आन्दोलनको मौसम छ, सिंहदरबार छिर्न नदिने माओवादीहरुले कार्यक्रम बनाएका छन् भनेर चाहिँ हैन है। तर नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सगरमाथामा बस्न लागेको चाहिँ पक्कै हो। सगरमाथा भन्नाले फेरि सगरमाथाको टुप्पो मै चाहिँ हैन नि। त्यहाँ त शेर्पाहरुले बोकेर लगे मात्र हो, गाडी जाँदैन। गाडी बीच बाटोमा रोकियो भने त झ्याम कि झ्याम शिशा फुटाल्ने मन्त्रीहरु छन् यो सरकारमा। कुन शेर्पाले आँट गर्ला र बोकेर लाने ! मन्त्रिपरिषद्को बैठक चाहिँ सगरमाथा आधार शिविरमा बस्न लागेको हो। त्यसका लागि एउटा विशेष विमानले सबै मन्त्रीहरुलाई बोकेर सगरमाथा आधार शिविर पुर्याउने छ। अनि त्यहीँ कुनै ठाउँमा बस्नेछ बैठक। नेपालको इतिहासमा एउटा नयाँ कीर्तिमान राख्नेछ यसले।
फोटो सौजन्यः amd300466

ग्लोबल वार्मिङ अर्थात् जलवायु परिवर्तनबारे सन्देश दिनका लागि यसरी मन्त्रिपरिषद्को बैठक गर्न लागिएको रहेछ। जलवायु परिवर्तनका कारण नेपालका हिमाली भागमा हिउँ पग्लेर ठूलो परिवर्तन देखा परिसकेको छ। पहिले हिमाल चढ्नेहरुले हिउँ नै हिउँ देख्थे। अहिले हिउँ नै हुन्न रे। अझ आधार शिविरमा हिउँ पग्लेर तालैताल बनेका छन्।
अर्को महिना डेनमार्कको कोपनहेगनमा हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा सम्वद्ध राष्ट्रहरुको ध्यानाकर्षण गराउन यही महिना मन्त्रिपरिषद्को बैठक सगरमाथा आधार शिविरमा बस्न लागेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ। यसअघि माल्दिभ्सको मन्त्रिपरिषद्को बैठक पनि समुद्रमुनि बसेको थियो।
जलवायु परिवर्तनसम्बन्धी बैठकमा उपलब्धि होस् कि नहोस्, मन्त्रीहरुले भने सगरमाथा आधार शिविर घुम्न पाउने भए। बरु त्यतिन्जेल यो सरकार ढल्न त ढल्दैन होला नि !
No related posts.









In 2nd paragraph there is — ग्लोबल वार्मिङ अर्थात् जलवायु परिवर्तन. I think
ग्लोबल वार्मिङ is not synonymous to जलवायु परिवर्तन. As far as i know ग्लोबल वार्मिङ cause जलवायु परिवर्तन.
मन परे हरियो, नपरे रातो
0
0
नेता हरु सगरमाथा मा बैठक , अनि कार्यकर्ता हरु सडक मा टायर बाल्ने, त्यो टायर बाल्दा कति प्रदुसन हुन्छ , त्येस को लेखा जोखा पनि गर्ने हो कि ?
नकचरा भाते हरु को देश दुबौनी र आफ्नो भुडी भरनी दाउ !
मन परे हरियो, नपरे रातो
0
0
stupid ministers and politicians of Nepal.
मन परे हरियो, नपरे रातो
0
0
देशको ढुकुटी खर्च गरेर हाम्रो देश मात्र तातेर केहि हुनेवाला छैन सरोकारवाला ले भलो गरे भने संसार रहन्छ नत्र यस्तै हो जहिले सम्म चल्ने हो चलिरहन्छ ………
मन परे हरियो, नपरे रातो
0
0
Everybody has to consider this issue beyond the politics. This is an effective effort far better than million dollars campaign.
मन परे हरियो, नपरे रातो
0
0
लाला बाला बा भोक लागे भनेर रोएको देखेर आन्दोलनले गर्दा कमाउन जान नसकेको बाउ पनि रोए/ तर आन्दोलनकारिको जिन्दाबाद र मुर्दाबाद्को हल्लाले उनीहरुको क्रुन्दन कसैले सुनेन/
मन परे हरियो, नपरे रातो
0
0
मन्त्रि मण्डल जाने भए माओबादी हरु पनि जाने होला नि त कालो झन्डा देखाउन ? एउतै जहाज मा गए भो नि त देश को ढुकुटी को बिनाश गर्न
मन परे हरियो, नपरे रातो
0
0
पाण्डब माहाभारत जितेर मात्रै हिमालको बाटो स्वोर्ग गए// यी चुनाव हारेकाहरु त माओबादीले महाभारत को उदघोसन मात्रै गर्दा मन्त्रि को कुर्सि मात्रै होयिन मन्त्रि परिषद नै बोकेर उतै लागे/ स्वोर्ग पुग्लार यिनीहरु?
मन परे हरियो, नपरे रातो
0
0
नया तरिकाले जाने तर सरकारी ढुकुटी सिध्याउने भयो नि ………….
मन परे हरियो, नपरे रातो
0
0
नाटक मात्र गर्छन.. जनताका दुख को मतलब छैन.. सगरमाथा मा गएर नाटक गरेर पुब्लिसिटी गर्न खोजेका..सगरमाथा मा बैठक गर्दै मा पोल्लुशन हरौचा कि क्या हो!
मन परे हरियो, नपरे रातो
0
0
हैन कस्तो कमेन्ट हरु पत्र पुब्लिश गर्ने हो तपाई हरु ले?
मन परे हरियो, नपरे रातो
0
0
हैन क्या गजब छ , राम्रा राम्रा कमेन्ट मा पनि नेगटिभ मार्क छ नि के हो यो . जे होस् मन्त्रि हरु ले मोज गर्न पाउने भो यहि निहु मा
मन परे हरियो, नपरे रातो
0
0
जाजरकोटमा जनता हैजाले मरे,/ सुदुर पस्चिमान्चाल्मा बाढीको लपेटमा जनता फसे,/ दांगमा भारतले सिमा पनि मिचे, अबलाको अस्मिता पनि लुते अनि लखेतेपनि उल्टै भारतले तेसो गरेछैनन भने, अब सगरमाथा जानुको अर्थ के?
मन परे हरियो, नपरे रातो
0
0
मन्त्रि परिषद्को बैठक सिमा अतिक्रमण भएको ठाउँमा गर्न गएको भए यिनीहरु नेपालको समस्यामा गम्भीर भएको जनाउने हो, सगरमाथामा त आफ्नै मथिंगल चिसो पार्न मात्रै हो/
मन परे हरियो, नपरे रातो
0
0
जलबायु परिबर्तनको बैठक गर्ने मात्र होइन /एसको असर सम्बन्धि संदेश संसार भर फैलाउन सक्नु पर्दछ/अनि मात्र जलबायु परिबर्तन सम्बन्धि मन्त्रि परिसदको बैठक सार्थक हुनसक्छ/
मन परे हरियो, नपरे रातो
0
0
सब नखरा !!! तेतिका भातमारा मन्त्रि लाई लिएर सगरमाथा आधार सिबिर सम्म प्लेनमा लैजान , त्यहा होटेलमा बस्ने आदि इत्यादी खर्चले त पछिमतिर लागेको भोकमरी पिडितलाई अलिकति मात्र भए पनि राहत दिन सक्थ्यो होला / न त यी मुलाका यो बैठक ले कार्बन निकाल्ने मुख्य देश अमेरिका र चीनलाई दबाब पुग्ने ? ताई न तुई को काममा सरकारी ढुकुटीको लुट ….
मन परे हरियो, नपरे रातो
0
0
Why can not the government think of new idea instead of copying the idea of others?
Maldives' government held cabinet meeting under water to highlight the issue of global warming…
why don't they do something fruitful and resolve the current political deadlock..
मन परे हरियो, नपरे रातो
0
0
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेको यहि होला शायद |
मन परे हरियो, नपरे रातो
0
0
लुटेर खानको लागि बहाना चाहियको हो येस्ता उप्यिया र उडुस हरुले माखो मर्न सक्दैनन
मन परे हरियो, नपरे रातो
0
0
Kam kuro ekatira Kumlo boki thimi tira bhanne ukhanlai spashta gareko matra ho. Kahile nai kunai lacharpato lagaeko thiyo ra ahile chahi kehi lacharpato laucha. Sarba pratham ta Sabai jana milera Deshko bidyaman samasya mathi dhyanakarsan garau. Aru banki kura haru ko lagi banki dherai desharu chan jasko fursad pani cha ra srot pani cha, Tyasaile Natak haru chodau.
मन परे हरियो, नपरे रातो
0
0
सबै सरकार नै परिबर्तन गर्न कस्सिएका बेला जलबायु परिबर्तनको बैठकले के थेग्ला र ?
मन परे हरियो, नपरे रातो
0
0
|देशमा त्येस्तो अनिकाल परिसक्यो यिनीहरु चाही नाटक बढी यसै बैठकमा अरु भ्रस्ट नेताहरु पनि सम्मिलित गराएर त्येही हिउँ मुनि सब्बैलाई एक परेर गाड्न पाए देश अलि अगाडी बध्थ्योउ कि| rakesh
मन परे हरियो, नपरे रातो
0
0
LOL, they are going to be crazy. Spending lot of people's tax in doing such lavish way. Instead, they could have passed some proposal regarding that matter, so that tax paid by people could have been invested in some reasonable development process.
We don't support such decisions by the government.
मन परे हरियो, नपरे रातो
0
0
हैन हौ यो मुल्ला मन्त्रि हरु को कुनै काम छैन नि कसो ?????
मन परे हरियो, नपरे रातो
0
0
३ हाईलागेर बेशक्याप मन्त्रीहरु लर्ड शिव जस्तो हाई नहुनु यहिनै मेरो कामाना।
मन परे हरियो, नपरे रातो
0
0
१ प्रदुषणको विरोध गर्नलाई प्रदुषणमुक्त भएर आधार शिविरसम्म जाने आँट गरेको भए मान्थे तिनीहरुलाई। आखिर जाने भनेको प्लेनबाट तै हो। मिनिस्टर बोहराजीले सारा क्याबिनेटलाई आधार शिविरसम्म लादा हुने खर्चसँगसँगै उत्सर्जन हुने "कार्बन फूटप्रिन्ट" को लेखाजेखा सार्वजनिक गरिदिए आभारी हुने थिए। अब "लोहा लोहोको काट्ता है" भन्दै कार्बन उत्सर्जनको विरोध गर्न थप कार्बननै उत्सर्जन गर्न थालेको हो भने मेरो भन्नु केही छैन।
२ बुढीमाउ (पोलिटिक्ली गलत भए माफ पा'म) जसरी घुर्कि देखाउने पारा गर्नु भएन, अध्ययनले के भन्छ, आफ्नो माग के हो, सहयोग पाइ हालेको खण्डमा भवि योजना के छ – क्लियर पार्नु पर्यो। दरिद्र पाराले पैसा झार्न वातावरणीय मुद्दा फेरी नयाँ निहुँ नबनोस। पानामा गतिलो अंक गणित र अन्तर्राष्ट्रिय मञ्चमा नेगोसिएशन गर्न सक्ने औकात पनि बनाउन सक्नु पर्यो। ग्लोबल वार्मिङको हिमालमात्र पग्लेको छैन होला – त्यसबाट आर्थिक तथा समाजिक प्रभाव पनि परेका होलान। प्रभाव सबै पानामा प्रष्ट रुपमा प्रस्तुत गर्नु पर्यो।
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
म आफु वातावरण इन्जिनियरिंग पढ्ने विद्यार्थीले त अहिलेसम्म ग्लोबल वार्मिंगका जटिलताहरु बुझ्न सकेको छैन, त्यो झ्याम्म सिसा फुटाउने मन्त्रीहरुले के मिटिंग गर्ने होला सगरमाथामा, के संदेश दिने होला ?
मन परे हरियो, नपरे रातो
0
0
कसरि येति लामो प्रतिक्रिया गर्न सक्नु भयो सिकाई दिनुस्न/ हाम्रो त साढे दुई लाइन मात्रै लेखे पनि लामो भयो छोत्याउ भनि हुकुम आई हाल्छ/
मन परे हरियो, नपरे रातो
0
0
use Google Chrome
मन परे हरियो, नपरे रातो
0
0
ठिक भन्नु भयो । फेरी यत्रो पैसा खर्च गरेर देखाउन कै लागि EBC जानु जरुरी छ र ?
मन परे हरियो, नपरे रातो
0
0
त्यो बैठक मा जाने मन्त्रि हरु लै लाने प्लने दुर्घटना परेर सबै भ्रस्त्रचरीहरु मरे पछि यो देश ले कति सान्ति पाउला हे भगवान…….
मन परे हरियो, नपरे रातो
0
0
i totally agree with you. Let it happen, let's pray.
मन परे हरियो, नपरे रातो
0
0
It is better to think to stop burning tire, clean city and throw the garbages of the country in a appropriate place so that the country can prove it has contributed the environment to reduce the global warming. After that, it is better to think where to assemble the meeting of ministry.
मन परे हरियो, नपरे रातो
0
0
जलवायु परिवर्तनमा अमेरिका वा चीनजस्ता Greenhouse Gas उत्पादन गर्ने देशहरू जति जिम्मेवार छन्: हामी पनि त्यत्तिकै छौं । वनजंगल, जसले कार्बनडाइअक्साइन कम गर्न धेरै भूमिका खेल्छ, विनाश गरेर हामी स्वयम् पनि यो दुष्कर्ममा सहभागी छौ । त्यस्तै इन्धनद्वारा चाल्ने सवारी साधनहरूको वृद्धि पनि अर्को कारण हो ।
मन परे हरियो, नपरे रातो
0
0
वैज्ञानिक तथ्याङको आधारमा त्यो भन्न मिल्दैन पुष्पजी। एउटा कुरा ध्रुवसत्यको नजिक छ – नेपालले जतिनै चाहेर पनि हरितगृह ग्याँस उत्सर्जकको सूचीमा नोटिसेबल स्थान पाउन सक्दैन। अब आउँदो ५० बर्षमा "मनोजकमल" भन्ने मान्छे साच्चिकै प्रधानमन्त्री भएर चमत्कार गर्ने क्रममा विकासको साचिकै मूल फुटाउन थाले – ल नेपालले पनि प्रदुषण गर्न थालेछ भनिएला। तर त्यति बेलासम्म रिन्युएबल इनर्जीको बिगबिगी भैसक्ला।
माइण्ड नगर्नुस् – नेपाल प्रदुषणको विल्वोर्ड चार्टमा पर्नु भनेको कमिलाले हात्तीलाई "दुख्यो?" भनेर सोधेको जोक जस्तै हो। फेरी पनि no offences meant. we should be able agree to disagree!
मन परे हरियो, नपरे रातो
0
0
साला, नाटकको पनि हद हुन्छनी, जनताको रगत चुस्न अनेक तरिका र नोट*कि जानेको छ उडुसहरु अबत डस्नै जलाउनु पर्ला जस्तो छ यिनीहरु बाट छुटकारा पाउन
मन परे हरियो, नपरे रातो
0
0
I think it will be better if Madab's cabinet meeting is held in the Toilet of Ranta Park, it will be less expenses in government budget and it will be easy to watch for ever body.
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो घरमा दन्कि रहेको आगो निभाउन नसक्नेले संसारमा लागेको आगोको बारेमा ध्यानाकर्षण गर्न खोज्नु देशमा भैरहेको आन्दोलनको हेड लाइनलाइ क्षणिक समयको लागि भए पनि अन्तै मोड्न खोजेको त होइन ?
मन परे हरियो, नपरे रातो
0
0
it not good__
मन परे हरियो, नपरे रातो
0
0
पत्रिकाहरुमा नाम मात्र निकाल्ने रहर हो भने त जे गरे पनि भयो हैन भने देसमा यत्रो संकट चलिरहेको छ त्यता पो ध्यान दिनु पर्यो मन्त्रि हरुले!!
मन परे हरियो, नपरे रातो
0
0
अर्को तिर त्यत्रा जम्बो मन्त्रीलाई लाग्ने खर्च लाइ बिकट दुर्गम तिरका भोका पेट हरुले कति सराप्दो हो !
शन्देश नै दिन लाइ काठमाण्डौ बाटै पनि सम्भब थियो नि !
मन परे हरियो, नपरे रातो
0
0
अनि त्यत्रो मशाल जुलुश गर्ने इन्धन, दाउराले, कति नेपालीको चुलो बल्दो हो, त्यतिका धेरै मान्छे हरुले कति बाझो खेत खानिदो हो, कति मोटर बाटो बनिदो हो, केहि तथ्यांक छ कि मेरोसंसार विख्यात लुना दिदि संग?
मन परे हरियो, नपरे रातो
0
0
लुनाजी
के गर्ने हगी साढे दुई लाईन लेखे छोटो गर भनि हाल्छ/ तपायि लाई पनि गारै भयो तेस्तै मलाई पनि/ पत्ता लगाउन्स्न उपाए/
मदन बज्राचार्य
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
अनौठो नै हो !
ग्लोबल बर्मिंग अर्थात जलबायु परिबर्तन बारे शन्देश दिनका लागि त्यत्रो जहाजै
लिएर हिमाल पुग्दा लाग्ने इन्धन खर्च र
अनि त्यो इन्धन बाट पुत्पुत निस्कने धुबाले ग्लोबल बार्मिंग लाइ बढाउछ कि
घतौछा ?
मन परे हरियो, नपरे रातो
0
0
बरु जम्बो मन्त्रीहरुको हिमाल भ्रमण भनेको भए कुरा बेग्लै हुन्थियो . तर यसरि अजब-गजब को नाटक गर्दा जहाज बाट पुत्पुत निस्कने धुबालाई पहाडी – हिमाली स्वच्छ बाताबरण ले कति सराप्दो हो !
मन परे हरियो, नपरे रातो
0
0
लुना जी, तपाइको कमेन्ट पढेर एउटा उखान याद आयो
"खाए सकिन्छ…दिसा गरे मरिन्छ.."
विश्व चेतना जगाउने मामलामा व्यापारिक तरिकाले हिसाब गरिदैन….!
जस्तो कि एल गोरले बनाएको ग्लोबल वार्मिंग समन्धी फिलिमको (एन इन्कोंवेनिएंट ट्रुथ) को प्रोमोशन को लागि उ चर्तेड बिमान मा पुरा टोलि को साथ देश-विदेश हिड्थ्यो तर उसले दिएको संदेश बाट ग्लोबल वार्मिंग मा कमि आएको बिस्वास गरेर नै उसलाई पुरकार हरु दियिएको थियो !
मन परे हरियो, नपरे रातो
0
0
हुन चाहि के हो तर नेपाली सम्पति सक्न लाई यस्तो गरेको हो .
मन परे हरियो, नपरे रातो
0
0
herdai jau k huncha haina ta ahile sama hererai basiya cha!!
मन परे हरियो, नपरे रातो
0
0
i really appreciate the idea of nepal Government.
मन परे हरियो, नपरे रातो
0
0
यिनीहरुले कस्तो निर्णये लिन्छ सबैले बुझेकै कुरो हो तर यिनिहरुko देसको सम्पति लुट्ने लुटाउने तरिका अनेक छ/
मन परे हरियो, नपरे रातो
0
0
बैठक बसेर मात्र केहि हुने वाला छैन , नेपाल सरकार , नेपालमा कार्यरत वाताबरण र जलवायु सम्भंधित संस्थाहरु एबम सम्पूर्ण देशबाशी नै नलागे सम्म केहि ठोस उपलब्धि हुनेवाला छैन !
गोर्खा टाइगर
मन परे हरियो, नपरे रातो
0
0
,सगरमाथामा जाने भने पछी त सब जान्छन होला प्लेन चढेर जान पाय पछी तेहा मिटिंग क्यान्सिल गर्दैनन होला है त्यो गाडी फोर्ने मन्त्रि लाई चाही अलिक ख्याल राख्नु है फेरी प्लेन फोर्देली मोरीले
मन परे हरियो, नपरे रातो
0
0
एसमा चाहि अलि RISK छ है !
मन परे हरियो, नपरे रातो
0
0
Nautanki Sarkar ko Nautanki kaam…Haruwa leader ko cheruwa dau….hamro paisa lutera tiniharulai helicopter chadnu parne ramailo ko lagi??? Haina bhane, aaile la HARUWA haru le kati nai padheka chan ra environmental concern ko lagi!!
मन परे हरियो, नपरे रातो
0
0
नेताहरुलाई हिमाल हेर्न मन लगेर हो, अरु के हुन्थ्यो ?
-याजेन
मन परे हरियो, नपरे रातो
0
0
आ-आफ्नै स्वार्थ पुरा गर्न र कुर्ची बचाउन मात्र हो, यी नेताहरुलाई देशको माया कहाँ छ र! स्वार्थीहरुले स्वर्गमै बैठक बसे पनि केहि हुने वाला छैन, राष्ट्रको ढुकुटी रित्याउने मात्र हुन्, बैठक गरि निर्णय गर्ने कार्यन्वयन न गर्ने, अनि अर्को बैठक गर्ने भत्ता पचाउने बाहेक अरु केहि होइन.
मन परे हरियो, नपरे रातो
0
0
म लगातार केही दिन बाट हाम्रो सरकार को कोपन्हागेन्न सम्बेलन को agenda हेर्दै छु , न मन्त्रालय को website मा छ ,न कतै छ ,ठोस बैज्ञानिक तथ्य र आधार बिना को agenda छैनbhane ,Nepal can expect no thing from Copenhagen.
मन परे हरियो, नपरे रातो
0
0
Meeting ko nihule sarkari kharcha ma Everest herna jane bhayechhan bhad haru
मन परे हरियो, नपरे रातो
0
0
you are right suresh ji.malai chai yo kura sarai chittaa bujyou!!ho ni sarkari kharcha ma moj cha decission chai kahile kehi hunae hoina pheri meeting estagan vayo vanchan!!!!
मन परे हरियो, नपरे रातो
0
0
ठिकै हो ! गरेको खर्च र गरिने निर्णय महत्वपुर्ण छ.
मन परे हरियो, नपरे रातो
0
0
Few weeks ago i saw a news in BBC that said cabinet meeting of Maldivs is going to take place under water. The entire cabinet dived in the indian ocean. I think after reading that news Madhav Kumar Nepal might have taken this decision.
मन परे हरियो, नपरे रातो
0
0
yo baithak ma chai sabai mantri haru sahabagi hune chan . ani uni haru thutuno bata niskane cha bulanda aawas hami rastiyeta badi nepali hau nepal ko bartaman sankat pahichan gari samasya nirakaran garne chau " bhanera bakne chan , j hos plane chai chadne nai chan ,kata plane ko pani sisa po futaune hoki . tesai ta plane ko aabab cha nepal k thaha nepali mantri ta hun.
मन परे हरियो, नपरे रातो
0
0
जोजो जान्छ ठिकै छ नजानेलाई पनि निम्ता दिई दिई लानु पर्छ | एकै चिहान बनाउनलाई | हे नेपाल आमाका सपुत नेपाली विन्लादेंन आधार शिविरमा तिम्रो खाचो छ |
मन परे हरियो, नपरे रातो
0
0
बरु राजधानी पनि त्यतै सारे हुन्थ्यो, सबैलाई फाइदा हुन्थयो
मन परे हरियो, नपरे रातो
0
0
यो कुरो भने पुर्बेली लै मन पर्यो है साथी हो कि कसो ?
मन परे हरियो, नपरे रातो
0
0
यसरि सगरमाथाको आधार सिबिरमा प्लेनबाट जाँदा हाई लागेर मन्त्रि हरु सिद्धिन बेर लाग्दैन | के थाहा तिनीहरु लाई कति खत्तरा हुन्छ त्यसरी जाँदा |
मन परे हरियो, नपरे रातो
0
0
i wish if i were a pilot and flying my aircraft with those culprits.need not explain what i would do. but for sure i would do that.
मन परे हरियो, नपरे रातो
0
0
आखिर बैठकले के पो गर्ला र ! नेपालको बिग्रँदो स्थिति देखेर, कुर्सिको लागि मात्र राजनीति गर्ने मन्त्रीहरुको स्थिति देखेर, एकले अर्कोको खुट्टा तान्ने प्रवृति देखेर हाम्रो नेपालको कहिलै पनि बिर्सन नसकिने प्राकृतिक श्रोतहरुले पनि माया मार्न थाली सकेको छ | हिउँ पग्लने , चाहिने बेलामा वर्षा नहुने, खेतीबालीहरु राम्रो नहुने, बाढी, पहिरो देखि लिएर कयौं किसिमका घटनाहरु हुने | यी बिबित कारणले गर्दा नै होला अब नेपालबाट प्राकृतिक श्रोतहरुले बाई-बाई भन्ने बेला आएको जस्तो लाग्छ | छिटै ध्यान दिइयोस |
मन परे हरियो, नपरे रातो
0
0
bhamir thaapaajee
लौन हामीले किन साढे दुई लान भन्दा बढी लेखे भने धत् लामो भयो छोत्याउ भनि आई हाल्छ/ तपाईंले कसरि लेख्नु भयो सिकाउनुसं /
मन परे हरियो, नपरे रातो
0
0
madanman ji ,
' Internet Explorer ' हैन, ' Mozilla Firefox ' download गरेर यसैको द्वारा ' मेरो संसार ' खोल्ने गर्नु होला |
सायद प्रमेय जी ले यसको जानकारी पहिल्यै पनि गरिसक्नु भएको होला |
मन परे हरियो, नपरे रातो
0
0
अब कुनै कुरा पनि नेपालका लागि नौलो हुदैनन / खास नया नेपाल बन्न चाही कति समय पर्खनु पर्ने हो ? थाहा छैन /
मन परे हरियो, नपरे रातो
0
0
घोसणा, सभा, उद्घाटन, आयोग र प्रतिबेदन आदिको थाक लगाएर, पुराना संरचनाहरु भत्काएर नया-नया र असान्दर्भिक खालका कुराहरुको बिषय निकालेर ठुल-ठुला बखेडा निकाल्ने त अब नेपालको दिनचर्या नै भयो /
मन परे हरियो, नपरे रातो
0
0
काम छैन काज छैन, नौटंकी गर्यो बस्यो, जनताको काम केहि गर्नु पर्ने होइन क्यारे, नौटंकी गरे पुग्यो ,
मन परे हरियो, नपरे रातो
0
0
teso na bhanau na mitra kaam se kaam world bharai auta naya news ta hunchha
मन परे हरियो, नपरे रातो
0
0
राम्रै हो संदेश दिने किसिमले बैठक बस्न लागेको रहेछ तर बैठक बसेर मात्र हुदैन निकट हुन गैरहेको जलबायु परिवर्तन सम्बन्धि विश्व सम्मेलनमा नेपालको तर्फबाट उठाउनुपर्ने एजेन्डा तदारुप्का साथ उठाउनु पर्ने छ /नेपाल सरकार ले बिकसित राष्ट्रहरुले गरेको गरेको कार्य बाट जलबायुमा आएको परिवर्तनले गर्दा नेपाल मा परेको असर अनि त्यसको क्षतिपूर्ति लागि पनि आवाज तदारुप्का साथ उठाउनु पर्ने छ /काम त गरियोस तर गरिब निमुखा नेपाली जनता बाट तिरेको कर को दुरुपयोग नहोस //////
मन परे हरियो, नपरे रातो
0
0
ग्लोबल वार्मिंगको प्रभाव नेपालमा देखिनै सकेको छ, तेसैले जब सम्म अमेरिकाले carbon dioxide उत्पादनमा कटौती गर्दैन तब सम्म नेपाल सरकारले कुनै पनि बिदेशी नागरिकलाई सगरमाथा चडन बन्देज लाग्नु पर्छ जसले गर्दा सार संसारको ध्यान आकर्षण हुन्छ र अमेरिकालाई दबाब दिन सकियोस | आखिर पृथिवी त एउतै छ, हामी सबैलाई बचुनु नै छ, अमेरिकाको हितको लागि संसारलाई नै धोस्त त बन्नु भएन नि |
मन परे हरियो, नपरे रातो
0
0
तपाई संग पूर्ण सहमत ….हो तेसै गर्नु पर्छ
मन परे हरियो, नपरे रातो
0
0
हरुवाहरु सिंह दरवार जित्नेजती भित्तामा
सुर्य थापा, बबन सिङ, माकुने एउतै कित्तामा
मन परे हरियो, नपरे रातो
0
0
सरकारको एस्तो कुरामा चासो हुन लागेको एकदमै राम्रो कुरा हो तर यो देखावोti मात्र हो कि केहि गर्ने हिसाबले अघि बढेको छन् त्यो त हेर्ने बाकी छ| काठमाडौँ मा गर्यो भने काम खर्च हुन्छ भनेर.. ढुकुटी को खत्तम गर्ने केहि हैनन
मन परे हरियो, नपरे रातो
0
0
अनि तेहा चै बैठक बस्न माओबादी ले देलान र ??
मन परे हरियो, नपरे रातो
0
0
हो त है !
मन परे हरियो, नपरे रातो
0
0
हरुवा मन्त्रीहरुलाई जस्तो माओबादी हरुलाई हवाई सेवा उपलब्ध छैन, त्यस कारण अहिले तत्कालको लागी त्यो विमानको पछी लागेर जाने योजना भने रद्द गरिएको होला |
मन परे हरियो, नपरे रातो
0
0
वाइयात नाटक बन्द गर ,,,,,,,,,,,, जनता को कर को नास ,,,,
मन परे हरियो, नपरे रातो
0
0
यो नया किसिम को काम हो,एसले हुन् सक्छ भोलि ठुला ठुला अन्तरास्ट्रिय बाताबरणिय सम्मेलन त्यहा होस् र देस लाइ फा इ दा होस् |
हरुवा हरुको सरकार को यो काम येक्चोतिको लागि राम्रो नै हो |
मन परे हरियो, नपरे रातो
0
0