मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    हवाई नाकाबन्दी फिर्ता भएपछि मुठभेड टर्‍यो

    अहिलेसम्मका कुनै पनि आन्दोलनमा नभएको विमानस्थलसमेत बन्द गरी आन्दोलन गर्ने घोषणा माओवादीले गरेका कारण मुठभेड चर्कने खतरा बढेको थियो। हुन पनि विमानस्थल जस्तो संवेदनशील ठाउँमा आन्दोलनकारीहरु पसेर हेलिकप्टर, विमान कुनै पनि हवाई यातायात चल्न नदिने घोषणा सुन्दा नै डर लाग्ने खालको थियो। यसले अन्तर्राष्ट्रिय जगतमा दिने नकारात्मक सन्देश बेग्लै। सरकारले पनि सेना सतर्क गराएर, शान्ति सम्झौता भंग भइसकेको प्रतिक्रिया दिएर सबलाई तर्साइदिएको थियो। तर हिजो १२ देशका राजदूतहरु र कुटनीतिक प्रतिनिधिहरुसितको भेटपछि हवाई नाकाबन्दीको आन्दोलन फिर्ता हुनु र एमाले नेता केपी ओलीको घरमा हिजो राति भएको भोज वार्तापछि आएका विचारलाई हेर्दा दोस्रो चरणको आन्दोलनमा मुठभेड हुने खतरा तत्कालका लागि टरेको संकेत देखा परेको छ। यो आन्दोलन अब शक्तिका रुपमा मान्छे देखाउनेका रुपमा सीमित हुने भएको छ।

    सरकारले मुख्यगरी नाकाबन्दी र स्वायत्त गणराज्य घोषणालाई लिएर आपत्ति जनाएको थियो। चीन, भारत, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापान लगायत १२ देशका राजदूत र कुटनीतिक प्रतिनिधिहरुसितको भेटमा हवाई नाकाबन्दीलाई फिर्ता लिन गरिएको अनुरोधलाई स्वीकार्दै माओवादी केन्द्रीय पदाधिकारीहरुको हिजै राति बसेको बैठकले हवाई नाकाबन्दी फिर्ता लियो। योसँगै यो चरणको आन्दोलनमा घोषणा गरिएको सबैभन्दा डरलाग्दो र मुठभेड निम्तिन सक्ने क्षण टरेको छ।

    त्यसो त उनीहरुले हवाई नाका मात्रै बन्द नगर्ने घोषणा गरेका हुन्। त्यो दिन अर्थात् मंगलबार सडक नाका बन्द भने उनीहरुले फिर्ता गरेका छैनन्। काठमाडौँ उपत्यका छिर्ने नाकाहरु बन्द गर्ने क्रममा मुठभेडको संभावना छ। तर त्यो दिन माओवादीहरुले गाडीका शिशा फोर्ने, जलाउने काम नगरेर अस्ति नै स्थानीय निकाय घेर्दा जस्तो हुलका हुल मान्छे जम्मा भएर सडक बन्द हुने गरी नाचगान मात्रै गरे भने त्यहाँ पनि मुठभेडको खतरा टर्नेछ। किनभने प्रहरी प्रमुखले पनि यो आन्दोलन राजनीतिक भएकोले संयमित रहन र जनधनको क्षति हुने अवस्थामा बाहेक अनावश्यक बढी बल नदेखाउन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएको खबर पत्रपत्रिकामा आएको छ।

    ढुंगा हान्ने र टायर हान्ने हात यसरी नाचगानमा प्रयोग हुने हो भने मुठभेड हुँदै हुन्न नि !

    सोमबार स्वायत्त गणराज्य घोषणाको माओवादी कार्यक्रमलाई सरकारले शान्ति सम्झौता विपरीतको र संविधान सभाको क्षेत्राधिकार उल्लंघन गर्ने भनेको छ। तर राजदूतहरुसितको भेटपछि नाकाबन्दी फिर्ता लिन बसेको बैठकलगत्तै प्रचण्डले पत्रकारहरुलाई भने, सरकारले अनावश्यक हल्ला गरेको छ। त्यो त प्रचारात्मक र सांकेतिक कार्यक्रम मात्रै हो। अहिलेसम्म कुनै दलले संघीय संरचना सार्वजनिक नगरेकाले दबाब दिनलाई मात्र त्यसो गरेका हौँ।

    यदि त्यस्तै हो भने त्यो दिन पनि मुठभेड टर्ने भयो। कसैले सांकेतिक भन्दै साइनबोर्ड मात्रै टाँग्दा हस्तक्षेप हुँदैन होला। सांकेतिक रुपमा पनि गर्न पाइँदैन भन्दै हस्तक्षेप भयो भने मात्र त्यो दिन मुठभेड हुने देखिन्छ।

    आन्दोलनको दोस्रो चरणको अन्तिम कार्यक्रम अर्को हप्ताको बिहीबार र शुक्रबार सिंहदरबार घेरेर कसैलाई भित्र छिर्न नदिने कार्यक्रम छ। यसमा मुठभेडको संभावना छ। तर पनि माओवादीले त्यो दिन ढुंगा हान्ने, टायर जलाउने काम नगरी उसले भने जस्तो लाखको संख्यामा मान्छे ल्याएर घेर्‍यो मात्र भने त्यहाँ पनि मुठभेड नहुन सक्छ। सिंहदरबार जुलुस प्रदर्शन गर्न निषेधित क्षेत्र भने हो। सुरक्षाकर्मीलाई अवरोध हटाउनै पर्ने आदेश भयो भने र त्यसलाई प्रतिकार गरी घेर्नै पर्ने आदेश माओवादीलाई भयो भने मात्र मुठभेड हुने निश्चित छ। तर अहिलेको स्थितिलाई हेर्दा दुवैलाई मुठभेडमा गएर फाइदा छैन भन्ने भान भएको देखिन्छ। त्यसैले त्यो दिन पनि दिनभर सिंहदरबार अगाडि माओवादीहरुले नाचगान गरे अचम्म मान्नुपर्ने छैन।

    रह्यो कुरा बजेटको, बजेट पास गर्ने विषयमा माओवादी सकारात्मक भएको भनी हिजो राति केपी ओलीको भोज खान गएका तीन दलका शीर्ष नेताहरुले भनेका छन्। माओवादीलाई बजेट रोकेर केही हुनेवाला पनि छैन। माग पूरा नभएसम्म बजेट पास गर्न दिन्न भनेर माओवादीले अहिलेसम्म अडान लिएको देखिएको सुनिएको छैन। त्यसैले बजेट पनि संसदबाटै पास हुने लक्षण छ।

    सहमति खोज्ने सहमतिहरुका बीच आन्दोलन कसरी अगाडि बढ्छ, यसले कस्तो रुप लिन्छ, त्यो हेर्न बाँकी छ। आन्दोलनको कार्यक्रम अनुसार आज र भोलि दुई दिन जिल्ला प्रशासन कार्यालय घेर्ने कार्यक्रम छ। हेरौँ, आजको कार्यक्रम कस्तो हुनेछ।

    No related posts.

    80 comments to हवाई नाकाबन्दी फिर्ता भएपछि मुठभेड टर्‍यो

    • nabin

      अबको आन्दोलन चाही निर्णायक हुनुपर्छ गरिब जनताका छोरा धेरै मरिसके अब नेता हरु मर्नु पर्चा देश लाई चोर नेता हरु को रगत चाहिअको छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मदनमान जी !
      दुइ हरफ टपक्क टिपेर यहाँ राखिदिनु भयो कन्फ्युज नै हुने गरि !
      कुन बिसय प्रसंग मा बोलिएको कुरा हो त्यो प्रस्ट बुझ्न को लागि पुरै कुरा सुन्नु पर्ने हुन्छ जस्तो लाग्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मैले पनि बुझिन । कहाँ पढ्नु/सुन्नुभो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • puspjee
      धन्यबाद/भर्खरै बाबुरामले उनीहरुको आन्दोलनको अन्तिम लछ्ये सम्पति तथा राज्य संरचना उन्मुलन गरि देसमा सांस्कृतिक आनोलन गर्ने भन्नु भए बात अलि अलमलिए/ अर्थ के हो?
      मदन bajracharya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अहिले भने गज्जब भन्नुभो मदनजीले ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माकुने ले जवाफ दिनु पर्दैन किन कि त्यो त जन्सर्बोच्च्ताको उपहास हो/ तर माओबादीले जनतालाई सांचैनै नागरिक सरकारको अनुभूति दिने जान सर्बोच्चता को माग गरिरहेको हो भनेर? उनीहरुको बेबहार मा पनि संका गर्ने ठाउँ धेरै छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अहिले जनताले फालेको सुदले पालेको सरकार र माओबादी दुबैले जन सर्बोच्चताको दाबि तथा माग गरिरहेको छ/ उनीहरुको जन सर्बोच्चता र हामि जनताले चाहेको जनसर्बोच्च्ता येकैत हो?बुझ्नु जरुरि छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुजाता कुजाता र ऋषि धमला काखी च्यापेर जनमत लाई लात हानेर सुद देश पुज्नेहरुले नै संबिधान बनाउने हो भने त्यो संबिधान कस्तो होला सोच्न पनि कहाली लाग्दो छ/पहिला नागरिक मतको सरकार अनि संबिधान बन्नु पर्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नागरिक सर्बोच्चताको लागि जनताले बलिदान दिए तर दलहरुले दलिए सर्बोच्चता देसमा लादे/ नागरिक सर्बोच्चता मान्ने दलहरुले मात्र मिलेर संबिधान बनाउनु पर्छ/ नभए देसमा सुद-सर्बोच्चता को संबिधान बन्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अरब नाघेको जनतालाई पानि पिलाउन भारतको औकात छैन तेसैले जस्तै कस्तै विरोधीलाई पनि प्रशाये दिएर नेपालमा मात्र बिरोध को राजनीति गराएर नेपालको जल भण्डार कब्जामा लिने उसको नियेत बुझ्नु बुझे राम्रो/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दलिए स्वार्थ जब सम्म जनमतमा हाबी हुन्छ कुनैं कुनै पार्टीले बिरोध गरिहाल्छ तब मिलोमतोमा साशन गर्न पल्केकाहरु सिट अर्को तकरार भई हाल्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • natak garchan sabai politician haru sala nataki hun…..mukhma ram ram bagali ma chura hun hamra neta haruji sabai….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arjun Akheli Chhetry

      आन्दोलन त चाहियाकै छ नेपाल मा त्यो पनि माओबादी को नेतृत्वमा अति राम्रो छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lil

      yo maobadi apradhi haru le aanddolan garnu khali kursi lagi ho, satta ko khel, kunnai nagarik sarbochcha haina hai mitra haru, if you analyze carefully

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      Ahhaaaa!!!!!! kasto ramailo nacha nacha chham chham nacha …. khana pako chhadai chhau nachna payi haleu kina kam garnu paryo … jahile jaha nachana aawoo bhanchhau tehi jawo………….
      pachhi thaha pauchhau hamra neta haru bhaneka manchhe ko khol wodeko bwaso haru huna… tesaile aaphno kam gara nchana nahida

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • its just a bullshits!!!!! its never gonna stop… nepal situation is really poor..however its stop 4 now!!!!!!!!!! i really pray god frm inner core my heart that all bullshit politician will die soon so that nepal mother will breath in peace ….ohhh make its soon as possible…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreesh thapa

      अब गर्दा गर्दा सबै फिर्ता त लिनै पर्यो नि सक्ने भन्दा बढी आटेपछी…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माओबादीले हवाई नाकाबन्दी फिर्ता लिएर बुद्धि पुर्यायो, अझै सबै आन्दोलन फिर्ता लिई सबैसंग मिलेर संबिधान बनाउने तिर लागे कति राम्रो हुने थियो होला ? आन्दोलन गरेर जनतालाई भड्काउनु भन्दा शान्तिपूर्ण तरिकाले देशलाई नेतृत्व गरे कति उदाहरनिय हुने थियो? त्यसो गरेमा जनतालाई आऊ हाम्रो पछी लाग भन्नु पर्दैन, जनता आफै नै तिनको पछी लाग्ने छन् | माओबादीहरु अरु पार्टी भन्दा बढी राष्ट्रबादी छन् यसमा कुनै शंका छैन, तर मेरै गोरुको १२ टक्का भन्दै गरेमा जे पनि हुन सक्छ, साइनिंग पाथ र लिट्टेको जस्तो हालत हुन पनि असम्भव छैन | किनकि माओबादीलाई कार्यकर्ताले मात्रै साथ दिएर पुग्दैन, जनता र अन्तरराष्ट्रिय जगतले पनि साथ दिनु पर्छ, त्यो भनेको तिनीहरुले गर्ने व्यवहारमा भर पर्ने कुरा हो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बल्छी हाना हान, टाउको फोर फोर, ढुंगा हाना हान, कालो झन्डा, शान्ति(अशान्ति) जुलुस, शक्ति प्रदर्सन आदि इत्यादी हुने रैछन, मैले काम को व्यस्तता ले एती मात्र याद गर्न सके, आखिर मा धेरै बनि सक्या छन् पर्यायवाचीहरु.

      एती धेरै परिबर्तन हरु हुदा पनि, नेपाली शब्द कोषमा अझै किन नफेर्या होला? :-)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सहकार्य भन्ने शब्द को अर्थ हामी सर्बसाधारण लाई बेग्लै हुने रैछ( जुन तपाई हामीलाई थहा छ), तर हाम्रा इ बेस्या नेता हरु लाई एसको अर्थ भन्या: बन्द, बिरोध, जाम, हड्ताल, रोकटोक, बाधा अड्चन, रोस्टम घेराउ, को भन्दा को कम, खुट्टा ताना तान,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • th. raj barsin / ca.

      सधै बिदेसी प्रभु भनेर भन्ने प्रचण्ड को बोलीको ठेगान भयन यहि हो मोअबदी पार्टी को अपरिपक्क नीति……हचुवाको भरमा निर्णय को राजनीति….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      air port nakabandi firta leyera ramro gare.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • prabudha

        साथी एरपोर्ट बन्द फिर्ता लियर त राम्रै गरेका हुन् कमरेड प्रचण्ड ले तर सोच्नुस त कति नेपाली जनता ले एरपोर्ट प्रयोग गर्छन जे होस् हाम्रा नेता कसका लागि राजनित गर्छन भन्ने यो एरपोर्ट बन्द फिर्ता बाटनैथाहा हुन्छ | उनि हरु लाई प्रभु हरु प्रति चिन्ता छ अनि देसका धनिहरु प्रति चिन्ता छ जो नेपाली जनताको रगत चुसेर हवाई यात्रा गर्छन| अनि देस का ठुलो हिस्सा ले प्रयोग गर्ने दैनिक क्रियाकलाप मा नाकाबन्दी कस्तो दोधरेनिती? एरपोर्ट जुन मान्यता बाट फिर्ता भो कृपया हाम्रा आदरणीय नेता हरु का प्रभु फेरी एक पटक आफ्ना भक्त हरु लाई अरु आन्दोलन पनि फिर्ता ले भनन किनकि हाम्रा नेता हरु जनता को भन्दा तिमि प्रभु कै आदेस मान्न आतुर छन् |

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jasari bhaye pani santi bahali huna paryo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yog

      जे हुँदै छ राम्रो नै हुँदै छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sapkota hari

      I think UNMIN is clearly watching to the acts of all the political parties.
      The Maiosts, to some extent are patient but they shouldn't cross the order of law & shouldn't hinder entering to the offices by which publics are directly affected by their acts.
      Peace agitation should always be accepted by the govt. & we hope they're doing so.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भोज खाएर मोज गरे सबै कुरा मिल्ने रहेछ,आऊ के पी,प्रचण्ड,गिरिजा,संबिधान नलेखुन्जेल झगडा गर्दैनौ भने म पनि एउटा भोज खुवाउछु तिमिहरुलाई(गुन्द्रुक,मकैको भात र टमाटरको अचार) नपचेर पखाला लागि सुते पछी झगडा कसरि गर्छौ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himalee

      नेपाली नेताहरु सबै नै बाग्मतीमा बगाएर, धोबी खोलामा खोज्नु लायक का छन्/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jiv apa

      Cool man u r enjoying ….do what ever u want … give pain to all … u r just good …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माकुने लाई देशको माया छ भने राजिनामा दे—————

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himalee

      "देश र जनताको पिडालाइ आत्मसाथ गरेर माओबादीले आन्दोलन गरेको रे" ,
      फोटो हेरन कस्तो अंतरात्मा देखि नै हासेको, यस्ताहरुले देश र जनताको पिडा अनुभूत गरेको होलान त? Body Language ले पनि धेरै कुरा देखाउछ नि /
      जय नेपाल
      हिमाली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreesh thapa

      सान दिएर विमानस्थल बन्द गर्ने कुचेस्ता गरेका मावोबादिले केहि नेपर्न सक्ने थिएन यो त यौटा धम्कि मात्र हो कसरि तिनीहरुलाई घाडो यो विमानस्थल बन्द गर्ने कार्यक्रम स्थगित गर्न सकिन्छ भन्ने तिर लागेका मावोबादिले ठिकै भयो भन्ने लागेको छ अहिले अब जहाँ सम्म जनता उतार्ने कुरा छ त्यो सबै वैघट नै हो……रमाइलो गरि जनता उतार्यो भने औलन नत्र मुठभेड को सिर्जना भयो भने कोहि पनि औदैना यो ठोकुवा हो किन कि जनतालाई मुठभेत होइन शान्ति चाहियोको छ ……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himalee

      आफ्नै जनताले भनेको त के मान्थे नि , बिदेशीहरुले भनेको त खुरुक्क मान्दा रहेछन, हुन् पनि जनता प्रति उत्तरदायित्व भयेकोहरु भए पो, सबै त्येस्तै हो जनता र देश को लागि गर्ने नेता आजसम्म नेपालमा जन्मेकै छैन /
      जय नेपाल
      हिमाली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विमानस्थलजस्तो ठाउँ नाकाबन्दी गर्ने कुरा पचेकै थिएन । अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्धित यस्ता क्षेत्रमा हात नहालेकै बेस हो । हुन त विभिन्न कुटनीतिक व्यक्तित्वहरूले उक्ता कार्य नगर्न भनेबाट यो कार्यक्रम सफल हुने छनक देखिएकै हो; मुठभेड भन्ने कुरा अर्कै ।

      अहिलेको अवस्थामा सहकार्य र सहमतिजस्ता कुराहरूलाई पुन: मूर्तरूप दिनु राम्रै हो । विदेशीहरूसँग घुँडा धसेर आफ्नो देशलाई युद्धमा धकेल्नुभन्दा जस्तोसुकै प्रवृत्तिका किन नहोऊन्, उनीहरूसँग सहमतीय राजनीति हुन्छ भने राम्रै हो; आखिर उनीहरू पनि नेपाली नै हुन् । हुन त वीषमात्र ओकल्ने टट्टुहरूको दैलोदैलोमा गएर माओवादी पनि 'उस्तै' भन्ने भान हुँदो हो । तर यो माओवादीले देखाएको अर्को महानाता हो । यस्तो राजनीतिक लचकतालाई यदि उनीहरूले कमजोरी मान्ने हो भने उनीहरूको भलो भगवानले नै गरुन्, जनताले गर्नेछैनन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • prabudha

        पुष्पको कुरा को म समर्थन गर्छु किनकि अन्तरास्ट्रिय समुदायसंग माने प्रभु सम्बन्धित ठाममा हात नहालेकै बेस | तर यौटा कुरा अलिक प्रस्ट लागेन आन्दोलन बारे यो सरकार पनि अंतरास्तिया समुदाय ले अर्थात् प्रभु ले नै बनायको हो रे अनि किन त्यहा हात हालेका होलान? जे होस् आगे प्रभु को कृपा |

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • प्रभुजी,

          अन्तर्राष्ट्रिय समुदाय भनेको 'ती प्रभु'मात्र पर्दैनन् । हेक्का भया ।

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabudha

      आन्दोलन आन्दोलन को लागि मात्र हुदैन | यो आन्दोलन पनि निश्चित माग सहित गरियको आन्दोलन जस्तो लाग्छ| यो आन्दोलनको माग प्रति सबै नेपाली को आफ्नो आफ्नो धारणा होला| त्यो छलफल को बिषय हुन सक्छ| तर हाम्रा यो या त्यो पार्टीका समर्थक हरु ले पकै यो रात्रिभोज बाट यौटा कुरा त मनन गर्ने पर्छ| हाम्रा प्रचण्ड कमरेडका समर्थक हरु ओली को नाम उचारण समेत गर्न चाहदैनन | तर राजनीति भनेको मेरो संसारमा लेखिने कमेन्ट भन्दा निकै भिन्दा हुदो रैछ| लोकमान कार्की , अमरेस , ओली का आथित्य सबै देसभक्त हरु लाई स्वागतयोग्य हुनेनै भयो| जेहोस भूमिगत जीवन र सार्बजनिक जीवन का फाइदा आ आफ्नो ठाममा छनै| जे होस् नेपाली जनताले राजनीतिक नाटकका नया नया पात्र र तिनका गफ हरुमा मजा त लिनै पर्यो नि?चाहे त्यो नागरिक सर्बोचाता होस् या नयानेपाल को | १२ प्रभु को आदेस बाट केहि आन्दोलन मा कटौती अब के के हुनेहो कठपुतली पार्टीहरु र कठपुतली सरकार बाट? जनतालाई कति बेबकुफ बनाउने हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नागरिक सर्वोचता भित्र मात्रै संबिधान बन्न सक्ने हो या फेरी संबिधान भित्र नागरिक सर्वोचता रहन्ने हो ? नेपाली जनतालाई संबिधान कि नागरिक सर्वोचता चहिएको हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • संविधान त अहिले पनि नभएको होइन नि । नयाँ संविधान लेख्नकै लागि संविधान सभाको चुनाव सम्पन्न भो । तर नयाँ संविधान भनेर उही पुरानो वा आयातीत संविधान लागू गर्नु त भएन नि । जनताले चाहेको संविधान बनाउनकै लागि नागरिक सर्वोच्चता पहिलो खाँचो हो ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • पुष्पजी,
          तपाईंहरु साह्रै नै "नागरिक शर्वोच्ता" भन्नु हुन्छ। ओकालत पनि खरो गर्नु हुन्छ। यो तपाईंको नागरिकता सर्वोच्ता सम्पूर्ण नेपाली जनता कै लागि हो या फेरी मात्र माऔवादिको।

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • नागरिक भनेको माओवादीमात्र बुझ्नुहुन्छ भने के भन्नु र खै !

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • संबिधान लेखन कार्य सम्पन्न गरेर हामी नेपाली जनता लाई कानुनी राज्य को प्रत्याभुति दिने र सम्पूर्ण मित्र राष्ट्र हरु लाई हामी आतंकवादी होईनौ है !!! भन्ने प्रमाणित गरेर देखाउदै अन्तरास्ट्रिय जगत को समर्थन बटुल्छ होला भनेको त !!! डाका हरु ले त बिदेशी सक्ति को चल खेल गर्ने थलो पो बनाए नेपाल लाई !!! धिकार छ नेपाली नेता लाई !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biplav

      आन्दोलन को आबस्यकता त छ नै .. अझ शान्तिपूर्ण आन्दोलन त झनै राम्रो हो ….तर शान्तिपूर्ण आन्दोलन को अर्थ बुझ्ला र माकुने को सरकारले …..उर्फ सुद को सरकारले …..खोइ मलाई त विश्वास लाग्दैन है ……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • shreesh thapa

        यस्तो भाषा पनि बुझेन भने पूर्व पश्चिम दुइ खुट्टा तानातान गरौला है विप्लव ब्रो

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu Lama

      Mr Prime minister if you are real son of your mother and if you truely love Nepal and Nepali then you shouldn't waite to destroy the poison,Please do not just try to change the beer bottel rather you shoud dig big hole and put all those bottels under the ground and cover it nicely. Maoist''s story will be finished, otherwise neither you can write the new constitution,or neither you can prosecuted for any criminal acts of terror, morder of inocent civilian and public official.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shanker

      सबै पार्टी मिलेर आन्दोलन गर्नु राम्रो हुन्छ जहाँ कुनै पार्टीको पनि बिमति नहोस हाम्रो चाहाना नेताहरुले पुरैदिओस धन्यबाद
      शंकर थापा मगर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माओबादीले जनताबाट पाउने हरेक जन भावना, जन सहयोग, जन मत जस्ताको तस्तै कायमै छ | यो अहिलेको शान्तिपूर्ण आन्दोलनलाई शान्तिपूर्णमा नै अन्त्य गरियोस र सरकारले पनि यस हिंसा रहित, मुठभेड रहित आन्दोलनको माग पनि बिना हिच्किचाहट पुरा गरियोस | त्यो नै राम्रो हो अहिलेको आन्दोलनकारी र सर्बसाधारण नेपाली जनताको लागी | माओबादीले अब गरिने भोलिका दिनहरुमा पनि राम्रो गर्दै जाओस जनताले दिने हरेक सहयोगमा निरन्तरता पाउने छ |
      Thnx
      Bhamir, swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • shreesh thapa

        यी कुजात नेताहरुले जनभावना बुझेको भए त अहिले सम्म संबिधान तयार भैसक्यो ……..

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • यहि त समस्याको कुरो छ, shreesh ji, अहिले चलिरहेको आन्दोलनको अर्थ पनि यहिनै होला, कि त संबिधान बनाउछु भनेर अधिकार लिनेले संबिधान बनाउनु पर्यो कि त संबिधान बनाउनेलाई पुर्णरुपमा अधिकार दिनु पर्यो |

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Ram Sampang

        जो संग हतियारधारी शसस्त्र समुहको जमात (सेना ??) छ उसैले नागरिक सर्वोच्चको नारा दिएर आन्दोलन गर्नु र बुद्विमान नेपालीहरुले साथ दिनु भनेको बाराक ओबामालाई शान्ति पुरस्कार दिनु बराबर हो ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • वर्तमान सरकारको सामुन्ने तपाई हामी जस्ता खाली हात लिएर आन्दोलनको सोच पनि बनाउन सकिदैन | त्यहि शसस्त्र समूहको शक्ति देखेर केहि समयको लागी भए पनि चुप लाग्नु बाध्य भएका छन् यो उदस्य बिहिन सरकार | शसस्त्र समुह भन्नुस वा कुनै अर्को नामले पुकार्नुस तर यो एउटा मात्र दल नेपालमा नभएको भए अहिले सम्म नेपाल किन्ने र बेच्ने ( बिदेशी शक्ति र बिदेशी शक्तिको निर्देशनको भरमा पाइला चाल्ने ) हरुले प्रतिशतको हिसाबले मूल्य गर्न थालिसकिएको हुन्थ्यो |

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash bhattarai

      पर्ख अनि हेर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आहा कस्तो खालको हो यो नेपालमा भैरहेको आन्दोलन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thanks GOD…!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यी सबै नेताहरु "कुटे जस्तो गर्छु रोए जस्तो गर्नु" भन्ने नाटक गर्छन | आफु आफु भोज मा हाते मालो गर्छन, भित्र भित्र गोप्य सहमति गर्छन, तर सोझा साझा जनतालाई उचालेर, उनीहरुलाई फुटाएर उनीहरु माथि नै राज गर्छन | …..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • सुद को चाकडी सबै गर्छन तर आफु मात्र चोखो जस्तो गरेर जनतालाई भ्रम पार्छन | देसका यत्रा जनताले आन्दोलन नगर्न आग्रह गर्दा अटेरी हुन्छन तर सुद सहितका आठ जनाले निर्देशन दिए पछी एरपोर्टको आन्दोलन फिर्ता लिन्छन.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • karen

        If all Nepali’s civilian could comprehend your consideration as we said politician leader would change themselves to shrewd person.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NaBeEn

      यौटा ठुलो दसा टर्यो / कस्तो सन्योग बिदेशी राजदुत साग भेट हुने बित्तीकै हवाई नाकाबन्दी फिर्ता लिनु ?आखिर मावोबादी त चेस को गोटी मात्र र रय्छा नी चाल चल्ने आरु नै ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जे भो राम्रै भो , जे हुदै छ त्यो राम्रै देखिदै छ र जे हुनेछ त्यो पनि राम्रो नै हुनेछ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      "हामि आफै मिल्न नसक्ने, अरूले मिलाइदिनु पर्ने….!"
      बिदेशी राजदुतहरुको यो अर्को एउटा उपकार भयो हामि नेपालिहरुलाइ, तिनका सुझावले हाम्रा दाजुभाईहरुलाइ एक अर्का संग भिड्न न पर्ने भयो !
      धन्न बिदेशी प्रभु, तिम्रो उपकार अपरम्पार !;)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MAHARJAN bimal

      होइन नेपालका नेता भनौदोहरुलाई राम्रो कुरा सिक्ने बुढी औदैना कि क हो, खाली नराम्रै मात्रको सिको ? सबै बन्द, सधै बन्द, होइन बन्दै बन्दै मात्रै गर्ने हो भनी सबै भन्दा पहिला संसद भवन र सिंघदरबार बन्द गर्नु पर्यो, जनताले तिरेको क़रले तलबभत्ता चाही लि रहने तर काम चाही केहि नगर्ने हो भनी तेस्लाई बन्द गर्नु पर्यो | रह्यो कुरा बजेटको, छलफल नै नगरिकन एकैचोटी एस्लाई पास गर्ने हो भनी, यो बजेटले नेताका कर्येकर्ताको दुइ छाक पेट तर्ने मात्र काम गर्छ, बाकी सबै नेपाली जनता भोकै हुनु पर्ने छ | एउटा कुरा मलाई भनि दिनु पर्यो, येत्रो YCL र PLA लाई आन्दोलनमा उतार्नको लागि माओबादीले टन्नै पैसा खर्च गर्नु पर्ने हुन्छ, तर उससंग एती धेरै पैसा कहाँ बाट आयो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • nik

        बिमल महर्जन जी यो प्रश्न, यो माईसंसार को चिर परिचित commentator श्री पुष्प लाई सोध्नुहोस, था पाउनु हुने शम्भाबना छ एदी उहा ले पनि माओबादी ले झैँ दुइ जिब्रो राख्नु हुन्न भने|

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prativa

      प्रचण्डजीले पनि विदेशी प्रभुको निर्देशनमा हवाईअड्ड बन्दको कार्यक्रम फिर्ता लिनुभएछ । साह्रै खुशीको कुरा । अब चाहि केहि होला जस्तो छ ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • himalee

        " केहि होला जस्तो छ " होइन "नेपाल नै भारत होला जस्तो छ भन्नुस न "

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आन्दोलन शान्तिपूर्वक हुने बिस्वास हुन आएमा मात्र आम जनताको सहभागिता अझ बढ़ी हुने कुरा माओबादीले बुझ्नु जरुरी छ ! यदि आन्दोलन हिंसाकमत हुने देखियो भने सर्वसाधारणहरु आन्दोलनमा सहभागी हुन डराउछन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhusan

      यो आन्दोलन आखिर के को लागि? हदै भए त्यहि माओबादीको पहिले को सरकार जस्तै सरकार ल्याउन लाइ ? फेरी प्रचण्ड प्रधानमन्त्री उसको छोरा कम्प्युटर अधिकृत, तेत्ति हैन हुने?

      वाइयात !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kanjan

      कुनै उदेश्य बिना र राजनीतिक स्वार्थ को लागि गरेको आन्दोलन कहिले सफल हुदैन/ आहिलेको आन्दोलन तेश्को ज्वलन्त उदाहरण हो /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bibek T.

      lets hope for peace…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • श्रीमुरा भारद्धाज

      बिदेसी प्रभुहरूले भनेको मान्ने, नेपाली जनताले भनेको नमान्ने भए पछि सबैलाई के चाहि थाहा हुन्छ भने वहा हरुलाई पनि बिदेसी प्रभु चाहि मन पर्दो नै रहेछ ! यो केवल इगोको मात्र लादै हो, सभासद ज्यु हरु यहाहरुलाई जनताले खुरु खुरु नया नेपालको संबिधान लेख्न पठायको हो, त्यसमा नै समय दिनुहोस र आफ्नो त्यहाँ पुग्न को औचित्य पुस्टि गर्नुहोस !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nearoj

      sahi ho! desh ma yestai hunu parcha!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • punj

      khai, news padhda nai tension lagisakyo. kaile desh ko ramro ramro khabar sunna paine ho. but, afterall, everyone works for their benefit and the country has to suffer
      screw the politicians
      i feel as if there is a need of a dictator who can handle everything and maintain discipline . afterall, the citizens need their security and comfort and are indifferent to any definite system or party

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jwala Dangol

      त्येही माथि 'प्रचंडे|' यो पनि गोप्य भाषण सार्बजनिक भैसक्दा पनि "त्येसो भनेकै थिएन" भनि मिलाउन खोजे जस्तो देखियो| होइन र,कि कसो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jwala Dangol

      हार्ने गोरुको छेर्ने दाउ भनेझै! आन्दोलनकारीले पनि हुने कुराको पो त खोक्नु! अब हुदै नहुने अफ दिए पछि अनेक बहाना गरेरै भएपनि कुरो त मिलाउनु पर्योनि|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • himalee

        त्येही त भन्या
        खोक्नु त खोकौ तर अलिक मुख छोपेर खोकौ

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lets see ahead !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      एसको मतलब माओबादी हरु बुद्दिमान रहेछन ,किनकि उनीहरुले बेलैमा आफ्नो मसल को साइज नापे |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • himalee

        तपाई पनि बुद्दिमान हुनु हुदोरहेछ नि
        बेलै मा माओबादीको (कु) बुद्दिको size नाप्नु भएछ

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माओबादीले जुन आत्मबोधका साथ मुठभेडलाई रोक्ने प्रयास गरेको छ, जुन एकदमै मननयोग्य छ/ तर एउटा कुरा जो अहिले सरकारमा छन उनीहरुले नै यस किसिमको सम्बेदनशील कुरामा पनि र राजनीतिक मुद्दालाई हल गर्न नखोजी बल को भरमा नै माओबादीलाई ठिक पार्छौ भन्ने भुल कदापी नगरुन र जुन कुरामा आन्दोलन उठिरहेको छ त्यसलाई सम्बोधन उचित किसिमले गरुन, होइन भने दुनियाको कुनै शक्ति पनि टिक्ने छैन नेपालीहरुको आन्दोलनको अग्निज्वालाबाट सबैलाई चेतना भया /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker