लारा राई
“युद्धको मैदान–अफ्गानिस्तानमा छु। तपाई ‘युगपुरुष’ भनेर मलाई सम्बोधन गर्न सक्नुहुन्छ।”
फेसबुकको बढ्दो प्रचलनसँगै पुराना तथा नयाँ मित्रहरु भ्ोट्ने–बनिने क्रममा भर्खरै भेटिएका एकजना मित्रले आफ्नो परिचय दिंदै इन–बक्समा लेखे।
‘युगपुरुष’?
अरुको मुलुकको सुरक्षार्थ खटिएको सैनिक। अरुको हैकमबाट सञ्चालित। कमसेकम म चाहिं ‘युगपुरुष’ भन्दिन। पलायनवादी भन्न रुचाउँछु। रुखो जवाफसँगै थप लेखें–
थाहा छ, तपाई युद्ध कस्का लागि र, किन लड्दै हुनुहुन्छ?
तपाईलाई आफ्नो धारणा ब्यक्त गर्ने हक छ हजूर उनले पल्टनियाँ लवजमा छोटो र नम्र जवाफ दिंदै लेखे।
विपरित धारणहरुकै प्रसंगमा भर्खरै सामहाङसँग दह्रो वहस चलेको थियो। उनको तर्क थियो– किटपतंग होईनौं हामी। हामीमा चेतना छ। नश्लियबोध हुनु साम्प्रदायिक भावना नत, राजनीति हो। जायज प्रसंगहरु ह्ुन्। हामी, त्यसैले अहिले नेपालमा संघिय प्रणालीको चर्को वहस गर्दैछौं।
वास्तवमा, जातिय मुद्धाबाट उठेर समग्र नेपाली समाजको हकहित र विकासको वहस गर्न सकिन्न? एक समुदायले अर्को समुदायलाई धारे हात लगाएर सराप्नु भन्दा हामी किन, एक समुदायले अर्को समुदायप्रति हार्दिकता प्रकट गर्न सक्दैनौं? किन लाञ्छना र आपत्ति जनाउँदैछौं यतिविघ्न? के हामीमा सहिष्णुता विलिन हुँदै गएकै हो त?
मेरो प्र्र्रश्न टुंगिन नपाउँदै सामहाङले अर्को तक पेश गरे–नेपालको एकीकरणसँगै जातीय संरक्षणको एकीकरण पनि हुनुपर्थ्यो तर दुःखको कुरा ती विविध पक्षहरुलाई राज्यले सधैं अवहेलना र पाखा गर्यो। दासताको पञ्जामा बनायो। त्यहि कारण पनि, हाम्रा पुर्खाहरु यो मुलुक छोडेर पलायन हुन बाध्य भए।
जुनसुकै सम्प्रदाय होस्। असल समाजले निश्चय नै समग्र मुलुकको उत्थान गर्छ नै। सामहाङको तर्कप्रति मेरो विमति विल्कुलै होईन। ‘अतिवादी’ सोचहरुले कहिलेकाहिं समाजमा बर्बरता निम्त्याउन सक्छ भन्ने आसय प्रकट गरें।
जिद्धि दुवै थियौं। हाम्रो वहसको अन्त्य होला जस्तो लागेन। एकैछिन सामहाङसँग ब्रेक लिएँ।
फेसबुकको वालमा टांगिएका कमेण्टहरु पढ्न नभ्याउँदै अर्कोले ‘हेल्लो’ भन्न भ्याईहाल्यो। अभिमन्य रहेछ। धरानका पुराना मित्र। हिजोआज अमेरिकामा रहेछन्। नेपाल छँदा पेशाले ईञ्जिनियर। अमेरिकाका अहिले के गर्छन् कुन्नि! सोध्न भ्याएकी छैन। जागिर र ज्याला नसोध्नु भनिन्छ। त्यसैले पनि सोध्न मन लागेन।
अघिल्लो वर्षसम्म उनी नेपालमा नै थिए। काठमाण्डौंम झस्स भेट्दा भन्दै थिए–तिमीहरु जस्ता पलायनवादीहरुलाई मुलुकमा फर्कने अवस्था सिर्जना होस् भन्ने कामना सहित देशको निमार्ण कार्यमा नै ब्यस्त छु।
ब्यंग्यभन्दा पनि आत्मियताकासाथ मैले सोधेकी थिएँ–ईञ्जिनियर साबको गतिलो कमिसनसँगै हेराफेरि पनि होला र पो टिकेको छौ मित्र। हाँस्दै उनले भने–भन्ने बेलामा तिमीहरु नै हाम्लाई बाहुनले देश खायो भन्छौ। अलि अलि खानु प्रयो नि। कमिसनविनाको परियोजनाको तिमीले कल्पना गर्न सक्दिनौ–अप्रत्यक्ष्य तथ्य प्रकट गर्दै उनले भने।
अभिमन्यु शर्मा, धरानका मेरो धेरै पुराना मित्र। उनी भन्दै थिए–तिमी फर्केर नआएको धरान १५ वर्ष भयौ भन्छौ। ब्यापक परिवर्तन आएको छ धरानमा। लाहूरेहरुको शहर भनेर चिनिने सुन्दर नगरी धरानमा उस्तो रौनक छैन हिजोआज। मृत शहर हुँदैछ धरान। बेलायत आवासको
सुविधासँगै भएका महंगा घरहरु पनि बेचेर धरानका हाम्रा लाहूरे परिवारहरु सबै बेलायत प्रस्थान गर्दैछन्। उहिल्यै कति त हङकङ आईडीले गर्दा हङकङ गईसकेका छन्। गम्भिरमुद्रामा उनले धरानको वस्तुस्थिति बताए।
बाहुन मित्र, धरानको जनजातिय बाहुल्य शहरमा हुर्किए। पुर्ख्यौली घर ताप्लेजुङ भएका उनी धरानका रैथाने लिम्बूहरु भन्दा राम्ररी लिम्बू संस्कति बुझ्छन् र बोल्छन् पनि। मुलुक र आफ्नो शहरप्रति गम्भिर चिन्ता बोक्ने एकजना प्रतिभाशाली युवक पनि अन्ततः पलायन भएछन् सुटुक्कै। पुरानो आत्मियताका साथ जिस्काएँ–काँठो बाहुन हामीलाई पलायनवादी भन्थ्यौ। अवशरवादी वाहुन रहेछौ तिमी पनि।
संयोवश, फेसवुकको वालमा समदर्शी काईलाले लेखेका रहेछन्–’वाहुनवादी प्रतिभाकी धनी लारा।’ सिमान्तकृत बन्न चाहिन मैले। सोध्न भ्याएकी छैन आजसम्म काईलालाई। उनले किन त्यसो लेखे मलाई? उनको रंगवादी धारणालाई मेरो सलाम छ।
सामहाङ आईपुगेछन्। तोङबा पिएँर आए भन्दै थिए। प्रगति मुकारुङको अघि भर्खर पढेको वाल संझिए–“घरबाट सुकुटी, धुले अचार र कोदोको तीनपाने रक्सी आमाले पठाईदिनुभएछ। मन थाम्न सकिन। अहिले म मातेर भिल्लु भएकी छु। तर यति थाहा छ–रक्सी भन्दा घरको हार्दिकताले म बढि मातेकी छु। जस्ले जे भनुन्……………..” साँच्चै कति हार्दिकता र मिठास छन् ती हरफहरुमा। कस्लाई प्यारो ल्ााग्दैन आफ्नो कला र संस्कृति? जातीय पहिचान र परम्परा।
प्रगतीको हार्दिक सौजन्यता पढ्दै गर्दा सामहाङलाई मैले भनें–लुङवा! समस्त नेपालीहरुको आस्था चर्किरहेको बेला, तपाईलाई लाग्दैन के हामी आफैंभित्र खुम्चिन्दै त गईरहेका छैनौं? तपाईले भन्नुहोला, पलायवादी तिमीहरुले आफ्नो माटोको हक बुझ्दैनौ। निश्चय नै संवेदाविहिन बाँच्नुको के तुक, होईन र?
उसो भए, समग्र मुलुकको सार्वभौमिकताभित्र समान धारणाहरुमा हामी साँच्चै अटाउन सक्तैनौ त? यहि मेसोमा, केहि हप्ताअघिमात्रै विमला तुम्खेवालाई पढेकी थिएँ–
बाँच्नका निम्ति एउटा फराकिलो आकाश चाहिन्छ
मर्नका निम्ति आफ्नै देश चाहिन्छ।
हिजोआज, नेपाली आकाशमा राजनिति विद्रोहका राता फिलिंगाहरु दन्किरेहका छन्। हरेक प्रसग र विषयहरुमा राजनिति हावी हुँदै गईरहेको छ। विमति यहि छ। अतिवादीहरु साथ नलिईकन बढ्नै नसक्ने भएका छन् राजनीतिका महारथिहरु। कहिलेकाहिं लाग्छ–साप्रदायिक अपिल बन्ने त होईनन्? स–साना प्रसंगहरु पनि। चक्काजाम। तोडफोड। आगजनी। हत्या–हिंसाा आदी।
स्व. कञ्चन लिम्बूले लेख्नुभएको थियो माइसंसारमा एकपटक–“हामी एक भएनौं भने, कुनै माईका लाल आएर बचाउने छैन नेपाल।” किनभने, यो मुलुक तागाधारी/मतवालीको नभएर केवल नेपालीमात्रैको हो। जस्ले, संसारको कुनै कुनामा रहेर पनि केवल नेपाल सोच्दछ अनि, नेपाल बुन्दछ मष्तिष्कभरि, भरि।
प्रिय ‘युगपुरुष’
के हामी कुनै दिन आफ्नो मुलुक फर्कौंला? अथवा, तपाईले आफ्नो मुलुकको सुरक्षार्थ खटिएर एकदिन दर्विलो छाति लिएर भन्नुहुनेछ? “तपाई ‘युगपुरुष’ भनेर मलाई सम्बोधन गर्न सक्नुहुन्छ।” किनभने, संभोगको समस्त परिभाषाबाट अलग्गिएर, आवेशबाट उत्तेजनाबाट तातिएर अंग–प्रत्यंग चरमोत्कर्षबाट जन्मिएको त्यस्तो स्वभिमानी युगपुरुषको हाम्रो मुलुकलाई नितान्त आवश्यक छ।
विडम्बना! एउटी पलायनवादीले नै यो सबै लेखिरहेकी छे। तपाईहरुको राय थाहा छैन अहिलेसम्म। हो, यतिबेला अभिमन्यु शर्माको भने त्यहि अभिमत हुनेछ ।
No related posts.









good article,worth reading it.
मन परे हरियो, नपरे रातो
0
0
कथामा ''युगपुरुष'' भन्ने वाक्य र ''बाँच्नका निम्ति एउटा फराकिलो आकाश चाहिन्छ मर्नका निम्ति आफ्नै देश चाहिन्छ'' भनाइले मन छोयो | तर म अरुको भूमिमा, आफु बाँच्नको लागि लडाईको मैदानमा रण लड्ने पुरुषलाई म ''युगपुरुष'' को संज्ञाले सम्मानित गर्न चाहन्न | ''युगपुरुष'' त त्यो हो जसले देशको लागि केहि गरे र देशको लागि मर्न सके र मर्न चाहन्छन …………
परदेशमा रहेर जति गफ फलाक्न सजिलो छ, त्यो भन्दा गाह्रो त अहिलेको नेपालमा नेपाली जनता भएर बाँच्न |
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लग्यो तपाइको लेख | पत्र हरुको समायोजन अनि उत्कृस्ट छ | keep it up
मन परे हरियो, नपरे रातो
0
0
-बिमला तुम्बाहाम्फेको अभिव्यक्तिले हामी नेपालीको मात्र नभएर हामीजस्तै अन्य देशका हरूकाको पनि मनोवृत्ति बन्दै गएको छ । यो मनोवृत्ति प्रवृत्तिमा परिणत भइरहेको छ । अर्थात् सकुञ्जेल विदेशीको सेवा गर्ने अनि मर्ने बेला आफ्नो देशको बोझ हुने । तुम्बाहाम्फेको उक्त अभिव्यक्तिको प्रशंसा कसरी गर्नु खै !
मन परे हरियो, नपरे रातो
0
0
-इञ्जिनियर सा’बको कमिशन गफ र उनको पलायनले नेपाल र नेपालीको चित्र सजिलै कोर्न सफल भएको छ ।
-उद्योग होस् वा देश, त्यसको सफलता र असफलतामा हाँक्नेहरू बढी जिमम्वार हुन्छन् । नेपालको इतिहास हेर्ने हो भने प्रधानमन्त्री र मन्त्री पदहरूमा बाहुनहरूको बाहुल्यता रहेको पाइन्छ । ठीक छ योग्यताले मन्त्री बनेका होलान्; तर असफलताको अपजस त लिनुपर्यो नि ।
मन परे हरियो, नपरे रातो
0
0
-लाराजीले कला, संस्कृति, जातीय पहिचान र परम्पराजस्ता धरोहर सबैलाई प्यारो हुने कुरा उल्लेख गर्नुभएको छ; यसमा कसैको विमति नहोला । बाहिरी प्रभावबाट हाम्रा यी धरोहरहरू विस्तारै नामेट हुँदै गइरहेको परिप्रेक्ष्यमा जातीय मुद्दाको उठान सोचनीय छैन र ? जातीय राज्यजस्ता मुद्दालाई हाम्रा मौलिक धरोहरको उत्थानका रूपमा पनि किन नलिने ? बरु साम्प्रदियक सद्भाव नबिग्रिओस् भनी छलफल पो गर्ने कि !
मन परे हरियो, नपरे रातो
0
0
विभिन्न पात्रहरूले लाराजीको साँझ छरपष्ट पारेजस्तै लाराजी पनि लेखलाई उस्तै पार्नुभएछ ।
-‘सेना’ आफैंमा सम्मानयोग्य शब्द हो । विदेशीको सेवा गर्न बाध्य उनी वास्तवमा सरकारी नीतिको ‘शिकार’ भएका हुन् । एउटा सेना र जस्तोसुकै परिस्थितिमा पनि आफ्नो पेशाप्रति कटिबद्ध उनलाई युगपुरुषको संज्ञा दिनुमा कुनै आपत्ति हुनेदेखिन्न् । उनले त्यहाँ के-कस्तो कर्म गरे त्यो अलग कुरा हो ।
मन परे हरियो, नपरे रातो
0
0
किन हामी जुन सुकै कुरालाई पनि जातियता को आधारमा हेर्छौ? म आफै मा अचम्मित छु! हामीले आफ्नो स्वतन्त्रता चाहनु भनेको कसैको खिलाफमा उत्रनु होइन!
मन परे हरियो, नपरे रातो
0
0
does anybody think we nepalese are racist?is it really a country that favours racism!!!!!!!k nepal bata yo jaat-paat ko kura hatyo bhane hamro nepal….hamro pyaro nepal banla ta?????i wonder……i wish…….
मन परे हरियो, नपरे रातो
0
0
dhari gaf garis luna tar bidesh ayer her n k ho youg purus chal pai hal chas ni computer ma baser chat garer lekhn dharai saro cha
मन परे हरियो, नपरे रातो
0
0
Palayenbadi,
yo kura pani purnataya galat cha,
this hole world is belongs to us, we can live wherver we want,,,tesaile huna sakcha tapai ,teiha hunuhunchha jaha tapai le chahanu vayeko thau..k yoo kura purna rup ma galat hoo ra..? haina hunai sakdaina..nachahera tapai tiha pugnu rahanu vakoo hoo ra..kasaile pakrera rakheko cha ra? bilkul chaina,
itihas dhekhi ahilee samma,,yoo manaj samaj ko parampara voli k hunchha ta teyoo ta akin garna ma sakdina..tara malai thaha vayeko ithas dehki ahilee aja samma,,manab jati jaha uslai anukul hunchha teta tirai janee aunee gareko cha,,jastai tapai lara ji..afnai pukha pani nepal ma mul bata pani niskee jastoo nepal mai umreko haina..uttar tira bata tapai ko purkha ko anukul ko thau ko khoji ma aipugeko hunu parchha,,so ke tapai ko purkha lai pani palayenbadi ko pagari odhai dinu milchha,,,,kura k hoo bhanee yoo sovabik parkirya hoo manab jati ko
मन परे हरियो, नपरे रातो
0
0
international tererisium ko against ma,ani ahile samma ka bahumat manab jatile superb,uttam thaneko democracy pachhma,tehi democracy ko rakchartha ko lagi ani teyoo uddha grasta chetra ma,democracy ko sisu lai janmaudai tesko surakchartha ladne haru lai tapai yugpurush bhana saknu hunchha,
teyoo yugpurush haru tapai ko interst ko lagi pani laddaicha,,laddaichou, dubai bhana sakinchha,taki voli tapai le hidnee london street hos athaba washington ko hawai maidan,ani huna sakchha hongkong kai seaport ma kunai atankabadhi hamala haru hijoo jastoo nahos bhanera gureentee hune abastha leuna ko lagi pani laddaichan..tesaile tapai teyoo patra haru lai yugpuush bhanu saknu parcha, tapai pani eauta patra nai hoo,huna sakchha kehi tapai jastoo point of view bokne patra haru lai ,tetyoo yugpurush bhanera bhana theak nalageko tara bhanai parnee chahi yugpurush nai hoo,,THE HEROES,,
Gautamraj Rai
British force Germany
मन परे हरियो, नपरे रातो
0
0
"जसले, संसारको कुनै कुनामा रहेर पनि केवल नेपाल सोच्दछ अनि, नेपाल बुन्दछ मष्तिष्कभरि, भारि" यो अत्ति नै तितो सत्य हो र मेरो यथार्थ यस्तै छ लूना जी, लेख सार्है नै राम्रो छ र भोलिका दिनमा नि लेख्दै जानु होला, कमसेकम मन त अलि हल्का हुँदो रहेछ,
अन्तत: माफ गर्नु होला लूना जी बाहुन वादको चिनो चुच्चो नाक मात्रै छ म संग र पनि मेरो देश बिस्तारै मेरै खिलाफमा छ जस्तो लाग्छ, वा मेरो नाकको खिलाफमा ,
फेरी पनि म तपाइंको लेखको पात्र अभिमन्यु शर्मा जस्तै म पनि पलायन भय भने मेरो कमजोरी नठान्नु होला
परशुराम भंतना
इस्रैल
मन परे हरियो, नपरे रातो
0
0
लारा राईको ठाउँमा लूना लेख्न पुगेकोमा क्षयामाप्रर्थी छु .
परशुराम
मन परे हरियो, नपरे रातो
0
0
लाराजी
लेख साह्रै राम्रो छ / जाहां पलायन हुनुको पीडा छ / आफ्नो मुलुकको समसामयिक चित्रण छ / गाउको झर्रो ठेट शब्द
पनि छ / प्रगतिजीलाई घरबाट पठाईएको रक्शिमा पारिवारिक मायाको मात छ / जश्मा प्रगतिजीलाई मात्र सबैलाइ
भिल्लू हुन मन लाग्छ /
मन परे हरियो, नपरे रातो
0
0
” किनभने, संभोगको समस्त परिभाषाबाट अलग्गिएर, आवेशबाट उत्तेजनाबाट तातिएर अंग–प्रत्यंग चरमोत्कर्षबाट जन्मिएको त्यस्तो स्वभिमानी युगपुरुषको हाम्रो मुलुकलाई नितान्त आवश्यक छ।"' हो लाराजी तपाइको यो शब्द नै यथार्थ हो आजको नेपालको,के त्यो युग पुरुष जन्माउने आमाहरु पाउला त नेपाल ले ?
मन परे हरियो, नपरे रातो
0
0
हैन आजकल मानिसहरु के भाका जे कुराको पनि गलत अर्थ लगाउन पर्ने | कुरालाई जताबाट सोचेपनि अर्थ निस्कन्छ, सुल्टो लाई उल्टो र उल्टो लाई सुल्टो पर्न मिल्छ
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लाई राम्रो नराम्रोलाई नराम्रो भन्न त पाइन्छ होला नि प्रकाश जी
मन परे हरियो, नपरे रातो
0
0
पाइन्छ सिरिस जी मजासग पाइन्छ मेरो भन्नु एती हो कि हामीले दोहोरो अर्थ लगाउनु भन्दा एउटा लेखलाइ लेख को रुपमा हेर्दा राम्रो हुन्थ्यो|
मन परे हरियो, नपरे रातो
0
0
lekh ta ramrai ho tara padne lay padde po aajha ramro hunthiyo………..
मन परे हरियो, नपरे रातो
0
0
पानी माथिको ओभानो बन्ने राम्रो प्रयास….
मन परे हरियो, नपरे रातो
0
0
त्यसरी पेच हान्न त भयन नि किरण
मन परे हरियो, नपरे रातो
0
0
बुझ्नेले पनि अल्ली एस्लाई त बाहुनबाद नै भएको होकी जस्तो लग्यो नि मलाई त
मन परे हरियो, नपरे रातो
0
0
बाहुनबाद नै नेपालको अभिशाप हो….
यसबाट मुक्त भए मात्र नेपाल लाइ सबैको साझा देश भन्न सुहौंथ्यो होला…….
मन परे हरियो, नपरे रातो
0
0
हिजो आज यो नाराले देशलाई सिक्किम बनाउने निश्चित प्राय भैसक्येको छ तेसैले नेता हरुको पछाडी लगेर धेरै न उफ्रौ हाम्रो देशमा अरुकसैले झन्डा गाड्यो भने पछी द्रेरै विकल्प हरु हुदैनन बेलैमा सोचौ
मन परे हरियो, नपरे रातो
0
0
Yesta kura ma aljhinu vanda pani, sadhai lekh lai mahatwa deu. Lekh le ke vanna khoje ko chha, tyesko marma lai bujhau, bujheyena vane bujena vanera sodhau, lagchha lara ji le yesh kura ma kanjuss garnu hunna hola! Hami sabai kura ma 100% chainau, koshish garau ra sabai vanda dhulo kura, nabuje kana buje ko dhong wa natak nagarau, bujena vane bujena vanera vanne himmat garau, laj namanau, yesh le aafai lai faida hunchha.
Lara je, samagra ma lekh dherai ramro lagyo, mero aafno bujaima. Tapaile vanna khoje ko kura ra dekhauna khoje ko kura le samatal taal ma nadi ko jastai bahau lyayeko chha vanne mero byaktigat bujai chha. Yesh lai jhuta prasamsha nasamjhinu hola, lagchha tapai bata yesto galti hune chaina tara lekh lai aajai prasta, aajai khula, aajai aajai byangya thapi dinu vayeko vaye, aajai satik ra lagnu parne lai aakha mai lagtho ki vanne mero kura matra ho. anyway, samagra ma lekh dherai ramro chha. aajai dherai safalta ko kamana.
मन परे हरियो, नपरे रातो
0
0
Ek le arka lai gali garne, dosyaune, khoji khoji nakaratmak kura nai garnu parne, khutta tannai parne, aafai janne sunne hunai parne, aaru lai sadhai sanai dekhne, pragati ra tyes vitra lukeko hajaurau mehanat haru nadekhne, yestai yestai aaneukau karan le garda nai hami sadhai Nepali yesto, desh ko sthiti yesto. Sabai kura ma NAKARATMAK ni dekhnu parne, COMPULSORY.
मन परे हरियो, नपरे रातो
0
0
हो नि प्रियंका जी तर हामीले पनि त कुरा मात्र गर्न जानेका छौ अनुसरण गर्न त जानेका छैनौ कि बाटो नपाएको हो
मन परे हरियो, नपरे रातो
0
0
मैले, देशले ठग्यो भनेर भने जस्तो त लाग्दैन, कि अक्षरहरुको बीचको "खालि"ठाउँ पनि पदने गर्नुहुन्छ कि?? देशको वर्तमान अबस्थाले कसैलाई रुवाएको छैन होला भन्ने कुरामा मलाई बिस्वास छैन|
मन परे हरियो, नपरे रातो
0
0
सिक्किम र अझ सोमालियाको कुरा ल्याउनुभो, फेरी पनि अड्कलबाजी…साचो भन्ने हो भने यो कुरा न त तपाईंलाई थाहा छ न मलाई| तर देशको "रोग ब्याधी" हरुलाई चिनेर उपचार नगरी, हामी अगाडी बढ्न सकिन्न|
मन परे हरियो, नपरे रातो
0
0
साचो कुरा गर्नु भयो
मन परे हरियो, नपरे रातो
0
0
सायद तपाई हाम्रो भन्दा उनीहरुको जीवनमा सुखसयल बढी होला| यसरी अरुको "जीवन"को जोखाई र अड्कलबाजी नगर्न नै उचित होला|
मन परे हरियो, नपरे रातो
0
0
lara di,
Namaskar
Dherai din pachi tapai ko artical my sansar ma padna paya sathai khusee lago , jasko lagi sadhu bad. kalm ko tikho nible jatiya ta ka vichar le garsit mathingal ma tejilo prahar hane ko chha , taysaile uniharu ka mathingal bodheilo bhaya ko anubhuti hunchha .
jatiyata ra dharma ko nara vajaudai ajkal nepal badne ra bhadne sur ma sabai lage ko anubhuti hunchha . yo tito yathartha prabas ma basi basi punu parni kalaskut bish nai hoina ra ? aaja tapai ko lekh ko yatharta le tilmilaya ka haru bhole ko aphno magi khane bahdo ko sampti ko kalpan gardai yathartha lai attma sath garna sakdinan tara satya sadaiba tito tara yathath prak hunchha nai . puna sadhubad .
Nimesh
मन परे हरियो, नपरे रातो
0
0
दिनानुदीन साँघुरो भैरहेको हाम्रो मानसिकता, गुटबन्दी र साम्प्रदैकता यो जटिल समय मा एक
गैर ब्राम्हण ले आफ्नु कथित जात भन्दा माथि उठेर कुरा गर्नु सानो कुरा हैन | लारा जी तपाई को यो समजदारी को मा हृदय देखि नै सम्मान गर्छु |
मन परे हरियो, नपरे रातो
0
0
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन!
हृदय रुन्छ जब कोहि मानब मानबलाइ छुदैन !
मन परे हरियो, नपरे रातो
0
0
एक दम वास्तविकता झलेकेको छ . बाहुन या अन्य पहुच भएका केहि जात हरुले त आरक्षण पाए सरह नै छ / अनि विकास गर्न सक्ने लाइ कसले रोकेको छ भन्नु या त जानी जानी बिझ पचाउनु हो या हाम्रो समाज को नीच पन को ज्ञान न हुनु हो / एउटा जात ले स्धई मौका पाउने कुरा कति लागु हुन्छ / किन कोइराला , दाहाल , खनाल मात्र नेपाल क मुख्य पाटी का लिडर हुन् सके / अरु जात मा के त्यस्तो नेता नै थिएन / यदि आफ्नो देश मा नागरिक को हैसियत ले बच्न न सके किन देश चाहियो या सिक्किम नै बने पो के भो / सिक्किम पनि नेपाल होइन / तर व्यहारिक संबिधान ले त्यंहा नेपाल जस्तो नाटक हुदैन / यो कुरा नेपाल सिक्किम भए पछी सरु लाइ साम्प्रदायिक भन्ने हरुले थाहा पाउलान / रावण ले समय मै बुदी पुर्याएको भए बिबिसन राम क्न्हा जाने थिएन / लंका पनि बच्ने थियो / र रावण को बंश नाश पनि हुने थिएन / त्यसैले बाहुन हरुको बंस नाश भएर पछी दलित या जनजाती ले मात्र नेपाली को बिम्दो थाम्न न परोस / सबै समाबेश भए साम्प्रदायिक झन्डा को कुरै छैन /
मन परे हरियो, नपरे रातो
0
0
रमेश जी एकोहोरो सोचाइमा तपाइको विचार पनि राम्रो छ तर दोहोरो सोच्नुस तपाइको विचारमा पनि अलि नुन नपुगे जस्तो छ
मन परे हरियो, नपरे रातो
0
0
तपाइँ नै भनिदिनुस न त के गरिदिनु पर्यो ? तपाई ले नेपाल प्रधान मन्त्रि हुदा गुरुङ सेनापति किन देख्न सक्नु भएन, लिम्बु सभामुख किन देख्न सक्नु भयन | कर्णाली मा बाहुन हरु भोक भोकै हुदा बौद्ध मा भोटे हरु ले करोड पर्ने गाडी छाडेको किन देख्नु भएन ?
यहाँ सवाल जात को हैन कर्मशीलता को र अवसर को सदुपयोग को हो
मन परे हरियो, नपरे रातो
0
0
सहमत रारा जी .
मन परे हरियो, नपरे रातो
0
0
Great Article. I salute Lara ji. I am not talking about the then PM, GP Koirala and current PM Madhav Kumar Nepal. I am talking about our revolutionary leader Mr. Prachanda, who came to power after killing about 13,000 innocent Nepalese, He is also backing "bahunbad". They are happy to explain that they ended the monarchy, which was overtly or covertly the rule of kshetries. Now, they are boasting of being the boss. He is the first person to be made responsible for planting the seeds of social disharmony, hatred among the racial, religious or cultural entities and disgust between haves and have nots.
The last but not the least, I agree with Lara ji. We have to end monopoly slowly and gradually to make Nepal a common place for all the caste, races, religions and communities.
मन परे हरियो, नपरे रातो
0
0
"पीडित बर्गले" – राजनीति या अरु केहीको सहाराले पनि बिग्रह, बिद्रोह गर्छन भने; यसलाई म बिगतको "प्रतिफल" भन्छु|
मन परे हरियो, नपरे रातो
0
0
यत्रा कुराहरु आईरहेछन, निस्पक्छ तरिकाले पीडितका जायज कुराहरुलाई सम्बोधन गरेर अघि बढ्नुको सट्टा; तपाईहरु चाही अझ उनीहरुलाई नै बिखन्दन्बादी, आदी दुनियाँ भरिको दोष थोपरेर अरु दबाब दिदैहुनुहुदैछ-
मन परे हरियो, नपरे रातो
0
0
यस्ता ब्यबहार त पौराणिक कथाका राछास हरुका मात्र हुन्छन भनेको सुनेको थिए…यस गल्तीलाई स्वीकारेर, सपार्दै लानुको सट्टा, दोषारोपण गर्दैमा यो सुल्टीयेला भन्नु मुर्खता हुनेछ र बिन्दम्बना पनि|
मन परे हरियो, नपरे रातो
0
0
के गर्ने "डाडु-पन्यु" त बाहुनबादीहरुकै हातमा छ नि| अनि अरुलाई गर्न दिने पनि छाटकाट छैन…
मन परे हरियो, नपरे रातो
0
0
बाहुनहरु लाई गाली गर्न पाउनु भो नि अब तपाईको जुनी नै सार्थक भो वाहुन वादी धर्मकर्ममा विस्वास छ भने वैतरणी नदि तर्नु भो तपाईले । तपाईको जय होस ।
मन परे हरियो, नपरे रातो
0
0
तपाई यो ब्यक्तिबिशेस आक्षेपमा झर्नुभो, कृपया मलाई पनि नतान्नु होला| कुरा रह्यो "मेरो जुनी"को, यसमा तपाई चिन्ता नलिनुहोला-मेरो त राम्रै संग बित्दैछ| सकिएपछि तपईकैमा औला नि वैतरणी गर्न, हुन्न??
मन परे हरियो, नपरे रातो
0
0
तर देशले पो दिनहुँ रुवाई रहेछ त| यसरी पनि केहि गर्न सकिने आशाले म यता भौतारिने गर्दछु| धन्यबाद
मन परे हरियो, नपरे रातो
0
0
विदेशमा वसेर नेपाललाई सिम्किम र सोमालिया बन्न मलजल गर्दै हुनु हुन्छ । तपाईलाई के ले रुवायो ?? यहाँ हाम्रा गाँउमा मान्छे सँग काठमाण्डौ जाने पैसा छैन विदेश पुग्नु भा छ तपाईलाई देशले कसरी ठग्यो ?
मन परे हरियो, नपरे रातो
0
0
"शब्दहरु अरुको मुखमा कोच्न" सिक्नु पर्ने त तपाईबाट! ल बधाई छ|
मन परे हरियो, नपरे रातो
0
0
सायद तपाईले "गाउँले" जीवनलाई, "विचरा" देख्नु हुन्छ| मलाई त यस्तो लाग्दैन, काठमाडौँ पुग्ने भाडा नभएर के भो र…
मन परे हरियो, नपरे रातो
0
0
डाडु पन्यु खोस्ने प्रयास गर्नुस सफल भइन्छ
मन परे हरियो, नपरे रातो
0
0
छुवाछुत त अकाट्य रुपमा हटनु पर्छ यसको विरोध कसैले गर्दैन । मेरो कन्सर्न जातिय राज्यको सवालमा हो नेपालको सन्दर्भमा जातिय राज्य कसरी बनाउने हो मलाई राम्रै सँग वुझाई दिनु हो । सुनसरीमा ईनरुवामा मधिसे धेरै छन ईटहरीमा थारु र क्षेत्री वाहुन र धरानमा मतवाली धेरै छन अब मलाई भन्नु सुनसरीलाई कति टुक्रा पार्ने ? जाजरकोटका मान्छेको लगभग आर्थिक स्थिती समान छ भने राज्यो छनोट त्यस आधारमा गर्नु पर्छ भन्ने हो । नत्र ईनरुवाको यादवले भोक्राहाको मुसहरलाई सासन गरी गरी रहेने हो भने यो मुद्दा कहिले टुङ्गिन्छ ? केटाकेटीले चकलेट वाढे जस्तो हैन यो कुरा अलि परिपक्व भएर लेख्नुस । गल्ती कसले कति गर्यो भनेर नापी रहने बेला हैन ।
मन परे हरियो, नपरे रातो
0
0
I like the writing of lara jee.But i dont agree with you.YOu are also awasarbadi nai bhayera……
मन परे हरियो, नपरे रातो
0
0
आजकल त तेती फुर्सद छैन, नत्र मलाई सानै देखि उपन्यासहरु पढ्न असाध्यै मन पर्छ| लेखको लागि धन्यवाद (हैन कुनै बाद) लारा जी |
मन परे हरियो, नपरे रातो
0
0
Hey dherai janne bhayera lahureko barema lekhnu pardaina. jannu ta tannu ghacheti mangu. Timi afai nai lahureko nun pani khayera hurkeki ra tehi natale ahile hk hudai uk samma aauna pai ra chou. lahure pratiko sakaratmak soch banaunu ta kata ho kata. nepali haruma sab bhanda deshlai maya garne ra imandar bahadur sacho nepali bhanekai lahure hun. timilai jathabhabi nalekhna anurodh cha ra timile bastabikta bujhera lekha yasmai timro bhalai cha. okey lara! pheri pani timi lahurekai chori ra bahini hou timilai suvkamana!
मन परे हरियो, नपरे रातो
0
0
रमेशजी,
तपाइको प्रतिक्रिया देखेर अलिक अचम्म लाग्यो, लाहुरेको छोरीले लाहुरेको बारेमा लेख्नु हुन्न (शायद नकारात्मक विचार) किन होला? अनि उहाले गरेको विश्लेषण " जान्नु न तान्नु" को खालको त पक्कै छैन, केहि तर्कयुक्त, केहि युक्ति संगत नै छन् /
जहासम्म नुन-पानीको सवाल छ, नुन पानी भन्दैमा गलत सस्कारलाई सहि भनि राख्नु पर्छ भन्ने छैन / जसले जे भने पनि, लाहुरे प्रथा गलत प्रथा हो , यसको अन्त्य हुनु पर्छ प्रश्न केवल समय र परिस्थितिको अनुकुलता मात्र हो/
तपाइले लेख्नु भएछ " सबै भन्दा देशलाई माया गर्ने नेपाली लाहुरे नै हो" / यस कुरामा म १००% असहमत छु किनकी म आफुलाई सबैभन्दा नेपाललाई माया गर्ने नेपाली ठान्छु यद्धपि म लाहुरे होइन, र यस्तो सोचाई म जस्तै धेरै गैर लाहुरेहरुले राखेको हुन्छन /
यहाँ बाट उत्तरको अपेक्षाको साथमा
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातो
0
0
ठिकै हो लारा जी,
I am agree with you.
Thnx
मन परे हरियो, नपरे रातो
0
0
आफु जति धरातल मा भैन्छ संसार पनि त्यति नै देखिने हो.
गर्ने लाइ यहा कसैले कहिले रोकेको छैन .
नगर्नेहरुले मात्रै हो नानाथरी को कुरा उठाउने.
अस्तु !
मन परे हरियो, नपरे रातो
0
0
निरज जी तर खुट्टा तान्न पनि त पछी परेका छैनन्नी
मन परे हरियो, नपरे रातो
0
0
"बाँच्नका निम्ति एउटा फराकिलो आकाश चाहिन्छ
मर्नका निम्ति आफ्नै देश चाहिन्छ।"….. great truth of this age. i liked it. thanks Lara jee.
मन परे हरियो, नपरे रातो
0
0
जब जब वर्गसमन्वय, समानता र जातीय हकहितको कुरो उठछ, तब तब ब्रह्माणवादीहरुले जातीय सहिसुणुष्ता खलबलायो भनेर आरोप लगाउँछ | सदियौंदेखि अन्य जाति माथि थिचो मिचो गरेको चाहिं जातीय बन्धुत्व हो ? आफ्नो हालीमुहाली गुम्ने डरले नचाहिँदो फत्तुर लगाउन छोडेकै बेश !
मन परे हरियो, नपरे रातो
0
0
एउटा वादीहले देशलाई यहाँ ल्याई पुर्यायो । अब अरु वादीको पालो । देशका आदी वासी भुमी पुत्र उनिहरु नै हुन आफ्नो माग नछोड । आ आफ्नो राज्यको लागी लड पुग्दैन भने न्युयोर्क पनि ठुलै ठाँउ हो त्यहा पनि एउटा राज्य मागे हुन्छ । कसो ओबामाले नदेलान ।
मन परे हरियो, नपरे रातो
0
0
निकै दमदार जवाफ … Appreciated Brismitiji !!
मन परे हरियो, नपरे रातो
0
0
परीवर्तनवाहकहरुले देशलाई यो संघारमा नल्याएको भए यथास्थितिवादीहरु अझै ज्ञानेन्द्रलाई ढोगी रहेको हुन्थ्यो | आफ्नो जातीय उत्थान र आत्मनिर्णयको कुरा अल्पसंख्या जनजातिले उठाउँदा विस्म्रिती जस्ता ब्रह्माणवादिहरु तिलमिलाउने नै भए, कारण उनीहरुको हालीमुहालीमा आंच जो आयो | अब चाहिं यथास्थितिवादीहरुको दाल गल्दैन | चेतना भया !
मन परे हरियो, नपरे रातो
0
0
होइन तर अब यो रोकौ न हामि सबै मिलेर हुन्न
मन परे हरियो, नपरे रातो
0
0
तपाइको बिचारमा मा सहमत छु
मन परे हरियो, नपरे रातो
0
0
लारा जी हामी नेपाली हरु को आखा मा आभिमान को पट्टि बधियाको छ , हामि आफ्नो स्वार्थ भन्दा माथि उठेर सोच्न नै सक्दैनौ | तेसैले तपाई लेख वा अन्य कमेन्ट जति निस्वार्थ र देश को परिवेश सोचेर लेखे ता पनि तपाई ले राम्रो कमेन्ट वा स्याबासी पाउनु हुन्न | यहि लेख मा तपाई को भाव बुझ्ने कोशिश नै नगरी कमेन्ट गर्ने हरु कति छन् |
मन परे हरियो, नपरे रातो
0
0
first of all,
jo aruko desh ma ladeko manesh lai kaam na thannu.tyahi saeneko ko daar la na gyana na prachanda la bloodshed na garna saekako.ani saenaeko la sabai kura bujna bhaya leader huncha ra leader saeneko huna sakdaena.
you r a fool …..i dont want to give any comment.
nepal na develop bhayeko yahi manasekta la ,,,malai thaha cha .
ma yo lekhdae chu becoz i know human history…….
मन परे हरियो, नपरे रातो
0
0
LAXMI( ramro nepali name) bata LARA ( bidesi name but malai thaha chaina what its mean) name change gareko jastai ho my dear lekhika jyu !!! timi pani ta afno swodes ma navayara katai bides ma nai katai abasar ko khoji ma or badhyata (akshar bidesine nepali le vanne gareko vanai) le bidesiyako holau ni hoina? bidesi muluk ko surakshartha khatiyako sainik ra timi ma k farak vayo ra?" yugpurush" pani rahar le hoina hola timi jastai badhyata ani abasar ko khoji ma tyaha samma pugeko huna sakcha , tara yo prithvi ma jaha base pani afno hridaya ma NEPAL, ani NEPALI MAN liyara bache vai halyo ni !!!
मन परे हरियो, नपरे रातो
0
0
प्रवासी ! कि नेपालीमा लेखौं, की अंग्रेजीमा | यो नेपान्लीशमा नलेखौंन हौ !
मन परे हरियो, नपरे रातो
0
0
कुन भाषामा कमेन्ट लेख्नु भाको हो बुझिएन, कि अंग्रेजीमा कि नेपाली मा लेखिदिनु भए पढ्नेलाइ सजिलो हुन्थ्यो | मेरो तर्फ़ बाट एउटा (-).
मन परे हरियो, नपरे रातो
0
0
खस भाषामै लेख्नु पर्छ भन्ने छ र यही भाषा बोल्नेहरु शोषण गरिरहेका छन उनिहरुको भाषा किन बोल्ने ? :-:D
मन परे हरियो, नपरे रातो
0
0
तपाइको चै full time काम नै mysansar मा comment लेख्ने र reply गर्ने हो? देशमा बसेर बिदेसियेकालाई गालि गर्दैमा खुब देशको सपुत बन्नु भयो है…. ल बधाई छ |
मन परे हरियो, नपरे रातो
0
0
लारा जी, लेखमा हमालको हुल्यापन अनि थरमा राइको राइलोपन भयननि येस्तोत कि कसो?
मन परे हरियो, नपरे रातो
0
0
तेस्तै तेस्तै हो …….
मन परे हरियो, नपरे रातो
0
0
यो कथा हो कि sachhikai ko experience हो तर सारै राम्रो लग्यो. येसको संदेश चै सारै राम्रो छ| जसले लेखे पनि जातीय र छाला को रंग भन्दा माथि उठेर लेखक को लेखन लाई प्रसंशा गर्न मन लाग्यो
मन परे हरियो, नपरे रातो
0
0
नेगेटिभ मार्किङ्गले सहि कुरा भन्दा पनि मासले तालि बजाउने कुरा गर्नु पर्ने भएको देखेको छु मैले । यसले सतही मुल्याङ्कनलाई बढावा दिएको छ।
लारा जी आफुलाई बाहुनवादी भनाएर गर्नु गाली गर्नु भो वाहुनलाई । पढ्ने सिक्ने उमेर वाउले लाहुर वाट कमाएर ल्याएको पैसाले मातेर हिड्ने अनि अनि यो योग्यता वा योग्यता भन्दा माथीको काम नपाउदाँ वाहुन गर्न दिएन भने गाली गर्ने ? धरान त मतवाली बाहुल्य भएको ठाँउ हो क्यारे मलाई एउटा कुरा भन्नु त तपाईलाई क्लासमा फष्ट हुन र राम्रो सँग पढेर शैक्षिक योग्यता अनुसार को राम्रो पोष्टमा पुग्न कसले रोकेको थियो । जसले त्यसो गरे तिनीहरुलाई आफु मुन्तिर बाहुनहरुलाई राखेर हाकिम भै खाएकै छन नि । कि तिनिहरु पनि बाहुनका झटकेलो सन्तान हुन ??
जातिय क्रान्तीले यो देशमा तिम्लाई मुख्यमन्त्रि त बनाउला नै तर सिक्किम मा झै भारतिय झण्डा फहराउने छ । ख्वै वाहुनहरु गर्न दिएन भन्छौ सामाजिक क्रान्तिको कुरा गर्छौ ख्वै तिम्लाई आर्थिक क्रान्ति गरेर सामाजमा परिवर्तन ल्याउन कसले रोकेको छ ?
मन परे हरियो, नपरे रातो
0
0
सहि हो बिस्मिर्ती जी योगेता हुने लाई को ले रोक्छ र यहाँ आफु संग क्षमता हुदैन अनि भन्न छन् बाहुन ले दिएन भनेर
मन परे हरियो, नपरे रातो
0
0
u must have already forgotton what girija and madhav kumar done recently, and that is also on the international level platform. would u still believe in our exixting nepalese system?? these two incidents were only the tip of the iceberg and these sort of things, i'm very confident, do happen in nepal in daily basis. n u go about blaming others for their weakness!…how pathetic. i don't believe 12% people can invade up to 98% of government positions with smartness and better education…hope u understand where i'm coming from.
मन परे हरियो, नपरे रातो
0
0
योग्यता मात्र भएर के गर्ने र ? कहीं जागिर खानु पर्यो भने लोक सेवा को परीक्षा मा नै फेल गराई दिईहाल्छन, कि त आफ्नो मान्छे हुनु पर्यो ठाउं मा ! योग्यता को सहि कदर गरिएको भए के बाहुन हरु ले मात्रै लोक सेवा पास गर्ने हुन् र ? अन्य जाति हरु ले पास गर्न सक्दैनन ?
मन परे हरियो, नपरे रातो
0
0
सरर हेर्दा त तपाईको कुरा ठिकै जस्तो लाग्छ, तर कुरा अलि गहिरो छ | लाराजी का सबै कुरा पक्कै perfect छैनन् तर तपाइले पनि सतही नै मुल्यांकन गर्नु भएको छ विस्मृति ज्यु | मनांगमा बस्ने गैर-नेपालीभाषी लाइ जबर्जस्ति संस्कृत लादे पछी कसरि पढेर माथि लाग्ने ? त्यस्ता कुराहरु नै हुन् बाहुनबाद | यो सब्द चयन अलि नपच्न सक्छ ब्राम्हणहरुलाई तर यसले यो ग्रुपलाइ मात्र समेट्ने हैन कि गैर बाहुनलाइ पनि समेट्छ| उदाहरण लिउ दलितप्रति को व्यवहार | दलितलाइ अझै राम्रो ट्रीट गर्न सक्या छैन हाम्रो समाजले चाहे त्यो बाहुन होस् या गैर बाहुन होस् |
हरेक वर्ग र समुदायको खाचो बाहुनबादको अन्त्य हो जसको मतलब सबै बाहुनको बिरोध हैन | बरु शब्द मिलेन भन्न सकिन्छ, समस्या नै छैन भन्नु पनि ठिक हैन |
मन परे हरियो, नपरे रातो
0
0
तपाईको कुरा पनि ठिकै हो जस्तो लाग्छ तर कुरा गहिरो छ । तपाईले नेपाल छोडि सक्नु भा भए कहिले छोड्नु भा हो कुन्नी? नेपालका कुनै पनि (सस्कृत विध्यालय छोडेर) स्कुलमा सस्कृत अनिवार्य छैन । नेपाली भन्न खोज्नु भा भए मैले पनि भोली मनाङ्गे सँग कुरा गर्नु पर्छ उसले पनि म सँग कुरा गर्नु पर्छ त्यसैले माध्ययम भाषा चाहिन्छ । त्यसैले हुन सक्छ राज्यले गैर नेपाली भाषीलाई नेपाली पढ भनेको । त्यो तपाईहरुलाई चित्त वुझेन भने आउनुस नेपाली भाषा हटाई दिउ सल्ला गरेर ।
।
समस्या छैन त म पनि भन्दिन तर यो सम्यस्या मुल जड आर्थिक कारण हो । पहिले त्यसलाई सम्बोधन गर्नु पर्छ नत्र भोली राई हरुको भने गोडा चार एक राज्य हुन्छ । किन भने जातियताको कुरा धेरैको लागी मुख्यमन्त्रिको राजनिती हो ।
मन परे हरियो, नपरे रातो
0
0
लेख्ने पर्दा प्रश्न माथि प्रश्न आउछन | अहिले संस्कृत अनिवार्य छैन त के फरक पर्यो ? के त्यो बेलामा मर्का परेका मान्छेलाइ वास्ता नगर्ने ? मुख्य सवाल यस्तो नीति किन ल्याइयो त पहिले?
जे होस्, त्यो उदाहरण मात्र हो | कुरै नबुझ्न पर्ने केहि छैन, बुझेर बुझ पचाउनु भएको हो भने बुझाउन सकिने पनि भइएन | अनि विदेशमै बसेको हुनाले नेपालका विसंगति औल्यानु हुन्न र मैले ?
नेपाली भाषाको बिरोध गर्या छैन, एउटा कमन भाषा हुनु पर्छ, नेपालीको स्थानमा अरु भाषा छैनन् तर त्यसो भन्दैमा अनिवार्य नै गर्नु पर्ने, नेपाली भाषा नजान्नेले एजुकेटेड बन्नै नपाउने पनि त राम्रो भएन !
मन परे हरियो, नपरे रातो
0
0
तपाई जस्तो थियो कुनै बेला मेरो पनि विचार । अहिले आएर म गलत रहेछु भन्ने लागी रहेको छ । सवै वाहुन धनि र उच्च पदमा छन र ? सवै गैर वाहुन पनि गरिव छैन । यहाँ विकास जातिय राज्य विभाजन गरेर हैन भौगोलिक र आर्थिक आधार तय गरेर गर्नु पर्ने वेला भा छ । नत्र वुढानिलकण्ड, सेन्ट जेभियर्स पढेको परियार ले दार्चुलाको दलितमो कोटमा एम. वि. वि. एसमा नाम निकाल्छ । तपाईहरुले वुझेको त्यही नै सहि हो जस्तो लाग्छ मलाई । म पहिला गलत थिए होला अहिले छैन । जातियताको आधारमा राज्य सरचना गर्ने हो भने तपाँईहरु त विदेशि हाल्नु भो तर हाम्रो विजोग हुनेछ ।
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा धेरै भो राजनिती त्यसैले आफ्नो कमजोरी लुकाउन भाषा धर्म र क्षेत्रियताको कुराले राजनिती नगरौ समय क्रममा यि कुरा आफै मिल्दै जान्छन पहिले सवैलाई आर्थिक रुपमा सक्षम बनाउ भन्न खोजेको मैले । किन भने जातिय क्रान्तीले यो देशमा तिम्लाई मुख्यमन्त्रि त बनाउला नै तर सिक्किम मा झै भारतिय झण्डा फहराउने छ ।
मन परे हरियो, नपरे रातो
0
0
मेरो बुझाईमा, जब राज्यले कानमा तेल हालेर बस्छ, कसैलाई काखा कसैलाई पाखा गर्छ, छुवाछुत हटाउदा सामाजिक संरचना बिथोलिन्छ भन्ने बुज्दछ – भने
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो मित्रहरु संगको बार्तालाप लाई मेरो संसार मार्फत संदेश दिन जमर्को गर्नुभएकोमा तारा जी लाई धन्यवाद. तर तारा जी अरुको खण्डन गरेर मै जान्ने मै बुझ्ने भन्नु भन्दा अलि लचिलो हुने कि
मन परे हरियो, नपरे रातो
0
0
तारा जी हैन लारा जी हो
मन परे हरियो, नपरे रातो
0
0