मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    यसरी समाप्त भयो आर्थिक पत्रकारको लन्डन सपना

    -दिनेश आचार्य

    सामान्य श्रमजीवी नेपाली पत्रकारका लागि युरोप, त्यसमाथि पनि बेलायतको राजधानी लण्डनसपनाको शहर मात्र हुन सक्छ। दशैं अघि आर्थिक पत्रकारहरुले बेलायत जानका हङ्गामा गरे। यही काण्डमा सहकर्मी, सहधर्मी केही पत्रकारहरुबीच अहिले बोलचाल नै बन्द भएको छ। कालान्तरमा बिश्व बैंकले नेपाल राष्ट्र बैंकमार्फत रोयटर्सको सहयोगमा आयोजना गरिने एकहप्ते पत्रकारिता तालिमका सहभागी बन्नका मारमुङ्ग्री भयो। र त्यो मारमुङ्ग्रीमा तानिए योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा पनि। अन्ततः छनोट भएका सातजना पत्रकार मात्र होइन राष्ट्र बैंकका अधिकारीहरुले समेत बेलायती दुतावासबाट अपमानजनक रुपमा ‘भिसा रिजेक्ट लेटर’ पाएका छन्।


    ‘भाइ फुटे गवार लुटे’ यो श्रृंखला यत्तिकैमा टुगिदैन। यो विवादको चुरो विश्व बैंक र नयाँदिल्लीस्थित बेलायती दुतावाससम्म पुगेपछि यो स्थिति आइलागेको हो। यही विवादको जडमा दशैंअघि नै लण्डन घुमेर खुशी बाँड्न घर आइपुग्ने योजनामा रहेका ७ नेपाली पत्रकारको मनोदशा पनि बिग्रिएको छ। अनि तिहारअघि त पक्कै हुन्छ भनेर साथीभाईलाई भोज खुवाइसकेकाहरुले तिहारको मुखमा नमिठो अनुभव गरे।

    प्रसङ्ग यसरी जोडियो। विश्व बैंकले राष्ट्र बैंकमार्फत सञ्चालन गरेको वित्तिय सुधार कार्यक्रमले हरेक वर्ष नेपालका आधा दर्जन आर्थिक पत्रकारलाई तालिमको नाममा वेलायत लैजाने गरेको छ। गतवर्ष पनि केही पत्रकार वेलायत गएकै हुन। त्यसबेला पनि यस्तै विवाद भएको थियो। राष्ट्र बैंकका अच्युत वाग्ले र आर्थिक पत्रकार समाज (सेजन) का किरण नेपालकाविरुद्ध नारावाजी भयो। र, सेजनमा ताला पनि लगाइयो। त्यतिखेर ताला लगाउनेमध्येका एक नारायण सापकोटा अहिले सेजनका अध्यक्ष छन्। तर, उनले पनि पुरातनशैली नै अपनाएछन।

    जब राष्ट्र बैंकले सेजानलाई लण्डन जानका लागि ७ जना पत्रकारको नाम पठाइदिन अनुरोध गर्‍यो। सोही बमोजिम सेजानले सबै मिडिया हाउसलाई पत्रकारको नाम सिफारिश गरिदिन पत्र पठायो। प्राय मिडियाबाट नाम पनि सिफारिश भएर आयो। जुन दिन १२ बजेसम्म नाम पठाउनु पर्ने डेटलाइन थियो, त्यही दिन ११ बजे सेजानको बैठक बोलाइयो।

    बैठक बोलाउने अध्यक्ष नारायण सापकोटा बैठक शुरु हुनेबेलामा राष्ट्र बैंक पुगे। उनले त्यहाँ ७ जनाको नाम पेश भयो, बैठकको निर्णय बिना। सापकोटाले राष्ट्र बैंकमा बुझाएको नाम यस्तो थियो। भगवान खड्का (अन्नपूर्ण पोष्ट), बालकृष्ण ज्ञवाली र विज्ञान अधिकारी (नागरिक), उद्धव सिलवाल (राजधानी), हिमाल न्यौपाने (कान्तिपुर), रमेश लम्साल (राइजिङ नेपाल) र बाबुराम खड्का (समाचारपत्र) आदि थिए।

    राष्ट्र बैंकमा नाम बुझाएर बैठक चलाउन आइपुगेका नारायण सापकोटाभन्दा अगाडि नै राष्ट्र बैंकबाट खबर आइसकेको थियो। बैठक शुरु नहुँदै निवर्तमान अध्यक्ष किरण नेपाल र वर्तमान महासचिव प्रज्ज्वल चापागाइँले धुवाँधार विरोध गरे। अध्यक्ष सापकोटाविरुद्ध खेद प्रस्ताव पारित गर्नुपर्ने माग भयो। समग्रमा अध्यक्ष सापकोटा अल्पमतमा परे। यसअघि किरण नेपाल अध्यक्ष हुँदा पनि उनले त्यसै गरेका थिए। बैठकमा सापकोटाले नेपाललाई त्यही जवाफ दिएछन्। तर माहोल उनको पक्षमा बन्न सकेन।

    विवादबीच बैठकले सबै मिडियाबाट छनोट भएर आएका २५ जना पत्रकारको नाम पठाउने र राष्ट्र बैंकले जस्लाई छाने पनि मान्य हुने निर्णय गर्‍यो।

    राष्ट्र बैंकले आफ्नो हातमा आएको अधिकारको भरपुर उपयोग गर्‍यो। पहिले सेजान अध्यक्ष नारायण सापकोटालाई ब्याङ्कर्स पत्रिकाको अधिकारी थरका पत्रकारलाई जसरी पनि नाम पारिदिनु भनेर अनुरोध गर्ने राष्ट्र बैंकले सापकोटाले शिफारिश गरेका मान्छे एउटा पनि राखेन। कत्तिसम्म भने सापकोटाकै मिडिया नागरिक दैनिकबाट समेत पहिले शिफारिश गरिएका बालकृष्ण ज्ञवाली र विज्ञान अधिकारीलाई हटाए रामचन्द्र भट्टलाई पारियो। भट्टलाई राष्ट्र बैंकका जनसम्पर्क अधिकृत राजेन्द्र रिमालले सिफारिश गरेका थिए। त्यस्तै पहिले सिफारिशमा परेका कान्तिपुर टिभीका हिमाल न्यौपानेको सट्टा सुदर्शन ओलीलाई राखियो।

    यसरी छनोट हुनेमा कान्तिपुर दैनिकका मैना धिताल, कान्तिपुर टिभीका सुदर्शन ओली, अन्नपूर्ण दैनिकका भगवान खड्का, नागरिकका रामचन्द्र भट्ट, नयाँ पत्रिकाका यदु देवकोटा, राजधानीका शिव दुवाडी र बैंकर्स म्यागेजिनका मधुकर अधिकारी थिए।

    लण्डन जाने लिष्टमा परेका साथीहरुलाई धेरैले बधाई दिए, धेरैले उडाए। ‘भोज खुवाउ’ भने। उनीहरुले पनि बेलायतमा रहेका आफन्त र साथीहरुलाई मेल लेखेर आफु आउनै लागेको जानकारी दिए। तर चलखेल जारी थियो।

    कान्तिपुर टिभीका हिमाल न्यौपानेले आफु छनोट नभएको रिसमा विश्व बैंकमा नाम छनोट पुन गराउन र बेलायती दुतावासमा भिसा नदिन उजुरी दिएको आरोप लगाउ“छन एकथरी। नाम छनोट भएका पत्रकारले समेत विश्व बैंकबाट पत्र पाउनै लामो संघर्ष गर्नुपर्‍यो। त्यसका लागि उनीहरु अमेरिकाका लागि राजदुत बनेका योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माकोमा धेरै धाउनुपर्‍यो।

    डा. शर्माले छनोट भएका पत्रकारहरुको डेलिगेशनसित आफुले हिमाल न्यौपानेको अनुरोधमा विश्व बैंकमा फोन गरेर नाम चयनमा धाधली भएको बताइदिएको हाकाहाकी सुनाए। ‘कान्तिपुरलाई वित्तिय सुधार कार्यक्रमको विरोधी बताएर नाम चयन गरिएको भन्ने सुनेकाले मैले विश्व बैंकमा रोकिदिन अनुरोध गरेको हुँदा , डा. शर्माले पत्रकारहरुसित भने। पछि डा. शर्माले विश्व बैंकका फाइनान्स डाइरेक्टर रहेका पाकिस्तानी (जो उनीसितै पढेका थिए) उनैलाई भनेर बाटो खुलाइदिए।

    पत्र त आयो, तर बिश्व बैंकले बजेट भने निकासा गरिदिएन। भदौ २७ गतेको फ्लाइट रहेको लण्डनको टिकट लिएर बसेका पत्रकारहरु २६ गते राति अबेरसम्म राष्ट्र बैंकमा बस्दा पनि बजेटको पत्र नआएपछि टिकट रद्द गरियो। त्यो दिन शुक्रबार भएकाले त्यसको ४ दिनपछि मात्र पत्र आयो।

    अब पालो रह्यो भिसाको। बिश्व बैक र रोयटर्सको निम्तामा राष्ट्र बैंकमार्फत जान लागेका पत्रकारलाई आजको भोली नै भिसा दिन्छ भन्ने अपेक्षा विपरित बेलायती दुतावासले ठिक १ महिना झुलायो। आज भिसा आउला र जाउ“ला भनेर बसिरहेका पत्रकारहरुलाई गत मंगलबार ३ बजे बोलाएर दुतावासले ‘भिसा रिजेक्ट’ लेटर दियो। यसअघि २ पटक सोही कार्यक्रममा सेजानबाटै पत्रकारहरु गएर फर्केका थिए, तर यसपाली भने जान पाएनन्।

    भिसा नदिनुको कारणमा ‘तिमीहरु नेपाल फर्कन्छौ नै भन्ने कुरामा हामी विश्वस्त हुन सकेनौं’ भनेर लेखिएरहेको रहेछ। सातजना पत्रकारलाई मात्र होइन, राष्ट्र बैंकका जनसम्पर्क अधिकृत राजेन्द्र रिमाल र सहायक निर्देशक चिरञ्जीवी चापागाइँलाई पनि सोही ब्यहोरासहित भिसा रिजेक्ट गरियो। राष्ट्र बैंकका कुनै पनि अधिकारीलाई अफीसियल काममा भिसा रिजेक्ट गरिएको यो पहिलो घट्ना हो।

    यो कार्यक्रम सन २००९ को कार्यक्रमको अब फेरी रि–एप्लाई गर्दा भिसा प्रोसेसमै १ महिना लाग्छ त्यतिखेर परियोजना नै समाप्त हुनेबेला हुन्छ। यसको मुल कारण आफू जान नपाएको झोकमा कुनै पत्रकारले नै दुतावासमा उजुरी गरिदिएको दावी गर्छन, छनोट भएकाहरु। यतिखेर उनीहरु तनावमा छन्। साथीभाईसित मनमुटाव, इर्ष्या, एउटा उत्साह र उमङ्गको दुःखद अवसान अनि चियागफमा खिसीको पात्र बन्नु परेपछि किन तनाव नहोस्। अरुलाई बाटो देखाउने पत्रकारहरुले यस्तो गर्न पनि नहुने हो। अहिले त भैगयो, अब यस्तो नहोस।

    (लेखक आर्थिक पत्रिका ‘सेयर बजार’ का सम्पादक हुन।)
    dineshac@gmail.com

    No related posts.

    62 comments to यसरी समाप्त भयो आर्थिक पत्रकारको लन्डन सपना

    • Devendra Basnet

      ठिक्क भो नेपाल को झोले पत्रकार हरु लै.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • hem

      धमला एंड कम्पनी !!!!
      नाम परिबर्तन गर्नु पर्यो भन्या..
      आफ्नो स्वार्थ अनुरुप लाभ का लागि पत्रकारिता गर्नेहरुलाई राम्रै झट्का लाग्यो होला!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • ramlalshrestha

      साथीहो, त्यसै जातको कुरो ल्याउनु हुदैन. भारत बाट नोबेल पुरस्कार जित्ने लगभग सबै बाहुन छन् , ठुला ठुला अमेरिकी स्कुलमा पढाउने र पढ्ने सबै जसो बाहुन छन्. इज्जत को कुरो पनि हेर्नु पर्छ. सन्सार ले मानेकालाई हामीले तेसै गाली गर्नु हुदैन. खराब को पो गाली गर्ने हो. .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • Ramesh Thapa

      कुरो जे सुकै होस् लेखकलाई मेरो सलाम छ | तपाइको लेखन शैली अत्युत्तम रहेछ | समाचार लेख्नु त तेसरी पो | धन्यवाद |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dinesh

      हेल्लो
      व्हो द हेल r यार? moral less u so call journalists.do u think ,u people r desearve to call यौर्सेल्फ निचेली.वे अप्प्रिचिअते द ब्लूद्ली ब्रिटिश काउन्सिल फोर रेफुसे यौर विस.अत लीस्त सोम बोडी क्नोव यौर वोर्थ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • siri

      पत्रकारिता जस्तो शमबेदनशिल छेत्र मा त यस्तो तछाड मछाड छ अब कसको विश्वास गर्ने नेपाली जनता ले न नेता सहि साबित भय न त पत्रकार नै बनै पिडालु घरै पिडालु …… भने जस्तो जता ततै भ्रस्टाचार र कुर्सि को प्रलोभन ले नेपाल लाई कहिले माथि उकास्न नदिने संकेत प्रस्ट छ . हर्मो प्यारो देश कहिले विकास होला यस्तो पारा ले जति सोच्यो उति दुख उफ…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sapkota hari (japan)

      यो त एक दमै लाज मर्दो कुरा हो.
      सारा नेपाल कै बेईजेत गर्यो पत्रकार अनि राष्ट्र बैंक का भ्रस्ट घुस्याहा हरुले.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • हा हा हा माछा माछा भ्यागुता! एक दम ठिक गर्र्यो ब्रिटिश दुताबास | ले क्या जानेको भाइ !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipak Aryan

      लिम्बुवान खम्बुवान हरु पदना लेख्न जान्दैनन अनि बाहुन छेत्री लै दोष लगौछन | पदने बेला मा जाड धोक्दैमा ठिक्क हुन्छा मुला हरु अनि बाहुन ठुलो भयो क भयो भन्छन| हैन भने यो पत्रकर हरु को नौटंकी मा बाहुन को कसरि कुरा आयो? गिरिजा, माकुने, धमला जस्ता चोर हरु मलाई पनि मन पर्दैन| अनि मा पनि छेत्री नै हो त मेरो पनि दोष छ त त्यसमा?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Siddhi

      ठिकै भयो | “आफु भला तो जगत भला” भनेजस्तै गतिलो तरिकाले छनोट गरेको भएपो राम्रो परिणाम आउथ्यो | जहाँपनि राजनीति | आफ्नै मान्छे राख्नुपर्ने | धेरै लज्जास्पद खबर | धिक्कार्यो भने पनि आफ्नै बेइज्जत |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • “अरुलाई बाटो देखाउने पत्रकारहरुले यस्तो गर्न पनि नहुने हो । अहिले त भैगयो, अब यस्तो नहोस ।” जबसम्म याे धरतीमा बाहुन-छेत्री रहन्छन् तबसम्म याे “यस्तो नहोस ।” भन्ने कुरै अाउदैन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • बीर

      हेर हेर यी देशको चौथो अंग भनेर फुर्ति लगाउनेहरुको बेईज्जत्ति, थुक्क बेईज्जत्ति हो |
      हुन त मलाई जातीय कुरा गर्न मन पर्दैन र बाहुन छेत्रिहरुलाई सबैले सरापेको पटक्कै मन पर्दैन, तर दुवै पटक छनौट भएका पत्रकारहरुको नाम हेर्दा बाहुन र छेत्री बाहेक अरुकुनै जातिको नाम नदेख्दा आश्चर्य तथा ध्यानाकर्षण भयो | सायद मानिसहरुले कुरा गरेको पनि त्यस्तै भएर नै होला, हावा नचली त्यसै पात त हल्लिदैन होला नि |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • पुष्प

      लोभले लाभ, लाभले विलाप ! पत्रकारको नाउँमा कल‍ंकहरू ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Brishal

      हा हा हा हा हा
      एक दम रमाइलो लाग्यो, कस्तो मजाले प्रस्ट हुन्छ नेपाली हरु कति सम्म खुट्टा तान्ने प्रबित्ति को छ भनेर… कहिले सम्म नेपाली हरु ले बिस्व सामु आफ्नु बेइज्जत गराई राख्ने????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jen

      हो, देश त बाहुन र छेत्री ले नै खाएको हो! तिमि मुला चोर हरु!! कस्तो बेज्ज्यत गरेको नेपाल को???

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Pareenita Poon

      नेपालीहरु जहाँ गएनी जात देखाइ हाल्छ नि, कुन चाही नौलो कुरो हो र यो ? बेइज्जतिहरु हड्डीको लागि लुछा तानी गर्न मात्र जानेका छन् | अरुको भलो हेर्न नसक्ने भाइमाराहरु थुक्क ……………….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Koitsmuru

      यी सभ्य आर्य (बाहुन-छेत्री) को देशमा हुने नै एस्तो हो . बधाई छ .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • ramu khanal

      लाज मर्द्यो कुरा हामी सब नेपाली को छि कस्तो हगी तेइस्तो लोवे गर्नु भानदत डाडु मा पानी ततायर मर्नु ni बेस

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bhakta Gurung Boston USA

      shame on you !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikash

      पत्रकार को नाम मा खान पल्केका हरु बल्ल खायौ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jeevan basaulaUAE

      जे भयो राम्रै भयो नि ?कती नै गतिला छन र नेपालका पत्रकार हरु पनि सबै ॠषि धमला कै बिडा थापनेहरुको के कुर गर्नु र ।।खुसी लाग्यो नि ।।।।फेरी पनि मोज गने कि भोज ?पत्रकार महोदया हरु |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • गणेश प्रसाद ढकाल

      हाम्रा पत्रकार हरु ले पक्कै निचता, बौद्दिक दरिद्रता देखाएकै हो, कुनै संका छैन | तर त्यो खैरे सुँगुर ले जे गर्यो त्यसमा “ठिक्क पर्यो पत्रे, खाइस ? ” भन्नु उपयुक्त लागेन | हाम्रा नागरिक हरु लाइ हाम्रा दाजु भाइ हरु लाइ ति सुँगुर हरु ले त्यत्रो बेइज्जत गर्दा खुचिंग भन्नु हुदैन | ति सुँगुर हरु ले के ठानेका छन् आफु लाइ ? तिनीहरु को देश स्वर्ग हो र ? तिनी हरु नेपाल आउदैनन र ? तिनी हरु नेपाल आयर कहिँ नभाको कसैले नजानेको अनेक अपराध ( जस्तै सडक बालबालिका हरु संग यौन सम्पर्क गर्नु ) गरेर मस्ती गर्दै बस्दैनन र ? तिनी हरु हाम्रो देश मा बस्न आनेक तिकडम लागौदैनन र ?
      हाम्रो सरकार निरिह्य नभाको भए, कठपुतली नभाको भए, हाम्रो पररास्ट्र मन्त्रि लाएक को जान निर्बाचित बिज्ञ भाको भए येस्ता दुताबास को सेखी झार्थे, हाम्रा डिप्लोम्याट हरु ब्यबसाहिक डिप्लोम्याट भैदेको भए, तुरुन्तै ति सुँगुर हरु लाइ diplomatic tension दिन्थे, तर के गर्नु गिर्जो को लम्पट छोरी त पररास्ट्र मन्त्रि छ | त्यस्ता लाइ कसले गन्छ | अनि नागरिक हरु ले तेस्तो बेइज्जति, अपमान चुप चाप पिउनु पर्छ |
      त्यसैले भनेको त्यो कुजता नामकि कुतिया लाइ इजरायल मा भाडा माझ्न नपठाई कन हाम्रो इज्जत फर्केर आउदैन |

      गणेश प्रसाद ढकाल
      टेक्निकल युनिभर्सिटी बर्लिन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anup

      नेपालका पत्रकार हरु hainan झालुकर हरु हुन् र यो कुनै naulo कुरा हैन. नेपालीहरु कहिले चिविलिजे हुने होला bheda हरु.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binaya

      सुजाता उप-प्रधानमन्त्री हुने पक्का !!!!!!!!!!!!!!!!! लौ बधाई छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binay

      बास …. ट………………..हरोऊ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      बेइज्जतीहरु !!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • simit, koirala

      यस्ता पनि पत्रकार | भेडा गोठका भेडाहरु |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • NaBeEn@S'pore

      आखिर यीनी पाजी हरु र ऋषि धमला मा के नै फरक रहयो र ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • New Nepal’s new working system.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sumi

      नेपाली हरु जाहा गए नि येस्तई हो .. के गर्नु खुट्टा तान्ने प्रवृति ले देश को अज्ज यो दुर्दासा भए को छ! अरु ले गरे को र खाए को देखि नसक्ने बनि ले गर्दा नै यो सब घटना हरु घट्ने गर्छन .. अनि सबै जान्ने हुने अरुलाई सधै पछाडी पार्नु पर्छ.. भन्ने मनोभाब ले गर्दा नै आज देश को यो हालत भए को हो..

      सुमी राना
      हंग कंग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash pun

      नेपाल को कालिकोट कर्णाली शुदुरपश्चिम जाउ भन्दा नजाने लण्डन भन्दा तछाड मछाड गर्ने ठिक्क गरेछ दुतबास ले है ठिकै हो उतै बसौला भन्या होलान नी हाहाहाहा

      नोर्थ भिक्तोरी
      बगदाद

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • dileep

      काग बाठो भयो भने जे हुन्छ त्येही भयो| खुशी लग्यो|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ujwal

      जता ततै बहुनै बाहुन भए पछि यस्तै त हुन्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raj

      बिजेती हरु !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Prahlad mishra

      Actually i am so happy to know this news, and it is the good example to show us how are our press people and their people.Nepalese journalist are not really the journalist of citizen they just are the RUNNING DOG of power houses. Can see example from Terrorist Named RIshi Dhamala ,When Once thye Nepal government sue him in terrorist case another so called more legimate and democratic government with draw the case and took him in UN tour so the press people are like that.Our Journalist published the news without any proof and evedience.We also saw so many people staying illigeally in developed countries,so in the recession hit time its normal to reject visa to the people like ours journalist.Actually our journalist can published any materials when they get some bribe so its great to reject these people visas.I wish these Visas rejecting will continue to all the corrupted politicians.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pusker

      नेपालमा सबै भन्दा भ्रस्ट नै यहि पत्रकार भन्नेहरु हुन्. इनिहरुको कारणले नै गर्दा देशको यो हाल भएको हो. राम्रा पत्रकारहरु भने परालमा सियो खोज्नु बराबर छ. प्राय पत्रकारहरु नेताहरु भन्दा कम छैन.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • THAPA RAJBARSINGHA / CANADA

      यो कुन नौलो कुरा भयो र नया नेपाल मा …देशको संसद नचलेको कति महिना भयो ??? कस्को लागि ???? सबै नेता हरुलाई के चाहियको छ ????? यी पत्र कार हरु पनि सबै अस्त्का को आधारमा समाचार प्रबाह गर्ने धेरै छन् तेही को परिणाम हो नाम कात्तिनु फेरिनु,,,,केरिनु .आफ्नो सपोर्ट को मान्छेको नाम हालिनु आदी ..
      कृष्ण सर लड्ने कुरा नगर्नुस हजुर,,,यो नेपाली सरकार र नेपाली राजदुताबासको निर्णय होइन….यिनी हरुको नियम मा भिसा को निर्णय गर्ने अफिसरको निर्णय लाइ प्रधान मन्त्रि ले पनि प्रस्न गर्न पाउदैन,,,,,, नेपाल मा लडेर भो र ?

      अनि यो बेज्यति को जड राजदुता बास हो र लौ फोकट मा इंगलैंड जान पाइयो भनेर खुट्टा ताना तान गर्नी पत्रकार भनुदा हरु को अनि आफ्नो अधिकार को दुरुपयोग गर्नी २ पैसे सरकारी अधिकारी हरु को हो नि त….तेत्रो सुचना को प्रबाह को तुक गर्निहरुको…तरिका यै हो त ????…दिनेश सर यो कुराको जानकारीको लागि धेरै धेरै धन्यबाद.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raj

      बेलायती दुताबासले “तिमीहरु फर्कनछोउ भन्ने कुरामा बिश्वाश गर्न सकिन्न” भन्ने कुरालाई धेरै ठुलो कुरो मान्न सकिन्न. राष्ट्र बैंकमा निर्देशक पदमा रहेर कम गर्ने कर्मचारी यहाँ लण्डनमा चौकीदारी गरेर बसेका छन् . राष्ट्र बैंकमा अध्यन बिदा स्वीकृत गरेर लन्डन आएका थिए २ वर्ष अघि. अध्यन प्रगति पनि बुझाउनु पर्दैन कि, अध्यन बिदा स्वीकृत गर्दा अध्यन प्रगति विवरण बुझाउनुपर्ने अनिबार्य सर्त हुन्छ तर चौकीदारले कस्तो अध्यन प्रतिबेदन बुझौचा होला.

      सी ए योग्यता भएका राष्ट्र बैंकका अधिकतम कर्मचारीहरु जो अधयन बिदा स्वीकृत गराएर बेलायत, अस्ट्रेलिया गएका छन्, तिनीहरु अधययन नगरी या त चौकीदारी, बेयारा, सफाई मजदुरको काम गरिरहेका छन् या त “स्थायी बसोबास”को प्रक्रियामा समय बितैरहेकछ्न. यसता प्रकारका व्यक्तिहरु नेपाल फर्की हाले पनि या त पेनसन्को लागि फर्किने छन् नत्र यिनीहरुको भर छैन. राष्ट्र बैंक भन्दैमा र अरु संस्थाको तुलनामा अलिकति बढी तलब खादैमा भिसा पी हलिंछा भन्ने सोच्नु एउटा जोक मात्र हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nagesh kulung

      बुद्दी जिबीपत्रकारहरुको हालत त यस्तो छ। हाम्रो समाज सच्चै कस्तो जन्जिरले जेलियको छ, उमकिन्नलाई एकदमै गह्रो । तमासा देख्नु र आफ्नो ठाउमा आइपुग्दा पिसिन्नु बस् सब निरन्तर छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • shanti poudel

      I felt very bad and sorry to read such news. Pls let us not listen such bad news in the future.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cRIS

      ओहो!!!
      एउटा हड्डी मात्र फाल्नु पर्छ, नौटंकी शुरु भैहाल्छ हगी?! वाह रे वाह…

      खुट्टा तान्ने प्रवृति र यसैलाई भन्छन “बाहुनबाद”| यी माथि उल्लेखित व्यक्तिहरु बाहुनबाद देखि सख्त पीडित छन्, यिनिहरुदेखी नेपाललाई बचाउ प्रभु…

      (कस्तो अपबाद! र संयोग, प्राय बाहुनहरू नै हुन्छन मुख्य पात्रहरु, यस्ता घटनाहरुमा)

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • chandragurung

      यस्तो पत्रकार भए पछी नेताले किन टेर्थे?

      जब भिसाको लागी यति झगडा गरिन्छ, तब दुताबासले पनि यी मुलाहरु यौटा भिसाको लागी हानाथाप गर्छन भने गएर के फर्केलान भन्ने त भैगो नि.

      अनि कहिले यस्ता पत्रकारले निस्वार्थ भएर देश को नेतृत्वलाई बाटो देखाउनु?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna

      नमज्जा ! नमज्जा !! सारै नमज्जा !!!
      यौ त निकै तल्लो स्तरको कुरा भयो नि, किन कुनै पनि ठाउमा अलिकत युक्ति संगत तरिकाले काम नभएको ? नेपाल कै बेइज्जत ? अनि त्यो ब्रिटिश राज्दुबासले जसले पनि उजुरी दिएको भरमा भिसा रोक्ने, यो त अति भयो, हामि हामि लडौ, अनि सबै को भलो हुन्छ ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreesh thapa

      लौ मारयो यो त हात्ती आयो हात्ती आयो फुस्सा भयो नि मुला पत्रकारहरु किन तछाड मछाड गर्नु पर्यो लण्डन जानको लागि पनि सहि ढंग बाट जो छनोट भयो तेही जना पाउने हो नि अरु फेरी किन चुरुफुरी गर्नु पर्यो यहि खुट्टा तानातान गर्दा गर्दै देश खाल्डोतिर पुरयायको थाहा छदै छ अझै यस्तै प्रबिद्दी देखाउदै छन् गाऊ ठाउमा , देशविदेशमा घटेका घटनाहरुको विभिन्न मध्यम बाट जनता समक्ष समाचार पुरयाउने पत्रकरहरुनै हानथाप गर्दैछन यो कस्तो बिडम्बना रिजेक्ट भयो रे के सुन्नु पर्यो हरे प्रभु …………………..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sam

      येस्तई हो नेपाली हरु आफु आफु नै लड्चन अनि कुरा बिगार्चन…
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Keshav bhai

      जस्तालाई तस्तै.. बेइज्जतीहरु !!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Bishal Shrestha

      भनसुन र खुत्ता तान्ने प्रवृति कहिले सिद्धिने होला नेपालमा.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mayagrg

      कति बाहुन र मतुवाली भन्दै झगडा गरेको अर्थ न बर्थ संग | कृपया बिषय बस्तुमा कमेन्ट गर्नुस न साथी हो | जे कुरा उठाए पनि फाईट खेल्ने पर्ने भएको ले हो हाम्रो कुरा नमिल्ने |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • madan bajracharya

      येस्तई हो पुजारी पत्रकारिता/ यिनीहरु ऋषि धमलाकै संयोजकतामा मात्र मिल्छ नभए देशकै बेयिजज्जती हुने गरि लड्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      नेपाली पत्रकार हरु पत्रुकार हुन. जसको नेता ता धमाला जस्तो छ र धमाला को रिहाई को लागी हंगामाँ मच्चाउने हरु कस्ता होलान?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ram prasad adhikari

      होइन पत्रकार त नेता जस्ता छैनन् जस्तो लागेको थियो झन यिनीहरु त नेता भन्दा पनि बेइजती पो रहेछन. यो त सारै नमज्जा भयो नि पत्रकार ज्यु अनि विदेश जान लाई चै किन त्यति साह्रो तानातान? ठिकै गरेछ बेलायती राजदुताबासले के भरोसा आफूआफूमा झगडा गर्ने हरु नेपाल नै फर्केलान भनेर? यो देशमा कहिले राम्रा मानिसको जन्म होला. हे प्रभु रक्छ्या गर सबैलाई.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लौ तपाइलाई थाहै रहेनछ मा. कु. ने ले सपथ त गराइसक्यो मैसापलाई
      . कुन दुनियामा हुनुहुन्छ मित्र.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan basaulaUAE

      पत्रकार साथीहरु ले भोज मा त पेट फुटने गरी खाएका थिएरे भोज र मोज खोया बिर्के को त कुरै नगरुउ कती हो कती …….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan basaulaUAE

      पत्रकार साथीहरु ले भोज मा त पेट फुटने गरी खाएका थिएरे भोज र मोज खोया बिर्के को त कुरै नगरुउ कती हो कती …….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • बीर

      दिपकजी तपाइको कुनै दोष छैन र बाहुन छेत्रीहरुप्रति मेरो कुनै नकारात्मक भावना पनि छैन, तर एउटा तथ्य कुरा हेर्नुस न, नेपालमा अहिले कति धेरै पत्रकारहरु छन् र यत्रो दुइ दुइ पटक नाम निकाल्दा १५-२० जनाको नामावलीमा एउटा पनि गैर बाहुन-छेत्री नहुनुले शंकाको बिज उमार्ने काम गर्दैन त? के बाहुन-छेत्री बाहेक अरु कुनै जातका पत्रकारहरु छैनन् र नेपालमा ? दालमा अबश्य पनि केहि त कालो छ भन्ने जनौदैना र? जताततै यिनीहरुले नै बढी dominate गरेकोले त्यसको side effect ले यस्तो सोचाई आएको होला | त्यसकारण तपाइको कुनै दोष नभएता पनि कसै कसैले पक्कै पनि न्यायोचित काम गरिरहेका छैनन् त्यसको side effect ले तपाइलाई भेट्टायो होला यसमा mind नगर्नुस |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hridaya

      म तपाईं संग सहमत छु, आर्यन जी/ नबाहुन र नछेत्री हरुलाई गएर देश चलाउन कसले रोकेको छ? राम्रो अंक ल्याएर स्कूल क्याम्पस पास गर्न, लोक सेवा मा नाम निकाल्न कसले छेकेको छ? बाहुन होस् या अरु कुनै जात को होस्, खराब मान्छे खराब नै हुन्छ, जस्तो ती पत्रकारहरु./ के ती पत्रकारहरु मध्ये कोहि मतवाली भैदिएको भए, वाह! वाह! क्या राम्रो काम भएछ भन्नु हुन्थ्यो बाहुनलाइ सराप्ने साथीहरु? बाहुन छेत्रीहरुलाई बाहुन छेत्री भएकै आधारमा गाली गर्नेहरु चरम जातिवादी हुन्/ बास्तवमा बाहुनलाई गाली गर्नेहरु बाहुनहरुको बौद्धिक स्तर देखेर, र बाहुन भएर जन्मन नसकेकोमा जिन्दगिभर पश्चातापको पिडामा डुबेका हुन्छन/ जुनसुकै कुरामा केहि नराम्रो भेट्योकी बाहुनहरु एस्तो उस्तो या बाहुनबाद भनेर गाली नगरेसम्म खाएको नपच्नेहरु मानसिक समस्या भएका बौद्धिक नपुंसकहरु हुन्/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • krishan'Nz'

      जता पनि बाहुन भयर एस्तो भयको होइन कि बाहुन हरु सबै तिर छन् अनि सफल पनि तेसैले धेरै बाहुन परेको होला तर जता पनि बाहुन भयर हो भन्ने मानसिकता खराब हो. बस्ताब मा पत्रकार हरु बीच मा लण्डन गयर केहि कुरा सिक्नु मिल्छ भन्दा पनि पैसो कमाउने मौका हो यो भन्ने मानसिकता ले गर्दा तेस्तो झगडा भा हो अरु केहि हैन प्रबेसआग्याँ मिलेन राम्रो नै भयो एस्तो कुरा बाट केहि बुद्दी आओस.
      जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hridaya

      cRIS जी, तपाईं कुन जातको त्यो त थाहा भएन, तर तपाइको जातको सबैभन्दा खराब “बाद” तपाईं आफै नै हो भनि साबित गर्दै हुनु हुन्छ./ बाहुन होस् या अरु कुनै जात को होस्, खराब मान्छे खराब नै हुन्छ, जस्तो ती पत्रकारहरु या छदम पत्रकार भेषधारी ऋषि धमलाहरु/ नबाहुन र नछेत्री हरुलाई गएर देश चलाउन कसले रोकेको छ? राम्रो अंक ल्याएर स्कूल क्याम्पस पास गर्न, लोक सेवा मा नाम निकाल्न कसले छेकेको छ? के ती पत्रकारहरु मध्ये कोहि मतवाली भैदिएको भए, वाह! वाह! क्या राम्रो काम भएछ भन्नु हुन्थ्यो बाहुनलाइ सराप्ने साथीहरु? बाहुन छेत्रीहरुलाई बाहुन छेत्री भएकै आधारमा गाली गर्नेहरु चरम जातिवादी हुन्/ बास्तवमा बाहुनलाई गाली गर्नेहरु समग्रमा बाहुनहरुको बौद्धिक स्तर देखेर, र आफु बाहुन भएर जन्मन नसकेकोमा जिन्दगिभर पश्चातापको पिडामा डुबेकाहरु हुन्छन/ जुनसुकै कुरामा केहि नराम्रो भेट्योकी बाहुनहरु एस्तो उस्तो या बाहुनबाद भनेर गाली नगरेसम्म खाएको नपच्नेहरु मानसिक समस्या भएका बौद्धिक नपुंसकहरु हुन्/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • cRIS

      lol.
      u can go personal all u want or can, but truth may tastes bitter sometimes. my ‘jaat’ is irrelevant here, so no comment. i got nothing against bahuns coz i might be one. so lets not go there.

      but this farca is definitely pointing something that is not right in nepal. we need to address such ‘elements’ if we want a step forward. just think for a moment with an open mind, u may comprehend better hridayaji.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dev usa

      भाहुन ले देस खतम पारेको घाम जस्त्येई प्रस्ट छ / त्ये पनि किन इन्कार गर्ने कोसिस
      गर्चोउ/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • cRIS

      एकदम हसाउनुभो हृदयाजीले पनि! तपाईलाई कसरी चड्कन लागेछ, थाहै भएन|

      नराम्रो कुरालाई समयमै चिनौ…र सपार्दै लग्यौ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      महेशजी
      पत्रकार भने पछी मात्र पत्रकार हुनु पर्ने होयिनर? पत्रकार पनि कुनै के पत्रकार रे कुन के रे/ लण्डनमा जान पाउने भए पछी कर्मचारीले थर पत्रकार राख्नु? खै मैले त बुझेन/
      एउटा ऋषि धमला जो कुनै पत्रकारितानै गर्दैन, रुपैया लिएर भाडा लिएको कोठामा पत्रकारहरुलाई भादामै दिने पनि पत्रकार रे/ येस्तई हो भने बास्तबिक पत्रकार हरु ओझेलमा पर्ने छ जस्तो लाग्यो/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker