-स्याटेलाइट
सहरमा बोर्डिङ स्कूलका गगनचुम्बी बिल्डिङहरु छन्। तिनको मासिक ‘फि’ गरिब विद्यार्थीका अविभावकले थेग्न सक्ने छैन। महँगो ‘फि’ र बाहिरी तडकभडकका स्कूल पठाउन ‘टाइ’ मिलाइदिने अभिभावक पनि सन्ततिको नैतिक आचरणप्रति ढुक्क छैनन्। सबै अभिभावक चाहन्छन् सन्तान विवेकी बनुन्, नैतिकवान बनुन्। एक तहका अभिभावक छोराछोरीको औंलो समातेर लाइब्रेरी र चिल्ड्रेन पार्क पुग्लान् तर काठमाडौं एउटा त्यस्तो वर्ग पनि छ जो हातमुख जोर्नको लागि बिहानैदेखि रातिसम्म सडक किनारमा ब्यस्त हुन्छ सानोतिनो व्यापार लिएर। र ‘लौ आयो! लौ आयो!! सय रुपेमा टिसर्ट’ भन्दै सडकपेटीमै जीवन सिध्याउँछ।
तिनका छोराछोरीमध्ये अधिकांश विद्यालयको मुख देख्न गाह्रो छ। विद्यालय पुगे नै पनि फर्किंदा भान्छादेखि बेडरुम, गेष्टरुम एउटै कोठामा। सिकाउने अभिभावक कोही हुँदैन। अविभावक उही आफ्नो व्यवसायमा ब्यस्त भेटिन्छन्- ‘लौ आयो! लौ आयो!! सय रुपेमा टिसर्ट।’
केटाकेटी न हुन्, गल्लीमा निस्किए। बसिरहेको कुकुरलाइ ढुङाले हिर्काए। लाजिम्पाटको चिल्ड्रेन लाइब्रेरी र भृकुटीमण्डपको भ्याली लाइब्रेरीको भ्रमण तिनका लागि एकादेशको कथा जस्तै हो। संगत र वातावरणले मानवीय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। अनि त्यस्ता निम्नवर्गका अभिभावकका बालबालिकाको हालत के होला ? झगडा, विवाद अनि विस्तारै सडकको संस्कृतिमा ती बानी पर्छन्। सडक संस्कृतिले जेके रोलिङको ह्यारी पोट्टर सिकाउँदैन बरु खलासी भाइहरुको ‘लवज’ पढाउँछ। सही अविभावकत्व नपाउँदाको परिणाम हो- त्यो। अभिभावकलाई गरिबीले गाँजेपछि ती भाइबहिनाले के नै गरुन्!
काठमाडौंको एकसाँझ बालकुमारिस्थित शान्ति सेवा आश्रम पुगेको थिएँ। हिले गल्ली मोटरसाइकल छिराउँदै एउटा तिनतले भवन अगाडि पुगियो। म पुग्दा एउटा हल र दुइटा कोठामा थुप्रै भाइबहिना आफ्नो गृहकार्यमा व्यस्त थिए। शान्ति सेवा आश्रमका संस्थापक डा. चिन्तामणि योगीले ती भाइबहिनासँग परिचय गराउनुभयो। मैले त्यहाँ काठमाडौंको सडक व्यवसायबाट गुजारा चलाउने सबै किसिमका प्रतिनिधित्व गर्ने सबै भाइबहिना भेटेँ। त्यहाँ हिन्दू, मुस्लिम, बौद्ध थिए। तामाङ, थापा, यादव र खनाल थिए। पहाड, हिमाल र तराई सबैतिरका भाइबहिना थिए। उनीहरु काठमाडौस्थित फरक-फरक विद्यालयमा पढ्दा रहेछन्। प्रायः सरकारी स्कूलमा। उनीहरुका अविभावक काममा व्यस्त छन्। शान्ति सेवा आश्रममा अहिले लगभग दुइसयजति भाइबहिना विद्यालयसमयपछि अतिरिक्त शिक्षाका लागि आउँछन्। त्यहाँ पहिलो डेढ घन्टासम्म बालबालिकाहरु आफ्नो गृहकार्य गर्छन्। त्यसबाहेकको आधा घण्टा बालबालिकालाइ व्यवहारिक नैतिक शिक्षा दिइन्छ।
शिक्षित हुँदैमा नैतिकवान हुन्छ भन्ने पनि छैन। त्यसैले नैतिकवान विद्यार्थी उत्पादन गरिने लक्ष्य डा. योगीको छ। मेरो दुइघण्टे बसाइमा बालबालिकालाइ दैनिक जीवनका समस्यालाई कसरी अहिंसापूर्वक समाधान गर्ने र बाबु-आमा, परिवार, समाज र देशप्रतिको जिम्मेवारी बोध गराउने प्रयास भइरहेको देखेँ। साँझको यो अतिरिक्त कक्षाले ट्युसन पढाउन नसक्ने अविभावकहरुको बोझ बोकिदिएको छ।
कसरी बन्ने त स्वसेवक ?
शान्ति सेवा आश्रमले बालबालिकालाइ दिने शिक्षा निःशुल्क भएजस्तै त्यहाँ पढाउने स्वदेशी र विदेशी स्वंसेवकहरुले कुनै पारिश्रमिक पाउँदैनन्। अमेरिका र वेलायतबाट बेलाबेलामा कलेज विद्यार्थीहरु आउँछन् र स्वदेशी स्वयंसेवकहरुले समेत सिकाइरहेका छन्। तर आश्रमले पर्याप्त स्वंयसेवी पाउन सकेको छैन। तपाइँ पनि हाम्रा साना मायालाग्दा भाइबहिनालाई गृहकार्य गर्न सघाउन चाहनुहुन्छ ?
स्वंयसेवी बन्न सजिलो छ। पहिलो त यो काठमाडौमै हो र इच्छुक स्वंयसेवकको शैक्षिक योग्यता एसएलसी उत्तिर्णभन्दा माथि भए पुग्छ। तडकभडक भन्दापनि बालबालिकाहरुलाइ केही सिकाउने चाहना भएको हुनुपर्छ र दिनुपर्ने समयपनि साँझ ४:३० देखि ६:३० सम्म मंगलबार र शुक्रबार बाहेक हप्ताको पाँच दिनमात्र हो। यति नै समय सिकाउनुपर्ने भन्ने कुनै नियम छैन। तपाँइको अनुकुल अनुसार केही दिन, हप्ता या महिनासम्म तपाँइ स्वयंसेवक बन्नसक्नुहुन्छ।
आश्रममा स्वंयसेवक बन्ने इच्छा भए कृपया डा. सीएम योगीलाई cmyogi@wlink.com.np इमेल लेख्नोस्। अथवा कार्यालय समयमा ०1-5527924/ 5006125 मा सुजन वीकेलाई सम्पर्क गर्नोस्। शान्तिसेवा आश्रम नेपालमा शान्ति स्थापनाका लागि योग्य शान्तिप्रेमी नागरिकको उत्पादनको लक्ष्य राखेर सञ्चालित परोपकारी संस्था हो।

भाइबहिनाहरु सिक्ने उत्कट चाहना बोकेर तपाइँको बाटो हेरिरहे छन्। तपाँइभित्रको शिक्षकलाई जगाउनुहोस्। उपदेश र तर्क वितर्क गर्ने हजार ओठ हैन ती भाइबहिनालाई सहयोगी हात र मनको खाँचो छ। साँझको चिसोमा म आश्रमबाट बाहिरिँदा साना भाइबहिनाहरु हुत्तिँदै आफ्नो बासस्थानतिर लाग्दै थिए। तिनका आँखा देखिएको सिक्ने तिर्खाले म आफैलाई रोक्न सकिनँ। मनमनै लाग्यो- ‘म फेरि छिट्टै आउनेछु तिम्रो पढ्ने तिर्खा मेट्न।’
सबैको मंगल होस ।
satelite1983@gmail.com
No related posts.









I know Dr.Yogi personally. He is very nice person with an attitude to help everyone. I appreciate what he is doing. This ashram is just one of his work. He is involved in around dozen of similar activities.
http://www.youtube.com/watch?v=drM120LljsE
http://www.youtube.com/watch?v=7eJfykFQVhI&NR=1
मन परे हरियो, नपरे रातो
0
0
योगी जी को जय जय होस् !
तपाई मेहनेत गर्दै जानुहोस ,
हामी तपाइको साथ दिने छौ !!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
प्रयास प्रसंसनिय छ | भन्न सजिलो हुन्छ तर गर्न गारो हुन्छ | यहाँ कमेन्ट लेख्नेहरु खाली अरुको कमी, कमजोरी देखाउने र आफु नै बुद्धिजीवी र जान्ने बुझ्ने ठान्नेहरु नै धेरै छन् | अनि कमेन्टको लागि कमेन्ट गर्नेहरुको जमात मात्रै छन् | कुरा गर्नेहरु काम गरेर देखाउनु नि | त्यो ठाउँ, टोलमा त्यस्ता सहयोगी र स्वयंसेवी भएको भए र यस्ता कार्यमा सहयोगी भएको भए स्याटलाइटले माइसंसारमा ब्लग लेखेर हाम्रा गाऊ, टोल, छिमेकमा भएका समस्याहरुलाई उजागर गरिरहनु पर्थ्यो र?
मन परे हरियो, नपरे रातो
0
0
There should be some credit for internship volunteering in colleges of Nepal. Then every college students would be motivated towards volunteering.
मन परे हरियो, नपरे रातो
0
0
क्यानाडाका प्रकाश जी को बिचारमा म पनि राजी छु| हो! अहिले पशुपति लगाएत अन्य सम्पूर्ण येस्तई येस्तई स्थानहरुका जेथा/जमिनबाट आउने सम्पूर्ण आम्दानी लाई येस्ता सामाजिक कार्यहरुमा लगाउनु राम्रो हो| पशुपति गुठिका सम्पूर्ण आम्दानीहरु येस्ता कार्यमा लगाउने हो भने अति नै उत्तम हुन्छ| अझ राम्रो कुरा त यस गुठीका जग्गा जमिनहरु हिजोका दिनका शासकहरुले देउताको नाममा जुन रुपबाट अधिकरण गरियो त्येही रुपमा यहाका आदिवाशी रैथानेहरुलाई नै फर्काईदिउ त कुन्चै देशको पुजारी स्व्येमसेबक बनी आउछ हामी पनि हेरौ त? यो अमुर्त शिवजीको धेरै धन-सम्पतीले गर्दा नै खिचा तानी भइरहेको हो, संधै झयाउ झयाउ!! तपाइले भने झैँ सम्पूर्ण आम्दानी लाई येस्ता सामजिक कार्यमा लगानी गर्न सकेमा गरिब जनताका छोरा छोरीले राहत पाउनुको साथै बर्तमानका सबै विवादहरु पनि समाप्त हुन्छ र फेरी भएन येसो गर्नु त पुजारीलाई भत्ता दिएको भन्दा पनि उत्तम हो र शिवजी पनि अतिनै प्रशन्न हुने कुरामा दुइमत छैन|
ज्वाला,
मन परे हरियो, नपरे रातो
0
0
Dr C M योगी को बारे मा मित्र साथी प्रेम गुरागाईं ले लेख्नुभएको आर्टिकल
आमेरिकन Chronicle बाट
http://www.americanchronicle.com/articles/view/124003
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो काम स्यटेलाइट जी अनि डा सी एम योगीबाट|
मन परे हरियो, नपरे रातो
0
0
सर्बप्रथम त समाज सेवा मा समर्पित सबै किसिमका समाचार हरुकोलागी स्याटेलाइट ज्यु लै धेरै धेरै धन्यवाद | मेरो संसारमा आएका कमेन्ट हरु देख्दा मलाई अचम्म लाग्छ | कुनै राजनीतिको कुरा तपिक्स देख्यो भने तिन चार सय कोमेंट हरु हुन्छन तर एस्तो किसिम को समाचार मा चासो राख्ने को संख्या कति कम छ एसले के बतौन्छा भने हाम्रो समाजका सबै नागरिकमा देसका लागि आफु बाट के टेवा पुराउन सकिन्छ भन्ने भावना को निक्कै कमि छ |
मन परे हरियो, नपरे रातो
0
0
dr s m yogi ji, thanks sayed ma teha bhaye ko bhaye maile pani child lai 2 years time diyera study garaune thiye…. mahile le pani 3 years jati bharatpur chitwan ma rahe ko sukumbassi ya garibi le choye ko thauma lumanti bharatpur ko marfat bata 3 years 2 hour time daily diye ko thiye malai aafulai garba chhha ki pahile ti child haru le a pani bhanna na janne ra raat din plastic khojne balbali ka haru ramro ra study ma matra dhayan dine bhaye ka chhhan tesalai le ma ke bhanna chhhan chhhu bhane dr s m yogi ji le aafule matra hoina ki aru ngo ingo sanga saha karye garnu bhaye ma ramro hune thiyo ……….
मन परे हरियो, नपरे रातो
0
0
Hats off to Dr Yogi. I wish I could return Nepal soon and start same kind of work along with my professional life. But I also have to complete my study here. I wish I could return soon.
मन परे हरियो, नपरे रातो
0
0
साथीहरु हो योगिजिको कार्य राम्रो हो
अरु साथी harukaa पारदर्शिता हुनुपर्छ भन्ने खालका विचारहरु पनि नकार्न मिल्दैन
के कुरा बिर्सनु हुदैन भने हामी हरुले गालि गर्ने एनजीओ र आइनजियो पनि राम्रो विचार र राम्रो नारा लगाएरै खुलेका त हुन् नि
किन हामि अरु एनजीओ र आइएँजियो लाइ गालि गर्ने त?
सतर्कता हुने पर्छ शुरुदेखि नही
मन परे हरियो, नपरे रातो
0
0
राम्रो कामको लागि युगी जी लाई धेरै धेरै बधाई
मन परे हरियो, नपरे रातो
0
0
ल साथीहरु जे-जस्ले यो कुरालाई मनन गर्नु भयको छ उहाहरु प्रती आभारी छु। तर हाम्रो नेपालको education को quality नै छैन। बिशेष त यो सरकारी पक्ष तिर भन्नु पर्ला। एस्मा पनि सबैको ध्यानआक्रशित भय कस्तो हुन्थयो होला। यी गरीब का छोराछोरी को भबिषयमा ध्यान दिनु हुने तपाईंहरु सबैलाई धन्याबाद।
मन परे हरियो, नपरे रातो
0
0
१० वर्ष आगाडी देखि नै म्मैला सोचेको जस्त्यो नैतिक सिक्च्या दिन यक सस्था स्थापना भयको मा अतिनै खुसि लागो धन्य बाद योगी जी लै म पनि नेपाल फर्केपछि सहयोग गर्न चाहन्छु .मेरो टोले मा पनि त्येस्त्यो सिक्च्या दिने
मन परे हरियो, नपरे रातो
0
0
Hats off for your exemplary work Dr योगी…………………….तपाइले अर्को हात पाउनुहुनेछ
मन परे हरियो, नपरे रातो
0
0
म नेपाल आए पछी त्यहा अवश्य पढाउन जाने छु |
गणेश प्रसाद ढकाल
बर्लिन जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो लागो किनकि हामी नेपाली हरु थानकोट भन्दा बाहिर पनि छौ
नेपालको अबस्ता येस्तई छ . आस गर्नुपर्छ सिक्ष्या स्वास्थ्य हाम्रो आधिकार हो
दुर्गा खनाल
साउदी अरेवीया
रियाध
मन परे हरियो, नपरे रातो
0
0
Room to read ले गरेजस्तै बिदेशमा बस्ने प्रत्येक नेपालीले बार्षिक २५० $ सहयोग गरि नेपालमा रहेका एक एकजना गरिब बच्चा आफुले जिम्मा लिने हो भने हजारौको संख्यामा हामी पढाउन सक्छौ | न्युयोर्कमा म जुन संस्थासंग सम्बन्धित छु, त्यसले ताप्लेजुंग जिल्लाको एकजना गरिब जेहेन्दार विधार्थीलाई छात्रवृति दिएर बोर्डिंग स्कुलमा पढाउने यसपाली निर्णय गरेको छ| बिदेशमा बस्ने अरु जिल्लाका मानिसहरुले पनि हाम्रो अनुशरण गरेमा ७५ जिल्लाका ७५ जनाले त शिक्षाको उज्यालोबाट बन्चित हुनु परेन| तपाइले महिनावारी दिएको २० $ ले एकजनाको भविष्य बन्यो भने त्यहि नै तपाइको देश प्रेम हो| मेरो झण्डा,मेरो माटो भनेर जपेर मात्र केहि लछारपाटो लाग्दैन| यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर फोस्रो कमेन्ट मात्र दिएर के गर्नु? बिदेशमा बस्नेहरुले नेपालमा रहेका एक एकजना गरिब बच्चा जिम्मा लिने हिम्मत गर्न सक्नुपर्यो |स्याटलाइटले फेरी एकचोटी सबैलाई झकझकाएको छ|
शशांक लामा
मन परे हरियो, नपरे रातो
0
0
DR. C.M. YOGI, your job is highly appreciated.
is there any way to contribute, who is currently out of Nepal?
Thanks,
ksvijay957@hotmail.com
मन परे हरियो, नपरे रातो
0
0
Mr. Satelite, Again u did the fantastic job. Hope more will be coming in future.
DR. C.M. YOGI, your job is highly appreciated.
मन परे हरियो, नपरे रातो
0
0
हे मित्र ! तपाइको काम पर्सस्निया छ, हामी तपाइको साथ मा छौ ! लेख्दै जानुस ———-
नबिन बन्जाडे
मन परे हरियो, नपरे रातो
0
0
माथिको लेख अति नै प्रेरणा दिने किसिमको छ.एस्तो काम मा हात बढाउने हरुको प्रसंसा गर्नुई पर्छा . एसले हामी सबै नेपाली हरुलाई केहि राम्रो काम गर्न प्रेरणा मिलेको हून .संसारमा सबै किसिमको धन हरु बाड दै जादा सकिन्छा एक दिन तर , ज्ञान बुद्दी र प्रेम जति बढ्यो त्यति बद्छ मेरो विचार मा,.हामी सबैले यसरि नै ज्ञान बुद्धि ,माया बाड्न सके ,ति निर्दोस बाल मस्तिस्क मा सिक्षा को दियो बाल्न सके आफुलाई पनि केहि आत्मा संतुस्ती मिल्थियो ,नेपाल गएको समय मा केहि राम्रो काम गरे झैँ लग्थियो होला ,ति बाल बालिकाको स्मृति मा रहिन्थियो .प्रयास किन नगर्ने ?सहयोग को आब्हान को लागि धन्यवाद .
मन परे हरियो, नपरे रातो
0
0
ल यो भने malai पनि अति राम्रो काम लाग्यो मलाइ पनि अब आफ्नो गाउ गएर यो अतिरिक्त समय मिलाएर अनि गाउमा भएका केहि बिध्वान र बुद्धिजिबी हरुको सहयोग मा यो काम गरिहाल्ने छु यहाँ बच्चाहरुलाई आफ्नो कोर्स मात्रै नभएर एस्तै नैतिक सिछ्या र बाहिरि ग्यान दिनुनै हो तेसैले यो काम तेती गाह्रो नहोला ११ १२ पढ्दै गरेका भाइ बहिनि साथीहरुले पनि मजाले तिमे दिन सक्नेछन स्याटेलाइट जी लाइ यो समाचार का लागि हार्दिक धन्यबाद र डा योगीलाई पूर्ण सफलता को सुभकामना
मन परे हरियो, नपरे रातो
0
0
I am going to Nepal in Dec for 6 weeks I will definitely contact Mr. Yogi, I would love to be part of this school. I really appreciate Mr. Yogi’s work, all the best!
Jenish
मन परे हरियो, नपरे रातो
0
0
डा. योगीको काम उदहरणिय छ भने स्याटेलाईटजीको कार्य प्रसंसनिय छ | दुबैलाई बधाई छ र यस्तै कामहरु गर्दै जानुस शुभकामना |
मन परे हरियो, नपरे रातो
0
0
अरुले गरेको काम प्रतिको डाहा गर्ने तर आफु केहि नगर्ने मान्छे भन्दा केहि गर्ने योगी जी लाई मेरो सुभकामना छ
मन परे हरियो, नपरे रातो
0
0
जे कुरोमा पनि शका गर्ने, नकारात्मक कमेन्ट गर्ने माइ संसारका कमेन्ट लेख्ने बुज्रुक साथीहरुलाई त्यो शिक्ष्या को झनै खाचो छ. एकपटक योगिजिलाई भनेर तेस्को पनि व्यवस्था गर्न पाए हुन्थ्यो?
योगिजिले अमेरिकामा पनि बच्चाहरुलाई समर्क्याम्प चलाएर राम्रो कुरो सिकाउनु भएको छ. वहा प्रति मा गर्व गर्छु. धेरै का अमेरिकामा जन्मेका बच्चा बच्ची हरुको बानि अहिले ठिक भएको छ, डल्लास मा.
मन परे हरियो, नपरे रातो
0
0
स्याटलाईट जी,
तपाईंको कदम अति प्रसंसनिय छ / यो लेख पढदा मेरो मनलाई अति छोयो / यो शान्ति सेवा आश्रम लाई केहि “फण्ड” को व्यवस्था गर्न चाहन्छु ति बाल बालिका हरुको पढाइमा सामग्रीहरुको व्यवस्था को निम्ति / कृपया तपाई मार्फत या अन्य कुनै भरोषा योग्य माध्यम बाट थोरै भए पनि सहयोग गर्न चाहन्छु /
आफु स्वयम उपस्थित भएर स्वयम सेवक हुने अवस्था त छैन, तै पनि ति बाल बालिकाहरुलाई नैतिक रुपमा शिक्षित तुल्याउने यो आश्रम को लक्ष्य अति मन पर्यो मलाई /
मेरो सम्पर्क = Mani Raj Thebe (President NRN Cyprus)
e-mail = nrncyprus@gmail.com
मन परे हरियो, नपरे रातो
0
0
नेपालीहरु नैतिकवान हुनु एकदम जरुरी छ | सहि र गलत छुटेयाउन र जिन्दगी मा केहि गर्न को नीमीत्त मानिस पहिले नैतीकवान हुनु एक दमै जरुरी हुन्छ साथी हो !!!! सहि प्रयास डा. योगी
मन परे हरियो, नपरे रातो
0
0
DR. C.M. YOGI,Thanks alot for good job.
मन परे हरियो, नपरे रातो
0
0
मलाई पनि शिक्षण गर्न एकदम मन पर्छा/ यति बेला मसंग समय छैन तर सनिबार यक्दीन को लागि फ्री हुन्छु/ सम्भव भय सम्म म पनि चहान्छु उनीहरु संग समय बितौना अनि आफुले जानको कहिँ कुरा सिकौना चाहन्छु.
मन परे हरियो, नपरे रातो
0
0
डाक्टर योगी,
तपाइलाई सास टाँगा दण्डबत. हाल कामको सिल्ल्सिलामा देश बाहिर छु. जागिर जीवन को अन्त्य हुन धेरै समय छैन. म निश्चित रुपमा तपाइको सहयोगी बन्नेछु. कृपया यो राम्रो कम हो, कुरा काट्ने र संका ले हेर्नेको अभाब हुँदैन. तर अरुले कसले के भन्छ भन्दा पनि राम्रो कम हो भनि तपाई दृढ बन्नुहोस. सहयोगी पक्कै पाउनु हुनेछ. हाम्रो देशमा काम सारैनै कम ले गर्ने भएकोले तपाई माथि आरोप लाग्छा. आफु संग आफ्नो कान छ भन्ने विश्वास छ भने कागलाई न लाखेत्नुस.
बधाई तपाइलाई.
मन परे हरियो, नपरे रातो
0
0
Chinta mani Yogi जस्तो मान्छे हरु जस्तो मान्छे नेपाललाई अति नै खाचो छ उहा को कामलाई जति प्रसंशा गरे पनि पुग्दैन . सुभकामना येही छ कि नेपालमा अरू धेरै चिन्ता मणि योगी जस्तो मान्छे को उत्पादन गर्ने काम मा सफलता मिलोस .
मन परे हरियो, नपरे रातो
0
0
हामीले पनि डाक्टर साबसंग हात मा हात मिलौनेकी? उत्क्रिद्त कदम /
मन परे हरियो, नपरे रातो
0
0
Hats off for your exemplary work Dr Yogi.
मन परे हरियो, नपरे रातो
0
0
अरु त त्यस्तै हो, नैतिक शिक्षाको अति नै खाँचो छ । यसका लागि योगीजीलाई धन्यवादका पात्र हुनुहुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
अतिनै राम्रो काम हो त्यो, तेस्तो कामको प्रसंशा गर्नु पर्छा, तपाई हामीपनि येस्तई सोच राखेर अघि बढ्यौं भने डाँका नेताहरुले भनेको जस्तो नयाँ नेपाल hami nepali janatale nai banauna sakchhun. ramro kam ko lagi shubhakamana !
मन परे हरियो, नपरे रातो
0
0
काम भन्दा उपदेशमात्रै दिने काम नगर्नुस न साथि । काठमाडौमा कुनै टोल छ र जहाँ निमुखा बालबालिकाको शिक्षा र आचरणका बारेमा सोँचियोस । काठमाडौ त ब्यक्तिहरु बस्ने ठाँउ हो जहाँ कुनै समाज या टोल छैन । अनि तपाँइ भन्नुहुन्छ संस्थाको जिम्मा टोलबासिले र पदेलेखेकाले लिनुपर्छ भनेर , तिनले लिनेभय सियम योगिले छेकेका होलान र यार ? पारदर्शिताको कुरा त निशुल्क पढ्ने र पढाउने ठाउमा कुन डलरको खेति भयको छ र ? मेरि बहिनिले शान्ति सेवा आश्रममा पढाउँथिन अष्ट्रिलिया जानु अघि । जतापनि उपदेशको मात्रै खेति गर्ने र शंका गर्ने बानि नगरौँ न सम्मुखजि । सक्नुहुन्छ भने तपाँइले केहिदिन पढाउनुस माइसंसारमा कम्प्युटर्बाट कमेन्ट कसरि लेख्ने भनेर ति केटाकेटिलाइ । खालि उपदेश दिनकै हतारो ।
राम्रो काम गरेकालाइ राम्रो भन्नपनि कस्तो टाउको दुखेको नेपालिलाइ । हरे शिव । अझ यिनै जान्नेसुन्ने छन यहाँ ।
मन परे हरियो, नपरे रातो
0
0
DR. C.M. YOGI SANGA HAT MA HAT MILAUDAI JANE KI …?
मन परे हरियो, नपरे रातो
0
0
खासमा त त्यो टोलका पधेलेखेकाहरुले नै यसको जिम्मा लिनु पर्ला / बाकी कुरा भनेको बाहिरकालाई प्रियोरिटी दिने हो /
त्यो संस्था भनेको त्यो टोलको गहना हो / यसको जिम्मा राम्ररी लिन सक्ने बुद्धिजीवी तेही टोलका हुन सक्छन / कतिपय गाउका सरकारी बिद्यालयमा तेही गाउका बुद्दिजिविहरुले समय निकालेर स्वोयम सेवकको काम गरेका छन् हाम्रो देशमा /तेसै गर्न सकिन्छा / यसका लागि त्यो संस्थाका प्रमुख निकै लचिलो बन्न सक्नु पर्छा / संथा पारदर्शी तथा सार्बजनिक रुपमा निकै लचिलो हुन सक्नु पर्छा /
जय देश
मन परे हरियो, नपरे रातो
0
0
डा.सी एम योगीलाई धन्यवाद यो कदम चालेकोमा धेरै राम्रो अनि सबैले सक्दो भाबहिनिहरुलाई शिक्षा प्रदान गरुन ………..
मन परे हरियो, नपरे रातो
0
0
सम्मुखजीको कुरा चित्त बुझ्यो । यसरी स्वयंसेवा गर्ने फुर्सद त्यसक्षेत्रभन्दा बाहिरका मानिसहरूलाई नहोला कि ! आफ्नो दैनिकी पूरा गर्नै धौ-धौ पर्ने काठमाडौंजस्तो हरेक कुराले व्यस्त ठाउँमा स्वयम्सेवाले के अर्थ राख्ला र ? बरु त्यस क्षेत्रका विद्यालय र क्याम्पसका विद्यार्थीहरूलाई आह्वान गरे राम्रो हुनेथियो । बरु त्यस क्षेत्रमा मात्र नभईकन अन्य क्षेत्रमा पनि यस्तो कार्य विस्तार गर्न सके उत्तम हुनेथियो । यसका लागि सम्बन्धित वडामा सम्पर्क राखेर ठाउँको व्यवस्था पनि गर्न सकिन्थ्यो कि !
अनि मुख्य कुरो यस्ता संस्था पारदर्शी हुनैपर्छ । अन्यथा एउटा नाफखोर एनजीओ वा आईएनजीओभन्दा फरक हुनेछैन ।
मन परे हरियो, नपरे रातो
0
0
timi aafu lai comment lekhdaima thulo मान्छे thanera, teo कम tehi tolbasiko हो chanhi navaneko vaya hunethiyo
मन परे हरियो, नपरे रातो
0
0
डलर को खेल
मन परे हरियो, नपरे रातो
0
0
मानन्धर जी ,
धेरै राम्रो विचार राख्नु भयो , हो आजकल मनिषहरु मा तेस्तै अचारद भएको छ प्रसंम्सा भन्दा , राम्रो कामको लागी पनि खाली नकारात्मक सोचाइ.
के गर्ने मनिश्हर मा येस्तई प्रवृति हटाउन अर्को सस्था खुल्नु पर्यो कि कसो only for people who really love to comment without even thinking twice what they have done or will do once for the betterment of the country/society no matter where they are .
“it is always easier saying than doing ” , at least they should learn to appreciate to others who is doing great contribution for the kids in our country. This is just the starting.. Lets praise Dr Yogi…
मन परे हरियो, नपरे रातो
0
0
maanandhar , patan जी
सोचमा संकीर्णता आएको देखेर दुख लाग्यो/ राम्रो काम लाई सक्ने केहि दिएर नसक्नेले नैत्क समर्थन मात्रै दिए पनि राम्रो काम गर्नेको हौसला बढ्छ/ साथीले काथ्मान्दुमा काथ्मान्दुमा बस्ने हरु प्रति बडो नकारात्मक टिप्पणी गरे/ काथ्मान्दुमा दिन हिन, दलितलाई तथा गरिब लाई निसुल्क बा कमसे कम सिछ्या र उपचार गर्ने संस्था हरु धेरै छन्/ अझ कुनै संस्थालेट न सरकार बात न कुनै बिदेशी निकायेबात केहि पाएकै छ तापनि टोल बाशी हरुकै सहयोग बात उहिले देखि आज सम्म संस्था चलाईने रहेको छ/
अलिकति सहयोग पाएको संस्थालेट अझ अनुकरनिये काम गरिराखेको छ/ उदाहरणको निमित काथ्मान्दुको १७ oadaamaa उहिले २००७ साल पछी पनि कायेम रहेको राजनैतिक आतंकको प्रतिकार गर्न टोलका युवाहरु र जागरुक नागरिकहरुले टोल शान्ति सुरछ्या संघ बनाई उनीहरुले नै “छेत्रपति निशुल्क चिकित्शालाये” स्थापना गरे/ छेत्रपाती निशुल्क चिकित्शालाये आज देशकै एउटा मौलिक उदाहरण भैसके/ त्यो संस्था आज सबै टोल जिल्लाको गरिबको बिमारी बात मुक्ति पाउने अधार बनेको छ/ कोहि गएर हेरुन, प्रभावित हुनु हुनेछ छेत्रपतिको जनताले उहिले महिनाको एक रुपिया दान दिएर सुरु गरेको त्यो संस्था आज देसको कुनै नरसिंग होम भन्दा कम छैन/ भए केहि चन्दा दिनुस नभए उपचार पाउनुस सितैमा/
तेस्तै त्यो टोलमा दलित र गरिब को लागि स्कुल पनि छन्/ सबै टोल बाशिकै सहयोगमा स्थापना गरिएको/ उनीहरु बाटै प्रेरित भएर केहि साथीहरुको सहयोगबाट २०३२ साल तिर छेत्रपति ढल्कोमा पढ्न जान नसक्ने बा पधायिमा कम्जोर भएका बिद्यार्थी हरुलाई पढ्न सहयोग गर्न त्यहाँको पाटीमा एउटा संस्था खोलेर बिहान ६ बजे देखि ८ बजे सम्म सकुन्जेल चलायियो/ पछी सुनेको थिएँ त्याहाँ पढ्न आउने मध्ये बात एक जना engineer सम्म बने भनेर / छेत्रपातिमै खोलिएको चाकलादाबू पुस्ताकालायेमा पाठ्य पुस्तकहरु पनि राखियो/तेही टोलमा त्याहांका doctor हरुले गरिब निमुखाको निशुल्क बिमारी जाँच्दै आएको छ/
काठमान्डू मा हरएक टोलमा तेस्ता संस्थाहरु टोल बाशिको सहयोगमा खोलिएको छन्/ तेस्तै संस्थाहरुले गर्दा त्याहाँ सामुदायिक एकता कायेम छ र अरुले पनि सहयोग र प्रेरणा पाईरहेको छ/
हामीले सके आर्थिक सहयोग दिने हो, नभए कमसे कम उनीहरुको प्रयाशको अवहेलना गर्नु पाप हो/
मन परे हरियो, नपरे रातो
0
0
बिदेशी को आँखामा छारो
मन परे हरियो, नपरे रातो
0
0
हे भुत्रोको छारो ? बाँदर ले आफ्नो घर पनि बनाउ दैन र अरु को घर पनि बनाउन दिदैन भनेको येही हो / तिमि राम्रो नगरे पनि अरुको प्रसंसा गर्न त सिक यार /
मन परे हरियो, नपरे रातो
0
0
तपाई को कुरा मा मेरो पनि समर्थन/
मन परे हरियो, नपरे रातो
0
0
योगी जी लाइ धन्यवाद . एउटा उपाय गरौ . त्यो पशुपति को आम्दानी ति जदया पुजारी हरु लाइ पोस्नु भन्दा त्यो लाखौ रुपया येस्ती स्क्चूल चलाउन प्रयोग गरौ .
मन परे हरियो, नपरे रातो
0
0
पुस्पजी को यो भन्दा अघि को कमेन्ट राम्रै हुन्थ्यो तर यस पाला सम्मुक भन्नेको पछी दौडनु भयेछ त्यो संस्था नाफा मुखी छैन भन्ने लाग्यो मलाई त तर यहाँ कसरि पारदर्शिता को कुरो आयो?,गर्न नसक्ने ले गरिखाने मान्छेको तगारो नबन्नु नि …
कि कसो?
मन परे हरियो, नपरे रातो
0
0
आर्दशको कुरा गर्न जति सजिलो हुन्छ त्यति ब्यबहारमा सबैलाई उतार्न गाह्रो हुन्छ !
यहा सम्मुख र पुष्प जी ले ब्यबहारिक कुरा गर्नु भएको छ .
तल मानन्धर जी को कमेन्ट पढे , बुझ न सुझ लान्छना लगाउनु भएको छ बहाले !
राम्रो कामलाई राम्रो बह्न्न कसलाई टाउको दुख्छ मानन्धर जी ? ! ( असल भाबना
हुने व्यक्तिलाई कदापि टाउको दुख्दैन राम्रो लाइ राम्रो भन्न ! )
पुष्प जी ले भन्नु भएकै छ नि डा . सी एम योगी जी को यस्तो राम्रो कार्य अन्य छेत्र मा पनि बिस्तार गर्न सके उत्तम हुने थियो भनेर ! यो कुरा टाउको दुखेर भनेको
हो र ! ?
अनि सम्मुख जी ले यस्तो कार्य खासमा त्यै टोलका पढेलेखेका हरुलाई जिम्मा लगाउनु पर्छ , बाहिर का लाइ चै प्रियोरिटि दिने मात्रै हो भनेर एकदम ब्यबहारिक
सुझाब दिनु भएको छ .
बाहिर का ले ( त्यो टोल मा बस्ने भन्दा टाढा का ले ) कति सम्म समय दिन सक्छन ? यदि समय दिन चाहने हरु काम काज मा व्यस्त छन् भने .
के यो ब्यबहारिक कुरा होइन ?
ज्ञानु जी !
यस्ता सस्था पारदर्शी हुनै पर्छ भन्नु मा के गल्ति भयो ? तपाइले देख्नु भएको छैन
र हाम्रो मुलुकमा बिभिन्न किसिमका सस्था चलाउने हरु केहि बर्स ( थोरै बर्स भित्रै
मा ) मोटाएको ? अनि तिनका घर साघुरो भएर ठुलो ढोका भएको घर बनाएको ?
के यो सत्य होइन ? सहयोग रकम १०० मा २०-३० प्रतिशत चै देखाउने र बाकि ७०-८० प्रतिशत आफ्नै र आफ्नै का लागि लुकाउने कुरा के झुठ हो ?
हेर्नुस राम्रो संग हाम्रो समाज मा सहयोग सस्था होल्डर हरु लाइ !
एकाध बाहेक धेरै नै यस्ता छन् .
काम मा पसिना चुहाउने कर्मशील मान्छेले ब्यबहारिक सुझाब दिन्छ .
स्याटेलाइट जी लाइ धन्यबाद यस सस्थाको बारेमा जानकारी दिनु भएकोमा ,
अनि डा . सी यम योगी जी लाइ मुरी मुरी धन्यबाद .
शहर – गाउ का टोल टोलमा यस डा सी यम योगी जी को जस्तो अभियान
बिस्तार हुन् सकोस ! टोलटोलका स्थानीय बासिन्दा हरु ले नै यस किसिमका अभियान मा प्रत्यछ्या हात राखी स्कुल जान बाट बन्चित बालबालिका हरु लाइ
शिक्षा प्रात्त गर्न मद्दत गर्न सकून !
हरेक टोल टोल मा यस किसिमको अभियान ले मूर्त रुप लिदै जाओस !
मन परे हरियो, नपरे रातो
0
0
अहिले भने लुना जी ले ठिक कुरा गर्नु भयो
मन परे हरियो, नपरे रातो
0
0
मेरो पनि|
मन परे हरियो, नपरे रातो
0
0
किन नहुनु रोहिणीजी, त्यही टोलमा नभए आसपासमा त पक्कै हुनेछन् ।
विशेषगरी सातसमुद्रपारिकाहरूले पढ्ने यस ब्लगमा यस्ता आह्वानले कति अर्थ राख्छ आफैं विचार गर्नुस् । हुन त कोही न कोही सातसमुद्रापरिबाट पनि आउलान्, तर कसैको सत्कार्यलाई अझ बढी प्रभावकारी बनाउन कसैले दिएको सुझावलाई प्रतिक्रियालाई प्रतिक्रियामात्र ठान्ने हो भने के भन्नु र खै !
यस ब्लगमा प्रकाशित प्रतिक्रियाहरूमा प्रशंसाबाहेक धेरै थोरैले मात्र ‘म गर्छु’ भन्नुभएको छ । आर्थिक सहायताको कुरा गर्ने हो भने पारदर्शी हुनैपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0