मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माओवादीलाई प्रधानसेनापती कटुवालले लगाएको गुन

    - दीपक अर्याल

    माओवादी-नेपाली सेना एक-आपसमा नलडेको र राजतन्त्र वा राजा नरहेको स्थितिलाई छाडिदिने हो भने वर्तमान नेपाल दिल्ली सम्झौता (७ पार्टी र माओवादी विच भएको सम्झौता) भन्दा ठीक अगाडिको स्थितिमा पुगेको छ। माओवादीले मागेको वा खोजेको गणतन्त्र र संविधान सभाको निर्वाचन भइसकेको छ भने अन्य पार्टीहरूले खोजेको सत्ता उनीहरूलाई प्राप्त भइसकेको छ। यदि, “माओवादीले कम्युनिष्ट सर्वसत्तावाद लागू गर्न खोजेको” “सत्यता” वा “आरोप”लाई थाति राखेर वर्तमान घटनाक्रमलाई हेर्ने हो भने माओवादी बाहेकका पार्टीहरूलाई सत्तामा जानका लागि तगारो बन्दै आइरहने राजसत्ताको अन्त्यपछि पार्टीहरू ढुक्क देखिएका छन्।उनीहरूका हातमा सत्ता आएको छ र अब त्यो सत्ता खोस्न सक्ने तागत कसैमा छैन।उनीहरूको सत्ता हल्लाउन सक्ने एउटै शक्ति माओवादी मात्र बाँकी रहेको छ त्यसैले पार्टीहरूका लागि माओवादी शक्ति परास्त हुन जरूरी छ भने माओवादीलाई पनि राजतन्त्रको अवसानपछि पार्टीहरू परास्त हुन जरूरी देखिएको छ।वर्तमान चलखेल यसैको परिणति मात्र हो।

    हिजो माओवादीका विरूद्ध लड्ने सबै पार्टीहरू अहिले एकै ठाउँमा छन्। राप्रपा, एमाले, काङ्ग्रेस, सद्‌भावना, तमलोपा वा अन्य कुनै पनि पार्टीहरू यस्ता छैनन् जसले हिजोका दिनमा माओवादीप्रति सहानुभुति राख्थे र माओवादीको नजिक थिए। त्यसैले विगतको त्यो परम्परा वर्तमानमा पनि देखिनु कुनै नयाँ कुरा होइन।पार्टीहरूलाई माओवादीविरूद्ध लड्ने बेलामा साथ नदिने राजा र राजतन्त्र राजनीतिक रङ्गमञ्चबाट बाहिरिएको छ भने पार्टीहरूका विरूद्धमा माओवादीसँग मिलेर अगाडि बढ्न नसकेपछि राजा र राजतन्त्र माओवादीका लागि आवश्यक पर्ने कुरा भएन। दुवै पक्षको स्वार्थमा राजा र राजतन्त्रको अन्त्य भयो।यसक्रममा राजा र राजतन्त्रको दोष सबैभन्दा बढी देखिए पनि पार्टीहरू र माओवादी मध्ये कुनै एकपक्षको स्वार्थ राजतन्त्रसँग नबाझिएको भए राजतन्त्रको अन्त्य हुने थिएन। समग्रमा त्रीपक्षीय सत्ता खोसा-खोसको स्थितिबाट अब दुई पक्षका माझ झगडा शुरू भएको छ। त्यसैले माओवादी र अन्य दलहरू एक आपसमा सत्ता संघर्षमा अगाडि देखिएका छन्। यो सत्ता संघर्षले समग्रमा देशलाई कुनै ठूलो हानी छैन।त्यसो त फाइदा पनि पक्कै हुने छैन। हिजोको स्थिति जे थियो अब पनि त्यही नै रहनेछ।
    शान्ति प्रकृया भाँडिने, माओवादी जङ्गल पस्ने र सेना परिचालन हुने हल्ला शहरमा सुनिन्छ तर यी सबै कुरा हौवा मात्र हुन्।जङ्गल पस्ने र बस्ने सामर्थ्य माओवादीमा छैन र उनीहरू जङ्गल पस्न कुनै पनि हालतमा सक्दैनन्।बरू नेपालीहरू साँच्चै अभागी ठहरिए भने माओवादीको एउटा हिस्सा जङ्गल पस्न सक्छन् जुन ठूलो दुर्घटना हुन सक्छ।यदि यस्तो भयो भने १० वर्षको माओवादी युद्धमा लगभग “नियन्त्रित लडाईँ” लडेको माओवादीको लडाईँ अनियन्त्रित हुनेछ र त्यसले अझ ठूलो दुर्घटना निम्त्याउनेछ।१० वर्षको युद्धमा भन्दा वेशी मानिसहरू मर्नेछन् र धन-जनको पनि व्यापक क्षति हुनेछ।देशको राष्ट्रिय, अखण्डता र सार्वभौमसत्तामा पनि खतरा आइलाग्नेछ।
    माओवादीले पार्टीहरू फुटालेर आफू बलियो हुन खोजे जस्तै राजनीतिक पार्टीका कतिपय व्यक्तिहरू माओवादी पार्टीमा विग्रह भएको देख्‍न त चाहन्छन् तर पार्टी विग्रह पछि कार्यकर्ता राजनीतिबाट पलायन नभएर जङ्गल छिरे भने त्यसको परिणाम भयावह हुनेछ। शायद यसको एउटा नमुना मातृका यादवको पार्टीले विद्रोह शुरू गर्‍यो भने देखिने नै छ। अर्को तर्फ पार्टीहरूले सेना परिचालन गरे भने केही समय सेनाले पार्टीहरूलाई सघाए पनि अन्तत: पार्टीहरू सेनाको नियन्त्रणमै हुनेछन् त्यसैले केही उरन्ठेउला मन्त्रीहरू वा सेनाको नजिक रहनेले यस्ता कुरा भने पनि सेनाको प्रयोग हुने सम्भावना न्यून छ। राष्ट्रपति शासनको हल्ला पनि नचलेको होइन तर यसबाट निस्कने दुष्परिणामका वारेमा कांग्रेस वा एमालेका केही नेताहरू पक्कै पनि सचेत होलान्।
    कथंकदाचित सेनाको प्रयोग भयो भने एमाले वा काङ्ग्रेसका जिल्ला स्थित कार्यकर्ताले अर्को दुर्गति बेहोर्नुपर्नेछ।जति नै युथफोर्स र तरूण दलका गफ हाँके पनि गाउँ-घर कब्जा गर्ने र अन्य पार्टीका सदस्यलाई दु:ख दिने काम माओवादी कार्यकर्ताले नै जानेका छन् र यस मामलामा उनीहरूसँग विगतदेखिको अनुभव छ।

    यस बाहेक जिल्ला र गाउँको संरचनामा माओवादी जसरी छिरेका छन् र उनीहरूको जुन सकृयता छ त्यो २०४७ सालतिरको एमालेको भन्दा कैयौं गुना बढी छ र त्यो अझ २-४ वर्षसम्म कायम नै रहनेछ।काठमाडौंबाट प्रकाशित हुने पत्रिका र बुद्धिजिवीहरूले जति लेखे पनि र फलाके पनि “माओवादीलाई काम गर्न नदिएको” र “हारेकाहरूले सरकारको नेतृत्व गरेको” तथा “माओवादीलाई बाहिर पठाएर राजनीतिक दलहरूले हिजोजस्तै सत्ताको लागि लडिरहेको” भन्‍ने “हल्ला” माओवादीले गाउँ-गाउँ सम्म पुर्‍याएको छ। “सत्ताका लागि सबैभन्दा ठूलो मन्त्रीमण्डल बनाएको” तथा “सुजाता र माधव नेपालले चुनाव हारे पनि सरकारमा रहेको” कुरा माओवादी कार्यकर्ताले गाउँ-गाउँमा राम्रोसँग पुर्‍याएकै छन् र गाउँका जनतलाई त्यसले प्रभावित पार्न खोजेका छन्। एमाले तथा काङ्ग्रेस कार्यकर्ताले “माओवादीले सत्ता कब्जा गर्न लागेको कारणले हामीले यस्तो गरेको” भनेर सफाई दिन त सक्लान् तर आम जनता माओवादीले सत्ता कब्जा गर्नु र एमाले तथा काङ्ग्रेसले सत्तामा हालीमुहाली चलाउनुमा कुनै फरक ठान्दैनन्।उनीहरूका लागि जो सत्तामा गए पनि वा जसले कब्जा गरे पनि केही फरक छैन।शहरमा बस्ने केही पढैयाहरू तथा राजनीतिक कार्यकर्तालाई मात्र यस्ता “कब्जा”का कुराले झस्काउँछ, आम नेपालीलाई होइन।
    उनीहरूले दैनिक रोजी-रोटीको कुरा गर्छन् जसका लागि कुनै पनि सरकारले तुरुन्तै केही गर्न नसके पनि माओवादीले “आफूलाई गर्न नदिएको कुरा” भने बारम्बार दोहोर्याइरहेका छन् र दोहोर्याइरहने छन्।

    सत्तामा हुँदासम्म माओवादी जुन गतिमा पतन भइरहेको थियो त्यो पतनबाट पार्टीहरूले ऊसलाई बचाइदिएका छन् त्यसका लागि माओवादीले रूकमांगत कटुवाल, राष्ट्रपति डा. यादव र अन्य पार्टीलाई धन्यवाद दिनु नै पर्छ।मेरो अनुभवमा काठमाडौंका रेडियो, पत्रपत्रिका वा बौद्धिक प्रवचनले “माओवादीलाई काम गर्न नदिएको” भनेर गरिएको “प्रोपोगाण्डा”लाई कुनै हालतमा चिर्न सक्दैन।“काग कराउँदै गर्छ, हात्ती लम्कदै गर्छ, भने जस्तै माओवादीले काठमाडौंमा बसेर राजनीति गर्ने र विश्लेषण गर्नेहरूलाई फेरि लोप्पा खुवाउनेवाला छ। यसमा कुनै शंका छैन।
    deepakaryal@gmail.com

    No related posts.

    80 comments to माओवादीलाई प्रधानसेनापती कटुवालले लगाएको गुन

    • pushpa raj poudel

      what a article.Deepak ji.thanjs.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jo aae pani kaanai chiriyako….!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar Dhamala

      Thanks for your opinion!
      Really, the good thought it is.
      However, some comments to u is the thought of 1% people of Nepal, Who always think that way and wants to keep the politics in dark. Such people are only in the cities of Nepal. They actually don’t know the people of Nepal which is at a large numbers ie; 99%. Nevertheless, nowadays the thought of such 1% is much higher than those 99% that’s why Nepal is in this situation.

      In these days, the politics is in between the two; which is better than previous (three).
      Keep it up writing such views.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jwala Dangol

      अर्यालजी! यहाले घुमाउरो tariakle अन्य ठाउमा माओबादीको बलियो पकड छ भनेर ठोकुवा गर्नु भयो! यो सरासर गलत हो| नेपालीहरु पनि माओबादीका चर्तिकलासंग बिस्तारै अभ्यस्त हुदै छन्| अब 'प्रचण्डपथ' को दिन गयो हेर्दै जानु होला|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Dinesh

      अति नै सान्धर्भिक लेख को लागि दिपक जी लाइ धेरै धेरै धन्यबाद .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nik

      दिपक अर्याल जी अति नै उत्तम लेख लेख्नु भो ल तपैले| मेरो तर्फा – ट तपाइलाई यस्तै लेखहरु लख्ने प्रोत्साहन मिलोस| अबश्य पनि माओ-बादी हरुलाई त्यत्ति सारो मन नपर्न सक्छ| परोस पनि कसरि र , उनीहरुलाई अझै यो देशमा लुटमार गर्न पुगेको छैन|हेरी हाल्नु भो नि ८ वटा बस नै हाइज्याक, प्रत्यक बस बाट ५००० रु फिरौती, मतलब ४०००० त ठ्याक्कै तेत्तिखेरै आम्दानी| अरु त कति हो कति, अनि उनका नेताश्री ले नलगाए कसले लौछ रोलेक्स घडी, अरु कसले सुत्न पौछा, चादीको भोको पलंगमा?अनि यस्ता लुटाहा हरुनै फेरी "नागरिक सर्बोच्चता" को नारा दिन्छन| अनौठो त यो पनि छ फेरी, कोइ न्युयोर्क त कोइ ब्रुस्सेल्स, कोइ टोकियो त कोइ सिड्नी, अनि कोइ फ्र्यांक्फोर्ट त कोइ लण्डन बाट स्यालले हुइया गरे झैँ बुझाक्कधरु एकै सुरमा लय हाल्दै "नागरिक सर्बोच्चता" चिच्च्याउछन| गजब नेपालको अजब चाला, नेपालीले हिन्दिभई को भाडा माझी खाला भनेको यैनै होला|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Nik Bro, what a fantastic comment. +1 from me OK? xD

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • nima, from Korea

        निकजी को विचार एकदम ठिक लाग्यो र चित्त पनि बुझ्यो, हुन पनि यस्तै भैरहेकोछा

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      Dipakji
      I am not convinced by the very fact that maoist would return to jungle again ,even a little fraction!whatsoever.
      The reason is that the sole purpose of maoist movement(guided and fluorished by our southern neighbour) was meant to throw monarchy so that Nepal could be easily run by Indian ambasdor not for always but at least until Chinese also shows some naked interest.

      Look how the election,people's sovereignity has become a joke in our country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धुरंधर र कहिएका राजनीतिक पण्डितहरूको विश्लेषणलाई नेपालको राजनीतिले लोप्पा ख्वाइसकेको अवस्थामा यो वा त्यो हुन्छ वा हुन्न भनेर ठोकुवा नगर्दा हुन्थ्यो कि दीपकजी ।

      सत्तामा हुँदासम्म माओवादीको पतन भएको विश्लेषण गर्नुअघि एकचोटि राम‌री अध्ययन गर्नुभएको भए उचित हुनेथियो । माओवादीको लोकप्रियता र कार्यशैलीबाट त्रसित, दिग्भ्रमित र सत्तालोलुपहरू कसरी टट्टु भए र कटवाललाई कट्टु लगाइदिए भन्ने कुरा छर्लंग नै छ । मांओवादीलाई कटवालले गुन लगाएको भन्दा पनि कटवाललाई कट्टु लगाइदिने टट्टुहरू आफैं नांगो भएका कारण माओवादी भिन्न देखिएका मात्र हुन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Harke

        राजनीतिक पण्डितको बिस्लेशनलाइ राजनीतिले कहिले पनि लोप्पा खुवाउन सक्दैन पुष्प जी,
        यदि तेस्तो देखिन्छ भने या त बिस्लेशन गर्ने राजनीतिक पण्डित होइन या राजनीति जस्तो देखिएको कुरा राजनीति अरू केहि हो !
        यहालेनै तिनीहरुलाइ कहिएका राजनीतिक पण्डित भनेकोले, अवस्य पनि नेपालमा अहिले राजनीति जस्तो देखिने कुरा राजनीति नभएर आतंक र अपराध ज्यादा हो ! एस्तो मा राजनीतिक पण्डितको होइन आतंक र अपराध बिस्लेसकको विश्लेषणलाई पढ्नु पर्ने हुन्छ !

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • राजनीतिक पण्डितहरूको सोचाइसमेत भन्दा पर गएर जनताको आन्दोलनबाट राजाको वनवास हुनु, जनताकै अपार मतबाट माओवादी ठूलो दल हुनु आतंक र अपराध रहेछ है हर्केजी ।

          अनि राजनीति भनेको 'प्रभु'को निगाहमा सत्ताको साँचो पाउनु, सरकार हरूवाहरूको भीडमा परिणत हुनु रहेछ । यसै भन्न खोज्नुभएको त होइन ।

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

          • Harke

            माओबादीले जस्तो अपार मत, स्कुले नानिलाइ बम पड्काएर मार्ने बब्बन सिंग ले पनि लेराएको छ र गच्छेदार ले पनि ! खुमबहादुर ले पनि टन्नै लेराएकै थियो, तर अर्को ले अलि बढी ल्याएको ले !
            के तिनीहरुलाई मत दिने नेपाली जनता होइनन ?
            राजनीतिको आवरणमा आतंक र अपराध लुकेको छ, पुष्प जी! बेलैमा हेर्न सिक्नुस !

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • हर्केजी,

              विद्रोह र आतंकमा फरक केलाउनुस् । व्यक्तिगत फाइदाका लागि बम पड्काउने बब्बन होस् वा धमला, चाहे पैसाको आतंकले मतदाता किन्ने खुमबहादुर नै किन नहोस्; यिनीहरू र विशुद्ध जनविद्रोह हाँक्ने माओवादलाई एउटै तराजुमा तौलिनु मूर्खता हो; तर एकचोटि यो मूर्खता गरिहेर्नुस्; छर्लंग हुनुहुनेछ ।

              मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • मनबता रहेन देशमाजनता दुखि छन् झनझन देश तल जादैछ
      हाम्रो देशको बिकाशलाई नेता रुपी माकुराले खादै छ
      कसको सरापलागेछ यो देशलाई योग्य कुनै नेता आएनन
      रोएको यो देशलाई कुनै पनि आजसम्म
      कुनै नेताले हसायेनन
      पहड देखि सान्त बिशाल थियो नेपाल
      कसैले सोचेका थिएनन एसको
      हुन्छ एस्तो हाल,
      एसको हुन्छ एस्तो हाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suraj

      i loved this article!!! well written…well analyzed…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mohan

      दीपक गी को लेख चाही मलाई राम्रै लग्यो ! संतामोहन@ग्मैल.काम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • संबिधान मेची देखि महाकाली हिमाल देखि तराई सम्म को सिमा भित्र बस्ने नेपाली लाई नेपाली सुत्रमा बाध्नको लागि हो, तराई मात्र मधिसेको बनाउन होयिन/ तर अहिले उनीहरुकै मतियार संबिधान छिटो लेखुं भन्दै छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • संबिधान बनाउने काचो दाल चामल सबै अगाडी छ तर पकाउनेको हात फोहर छ/ फोहरी हात बात पकाई पस्किएको खानाले भोक त मित्ला तर जिउ ज्यान मा जाजरकोटको हैजा लाग्ला, याद गर्नु पर्दछ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • suman

        ke garne maobadi ko janayuda nahi india bata bahye ko ho bahnchha kaslai des bahkta ra kaslai bharat bahkta bahne sathi

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नया संबिधान कसले लेख्न पाउँछ अब आफैलाई सोध्नु छ/ जनताको संबिधान जनताले चुनेकोले लेख्न नपाउने हो भने अस्पतालमा डाक्टर को ठाउँमा हजामले उपचार गर्ने छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • समस्या परे दिल्ली दर्बार नगई जनताको घर दैलो आउने नेता र पार्टी खोज्नु छ/ सुद जस्तालाई घुंदे नमस्कार नगर्ने परि आए "पर हत्" भन्न सक्ने मन्त्रि रोज्नु छ/ कोटा बात सांसद भत्ता लुट्ने फालेर भोट पाउने को सरकार बनाउनु छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gautam rai

      nepal comunist party mawobadi government ma huda mawobadhi ko patan hudai gareko kura sarai hasyaspad cha,,kun adhar ma lekhak le yesto tarka lekheko hoo malai aschayee lagako cha,,nepal ko sachha sarbahara barga ko partinidhito garne party nepal comunist party united mawobadi teyo barga ko astittoo rahinjel samma ani..nepal comunist party mawobadi le vanda aamul karntikari bichar teyoo sarbahara barga ma fillup nagarinjel ko abastha samma kasari patan huna sakcha?

      Gautamraj Rai
      Germany

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • आज सम्म प्रजातन्त्रको सपना देखाएर आन्दोलनमा जनताको जिउ ज्यान होमे तर देसमा मात्र भारतीये दलाल तन्त्र लादिए/ १९५०को सन्धि देखि आज सम्म भारत सिट भएको सबै सन्धि येही देखाउंछ/ प्रजातन्त्रको लडाईं सकिएको छैन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • nik

        मदनमान जी, बिस्तारै भए पनि तपाई पनि नांगिदै हुनुहुन्छ जस्तो लाग्छ| म गलत पनि हुन सक्छु, तर प्रायजसो मेरो सोचाई ठिक भएको छ, खास गरिकन माओ-बादीहरु बारे|उनीहरु पैले पूर्ण प्रजातन्त्रका कुरा गर्दै collumns र कमेन्ट लेख्छन अनि बिस्तारै उही आफ्नो पुरानो धर, भारत बिरोधि, चीन समर्थित काब्य र कथा लेख्न थाल्छन| तपाईले पनि त्यै राग अलाप्न शुरु गर्नु भा जस्तै लाग्यो यो पछिल्लो कमेन्ट पदन थालेपछि| के मा गलत हुँ? गलत भी भनि हाल्नुस नत्र भने पनि भनि हाल्नुस कि तपाई कुन खेमाको? त्यसो भएको खण्ड मा तपैले लेखेका टिका टिप्पणी लै हेर्ने दृष्टिकोण र त्यसप्रतिको हाम्रो बिचार क्रिटिकल हुन पर्ने हुन्छ| यसको मुख्य कारण चै संसार भरिने कम्युनिस्टहरुले यसरि नै सिधा साधा जनता लै ठगेर आफ्नो राज्य चलाउन सफल भएका छन्| हालकी आज सम्म कुनै पनि कम्युनिष्ट मुलुक दिगो भएर उदाहरण दिन सकेको छैन, सबै नै असफल राष्ट्र मा परिणत भएका छन्,हामी नेपालीहरु हाम्रो देश लै पनि त्यै असफल राष्ट्रको कतारमा उभ्यौन चाहन्नौ|

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • nikjee
          प्रतिबाद नगरी मात्र येति भन्छु भारतले नेपाललाई UN मा समेत नेपाल उनीहरुको भन्दै सदस्य नबनाउन लेखेको थियो/ अब तेस्तो भारतलाई चिमोत्यो भने आया कसैले भन्छ भने म के भनु/

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • कुरा बुझुनु छ ,तराई छुटाएर भारतमा गाभ्ने योजना छ/ सिमा अझै उसलाई मिच्नु छ, मात्र ढल नाला खोला बाकि रहे पनि तेसलाई हदप्नु छ/जनमतको सरकार भारतको लागि अप्ठ्यारो छ/ दलालको हालिमुली तेसैले चलाएको छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      Ma yo comment sanga sahamat chhu, Aja sabai prajatantra badi harulahi badahi cha kinaki aja bhanda 20 barsa agadi berlin ko prakhal dahelo thyo, jun communits haruko bishowbyapi patan ko suruwat thio.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      I Agrre with thias analysis, this is true that for Maoist Peace process is only strategy to impose outdated single party Communist System in Country and now they fail. In the time of Insurgency thay gave sweet slogans and dream to nepalese peoples but when Prachanda was in power he only did for his near and dear, so nothign good heppen in their regime.

      Dissmissimng Katwal he trieed to control over Army but he fails so he resign, so now he is Barking in the road, his words and sppech shows that he does not ve minimom knowledge abouts using lanuage and its effects, his language shows that he is not a former PM, he is a bllody drankard, drink local and bad biting.

      CONGRETS EVERY DEMOCRATS BECAUSE 20 YEARS BEFORE THE WALL OF BERLIN DIMISES WHICH WAS LAND MARK STEP THE DOWN FALL OF THE COMUNITS FROM WORLD.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bipin

      Mr Dipak I think you are wearing anti-maoist glass. It looks like you are trying to cover your face but you could not see every thing is open except your face.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • poon

      वास्तविक कुरा हामी पर्हक सामु पस्तुत गर्नु हुने दिपक जी तपाइलाई धेरै धेरै धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      Deepakji thanks for the article. This article is far mature than your articles in the past. My Sansar's users have grown and evolved. Right now, there are 286 users online as I type this. Every one is, I believe, sincerely longing for the peace and prosperity of Nepal. They deserve good analytical articles. So it is worth putting some time to think, research and revise before posting such analytical articles. I think you have done that this time. I am still waiting for a very unbiased article assessing Maobadi's positives and negatives while they were in power. One of the positives that I know is the job performance of Baburam Bhattarai as the finance minister. Some of your notable lines:
      "१० वर्षको युद्धमा भन्दा वेशी मानिसहरू मर्नेछन् र धन-जनको पनि व्यापक क्षति हुनेछ।देशको राष्ट्रिय, अखण्डता र सार्वभौमसत्तामा पनि खतरा आइलाग्नेछ|"…“
      सुजाता र माधव नेपालले चुनाव हारे पनि सरकारमा रहेको.कुरा माओवादी कार्यकर्ताले गाउँ-गाउँमा राम्रोसँग पुर्‍याएकै छन् .."….
      "सत्तामा हुँदासम्म माओवादी जुन गतिमा पतन भइरहेको थियो…"

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tanka

      we need peace we have seen all parties in nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saru

      मुम्बई, कात्तिक २३ (एजेन्सी) – हिन्दी भाषामा सपथ लिने भारतको महाराष्ट्र राज्य विधानसभाका समाजवादी पार्टीका सांसद अबु आजमी संसदमै कुटिएका छन्। आजमीलाई मराठी भाषामा सपथ लिनु पर्ने भन्दै क्षेत्रीय दल महाराष्ट्र नवनिर्माण सेना (एमएनएस)का सांसदले कुटेका हुन्। कुटपिटमा संलग्न एमएनएसका चार सांसदलाई विधानसभाले निलम्बन गरेको छ।

      आजमीले हिन्दीमा सपथ लिन शुरु गरेपछि एमएनएसका सांसदहरुले नारावाजी गरेका थिए। सपथ लिदै गर्दा माइक खोसी उनीमाथि हातपात गरिएको थियो। त्यसपछि विधानसभाका बाँकी शत्र आधा घण्टाका लागि स्थगित गरिएको थियो।

      सो घटनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आजमीले भने, 'मलाई मराठी आउँदैन त्यसैले मैले हिन्दीमा सपथ लिएको हुँ। मलाई महाराष्ट्र नवनिर्माण सेनाका सांसदले हातपात गरे।'

      यसअघि एमएनएसका सांसदहरुले विधानसभाका मराठी भाषामा मात्रै सपथ लिन माग गरेका थिए। समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादवले घटनालाई दुर्भाग्यपूर्ण भनेका छन्। उनले हिन्दीमा सपथ लिएको कारण आजमीलाई देशले सम्मान गर्ने बताएका छन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • very bad politics of nepal no one politicians are good go to hell

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुरा सबैले बुजेकै हो तर बुझेर के गर्नु न कहिँ भन्ने ठाउँ छ न कोहि सुन्ने ठाउँ छ | जो जस्तो जसरि आएपनि सकाउने ढुकुटी नै हो निरासा पाउने जन्तालेमत्रै हो | हुने कोइ बाट केहिपनि हैन जनतालाई भकुण्डो बानाका छन् जता मन लग्यो उता गुदाउछान गोल पुरा भएपछी kick हान्चन अनि janata हेरेको हेरै |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • upean

      मलाई यो लेख मन पर्यो , सन्तुलित छ , भद्र छ तर , कुरो चै चुरो मै केन्द्रित छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अरु भन्दा पनि गाउको जुन कुरा छ ,,,,,,,sachhai bastubadi छ,gauko जनता aghai महोबदिमा आस्था rakhchhan,,,,,,,,,,,yes अर्थमा महोबदी ले chaye सत्ता कब्जा garna sakchhan,तर बिदेशी हरु को पनि साथ लिन खोजेको होला,,,,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      अब केहि समयमा संबिधान त बन्दैन बरु मावोबादी ले पक्कै सत्ता कब्जा गरेरै छाद्छान/ नगरेर पनि के गर्नु अरु हरुवाले केहि गर्ने वाला पनि छैनन् / तेसैले chitto कब्जा भो भने देसको विकास नि छिट्टै होलाकी कि कसो साथीहरु ]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sreejana thapa

      टकरीमा भन्दा अहिलेको संघर्ष परीवर्तनवाहाक र प्रतिगामीहरुको बीच भैरहेको छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेताको बानी
      लोभ लाग्दा शब्दहरु जनता सामु झार्छन
      निमुखा ति जनतालाई दोधारमा पार्छन

      जिते भने शहर तिर हारे फेरी गाउमा
      यसपालिको भोट भन्छन पार्नुस मेरो नाममा

      जनतालाई बिर्सिएर भन्छन सत्ता हो मेरो माल
      जनताको सधै बिजोग सधै उस्तै हो ताल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • नेताका कुरा को भर छैन
        नेता त धब्बा हुन्
        हाम्रो सुकिलो समाजमा टाटो हुन्
        जिन्दगिलै भर्ममा लथालिङ्ग पर्ने अचुक अस्त्र हुन्
        अबत लाग्न थाल्यो जिन्दगिनै बेकार
        कोहि छन् झुपडी ,कोहि छन् महल त र कोइका कार
        माया र सहदभाव गयो टाढा नेपालीलै छोडी
        चुस्चन यहाँ नेता जनतालाई मानबतनै
        तोडी

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अब केहि समयमा संबिधान त बन्दैन बरु मावोबादी ले पक्कै सत्ता कब्जा गरेरै छाद्छान/ नगरेर पनि के गर्नु अरु हरुवाले केहि गर्ने वाला पनि छैनन् / तेसैले chitto कब्जा भो भने देसको विकास नि छिट्टै होलाकी कि कसो साथीहरु ]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Tirtha

        kina tapai ko pani commision chha ki kasho ya tapai le hijo moaist le luteko sampati khako chha ki kasho stiil मावोबादी le कब्जा gareko ghar jagga vo na kokum सत्ता कब्जा garne bhane ko sapana matra ho heheheheheh

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मित्र, तपाईको पहिलो प्याराग्राफमा म अलि सहमत हुन सकिन । त्यो के हो भने नेपालमा अहिले माओवादी र गैरमाओवादी मात्र दुई वटा शक्ती छन भन्नु पुर्णत भ्रम हो । किन भने तपाईको भाषामा यि दुई वाहेकका अन्य शक्तीहरु ( क्षेत्रिय जातिय र अराजनितिक ) शक्तीको कदमले जनताको जिवन शैली र दिनचर्यामा परिवर्तन ल्याएको छ भलै ति शक्तीहरु सत्तामा नपुगुन । तर अगाडी देखिएको शक्तीहरुमा माओवादी र गैर माओवादी स‌सदवादी दल भए पिन देशलाई स‌चालन गर्ने लौनचौर लागायतका अन्य शक्तीकेन्द्रहरु यि दुवै मा पर्दैनन । र यिनी हरु तेस्रो शक्ति जन्माउने क्षमता राख्दछन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • जेजति पार्टी छन् तिनीहरु बाहेक देसमा एउटा अहम पार्टी छ त्यो हो भोट दिने पार्टी जब सम्म यिनीहरुको अस्तित्वो मात्र "निमित" को हुन्छ देसमा शाशन हैन कुशाशन चलेको प्रमाणित हुन्छ/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • हामी नेपालीको दूर्भाग्य भनेको नै धेरै पार्टीहरु हुनु हो, देश सार्है अस्थिर भयो | यो लेखमा भनिए जस्तो दुइटा मात्र शक्ति भईदिएको भए बोरु केहि हुन्थ्यो कि? अमेरिकामा जस्तो|

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लेख वास्तविक छ,अब बन्दुक र त्रास ले होइन जनताको मन जितेर आउनु पर्छ भन्ने कुरा माओबादीले पनि सिके होलान.जननिर्बचित सरकार सडक बाट खोस्न सकिन्न.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • कुन सरकार? कहाँ को जननिर्बाचित सरकार?? kesu mahodye madhesi samsad kaa tauka khasi को jhai kinera baneko सरकार laai जननिर्बाचित सरकार wat a joke yar

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • nik

          amit46, do you know what is election? Most likely NOT! In communism election does not takes place, it is all about selection. The process of selection is by rejection. The politburo of communist party is responsible for the candidates, hand picked and projected to people to vote. If you do not vote for that person, be prepared to go to hard communist party run labour camp. That is what exactly the way of Mao-ist of Nepal stands for. Understand it before it is too late. So far the present govt of Nepal is concerned this is standing on the ground of election by CA. Maoists did not field any candidates and did not take part in the election, that is their choice. Once you decide not to contest you loose your right to oppose. But, mao-ists are unruly, terrorists and hegmonial bunch of cult like organisation. So that they are doing what they believe in; terror.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • Amit46, i think you got the right answer from Nik.Do you mind to rebember that out of 238 Moist MPs only 120 are elected and other are not elected.
          Of course this government is elected by the people of Nepal. Do you think the government means a person? personal government is only possible in communism.
          try to read my link above Mr. Amit46.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • गगने

            Do you mind to rebember that out of 238 Moist MPs only 120 are elected and other are not elected. :kesu
            and now,
            Do you mind to tell us how many other MPs are elected? and from how many parties from?

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hami lai shanti bhumi nepal chahiyeko chha desh ko bikash chahiyeko chha chahetyo kunai party kin nahos wa raja nai kin nahos yesta desh ko bikash ra unnati ko bare ma janata ko bare ma nasochne neta haru hami lai aawasek chhaina desh bachaaune ra bikash garne pratinidhi chahiyeko chha.///////////////////////////////////////////ramro lekha ko lagi thank you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • छोटकरीमा भन्दा अहिलेको संघर्ष परीवर्तनवाहाक र प्रतिगामीहरुको बीच भैरहेको छ | तर अफसोसको कुरो के पर्यो भने राजतन्त्रलाई उखेल्न मदत गर्नेहरु प्रतिगामी कित्तामा परेका छन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • nik

        न्युयोर्कमा बसेर सबै प्रजातन्त्रबदिहरुलाई प्रतिगामी देख्न त सजिलै हुन्छ, साथि, पेकिंगमा, प्योंग्याँग्मा,हवानामा र तपैले गुजारेको मस्को (यदि USSR को समय मा हो भने) यसरि आफ्नो मौलिक अधिकारलाई प्रयोग गरेर मात्रै हेर्नु भएको भए थाहा पाउनु हुन्थ्यो बाम्पन्थीको Hard Labour क्याम्प कस्तो हुन्छ भनेर|के धाक लाउनु नि पुजीपति देशको पुजीपति शहरमा बसेर सर्बहारा हूँ म भनेर| प्रजातन्त्रमा बहुमतको साशन हुन्छ भन्ने कुरो पनि नबुझेका यी नव बामपन्थी साथीहरु देखेर मलाई माया र दया लगेर आउछ|

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • नेपाललाई अतिक्रमण गर्दै गरेको भारतको दलालिनै गर्नेहरु पनि आफुलाई प्रजातन्त्र बादी भन्छ/ भारतमुखी सरकार चलाउन खोज्ने प्रतिगामिनै हुन्/ नया समिबिधान मा नागरिक सर्बोच्चताको खोज्ने परिबर्तन बाहक हुन्/

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • nik

            madanman, मैले तपाइलाई, तपाई माओ-बादी हुनुहुदो रैछ भन्दा तपैले मलाई "ए मलाई तपैले माओ-बादी देख्नु भएछ" भनेर लेखेको जवाफको मसि पनि सुकेको छैन होला, तर ऐले हालसाल तपैका प्रतिक्रियाहरु पड्दा आखिर तपाई पनि छद्म भेषी माओ-बादी बाहेक कोइ हुनुहुदो रैनछ| भन्ने खुलाशा हुन्छ|नेपाल र नेपालीको दुर्भाग्य,यै छद्म भेषीहरुले मुलुकलाई नै hostage बनाएर विभिन्न नाम धरेर खै राखेका छन्, त्यस मध्य तपाई पनि पर्नु भयेछा, मेरो निचोड|

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • माफ गर्नुहोला शशांकजी ! हतारमा माइनसमा पो थिचिएछ ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • nik

          Pushpa, person does right thing when he or she is not biased and subconscious brain works more than our biased frontal lobe. Dont you worry, what you did was right, giving minus to Sasang.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • होइन । तपाईंका लागि सही होला, तर यो मेरा लागि गलत हो निकजी ।

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • I've got it.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshab

      धेरै राम्रो लाग्यो लेख पढेर, धन्यवाद दीपक जी, तपाइको लेख स्तरीय छ एस्लाई जारि राख्नुस मेरो कामना ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan Lal

      The analysis is true to very much extent. One thing should be clear to CPN UML and NC leaders that they are just working as agents of India. These parties are just like an NGO. The main objetives of these NGOs are
      1. To sideline Maoist and UNMIN to make happy India, their Master.
      2. To wait and follow without any reservation the order and instructions from southblock
      3. To promote the interest of India in Nepal.
      Therefore to expect New Nepal from these parties and leaders is to build a catle in air.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • nik

        Mohan Lal and alike people who supports Mao-ists of Nepal. The missing point for you guys, without the lifeline from south block or whatever synonyms you want to use, the fact is Nepal and Nepali including your masters can not breath let alone eat and drink. The point here is clear, you are using Nepalese sentiment for your political gain. You are never honest and open to people because you thrive in deception and terror of torture. You were in hibernation when your master Pushpe was in Indians toe kneeling with prayer to get the PM posts. You ran away like a ashtray dogs putting your tail under the ass when your master pulled the plug out in opposing Pashupati priest saga. So much so, your master pleaded with India to salvage his post of PM of Nepal. Where were you then? Where was your god (China)?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kabin

      यो netaharu बाट देश मा केहि होला भन्ने aash पनि छैन….aafai aafai jhagada garna,gush खान byasta छन्..यो saleharulai देश को केहि माया छैन..hamelai त देश को सेवा garne neta chahiyeko छ…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ananta

      नेपाली जनताले विकास हैन शान्ति खोजेका छन् यदि कुनै नेताले शान्ति दिन सक्छ भने विकास जनता आफै गर्छन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr. Ramesh Basnet

      Maoist are marching in their strategic way. They do not see any different among these political parties and the king. They belong to the same class. At first, Maoist negeted one major enemy which is king with the help of the Indian and Nepalese political parites. Now paradium is swift so they fighting against Nepalese political parties with the help of Americans, Chinese, other Indian left parties and some of Indian intellegence officers. It is true that there is huge corruption in the Maoist party. From Prachanda to Babu Ram basically his wife are deeply rooted in malpractices. But the lower cadres are very honest and have feeling of self secrifice for their class war. Therefore, even if the high rank will be detoriated from their ideology, lower cadres not so the people's war will not be ended. So called leading domocracries of the world such US and UK are in trouble. Even most liberal intellectual prof essors like Philippe Sands are critizing them. They can not handle the war, economy and environment properly. Thus, the world is leaderless, visionless and directionless. These people can easily justify their actions in this uncertain world.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • nik

        मित्र भन्न र बुझुना खोजेको के हो? सपाट छ नि| बरु नेपालीमै लेखेको भए केहि बुझिन्थ्यो कि त?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजनीति गर्ने नेता हैन अब देश विकास गर्ने प्रतिनिधि चाहियो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पक्कै पनि सत्तामा भएका र आफ्नो स्वार्थ पुरा भए पुग्ने र जनताको बारेमा केहि नसोच्ने र सत्ताको हालीमुहालीमा रमाउने ति दुष्ट शाषक हरुको हरेक पल्टको गल्तीले उनीहरुलाई कमजोर बनाउछ र अन्तमा जनताको जित हुनेछ/ हरुवा हरु भाग्ने छन् र वास्तविक जनताको हातमा सत्ता आउनेछ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामीलाई शान्ति अनि देशको बिकाश चाहिएको हो यो सरकार सत्तामा जान्छ त्यो सरकार सत्तामा जान्छ यसले त्यसलाई लोप्पा खुवाउछ त्यसले यसलाई लोप्पा खुवाउछ भन्नु भन्दा पनि शान्ति र देश निर्माण मा जुन सरकारले नेपाली को लागि सहयोग गर्छ तेसैको सत्ता आउनु पर्छ…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • ranjit .lama

        बास्तबिक कुरोको चुरो बुझैदियेकोमा लेखकलाई धन्नेबाद

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • Harke

        कामना त धेरैको (कब्जा गरेर र लुटेर खानेहरुको बाहेक ) तेही हो श्रीश बन्धु…!

        दीपक जी, जुन समुहको नियत नै गलत छ, तेस्लाई कटुवालले गुन लगाएर केहि हुनेवाला छैन !
        यहाँ कटुवाल ले माओबादीलाई छिटो पतन हुनबाट जोगायो र नेपालीलाइ अरू धेरै दुख हुने भो !
        कटुवाल जस्ताले गुन लगाएर कम्निस्ट टिक्ने भए आज संसारभरका जंगलमा कम्निस्ट खोज्दै हिड्नु पर्ने थिएन !

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • binod

      धेरै राम्रो लेख दीपक जी . तपाइले गर्नु भएको assessment सराहनीय छ /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सोभित

      सहि विश्लेषण।
      वास्तवमा माओवादीहरुको मुखुण्डो पूर्ण रुपमा उघारिनु पूर्व नै एमाले कांग्रेसले सत्तालिप्सा देखाएका कारण यिनीहरु जोगिएका हुन नत्र माओवादी पनि अर्को एमाले हुन बेर लाग्दैन्थ्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Jyoti

      Really analytical article.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • हिजोको common enemy राजालाइ माओबादी र प्रजातन्त्रबादी दुबैले मिलेर पाखा लगाए, अब सत्ताको लागि यी दुइ शक्तिको लडाईमा "बरु कुकुरले हड्डी छोड्ला, यिनीहरुले छोड्ने वाला छैनन्", त्यसकारण साथी हो माओबादी पनि फेरी जंगल पस्ला कि भनेर डराउनु पर्दैन | बरु यी दुइ मध्ये अब पाखा लाग्ने पालो कसको भन्ने कुराको निर्णय चाँही यिनीहरुले गर्ने भोलिको व्यवहार अनुसार सर्बशक्तिमान नेपाली जनताले गर्नेछन | एउटा सान्धर्बिक र उत्कृष्ट लेखको लागि दिपकजी बधाईको पात्र हुनु हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • M Shreshtha

      Dirty Maoist game ,, enough is enough,,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shantdil

      दीपक जी बिश्लेश्न लागि धन्यवाद, तर झलनाथले प्रधानमन्त्रिको नियुक्ति पत्र त दिल्ली बाट बुझेर आए होलान अब कहिले राम बरण को टेबलमा बुझाएर कुर्सीमा बस्ने हुन त ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker