मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बीमाका कारण चक्काजाम हुन छाड्यो

    सडक दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिका लागि सधैँझैँ सडक अवरुद्ध गर्ने परिपाटी यसपालि दोहोरिएको देखिएन्। यसको एउटै कारण थियो, सडक दुर्घटनाका पीडित पक्षले तेस्रोपक्ष बिमामार्फत पर्याप्त क्षतिपूर्ति पाउने सरकारी व्यावस्थाको प्रभावकारी कार्यान्वयन हुनु।

    वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बजनीमा एउटा मालवाहक ट्रकको ठक्करबाट पर्सा बगबाना–४ का १८ वर्षीय हीरालाल जिम्बाको घटनास्थलमै मृत्यु भएपछि इलाका प्रहरी कार्यालय सीमराको सक्रियतामा तत्काल सरकारले लागू गरेको तेश्रोपक्ष बिमामार्फत क्षतिपूर्ति दिन लगाउने सहमति भएपछि सडक अवरुद्ध हुन पाएन।


    वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना.३ ख ६७६२ नं. को ट्रकको ठक्करबाट बिहीबार साँझ जिम्बाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय सिमराले ट्रक र ट्रक चालक दुवैलाई आफ्नो नियन्त्रणमा लिई सरकारले लागू गरेको मोटर बिमासम्बन्धी निर्देशिका अनुसार तोकिएको समयभित्र क्षतिपूर्तिबापत रु. पाँच लाख उपलव्ध गराइदिने सहमति जनाएपछि सडक अवरुद्ध हुन पाएन्।

    यसभन्दा अघिसम्म सडक दुर्घटनाका कारण क्षतिपूर्तिको माग गर्दै प्रायः दिनहँुजसो सडक जाम, बन्द र हडताल हुनेगर्थे। जसका कारण मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न जाने र निर्वाध आवतजावत गर्ने आमनागरिकको मौलिक अधिकारसमेत कुण्ठित हुनपुगेको थियो।

    अस्वभाविक रूपले सडक अवरुद्ध हुन थालेपछि सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत तेस्रोपक्ष बिमाद्वारा पर्याप्त क्षतिपूर्तिको व्यावस्था गरी राजमार्गमा हुने अवरोध हटाउने घोषणा गरेको थियो। सोही घोषणाअनुरूप सरकारले भदौ १६ गतेदेखि सबै प्रकारका सवारीसाधनले अनिवार्यरूपमा तेस्रोपक्ष बिमा गराउनुपर्ने निर्देशिका जारी गरी लागु गरेको छ।

    निर्देशिकाले सडक दुर्घटनामा ज्यान गुमाउनेको परिवारले बिमाबाट रु. पाँच लाख क्षतिपूर्ति पाउने व्यावस्था गरिएको छ। सडक दुर्घटनामा मृत्यु हुने व्यक्तिको परिवारलाई सम्बन्धित सवारीसाधन धनीले दुर्घटनास्थलमै तत्काल रु. २५ हजार किरिया खर्चबापत उपलब्ध गराउने छ भने दुर्घटना भएको २१ दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत रु. पाँच लाख क्षतिपूर्तिबापत दिनुपर्ने व्यवस्था गरेको छ।

    दुर्घटनामा घाइते भएकाले रु. दुई लाख उपचार खर्च र अङ्गभङ्ग भएकालाई रु. पाँच लाखसम्म दिने व्यवस्थासमेत निर्देशिकाले गरेको छ। उपचार खर्चका लागि अधिकतम् तीन महिनाको समय सीमा तोकिएको छ। विभिन्न प्रकारका दुर्घटनामा पाउने क्षतिपूर्तिमा दुई देखि दस गुणासम्म बृद्धि गरिएको छ।

    यसअघि दुर्घटनामा मृत्यु भएको व्यक्तिका परिवारले रु. ५० हजार क्षतिपूर्ति तथा रु. २५ हजार किरिया खर्चबापत पाउने गर्थे। त्यो क्षतिपूर्ति पाउनका लागि पनि सडक अवरुद्ध, बन्द र हडताल गर्नुपर्ने बाध्यात्मक अवस्था थियो।

    दुर्घटनामा परेर गाडी मजदुरको मृत्यु भएमा उसको परिवारले पनि रु. पाँच लाख क्षतिपूर्ति पाउने व्यवस्था निर्देशिकाले गरेको छ। उपचार खर्चमा भने रु. एक लाखमात्र पाउने व्यवस्था छ। दुर्घटनाग्रस्त गाडीमा सवार यात्रीको मृत्यु भएमा रु. एक लाख र किरिया खर्च पाउने छन्। अङ्गभङ्ग र उपचारमा रु. एक लाख र कुरुवा खर्च रु. १५ हजारको व्यवस्थासमेत उक्त निर्देशिकामा गरिएको छ। रासस

    No related posts.

    31 comments to बीमाका कारण चक्काजाम हुन छाड्यो

    • Roshan,Durbarmarg

      सकारात्मक . जनता ले यस्तै राहत खोजेका हुन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Adhikari

      मलाई नेपाल सरकारको यो कार्य धेरै राम्रो लग्यो | तर ब्यबहारमा लागु गर्न कठिन
      होला जस्तो लाग्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lalu

      सरकारले एती सानो काम गरिदिदा पनि ठुलो प्रभाव पर्यो. निकै खुसीको कुरा हो . कस्ता कस्ता मै हु भन्ने हरुको पालामा नभाको काम लुरे मकुनेले गरेर देखाकोमा वाई स्याल हरुको बोलिनै बन्द! लौ बा मार्यो है/ आफ्नो दिमागले लेख्दा हुनत प्रतिक्रिया राम्रो लै राम्रो र न राम्रोलाई नराम्रो भन्दा हुन्. भाडाका लेखनदास हुनकी केहो, साकार को बिरोध बाहेक अरु केहि लेख्नै नपाउने /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम्रो खबर सुन्न पायो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pawan poudel

      जनचेतनाको साथै ट्राफिक व्यवस्थापन गर्नु अझै बाँकि देखिन्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Karna Thakali

      सरकार ले राम्रै काम गारेजस्तो लागेको छ | तर चालक वा बिमा ले पाच लाख रुपिया छतिपुर्ती दियो भन्दैमा चालक लाई सरकार ले छाड्नु हुदैन जस्तो लाग्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • badaba

      यसले ससानो कुराको व्यवस्थाले पनि कसरि ठुल्ठुला समस्या हाल गर्न सकिँदो रहेछ भनेर देखाउंछ | यसको लागि अर्थमन्त्री सुरेन्द्र पाण्डे र उहाँका सल्लाहकारहरुलाई धन्यवाद दिने पर्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कमल

      ट्राफिक व्यवस्था राम्रो हुनलाइ तिनवटा E चाहिन्छ भन्छन्।
      E : Engineering.
      E: Education
      E: Enforcement

      यो नयाँ व्यवस्था तेश्रो इ को सानो भाग हुदा पनि सह्राहनीय छ। बाँकि दुइवटा इ बारे पनि सोच्ने कि सरकारले?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • THAKURI A.S

      सम्झना अनि कल्पना मा कल्पेर उनिको याद मा डुबिरहेको छु, यस्तै रहेछ जिन्दगी अतित लाई सम्झेर बाच्नु पर्ने, अभाब बेदना अनि दुखै दुखै मा अडियको जिन्दगी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lok B KC

      २२ दलीय सरकार को यो नै सबै भन्दा राम्रो काम हो! यस्तै कामहरु लै निरन्तरता दिय सरकार को कसैले बिरोध गर्दैन .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sangam ( Ram Bahadur Thapa Magar )

      यो समाचार सुन्दा निकै खुसी लाग्यो / यसरी नै सबैले कानून पालना गराउनु र गर्ने हो भने देस बिकाश हुन कति बेर लाग्छ र ? really i appriciate.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      राम्रो समाचार सुन्न पाइयो धेरै पछी …:-)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rambhakta

      कुरो अलि बुझिएन| तेश्रो पक्ष्य बीमा गरे पछि त केहि भयो भने बीमा गर्ने संस्था ले पो सबै लागेको खर्च बेहोर्नु पर्ने हैन र (आफ्नो नोक्सान बाहेक) ? यो पढ्दा त दुर्घटनामा अर्को तर्फ को ज्यान गयो भने ५ लाख बेहर्नु पर्ने जस्तो बुझियो | बीमा गरेको मतलब नै भएन नि तेसो भए त हैन र | बीमा संस्थाले छैन के तिर्छ त?

      तेश्रो पक्ष्य बीमा अनिबार्य गरेको छैन धेरै राम्रो काम हो? त्यो अतेन्त जरुरि थियो | बीमा छ भने सानो तिनो दुर्घटना को लागि बाटो नै बन्द हुने गरि झगडा गरि राख्नु परेन | तर गाडी चालक हरु ले सके सम्म फुल बीमा गरेको नै राम्रो हो | साएद एसको प्राबधान अझै बनेको छैन कि |

      (नोट: यो नेपाली टाइप त सार्है सजिलो रहेछ | धन्यबाद है | मजा आयो नेपाली टाइप गरेर | )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lalit Syangjali

      Policy is good but it must be implemented on proper way. Pervention is better than cure, सो priority should be given to prevention of accidents which occures because of various visible or invisible reasons.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binaya Shresth

      आशा गरौ अबदेखि सडक अबरुद्द हुनेछैन यो त धेरै खुशीको कुरा हो तर यो निर्देशिका को अक्षरश कार्यन्वयन गर्नु पर्दछ कतै यसको फाइदा अरुलाई नापुगोश . अनि यो निर्देशिका को आड मा चालक हरुले मनपरी गाडी नहाकुन अनि ट्राफिक नियम अक्षरश पालन नगरेको वा लापरबाही गरेको देखियामा कडा भन्दा कडा कानुनी कारबाही गरिनु पर्दछ . जे होस् बिहानी राम्रो छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj,fairfax.

      So that mean even some body died by driver fault than just pay money and free?
      so now one life cost 5 lakhs?
      Government must make some strict rule and law to drivers.
      In Nepal more than 50% people drive vehicles without driver license .
      More than 70% drivers drive night buses with drinking alcohol and who gonna control those drivers?
      people get driver license at home without giving written test and road test.
      problem is corruption…….even some body caught on the spot just give some rupees and take your way.
      This is the problem. and who gonna control it?
      Until corruption is not controlled in Nepal nothings gonna happen any magic in Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan

      राम्रो काम गरेको छ सरकार ले एस पाली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • THAPA RAJBARSINGHA canada

      यो काम लाई राम्रै भन्नु पर्दछ बिमा ले नराम्रो त कदापी हुदैन राम्रै परिणाम दिन्छ ,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सम्मर खड्का

      अति राम्रो कम सरकारले सुरु गरेको छ/ हामी सबैले एसको सर्हाना गर्नु पर्छ /अति राम्रो कामको सुरुवात ………………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pawan shredtha

      rarmro त हो तर रिसिबी बाट पनि हुन् हुन जाने सक्ने प्रती ………. कुनै कानुन छकी ? वा bema matrai सछेत भया ! यात्रु bahaak साधन पाको मतलब पैलौत जी haaru बाट टाडा राखौ ४० nageka लै मात्र chalauna दईने की ? Sochau है त्रस्फीक साब ,,,,,????!!!!!!!!(………..) bhanyabad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम चन्द्र ज्ञवाली

      हरेक कुरा मा पक्ष र बिपक्ष हुन्छन तर सधैं बिपक्ष अर्थात नराम्रो पक्ष मा मात्रा ध्यान दिनु हुँदैन भबितब्य सबै लाई पर्छ तर आफ्नो भबितब्य को लागि सवारि रोकेर लाखौं लाई दु:ख दिनु हुँदैन नियम कानुन को सहि सदुपयोग होस् कसै लाई पैसा को मात ले अर्का को ज्यान् लिने दुस्साहस हुन्छ भने चाँही पर्तिकार गर्नु पर्छ …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashish kumar tamang

      विमा सम्बन्भी नियम त राम्रै लाग्यो र हाम्रो देशमा हुने सवारी दुर्घटनलाइ कम गर्ने अर्का नियम पनि ल्याउनु अबश्यक्ता छ। जसले सवारी दुर्घटनलाइ रोकथाम गर्नु सहयोग गरोस ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna kumari poudel

      राम्रो लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      Phuyal जी पैसाको लागि मर्नै त अलि गाह्रै हुन्छ हो, त्यसको लागि या मर्नु पर्यो या मार्नु पर्यो तर यहा क्षति पूर्ति मात्र दिएर हुदैन घटनाको प्रकृति पनि हेरिन्छ, तर व्यापक ट्राफिक सुद्रिकरण कुरालाई पनि नकार्न सकिन्न

      जे होस् सरकारको यो कदमलाई +VE नै लिनु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • phuyal ramesh

      सुन्दा खबर राम्रो छ तर यहाँ भित्र पनि सोच्नु पर्ने कुरा हरु धेरै छ / धेरै आर्थिक अवस्ता कम भएको हाम्रो देश मा लोभ ले दुर्घटना र ज्यान खेर नजावोस्/उपाय को रुप मा व्यापक ट्राफिक सुद्रिकरण को खाचो छ र सुरुमा कडा रुप ले रेखदेख गर्नु पनि पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna

      यो सुरूवात सारै नै सह्रानीय छ | तेस्रो पक्षको दुर्घटना बिमा गर्नाले सडक दुर्घटनामा कमि आउनुका साथै सडक अबरुद्व पार्ने काम बन्द हुनु ले बहुसंख्यक सडक यात्रु हरुले खेप्नु परेको दुखमा मल्हम पट्टि लगाउने काम गरेको छ | येसरी नै जनतामा प्रत्यक्ष असर पार्ने कुरामा सरकारले तेस्को उचित कारण खोजेर समाधानको खोजि गर्दै जाने र तेस्को कार्यान्वयन भए नभएको कडा निगरानी राख्ने हो भने धेरै भन्दा धेरै समस्याको समाधान सजिलै गर्न सकिन्छा भन्ने कुरामा शंका छैन |

      कृष्ण चालिसे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijaya gautam

      यो कानुन लै अझ परिमार्जन गरेर सर्बसाधारण को पहुच मा पुर्याउनु पर्छ | यो कुरा चाई राम्रै गरेको हो भन्नु पर्छ सरकार ले | धन्यवाद सरकार | एस्तो बुद्धी सबै सरकार लै आवोस |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna kumari poudel

      बिमाको
      बेवास्ता ले
      सबै लै राम्रो
      हुन्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram prasad adhikari

      होइन लोभ ले पनि कोहि मर्छ? लोभ ले गर्दा कहिले पनि दुर्घटना हुने होइन साथी दुर्घटना त लापरबाही ले गर्दा हुन्छ अनि यति राम्रो कुरालाई किन नेगेटिव मात्रै सोच्नु हुन्छ तपैहरु? कमसेकम राम्रो कुरालाई त राम्रो भन्नुहोस?
      राम अधिकारी
      मोरंग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prayas rimal,kathmandu

      manchhe जति पनि पैसा lai माया gare पनि पैसा को लागि chahi mardaina होला? यो त naramro comment phuyal ramesh को .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पर्शुराम

      नेपालीमा टाइप गर्दा कहिलेकाँही गजब हुँदो रहेछ | “व्यवस्था” को सट्टा “बेवास्ता” लेखिन जाँदा अर्कै अर्थ लागेको मैले पाएँ, उल्टो अर्थ लागेको छ यहाँ ! के गर्ने कृष्णजी, यो युनिकोड नेपालीमा टाइप गर्दा बेलाबखत येस्तै हैरानी भोग्नु पर्दछ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker