मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    काठमाडौँ पनि के कम र!

    काठमाडौँमा जाडो बिस्तारै बढ्दैछ र योसँगै देखिन थालेको छ हिमाल। केही दिनदेखि मैले याद गरिराखेको थिएँ हिमाल देखिन थालेको तर देखेको बेला खिचिहाल्न क्यामेरा साथमा थिएन, न फोटो खिच्ने ठाउँ नै उपयुक्त भेटियो। आज शनिबार भने हिमालको फोटो खिच्छु नै भनेर हिँडे। यी फोटो मरुमा अस्ति आगो लागेको मःम रेस्टुरेन्टनजिकैको एउटा अग्लो घरबाट खिचिएका हुन्। आउनुस् हेरौँ, काठमाडौँबाट पनि कति रमाइलो दृश्य देखिँदो रहेछ हिमालको।

    माथिको हिमाल र तलको हिमाल एउटै हो। सूर्य अस्ताउँदा हिमाल यस्तो देखिने रहेछ-

    यो गणेश हिमाल हो क्यारे। उहिले स्कूलमा भूगोल विषयमा पढ्नु पर्थ्यो यो हिमालबारे।

    मैले छानेको ठाउँ अझै मिलेन। किनभने कतिपय हिमशृङ्खला घरहरुले छेकिन्थ्यो। अनि कतिपय मन्दिरहरुले पनि छेकिएको थियो।

    तर पनि जति खिचियो, सन्तुष्ट नै लाग्यो। काठमाडौँबाट पनि यतिसम्मको हिमालको फोटो खिच्न सकिन्छ भन्ने मलाई थाहै थिएन।

    यो हिमाल त झन् माछापूच्छ्रेजस्तै देखिने रहेछ।

    No related posts.

    96 comments to काठमाडौँ पनि के कम र!

    • ramu

      its top from our house(kasthmandap resturant)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • kancha tamu

      man paryo, man paryo asaadhyei man paryo. Dhanyabaad.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sunil

      GR8 pictures.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Integer

      हामिले ख्याल नै गरेका छैनौ कत्ति राम्रो छ हाम्रो काठमाडौँ | बचाउँ यसलाई र एसको स्वरूपलाई | विदेशका मात्र हैनन हाम्रा सहर पनि कम छैनन् | मैले सोचेको कुरा नै "माइ संसार" मा पाउदा एकदम खुसि लाग्यो| धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • आक्पा शेर्पाले हिमाल रोई पग्लेको देखे
      माकुने फटाहाले बाताबरणलाई दोष दिए
      हिमालले मुन्टो उठाएर पारि नियालेर हेरे
      भाई भाईमा पारिकाले आगो बालेको देखे

      मुन्टो उठाई पारि हेर्न भनिन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आन्दोलन र पार्टी झगडाले तातिएको नेपालमा
      सुन्दर नेपालमा शान्तिको शितलता हिमालले सम्झाए
      दुई फुत्ते कुर्सिमा बसी मै अग्लो भन्नेलाई
      उ भन्दा अग्लो हिमालले जिस्काए

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ishwar Manandhar

      Beautiful Thanks for your beautifu photogaf of himalai . Wish you goodluck.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tulasi

      धेरै नै सुन्दर तस्बिर हरु, उमेश जी, कुन camera use गर्नु भएको हो अनि कुन लेन्स प्रयोग गर्नु भएको हो भन्नु होला है मलाई सुटूक/ मा पनि ७०-२०० निकोन लेन्स लिने विचार मा छु/ थांक्स for the great pictures.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • म मरे पनि मेरो देश बाँचिरहोस …

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • हिमाल हाँस्छ, तर किन मुस्काउन्दैन ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • सरकार !
      दक्ष्य इन्जिनियर लाइ सम्मान गर !
      तिनलाई आवहान गर !
      काठमान्दु
      डाफेको सिउर हुनुपर्छ
      काठमान्दु
      मयुर नाच्ने बगैचा हुनु पर्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • महान अभियान थाल्नु पर्छ
        हामि नमूना बन्नु पर्छ बिस्बा जगत मा
        समेटेर करोड हातहरुलाई
        तिनका साथ हरु लाइ
        काठमाण्डौ को धुलो – फोहोर बढार्नु पर्छा
        हिमाल सबैको आखामा सजिलै हास्न पाउनु पर्छ .

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गिरिजा-माकुनेले उपहार नबनाउन भनि बेला बेला मा हिमाललाई पनि चिहाउनु छ/
      अलि होस् नगर्दा छोरी कोशी गण्डकी नातिनी टनकपुर पारीको बेस्यालाये पुगे/
      नेताहरुको घरि घरि पारि प्रभु दर्शन गएको मा हिमाल पनि चनाखो बन्नुनै छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हरि प़साद

      हिमाल राम्रो देखिदैगय जस्तै हाम़ो देशको नेताहरुको बुद्दी पनि राम़ो हुदैगए कति राम़ो हुन्थयो देश अनुसार भेश भन्या जस्तो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • " हिमाल सबैको आखामा सजिलै हास्न पाउनु पर्छ —"
      ~~~~~~~~~~~~~~~~~~~~~~~
      धेरै दिन पछी हिमाल देख्दा
      तिमि चकित भए छौ !
      काठ्मान्डौमा .
      आकाश छुने त्यो अग्लो हिमाल
      आखा भरि हेर्न अग्ला तले घर रोज्नु परेछ !
      काठमान्डौमा .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • तिमीमा उमंग्ग छाएचा हिमाली सौन्दर्य देखेर !
        तिमीमा दिक्कता पनि आएछा हिमाल छेक्ने कंक्रिट बार देखेर
        कथ्मन्दु मा .
        भने पछी ,
        धेरै आखाहरुले हिमाल नदेख्दो रहेछ सजिलै —
        तिमीले हिमाल हेर्न ठाउँ खोज्नु परे जस्तै

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • थुप्रै थुप्रै ले
          हिमाल हेर्न
          ठाउ खोज्नु पर्ने रहेछ !
          त्यो पनि ,
          धुलोका कुहिरोलाई हावाले बढारेको बेला —
          हो ! हावाले बढारेको बेला —-
          मात्र हावाले बढारेको बेला —-
          जसरि
          हास्दै हसिलो हिमाल हास्छा
          उसै गरि

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • हिमाललाई हेर्ने आखाहरू मनहरु
            हास्न पाउनु पर्छ !
            काठमान्दु का आखाहरू
            कहिले काही मात्र यसरि हास्दा रहेछन
            हिमाल देखेर !

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • धुलो का कुहिरो मुनि
              आखा बिझाउने
              हिस्सी नपरेका
              किला काटी जस्ता
              कंक्रिट तले भबन हरु
              डाफेले भाले कुखुराबाट सिउर सापटी पाए जस्तो —
              के-के-के-के नमिलेको !

              मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

              • malai ta tehiमलाई त तेही धुलो को माया लगेर आउछ!

                अनि ति नमिलेका ति पंक्ति हरुकोयाद ले सताउछ!

                जति टाढा जान्छु यो देश देखि उति नजिक बोलाउछ!

                माया त मनमा हुधो रहेछ धुलोमैलोले
                छेक्दैन !

                अजम्बरी प्रिती यो राष्ट्रसंग
                कुनै पंक्तिले रोक्दैन !

                माया हो यो देश को सजिलै मर्दैन
                चुत्तहै राष्ट्र भएपनि , राष्ट्रप्रेम मर्दैन !

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • हृदयाकाशको बिसलतामा एक सपना
          आइरहेछ!
          यता उति नहेरिकन हृदयकुनामा
          चिहाइरहेछ!
          बादललै चिर्दै चिर्दै हामीलाई
          बोलाई रहेछ!
          मनभित्रको अथाह स्नेहलाइ भावबनि
          डोरैरहेछ!

          सपनाको त्यो फूल झरेछ
          मानब हृदय मुर्छा परेछ
          समय धेरै टाढा पुग्यो
          एकान्तमा राष्ट्र सम्झी
          रोहिरहेछ!!!!!!!!!

          मा

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • लुनालाई म कति + दिउँ ? भनेर साध्य छैन !!! देशप्रेमको यो सुन्दर अभिव्यक्ति दिनलाई नेपालमै बसिरहनु पर्दैन होला| बेल्जियममा बसे पनि नेपालप्रति यत्रो अपार माया देखावटी अवश्य होइन| निकहरूले बुझ्नु आवश्यक छ |

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anchan

      Fight Aganist global Warming , to protect our himal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      Yeti ramro Nepal ko himala Dekhayera Nepal ko samjhana, ayo yar, home sick hola jasto po bhayo, yo phirangi haru ko deshma, hiu dekhine hima nadekhine narkai ma basiye ko rahecha..
      Bihana Uthne Bittikai Himal dekhna pahiyous, ee hatale sadai sadi nepal lekhan pahious.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman,NYC

      its beautyful ,,,, nobody hav this beautyful nature without us (Nepal) ,,,, thanx

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • काठमाडौं बाट यस्तो हिमाल देखिएको बेला पोखरा बाट कस्तो देखिएको होला।
      MISSING NEPAL :(

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saroj paudel

      nepal ko parichhaye nai ho ni himal. i miss it
      – from uk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिहान उठ्ने बितिक्कै हिमाल देख्न पाईयोस
      आफुत मरुभुमुमा काठमाडौँ को हिमाल देख्दा नेपालमा छु जस्तो पो लग्यो नी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हो गर्व गर्न लायक हिमाल र मुस्कुराइरहेको सेताम्मे कुनै परि मुस्कुराई रहे जस्तो लाग्ने; आहा स्वर्गको एउटा टुक्रा छ भने त्यो नेपालमा/ तर ति सेता चम्किला मोतिदाना जस्ता देखिने दात हरु काला हुदैछन र एकादेशको कथामा सेता हिमाल हुने अवस्था बाट जोगाउनु पर्छ सबै मिलेर/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kris.Rock

      बिहान उठ्ने बित्तकै हिमाल देख्न पाइयोस
      यी हातले सदै सदै नगद गन्न पाइयोस
      भन्नि सोचाई छ हाम्रो नेता हरु को सोचाई अनि के.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ashish lo

      यो हाम्रा हिमालहरू जलबायू परिवर्तनको खत्तरा असर बाट जोगाउने कोशिस गरे हाम्रा सन्ततिहरूले पनि देख्न सकिन्थे कि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यी हिमाल हरु जोगाउने तिर पनि ध्यान दिन पर्यो हामीले ! पहाडहरु रुखले भरियोस र हिमालहरु हिउ ले चोपियोस मानिस हरु अनुसासित हुन् |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • colinmagar

      Excellent photographs I love these kind of snowcap mountains.

      Atlanta, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gotame

      very nice scenes of my motherland Nepal. It reminds me as now I am at Nepal. Thanks a lot.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jaha chhan buddha ka aankha, snighdha, shanta ra sundarr, jaha chhan shanti ko kshetra, mero rashtra manoharr, jai nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakritile sajiyako ani mana lobhyaune jhalamalla pyaro himal kati man pani ananda aaune photoharu chhan yasko lagi dhanyabad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • anzana

        बिहान उठ्ने बित्तिकै
        हिमाल देख्न पाइयोस् |
        यि हातले सधैं सधैं
        नेपाल लेख्न पाइयोस् |

        नेपालीको छातीमा
        हिमालि छाया छ !
        नेपालीलाई नेपालको
        बिच्छटै माया छ !

        जय नेपाल |

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shiba

      धेरै राम्रो लाग्यो फोटोहरु | तर जुन हिमाललाइ गणेश हिमाल लेखिएको छ त्यो सायद langtang हिमाल हुनुपर्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हिमाल
      संसारमा तिम्रै नाम छ तिम्रै गुण गान
      शिर माथि उठाई हिड्छौ यहि हाम्रो सान
      सौन्दर्य कि धनि तिमि देशको तिमि शिर
      तिमि हुदा सम्म हामीलाई केहि छैन पिर
      गाउछ गित तिम्रै बिहानीमा चिरबिर चिरबिर चरी
      अटल अनि अडिक तिमि कहिले नझुक्ने गरि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • great pictures !!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birat Pradhan

      Excellent pictures.we are proud of these mountains.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shanker

      वा वा एकदम राम्रो छ . धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      डाँफे मयुर नाचेको गौरी शंकर हासेको
      तर दुर्भाग्य काठमाडौँको धुलो धुवाँले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh, USA

      the second photo is of lantang himal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod

      लेखनाथ पौडेलका यी पंक्तिहरु
      र यी माथिका फोटाहरु दुवै नै अति सुन्दर!
      तस्बिर बन्धुलाई हामी बाहिरका पाठकलाई नेपाल फेरी पनि चिनाउनु भएकोमा मुरी मुरी धन्यवाद!
      बिनोद
      टोरोन्टो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gemmi

      काठमाडौँको आकाश पनि यति सफा !! अनि यी सुन्दर हिमालका तस्वीरले मेरो संसारका कवि हृदयहरूलाई किन नतताओस |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod

      लत्रेको माथदेखी पदतक हिमको स्वछ सेतो उपर्ना!
      मोतिका हार जस्तै थरिथरि उरमा झल्झलाकार झरना!!
      फुस्रो धुस्सा समानै कमर जघनमा फुस्फुसे मेघजाल!
      देख्दै आश्चर्य लाग्दो अटल चहकिलो धन्य हाम्रो हिमाल!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गणेश हिमाल भनेर राखियको तेस्रो फोटो चैं गणेश होइन कि जस्तो लाग्छ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अशोक के सी मेल बर्न

      मेरो देश मेरो हिमाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • poudel

      i like that photoes. thanks too much for photographer.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kuber

      so good yar heako herai bhayae

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धेरै राम्रो प्रयास| मनमोहक द्रिस्ये अनि नेपालको चिनारी आहा क्या राम्रो नेपाल |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्राकृतिक सुन्दरताको खानी हाम्रो नेपाल, र यहाँ रहने हामी नेपाली .. तर यो सुन्दर देशमा रहने पशु तुल्ये ति नेता भनौदाहरु …कास तिनीहरु को मन पनि येसरीनै सुन्दर र राम्रो भए को भए आज हाम्रो नेपाल पनि संसार को सुन्दर र सन्त देश मा गनिन्थियो होला . आस गरौ ति बिबेकहिन पशु हरुलाई बिबेक आओस र सुन्दर नेपाल को निर्वान गरुन .. जये नेपाल …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शशांक लामा

      यी फोटोहरु हेरेर मनै शितल भयो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हिमालको सुन्दर द्रिस्य ले काठमाडौँ को धुवा धुलोलाई चुनौती दिएको जस्तो लाग्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gckarki

      mai le nepali ma lekhanai sakina . kasai ho bhani dinu parla.ma yes ko niyamit pathak bhai raheko chu. maile pani himal ko photo hijai matra khecheko thiya pathauna paya kati annanda hhunthiyo. ke garnu sabai tarika thaha chaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • काठमाडौँ को सुन्दरताको एक झलक /राम्रो लाग्यो/कथ्मंदुबता देखिएको हिमालको द्रिस्य साचिकै राम्रो छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pkas

      Basanta gautaam ko gajal ramro chha photo haru ko bhav batauna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bobby

      फोटो मा जस्तै काठ मान्डू सफा र सुन्दर भाको भय पर्यटक को के कमि हुन्थ्यो र , फोटो एक दम मनछुने छ . टाढा नै भय पनि काठमाडौँ को याद दिलाई दिनु भाकोमा फोटो ग्राफर लै मुरी मुरी धन्य बाद …..
      बबी टोक्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • alokshree

      हाम्रो देशको बिशेषताहरु मध्येको यो एउटा निकै राम्रो उदाहरण हो | फोटोग्राफी सारै सर्हानिय छ, र शेअर गर्नु भएकोमा धेरै धन्यबाद | तपाईं संग पक्कै पनि राम्रो जूम वाला क्यामेरा हुनु पर्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajesh

      malai photao ko sathsath ma kabita sarai ramro lagyo, dherai dherai dhanyebad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      एउटै ब्लग पोस्टका कमेन्टहरु पनि २-३ पेजमा हुनाले पढ्न साह्रै अप्ठेरो भो| एउटै पेजमा घररर पारेर स्क्रोल गर्न पाए सजिलो हुने थियो, प्रमेय जी!

      हिमाल को बारेमा: भ्याली भित्र बाटै एस्तो राम्रो तस्बिर खिच्न मिल्ने रहेछ मलाइ पनि हेक्का थिएन!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • हो हो कुरा सहि हो एउतै पेज मा पढ्न पाए अलि सुबिधा हुने थियो

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sagar pacific

      Unbelievable ktm, i love it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anu

      very beautiful pics..thank u bro..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dileep dhakal, Bremn

      Hamro Kathmandu kahile kam thiyena. Hami Nepali ko afno matribhumi lai herne drstikond nai kamjor ho. India dekhi Bremen samma ko basai ma malai Kathmandu nai best lagyo sadhai. Na kahile garmi ta na jado, matra maanche ko manasthiti ma alikati jalo kageko cha, tyo khera falyo bhane ta hami switzerland bhanda pani mathi hunchau. AAja dekhi hami hamro dekhlai kahile kamjor ma karakhau.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आकाश चुमने टाकुराहरु सुनौला पंक्ति हर साँझमा
      मुस्कुरिरहोस हिमाल हरदिन हरेक नेपालीका माझमा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • anzana

        बिहान उठ्ने बित्तिकै
        हिमाल देख्‍न पाइयोस् |
        यि हातले सधैं सधैं
        नेपाल लेख्‍न पाइयोस् |

        नेपालीको छातीमा
        हिमाली छाया छ !
        नेपालीलाई नेपालको
        बिच्छटै माया छ !

        जय नेपाल |

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • राम्रो फोटो. धन्यबाद. तर कहिले सम्म हेर्न पाइने होला हाम्रा हिमाल मा हिउ? विश्व ब्यापी वार्मिन को कारणले हिउ पग्लिन थाले.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • जबसम्म हिमाल रहन्छ तब सम्म आशा गरौ युगौ जुग सम्म रहिरहोश

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tirtha

      धिकार होस तिनिहरुलाई जस ले यस्तो राम्रो सुन्दर देश को भाबिस्य माँथी खेल्दै छन.हे फोहोरी नेता हो एका पलट सोच ki तिमी हरु ले येसलाई के गर्न खोजे को हो सोच रामो सग सोच अनी हेर ती सुन्दर हिमाल ले के भन्न खोजे को छ हामी चाहान्छु santi

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • tirtha

      आहा यस्तो राम्रो नेपाल कतिसुन्दर हिमाल यस्तो सुन्दर हिमाल को काख रहेको हाम्रो नेपाल हेर्दा हामी गौरव गर्छुउ के गर्ने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pareenita

      अहा कति राम्रो हाम्रो हिमाल
      अहा कति राम्रो हाम्रो नेपाल
      डाँफे मयुर नाचेको गौरी शंकर हासेको
      तर दुर्भाग्य काठमाडौँको धुलो धुवाँले
      नेपाली जनता हिस्स र फिस्स परेको

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • आहा क्या राम्रा हिमालहरु ! मूड नै फ्रेश गर्ने खाले, मनै निश्चल र पबित्र पार्ने खाले !
      तर दुर्भाग्य काठमाडौँको धुलो र धुवाले यस्तो दृश्य ३६५ दिनमा १-२ दिन मात्र देख्न पाइन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sharad bataju

      wah wah

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • If you add the feature to upload my photos of Himal, I would gladly upload some.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dambar Basnet

      My name is Dambar Basnet. I was born in Dolakha. Now, I have been living here in Maryland USA. I saw very beautiful picture of Gaurishankar Himal. And I felt I am still in my birthplace. Very good deed. Keep it up !

      God bless you all the time !

      Dambar Basnet
      MD USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar sharma

      कति राम्रो दृष्य. धन्यवाद .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हिमfल
      - वसन्त गौतम

      रात नसकिँदै झुल्किन्छ हिमाल
      कुन खुशिले टल्किन्छ हिमाल !

      घाममै छल्छ बादलका आँखा,
      आकाशसंग पल्किन्छ हिमाल!

      चित्त बुझेन आकाशै पाएर ?
      किन अविराम् अल्किन्छ हिमाल

      तन्केको छ हेर्दै कस्को बाटो ?
      गोधूली छाया ढल्किन्छ हिमाल

      दुइटै यी आँखामा नेपाल छ
      हरपल छचल्किन्छ हिमाल ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • asish

        very good.keep it up.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • alokshree

        निकै राम्रो कविता लेख्नु भयो बसन्त जी |

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • BSG

        कति राम्रो हाम्रो बसन्त जी को कविता !
        हिमाल हेर्दा राम्रो, कविता झनै रमिता !!

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • गजल (श्याम रॊक्का)
        इजरायल ।
        सुन्दर हिमल,गाँउ र भिरहरूलाइ जयनेपाल
        युद्दमै रम्ने सबै फौजी बीरहरूलाइ जयनेपाल ।।

        सत्ता परीबर्तनमा अग्रणी जनतामाथी कुशासन गर्दा
        लाजले नझुक्ने गन्धे नेताका सिरलाइ जयनेपाल ।।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Simon Jee

      Nice effort Umesh . great Scenery . just bad location .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Super!!! wow Nepal……my nepal my pride!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh

      It is Very great to see our himalaya . Thanks Umesh for your Effort .

      Ramesh
      Virginia USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna(...)

      Excellent.!!! I think the first photo is "Photoshopped" from photo 2. Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सारै मनमोहक..! यो पल्ट चाहीं हिमाल धेरै नै खुलेको जस्तो लाग्यो अरु वर्ष भन्दा . उमेशजीलाई धन्यबाद .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tanka

      Gifted of God

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मेरो नेपाल साच्चै स्वोर्ग छ, तिमीलाई म भुल्न सक्दिन,जहाँ जाउ तिम्रो याद आई रहन्छ…..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • shova

        साचिकै
        नेपाल यौटा
        सोर्ग नै हो तर आज राजनीति ले गर्दा लथालिङ्ग
        भयको ६ तर काठमाडौँ भन्दा त पोखरा मा माछापुछ्रे हिमाल को छाया फेवा ताल मा देख्दा त मन को पिडा नै हलुका हुन्छा ,जे होस् हाम्रो नेपाल प्रक्तितिक छटा ले भरिपुर्ण छ आशा गर्छु
        यति राम्रो मेरो मात्री भुमि लै कुनी दाग नलागोस ,र म यति सुन्दर देस म जन्मनु नै ठुलो गौरब थान्धछु ,

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • हो शोभाजी, नर्कमा बस्नु पर्ने नेता हरु जबर्जस्ति स्वोर्गमा छिरेपछी हामीहरु लाई स्वोर्ग बाट एती टाडा भगाए……

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • विलियम जोशी

      मेरो देश नेपाल अहा ! कति सुन्दर ! जति प्रसंसा गरे पनि कमै हुने / जति हेरे पनि आखाको धित नमर्ने / मनमा साची राखने दृश्य / असाध्यै मनमोहक / धन्यवाद सुन्दर तस्विरहरुको लागि /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Neru Giri, USA

      सुन्दर अति सुन्दर | मेरो त मन छोयो यार | सुन्दर चिज जहाँ बाट हेर्दा पनि राम्रै हुन्छ भन्ने उदाहरण हो यो |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    eXTReMe Tracker