नुवाकोटको गेर्खु गाविसकी २५ वर्षीया एलिसा तामाङ सोही गाविसको स्वास्थ्य चौकीमा कम्प्युटरअगाडि हुनुहुन्थ्यो, यता जोरपाटीको नेपाल मेडिकल कलेजमा हुनुहुन्थ्यो वरिष्ठ छालारोग विषेशज्ञ डा. अनिलकुमार झा।
डा. झाले सोध्नुभयो– ‘भन्नुस् त तपाइँको समस्या के हो?’
एलिसा भन्छिन् – ‘डाक्टर साहेब मेरो अनुहार विविरा र कालो दागले भरियो, निकै लामो समयदेखि विभिन्न औषधि खाएँ र मलम पनि लगाएँ तर निको भएन। आज तपाईंसँग हाम्रै स्वास्थ्यचौकीबाटै भेट हुन्छ रे भनेर यहाँ आएकी।’
एलिसाले यो भनिरहँदा डा. झाले उहाँको अनुहारमा देखिएको विविरा एवम् अन्य समस्या नियालेर हेरिरहनुभएको थियो।
एकछिनको कुराकानीपछि डा. झाले एलिसालाई एक महिनापछि तपाईंको यो समस्या ठीक हुन्छ, त्यतिन्जेल मैले दिएको औषधि खानुस् भन्दै गेर्खुको सो स्वास्थ्य चौकीका अहेव रामप्रसाद प्याकुरेललाई औषधिको नाम टिप्न आग्रह गर्नुभयो।
कम्प्युटरको स्क्रिनका माध्यमबाट एलिसाको अनुहारमा देखिएका दाग एवम् विमिरा नियाली सकेपछि सो समस्याका लागि डा. झाले अनुहार सफा गर्ने साबुन, घामबाट अनुहारलाई बचाउन बिहान लगाउने एउटा मलम र दिनमा दुईपटक बिहान र बेलुकाको खानापछि खानेगरी औषधि सिफारिस गर्नुभयो।
त्यसपछि डा. झाले ती औषधिको नाम लेखेको प्रेस्क्रिप्सन (पर्चा) एकपटक फेरि देखाउन अहेव प्याकुरेललाई अनुरोध गर्नुभयो। कम्प्युटरमा स्पष्ट देखिनेगरी डा. झाले ती औषधिको नाम हेर्नुभयो र उहाँलाई ती औषधि नबिराइकन खान राम्रोसँग सम्झाउन सुझाव दिनुभयो।
अहिलेसम्म विकसित राष्ट्रहरु एवम् नेपालकै केही सम्पन्न अस्पतालहरुले अस्पतालदेखि अस्पतालसम्ममात्र यस्तो टेलिमेडिसिन सेवाको कार्य गरिरहेको भए पनि यसरी सुविधासम्पन्न अस्पतालबाटै गाउँसम्म यो सेवा पुर्याउने गरी सुरुवात गरिएको यो नै पहिलो प्रयास हो।
काठमाडौँका एक वरिष्ठ चिकित्सकले नुवाकोटको एक गाउँका बिरामीको उपचार गर्न प्रयोग गरिएको पछिल्लो प्रविधि हो यो। काठमाडौँकै डाक्टरले दुर्गम गाउँका बिरामीलाई आफ्नै गाउँमा उपचार दिनका लागि डा. झा र चर्चित म्यागासेसे पुरस्कार विजेता महावीर पुनलगायतको विज्ञहरुले विकसित गरेको प्रविधि हो यो।
सो प्रयोजनका लागि अस्पताल र सम्बन्धित स्वास्थ्य चौकीमा एउटा कम्प्युटर र क्यामेरा, इन्टेरनेट तथा अन्य सामान्य विद्युतीय साधन भए पुग्छ। एक स्थानका लागि बढीमा रु. १० लाखका साधन आवश्यक पर्नेछ। हाल गेर्खुका लागि भने स्वीट्जरल्यान्डका छालारोग विषेशज्ञ डा. गुन्टर वर्गले आवश्यक साधन उपलब्ध गराउनुभएको हो।
यही कात्तिक २७ गतेदेखि राजधानीमा आयोजना हुन लागेको छाला तथा यौन रोगसम्बन्धी विषेशज्ञहरुको छैटौँ दक्षिण एसियाली सम्मेलनको प्रमुख नारा नेपालमा छालारोगसम्बन्धी टेलिमेडिसिन सेवा बनाइएकाले सो सम्मेलनमा जम्मा हुने विश्वका विभिन्न विषेशज्ञहरुका सामु प्रयोग गरेर देखाइने डा. झाले नेपाल मेडिकल कलेजमा आयोजित कार्यक्रममा जानकारी दिनुभयो।
डा. झाले काठमाडौँसम्म उपचारका लागि आउनुनपरोस् भनेर सुरु गरिएको सो सेवाबाट ग्रामीण क्षेत्रका कयौँ सर्वसाधारण लाभान्वित हुने बताउनुभयो।
म्यागासेसे पुरस्कार विजेता महावीर पुनले इन्टरनेटका माध्यमबाट सो सेवालाई जोड्नुपर्ने भएपनि प्राविधिक रुपमा त्यति महँगो एवम् अप्ठेरो नरहेको बताउनुभयो।
उहाँहरुले सो सेवालाई व्यवस्थित गर्नका लागि समुदायलाई नै त्यसको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी दिइने र सो सेवालाई भविष्यमा अन्य गाउँमा पनि विस्तार गरिने बताउनुभयो। रासस
[महावीर पुनको अभियानबारे थप जानकारी हेर्न यहाँ क्लिक गर्नुस्]
No related posts.









धन्यवाद महावीरजीलाई ।
मन परे हरियो, नपरे रातो
2
0
It is very good technology but how many days will take for medicine and can he provide every where or not and can we get as per required of medicine as normal or not.Any its new very good i like it.
मन परे हरियो, नपरे रातो
1
0
स्वीट्जरल्यान्डका छालारोग विषेशज्ञ डा. गुन्टर वर्गले 10 laakh nadiyeko bhaye chai ke hunthyo ni ??? ho main problem tehi ho, tesaile if anybody deserve thanks then he Mr Gunter, no one else.
मन परे हरियो, नपरे रातो
1
0
धेरै सराहनिय काम ,डा गुन्टरल।इ मुरी मुरी धन्यवाद। अनि महाविरजिलाइ अज धेर्र ।सरकारले यस वारे त साेच्ने परने हाे
मन परे हरियो, नपरे रातो
1
0
बल्ल नेपालको एउटा राम्रो समाचार देखिन पाइयो। यस्तो कार्यमा सफलता पाउँदै जाओस्। नेपालको पनि दिन फेरोस्।
मन परे हरियो, नपरे रातो
1
0
mahabir dai ko yasto thauma yasta khale prabidhi puryaunubhayeko ma sampurna nepali haru le wah wah garirahada maile pani wah dai ramro garnubhayo nabhani rahana sakena badhai chha wahalai yasto kam aba mahabirle shuruwat garnubhayo abaka dinharuma tapaihamile pani yastai garnu parchha bhane path sikaunubhayeko chha yasarinai safalta paudai jaun dailai shubhakamana
मन परे हरियो, नपरे रातो
1
0
Good news for all nepali..
मन परे हरियो, नपरे रातो
1
0
Sarai ramro kam garnu vayeko chha Mahabir ji le.
I'll also want to be a part of Mahabir's team when I'll visit my country next year.
Aajai dherai dherai safalta ko kamana gardachhu. dhanyabad
मन परे हरियो, नपरे रातो
1
0
priyanka jee sahayog pani garne ki mahabir dailai
मन परे हरियो, नपरे रातो
1
0
मैले पनी Khotang को simpani गाविसमा Telemedicin सुरु गर्ने योजना बानाको छु्, Technical Planning मैले 70% complete गरिसके मलाई केवल finicial support को आवश्यकता छ,
तेसैले Donar खोज्दै छु, कोहि ईच्छुक हूनुहुन्छ भने मलाई सम्पर्क गर्नु होला॥
supiludas@gmail.com
-सुपिल
मन परे हरियो, नपरे रातो
1
0
ramro thalani. Dhanyabaad chha yas karyakram ma pratyakshya parokshya sahayog puryane haru sabai ma. tokiyeko aaushadhi ta paiyela ni aaushadhi pasal tira?
मन परे हरियो, नपरे रातो
1
0
हाम्रो जस्तो पहाडै पहाडले भरिएको, सवारीका साधन नजाने ठाँउहरु धेरै भएको देशमा यस्ता सेवाहरु अति आवश्यक छ। सरकारले पनि यसको महत्व बुझि बेलैमा यस तर्फ विशेष कदम चलाउन जरुरि छ।
मन परे हरियो, नपरे रातो
1
0
राम्रो काम यो काम मा हामी सबै संसार भरि छरियर बसेका नेपाली ले सहयोग गर्नु पर्छ |
मन परे हरियो, नपरे रातो
2
0
Excellent Job.
मन परे हरियो, नपरे रातो
1
0
यस्तो तेले माध्यमबाट गरिने उपचारमा नाइटोको औषधि घुंडामा पर्न कत्ति बेर हुदैन, त्यसकारण सतर्कता अपनाउनु पनि अति जरुरी छ | यस प्रविधिलाई सरकारी स्तर बाटै गाउँ गाउँमा पुर्याउनु पर्छ, सरकारले बागबीर जस्ता एक दुइ जनाको मुख ताकेर मात्रै हुदैन | अन्तमा बागबीर दाइलाई अर्को एउटा उदाहरनिय कामको लागि फेरी पनि बधाई छ |
मन परे हरियो, नपरे रातो
1
0
सहि कुरा गर्नु भयो |
मन परे हरियो, नपरे रातो
1
0
Thanks 4 d correction Bodhisatwa, I made a silly error, probably I am a silly too
according to some people he he
मन परे हरियो, नपरे रातो
1
0
केहि जना महाबिर पुन, केहिजना डा. झा र केहि जना स्याटेलाइट जस्ता युवाहरुको तत्परता र नेपालि सहयोगी मन भयो भने नेपालको ग्रामिण बिकास गर्न धेरै बेर लाग्दैन| सबैलाई धन्यबाद !!!
मन परे हरियो, नपरे रातो
1
0
केबल चाहिन्छ त नेपालि मन चाहिन्छ, गर्ने तत्परता भयो भने कुनै पनि कुरा असम्भव छैन भन्ने कुराको ज्वलन्त उदाहरण हो यो,
मन परे हरियो, नपरे रातो
1
0
कस्तो राम्रो कुरा ! हाम्रो जस्तो देशमा यो प्रबिधि नै बेश छ, त्यसैले स्वास्थ्य सेवाका कार्यक्रमहरु यसैलाई मध्यनजर राखेर बनाउनु पर्छ | जस्तो कि अहेब सुडेनी तालिम दीइ स्थानीय जनसक्ति तयार गर्ने र बिषेशग्यहरु चाही इन्टरनेटबाट उपलब्ध गराउने |
एम बि बि एस को कोटा घटाएर भए पनि स्थानीय जनशक्ति तालिमलाइ प्रक्थामिकता दिनु पर्छ किन कि एम बि बि एस वालाहरु अधिकांश ढिलो चाडो विदेशिने नै हुन् तर यी लोकल जनशक्ति त गाउँमै रहन्छन |
मन परे हरियो, नपरे रातो
1
0
एकदमै सहमत!
सुमेकर को "सानो नै सुन्दर" भन्ने सिद्धान्त को प्रयोग हुनेछ यदि एम बि बि एस को कोटा घटाएर भएपनि अहेब, सुडेनी, Nurse धेरै तयार पार्यो भने धेरैले जागिर पनि पाउथे अनि गाउ गाउ मा सुलभ, सुपथ उपचार पनि|
मन परे हरियो, नपरे रातो
1
0
यो सारै राम्रो कदम हो नेपाल को लागि . नेपाल का सहर मा मात्र सिमित doctor र गाउँ छोडी सहर जान आर्थिक तथा अन्य परिस्थिति ले नसक्ने जनता हरु को लागि . पुन दाई को कदम सारै राम्रो
मन परे हरियो, नपरे रातो
1
0
Yes, I am sure that God will bless these people and our Nepal need that. Continue your work. My God is with you.
मन परे हरियो, नपरे रातो
1
0
उत्साहजनक खबर . यो प्रबिधि लै अरु ठाउमा पनि नेपालका पहुच नपुगेका ठाउँ मा बसेका नेपालीहरुले राहत पौने थिए . यस्तो राम्रो कम को लागि आदरणीय महाबिर पुन र डाक्टर झा लै धेरै बधाई र शुभकामना
मन परे हरियो, नपरे रातो
1
0
I appreciate the jom of Mahabir pun. He sacrify his golden time to improve health, education og the nation. I salute you
मन परे हरियो, नपरे रातो
1
0
happy to hear telemedicine is in use……. N i would like to thank Mr. Pun for his contribution…. We r proud of him.
मन परे हरियो, नपरे रातो
1
0
thanks dr jha
मन परे हरियो, नपरे रातो
1
0
महाबिर पुनको कार्यमा हात मिलाउन मन छ भने, उहाको संस्थालाई सहयोग गर्नुहोला | http://www.himanchal.org/contribute/
मन परे हरियो, नपरे रातो
1
0
महाबिर पुनको कार्यमा हात मिलाउन मन छ भने, उहाको संस्थालाई सहयोग गर्नुहोला | http://www.himanchal.org/contribute/
मन परे हरियो, नपरे रातो
1
0
Mahabir hajur lai dherai dherai dhanyabad. Nepal banda chakka jam jasta ghatana hune hamro nepal ma yasto subidha le dherai gaule harulai sahayog pakka hune6 Yo samachar padda malai sarai khushi lagyo. Paisa navayara shahar ma auna nasakeka ko lagi gauma nai baser upachar paune yo prabidhi sarai ramro 6. yasma nirantaratako suva kamana dina chahan6u. Feri pani Mahabir pun lai dhanya bad.
मन परे हरियो, नपरे रातो
1
0
Good Start. I like the way and it should be developed periodically to every rural part.
मन परे हरियो, नपरे रातो
1
0
सर्हानिय काम भयछ, नेपाल सरकार ले नै प्रत्येक ग.बि स. मा यो प्रबिधि पुर्याउने लक्ष्य राख्नु पर्छा.
देश विकास मा नेताहरु को ध्यान कहिले पुग्ने होला, जनताको लागि पनि केहि गर्दिय हुन्थ्यो नेताहरुले.
मन परे हरियो, नपरे रातो
1
0