मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    'कागजी स्कूल'लाई साढे तीन लाख

    कागजमा मात्रै विकास गर्ने ‘रोग’ पञ्चायतकालदेखि कै हो। नानीदेखि लागेको बानी लोकतन्त्र आए पनि किन हट्थ्यो। हेर्नोस् त वीरगञ्जमा हुँदै नभएको (कागजमा चै भएको है!) विद्यालयलाई जिल्ला शिक्षा कार्यालय पर्साले साढे तीन लाख दिएछ।

    वीरगञ्ज १८ लक्ष्मनवमा कागजी विद्यालय व्यवस्थापन गठन गरी तीन जना शिक्षक समेत नियुक्ति र विद्यालय भवन निर्माणको नाउँमा रकम झ्वाम पारिएको हो। यस्तो काम गर्ने चै अरवीन्द सिंह सहितको समूह हो सिंहलाई मंगलबार स्थानीयबासीले समाते। तर पैसा दिने जिल्ला शिक्षा कार्यलय भने केही बोलेको छैन।

    घटना सार्वजनिक भएपछि कागजी व्यवस्थापन समितिका अध्यक्ष भनिएका स्थानीय उमेश ठाकुर, शिक्षक जितेन्द्र सिंह र शिक्षिका अनिता सिंह फरार छन्।

    अध्यक्ष र प्रधानाध्यापकले गत ९ चैत २०६४ मा जिल्ला शिक्षा कार्यालयमा सुन्दियामाई प्रावि नामको विद्यालय दर्ता गराएर विद्यालय भवन निर्माण र शिक्षकहरूको तलबबापत भन्दै तीन लाख ५० हजार रूपैयाँ निकासा लिएका थिए। तीन कोठे पक्की भवन निर्माणको काजग पेस गरिएको छ।

    No related posts.

    24 comments to 'कागजी स्कूल'लाई साढे तीन लाख

    • Gyan , U.S.A.

      देशको समस्या बारे छलफल गर्न, संबिधान, कानुन बनाउन हामीले संसद बनाएका छौ / त्यो संसदको बैठक पांच महिना देखि बन्द छ / बिशेष गरि संबिधान बनाउन स्थापना गरेको संसदमा देशको जुनसुकै बिसयमा छलफल गर्न पाउनु पर्छ नत्र कसरी नयाँ संबिधान बन्छ/ यो सभामुख सुवाश नेवांगले के हेरर बसेको छ? सभाको सभापतितो गर्न सकेको छैन / सम्पूर्ण जनताले सभापति को राजिनामा माग्नु पर्छ / संसद्को बैठक एक दिन पनि बन्द गर्न पाइदैन /

      यस्तो “कागजी” भुक्तानी प्रत्यक सरकारी कार्यालय तथा संस्थानको लेखा शाखा र स्टोरमा छापा मार्ने हो भने ९९ प्रतिशत भेटिने छ / यस्तो रकम तल देखि माथिसम्म बाँडेर खाएका हुन्छन / यो तपशिलका कुरा मात्र हो /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan-bajracharya

      साथीहरु
      जब सम्म, प्रहरी र न्याए दिने निकाए लाई बिना दवाव र प्रभाव काम गर्न दियिन्दैन तव सम्म अपराधिहरु अपराध गर्न प्रोत्साहित भईनै रहन्छ/ मात्र धन र व्यक्तिगत सम्बन्धको आधारमा अपराधीहरु कहिले काही कुनै काण्ड बात बच्नु र हाका हाकी नै अपराधीहरुलाई राजनेताहरुले सम्रछ्यें गरिनु भिन्नै कुरा हुन/

      अहिले हाम्रो देसमा अपराधिहरुलाई राजनीति गर्ने हरुले सम्रछ्यें दिने भन्दा अपराधिहरुलेनै समुल राजनीतिक संयेंत्रनै प्रभावित छन्/ तापनि संबिधान बनाउनु पर्ने भएर मात्रै जनता चुप छन्, नभए येसरी अपराधिहरु राजनेता बनेर बा राजनेताहरु अपराध गरेर हिन्देकोमा जनताले उनीहरुले के सजाए पाउनु पर्ने हो दिई दिने थियो/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • युबराज

      साथि हरु ,
      भ्रस्टाचार रोक्ने धेरै ऊपाए हरु मध्ये एउटा उपाए घटनाको सार्बजानिक गर्नु पनि हो तेसैले आजै देखि हामीले यो माई संसार मा आफुले भोगेका, देखेका सुनेका जति सबै भ्रस्टाचारका घटना हरु लेख्ने गरौ न , माइ संसारले कम्ति मा हप्ताको एकपटक यो बिषयमा पाठक हरुले लेखेका सामाग्री लाइ स्थान देवोस भन्ने मेरो आग्रह छ ….युबराज

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pankaj

      अब हाम्रो देश मा कानुन छैन तेसैले जनता आफैले वा प्रसासनले कारबाही गर्न समात्ने होइन सीदै कि काटी दिने की गोलि हानेर मारीदिनु पर्छ . खल्लांस

      नत्र राजनीति हुन्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tulsi

      मुलुकलाई दुइ नाम्बरिहरुको खाचो छैन/जुन छेत्र मा मापनि दुइ नम्बरीहरु हाजिर छन्/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Good people do not need law to act their responsibility but BAD people find the ways around the law.

      अब त कानुन जसलाई चहिन्छ उसैले तेस्को गलत प्रयोग गरेर गरि खाने भाडो वनाई रहेका छन् | कानुन आफैले केहि गर्ने हैन गर्ने हामी आफै जनताहरु मिलेर हो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाल त ठगा. चोर,दलालको देश भै सक्यो……….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreesh thapa

      यो मुलको सागरुलाई त कुटी कुटी भुत्ल्यौनु पर्ने साच्चिकै यसमा सबै दल हरु समाबेस भएको होला किन भने १ दलले गल्ति गरे अर्को दल चुप लागेको छैन कसरि हुन्छ प्रतिद्वन्दी पार्टीको खुट्टा तान्ने प्रबिदी छ तेसैले यसमा सबो दलहरु मिलेर खाए जस्तो छ कि कसो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      साथीहरु
      ठग्न खोज्ने भन्दा ठगहरु सिट मिलो मतो गरेर रास्ट्र को सम्पति लुट्न दिने बढी जिम्मेवार छन्/ बिद्यालाये भबन बनाउने र चलाउने योजना ठग हरुले योजना र प्रतिबेदन पेश गरिएकै भरमा रकम निकासी गरिंदैन/ field inspection कसले गरेको हो त्यो हेरे बनाउंदै नबनाएको भवन र संचालान्मै नआएको बिद्यालाये बनेको छ र संचालनमा छ भनेर कुन कर्मचारीले सिफारिस गरेको तेस्को कठालो कानुनले समात्नु पर्ने हो/ तर के गर्ने नेपालमा अदालत भन्दा मन्त्रि परिषद माथि भए पछी येस्ता ठगहरु ऋषि धमला छुटे जस्तै छुतिहाल्छन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      यो महन्तले उमेशलाई गालि चै किन गरेको होला, ३ लाख ५० हजारको घोटालामा यो महन्ते पनि मिले जस्तो छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • महन्त

      उमेश चोर देश छोड

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishal paudel/usa

      कस ले गर्छ कारवाही यिनी जस्ता डाका हरु लाई नेपाल मा यिनी हरु जस्ता को नै बोलवाला छ त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मिलिजुली तेस्तो कम गर्नेलई छोड्नु हुन्न भागेकालाई समातेर कारबाही गर्नु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tulasi Shrestha

      के गर्ने नेपाली हरु को बुद्दी कहिले आउने हो? यो सबै हाम्रै गल्ति हो हामी नै चुप लगेर बसे पछि यस्तै हुन्छ अब सबै उठ्नु पर्छ/ देश बिकाश मा अघि बढ्नु पर्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjaya

      त्यसै देश यो हालतमा पुगेको हो र? यस्तैको हालीमुहाली त छ नि अझै पनि/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम चन्द्र ज्ञवाली

      कतै काङ्रेश को हेट मास्टर माओवादी को सन्चालक समितिको अध्य्क्ष एमले को मास्टर फोरम को उपभोक्त समिती को अध्क्ष त छैनन त्यो कगजी इस्कुल मा नत्र त उपद्रो हुनु पर्ने होइन र भन्या सबै दल मिले पछी किन चाहियो र कानुन नियम कि कसो मित्र हरु
      कारबाही पनि कसरी गर्ने ।,।,धेरै लुट्ने नै देश का पार्टी का चल्तापुर्जा छन यहाँ हाकिम छन यहाँ दुर्गाम वा कमिश्न नपाउने इस्कुल ले एउटा बन्ची मग्दा बुझ्नुपर्छ पूर्वधार भन्ने हरु पुरै इस्कुल क्रिते गर्दा पैसा निकासा ???
      धन्यहो नेपाल नेपाली र जनता ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pashupati poudel

      माथि संजय जी ले लेखेको १००% ठिक छ /तर के गर्ने तपाई हामी बोलेर केहि पनि हुदैन /आखिर मा यिनीहरु नेता को मान्छे हो ?यो देश बिगारेको पनि त नेता ले नै हो हो /हामी जनता ले केहि पनि गर्न सक्दैनौ /नेता लाई एस्तो मान्छे नभए चुनाब पनि त जित्दैनन /अब हामी जनता सधै यसरी नै बस्नु पर्छ?नेपाली जनता र देश के गर्ने ?हाम्रो कोहि राम्रो नेता नै छैन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      तपाई सत प्रतिशत सही महासय. तपैलाई मेरो मुरी मुरी धन्यबाद, सही कुरा वोकल्नु भएकोमा. सत्ताधारीहरुको घैटोमा घाम लागेको भए यसको सार्थकता प्रस्तिन्थ्यो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      तपाइँ को यो कमेन्ट ले सम्भिधान सभा निर्बाचनको याद दिलायो ! jaha एउटा १०-१२ बर्षे केटोले तत्कालिन सात दलका प्रतिनिधिको सिफारिस मा भोट हाल्दै गरेको फोटो हिमाल ले छापेको थियो ! तेती बेला सात दल मिले कानुन मान्न नपर्ने थियो !

      पहिला राणाले कानुनको पालना गर्नु पर्दैनथ्यो
      तेस्पछी शाह ले कानुनको पालना गर्नु नपर्ने दिन आएको थियो !
      अहिले दलहरु मिलेमा कानुनको पालना गर्नु नपर्ने दिन आएको छ !!
      आखिर एस्तो कहिले सम्म ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      नाम “महन्त” राख्दैमा बुद्दी महन्तको जस्तो नहुने रहेछ है बन्धु !!
      लाटोकोसेरो को नाम “नेत्र-लाल” जस्तो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • महन्त

      हर्के मोरा र प्रेम ‘बोरा’ को बुद्धि भइदिएको भए न्युज एकचोटी राम्रोसित पढ्ने थियो
      अनि किन उमेशलाई गाली गरेको थाहा हुन्थ्यो
      न्युज एकचोटी राम्ररी पढ र त्यसमा भएको नाम सबै याद गर ल बाबु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      सही भन्नु भो बज्राचार्य मदन जी .
      नाम मात्रै गणतन्त्र ! प्रणाली उस्तै छ /
      प्रणाली मा आमूल परिबर्तन हुनु जरुरि छ . एबम रितले चल्दै गएमा मुलुक ले बिकास को फड्को मार्दैन मात्रै लात्रिरहंछ —- सरकार मा मुलुकलाई लात्र्याउने मात्रै छन् —-

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram prasad adhikari

      त्यसो भनेर कहाँ हुन्छ साथी तिनीहरुलाई कालो मोसो लगाएर बजार घुमाउनु पर्छ सार्बजनिक सम्पतिको हिनामिना गरेकोमा तिनीहरुलाई कारबाही गर्नु पर्छ अनि सरकारले कारबाही नगरे हामी जनता ले नै कारबाही गर्नु पर्छ.
      मोरंग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      समाचारमा त तिन जनाकै नाम दियिएको छ, तेसबाट एक जनालाई (उमेश) मात्रै दोषी देख्नु पर्ने कारण चाइ के होला नि महतं बन्धु ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker