुगेका छौँ। त्यति मात्र कहाँ हो र इन्टरनेटको सहायताले कृत्रिम सम्भोग गरेर आनन्द लिनेहरुको छुट्टै वर्ग पनि छ। हुनत यस्ता प्राय: वेवसाइटहरुमा ‘वयस्कको लागि मात्र’ भनिने भए पनि त्यसको कुनै लेखाजोखा हुँदैन, झुक्किएर एउटा बच्चाले पनि खोल्न सक्ने भइसक्यो। अब यो ‘वयस्कको लागि मात्र’ भन्ने गरिएको दुनियाँमा नेपाली समाजमात्र अछुतो रहन कसरी सक्थ्यो र? अब त्यो दुनियाँमा कोही छिरोस् अथवा कोही त्यहाँबाट निस्कियोस् तर त्यो दुनियाँ फिजिएँको फिजिँयै छ।
त्यसमाथि अहिलेका प्रत्येकजसो मोबाइल फोनमा समेत भिडियो खिच्न मिल्ने सुविधा हुन्छ। कतिले आफ्नै जोडीलाई झुक्याएर पनि खिचेका छन् त कसैले आपसी सहमतिमा खिचेका छन्। कसैले आफ्नै जोडीसँग झगडा भएर अपमान गर्न पनि इन्टरनेटमा फैलाएका छन्, कसैले ठीक ठाउँमा सुरक्षित तरिकाले राख्न नसक्दा अरुले फेला पारेर पनि फैलाइदिएका छन्।
पोखरा, रानीपौवाकी एउटी मासुपसले महिला र मासु सप्लायरबीच भएको यौनसम्पर्कलाई उनीहरूले मोबाइल फोनमा कैद गरे। पाँच मिनेट लामो उक्त यौन दृश्यको भिडियो क्लिप्स ती पुरुषका साथीले सार्वजनिक गरिदिएपछि महिलालाई छिमेकीहरूले प्रहरीसमक्ष बुझाइदिए। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख रमेशकुमार भट्टराईका अनुसार पछि उनका श्रीमानले नै त्यो दृश्य आफूसँगै खिचेको बताएर उनलाई बचाए। अहिले उनी आफ्नै पेशामा फर्किएकी छन्। सहमतिमा यौनसम्पर्क राख्ने र सीडी बनाई ब्ल्याकमेलिङ गर्ने शिक्षक जीवछ यादव र साथीकी श्रीमतीसँगको यौन दृश्य कैद गर्ने एक बेलायती लाहुरेलाई नेपाली समाजमा बढ्दै गएको खुला सेक्सका प्रतिनिधिपात्रको रूपमा बुझ्न सकिन्छ। २०६२ सालमा पहिलो छुट्टी लिएर काठमाडौँ विमानस्थल र्लिएका धरानका राई थरका एक लाहुरे घर नगई काठमाडौँबाटै बेलायत फर्किए। आफ्नी प्रेमिकासँग बेलायतको एक होटलमा खिचिएको ब्लू फिल्म देशभर फैलिएको जानकारी एक साथीबाट पाएपछि उनी चार दिन काठमाडौँ बसेर उतै फर्किएका थिए। त्यसयता उनी घर आएका छैनन्। घर पठाएको कम्प्युटर बिग्रिएपछि बनाउन दिँदा उक्त फिल्म सार्वजनिक भएको हो। विभिन्न आसन र अश्लील संवादसहित साथीको श्रीमतीसँग खिचिएको उक्त फिल्म एक घण्टाभन्दा लामो छ। आफ्नै छोरीलाई अर्को पुरुषसँग लहसिएको देखेपछि युवतीका बुबाले आत्महत्याको प्रयास समेत गरेका थिए। युवती पनि त्यसयता नेपाल आएकी छैनन्। (हिमाल, वर्ष १८, अङ्क ०७ बाट)
झुक्किएर होस् वा जानाजानी होस् यस्तो सम्वेदनशील कुरा इन्टरनेटमा पुगिसकेपछि यसको फैलावटलाई कसैले रोक्न सक्दैन। त्यसैले तपाईं पनि यस्ता ब्यक्तिगत कुराहरु भिडियोमा कैद गर्दै हुनुहुन्छ भने त्योभन्दा अगाडि राम्रोसँग बिचार गर्नुहोस् कि कुनै दिन संसारभरी त्यो भिडियो फैलियो भने त्यसले तपाईंको जीवनमा कस्तो हलचल अथवा उतार-चढाव ल्याउनेछ? यदि आफ्नो ब्यक्तिगत कुरा सबैसँग बाँडौ भनेर कसैले यस्तो गर्छ भने त केही भन्न नमिल्ला।
मानिस अथाह यौन कौतूहल भएको प्राणी हो। जति बुझ्दै गयो उति बुझ्न मन लाग्ने, अझ बढी थाहा पाउन मन लाग्ने, अझ बढी हेर्न र सुन्न मन लाग्ने, अझ बढी अनुभव गर्न मन लाग्ने। आफ्नो यौन चाहनालाई आफ्नो वशमा राख्न सक्ने केही त्यागीहरुलाई छोड्ने हो भने बाँकी संसार यसरी नै चलेको छ। यो संसार भरी हुने प्राकृतिक कुरा हो भन्ने थाहा हुँदाहुँदै पनि कुनै ब्यक्तिको यौन कृयाकलाप आफ्नै आँखाले देख्दा उसको मूल्य र ऊप्रतिको श्रद्धा किन आकाशबाट सिधै पातालमा झर्छ? हाम्रो समाजको कुरा गर्दा महिलाको हकमा अझ बढी यो लागू हुन्छ। हाम्रो त्यो ब्यक्तिलाई हेर्ने दृष्टिकोण नै उल्टो भइदिन्छ। यदि गल्ती गरेको नै हो भने पनि के यस्तो भिडियो खिच्नु सबैभन्दा ठूलो अपराध हो? अझ गजबको कुरा त यो लाग्छ कि मानिसहरु आँफै खोजीखोजी जान्न, सुन्न र हेर्न चाहन्छन् अनि अन्त्यमा छि:छि: र दुरदुर गर्छन्। यो त खोजी खोजी गल्ती कोट्याउँदै गाली गर्ने प्रवृत्ति भएन र? यस्तो भिडियो खिच्नु अपराध हो भने यसलाई फैलाउनु अपराध हो कि होइन? यसलाई हेर्नु अपराध हो कि होइन?
मलाई लाग्छ समय र युगको परिवर्तनसँगै हामी सर्वसाधारणले यस्ता घटनालाई सामान्यरूपमा लिँदै बेवास्ता गर्नुमा नै सबको भलो छ। यो कुरा व्यबहारमा उतार्न समय लाग्छ। जसको आफ्नै भिडियो यसरी फैलिएको छ हाम्रो सामाजिक परिवेशमा शायद कोही यस्तो नहोला जसलाई आत्मग्लानी नहोस् , बाहिर देखिए पनि नदेखिए पनि। उसको लागि शायद आत्मग्लानी, पश्चाताप र अपराधबोध सबैभन्दा ठूलो सजायँ हो। आफ्नो सजायँ आँफै भोगिरहेको अवस्थामा सबैको छि:छि: र दुरदुरले कस्तो मानसिक तनाव देला? जसको परिवारमा यस्तो घटना घटेको छ उहाँहरुले त झन गाली र घृणा गर्नुको सट्टा माया र सदभाव दिनु अति आवश्यक छ, मानसिक तनावले कुनै अर्को दुर्घटना निम्त्याउनु भन्दा अगाडि नै। मैले कुनै दिन आफ्नै दिदीबहिनीको या दाजुभाइको भिडियो यसरी फैलिएको थाहा पाएँ भने त्यो दिन मैले गाली गर्नेछु कि उसको मानसिक पीडा बुझ्न खोज्नेछु त्यो दिनले मेरो कुरालाई म आफै ब्यहारमा उतार्न सकूँला कि नसकूँला देखाउनेछ तर त्यो दिन देख्न नपरेको नै राम्रो हो।
सभ्यताको विकासँगै मानिसले लुगा लगाएर लाज छोप्न सिक्यो, यौनजन्य कृयाकलाप लुकाएर गर्न थाल्यो। त्यो लुकेको नै सुन्दर देखिन्छ। खुल्दैमा र नाङ्गिदैमा विकसित हुने होइन।
No related posts.








लेख र तपाईको द्रिस्तिकोन राम्रो लग्यो I
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
4
समय सान्दर्विक लेख को लागि धन्यवाद
मन परे हरियो, नपरे रातो
9
1
यो एउटा दबाई न भएको रोग हो,,येस्तई रोचक कुरा पोस्ट भएका बेला परि पुराएर कमेन्ट हान्न मात्र सजिलो हो गर्न सक्ने कसैले केहि हैन कलियौग भन्ने मुभी को हिरो बन्ने कसैको आँट छैन बस आफु सजग रहुँ आफ्नो इज़त फाल्ने ले स्तर घटाई रहुन साइट मा हाल्ने लाई र बनाउने लाई खोज्ने काम जारी राखु र मन नपर्ने ले तेस्तो साइट पनि नहेरु साएद जता सुकै त हुदैन होला तेस्ता भिडियो हरु
मन परे हरियो, नपरे रातो
6
0
साथीहरु! यौन जस्तो यस्तो सम्बेदनशील बिषयमा गहन विचार अनि छलफल नगरेर हासो ठट्टा गर्नु राम्रो होइन | यौन प्राकृतिक अनि आबश्यक बस्तु त हो तर उमेर पुगेर ठुलो भय पछी मात्र | आजकल यो internet द्वारा जथाभावी फैलियाको अहिलेकोअश्शील दृश्यहरुले हाम्रा नया पुस्तामा यसले धेरै नै नकारात्मक छाप छोड्छ | अनि पछी गयर बाबु आमा हरुले २५ वर्षा पुगेका आफ्ना छोरा छोरी हरु के गर्नु बिग्रिय मात्रै भन्ने कि ति छोरा छोरी हरु सानै चाडै देखि नै कुन गोरेटो मा हिडिरहेका छन् भनेर रेखदेख का साथै आफ्नो कान ठाडो मात्र होइन आखा पनि खुल्ला पारि राख्ने?
मन परे हरियो, नपरे रातो
7
1
यो अहिलेको एउटा ठूलो समस्या हो . हालैको एक फिल्मी अभिनेत्रीको घटना पनि यसै अन्तर्गत पर्दछ . यसमा नियन्त्रण जरुरी छ .
मन परे हरियो, नपरे रातो
6
1
धन्यवाद त मैले पो भन्नुपर्यो दुइ दुइ वटा कुरा सिकिसकें मैले तपाईं ले गर्दा!दुइ पटक धन्यवाद है त!
मन परे हरियो, नपरे रातो
3
0
कस्तो गाह्रो छोटो अंग्रेजी हो !बुझ्नै गारो!अब त नेपाली मै लेख्न मिल्ने भाको छ नि!यसो थोरै (धेरै नै) अनुरोध मात्र हो!loool
मन परे हरियो, नपरे रातो
1
0
अन्तरंग सम्बन्ध भयकाले कुनै पल मा फन को लागि खिच्न सक्छ कुनै ठुलो कुरा हैन तर अब त्यसरी खिचने ले पनि त्यसको मिसयुज हुन सक्छ भनेर चेतनु पर्यो र अरुको privacy लाइ सार्वजनिक गर्ने लाइ त बिल्कुलै कारवाही हुनुपर्छ!
आफ्नो जीवनलाई अगाडी बढाउने रचनात्मक काममा खर्चिनु पर्ने समय अरुको चियोचर्चो मा खर्चिने बानि हाम्रो समाजमा अलि बढी छ!त्यसतिर ध्यान पुर्याउनु जरुरि छ!
जहाँ सम्म यौन को कुरा छ,यसलाई जति आँखा चिम्लियो त्यतिनै दुर्घटना बढी हुन्छ!त्यसैले उमेर अनुसार को यौन शिक्षा को हाम्रो स्कूल कलेज हरुमा अत्यन्तै खाँचो छ ! जब उमेरमा मान्छेले सहि जानकारी पाउदैन तब उसले गलत जानकारी हासिल गर्छ ! जानकारी त जसरि पनि हासिल गर्छ !
तसर्थ यौनसंग सम्बन्धित शिक्षा,स्वास्थ्य को बारेमा बहस,छलफल लाइ लिएर हाम्रो मनस्थिति अलि फराकिलो बनाउनु पर्छ नै !हामी पश्चिमे हरुलाई गाली गर्छौं तर sabhyataa kaa siknuparne layakka katipaya kuraharu uniharu संग छन् !
euta sano कुरा yahan उल्लेख garaun,yahan kasaile kasaiko sarir मा आँखा gadera herdaina.chahe tyasle swimming costume नै किन nalagayeko होस्!
kasaile kasaiko बारेमा तल्लो starko टिका टिप्पणी gardaina !
स्वस्थ जनकारी ले मान्छे लाइ सभ्य बनाउछ! होइन भने हाम्रो समाजमा यौन जस्तो संबेदनसिल बिशयमा पनि,कति खेर कसले कुरा निकाल्ला अनि सस्तो टिका टिप्पणी गरुँला भनेर बस्ने मानसिक स्थिति बाहेक अरु हामीले नदेख्नु आश्चर्य को कुरा हुँदैन!
मन परे हरियो, नपरे रातो
1
0
पर्बिधि को दुरुपयोगे गरेर जे मन मा लग्यो तही गर्ने लाई के गर्न सकिन्छ र ?
यस्तो कुरा को वास्ता गर्न छोडे को नै राम्रो | यौन लाई न त रोक्न सकिन्छ न त नीसेध गर्न सकिन्छ | बरु सयमं औपनौनु राम्रो हुन्छ | बाकी सम्बन्धित मान्छे ले बुज्नु |
मन परे हरियो, नपरे रातो
1
0
yea… watever you wrote is absolutely right… think twice,…. not only twice but thrice before you do anything…. one mistake can ruin your life….. whole life…….
मन परे हरियो, नपरे रातो
0
0
यौनक्रिडा सृष्टि र आनन्द दुबैका लागि अपरिहार्य:
जय जीले उठान गरेको विषयमा केहि कुरा मलाई पनि भन्न मन लाग्यो । यौन यस धरतीका सम्पुर्ण प्राणीको प्राकृतिक आवश्यकता हो । यो सृष्टिको अनुपम उपहार हो । यस भित्र सृजना र आनन्द दुबै छन । तर यसको उपयोग भनौ या आनन्द म्रर्यादित हुनुपर्छ । किनभने संसारका अन्य प्राणी भन्दा हामी मनिसमा चेतनशिलता छ जसको कारणले सभ्यताको बिकास भएको हो नभए हामी पनि अन्य प्राणी जस्तै नांगै हुन्थ्यौं होला अहिले पनि । यौनलाई पशुताको रुप दिनु हुदैन । यो खुल्ला गोप्य विषय हो किन कि जब छोरा वा छोरी जवान हुन्छन अनि हामी बिबाहको कुरा गर्छौं त्यहाँ जे जति चर्चा वा छलफल गरिएपनि सेक्सका बिषयमा भने उच्चारण गरिएको हुँदैन तर बिबाहको मुल बिषय भनेको सेक्स नै हो । यो भयो सृजना वा सृष्टिको पाटो । यसैको अर्को पाटो हो आनन्दको । यही आनन्द लिने क्रममा तपाईंले भने जस्तै मानिसले मर्यादालाई ख्याल नगरी ब्यवहार गरेकोले यो बिकृत भएको हो । सेक्सबाट आफू खुसि पुर्ण आनन्द लिन पाउनु तपाई हाम्रो सबैको नैसर्गिक अधिकार हो तर मुल्य मान्यता र सामाजिक मर्यादा भित्र रहेर । यो मानिसको नैतिकता सँग गासिएको बिषय वस्तु हो । हामीले यसलाई हलुका रुपमा लिनु त्यती उपयुक्त म देख्दिन तर यसमा धेरै गम्भिर हुनु पनि आवश्यक छैन । यसलाई मर्यादित बनाउन व्यक्ति, घरपरिवार, समाज र राज्यको आ-आफ्नै अहम भुमिका रहन्छ । यसलाई आवश्कता भन्दा बढी लुकाउने वा दबाउने प्रयत्न गर्यौं भने हाम्रो मुर्खता मात्र हुनेछ । सृष्टि र आनन्द दुबैका लागि यौन क्रिडा अपरिहार्य भएकोले भौतिकवादमा मात्र नरुमल्लिएर आध्यातमवादलाई पनि हामी सँग सँगै अनुसरण गर्न सक्यौं भने यसमा टाउको दुखाइरहनु पर्दैन होला जस्तो लाग्छ मलाई ।
मन परे हरियो, नपरे रातो
3
0
यो बिकृति लाई केहि हद सम्म रोक्न को लागि NTC ले तेस्ता कुरा नखुल्ने बनाउन मिल्दैन र ? मेरो मतलब जस्तो की इन्टरनेट मा यौन सम्बन्धि कुरा खोज्दा NTC BLOCK बनाउने यसो गर्न सकेमा केहि हद सम्म भय पनि समाधान हुन्थ्यो की .
मन परे हरियो, नपरे रातो
2
0
यौन मनविग्यानको एउटा महत्वपूर्ण पक्ष अरुको संसर्गलाई हेर्नु पनि हो। यसै कारण पनि संसारमा खर्बौं डलरको यौन जन्य फिल्म र यौन जन्य बस्तुको बजार छ। र आफ्नै यौन संसर्गको क्लिप हेर्नु पनि यहि मनोविग्यानले काम गरेको हुन्छ। यस्कै विस्तारित रुप इन्टरनेट यौन हो। आधुनिक उपकरणले सहज र सुलभ भएको छ।
अव यसलाई कसरी हेर्ने आफ्नो दृष्टिकोणमा भर पर्दछ। भरखरै नेपाली हिरोईनको क्लिपको नेट बजारमा आएको छ। आ-आफ्नो मान्यता होला यस विषयमा। यस्तो कुरा नराम्रो हो भन्नेले पनि यस्तो कुरा हेर्छ र यो अनैतिक असमाजिक हो भनेर फुक्छ पनि। हाम्रो समाजिक मनोग्रन्थि यस्तै छ
मन परे हरियो, नपरे रातो
2
0
नेपाली यौन भिडियो बजारमा आएको सुनेको सुरु दिन नै मलाई लागेको थियो यो त सुरुवात मात्र हो | राम्रो कुराहरु नेपाली समाजमा भर्खर बामे सर्दै गरेको सानो बच्चा जस्तो फैलिए पनि नराम्रो कुराहरु दिन दुइ गुना रात चौगुना भएर फैलिन्छ | आजकल नेपालमा नया लहर जस्तै भएर फैली रहेछ यौन भिडियोहरु | रहरले होस् या त कर ले होस् या त प्रयोग को लागि नै लिएको होस् यस्ता भिडियोहरु सम्बन्धित व्यक्ति,परिवार मात्र नभएर समाजलाइ नै प्रदुसित गर्ने काम गरि रहेको छ | अर्को अनौठो कुरा यस्ता प्रकारका भिडियो हरुमा बिसेस गरेर शिक्छित हरु नै बेसी संग्लग्न भएको पाईएको छ | संचारका माध्यम बाट यस्ता कुराहरु को बारेमा जना-चेतना फैलायो भने पनि केहि हद सम्म भए पनि यस्ता कुरा हरु मा कमि औउने थियो कि? जय जी को आर्टिकल राम्रो छ | पछि पछि पनि यस्ता चेतना मुलक आर्टिकल लेख्दै रहनु होला | धन्यवाद ||
मन परे हरियो, नपरे रातो
2
0
आफ्नु खुशी भन्दै मा भएन नि श्रेष्ठ जी । कसैले कुनै दिन बाटोमा गर्देला रे के त्यो पनि आफ्नु खुशी न भन्नु त, गर्नु पर्छा तर सतर्क अपनाउनु पर्यो नि बाहिर फ्लाश हुनु भएन !!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
1
1
पर्दाभित्र गरिने क्रियाकलापहरु गर्नु भन्दा पहिला पर्दा राम्रोसंग लागेको छ कि छैन
रि-चेक गर्नुनै बेश, नत्र भने यो क्रियालाई आफ्नो ब्यबसायनै सम्झिनेहरु लाई उनीहरुको पुरानो प्लेट्फोर्ममा फर्काउन त मुस्किलनै पर्ला !!! र आजको सताब्दिमा भिडियो बनाउनु भनेको त त्यति नौलो कुरा हैन जस्तो लाग्छ !
मन परे हरियो, नपरे रातो
0
0
खै के भनु मेरो बिचार मा मान्छे को एउटा शरीर हुन्छ ठुलो वा सानो निछोडमा भनु भने आकार मात्र फरक किन हामी कसैको नग्न शरीर हेर्न रुचौन्चयो
सबै एउटाइ त हो नि किन देख्जौनु पर्यो त?
मन परे हरियो, नपरे रातो
0
0
सरकारले इन्टरनेटमा यस्तो कुराहरुको समय समयमा निरीछएन गरेर दोषी मान्छेलाई
कारबाही गर्नू पर्ने हो .
मन परे हरियो, नपरे रातो
1
0
हेर्ने बेलामा बेस्सरी भएभरको लिंक हरु क्लिक्क गर्दै आँखा ठुलो पर्दै रातभरी हेर्ने अनि ठुलो ठुलो कमेन्ट लेख्ने . यो त हजम भएननी
मन परे हरियो, नपरे रातो
1
0
राम्रो बिसय उठाउनु भएकोमा धन्यबाध !
तर कुनै कम्प्युटर बिग्रेर बनाउन दिंदा तेस कम्प्युटर भित्रको दोकुमेन्त क्याच गर्ने कम्प्युटर व्यवासाई अपराधि हो यस्तोलाई सजाय दिनु पर्छा !
उसको काम कम्प्युटर बनाउनु हो तेसैले उ एउटा चोर हो
किन उसलाई मुद्धा हलियेना ?
मन परे हरियो, नपरे रातो
1
0
यो एकदम नराम्रो कुरा को सुरुवात पैलेदेखी नै भएको हो.. अब सायद सरकार ले इंडिया जस्तो एस्तो video हरु सार्वजनिक गर्ने प्रेमी/प्रेमिका हरुलाई मुद्धा हाल्न मिल्ने खालको कानुन लिएर आउनु पर्ने बेला भयो……
मन परे हरियो, नपरे रातो
0
0
अनियन्त्रित यौन कौतुहलतालाइ प्रविधिको असावधानी पूर्ण प्रयोग ,समाजले खुल्ला यौन शिक्षा माग गरेको सकेत
मन परे हरियो, नपरे रातो
0
0
योन नितान्त निजि कुरा हो यसमा होस् पुराउनु नै उपयुक्त हुन्छ . यस किसिमको यकी संबेदनसिल कुरा मा कसैले खेलबाड नगर्नु नै बेस हुन्छ . सेक्स मानिस लाई चाहिने कुरा हो , चाहे केटा होस वा केटि , जसले जति सुकै किन फलाकुस , उ आफ्नो साथी संग सन्तुस्टी हुन् चाहन छ , चाहे नेपाली समाज होस चाहे एउरोपियन समाज होस , तर हामी अरु को कुरा मा नै धेरै चासो दिन्छौ, तेयो हाम्रो कमजोरी हो , यो कमजोरी लाई सुधार्ने कोसिस गरौ , सेक्स विडियो न खीचौ.
धन्यवाद
नबिन
बेलायत
मन परे हरियो, नपरे रातो
1
0
जोसमा होस हैन, होसमा जोस गुमाउनु यस्तो अवस्य हुन्न ।
मन परे हरियो, नपरे रातो
1
0
यो समयको माग हो /
मन परे हरियो, नपरे रातो
2
0
प्रेम जी, यौन अपराध हुदै होइन ,विडियो बनाउनु पनि अपराध होइन ,जब महिला र पुरुस दुवै को सहमति मा विडियो टेप बनाई बजार मा लाये बापत उनि हरु ले पैसा पौछन,त्यो पनि अपराध होइन ,जो कोहि ले यौन टेप हेर्नु पनि अपराध होइन ,तर जुन टेप उनि हरु को अनुमति बिना रिसिबी को कारण ,बेइजत गर्ने कारण ले प्रचार मा ल्याइदिने बेकती चाही अपराधी हो ………….
मन परे हरियो, नपरे रातो
2
0
अरुको नितान्त निजी कुरा सार्वजनिक गर्नु राम्रो होइन । तर अरुलाई गाली गर्नुभन्दा आफैं सचेत हुनु राम्रो ।
मन परे हरियो, नपरे रातो
2
0
एस्लाई सहज रुपमा लिदा नै उपुक्त हुन्छ, मेरो बिचारमा एस्लाई रोक्नु त सम्भवै छैन तर एस्लाई सुरक्षित बनाउनको लागि मानसिक बिकास हुनु पर्यो मतलब शिक्षा मा जोड दिनुपरो, अझै पनि हाम्रा स्कुल मा एसको खुलेर पदाई हुदैन, बिकासको मतलब गरिबी निवारण, बाटो घाटो पानी ठुला भबन बिजुली मात्र होइन, सबभन्दा पहिले आफ्नो सोचाइको बिकास गर्नु पर्यो. यो चिन्ता प्राय साउथ एसिया छ, इंडियामा पनि यो चिन्ता को बिसय बनेको छ,
यौन अपराध हुदै होइन, विडियो बनाउनु पनि अपराध होइन तर खोजि खोजि हेरेर थु थु गर्नु चै पक्कै अपराध हो
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो देशमा यस्तो किसिमको योेन सम्बन्धी कुनै पनि वेबसाइटहरूलाइ प्रतिबन्ध गर्नु पर्छ। हाम्रो नेपाल सरकारका सम्बन्धित निकायहरूले बेलामै नै यस्तो कुराहरूमा ध्यान दिनु नितान्त अबाश्यक्त छ। जो एउटा बिकृति को रूपमा नफैलोस र गोप्यता कसैको पनि सर्वजानिकरूपष देख्नु नपरोस।
मन परे हरियो, नपरे रातो
0
2
एकदम संबेदनसिल बिसय मा चर्चा गर्नु भएको मा धन्यवाद
मन परे हरियो, नपरे रातो
1
0
जय जी जानकारी को लागि धन्यवाद ,यौन भन्नु यौन को कुरा गर्नुनै साधारण जस्तो भइसक्यो अहिलेको युग मा , पहिलो कुरा त तेस्तो विडियो खिचे पछी सुरत्छित संग नराख्नु आफ्नै कमजोरी हो दोस्रो कुनै एक को बेक्तिगत रिसिबी को कारण ले या कुनै पुरुष ले ब्लैक मेल को कारण .ले लाखौ को अगाडी बेइजत गर्छ भने उस लाई ठुलो अपराधी ठान्नु पर्छ ,र उस लाई जेल हाल्नु पर्छ एस्तो कानुन भएमा एस्तो क्रियाकलाप आफै हराउछ …….
मन परे हरियो, नपरे रातो
0
1
पहिला कुरा एस्ता कृयाकलाप हरु भिडियो मा कैद नगर्न नै बेश !
मन परे हरियो, नपरे रातो
0
1
कमान जी तपाईं को घटिया विचार रहेछ / येदि तपाईं को आफन्त को नै एस्तो विडियो पाउनु भयो भने पनि इन्टरनेट मा राखिदिनु हुन्छ होला होइन /
घटिया मान्छे को घटिया विचार
अनि जय जी लेख को लागि धन्यवाद म तपाईं को विचार संग सहमत छु/
मन परे हरियो, नपरे रातो
0
0
यो कुरा अब सामान्य भै सक्यो. तर एसको कन्ट्रोल को लागि बाबु आमा सचेत हुनु पर्छ.
मन परे हरियो, नपरे रातो
0
0
भनिन्छ उत्पत्ती बिकास र बिनास त्यस्तै कुनै कुरा को पनि २ वटा पाटा हुन्छन राम्रो र नराम्रो असल खराब अब सबै मानिस मा त इमान्दारी वा नैतिकता भेटिदैन नि एउटा सढे को माछा ले पुरा पोखरी दुर्घन्द गराउछ भनेको यही हो
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद है तपाइको लेखलाई किन कि तपाई हरु जस्तोले नै सजक बनाउने हो नि हजुर के गर्नु अहिले त सेक्स ले पनि सार्है सतायो त नि .. एस्तो कुरा हरु सबै ले बुहेरा सानो कुरालाई ठुलो नाबनौदा नै सबै को वालो हुन्छःनि तर हाम्रो देश मा के हो के हो
मन परे हरियो, नपरे रातो
0
0
जयाजी बहुतै महत्वपूर्ण कुरा उठाउनु भयो \ धन्यबाद ! मानिस आफै जब सचेत र जिम्मेबार हुन् सक्दैन तब सम्म यो बिषय मानिस,समाज र राज्यको नियन्त्रण र सिमा भित्र रहन सक्दैन \ सुन्दर र कौतुहल जन्य कुरा छोप्नु नै मानिसको लागि राम्रो हो होइन भने यसको महत्व,उत्सुकता,चाहाना मर्दै र घडदै जान्छ \ आज धेरैको जिबन,घर बर्बाद पारिसक्यो यो यौनले ! तर पनि मानिस किन बहुलाउछ यौनको लागि ? मन,खुसि,इछ्या,कानुन,समाजलाइ मिलाएर सरल,सम्मानित ढंगले जिबनमा यसलाई लागु गराउन सके राम्रो हुन्थ्योकी ?
मन परे हरियो, नपरे रातो
0
0
संसार नै त्यसैमा बेजोड ले अडेको हुन्छ, म त जहा भेट्यो खिचेर राखिदिन्छु, लुकी लुकी गर्न को साट्टो खुल्लम खुल्ला ,
मन परे हरियो, नपरे रातो
0
0
हैन कती पये देश म त्यहाँ को सरकार ले नै एस्ता साइट मा बन्देज लगाएको छ। नेपाल ले पनि लाउन सक्छ नि ?
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो लेख पदना पाइयो एसरी नै हाम्रो समाज मा चेतना फैलाउने खालको लेख हरु लेख्दै जानु.
आज हाम्रो समाज लाई चाहिएकै सहि मार्ग निर्देसन हो…
मन परे हरियो, नपरे रातो
1
0
हामी आधुनिकताको नाममा पस्चिमेको अनुकरण गर्छौं – यो तेसैको परिणाम हो- चेतना भया | हामीलाइ पस्चिमे कल्चर नै मन परेको हो भने, जिन्दगीलाइ येश को नै संज्ञा दिन्छौं भने यो साधारण नै हो | यो घटना हामीलाई पचेन होला तर जो एसका पात्रा जो छन् साएद ऊनीहरुलाइ यी कुरा पचेका छन् होला |
मन परे हरियो, नपरे रातो
0
0
इन्टरनेट मा फैलिदै गएका नेपालि यौन भिडियोहरु र किन यस्तो लहड फैलदै छ भन्ने सम्बन्धमा नैतिकता , कानून , सम्बेदनशिलता का कुराहरुले प्रमुख भूमिका खेलेको हुन्छ .
मान्छे शिछित त भयो तर शिच्छा मार्फत उसमा नैतिक शिछा को प्रभाब प्रभाककारी रुपले पर्न सकेन भने त्यस्तो व्यक्तिबाट नै आत्मा अनुशासन को उल्लङ्घन हुन्छ .
यस्ता अनुशासनहीन व्यक्तिलाई फेरी अर्को व्यक्तिले रिसिबी साध्ने या कुनै फाइदा लिने कु – उद्देश्यले संचार माध्यम या इन्टरनेट आदिको माध्यमबाट बेइज्जत गर्ने काम गर्छ भने त्यस प्रवित्ति का व्यक्ति झनै दोसी हुन्छ समाज दुसित बनाउनमा .
एउटा दुइटा व्यक्तिको नितान्त व्यक्तिगत कार्य लाइ हजारौ लाखौ व्यक्तिहरु बीच पुराएर जुन बदनाम गर्ने कार्य गर्छ त्यो झन घोर अपराध हुन्छ .
यस किसिमका अपराधिक मानसिकता भरिएको व्यक्तिलाई कानूनको आखामा महा अपराधि को रुपमा उभ्याउन सक्नु पर्छ सभ्य समाजले /
अरुको जिबन बर्बाद भएको हेरेर रमाउने या फाइदा लिने परपीडक सम्बेदनाहींन
हिर्दय भएका व्यक्तिलाई सभ्य समाज ले तिरस्कार गर्दै सजाय दिलाउन सक्यो भने
यस किसिमको अपराध गर्ने व्यक्तिको मनोबल गिर्छ .
सम्बेदनशील बिसयमा आर्टिकल लेख्नु भएकोमा जय जी लाइ धेरै धेरै धन्यबाद /
मन परे हरियो, नपरे रातो
2
0
“सभ्यताको विकाससँगै मानिसले लुगा लगाएर लाज छोप्न सिक्यो, यौनजन्य कृयाकलाप लुकाएर गर्न थाल्यो। त्यो लुकेको नै सुन्दर देखिन्छ। खुल्दैमा र नाङ्गिदैमा विकसित हुने होइन।”
- एकदमै सहि कुरो
मन परे हरियो, नपरे रातो
1
1
नेपालीहरु नेपाल लाई अरु बिकशित देशहरु संग दाजेर देखासिखी गर्न खोज्छन तर सबै नकारात्मक कुराहरु मात्र / नेपाली चेला चेलीहरुले पनि यस्तो धार्मिक देश जहाँ बुद्द र सीता जन्मेका थिए भनेर किन भुलेका हुन् कुन्नि / जसरि नेपाल सुन्दर, निश्चल र पबित्र छ तेसरिनै नेपाली हरु पनि येही मुलधार लिएर नेपाललाई विश्वमा चिनाउन खोज्नु त कहाँ हो कहाँ नेपाली हरु पनि छाडा हुन्छन है भनेर चिनाउन कम्मर कसेर अघि बढेका छन्/ हे भगवान….
हाम्रा नेपालका गहना यानिकी कलाकारहरु त आफ्नो कला प्रस्तुति गर्न छाडेर यस्ता घिनलाग्दा भिडियो सार्बजनिक गर्छन भने अरुको त के कुरा गर्नु खै /
खैर नेपालीहरुलाई भगवानले सदबुद्धि दीवुन यहिनै कामना /
मन परे हरियो, नपरे रातो
5
1
देखासिखी नगर्ने हो र प्रबीधी को दुरुपयोग न गर्ने हो भने सायद येस्ता घटनाहरु कम हुन्ठेओ की ??
मन परे हरियो, नपरे रातो
2
0
खोइ के भन्ने मान्छे को आफ्नो आफ्नो सोच हुन्छ / आफ्नै movie खेच्ने न खेच्ने आफ्नो आफ्नो रहर तर safely गर्नु पर्छ जस्तो लाग्छ मलाई / कीनकी एस्लाई रोक्न गारो छ /
मन परे हरियो, नपरे रातो
1
0
के गर्ने संसार नी यस्तो छ पूर्व न पच्चिम
मन परे हरियो, नपरे रातो
1
1
नेपाली युवा युवतीमा देखाउनु पर्ने कुरा छोप्ने र छोप्नु पर्ने कुरा देखाउने होड नै चलेको छ/यो प्रवृति ले समाजलाई दुसित बनाउने भन्दा बादी केहि राम्रो काम गर्दैन/
मन परे हरियो, नपरे रातो
3
1
hi jaya, thanks for the article.i am also agree with your saying and all these are missused of internet .everything thing has it’s limit but some of the nepali people they had cross the limit by using computer in wrong way .i am so upset to know about these types of video.so,keep on posting the article related to this topic and alert nepali citizen .
MY NEPAL MY PRIDE
मन परे हरियो, नपरे रातो
2
0
प्रगती पनि त हो! नभए मानिस अहिलेको अवस्थामा कसरी पुग्थ्यो! जंगलमा नी हुन्थ्यो! होईन र???
मन परे हरियो, नपरे रातो
1
0
“त्यो लुकेको नै सुन्दर देखिन्छ। खुल्दैमा र नाङ्गिदैमा विकसित हुने होइन।”
साच्चै भन्ने हो भने पश्चिमी विकृत संस्कृतिको परिणाम नै यो हुन गएको हो ।
मन परे हरियो, नपरे रातो
2
0
एस्लाई सहज रुप मा नै लिदा उपउक्त होला किन कि अब यो लहर लै कोइ कसैले रोकेर राख्न नसक्ने भैसक्यो /आफु आफु मा सचेत बनौ /येस्ता आधुनिकता को miss use नगरौ /तपाइको एस लेख को लागि धन्यबाद
मन परे हरियो, नपरे रातो
8
3
कुरा त ठिकै हो तर पनि जसलाई जे जे गर्न मन लाग्छ तेस्ले तेही गर्दा हुन्छ के ही फरक पर्दैन आफ्नो खुशी गर्न पाउनु पर्यो नि सबैले फैलाओस या नाफैलाओस हामीले क को टाउको दुखी गर्ने जय सिड्नी तपाई आफै सजक हुनुहोस अरुको चिन्ता नालिनुस सबै आफै आफै सजग भए पुग्छा अरुले सम्झाउनु पर्दैन ………..
मन परे हरियो, नपरे रातो
2
0
I agree श्री कृष्ण अधिकारि.
अरुको चिन्ता नालिनुस भन्न पनि अलि मिल्दैन. समाज तपाई एउटैको मात्र हैन. समाजमा बिकृति फैलियो भने त्यो तपाइको घर सम्म आइपुग्न सक्छ. त्यो बेलामा पनि तपाइको सोच येही रहला त Shreesh ji?
मन परे हरियो, नपरे रातो
1
0
जसलाई जे मन लाग्यो तेही त गर्नु मिल्दैन होला नि श्रेष्ठ जी | अनि आफ्नु कुशी भन्दैमा के बाटो बाटोमा गर्नु |
मन परे हरियो, नपरे रातो
1
0
ब्रो अरु लाइ सिकाउनु भन्दा आ आफै सजग हुने हो आखिर सबैको आ आफु माथि मात्रै नियन्त्रण हुने गर्दछ, हामि हाम्रो घर देखि धेरै टाडा छौ यदि हाम्रो घरको व्यक्ति हरुले नचाहिदो काम गर्ने हो भने हाम्रो हजारौ कोश देखि के नही गर्न मिल्दछ र?
तेसैले अरुलै सिकाउनु भन्दा आ आफु नही ठिक हुने हो , हरेक व्यक्ति आ आफै ठिक हुने हो भने समाज तेसै ठिक भै हाल्यो नि?
अरुलाइ ठिक पार्न खोज्ने तर्फ नलाऔ.
धन्यबाद
मन परे हरियो, नपरे रातो
1
0
प्रतिज्ञा जी ले क सोच्नु भयछ मैले भन्न खोजेको कुरा बुझ्नु भयनछ समाज मेरो मात्र हो भनेको पनि छैन मैले समाज कसले बनायो तपाई हामीले व्यक्ति व्यक्तिले बनायो यक यक मिलेर नै समाज बनेको हो तपाई हामी ले राम्रो कम गरे समाज राम्रो हुने हो तपाई हामीले नराम्रो कम गरे नराम्रो हुने हो सम्ज्लाई किन दोस …………तेसैले प्रतिज्ञा जी तपाई आफै सजग हुनुहोश भनेको हो मैले… धन्यवाद ….
मन परे हरियो, नपरे रातो
1
0
हरि जी कहिले कहिँ अरुलाई पनि सिकाउनु पर्छ. कसैले नराम्रो गरेको छ भने त्यस लाई सिकाउनु एउटा कर्तब्य पनि हो . लेखक जी पनि एउटा बुझक्कड भित्र नै पर्नु हुन्छ त्यसैले जसले नराम्रो गर्छा त्यसलाई सिकौं खोज्नु भएको हो. अनि अर्को कुरा वहा ले भन्नु भएको सहि पनि हो.
मोरंग.
मन परे हरियो, नपरे रातो
1
0
Pratigya jee ko kura sanga ma 100% agree thanks legal_audit
मन परे हरियो, नपरे रातो
1
0
कति सजिलै भन्नुभो कृष्णजी ‘समयको माग’ भनेर । अपराध पनि समयको माग हुने रहेछ ।
तपाईंका छोरीचेली उक्त ठाउँमा भएको भए थाहा पाउनुहुनेथियो कसको माग रहेछ भनेर ।
मन परे हरियो, नपरे रातो
2
1
सन्दीपजी, तपाइले ठिक कुरो गर्नु भयो. मेरो बिचारमा पनि नेपालमा यौन सिक्छ्याको आबस्यकता झनझन महसुश हुदैँ गइरहेको छ. यौन सिक्छ्या तिर ध्यान नदिने हो भने नेपालमा सामाजिक बिकृति बढेर जान्छा.
मन परे हरियो, नपरे रातो
2
0
तुलसी जी नेपाली युवा युवतीलाई मात्रै किन दोष थोपर्नु हुन्छ संसारकै भन्नुस न । अनि युवा युवती मात्रै किन पाका हरु पनि कम छन र ।
मन परे हरियो, नपरे रातो
1
0
त्यो त तपाइको विचार हो बाटोमा गर्नुस या कुनै ठाउमा हह्हा हसौनुभायो हर्के दाइ
मन परे हरियो, नपरे रातो
2
0
रोशन जि ऐले विश्वमा कस्ता कस्त सफ्टवेर आइ सके को छ । तपाईं कहाको दुनियाँमा हराउनु भएको छ नि । जसरी ब्लक्क गर्छ नि त्यसलाई पनि खोल्न लाई मिल्ने सफ्टवेर आई सकेको छ ब्रो । नेपालमा बिकास भनेको उही हो हलो जोत्न र बच्चा जन्माउन मात्रा जानेका छन । अनी अर्को कुरा काट्नलाई । भन्नु हुन्छ भने यो प्रसङमा नेपालमा त्यस्तो पुष माघको जाडोमा त केटीहरुले छोटा छोटा लुगा लगाएर हिड्छन । किन त्यस्तो लगाउछन उही देखाउन र अरुलाई खै के खै के पर्नलाई त हो नि ! अनी अब भनुहोस् के चाँही छ नि बाँकी कुरा । म त यस्तो कुरा भेटे भने सिधै फाल्तु कुरा भन्ने साईट मा सेन्ड गरी दिन्छ । यस्तो कुराको बारेमा सबै लाई जानकारी दिने मेरो पूर्ण प्रतिबद्दता छ ।
मन परे हरियो, नपरे रातो
2
0
लुना दिदी यस किशिम ले नेपालमा केही हुन्छ भने तपाईं नेपाल आएर कदम उठाउनु होस् कतिले साथ दिने छन । अनी दिदी नेपालका बिशेष गरेर काठमाडौंका जती पनि छन लज होटेलमा भई रहेका बेस्याब्रिदीलाई पनि हटाउनु होला । तपाईंले यती कमको लागि केही कोशीस गर्नु भयो भने यो भाई पनि छ भनेर सोच्नु होला म पनि केही सहयोग गर्ने छु । किन भने मलाई यस्तो किशिमको ( बलत्कार गरेको, होटेलमा नग्न नाचेको, कसै माथि हात पात गरेको र केटीहरुले छोटा छोटा कपडा लगाएको ) पटक्कै मन पर्दैन । यो कुरा पनि न भन्नु होला को यो सबै पेसा नेपालमा रोजगारी नभएर भएको हो साथै बाध्यताले हो । यदी तपाईंले यस्ता काम गर्नु भयो भने म पनि तपाईंलाई १००% साथ दिने छु तर तपाईंले यो कुरा कहिले न भुल्नु होला कि ! काठमाडौंको होटल अनी लजमा छापा मार्दा कसरी उक्त कार्यमा संलग्न रहेका हाम्रै चेलीहरु मुखमा पट्टी बाधेर सडकमा उत्रेका थे । तपाईंले मेरो संसारमा फोटो हेर्नु नै भयो होला अनी समाचार पढ्नु नै भयो होला नि ? यस्तो काम गर्नु हुन्छ भने बिचार गरेर मात्र गर्नु होला है दिदी……
मन परे हरियो, नपरे रातो
2
0
मधुकर जी को प्रतिक्रिया पढेर राम्रो लाग्यो तर यौटा कुरा को khandan गर्न मन लाग्यो यो वहाले लेख्नुभएको “यो खुल्ला गोप्य विषय हो किन कि जब छोरा वा छोरी जवान हुन्छन अनि हामी बिबाहको कुरा गर्छौं त्यहाँ जे जति चर्चा वा छलफल गरिएपनि सेक्सका बिषयमा भने उच्चारण गरिएको हुँदैन तर बिबाहको मुल बिषय भनेको सेक्स नै हो”
malai भन्न मन लागेको कुरा यो bakya alli मन नपरेर हो बिबाहको मुल बिषय भनेको सेक्स नै हो बिबाह को मूल बिषय सेक्स नै bhayako भए बिबाह नगरी बस्ने हरुले क sex गरेका छैनन् र ? काग्रेस का नेता कृष्ण प्रसाद भट्टराई र शुशील कोइराला ले बिहे गर्नुभएको छैन क तिनीहरुले sex गरेका छैनन् र? यिनीहरु उदाहरण को लागि तर कति छन् कति बिहे नगरेका हरु , sex प्राकृतिक देन हुन् बिबाह को मूल बिषय sex होइन बिबाह पछि प्राकृतिक देन लाइ जिबन सुखमय होस् आनन्द, र सन्तान उत्पादन को लागि sex गरिन्छ sex को लागि बिहे गरिदैन सेक्ष नै गर्ने हो भने बिहे नगरी sex गरे पनि हुन्छ मधुकर जी …………..
मन परे हरियो, नपरे रातो
2
0
पदम जी एकदमै ठिक भन्नु भो तपैले.
मन परे हरियो, नपरे रातो
1
0
very impressing commente .
मन परे हरियो, नपरे रातो
1
0
राजेश जी !
तपाइँ को कमेन्ट ले प्रभाब पार्यो भनेको नि ( सहि लाग्यो एकदम ) /
राजेश जी ! यदि व्यक्तिको कमेन्ट मै कमेन्ट गर्नु छ भने त्यो
” यस लाइ मुख फर्कौनुस ‘reply to this ‘भनेर लेखेको मा क्लिक गर्नुस , सम्बन्धित
कमेन्ट बक्स मा नै कमेन्ट गर्नु मिल्छ .
धन्यबाद .
मन परे हरियो, नपरे रातो
1
0
तपाइ को कमेनट बुझ्हे तर अलिकति ठट्टा मात्रै गरेको!
मन परे हरियो, नपरे रातो
2
0
थापा जी कमेन्टको लागि धन्यवाद ।
मैले सेक्स भनेर पति पत्नि बीचको सेक्स सम्बन्धको कुरा गरेको हुँ जुन सामाजिक मान्यता प्राप्त गरेको हुन्छ ? हैन र ? “काग्रेस का नेता कृष्ण प्रसाद भट्टराई र शुशील कोइराला ले बिहे गर्नुभएको छैन क तिनीहरुले sex गरेका छैनन् र?” यसरी कसैको नाम उल्लेख नगरी कमेन्ट गरको भए राम्रो हुनथ्यो कि ? किन कि वाहाँहरु हाम्रो अग्रज हुनु हुन्छ , हामीले सम्मान गर्न जान्नु पर्छ । तपाईंले वाहाँहरुलाई नकारात्मक बिन्दुमा जोड्नु भएको ले यस्तो भनेको हुँ यस लाई अन्यथा नलिनुहोला ।
धन्यवाद ।
मन परे हरियो, नपरे रातो
9
0