-लुना-
२४ वर्ष कै उमेरमा पुछिएको थियो राधाको सिउँदोको सिन्दुर। दुई वर्षको काखे बालक ॠषिलाई काखमा लिएर कति आँशु बगाइन् उनले त्यसको के लेखाजोखा ! साउनमा उर्लेर हिउँदमा थाकेको नारायणी झैँ रुँदारुँदै सुक्थ्यो उनको आँशु।
~~~~
नारायणी नजिक कै छेउ गैंडाकोट नजिकै राधा र उन्को दिवंगत श्रीमान् भानुप्रसादको परिवार बाग्लुङको दुर्गमतिरबाट केही वर्ष पहिले बसाइँ सर्दै आएको थियो। भानुप्रसादको सानो झुपडी घर थियो। जम्मा १०-११ कठ्ठा मात्रै खेत थियो उनीहरुको। खेती किसानीबाहेक भानुको गैंडाकोट भृकुटी कागज कारखानामा पिउनको जागिर थियो भने राधा खेतिपाती – पशुपालन मै ब्यस्त थिइन्। केही समयको पिउन जागिरपछि भानुले पनि जागिर छोडेर खेतिपाती पशुपालन बढाउन दत्तचित्त भएर लागेको थियो।
दुवैको मेहनतले झुप्रो घरबाट काठको टाडे (तला भएको घर) बनिसकेको थियो। जग्गा पनि जोडेर १०-१२ कठ्ठाबाट ३ बिघा बनाइसकेको थियो। भानुप्रसादको घर परिवार देखि राधाको माइतीसम्म सबैले सहयोग गरेका थिए घर बनाउँदा र जग्गा किन्ने बेलामा।
~~~~
सानो परिवार हाँसीखुशी सन्तोषले बित्दै थियो। छोरा ॠषि २ वर्ष पुगेको थियो। ४-५ वर्ष नपुगुन्जेल अर्को सन्तान नजन्माउने निर्णयमा थिए उनीहरु।
~~~~
” राधे ! ए राधे ! ”
“किन हो र भन्छु ! गो ठा ‘ छु का ! ” गोठबाट गोबर लत्पतिएको हात उचाल्दै राधाले भनिन्।
” हेर केटी ! (केही बाग्लुङगेहरुको श्रीमतीलाई केटी भनी सम्बोधन गरेन गर्ने बानी हुन्छ) आज शिवरात्री ! यसो गाउले स’ ( गाउँलेसँग ) मिली गाजा- भाङ्ग – धतुरो चिलिम तानेर आउनु परो का ! ढिलो भइएछ भने खोजी नगरेस् नि ! ”
” के भन्चन यी बाउन (बाहुन – श्रीमतीले श्रीमानलाई बाउन भन्ने चलन पनि हुन्छ) भन्छु ! क्यार्न ढिलो अर्नु (गर्नु) परो र भन्छु ! कस मारेर आ ‘ त भाइगो करे नि ! , नुन सिद्दो घरा ‘ ही जा टि ( हिजैदेखि नुन सिद्दियो घरमा ) , अल्नो खाइया छ ! बजारा ‘ टि (बजारबाट) नुन किन्थेउ कि भनेको ! ”
” भजन लाउ चन रे का ! खैचडी मलाई नै बजाउन भन्या हन ( भन्या छन ) का ! ढिला है चन जान लाई ( ढिलो भइसक्यो जानलाई) ! ”
उस्ले बाग्लुङगे लेघ्रो तान्दै भन्यो।
” चाड त तिम्रै आउचन करे नि ! ” राधाले गोबर फ्यात्त ! फ्यात्त ! फाल्दै भनी।
” नकराइ ! नकराइ ! ( नकराउ ! नकराउ ! ) लौ गैइयो आफू त ! ”
~~~~
भानुप्रसाद गए गाउँ नजिकैको शिव मन्दिर मा गाजा भाङ्ग खान र भज्न – भजन गाउन।
गाजाले लठ्ठ भएर राति फर्किँदै थिए , कुनै सवारी साधनको ठक्कर लागेर उनी ठाउँको ठाउँ मै ठहरै भए।
~~~~
यता राधा भने साँझपखसम्म बाटो हेरेकी थिइन्।
” माल्दाजै ! हाम्रा बाउनलाई देख्नु भो शिव मन्दिरा’ ? ” मन्दिरबाट फर्कँदै गरेका गाउँले छिमेकी माइला बाजेलाई उनले सोधिन्।
” ए !!!! ( उस्ले लामो लेघ्रो तान्दै बोल्यो ) पर्ख् अब तिम्रा बाउनलाई ! आउन्न ती आज , मस्त भ र ( भएर ) भजनाँ छन् ! भोलि सखारै आउलान् भन्छु म त ! रौस्या छन असाध्यै तिम्रा बाउन बैनी ! ”
अब चाँही राधा भोलि नभै भानुप्रसाद आउँदैनन् होला भन्ने ठानी ढुक्क मनले छोरालाई च्यापेर निदाइन्।
~~~~
भोलिपल्ट बिहान नै गाउँलेहरु आँगनमा धुरिए। उनको सिउँदोको सिन्दुर पखालियो। हातका चुरा फुट्यो। गलाको पोते चुडियो। फुटेको चुरासँगै उनको खुशी फुट्यो।
आँगनमा ल्याइएको भानुप्रसादको मुर्दा शरीर एकैछिनमा हरियो बाँसमा बाँधियो र कात्रोले छोपियो। लाश उठ्यो। लाशसँगै राधाको खुशी उठ्यो।
भानुप्रसाद जल्यो। भानुप्रसादसँगै राधाको खुशी जल्यो।
बज्रपात सहेर पनि उनी बाँच्नु पर्थ्यो बालक ॠषिको मुख हेरेर। उनी बाँचिन।
~~~~
राधाको माइती र घरपट्टीकाहरु आउँदै राधालाई सघाउँदै गर्न थाले। तरुनी छोरी – बुहारी विधुवा हुनु पर्दा उस्को पीडाभन्दा पनि बढी उसको यौबना विधवाले चिन्तित पार्थ्यो सबैलाई।
जति पनि आउँथे राधालाई भेट्न सबैले भन्ने गरेका शब्दहरु यस्तै हुन्थे – ” क्यार्नु त बाबै दैबको लेखा ! ”
” छोरीको जन्म हारेको कर्म भन्चन् करे ! यो प्युसा ( ॠषि ) को मुख हेरेर बाँचेस् बाबै! ”
” ध्यान – जप – इसोरमा मन लगाएस् ! ”
आदि- आदि।
यी भनाइभित्र उनीहरुको गम्भीर डर लुकेको हुन्थ्यो कतै वैँश कि राधाले बाटो बिराउने त होइन भनेर !।
~~~~
छातिभरी वेदनाको घाउ बोकी राधाले समय बिताउदै गइन्। दिन – रात – रात – दिन नारायणीको पानी बगे झैँ समय पनि बगी नै रह्यो। बगिरहेको समय सँगै उन्को पीडा पनि बग्दै गयो। छोराको पालनपोषण – खेतिपाती मा उनले आफ्नो वेदना भुल्दै गइन्।
छोरा चार वर्षको पुगेपछि चाँही सासु – ससुरा पनि उनैसँग आएर बस्न थाले। सासु – ससुराको साथले आड दिएको थियो उनको पारिवारिक जीवनलाई। ॠषि पनि छ वर्ष पुगेर सातमा टेक्यो अब।
माइती तर्फका ले बार्पाकतिरबाट झरेको सोझो गुरुङलाई हली बस्न पठाइ दिएका थिए। उस्ले खेतिपाती का सम्पूर्ण काम गर्थ्यो। ऊ गोठमाथि नै बस्थ्यो। खेतिपातीदेखि लिएर इनार खन्ने , काठ चिरेर घरायसी सामान बनाउने – जस्ता ‘ अड्को पड्को तेलको धुप ‘ भने झैँ सबै काम गर्न जानेको थियो। राधाको घरमा दाहिने हात भएको थियो ऊ।
~~~~
आज फागु पुर्णिमाको दिन।
ॠषि साथीहरुसँग खेल्न लई बेलुन फुकी पानी भरी दिन आमालाई कर गरिरहेको थियो।
” आमा ! बेलुन फुलाई देउ पानी हालेर ! थुलो बनाइ देउ ! ”
राधाले बेलुन फुक्ने जाँगर गरिन। एक पोका बेलुन हिजै मावली हजुरआमाले भेट्न आउँदा ल्याइ दिएकी थिइन ॠषिलाई।
राधाले बेलुनको पोकाबाट एउटा आफूले झिकिन र बाँकी ॠषिकै हातमा ठम्याउँदै भनिन् , ” रिखे ! यो हली दाइलाई फुक्न लगा खेता गर जा ! मेरा हात झि भा’ हन ! यी हेर त ! ” राधाले औंला त्य्सै फू – फू गर्दै भनिन्।
ऊ खुरुरु दगुर्दै खेतमा गयो। राधाको सासु ससुरा पनि खेत मै तोरी को मुठा बनाउँदै थिए।
राधा खाजा तयार गर्न थाली खेतमा लैजान लाई। मकै – भटमास भुटिसकेकी थिइन्। आलु र मुलाको तरकारी पनि पाकी सकेको थियो। अब दही मोथे र मोही पनि लैजानु थियो मकै भट्मास सँग खानलाई।
ऊ दही मोथ्न बसी।
दही मोथ्दा मोथ्दै ऊ अतित मा बिलाई एकछिन् —-
~~~~
भानुप्रसादले कागज कारखनामा पिउन जागिर नछोड्दै बेलाको कुरा हो यो। त्यो दिन पनि ऊ दही मोथ्दै थिई।
भानुप्रसाद कारखाना छुट्टी भएर उस्को नजिक आयो र भन्यो , ” ए! राधे ! ए रात्तै ! मैले त गज्जबका कुरा भेट्टाए का ! ” उस्ले लेघ्रो तान्दै नाकको पोरा फुलाउँदै आँखा बडा बडा बनाएर आखी भौँ उचाल्यो।
राधाले चोर औंला भानुको ओठैमा लगेर ” सुस्स्स्स्स्स्स्स !!!” गर्दै मोथ्दामोथ्दैको दही त्यही छाडेर हत्त र पत्त ढोका बाहिर चिहाएर आई र भनी ” धन्न कोइ रनचन ( कोही रहेनछन्) पिडिया ( पिढिमा ) ! के भेट्टायौ र भन्छु ! पैसो भेट्ट्यौ ? !!! कि ग ना ( गहना ) ! ? उस्का आँखा पनि ब डा ब डा भए भानु प्रसाद को दङ्गको अनुहार देखेर।
” हत्तेरी का ! का पैसो को कुरा गर्छे भन्छु !आज का ( लेघ्रो तान्दै ) कारखना बच्चो नबनाउने तरिका सिकाउन आथेका ! ”
” ह ???!!!”
राधाको उत्सुकताले भरिएको अनुहार छि न् भर मै खिस्रिक्कै भयो।
” सट पोयट ( सर्ट – पाइन्ट – ला ‘ का कस्ता कस्ता आईमाईले सिकाका बाबै ! उस्ले जिब्रो टोक्दै रङ्ग्सिएर हाँस्दै भन्यो।
राधा वाल्ल परी। केही बुझिन।
” भकुन्डो का ( का भन्दा लेघ्रो तान्दै ) ! भकुन्डो ! बेलुन जस्तो ! हो त्यस्तो लाउँदा (लगौदा) रचन् का ! अनि त्यो ला ‘ सि त बच्चो हुन्न रे का ! ”
” कस्तो भकुन्डो भन्चन् यिनले भन्छु ! ” उस्ले निधार खुम्च्याइ।
” पखेस ! म देखाम्ला ! ”
भानुप्रसादले गोजीबाट एउटा झिक्यो र मुखले फू गरेर बडेमाको बनायो।
उनीहरुको लागि यो प्रयोग नितान्त नौलो बनेको थियो।
डल्लो बडेमाको भकुन्डो हेर्दै राधाले भनी , ” यो भकुन्डोले कसरी बच्चो जन्मन्न भन्छु ! ”
” म पनि दङै खा थेँ का त झै ! त्यो आइमाइले त कस्तरी देखाइ बाबै ! ल हेर ! यी यसरी लाउने रे का ! त्या — ! ” उस्ले आफ्नै हातको बुढी औलामा लागाएर ईशारा मार्फत बुझायो।
बल्ल राधाले बुझी।
त्यो दिन देखी उनिहरुले ॠषि ४ बर्ष नपुगे सम्म अर्को सन्तान नजन्माउने सोचाइ राखेका थिए।
~~~~
” आमा ! ”
ॠषिको आबाज ले ऊ अतितबाट ब्युँझी। ऊ बिधुबा भएकी थिई तर उस्को अतित ऊ सँग बिधुबा भएको थिएन —।
” म ई – मकै लाई देउ ले खे’ ता ! ” भन्दै ऊ खुरुरु फाउ खेल्न दगुर्यो।
अघी भर्खर ॠषि को बेलुन को प्याकेट बाट झिकेको एउटा बेलुन फुकेर गाठो पार्दै भकुन्डो बनाइ उस्ले। एक छि न् हेरिरही र प्याट्ट फुटाइ –।
~~~~
साँझ पर्न थालयो। अबिरले रातै रङिएर घर आइपुग्यो ॠषि। सासुले नुहाइ दिइन् ॠषिलाई। केटाकेटीले पोखेको अबिरले रातै भएको थियो आँगन।
~~~~
यो वर्षको फागु पुर्णिमा पनि बित्यो। आज पूर्णिमाको रात। जूनको जुनेली उज्यालो किरणले रात रात नभएर बिहानी झैँ उज्यालो देखिन्थ्यो। खुल्लै राखेको झ्यालबाट पर उदाइरहेकी एक्ली जूनलाई हेर्दै टोलाई रही ऊ।
ऊ घरको टाडे तलामाथि निदाउँथी।
तल आँगनको धारामा खन्च्याङ्ग ! खन्च्याङ्ग ! आबाज आयो।
उस्ले झ्यालबाट हेरी तल। हली दाइ यो रातमा धारामा नुहाउन लाग्दै थिए।
उस्ले साबुन जिउभरी टाउकोभरी दल्यो सेतै फिज उठ्ने गरी र धाराबाट पानी खिच्दै बाल्टिन भरी बनाएर पखाल्दै जिउ मिच्न थालयो।
” तिन्ले जिउ त निख्रने गरी मिछे ! साबुन निख्रो कि निख्रेन ! ”
” धत ! के सोच्दा हुँ म् म ! कत्रो पाप ! लौने मुन्छे (लोग्ने मान्छे) मा आँखा लाइयो आज ! ”
ऊ आँफैप्रति ग्लानी महसूस गर्दै बिस्तारमा पल्टी।
फेरि खन्च्याङ ! खन्च्याङ्ग ! आवाज सँगै उसले अहिले चाँही काठ को भित्ते प्वालबाट चियाएर हेरी। ऊ उसैगरी नुहाइरहेको थियो।
” यिन्लाई जा डा नि नहुँदो रच! ”
ऊ मुख फर्काएर निदाउन खोजी। पट्ट्क्कै निद परेन। फेरि दोहोर्याएर हेरी।
ऊ कछाड मिच्दै पानी खन्याउँदै थियो।
त्यसरी नुहाइरहेको देखेर बरु उसलाई नै जाडो-जाडो जस्तो भयो।
सिरक ओढी खुट्टादेखि टाउको ढाकिने गरी। एकैछिन मै उकुसमुकुस भई। ह्वात्त सिरक फाली। फेरि भित्ताबाट चियाएर हेरी। ऊ गइसकेको थियो।
सिरकलाई एकै डल्लो बनाएर अँगाल्दै ऊ निदाउने प्रयास गरिरही —–।
समाप्त
No related posts.









कथा राम्रो लाग्यो, काल्पनिक भए पनि वास्तविकता प्रस्ट झल्किएको छ | आगामी दिनहरुमा पनि यस्तै कथाहरु पढ्न पाईयोस………………यहाको निरन्तरता रहिरहोस ……………
मन परे हरियो, नपरे रातो
1
0
प्रेणणा सुझाब दिनु हुने सबै साथीहरु लाइ हिर्दय देखि नै न्यानो धन्यबाद .
मन परे हरियो, नपरे रातो
1
0
लुनाजीको फोटोग्राफी देखि कविता, मुक्तक र लघुकथा सम्म पढ्न पाइयो, Lunaji I really admire your talent. Please keep it up to cheer up My Sansar readers.
मन परे हरियो, नपरे रातो
2
0
कस्तो दुख लाग्दो कथा ???????????? कस्तो दुख लाग्दो कथा ??मेरो सत्रु लाई पनि नहोस यस्तो त ?तर जे बहेपनी कथा एक्दम्मी राम्रो र बास्तविकता झल्काउने छ !!!!!!!!! I appreciate it.
मन परे हरियो, नपरे रातो
1
0
Mozilla/5.0 (Windows; U; Windows NT 5.1; en-US; rv:1.9.0.3) Gecko/2008092417 Firefox/3.0.3
मन परे हरियो, नपरे रातो
1
0
Jhur 6 katha,kata kata kaha kaha bata copy gareko jasto,dherai aru katha padhera……disgusting..
मन परे हरियो, नपरे रातो
0
1
खोइ मलाई त तेस्तो तपाइँ हरुलाई जस्तो राम्रो लाग्न सकेन. यस कुरामा माफ garnuhola | Mediokar vanda ani tallo starko lagyo. Bhvana vaane kuralai siriyasli linu parchha.
मन परे हरियो, नपरे रातो
1
1
लुनाजी, एकल नारीको यौन कुण्ठालाई यथार्थको क्यानभासमा अमुर्त शैलीमा पोत्नु भएको छ | राम्रो लग्यो ! खास गरि चलनचल्तीको भाषा प्रयोग गर्नुभएकोले कथामा आझै मिठास थपिएको छ | "सिरक" एकदमै मिलेको शिर्षक हो |
- घैंटे yajen
मन परे हरियो, नपरे रातो
1
0
प्रयाश राम्रो छ
मन परे हरियो, नपरे रातो
0
0
what a writing !i really like it.
मन परे हरियो, नपरे रातो
1
0
nariko k galti ra unko dosro bihe hun sakena. unle chahema arko sanga jiban bitaun paunu par6a. yo Hindu dharma anusarko ho vanne spasta 6 katha. tara paribarta hunu jaruri 6. chura kina phutaunu, sindhur kina pu6nu, rato sari kina launa banchita. yi sab dharmik kuraharu hun. unko khusi yasari lutinnu hunna. unko naya jiban suru huna saghaunu par6 aphantai bata. I was badly touched by this story. Any woman shouldn't be tied by any religion or culture in her life if any such unwanted accident happens untimely. So Luna please write or extend this story further to bring happiness and change in her life.
मन परे हरियो, नपरे रातो
0
0
पश्चिमे भाषा को राम्रो जान्कार हुनुहुदो रहेछ । राम्रा कथा मन छोयो …………
मन परे हरियो, नपरे रातो
1
0
nice story!
मन परे हरियो, नपरे रातो
1
0
कथा यौनिक भएर पनि धेरै लै मन parayeko हुनु पर्छ (यौन अधिकाम्स मान्छेले चासो देखाउने बिसय हो )…. लेखन पनि उस्तै सुन्दर छ …. त्ये माथि लुना (नारी पात्र) ले लेखेको !
Thanks for getting us chance to read your really a beautiful story…
मन परे हरियो, नपरे रातो
1
0
beautiful story ! I enjoyed reading your story, Luna jee.
मन परे हरियो, नपरे रातो
0
0
नारी यौन कुण्ठालाई अति नै कलात्मक ढाँचाले प्रस्तुत गर्नुहुने कथाकार लुना यस विधामा पनि पारङ्गत देखियो | झन पश्चिमेली लवजमा सम्बाद त कथाहरुमा बिरलै भेटिन्छ| जनजिब्रोमा लेखिएको साहित्य नै वास्तविक साहित्य हो |
मन परे हरियो, नपरे रातो
1
0
"म कोठामा छिर्दा उ सर्बाङ्ग नांगै थिई| उसका पुष्ट लोभलाग्दा स्तन मलाई क्वारक्वार ति हेरी राखेका थिए| "के गरेको भन्या?" भन्दै म ढोकातिर फर्कें| तर उ तर्फ पाइला बढाई, मलाई फनक्क घुमाएर छातीमा टाँसी, अनि, अनि उसका ओठहरूले मेरा ओठमा स्पर्श गर्न थाले| म सहि प्रतिक्रियाको निर्णय गर्ने जमर्को गर्दै थिएँ| अहिले मलाई यति मात्र सम्झना छ – …… " बाग्लुंगबजार बाट केहि पर चौतारो मा खच्चड खेज्दै गरेको व्यापारीले उपन्यास पढ्दै थियो| उसले आँखा उचाल्यो र पर हेरी रह्यो – दुई जना मगर्नी केटीहरू उ भएतिरै आउंदै थिए| उसले सुई खेल्यो र हात हल्यायो| ती मगर्नी केटीहरू सुन्यो न सुन्यो झैँ गरि आफ्नो बाटो हिडी रहे| अनि उसले म तिर फर्केर भन्यो – " तिमारू कत्मन्नौ गएर केके आर्चौ, हाम्रो त एई हो रमाइलो" उ फेरी उपन्यास मै फर्क्यो::::
The story just tries to degrade my beloved Banglunge Nepali. Without proper context it sounds like a humiliation or rather mockery of Kathmandu/urban elite to think that they are somehow superior to people compared to people from other region of the country.
My personal belief is that Nepali spoken in Kaligandaki river valley is distinctly different compared to the one spoken elsewhere in the country and it should receive its own recognition.
मन परे हरियो, नपरे रातो
0
0
great luna
मन परे हरियो, नपरे रातो
0
0
'लुना' तपाईं को यो लेख कुनै उपन्यास बाट सावर त हैन ?????????
मन परे हरियो, नपरे रातो
0
0
I liked the use of local slang in the story.
मन परे हरियो, नपरे रातो
0
0
लुना जी, कथा यथार्थपरक छ | नारी मनोबिज्ञान र यौन कुण्ठालाई अमुर्त शैलीमा प्रस्तुत गर्नु भएको छ |
- याजेन
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद लुनाजी ।
मन परे हरियो, नपरे रातो
0
0
लुना जी कथा राम्रो छ . तपाइको सिरक ले त कता कता गर्मि पो होला जस्तो छ .
सिरक भित्रको न्यानो कसलाई पो थाहा नहोला र !
मन परे हरियो, नपरे रातो
0
0
नेपाली सामाजिक परिवेश लाइ सुन्दर तरिका ले उजागर गरिदिएको छ कथा ले! जीवन को अभिन्न स्वरूप लाइ यसरी प्रश्तुत गर्नुहुने लुना जी लाइ धेरै- धेरै धन्यबाद!! मर्मस्पर्शी छ कथा!!
मन परे हरियो, नपरे रातो
0
0
जति सुन्दर भाषिक प्रस्तुति छ; त्यति नै व्याकरणीय शुद्धता भइदिएको भए राम्रो हुनेथियो । जे होस् एउटा विधवाको मनोदशा राम्ररी प्रस्तुत गर्नुभएको छ; धन्यवाद लुनाजी ।
मन परे हरियो, नपरे रातो
0
0
लुनाजी कथा सार्है राम्रो छ
मन परे हरियो, नपरे रातो
0
0
Luna ji story ramro chha .baglung parbat tirako bolichaliko bhasa ak khalko mitho lagchha malai pani . lekhan saili ramro rahechha tapaiko.
मन परे हरियो, नपरे रातो
0
0
कस्ती नक्चारी आइमाई रैछे अर्काले नांगै नुहायको पनी घरी घरी हेरीराखने
मन परे हरियो, नपरे रातो
0
0
कथा प्रस्तुती राम्रो लाग्यो, ठेट बाग्लुगको
भाषाले बाग्लुगको सम्झना दिलायो, लुनाजी लाइ धन्यबाद |
प्रदीप बज्राचार्य
अमेरिका |
मन परे हरियो, नपरे रातो
0
0
सार्है राम्रो लाग्यो लुनाजी | बाग्लुंग तिरको भाषा लाई तपाइले राम्रो सित प्रस्तुत गर्नु भएको छ | छोरा ऋषिलाई माया गरेर रिखे भनेको भाषापनि मिठो लाग्यो | लेख्दै रहनु होला लुनाजी |
मन परे हरियो, नपरे रातो
0
0
यथार्थ जीवन कहानीसंग एकदम मिल्दो जुल्दो छ लेख| जीवन भनेकै यस्तै रहेछ – सबै कुराको सन्तुलन हुनु पर्ने, तर एउटा न एउटा अवयव चाहिं सधै कमी! भौतिक, मानसिक, जैविक….
मन परे हरियो, नपरे रातो
0
0
Luna ji,
Tapaiko story ma quality chha good job keep it up.
Bishnu Khadka.
U S A.
मन परे हरियो, नपरे रातो
0
0
लुना जी,
सिरक र हली दाई को माध्यम बाट महिला हरु को यौन चाहना अनि यसको जबर्जती दमन को मनोबैगायनिक पाटो लाई लेखकले राम्रो संग प्रस्तुत GARNU भयको छ./
सुभकामना आउदा दिनहरु को लागि/
मन परे हरियो, नपरे रातो
0
0
कथाको मर्म र मनोबिज्ञानात्मक बिस्लेसन को भावमा , यो लेख उच्च छ है
मन परे हरियो, नपरे रातो
0
0
लुनाजिको कथा लेखन राम्रो लाग्यो,काल्पनिक भए पनि मानिसमा मन भित्र उर्लने प्रबेग को यथार्थ चित्रण गरिएको छ धन्यबाद लुना जी
मन परे हरियो, नपरे रातो
0
0
कथा ठिकै छ। पश्चिम नेपालको बाग्लुङ जिल्लातिरको बोलीचालीको भाषालाई जस्ताको तस्तै पस्किने प्रयास गर्नु भएको रहेछ। प्रयास राम्रो लाग्यो।
मन परे हरियो, नपरे रातो
0
0
लुना मैया कथा लेखना खोज्योउ राम्रै छ तर सोझो गुरुङ भनेर किन गुरुङ पात्र नै रोज्योउ कतै तिम्रो कुनै गुरुङ संग इलु इलु छकि ?
मन परे हरियो, नपरे रातो
0
0
राम्रो छ
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लग्यो तपाइको कथा लुना ji
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लग्यो ठिक छ सजिलो नै रहिछ.
मन परे हरियो, नपरे रातो
0
0
केटी ले जे गरेपनी ,जस्तो झुर लेखेपनी सबैले तारिफ नै गर्छन भन्ने कुरा प्रूफ भयो आज, मलाई यो लेख मा केही पनि राम्रो लागेन । यस्तो काहानी हरु सानै देखि सुन्दै सुन्दै दिक्क वाक्क भैसकेछु । लुना जी सबैले तपाईंको लेखको सराहना गरेका छन् तर मेरो सल्लाह मान्नुस अरको पल्ट देखि फेरी यस्तो घिसे पिटेको लेख न लेख्ननु होला । आसा छ तपाईं बुझ्नु हुनेछ, ,, धन्यवाद !
शमी , कतार ,
मन परे हरियो, नपरे रातो
0
0
Shamijee तपाइको विचार मलाई सार्है घटिया लाग्यो | कृपया यो भन्दा राम्रो लेख/कथा तपाइले माईसंसारमा राख्नु हुन्छा कि???
मन परे हरियो, नपरे रातो
0
0
Keep it up.
मन परे हरियो, नपरे रातो
0
0
सामाजिक परिबेस मा यौन लाइ मिसाएर आज को सनिबार यहाले पस्कनु भएको भोजन माइ संसार मा धेरैले खाने मौका पाए , नया बुहारीले बि यम सी मसला मिलाएर पकाएको मासु भन्दा मिठो |
मन परे हरियो, नपरे रातो
0
0
राम्रो छ लुना जी धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
कथा निकै रोमान्चक लाग्यो पढ्नलाई मज्जा आउने! अनि तेसपछी के भयो त्यो पनि लेख्नु न लुना जी!
मन परे हरियो, नपरे रातो
0
0
ताई न तुई
मन परे हरियो, नपरे रातो
0
0
कथा बास्तबिकता संग मेल खाने सेउसी सेउसी रैच लुना जी |
मन परे हरियो, नपरे रातो
0
0
हृदय स्पर्शी छ, धन्यबाद | लुना!
मन परे हरियो, नपरे रातो
0
0
लेख त क्या सेउसी रच हो लुना जी| अरम अरम लाग्यो नि मलाई नि|
मन परे हरियो, नपरे रातो
0
0
हृदयस्पर्शी छ |धन्येबाद लुना !
मन परे हरियो, नपरे रातो
0
0
लुनाजी हृदयस्पर्शी कथा सुनाउनु भो, तेस्तै घटना ४ बर्ष पहिले मेरो गाउँमापनि यस्तै भएको थियों | उस्को याद आयो |
मन परे हरियो, नपरे रातो
0
0
लुना जी हृदयस्प्रर्शी कथा सुनाउनुभो, तेस्तै घटना ४ बर्ष पहिले मेरो गाउँमापनि भएको थियों | उस्को याद गराउनु भो |
मन परे हरियो, नपरे रातो
0
0
unlai sahyog garam na ta mitra ke garea hun6.
मन परे हरियो, नपरे रातो
0
0
मलाई पनि राम्रो लाग्यो यार लुना दिदीको कथा……..
मन परे हरियो, नपरे रातो
0
0
राम्रो छ लुना जी तपाइको कथा पनि. येस्तई कथा र कबिता लेख्दै जानु होला येही मेरो शुभ कामना छ हजुर लाइ.
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो छ.
मन परे हरियो, नपरे रातो
0
0
Enter text right here!
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लाग्यो,प्रयास जारि रहोस
मन परे हरियो, नपरे रातो
0
0
२४ वर्ष कै उमेरमा पुछिएको थियो राधाको सिउँदोको सिन्दुर। दुई वर्षको काखे बालक ॠषिलाई काखमा लिएर कति आँशु बगाइन् उनले त्यसको के लेखाजोखा ! साउनमा उर्लेर हिउँदमा थाकेको नारायणी झैँ रुँदारुँदै सुक्थ्यो उनको आँशु।
मन परे हरियो, नपरे रातो
0
0
कस्तो राम्रो कथा पढदा पढ्दै समाप्त भएको थाहै भएन कस्तो भाबुक कथा अनि मार्मिक कथा धेरै राम्रो लाग्यो |
मन परे हरियो, नपरे रातो
0
0
लुना जि राम्रो तंपाइको कविता मात्र हेरेको थियो तर अाज कथा पनि पढ्नु पाए त्यसको लागि धन्यबाद,
कथाको भाव निकै राम्रो थियो भने पश्चिमेली छन्दमा केही शव्दहरू अलि बुझनु गह्रो भयो,
मन परे हरियो, नपरे रातो
0
0
कथा अति राम्रो छ त्यस को लागि लेखक लुना जी लाइ धन्न्यबाद छ. यस्तै samaya सापेक्ष्य कथा हरि भबिस्य मा पनि आउनेछन हामि आशाबादी छौ /
मन परे हरियो, नपरे रातो
0
0
आज फेरी पुरानो बग्लुंगे साथी को याद आयो मलाई त ,,,,,,,, बग्लुंगे भाषा ले गर्दा
मन परे हरियो, नपरे रातो
0
0
कथा मन पर्यो तर लुना जी,
मन परे हरियो, नपरे रातो
0
0
के तर ? छाला निको छैन जस्तो छ नि ?
मन परे हरियो, नपरे रातो
0
0
लुनाजी सार्है मार्मिक बिषयबस्तु मा कथा लेख्नु भएको छ, र त्यसमा जुन तपाइले " दैबको खेला यस्तै रहेछ बाबै" भनेर सम्झाउने हरुको मनमा भित्रि डर लुकेको थियो कि राधा ले बाटो बिराउली भन्ने कुरा चाहिँ सार्है नै लायो मेरो मनमा /
मन परे हरियो, नपरे रातो
0
0
कथाको शिरसक "सिरक" को सट्टा "तरङ्ग" राखे कसो होला?
मन परे हरियो, नपरे रातो
0
0
Even in Baglunge Accent (so labeled by this author) "taranga" does not mean "sirak" but "karange" means "mattress"…. I have no idea how does your idea of "taranga" fits in this context.
मन परे हरियो, नपरे रातो
0
0
Agree with aalok. Tarang does not make any sense at all. Sirak is the best title based on the story.
मन परे हरियो, नपरे रातो
0
0
बास्तबिकतालाई कथामा उतार्ने प्रयास सारै राम्रो छ, तपाइले खिच्ने तस्बिर जस्तै सुन्दर छ कथा पनि, पुर्णबिराम नलागोस्, मेरो कामना………
मन परे हरियो, नपरे रातो
0
0
साची भने हो भने लुना दिजुले आइमाई को मर्म लै बुझेर यो कथा लेखनु भय जस्तो लागो मलाई | यो मनोबिज्ञान मा समेत आधारित ६ तेसै ले यो प्रयास लाई धन्यबाद भनु पर्द६ |
मन परे हरियो, नपरे रातो
0
0
pradip dada ko comment sarai nai ramro lago aani luna didi ko lekai ko pani ma prasansa gar da chu
मन परे हरियो, नपरे रातो
0
0
comment paderai chitta bujhyo. pachi time milayera lekh padnuparla.
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लाग्यो किनकि यसमा पश्चिम को ठेट भाषा पनि प्रयोग गर्नु भयकोले अझै मलाई त रमाइलो लागो
मन परे हरियो, नपरे रातो
0
0
.तर त्यो बहस गर्दा आफुलाई के राधा को ठाउमा राखेर सोच्न सक्ने साहस हामीले नेपाली समाजमा कहिल्यै गर्न हिम्मत जुटाउन सक्छौ होला त??????????????????
मन परे हरियो, नपरे रातो
0
0
यो भन्दा पछाडिको बारेमा सोच्न लै हामीहरुको समाज अनि हाम्रै मानसपटलमा जरो गाडेर रहेको सोच्ने तरिकालाइ परिवर्तन गर्न उपयुक्त छ कि छैन भन्ने ओटा बहस को सुरुवातको पनि अवास्कता होला
मन परे हरियो, नपरे रातो
0
0
एक चोतिको मानिसको चोला लिएर यस धर्ति मा आएका नारीहरुले यस्तो बलिदानी दिनु कति सम्म जायज हो र
मन परे हरियो, नपरे रातो
0
0
धेरै पछि तपाई को लेख पडन पाइयो | धेरै राम्रो लाग्यो अजै पनि पछि सम्म पडन पाउ
लुना जी !
मन परे हरियो, नपरे रातो
0
0
साच्है नै मन छुने कथा रे छ. धेरै दिदि बहिनीको बास्तविकता पनि हो यो. कति नेपाली चेलीहरु आफ्नो लागि भन्दा पनि समाजको लागि बाचिरहेका छन्.
मन परे हरियो, नपरे रातो
0
0
कथा सारै मन छुने खालको छ मलाई त सारै मन पर्यो यो एउटा विधवा को इच्छा र आकांच्या लाई सचित्रण गरिएको भाव दरसिएको छ येस्मा | धन्येबाद लुना तिमि लाई !!!!!
मन परे हरियो, नपरे रातो
0
0
शब्द चयेन राम्रो छ । यथार्थपरक र सलल बगेको छ कथा । मौलिक भाषा प्रयोग गरेको राम्रो छ ।
मन परे हरियो, नपरे रातो
0
0
I liked the story of Radha. many thanks for Luna ji.
मन परे हरियो, नपरे रातो
0
0
कथा राम्रो छ, साधारण नेपाली बोलीचालीको प्रयोगले कथामा वास्तविकताको बोध हुन्छ तर अन्त्यमा चै मलाई के नमिलेको जस्तो, कथाको समापन कथाको बीचमै भए जस्तो लाग्यो.
मन परे हरियो, नपरे रातो
0
0
राम्रो कथा !!
एकल महिला को आत्मा कथा !!!:$
मन परे हरियो, नपरे रातो
0
0
ramro lekh ……..
nepali samaj ma nari haru ley behernoo pari raya ko aauta pida sanga sambandhit lekh
aati ramro lagyoo .
मन परे हरियो, नपरे रातो
0
0
कथा साधारण तर लेखक ले यौन अबिब्यक्त प्रति देखाएको चाहना ले हरेक नारि को सीमारेखा लाई कहिले कहिँ नराम्ररी मिची दिन्छ, यो ध्रुब सत्य कुरा अभिव्यक्त गर्ने लुना जी लाई धन्यबाद !
चन्द्र गुरुङ
मन परे हरियो, नपरे रातो
0
0
कथा कथा जस्तै,
मन परे हरियो, नपरे रातो
0
0
luna jee thanks for story
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लागो !!!;)
मन परे हरियो, नपरे रातो
0
0
ल बिस्मिर्ती जी तपाई लाई meri luna diju को कथा मात्र राम्रो लागो | diju को comment garne tari क को पनि sabai ले prasansa garda छन् | luna diju तपाई लाई यो मेरो को bhai भने lage को होला तर mai ले bastab mai तपाई लाई meri diju mane को छु |
m pradip दाहाल
ompradip1983@live.com
हाल malesiya klang
ph no:0102797055
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो कथा लेखानुहुदो रहेछ लुना जी धन्यबाद . लेख्दै जानुस पहिला को भन्दा निकै निखार आउदै छ तपाइको लेख मा !!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
तपाइको प्रसंसा नगरे अन्न्याया हुन्छ आज| बधाई छ लुना जी, अंतरात्मा छोयो तपाई को लेखले|
मन परे हरियो, नपरे रातो
0
0
कथा राम्रो लागों,
तर मा पनि गैंडाकोट को ने हु, कतै लुना पनि गैंडाकोट को त होइन ? ???????
बिष्णु काप्री
सिड्नी
मन परे हरियो, नपरे रातो
0
0
सारै भावनात्मक कथा !!! लुना जी को त म फ्यान भय आज देखी .
मन परे हरियो, नपरे रातो
0
0
nice
मन परे हरियो, नपरे रातो
0
0
baglunge parako local bhasako prayog kati ramailo lagyo….baglunge parako local bhasako prayog kati ramailo lagyo….dherai dherai chanyebad luna ji..:)
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो कथा लेखानुहुदो रहेछ लुना जी धन्यबाद . लेख्दै जानुस पहिला को भन्दा निकै निखार आउदै छ तपाइको लेख मा
मन परे हरियो, नपरे रातो
0
0
अति राम्रो कथा! मन छुन्छ बुझ्नेको!
मन परे हरियो, नपरे रातो
0
0
कहानी ठिकै लाग्यो , कता हो कता आहा भन्न चै सकिन मैले त , तै पनि लुनाजी को प्रयासलाई धन्यबाद /
मन परे हरियो, नपरे रातो
0
0
आहा भन्न नसक्नु को केहि कारण हरु छन् कि दिनेश सर?
मन परे हरियो, नपरे रातो
0
0
लुना जी को लेख एकदम राम्रो लाग्यो, मलाई लुनाको लेख मात्र होइन. उनले लेखेको कमेन्ट पनि राम्रो लाग्छ लुना जी लेख लाइ निरन्तरता दिनु होला. धन्यबाद .
मन परे हरियो, नपरे रातो
0
0
dherai ramro
मन परे हरियो, नपरे रातो
0
0
aati nai ramro lekh luna diju
hajur ko lekhi ko ma mukta kanth le prasansa garda chu..
pradip dahal
ompradip1983@live.com
मन परे हरियो, नपरे रातो
0
0
ल लुना दीजु हजुरको यो लेख अतिनै राम्रो लागो मलाई | आउदा दिनमा पनि हजुरका येस्ता
लेख रचना हेर्न पाउने आसा गर्द छू|
प्रदिप दाहाल
हाल मलेसिया कलांग मेरु
मन परे हरियो, नपरे रातो
0
0
कथा धेरै राम्रो छ
लेखक ज्युलाइ
कोटि कोटि
धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
भावात्मक लेख, कयौं बास्तबिकतासंग मेल खाने लेख, एक छ्णको लागी त सबै कुरा भुलेर यसैको बारेमा हराउने लेख धेरैनै राम्रो छ | यो लेखले हरेकको मनमा एकचोटी बल्छी भने पक्कै पनि हानेको हुनु पर्छ | धन्यबाद लुना जी लेखको लागी |
मन परे हरियो, नपरे रातो
0
0
लुना जी !!
लेख राम्रो छ !!! हाम्रो देश का अधिकांस एकल महिला हरुको वास्तविक जीवन को ज्वालान्त उदाहरण बो के को यो लेख औधी मन परों ! लेख सम्वेदनसिल छ !!
मन परे हरियो, नपरे रातो
0
0
really kura गर्नु भयो नि त i like it yesto नै hunnacha नि मानिस को life मा
मन परे हरियो, नपरे रातो
0
0
sure
मन परे हरियो, नपरे रातो
0
0
कति ramro कथा हो लुना जी बिचरि राधा को योबन्
मन परे हरियो, नपरे रातो
0
0
kaकथाको अन्तिम पाटो चै रमैलाई बनाहो लुना ले कथाकार को कथाकिपन्मा बिसिस्ताता नभएपनि लेखाकिपनाको हामि प्रसंसा गर्छु!!
मन परे हरियो, नपरे रातो
0
0
कत्ति राम्रो कथा लुना जी .
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लाग्यो लुनाको कथा ! यही मैकामा एक दुईवटा पश्चिमे लवज पनि सिकियो । धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
विस्मृति जी,
म ओर्जिनल पोखरेली मगरको छोरा भएपनि मलाई पुर्बेली लवज सिक्नुको लागी कुनै पुर्बेली लेखलाई आधार चाहिँ बनाउनु परेन है | तर तपाई पूर्व हो कि उत्तर हो त्यो भने थाहा भएन |
मन परे हरियो, नपरे रातो
0
0
तपाई जत्तिको क्षमतावान जान्ने म कहाँ परे र ? म त नजानेको नथापाको को कुरा थाहा छैन जान्दिन भन्न केही नि लाज मान्दिन ।
मन परे हरियो, नपरे रातो
0
0
सबै कुरा मिलाई जुलाई भन्नु पर्दा बिस्राम त अति नै सजिलो चालले मार्नु भयो | तर म पश्छिमको पोखरेली नाता बाट मलाइनै सर्माउनु पर्ने जस्तो भयो | स्वागत छ तपाइको स्तरीय सोचको लागी |
मन परे हरियो, नपरे रातो
0
0