
यो दनदनी बलेको आगो माओवादीले गर्ने भनेको आन्दोलनको तयारी हैन। अरु कुनै राजनीतिक पार्टीले पनि यसो गरेका हैनन्। यो हिंसा मच्चाएका हुन् इटहरीका स्थानीय बासिन्दाले। उनीहरुको माग के भन्नुभएको ? अरु केही हैन, उनीहरुकै सहरमा बन्नुपर्यो रे क्षेत्रीय रंगशाला। यही हो माग। र यही माग पूरा नभएसम्म उनीहरुले बुधबारदेखि अनिश्चितकालीन हड्ताल आह्वान गरेका छन्।
भयो के भने, यो वर्षको बजेटमा सरकारले क्षेत्रीय रंगशाला सुनसरी जिल्लामा बनाउने भन्दै बजेट छुट्याइदियो। अब के छ र, नेतादेखि लिएर जनतासम्म सबैलाई उही लेखनाथ पौड्यालले भने जस्तै
मै खाउँ,मै लाउँ
सुख सयल वा मोज मै गरु
मै हासुँ, मै नाँचु
अरु सबै मरुन दुर्बलहरु
यस्तै मनस्थिति। मेरै जातको राज्य हुनुपर्यो। मेरै दलको सरकार बन्नुपर्यो। मेरै छोरी उपप्रधानमन्त्री बन्नुपर्यो। मेरै कुरा मान्नुपर्यो। यही त हो नि हाम्रो मनस्थिति। त्यसैले मेरै सहरमा हुनुपर्यो, मेरै ठाउँमा हुनुपर्यो यो क्षेत्रीय रंगशाला। कुरोको चुरो यति नै हो।
मेरै हुनुपर्यो भन्ने तीन सहर रहेछन्- इटहरी, धरान र इनरुवा। तीनै सहरका बासिन्दालाई आफ्नै सहरमा चाहियो क्षेत्रीय रंगशाला। अनि के गर्ने ? आन्दोलन ! सबैभन्दा सजिलो उपाय।
यो आन्दोलन चाहिँ इटहरीका बासिन्दाहरुले गरेका हुन्। सामाजिक, राजनीतिक, व्यवसायिक र सर्वसाधारणहरु मिलेर एउटा क्षेत्रीय रंगशाला निर्माण संघर्ष समिति गठन गरिएको छ। त्यसैले गरेको हो अनिश्चितकालीन बन्दको आह्वान। र, त्यसैले गरेको हो यो हिंसा पनि।
बन्द भन्दै राजमार्ग जाम गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेर खुलायो। अनि उनीहरु हिंसामा उत्रिए। पुलिसलाई ढुंगा हाने। ५० वटा जति गाडीमा तोडफोड गरे। त्यति मात्र हो र बिचरा कुन साहुको होला, दुई वटा गाडीमा यात्रुलाई झारेर पेट्रोल छर्केर आगो लगाइदिए। त्यो फलामको गाडीको फलामे मन पनि रोयो होला संसारका उत्कृष्ट जीव भनाउँदा मान्छेको चर्तिकला देखेर। ल हेर्नुस् तपाईँ पनि-

सरकार पनि उस्तै, सुरु मै यो ठाउँमा क्षेत्रीय रंगशाला बनाइँदैछ भनेर भनेको भए टन्टै साफ हुने नि। बेकारमा अब यता आन्दोलन गर्यो उता पनि रंगशाला चाहियो भन्दै आन्दोलन गर्लान्। उता बनाउँछु भन्यो भने यताका उफ्रलान्। पश्चिममा क्षेत्रीय विश्वविद्यालय खोल्ने घोषणा हुँदा पनि त्यस्तै बबाल भएको हैन ?


No related posts.









नियम बनाउने को गल्तिले कति गारो हुन्छ ! तो मन्त्रिले बजेटमा सुनसरी जिल्लामा नभनेर इटहरी वा धरान भनेर तोकेको भए यत्रो बबाल हुने थियन, तेसैले टाउकोमा को छ महात्तोपूर्ण हुन्छ!!!
मन परे हरियो, नपरे रातो
2
0
आहा! लेखनाथ पौडेलको पुरानो कविताको याद आयो |
स्कुले जीवन को याद दिलाउने यो कविताले मनै आनन्द भयो |
धन्यवाद |
मन परे हरियो, नपरे रातो
1
0
'मै खाउँ, मै लाउँ, सुख सयल वा मोज म गरुँ
मै हाँसु, मै नाचु अरु सबै मरुन् दुर्बलहरु
भनी दाह्रा घस्ने अबुझ सठ्देखि छक्क परी
चिता खित्का छाडी अभय सित हाँस्यो मरिमरि।'
मन परे हरियो, नपरे रातो
3
0
संस्कार,चेतना र ज्ञान को कमि, राजनैतिक अस्थिरता
मन परे हरियो, नपरे रातो
1
0
Poverty and ignorance within Nepalese is the cause of this riot. Our poor Government can't provide stadium for each of the cities. If provided, then there wouldn't have problem. Although all Nepalese are aware of the fact that Government can't provide three stadiums at once, people don't want to take it as truth. They just know how to use force.This is of course ignorance. But the foolish people don't think that the economy destroyed in Riot is a fraction of the fund to built stadium. These kind of riot indicates the extent of weakness of our government. Our government is always spinless. There must be a rules to controll these kinds of riot by imposing spot shot.
मन परे हरियो, नपरे रातो
0
0
कस्तो मुर्ख हरु पनि हुदा रहेछन
मन परे हरियो, नपरे रातो
0
0
Poverty and ignorance within Nepalese is the cause of this riot. Our poor Government can't provide stadium for each of the cities. If provided, then there wouldn't have problem. Although all Nepalese are aware of the fact that Government can't provide three stadiums at once, people don't want to take it as truth. This is of course ignorance. But the foolish people don't think that the economy destroyed in Riot is a fraction of the fund to built stadium. These kind of riot indicates the extent of weakness of our government. Fade up of this Spine less Goverment and foolish people.
मन परे हरियो, नपरे रातो
0
0
मान्छे को दिमाग बीग्ररे पछि के लाग्छ र /////
मन परे हरियो, नपरे रातो
0
0
नया नेपालको निर्माण यसरि नै हुनेछ| लगे रहो !!!
मन परे हरियो, नपरे रातो
0
0
मलाई त म नेपाली हो भन्नु नै लाज लागि सक्यो
मन परे हरियो, नपरे रातो
0
0
lakhaun pathakako priya MY SANSAR le new design gareko ma thank u and wish all the best.
Bishnu Bhusal,Kohalpur,Banke
मन परे हरियो, नपरे रातो
0
0
Sati le sarapeko yo hamro Des Nepal Kaile pani ramro hudaina rahe6. k Garnu gautam budda ko des ho ni tyo pani kata bata jukkiyera janme6a nepal ma hoina ra ? Aba rajniteeka neta haru nai afno mag pura nabhainje samma andolan gari bas6an. janata haru pani k kam , balla balla chance pako ke 6odhthe nepali janta lai sikaune ta Rajneetik Mantri haru ho ni. Joasto Guru ustai Chela hoina ra ? lau hai Rajniteek Guru Mantri haru Tapai Haru (mowobadi) lai badhai 6a Janata lai Yasto Sikshya diyeko ma. "Jaya Andolan kari Naya Nepal !!!
मन परे हरियो, नपरे रातो
0
0
नेपाल तेकोदो को अनुशासन यहि हो?
मन परे हरियो, नपरे रातो
0
0
मेरो केहि गरौ भन्ने कमेन्ट किन पब्लिश नगरी दिएको ? प्लिज पब्लिश गरिदिनु होला
मन परे हरियो, नपरे रातो
0
0
nepalies people like fight all the time they love thodfod ,kill their own fimily all nepali are there family they don;t have brain if they broke their own proparty that means they are crazy they don;t hae knowlage. crazy people they can do whetever they want because they r creazy.
मन परे हरियो, नपरे रातो
0
0
ramro राम्रो काम भएछ सबैले सिक्नु पर्छ अर्को ठाउमा काम लाग्छ , होइन त ? हा हा हा …..
मन परे हरियो, नपरे रातो
0
0
ल ठिक छ नया नेपाल बनाउने नै बिगारेर, भत्काएर, जलाएर हो थुक्क म
मन परे हरियो, नपरे रातो
1
0
binash kale biprit budhi bhanthyo master le tehi bhai rakheko cha nepali haru lai
मन परे हरियो, नपरे रातो
0
0
This killing and extreme use of force culture was introduced and promoted by Maoists. After their force they have been the winner always. We all have learnt that extreme use of force and Andolan makes our demand meet. Can therefore, Maoists take the responsibility and make people delearning this? All people will appreciate you and support you.
मन परे हरियो, नपरे रातो
0
0
teti naramro ta hoina kuro khas ma
मन परे हरियो, नपरे रातो
0
0
Mysansar looks better, It also needs some cool designs and logos if possible. the area of display can be extended further. Clean up the rubbish on the left and rigt wing. ____
मन परे हरियो, नपरे रातो
0
0
Some exciting changes coming up on Mysansar up ahead, I think you will be pleased
मन परे हरियो, नपरे रातो
0
0
Hey Murkha haru ho Timiharuma buddhi palaos hai.
मन परे हरियो, नपरे रातो
0
0
वा वा बधाई छ साथी हो फेरी गाडी जलाउने प्रकिया सुरु भएछ | देश मा प्रगति बढेको मा बधाई अझै धेरै येस्तै कार्य गर्दै जानु देश छिटै बिकाश हुन्छ |
मन परे हरियो, नपरे रातो
0
0
yestai bhede janta bhayera nai chor harul le satta ma moj gareka,, janta ladaudai cha, aafu haru mathi basera herdai cha, desh chai tyo bus jastai jaldai cha, prasasan mukhdarshak baneko cha, side ma chemeke muluk kaile yene haru lai kabja garu bhanera dau herdai cha…………….
मन परे हरियो, नपरे रातो
0
0
इटहरीबासिले खेलकुद प्रति देखाएको चासो त राम्रै हो | तर यो तरिका निस्चय पनि राम्रो होइन | यो तरिकाले त रंगशाला कतै पनि बन्ने देखिन्न | अनि यो आन्दोलन रंगशाला बनाउन को लागि हो कि को रंगशाला बनाउने योजना बिगार्न हो, अरु जनताहरु सोच्न बाध्य हुन्छन है ! ख्याल गरौ !
मन परे हरियो, नपरे रातो
0
0
. काम न काजको आफ्नै दाजुभाइको सम्पति जलाएर के फाइदा भयो होला | बिरोद भन्ने बित्तिकै गाडी जलाउनु पर्ने , बुद्धि बिग्र्या मान्छेहरु | कुनै दिन एस्तो नआओस आफुलाई नेपाली भन्न पनि लाज लाग्ने होस् |
मन परे हरियो, नपरे रातो
1
0
salee sabai pakhee. samaj, dimag ali kati pani chaina yo nepali haru ko. yeni haru le garda pani ramro nepalese ko naam kharab huncha.
Mero bichar ma hamro sanchar madhyam ( Media) strong huna parcha ra jan chetna garuna parcha. k hundai cha nepal ra nepali haru kata tira jandai cha bhanera bhujuna parcha hola
Sayed ghaito ma gham aaucha ke yesta manish haru ko.
मन परे हरियो, नपरे रातो
0
0
Ye..Comment garna ta log in po garnu pardo raichh..
मन परे हरियो, नपरे रातो
0
0
The preferred method is to register with intense debate at http://www.intensedebate.com and use that login to post comments.
You can also your facebook, twitter or openid login to post a comment.
If you prefer to comment anonymously, just fill in your preferred name and email address.
मन परे हरियो, नपरे रातो
0
0
मेरो पनि|
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो मागलाई पूरा गराउन सवारी साधनहरू तोडफोड गर्न वा जलाउन पर्दैन भनेर कहिले आन्दोलनकारीहरूले बुझ्ने हुन् ? त्यस्तै संरचना भत्काएर नयाँ नेपाल बन्दैन भनेर कहिले हेक्का राख्ने हुन् आन्दोलनकारीहरू ?
मन परे हरियो, नपरे रातो
1
0
बस्ति शहरहरु डांडा पाखातिर बसाएर, खेति योग्य जग्गामा "खाना" उमार्न तिर नलाग्ने हो भने, हामी र हाम्रा सन्तान अरु परनिर्भर हुनुपर्नेछ| दुरदर्शीता तिर पनि ध्यान जान जरुरि छ|
मन परे हरियो, नपरे रातो
0
0
रंगशाला धरानमा बनाउन ठीक हो| किनकी मुलुकको १७% तराइ फाटमा बस्ति बसौना भन्दा बालीनाली लगाउन उत्प्रेरित गर्न पर्छ, हाम्रा राट्रिय योजनाकारहरुले|
मन परे हरियो, नपरे रातो
0
0
Be responsible people.
मन परे हरियो, नपरे रातो
0
0
lau badhai mero pani
मन परे हरियो, नपरे रातो
0
0
हो बुद्धि नभयका मानिस
मन परे हरियो, नपरे रातो
0
0
this is real initial phase how people will fight in between two small state
मन परे हरियो, नपरे रातो
0
0
!!!!!
जुन ठाउमा मा बादर बुधी भएको जनता हरु बस्छ र तेश देश को सुरक्च्या प्रसासन हरु हिजडा हुन्छ अनि त्यो देश को गति के होला. हेर्दा सुन्दा पनि लाज लागेर आउछ कि यो मेरो देश हो भनेर. गर्ब गर्ने कुरा केहि बाकि रहेन नेपालि भएर.
मन परे हरियो, नपरे रातो
1
0
Thanks Puspa! Now if everyone voted up on good comments and voted down on bad comments, things would be so much fun here
मन परे हरियो, नपरे रातो
0
0
अब भने decent प्रतिक्रियाहरू आउलान् कि !
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा शान्ति सुरक्षा अनि बिकास को अनुहार नदेखी मरिन्छ होला
मन परे हरियो, नपरे रातो
0
0
बिकशे ले शान्तिलाइ भगायो भन्ने त सुनेको हो तर सुरक्ष्या कता गयिन यो चाही थाहा छैन | कुनै नेताले भगाएको हुनुपर्छ |
मन परे हरियो, नपरे रातो
1
0
कार्की जी, मा एउटा कुरा बारम्बार भनि रहेको छु, तर कसैले सुने जस्तो पनि लागेंन अनि बुझे जस्तो पनि लागेंन | नेपाल आमाको आशु गोही का आशु बगाएर मात्र पुछिदैन केहि गर्नु पर्छ आफुले पनि | आउनुस केहि गर्न कम्मर कसेर लागौ |
मन परे हरियो, नपरे रातो
0
0
बुद्दी बिग्रिएका नेपाली जनता आन्दोलन गरे पनि सबारी साधन मा आगलागी नगर्दा हुन्थ्यो त !!!
कुन चै नेता को अग्रसरतामा त्यो नकाम भयो त्यसलाई झुण्डाई दिनु नि
मन परे हरियो, नपरे रातो
0
0
yo ta ati bhao yar… k huna lageko ho deshma….
मन परे हरियो, नपरे रातो
0
0
देश मा के के भैरा छ , इनी हरु लाई चैयो रंगशाला !! बुद्दी नभाको हरु
मन परे हरियो, नपरे रातो
0
0
Good job keept it up until you are undertaken by Bihar.
मन परे हरियो, नपरे रातो
0
0
This is not good, Feri Rangsahala banuda afno jagga jane bhayo bhaner gadi jalaune hoalna, buddhi pani k bhako yiniharuko.
मन परे हरियो, नपरे रातो
0
0
अराजकता को पनि हद हुन्छ यार | नेता त कुहिए कुहिए जनता पनि त्यहि बाटोमा ….. हे भगवान तिम्रै अर्को अवतार नभैकन केहि होला जस्तो छैन |
मन परे हरियो, नपरे रातो
0
0
hey bhagwan ajai buddhi aayena hami nepali ko…
मन परे हरियो, नपरे रातो
0
0
aayous pane ta kasari sathi,,,,,,,,,,,,,,sadhai negative thinking matra cha nepali ko dimag ma…………….aaba k k hune ho…..
मन परे हरियो, नपरे रातो
0
0
"हुन्छ" भन्दे भैहालयो नी आखिर गर्नु पर्ने हैन क्यारे । यत्रो रडाको किन मच्चाउनु ?रंगशाला बनाउनु दालभात खाको जस्तो हो र आजको आजै बन्ने ?
मन परे हरियो, नपरे रातो
0
0
Very good answer. Do you know why they don't want to say that? Because they (leaders in govt) wants them to distrub the nation so that they get excuse why the constitution is not made in time. In our country all of these stupid leader whether they are in govt or in oppotion they wants such events so that they can blame others for their failure.
Prakash AB CAnada
मन परे हरियो, नपरे रातो
0
0
हुन्छ भन्दिए त ठीकै हो । तर क-कसलाई पो भन्ने बरु !
मन परे हरियो, नपरे रातो
0
0
बन्धु, गर्न सक्ने-नसक्ने वा गर्ने-नगर्ने सबैलाई हुन्छ भन्दा श्री ४ प्रचन्ड सरकारको जस्तो हालत होला नि यो माकुने सरकार को पनि ! तेसैले होला हुन्छ भन्न नसक्या !
मन परे हरियो, नपरे रातो
0
0
बाँदरले न आफ्नो घर बनाउछ न त अर्कालाई बनाउन दिन्छ | बिग्रियको नेपाली मानसिकता | यस्तो मानसिकताको जग हाल्ने, शिक्षा दिने र मलजल गर्ने प्रवृति कताबाट आयो होला नेपालमा |
मन परे हरियो, नपरे रातो
0
0
आन्दोलन garepachi sarakaara ta paainCha bhane jaabo rangasaala napaaune kurai bhaena ho saathi new Nepal maa .
मन परे हरियो, नपरे रातो
0
0
k vanu ramrari mageko vaye ta hami Dharan wasi haru lay dinai halthiyou ni … aakhir ma Drn wasi lay nai banaudai gareko stadium chadai cha kare….
मन परे हरियो, नपरे रातो
0
0
धान खाने मुसो चोट पाउने भ्यागुतो !!
मन परे हरियो, नपरे रातो
0
0
मेरो नेपाल!!!! भलो होस् नेपाल र नेपालीहरुको!!!!!
मन परे हरियो, नपरे रातो
0
0
aba ta nepali news ko barema comment lekhna pani man nai lagna chhodyo.mero bhannu kehi chhaina.
मन परे हरियो, नपरे रातो
0
0
nepali haru ko vedo dimag cha..desh ko barema kasaile sochdaina,,afno ani afno matrai. Paile yesto thiyena Nepal..Tinai manche hun..Pakkai pani kasaile uksai rakheko cha.Tyasto uksawat bata sabai satarka rahun..bikas jaha vaepani Nepal nai Bikas hune ho,,India, America bikas hune haina..Aja yo thauko palo ta voli tyo thauko..yeti pani sochna sakdaina Nepali haru
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश पौडेलको त गृह सहर ! न लाज छ न नैतिकता !
मन परे हरियो, नपरे रातो
0
0
हे मुर्ख इटहरी बसी हो
जाबो एअउता रंग्गसाला हो कुनै सुन फल्ने बगैचा हैन सुनसरी को जुन सुकै सिटी मा यो बने पनि तेस्को फाइदा इटहरी लै पनि हुन्छ चाहे तेयो धरान मा बनोस अथवा इनरुवा कस्तो बुद्धि होला इटहरी बसी यो काम गर्ने को अनि अहिले सुनसरी को प्रसासन ले के कदम चल्दैछ तेयो बस मा आगो लाउने लाई तुरुन्तै सजाय हुनु पर्दछ ?
गौतम
जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
These अल अरे ओफ मावोबादी को काम हो अरु कसैले पनि गर्न आत गर्दैन यो सबै
चोर डाकाँ फटाहा ले गर्दा नै भएको हो je होस् यो मावोबादी कहिले पनि नसुध्रने भयो खोइए के गरौ तेत्रो पढेका हरु को दिमाग के भयेकोहोला के गरौ के गरौ .
नेपाल आमा लाइ रुवाएको ले कहिले पनि सुख पौने छैन ……….
मन परे हरियो, नपरे रातो
0
0
yasta काम garna त hunna hai.अनि यो article को aghadi नै maho badilai jhattro hanna chai न hune थियो,maho haru dhuns मात्र haina nirman पनि gar6n,
मन परे हरियो, नपरे रातो
0
0
आगो नलागाही, मान्छे नकुती पनि आन्दोलन हुन्छ र / हाम्रा नेताहरुले येहि सिकाएको छ हामी जनतालाई / गर्ने पर्छा ध्वस्त, दिने पर्छा सास्ती , अनि banchha naya nepal /
मन परे हरियो, नपरे रातो
0
0
Dikka lagisakyo news padera ani hami nepaliko napungsak manasikata dekhera
मन परे हरियो, नपरे रातो
0
0
सधैं दोधारे मनस्थितिको शिकार बन्ने, जसरी पनि आफैँ सत्ताधारी बन्नुपने लालची र लाछी नेताहरुको हातमा सरकारको नेतृत्व रहेको बेला यस्ता उद्दण्डता हुनु सामान्य कुरा हुन् । नेता नै पानीमरुवा भएपछि कसले टेर्छ ? त्यसैले सकिन्छ भने रङगशाला तीनै वटा शहरमा एक एक वटा बनाइदिए टन्टै साफ हुन्थ्यो । भविष्यमा प्रत्येक शहरमा एक वा बढी रङ्गशालाको जरुरत पर्छ नै ।
मन परे हरियो, नपरे रातो
0
0
तिनका बाउको बिर्ता हो र ?? गाडी जलाउनु पर्ने ???त्यो छेत्र को नेताहरु लाइ जलाउनु पर्ने !!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
“सरकार पनि उस्तै, सुरु मै यो ठाउँमा क्षेत्रीय रंगशाला बनाइँदैछ भनेर भनेको भए टन्टै साफ हुने नि ।” भनियो, तर बजेटमा त सुनसरीमा बनाउने भनेर भनेकै रहेछ नि !
अब यी ठाउँमा नबनाएर अन्तै बनाए हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
यो मैले के देख्नु परेको
मन परे हरियो, नपरे रातो
0
0
छि छि इटहरी का भेडा बाख्रा हो , धिक्कार छ तिमीहरुलाई
मन परे हरियो, नपरे रातो
0
0
कुकुर साले मान्छेहरु , काम छोइना narraamro kam garnu मात्रै अगाडी बदछा
मन परे हरियो, नपरे रातो
0
0
आन्दोलन प्रति मेरो समर्थन्छ. पहिले धरानेहरुले गरेकाथिए रंगशालाको आन्दोलन. अहिले इटहरी आइपुग्यो . अब बिराटनगर तिर झर्छकि ? धरानमा रंगशाला बनाउदा युवा इटहरीलाई के दुख हुनेरहेछकी.नभएता इटहरीमा पनि एउटा राम्रो रंगशाला बनाए भैगो . आन्दोलनमा बस सस् डडाउनु भंदाता संघर्ष समितिले जग्गाको तयारि गर्ने , काम सुरु गर्न रकमको जोहो गरे पो राम्रो हुन्थ्यो कि ? धरान धनि शहर भनेको सुनेकोथिए, अहिले itaharipani धनिछ. जग्गाको ब्यबस्था र केहि रकमको जोहो भए अरु दाता पनि निस्क्न्ठेकी रंगशालाको लागि . केहि निश्चित खेलमा धरान र केहि मा इटहरीले मिलेर विकास गरेमा सबैकुराकोलागी काठ्मान्दुको मात्र मुख ताक्नु पर्ने थिएनाकी? त्यसैले आन्दोलनलाई आम्हाद्तात्तिर होइनकी जग्गा र रकम जोहो गर्न तिर लगाउनापाए इश्वोरीजी? तर उदेस्य खेलको नभई झेल र राजनीतिको होला होइनत?
जनार्दन दाहाल,
महांकाल-७,मंदिखातार
मन परे हरियो, नपरे रातो
0
0
नेता र कार्यकर्ता हरुत भेडा थिया तर जनता पनि भेडा भयछन/ नपुंसक मानसिकता हो इटहरीबासिको / हैन भने के दोष छ र यात्रा गर्ने यात्रुको? अनि किन जलायाको गाडी हरु?
मन परे हरियो, नपरे रातो
0
0
नेताहरुले देश बेच्न लागेको बेला रंगशालाको लागि यत्रो जात्रा ? गजब छ बा
मन परे हरियो, नपरे रातो
1
0
गनाउने राजनीतिक गर्ने हरु ले गर्दा यो देश लाई दल्दल मा फसिसक्यो । अब यी जनताहरु को के को दोश गर्नुपर्छ आन्दोलोन यसरीनै जब सम्म माग पुरा हुँदैन एउतै उपाय छ देशमा यही आन्दोलोनको जताततै आन्दोलोन एस्को कुनै भिन्न रुपभने छैन है ?आन्दोलोनको दन्किने भयो फेरी आगो देशमा !!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
1
0
राजनीतिक परिस्थिति स्थिर नभयको ले एस्तो भयको हो, सम्पुर्ण दल हरु येस्मा दोषी छन्, हामी नेपाली साचिकै भेडा हौ.
जय सम्भो
मन परे हरियो, नपरे रातो
0
0
यो नराम्रो काम हो, धिक्कार छन तिमी इटहारीबासीमा,
मन परे हरियो, नपरे रातो
1
0
आन्दोलन भन्दैमा अर्काको गाडी जलाउन पाइएन्छ र साला इटहरी बासि भेडा हरु गधा हरु कुकुर हरु
मन परे हरियो, नपरे रातो
1
0
बसमा आगो लागेको देख्नु परेको Tika ji
मन परे हरियो, नपरे रातो
1
0
भेडा बाख्रा त लौरो ले तह लाउन सकिन्छ यी त जंगली जनावर हुन् यार | हुन त जंगली हाती हरुले पनि एती तिर यस्तै गर्छा क्यारे. सिकेका होलान नि यिनीहरुले तीन हात्तीहरुको क्रियाकलाप !?
मन परे हरियो, नपरे रातो
1
0
आफ्नै आयु को दिन count गरि राको सरकार लाई जहा बनाउने भानिदीय नि के पो फरक पर्ला र ! काम त भा को भै हो ! बजेट पारित हुन नसक्दा कर्मचारी लै तलब दिन त बन्द होला जस्तो छ अब, कहा वाट रंगशाला बनाउने ? बरु कमिशन चै दह्रो पार्ने होला नि माओवादी डाका हरुले केहि गर्न दिएमा ~!
मन परे हरियो, नपरे रातो
1
0
हुन त हो है .. जलाको गाडीको १० लाख भन्दा बढी पर्ला, नेता हरुलाई जलाउदै दश लाख दिदै शहिद घोषणा गरेमा सस्तो पनि अनि फेरी-फेरी यस्ता गतिबिधि हरुमा न्यूनीकरण पनि
मन परे हरियो, नपरे रातो
1
0
—–धरान,इटहरी,बिराटनगर जुनै ठाउमा रंगशाला बनाएपनि आखिर ‘लिम्बुवान’ भित्रको भूमि भएकोले मेरो चाहिँ केही भन्नु छैन फरक यति हो आधुनिक खेल मैदानको अभाब र तत्कालको लागी अवसर मिल्नेगरी सबै जातजातीहरुलाई समेटेर केन्द्र बिन्दुको आधारमा ठाउँ छनौट गर्नुनै उत्तम विचार हो तर झगडा गरेर कसैलाई फाइदा अबस्यै हुनेवाला छैन झगडा गरेर समस्या समाधान हुने पनि होइन बोरु “हात्ती आयो हात्ती आयो फुस्सा” भने झैँ अवसर नै गुम्ने पो हो कि क्या हो ? कतिपय कुराहरुमा मागेर नदिए खोसेर भए पनि लिनको लागि बाध्यात्मक आन्दोलन समेत गर्नु पर्ने हुन्छ तर एउटा रंगशालाको लागि कुकूर र बिरालो झैँ यति साह्रै खिचातानी गर्नु उचित देखिएन ……….. ……………….. …..
मन परे हरियो, नपरे रातो
1
0
ति घुश्येया हरुलाई किन शहिद घोसना गर्नु भ्रस्ट चारी लाई सजाँय दिनु उचित हुन्छ
बिना काममा जनता लाइ लडाउने पनि तिनै हुन् जनता को बुद्दी मा बिर्को लगाउने कुकुरहरु लाइ जिउदै जलाउनु पर्छ
मन परे हरियो, नपरे रातो
0
0
बस को होइन मा यो कमेन्ट गर्ने तरिका देखेर भनेको राम्रो रहेछ
मन परे हरियो, नपरे रातो
1
0