अर्थशास्त्रमा एमए पढ्दै गरेका अर्थमन्त्री सुरेन्द्र पाण्डेले गत जुलाई महिनामा प्रस्तुत गरेको बजेटमा एउटा कल्याणकारी योजना थियो- विधवा विवाह गर्ने जोडीलाई आधा लाख रुपैयाँ सरकारले दिने। सरकारले विधवा विवाहलाई प्रोत्साहन दिन चाहेको थियो तर विधवाहरुले त ५० हजार चाहिँदैन बेइज्जत गर्न पाइँदैन भन्दै विरोध पो गर्न थाले त। हुँदाहुँदा उनीहरुको आन्दोलनले मुद्दाको रुप लियो। एकल महिला समूहकी अध्यक्ष लिली थापाले प्रधानमन्त्री, अर्थमन्त्री तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई गएको सोमबार अदालतमा रिट दायर गरिन्। यही मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश खिलराज रेग्मीको एकल इजलासले सरकारको नाममा अग्राधिकारसहित विधवालाई विवाह गर्ने जोडीलाई रु ५० हजार दिने सरकारी निर्णयका विषयमा कारण पेश गर्न आदेश जारी गरेको हो।
रिट निवेदनको पक्षमा अधिवक्ता कविता पाँडे, प्रकाशमणि शर्मा र रमेश पराजुलीले बहस गरेका थिए।
हैन मुद्दै चाहिँ किन हाल्नु परेको त ? यस विषयमा मुद्दा हाल्ने एकल महिला समूहकी अध्यक्ष लिली थापा यसो पो भन्छिन्- हामीले सरकारसँग छलफल गरेर निर्णय सच्याउन आग्रह गर्दै आएका हौँ। तर सरकारले त्यसतर्फ ध्यान दिएन। त्यसैले हामी अदालत जानुपरेको हो।
अधिकारकर्मी महिलाले पनि रकम दिनुभन्दा रोजगारीलगायत सुविधा दिन सरकारसँग माग गर्दै आएका थिए।
त्यसो त सरकारले कथित दलित र गैर दलितबीच हुने विवाहलाई प्रोत्साहन दिन पनि योभन्दा दोब्बर रकम अर्थात् एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो। यो घोषणाको भने यति चर्कोसँग विरोध भएको छैन।
No related posts.









बिधवा बिबाहलाई प्रोत्साहन दिन होला सरकारले पचास हजार दिने निर्णय
गरेको पचास हजार दिएर होइनकी समाजलाई परिवर्तन गरेर विधवालाई अरु नारी सरह सम्मान र सत्कार गर्नुपर्छ ,नारी कहिले पनि असहाय हुदिन उ त समाजको मेरुदण्ड हो ,यो पचास हजार दिने निर्णय महिलाको सम्मानको लागि होइनकी महिलालाई असहाय ठान्नेहरुको हो यसको बिरोध गर्नु पर्छ जसले अदालतमा रित दाएर गरेको छ म पूर्ण समर्थनमा छु
मन परे हरियो, नपरे रातो
1
0
सब किन मुख लागेको पार्टी जता गय पनि वोटर laie ramro हुन्छ तेअस्ले गर्दा त नेपाल खराब भयो त अब नेपाल मा कहिले सम्म यस्तो हुने हो[नेपाली कै कारण कयोउ नेपाली बिदेसिनु परेकोछ कसले सोच्ने [
मन परे हरियो, नपरे रातो
0
0
यो सरकारले ल्याएको सुभिधा पर्योग गर्नेले गरुन न गर्नेले नगरुन यसमा यत्रो चाहिने नचाहिने हंगामा गर्नुपर्ने के नै छर?
सरकारले जबर्दस्ती गरेको त छैन नि कसैलाई? यो साधारण कुरा पनि त्यो लिली को दिमाग मा नपसे जस्तो छ
मन पर्ने ले सुभिधा प्रयोग गर्ने मन नपर्ने ले प्रयोग नगर्ने.
प्रजातन्त्र को राम्रोपन नै त्यो हो . हैन र? नचाहिदो हंगामा किन गरेको?
मन परे हरियो, नपरे रातो
0
0
अर्थशास्त्रमा एमए पढ्दै गरेका अर्थमन्त्री सुरेन्द्र पाण्डे……………
धन्न तेती त गरेको हो अर्थमन्त्रीले
BG
मन परे हरियो, नपरे रातो
0
0
मलाई के लाग्छा भने बिधवा बिबाह गर्नु पर्छ ५०००० पाइन्छा भनेर फेरी
तेस्तै उत्तौली हरु ५०००० रु को लोभले आफ्ना बालबच्चा लाइ बेहाल गरि
छाडी हिंड्ने होलान अनि ति टुहुरालाई हेर्ने हजुरबा हजुरमा पनि उमेर ढल्केका
भए फेरी त्यो भन्दा बेजोग अरु के होला र साथि हो .
कमल गुरुङ , ल्वांग घलेल, कास्की
मन परे हरियो, नपरे रातो
0
0
ओ झालाके पागल बुदुवाले बिबाहा गरे ५०००० पाउछन अनि पोइ पनि तर तिनका साना साना नानि, बच्चा होलान तिनको लागि के गर्ने? त कुना दुनियामा छस? बिदुवालाई ५०००० होइन कुनै तालिम अनि रोजगार चाहियो | काम गरेर आपना बच्चा पालन तिनलाई शिक्षा दिन सकोस| बिवाह गरनेले त पैसा नभए पनि गरेकै छन् नि| तलाई थाहा नै होला नि पैसाको लागि गरेको (माया) बिवाह धेरै दिन टिकदैन|
मन परे हरियो, नपरे रातो
0
0
कसले पाउने. बिधुवा दुलही ले कि दुलहाले, कहिले पाउने, बिहे भएको कति दिन भित्रमा पाउने हो? कतै जड्याहाले जांड किन्ने पैसाको लागि यसको क्षणिक सदुपयोग गर्ने हुनकी? पैसाले किनेको दाम्पत्य जीवन सफल हुन धेरै गार्हो हुन्छ होला जस्तो लाग्छ | जे होस सरकारको यो कार्यक्रम सफल होस् भनि कामना गर्दछु |
मन परे हरियो, नपरे रातो
1
0
50000 को mahatwa najanne haru
ले यो देश को के महत्व छ भन्ने कुरा कसri jaanne ?
मन परे हरियो, नपरे रातो
0
0
आन्दोलन मा मेरो समर्थन छ, पैसा होइन सिप, जाँगर र पुजी लगाउन उत्प्रेरीत गर्ने नीतिको खाँचो छ । एकल महिला, बुडी मरे पछि बुडाले राडोबस्न छोडेर अर्की स्वास्नी ल्याउन हुने तर किन आइमाई भने आफु lie मन pareको संग बिबाह गर्न नहुने ?
पहिला त समाज परिवर्तन हुन जरुरी छ, शिक्षयामा गुणस्तर हुनुपर्छ
मन परे हरियो, नपरे रातो
0
0
पैसा होइन सिप, जाँगर र पुजी लगाउन उत्प्रेरीत गर्ने नीतिको खाँचो छ । एकल महिला, जनजाती, दलीत तथा निम्न बर्गको उत्थानको लागि सही नीति अपनाउन सक्नु बढी बुद्धिमानी हुन्छ जस्तै एउटा कथा छ ।
एक जना मगन्ते सधै मेरो घरमा माग्न आउथ्यो । मलाई माछा निकै मन पर्ने हुदा त्यो मगन्तेलाई पनि माछा खान दिएर पठाएँ । भोलीपल्ट देखि त झन् सधै म संग माछा माग्न पो आउन थाल्यो । मैले पनि बुद्धि लगाएर उसलाई माछा मार्ने तरिका सिकाउदै एक सेट बल्छी दिएको थिएँ अव त झन् के उसैले सधैं मलाई माछा ल्याएर पो ख्वाउन थाल्यो ।
मन परे हरियो, नपरे रातो
0
0
लिली थापा बिदेशी डलर खाएर गरिब नेपाली महिला माथि राजनीति नगर बरु तिनीहरुको उथनम लागे बेश
मन परे हरियो, नपरे रातो
0
0
कुकुरलाई घ्यु नापचेको भनेको यही हो | बुढापाकाले आइमाईको बुद्धि …………. हुन्छ भन्थे नभन्दै रहेछ आज प्रमाणित गरि छाडे | राम्रो कुरालाइ त सहयोग गर्नु नि क को मुद्दा हाल्नु परेको
मन परे हरियो, नपरे रातो
0
0
हाल बिधवा बिवाह को मूल्य=-५०,००० रुपिया
पहिले बिधवा बिवाह को मूल्य= ००० रुपिया
बिधवा बिवाह को मूल्य मा कमि| यसको अर्थ बिधवा बिवाह को माग बढ्ने भो जुन अर्थशास्त्र को अति सामान्य नियम हो|
भनेपछि सुरेन्द्र पाण्डे को नीतिमा कुनै टेक्निकल गढ़बधि देखिदैन| मूल्य घटाउ माग बढौ|
तर यसका केहि इम्प्लिसित कस्ट हरु हुनासक्छान जुन हिसाब गर्न बाँकि छ| बिधवा बिवाहको मुद्दामा विधवालाई प्रयोग गरि अरुलाई नै इन्सेन्टिभ दिने कम भयो जुन बिधवा हरुले सोझै बिरोध गर्ने नै भए| पचास हजार ले बिधवा बिवाह को माग मा बढोत्तरी गर्ने भो तर सप्लाई कता बाट ब्यालेन्स गर्ने? बिधवा बिवाह क प्रोड्युसर हरुलाई कुनै इन्सेन्टिभ भएन नि|
सरकारी लक्ष बिधवा बिवाह को इन्सिदेंस बढाउने हो भने बजार को दुवै पक्ष लै एड्रेस गर्नु पर्यो|
मन परे हरियो, नपरे रातो
0
0
खैर, जनताको पक्षमा केहि गर्न खोजेकोमा प्रभावकारी हुन सकेन,
(भलै सस्तो लोकप्रियता हासिल गर्न किन नहोस) त्यसैले म सरकारलाई
गालि नै दिन चाहन्न| गल्तिबाट नै सिक्ने हो| आफ्नो गाउ आफै बनाउ; बृद्ध भत्ता
आदि त सफल नै भै रा थिए/छन् क्यारे!
बिना विभागीय मन्त्रि, २/२ जना उप प्रधान मन्त्रि, उपचरेश पति, ४०/५० जनाको मन्त्रि मण्डल,
ओल्य्म्पिकमा एउटा झण्डा लिएर ५०/६० जना, एउटा मन्त्रीको विदेश भ्रमणमा पुरै बथान, आदिजस्ता बिना सित्तिका कुरामा खर्च गर्न छोडेर पिडित हरुको लागि कार्यक्रम
ल्याउन खोज्नु सह्राहनीय नै हो!
मन परे हरियो, नपरे रातो
0
0
म चाही ठिक अरु सबै गलत भन्ने विचार बोकेका हरु को मुलुकमा जे गरे पनि नराम्रै हुन्छा/
मन परे हरियो, नपरे रातो
0
0
नेपालजस्तो गरीब मुलुकमा आर्थिक राहत स्वरूप दिइएको रकमलाई राजनैतिक रंग दीयेर उछाल्न खोज्नु राम्रो काम होइन/
मन परे हरियो, नपरे रातो
0
0
बोकेको मुखमा कुबिण्डो न अटाएको जस्तो हो यो। नेपालका केही बुद्धी बिकृत महीलाहरुले अरुको पनि कल्याण हुन नदीने भए। मध्यपुर्वमा “महीलालाई कात्रो (तिनिहरुको बुर्का) ओढ्न बाध्य बनाउन हुदैन” भन्दा उल्टै त्यसो भन्नेको विरोध गरेको जस्तै हो। ति नखरमाउलीहरुलाई लिन मन् नलागे न लिए भई हाल्छ नि, तिनिहरुलाई के को अधिकार अरु महीलाको बिषयमा प्रतिनिधित्व गरेर मुद्धा हाल्नलाई?
मन परे हरियो, नपरे रातो
0
0
जाबो 50,000 ले के आहुछ भन्छन? सरकार ले सबै बिधुवा लाई पाल्ने ठेक्का लिएको छ र? यो त सरकार ले बिहे गरेर समाज भित्र भएको बिकिरिती लै सुधार्ने एउटा साहशिलो महिला लाई प्रोत्शाहन स्वरूप दिएको उपहार पो हो त…कुरा सुन्दा पनि अचम्म लाग्छ |
मन परे हरियो, नपरे रातो
0
0
सस्तो लोक प्रियता कमाउने सोच ले भरियाको हरुवाको नेतृत्व भयको सरकार .अनि …पैसा भय नेपाली लाई केहि चाहिन्न भन्ने मानसिकता,,,,,हरेक कुरा मा राजनीति कारण गरेर राम्रो ,,नराम्रो कुरा को विचार नगरी अरकाको लै लै र इसारामा मा लगेर ,,,बन्द हड्ताल ….नारा ..आन्दोलनको नाम मा समय बर्बाद पर्ने नेपाली जनमानस ,,,,,,कोइ भन्दा कोइ कम छैन नया नेपाल मा ……,
मन परे हरियो, नपरे रातो
0
0
विधवा बिबाह अहिले सम्म पनि हाम्रो समाज मा राम्रो मानिदैन या यो हाम्रो जस्तो रुदिबादी समाजमा मान्यता प्राप्त हुन सकेको छैन/ तेसैले यो कुनै नराम्रो पाइला हो जस्तो मलाई लाग्दैन / हुन सक्छ सबै लै बिहे गर्ने चाहना नहुन सक्छ तर जो उमेर छदै तेस्तो अबस्था मा छ र अर्को बिहे गर्ने चाहना छ भने तेहा एउटा होइन हजार जना लिली थापाले मुद्दा हाले पनि केहि हुदैन / अर्को कुरा अहिले पनि सरकार ले केहि सहयोग नगरेपनि कति तेस्तो महिला ले दोस्रो बिबाह गरि रहेका छन् तेस बेला लिली थापा कहाँ के गरेर बसी रहेका थिए?
तेसैले सरकारको ले बिबाह संगै केहि पैसा दिदैमा आफनो सबै दयितो पुरा भएको सम्जनु पनि हुदैन र लिली थापाले पनि आफ्नो केहि जथा को कुरा सुनेर तेस्को बिरोध र अदालत मा मुदा हाली हाल्नु पनि हुदैन किन कि मा लिली थापालै एस्तो महिला ठान्दिन कि जसले हरेक नेपाली बिधवा को भाबना बुजेको छ भनेर ! के तपाई पनि येही ठान्नु हुन्छ ? के तपाई नेपाली महिला को खुसि छाहन्नु हुन्न ? अनि किन बिरोध? सक्नु हुन्छ भने अरु धेरै कुरा हरु छ तपैले नेपाली सरकारको बिरोध गर्ने?
मन परे हरियो, नपरे रातो
0
0
ह्या बेक्कारको टाउको दुखाइ!!आनन्दले ३,४ वटा सम्म विधवाहरु थान्को लाउने बेलामा फेरी अर्को झन्जट! उदायो सपना सबै हुरीले
मन परे हरियो, नपरे रातो
0
0
बुद्धि मानि साथि तपाईलाई चाहि बिधवा जति सबै लाइ चाहि बिहे नै गर्नु पर्छ नगर्यो भने कारबाही हुन्छा गर्यो भने ५० हजार पाइन्छ भनेर ५० हजार देको होइन नि जसले एक अर्कालाइ मन पराएर बिहे गर्छन तेसलाई प्रोत्सान सोरुप diyeko हो र एसको अर्थ हो बिधवा बिबाहा लाई पनि सरकार ले मान्येता र प्रोत्सान गर्नु.
साथि अलि अलि बुझ्ने कोसिस गर्नुस न यार बिपछी ले गरेको कुरा सबै गलत नै हुन्छा भन्ने कहाँ छ र.
मन परे हरियो, नपरे रातो
0
0
यो त पुरानो कुरा भयो, बजेट भाषणमा घोषणा गएको. नियत राम्रो हुन सक्छा, तर तरिका मिलेन. पैसा लगानी गरेर विधवालाई सधवा बनाउन सकिदैन भन्ने साधारण कुरा हाम्रो अर्थ मन्त्रि’ले नौबुझेकोमा मल आश्चर्य पनि छैन. यिनीहरुबाट के नै आशा गर्न सकिन्छा र? सबै राजनीतिक स्वार्थ’बाट प्रेरित छन्, जुनसुकै दल’का हुन्. हे मुर्खहरु, सबै कुरा पैसा होइन, यो त मन’को कुरा हो! पैसाले एती गहन कुरा तेती सजिलै हाल हुन्छा भानिथानेकछौ? आँखा हेर्ने अन्धाहरु! सस्तो बेचेर पखाला चलाउने भनेको तिमीहरु नै हौ!
मन परे हरियो, नपरे रातो
0
0
कुरा दोहोरो हुनुपर्छ बुडी मरे पछि बुडाले राडोबस्न छोडेर अर्की स्वास्नी ल्याउन हुने तर किन आइमाई भने आफु lie मन pareको संग बिबाह गर्न नहुने ?
पहिला त समाज परिवर्तन हुन जरुरी छ, शिक्षयामा गुणस्तर हुनुपर्छ
धन्यवाद
दुर्गा खनाल
साउदी अरब
रियाध
मन परे हरियो, नपरे रातो
0
0
लिली को कदम लाइ सम्मान र सहयोग गर्नु पर्छ। नचाहिदो वाहियत बजेट ल्याउनेहरूलाइ कठघारमा उभ्याउने काम लिलीको मात्र होइनन हामी सबै नेपाली जनताको हो त्यो कुनै माकुने र सुरेन्द्रहरूको बाउको पैसा होइनन?
हाम्रो पसिना र रगतको खोला हो जसको दुरूपयोग गर्ने असक्षमलाइ कालकोठरीमा जाग्नु पर्छ,
मन परे हरियो, नपरे रातो
0
0
बाडी पहिरोपिडितले राहत पाएका छैन यो सरकारले राष्ट्रिय ढुकुटी रित्याएर विदेश व्रमण गरि बस्छ अब यो ५०००० दिने पनि नाटक मात्र हो बरु बाधिपिदित को उद्दार गरे धर्म लाग्थ्यो कि रकम सहि ठाउँमा सदुपयोक होश ४० करोड बाढीपिडित सहयोग रकम कता हरायो जनता भोको छन् भोको पेटले रोटि मागी रहेको छ सरकार संग मनलाग्दी नियम ल्याएर जनता को पेट शान्त हुँदैन !
मन परे हरियो, नपरे रातो
0
0
के बिधवाहरुले बिहे गरेमा सरकारले दिने पचास हजार लिनै पर्छ भन्ने पनि नियम छ? हुन त मलाई पनि ठिक त लागेन यसरी पैसा दिने व्यवस्था (कति पुरानो बिचार कि आइमाईले बिहे नै गर्नु पर्छ, लोग्ने बिना आइमाईको केहि अस्तित्व रहन्न र बिधवाहरु अशुभ भन्ने जस्ता!) र उनीहरुलाई विभिन्न तालिम र जागिरको बन्दोबस्त मिलाउनु बरु बेश हुन्थ्यो होला| तर अर्को तिर बाट यसै कुरालाई हेर्दा चाहने ले लिए नचाहनेले नलिए त कुरै सक्कियो जस्तो लाग्छ|
मन परे हरियो, नपरे रातो
0
0
कुरा ठिक हो आन्दोलन त गर्नु पर्यो नि हुदों खादोको उपहार दियर झन कस्तो नापुसक जस्तो व्यवहार गर्ने रहेछ सरकारले पनि अब सरकारले छुवाछुत अन्त गरेको भन्छ तर पनि छुवाछुटलाई नै माथिल्लो दर्जा दिया जस्तो किन पैसाले किन्न खोजेको कुन्नि भ्रस्ट भयछ बुध्धी …….
मन परे हरियो, नपरे रातो
0
0
MA economics first year पढ्दै गरेका अर्थमन्त्री रे?? Joke जस्तै सुनियो तर साँची होला भन्नुपर्छ. नेपालमा येस्तै हो, अनि तेसैले नि amazing amazing नीति बन्छ
मन परे हरियो, नपरे रातो
0
0
ठिकै हो नी विधवा विवाहलाई प्रोत्साहन गरे को छ नी सरकार जबरजस्ती त गरेको छैन नी?
लौ लिली थापा ले विधवा माथि राजनीतिक गर्ने भै आब?
मन परे हरियो, नपरे रातो
0
0
नेपाली सरकार ले गरेको यो भन्दा नराम्रो निर्णय कुनै छैन | यसले एकल महिला हरु लाई पैसा का लागि बिहे गर्ने अनि धोका दिने सम्भावना बढी देखिन्छ | तपाई हामी सबै मिलेर एसको बिरुद्ध मा उत्रिनु पर्दछ|
मन परे हरियो, नपरे रातो
0
0
नेपाली परम्पराको ख्याल गरेर निर्णय गर्नु पर्ने हो है ठिकै छ नी लिली थापा जी अदालत गयर बेस गर्नु भयो ! मलाई लाग्दैन कि ५० हजार को लागि आफ्नो परिवार छोडेर बेइज्जत गर्नुहुदैन हाम्रा नेपाली आमाका महान छोरी हरु ले तेसैले सरकारले ५० हजारको सट्टा रोजगारमूलक कार्यक्रम लेवोस तब नेपाली नारीहरु खातो बनेको घाउमा मलम बन्न सक्छ! हैन भने खातो बनिसकेको घाउलाई सरकारले कोट्याउने प्रयास हुनेछ ! म त सहमत छु अदालत पुगेकोमा…..
प्रकाश पुन मगर
नोर्थ भिक्तोरी बेस क्याम्प
बगदाद इराक
मन परे हरियो, नपरे रातो
0
0
मेरो लागि त यो ठिकै हो जस्तो लाग्छ. किन कि तेही ५०००० ले गर्नु च्यो भने धेरै गर्नु सक्छ कुनै सानो पसल chalayar jibiko parjan गर्नु सक्छ.तेही कैश लिनुको लागि कति महिला हरु तयार भयको पनि छ तर यो ज्यो धनि बर्गको छ उसलाई मात्रै बेइजत हो किन कि उसको तान्ने कैश हुन्छ अनि किन चाहियो र सरकारको नाथे ५०००० .
धन्यवाद.
राजेश.
मन परे हरियो, नपरे रातो
1
0
मोज गर हरुवा कटपुतली माकुने सरकार तिम्रै ६ दिन, नेपालमा जसले जे गरेपनि हुन्छा /
मन परे हरियो, नपरे रातो
0
0
यो २ वोटा तरिका नै गलत हो .
मन परे हरियो, नपरे रातो
0
0
यो त single woman haru lai dominate garejhai lagcha malai, आन्दोलन मा samarthan chai chaina तर galat parmpara chai सुरु vaya को pakkai हो, यो galat परम्परा को chai अन्त्य hunai parcha pheri arko kura, sabai kisim को arakhan पनि समाप्त नै गर्नु parcha . lila ji, sarkar ले dinchu vaneko छ मन lage sahayo linos, nalage nalinos किन आन्दोलन गर्नु huncha bekkar, pheri पनि nalayak huna किन khojdai हुनु huncha नि ??????????????
मुद्दा mamala vanda, अरु नै केहि garne sochnu vayo vane uttam होला नि होइन र????????????????????
कम se कम केहि राम्रो garne बारे त sochnusss??????
nalayak huna बाट bacnos
मन परे हरियो, नपरे रातो
0
0
बिषयलाई सकारात्मक रुपमा लिएकोभा यस्तो तर्क बितर्क औदैनाथियो . तर हाम्रोमा जे लाइपनि नकारात्मक सोच्ने चलनछ बिरोध र मुद्दा त्यसैको परिणाम हो . माया बस्यो बिबाह गर्यो र जीबन यापनको लागि सरकारले केहि दिन चाह्यो यसमा आपत्ति गर्नु पर्ने कारण नै छैन. मन नलाग्नेलाई बिबाह गर्ने पर्छ त कहिँ भनेको सुनेको छैन है .
जनार्दन दाहाल ,महांकाल-७ mandikhaataar
मन परे हरियो, नपरे रातो
1
0
मलाई त पैसा को आवस्यक छ अनि मलाई त बिधवा बिवाह मन पर्यो | फेरी यो लिली ले ५०००० दिने होइन अनि किन एसको पछी लाग्नु | यो लिली बिधुवा लाई use garera politician huna knojdai chhin. BE aware of Lili.
मन परे हरियो, नपरे रातो
0
1
बिबाह ,जहाँ माया छ बिस्वास छ त्यहाँ कुनै पनि प्रलोभन को जरुरि छैन ,बिधवा बिबाह को सवाल मा पनि पुरुस अनि समाज(बा आमा सासु ससुरा नातागोता अनि छिमेकि ) ले पनि सहयोग ,समर्थन र सम्मान गर्नु जरुरि जस्तो लाग्छ न कि पैसा … पैसा ले ऐले को स्थिति मा स्वार्थीपना लाई नै प्रोत्साहित गर्नेछ भने स्वार्थबस गरिएका काम कुरा कत्ति नै भर पर्दो हुन्छ र ???
मन परे हरियो, नपरे रातो
1
0
हारुवा त के भानिरहनुरा तिनी हरु नभई देसै नचलेपछि यद्दपी लिलाजी लाइ मेरो समर्थन छ
मन परे हरियो, नपरे रातो
1
0
गणेश,राम र दीपक दुवै बाट हजुर
नेपाल मा नया नियम कानुन बनाउन र आन्दोलन गर्न सुक्रबार चाहिदैन भन्ने कुरा सबै लै थाहा छ नी हजुर
मन परे हरियो, नपरे रातो
0
0
वाइयात आन्दोलन लीला हरुका पछाडी सहयोगी सहारा थुप्रै होलान सबैका हुन्नन है .
मन परे हरियो, नपरे रातो
0
0
एउटा उखान को मलाइ सधै याद आउछ “गर्दछौ पाप खोज्दछौ स्वोर्ग जान्दैनौ कर्म को गति रिठ्ठा को बोट रोप्र्रा फल्दछा कहाँ कागती “
मन परे हरियो, नपरे रातो
1
0
उदहर्नको लागि म एउटा यथार्थ पेस गर्न चाहन्छु. बिबाह भएको दुइ बर्ष पछी श्रीमान र श्रीमती बीच को सम्बन्ध चिसो हुन् थाल्छ. चिसो हुनुको कारण हुन्छ श्रीमतीको अर्कै केटा संगको अनैतिक सम्बन्ध. अब घरमा हर दिन जसो झगडा हुन् सुरु हुन्छ. श्रीमती को मनमा श्रीमान लाई मार्ने योजना पैदा हुन्छ. अनि मानिस लगाएर श्रीमान्को हत्या गरिदिन्छे. अब कुनै प्रकारको सबुत फेला नपरे पछी आत्महत्या हो भनेर भनिदिन्छ अदालतले.अब हत्या गर्ने आइमाई एकल महिला को कोटिमा पर्छे.यता सरकारले एकल (बिधवा) महिलालाई बिबाह गर्नेलाई पुरस्कारको व्यवस्था गरिदिन्छ. अनि त्यो महिला ले पहिले को आफ्नो प्रेमी संग बिबाह गर्छे साथमा पुरस्कार पनि पाउछे. अब भन्नुस यो ब्यबस्थ कत्तिको सहि छ? अज्झ पुरस्कार को रकम बडाउदा यसले कस्तो बिकृति फैलाउछ?
मन परे हरियो, नपरे रातो
2
0
मलाई त राम्रो लागो किनकि महिला हरु ले जहिले पनि पुरुस हरु ले यस्तो गरे उस्तै गरे भन्थेl अझै महिला हरु ले भन्थे महिला मर्दा पुरुस ले भने अर्को बिबाह गर्ने तर पुरुस मर्दा महिला ले भने सेतो लगायर बस्नु पर्ने भन्ने को लागि यो नीति सारै राम्रो हो र जबाफ पनि होl
मन परे हरियो, नपरे रातो
1
0
जे कुरामा पनि खाली नकारात्मक देख्ने मानिस हरु को जमात अग्र पंक्तिमा देख्दा मलाई सारै दुख लाग्छ |
मन परे हरियो, नपरे रातो
1
0
लिला जी तपाई एकल महिला नहोला तर सबैलाई तपाइलाई जस्तै सहयोग त गर्दैन नि सबैलाई
मन परे हरियो, नपरे रातो
0
0
हरुवा हरुको छेरुवा दाउ, यो आन्दोलन मा मेरो समर्थन छ,
मन परे हरियो, नपरे रातो
0
0
यो आन्दोलन मा मेरो पनि समर्थन छ ।
मन परे हरियो, नपरे रातो
1
0
मेरो chahi छैन यो राम्रो kura हो jhan भन्ने हो भने त uniharulai नै माथि uthauna khoje को हो जस्तो lagchha | malai त uniharu aaphno birodh aaphai गरि raheka छन् जस्तो lagchha
मन परे हरियो, नपरे रातो
0
0
नेपाली उखान छ कुरो र कुलो जता लगेपनी हुन्छ तर कुलो मा पानी बग्नु पर्छ भने कुरो को तर्किक अर्थ राख्नु पर्छ .अराजकतालाई संस्थागत गराएर विदेशीको पोल्टामा देशको अस्मिता सुम्पने हरु नै आज देश भक्ती हुन्छन भने संविधानमा एउटा कुरा लेख्ने, काम अर्को गर्ने, राजनीति बोके का पुजी पती नै हुन भन्दा अत्युक्ती नहोला जे मन लाग्यो त्यही गर्ने र पछि पश्चाताप गर्ने हरु पुजी पती को धर्म हो भने जनता को नाम लियर चर्को बोल्ने र सत्ता पाउदा सबै सैधान्तिक कुरा लाई तिलान्जली दिदै ब्यक्तिगत स्वार्थ मा रमाउने बाम पन्थी हरु हुन ।। कहिले लोग्ने मान्छे ले आईमाई लाई लाई हेपे अधिकार दियनन भन्ने र पुरुष को बिरोध गर्ने महिला हरु मौका पर्दा महिला माथि नै दमन शोषन अत्याचार गर्न पछी पर्दैनन उदाहरण को लागि छोरा नजन्मायाकी बुहारी लाई हेला गर्नु दाईजो नल्यायको मा पर्ताडित गर्ने देखी घर को सबै काम मा पनि भेद्भाव गर्ने महिला नै हुन ..
त्यहाँ लिली थापा को कुरा छ वा एकल महिला को कुरा लिली को संघठन छ त्याहा आर्थिक पनि होला उन लाई ठुलै सपोर्ट पनि होला तर असाहाएे गरीबएे माथि श्रीमान को पनि साथ छुटेका ति महिला को कुरा छ जसको काम दाम माम का साथै परिवार बाट पनि लोग्ने टोक्कौइ जस्ता अपहेलित अभियोग लागेका महिला को कुरा छ ।। एउटा भनाइ छ भोको ले डाडा वारी खाउ अघायका ले डाडा पारी खाउ पढे लेखे का शहर बजार पौच भयका लाई त रोजगारी पनि ठिकै होला दुर्गाम मा के को रोजगारी केको ब्यापार त्यसइ ले सरकार ले केही त गरे जस्तो पनि देखियो तर ५०हजार चाहिदैन बेइज्यती गर्न पैदाइन भन्ने महिला संघ ले के गरे का छन एकल महिलाको लागि खाली कुरा काट्ने र आफ्नो स्वार्थ को राजनीति गर्ने भन्दा । जसलाई पैसा खाचो छैन ति ब्यक्ती सँग गरीबएे असाहाएे लाई जोड्ने ?? एक राजा लाई एउटा गरीब पर्जा ले सरकार खान पेन भन्दा दुध भात पनि खान पायनौ भन्थे रे ..
छोरी भूरुण हत्या गर्ने अधिकाम्स पढेलेखेकै महिला को जमात छ धनी कै छोरी बुहारी छन त्यो कुरा मा खै महिला आन्दोलन जती भाती मात्रै होइन छोरा ले गरीब को छोरी विवाह गरे पनि माइखाने कि छोरी भिकारी कि छोरी भन्ने सासु ज्यु नै हुन आफ्नो छोरा ले प्रेम गर्छ त्यो बाइफाले ले मेरो छोरा लाई फसाइ भन्ने पनि महिला हुन ।।समान हक चाहिन्छ पनि भन्ने आफ्नो दुनो सोझो देखे समर्थन र नदेखे बिरोध पनि गर्ने ।दोहोरो चरित्र ………
राम चन्द्र ज्ञवाली
मन परे हरियो, नपरे रातो
0
0
आर्थिक, सामाजिक लगायत विभिन्न पक्ष्यहरुको गहन अध्ययन र छलफल बिना सस्तो पपुलारिटीको लागि एमालेका तोरी लाहुरेहरुले ल्याएको कार्यक्रमले हावा खायो !!
मन परे हरियो, नपरे रातो
0
0
राम्रो काम को त samarthan पो गर्नु pacha त होइन र ??????
मन परे हरियो, नपरे रातो
0
0
Dear Friends,
If someone wants can get married and get money, there is no compulsion to take the money.
If someone dont wish to take money nobody is forcing her/him to take money.
why so much hue and cry about it and learned friends writing this and that about it?
मन परे हरियो, नपरे रातो
0
0
किन श्रीमती मात्र नि श्रीमान ले चै धेरै बिबाह पछी परस्त्री संग सल्किने गर्दछा नि ??
मन परे हरियो, नपरे रातो
0
0
तेरो कथा एउटा नेपाली फिलिम बनाए हुनेरहेछ
मन परे हरियो, नपरे रातो
0
0
वाइयत कुरा लेखनु लाज लग्नु पर्ने होइन र??? महिला माथि लोग्ने मान्छेले गरेका कुराको उल्लेख किन भएको छैन??
मन परे हरियो, नपरे रातो
0
0
मित्र राम प्रसाद तर्क अलिक राम्रो गर्नुस् के केटा केटी ले गुचा खेले जस्तो तर्क गरेको?
मन परे हरियो, नपरे रातो
0
0
तपाइँ को सोच यति निचोरीअ को छ ….यो व्यवस्था हुनु भन्दा पहिले कुनै पनि केटि अर्को केटा साग लाग्या छैन ……५०००० को लागि कसैले आफ्नो श्रीमान मार्छा होला त……
मन परे हरियो, नपरे रातो
0
0
तिमि मुर्ख हो राम प्रसाद अधिकारी ज्यु . उल्टो सोच भएको मान्छे तिमि हो.
मन परे हरियो, नपरे रातो
0
0
सरी जी यहाँ एकल महिलाको कुरा उठेको छ एकल पुरुषको होइन.
मन परे हरियो, नपरे रातो
0
0
पैसा देदैमा माथि उठ्छन महिला ये मुर्ख मनुस्य त कुन जुनी मा छस
मन परे हरियो, नपरे रातो
0
0
देशमा केही समस्या छैन त्यसैले विधवाले विहे गर्नु हुन्छ कि हुन्न भन्ने कुरा लिएर तर्क वितर्क गर्नु पर्या छ । धन्न हामी नेपाली !!! हाम्लाई जस्तो चौन कसलाई छ र ?? विहे गर्न मन लाग्ने ले गर्नु नलाग्ने ले नगर्नु नि के को अड्डा अदालत । यस्तै थाग्ने माग्ने मुद्दाले अदालतको समय जान्छ अनि अन्याय परेका, वेघर भएका सिधा साधाले कसरी समयमा न्याय पाँउथे ?
मन परे हरियो, नपरे रातो
0
0
जाबो ५० हजार ले के आउछ र माथि उठाउने कुरा गरेको ? अवसर चाईयो अनि मान्छे माथि पुग्छ . सस्ता भाषण र आस्वासन ले केहि हुदैन थाहा छ साथी . संसार लाइ बुझ अनि बहस गर .
मन परे हरियो, नपरे रातो
0
0
तिमि बिधवा हो जस्तो लग्यो
मन परे हरियो, नपरे रातो
0
0
laaj lagdaina vai testo comment lekhna, narayannnnnnnnnnnnnnnnn! कम se कम सम्मान garna त sika machhe haru lai
मन परे हरियो, नपरे रातो
0
0
य मुर्ख मनुस त चै कुन जुनीमा छस पैसा दिनु ठुलो कुरा होइन प्रोत्साहन दिनु ठुलो कुरा हो बुझिस ?तेस्लाई पैसा भन्दा पनि प्रोत्साहन सम्जि अनि तेरो कल्याण होला !
मन परे हरियो, नपरे रातो
0
0
ओं मिस्टर नारायण बुद्धिमानी मनुस्य सरकार ले बिधवा लाइ पुन बिबाहा गरे बापत माथि उठाउन हैन कि. बिधवा विबहा को मान्येता र प्रोस्तान गर्न को लागि हो. ५० हजार दिएको हो.
अहिले को जमाना मा ५० हजार दिएर के नै हुन्छा र. त्यो त बस प्रोत्सान गर्न को लागि दिएको हो.
बुझ्ने ले एस्तो बुझछन कमसे कम सरकार ले त बिहे गर्यो भने हामि विधवालाई ५० हजार दिन्छा भने एसको मतलब हो हामीले चाहेमा हामी विधवाले पुन बिहे गर्न सकछौ . अनि सरकार ले त पुरुस्कार दिन्छा भने समाज पनि अलि डराउने भयो एसको बिअसयेमा बोल्न. कसैले बाधा पुराउन आए भन्न पनि पाईयो सरकार ले त पुरुस्कार घोसना गरेको छ बिधवा बिहे गर्ने लै तिमीहरु को हौ रोक्ने छेक्ने कमसे कम त्यो त भन्न पाइन्छ/
मन परे हरियो, नपरे रातो
0
0
मा हजुर को कुरा मा पुरै समर्थन छु….हाम्रो देश मा सरकार ले राम्रो गर्न खोजे पनि नराम्रो भनेकै छ ..नराम्रो गर्न खोजे पनि नराम्रै भनेको छ…..बिधुवा हरु लाइ समाज मा फेरी नया जिन्दगि दिन खोज्यो..नया साथि कू साथ दिन खोज्यो नराम्रो क नै गर्यो र…..यसमा नाना थरि भन्नु पर्ने त केहि देखिदैन……राम्रो कुरा लाइ नहेरी त्यो ५०००० हेरेर किन निउ खोज्ने…..लिन man लागे लिने नत्र नत्र नलिने…..
मन परे हरियो, नपरे रातो
0
0
सकारात्मक रुपमा नै लिए पनि, होइन कुन चाही महिलाले श्रीमान नभए पछी अर्को बिबाह नगरेका छन् र? श्रीमान हुदाहुदै त अर्का संग जान्छन. बिधुबा लाई पैसा नै दिएर प्रोत्साहन गर्नु पर्छ जस्तो चै मलाई लाग्दैन. आज भोलि श्रीमान मरेको बर्ष दिन त बित्न पाउदैन के को पुरस्कार दिनु?
मन परे हरियो, नपरे रातो
0
0
यहाँ बिधुबा लाई बिबाह गरे पचास हजार पुरस्कारको व्यवस्था गरिएको छ, नकी विदुरलाई बिबाह गर्दा? यदि एकल पुरुषको बारेमा पुरस्कारको ब्यबस्थ गरिएको भए महिला माथि पुरुषले गरेका कुराको उल्लेख पनि गर्ने थिए. प्रेस्का जी यथार्थ सधै तितो हुन्छ. यहाँ मैले सबै महिलालाई अपहेलान गर्न खोजेको होइन. यस्तो कानुन भयो भने यस्तो हुन् सक्छ भन्न खोजेको हुँ.
मन परे हरियो, नपरे रातो
0
0
उही येत्रो l दुर्गम जिल्ला तिर बिदुवा ले भोग्न परेको समस्या थाहा छ ‘? यो राम्रो नियेतले ल्याएको योजना हो l
मन परे हरियो, नपरे रातो
0
0
के बिषय मा आन्दोलन गरौ भनेर बिषय खोज्दै थिए ऐले पाए। सब लाई नेता हुनु परेको छ नेपाल मा। अनी महिला को बाधक महिला नै हुन।
मन परे हरियो, नपरे रातो
0
0
अरु जे सुकै होस् तपाई को उखान चाहि नोट गरेर राखे ला जा……………
मन परे हरियो, नपरे रातो
0
0
हैन विस्मृतीजी, यो मुद्दा उचित छ । तपाईंले भनेजस्तै मन लागे गर्छन् र मन नलागे गर्दैनन् । अनि विधवाले बिहे गर्नु पनि स्वयं एउटा मुद्दाजस्तै हुन्छ हाम्रो समाजमा । यस्तो अवस्थामा पैसा मुद्दा पनि थपिँदा झन् विवादाष्पद हुन्छ । वास्तवमै यसले बिहे गर्ने विधवाको नियतमा केही भएपनि शंका उब्जाउँछ । हैन त ?
मन परे हरियो, नपरे रातो
0
0
पुष्प जी बिपछी ले गरेको कुरा जति सबै नराम्रो हुन्छा है. एदी कुनै ठाउमा पुल बनायो भने पनि तेहा त जानु हुन्न यो त एमाले सरकार ले बनाको तेहा जाने बितिकै यो पुल भात्किन्छा एसमा नाजानुस है भन्नु हुन्छा होला.
अरे यार कमसे कम सहि कुरा लाइ त सहि भन्न बानि बसालाउ.
बिपछी ले गरेको हरेक कुरा गलत हुदैन नि.
मन परे हरियो, नपरे रातो
0
0
पुष्प सर !!!
के कुरा गर्नु भएको तेस्तो ??? कुनै छोरो वा छोरी मान्छे ले आफ्नो जीवन साथी कारण बस गुमाउनु परेको पिडालाइ जीवन भर कसरी सामना गरेर एक्लै बस्न सक्छ ?? यदि उ १८ देखी ३० वर्ष सम्म को निसन्तान छ भने ??? समाज मा जीवन साथी गुमाए पछी कुनै छोरी मान्छे ले कस्तो लाल्छना सहेर बस्नु पर्ने बाद्यता छ तेता तिर तपाइको सोच पुग्न सकेन कि किन ??? अपहेलना को सिकार भएर अनि समाज को गिद्दे दृस्टी बाट सधै हेरिनु भन्दा एउटा बिदुर केटा होस् वा कुमार केटा होस् मनमिल्छ भने किन बिवाह गर्न नहुने ?? के यो कार्य समाजको लागि मुद्ददा बन्छ र ?? समाज मा वा देश मा हुने र हुनसक्ने अनैतिक कार्य को कमि पो हुन्छ त | सर्खार ले यस्ता असहाय हरु लाई दिएको प्रोत्साहन , हौसला , जीवन जिउने सहारा, समाजको संरचना मा औटा नया कदम लाई किन यसरि राजनीतिक कारण गर्दै हुनु हुन्छ | यदि समाजमा यस्ता परिवर्तन हुँदैनन भने हाम्रो नेपाल मा कहिँले विकास हुन्छ हो ला ??
बिदुवा र बिदुर हरु को सम्मान जनक जीवन जिउने अदिकर लाई सर्खार ले सम्रक्क्षण गर्ने कदम लाई सबै ले सकारात्मक ढङ्ग ले हेरौ |
उनि हरुले पनि यो समाजमा सम्मानजनक स्थानपाउन हामी सबैको हार्दिक मंगलमय सुभकामना छ |
मन परे हरियो, नपरे रातो
0
0
गोविन्दजी,
तपाईले भन्नुभएको कुरामा सहमत छु, तर पैसाले यसको ठीक उल्टो गर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
पुष्प जी
ठिक भन्नु भो .हामी ले सबभन्दा पहिले यो कुरा सोच्नु पर्छ कि विदुवा र विदुर हरु पनि हामी जस्तै मान्छे हुन् | उनि हरु पनि यो समाज मा इज्जत का साथ बच्न पाउनु पर्छ .र उनि हरु को पनि हामी सबै को जति अधिकार हुन्छ | आफु खुसि बाच्न र हास्न पाउनु पर्छ |५० हजार दिदैमा समस्या तर्ने हैन .तर सरकार ले प्रोस्ताहन त दिनु पर्छ .५० हजार ले अलिकति भए पनि सहयोग हुन्छ . मन मिलेमा र विचार मिलेमा बिवाह गर्दा कसैलाई केहि असर पर्दैन ..
.
मन परे हरियो, नपरे रातो
0
0
अहिले सम्म सब भन्दा टप प्रोग्राम नै एमाले ले लेराएको छ. क तिमि चाहि हावा खायो भंछौ.
मन परे हरियो, नपरे रातो
0
0
अरे साथी हरिराम ५० हजार रुपयाँले बिधुवाको life bhar pug6 भनेर सरकारले दियको त हैनानी, यो त केवल सम्मान मात्र हो .अनि सानु होस् या ठुलो सम्मान सम्मान नै हो .कसैलाई दोशाला ओढार सम्मान गर्दा जाबो ५०० को भन्न त मिल्दैन नि हैन र ?
मन परे हरियो, नपरे रातो
0
0
रितुजी,
सम्मान नै गर्ने भए दोसल्लामात्रै ओढाए पुग्छ । हुन त पैसाभन्दा राम्रो पुरस्कार अहिलेको जमाना अरु केही हैन; तर विषय र मुद्दा पनि त हेर्नुपर्यो नि !
मन परे हरियो, नपरे रातो
0
0
top प्रोग्राम ल्याएर मात्र के गर्नु कार्यनोयन गर्नु पर्दैन बजेट बनायो भर्स्ताचार गर्यो तेही हैन तिम्रो काँग्रेस र एमालेले अहिले सम्म गरेको prime मिनिस्टरको कोसको पैसा खै २ बर्सको बजेट अहिले नै सकियो वा काँग्रेस एमाले तिमीहरुले देस बनाउछौ
मन परे हरियो, नपरे रातो
0
0
लक्षुमन को त
अर्थमन्त्रि हुन् लायक को अक्कल रहेछ बा …………..
मन परे हरियो, नपरे रातो
0
0
मन पराएर बिबाह गर्छन भने ठिकै छ मन पराएर बिहे गर्नेले बजेटमा उलेख गरे पनि गर्छ नगरे पनि गर्छ र मन पराएर बिहे गर्नेले पैसाको लोभमा पक्कै बिहे गरेको हुदैन तर अहिलेको परिस्थितिमा थुप्रै मुद्दा हुदै हुदै यो मुद्दा सरकारले बजेटमा राखेर एउटा नया मुद्दा बनाउनु हुदैन थियो हो सकिन्छ भने biduwaa को छोरा छोरीलाई निसुल्क सिछ्या बिदुवालाई रोजगारीको बेवास्था, र कति बाल बच्चाहरु बाहिर पेटीमा, चौरमा बसेर पढेका छन् school नभएर यो बजेट थप school बनाउन र पड्न नपाएको बाल बच्चाहरुलाई पडौन प्रोत्साहन गर्नतिर लगाको भए बल्ल एमाले सरकारको बुद्दी रैछ भन्न मिल्थ्यो. biduwaa बिबाह भनेको समाजको सोचमा भर र्ने कुरा हो र सोच आस्था भन्ने कुरा पैसाले किनबेच हुदैन तेस्को लागि shichhyaa को जरुरत पर्छा जुन कुरामा सरकारको Dyaan नै गएन.
nepaali समाज मा अहिले जे गरि पनि पैसा कमाउ भन्ने जोर चलेको छ एस्तो अवस्थामा बिदुवालाई बिहे गरेको जस्तो गर्दै पैसा पाए पछी फेरी छोडेर भाग्ने प्रबिर्ती पनि बढ्न सक्छा एता तिर पनि ध्यान दिनु पर्ने हुन्छ सबै भन्दा ठुलो कुरा हरेक गाउँ र बस्तीमा जुन दिन शिछ्या पुग्छा तेही दिन एस्तो सबै कुरा समाजमा आफै पच्न थाल्छ कसैको ५० हजारको जरुरत पर्ने छैन
मन परे हरियो, नपरे रातो
0
0
ठिक भन्नु भयो एकलब्य ज्यु !
धेरै कमेन्ट पढें, कमेन्ट लेख्न पनि दिक्क लागेर आयो – हाम्रो पुरुषप्रधान समाज, त्यसमा पनि बिशेषगरि बाहुन समाजको सोच्ने स्तर देखेर |
हिन्दू धर्ममा हेर्ने हो भने महिला लाई यसरि हेला गर्न खोजेको देखिदैन सुरुमा | कुरा बिग्रेको मनु को मनुस्मृति बाट हो जुन पछी महिला लाइ मानव को दर्जा नदिई कुनै बस्तु को दर्जामा हेर्न थालियो | महिलाको सम्पति सम्बन्धि अधिकार यहिँ बाट हटाइयो, बिधवा बनाउने या जिउंदै जलाएर निर्मम हत्या गरि जबर्जस्ति सति-देबी भनाउने गरियो | अहिले भन्ने गरिएको बाहुनबाद यसैको बाँकि रहेको remnant हो | इतिहास पढ, एक पटक आफ्नै आमा दिदि बहिनिलाइ हेर उनीहरुले पुरुष counterpart को जत्तिकै दर्जा पाएका छन् कि छैनन् विचार गर अनि बल्ल कमेन्ट गर जनता हरु हो |
अहिले केहि गरिब निमुखा अपहेलित बिधवा महिलालाइ सरकारले केहि सहयोग गर्न खोज्दा लौ समाजको रिति थिति बिगार्न खोज्यो, भनेर अहिले हल्ला गर्ने हरु लाइ लोकतन्त्रमा हैन चन्द्र सम्सेर को हुकुमी सासनमा बाच्नु पर्थ्यो | राणा भैकन पनि कमसेकम उनले जबर्जस्ति सति जानु पर्ने सामाजिक कुरीति त हटाए | अहिले सम्म त्यो चलन चलेको भए सरकार ले रोक्न खोज्दा बिरोध गर्ने निकै निस्कने रहेछन भन्ने पक्का हुन्छा यहाँ कमेन्ट पढेर | समाज परिवर्तन हुन निकै समय लाग्ने रहेछ, अमेरिकामा त अझै कतिपय मान्छेहरु हाम्रो जस्तै सोचमा रहेछन (आजै एउटा समाचार आयो अन्तर्जातीय बिवाह मान्यता नदिएको, हेर्नुस http://www.cnn.com/2009/US/10/17/interracial.marriage/ ). र कतिपयलाई ओबामा राष्ट्रपति भएको खपी-नसक्नु भएको छ, विश्वासै गर्न चाहन्न उनीहरु |
मेरो अनुरोध (बिशेष गरि बाहुन -क्षेत्रि युवावर्गलाई) मात्र के छ भने अलि दिल फराकिलो पारेर हेर्नुस, महिला हरुलाई नेपाली समाजमा जुन अपहेलना छ महसुस गर्नुस | हैन सबै ठिक छ भन्नु हुन्छ र इन्कार गर्नु हुन्छ भने अझै केहि पुस्ता पर्खनु पर्ला चेतना आउन | नत्र बिरोध गर्न छोड्नुस, बरु रचनात्मक सहयोग गर्नुस कि कसरि यसलाई राम्रो रुपले अगाडी बढाउन सकियोस | सबभन्दा खाचो चेतनाको छ, पैसा भनेको गौण कुरा हो | सरकारको यो कदम राम्रो छ, कमसेकम यसले बहस त चलाएको छ |
अस्तु !
मन परे हरियो, नपरे रातो
0
0
महिलाको bedana महिलाlai थाहा huncha. khukuri को chot achano lai मात्र थाहा huncha. yedi ekal महिलाको राम्रोको लागि thio भने uniharu lai mann pari हाल thio नि.
sorry maile type gareko कहिले english कहिले nepali hunchha. I dont know why??
मन परे हरियो, नपरे रातो
0
0
किन र सर,
५०००० लियर तालिम लिया पनि हुदैन र ?
मन परे हरियो, नपरे रातो
0
0
अनि समाजलाई परिवर्तन गरेर सम्मान कसरि दिने हो त्यो पनि बताइदिनु हुन्थ्यो कि ? बिरोध गर्न र ठुला ठुला कुरा गर्न सजिलो छ, तर वास्तविकता के हो भने धेरै महिला असाहय नै छन् , ५०,००० ठुलो कुरा हैन तर यो नै एक सम्मान को प्रतिक हो | हैन बिधवाले आफ्नो राजीखुसिले बिहे गरे सरकारले अलि अलि सहयोग गर्यो भने के नराम्रो भयो ? समाज ले सहयोग नगरेर नै त सरकारले गर्नु पर्या होला नि मित्र |
मन परे हरियो, नपरे रातो
0
0