Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

अर्को आन्दोलन पनि फिर्ता लियो माओवादीले

विदेशी राजदूतहरुको दबाबपछि एअरपोर्ट नाकाबन्दी गर्ने आन्दोलन फिर्ता लिएको माओवादीले फेरि अर्को एउटा आन्दोलनको कार्यक्रम पनि फिर्ता लिएको छ। यस पटक माओवादी स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रमबाट पछि हट्ने भएको हो। आज बिहान कान्तिपुर एफएमसँगको अन्तर्वार्तामा उपाध्यक्ष बाबुराम भट्टराईले स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रमले समानान्तर सरकार गठन गर्न लागेको भ्रम फैलिएकोले स्थगित गरिएको बताए। त्यसैगरी पूर्वमा सञ्चारकर्मीहरुसित कुरा गर्दै पार्टी अध्यक्ष प्रचण्डले पनि आन्दोलनको यो कार्यक्रम फिर्ता लिने बताए। उनले पनि पर्याप्त तयारी नभएको र भ्रम फैलिएकोलाई नै कारण बताए।

हतारमा आन्दोलनका चर्का कार्यक्रम घोषणा गरेको माओवादीले धमाधम कार्यक्रम फिर्ता लिन थालेपछि कार्यकर्ता भने अन्यौलमा परेका छन्। केहीले भने माओवादीले सरकारमा हुँदा मात्र हैन सडकमा हुँदा समेत घोषणा फिर्ता गर्ने क्रम जारी राखेको प्रतिक्रिया दिएका छन्। हुन पनि सरकारमा हुँदा कयौँ निर्णयहरु माओवादीले धमाधम फिर्ता लिएका थिए। चाहे त्यो पशुपतिका पुजारी नियुक्तिको घटना होस् चाहे एकेडेमीका पदाधिकारी नियुक्तिको।

माओवादीको स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रम शान्ति सम्झौता विपरीत भन्दै सरकारले हस्तक्षेप गर्ने चेतावनी दिँदै आएको थियो। माओवादीले भने यो सां‌केतिक कार्यक्रम मात्र हो भनी स्पष्टीकरण दिँदै आएको थियो।

हिजो र अस्ति दुई दिन जिल्ला प्रशासन कार्यालय घेराउ गरेका माओवादीको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत अब अर्को साता बिहीबार र शुक्रबार दुई दिन सिंहदरबार घेर्ने कार्यक्रम मात्र बाँकी छ। त्यसअघि उनीहरुले मंगलबार काठमाडौँ उपत्यका नाकाबन्दी गर्नेछन्। तर त्यो कार्यक्रम अन्तर्गतको हवाई नाकाबन्दी फिर्ता लिइसकिएको छ। के थाहा सडक नाकाबन्दी पनि फिर्ता लिने हुन् कि। त्यसो भए त जनतालाई सजिलै हुन्थ्यो !

प्रेस वक्तव्य

१. संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, द्वारा नागरिक सर्वोच्चता लगायतका मागहरूलाई लिएर यही कार्तिक १५ गतेबाट शुरू गरिएको दोश्रो चरणको संघर्षको कार्यक्रम देशैभर लाखौं जनताको सहभागितामा शान्तिपूर्ण, अनुशासित र मर्यादित ढंगले अगाडि वढिरहेको छ । अहिलेसम्म देशव्यापी मसाल जुलुस, गाविस/नगरपालिका घेराउ र जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम शानदार रुपमा सफल भएका छन् । यसका लागि हामी सम्पूर्ण सहभागी संगठनहरू, समर्थकहरू र आम जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दछौं र संघर्षका वाँकी कार्यक्रमहरूमा अझै उत्साहपूर्ण र व्यापक ढंगले सहभागी हुने अपेक्षा गर्दछौं ।

२. संघर्षको विकास संगसंगै हामीले पूर्व घोषित कार्यक्रमहरुमध्ये केहीमा सामान्य संशोधन गर्नुपर्ने आवश्यकता महसूस गरेका छौं । सोही अनुरुप आगामी कार्तिक २३ गते निम्ति प्रस्तावित गरिएको स्वायत्त गणराज्यहरू घोषणा गर्ने कार्यक्रम हाललाई स्थगित गरिएको छ र उपयुक्त समयमा त्यसलाई पुन ः अगाडि ल्याइनेछ । त्यसरी नै कार्तिक २४ गते काठमाण्डौं उपत्यका नाकावन्दी गर्ने कार्यक्रम अन्तर्गत एअरपोर्टको आवागमन समेत रोक्ने कार्यक्रम रहेकोमा एअरपोर्टलाई सो दिन अवरुद्ध नगर्ने तर काठमाण्डौं उपत्यका वाहिर जाने आउने सडकमार्गहरु भने अवरूद्ध गर्ने निर्णय गरिएको छ । सोही अनुरुप त्यसदिन सडकमार्गबाट काठमाण्डौं उपत्यकाभित्र वाहिर नगर्न र सवारी साधनहरू नचलाउन सम्वन्धित सवैलाई हार्दिक आग्रह गर्दछौं ।

३. यो दोश्रो चरणको संघर्षको उत्कर्षको कार्यक्रम कार्तिक २६ र २७ गते सिंहदरवार घेराउ गर्ने भएकाले ती दुवै दिन लाखौंको संख्यामा सिंहदरवार वाहिर भेला भएर उत्सवमय तरिकाले घेराउ कार्यक्रम सफल पार्न हामी सम्पूर्ण न्यायप्रेमी र नागरिक सर्वोच्चता पक्षधर दिदीवहिनी तथा दाज्यूभाइहरुमा हार्दिक अपील गर्दछौं । साथै ती दुवै दिन सिंहदरवार प्रवेश नगरेर नागरिक सर्वोच्चताको वर्तमान अभियानलाई साथ दिन र सफल पार्न हामी सवै राष्ट्रसेवक कर्मचारीहरु र सम्वन्धित अन्य सवैलाई हार्दिक आग्रह गर्दछौं ।

२०६६/७/२०

……………………………..

बाबुराम भट्टराई

अध्यक्ष

संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल,

केन्द्रीय समिति

Related posts:

  1. बल्ल आयो खुसीको कुरा, सहमति भयो, आन्दोलन फिर्ता
  2. कटवाललाई नहटाएसम्म माओवादीले आन्दोलन गर्ने
  3. पूर्ण लोकतन्त्रको लागि अर्को नागरिक आन्दोलन
  4. सकिन लाग्यो माओवादीको आन्दोलन पनि
  5. हवाई नाकाबन्दी फिर्ता भएपछि मुठभेड टर्‍यो

150 comments to अर्को आन्दोलन पनि फिर्ता लियो माओवादीले

  • नयाँ संबिधान नेपालीले नेपालमा मधिसे पहाडी नेवार लिम्बु भनि देसको अंस बन्दा गर्न चाहेको होयिन/ नचुनिकनै सांसद मन्त्रि बन्न दिन, विदेशीलाई सिमा मिच्न दिन पनि होयिन त, छिटै बन्ने संबिधान हामीले चाहेको जस्तो बन्ला?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • बिगतको संबिधान को गल्ति सच्याउन बीसौं हजारको ज्यान गए/ अहिले बन्ने संबिधानमा कुनै गल्ति भएमा सच्याउन नेपालीनै बाकि नहुने देखिन्छ/ अहिलेकाले बनाउने संबिधानले पहाड छुटाउने र ऋषि छुटाउने मात्रै खुसि हुनेछ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ढिलो होस् तर संबिधान नागरिक प्रतिनिधिकै हात बात बनुन भन्दा कुनै लाई पचेन/ तराई पहाडको बिचमा पर्खाल लगाउन आतुर भएका चुनेका नचुनेका सुदका पालेको भिड बात लेखिएको संबिधान कस्तो होला, सोच्नै पर्ने होयिनर?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आन्दोलन फिर्ता लिंदै अर्को चरणको आन्दोलन गर्नु परे मधेश प्रदेशको घोसना गर्ने भनेर प्रचान्द्रले भने बात यिनीहरु मिलेरै संबिधान बनाएता पनि नेपालीमा विभाजन गर्नेनै देखिन्छ/ के हामीले येस्तै चाहेको हो?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माओबादीले आन्दोलन फिर्ता लिने घोसना नेताहरुको भारत भ्रमणको लगतै हुनु को बिस्लेशन गर्नुजरुरि छ र कस्तो सहमति भएर आन्दोलन फिर्ता गरिए जनतालई जानकारी नदिने हो भने जनसर्बोच्चताको नारामा प्रस्न उठ्नेछ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जनसर्बोच्चताको भजन गाउँदै हामि भारत मुखी हौँ भन्ने कांग्रेस देखि नव भारतमुखी माकुनेले र माओबादी सबैले नेपाली लाई भारतलाई आस्वोस्त गर्न र देशमा जतिये विभाजन गर्न चाहने मधेसी प्रोताशाहन दिंदै आए/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • देसमा नेता तथा पार्टीहरुको रंग बदल्दै गएको कुरामा जागरुक नागरिक हरुले नेपालको संबिधान कस्तो हुनु पर्छ भनेर स्पस्ट गर्न ढिला भएमा हाम्रो नेपाल सबै नेपालीको साझा नेपाल रहन्न/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • प्रचान्द्रको मधेश प्रदेश घोसना गर्न सकिने भने बात आज सम्म देसमा नया संबिधान बन्नु पर्ने अबस्था आबस्येकता भन्दा भारतको नेपाल र नेपालीको बिचमा मधसी पर्खाल थाद्यौनुनै त होयिन सोच्नु पर्ने देखिन्छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • भर्खरै प्रचान्द्रले दोस्रो को आन्दोलन गर्नु परे मधेश प्रदेशको घोसना गर्ने भने बात अहिले नेताहरु दिल्ली गएको कारण प्रस्तिन्दै गएको र जनमत पाएको माओबादीलाई कांग्रेस एमालेकै रंगमा रंगाउन प्रयास गरिएको देखिन्छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माओबादीले दोस्रो तहको आन्दोलन गर्नु परे मधेसी स्वायेत प्रदेशको घोसना लगाएत अर्को समानान्तर केंद्रिये सरकार बनाउने रे; nepal news मा छापिएको/ मधेश प्रदेश घोसना गर्ने भनेर दिल्ली खुस्याउन चाहेको देखिन्छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • खुरुक्क नागरिक चाहना अनुशारको संबिधान बनाउने बा बारम्बार दिल्ली जाने हरु दिल्लीमै दरबान बन्ने रोजाई उनीहरुकै/ संविधानको नाममा दिल्ली घोसना पत्र नेपालीलाई मान्ये नहुने त्यो पनि याद गरुन/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • दिल्लीले बाँदर नचाएको जस्तो नचाएको लाईनै कसैले क्रान्ति को नाम दिए भन्नु केहि छैन/ नेपलिमत को भन्दा दिल्लीको आशिर्बाद ठुलो मान्नेहरु मात्र दिल्लीको कमारो हुन् हाम्रो कोहि होयिनन/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पार्टीको आकार कत्रो हुने चुनावमा जनताले निर्णये गर्छ/ धुस्स फुलेको कांग्रेस हावा फुस्कायेको बल कसरि बने, मदन भण्डारीको सिधान्त बाट बिचलित भएको एमाले खुम्चाएर चम्चा जत्रो कसरि भए, माओबादीले पनि याद गरुन/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माओबादीलाई राजा हटाउन दिल्ली ले कुर्सि चढाए, मधेसी उकास्नु थियो माओबादी हटाए/ माओबादी ले आन्दोलन गरे, नेता सब दिल्ली गए माओबादीले आन्दोलन सिथिल गरे येस्तई भई रहेछ आन्दोलनको नाममा/नसोच्ने अझै?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • धेरै आन्दोलन धेरै पार्टीहरुले गरे तर जब जनताले साथ दिए तब पन्चे पनि फालिए राजा पनि/ अरु आन्दोलंत त मात्र कुर्सि तानातान को खेल मात्र भएको देखिए/ माओबादीको एस आन्दोलन भित्र येस्तई कथा लुकेको नहोस/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माओबादीले कदम त फिर्ता लिने नै भो नि. नभए फेरी जनताले पो फिर्ता पठाउने हुन्न जंगल डर छ नि उसलाई पनि होइन र

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • भारतीये भट्ट को दलाली चल्ने पशुपति चाहे त्यो गौसाला को होस् बा सिंह दरबारको तेस्तो पसुपतिले पनि केहि गर्ने वाला नभएकोले अब पशुपति होयिन नागरिक मत पतिको मन्दिर र सरकारले मात्रै नेपालीको उद्धार गर्नेछ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आन्दोलन गर्ने घोषणा गर्यो फिर्ता लियो गर्दा सडकमा निस्कने जनताहरु अन्योलमा नेताहरुले जनतालाई नचाएका छन् बिना सुर ताल

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जनमत केहो तेही अनुशारको आचरण भोट पाउने र नपाउने कुनै नेताको भयेन/ कुर्सि र पद र पार्टी अहम नै ठुलो भए उनीहरुलाई/ आन्दोलन तेस्तै को लागि गरिए/ जनताको चाहना पिल्सिएको पिल्सियेकै किन?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आजसम्म कुनै पनि दलले आन्दोलन किन गरे बा किन स्थगन गरे भन्ने कुरा मात्र दलिए स्वार्थ देखिए, कुर्सि नपाएर आन्दोलन गरे कुर्सि पाउने भए पछी स्थगन/ तेसैले अहिले माओबादीको आन्दोलनमा पनि येही प्रस्न तेर्सिरहेको छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माओबादीको आन्दोलन जारि रहनु बा स्थगित गरिनु मा उनीहरुको राजनीति होला तर संबिधान बन्नु पर्ने कुरा सिट जोडिएको संबिधान जनताको प्रतिनिधिको सरकारले बनाउनु पर्ने मा कुनै सम्झौता हुनु हुन्न/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • दलहरुको मिलोमतोको बा चुनावमा हारेकाको सरकारले नागरिक को प्रतिनिधित्वो नगरिने भएकोले नागरिकको चाहना अनुशारको संबिधान बनाउन नेपाली नागरिकहरुको बहुमत पाएको नागरिक प्रतिनिधि हरुको सरकार बन्नुपर्नेनै हो/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • वास्तबमा यो जन आन्दोलन होइन धन र सत्ता आन्दोलन हो भनेर सबैलाई थाह छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • आन्दोलन जन आन्दोलन नै हो नेताको बोलि चाही धन र सत्ता भन्दा उचित होला

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माओबादीले अन्दोलान्नै गर्न नहुने आन्दोलन फिर्ता लिनु कुन ठुलो कुरा भयो र ?उनि हरुलाई यो बेमौसमको बाजा बजाएर पार लाग्दैन भनेर चेतना भया/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जन सर्बोच्चताको नारा लगाउंदै जनमत लत्याउन्दै आएका उहिलेका पन्चे देखि अहिले का सरकार चलाउने र सरकार चलाउन नपाएर छतपतायेका सबैले जनतालाई पिल्सिंदै आएको छ/ अब नागरिकहरुलेनै जनसर्बोच्च्ताको व्याख्या गर्नु पर्छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • चोक्टा खान सरकारमा गएको प्रचण्ड
    झोल चाखेर मात्र फर्क्यो
    कटुवाल हटाउन खोजेको प्रचण्ड
    राष्ट्रपतिको चिप्लो बाटोमा आफै लर्क्यो
    माकुने प्र.म.हुदा प्रचण्डको भयो रौ ठाडो
    आन्दोलनको घोषणा गर्यो आफैलाई भयो घाडो

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bhatta dinesh

    nasake pachhi k garun ta..akhir sarkaar ma jana hatar jo bhayee sakyo?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prabudha

    १५ दिनको कार्यक्रम त राम्ररी बनाउन नसक्ने पार्टीले नयानेपाल कसरि बनौछन ? हाम्रा नेता हरुमा दुर्दर्सिता भन्ने त छैन जस्तो छ | जोसमा कार्यक्रम बनायो अनि फुर्सदमा पछुताउने | अझ पुरै कार्यक्रम फिर्ता लिय जनताले सुख पाउथे कि ? आगे प्रचण्ड कमरेड को विचार |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • कांग्रेस र एमाले त अझै पनि दोस्रो तेस्रो राजनैतिक शक्तिको रुपमा कायम नै छन् तर माओबादीको अस्तित्व नै बिलय हुन् सक्ने सम्भावना तिर पनि माओबादीको ध्यान जानु जरुरि छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माओबादीले पनि गरिब जनताको त्यो भरोसा कायम राख्नको लागि के कस्ता कार्यक्रम हरु दिने हो त्यसमा निकै विचार पुर्याउनु पर्छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • हालको आफ्ना समर्थक देखेर त्यसलाई आफ्नो राजनैतिक दम्भ पुरा गर्ने माध्यमको रुपमा मात्र लिएमा वा आफ्नो पदलोलुपता को लागि मात्र प्रयोग ………

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माओबादीप्रति गरिब जनता ले दिएको त्यो समर्थन को पछाडी उनीहरुका अनेक आशा र भरोसा छन् र उनीहरु माओबादीका प्रत्येक गतिविधिलाई ध्यान दिएर हेरी रहेका छन् |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माओबादीको पछाडी अहिले देखिने भिड बिगत मा नानीमैयाको समर्थन मा जस्तै एमाले र कांग्रेस सित असन्तुस्ट समूह पनि छ (त्यसो भन्दैमा माओबादीको आफ्नो ठुलो जमात छैन भन्न खोजेको कदापी पनि होइन) |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माओबादीको पछाडी अहिले ठुलो नेपाली जमात छ | बिगतमा तिनीहरुले कांग्रेस र एमालेलाई पनि यसै गरि ठुलो समर्थन दिएका थिए भन्ने कुराको प्रमाण बहुदलको आगमन पछी काठमाडौँमा निस्केको विजय जुलुसको भिड हेर्दा थाहा हुन्छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • बिस वर्ष पछी त्यहि नेपाली जनताको ठुलो समूह कांग्रेस र एमालेको नाम सम्म पनि सुन्न नचाहने स्थितिमा पुगेको छ | बिस वर्ष पछी त्यहि नेपाली जनताको ठुलो समूह कांग्रेस र एमालेको नाम सम्म पनि सुन्न नचाहने स्थितिमा पुगेको छ | ….

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • बिगतका दुइ दसकमा यी राजनैतिक दलहरुले चाहेको भए नेपाली जनताको आर्थिक स्थिति निकै माथि पुग्न सक्थ्यो तर दलीय स्वार्थले गर्दा राजनैतिक व्यक्तिहरु त धनि भए तर जनता को स्थिति जस्ता को त्यस्तै नै रह्यो |

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • neerose

    एक पटक गाउमा चितुवा पस्यो र बाख्रा अनि कुकुर आक्रमण गरि मार्यो, सारा गाउले बाघ बाघ भन्दै पछी लागे लखेटे अन्तमा मारी छाडे तेसलाई बचाउने र जंगल तिर खेद्ने वा पक्रेर सम्बन्धित स्थानमा बुझाउने वा सुरक्षित छोड्ने मेरो अथक प्रयास र संघर्स ब्यार्थै खेर गयो! सबै जना बाघ मारेको कुरामा होहल्ला गरिरहे र प्रयास सबैलाई मैले त्यो बाघ होइन चितुवा हो भने कमैले सुन्थे अनि त्यो भन्दा पनि कमले बुझ्थे र अझै कहिले मात्र मान्थे र लिन्थे! त्यो चितुवालाई भाग भनेर होहल्ला गर्नेमा राम्रै गन्यमान्ने र बाठो गाउले र जिल्लाको अनि रास्ट्रीय स्तरको हु* भन्ने नेता हरुपनि थिय, अन्तत जिल्ला बन कार्यालय र अर्को सम्बन्धित निकायबाट त्यो चितुवा भयको निस्कर्स दियो अझै पनि केहि केहि मान्छे बाग नै भन्दै थियो र छ पनि! त हाम्रो समाज र देशको जमात हरुको कुरा गरि साध्यै छैन, न त आफैले जानेर बुझेर खुट्याउदछ न अरुले भनेको नै बिचारेरा सुन्ने बुझ्ने गर्दछा एकोहोरो लागेपछि लाग्यो लाग्यो.
    साथीहरु माथि पढौन प्रेस बक्तब्य,
    जसमा स्वोयात्ता गणराज्य घोषणा कार्यक्रम हाललाई स्थगित गरियको कुरा स्पस्ट छ.
    ask2neerose@hotmail.com

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • megh raj tamu

    छोटे राजा हरु यहि निऊ मा समानान्तर सरकार गठन गरयो युद्द बिराम भंग गरयो भनेर भ्रम फैलाएर रास्ट्रपति शासन लागु गरेर नेपाली जनता को नरसंहार गरनी दुस्साहस गर्दै थियो ,यो एउटा दरिलो झापड हो कठपुतली हरु को लागि ,.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हाम्रा पार्टीहरुमा दुरदर्शिता कहिले आउला? र जति पनि निर्णय गरिन्छन तिनको सकारात्मक दुरगामी प्रभाब होस् /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • rajamani gautam

    maobadi le firta liye pani hami janata ko swayatatta ko andolan jari chha. maobadi lai chetawani janata ko parivartan ko chahana bhjhnu
    rajamani gautam

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • कटुवाल काण्डमा तत्कालिन प्रधानमन्त्री को प्रक्रियागत र रास्ट्रपतिको संबैधानिक त्रुटी भएको कुरा लाइ दुवै पक्ष्यले स्वीकार गरेर सम्पूर्ण गतिरोध अन्त्य भएको सुन्न नेपाली जनता आतुर छन्/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • गणराज्य घोषणा को कार्यक्रम फिर्ता गर्नु राम्रो शुरुवात हो /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • शशांक लामा

    बिरोध कार्यक्रमहरु तर्जुमा गरिन्छ, घोषणा हुन्छ, त्यसले समाजमा नकारात्मक असर गर्छ भन्ने आभास भए त्यो फिर्ता लिनु लोकतन्त्रको सुन्दर पक्ष हो| डरछेरुवा, लुते जस्ता उपमा दिएर भडकाउनु गैरजिम्मेवार हो |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • २/४ दिन पछी सबै आन्दोलन फिर्ता लियर सरकार मा जान्छन माओबादी हरु अब.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • गगने

    माओबादीले यो कार्यक्रम स्थगित गर्नु पूर्ण बुद्दिमत्त र ब्याबहारिका सोचको निर्णय हो, धन्यबाद छ. बास्तबमा स्वोयात्ता गणराज्य घोषणा जस्ता कार्यक्रम आन्दोलनको क्रममा गर्ने कुरा होइन यो त यदि आन्दोलन बढेर क्रान्ति या युद्द बन्न पुगेमा गर्नु पर्ने या हुने कुरा हो अन्यथा यो संबिधान सभा को कार्यमा राखियको छ, यदि सम्बिधान सभा खारेज भयमा या असफल भयमा कुरा अर्कै हुनेछ!
    तेसैले हामि सबै ले बुझौ, कार्यक्रम हाल लाइ स्थगित गरियको छ र यो स्थगित गरियको कुरालाई फिर्ता भनेर प्रचार गर्नु जनतामा भ्रम फैलाउनु हो र भ्रम जनविरोधी या आन्दोलन लाइ तुहाउने हरुले स्वार्थपूर्ण तरिकाले गलत प्रचार बाजी गरेका हुन्छ र तेस्तो गलत प्रचार र स्वार्थि अनि जनाबिरोधिको कुरा मा नफस्नु सम्पूर्ण नेपाल र नेपालीको हितमा हुन्छ!
    तेसैले साबधान,
    आन्दोलन भित्रको एउटा अलिक ठुलो आन्दोलन भन्दा बाहिर जानसक्ने कार्यक्रम स्थगित गरियको छ, यो माओबादी द्वारा सम्बेदनशिलता देखाइयको हो यसलाई कमजोरी सोच्नु महा मुर्ख्याई हुनेछ!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • गगने

    खै, गगने ले नबुझ्या होकी, अरुले बढी बुझ्या हो!
    मैले त कार्यक्रम हाल लाइ स्थगित गरियको भनेर पढे क्यारे, र मलाइ थाहा भयको भाषामा स्थगित भनेको फिर्ता होइन र यसमा काले कामि र कामि काले भन्दा धेरै मात्रै होइन नितान्त फरक छ अरु कुरा जान्ने ले नै बुझुन, कि समाचार लेख्नेले गल्ति गर्या भे कुन्नि?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हाल सरकारमा भएका हरुले माओबादीको यो आन्दोलन फिर्तालाई रचनात्मक रुपले सोचे भने त राम्रो परिणाम निस्केला होइन र पहिलेकै पारामा यसैगरी ठिक पार्छौ र जनताले चाहे अनुसारको संबिधान बनाउन अघि पाइला चालेनन भने त्यसपछिको आन्दोलनले उनीहरुलाई कहाँ पुर्याउने हो त्यो कुरा बुझे हुन्छ/ अहिले एकपटक फेरी मौका पाएका छन् गल्ति सुधार्ने हेरौ के हुन्छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माओबादीको आन्दोलन फिर्ताले प्रतिगामी हरुलाई झन आघात पारेको हुनुपर्छ जो माओबादीले आन्दोलन गरोस र त्यहि निउमा संबिधान पनि नबनाउने र आफ्नो दुनो सोझ्याउन सकिन्छ भन्ने हरुलाई/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • राम्रो …………आन्दोलन गरेर जनतालाई दुख दिनुभन्दा सबै मिलेर संबिधान बनाउन अग्रसर हुनुपर्छ, सधै को आन्दोलन ,बन्द हडताल ले जनता दिक्क भईसके

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • जनता मात्र होइन यो संसारमा भगवान छन् भने उनि पनि दिक्क भैसके

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Tirtha

    धोका धोका फेरी नेपाली जनतालाई अर्को धोका माओबादी ले यो कार्यक्रम फिर्तालिने उनी हरु को कार्यक्रम नई हो माओबादी ले धोका भन्दा अरु के नै जनतालाई दियाको छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • nima, from Korea

    एकदम ठिक कविता हो यो, श्रीस जी तपाइको…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • के गर्ने, हतारमा आन्दोलन घोषणा गरेर माओबादीलाई पछुताउ गर्न परे जस्तो छ, तर पनि एसको स्वागत गर्ने पर्छ एक कदम पछी हटेर पनि जनताको पक्षमा सदासयता देखाएकोमा !!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • अस्मिता

    ठुलाबडाहरुलाई असर पर्ने खाले आन्दोलन फिर्ता लिने र सर्वसाधारणलाई असर पर्ने आन्दोलन नै नागरिक सर्वोच्चता हो हैन र?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • आन्दोलनले त ठुला सङ सबैलाई असर पर्छ होइन र अस्मिता जी

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • आन्दोलनले त ठुला बडा सबैलाई असर पर्छ होइन र अस्मिता जी

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sameer

    …………….यी नामर्द सरकार ले ………सक्छ भने ………..भारत बाट हुने ..कालो बजारी बन्द गरोस न ……………सक्छ भने खासामा भै रहेको ……तस्करी बन्द गरोस न……….सक्छ भने बिदेशी हस्तक्ष्यप अनि घुसपैठ बन्द गरोस न …………हामी जनता रगत बगाउन तयार छौ………….साथ दिन तयार छौ………….
    ………फेरी……हाम्रो जनता नि किन एस्तो लाचार भाको….आफ्नो ठाउँ अनि क्षेत्र बाट……सरकार बिरोधि नारा लगाएर…… सरकार लै सान्ति ल्योउ न पो दबाब दिनु पर्ने…………राजनैतिक स्वार्थ मा किन साथ दिने……..म त सरकार भन्दा बढी गलती त जनता कै देख्छु……..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sudarshan

    दबाब आउनु र आन्दोलन का कार्येक्रम फिर्ता लिनु भनेको जनता को समर्थन छैन , र माओबादी ले गरेको यो बहियात आन्दोलन हो

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • himalee

    जतिसुकै राम्रो राजनैतिक विचारधाराबादी भए पनि यदि त्येसको राम्रा पक्ष्य लागु हुदैन / गर्न सकिदैन भने के काम? बरु नराम्रो राजनैतिक पद्दति तर राम्रो कार्यान्बयन भए धेरै राम्रो हुन्छ / गफ दियो यसले नाभान्नुस / उनुदार राजनैतिक प्रणाली तर राम्रो नतिजा भएको मुलुक धेरै छन्/ गफ दियो भनेर सोच्या होला होइन?
    क्रमश,,,,,,,,,,,,,,
    जय नेपाल
    हिमाली

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • केहि उपाए नलागेपछि के गरोश फिर्ता गर्ने पर्यो फेरी गर्न लागेको पुरा भएन भने इज्जत खत्तम त्यहि भएर पहिले नै बाठो भयो प्रचंडे

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Himalee

    " बिरालोको हग्नु भन्दा खोर्सनु धेरै " भन्या यहि हो /
    कांग्रेस, कम्निस्ट, माओबादी, खाओबादी, राजाबादी, गाजाबादी,,,,,,,, सबै बादी कुरो मात्र सुन्ने हो भने सबै देश र जनताको हित चिताउने मात्र छन् तर आजसम्म जनता र देशको हित भएको चाही छैन किन ?
    किनकी
    क्रमश:,,,,,,,,,

    जय नेपाल
    हिमाली

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ढिलो होस् तर राम्रो होस् भन्ने अबस्था अब छैन/ संबिधान जनताले अधिकार दिएकै बात बनुन/ जनता सुद को रोजाई र दलको निर्नाए मान्न बाध्य छैन/ जनता जनार्दन हो बुझ्न चाहे शायेद ढिलो भए छैन/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आन्दोलन गरे भनेर अहम देखाउने कुनै पनि दल तथा तेस्का नेताहरुले बुझ्नु पर्ने दलले निर्धारण गरेको कुनै पनि बिरोध कार्येक्रममा मात्र उसका कार्येकर्ताको सहभागिताले आन्दोलनको दर्जा पाउंदैन भनेर/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pradip pandit

    नेपाल मा जे जति राम्रोकाम हुन्छ ती काम अन्तमा मात्र हुन्छ यो पनि एउटा राम्रो काम.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आज गिरिजा माकुने प्रचन्द्र जनतालाई शिर निहुराएर हजुरहरुको अर्को आदेश के छ भनेर सोध्नुको बदला उल्टै घांटी तन्काएर लाज पचाएर जनताले पो उनीहरुको आदेश मानेके मानेनन भनेर पो हेर्छ, नक्च्चरोहरु/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हिजो कांग्रेसको घैटोमा अलिकति घाम छिर्यो आज चाँही माओबादीको घैटोमा, जुन स्वागत योग्य छ, साथै डा. बाबुरामको प्रेस बिज्ञप्ति पनि धेरै हदसम्म प्रजातान्त्रिक सैलिको छ, तर सधै कालेको आमाले कालेको बाउलाई माइत जान्छु भनेर घुर्की मात्रै देखाएको जस्तो आन्दोलन मात्रै गरेर जनतालाई सधै टेन्सन गर्नु भन्दा खुरु खुरु संबिधान सभा लेख्न तिर अगुवाई गरे त जनता त्यसै कमरेडहरुको पछी लागि हाल्छन नि, अनि कमरेडहरुको पोल्टामा अर्को पटकको चुनावमा २ तिहाई सिट | अनि त कमरेडहरुको मनोकांक्षा पुरा, अनि के को घुर्की, के को आन्दोलन, कमरेडहरुको पनि टेन्सन हराउने जनतालाई पनि शान्ति | तर यो घाम कमरेडहरुको घैटोमा कहिले लाग्ने हो कुन्नि?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • delhiko भाका बाहेक नेपालीको चाहना बुझ्न नसक्ने जो कोहि किन नहुन तेस्ताको बिचको सहमतिमा नेपालको संबिधान बन्नु दुर्भाग्ये निम्त्याउनु हुनेछ/ दलको मिलापत्र लाई संबिधान मान्न सकिन्न/ hataar

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • भारत र चीन को अलि राम्रो आशिर्बाद पर्नु पर्छ घैटो मा घाम लग्नलाई

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जनताले संबिधान बनाउ भनेर आदेश पाएका हरु आफ्नै स्वार्थको बिधान जनता माथि लाद्ने तरखरमा छ/ कसैले तिनीहरुलाई बुझाई दिनु पर्ने जनताले मानेको खण्डमा मात्रै शाशन गर्ने बिधि विधानलाई संबिधान मानिन्छ भनेर/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आफैले आफैलाई मर्यादाक्रमले बिभुसित गरेका हरु आज जनता भन्दा ठुलो बनेर उनीहरुले जनताको मान मर्दन गर्दैछन/ तर तिनीहरु जनताले नचाहेको खण्ड मा जनताको नोकर सम्म पनि रहँदैन/बुझ्नु पर्ने तर बुझ पचायिरहेको छ/i

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • नेपाली नागरिकहरु बहुदलिए ब्येबस्थामा आस्था राकेको कारणले मात्रै दलहरुको राजनैतिक अस्तित्वो रहेको छ/ नत्र दल भनेको केहि व्यक्तिको एउटा समूह न हो, उनीहरुले नागरिक मतको अवहेलना गरेर आफ्नै परिचये गुमाउन्दैछ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आजसम्म को आन्दोलनको उपलब्धिलाई मुल्यांकन गर्नको लागि जनताले आन्दोलनको कुनै उपलब्धि महसुसै गर्न सकेको छैन/ एउटा तानाशाहा फाले अर्को तोपलियेकै छ/ जनताको असन्तोष पनि आन्दोलन हो, त्यो जारिनै छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • नागरिक अधिकार कुर्सि बिनिमयेको माध्येम जब सम्म हुन्छ नागरिक अधिकार लुटिएकै मान्नु पर्छ/ राजनैतिक बिग्रह को समाधान जनमत लाई लत्याएर जव सम्म सुद जस्ता बात खोजिन थाल्छ, देसमा तानाशाकै राज रहेको हुन्छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सिंह दरबारको मालिक जनता हो त्यहा को बस्ने जनताले निधो गर्ने कुरा हो, त्यो कुनै सुद बा कुनै दलको सम्पति होयिन/ त्याहा बात अप्राकृतिक गठबन्धन गरेर कब्जा जमाएका हरु हटाउन नसके सम्म आन्दोलन जारिनै रहन्छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bidur

    जति शब्दमा भने पनि माओबादी का नेताहरु पनि गिरिजा जत्तिअकै राष्ट्र दोही अनि फटाहा हुन्

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • गगने

      फुलो परेको आखा र सद्दे आखाको द्रिस्ट्रि बराबर हुदैन जब सहि द्रिस्ट्रि हुदैन अनि सो*च त झन कतै पनि बरोबर हुदैन भन्ने कुराको सहि प्रमाण हो तपाहिको कुरा!

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जनता म, मेरो सर्बोच्चताको कुरा गर्दै मलायिनै ठगि लुट्दै छन्/ सिंह दरबारको मालिक म t दिने सुद!!!

    दिनेले उसको बाबुको सम्पति होयिन दिए, लिनेले ट लाज लाग्नु पर्ने/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जनयुद्धताका मारिएकाहरूको कुरा गरेर के गर्नु ? बरु उनीहरूको बलिदान खेर नजाओस् र पुन: युद्ध नहोस् भन्ने कामना गर्नुपर्छ । यसका लागि सहमतीय राजनीतिको विकल्प छैन । तर माओवादी जति सहमतिका लागि लचिलो भयो त्यति नै कमजोर ठानेको जस्तो लाग्यो । कमजोर देखाउनकै लागि पनि विभिन्न हतकण्डाहरू अपनाइरहेको छ यो सरकार । सबैले अनुभूति गरेको अहिलेको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक भनी सेना लगाउने कुरा गर्छन् टट्टुहरू । सांकेतिक विरोधको सफलताबाट थर्कमान भएकाहरू सरकारमा बसेर पनि अनेक धाकधम्कीको भाषा बोल्न चुक्दैनन् । लाखौं संख्याको मसाल जुलुसलाई १० हजारको भीड भनेर वक्तव्य निकाल्छन् टट्टुहरू ।

    २२ दल हरुवा भनेर भनेको होइन सुमनजी, सरकारको प्रमुख पदहरू हरुवाहरूको पोल्टा पुगेको कुरा गरेको हो । हरूवाहरू प्रधानमन्त्री, मन्त्री हुन सक्ने संसदको के कुरा गर्नु र ! यो त लोकतन्त्रको ठाडो उपहास होइन र ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • अँ कम्यूनिष्ट पतनको कुरा गर्नुभएछ; वास्तवमा 'कम्यूनिष्ट पतन' आफैंमा इतिहास भइसकेको छ । जसले जतिसुकै साम्यवादको विरोध गरेपनि अब विश्व फेरि साम्यवादको बाटोमा हिँड्नैषर्छ र हिँडिरहेको पनि छ । लज्जाबोधले मात्र उनीहरूले साम्यवादको नाम लिन अकमकाइरहेका मात्र हुन् । साम्यवादमात्रै राम्रो अन्य वाद नराम्रो भन्ने पनि होइन । समय र परिस्थितिले नै अमूक वादको औचित्य पुष्टि गर्छ; चाहे त्यो राजावाद नै किन नहोस् । अहिलेको नेपालको 'माग' भनेको माओवाद नै हो ।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sunita regmi

    ठिक छ कामरेड हो बल ले होइन डाक्टर बाबुराम जस्ताको बुद्धि ले काम गर्नु पर्छे .धन्नाबध

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • dipen

      सुनिता जी डा. बाबुराम जी विद्वान हुनुहुन्छ तर बुद्दीवान चै पक्कै पनि हुनुहुन्न.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • सुनिता जी को आफन्त हो कि बाबुराम भट्टराई नत्र बाबुराम को आफ्नै बुद्धि को उपयोग किन गर्दैनन सधै प्रचण्डको पछाडी लुरु लुरु

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hem

    माओबादी सुझबुझलाई मेरो लाल सलाम!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आन्दोलन गरे पनि नहुने. आन्दोलन फिर्ता लिए पनि नहुने.

    माओबादीले जे गरे पनि सन्चो नमान्ने हामीबीचको प्रवृतिलाइ माओबादी पार्टीको धरातल र उदेश्य नै गलत छ भनि साबित गर्ने पुर्बाग्राही हठ प्रवृति मात्र मान्न सकिन्छ.

    माओबादीका बिस्लेषण , निर्णय, कार्यक्रम, प्रक्रिया, र समस्टिगत संघर्षमा देखिएको स्पष्टता र दृढता अरु दलहरुमा छ भन्ने आशा र बिश्वास जताउन सक्ने कोहि छ हामी मध्ये?

    घटनाक्रम र सम्भावना को ISOLATED
    ब्याख्या गरेर संस्था र विचारलाइ हताश एबम सतही पगरी गुथिदिनु उचित कदापि ठहरिदैन.

    सकारात्मक, सन्तुलित, र उत्तरदाइ हुन हामीले कहिले सिक्ने र सक्ने ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      राम्रो लाई राम्रो भन्नु पर्छ, भन्न सक्नु पर्छ| जस्तै: बाबुराम भट्टराई जस्तो राम्रो काम गरेको अर्थ मन्त्रीलाइ मुक्त कण्ठले प्रशंसा गर्नु पर्छ| माओबादी को कार्य कालमा के के राम्रा काम भए, के के गल्ति भए भन्ने निस्पक्ष र सटिक लेख आओस भन्ने अपेक्षा गर्दछु! त्यो बालकृष्ण दाहाल भन्ने जस्ताका बोक्रे लेख चाहिं होइन नि, प्लिज! He said that the US bombed Afghanistan for Oil! Oil in Afghanistan?Critics should describe not prescribe. माओबादीले साच्चिकै उत्तर कोरिया या क्यूबा जस्तो नभई अलिकति चुनाबी प्रक्रियाको प्रत्याभूति दिन सक्ने हो भने नेपालको ठुलो पार्टीको रुपमा रहन सफल हुने थियो! होइन भने मरिचमान, नबराज सुबेदी जस्तै इतिहासमा बिलाउनु पर्ला!

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bmaay

    पहिलो दिनको प्रशाशन घेराऊ गर्न भक्तपुर तिर बाट आएका माओबादी कार्यकर्ताले बिहान दस बजे तीर नया बानेश्वोर चोकमा बसको छतमा बसेर लाएको नारा: छि छि सुन्दा पनि घिन लाग्ने, भने पछि कार्यकर्ता कस्ता होलान, आफै बिचार गर्नुस …

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pareenita

    विचरा आन्दोलनकारी कार्यकर्ता यता न उता | अझ हेर्दै जाउँ प्रचण्डले अरु के के फिर्ता लिन्छन |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bmaya

    अब भन्नुस यो कस्तो खालको आन्दोलन हो, कस्ता कार्यकर्ता पालेको छ यो पार्टी ले , नेताहरूले के निर्देशन दिएका होलान.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bmaya

    माओबादीको यो कथित आन्दोलनमा तिनका कार्यकर्ताहरूले लगाएको नारा सुन्ने हो ?
    एउटा नारा: बिद्या भंडारी कहाँ गई खोई- के पि ओली तेरो पोई
    अर्को नारा: कस्तो पार्टी एमाले: न पोथी न भाले

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • माओबादी कार्यकर्ता लाइ सभ्य हुन केहि समय लाग्छ कति नै भो र जंगल बाट आएको .. धर्य गर्नुस

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • A parrot swallows a Viagra tablet. His owner, disgusted, puts him in the freezer to cool off. Later when he opens the freezer, he finds the parrot sweating. "How come you are sweating", he asks. Parrot replies – "Do you know how hard it is to open the legs of frozen chicken?"

    Cheer up people!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • यो मावोवादीको कुटनीतिक निर्णय हो । विदेशी प्रतिनिधिहरूसँग वसेर छलफल पश्चात विमानस्थल नाकावन्दी फिर्ता लिए । उता युएन ले मावोवादीको सपोर्टमा वक्तव्य निकालेको प्रसङ्ग छ । स्वायत्त राज्य घोषणा पनि सम्वेदनशील कुरा भएकाले सायद कुटनीतिक दवावका कारण मावोवादीले फिर्ता लिएको हुनुपर्छ । शान्तिपूर्ण रूपमा विकसित आन्दोलन, विदेशी प्रतिनिधिको रिक्वेश्टमा विमानस्थल नाकावन्द फिर्ता जस्ता कुरा मावोवादीले वर्तमान आन्दोलनमा विदेशीबाट नैतिक समर्थन र बल लिन चाहेको र अप्रत्यक्ष रूपमा पाइरहेको देखिएको छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • स्वायेत प्रदेश घोसना फिर्ता लिएको नीति सिट बाझियेकोले हो/ माओबादीको उद्ध्येसे सम्पति तथा राज्य संरचना उन्मुलन गर्दै सांस्कृतिक क्रान्ति गर्नु हो भन्नुले माओबादीको जातिए शंघियेताको माग मात्र देखाओती हो/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • स्वायेत प्रदेशको घोसना पछी माओबादीकै सरकार भएमा पनि उसैलाई निल्नुन उकेल्नु हुन्थियो/ तेसैले फिर्ता लिएको हो/ आन्दोलनमा लचिलोपन देखिए को राम्रै हो/ तर नागरिक मतको सरकार बन्नुमा जोड गर्नु पर्छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • susan

    अब त देश र janatako लागि netaharule socher yesto aandolan नगरी diyema राम्रो hune हो. धन्यवाद आन्दोलन फिर्ता liakoma maobadiharulai

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सधै आन्दोलन को मात्र खबर! उसै गरिबीको चपेटा मा परेका सोझा नेपालीलाइ सधै हुने चक्काजम जस्ता आन्दोलन ले बच्ने मुस्किल सबै आन्दोलन फिर्ता लियर सहमति को बाटो रोज्ने की माओबादीले

    प्रकाश पुन मगर
    बग्दाद इराक

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • yuba

    म योसन्देस देखि एकदम खुसि छु तर फेरी सान्ति त हुन्छ कतै नेपाल मा ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • कार्यकर्ता र नेता ले जे जे गर्नी गरुन तर सोझा जनता लाई दुख नदिउन Please अब कति सहने नेताले जे भन्यो तेही कति गर्ने | आफ्नो दुख सुख गरेर खान पाए राम्रो हुन्थेओ|

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • यसैगरी आन्दोलनको कार्यक्रमहरु फिर्ता लिदै गएमा हामी नेपालीले सास्ती झेल्नु पर्दैन अरु विकल्प न्भयपछी यस्तै हो प्रचंडे

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • केटाकेटी आए गुलेली खेलाये मट्याङ्राको नाश ।।।।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jillabashi Baburam

    नाटकै नाटक, बुझी नसक्नु!
    खै स्वामीहरुसंग डराएको हो कि, बिदेशी शुभचिन्तकहरुको सल्लाह मानेको हो?
    संबिधान लेख भनेर भोट दिएर पठाएका जनताको त कसलाई मतलब? :(

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • suman

    Janata le satha nadiye pachi yestai ho, yo andolan stta ko lagi thiyo tehi bhayera nepali janta le satha diyena , aba maobadi le buddhi purayera sambidhan banaune tira lage huncha, na bhaye peru ko sining path, vitnam wo colambiya ka communist haru ko jastai halat huncha.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sudip

    bekub haru dhatne ko pani sima hunchha ni, j bhane pani hune, aaja yo bholi tyo. yesta bekub haru bata nepali janata le switzerland banaune sapana dekhnu nepaliko pagal pan bahek aru k nai huna sakchha ra?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • कमरेड महोदय,
    नेपाली जनतालाई जता घुमाउंदा पनि घुम्छन भन्ने जस्तो भावना छ भने अहिलेनै निकालेर फाल्दा राम्रो ! किनभने अहिलेको आन्दोलनको लक्छे र तपाईहरु द्वारा जनतासंग गरिएका अपेक्छ्या उल्टो रिजल्टमा परिणत नहोस ! होसियार हुनुहोस ताकि त्यो भन्दा पहिल्यै जनताले तपाईहरुको भित्रि रुप हेर्न नभयाउन !
    धन्यवाद !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • भनेर भएन जनता सडकमा उत्रिएर जता घुमायो उतै भैसक्यो ति अबुझ हरु तर बुझ्दै छन् जनता पनि के हुदै छ भनेर

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माओवादी कमरेडहरुलाई धन्यवाद छ, अर्को आन्दोलन फिर्ता लिएकोमा। फिर्ता लिन पर्ने, विदेशी राजदूत('प्रभु'?)हरुद्वारा दबाब('आकाशवाणी'?) दिन पर्ने, 'गल्ती भयो तर पार्टीको नीति होइन' भनी माफी माग्न पर्ने जस्ता कामहरु यहाँहरुबाट अब नहोस्।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bhakte

    म माओबादी समर्थक त होइन तर यसरी शान्ति पूर्ण बाताबरणको पृष्ठभुमि तयार पार्दै जानुहुनेछ आझै भन्दै माओबादीहरु लाइ धन्यबाद दिन चाहनछु |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • MAHARJAN bimal

    छेउ न टुप्पो को राजनीति गर्ने मओबदिलाई म के भनु र ? कर्येकर्ता उचाल्न जे मन तेही बोल्या छ, अनि नेपाली जनताले साथ नदिदा फिर्ता लिनु पर्या छ | होइन यो माओबादीको कुनै स्थाई लक्ष्य नै छैन कि के हो ? आफै खाऊ, आफै लाऊको सिधान्तबाट माथि उठ्नु पर्यो कामरेड छबिलाल तर बिडम्बना यो काम माओबादीबाट हुन सक्दैन |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ल बधाइ छः कमरेटहरु आन्दोलन फिर्ता लीएको मा ! हुन त बोकेको कुकुर ले सिकार गर्न सक्दैन हैन र ?:p

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • एस्तै कुरा सुन्न पाऊ सदैभरी कति मात्र झगडा गरी बस्ने हामी .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ram singh

    maaobadi lai k garau k garau vai raa chha, ani j man laagchha tyai plan garchhan….
    This shows how well they are in the politics, they must have hired someone during war to organise such a well prepared massacares…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • himalee

    घोषणाहरुको फिर्ती सुची :

    १. प्रचण्ड नेपालको प्रथम राष्ट्रपति हुने घोषणा फिर्ता
    २. हवाई नाकाबन्दी फिर्ता
    ३. स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता

    ४. नया नेपालको नारा फिर्ता

    जय नेपाल
    हिमाली

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • himalee

      क्रमश:

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • sudip

      himalee jee tapai le auta kura bhulnu bho suchima :
      maobadi harule aphno philosophy bata maobad ko philosophy nai phirta

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • himalee

        त्येसैले त क्रमश: भन्या नि !!!
        जे होस् स्मरण गराउनु भएकोमा धन्यवाद !!!!

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • अलि अघि सत्तामा हुदा

      पशुपतिमा पुजारी नियुक्ति – फिर्ता
      योजना आयोगमा हिसिलाकी दिदीको नियुक्ति -फिर्ता
      कटुवाल को बर्खास्ती चै फिर्ता नगर्नाले आफै हिडे सत्ताबाट

      दिनेश

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • samrat

        Nachahido Sena prakaran ma lagnale sarkar batai maobadlai ghokro thyak layera kursi bata firta!!!!

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dipu Shakya

    मिलेमतो को बाटो बाहेक अरु केहि बाटो नभएको कुरा किन बुझ्दैनन यी नेताहरु !?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sagar sharma

    कुरा मिल्न आँटेको हो कि मावोबादी डराएको हो . वा पर्ख र हेर को सुत्र प्रयोग गरेको हो . कि बाइस वटा लिखे दलहरुको ध्वाँस देखि डराको हो. हुनत बाइसेहरुले संयुक्त रास्त्रसंघ लाइ त हस्तक्षेप गरेको आरोप लगाइसके . धोतीहरुको धोति भित्र पसेर उनीहरुको घण्टा हल्लाउने अनि UN ले मिलेर जाउ भन्दा कोकोहोलो मच्चाउने . थुइक्क मरेका स्यालहरु. प्रधानमन्त्रीको पार्टीको अध्यक्ष नै धोति हरुसंग सुत्र माग्न गएको बेलामा .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Heera

    यो सब नाटक हो, बहरको झर्ला र खाउँला भन्दा दिनभरि भोकै बस्नु परेको तितो सत्य श्याल लाइ भएको थियो तेही अवस्था भयो /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • आन्दोलन गरे आतंककारी, सहमति गरे सत्तालोलुप ! आखिर के गर्नुपर्ने हो त हीराजी ? हरुवा टट्टुहरूको चरुवा भएर चुपचाप बस्नु ?

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • साच्चै भन्नु पर्दा हामी संग अरु कुनै विकल्प पनि त रहेन पुष्प जी ! हजारौं जनता रोडमा निस्केर कराउदा त केहि लागेन भने अहिलेको परिस्थितिलाई हेरेर एउटा रुमभित्र बसेर विश्लेषण गर्ने हामी विश्लेषणबादीहरु एक्लै कराउनु त झनै ब्यर्थ होला ? त्यहि भएर तपाइले भने जस्तै चुपनै लागेर बस्नु पर्ला |

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • suman

        Ramro kam gare hunaa ra puspa jee, Ramhari ra prachanda thaiba ko hatara lahi police ma bujhaunu, janta ko lute ko sampati phirta garnu, kghet kabja naganu, janta marera ra dukha diyera party baliyo hune bhayeta, lenin le around 20 lakh, stalin le ta kati ho kati maro tara russia ma 90 barsa ma communist sasan dhalo, north korea ra cuba ko halat testai cha, dynesty politics cha, communist pariwar ko.
        Sambidhan Sabha ma aheka 22 dal jammai haruwa, maobadi matri jituwa bhannu bhaye ko ho? Samsad bata baneko sarkar lahi sadak bata dhalne kun democratic system ma cha eauta udhahar dekhauna saknuhuncha, yedi tapahi communist adhinayak bada ko kura gardai hunuhuncha bahne tapahi lahi nagarik sarbachota ko kura garne naitik adhikar chaina, kinaki communist system ma party ko adhinayak huncha, janata ko haina.

        bichar ta dheri lekhnu huncha stahi tara padera ra bislesad garera matrai lekhane garnus, ani fruitfull huncha, kaite tarka ra chusi kura le samaj ko paribartan hudain.

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • सुमनजी,

          ठीक भन्नुभो, रामहरी र प्रचण्ड थैवको ह्त्यारालाई न्यायिक कठघरामा उभाइनुपर्छ; चाहे त्यो माओवादी होस् वा अरु कोही । सम्पत्ति कब्जाजस्ता कुरा दलगत नीतिमा आधारित होला; मजस्ता बबुरोलाई सोधेर समय बर्बाद नगर्नुस् । देशकै सार्वभौमिकतामा प्रश्नचिन्ह लागेको अवस्थामा २२ दल चुँसम्म गर्दैनन् । यस्तो अवस्थामा सम्पत्ति कब्जाजस्ता विषयलाई माओवादी आलोचना कमसेकम अहिलेको समयमा गर्नु उचित ठान्दिन ।

          जनयुद्धताका मारिएकाहरूको कुरा गरेर के गर्नु ? बरु उनीहरूको बलिदान खेर नजाओस् र पुन: युद्ध नहोस् भन्ने कामना गर्नुपर्छ । यसका लागि सहमतीय राजनीतिको विकल्प छैन । तर माओवादी जति सहमतिका लागि लचिलो भयो त्यति नै कमजोर ठानेको जस्तो लाग्यो । कमजोर देखाउनकै लागि पनि विभिन्न हतकण्डाहरू अपनाइरहेको छ यो सरकार ।

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Lyapche

        bichara pushpa lai kya pir pareko… yastai ho timra nautangki neta haru

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • jeevan

        गिरिजा को हनुमान र माकुने क हुक्के लाइ के थाह सत्य के हो भन्ने |

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Neru Giri ,USA

    नेपाल को राजनीति खै के खै के ???????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Suman Dangol

    Why these politcal parties playing games to the people. Now, Nepali people are able to understand after watching all political parties.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • robei

    माओबादीको केहि सिप लाग्ने भएन अब, के गरोस त बिचरा अरु उपाए छैन |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Harke

    "छिटो संबिधान लेखौ.." भन्ने माग बाहेक अरू मागको लागि गरिने अन्दोलोन बर्तमान अवस्थामा फिर्ता लिनु नै राम्रो हुन्छ !
    धन्यबाद कमरेड !!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • हर्क जी! कुरा जायेज देखिन्छ. तपाइको कुरा हामी धेरैको चाहना पनि हो.

      तर,सहि बाटो र सहि हिडाई नहिडेको यात्री सहि समयमा सहि गन्तब्य पुग्न सक्ला र?

      संबिधान प्राप्ति हाम्रो महत्वोपुर्ण गन्तब्य हो भन्दैमा बिचका irrgularities लाइ बार्गेन र compromise गर्ने शैलीमा बेवास्ता गर्दै जानु गलत बाटो र गलत हिदाइ हिड्नु हो.

      कुराको सार चै: end will not justify the means भन्ने मेरो बिश्वास!

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • भाबाजीको कुरा मा सहमत छु । संविधानकै हतार हो भने त विद्ममान संविधानलाई नै नवीकरण गर्दा भइहाल्यो नि; जो एकताका विश्वकै उत्कृष्ट भनेर कहलिएइसकेको पनि हो । तर जनतालाई यस्ता र त्यस्ता संविधान चाहिएको होइन । नागरिक सर्वोच्चताले भरिपूर्ण स‍‍विधानकै लागि आजसम्म नेपालीले दु:ख खेप्नुपरेको हो । छिटो र समयमै बनाउने धूनमा फेरि उस्तै खालको स‍‍विधान बनाउने हो भने के अर्थ रह्यो र ? जबसम्म नागरिक सर्वोच्चताको प्रत्याभूति हुन्न, तबसम्म नयाँ संविधान बनाउने कुरोले चुरो पाउनेछैन ।

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • ठिस माओवादीहरुको कमेन्ट …

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • नागरिकहरुको आधिकारिक प्रतिनिधिले नै संबिधान बन्न दिनु पर्छ, हतारमा किनिएका बिकियेका हरुले १९५०को सन्धि जस्तै संबिधान बनाए रुनु पर्नेछ/ यो चाहना ठिस माओबादी भए सबैनै माओबादी/

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • चन्द्रजी, ठीकै छ 'ठीस' नै सही । तर किन ? प्रष्ट्याउनुपर्यो नि ! 'ठीसहरू'ले मात्र हावा तालमा अरुलाई 'ठीस' भन्दै, गाली गर्दै हिँड्छन् ? होइन र ? :D

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

            • धेरै अघिबाट पुष्पजी लगायत माइसंसारले ले औल्याएको तर्कसंगत बहसको अपरिहार्यता लाइ मेरो समर्थन.

              केहि सिक्न सकौ वा केहि सिकाउने चेष्टा गरौ साथि हो.

              समय खर्चिदै लाइन बसेर, पालो पर्खिदै बिबेक घोटेर अन्त्यमा चै हतासियेर बदर मत खसाल्ने मतदाताले मतगणनालाइ सुस्त मात्र पार्दैन कि आफ्नो लाचारीको परिचय पनि दियिरहेको हुन्छ.

              मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • अब के भन्नु र खै ! बिडम्बना तपाईं पनि बिनासित्ति गाली गर्नेमा पर्नुभो नि देवजी ? :)

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • भाबा र पुष्पजीका कुराहरुमा मेरो पनि समर्थन छ|

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Harke

        भाबा जी,
        "सहि बाटो र सहि हिडाई सहि स्थानमा मात्रै सम्भव छ…..! "

        सभिधान लेख्न को लागि जति बार्गेनिंग र कोम्प्रोमैज़ गर्ने त्यो सम्भिधान-सभामा गर भनेर नै जंगल र सडकका माओबादीलाई जनताले सबैभन्दा ठुलो दल बनाएर सदन र सरकार मा पुर्याएको हो !

        सरकार चलाउदाको चमत्कार त देखियो नै अब सम्भिधान लेखन पनि बाटो घाटो छेकेरै लेक्ने नियत…..!:p

        सडक बाट नै सम्भिधान घोसना गर्ने भने आयतुल्लाले इरानमा गरेको घोसणा भन्दा के फरक भयो र ?:p
        यो त सबै नेपालीलाइ समान तर सडकछाप बनाउने चमत्कार पो हो त ?

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • हो हो हर्के दाई

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Jitu Nepal

      एमाले,नेपाली कांग्रेस,माओबादी,तमालोप र फोरम ले प्रजातंत्र र लोकतन्त्रको खोक्रो नारा दिएर देश बनाउने र नागरिक अधिकार दिलाउने नाटक गर्दै मधिसे बाहून र पहाडी बाहून ले बहु भाषी,बहु धर्मी,बहु संस्कृति ले सज्जिएको वा भरिएको अति सुन्दर देश नेपालमा एक्कल जातीय भाषा र धर्म को हैकमबाद शासन चलाउन बाहुनबाद लादने चाल खेल गरेको स्पस्ट देखिन्छ,होईन भने देशका सबै बर्ग तह तप्काका प्रत्येक नागरिकहरुको अधिकार सुनुश्चित हुने संबिधान बनाउदा के आपत्ति छ ,के सम्बिधानमा नागरिक अधिकार सुनिश्चित गर्दा एमाले,कांग्रेस,माओबादी,फोरम,तमालोप,निरंकुश रा.प्र.पा.ले तिनीहरुको बाबुको अंश र आमाको दाईजो दिनु पर्ने हो र ! हैन भने देश र नागरिकलाई किन बर्बादीको खाल्डो तीर धकेलने प्रयाश गरिँदै छ !

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • सबिधान अहिलेनै लेखिहालूं भन्नेहरूमा तराई पहाडमा परखाल लगाउने, नचुनेका हारेका सुदका पालेहरु, जनता को मुख हेर्ने नसक्ने तर भारत दर्शन नगरे निन्द्रै नआउने धेरै छ/ अब के संबिधान येस्तैको हात बात बन्नु पर्ने?

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • यो सब नाटक हो| त रोए जस्तो गर म कुटेजस्तो गर्छु | नेपाली जनताका आँखामा छारो |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes