मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सकिन लाग्यो माओवादीको आन्दोलन पनि

    माओवादीले घोषणा गरेको दोस्रो चरणको आन्दोलन पनि यही साताबाट सकिँदैछ। यो सकिनु भनेको जनताले अझ दुःख पाउनु हुनसक्छ। किनभने अब अर्को चरणमा माओवादीले पक्कै अहिलेको भन्दा बढी सर्वसाधारणलाई दुःख हुने काम कार्यक्रम बनाउँछन् होला। त्यसो त अहिलेको चरणको आन्दोलन कै अन्तिम दुई दिन शक्ति प्रदर्शन बाँकी नै छ। आन्दोलनका कार्यक्रम धमाधम फिर्ता लिइरहेको माओवादीले गिरिजाबाबुको गम्भीर हुँदै गइरहेको स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर कार्यक्रम फिर्ता लिए मात्र, नत्र यो शक्ति प्रदर्शनका लागि माओवादी जोडतोडले लागिपरेको छ। काठमाडौँका भित्ताहरुमा अनि रिक्साहरुमा पनि बिहीबार र शुक्रबार दुई दिन बिहान आठ बजेदेखि सिंहदरबार घेर्न आह्वान गरिएका पोस्टरहरु टाँसिएका छन्। यो दिन माओवादीले उनीहरुकै भाषामा उनीहरुको तागत देखाउने रे। सिंहदरबार घेरेर सरकारलाई गलाउने रे।



    कस्तो खालले घेर्ने हुन् र के हुने हो, त्यो त थाहा छैन। तर आन्दोलनका अहिलेसम्मका पारा हेर्दा सरकार गल्ने कुने संकेत देखिएको छैन। सुरुमा आत्तिएर सरकारका मन्त्रीहरुले सेना परिचालन गर्नेसम्मका भाषण दिँदै हिँडेका भए पनि अहिले त्यो स्थिति छैन। सुरक्षा परिषद्ले समेत माओवादीको आन्दोलन शक्ति प्रदर्शन मात्र भएकोले दमन नगर्न सुझाव दिएको थियो।

    बरु सरकारले तयारी भने थालिसकेको छ। सिंहदरबार निकै टाढादेखि निषेधित क्षेत्र घोषणा गरिएको छ। आज मात्रै पनि थप केही ठाउँहरुमा निषेधित क्षेत्र घोषणा गरिएको छ। निषेधित क्षेत्रमा प्रवेश गरे मुठभेड हुनसक्छ।

    मंगलबार भने अहिलेसम्म नभएको किसिमको आन्दोलन भयो। अहिलेसम्मका कुनै पनि आन्दोलनमा नाकामात्र बन्द गरिएको थिएन। यस पटक भने त्यस्तो आन्दोलन पनि देखियो। काठमाडौँ प्रवेश गर्ने विभिन्न नाकामा माओवादीहरु बसेर कुनै गाडीलाई आउन जान दिएनन्। यी केही फोटो थानकोट नाकाका हुन्।


    नाकाबन्दी काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ उपत्यका भित्रने मुख्य नाका नागढुङ्गा, थानकोट, गोलढुङ्गा, छैमले, फर्पिङ मानेभञ्ज्याङ, भीमढुङ्गा, नाङ्लेभारे, चन्दागिरि र गुर्जेभञ्ज्याङ, ललितपुर र काभ्रेको सिमाना मानेदोभान, सिन्धुपाल्चोक र काभ्रेको सिमाना बन्देउ र भोटेचौरमा आह्वान गरिएको थियो।


    बिहान पाँचदेखि साँझ पाँचबजेसम्म गरिएको सो नाकाबन्दीमा काठमाडौँ, ललितपुर र भक्तपुरका बाहिरी जिल्लासँग जोडिएका नाकामा माओवादीका नेता तथा कार्यकर्ता बसेका थिए।


    नाचगान त आज पनि भयो।


    No related posts.

    93 comments to सकिन लाग्यो माओवादीको आन्दोलन पनि

    • nik

      Briliant reply, Bir. This reply should be read by pushpa Sasang and other communists who are scatterd around the world's democracies which they like to brand capitalists as well. I along with other democrats challenge to those communists who are spending their life in democracies but do nit get tired to go and experience the life under few remaining real communists states, pointed out by Bir. Do you guys have guts to go there and live? I do not think so, if it was then you would not living in New York , London, Paris or Tokyo, Sydney etc. Id it was the reason(Sarbahara) your leader ould not have gone to Europe and USA so many times. Do you have anything to comment?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nik

      न्युयोर्कको हाइ फाई जिन्दगि र नेपालको दैनिक हात मुख जोड्नु पर्ने बाद्ध्यता मा फरक छ तो पनि Statistically significant; P<०००००००००१. कांग्रेस र एमाले यथास्थिति बादी देख्ने साथीहरु माओ-बादी को कत्तुनै फुस्केको र उसको अद्म्बरी अहमता नदेखको मा मलाई भन्नु त केहि छैन तर हाम्रो देश को भाग्नाबशेस पनि नराख्न जुटेको यो सर्प रुपी माओ-बादीको समर्थन गरेको मा चै अचम्म लग्छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Nik! You don't have to be surprized. We are for the change, for a new Nepal. We are sick and tired of all these BABU SAHEBS, THAKURI SAHEBS, RAJA SAHEBS and so on…..We want a new Nepal with a new tradition, new values and new social stucture. We want a society based on communal harmony and social equality. We want change in everything including national flag and so called national dress. Enough is enough.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • nik

          Best of luck, Mr Sasang for finding a New Nepal in crowded city of New York. Then you could probably teach Sarbahara theory to all of hungry, destituted and extorted from daily basics Nepalese by Mao-ists at the metro station, having you wearing a tie suits and a million dollar worth wrist watch. Worth dreaming.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nik

      Best of luck, Mr Sasang for finding a New Nepal in crowded city of New York. Then you could probably teach Sarbahara theory to all of hungry, destituted and extorted from daily basics Nepalese by Mao-ists, at the metro station, having you wearing a tie suits and a million dollar worth wrist watch. Worth dreaming.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • If you have nothing to say except bed, watch, suit etc, its worthless to comment

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • घस्रेर जिउनु भन्दा केहि दिन बिजोग सहनु नै बेश ! ७ साल, ४६ साल र राजतन्त्र उन्मुलन सालले हामीलाई यस्तै सिकाएको छ | हाम्रो नागरिक सर्वोच्चता दिल्लीले दिने होइन क्यारे ! हामीले नै लडेर लिनुपर्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • nik

        बराक ओबामा संग माग्ने हो कि त|

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • बराक ओबामा राष्ट्रपती भएको अमेरिकि हार्डलाइनर निकहरुले मन नपराए झैँ नेपालका निकहरुले पनि उनी चुनिएको दिक्क मानेका छन| आखिर वर्गिय स्वार्थ त मिल्ने नै भयो।

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • शशान्कजी, आफु चाँही बाराक ओबामासँग मोज गरेर बस्नु हुन्छ तर नेपाली जनतालाई चाँही बिजोग सहनु बेश भन्नु हुन्छ, यो त कमरेड प्रचन्डले आफु चाँही लाखौंको पलङमा सुत्ने क्रान्ति चाँही भुइ मै सुतेर भए पनि गर्नु पर्छ भने जस्तो भएन र ? होइन तपाईंलाई देश र सिद्धान्तको त्यती सारो माया छ भने के को अमेरिकामा शरणार्थि भएर बस्नु भएको छ ? आउनुहोस नेपालमै बसेर संघर्श गर्नलाई | होइन भने यो जुन थालमा खायो त्यो थालमा थुक्ने ब्यहोरा चाँही अलिक सुहाउदैन | तपाईंको सिद्धान्त अनुसार त तपाईं कि नेपाल मै होइन भने उत्तर कोरिया वा क्युबा तिर पलायन हुनु पर्छ, अमेरिका होइन |

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • वीरजी,

          यस्ता व्यक्तिगत लाञ्छनायुक्त प्रतिक्रिया गरेर कमसे कम आफूले अँगालेको वादको बेइज्जत नगर्नुस् । र अर्को कुरा यहाँ कुनै वाद वा सिद्धान्तको दालली भन्दा पनि देश बचाउने कुरा हो । नेपालको सन्दर्भमा माओवादीले नै यसको 'जिम्मा' लिनुपर्छ भने उसको समर्थन किन नगर्ने ? बाँच्नेमात्र कुरा गर्ने हो भने त काम नगरी न त पूँजीवादले खान दिन्छ न त साम्यवादले नै ।

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • I am sick and tired of reading all these bed, watch etc. I've repeatedly written in my comments that it is not necessary to live in your own country in order to love that country. i do love my country in my own way morally, financially and spreading good messages through Mysansar. I don't want to boast what I am doing for my country. According to Birjee, Upendra Yadav and whole bunch party leader of the present government should leave Nepal and live in India, since they all are indian oriented.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • वीरजी,

          यस्ता व्यक्तिगत लाञ्छनायुक्त प्रतिक्रिया गरेर कमसे कम आफूले अँगालेको वादको बेइज्जत नगर्नुस् । र अर्को कुरा यहाँ कुनै वाद वा सिद्धान्तको दालली भन्दा पनि देश बचाउने कुरा हो । नेपालको सन्दर्भमा माओवादीले नै यसको 'जिम्मा' लिनुपर्छ भने उसको समर्थन किन नगर्ने ? बाँच्नेमात्र कुरा गर्ने हो भने त काम नगरी न त पूँजीवादले खान दिन्छ न त साम्यवादले नै ।

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • वास्तवमा कांग्रेस र एमालेहरु जस्ता यथास्थितिवादीहरुलाई नेपालमा आएको यो परिवर्तन त्यति मन परेको छैन र यो परिवर्तनलाई तुहाउन साम, दाम, दण्ड, भेद नीतिहरु अपनाउन थालिसकेका छन् | माओबादीले उठाएको नागरिक सर्वोच्चताको कुरा उनीहरुलाई पचेको छैन | लघुताभासले पिडित भएर सैनिक सर्वोच्चता अंगाल्न यिनीहरु तयार छन् | पुरानै कुरामा रमाउने हो भने ज्ञानेन्द्रलाई किन पो सत्ताच्युत गर्नु थियो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gobinda

      देशभित्र बसेकै भरमा देशभक्त भैटोपल्नेहरु धेरै छन्
      देशबाहिर बसेर देशप्रेमका असारे गीत गाउनेहरु धेरै छन्
      आफ्ना ठाउँमा सबै इमानदार भैदिएको भए किन यस्तो हुन्थ्यो र?
      देश बनाउँछु भनेर देशकै आन्द्राभुँडी लुछ्नेहरु धेरै छन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj malla

      good new nepali ho ati ramro ni bhaya ko 6 raja lai falyara new nepal suzerland banauchu bhanni bhatya ho timi harunai honi,ati ramro bhaya ko 6 santi pauchu a 046 sal bhanda agadiko nepal pauchu bhanu ta timi haru lai falam ko chura khaya jasto hunchha sathi ho kurdai garnu aru k hun6 new nepal ma thanks many many many good terrorest new nepali ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उनै कथित बिदेशी प्रभु को आसिर्बाद पाएर २-२ ठाउँ बाट हरेर पनि नैतिकता को इज्जत लुटेरा प्रधानमन्त्री बनेको टुलु टुलु हेरी रहनु हुने हजुर जस्ता सचेत नागरिक लाई लाज लग्नु पर्ने होइन र|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Harke

        हारेको हारेको भन्दै कति माउबादी डम्फु बजाउनी बन्धु, हरुवालाई प्रधान मात्री बनाउनी त माउबादी नै त हो नि !
        १. समानुपातिक चाहियो भनेर टायर बाल्ने माउबादी
        २. हारेको माकुनेलाइ पनि सभासद बनाउनु पर्यो भनेर अटेरी गर्ने प्रचंडे
        ३. जितेर पनि सरकार चलाउन नसक्ने माउबादी
        के कुर्ची खालि राख्नु त ? समानुपातिक बाट आयो सरकार खायो ! ६ महिनामा माउबादी फ्रेस भयो अब छोड म सरकार चलाउछु भनेर पाउने भए चलाउ, तर जनतालाई सास्ती किन ?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • हर्के ले उठाएको प्रश्नको जवाफ माओबादीका अन्धभाक्ताहरु बाट पहुने आशमा छु /

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • समानुपातिकको सुन्दरता, समकक्षी दलको हरुवा नेतालाई समेत उचित ठाउँ दिने माओवादी महानता, जनताकै हीतका लागि सरकारबाट आफैं बाहिरिएर रचेको इतिहास; यी सब कुरामा एकचोटि राम्ररी घोत्लिनुस्; उत्तर पाउनुहुनेछ ।

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • नेपल्थ्य को कुरा पनि केहि हद सम्म ठिक हो तपाइको पनि केहि हद सम्म कुरा सहि हो बराबर भएन त किन उसलाई मात्र गाली दिनुभएको

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      There is already established system unless u made destruction no one will listen to you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Very good debate using freedom of speech guys and exercising the values of democracy too. That's the beauty of democracy. These rights are not available in a communist state. +1 to all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • साम्यवादमा यस्तो विवाद गरिरहने आवश्यकता नै पर्दैन, यसो भन्दा कसो होला । :)

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • पुष्पजी, यसपाली चाँही हसाउनु भयो तपाइले, बोल्न पाए पो गर्छन त, चुइक्क सम्म गर्न नपाए पछी कहाँ गर्छन त नि ? जे जे भन्यो त्यहि खुरु खुरु गर्नु बाहेक अरु उपाय नै छैन, केहि गर्न साथ देशद्रोहको आरोपमा कि गोलि खानु पर्यो, नभए जिन्दगि भर जेलमा सडेर बस्नु पर्यो | तपाइको यो कमेन्टमा चाँही अरुमा जस्तो वजन भएन है |

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • freedom of speech is not available in communist state???? what made u think so dude?? and can anybody pls verify this?? plz help needed…

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • If you wanna practically experience the level of freedom yourself, then go to North Korea, Cuba, even in China and spend few months there and evaluate it, then comment dude. If you don't mind, may I know from what country are you commenting now please?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • सर्वप्रथमत यो संसारमा अहिलेसम्म कम्युनिष्ठ मुलुक नै छैन | मार्क्सवादिय दर्शन अनुसार कम्युनिष्ठमा दरिएका केहि मुलुकहरुलाई समाजवादी देश भन्दा बढी उपयुक्त होला | क्युबा र उत्तर कोरियामा भएको व्यवस्था मार्क्सवादको विकृत रुप हो | अनि वाकस्वतन्त्रता हुँदैमा पूर्ण लोकतन्त्र हुन्छ भन्ने कुरा सरासर झुठ हो | बहुचर्चित भारतीय लोकतन्त्रमा सामान्तिहरुकै जगजगी छ | एउटा बिहारीले रछ्यानको भात टिपेर खाँदै मनमोहन सिंहलाई आमा चकारी गाली गरेको वाकस्वतन्त्रताले केहि माने राख्छ र ?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • nik

            वाक स्वतन्त्रता मात्रै प्रजातन्त्र हो भनेर यहाँ कसले भनेको छ र? तपैले USA मा जसरि बिना रोकटोक आफ्नो गरि खानु भएको छ र त्यो आफ्नो भित्र आफ्नो उत्थानको लागि अरु कसै बाट अनुमति र आदेश लिनु पर्दैन, निर्वाद रुपले अगाडी बढ्न पाउनु हुन्छ यस्ता कुराहरु समेटेको अवस्थालाई प्रजातन्त्र भनिन्छ. अब आएर यहाँहरु लाइ Cuba र North Korea विकृत देशहरु भए, गजब छ नि बिचार त| तर Karl Marx ले भनेको सर्बहारा dictatorship भनेको नै त्यै कम्युनिष्ट देशहरुले अपनाएको व्यवस्था हो. China मा भएको ऐले को अवस्था लै बरु तपैले Marx लै आची खुवादै अगाडी बढेको Deng को chinese communist को dictatorial system भन्न सक्नु हुन्छ.

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • निकले वकालत गर्दै आएको पुँजिवाद मार्क्सले राखेको समाज बिकास अवधारणाको एउटा खुडकिलो हो| देङले मार्क्सलाई आची खुवाएको नभएर सही मानेमा मार्क्सवादको अनुसरण गरेर पुँजिवादको बिकास बिना समाजवाद र साम्यवादको निर्माण हुँदैन भन्ने मार्क्सिय धारणालाई पुनर्पुष्टी गरेको छ। पुँजिवाद एउटा संक्रमण अवस्था हो र यो चरम बिकास भयो भने यसले समाजवादको रुप धारण गर्छ। न्युयोर्कमा म समाजवादका लक्षणहरु देख्दैछु। माओवादी नेता बाबुराम भट्टराईले पनि भन्दै आएका छन " हाम्रो साम्यवादको लक्ष्य पुँजिवादकै बाटो भएर जान्छ"। तसर्थ पुँजीवाद कुनै ब्यक्ती बिशेषको पेवा होइन, न त यो बि पि कोइरालाको सिद्वान्त हो ? कांग्रेसी सामन्तहरुले पुँजिवादमा पाइला नै टेकेका छैनन। उनिहरु अझै सामन्तवादमा घस्रिरहेका छन।

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

              • सर्वहाराको अधिनायकत्वलाई सर्वकालिक ठानिनु हुँदैन। मार्क्सवाद आँफै नै जडसुत्र होइन, समयको अन्तरालमा यो पनि परिमार्जन हुन्छ र हुनुपर्छ। त्यसलाई पलायन र मार्क्सको हारको रुपमा हेरिनु हुन्न। कमेण्ट लेख्दा पुष्प जस्तो शिष्ट र लुनाको जस्तो शब्द-सजावट हुनुपर्‍यो। कुन ब्यक्तिले कुन वर्ग, कुन आस्थाको प्रतिनिधित्व गरेको छ् भन्ने कुरा केही कमेण्ट हेर्दै थाहा हुन्छ। माइसंसारमा आदर्श छाँटेको अरुले पनि पत्याउनु पर्‍यो।

                Sorry , I've to split my comment

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

              • अहिले भने साँच्चिकै धन्यवाद है सशांकजी ।

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

                • शशांक लामा

                  You are most welcome!!!!

                  मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • देवराज जोशी, कैलाली

        डेमोक्रेसीमा फ्रीडम अफ स्पीच मात्रै हुने होकी जनताको आवाजको सुनुवाई पनि हुने हो? हरुवा हरुले सरकार चलाउने जित्ने हरुलाई सडकमा स्पीच मात्रै दिन लाउने, सरकार चै भारतको इच्छ्या भन्दा एक इन्च दाया वाया हुन् नहुने यस्तो हो नेपाली डेमोक्रेसीको महिमा.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • वाक स्वतन्त्रता नै पूर्ण प्रजातन्त्र भन्न खोजेको त होइन नि हौ, यो त प्रजातन्त्रको एउटा basic right मात्र हो, यो most basic right नै हुदैन भने अरु झन कस्तो होला पो भनेको त मित्र | अनि जहिले पनि यो हरुवा भन्ने सब्दले त एलर्जी नै भै सक्यो हो, यदि पूर्णरुपमा स्वतन्त्र र निष्पक्ष चुनाब भएको भए माओबादीले पनि त्यति सिट त मरी काटे ल्याउने थिएन हो, अनि साच्चैको हरुवा को पो हुन्थ्यो कुन्नि ? त्यसकारण हरुवाको रट मात्रै नलगाउनुहोस् |

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • हजारौं विदेशी पर्यवेक्षक भएको चुनावमाथि प्रश्न उठाएर खै कसको विरोध गर्नुभएको हो कुन्नि !

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • पुष्पजी, फेरी कुरा घुमाई फिराई त्यहि आयो, त्यति बेलाको चुनाव ठिक अहिलेको अफगानिस्तानको चुनाव जस्तै भएको थियो | फरक यत्ति हो त्यतिबेला नेपालमा शान्ति हुन्छ र देशले निकास पाउछ भने ठिकै छ नि त भनेर कसैले बिरोध नगरेका हुन्, अहिले अफगानिस्तानमा चाही बिरोध भयो, शुरुमा UN ले होइन भन्यो पछी चारैतिरबाट बिरोध भए पछी धादली भएकै हो भनेर चुनाव रद्द गर्यो |
              यसको अर्को ज्वलन्त उदाहरण YCL र माओबादी कार्यकर्ताले मैले चिनेका कति जना बिदेशमा भएकाहरुको नामबाट भोट हालेका थिए, मैले पनि त्यतिबेला माओबादीले त केहि गर्छ कि भनेर हिशिला यमीलाई दोहोर्याएर २ पटक भोट दिएको थिए |

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

              • cont …
                अर्को ज्वलन्त उदाहरण मेरो गाउँमा मात्र २ जनाले एमाले लाई भोट दिन खोज्दा बेसरी चुटाइ खाएछन, अनि सबैले डरैले माओबादीलाई एकलौटी भोट दिएछन | यी त केवल १-२ प्रतिनिधि उदाहरण मात्र हुन् खोज्यो भने हजारौ यस्ता उदाहरणहरु छन् | अनि ति बिदेशी पर्यबेक्षक भनाउदाहरु पनि गाउँ केन्द्रित नभएर शहर केन्द्रित थिए, साथै उनीहरुको आखामा धुलो हाल्ने काम भयो जसरि जनसेना प्रत्यक्षकरणमा भएको थियो, जुन कुरा प्रचण्डले स्वयम भिडिओमा भनेका छन्, यदि त्यसलाई पनि नकार्नु हुन्छ भने मेरो भन्नु केहि छैन | अनि कसरि भन्न सक्नु हुन्छ निष्पक्ष चुनाव भयो भनेर ? त्यो कुरा तपाइले विदेशबाट देख्ने त होइन नि, तपाइले विदेशबाट त केवल समाचारमा जे लेखेको छ त्यहि मात्र देख्नु हुन्छ, जुन कुरामा पूर्ण सत्यता नहुन पनि सक्छ | सत्य र तथ्य बुझ्न फिल्ड मै जानु पर्छ मित्र |

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

                • वीरजी,

                  म नेपालमै थिएँ र छु, संविधान सभाको चुनाव कसरी सम्पन्न भयो भनेर राम्ररी नै थाहा छ । तपाईंजस्ता माओवादीविरोधीले चुनावमाथि प्रश्नचिन्ह उठाउन विभिन्न उदाहरण जन्माउनु ठूलो कुरा भएन । जनसेना प्रत्यक्षीकरण र चुनावलाई एकै दृष्टिले हेर्नुहुन्छ भने त के भन्नु र । तर एउटा बन्द कोठाभित्र हाल्ने मत माओवादीले खोसे भन्दा हाँस्नुबाहेक अरु केही सकिन्न । अनि वीरजी, काठमाडौंमा माओवादीको ऐतिहासिक सफलतालाई पनि माओवादीको डरधम्की नै ठान्नुहुन्छ कि !

                  मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

                  • पुष्पजी, काठमाडौँमा ऐतिहासिक बिजय त नानीमैया दाहालले पनि त पाएकी थिइन, त्यसलाई के भन्नु हुन्छ नि ? जित्नु पछाडी पनि कारण हुन्छ | बन्द कोठा भित्रको कुरा गर्नु हुन्छ त्यो शहरहरुमा मात्र लागु हुन्छ, बिकट र दुर्गम गाउँहरुमा हुदैन | मेरो कुरालाई हास्यास्पद भन्नु भयो, तर माओबादीको उदगम थलो थवाङ्गको नाम त सायद तपाइले पढ्नु र सुन्नु मात्रै भएको छ होला, तर म त त्यहाँ गएको पनि छु र गत उपनिर्वाचनमा त्यहाँ कसरि चुनाव सम्पन्न भयो भन्ने कुरा भन्यो भने त सायद तपाइले कथा सुनाएको भन्नु हुन्छ होला | cont…

                    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

                    • cont … अन्तमा म तपाई जस्तो die hard कट्टर माओबादी समर्थक नभएता पनि कुनै बेला माओबादी प्रति सहानुभूति र moderate समर्थन गर्दथे, तर यिनीहरुको मेरै गोरुको १२ टक्का नीति र YCL को ज्यादतीबाट irritate भएर माओबादीको ज्यादतिको बिरोध गर्न थालेको हु, किनकि यो प्रजातान्त्रिक नीति र मूल्य बिपरित पर्यो, त्यसैले माओबादीको अन्ध विरोधीको बिल्ला चाँही नलगाईदिनु होस्, केहि बिकृति भएरै त्यसको बिरोध मात्र गरेको हो, तर तपाईहरु भने माओबादीको अन्धभक्त भएर माओबादीमा कुनै बिकृति छैन भन्ने धारणा राख्नु हुन्छ, which is a bias. गल्ति र कमजोरी छ भने स्वीकार्न सक्नु पर्छ त्यो नै महानता हो तर तपाईहरुमा आफ्नो गल्ति र कमजोरी स्वीकार्न सक्ने आँट छैन र कहिल्यै स्विकार्नु पनि हुन्न | त्यहि नै माओबादीको सबै भन्दा ठुलो कमजोरी हो |

                      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikram

      अहिले भैराखेको आन्दोलनमा १/२ कुरा राम्रा छन्. आन्दोलन शंतिपुर्बक भैराखेको छ अरु बेलाको तुलनामा. यस कुराको समर्थन गर्नु पर्छ. माओबादीहरु अलिक शभ्य भएका हुन् bhane jasto dekhinchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nik

      याद कडा तपाई निस्पक्छ्य देखिए पनि हर हमेशा तपाई माओ-बादी चश्मा लगाएर यो दुनिया हेर्नु हुन्छा र मात्रै हो| अब तपाई मलाई सोध्नु होला त्यो कसरि भनेर, ल सुन्नुस. तपैले ऐले भर्खरैको माओ-बादी ले गरेको extortion/ransom लाई चन्दाको संज्ञा दिनु भो, उनीहरुले त्यत्रो करोडौ को लागत भएको महलाई भनुन किनेको मा तपाई उनीहरुले दिएको सफाई लाई मान्नु भो, अरु, ऐले हालसालै गठन गरिएको लिम्बुवान हो कि किरात्वान राज्य लाई तपाई प्रदेश देख्नु हुन्छा र तिनले गरेका निर्णय जसमा |सामन्ती र बिद्द्वन बिल्ला लागैयेका लाई ऐले नै प्रवेश निषेध को आदेशजारी गरिएको लाई तपाई त्यो उनीहरु नागरिक सर्बोच्चता देख्नु हुन्छा| मैले तपाइलाई यस्ता कुरा मा उनीहरुको समर्थ नगर्नुस भन्न खोजेको हो, मान्नु नमान्नु त त्यो त तपाइको स्वतन्त्रता हो, पुष्प जी|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • निकजी,

        कुनैपनि कुरामा बेमतलब जबर्जस्ती गरिनुहुन्न भन्ने मैले भनिसकेको छु । माओवादी लुटेरा वा फुटेरा भन्ने हो भने माओवादीअघिका लुटेराहरूलाई के भन्नुहुन्छ । कहिलेकाहीँ नराम्रोहरूबाट राम्रोको छनोट गर्नैपर्ने पनि हुनसक्छ; हामी पनि त्यही अवस्थाबाट गुज्रिरहेका छौं । निकजी, 'बौद्धिक लुटेरा'हरूका कारण नै जनता 'बन्दुके लुटेरा' हुन बाध्य हुनुपरेको यथार्थ कसैबाट छिपेको छैन ।

        अहिलेको अवस्थामा भिन्न छ र लडाइँ पनि भिन्न छ । तर विद्रोहको चुरो उही हो र रहनेछ ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • नराम्रो भनेको नराम्रो नै हो / चोर चोर मा पनि के को छनोट /

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • हिरा काट्न हिरा नै चाहिन्छ भन्ने सुन्नु भएकै होला बिध्वान मित्र हरु ले…… अबो यहाँ चोर लै सिध्यौन डाका को प्रयोग नाजायज भयो कि भएन भनेर जनता ले फैसला गरि सके हैन र |

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • सबैलाई चोर डाका भनेर अनि के देश चाहिं पशुपतिनाथको भरोसामा छोडने ? नराम्रा मध्यबाट एउटा राम्रो छान्नु परेन त ! Doctrine le आफ्नो doctrine यस्तो बेलामा लागु गर्नु पर्दैन ?

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

              • it's virtually impossible to change a personal doctrine, here i've clearly hinted maoist as mandated representatives, who should be leading the country morally…. i personally like ur comments so far… but it's not wise to be personal.. isnt it???

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • चोरलाई सिध्ह्यौना डाका आयो / डाकाले झन चोरले भन्दा दुख दियो/ अब के फरक रहयो त यी डाका र चोरमा / दुवैले सताएकै छ /

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • साधु देखाउनुस् न त ।

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • पुष्प कमल दाहाल/ वहाँ जस्तो साधु मान्छे यो संसार मा त के पुरा संसार मा नै छैन /

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अरुलाई मर्का परेर आफु नच्दैछन लाज नभयका नकचरो हरु /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • लाज त तपाई लै लग्नु पर्ने हो मित्र, देस को अस्मिता लुटिदा, चेलीबेटी को इज्जत मा धावा बोलिदा र खुलेआम नेपाली दाजु भाई को हत्या गरिदा समेत

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • देश को अस्मिता लुट्यो ले गर्यो त माओबादी ले. आखिर उनि हरु पनि त्यहि प्रभुको भक्त हून / खुलेआम मादी मा मान्छे मर्दा, रामहरी लै मार्दा तिमीले के गर्यो त / त्यहि अन्तान्कारी को समर्थन गर्दै हुनु हुन्छा/

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khanal

      well nobody knows what these stupid leaders want…….no one better than any one….who ever are in power another will try to bring them down,,,no one cares to work together…so no one cares whether country develops or not……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • all they want, is to make sure everything seems right no matter what u did, wht ur doing and wht u r going to do, if u can do these then trust me u r also a good future leader. lolz

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यस्तो Never Ending आन्दोलन गरेर केहि हुने वाला छैन, यो जनतालाई सास्ती दिने काम मात्रै हो, दुवै पक्षले व्यक्तिगत बैरभावलाइ बिर्सेर Alternative solution खोज्नु पर्छ | तर सबैले टाउकै खान मात्र खोज्छन, र टाउको भने एउटा मात्र हुन्छ, के गर्नु |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suman Dangol

      I am really tired by witting comments on these political parties. I am sure there is only one possibility to change these political parties people's heart and mind, that is through God. Now I can just pray for them for the positive mind. God change these political parties people heart and mind so can they can spend their time not in organizing band but in developing work. Amen

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • wow, kati sajilo hai… heheh

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • Suman Dangol

          No, brother prayer itself is not easy we need a perseverance. By the way thank you for your comment. God bless you!

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बन्द गरेर मात्र स्ता आउने हो या पाउने हो भने किन,अमेरिका र युरोपे का जस्ता विकसित देशहरु मा चुनाव गर्नुपर्दैन, यो गन्धे नेताहरुले अमेरिकामा र युरोपेमा बन्द गरेर विकाश भए जस्तो गर्छ, यो चोर फथाहरुको घैटोमा कहिले घाम लाग्छ, के बन्द गर्दै मा माधव नेपाल लै जोरो औछ जस्तो गर्छ खातेहरुले, नेतहरुलाई त केहि फरक हुने वाला छैन , मर्का त जनतालाई पर्यो, फोटो मा देखी रहे छनी, सक्छ भने जति पनि मन्त्रि भएको छ उनीहरुको घरको धोका बन्द गरे र देखाउनि , किन जनता को पेटमा लातली हान्ने बजियाहरु , इन्हारुलाई त कटु खोलेर इन्ग्लिश फिल्म देखाउनु पर्छ अनि अलि लाज आउछ कि , त्यो पनि सुयोर छैन, कस्ट कस्ट लाज पचाउनेहरुले, ल भातेहरु मोओज गर / इन्हारुलाई राम्रो गर भने त उल्टा गरेदेखुने हरुलाई राम्रो शब्ध क बाट लेखनु/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • माधब नेपाल लै त जोरो आइसक्यो नि सुनिल जी १०५ डिग्रीको यहि माओबादीको आन्दोलन ले होला

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • shreesthapa ji! Is that sure that MAKUNE is suffering from fever ? If it real news that you had inform me than i am very much glad to hear than MAKUNE is sick.
          Sale Bhatelai ta cherpate lagnuparne.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • shreesthapa ji! Is that sure that MAKUNE is suffering from fever ? If it real news that you had inform me than i am very much glad to hear than MAKUNE is sick.
          Saale Bhatelai ta cherpate lagnuparne.hehe

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अहिले जति बिजोग सहनु छ सहँदा हुन्छ । यो बिजोग सहने क्षमता छैन भने भोलिको बिजोगबाट हामीलाई कसैले पनि जोगाउन सक्ने छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • nik

        Pushpaji, you must feel ashamed for advocating such erratic behaviour of Mao-ists.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • के कारणले हुनु र निकजी । बरु तपाईंले वकालत गर्न नपाएर निकै छटपटी भएजस्तो छ । :)

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • nik

            पुश्पजी ले "वकालत" को परिभाषालाई नै बदल्न खोज्नु भए जस्तै गर्नु भो नि? मैले यदि वाकलात्नै गर्नु पर्ने भयो भने त मा तपैका यी परम पुज्य अपराधी गण माओ-बादी सबैलाई नेपाल देश माथि बलात्कार गरेको आरोपमा जीवन कैद दिलाउने थिए|जीवन कैद यसकारणले मात्रै कि पुष्प जी मेरो शब्दकोशमा "मृत्यु दण्ड" शब्द नभएको कारणले| अनि खासैमा भन्नु हुन्छा भने तपाई जस्ताहरु माथि मलाई दया जागेर औछा, बाटो बिराउनु भएर पनि "बाटो नाबिरयेक" भारन्ति बोकेर जीवन चलिरहनु भएको मा|

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • तपाईं हामी त प्रशव व्यथापछिको पीडामात्र भोग्दैछौं निकजी; प्रशव वेदना भोगेकाहरूलाई सोध्नुस्; उनीहरू र देशको बलात्कार कसले गर्यो भनेर !

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • यो बिजोग सहेर पछी फेरी बिजोग सहन पर्दैन भन्ने के guarantee छ /

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • तपाईंको भरणपोषणको ग्यारेण्टी त तपाईंलाई जन्माएको आमा-बाबुले पनि दिनसक्नुहुन्न । विश्वासको कुरा हो नेपथ्यजी ।

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • ठिक भन्नु भयो यो बिश्वासको कुरको हो / तपाई पर्नु भयो माओको अन्धभक्त, तपाई नै गर्नुस न बिश्वास/ अरुलै पनि बिश्वास गर्न भन्नु मिल्दैन/

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • मैले 'गर्नुस्' भनेर घोक्रेठ्याक लगाएको छु र नेपथ्यजी । :)

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

              • घोक्रोथ्यक नलगाए पनि तपाई को भनाइल पुस्टि गर्छा कि माओबादीको यो कदमलाई बिश्वास गर्नुस, पछी बिजोग सहन पर्दैन भन्ने आशय झल्किनछ /

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • nik

            तपाइले बिश्वास को परिभाषालाई नै माओ-बाद को चस्मा लगाएर "दोषी आँखा" ले हेर्न र त्यसको ब्याख्या गर्ने तजुर्मा गर्दै हुनुहुन्छा नि पुष्पजी| के हो, माओ-बादी बाट झापड पो पाउन थाल्नु भो कि कसो, लामो लामो गन्थन त्यो पनि उनीहरुको लुटेरा प्रवृत्तिको समर्थन मा लेख्न कम गर्न थाल्नु भएको ले|

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • नराम्रो कुराको समर्थन गर्नुस् भन्न खोज्नुभएको निकजी ? हरेक कुराको परिधि भएझैं समर्थन र विमतिको पनि एउटा परिधि हुन्छ । म त्यो परिधिभित्र रहन चाहन्छु ।

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

              • nik

                मैले कैले पनि तपाई र तपाई जस्ता तो द पोइन्ट लेख्ने हरुलाई त्यस्तो कुरा गर्दिन, खाली मैले के भन्न खोज्दै छु भने यदि सच्चिने तपाई देश प्रेमी हुनुहुन्छ, ज़सरी तपैले आफ्नो नारा नै "नागरिक सर्बोच्चता" भनेर राख्नु भएको छ, त्यसलाई सहि रुप मा मुल्ल्यांकन गरेर यो देश फुटाउने र लुटेरा माओ-बादी समर्थन झिक्नुस र सहि अर्थमा नेपालको लागि कुरा गर्नुस भन्न खोजेको हो, अन्न्यथा केहि पनि होइन|

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • prabudha

        पुष्प जी, तपाई को कमेन्ट हरु बाट तपाई ले तेती बिजोग बेहोरेको जस्तो लाग्दैन| नेपाली जनता ले बिगतमा बेहोरेको बिजोग भन्दा त अब कुनै बिजोक त्यो भन्दा ठुलो हुने छैन| किनकि तपाइले जुन आन्दोलनका अगुवा बाट ठुलो आन्दोलन हुने सोच तपाई मा छ त्यो ति अगुवामा छैन| किन कि जनयुद्ध लै बिचमै छोडेर १२ बुंदे (प्रभुको आँगनमा ) या अन्ने सहमति गरि आफ्नो र जनता को बिजोग नहोस भन्ने नै हो| यो त सबैले बुजेकै कुराहो नत्र किन किलो सेरा र सिज का नायक गिरिजा को नेत्रितोमा सरकारमा जानु| हामी केहि आफ्ना यो या त्यो पेसा बाट दैनिकी गुजारेका हरु अनि जसलाई यो आन्दोलन ले केहि असर (पेसामा ) गर्दैनी उनीहरु नै यो भन्दा बिजोग को लै तयारी हौ भन्दै आफ्नो बौद्धिकता देखाउदै हिड्छौ|के फेरी १५ हजार नेपाली दाजु भाई को मृत्यु को कुनै नेता ले अब जिमेवारी लिने छन्? कदापी त्यो तपाई ले देख्नु भाको पार्टी बाट अब सम्भब नै छैन| जुन पार्टी ले आफ्ना शान्ति पूर्ण कार्यक्रम त प्रभु हरु को अनुरोधमा फिर्ता लिन्छन भने अब के को बिजोग हुने कार्यक्रम ?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • prabudha

        यो हाम्रो छलफल हुदै कतै पुरै आन्दोलन नै फिर्ता भयको खबर सुनी अगुवा हरु ले आफ्नो बिजोग जोगायको खबर सुन्नु नपरोस यो वा त्यो बहानामा|तपाईं को लागि त यो दुखत होला तर मेरो लागि त आन्दोलन फिर्ता, बार्ता अनि सहमति बाट सरकार र संबिधान बनोस…. जे होस् तपाई को आफ्नो लगाब प्रति म सलाम गर्छु

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • माओवादीहरु सरकारमा आयो भने जुन बिजोग हुन्छ त्यो अहिलेनै चेतेर यिनीहरुलाई कारबाही गर्नु पर्छ. जनतालाई दुख दिएर नाचगान गरेको हेर हेर?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • पुष्पजी ले ठिकै भन्नु भयो अहिले जति बिजोग सहनु छ सहदा हुन्छ,किनकि अब सहने पालो माओबादीको आउदैछ/गिरिजा बाऊ जाँदैछन साथमा माओबादी नामको घाडो लिएर!!!!!!!

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • जुन देशको नागरीक आफुखुशी एक ठाउवाट अर्को ठाउमा स्वतन्त्रसंग आवतजावत गर्न पाईदैन जुन दलले रोकलगाएको छ जुन दलको सैनिक छ अर्धसैनिक संरचना छ त्यहि दलके नागरीक सर्वोचता भएन भन्नु कत्तिको जायज होला ?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • gobinda

        दुनियाले देखिरा'छन् कालो कालो कर्म तिम्रो
        जनतालाई धोका दियौ कता गयो शर्म तिम्रो

        आत्मा तिम्रो दुर्गन्धित गनाई'राछ चारैतिर
        जति सजाउ अत्तरले सुन्दर त्यो चर्म तिम्रो

        गरिबलाई मारी तिम्लाई कहिल्यै भलो हुनेछैन
        अलिकति बाँकि छैन कता गयो धर्म तिम्रो

        तिमीलाई प्रतिनिधि छान्नु भयो ठुलो भूल
        मनभित्र कालो रैछ के थाहाथ्यो मर्म तिम्रो

        सर्बहारा जनताको कति शोषण गर्छौ अझ
        एकदिन सबै जग्छौँ तिरिदिन पर्म तिम्रो

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सत्तापक्षले माओवादीको कुरा नसुन्ने र माओवादीले पनि आफ्नो अडान नत्याग्ने अवस्था रहिरहेमा मुलुकमा ठूलो दुर्घटनामा जाने खतरा छ ।वर्तमान अवस्थामा मुलुकलाई सिक्किमीकरण हुन लागेको भन्ने एक पक्ष र नेताहरूको टिप्पणीभन्दा अलिकति अगाडी बढेर हेर्दा द्वन्द्व यथावत् रहेमा सिक्किमीकरण होइन, अफगानिस्तानीकरण हुन सक्छ ।
      त्यस कारण यस आन्दोलनको अन्त्य लगत्यै अर्को भयंकर रणनीति नहोला भन्न पनि सकिन्न | किन भने म जस्ता प्रतिक्रिया दिने प्रतिक्रियाबादी हरु भीरमा गएको गाईलाई राम भन्न सकिन्छ काँध थाप्न त मुस्किल्नै पर्ने छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माओबादी को आन्दोलन नाकाबन्दी कुनै भोज भतेर पिकनिक भ्रमण जस्तै भयो यो खुशीको कुरा हो यो भन्दा अरु भिडन्तको सिर्जना नहोश हासी खुशी नाचगान गरेरै आन्दोलन हरु सफल हुदै जवस हुन त यस्ता आन्दोलन को घोषणा हरु नहोश भन्ने नेपालीहरुको चाहना हो आन्दोलन भए पनि यसकिसिमको होस् ..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Harke

        यो अन्दोलोंन होइन पंच-रयाली जस्तै माओ र्याली हो !

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      यस्तो सर्ब साधारणलाई दुख किन, सक्छौ भने तिम्रा एक दुइ सय कति छन् बिरोधि नेताहरुलाई छप्पा छप छपटेर सत्तामा गएर बस| जसलाई सुली चढाउनु पर्ने हो उसको बाल पनि छुन न सक्ने, बन्द र हडताल गरेर गरिब जनतालाई सास्ती!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sundar

      माओबादी भनेको उग्र बामपन्थी हो , उग्रपन्थी को आयु १५ वर्ष हुन्छ, २०५२ बाट हिसाब गर्नुहोस २०६६ सम्म १४ वर्ष भयो आर्को वर्ष माओबादी पत्ता साप. विचरा,,,,,,,,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माओ हरु ले देस खाने भए. यसै पनि देस १०० वर्षा पछी परि सक्यो यिनै जंगली हरु ले गर्दा अझ पनि कति गर्ने हो गर देस लै एथिओपिया बनाएर नै छाड.यो देस मा कसै ले नगर्ने भए

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker