मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पूर्वराजाविरुद्ध अदालतमा मुद्दा

    राजा हुँदाको एउटा मजा के हुन्थ्यो भने उनले जे गरे पनि उनीविरुद्ध कसैले केही भन्न पाउँदैन थिए। न संसदमा राजा वा राजपरिवारको बारेमा कुरा गर्न मिल्थ्यो, न अदालतमा उनको कामकारबाहीविरुद्ध मुद्दा नै पर्थ्यो। तर राजतन्त्रको अन्त्यपछि राजाबाट पूर्वराजा भइसकेका ज्ञानेन्द्रले त्यो छुट कहाँ पाउनु र ! उनीविरुद्ध पहिलो पटक अदालतमा मुद्दा दायर हुने भएपछि मुद्दामामिलाको झमेलाबाट उनी पनि मुक्त हुन नपाउने भएका छन्।


    उनीविरुद्ब मुद्दा हाल्न लागेका हुन् श्रेया शाहले। नातामा काका पर्छन् ज्ञानेन्द्र उनका। पूर्व अधिराजकुमार धीरेन्द्र शाहकी अनौपचारिक पत्‍नी अर्थात् ‘ल्याइते’ जया पाण्डे शाहकी छोरी हुन् श्रेया। अहिले उनी अमेरिकामा छिन् र त्यहीँबाट वारेसमार्फत् मुद्दा दायर गर्दैछिन्।

    मुद्दामा उनले हजुरबुबा महेन्द्रको सम्पति सबै हकवालालाई बराबर बाँडिनुपर्ने माग राख्‍दैछिन्। काका (माइला बुबा) ज्ञानेन्द्र, दाइ पारस र सौतिनी आमा प्रेक्षाका छोरीहरुले त्यो सम्पति एकलौटी पारेर आफूहरुलाई केही नदिएको आरोप उनले लगाउँदै छिन्।

    पूर्वराजा ज्ञानेन्द्र समेत तानिने गरी छोरीले अंशमुद्दा दायर गर्न बाँकी रहे पनि आमा जयाले भने सोमबार नै काठमाडौँ जिल्ला अदालतमा सौता अर्थात् धीरेन्द्रकी औपचारिक जेठी पत्‍नी प्रेक्षाका तीन छोरी पूजालक्ष्मी शाही, सितास्मा शाह र दिलासा राणाले सम्पति एकलौटी पारेको भन्दै मुद्दा दायर गरिसकेकी छिन्।

    राजा र राजपरिवारका सदस्यहरुलाई ‘मोज’ गर्न त कसले रोक्न सक्थ्यो र। उनीहरुका त अनेक पत्‍नीहरु हुन्थे- कसैलाई बिहे नै गर्थे, कसैलाई ल्याइतेको दर्जा मात्रै दिन्थे। अनौपचारिक पत्‍नीहरु कति कति। यस्तो अवस्थामा के आधारमा जया र श्रेयाले मुद्दा राख्‍दैछन् त ?

    उनका वकील सूर्य केसीलाई उदधृत गर्दै अन्नपूर्ण पोस्टमा छापिएको समाचार अनुसार जयाको नागरिकता, लाइसेन्स र पासपोर्टमा पतिको नाम धीरेन्द्र लेखिएको रहेछ। छोरी श्रेयाको जन्मदर्ता र नागरिकता र पासपोर्टमा बुबाको नाम धीरेन्द्र लेखिएको रहेछ। कानुनतः पत्‍नी र छोरी प्रमाणित भए अदालतले ल्याइतेले सम्पति पाउँदैन भनेर भन्न त मिल्दैन पक्कै। अदालत सदालतको झमेलामा नपर्न भित्रभित्रै उनीहरुले कुरा मिलाउने हुन् कि के हुने हो यसै भन्न सकिन्न।

    ज्ञानेन्द्रले आफ्नो शासनकालमा दरबार हत्याकान्डमा मारिएका राजा वीरेन्द्रकी छोरी पूर्व अधिराजकुमारी श्रुतिको सम्पति पनि आफ्नो नाममा पारेको खबर आएका थिए। भोलिपर्सि श्रुतिकी छोरीहरु ठूलो भएपछि उनीहरुले पनि ज्ञानेन्द्रविरुद्ध मुद्दा दायर गर्ने हुन् कि !

    No related posts.

    54 comments to पूर्वराजाविरुद्ध अदालतमा मुद्दा

    • जे भयो पनि देश को कानुन सबैले भूझुंन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अब श्रुति को सम्पति पनि ज्ञानेन्द्र ले गोरख लै दिएको भए खाएर सक्की हाल्थ्यो नि तेसैले उनले बचाएर राखेको होला नि ! पछि माग्यो भने त दिनु परि हाल्यो नि तेस्तो लोभी त कहाँ होलान र पूर्व राजा ज्ञानेन्द्र उसको आफ्नै अन्नपुर्ण होटेल छ , सुर्य चोरोत छदै छ नि . फेरी बस्न खान कति नै पैसा चाहिन्छा र . मरे पछि त्यो सम्पति बोकेर लाने होइन क्या रे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Hari Das Nepali

      अधिवक्ता, वरिष्ठ अधिवक्ता भन्नेहरूले काम पाउने भए, रुपैयाँ कुम्लयाउन पाउने भए। हेर्दै जाऔँ नेपालको न्याय पहिलेको जस्तो “न्याय नपाए नेपाल जानु” भन्ने किसिमको भएन। अहिले त न्याय-निसाफ वकिलको पोल्टामा छ, उसले चोरलाई साधु बनाइकन वहस गर्न सक्छ, साधुलाई महाको वदमास र चोर, डाँका भनाइदिन सक्छ। न्यायाधीशहरू तिनै अधिवक्ताहरूद्वारा पालिएका हुन्छन् भनेर बराबर छापामा आउने गर्छ। त्यस्तै वकिलसाब र न्यायाधीशहरूको बोलाबाला पार्टीपङ्गतिदेखि सबैतिर पुगेको हेर्न उपराष्ट्रपति सम्झे पुग्छ। ठूला-ठूला वकिलसाबहरूको पार्टीमा भएको पहुँचलाई सम्झे पुग्छ। दमननाथदेखि भरतमोहन, शम्भु थापादेखि महादेव यादव, मुकुन्द रेग्मीदेखि राधेश्याम अधिकारीसम्मले त्यही देखाउँछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुन्चाई इमान्दार हो र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu Khadka

      Maela dai badhai chha 1 -2 hapta nindra haram hune bhayo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himal

      we Nepalese ourselves are responsible for the present situation of our नेपाल, because we do not have moral character and dignity. if there is always the lack of this character in the people of any nation, no doubt that nation always falls behind; as a result we all are facing like hell.
      why there is always Halla को kheti in our country…why there is always negativity in the mind of people….why can’t people say Good is good and bad is bad….where is the Honesty and Discipline ….lets not criticize and analyse in a negative way….all human beings have got right to live happily and lets not try to give unnecessary and baseless and untrue blame to others whether it is royal family or prachande family ….Live & let Live…
      think about future of our nation…where it is heading and what the direction it should be …my नेपाल my pride…..young Gurkhali blood Guys… from the UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      गणेस जी
      धुरी बाट कराउने मात्र हैन ,अब त छाना मा उफ्रेर नाच्न नै लाग्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Akash

      पूर्व राजा ले कसैलाई हानी पुर्याएको भए मुद्धा लगाए हुन्छ अब. मोज गर जो जो ले झार्न सक्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Man Bahadur

      जो मान्छे जुन कुराको लागि हकदार छैन त्यसले त्यो पायो भने नियतिले कि त्यस्तो व्यक्तिलाइ कि पूर्व राजा ज्ञानेन्द्र जस्तो बनाउँछ कि बिबिसी नेपाली सेवाको लण्डन हेडक्वाटर बाट अनुसासनको कारबाहीमा परेर झिंगा फालिए झै फ्यालिएका बीबीसी नेपाली सेवाको काठमान्डौं कार्यालयका नयाँ खरिदार रविन्द्र मिश्र । ति मिश्र बीबीसीकै एकजना पू्र्व कर्मचारी की छोरी विहेगर्ने कसम खाँदै चोरबाटोबाट पाकिस्तान हुँदै लन्डन पुगेका थिए । तर उनले तिनलाइ नराम्ररी धोका दिए। पापीको धोका खाएका ति बिचरीको स्कुल ड्रप आउट एकजना फूटबलरसित बिहे भएछ बल्ल बल्ल । रेडियो पत्रकारिकताको नाममा चर्चाकारिता र पत्रुकारिता अनि पछिल्ला दिनहरूमा मनुज चौधरीको नाममा पापीराजा ज्ञानेन्द्रको चाटुकारिता गर्ने गर्थे रविन्द्रले । तर के गर्नु सन्काहा मनुज बाउले सानैमा बेवास्ता गरेर छाडिदिए पछि विकशित भएका उनको बानि पर्र्यो व्यभिचारी । पटक पटक उनको अनुसासनहिन कामका कारण लगाइदियो घुमाउरो बाटोबाट बीबीसीले गलत्याईं । र पो भन्केर नेपालतिर । आज भोली उ एन आर एन लाइ खुब गाली गर्ने भा को छ मिठो शब्दमा । खुब राष्ट्रबादी पनि भा छ भित्र गोजीमा बृटिश राहदानी राखेर । हेल्प नेपालको नाममा देशमा मन्डलेतन्त्र मच्चाउने उसको कत्रो सपना भताभुँग भो। नेपालका लाटा पत्रकारहरू भने रविन्द्रसर वाह क्या मजा मान्छे भन्छन् र हिजो आज अफिसमा उसको अगाडि कसैले चुँ सम्म गर्न सक्दैन रे। नयाँ जंगे भन्छन् रे उनका पुराना सहकर्मीहरू भित्र भित्र । कोही कोहीचाहि हाम्रो कटवाल हो पत्रकारिता बटालियनको पो भन्दा रहेछन्। जो जे पाउन हकदार छैन त्यसले त्यो पायो भने यस्तो हुन्छ जुन पूर्व राजा ज्ञानेन्द्र जसलाइ रविन्द्र अझै सरकार मौसुफ गइबक्स्योस जुनार होस भन्ने भाषामा अझै बिन्तिपत्र लेख्दैछ। कुनै पद गरिमा र प्रतिष्ठा पाउन त्यो व्यक्ति त्यसको सहि हकदार वा लायक हुनुपर्छ। राजा हुन लायक नभएका ज्ञानेन्द्र राजा बनेपछि देश ओरालो लागेको छ र त्यो नालायकिपन भएका ज्ञानेन्द्रले कति मुद्दा खेप्नुपर्ने हो त्यो हेर्दै जानुपर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narayan Adhikari

      जो होचो उसकै मुखमा घोचो भनेको यही हो | ज्ञानेन्द्रका विरुद्धमा हुने सबै क्रियाहरु सही नै छन् भन्न मिल्दैन किनभने कुनै पनि मानिस सम्पूर्ण रुपले गलत हुदैन | रावण र कंशमा पनि केही असल गुणहरु थिए तर महत्वपुर्ण कुरा के हो भने कसमा कुन गुणको प्रधानता रहन्छ, तेस्ले मात्र व्यक्तिको गुण वा दोषको मुल्यांकन गर्नुपर्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dharma

      If this girl had asked for money two to three years ago, she would have faced the same face as Dhirendra’s legal wife. Gyanendra or Paras would have killed her she would not have been make any voice. Anyway her mother was Direndra’s whore. Possibly Nepal will have to make laws to deal with people born out of wed lock. Hope Birendra’s grand daughter will have some courage to come front and file agaist morder of her mother and grand father.
      How come this government was never interested royal palace massacre when everybody in Nepal wanted undertake credible investigation and bring those convict to justice. Even if Gyanendra was used by other forces, it will help Gyanedra not take whole blame on this massacre.
      May be Gyanendra himself should come public admitting his first verson was fabricated.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NaBeEn

      लौ मलाई त हस सै उठेर आयो !! यी अंश खोज्ने आमा-छोरि येत्रो वर्ष कहा गुफा पसेका थे ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khanalji

      ओरालो लागेको हरिणलाई बाच्छाले पनि खेद्छ भनेको यहि हो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Nirmal

      अझै ताना तान लुछा चुडी हुदै छ हाम्रो बाउ बाजेको रगत चुसेर कमायको सम्पती राष्ट्रिय कारण कीन नगरेको होला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj

      malai त k पनि tha छैन हो k हो k .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dol Raj Sigdel

      ज्ञाने को सम्पति सरकारीकरण गरिनु पर्छा अनी उसलाई अभियोग लाउनु पर्छा साथीहरु ]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shankar Dhamala, UAE

      ओराली लागेको हरिनको चालभो ……………………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pareenita Poon

      आखिर यो पैसाकै मामला त पर्यो नि फेरी, पैसा भेने पछी शिवजी को तिन नेत्र ………………………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      के को टेन्सन लिईरहनु पर्यौ र भन्या पाउछन् भने पाऊँन न त !!! भाई मारा को टन्नै सम्पति छदै छ क्यारे !!! बाल लै भएन नि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो कुरा रामो होहिना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreesh thapa

      होइन के पुगेन हो फेरी मुद्दा दायर गरेको हरे प्रभु क सुन्नु परेको हो यो त सरासर बेकार हो तर श्रुति को छोरीहरुलाई चाही दिलाउनु पर्छा अहिलेनै पहल गरेर तर अहिलेको चाही बेकारको कुरा हो किन चाहियो मरेतुल्य भयको मान्छे बाट सम्पति अझै ,,,,,,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dness

      हुन त आफ्नो राज नै लुटिएको राजा को अब के नै होला खोसिन बाकी ? तै पनि यी राज खलकहरु पैसो भने सी घोक्रो मुन्टो टेक्छन भन्ने कुरा को नजिर त पैला नै यो मुद्दामा देखीएको हो /

      स्वर्गीय राजा बिरेन्द्र कि छोरी श्रुति कि जेठी सासु , गोरख सम्सेर कि दिदि अन्नपुर्ण राणा आफु ३५ वर्ष सम्म अबिबाहित रही छोरा सरह अंश दिलाई पाऊ भनि सर्बोच्चमा मुद्दा पर्दा गोरख र उनकी आमाले , “अन्नपुर्ण अबिबाहित ३५ वर्ष सम्म रहे पनि उ कुमारी छैन शारीरिक सम्पर्क गरि सकेकी छ , न पत्याए उसको योनीको मेडिकल चेक जांच गरि हेरियोस तेसैले हामी अंस दिन्नौ उसलाई ” भनि सर्बोच्चमा दिएको बयान ले त्यो बेला मीडियामा राम्रै ठाउँ पाएको थियो /

      दिनेश

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok

      हो पूर्व राजा गानेंद्र ले सबै काम नरम्रो गरे तेस मदेया औटा पारश जस्ता तर नजानेर आर्को प्रजत्रनता को हत्तआ गरेर बाकी रायो कसले न त गिरिजा देखी माधब कसले यो देस को बिचार गरेको छ / र किन यौटा सधारन नेपाली को जिपन मा गयको मान्छे को बारे मा यत्रो कि कआ तिपरनी /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rup

      नेपालमा मुद्धा हालेर मात्र कहाँ हुन्छ र त्यो त जित्नुपर्छा अनि नेपालमा कस्तो कस्तो मुद्धा त अपराधी हरुले जितेको इतिहास छ त्यो जाबो सम्पति मुद्धा कहाँ अमेरिका कहाँ नेपाल अनि माइलो दिलाई गलत देख्ने हारुले सम्पतिको लोभमा अर्काको सौता बन्ने इमैले चै के सतीदेवी देखे को नि ओहो !!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rup

      नेपालमा मुद्धा हालेर मात्र कहाँ हुन्छ र त्यो त जित्नुपर्छा अनि नेपालमा कस्तो कस्तो मुद्धा त अपराधी हरुले जितेको इतिहास छ त्यो जाबो सम्पति मुद्धा कहाँ अमेरिका कहाँ नेपाल अनि माइलो दिलाई गलत देख्ने हारुले सम्पतिको लोभमा अर्काको सौता बन्ने इमैले चै के सतीदेवी देखे को नि ओहो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok

      मेरो बिछार मा यो हाम्रो नया नेपाल को नया उदेस्य्स र नया उपलाधि हुनु पर्छा जसको को कुनै तुन्न्गो नै छैन
      यस्ता कुरा मा मान्छे लाई भुलायर आफ्नो उदेस्य र स्वार्थ पुर्रा गर्छन बिचार गर्नु पर्ने कुरा बेला आको छ / न देश न भेस न टोपी न धोति सबैलाई चताना भाया जिरिजा देखि माकुने सम्म

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nima from Korea

      साँची नै यत्रो समय पछि आएर अंश माग्ने कसरी दिमागमा आयो, ल ल श्रेयाले मुद्दा जितोस !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suraj

      कानुनले ठुलो सानो vhandaina
      paralok kasle dekheko cha ra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मरेको बाघको जुघा उखेल्छन नै

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhiru

      गुड अब यति बाकी थियो त्यो पनि पुरा हुन भयो/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      सर्पको खुट्टा सर्पले नै देखोस|
      राज्यको ढुकुटीमा आउने मुद्दा भए एसो ध्यान दिंदा पनि हुन्थ्यो|
      नत्र भने के के तमासा हेर्नु- एउटा दुइटा भए पो!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • dependra

      ओंरालो उकालो हैन तेत्रो सक्तिसाली राष्ट्रपति सदाम हुस्सेन जस्तो मान्छेलाई त गल्ति गरे बापत आदलत मा लगेर फाशी को सजाए दिएर झुन्डाएर मारे पूर्व राजा ज्ञानेन्द्र र परस लाई पनि अंश बंडा को कुरा मात्र होइन देसको सम्पति सबै खाएको खोसेर बिरेन्द्र अनि परिवार हत्या काण्ड खोतेलेर हदै सम्मको सजाए भोकाउनु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • THAPA RAJBARSINGHA canada

      यत्रो साल सम्म कहाँ थियो र अहिले आयर अंस माग्ने कुरा चल्यो फेरी ???/ पैसा ,,,,पैसा ले कसैलाई बाकी नराख्ने भो,,,,,..साचै छोरि नै हो भने त अधिकारको कुरा हो ,.,.,.,.अदालतले दे भन्ला तर ……भित्र भित्रै कुरा मिलौलन

      भूपालमान सिंह को छोरा लोकमान सिंह कार्की को काम फेरी आयो अब …..कुरो र काम मिलौना लाई….अर्को सप्ताह डाकेर ,,,नेता हरुलाई बोलौना बेर छैन …
      तेही माथि कांग्रेस र यमाले को सरकार छ …कि राजु गोर्खाली को फैसला गरे जस्तो गर्लान ….परमानन्द झा जस्तो मान्छे त हुन्छन नि नेपालको अदालतको न्याधिश ……
      अनि रायमाझी आयोगले दोषी ठहर्यको दोषी लोकमानको घरमा गयर बार्ता गर्नी नेता हरु ……राजालाई त जसरि नि ,,सहयोग ….अनि मुर्ख बनाउने भनेको तपाई हामी सोझा साझा जनता ….कि कसो ….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prabin sapkota

      May be this is the only good thing that has happened after the delcaration of Republic Nepal. Gives a good feel. A lot like this could have acheived if there was a single good politician.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Manjil

      ज्ञानेन्द्रले साधारण व्यक्ति को जनजीवन को बारेमा पनि थाहा पाउनुपर्छ / एस्लाई येत्तिकै उन्मुक्ति दिनु हुँदैन / सारा नेपाल र नेपाली को दुख को प्रमुख कारण यो पनि एक हो /

      मन्जिल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • विस्मृती

      ओरालो लागेको मृगलाई स्यालले पनि लखेट्छ भनेको यही हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sushil

      तिम्रो हाम्रो मन मिल्दा सुन राक्थेउ तखातमा
      कमिला ले पनि ढुंगा ले हिर्कौन्छ दीन बिग्रेको बखतमा, भनेको येही
      होला सायद………………/

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Dips

      पैसा देखे पछि महादेव को पनि तीननेत्र भनेको यहि हो !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • madan

      हैन हैन यो हेप्ने ,हेपाउने खाल को खेल हैन,कौडी झर्छ भने मानिस ले सितिमिति कहा छोड्छ |भलै नाता प्रमाणित गर्न गारो होस्,अलि अलि खर्च गरेर करोडौ हात पर्छ भने?कोसिस सायद जल्ले पनि गर्ला ,यहा पुर्ब राजा को कुरा पर्यो र मात्र |
      नागरिक भैसके पछि एस्तो समस्या त दैनिकी जस्तै हुने भयो नि |
      अब हामि सोचौ न हिजो तेत्रो देस को राजनीति गरेर बसेको लाइ एस्तो मुद्दा ले के बिचलित पार्ला र ?
      सहानु भुती राख्ने हरुले च्व च्व गर्ने मात्र हुन् |एउटा ले भनेछ ”थाह पाइस,त्यो त गोलि लागेर मरेछ नि ” !१अर्को ले भनेछ ”हैन ,गोलि कहा लागेछ ?””गालामा !!”
      ”सिब सिब ,तै आखो जोगियेछ ”
      तेस्तै तेस्तै कुरा भयो |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • nisha

      तिमिले ज्ञानसिंह राउतलाई मृग देखेछौ . धन्य तिमि !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhamir Thapa, swiss

      ठकुरी माईला र माइलीको अब फेरी कति दिन निन्द्रानै हराउने भयो ! राजाको खानदान भएको झोंकमा गरेको पिरथी, अब यो बुढेशकालमा आएर सामना गर्नु पर्ने भयो !

      बधाई छ माईला दाई तिमीलाई !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rosham

      bismriti ji syaal होइन harin होला नि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      साथीहरु
      तर उनीहरुले कानुन केहि पाउला जस्तो लाग्दैन/ ल्यायिते भनेको एउटा स्थायी रखेल मात्रै हो स्वास्निनैत होयिन/ अब फेरी होनैके भनेर प्रमाणित पनि अब येम्लोक्मा गएर DNA जचाउन सकिन्न/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pradip dahal

      dips ji hajurle कति sajilai money को kura ganu bhyo testo होइन yar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      थूना माँ रहेको अभियुक्त दीपक मनांगे होइन, रोबिन गुरुंग हो भनेर बहस गर्ने ” बरिष्ठ कानूनबिद” शम्भू थापा र पुलिस ले दीपक मनंगे को नाम माँ राबिन गुरुंग भन्ने गलत बयाक्ती लाइ थुनेको ले रिहा गर्ने आदेश दिने अदालत भएको देश माँ प्रेष्या को बाबू भन्ने धीरेन्द्र शाह, ज्ञानेंद्र को भाई नभई अर्को धीरेन्द्र भन्ने बयाक्ती हो भन्ने फैसला हुन्छ. धमाला जस्ता ले त अदालत को फैसला किन्न सक्दछ भने ज्ञानेंद्र ले किन नसक्ने? फैसला बिक्री केंद्र को ब्यापार बढ़ने भयो तेती मात्र हो, बास्तविक न्याय त जन अदालत माँ हुन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम चन्द्र ज्ञवाली

      महेस जि नमस्कार
      तपाईं ले भनेको जनअदालथ नभयर र धन अदालथ थियो जसले पैसा को सहयोग गरे वा पार्टी पर्बेश गर्‍यो तिनी हरु निरपराध थिय जस्ले न चन्दा दिय न पार्टी पर्बेश गरे ति सामन्ती थिय अब तपाईं नै भन्नुहोश धन अदालथ ले के निर्णय गर्ने ।
      पुरानो सत्ता को गन अदालथ मा माओबाद को धन अदालथ मिले पछी बनेको हो जनअदालथ
      एउटा लुते अर्को भुस्या दुबइ को पुछर बाङो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shantasamundra

      वहा वहा जवाब छैन तपाई को कमेन्ट को….धेरै घत लाग्दो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shantasamundra

      वहा वहा जवाब छैन तपाई को कमेन्ट को….धेरै घत लाग्दो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagun

      यो दलालहरुको पहुँच रहेको देस हो…सम्भु थापा जस्ता थुप्रै छन्…. कहिले कोइ उठ्छ अनि सबैलाई ठोकी दिन्छ ….म तेही दिन को पर्खाइमा छु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luguna

      वाह वाह””””” कमेन्ट लेख्दा यसरि सिर पुच्छर भेटेर लेख्न सक्नु पर्दछ |
      बहुत बिचारनीय छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krisna

      कति अरुलाइ तेल दलेर बस्नुहुन्छ ,आफै दले जिउ अलिकति दह्रो हुन्छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      विस्मृति ! यो उखान-टुक्काको नयाँ version चाहिं यस्तो छ :” ओह्रालो लागेको धोबिलाई साबुनको फिन्जले पनि लखेटछ “

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman Subedi

      ज्ञवाली जी
      जनतालाई सहि न्याए र सहि समयमा न्याए दिन सक्ने जनता कै अधिन वा जनताले जिताएर पठाएको जनप्रतिनिधिहरुको अन्डरमा रहने अदालतलाई जनादलत भनिन्छ ज्ञवालीजी महेशले भन्न खोजेको त्यो पो हो कि मावोबादीको अदालातलाई मात्त्र जनादालत भनिदैन. मावोबादी दुधले नुवाएको चोखो त भन्दिन तर तपाईको एमाले काँग्रेस हेरीकन अलि कम चोर हो तपाईको काँग्रेस र एमालेले कसरि देस लुटीराको छ तपाईलाई थाहा नै होला. कि मावोबादीको मात्र हिसाब राख्ने गर्नु भाछा अरु को गल्ति चै गल्ति नै हैन पो भन्ने गरेको हो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अखिल गुरुङ

      ऊ.. यौटा निकृष्ट प्राणी देखा पर्यो, ईश्या र डाहले मरेको अनि अरुलाई छद्मगाली गरेर तुष्टी लिने अर्ध मान्छे….। खतरा कस्ले ज्ञानेन्द्र, प्रचण्ड, वा गिरीजाको सपोर्ट विरोध गर्यो भन्ने होईन, वरु “माने” नामरुपी जस्ता विवेकहिन, हुतिहारा र अरुलाई मनगढन्ते आरोपलगाई मुतको न्यानोमा रमाउने कुरुपहरुको हो । आफु कुन चाहीं देशमा भाडाँ माजेर र बच्चाको गुहु सोरेर बस्छहोला क्यारे अनि नेपालमा केही गरौं भनेर देश फर्कनेहरुलाई तथानाम व्यक्तिगत गालीगरेर आफ्ना तुच्छस्वार्थपुर्तिगर्दै छ.. थुक्क मानवादुर कुकुर.. यस्ता हंशहरुले कसरी बाँच्न सक्छन्होला यदि आफ्नै नजर र विवेकले आफ्नो कुकर्म को मुल्याङ्कन गरेभने..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker