Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

भद्रकालीको सडकमा बसेर प्रचण्ड सिंहदरबार घेर्दै/हेर्दै

माओवादीले दोस्रो चरणको आन्दोलनको अन्तिम कार्यक्रम अन्तर्गत आज सिं‌हदरबार घेराउ गरिरहेको छ। सेनाको भद्रकाली ब्यारेक नजिकैको सडकमा थचक्क बसेर प्रचण्ड स्वयंले घेराउको नेतृत्व गरिरहेका छन्। आन्दोलनको सुरुवात पनि प्रचण्डले मसाल बालेर गरेका थिए। उनले अर्को आन्दोलन योभन्दा कडा र आम हड्तालतिर जाने सञ्चारकर्मीहरुलाई बताए। भनेपछि अब थप दुःख पाउन जनता तयार भएर बसे हुन्छ।

प्रचण्डमात्र हैन सिं‌हदरबार वरपरका आठ नाकाबाट बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायत माओवादीका शीर्ष नेताहरुले घेराउको नेतृत्व गरिरहेका छन्। मान्छे धेरै नै देखिएको छ घेराउमा। लाखको संख्यामा जति सहभागिता देखिएको छ। बसबाट कार्यकर्ता ओसार्ने क्रम जारी छ।

त्यसरी नै कार्यकर्ता ओसार्ने क्रममा गोरखाबाट आएको एउटा बस तनहुँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कोचाकोच मान्छे राखेर कुदाउँछन् बस अनि किन दुर्घटना नहोस्।

घेराउ असफल पार्न सरकारले म‌ंगलबार घोषणा गरेको निषेधित क्षेत्र माओवादीले हिजो मान्दैनौँ भनेपछि हिजै सरकारले फिर्ता लिएको छ। अचम्म छ तोड्छु भनेपछि छोड्ने के मुसाबिरालोको चाल हो सरकार र माओवादीको ! सरकारले कर्मचारीलाई बिहान पाँचै बजे आउन उर्दी पनि जारी गरेको थियो। दुई जना मन्त्री त बिहानै सिंहदरबार पनि छिरे। अरु मन्त्री भने पस्न बाँकी छ।

आठ बजेदेखि सुरु हुने भनिए पनि सातै बजे सिंहदरबार पूर्वीगेटबाट आएका माओवादी कार्यकर्ताहरुको जुलुसले पूर्वी गेटमा आफ्नो झण्डा फहराएका छन्। न्युप्लाजाबाट निस्किएको जुलुसले प्रहरीले तेर्स्याएको काँडेतारसमेत नाघेको थियो। अहिलेसम्म कतै झडपको अप्रिय खबर भने छैन। घेराउ अपराह्न ४ बजेसम्म हुने बताइएको छ।

आन्दोलनमा सहभागी हुँदै प्रचण्ड पत्नी सीता दाहाल र नातिनी स्मिता (छेउमा)

र, छोरी रेणु दाहाल

Related posts:

  1. सिंहदरबार घेराउमा यस्तो देखियो (भिडियोसहित)
  2. सिंहदरबार छिर्न लागेका ७३ माअ‍ोवादी
  3. सिंहदरबार विस्फोटको गाँठी कुरो
  4. भारतमा बसेर नेपाली कामदारलाई मार्ने धम्की
  5. पराजयको पीडा सडकमा

145 comments to भद्रकालीको सडकमा बसेर प्रचण्ड सिंहदरबार घेर्दै/हेर्दै

  • गला रेतियेकै हो, सम्पति पनि लुतियेकै हो
    रस्त्र्बाद को कारण भनिएको पत्यायेकै थियो
    पुर्खाले बलिदान दिए संतानले मत दान दिये
    आंतेर देस न चलाई चंडाल देखि डराई भागे
    अब हाँसेको मुख देखाई सडकमा रुँदै नाचे

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • फकायेर सकियेन भने खोसेरै मत लिने, लिए पछि कुर्सी मुनि फालने
    करोड़पति बन्न तिनकरोड़ जनताको देस मिच्न-लूटन दिने देसद्रोही नेता हुने
    चोर चोर मिलेर अझै चोरने कुरा मिलाउने अनि येही हो जन्सर्बोच्चता भन्ने/

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • राजनीति पार्तिहरुसित उनीहरूले दाबी गरिरहेको जन सर्बोच्चता कस्तो भनेर सोध्नु पर्ने/ जन सर्बोच्चता कुर्सिमा बस्नेले देखने अरुले नदेखने, यो कुरो उठ्योकी जनताले दुःख पाउने तर्साउने भुत भएछ/

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • पंचे देखि सबैले उनिहरुको शासन जनसर्बोच्च्ताको नमूना भन्दै आएको छ/ तर बास्ताबिकताके भनेर जनता लाई थाहा छ/ जन सर्बोच्च्ताको उपहास गर्दै जनमत ढलमा बगाएर गरिने शासन र आन्दोलन दुबैले नियेती भोग्नेंई छन/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prakash gautam

    gharma sutni thau nabhayera sapariwar sadakma suteko chhan ta

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • padam

    Nepal is run by defeaters n capture the state illigally saying to Maoist that "Maoist are trying to capture the state "Please say all Nepalese in one voice that how can maoist can capture the state?If they are the Democratically coming on election and owned 125 mps seat out of 240 and all others defeaters bunch of 22 parties has got only 115 in direct election?Please do not be bias 'cheated ,propogandas of the defeaters.How they are run the country best for the people whose no new idology ,provision or knowledge?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • माकुने सरकारलाई पनि कुर्शी को कती मोह लगेको हो। थोरै पनि ईज्जत बाँकी भये माकुने ले तुरन्त रजिनामा दिनु पर्‍यो। ईज्जतै छैन भने त अब के भन्नु र!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • Prakash

    Desh ko maya nabayaka haru la lakhetne andolan ma bhag nin nayakoma yeklo mahasus bayako chha yi naya Gyanedra pathka malaik lai neta kataunai parchha Prachand comred.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • milan thapa

    hera ta kament lekhne kangresi kukur bhuke ko janta ko sagar dekhera kub gali gardai chhas chor laura ra dhamija khada kei nadekhne ekai din ma karodao bharta char garda kei na dekhne janta kaneta rod ma hoina 10 barsa jangal ma basera des ra janta ka lagi afno jayn arpi sakeka janta ka netalai yk lakh ko palang ko kura gar ne khate ek lakh kailai dekhe chhaina ni kyaho andolan amerikan samjjya bad ra bharatiya bistar bad ka thima khachchar haru lai nepali aama ka honhar janta le 10 barsa samma 10000 harar uba le ahuti di shake ka chhan abasek pare nepal aama kagi das hajar hoina das lakh janta sahid hune chhan janta sngga afno bhanne kei hudai na jata ka neta sanga pani afno bhanne kei chhaina ghussay neta jasto drauna parne kei chhaina ek din janta ko jit neschit chha haro nepal sottantra hunu par chha lal salam

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • गगने

    जनसर्बोच्चता भन्दाखेरी माओवादी सर्बोच्चता,सैनिक सर्बोच्चता,कोइराला सर्बोच्चता, सुद सर्बोच्चता आदी उट्पत्यांग देख्ने र सुन्ने मित्र हरु।
    जनताले जनसर्बोच्चता राम्ररी बुझेकाछन र तेस्तै माओवादीलाई पनि भ्रम नछर्दा राम्रो होला। किनकी जनता र जना सर्बोच्चता माओवादीको लागि मात्रै होइन तपाहीको लागि पनि हो माओवादीको यो आन्दोलन र त्यो युद्द तपाईंको आधिकारको रक्षार्थ पनि थियो र हो, तेसैले हरी भन भन्दा सारी भन्न छोड्नुस् र यथार्थ हेर्ने बुझ्ने र मनन गने कोशिस गर्नुस्! कृपया सक्नुहुन्छ भने, माकुने,गिरिजा, सुजाता, के पी, आदी र बाबुराम्, प्रचन्ड मा फरक छुट्याउनुस् हेर्नुस् बुझ्नुस्, कमसेकम बुझ्ने कोशिस त गर्नुस्। जनताले बुझेका छन् कसको कान र दिमागले ढोका दियको हो भनेर।
    sorry to pinch you!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madhu pandey

    के गरुन त प्रचण्ड बिचरा,देस लाई बनाउन भनेर खुल्ला राजनीति मा आय तर देस लाई बनाउन भन्दा पार्टी लाई मात्र बनाउन लागे तसैले गर्दा आज खोइ त कुनै नेपाली को हातमा नेपाली फ्लग नै देखिएन . यी न लाई के राष्ट्र बादी भन्ने त ………………………………………………………????????????????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • shivahari adhikari

    prachanda ji ko din fari pani aauchha yasma kunai sanka chhina kinaki dharai kura maddha haru na sirmati natini liyara ra chhori samat k yo khhal khhal ho ra ? yo sachho chha yinla bhagaban namana pani yinlai bhagamanla ichha pura garchhan ra garun ma mao navayapani aasaddhai jhukab vana chha jaya nepali maobadi balgaru camred haru shiva hemja 6 suikhet haal [u.s.a.]

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • arjun

    ho ho aba yi haruwako simhadarbar bhitra sato gayako chha aba yi haruwaharulai yak yak lat hanera bahir nikalnnu parca

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jwala Dangol

    This is call the love of the power. I can read every single faces of maoists in the relly and found the deepest hunger for the throne. I am glade to see their dresses. Now thye have far enough money to provide the suits to thier workers. During their nine months of rulling period they collected enough treasury. They now can buy enough masal flames, rent enough transportation to gather their daily paid participants. So, Mr.Prachand go forward and bring more distruction to nepal and nepalies.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Kieram

    Nepal ra Nepali yeseri nai sadhae aandolan gare kahile des banchha…..

    Veda neta ko pachhi lagera kehi hune wala chhaina….

    Aa afno kam garau….

    Jai Matribhumi….Jai Des….Jai Nepal….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • rajesh

    kati huncha hamro nepal ma natak…ra kahile samm………………

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ए माओवदी भोकालाई खान देउ नाङ्गालाई लाउन देउ गाडी भाडा पिटि पिटि मान्छेको धान काट्ने वेलामा किन यत्रो सास्ती ।१० जना मन्त्री बनाउन पाकेको धान काट्न छाडेर जनतालाई ल्याइएको छ । यस्तो नारिक सर्वोच्चता भएको देश पहिलो नेपाल नै हुने भो । आज सगैँ सडकमा बसेकालाई भोली सरकाराँ गएसी चिनिन भनेर नभन्नु ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • नेपाल भरीबाट कार्यकर्ता उठाई उठाई ल्याउदा पनि जाबो १ लाख ? त्यो पनि कारबाहीको दरले आएकाहरु हा हा हा

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • kabja garnu par6.samanti haru ko satta,,,,,,,,,,,,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Raj

    I Express my Sicere and honest solidarity to this movement to make better Nepal and throw out these loosers.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मकुनेले निषेधित क्षेत्र फिर्ता गरेर पहिलो पटक गुदी हल्लायो है, होइन भने यी माउबादी र तिनका चल्ला पछी हट्ने वाला थिएनन, अनि त तोडफोड शुरु हुन्थ्यो, त्यसपछि लाठीचार्ज, त्यसपछि गोलि चल्थ्यो अनि त सबै तिर बबालै बबाल | एकदिन मन्त्रालयको काम रोकिएर के भयो त ? कहिल्यै नरोकिएको होइन क्यारे | कमसेकम भौतिक संरचनाको क्षति, २-४ सयको हातखुट्टा भाचिन, केहीको टाउको फुट्न र २-४ जनाको अनाहकमा ज्यान जानबाट त जोगियो |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dhan ghale

    wel done ,we are looking to support all guys from London

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Vickey

    Beha bhayeko chaina aba aso prachanda ko chori lai taknu parla, Aso gare kaso hola hehehehe……………. Budhii nabayeko gada haru

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dinesh

    प्रश्न: नागरिक सर्बोच्चता भनेको के हो ?
    उत्तर: जनता लाइ दु:ख तथा सास्ती दिनु नै "नागरिक सर्बोच्चत्ता" हो.
    "सबै लाइ चेतना भया"

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • बिचरा प्रचण्ड च्व च्व च्व ! मलाई त टिठ नै लागेर आयो बा !! जनताले संबिधान बनाऊ र देशलाई निकाश देउ भनेर त्यत्रो जिम्मेवारीसाथ प्रधान मन्त्रीको कुर्सि दिए तर जनताले दिएको आफ्नो प्रमुख जिम्मेवारीलाई मतलब नगरी सानो कुरामा मेरै गोरुको १२रै टक्का भनि दम्भ देखाएर राजिनामा दिए पछी अहिले सडकको धुलो नखाई के खाउन त ? अहिले त त्यहि कुर्सिको झल्झली याद आइरहेको छ होला नि | त्यसैले त अहिले त्यहि तिरस्कार गरेको कुर्सिको लागि यत्रो बबाल गर्दैछन् ? किन खुम्चिस मरिच आफ्नै रागले !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nima, from Korea

      Hello Birji, tapaiko kura chai malai chitta bujhena, Kursiko lagi yaso gareko hoina maobadile, na uniharulai kursiko lobh nai cha. Pramukh jimmerwari k ho ra sano kura k thiyo.. yo bishayama tapailai tyati jankari vaye jasto lagena. Kura bujhdana, kukuhra mutdaina jasto nai lagyo tapaiko comment ta malai…………..

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • bishnu sapkota

      तपाईंको कमेन्ट पढेर मलाई पनि केही लेख्न मन लाग्यो, हेर्नुस् तत्कालको सुख हेर्दा पछाडि को सुख हराउन सक्छ, अहीले सानो कुरामा किच किच गर्दा भोलीको भबिश्य हराउन सक्छ नी।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • bishnu sapkota

      यिनै नेताहरुले यो देशको अवस्था सुधर्छन भन्ने कुरामा चाँही मलाई एक रती पनि भर लाग्दैन। तपाईं छातिमा हात राखेर भन्नुस् के देश को मुहर फेर्न माओवादी भन्दा अरु कुनै शक्ती होला र

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Ruplal Rai

      a bir timilai janatako sewabhanda kursi nai pyaro lagdorahechh haina…

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • kahile baburam dekhera tith lagchha kahile prachanda dekhera tith lagchha kahile ta girijababulai dekhera samet tith lagchha. Madhab sir ko ta k kura garnu ra aba ki kaso?

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • कुर्सी चाहिएको भए त छोड्ने नै थिएनन् । कुर्सी छोड्नुपर्ने कारण र आन्दोलनको मर्मलाई बुझ्ने कोशिस पनि गर्नुपर्यो नि । कुर्सीको मात्रै कुरा गर्ने हो भने त गिरीजाचाला भइगो नि !

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • barun

    great sucesss , weldone keep it up moaist . this is only not enough for this goverment. need to throw them from root. .. tyo photo renu ko hoina ganga didi ko ho. barun adhikari russia moscow.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • भिड त निक्कै ठुलो देखियो, तर अनुहार चाही सबै गाउले जस्ता देखिए, अनि यिनीहरु चाही स्वेच्छाले आएका होलान कि कमरेडहरुले भौतिक कारवाहीको दरले आएका होलान ? शंकै लाग्यो मलाई त |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • bibek

      bir! gaule bhaner abhuj nasamjha sahariya lai bhanda bhadi rajnitik chetana gaunle ma chha ra tyasko udaharan ho yo. Asti ko jan andolan ma kausi bat herer rajtantra ko anta bhako ho ki yinai gaunle janta le andolan garer. sahariya chet bhanda gaunle chet khatarnak hunchha

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • whatever you said I do respect all your views and that's your right too, because I believe in democracy. I would like to request you to respect other peoples opinions too. Thanks for commenting.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • bir ji khusi lagyo tapai pani durgam ko hunuhudo rahechha. samjhinus nepalko dherai thau durgam ra bikat nai chha. ra yeha kura ke ho bhane sochaiko ho tapaile kun aakhale hernuhunchha eutai kuralai jastai aadha gilas paani bhayekolai tapai aadha paani bhayeko bhanna saknuhunchha ra aadha khaali pani bhanna saknuhunchha. tara yeha duitai satya kurale pharak pharak bicharko pratinidhitwa gardachha. 062-063 ko aandolanko kura garda euta kura ke bhulnu hudaina bhane kathmandu bahirko aandolanle kathmanduko aandolan badhauna lai maddat gareko thiyo ra tyo aandolan ma maaobadile nai gau gau bata manis harulai 2,4 din hidera bhaye pani aandolanma janu parchha bhanera gau gau bata manchhe haru sadarmukam pathayeko thiyo, tyo katu satya ho. euta kura kathmandu ko basinda haru, saharko basinda haru jasle subidha haruko upabhog gardai aayeka chhan ra tyasaima ramai raheka chhan tiniharulai ta kina aandolan, ke ka lagi pariwartan? hoina ra?

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • संजयजी, तपाइको कुरा एकदमै सहि हो, मेरो माओबादीसंग बिमति यति मात्रै हो कि उनिहरु जोर जबर्जस्ति गर्छन, उनिहरुको समर्थन गरे काजी नत्र पाजी | समर्थन भनेको त व्यक्तिगत स्वतन्त्रता होइन र ? मानिसलाई सिद्धान्तले पो convince गर्ने हो कुटेर पिटेर त होइन नि | होइन भने के को नागरिक सर्बोच्चताको नारा ? +1 for your truthful comment.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • nik

          संजय जी, माओ-बादी ले मान्छे ल्याए,अरुले ल्याएन, त्यस्कारण माओ-बादी ठुलो, यो कुरा होइन, कुरो के भने आधारभूत सिद्धांत र त्यसलाई लागु गर्ने तौर तरीका हो| सर्बप्रथम माओ-बादीको सिद्धान्तै आयातित हो, चीन बाट|अनी यो सिद्धांत हामीले भनेको र बुझेको प्रजातान्त्रिक ब्यबस्था संग मेल खानै सक्दैन, यिनले जतीनै सुकै हामी प्रजतान्त्रमा बिस्वास गर्छु भने पनी| उदाहरण मैले दिनु भन्दा पनी तपाई संगनै येथस्ट हुना पर्छ|चीन मै पनी बिकाश गर्नको लागी माओ-इज्म लाई देंग ले परिबर्तन गर्नु पर्यो, नत्र चीन पनी उत्तर कोरिया भन्दा केई कमको हुने थिएन| माओ ऐले चीनमा फोटो मा सिमित छन, कापितालिस्तले पैसा लगाएर बिकाश भाई रा छ तर त्याहा चिनियाहरुको मौलिक अधिकार कम्युनिस्ट पार्टी संग छ| हम्रोमा भएको यो माओ-बादिहरू त्यों माओ को पलिको बिचार बोकेका हरुको झुंड हो| अब तपी आफै निर्णय गर्नुस, १९५०-१९६० को चीनमा फर्केर नेपाल लाई कम्बोडिया बनाउने की यिनिहरुलाई पाखा लगाएर प्रजातान्त्रिक बिकाश गर्ने? बिचार र निर्णय तपैको

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • निक जी, मलाई त कतई बाट पनि लाग्दैन कि माओवादीले नेपाल लाइ १९५० – १९६० को चीन वा कम्वोडिया जस्तो बनाउनु पर्छ भनेको छ, उनिहरुले भनि रहेका छन कि पूजिवाद र समाजवाद हुदै साम्यवादमा पुगिन्छ र अहिले राष्ट्रीय पूजिवाद्को विकाश गर्ने बेला हो.

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Narad

      Bir ji,

      Gaule Nepali hainan ni tapaiko ankhama.. Ke ko swoukchhyale authe, darle kapera. KHUSI HUNU BHAYO?

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Bir ji tyo khana napugne thau ra gauka manchhele kehi bujheka chhainan jasto garnu bhayo tapaile, khas nepal tinle chineka chhan tapaile bhanda….

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • म तपाइको बिचारलाई म सम्मान गर्दछु बन्धु | मलाई थाहा छैन तपाई कहाको बासिन्दा हो भनेर तर म चाही एउटा गाडी नै नपुगेको अति दुर्गम र बिकट जिल्लाबासी हु साथै यो मैले आफैले भोगेको र देखेको कुरा हो त्यसैले भनेको हु | यदि मैले भोगेको र मेरै आखाले देखेको कुरा पनि झुठो हो भने त त्यो संसारको आठौ आश्चर्य नै हुनेछ |

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Shrees

    आन्दोलनलाई मेरो पनि पूर्ण समर्थन छ । विदेशमा भएर सहभागी हुन सकिन । मेरो देशमा छिट्टै जादै छु ।
    'हुदैन विहान दुई चार तारा झरेर नगए'

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • purna

    थुक्का लाज नभएका मान्छे मारा हरु हो; मंत्री खान रयाल काडेर हिडेका छौ! जनता लाइ दुख दिने बाहेक कहिले कुनै काम गरेनौ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • alok

    Dear my sansar
    please,unproductive comment lai discourage garnu pryo.Jasari sadai ko bandda ra hadtaal le des banna nasakne rahecha tyasai gari meaningless comments le pani media ko bikash huna sakdai na.All things upto u my sansar

    alok
    sydney

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • milan

    ramro chha aandolan. keep it up

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Milan Mainali

    janata le adhikar deko 6 . sarakar chalaunai par6 maoist le

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jEeVeSh

    Against Ma. Ku. Ne.’s government, it is a good move by Moist but don’t forget tomorrow your day will also come if you don’t come up with Nepalese people’s expectation. Therefore, make sure about your party that will do better works than Ma.Ku.Ne.’s government or not??

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nik

      Have not you experienced their rule? where were you for these years of terror and extortion?

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sena ra ardha sena liyera hidera nagarik sarbochata vanne murkha haru ko vitri chal nepal lai combodia banaunu nai rahe ko chha. yini haru le vaneko mano vane nagarik sarbochata re manena vane bidesh dalal re ? yi jangali le ajai kati dhukha dine hun thaha chaina.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pramesh Neupane

    K garne jati andolan gare pani, janatale mahobadi lai aune election ma ahile jati bhot didainan……….bhot ko uchit sadupayog garna janena mahobadile…………..das basharko mehanat khera gayo…………lala….road ma nai bhaya pani sasan gardai garnus …….road napako din jane ta aaphnai destination jungle ta honi hai prachanda jee.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jillabashi Baburam

    आन्दोलन कालको हिंसा ह्त्यालाई बिर्सेर अब भविष्यतिर हेर्दा =>
    के माओबादी पार्टीले साच्चै बाक प्रकाशन स्वतन्त्रता, स्वतंत्र न्यायालय, निष्पक्ष प्रतिस्प्रधात्मक चुनाब र मौलिक अधिकार लाई आत्मसात गरेर अगाडी हिडन तैयार छ त? अब त कसलाई भोट दिने, पार्टी नै भएन:
    लडिजा सुजाता एंड कंपनी, तेस्रो लिंगी एमाले पार्टी, आदिलाई दिएर कहिलै केहि नापिएना! अब फेरि माओबादीलाई सबै डाडू पनियों सुम्पि दिदा फेरि कम्बोडियन भात खानु पर्ने होकि?
    अब माओबादि को झंडा बोक्ने कि न बोक्ने हो साथी हो?
    कृपया एक शब्दमा उत्तर दिनु होला:
    क) बोक्ने => एक पटकलाई चान्स दिएर हेर्ने, छोटो कार्यकालमा हेर्न पाइएन
    ख) नाबोकने => यिनीहरुको पनि हेरि सकियो, बिहानीले दिन कस्तो हुन्छ भन्ने देखाई सक्यो,
    यो बिषबृक्ष माँ पानी हाल्नु खतरा छ!
    तपाईको उत्तर (क) कि (ख) ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nik

      Of course"ख"|:D

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • अहिलेको हालतमा म पनि (ख) मा नै भोट गर्छु, यदि तिनीहरुले YCL र जनमुक्ति सेनाको बिघटन गरेर जनतालाई पूर्ण प्रजातान्त्रिक हक दिने, र देशलाई उत्तर कोरिया जस्तो नबनाउने ग्यारेन्टी दिन्छन भने चाँही एकपटक मौका दिन सकिन्छ |

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • alli agadi badhna nasakera ho ki prachanda bhadrakalima baseko

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Narayan kaphle

    sabai neta sadak ma jati bhanchan kurchi ma gayesi birsinchan tesaile nepal ma imandhar neta ko khacho cha purana nabhai naya neta aaunu paryo desh ko aamul paribartan garna .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Shanti purna rupma gareko aandolanko bhasha yedi nabujhe tyas pachhiko parinam bhayabaha huna sakchha!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Prem Lama

      K Ko Bhayabaha? Aafno gharma aago lagaera tapna khojdai chhau. Taapa ramro sanga…

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आन्दोलनलाई मेरो पनि पूर्ण समर्थन छ
    जनमतको कदर गर।
    नया नेपाल नया नेत्रत्व जिन्दाबाद
    हरुवा नेता बाटो छोड्
    यादव राजा मुर्दाबाद
    गणतन्त्र जिन्दाबाद

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • साथी, लडाई माई संसारबाट लड्ने हो कि ? होइन भने तपाई त अहिले यहाँ होइन सिंहदरबार बाहिर हुनु पर्थ्यो हा हा हा

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ukita

    lau ja mero pani samarthan bides batai……
    I am very much missing this andolan/ la la garnu parch andolan tesai chodanu hunna.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मान्छे मारेर मात्र क्रान्ति हुन्छ भन्ने प्रचन्ड जस्ताले धर्ना गरेर पनि बिरोध गर्न सकिदो रहेछ भन्ने पाठ सिकेछन | यो राम्रो कुरा हो |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • suraj

    Thats not "renu' thats "Ganga". youngest daughter of comrade Prachanda

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • i support the cause.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nik

      Cause? what cause?

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • r u blind?? i really don't want a bunch of loosers and incompetents ruling my country! – bottom line. period.

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • nik

          Loosers??? who? demonstrating bunch of hooligans, vagabond, unemployed, Autistic, cult group or the ruling parties electedby majority of the members of parliament, people voted to represent them?, Mr cRIS

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • nik. wake up. labels r very correct but the target is wrong. it should be other way around. sujata koirala alone is enough to mock ur second statement. need not say nemore…

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

            • nik

              I think a true nepali should be awake and send these mao-badi to
              chinese labour camp.

              मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • एक अतभुत अणि अपुर्ब नाटक मंचन भैरहेको छ हाम्रो नेपाल मा तर मा टाढा बसेर एक मूक दर्शक बनेर हेरिरहेको छू | पीडा ले मर्माहत छू साथै लाचार पनि |

    तेहि भूमि जहा गौतम बुद्ध जन्मिए, तेहि भूमि जसलाई शान्ति क्षेत्र भनिन्थ्यो आज राजनीति प्रक्टिस गर्ने राछ्याँन बनिरहेको छ | बिश्वो भाईचारा को नारा दिने नेपाली हरु आफ्नै दाजू भाई लाइ पछार्न र मार्न तल्लीन छन |

    ***आखिर मा शक्ति सत्य, जगत मिथ्या ता रहेछ ***

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Jagat Mithya hoina RARA ji…Manchheko attitude Mithyaa…aafno swartha puraa garnakaa laagi…

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • तपाईं त टाढा जानुपर्यो, तपाईं-हाम्रा सन्तान त्यसरी टाढा जानुनपरोस् भन्नका खातिर हो यो 'नाटकमञ्चन' । उतै रमाउनुहुन्छ भने तपाईंका लागि यो 'नाटक' फिका लाग्नसक्छ ।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • जवाफ को लागी धन्यबाद पुष्प जी | हुन त सबै मा एकै नियम लागू हुदैन तर बहुशंख्यक नेपाली त यीनै नाटक कै कारण ले बिदेशियेका छन नि हैन र ?

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • राराजी,

          आर्थिक, सामाजिक तथा राजनीतिक विकासका विगतमा लागि यस्ता धेरै 'नाटक' पनि भए । कोही यस्ता नाटकबाट 'आजित' भएर त कोही यस्ता नाटकले निम्त्याएको आर्थिक अस्थिरताका कारण विदेश जानुपरेको तर्क राख्छन् । यो कुरालाई नकार्न सकिँदैन ।

          त्यस्ता 'नाटक' मञ्चनबाट नै हामीले केही भएपनि लोकतन्त्र र गणतन्त्रको वासना भएपनि सुघ्न पाएका छौं । तर विगतमा यस्ता 'नाटक' मञ्चन गर्नेहरूको केही जत्थाबाट उक्त 'नाटक' मञ्चनको औचित्यमाथि समाप्त गर्ने प्रयास भइरहेको छ । जुन उद्देश्यका लागि उनीहरूले विगतमा 'नाटक' मञ्चन गरे आज उनीहरूका विरुद्ध नै अर्को 'नाटक' मञ्चन गर्नुपरेको यथार्थ कसैबाट छिपेको छैन । यो प्रक्रिया तबसम्म चलिरहनेछ, जबसम्म हामी विदेश जानुपर्ने दोष यस्ता 'नाटक' मञ्चनलाई दिँदैनौं ।

          अब 'अति भो' भन्दै विदेशमा गएर शोक मनाउने कि यो 'नाटक' मञ्चनमा भाग लिने वा विदेशबाटै भएपनि समर्थन गर्ने, तपाईंको रोजाइ ।

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • SANJIB

      मुला गोरु कमेंटेटर हरु राम्रो कमेन्ट लाई पनि नेगेटिव मार्क दिने , आन्दोलन ठीकै हो , यो सरकार साची भन्नु पर्दा कसै लाई पनि चित बुझेको छैन ,करीमा र चंदा जस्तो अनपढ़ दुई पैसा को बुध्धि न bhako sarkar

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • सञ्जीवजी, राम्रो मुखले सम्झाउँदा पनि हुन्छ नि ।

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Harke

    "के लाग्छ कान र दिमागले एकसाथ धोका दियेपछि……….. ! "
    "जनताले देश चलाऊ भन्दा पसुपतिको पुजारी चलाऊ भन्ने सुनेछन !
    संभिधान लेख भन्दा, कटवाललाइ खेद भन्ने सुनेछन !:
    बिचरा छबिलाल, बालुवाटारको १.५ लाखको पलगबाट भद्रकालीको सड़कमा !
    के गर्नु जनताले दियेरा मात्रै नहुने रहेछ, चलाउन जान्नु पर्ने रहेछ !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • mmmmm

      yak dam ramro….sabai aafno kam ma besta hunu parcha….aaruko pachadi lagnu hudaina….aafno manle shoche ko garnu parcha…k garnu 2012 ma ta sabai lai mathi janu nai cha….2 barsa(year) ta majale bacauna yar…..

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Raman

      हर्के जी,
      भारतीय ले माकुने सरकार त बनाउन सक्छ भने जाबो पुजारी भारतीय भएर के बिग्रंथियो र होइन? फेरी हेर्नुस न ज्ञानेन्द्र र कटुवाल खेद हुने मान्छे हुन र भन्या! के अचम्म गरेको यो माओबादी ले | १.५ लाख को पलंग गिरिजा बुदो को पल मा चुनाब जितौला र सुतौला भनेर बुदो ले सुजाता मार्फत अर्डर गर्यो, चुनाब मा जनता ले धुलो चटाए पछि बुढो ले तोरीका फुल देख्यो|

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Harke

        बंधू ज्ञाने लाइ माओबादीले खेदना सकेका भये अन्दोलोंन २ किना गर्नु पर्थ्यो र ?
        माओबादीले खेदन खोजेको कटुवाल लाइ मात्रै हो, त्यों पनि नंदकिसोर पुन लाइ जागीर खुवाउन को लागी ! हबिगत के भो त माथि फोटो मै छ !

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • पशुपतिचाहिँ भारतमा पर्दो रहेछ है हर्केजी ।
      सेनाको अधीनमा हामी जनता रहनुपर्यो है हर्केजी ।
      डेढ लाखको त्यो पलंगमा सधैं प्रचण्ड नै रहनेथिए है हर्केजी ।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • पुष्प जी !!!

        माफ़ गर्नु हो ला !! माओबादी ले आहिले [हिजो आज ] रास्ट्रपति को कदम सचियोस [ सच्याउनु पर्छ } अनी हाम्रो नागरिक सर्बोचता हुने छ भन्नु चै सार्वजनिक "ट्वाईलेट" मा दुबै हात हालेर गिजोलो -गिजोली मेरो सामान हराएको छ भन्दै खोज्नु जस्तै हो जेस्तो लाग्छ | किनकी "रास्ट्रपति ले के कदम चलेका थिए रे" भन्ने बेला भएको छ आज ||

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • 'सार्वजनिक शौचालय' लाई आफ्नो बारीको कान्ला ठानी जथाभावी गर्नेहरूलाई ठेगान लगाउने बेला हो यो गोविन्दजी ।

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Harke

        पुष्प जी सेना भएको पार्टीको अंध समर्थन गर्दै, सेनाकै अधीनमा बस्दिन भन्ने फुर्ती गर्न हजूर जस्तो मानिसलाइ सुहाएन, बंधू !
        ब्याक्तिबादी कमेन्ट को लागी माफ, तर "मलाई बच्चा पढेको राजा त नागै…" भन्ने कथा याद आयो !

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • हर्केजी ठीकै भन्नुभो । त्यसैकारण त जनसेना समायोजन गरी जनताकै अधीनमा रहने एउटा असल राष्ट्रिय सेना बनाउनु पर्यो भनेको त । होइन भने जनसेना जनताको सेना हो, राजा वा छोटेराजाहरूको अधीनमा रहेका सेना हामी जनताको कहिल्यै हुनसक्दैन ।

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • देवराज जोशी, कैलाली

      होइन १.५ लाखको पलंग त गिरिजा बाउले मगाको रे भन्थे नि?

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • मैले मेरो जीवनकालमा नबुझेको धेरै शब्दावलीहरु छन्। 'एशियाली मापदण्ड', 'शान्ति क्षेत्र', 'आधारभूत आवश्यकताको परिपूर्ति', 'शिशु प्रजातन्त्र', 'सिंगापुर', 'पूर्ण प्रजातन्त्र', 'नयाँ सत्ता', 'पुरानो सत्ता', 'नयाँ नेपाल', 'स्वीट्जरल्याण्ड', 'नागरिक सर्वोच्चता' र अन्त्यमा 'नेपाली जनता'।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • पारंगत शब्दको अर्थ के रहेछ ? पारंगतजीको प्रश्नले म त अलमलमा परेँ । :)

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • कुनै राजनीतिक दलका अन्ध समर्थक, त्यस दलका प्रवक्ता, प्रचार विभागका प्रमुख भएको भए राम्रोसँग बुझ्ने थिएँ होला शायद यस्ता शव्दावलीहरु अथवा कुनै राजनीतिक दलद्वारा प्रशिक्षित घोडाको पट्टा लगाइएको जस्तो भएको भए पनि बुझ्ने गर्थें हुँला। मैले एउटा प्रतिनिधि पात्र हुँ नेपाल राज्यका एउटा स्वतन्त्र नागरिकको र मलाई "My freedom ends where your nose begins" भन्ने कुरोमा राम्रो विश्वास छ। र, कुरो आयो नामको, नाम नै हेर्ने हो भने तपाईँबाट पनि फूलको वर्षा मात्र हुनुपर्ने हो।

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • bibek

      timi jasta lampat bhaye tyaso garda hun unisanga ajhai janta ko lagi kehi garnu chha bhanne chha tyasai bhadrakali ko peti ma hoina pheri mugu ko jangal bat pani ladchhan

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Well said harke jee

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Raman

        बिचरा हर्केको बिजोग भो|

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • गगने

      माओवादी हरुको कान र दिमागले होइनकी हर्के हरु जस्ताको कान होकी दिमागले धोका दिदा देशको यो हाल हो भन्नु उचित हुन्छ। किनकी, माओवादी हरु, जन सर्बोच्चता भन्छ : यिनीहरु चाँही माओवादी सर्बोच्चता सुन्छ वा बुझ्दछ! माओवादी हरु नागरिक सर्बोच्चता भन्छ यिनिहरु: भारतिय सर्बोच्चता भन्छ !!
      कानुनी सर्बोच्चता भन्दाखेरी: यिनीहरु सुद र कओइरालाको सर्बोच्चता भन्छ !
      किनकी यिनीहरुको लागि कानुन र जननी नै सुद, कोइराला र भरत हुन्!
      फेरी जनताको सर्बोच्चता भनेमा: यिनीहरु सैनिक सर्बोचचता घोक्छन्!!!
      जहाँ जनता र देशको लागि बोल्छन लड्छन त्यहाँ यिनीहरु: कोइराला,सुद,माकुने आदी देख्छन,बोल्छन्,सुन्छ।
      सारी हर्के जी (हर्केजी सिर्फ एउटा आइडोल हो है तेस्ता धेरैलाई हो भनेको)

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • nik

        गगने जी, सूद,भारत, र सामंती यी शब्दहरु त तपैजस्ता माओ-बादीहरुको त आजका दिनमा गायत्री मंत्रनै भयो नि होइन र? यो नजपिकाना र नाघोकिकाना त खाना खाने भयेन| अणि बामपन्थमा "जन सर्बोच्चता" भन्नु People's Democratic Republic हो नि हगी| उदहारण को लागी चाइना, North Korea, पुर्बको East Germany, ऐले को वियतनाम आदि परछन नि होइन र?अनी तपाई र तपैका कान र आँखा माओ – बादी तीर फर्केर बंद भएका अनुयाई हरु चै प्रजातंत्र भन्यो भने भारत बुज्छन, मौलिक अधिकार भानेमा सामंती बुज्छन, बहुमतले चुनेको तर तपैको माओ – बादी ले समर्थन नगरेको पर्यो भने दलाल भन्छन| तपैका नेता भारत गए "राजनैतिक भेटघाट" अरु गए चाकडी घाट| तपैकाले लैनचौर गए चिया पान अरु गए सूद बान| तपैका ले देश बिगारे "नया नेपाल" अरुले अलीकती केई गरे "सामंती पुरानो नेपाल

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • गगने

          nik jee!
          अगुल्ठो ले हानेको कुकुर जस्तो हुन छोडेर देशको बस्तुस्थिती र वास्तविकतालाई यथार्थपरख द्रिस्ट्री लगाउने होकि?

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Harke

        गगने जी,
        अर्को अर्थ मा हर्के र चैते २ बिपरीत ध्रुब हुन !
        हर्केहरुको आइडियोलोगी कुनै दलगत चस्मा लगाएका वा हाल्सालै फेरेका चैते हरुले बुझ्न सकिदैनन ! पहिला माओबादी चस्मा फुकाल्ने हिम्मत गर्नुस र नांगो नेपाली आखाले हेर्नुस, तब बुझ्नुहुन्छ !
        हर्केहरुले सबै नेपाली को राम्रो काम को बखान गर्छन ! ति राम्रो काम गर्ने कांग्रस देखि माओबादी सबै हुन्छन् ! तर नराम्रो काम भो भने हर्केहरुले सबैको उछितो काढछन !

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • हर्कजी,

          राम्रो नराम्रोमात्र कोट्याउँदै बस्ने हो भने त के भन्नु र ! माओवादीले उठाएको नागरिक सर्वोच्चतालाई अलिक गम्भीर भएर सोच्नुहुन आग्रह छ । जनतालाई उल्टै दु:ख दिए भन्नुहुन्छ, शान्ति बिगारे भन्नुहुन्छ भने कटवालको सेना भर्नासम्बन्धी सरकारी निर्णय कुल्चाइ, कटवाल हटाउने सरकारी निर्णय र राष्ट्रपतिको कटवाल थमौति, यी सब कुरालाई हेर्नुस् त कसले शान्तिप्रक्रिया र शान्तिसम्झौता उल्लंघन गरेका रहेछन् । कसले जनतालाई प्रजा नै बनाउन चाहेका रहेछन् प्रष्ट हुनुहुनेछ कि !

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • सिक्रीमा बादीएको घोडा चलाऊनु त्यती बुद्धिमानी पनि होइन, तेसैले माओवादीको सिक्री खोल्ने आन्दोलनमा सबैको समर्थन हुनु जरुरी छ | सिक्री बाट उम्केपछी हाम्रो घोडा पनि दौडिन्छ कि?

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Harke

        बधू सिक्रिबाट (लगाम) उम्केपछि त घोड़ा जंगली हुन्छ !
        घोड़ा चड्न रहर गर्ने ले (सिक्रि) लगाम राम्रो संग समात्न जान्नु पर्छा ! रोयेर, नाचेर वा मारेर लागाम हातमा आउदैन ! आएको लगाम जोगाउन सक्नु पर्छा !

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • शशांक लामा

      हर्केको बुद्वी कहिले छिप्पिने हो? पशुपतिको ब्यक्ती पुजारीलाइ माओवादीले निकाल्न खोजेको होइन, गलत प्रव्रिती र पराधिनतालाई समाप्त गर्न खोजेको हो| त्यस्तै नेपाली सेना सलामी,गुलामी र मलामीका लागि राखिएका होइनन भनेर सम्पूर्ण सेनाको संरचनालाई परिवर्तन गर्न कटुवाललाई पाखा लगाउन खोजिएको हो | कुरिती र बेथिती हटाउन दह्रो ह्याकुला चाहिन्छ| माओवादीले गरेको जमर्कोलाई श्याबासी दिनु त कहाँ हो कहाँ, हर्के चाँहीं हतोत्साह गर्न लागि परेको छ। संबिधान लेख्न कांग्रेसले भाँजो हालेको कुरा त एमालेका अशोक राइले भनेको हर्केले थाहा पाएकै हुनुपर्छ।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ajhai kura ta ke chha bhane yahi andolan le sarkar dhalchha ki bhanera katai makunelai jwaro ko paro chadheko ta ta hoina bichara ke garosh makunele pani nasaki nasaki pahadko bhari uchale jasto jaso taso afno pad dhaniraheko chha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • achammai chah ho mawabadi le todchhau bhandaima bagh garje jasto lagechha ani khullla garechha kya ramro kura lurukka paryo sarkar huna ta muthbhed ko samana garnu parla bhanera teso gareko huna sakcha yek hisable yo pani sarkarle thikai gareko jasto lagchha tara darchheruwa sarkar bhanna man lagyo

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • वसन्त

    आन्दोलनलाई मेरो पनि पूर्ण समर्थन छ । विदेशमा भएर सहभागी हुन सकिन । मेरो देशमा छिट्टै जादै छु ।
    'हुदैन विहान दुई चार तारा झरेर नगए'

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Prem Lama

      Mara Mara timi marnakai lagi hau. Aru ta k nai garna sakchhaura…

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ram ram

    जनमतको कदर गर। नया नेपाल नया नेत्रत्व जिन्दाबाद""" हरुवा नेता बाटो छोड्।। यादव राजा मुर्दाबाद;;;; गणतन्त्र जिन्दाबाद''''

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Pramesh

      yo ta suhayan ni ram ji, nam chahi ram ram..kura chahi rawan ko garne………………..

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dipesh

    विदेशमा भयेको कारणले सहभागी हुन सकिन तर मेरो पूर्ण समर्थन छ
    भोलि देश ले मागे जे दिन पनि तयार छु
    हिजो पनि तयार नै हो

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • *** Well done Maoists, you have been following the democratic norms.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • भाग लिन असमर्थन भएपनि समर्थन । विद्यार्थीहरूलाई यस्ता कार्यक्रममा सहभागी गराउनु अनुचित हो; सम्बन्धितहरूको तु ध्यान जाओस् ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • i agree re students.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • पुष्प जी !!

      १. हामीले ६०१ जनालाई किन निर्वाचन माँ "बिजही" बनाएर पठाको हो ??
      २. सभाशद हरु को काम मत्री हुन हाना-हान गर्न पो हो की ??
      ३. देशका कर्मचारी लाई कूटने पो हो की ??
      ४. आन्दोलन गर्न पो हो की ??
      ५. जनता लाई सास्ती दिन पो हो की ??
      ६. अनी यो आन्दोलन चै केकालागी रछ नि ??

      संबिधान शभा को बारे तेती था भएन !!! तपाई को समर्थन चै के को लागी हो नि ??

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • मेरो समर्थन नागरिक सर्वोच्चतालाई ।

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • होइन पुष्पजी तपाइले जहिले पनि यो नागरिक सर्बोच्चताको के रट लगाउनु हुन्छ ? यो त उनीहरुको देखाउने दाँत हो खाने दाँत त अर्कै छ | जुन सिस्टममा जनताको बोल्ने अधिकार हुदैन, चल्ने अधिकार हुदैन, गर्ने अधिकार हुदैन, सरकारी निर्देशन बिना पखेटा सम्म हल्लाउने अधिकार हुदैन तिनीहरुले नागरिक सर्बोच्चताको नारा लगाउनु ? बरु सिधै हामी ultimate communism चाहन्छौ भनुन वा भन्नुस म त्यसको बिरोध गर्दैन, होइन भने यो सिधै मुखमा राम राम बगलीमा छुरा हो | आफ्नो अधिकारको कुरा जति सबै नागरिक सर्बोच्चता अरुको चाही सबै प्रतिगामी कदम | वाह रे वाह मान्नु पर्छ तपाईहरुलाई | सबैलाई बराबरीको दृस्टीकोणले हेर्नुस म तपाइको सम्मान गर्छु otherwise you are a bias.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • nik

            bir bro, pushpa ji wearing Mao-ist glass. He sees what they say, he remembers what they say, he does what they do. Trying to debate with pushpa is a brain exercise without a result because he will be in a state of "मेरो गोरुको बार्है टक्का" that is the end of story.

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

            • बोल्ने अधिकार भन्दैमा जथाभावी मुख छाडेर बोल्ने अधिकार हुनपर्यो ? चल्ने अधिकार भन्दैमा भ्रष्टाचार, तस्करी, कालोबजारी गर्न पाउनुपर्यो ? गर्ने अधिकार भन्दैमा वेश्यागमन, लागूऔषध सेवनजस्ता महामारी फैलाउने कार्य गर्न पाउनुपर्यो ? भक्तपुरमा बिनाइजाजत बालुवा खानी सञ्चालन भएजस्तै सरकारी इजाजतबेगर यस्ता काम गर्नपाउनुपर्यो ? जसले गर्दा कामदार मारिँदा कोही जिम्मेवार हुनु नपरोस् । के यस्तै अधिकारहरू खोज्नुभएको हो ?

              मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • बिरजी
            के यी नेताहरु सिट सड़क बंद कार्यालये आदि बाहेक आन्दोलन गर्ने अरु कुनै सोच छैन? जन सर्बोच्च्ता कुनै पानी पार्टीले गरे पानी तेस्मा बिरोध हुनु पर्ने कारण देख्दीन तर एस्मा लाखों तर लुकेको छ येसैमा दुःख लाग्छ/

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • देवराज जोशी, कैलाली

          यो आन्दोलन लाइ मेरो पनि समर्थन छ पुष्प जी, तर के जन अधिकार को लागी यो आन्दोलन नेपालमा अंतिम हुनेछ ??? मेरो विचारमा हुनु पर्छ यो निर्णायक आन्दोलन बन्नू पर्छ किनभने जनता हरु वाक्क दिक्क भैसकेका छन सधैको यो बंध र आन्दोलन बाट तथापि यो आन्दोलन अपरिहार्य छ.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • puspajee
      yes minors should not be dragged in politics they are our futur and they should have opporutunity in geting better education first.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Saaru Rana

    des ko bikas garer bidesilai dekhayaks holan. netaharule sahamati ma sarkar chalaya ta janata judheko khel herna paiyan tesaile janata ladaune khel ko naike harulai dhikar dine sabda nai chaina janata sanga.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madan

    एस्तो घेर्ने,सेर्ने खाल को खाल को आन्दोलन त उहिले देखि कांग्रेस एमालेले गर्दै आएको हो नि ,नया नेपाल माँ पानी के यो एस्तो बुजुर्बा आन्दोलन भन्या !!,ड्याम ठोक्ने ,डांग डुंग गर्ने अनी बार्ता गर्ने नि बरु |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • nik

    Kahi nabhayeko jatra haadi gaon ma, This is what is happening in our country. As I have written in earlier postings, Maoists are there to grab power and make our country yet another Cambodia of Polpot's time. These thugs should have been finished once and for all. However, the tragedy to Napl and Nepalese is that we worship hegemonies, terror. We do not hesitate to kowtow in front of our malik, that is why we are well know around the world "Bahadur".

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • thik vannu vo Nik ji, sena ra ardha sena liyera hidera nagarik sarbochata vanne murkha haru ko vitri chal nepal lai combodia banaunu nai rahe ko chha. yini haru le vaneko mano vane nagarik sarbochata re manena vane bidesh dalal re ? yi jangali le ajai kati dhukha dine hun thaha chaina.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ashish Sharma

    It is very strange. Why do they want to go to the thrown (?) by force not going thru house if they have majority.
    Ashish, KTM

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • mohan

    यदी मावोबादीलाई जनता ले तेती सिट पनि नजितैदिएका भये त हाम्रो देश लाई बेची सक्थे होला कङ्रेस र एमलेले ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Mawobadi le layako bhot janata le manai le diyako bhanne bharama ajai hunu hudo rahecha sathi, badhai cha,

      je bhaya pani janata le mawobadi lai desh bachauna nai vote diyako bhanne lagccha bhane aur tyo bhanda badi janata le aru party lai chain desh becha bhaneka rahechan hoina ta?

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • mohan

        साथी कता हुनुहुन्छ ? आझै बिउझनु भएको छैन रहेछ । जनता ले हरुवा हरुले देश चलाऊनु भनेको हो त ? रह्यो भोट् को कुरा, अर्को चुनाव मा बाँकी पार्टीहरु ईतिहास हुनेछन अनी थाहा पौनु हुनेछ कसरी मवोबादी ले चुनाव जितेको रहेछ । तपाईं लाई के लाग्छ अझै कङ्रेस्स र एमाले ले देश्लाई बिकास गर्नेछन भन्नु हुन्छ ? तपाईं स्वएम नेत्रितो मा पुग्नुभये कुनी …..
        bistamohan@gmail.com

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kumar

    hoina nepal ka janta ko ghar ma kam hudo rahenacha ki kaso?andolanma hidnu ko satta kam gare dekhita desh afai bikas huncha khoi buddhi jantako.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nirakar

      yaha bhela bhaka haru sarwa sadharan bhanda pani badhi kebal maobadi karyakarta hun . party satta ma puge ta mitho pratifal pai halchhan ni iniharule.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hehe kasto ramailo :p ma pani janu paye gherna lai .. jana andolan 2 ma bhag liyeko thiye .. yo chahi chutne bho :(

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jasari rajaka biruddama sabai milera ladeka thiyeu tyasaigari aba yi haruwa ra pratigami harulai lakhetna aam nepali janata uthnu parchha!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • नेपाल माँ आजा भोली गाईजात्रा हेर्न गाइजात्रे पूर्णिमा पर्खिनु नपर्ने भो || हाम्रा नेता हरु ले राम्रै गरी देखाउदै छन || सरकार माँ बस्ने हरु निषेधाज्ञा को उर्धी गर्छ | पर्तिपक्ष { आन्दोलन करी } मान्दीन भंन्द्छ | अनि फेरी निषेधाज्ञा फिर्ता लिन्छ | होईन यी नेता हरु ले हामी जनता लाई उल्लू बनाएका हुन्की केहो ?? दिनै पीछे को रात्रि भोजमा के कुरा हुन्छ भनेको त " तं कुटेजस्तो गर म चै रोएजस्तो गर्छु |" भनेर पो निर्णय गर्दा रहेछ बा ||

    लौ अबचै यी सबै सभासद हरु लाई संसद भवन म हुलेर शम्भिदान नाबनाई बाहिर आए कालो मोसो दलेर सहर घुमाउने योजना बनाउनु पर्ला है साथी हो || यिन ले ता हदै पो गारे वा ||| नत्र मुला साग हरुलाई लात्ताले हानेर बरीको पाटा पुराउने पो हो की ….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • u r right

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • संविधानको त्यस्तै हतार भए अहिलेकै संविधान छँदै छ नि । नागरिक सर्वोच्चताबिना बनाइएको संविधान अहिलेको भन्दा पत्रु हुनेछ ।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hari

    video rakhane kosis garnu hosna hau umesji

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • "घेराउ असफल पार्न सरकारले म‌ंगलबार घोषणा गरेको निषेधित क्षेत्र माओवादीले हिजो मान्दैनौँ भनेपछि हिजै सरकारले फिर्ता लिएको छ। अचम्म छ तोड्छु भनेपछि छोड्ने के मुसाबिरालोको चाल हो सरकार र माओवादीको !" really FUN..!!! साच्चीनै हाँसो लग्यो अहिले त…!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • harip dekhi daiba daranu bhaneko yehi hola ni Bhamirji

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • कुरो त ठिकै हो सुमन जी तर यहाँ त कुन हरिप र कुन दैब छुट्याउनु पो गाह्रो पर्यो त !

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • alu tama

    missed a great event. sorry i cannot attend !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Robin

    ganehs man la tatekiii vane ka rahenachan "nepli janta vanea ka gu khane janta hun" vanera.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes