-सुषमा मानन्धर-
ऊ एउटी नवोदित लेखिका। लेख्ने उसको कुनै पेशा नभए पनि साहित्यतिर गहिरो अभिरुचि भएको कारणले घरव्यवहारपछि उब्रेका समयमा उसले धेरै लेखेकी छ। आफ्ना रचनाहरुलाई उसले लेख्दै अनि साँच्दै गरेकी छ। अहिले नै संग्रह निकालि हाल्न ऊ सक्दिन। केही पत्रिकामा फाट्टफुट्ट एक दुई लेखहरु छापिनु सिवाय बाँकी उसका रचनाले अप्रकाशितको नियति भोग्नु परिरहेछ। उसले प्रयास नगरेकी पनि हैन, धेरै पत्रिकातिर प्रकाशनको लागि पठाएकी पनि हो। तर कुन्नि तिनले कतै किन ठाम् पाएनन्। लोकतन्त्रपछि जताततै समावेशिकरणको नारा लागिरहेको बेला महिला लेखिकाहरुलाई सबै पत्रिकाले प्राथमिकता दिन्छन् भन्ने कुरा उसमा किन लागू हुन सकेन, उसले बुझ्न सकेकी छैन। पत्रिकासँग सम्बद्ध केही साथीभाइहरुलाई हारगुहार पनि गरिसकी। उनीहरुको “आश्वासन”सँग ‘हुन्छ म खबर गरुँला’ भन्नेहरुको खबर उसले कहिल्यै पाइन।
पत्रिका पसलतिर आउने प्रायः नाम चलेका सबै पत्रिकामा उसले आफ्ना रचनाहरु पठाइसकी। आउँदा जाँदा बाटोमा झुण्डयाइएका ती पत्रिकाहरु हेर्न ऊ प्रायः छुटाउँदिन। तर उसले आफ्ना रचनाहरु छापिएको कहिल्यै देखिन न त कसैले उसलाई छापिएको जानकारी नै दिएका छन्। कत्रो लगनले लेखेका आफ्ना सृजनाका अंशहरु कुन कुनामा फालिएका होलान् भन्ने आशंका मात्रले पनि उसको आङ सिरिङ्ग हुन्छ। पहिले पहिले त कुन पत्रिकामा कुन मिति र समयमा कुन-कुन रचना पठाइयो भनेर ऊ बकाइदा टिपोट गरिराख्थी। हरेक दोस्रो रचना पठाउँदा अब यसपाली त छापिन्छ भनेर ढुक्क हुन्थी। त्यसको अब कुनै हिसाव नै रहेन। कहिले काहीं त ऊ खिन्न पनि हुन्थी र निराश भै कागजका खोस्टासरि थन्किएका आफ्ना रचनाहरुलाई अगेनाभित्र झोसिदिन खोज्थी तर उसले कहिल्यै त्यसो गर्न सकिन।
केही दिन अघि एउटा पत्रिकाले कथाहरु छाप्नको लागि आह्वान गरेको देखेर उसले पनि एउटा कथा पठाई। छापिने कुराको संभावना कमै देखे पनि ऊभित्र एउटा क्षीण आश पनि थियो। कथा पठाइएको हप्ता दिन पछि उसको मोबाइलमा एउटा फोन आयो अपरिचितको, अप्रत्याशित तवरले। त्यही पत्रिकाको सम्पादकको थियो, उसले विश्वासै गर्न सकिन। कथामा प्रयुक्त शब्द र अक्षत विषयबाट आफू प्रभावित रहेको बताउँदै उनले उसको लेखाइको मुग्धकण्ठले प्रशंसा गरे। रचना छापिनु भन्दा अगाडि नै प्रतिक्रिया, त्यो पनि सम्पादकबाट ! उसले आफूलाई सपना देख्दै गरेकी हो कि भन्ने ठानी। हैन। राम्रै चलेको त्यो पत्रिकामा उसको कथा छापियो। उसलाई बधाई पनि सबै भन्दा पहिला तिनै सम्पादकबाट प्राप्त भयो। आफ्ना अन्य रचनाहरु नछापिएको पीडा सजिलै बिर्सी उसले। मानौं ठूलै पुरस्कार पाए सरी उसका खुट्टा भूँइमै रहेनन्। आफ्ना चिने जानका सबैलाइ आफ्नो छापिएको कथा देखाई। धेरैले उसको कथा नबुझे पनि “चिया खुवाउनु पर्छ है” भन्दै बधाई दिए।
भोलिपल्ट उसले सम्पादकलाई फोन गरी, उनी फूर्सदमा र केही ताजा मूडमा रहेछन्। कथा छापिदिएकामा ऊ सम्पादकप्रति साह्रै अनुगृहित थिई। उसले फोनमा आभार व्यक्त गरी त्यसका लागि। “म त मान्दिन। यतिले कहाँ हुन्छ, चिया खुवाउनु पर्छ।” उनको सरल र सहज माग सहर्ष स्वीकारेर उसले सम्पादकलाई चियाको लागि निम्त्याई नजिकैको रेष्टुँरामा। उनी आए पनि।
करिब पैतालिस वर्ष जतिका भरिला जिउडालका ती सम्पादक निकै वाक्पटु देखिन्थे। आधा घण्टा जतिको उनीहरुको चिया खवाईमा ती सम्पादकले उसमा ठूलै प्रभाव छाडे। उसका लेख रचनाहरुमा आफूले सक्ने सहयोग र स्थान दिने बताएर जस्तै परिस्थितिमा पनि लेख्ने काम छाड्नु हुन्न भन्ने सुझाव दिन पनि उनले विर्सेनन्। उसका लागि ती सम्पादक वास्तवैमा कुनै देवदूतभन्दा कम्ति थिएनन्। कतै पनि कुनै रचनाहरु नछापिई रहेको कालो कुण्ठा माझ जमिरहेकी उसलाई उनले प्रकाश बनेर डोर्याएको झैं लाग्यो। आफ्नो लेखाइको स्तरीयतामा विश्वास गर्नुको साटो, त्यसले पाएको अवसरलाई उसले ठूलो ठानी। हुन पनि कतै नछापिएसम्म त्यसको स्तरीयताको के अर्थ रहन्थ्यो र !
सम्पादकसँग फोनमा प्रायः कुराकानी भैरहे पनि त्यसपछि लामो समयसम्म फेरि उनीसंग भेटघाट हुन सकेन उसको। ऊ भेट्न चाहन्थी, आफ्नो लेखाइ वारेको उनको धारणा, भविष्य र सम्पादकबाट पाइने र्समर्थनका बारेमा लामो कुराकानी गर्न। सम्पादकको व्यस्त दैनिकीलाई अनुमान गरी उसले भेटघाटको लागि पहल गर्न सकिरहेकी थिइन।
एक दिन उसलाई अचानकै बोलाए उनले आफ्नो अफिसमा। ऊ त्यहाँ पुग्दा केवल सम्पादक थियो, मेचमा धुम्धुम्ती बसिरहेका। सँधै भन्दा अलि फरक केही गम्भिर देखिएका उनी, ऊ पुग्ने वित्तिकै उनले हात समाई छेउको मेचमा बसाले। छक्क परी ऊ। उसको सोचाइ विपरीत उनले खासै कुनै व्यक्तिगत कुरा गरेनन्।
“एउटा विचारोत्तेजक लेख लेख्नु पर्यो।”
उनले आफ्नो हातलाई उसको कुममाथि राख्दै भने “पत्रिकाको वाषिर्कोत्सव पारेर एउटा नयाँ पत्रिका लन्च गर्दैछौं।”
समाजमा स्थापित पाँचजना महिलाहरुलाई विशेष हाइलाइट गरी लेख छापिने र त्यसमा उसको पनि लेख रहने बताउंदा पत्याउनै सकिन उसले। हिजोसम्म गुमनामीको अँध्यारोमा रहेकी ऊ, आफूलाई प्रसिद्धिको टाकुरामा चढ्दै गरेको महशुश गरी उसले। के साँच्चि उसको लेखाई यति सशक्त छ, नत्र यो कृपादृष्टि किन ?
“लेख्नु हुन्छ हैन ?”
सम्पादकको हातको भार उसको काँधमा बढेपछि उसको कल्पनामा चढाइ रोकियो। उसले विस्तारै टाउको हल्लाइ, केही बोलिन। उसको गाला थपथपाएर घर जानू भने सम्पादकले त्यसपछि।
केही समयपछि फेरि दोश्रो कथा छापियो उसको। साथीहरुले उसलाई यो अझ माझिएको छ भने। तर उसले यसको सम्पूर्ण श्रेय तिनै सम्पादकलाई दिई। उनले नछापिदिएका भए त्यो सिर्फ एउटा कागजको टुक्रा हुन्थ्यो। आफ्नो प्रतिभाको पारखी तिनै सम्पादकमात्र रहेछन्, उ विस्वस्त भई। उनको नम्बर डायल गरेर उसले आफ्नो कृतज्ञता देखाई। आफ्नो खुशी नजिकबाट बाँड्न चाहेर उसले कुनै दिन लन्चमा आउन अनुरोध पनि गरी उनलाई। उनले लन्चमा नभै उसँग डिनरमा जान चाहेको कुरा बताए। डिनर, उसको लागि स्वीकार्न गाह्रो कुरा थियो। घरमा श्रीमानलाई के भन्ने ? उसमाथि सानो छोरो। उसले असमर्थता जनाई पहिलोचोटी। उनले खान आउने कुरा त स्वीकारे तर स्थान र समय उनको रोजाइमा हुने कुरामा उनको अडान रह्यो। बाध्य भएर उसले स्वीकारी।
ऊ बेलैमा लन्चमा गएर फर्किन चाहन्थी तर सम्पादकको फोन आएको थिएन। करिब चार बजेतिर उनले फोन गरेर उसलाई रत्नपार्कमा आउन भने। त्यहाँबाट कहाँ जाने उनले केही खुलाएनन्। निर्धारित समयमा ऊ त्यहाँ पुग्दा उनी सडकछेउ गाडी बिसाएर उसैलाई कुरिरहेका थिए। गर्मी, नर्वसनेस र हडबडीमा ऊ पसिना पसिना भएकी थिई। उनले गाडीको ढोका खोलेर रातै भएकी उसलाई एकछिनसम्म नियालिरहे अनि अगाडि बस्न ठाउँ देखाए। उनको मौनता देखेर उसले कुन ठाउँ जाने भनेर सोध्न सकिन। दुई तीन वटा गल्लीहरु छिचोलेपछि एक ठाउँमा गाडी रोकियो। मुख्य सडकदेखि भित्र, शान्त वातावरणमा यति राम्रो रेष्टुरेण्ट, उसले सोचेकै थिइन।
“कस्तो लाग्यो ठाउँ ?”
पहिलो चोटि बोले उनी। केही दबेको स्वरले “ठीकै छ” भने पनि ऊभित्र एउटा अव्यक्त डर मडारिरहेको थियो। कुनाको टेवुल रोजे उनीहरुले। एक जोडी विदेशी ग्राहक बाहेक अरु थिएनन् त्यहाँ।
“के खाने ?” उनले सोधी।
“जो इच्छा तिम्रो”
सँधै गर्ने तपाई सम्बोधन छाडेर उनले “तिमी” को तात्पर्यमा भने।
“के खुवाउन सक्छ्यौ ?”
द्विअर्थ लाग्ने उनको प्रश्नमा ऊ मनमनै आत्तिई। प्रत्यक्षतः केही नबोली मेनु हेर्न तिर लागी ऊ। कोल्ड ड्रिन्क र खाना अर्डर गरेपछि उनले पत्रिकाको कुरा निकाले। लेखहरु छापिन तयार भैसकेका र त्यसमा छापिने उसको लेखले उसको ठूलो परिचय बनाउँछ भन्दै ती सम्पादकले उसको पिठ्यू थपथपाए। ऊ बोलिन। एकछिन मौनता छायो दुई बीच। उसले घरिघरि घडी हेरेर ढिला हुँदैछ भन्ने जनाउन खोजी।
“खै कति बज्यो ?”
उसको हात छातीतिर घचेट्दै उनले उसको घडीमा समय हेरे। यसो गर्दा उनको हातले उसको छातीमा छोइयो। नियतले गरिएको थियो कि त्यो अन्जानमा भयो, उसले भन्न सकिन। सम्पादकले उसको हात आफ्नो हत्केलामा लिंदै अर्को विस्फोट गरे, “तिमी सेक्सको बारेमा के सोच्छौ ?
उनको हात तातो थियो र कामिरहेको। बिरामी हुन र ? थिएनन् ! फेरि त्यो उन्माद कस्तो।
यदि आफ्ना रचनाहरु छाप्नु पर्ने थोरै स्वार्थ मात्र नभएको भए पनि ऊ यो परिस्थितिमा यसरी लाचार भै बस्ने थिइन। विषयलाई परिवर्तन गर्ने बारे सोच्दैथिई ऊ, उनले ऊतिर निहुरिंदै सुस्तरी भने, “मलाई ठूला छाती भएका स्वास्नी मान्छे निकै मनपर्छ।” उनले घुटुक्क थुक निलेको देखी डरले उसको मुखै सुक्यो। उसलाई असहज र अन्यमनस्क भएको अनुमानमा सहज बनाउन उनले फेरि लेखाइको प्रसङ्ग झिके। लेखाइको शैली नौलो रहेको भन्दै त्यही गतिमा लेखे छिट्टै नामी र स्थापित लेखिका बनिने सपना देखाए उनले। सपना उसले पनि देखेकी थिई तर सपना पछाडिको अँध्यारो रात उसलाई त्रस्त बनाउंदै थियो।
अर्डर गरिएका खानेकुरा आइसकेका थिएनन्। ढिलो भएको हो वा गराइएको, झिनो शंका उठ्यो उसको मनमा। शंका उपशंका, डर संकोच र छोरोको पीरले कुरा गर्न उसँग कुनै विषय बचेको थिएन।
उनी ऊसँग अलि बढी टाँसिए, “सुन, तिम्रो लेखाई असाध्यै राम्रो छ, मलाई मन पनि पर्छ। तर एउटै कमी छ ……।”
उनले वाक्य अपूरै छाडेकाले उसले पुलुक्क उनको अनुहारमा हेरी।
उनले अगाडि भने, “यदि नामी र स्थापित बन्नु छ भने तिमीले आफ्नो कमजोरी हटाउनु पर्छ। यही तिम्रो प्रगतिको वाधक हो। हटाउँछ्यौ हैन ?”
एउटा साँचो शुभचिन्तकले जस्तो उनले उसको सृजनाप्रति चासो र चिन्ता लिएको देख्दा उसलाई उनी प्रति व्यर्थै शंका गरे जस्तो लाग्यो। उनले एकछिनसम्म उसलाई तौलिरहे, “तिमीमा लेख्ने अदम्य शक्ति र इच्छा छ, यसलाई संकोच र रुढिवाढीतामा नअल्झाउ। लेख्नेहरु यहाँ धेरै हुन्छन् तर सबै नामी बन्दैनन्। मैले धेरैलाई स्थापित गराइसकेको छु। तिमीलाई पनि गराउँछु। यहाँ केही पाउन केही गुमाउनु पनि पर्छ। आऊ हिंड, माथि बसेर डिस्कस गर्दै गरौं। कुनै ठूलो र बेर लाग्ने कुरा पनि हैन। ती सम्पादकले उसको सामु एउटा सत्य र्छलङग्याइदिएका। ऊ स्तब्ध र शून्य भई। ऊसँग अब पाँच मिनेटको विकल्प थियो। सम्पादकको कुत्सित शर्त पुरा गरेर लोकप्रिय र स्थापित लेखिका बन्ने कथित अवसरका सम्भावनाहरु लिने या आफनो मूल्य मान्यता, अस्मिता र आत्मसम्मानलाई कायम राख्ने।
आँखा अगाडि अंध्यारो छाएर भाउन्न छुट्ला झैं भयो उसलाई। उसले कोही देखिन त्यहाँ, न सम्पादक, न विदेशी जोडी न कुनै कर्मचारी। ऊ जुरुक्क उठी। लडखडाउँदा पाइलाहरुले अगाडी बढी। सम्पादक उसलाई बोलाउँदै थियो। उसले सुनिन। बाहिर घाम अस्ताइसकेको थियो। सडक किनारका बत्तीहरु पनि बलिसकेका थिए। साह्रै अबेला भए जस्तै उसको मन अत्तालियो। उसको कानमा छोरो रोइरहे झैं लाग्यो। ऊ हिंड्दै गरेकी बाटोभरि ढुंगैढुंगा थिए। हरेक ढुंगा मुन्तिर उसलाई आफ्नै रचनाहरु किच्चिएका झै लाग्यो। एउटा यथार्थ थियो उसको सामु ,उसले अभ्यस्त हुन सकिन। रुन नचाहेर पनि उसका आँखा रसाए। उसलाई थाहा छ- अब त्यो पत्रिकामा उसका दोश्रो कुनै रचना छापिने छैनन्, आखिर उसले सम्झौता जो गर्न सकिन। mdhsusma@yahoo.com
[यो कथा पहिलो पटक माइसंसारमा डिसेम्बर २००७ मा प्रकाशित भएको हो। तपाईँ पनि आफ्ना कथा माइसंसारका पाठकसँग बाँड्न चाहनुहुन्छ भने पठाउनुस् story@mysansar.com मा]
Related posts:












वास्तविकता कथाले झाल्कयेकै छ . त्यसमाथि लेखन शैली पनि निकै राम्रो छ
मन परे हरियो, नपरे रातोः
0
0
पैला त यति लामो समय पछी तपाईको लेख पढन पाउदा सारै खुशी लाग्यो. तपाईका लेखहरु सरल भै कन पनि सरस अर्थपूर्ण हुन्छन.
नारी भनेका कम्जोर हुन्छन भन्ने हरु को पर्दाफास गराई नारी आफ्नो अस्मिता लाई कति इज्जत गर्छन भन्ने, लेखले अति मिठो ढंगमा दर्शाएको छ. सुष्मा जी मेरो हार्दिक धन्यबाद . my sansaar maa आउने क्रमको ग्याप अलि कम गर्नु हुन्थ्यो कि .
मन परे हरियो, नपरे रातोः
0
0
सुस्मा जी धेरै दिन मा हजुर को लेख पढ्न पाइयो खुशी लाग्यो .धेरै राम्रो छ l
मन परे हरियो, नपरे रातोः
0
0
सुष्मा जी, यथार्थ कुरा माथि प्रकाश छर्नु भएको छ, एकदम मन पर्यो तपाईको लेख!
मन परे हरियो, नपरे रातोः
0
0
जीवन्त कथा कथा लेख्नु भएकोमा सुलोचना जीलाई धन्यवाद/
मन परे हरियो, नपरे रातोः
0
0
सुश्माजीले सरल र सजीव ढङ्ग बाट वास्तबिकतालाई प्रस्तुत गर्नुभएको छ/धन्यवाद/
मन परे हरियो, नपरे रातोः
0
0
कथा यथार्थ परक अनि एउटा नारीको भावना लाइ समेटिएको छ, हाम्रो समाज मा यस्तो घटना घट्दैन भन्न पनि सकिन्न, सुष्माजिको लेखाइ को एउटा खास विशेषता के छ भने जब वहा कुनै लेख नारि को बारेमा लेख्नुहुन्छ यस्तो लाग्छ वहा सम्पूर्ण रुपमा त्यो पात्र लाइ आफुमा समेट्न सक्नु हुन्छ, यो नै वहाको लेखन सक्ति हो. त्यसैले केहि कमेंटर हरुले वहालाई त्यो महिला तपाई नै हो भनेर सोध्नु भनेको वहाको लेखन शैलीको प्रभाव हो भन्ने म ठान्छु, यस्तै यथार्थपरक लेख लेख्दै जानुहोस भन्ने सुभकामना.
मन परे हरियो, नपरे रातोः
0
0
कथामा भनियको जस्तो परिस्थिति सायद नआउला किनकि साहित्यकार जस्तो सजक र सचेत व्यक्तिले हुनसक्ने यतिको परिस्थितिको अनुमान पक्कै लगाउनु सक्नु पर्ने हो , जे होस् फिक्सन न हो
अहिलेको नेपाली साहित्य यो भन्दा अलि राम्रै होला कि
मन परे हरियो, नपरे रातोः
0
0
true stories !…..hey susma – really my heart touch !
हामी नारी जाती ले कहिले सम्म "सम्झौता" लाई अंगाल्नु पर्ने हो ??
मन परे हरियो, नपरे रातोः
0
0
anzana ji,
हरेक सम्झौता भित्र त्यहि अर्थ लाग्नु पर्छ भन्ने छैन, जेहोस कति पए सम्झौताहरु नारीहरु को सोंचाई बिपरित हुन्छ | यदि कोहि नारी आफ्नो अस्तित्तो भुलेर भबिस्यको (unsure) सपनालाई अगाल्छनभने त्यो नारीको कमजोरी हो |
मन परे हरियो, नपरे रातोः
0
0
Stars are made, not born. यो लघु कथाले जे मा पनि सोर्स फोर्स, नाताबाद, कृपाबाद चाहिन्छ भन्ने कुरालाई सिद्ध गर्दछ | अति उत्तम लेख, लेखकलाई मेरो बधाई छ |
मन परे हरियो, नपरे रातोः
0
0
dherai ramro lagyo … keep it up
मन परे हरियो, नपरे रातोः
0
0
आजका शिक्षित नेपाली नारीहरू त्यसो गर्न सक्षम छन् क्या छन् । -end of message-
मन परे हरियो, नपरे रातोः
0
0
सुषमाजी, कृपया यस कथाको एउटा sequel लेखेर यस्तो परिस्थितिसंग भागेर होईन, बरु कसरी smart तरीकाले deal गरी सकेसम्म सबैलाई, नसके कम्तीमा आफैलाई समाजिक र नैतिक दुबै रूपमा विजयी बनाउन सकिन्छ भन्ने illustrate गरिदिनुहोला । contd..
मन परे हरियो, नपरे रातोः
0
0
????? ??????? ?????? ???????? ????? ??????? ????? ??????? ?????? ? ??, ????? ??????? ????? ??????? ?????? ??, ???? ???????? ???? ?? ?????? ?? ?????? ??? ????? ??????? ????? ??????? ?????? ? ? ???? ???? ??, ????? ??????? ???? ????????? ??? deal ???? ??????/???????, ???? ????? less smart ??????? ????? ?????? ?????? ? ? contd..
मन परे हरियो, नपरे रातोः
0
0
यो कथाले धेरै महिलाहरुको जीवनको सत्य घटना बताउदछ| अनि साहित्य भनेकै समाजको ऐना हो भन्ने कुरालाई प्रतिबिम्बित गर्दछ|
मन परे हरियो, नपरे रातोः
0
0
The 'morality of compromise' sounds contradictory. Compromise is usually a sign of weakness, or an admission of defeat. Strong men don't compromise, it is said, and principles should never be compromised
मन परे हरियो, नपरे रातोः
0
0
यो कथा समय सान्दर्विक छ / मलाई यो कथा धेरै मन पर्यो/
मन परे हरियो, नपरे रातोः
0
0
ek damari ramro chha. samaya sandarbik chha bahndaa kasaiko 2 mata naholaa.
मन परे हरियो, नपरे रातोः
0
0
कथा काल्पनिक होस् या सत्य घटनामा आधारित | कतै न कतै,कोहि न कोहि यस्ता घटनाका शिकार भएका हुन्छन | तर आफु मात्र सच्चा हुनु पर्छ कुनै पनि माइकालालको हिम्मत हुँदैन जो पायो तेहिलाई शोषण गर्ने | केहि बन्ने मोहमा यस्ता नरपिचासहरुको अगाडी कहिल्यै झुक्नु वा आफुलाई बेच्नु हुँदैन |
अन्त्यमा नरपिचासको सम्बोधनले कसैको भावनामा ठेस पुग्न गएमा क्षमा प्रार्थी छु | यो युगमा अनगिन्ति रावणहरुको माझमा गन्न सकिने रामहरु पनि होलान |
मन परे हरियो, नपरे रातोः
0
0
शुष्मा जी यो कथा तपाई आफैमा घटेको घटना त होइन
मन परे हरियो, नपरे रातोः
0
0
श्रीस जी !
नेपाली साहित्य शनिबार " फिक्स्सन " भनेर लेखेको देख्नु भएन र यसरि व्यक्तिगत रुपमै प्रश्न गर्नु भएको ???
मन परे हरियो, नपरे रातोः
0
0
दृश्य प्रधान " सम्झौता " कथा जति सरल अनि अत्यन्तै सजिब लाग्यो त्यति नै मार्मिक पनि लाग्यो .
मन परे हरियो, नपरे रातोः
0
0
देख्न त देखेको हो लुना जी तर सोध्न मन लाग्यो तेही भएर तपाइलाई असर अमिलो लाग्यो भने सरि
मन परे हरियो, नपरे रातोः
0
0
कथा भित्रको तितो सत्यले जसलाई लासचित गर्न खोजीएको हो, ती आफुलाई महापुरुष भानाउदाहरुले बुझुन, आफुलाई ईज़त गरुन भन्नेले आरुलाइ पनि ईज़त र सम्मान दिन जान्नु पछ
मन परे हरियो, नपरे रातोः
0
0
कथामा नारी माथि गरिने अत्याचारका कारणहरु नारी अगाडी बढ्न नसकेको कुरालाई प्रस्त्याउन जमर्को गर्नु भएको छ धेरै राम्रो लाग्यो लेखाई शुष्मा जी ….
मन परे हरियो, नपरे रातोः
0
0
जे होस् हजुरले कुरा बुझ्नु भएछ धेरै खुशी लाग्यो | हो यसरी श्रीश जि ले…..कुरा बुझे जस्तै सबै पुरुषहरुले कुरा बुझिदिनुभए / हामी नारी जातिलाई अगाडि बढनु धेरै सजिलो हुने थियो |
मन परे हरियो, नपरे रातोः
0
0
नेपाल को बास्तबिकता झल्कने यो कथा छ . येस्ता प्रवृति हटौना सबैले आफ्नो ठाउँ बाट सहयोग गर्नु पर्छ .
मन परे हरियो, नपरे रातोः
0
0
ya nice stories!
मन परे हरियो, नपरे रातोः
0
0
नायिका बन्नको लागि नायिकाले निर्मार्ता निर्देशसँग एकान्तमा भेट्नुजस्तै रचना छाप्नु पनि सम्पादकसँग एकान्तमा भेट्नुपर्ने अवस्था आइसक्या हो र ?
कथा धेरै मन पर् यो मलाई ।
मन परे हरियो, नपरे रातोः
0
0
तेस्तै भएर त यो कथाको सिर्जना भयो होलानी होइन र शुष्मा जी
मन परे हरियो, नपरे रातोः
0
0